• गृह पृष्ठ
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला /जीवनशैली
  • खेल
  • बिज्ञान/प्रविधि
  • राजनीति
  • विचार
  • समाज
  • साहित्य

Category: अन्तर्राष्ट्रिय

एनआरएनए साउदी अरबले श्रम रोजगार मन्त्रीलाइ बुझायो श्रमिक हक हित सबन्धित ५ बुँदे ज्ञापनपत्र ।

  • १६ भाद्र २०८०, शनिबार १२:१७ मा प्रकाशित
  • समर्पण रम्जान

    साउदी अरब ! गैर आवासीय नेपाली संघ साउदी अरबले माननिय सांसद राजेन्द्र लिङ्देन मार्फत नेपाल सरकार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री माननिय श्री शरद सिंह भण्डारी लाई नेपाली श्रमिकहरुको हक हित सम्बन्धित बिबिध पक्षलाई लिएर पाँच बुँदे ज्ञापन पत्र बुझाएको छ।

    माननिय सांसद राजेन्द्र लिङ्देन नेपाली प्रवासी एकता मंच साउदीअरबको प्रथम वार्षिकोत्सव समारोहमा रियाद आउनुभएको अवसरमा संघको तर्फ बाट अध्यक्ष रबिना अर्याल लगायतका अन्य पदाधिकारीहरूले ५ बुँदे ज्ञापनपत्र बुझाएको थियो ।

    संघद्वारा जारी गरिएको ज्ञापन पत्र यस प्रकार छ ।

    श्री शरद सिंह भण्डारी ।
    माननीय मन्त्री
    श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय,सिंह दरबार
    काठमाडौ
    मार्फत : माननीय श्री राजेन्द्र प्रसाद लिङ्देन ।
    विषय: ज्ञापनपत्र ।
    माननीय,
    उपर्युक्त सम्बन्धमा वैदेशिक रोजगारमा नेपाली नागरिकहरु श्रम स्वीकृति लिएर जान थालिए पश्चात् उनिहरुको हक हित नियमन गर्न श्रम मन्त्रालयले २०६४ साल भदौ १९ मा ” वैदेशिक रोजगार ऐन २०६४” जारी गर्यो ।
    उक्त ऐनको परिच्छेद -७ ( अनुगमन र जाँच बुझ सम्बन्धि ब्यबस्था) को दफा ३५ (१) अनुसार रोजगारदाता संस्थाले करारको दायित्व पुरा नगरेको वा इजाजतपत्र वालाले करारमा उल्लेखित शर्त पुरा गराउन आवश्यक र उपयुक्त कार्बाही नगरेको सम्बन्धमा कामदारको उजुरी परेमा विभागले आवश्यक जाँचबुझ गर्ने गराउने छ ।
    उपदफा १ बमोजिम गरिएको जाँचबुझबाट सम्बन्धित कामदारलाई स्वदेश फिर्ता गर्न आवश्यक देखिएमा निजलाइ स्वदेश फिर्ता गर्नको लागि चाहिने रकम उपलब्ध गराउन विभागले इजाजत पत्रवालालाई आदेश दिनेछ।
    दफा ( ३६) ले क्षतिपूर्तिको लागि उजुरी गर्न सक्ने
    उपदफा १ बमोजिम परेको उजुरी उपर आवश्यक जाँचबुझ गर्दा ब्यहोरा मनासिब देखिएमा वैदेशिक रोजगारमा जान लागेको सम्पूर्ण खर्चको क्षतिपूर्ति भराइदिने आदेश दिन सक्नेछ ।
    तर,
    १) मन्त्री परिषदको अघिल्लो निर्णय ” फ्री भिसा फ्री टिकट” को नाममा कामदारलाई दस हजारको भर्पाइ थमाएर दुई लाख सम्म अनुचित रकम असुली गरेको तथ्य जग जाहेर छ ।तथापि, यस कु-कार्यलाई रोक्न वैदेशिक रोजगार विभाग, मन्त्रालय अन्जान बनेर मुक दर्शक बनेको घाम झैँ छर्लङ्ग छ, यो अनुचित कार्य रोक्न सम्बन्धित सरोकारवालाहरुको गम्भीर ध्यानाकर्षण होस।
    २) कामदार पठाउने म्यान पावरले कामदारलाई जहाज चढाएर आफूहरु उम्किने गर्ने गरेकोले वैदेशिक रोजगारमा बिकृती झन्झन् मौलाएको अवस्था सिर्जना भएकोछ ।
    त्यति मात्र होईन, झुक्काएर नेपाल सरकारले तोकिदिएको न्यूनतम ज्याला १०००+३०० लाई करारमा लेखिएर एयरपोर्ट सम्म मात्रै देखाउनलाई द्वैध करार गराइएको पाइएको छ । यसर्थ,नेपाल सरकारको ऐन कानुनलाई चुनौती दिने यस प्रकारको म्यानपावर कम्पनीहरुको स्विकृति सदाको लागि खारेज होस।
    ३) महिला कामदारको अवस्था खाडी मुलुकमा दयनीय नै छ, कम्पनीको भिषा भनेर कतिपय ठाउँमा हाउसमेडको काम गराउने, कुवेतबाट अवैध तरिकाले साउदीमा नेपाली घरेलु कामदारहरु अझै पठाउन ल्याउन रोकिएको छैन । तसर्थ महिला कामदारको विषयमा नेपाल सरकारको ध्यानाकर्षण होस।
    ४) करार अवधि २ बर्षको भए पनि कुनै कुनै रोजगार दाताले नेपाल बाटै म्यानपावरको आन्तरिक सहमतिमा यहाँ आएर दबाबमा तीन वर्षको करार गराउने गरेको पाइएको छ, दुई वर्षको करार सकिएर स्वदेश फर्कने व्यवस्थाको नियमन होस। साथै, कामदारको बिमाको म्याद तीन वर्षीय गर्ने ब्यबस्था होस ।
    ५) नेपाल सरकारले नागरिकको मौलिक हक अन्तर्गत जनतालाई जनार्दन भनिए पनि विदेशमा आउने नेपालीहरु लाई उपेक्षा गरेको छ, नागरिक स्वदेश विदेश जहाँ भए पनि नागरिक हक पाउनुपर्ने अधिकार हो । तसर्थ: प्रवासमा पनि मतदानको अधिकार प्रदान गरियोस ।
    अन्तमा
    “सुरक्षित र मर्यादित रोजगार हामी सबैको अधिकार “


