• गृह पृष्ठ
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला /जीवनशैली
  • खेल
  • बिज्ञान/प्रविधि
  • राजनीति
  • विचार
  • समाज
  • साहित्य

Category: Uncategorized

साप्ताहिक पञ्चाङ्ग भाग- १७१

  • १९ मंसिर २०८२, बिहीबार ०९:४८ मा प्रकाशित
  • “पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग भाग: एकसयएकतरौऔ अभ्यासमा हामी पुगेका छौ। सम्पूर्ण पञ्चाङ्ग स्रष्टाहरुमा अनुरोध छ।
    अभ्यास पाठशालाको अभ्यास शृङ्खला दर्ता पछिको भाग :-१७१———-

    विधा :- पञ्चाङ्ग
    अभ्यास गर्ने स्थान :- पञ्चाङ्ग अभ्यास पाठशाला
    मिति:- २०८२/०७/१७
    पञ्चाङ्ग वा समपञ्चाङ्ग लेखि बुधबार बेलुका ०९ बजेसम्म पठाउनु हुन अनुरोध छ।
    ……………………………………….
    प्रशिक्षक:-
    ……………
    सोमनाथ लुइटेल
    गुणनिधि घिमिरे
    सुशीला पौडेल

    ………………………
    भाषा शुद्धीकरण:-
    ———–
    भवानी घिमिरे
    पशपती राई

    सङ्कलक :-
    ———-
    दुर्गा रिजाल आचार्य

    संयोजक:-

    पञ्चाङ्ग साहित्य समाज नेपाल ======================

    अक्षर सङ्ख्या:- [बराबरी]
    अनुप्रास :- आफुखुसी
    स्थायी :- अनिवार्य
    पञ्चाङ्ग:०१
    सदाको लागि दुष्टकाे शिर तल पारेर झार्ने हतियार मसँग छ
    जिउँदो भएकाे शरीरलाई मरेतुल्य पार्ने हतियार मसँग छ
    सोचिरहेका छाै हाैला तिमी आफू जस्तो विद्धान र जान्ने कोही छैन् यहाँ,
    त्यस्ताे ठूलो घमण्डको झाडीलाई बेराले बार्ने हतियार मसँग छ
    खराब नियत लिइ आउनेलाई पर सार्ने हतियार मसँग छ।
    -सुशीला पौडेल

    पञ्चाङ्ग:०२
    छोडेर गयो साथीले देश रेलमा बसेर
    कसैले मुक्ति कुरिरहेछन् जेलमा बसेर
    विवस पनि सबैका लागि फरक रहेछन्
    नेताले देश लुटी नै रहै खेलमा बसेर
    जनता सबै खपेछन् तातो तेलमा बसेर।
    घनश्याम पौडेल,पोखरा

    ॐ
    पञ्चाङ्ग:०३
    जीवनमा पहिलो शत्रु आफ्नै मन रहेछ प्रभु
    आधुनिक युगमा शत्रु अर्को धन रहेछ प्रभु
    सत् व्यवहारले मात्र जीवन यात्रा सफल हुन्छ
    टाउको काट्दा पनि असन्तुष्ट तन रहेछ प्रभु
    निष्काम कर्म सफल नहुने जन रहेछ प्रभु !
    -प्रद्युम्न चालिसे
    भक्तपुर कटुञ्जे ।

    पञ्चाङ्ग:०४
    काँधमा टेकी टाउकोमा हान्ने छन्।
    पछाडि खुट्टा समातेर तान्ने छन्
    मानिसको चाल पनि अचम्मको,
    सबैजना आ आफैं निकै जान्ने छन्
    सर्वेसर्वा कतिले आफैं ठान्ने छन्।
    -ह्यारिस

    पञ्चाङ्ग-०५
    मायाले पनि कतै रिस मिसाएको देखिन्छ
    रिसाको बेला पिठो पनि पिसाएको देखिन्छ
    आखिर मान्छे नै त हो भगवान् त होइन नि,
    विद्वान पनि घरीघरी रिसाएको देखिन्छ
    मै हुँ भन्ने पनि थाकेर बिसाएको देखिन्छ ।
    -पशपती राई खोटाङ ।

    Posted in Uncategorized

    भदौ ८ को दुर्घटना : अभियुक्तलाई धरौटीमा छड्ने षडयन्त्र सार्वजनिक

  • १८ मंसिर २०८२, बुधबार २१:१७ मा प्रकाशित
  • कपिलवस्तु, मंसिर १७- पावर र पैसाको दवावमा दुर्घटना घटाएर भागेका एक अभियुक्तलाई चोख्याउने प्रपञ्चको हालै पर्दाफास भएको छ । जिल्ला प्रहरी कार्यालय कपिलवस्तु र सरकारी न्यायाधिवक्ताको कार्यालय समेतको मिलेमतोमा कपिलवस्तुका व्यापारी अमरदीप कसौधनलाई जोगाउने षडयन्त्र भएको हो । यसमा प्रहरी र सरकारी वकिलदेखि न्यायालयसम्म ठूलै चलखेल भएको पाइएको छ ।

