काठमाण्डौँ, माघ ७ । साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खलाको ८७ औँ भाग शनिबार सम्पन्न भएको छ । उदक साहित्य समाज, नेपालले उक्त कार्यक्रमको आयोजना गरेको थियो। उक्त शृङ्खलामा नेपाल लगायत विश्वका ६४ जना उदक स्रष्टाहरूको सहभागिता रहेको उदक लेखन शृङ्खलाका संयोजक, प्रशिक्षक एवं उदक साहित्य समाजका उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो ।
काव्य विधा अन्तर्गतको नयाँ उदियमान प्रविधा उदक कविताको उन्नयन र विकासका लागि साप्ताहिक रूपमा उदक लेखन शृङ्खला सञ्चालन गर्दै आएको उदकका प्रवर्तक एवं उदक साहित्य समाजका अध्यक्ष आर्त अकुलीनले बताउनुभयो ।
संयोजक एवम् प्रशिक्षक अनुभवका अनुसार शनिबारको शृङ्खलाका लागि विहान एउटा तस्बिर दिएर उक्त तस्बिर अनुसारको गहन भाव खुल्ने गरि मात्र एउटा उदक साझ ५ बजेसम्म लेख्न सहभागी उदक यात्रीहरूलाई भनिएको थियोे ।
अभ्यासका लागि राखिएको प्रतिनिधि तस्बिर :
photo: social media अभ्यासमा सहभागी उदक यात्रीका उदकहरू –
विकास ,बाबुको पुरानो सोचाइ हावी भएकै कारण जवानी राम्ररी नफक्रदै वेहुला वन्न वाध्य भए ।उनलाई ग्रामिण शुशिल कन्या तालुमा डोरी वाटेकी बाबुले नै भित्र्याइदिए। अनि साथिले भन्न लागे चरी पास पर्यो केटो।
विहेको महीनादिन नवित्दै गाउँमा सिँगापुर पुलिसको लागी गल्ला आयो ।विकास नापिन पुगे उपयुक्त ठान्यो सिँगापुर पुर्यायो। उनको लाहुरे जीवनसंगै फक्रीएको जवानी अनि शहरका चिल्ला बाटामा आफ्ना नट वल्टु कसेर खुल्ला आकाशमा लहराएको रंगीन केश लिएर हिँडेका युवतीसंग तुलना गर्थे विकास आफ्नी तालु वाटेकीलाइ ।
एता छोरा लाहुरे भएसगै विहे गरेर पश्चाताप र बुहारीसग नराज बाबु आमाले गर्दा घर खान सकीनन शुशील बुहारी ।माइत बस्नुको विकल्प थिएन।
दुइ बर्ष पछि विकास छुट्टीमा घर आए उनको रौनक नै अर्कै थियो। जेठीलाइ पारपाचुके गरी आधुनिक केटी विहे गर्न खोजे। नेपाल नेपालनै थियो सिंगापुर थिएन।
उनलाई मिली चुल्ठोमा रिवन वाटेकी। उसैसँग उनको घरजम भयो। तीन छोरी एक छोरा भए उनका। उनी विदेश छदै आमाको मृत्यु भयो। बा बिदुर हुनुभो ।मनमा अनेक शंका उब्जन थाले पेन्सन निस्केर आए ,आमाको पीतृ संस्कार गरे। छोरीहरूको विहे पहील्यै भै सकेको थियो। विहे गरौ भन्दा छोरो मानेन।
एकदिन सबेरै उठेर श्रीमती नित्यकर्म गर्दै थिइन विकास ट्वाइलेट गएका थिए । चीत्कारको आवाज आजयो दौडदै आए ।श्रीमती आॅगनमै ढलेकी पानी खुवाए नीलीनन्। लगेछन विष्णुले बैकुण्ठ।
तीनवीस काटेका वावु दुइवीस काटेको आफू बाबु छोरै विदुर । एकले अर्काको अनुहारमा वेचैनीका लहर उठदै वस्तै गरेको देख्न थाले। घरमा एक दिन मामा आउनु भयो र देख्नुभयो वीद्रुप हेराइ र वीदीर्ण मन लिएर बाॅचेका दुइ प्राणी । यो दशा देखेर मामा संझाउन थाल्नुभयो, वावु सिँगापुर को पेन्सन छ केटी जस्ती भन्यो तस्ती मिल्छे विहे गरौ।
अमीलो मन लिएर मन नहुदा नहुदै पनि विहे गर्न तयार भए विकास।मिली एक वधु थाइकट कपाल काटेकी उसैसंग गरे विहे फेरी । नियतिले उमेरसगै उल्टो खेल्यो मिलेनन थाइकट काटेकी ,चुल्ठोवाटेकी ,तालुवाटेकी। गाउले भन्न लागे भावी लेखान्तर कस्ले मेटन सक्छ र ।
पञ्चाङ्ग चित्रपट भाग :- २७ लेख्नुपर्ने पञ्चाङ्ग सङ्ख्या :- ०१ मिति:- २०७९/१०/०५ गते साँझ ८ बजे ।
आदरणीय पञ्चाङ्गका अनुरागी एवम् पञ्चाङ्ग स्रष्टाज्युहरू हार्दिक नमस्कार ” पञ्चाङ्ग साहित्य समाज नेपाल” को आधिकारिक दर्ता पछिको २७[सत्ताइसौँ] चित्रपटमा छौं। यहाँहरुलाई हार्दिक स्वागत गर्दै
यस् शृङ्खलामा दिइएको चित्र अनुसारको विम्बात्मक तथा गहन मौलिक भाव झल्किने एक पञ्चाङ्ग भोलि साँझ ८:०० बजेभित्र आफ्नो नाम, ठेगाना र फोटो सहित कमेन्ट बक्समा लेख्नु हुन हार्दिक अनुरोध गर्दछौं!