    धन्यवाद !
    बोधार्थ
    नेपाली राजदुतावास , रियाद
    गैर आबासिय नेपाली संघ, केन्द्रिय सचिवालय, बालुवाटार
    काठमाडौ ।

    गैर आवासीय नेपाली संघ
    राष्ट्रीय समन्वय परिषद
    साउदीअरब

    Posted in अन्तर्राष्ट्रिय, ताजा अपडेट, मुख्य खबर, समाजLeave a Comment on एनआरएनए साउदी अरबले श्रम रोजगार मन्त्रीलाइ बुझायो श्रमिक हक हित सबन्धित ५ बुँदे ज्ञापनपत्र ।

    एनआरएनए साउदीद्वारा दुर्गा बहादुर सुनार उद्धारका लागि संकलित सहयोग रकम हस्तान्तरण

  • १५ भाद्र २०८०, शुक्रबार २२:४९ मा प्रकाशित
  • समर्पण रम्जान

    साउदी अरब ! नेपाली महावाणिज्यदूतावास जेद्धा द्वारा १९ जुन २०२३ मा दुर्गा बहादुर सुनारलाई उद्दारार्थ लागि ठूलो रासी ४५ हजार रियल आवस्यक परेको र समस्त नेपालीहरुसित सहयोगको लागी गरिएको अपिल अनुसार गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद, साउदी अरबद्वारा संकलित रकम सा. रि. १५,८१७.०० (साउदी रियाल पन्ध्र हजार आठ सय सत्र मात्र) नेपाली महावाणिज्यदूतावास जेद्धालाई हस्तान्तरण गरेको छ |

    संकलित रकम हस्तान्तरण गरिएको कुरा एनआरएनए एनसिसि साउदी अरबले आफ्नो आधिकारिक फेसबुक मार्फत जानकारी गराएको छ ।
    संघले सुनार उद्दारका लागि रकम संकलनका अभियान संचालन गर्दै आफ्नो मातहतका रहेका ४ क्षेत्रिय समन्वय समितिहरुबाट, आफ्ना केन्द्रिय सदस्यहरूबाट तथा नेपाली जनसमुदायहरु सँगको समन्वयमा दुर्गा बहादुर सुनारको उद्दारका लागि उक्त सहयोग रकम संकलन गरिएको जनाएको छ ।