    अमरदीप कपिलवस्तु उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष सन्तोष कसौधनका छोरा हुन् । उनी भन्सार एजेन्ट, ग्रेनाईट, मार्वललगायतका विभिन्न वैध अवैध धन्दामा संलग्न छन् ।

    गत भदौ ८ गते भैरहवामा क्यासिनो खेलेर कपिलवस्तु फर्किदै गर्दा अमरदीपले चलाएको भारतीय नम्बरको गाडीले दोहनीमा बिहान ५ बजे भैसी डो¥याएर बाटोमा हिडिरहेका एक किसानलाई ठक्कर दिएको थियो । मादक पदार्थ समेत सेवन गरेका अमरदीप ठक्कर दिएर भागेका थिए ।

    भैसी घटनास्थलमै र कपिलवस्तु न.पा. वडा नं. ८ मैनिहवा निवासी ५४ बर्षिय रामशरन अहिर सिद्धार्थ सिटी अस्पतालमा उपचार पछि थप उपचारका लागि भारतको नौगढ लैजाँदै गर्दा भदौ ११ मा मृत्यु भएको थियो ।

    मान्छे र भैसी हानेपछि भागेका अमरदीप गाडी तौलिहवाको घरमा लुकाएर भारततिर भागे । यता ट्राफिक प्रहरीले घटनाको स्केच बनायो, अनुसन्धान ग¥यो र गाडी पनि समात्यो । ड्राइभर पनि नक्कली खडा गरियो ।
    तर प्रत्यक्षदर्शी, पीडित र घटनाको प्रारम्भिक अनुसन्धान गरेका प्रहरीले नमानेपछि घटनालाई नाटकजस्तै बनाइयो । देशभर भदौ २३ मा आन्दोलन चर्कियो, २४ गते जेलका कैदी भागे ।

    त्यहि मौका छोपेर अमरदीप प्रहरीमा हाजिर भएको र थुनामा राख्दा असुरक्षा हुने भन्दै हाजिर जमानीमा छोडेको नक्कली डकुमेन्ट तयार गरियो । यसका लागि मौटै रकम खर्च भएको श्रोतले दावी गरेको छ ।
    पीडकलाई उन्मुक्ति दिन सवारी तथा यातायात व्यवस्था ऐन २०६३ को दफा १६१(३) अनुसारको कसुरदार दावी गरि जिल्ला अदालतमा मुद्धा दायर भएको छ । ०८२(सिआई(००७० नम्बरको उक्त मुद्धामा माग भए बमोजिम अदालतले ५० हजार रुपैयाँ धरौटी लिई अमरदीप छुटिसकेका छन् । हिट एण्ड रन अर्थात ठक्कर दिएर भागेका अमरदीपले चलाएको गाडी भारतीय नम्बर प्लेटको हो । युपी १२ बिजे ९९९७ नम्बरको सो गाडीले ठक्कर दिएको समयमा नेपालमा चलाउन परमिट पनि लिएको थिएन ।

    ठक्कर दिएपछि आफूले उठाउने वा अस्पतालतिर लैजाने कर्तब्य गाडी चालकको हुन्छ । उनी भागेका थिए । यस्तो अवस्थामा सवारी तथा यातायात ब्यवस्था ऐनको दफा १६१ को उपदफा १ या २ आकर्षित हुन्छ ।
    आफुले दुर्घटना घटाएको र उपचार गराउन भारत गएको दावी अमरदीप कसौधनले गरे । भारतमै रहेका उनले घटनाको बिषयमा आफ्नो बाबु सन्तोषलाई बुझ्न भने । ठूलै रकम खर्च गरेर उन्मिनुभएछ नि भन्दा उनले भने, हैन होला, एकचोटी मेरो बुवासँग बुझ्नुस् न ।

    उनका बुबा सन्तोष कसौधनले आफूलाई कानुनको बिषयमा केहि थाहा नभएको र सबै काम प्रकृया अनुसार भएको दावी गरे ।
    समाचार श्रोतले कसौधनलाई जेनजी आन्दोलनपछिको बिषम परिस्थितिको फाइदा उठाउँदै ठूलै रकम हात पारेर सबै कागजी रुपमा मिलाएर छाडिएको दावी गरेको छ । ट्राफिक प्रहरीले तयार पारेको स्केच, हिट एण्ड रन र अन्य महत्वपूर्ण कागजपत्र फेरिएको छ ।
    उक्त दुर्घटनामा जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका तत्कालिन प्रहरी निरिक्षक माधव विकले अनुसन्धान गरी सरकारी वकिलको कार्यालयमा पेश गरेका थिए । सरकारी वकिलको कार्यालयले दुर्घटना गराई गाडी लुकाएर भागेका अमरदीपलाई सहयोग पुग्ने गरी आँखा चिम्लिएर १६१(३) कै माग दावी गरी जिल्ला अदालतमा मुद्धा पेश गरेको थियो ।

    घटनाको गाम्भिर्यताभन्दा फरक ढंगले मुद्धा दायर गरी अभियुक्तलाई ५० हजार धरौटीमा छाडिएको बिषयमा जिल्ला न्यायाधिवक्ता खिमानन्द गौतमले अनुसन्धान अधिकारीले दिएको प्रतिवेदनको आधारमा मुद्धा दायर भएको जिकिर गरे । तर यो भन्दा कमजोर सवारी ज्यान मुद्धामा पनि उनै गौतमले उपदफा २ लगाएका नजिरहरु छन् । यस बिषयमा थप विवरणहरु सार्वजनिक पछि सार्वजनिक गरिने छ ।