प्रशिक्षक : ———— गुणनिधि घिमिरे घनश्याम पौडेल
चित्र संकलन धादिङबाट —————– सरिता सेढाई
शुद्धीकरण ————– जमुना आचार्य भवानी घिमिरे पुष्पा नेपाल (सुवेदी )
संरचना ——— अनुप्रास :- आफू खुसी स्थायी :- आफू खुसी अक्षर :- बराबरी
समायोजक ————-
सोमनाथ लुइटेल “रवि पाल्पाली” तथा पञ्चाङ्ग साहित्य समाज नेपाल ————————
चित्र अनुसार पञ्चाङ्गहरू [चित्रपट] ~~~~~~~~~~~~~~~~~~~~~ चित्रमा पञ्चाङ्ग ~~~~~~~~~~~~~~
चित्रपट पञ्चाङ्ग [०१]
खेतबारीमा काम गरे खान मिल्छ। हरिया फलफूल फुल्दा मान मिल्छ। मेहनतको फल मीठो हुन्छ भन्थे, कामदारलाई त यहाँ जान मिल्छ काम दिएमा हामीलाई सान मिल्छ।
✍️शिव कुमार रेग्मी, पोखराथोक पाल्पा । ………………………………………………
चित्रपट पञ्चाङ्ग [०२]
मेहनत गर्यौ भने सुन फुल्छ यहाँ। जुनसुकै मौसममा अन्न झुल्छ यहाँ । विदेशमा हैन यहीँ बसी काम गरौँ, कर्म गर्यौं भने भाग्य ऑफै खुल्छ यहाॅ। रातदिन जमिनमा मन डुल्छ यहाँ।
✍️घनश्याम पौडेल, पोखरा । ………………………………………………
पञ्चाङ्ग [०३]
आफैँले उमारेको साग खानु लगाउनु पर्छ । निर्यात सब्जीलाई प्रतिबन्ध लगाउनु पर्छ । सरकारले कृषिमा क्षेत्रमा नै राहत दिनु, विशेषकले उत्पादकलाई जगाउनु पर्छ । उत्पादन वृद्धि गर्न प्रविधि मगाउनु पर्छ ।
✍️सोमनाथ लुइटेल “रवि पाल्पाली” पाल्पा हाल बर्दिया । ……………………………………………………
पञ्चाङ्ग [०४]
आफ्नै गाउँ घर जानु राम्रो । खरको सुन्दर छानु राम्रो । लेक र बेँसीमा सुन फल्छ, खुसीले दिएको मानु राम्रो । काम गरी आफ्नो खानु राम्रो ।
✍️आर्त अकुलीन, कैलाली । ………………………………………………
चित्रपट पञ्चाङ्ग [०५]
आफ्नाेलागि राम्रो पाटाे बनाउनुपर्छ । पाटाेसम्म पुग्न बाटो बनाउनुपर्छ । जथाभावी हुर्याएर उम्रन्न कि बिउ , उम्रन त याेग्य माटो बनाउनुपर्छ । आफ्नैसँग पनि फाटो बनाउनुपर्छ ।
कृषिमा दिल बास बसेको जीवन। काममा काम खास बसेको जीवन। मेहनत गरेर अपुग मासिने, श्रममा दुःख नास बसेको जीवन। खेतीपातीमा सास बसेको जीवन।
✍️अच्युत घिमिरे-भुटानबाट🇧🇹 । ………………………………………………
चित्रपट पञ्चाङ्ग [०७]
आफ्नै खेतबारी श्रम गरे खान पुग्छ हेर। मलजल गरी खेती गरे खानपुग्छ हेर। किन जान्छौ विदेशमा सुन यहींँ छन् फलेका, किसान बनी जहान पाले खान पुग्छ हेर। आनन्दले परिवार पाली खान पुग्छ हेर।
✍️सरिता सेढाई, धादिङ। ……………………………………………………
पञ्चाङ्ग [०८]
उर्वर याे माटो छ । जानकार बाटो छ । फल्छ फसल राम्रो, आफ्नो गरा पाटाे छ । घेरा यहाँ भाटाे छ।
✍️भवानी घिमिरे, सर्लाही । ………………………………………………
पञ्चाङ्ग [०९]
मात्रै जोते पुग्छ नि हाम्रो आफ्नै धरा छ। कतै सम्म टारी खेत त कतै गरा छ। त्यसै बाँझिएर लडेको धेरै वर्ष भो, विदेशमा छन् पाखुरी जसको दरा छ। घरमा त बुढाबा आमा मात्रै बरा छ।