    रकम संकलन अभियानमा जोडिएका सम्पुर्ण संघका पदाधिकारीहरु, सहयोगी मनका धनी तथा दानवीर दाताहरु, अपिल पश्चात् अभियान संचालन गरी सहयोग रकम संकलन गरएका विभिन्न संघ संस्थाहरु एवम् समाजसेवी तथा सहयोगी दाताहरुप्रति एनआरएन एनसीसी साउदी अरब धन्यवाद ज्ञापन गरेको छ I

    साथ साथै सुनारको उद्धारको प्रक्रियालाई अगाडी बढाइ आवास्यक सहयोग रकम संकलन गर्न सफल भएकोमा नेपाली महावाणिज्यदूतावास जेद्धाका लागि कार्यवाहक महावाणिज्यदूत शत्रुध्वन पोखरेल तथा नेपाली महावाणिज्यदूतावास जेद्धा परिवार प्रति पनि एनआरएनए साउदीले बिशेष धन्यवाद दिनुको साथै आभार व्यक्त गरेको छ I

    Posted in अन्तर्राष्ट्रिय, ताजा अपडेट, मुख्य खबरLeave a Comment on एनआरएनए साउदीद्वारा दुर्गा बहादुर सुनार उद्धारका लागि संकलित सहयोग रकम हस्तान्तरण

    एनआरएनएको महिला उपाध्यक्षमा यासमीन बेगम सैयदको पुनः उम्मेदवारी दिने ।

  • १३ भाद्र २०८०, बुधबार १५:३४ मा प्रकाशित
  • ३० अगस्ट २०२३, साउदी अरब ! गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदको २०२३-२५ कार्यकालका लागि महिला उपाध्यक्षमा साउदी अरबबाट यासमीन बेगम सैयदको पुनः उम्मेदवारी दिने भएकी छन् ।

    वर्तमान कार्यसमितिको महिला उपाध्यक्षमा रहेर मध्यपुर्व क्षेत्रहरूका अनगिन्ती श्रमिक समस्याहरु समाधान देखि महिलाहरुको हक हित तथा अन्य संघ संस्था र सरकारी निकाय नियोग, उप नियोग हरुसितको समन्वयमा थुप्रै सामाजिक सेवाका कामहरु सफलताका साथ सम्पन्न गर्दै आफ्नो २०२१-२३ कार्यकाल सफलता पुर्वक सम्पन्न गरेकि महिला उपाध्यक्ष पुन २०२३-२५ कार्यकालका लागि पनि सोही पदमा उम्मेदवारी दिएकी छन् ।

    एक दशक भन्दा लामो समयदेखि संस्थामा आवद्ध भएर विभिन्न पदमा रहेर अनुकरणीय योगदान दिनुभएकी बेगम बिस्वभरिनै एक सकृय सामाजिक अभियन्ताका रुपमा परिचित छन् ।
    संघको आगामी अक्टोवर दोस्रो साता काठमाण्डौंमा हुने ११ औं महाधिवेसनमा उनले महिला उपाध्यक्षमा पुनः उम्मेदवारी दिने भएकी हुन् ।
    २१-२३ कार्यकालमा निर्विरोध भएकी यास्मिन यो पटक पनि निर्विरोध हुने सम्भावना रहेको छ ।

    Posted in अन्तर्राष्ट्रिय, बिज्ञान/प्रविधि, मुख्य खबर, समाजLeave a Comment on एनआरएनएको महिला उपाध्यक्षमा यासमीन बेगम सैयदको पुनः उम्मेदवारी दिने ।

    अब २० दिनसम्म स्कुलमा छोराछोरी नपठाउने आमाबाबुलाई जेल सजायँ हुन सक्ने।

  • ९ भाद्र २०८०, शनिबार १२:३१ मा प्रकाशित
  • रियाद, ९ भदौं । साउदी अरेबियामा अब बालबालिका विद्यालय नजानु अभिभावकका लागि समस्याको कारण बन्न सक्छ ।

    त्यहाँको शिक्षा मन्त्रालयका अनुसार विना कुनै बहाना वा कारण २० दिन विद्यालयमा बिद्यार्थी नआएका विद्यार्थीका अभिभावकलाई जेल हाल्न सक्ने कानुन बनाईएको छ ।