    अदालतमा मुद्धा चलिरहेको छ, कमी कमजोरी भए स्वभाविक रुपमा सच्चिएला नि !, गौतमले भने । दुर्घटनाको अनुसन्धान गरेर प्रतिवेदन बुझाएका प्रहरी निरिक्षक विकले आफुले बुझाएको प्रतिवेदनमा सरकारी वकिलले नमान्न सक्ने भएकाले सबै जिम्मेबारी आफ्नो नहुने बताउँछन् । उनले आफुले अनुसन्धान गरेको भएपनि टीमको सल्लाहबाटै सबै भएको र थप कुरा डिएसपीसँग बुझ्न सकिने बताए ।

    प्रहरी उपरीक्षक सन्तोष आचार्यले आफू हालै सरुवा भएर बताउँदै आफू आउनुभन्दा अघिको घटना भएकाले बुझ्ने जानकारी दिए । प्रहरी प्रवक्ता डिएसपी रिपेन्द्रकुमार सिंहले भने तत्कालिन अनुसन्धान अधिकृत माधव विकमाथि दोष थोपरे । अनुसन्धान अधिकृतले सबै हेरेर गरेको र सोहि अनुसार मुद्धा दायर गरिएको उनको जिकिर छ ।

    सभार: गौतमबुद्ध सन्देश

    Posted in Uncategorized

    मायादेवी गाउँपालिकामा १६ दिने अभियान, महिला हिंसाविरुद्ध प्रतिबद्धता

  • १६ मंसिर २०८२, सोमबार २०:५७ मा प्रकाशित
  • कपिलवस्तु, १५ मंसिर — महिलामाथि हुने हिंसा रोकथामका लागि ‘लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान’ अन्तर्गत मायादेवी गाउँपालिका कपिलवस्तुमा अन्तरक्रिया कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ । मायादेवी गाउँपालिकाको समन्वयमा तथा लुम्बिनी प्रदेश सामाजिक विकास मन्त्रालयअन्तर्गतको महिला सशक्तीकरण परियोजनाको आयोजनामा भएको हो ।

    कार्यक्रम मायादेवी गाउँपालिका अध्यक्ष वलिउद्दिन खानको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री जन्मजय तिम्लिसेना प्रमुख अतिथिका रूपमा उपस्थित रहेको थिए । साथै कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले विशिष्ट अतिथिका रूपमा सहभागि भएको थिए ।

    पालिका अध्यक्ष वलिउद्दिन खानले भने, “महिला हिंसा रोकथाम हाम्रो प्राथमिकता हो । गाउँपालिका, समुदाय र सुरक्षा निकाय मिलेर काम गर्दै महिलाको सुरक्षा सुनिश्चित गर्ने प्रतिबद्ध छौं। यस अभियानलाई व्यवहारिक पहलको रूपमा अघि बढाउदै आएको छौं ।”

    महिलामाथि हुने हिंसालाई व्यक्तिगत वा पारिवारिक घटना मात्र नभई सामाजिक संरचना, संस्कार र संस्थागत कमजोरीसँग जोडिएको गम्भीर चुनौती भएको उल्लेख गरे । मन्त्री तिम्लिसेनाले सरकारी सेवा, सुरक्षा, कानुनी पहुँच र पीडितमैत्री कार्यक्रमहरूको पहुँच सबै क्षेत्रमा सुनिश्चित गर्नु आवश्यक भएको बताए । प्रमुख जिल्ला अधिकारी गौतमले प्रशासनले पीडितमैत्री सेवा प्रवाहमा प्रतिबद्ध रहेको र स्थानीय तहसँग समन्वय गरेर प्रभावकारी पहल गर्दै आएको जानकारी दिए ।

    कार्यक्रममा सहभागीहरूले आर्थिक सशक्तीकरण, शिक्षा, बालविवाह रोकथाम, सुरक्षित आवागमन, पुरुष–महिला बराबरी र सामाजिक चेतनाको विस्तार अभियानको मुख्य आधार बन्नुपर्नेमा जोड दिएका थिए । सहभागीहरूले १६ दिने अभियान केवल औपचारिक कार्यक्रम नभई समानता, न्याय र सुरक्षित समाज निर्माणतर्फको साझा प्रतिवद्धता भएको बताएका थिए ।

    गाउँपालिकाले अभियानअन्तर्गत विद्यालय, महिला समूह र समुदायमा सचेतनामूलक कार्यक्रम, र्याली, सामुदायिक छलफल र पीडितमैत्री सेवा निरन्तर सञ्चालन गर्ने जनाएको छ ।

    Posted in Uncategorized

    मायादेवी गाउँपालिकामा ४६ लाख बढी पेस्की हिनामिना : सात जनाविरुद्ध अख्तियारमा मुद्दा  दायर

