“पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग भाग: एकसयएकतरौऔ अभ्यासमा हामी पुगेका छौ। सम्पूर्ण पञ्चाङ्ग स्रष्टाहरुमा अनुरोध छ।
अभ्यास पाठशालाको अभ्यास शृङ्खला दर्ता पछिको भाग :-१७१———-
विधा :- पञ्चाङ्ग
अभ्यास गर्ने स्थान :- पञ्चाङ्ग अभ्यास पाठशाला
मिति:- २०८२/०७/१७
पञ्चाङ्ग वा समपञ्चाङ्ग लेखि बुधबार बेलुका ०९ बजेसम्म पठाउनु हुन अनुरोध छ।
……………………………………….
प्रशिक्षक:-
……………
सोमनाथ लुइटेल
गुणनिधि घिमिरे
सुशीला पौडेल
………………………
भाषा शुद्धीकरण:-
———–
भवानी घिमिरे
पशपती राई
सङ्कलक :-
———-
दुर्गा रिजाल आचार्य
संयोजक:-
पञ्चाङ्ग साहित्य समाज नेपाल ======================
अक्षर सङ्ख्या:- [बराबरी]
अनुप्रास :- आफुखुसी
स्थायी :- अनिवार्य
पञ्चाङ्ग:०१
सदाको लागि दुष्टकाे शिर तल पारेर झार्ने हतियार मसँग छ
जिउँदो भएकाे शरीरलाई मरेतुल्य पार्ने हतियार मसँग छ
सोचिरहेका छाै हाैला तिमी आफू जस्तो विद्धान र जान्ने कोही छैन् यहाँ,
त्यस्ताे ठूलो घमण्डको झाडीलाई बेराले बार्ने हतियार मसँग छ
खराब नियत लिइ आउनेलाई पर सार्ने हतियार मसँग छ।
-सुशीला पौडेल
पञ्चाङ्ग:०२
छोडेर गयो साथीले देश रेलमा बसेर
कसैले मुक्ति कुरिरहेछन् जेलमा बसेर
विवस पनि सबैका लागि फरक रहेछन्
नेताले देश लुटी नै रहै खेलमा बसेर
जनता सबै खपेछन् तातो तेलमा बसेर।
घनश्याम पौडेल,पोखरा
ॐ
पञ्चाङ्ग:०३
जीवनमा पहिलो शत्रु आफ्नै मन रहेछ प्रभु
आधुनिक युगमा शत्रु अर्को धन रहेछ प्रभु
सत् व्यवहारले मात्र जीवन यात्रा सफल हुन्छ
टाउको काट्दा पनि असन्तुष्ट तन रहेछ प्रभु
निष्काम कर्म सफल नहुने जन रहेछ प्रभु !
-प्रद्युम्न चालिसे
भक्तपुर कटुञ्जे ।
पञ्चाङ्ग:०४
काँधमा टेकी टाउकोमा हान्ने छन्।
पछाडि खुट्टा समातेर तान्ने छन्
मानिसको चाल पनि अचम्मको,
सबैजना आ आफैं निकै जान्ने छन्
सर्वेसर्वा कतिले आफैं ठान्ने छन्।
-ह्यारिस
पञ्चाङ्ग-०५
मायाले पनि कतै रिस मिसाएको देखिन्छ
रिसाको बेला पिठो पनि पिसाएको देखिन्छ
आखिर मान्छे नै त हो भगवान् त होइन नि,
विद्वान पनि घरीघरी रिसाएको देखिन्छ
मै हुँ भन्ने पनि थाकेर बिसाएको देखिन्छ ।
-पशपती राई खोटाङ ।