    साउदी अरेबियाको समाचार संस्था मक्का न्यूजपेपरले रिपोर्ट गरेको छ कि यदि कुनै विद्यार्थी २० दिनसम्म विद्यालयमा नआएको खण्डमा विद्यार्थीको अभिभावकलाई राज्यको बाल संरक्षण कानून अन्तर्गत सार्वजनिक अभियोजन कार्यालयमा पठाउने जिम्मेवारी विद्यालयलाई दिईएको छ । समाचार अनुसार सार्वजनिक अभियोजन कार्यालयले बच्चा विद्यालय नआउनुको कारणबारे छानबिन गरी मुद्दालाई फौजदारी अदालतमा पठाउने छ ।

    यस्तो अवस्थामा विद्यालयमा विद्यार्थी अनुपस्थित हुनु अभिभावकको लापरवाहीबाट भएको प्रमाणित भएमा न्यायाधीशले अभिभावकलाई तोकिएको अवधिसम्म जेल सजायको आदेश दिन सक्नेछन् । समाचार अनुसार यस्तो अवस्थामा विद्यालयका प्रधानाध्यापकले शिक्षा मन्त्रालयलाई जानकारी दिनुपर्नेछ, जसले अनुसन्धान थाल्छ र विद्यार्थीलाई पारिवारिक हेरचाहमा सार्ने आदेश दिनेछ।

    त्यसपछि परिवारको हेरचाहले विद्यार्थीलाई आफूसँगै राखेर यस विषयमा अनुसन्धान गर्नेछ।

    समाचार अनुसार अनुसार, यदि एक विद्यार्थीले ४ दिन बिदा लिन्छ भने प्रारम्भिक चेतावनी जारी गरिनेछ। यसपछि विद्यार्थीले ५ दिन बिदा लिएपछि दोस्रो पटक चेतावनी दिइ अभिभावकलाई जानकारी गराइनेछ । १० दिनको अनुपस्थिति पछि तेस्रो चेतावनी जारी गरिनेछ र अभिभावकलाई बोलाइनेछ। १५ दिन अनुपस्थित भएपछि विद्यार्थीलाई शिक्षा विभाग मार्फत अर्को विद्यालयमा स्थानान्तरण गरिनेछ। त्यसैगरी २० दिनपछि शिक्षा विभागले बाल संरक्षण ऐनका प्रावधान कार्यान्वयन गर्नेछ ।

    Posted in अन्तर्राष्ट्रिय, मुख्य खबरLeave a Comment on अब २० दिनसम्म स्कुलमा छोराछोरी नपठाउने आमाबाबुलाई जेल सजायँ हुन सक्ने।

    दुर्गा बहादुर सुनार उद्दारमा एनआरएनए आरसिसी जेद्दाले हस्तान्तरण गर्‍यो सहयोग रकम

  • २८ श्रावण २०८०, आईतवार २२:१३ मा प्रकाशित
  • साउदी अरब ! पिडित दुर्गा बहादुर सुनार उद्दारको लागि नेपाली महावाणिज्यदूतावास, जेद्धाको सहयोगका लागि आफ्नो आधिकारिक पेजद्वारा गरिएको अपिलमा गैरआवासीय नेपाली संघ क्षेत्रीय समन्वय समिति जेद्दाको पहलमा संकलन गरेको रकम साउदी रियाल ८०७८/- नेपाली महावाणिज्यदूतावास, जेद्धाका का. वा. महावाणिज्यदूत श्री शत्रुध्वन पोखरेल लाई हस्तान्तरण गरेको छ ।

    महाबाणिज्य दुतावासजेद्दाको यस अनुरोध अभियानलाई आरसिसी जेद्दाले बिभिन्न कम्पनिहरुमा कार्यरत नेपाली श्रमिक माझ पुर्याई सहयोग संकलन गरेको थियो ।

    उक्त रकम संकलन गरि संस्थाका अध्यक्ष डीपि अर्याल, उपाध्यक्ष चिरञ्जिवि बस्नेत , सह-सचिव देवराज अर्याल तथा प्रमुख सल्लाहकार NRNA NCC उपाध्यक्ष राजकुमार गिरी,प्रमुख संरक्षक भिम गुरुङ, निवर्तमान सचिव तथा NRNA NCC साउदीका कार्यसमिति सदस्य ओमप्रकास काफ्ले र आरसिसि जेद्दाका सल्लाहकार तथा NRNA NCC साउदी अरबका युवा संयोजक विष्णु रावल हरू भौतिक रुपमा उपस्थित भई रकम हस्तान्तरण गरिएको थियो ।