  • १६ मंसिर २०८२, सोमबार १२:०५ मा प्रकाशित
  • काठमाडौँ, मङ्सिर १५
    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कपिलवस्तुस्थित मायादेवी गाउँपालिकामा वर्षौँदेखि फर्छ्यौट नहुँदै आएको पेस्की रकम हिनामिना भएको ठहर गर्दै सात जनाविरुद्ध विशेष अदालत काठमाडौँमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

    आयोगले सार्वजनिक गरेको विवरणअनुसार आ.व. २०७५/७६ देखि २०७८/७९ सम्म स्वास्थ्य कार्यक्रमका नाममा लिइएका विभिन्न शीर्षकका पेस्कीमध्ये कूल ४६ लाख ७ हजार ३ सय रुपियाँ बेरुजु रहेको पुष्टि भएपछि तत्कालीन प्रमुख प्रशासकीय अधिकृत, लेखा अधिकृत, लेखापाल, लेखा सहायकलगायतका सात जनामाथि मुद्दा दायर गरिएको हो ।

    अनुसन्धानका क्रममा अधिकृत छैटौँ महेन्द्रप्रसाद यादवसहित पदाधिकारीहरूले पेस्की लिएर तोकिएको समयावधिमा बिल–भरपाई तथा कागजात पेस गर्न नसकेको, आवश्यक कार्यसमेत नगरी पुनः–पुनः पेस्की लिँदै सार्वजनिक रकम दुरुपयोग गरेको आयोगले जनाएको छ ।

    मुख्य बेरुजु रकम

    २०७५/७६ मा स्वास्थ्य कार्यक्रमका लागि लिइएको रु २२,६२,३०० मध्ये रु २०,१७,३०० बेरुजु

    २०७७/७८ मा लिइएको रु १०,००,००० हालसम्म फर्छ्यौट नभएको

    २०७८/७९ मा लिइएको रु १५,९५,००० मध्ये रु १५,९०,००० बेरुजु

    पेस्की नियमविपरीत निरन्तर थपिँदै जानु, कार्यक्रम कार्यान्वयन नहुनु र बिल–भरपाई समयमै नआउनुले आपसी मिलेमतोसहित अनियमितता भएको स्पष्ट भएको आयोगको निष्कर्ष छ ।

    कसुर र मागदाबी

    भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिम सरकारी रकम हिनामिना गरी सार्वजनिक सम्पत्तिमा हानि–नोक्सानी पुर्‍याएको अभियोगमा सबै प्रतिवादीविरुद्ध बिगो बराबर जरिवाना, कैद सजाय तथा हिनामिना भएको रकम असुल–उपर गराउन माग गरिएको छ ।

    नामावली तथा तोकिएको बिगो

    रामचन्द्र ढकाल, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत – रु २०,१७,३००

    प्रमेश्वर यादव, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत – रु १५,९०,०००

    कृष्णप्रसाद तिमिल्सिना, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत – रु १०,००,०००

    प्रकाश गौतम, लेखा अधिकृत – रु १५,६०,०००

    महेन्द्रप्रसाद यादव, सि.अ.हे.व./अधिकृत छैटौँ – रु ४६,०७,३००

    तुल्सीराम पौडेल, तत्कालीन लेखापाल – रु १९,१७,३००

    गिरीराज गौतम, लेखा सहायक पाँचौँ – रु १४,१०,०००

    आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार कार्यक्रम कार्यान्वयन नगरी पेस्की रकम हिनामिना गरेको पुष्टि भएकाले मुलुकी कानुनअनुसार कारबाहीको मागसहित आरोपपत्र दायर गरिएको हो । मुद्दाको सुनुवाइ अब विशेष अदालत काठमाडौँमा हुनेछ ।

    सभार : गोरखापत्र अनलाईन

    Posted in Uncategorized

    दुई प्रमुख सडक अतिक्रमणमुक्त बनाउने तयारी, पालिकाको सार्वजनिक सूचना जारी

  • १५ मंसिर २०८२, आईतवार १९:५८ मा प्रकाशित
  • कपिलवस्तु, मंसिर १४— मायादेवी गाउँपालिका कपिलवस्तुले गाउँभित्रका दुई महत्वपूर्ण सडक खण्डमा वर्षौंदेखि रहेका अव्यवस्थित र अतिक्रमित संरचनाहरू हटाउन ३५ दिनभित्र अनिवार्य रूपमा खाली गर्न सार्वजनिक सूचना जारी गरेको छ ।

    सूचनामा डुमरा–रजवापुर–सिसवा हुँदै डुमारिया जाने मार्गमा सडकको दायाँ–बायाँ ५–५ मिटर क्षेत्र र २.५ मिटर सेटब्याक भित्र पर्ने सबै संरचना हटाउन निर्देशन दिइएको हो ।

    यस्तै अभिराव–भरवलिया–बडसुडवा जोड्ने सडकमा सडक केन्द्रबाट दायाँ–बायाँ ७–७ मिटर सहित २.५ मिटर सेटब्याक क्षेत्र अतिक्रमणमुक्त गर्न सूचनामा उल्लेख गरिएको छ ।