✍️पशपति राई खोटाङ्ग। ………………………………………………
पञ्चाङ्ग [१०]
उर्वर छ माटाे सुन फल्छ यहाँ । चाहिने त्याे कृषि चुन फल्छ यहाँ । बगाए पसिना खाेस्रिएर धर्ती , पग्लिएर माटाे नुन फल्छ यहाँ। सग्लिएर मन गुन फल्छ यहाँ।
✍️त्रिलाेचन भण्डारी, मेचीनगर झापा । …………………………………………
पञ्चाङ्ग [११]
फल्दैन अन्न पुजेर ढूङ्गा। अांँउदैन पानी कराएर उडाई चङ्गा। पर्छ गर्न मेहनत खेतबारीमा , पर्छ खन्न कुलो पानीलाई । राख्नु धैर्य देश्को माया गर्ने बानीलाई ।
✍️लोकबहादुर क्षेत्री लामिछाने ………………………………………………
पञ्चाङ्ग [१२]
परिश्रमले सुन फल्छ हाे । कृषि गरेमा भान्सा चल्छ हाे। आफ्नाे पाैरख मिठाे कमाइ, सजिलैसङ्ग चुल्हाे बल्छ हाे। करेसाकाे साग नि गल्छ हाे।
✍️मधुसूदन प्रसाद घिमिरे, काठमाडौं । …………………………………………………
पञ्चाङ्ग [१३]
मेहनत गरे यही माटोमा सुन फल्छ नी । विदेशी भूमिमा कैयौँको देह जल्छ नी। अब विदेशमा हैन आफ्नै पाटो खन है, बाउबाजेको त छाक यसैमा चल्छ नी । तिम्रो पनी यही माटोमा दियो बल्छ नी ।
✍️सुमित्रा पोखरेल, काठमाडौं । ……………………………………………… . चित्रपट पञ्चाङ्ग [१४]
विदेशमा गएर आफ्नो दुःख पीडा कसले सुन्छ साथी। मेहनत पसिना बगाए आफ्नै देश हरियो हुन्छ साथी। बारीभरी फल सब्जी फलाई हराभरा बनाउ यही, हेर्ने हाम्रो आँखाले पनि त्यही हरियो चीज चुन्छ साथी। आम्दानीको स्रोत बनाए यही पनि शिखर छुन्छ साथी।
किसानले खाने खेल्ने माटो पाठशाला। पशु पन्छी हरियाली साटो पाठशाला। देश चल्छ पेट चल्छ, टर्छ सारा कष्ट , मेहनती किसानको पाटो पाठशाला। समृद्धिमा छिटो पुग्ने बाटो पाठशाला।
✍️होम प्रसाद नेउपाने, धरान सुनसरी । ……………………………………………………
चित्रपट पञ्चाङ्ग [१६]
पाटाबारी पानी मुहान फरफराउदाे माटाे राम्राे। यहीँ माटाेमा लगाऊ बाली विदेश जाने साटाे राम्राे। मलजल गाेडमेल मेहेनतले उब्जाउने हाेनी, ढुङ्गा गिट्टी बालुवा मिलाई बनाए हुन्छ बाटाे राम्राे। त्यही बाटाेमा बाली ओसार्दा सजिलै फुक्छ गाँठाे राम्राे।
✍️धन कुमारी रेग्मी, चितवन । ……………………………………………………………
चित्रपट पञ्चाङ्ग [१७]
आफ्नै माटाेमा पसिना बगाएर हेर। हरियाली फाँट बन्छ जगाएर हेर। नजाऊ परदेश युवा आफ्नै भूमिमा, खान पुग्छ आफ्नै माटो गलाएर हेर तिनी सुख्खा फाँटहरू भराएर हेर।
✍️शाेभा आचार्य गाैतम, काठमाडौँ । ……………………………………………
चित्रपट पञ्चाङ्ग [१८]
परिश्रमी भए अन्न फल्छ हेर। आफ्नै पौरखले भान्सा जल्छ हेर। खानु सिधो पिठो कमाएर मीठो, कृषिले रुखो माटो त गल्छ हेर। जाने सबै घरमा कम्पोस्ट मल्छ हेर।
✍️दुर्गा आचार्य , मोरङ । ………………………………………
चित्रपट पञ्चाङ्ग [१९]