    सहयोग रकम संकलन गर्न र आफ्नो सामर्थ्य अनुसार स्वेच्छिक रुपमा आफुले सकेको सहयोग गर्नु हुने सम्पुर्ण संस्थाका प्रतिनिधिहरु तथा पञ्जिकृत सदस्यहरूमा गैरआवासीय नेपाली संघ क्षेत्रीय समन्वय समिति जेद्दाले आभार सहित धन्यवाद ज्ञापन गरेको छ ।

    Posted in अन्तर्राष्ट्रिय, ताजा अपडेट, मुख्य खबर, समाजLeave a Comment on दुर्गा बहादुर सुनार उद्दारमा एनआरएनए आरसिसी जेद्दाले हस्तान्तरण गर्‍यो सहयोग रकम

    कुवेतमा दुई नेपाली महिलाहरुको मृत्यु !

  • २३ श्रावण २०८०, मंगलवार १७:०५ मा प्रकाशित
  • कुवेत – वैदेशिक रोजगारीका लागि कुवेतमा घरेलु कामदारको रुपमा रहेका दुई नेपाली महिलाहरुको मृत्यु भएको छ। मृत्यु हुनेहरुमा मकवानपुर हेटौंडा पदमपोखरीका पासपोर्ट नम्बर ०९०४१४५३ रहेका ४० बर्षकी मायादेबी थिङ र चितवन भरतपुरका नागरिकता नम्बर १०२५/५७४९का दिलकुमारी तामाङ रहेकी छिन् ।
    घरेलु कामदारको रुपमा कुवेत आएका मृतकद्वय गैरकानुनी रुपमा कुवेतमा बसोबास गर्दै आएका र बिरामी भएर आदान हस्पिटलमा उपचारको क्रममा शनिबार मध्य राती मृत्‍यु भएको नेपाल तामाङ घेदुङ कुवेतका अध्यक्ष नारायण घलान र सचिब पासाङ थोकरले परदेशी खबरलाई जानकारी दिएका छन ।
    मृतकहरुको बारेमा नेपाल राजदूतावास कुवेतमा बुझ्दा पुरा जानकारी आई नसकेको दूतावासले जनाएको छ ।

    मकवानपुरकी मायादेवी ७ महिनासम्म कुवेतीको घरमा काम गरेको र त्यस पछि अवैधानिक रुपमा कुवेत रहेको र केही समय देखि पेट र मृगौला रोगबाट बिरामी भएको श्रोत बताउछन् । उनको स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि आदान हस्पिटलमा कसैले भर्ना गरी दिएको जानकारी प्राप्त भएको छ । मृतकको साथमा केही कागाजात नभएको र कस्ले र कसरी अस्पतालमा भर्ना गरी दियो सबै विवरण खुल्न अझै बाँकी रहेको छ ।
    चितवन भरतपुरकी दिलकुमारी तामाङको मृत्‍युको कारण अझै खुल्न सकेको छैन । अहिले दुबै मृतकहरुको लास आदान हस्पिटलमै रहेका छन ।

    Posted in अन्तर्राष्ट्रिय, मुख्य खबरLeave a Comment on कुवेतमा दुई नेपाली महिलाहरुको मृत्यु !