    गाउँपालिकाका अनुसार दुवै सडक खण्डमा बढ्दो आवतजावत र यातायात सुरक्षा चुनौतीका कारण भित्र रहेका टोल, चौतारा, पसल, घर, छाप्रोलगायत संरचना हटाउन यो निर्णय आवश्यक भएको हो ।

    सार्वजनिक सडक ऐन, २०३१ को दफा ३(क) उपदफा (२) अनुसार सूचना जारी गरिएको गाउँपालिकाले जनाएको छ ।

    Posted in Uncategorized

    प्रधानमन्त्रीको अभिव्यक्तिविरुद्ध मुस्लिम समुदाय आक्रोशित

  • १३ मंसिर २०८२, शुक्रबार ०६:५७ मा प्रकाशित
  • कपिलवस्तु, फागुन १२ — प्रधानमन्त्री सुशीला कार्कीले महिला हिंसा विरुद्धको १६ दिने अभियानको शुभारम्भका क्रममा व्यक्त गरेको भनाइलाई लिएर कपिलवस्तुमा मुस्लिम समुदायले तीव्र असन्तोष जनाएको छ । उक्त अभिव्यक्ति मुस्लिम महिलाको मर्यादा र पहिचानमा प्रहार भएको भन्दै समुदायका अगुवाहरुले विरोध प्रदर्शनमा उत्रिएका छन् ।

    बिहीबार साँझ मायादेवी गाउँपालिकास्थित पकडी चोकमा मुस्लिम अगुवा तथा स्थानीयवासीहरू भेला भई प्रधानमन्त्रीको पुतला दहन गरेका थिए । प्रदर्शनकारीहरूले प्रधानमन्त्रीको अभिव्यक्ति फिर्ता लिनुपर्ने माग गर्दै नाराबाजी गरेका थिए ।

    यस्तै, सदरमुकाम तौलिहवामा पनि मुस्लिम समुदायका प्रतिनिधिहरूले छुट्टै रूपमा विरोध जनाएका छन् । उनीहरूले प्रधानमन्त्रीको अभिव्यक्ति “खेदजनक र पदको मर्यादाविपरीत” रहेको भन्दै तत्काल सच्याउनुपर्ने आग्रह गरेका छन् ।

    विरोधसभामा बोल्दै नेपाली कांग्रेसका पुर्व केन्द्रिय सदस्य एवं संविधान सभा सदस्य अतहर कमाल मुसलमानले प्रधानमन्त्रीको अभिव्यक्तिले मुस्लिम महिलाको मर्यादा तथा सम्पूर्ण समुदायको भावनामा आघात पुगेको बताए । उनले भने,“प्रधानमन्त्रीको भनाइले मुस्लिम समुदायलाई गलत रूपमा प्रस्तुत गरेको छ । यस्तो अभिव्यक्तिले राष्ट्रको सामाजिक सद्भावमै असर पार्न सक्छ ।”

    त्यसैगरी सो कार्यक्रममा स्थानीय मोहम्मद इसहाक ,निशार अह्मद र जम्शेद खानले पनि प्रधानमन्त्रीबाट आएको अभिव्यक्ति असाङ्गत भएको उल्लेख गर्दै समुदायमाथि परेको अपमानको जिम्मेवारी लिनुपर्ने माग गरे ।

    विरोध प्रदर्शनअघि मुस्लिम अगुवाहरूको टोलीले प्रमुख जिल्ला अधिकारी जनार्दन गौतममार्फत राष्ट्रपतिलाई ज्ञापनपत्र बुझाएको छ । ज्ञापनपत्रमा प्रधानमन्त्रीको अभिव्यक्तिले धार्मिक तथा सामाजिक सहिष्णुतामा प्रतिकूल प्रभाव पारेको उल्लेख गरिएको छ ।

    समुदायका अगुवाहरूले तत्काल अभिव्यक्ति फिर्ता गरी सार्वजनिक रूपमा माफी मागिनुपर्ने माग गरेका छन् ।

    Posted in Uncategorized

    नयाँ अस्पताल निरीक्षण: मन्त्री गौतमले स्वास्थ्य सेवा सुधारमा सहयोगको आश्वासन दिइन्

  • ८ मंसिर २०८२, आईतवार २२:०७ मा प्रकाशित
  • कपिलवस्तु –७ मंसिर
    संघीय सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा शर्मा गौतमले आज मायादेवी गाउँपालिका १ मा रहेको पकडी स्वास्थ्य चौकी र सोही गाउँपालिकाको वडा नम्बर ७, हरनामपुरमा निर्माण भएको १५ शैयाको अस्पतालको निरीक्षण गरेकी छन् ।

    अस्पताल निर्माण कार्य सम्पन्न भइसकेको भए पनि गाउँपालिकाले थप बजेटको माग अघि सारेको थियो । निरीक्षणका क्रममा, अस्पतालको पूर्वाधारमा लिफ्टको समस्या रहेको कारणले गाउँपालिका अध्यक्ष वलिउद्दिन खानले मन्त्री गौतमलाई थप बजेट आवश्यक भएको जानकारी गराएका थिए । अध्यक्ष खानका अनुसार, अस्पताल व्यवस्थापन र १५ शैयाको अस्पतालमा लिफ्ट अनिवार्य भएकाले र पालिकाले डीपीआर बनाउनमा समस्या भोगेपछि थप बजेट आवश्यक भएको छ ।