फल्छ हिरामोती यहाँ पृथ्वीको माटो, कर्मले हाल्ने सबै । मेहेनतले जीवनका अभावलाई पुग्छ टाल्ने सबै । पसिना पोख यो भूमिमा खाँचो टर्छ पाल्छ चल्छ जीवन, उर्भर बनाई गर काम, मल, बिऊ, श्रम हाल्ने सबै । बाँझो पाटामा भर पौरखले रङ्ग यहीँ छ पाल्ने सबै ।
अर्काको भारी बोक्नु भन्दा त आफ्नै खेतमा काम लिनु। दुःख सुख जे भए हात पसार्नु पर्दैन दाम लिनु। सम्मानको अर्थ ककस्ले बुझ्ने सधै हेप्ने गर्छन् यहाँ, माटो छोडेर जानू पर्दैन अर्काको देश नाम लिनु । पसिना बगाऊ पाखुरी बजारी खान पुग्ने थाम लिनु।
✍️अम्विका अधिकारी, झापा विर्तामोड । ………………………………………………
चित्रपट पञ्चाङ्ग [२१]
हरियो तराईको फाँट भए पछि। बन्दैछ हरा भरा आँट भए पछि। लोभ लाग्दो देखिने रैछ पर बाट। किन नहोस् राम्रो ठाँट भए पछि । जीवन धान्ने यही छाँट भए पछि ।
✍️सन्जना शर्मा, दाङ लमही । …………………………………………
चित्रपट पञ्चाङ्ग [२२]
जान हुन्न परदेशमा जीवन जलाउन पर्छ । श्रम गरौँ यही माटोमा जन हिरा फलाउन पर्छ । ताजा अनि शुद्ध खाउँ खुवाएर अरूलाई, स्वाभिमानी किसान बनेर श्रम गलाउन पर्छ। आम्दानीको दिगो श्रोत बन्छ धार चलाउन पर्छ ।
दु:ख गर्दामा आफ्नै खेतिबारीकोले खान पुग्छ । बसोबासको थलो राम्रो जन्मभूमी मान पुग्छ । सानो ठूलो हुन्न परिश्रम हातमा हुनुपर्छ , सेवामूलक धारणा नभएकोमा जान पुग्छ । गुन्द्री मान्द्रो डोको डालो बुन्ने खालको तान पुग्छ ।
मिहेनतीले भोकभोकै मर्नु पर्दैन। गुलाम भै सातसमुन्द्र तर्नु पर्दैन। स्वतन्त्र भै स्वदेशमा नै बाँच्न सकिन्छ, माटो भए अरुको भर पर्नु पर्दैन। ती परचक्रीको चाकडी गर्नु पर्दैन ।
✍️बिबस पारदर्शी , झापा । ……………………………………………………
चित्रपट पञ्चाङ्ग [२५]
आफ्नै माटोमा श्रम गरौँ चलाउन जीवन । जान हुन्न है अरूकोमा गलाउन जीवन । आफ्नै देशमा कामगर्ने बानी बसाउनु छ, बारीको श्रमले पर्दैन जलाउन जीवन । जान पर्दैन कतै हिरा फलाउन जीवन ।
✍️बेदु न्यौपाने , काठमाडौं । ………………………………………………………
चित्रपट पञ्चाङ्ग [२६]
हराभरा करेसाबारी भएर होला । बारीभरी तरकारी लगाएर होला । मानिसको धन मन अमूल्य छ तन, तन भरी मन भरी जगाएर होला । घरको रौनक छाँट बगाएर होला ।
✍️सरिता काफ्ले कोहलपुर बाँके । ……………………………………………
चित्रपट पञ्चाङ्ग [२७] [०१] मेलापातमै गाउँ घरमा जानु छ। पाटी जत्रो सानाे सानाे मेरो छानु छ। दु:ख गरे सुन फलाउन सकिन्छ , साँझ बिहानमा खाने थाेरै मानु छ। महिना गरेर आनन्दले खानु छ। [०२] दु:ख गरेमा त सुन फल्छ हजुर। मेहनतले जीवन चल्छ हजुर। आफैंँले कमाएको नै खान राम्रो हाे, साँझ र बिहान चुलाे बल्छ हजुर। दु:ख गरे गुजारा टहल्छ हजुर। [०३] सधैंँभरि पिर बरै। नझुकाेस शिर बरै। जिन्दगी यस्तै रहेछ, अग्लाे तारै भिर बरै। दुई खाेली तिर बरै। [०४] पराइकाे थर प्याराे माया। जन्मिएको घर प्याराे माया। दु:ख सुख यस्तै नै रहेछ, तिजमा त्याे दर प्याराे माया। बाआमाकाे भर प्याराे माया।