    एनआरएनए आरसिसि अल कासिमको सहयोगमा ओम बहादुर थापा नेपाल फर्के

  • १७ श्रावण २०८०, बुधबार १५:२४ मा प्रकाशित
  • २ अगस्ट २०२३, साउदी अरब ! ७ बर्ष अघि साउदी आएर नेपाल फर्कन नसकेका नवलपरासीका ओम बहादुर थापा, नेपाली दुतावास रियादका प्रतिनिधी तथा नव निर्वाचित एनआरएनए आईसीसी सदस्य बिशाल कुमार श्रेष्ठ र एनआरएनए आरसीसी अलकासिमको अध्यक्ष कृष्ण अधिकारीको सहयोगमा नेपाल फर्किएका छन्।
    पीडित थापा २०१६ मा अल जाफर इन्टरनेशनल प्रा.ली कुपन्डोल मेनपावर एजेन्सी मार्फत साउदी अरबको एक कृर्षि फार्ममा काम गर्न भनी आएका थिए । कम्पनीको मालिकले साउदिको आइडी अकमा नबनाई गैरकानुनी रुपमा काम लगाईरहेको र नेपाल फर्कन नदिएको अबस्थामा समाजसेवी बिशाल कुमार श्रेष्ठको सम्पर्कमा आएर सहयोगको लागि अनुरोध गरेका थिए ।
    थापाको अनुरोध पछि श्रेष्ठको पहलमा नै साउदी अरबको अनैजा शहरको श्रमिक अदालतबाट बहिर्गमन भिसा प्रात गरेका थिए । तर थापाको बहिर्गमन भिसा प्राप्त गरेको सुचना कम्पनी मालिकले थाहा पाएपछि केही दिन कम्पनी मै थुनेर राखेको श्रेष्ठले जानकारी दिए । यस्तो अबस्थामा थापालाइ नेपाल पठाउने उपाय नभएपछि एनआरएनए आरसिसि अल कासिमको सहयोगमा थापालाई कम्पनीबाट भगाएर दुई दिन बुरैदाको एक होटलमा सुरक्षित राखी नेपाल पठाइएको छ । कोभिड १९ को खोप पनी नलगाएका उनीलाई पिसीआर गर्न एनआरएनए आरसीसी अलकासिमका सदस्य धन कुमार आचार्यले सहयोग गरेको कुरा आरसिसी अल कासिम सह सचिब सिद्धीलाल श्रेष्ठले जानकारी गराए ।

    Posted in अन्तर्राष्ट्रिय, ताजा अपडेट, मुख्य खबरLeave a Comment on एनआरएनए आरसिसि अल कासिमको सहयोगमा ओम बहादुर थापा नेपाल फर्के

    एनआरएनए साउदी अध्यक्षमा रबिना अर्याल लगायत सम्पूर्ण कार्यसमिति निर्विरोध ।

  • १४ श्रावण २०८०, आईतवार ११:४० मा प्रकाशित
  • गैर आवासीय नेपाली संघ राष्ट्रीय समन्वय परिषद साउदीअरबको नवौँ राष्ट्रीय महाधिवेशन २८ जुलाई २०२३ शुक्रवारका दिन साउदीअरबको राजधानी रियादमा २०२३-२०२५ कार्यकालका लागी निर्विरोध कार्यसमितिको चयन गर्दै सम्पन्न भएको छ । उक्त अधिवेशनमा मध्यपूर्व संयोजक राजेन्द्र अर्यालको संयोजकत्व र सदस्य द्वय संरक्षक राजु सैयद र आईसीसी सदस्य तेज बहादुर थापा रहेको निर्वाचन समितिले निर्विरोध कार्यसमितिको घोषणा गरेको थियो ।


    नवौँ राष्ट्रीय महाधिवेशनबाट अध्यक्षमा रबिना अर्याल निर्वाचित हुनुभएको छ भने वरिष्ठ उपाध्यक्षमा उमेश भट्टराई निर्वाचित हुनु भएको छ। त्यसै गरी उपाध्यक्षहरूमा हेम सुवेदी, मनिष कोईराला, कृष्ण श्रेष्ठ र राज कुमार गिरी निर्वाचित हुनु भएको छ।

    त्यस्तै महासचिवमा शुक्र लामा, सचिवमा ध्रुव कटुवाल, कोषाध्यक्षमा योगेन्द्र श्रेष्ठ, सहकोषाध्यक्षमा दुर्गा काउछा, युवा संयोजकमा विष्णु रावल र महिला संयोजकमा लक्ष्मी थापा मगर निर्वाचित हुनु भएको छ।

    त्यसै गरी २०२३-२०२५ कार्यकालका लागी एनआरएनए एनसीसी साउदीअरबको केन्द्रीय सदस्यहरूमा देवी बहादुर कार्की, युवराज पोख्रेल, पदम बहादुर महत, दिपक ढुंगाना, अमृत बहादुर तमाङ, धर्मेन्द्र कार्की र ओम प्रकाश काफ्ले निर्वाचित हुनु भएको छ।