    मन्त्री गौतमले स्वास्थ्य मन्त्रालयबाट सक्दो सहयोग गरिने आश्वासन दिइन् । यस अस्पतालले गाउँपालिकामा स्वास्थ्य सेवा पहुँच र गुणस्तर दुवैमा सुधार ल्याउने विश्वास लिइएको छ ।

    स्थानीय बासिन्दा र स्वास्थ्यकर्मीहरूले पनि नयाँ अस्पताल निर्माणसँगै स्वास्थ्य सेवामा छिटो र सुलभ पहुँच हुने अपेक्षा व्यक्त गरेका छन् । हालसम्म पालिकाका स्थानीयले जिल्ला अस्पताल वा भैरहवा मिडिकल कलेजसम्म पुग्न धेरै समय खर्च गर्नु पर्ने बाध्यता भोग्नुपर्थ्यो । तर यस अस्पतालले अब स्थानीयहरूलाई छिटो र सहज स्वास्थ्य सेवा उपलब्ध गराउनेछ ।

    मन्त्री गौतमले निरीक्षणका क्रममा अस्पताल सञ्चालन र मानवशक्ति व्यवस्थापनमा आवश्यक सहयोग पुर्‍याउने वचन दिइन् । स्वास्थ्य मन्त्रालयले यसअघि नै स्वास्थ्य केन्द्र सुधारका लागि बजेटको व्यवस्था गर्दै आएको थियो ।

    गाउँपालिका भित्रका स्वास्थ्यकर्मीहरूलाई थप तालिम तथा स्रोतसाधन उपलब्ध गराउन मन्त्रालयले अब छिटो योजनाहरू अघि सर्ने मन्त्री गौतमले जानकारी दिइन् ।

    Posted in Uncategorized

    विद्यार्थी नेतृत्व र सृजनशीलतामा जोड्दै शैक्षिक महाकुम्भ बगदीमा सुरु

  • ७ मंसिर २०८२, शनिबार ११:०२ मा प्रकाशित
  • कपिलवस्तु, ६ मंसिर –
    शुद्धोधन गाउँपालिका–१, बगदीमा हिजोदेखि सुरु भएको विद्यार्थी गुणीय चक्र (एसक्यूसी) शैक्षिक महाकुम्भ भव्य र शैक्षिक वातावरणमा आरम्भ भएको छ । क्वेस्ट नेपालको समन्वय र सन लाइट इङ्लिस बोर्डिङ स्कुलको आयोजनामा प्रारम्भ गरिएको यस महाकुम्भमा जिल्लाका विभिन्न विद्यालयका विद्यार्थी, शिक्षक, शिक्षाप्रेमी तथा अभिभावकहरूको उल्लेखनीय सहभागिता देखिएको छ ।

    उद्घाटन समारोहका प्रमुख अतिथि लुम्बिनी प्रदेश सरकारका युवा तथा खेलकुद मन्त्री सन्तोष पाँडेले पानसमा दीप प्रज्वलन गरी महाकुम्भको उद्घाटन गरेका थिए । उद्घाटन सत्रमा मन्त्री पाँडेलाले शिक्षालाई राष्ट्र विकासको मूल आधारका रूपमा व्याख्या गर्दै यस्ता शैक्षिक अभियानले विद्यार्थीको अव्यक्त क्षमता उजागर गर्न उल्लेखनीय योगदान पुर्‍याउने विश्वास व्यक्त गरे । उनले सामुदायिक तथा निजी क्षेत्रबीचको सहकार्यले शिक्षामा सकारात्मक परिणाम ल्याउने उल्लेख पनि गरे ।

    सृजनशीलता, अनुशासन र नेतृत्व विकासमा केन्द्रित महाकुम्भ

    आयोजक संस्था सन लाइट इङ्लिस बोर्डिङ स्कुलका प्रबन्ध निर्देशक एस. एन. त्रिपाठीका अनुसार महाकुम्भमा जिल्लाका १७ विद्यालयबाट ७०० भन्दा बढी विद्यार्थी सहभागी भएका छन् । उनका अनुसार विद्यार्थी गुणीय चक्रको उद्देश्य विद्यार्थीलाई केवल पाठ्यपुस्तकमा सीमित नराखी नेतृत्व क्षमता, समस्या समाधान सीप, व्यवहारिक ज्ञान र सकारात्मक सोच विकास गर्न मद्दत पुर्‍याउनु हो ।

    कार्यक्रम स्थलमा विविध शैक्षिक प्रदर्शनी, समूहगत प्रस्तुति, अनुभव आदान–प्रदान, सिर्जनशील लेखन, विषयगत प्रतियोगिता तथा व्यवहारिक गतिविधिहरू निरन्तर सञ्चालन भइरहेका छन् । विद्यार्थीहरूले टोलीगत कार्य, सहकार्य भावना र अनुशासनपालनमा उल्लेखनीय उत्साह देखाएका छन् ।