उब्जिन्छ अन्न सिँचाइ बारीमा हुन्छ । जोताई गरेसी राम्रो टारीमा हुन्छ । के हुन्न पसिना बगाए किसानले, विकासको बाटो सधैँ नारीमा हुन्छ । धेरै उब्जनी अँगालो भारीमा हुन्छ ।
✍️सुरेशकुमार पान्डे, घोराही १८ दाङ्ग । ………………………………………………
अबेला नगर फूलहरू हतियार उठाउन आफ्नै अस्तित्वको खातिर तिम्रा अस्तित्त्व लुटेर भमराहरू निर्धक्क नाचिरहेछन् यो मुलुकको प्रजातन्त्र लोकतन्त्र र गणतन्त्रको कानुनले बलत्कारी भमराहरूलाई छोएन बरु समाजमा बहिस्कार भए कुमारी आमा बनेका फूलहरू के प्रजातन्त्र भमराहरूको मात्र हो ? के लोकतन्त्र भमराहरूको मात्र हो ? के गणतन्त्र भमराहरुको मात्र हो ? के फूलहरु अनागरिक हुन् ? किन बिर्सिए भमराहरूले ? माटो जोगाउन रणमैदानमा उत्रिएका गर्भवती फूलहरूको गाथा पितृसत्तात्मक जराले जेलिएका उन्मत्त भमराका मस्तिष्कहरू निरिह नठान फूलहरूलाई फूलहरू धैर्यवान भएका हुन् हिजो माटो जोगाउन रगत बगाउने फूलहरू युद्धमैदानमा उत्रिएका छन् आज आफ्नै अस्तित्त्व जोगाउन सङ्कल्प गरेका छन् फूलहरूले कठघरामा बन्दी नभएसम्म युद्धविराम नगर्ने !!!???
पञ्चाङ्ग साहित्य समाज नेपाल अभ्यास पाठशालाको अभ्यास शृङ्खला दर्तापछिको :- भाग २७ [सत्ताइसौँ] ————————————- ” पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार “
विधा :- पञ्चाङ्ग अभ्यास गर्ने थलो :- पञ्चाङ्ग पाठशाला मिति:- २०७९/१०/०५ गते समय :- साँझ ८ बजे ………………………………………… प्रशिक्षक:- …………… गुणनिधि घिमिरे घनश्याम पौडेल
भाषा शुद्धीकरण:- ———– जमुना आचार्य भवानी घिमिरे पुष्पा नेपाल सुवेदी
पञ्चाङ्ग तथा सम पञ्चाङ्ग संरचना —————————————- पञ्चाङ्ग भनेको पाँच पदिय कविता विधा हो । कसरी लेख्न सकिन्छ ? —————- ———————– पूर्ण अनुप्रास र स्थायी अनिवार्य हुनुपर्छ । उठान गर्दा विषयवस्तुसँग सम्बन्धित हुनुपर्छ । ———————————
पञ्चाङ्ग संरचना …………………
✍️अचानोमा राखी थिलो थिलो पार्ने भयौ तिमी [०१] ✍️त्यही थिलोलाई दिन बिलो सार्ने भयौ तिमी [०२] ——————————– तेस्रो लाइनले माथिको १,२ लाई विस्तार गर्नुपर्छ ।
✍️अर्काको जीउ प्रवाह छैन तिमीलाई अझै [०३] …………………………………………………………………
४र ५ ले भाव र पञ्चाङ्गको निचोड दिनु पर्छ ।
✍️खेल बनाएर आज जिलो हार्ने भयौ तिमी [०४] ✍️अबेला पुग्नाले अझै ढिलो तार्ने भयौ तिमी [०५] …………………………………………………………
उदाहरण पञ्चाङ्ग
अचानोमा राखी थिलो थिलो पार्ने भयौ तिमी [०१] त्यही थिलोलाई दिन बिलो सार्ने भयौ तिमी [०२] अर्काको जीउ प्रवाह छैन तिमीलाई अझै [०३] खेल बनाएर आज जिलो हार्ने भयौ तिमी [०४] अबेला पुग्नाले अझै ढिलो तार्ने भयौ तिमी [०५]