    अधिवेशन बाटै निर्विरोध रूपमा राम बहादुर क्षेत्री र दिपक रेग्मी एनआरएनए आईसीसी सदस्यमा निर्वाचित हुनु भएको छ भने नव निर्वाचित अध्यक्ष रबिना अर्यालको अध्यक्षतामा बसेको संघको पहिलो बैठकले निर्वाचित सदस्य देवी बहादुर कार्कीलाई संघको प्रवक्तामा नियुक्त गर्दै सोही पहिलो बैठकले २०२३-२०२५ कार्यकालका लागी बिशाल श्रेष्ठलाई एनआरएनए आईसीसी सदस्यमा मनोनित गरिएको छ ।

    महाधिवेशनमा साउदीअरबका लागी नेपालका महामहिम राजदूत नवराज सुवेदी प्रमुख अतिथि र महावाणिज्य दूतावास जेद्धाका कार्यवाहक महावाणिज्यदूत शत्रुध्वन पोखरेल विशिष्ट अतिथि रहनु भएको उक्त महाधिवेशनमा एनआरएनए आईसीसी उपाध्यक्ष नरेन्द्र भाट, महिला उपाध्यक्ष याश्मिन वेगम, मध्यपूर्व क्षेत्रिय संयोजक राजेन्द्र अर्याल, आईसीसी सदस्य तेज बहादुर थापा, संस्थापक एवम् संरक्षकहरू राजु शैयद, ओम घले, विरेन्द्र चौधरी, जन सम्पर्क समिति साउदीअरबका कार्यवाहक सभापति द्वारिका राज गिरी, प्रवासी नेपाली मंच साउदीअरबका अध्यक्ष अमर श्रेष्ठ प्रवासी नेपाली एकता समाज (पानस) का अध्यक्ष कुबेर हुमागाईँ लगायत साउदीअरबमा क्रियाशील विभिन्न सामाजिक तथा राजनीतिक संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरू, व्यवसायी तथा बुद्धिजीवीहरू, विभिन्न संचार क्षेत्रमा आवद्ध संचार कर्मिहरू विशिष्ट अतिथि र अतिथिको रूपमा उपस्थित रहनु भएको थियो। उक्त अधिवेशनमा साउदीअरबको विभिन्न शहरहरूबाट संघका विभिन्न तह र ओहदामा क्रियाशील पदाधिकारीहरू, पंजिकृत सदस्यहरू, कलाकर्मीहरू र साउदीअरब स्थित कार्यरत नेपाली दाजुभाई दिदी बहिनीहरू सहित हजार भन्दा बढीको सहभागिता रहेको थियो।

    एनआरएनए एनसीसी साउदीअरबको नवौँ राष्ट्रीय महाधिवेशनमा संघका उपाध्यक्ष राम बहादुर क्षेत्रीले स्वागत मन्तव्य प्रस्तुत गर्नु भएको थियो भने उपस्थित अतिथिहरू द्वारा नव निर्वाचित कार्यसमितिलाई शुभकामना व्यक्त गर्नु भएको थियो । शुभ कामना मन्तव्य राख्ने क्रममा महावाणिज्य दूतावास जेद्धाका कार्यवाहक महावाणिज्यदूत शत्रुध्वन पोख्रले ज्युले ऐतिहासिक रूपमा अधिवेशन गरी नयाँ कार्यसमिति चयन भएकोमा बधाई तथा शुभ कामना दिनु हुँदै श्रमिक संवर्धन तथा प्रवर्धनमा महावाणिज्य दूतावास तथा एनआरएनए बिचको सहकार्य निरन्तर रहने बिचार व्यक्त गर्नु हुँदै यस अघि विशेष गरी कोभिड १९ महामारीका बेला एनआरएनए एनसीसी साउदीअरबले पुर्याएको योगदानका लागी हार्दिक धन्यवाद व्यक्त गर्नु भयो।
    उक्त अधिवेशनमा आफ्नो शुभकामना मन्तव्य राख्नु हुँदै नेपाली दूतावास रियादका महामहिम राजदूत नवराज सुवेदी ज्युले एनआरएनएको भूमिका तथा उद्देश्य अत्यन्तै गहन तथा महत्वपूर्ण रहेकाले अन्य विषयहरूको अलावा श्रमिकहरूको पक्षमा विगतमा जस्तै अगामी दिनमा पनि एनआरएनएको सक्रिय एवम् सारभूत रूपमा रहने विश्वास व्यक्त गर्नु हुँदै नेपाली राजदूतावास बाट विगतमा जस्तै निरन्तर सहकार्य हुने प्रतिबद्धता व्यक्त गर्नु भयो। साउदीअरबमा रहेका सम्पूर्ण संघ संस्थाहरू एकतावद्ध भई श्रमिकहरूको हितमा भूमिका निर्वाह गर्दा त्यस बाट राजदूतावासको कार्य सम्पादनमा समेत सघाउ पुग्ने विचार व्यक्त गर्नुभएकोथियो।