    विद्यार्थीको क्षमता उजागर गर्ने उद्देश्यसहित विविध गतिविधि सञ्चालन

    महाकुम्भमा सहभागी विद्यार्थीहरूले गतिविधिले आत्मविश्वास, नेतृत्व क्षमता र समूहगत तालमेल वृद्धि गरेको प्रतिक्रिया दिएका छन् । अभिभावकहरूले बालबालिकाको रुचि, सीप र क्षमता पहिचानमा यस्ता अभियान अत्यन्त उपयोगी हुने बताउँदै कार्यक्रमलाई निरन्तरता दिनुपर्ने धारणा राखेका छन् ।

    शिक्षकहरूले विद्यार्थीको सृजनशीलता, विश्लेषण क्षमता र सकारात्मक सोच विकासमा कार्यक्रम प्रभावकारी रहेको उल्लेख गर्दै एसक्यूसी अभियान स्थानीय तहमै शैक्षिक सुधारको प्रेरणादायी उदाहरण बन्न सक्ने विश्वास व्यक्त गरेका छन् ।

    सांस्कृतिक प्रस्तुति, प्रतिभा प्रदर्शन, सिप विकास कक्षा तथा अन्तरक्रियात्मक सत्रहरूले कार्यक्रमलाई अझ आकर्षक बनाएका छन् । विद्यार्थीको व्यापक रुचि र क्षमतालाई अभिव्यक्त गर्न पाएको अवसरले महाकुम्भ विशेष प्रभावकारी देखिएको सहभागीहरूको भनाइ छ ।

    समापनमा उत्कृष्ट समूह तथा विद्यार्थी सम्मानित हुने

    एसक्यूसी अवधारणामा आधारित यो शैक्षिक महाकुम्भ आज बेलुका समापन समारोहमा उत्कृष्ट प्रदर्शन गर्ने समूह, विद्यार्थी तथा सम्बन्धित संयोजकलाई सम्मान तथा पुरस्कार प्रदान गरी समापन हुने आयोजक संस्थाले जनाएको छ ।

    शैक्षिक वातावरण, विद्यार्थीको सक्रियता र अभिभावकको उत्साहले महाकुम्भले स्थानीय तहमा शैक्षिक चेतना अभिवृद्धि गर्दै नयाँ ऊर्जा थपेको अनुभूति सहभागीहरूले व्यक्त गरेका छन् ।

    Posted in Uncategorized

    विद्यार्थी नेतृत्व र सृजनशीलतामा जोड्दै शैक्षिक महाकुम्भ बगदीमा सुरु

  • ७ मंसिर २०८२, शनिबार १०:५७ मा प्रकाशित
  • कपिलवस्तु, ६ मंसिर –
    शुद्धोधन गाउँपालिका–१, बगदीमा हिजोदेखि सुरु भएको विद्यार्थी गुणीय चक्र (एसक्यूसी) शैक्षिक महाकुम्भ भव्य र शैक्षिक वातावरणमा आरम्भ भएको छ । क्वेस्ट नेपालको समन्वय र सन लाइट इङ्लिस बोर्डिङ स्कुलको आयोजनामा प्रारम्भ गरिएको यस महाकुम्भमा जिल्लाका विभिन्न विद्यालयका विद्यार्थी, शिक्षक, शिक्षाप्रेमी तथा अभिभावकहरूको उल्लेखनीय सहभागिता देखिएको छ ।

    उद्घाटन समारोहका प्रमुख अतिथि लुम्बिनी प्रदेश सरकारका युवा तथा खेलकुद मन्त्री सन्तोष पाँडेले पानसमा दीप प्रज्वलन गरी महाकुम्भको उद्घाटन गरेका थिए । उद्घाटन सत्रमा मन्त्री पाँडेलाले शिक्षालाई राष्ट्र विकासको मूल आधारका रूपमा व्याख्या गर्दै यस्ता शैक्षिक अभियानले विद्यार्थीको अव्यक्त क्षमता उजागर गर्न उल्लेखनीय योगदान पुर्‍याउने विश्वास व्यक्त गरे । उनले सामुदायिक तथा निजी क्षेत्रबीचको सहकार्यले शिक्षामा सकारात्मक परिणाम ल्याउने उल्लेख पनि गरे ।

    सृजनशीलता, अनुशासन र नेतृत्व विकासमा केन्द्रित महाकुम्भ

    आयोजक संस्था सन लाइट इङ्लिस बोर्डिङ स्कुलका प्रबन्ध निर्देशक एस. एन. त्रिपाठीका अनुसार महाकुम्भमा जिल्लाका १७ विद्यालयबाट ७०० भन्दा बढी विद्यार्थी सहभागी भएका छन् । उनका अनुसार विद्यार्थी गुणीय चक्रको उद्देश्य विद्यार्थीलाई केवल पाठ्यपुस्तकमा सीमित नराखी नेतृत्व क्षमता, समस्या समाधान सीप, व्यवहारिक ज्ञान र सकारात्मक सोच विकास गर्न मद्दत पुर्‍याउनु हो ।

    कार्यक्रम स्थलमा विविध शैक्षिक प्रदर्शनी, समूहगत प्रस्तुति, अनुभव आदान–प्रदान, सिर्जनशील लेखन, विषयगत प्रतियोगिता तथा व्यवहारिक गतिविधिहरू निरन्तर सञ्चालन भइरहेका छन् । विद्यार्थीहरूले टोलीगत कार्य, सहकार्य भावना र अनुशासनपालनमा उल्लेखनीय उत्साह देखाएका छन् ।