💢सोमनाथ लुइटेल “रवि पाल्पाली” पाल्पा हाल बर्दिया । ……………………………………………………
पञ्चाङ्गहरू ……………
पञ्चाङ्ग [०१]
अचानोमा राखी थिलो थिलो पार्ने भयौ तिमी । त्यही थिलोलाई दिन बिलो सार्ने भयौ तिमी । अर्काको जीउ प्रवाह छैन तिमीलाई अझै, खेल बनाएर आज जिलो हार्ने भयौ तिमी । अबेला पुग्नाले अझै ढिलो तार्ने भयौ तिमी ।
💢सोमनाथ लुइटेल “रवि पाल्पाली” पाल्पा हाल बर्दिया । …………………………………………………………
पञ्चाङ्ग [०२]
बाँच्ने थाेरै मर्ने धेरै भाग परेपछि । निधारमा दुर्भाग्यकाे दाग परेपछि । जतिसुकै रोए पनि फर्किन्न कोही , हेर्दाहेर्दै जिन्दगी नै आग परेपछि। अमृतमा विषादीकाे राग परेपछि।
देशको रक्षार्थको लागि जागौँ नेपाली । खुकुरी बोकी सीमानामा लागौँ नेपाली । वीर पुर्खाका सन्तान हामी झुक्नु हुन्न, भ्रष्टाचार र घुसखोरी त्यागौँ नेपाली । आफ्नो हक अधिकार मागौँ नेपाली ।
💢वीणा रोका, घोराही दाङ । ……………………………………………
पञ्चाङ्ग [०४]
काग जति कराए नि,पीना सुक्दै जान्छ। हात्ती अघि बढिरहन्छ,कुत्ता भुक्दै जान्छ। ठीक्क उल्टो हुन्छ यहाँ, संसारको रिती, फल राम्रो लागेपछि, हाँगो झुक्दै जान्छ। बिना उपलब्धी गर्दा, ज्यान फुक्दै जान्छ।
💢घनश्याम पौडेल,पोखरा । …………………………………………………
पञ्चाङ्ग [०५]
धारणा किन विश्वास यहाँ बन्दैन निषेध । कसैले किन सत्यता यहाँ भन्दैन निषेध । जानेर पनि बोल्दैन कोही लुकाइ कपटै, कसुर किन खाडल यहाँ खन्दैन निषेध । मृत्युले किन जीवित यहाँ गन्दैन निषेध।
✍️💢अच्युत घिमिरे-भुटानबाट🇧🇹 …………………………………………………
पञ्चाङ्ग [०६] [०१] मुटुको पिर अनौठो । झुकेको शिर अनौठो । जीवन हुँदा वेदना, उकालो भिर अनौठो । सेतीको तीर अनौठो । [०२] पराइ भूमिमा घर प्यारो लाग्छ । बाबा र आमाको भर प्यारो लाग्छ । उकाली ओराली ती लेक र बेँसी, गाउँमा पाकेको झर प्यारो लाग्छ । आमाले दिएको तर प्यारो लाग्छ ।
💢आर्त अकुलीन, कैलाली । ……………………………………………
पञ्चाङ्ग [०७]
देब्रे अाँखा फर्फराएकाे थियाे आज किन गल्लाे भयाे। रेडियाे टि. भि. जताततै दुर्घटना भन्ने हल्लाे भयाे। मानाे सकिएकाे भनाैँ कि प्राविधिक कठिनाइ भनाैँ, यति एयर सेतीकाे काँठमा हेर्दाहेर्दै डल्लाे भयाे। मकर सङ्क्रान्ति दिन अश्रुधाराले चाड खल्लाे भयाे।
💢सुरेश चन्द्र घिमिरे, लमजुङ । ………………………………………………………………
पञ्चाङ्ग [०८]
हाँडीभित्रको मकैजस्तै भुटेको हो उसले । माछी मार्ने ध्ययले जाल बुनेको हो उसले । वर्तमानमा घाँस हाली खुसी पार्यो मलाई , भ्रमर बन्दै पुष्प– रस चुसेको हो उसले । आन्द्राभुँडीसँगै कलेजो थुतेको हो उसले ।
💢श्रीकृष्ण शर्मा, पोखरा । ………………………………………………