    Posted in अन्तर्राष्ट्रिय, मुख्य खबर, राजनीतिLeave a Comment on एनआरएनए साउदी अध्यक्षमा रबिना अर्याल लगायत सम्पूर्ण कार्यसमिति निर्विरोध ।

    नेपाल एयरलाइन्सले काठमाडौं–दमाम साताको तीन उडान गर्ने।

  • १२ श्रावण २०८०, शुक्रबार १५:५९ मा प्रकाशित
  • नेपाल एयरलाइन्सले आगामी अगस्ट महिनाबाट साउदीको दमाम सहरबाट सीधा उडान भर्ने भएको छ।

    जसअनुसार दमाम–काठमाडौं–दमाम साताको तीन उडान हुने भएको हो। यसअघि रियाद–काठमाडौं–रियाद सीधा उडान भर्दै आएको एयरलाइन्सले केही समयको लागि उडान नहुने जनाएको छ।

    नेपाल एयरलाइन्सको यस रुटको उडानको निरन्तरता दिनको लागि साउदीमा रहेका संघसंस्थाले नेपाली राजदूत नवराज सुवेदीलाई विज्ञप्तिसमेत बुझाएका थिए। साउदीको रियाद सहरबाट नेपाल एयरलाइन्सको पहिलो उडान २२ अप्रिल २०२२ का दिन भएको थियो।

    Posted in अन्तर्राष्ट्रिय, अर्थ, मुख्य खबरLeave a Comment on नेपाल एयरलाइन्सले काठमाडौं–दमाम साताको तीन उडान गर्ने।

    एम्बाप्पेलाई साउदी क्लब अल हिलालकाे कीर्तिमानी प्रस्ताव

  • १० श्रावण २०८०, बुधबार ०२:१७ मा प्रकाशित
  • काठमाण्डाै – साउदी अरेबियाकाे क्लब अल हिलालले फ्रान्सका स्टार फुटबलर किलियन एम्बाप्लेलाई भित्र्याउन कीर्तिमानी रकमकाे प्रस्ताव गरेकाे छ । अल हिलालले पेरिस सेन्ट जर्मेइन (पीएसजी) लाई आफ्नाे क्लबमा आउन २५९ मिलियन पाउन्ड स्टर्लिङकाे प्रस्ताव गरेकाे हाे ।

    २४ वर्षीय फ्रान्सका कप्तानकाे पीएसजीसँगकाे अनुबन्ध सकिन एक वर्ष बाँकी छ । एम्बाप्पेले भने आफूलाई जापानकाे प्रि–सिजन भ्रमणका लागि नछानेकाे भन्दै पीएसजीसँग अनुबन्ध लम्ब्याउन तयार छैनन् ।

    पीएसजी एम्बाप्लेलाई आउँदाे गर्मीयाममा त्यसै गएकाे भन्दा अहिले नै अन्य क्लबमा अनुबन्ध गराउन चाहन्छ ।

    सन् २०१७ मा नेयमार बार्सिलाेनाबाट पीएसजीमा जाँदा २०० मिलियन पाउन्डमा अनुबन्ध भएका थिए जुन रकम कीर्तिमानी हाे ।

    Posted in अन्तर्राष्ट्रिय, खेल, मुख्य खबरLeave a Comment on एम्बाप्पेलाई साउदी क्लब अल हिलालकाे कीर्तिमानी प्रस्ताव

    Posts navigation

    Older posts
    Newer posts

    Himalayan Dristi Team

    • प्रधान सम्पादक

      अनिल आचार्य

    About us

    • हाम्रोबारे

    Follow us on Facebook

    Contact Us

    Kathmandu, Nepal
    Email: himalayandristi@gmail.com
    Phone:-00977-9868990772
    Web:
    www.himalayandristi.com/
    विज्ञापनका लागि
    कृष्ण गिरि 00977-9860341922

    © Copyright 2020-2024 Himalayan Dristi. All Right Reserved. Design & Developed By K & P