    विद्यार्थीको क्षमता उजागर गर्ने उद्देश्यसहित विविध गतिविधि सञ्चालन

    महाकुम्भमा सहभागी विद्यार्थीहरूले गतिविधिले आत्मविश्वास, नेतृत्व क्षमता र समूहगत तालमेल वृद्धि गरेको प्रतिक्रिया दिएका छन् । अभिभावकहरूले बालबालिकाको रुचि, सीप र क्षमता पहिचानमा यस्ता अभियान अत्यन्त उपयोगी हुने बताउँदै कार्यक्रमलाई निरन्तरता दिनुपर्ने धारणा राखेका छन् ।

    शिक्षकहरूले विद्यार्थीको सृजनशीलता, विश्लेषण क्षमता र सकारात्मक सोच विकासमा कार्यक्रम प्रभावकारी रहेको उल्लेख गर्दै एसक्यूसी अभियान स्थानीय तहमै शैक्षिक सुधारको प्रेरणादायी उदाहरण बन्न सक्ने विश्वास व्यक्त गरेका छन् ।

    सांस्कृतिक प्रस्तुति, प्रतिभा प्रदर्शन, सिप विकास कक्षा तथा अन्तरक्रियात्मक सत्रहरूले कार्यक्रमलाई अझ आकर्षक बनाएका छन् । विद्यार्थीको व्यापक रुचि र क्षमतालाई अभिव्यक्त गर्न पाएको अवसरले महाकुम्भ विशेष प्रभावकारी देखिएको सहभागीहरूको भनाइ छ ।

    समापनमा उत्कृष्ट समूह तथा विद्यार्थी सम्मानित हुने

    एसक्यूसी अवधारणामा आधारित यो शैक्षिक महाकुम्भ आज बेलुका समापन समारोहमा उत्कृष्ट प्रदर्शन गर्ने समूह, विद्यार्थी तथा सम्बन्धित संयोजकलाई सम्मान तथा पुरस्कार प्रदान गरी समापन हुने आयोजक संस्थाले जनाएको छ ।

    शैक्षिक वातावरण, विद्यार्थीको सक्रियता र अभिभावकको उत्साहले महाकुम्भले स्थानीय तहमा शैक्षिक चेतना अभिवृद्धि गर्दै नयाँ ऊर्जा थपेको अनुभूति सहभागीहरूले व्यक्त गरेका छन् ।

    Posted in Uncategorized

    चाकरचौडा सीमा क्षेत्रको निरीक्षण, सुरक्षा सुदृढीकरण तथा आगामी निर्वाचनबारे छलफल

  • ५ मंसिर २०८२, बिहीबार २१:४६ मा प्रकाशित
  • कपिलवस्तु – ०४- मंसिर

    कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम, मायादेवी गाउँपालिका अध्यक्ष वलिउद्दिन खान, जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक सन्तोष आचार्य, प्रस्तावित सशस्त्र प्रहरी बल सीमा सुरक्षा गुल्म चाकरचौडाका गुल्मपति मनोज धिताल, र इलाका प्रहरी कार्यालय पकडीका प्रमुख एवं प्रहरी निरीक्षक सुबाश खतीवडा सहितको टोलीले आज चाकरचौडा सीमा क्षेत्रको निरीक्षण गरेको थिए ।

    निरीक्षणका क्रममा सीमा क्षेत्रमा बढ्दो चोरी–पैठारी, अपराधिक गतिविधि नियन्त्रणका उपाय, र छोटी भन्सार कार्यालयलाई पूर्ण रूपमा सञ्चालनमा ल्याउनका लागि आवश्यक व्यवस्थाबारे छलफल समेत भएको थियो ।

    यसअघि टोलीले मायादेवी गाउँपालिका कार्यालयको पनि निरीक्षण गरेको थियो । सो अवसरमा गाउँपालिका अध्यक्ष वलिउद्दिन खानले प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायका पदाधिकारीकारीहरुलाई स्वागत तथा सम्मान गरेका थिए ।

    स्वागत कार्यक्रममा संविधानसभा सदस्य अतहर कमाल मुसलमानले पनि सहभागी पदाधिकारीहरूसँग नजिकिँदै गरेको संघीय निर्वाचनको तयारी, सुरक्षा व्यवस्था र स्थानीय राजनीतिक वातावरणसम्बन्धी विषयमा विस्तृत छलफल गरेका थिए ।

    Posted in Uncategorized

    Posts navigation

    Older posts
    Newer posts

    Himalayan Dristi Team

    • प्रधान सम्पादक

      अनिल आचार्य

    About us

    • हाम्रोबारे

    Follow us on Facebook

    Contact Us

    Kathmandu, Nepal
    Email: himalayandristi@gmail.com
    Phone:-00977-9868990772
    Web:
    www.himalayandristi.com/
    विज्ञापनका लागि
    कृष्ण गिरि 00977-9860341922

    © Copyright 2020-2024 Himalayan Dristi. All Right Reserved. Design & Developed By K & P