पञ्चाङ्ग [०९] [०१] आधार केही नभए बाँच्न गाह्रो हुँदो हो। समय नि खेर फाले साँच्न गाह्राे हुंदो हो। जीवनको रफ्तार बढाउन नसके, मर्का परेर निश्चित हाँस्न गाह्रो हुँदो हो। खान नपाए जिएर गाँस्न गाह्रो हुँदो हो। [०१] मुटुको कुनामा त घाउ लागेन आगोमा जल्दै गर्दा। शरीर बलेर खरानी जागेन आगोमा जल्दै गर्दा। कति चित्कार आवाज आए होला कस्ले सुन्ने र देख्ने, ओखती लगायो दुखाई भागेन आगोले जल्दै गर्दा। दुःखीत जीवनले साथ मागेन आगोमा जल्दै गर्दा।
💢अम्विका अधिकारी, झापा विर्तामोड । ……………………………………………………
पञ्चाङ्ग [१०]
जिन्दगी एउटा भुल्नै नसक्ने मेला रहेछ । तँछाड मछाड गर्दै जिउने झेला रहेछ । कैले के कैले के भएर ग्रह चलिरहने , मदहारीको हातको एउटा खेला रहेछ । मरणोप्रान्त बन्ने खरानीको ढेला रहेछ।
💢सरस्वती श्रेष्ठ, इटहरी । ……………………………………………………
पञ्चाङ्ग [११]
कुर्सीमा बस्ने बानीले, ताल बनायो। अोर्लनै नसक्ने यो के, हाल बनायो। नबसौँ भने नि, देश चल्दै चल्दैन, जस् नपाउँदा मुहार, लाल बनायो। मर्नु कि बाँच्नु झैँ कस्तो काल बनायो ।
💢होम प्रसाद नेउपाने, धरान सुनसरी । …………………………………………………
पञ्चाङ्ग [१२]
जीवन आँसुले डुबाएको भेल रहेछ। पिडा लुकाएर बाँच्नु पर्ने खेल रहेछ। कतिखेर संसारबाट बिलिन भईन्छ, खुसी त एउटा अनिश्चित झेल रहेछ। नाटक रुपी रङ्गमञ्चकाे मेल रहेछ।
सम्झनामा कल्पित कथाहरूलाई छेक्दिन मैले। मुटुमा याद गाढाछ त्यसैले कहीँ फेक्दिन मैले। फर्केर आउछौ भन्ने झिनो आस अझैँ बाँकी थियो, बाँच्नु पर्छ तिमी बेगर पनि घुँडा टेक्दिन मैले। बरफ जस्तो चिसो मन तातो पार्न सेक्दिन मैले।
💢दुर्गा रिजाल आचार्य, मोरङ । ……………………………………………………………
पञ्चाङ्ग [१४]
बहत्तर जना एकैठाउँ रोज भएकोछ । देशलाई ठुलो चोट पर्यो खोज भएकोछ । उडेको त्यो मानव यान जलेर धुवा भयो, त्यहाँ हेर्ने रमितेहरूको मोज भएको छ। सबै आउने जानेहरुको पोज भएकोछ।
पञ्चाङ्ग [१५] [०१] माया के हो नसोध थाहा छैन मलाई। कसैले दिएपनी चाहा छैन मलाई। अरुको ललाई फकाईमा हुन्न पर्नु, मिठा वाणीमा केही आहा छैन मलाई। टुक्रिएको दिल हो हाहा छैन मलाई। [०२] माघी पर्व मनाउन रमाउँदै थिएँ। यति एयरको ढोका समाउँदै थिएँ। कसलाई केथा पापी काल लिन आयो, आगो बल्यो जब जिउ कमाउँदै थिएँ। जलेको लास आफ्नाको थमाउँदै थिएँ।
💢सरिता सेढाई, धादिङ । …………………………………………………
पञ्चाङ्ग [१६]
कहिल्यै पनि कसैलाई ठग्नु हुँदैन। आँसु कसैको आँखाबाट बग्नु हुँदैन। मुखले ठिक्क पार्ने हे मनुष्यहरु हो, सङ्कट्मा पारेर मृत्युमा लग्नु हुँदैन। अब आफ्नाे अठाेटबाट डग्नु हुदैन।
💢सुशीला पौडेल । ………………………………………………
पञ्चाङ्ग [१७]
आफन्तसङ्ग भेट्ने आसमा थिए यात्रुहरू। कसै न कसैकाे खासमा थिए यात्रुहरू । भाग्यको खेल खै कसले पाे बुझ्छ र यहाँ, अागाेकाे मुस्लाेकाे रासमा थिए यात्रुहरू । माघ एक कालाे मासमा थिए यात्रुहरू ।
पञ्चाङ्ग [१८] [०१] कतै पनि सुन्दर त्यो गाउँ भेटिएन। एक्लै हुँदा बसी रुने ठाउँ भेटिएन। यसो सुन्दा नौलो लाग्छ होला सबैलाई, अघि जान मन थियोे नाउँ भटिएन। बेचिदिन्थे आँसु लगि भाउ भेटिएन। [०२] सधैँ आलोचान गरी थुक्नु किन हो। नचाहिने ठाउँमा पनि झुक्नु किन हो । सधैँ राम्रो काम गर्दागर्दै कैले काहीँ , सहिबाटो हिँड्छौ भने लुक्नु किन हो । दस औँला खियाउँनेले सुक्नु किन हो
💢सन्जना शर्मा, दाङ लमही । ………………………………………………
पञ्चाङ्ग [१९]
संसारलाई रुवाएर भटारियो कालो बादल। कति रहर साँचेका थे झटारियो कालो बादल । सेकेन्ड भरको भर छैन दिनको के कुरा भयो? गन्तव्यलाई छुटाएर बटारियो कालो बादल । कैयौं ज्यान ध्वस्त बनाई चटारियो कालो बादल।
मनले मात्र नहेर व्यबहार निकै गारो हुनेछ। जुन धारमा म छु नि तिमीलाई व्यर्थ छारो हुनेछ । कसरी लिन सक्छु र! यस्तो आघात निर्णय भन त, दोष मलाई दिई नथुपार आँखाको तारो हुनेछ । कनिका नफालेर पंक्षी बटुली दिनु चारो हुनेछ।
बल्ल मात्र कथाले मागे जस्ताे छ । अलिअलि चेतना जागे जस्ताे छ । परिवर्तन अब जरुरी ठानी, नयाँ ति अनुहार लागे जस्ताे छ। शंकास्पद तुवाँलाे भागे जस्ताे छ।
💢त्रिलाेचन भण्डारी मेचीनगर, झापा । ……………………………………………………
पञ्चाङ्ग [२२]
दुनियाँमा हाम्रै देशका युवा जतातततै खटिरहन्छ। हाम्रै देशमा किन होला नि यस्तो घटना घटिरहन्छ। तेत्तिसकोटी देवीदेवता पनि यही देशमै छन् फेरी, किन होला यस्तै यस्तै घटना घटाउन डटिरहन्छ। पत्ता लाउँदैन अनुसन्धान पनि पछि हटिरहन्छ।
💢पशपत राई ,खोटाङ्ग । …………………………………………………………………
पञ्चाङ्ग [२३]
आजको समाजमा कसैको भर छैन । जीवन कसरी जिउँछन् खबर छैन । दुस्मन को हो र मित्रहरू कुन हाम्रो, भ्रष्ट्रचार बिनाको कतै सहर छैन । जहाँ खोला थियो आज बगर छैन।
💢सुरेशकुमार पान्डे, दाङ घोराही १८ । ……………………………………………………
पञ्चाङ्ग [२४]
यस्तै रहेछ दैवको खेला पनि । पर्यौ आकासी घटना फेला पनि । के गर्नु धर्तीमा यती नै रहेछ, पढीयो उठ्ने गरी नै ठेला पनि । मानीयो भगवानको चेला पनि ।
💢सुमित्रा पोखरेल, काठमाडौं । …………………………………………
पञ्चाङ्ग [२५]
भाग्य घुमेर फेरि आइरहन्छ जात परेपछि । सोरसार भाग्य नै चम्किरहन्छ हात परेपछि । अनेकौं समस्या समाधान गर्ने भनेर जहिल्यै, दोहन कार्यक्रमको आयोजना खात परेपछि। उसकै मात्र मालामाल देखिन्छ रात परेपछि ।
💢भगवती दवाडी, झापा । …………………………………………………………
पञ्चाङ्ग [२६]
तोरी फूल्यो बारीमा अझै केलाउन बाँकी छ। झार अति भयो रे अब जेलाउन बाँकी छ। मिलीजुली बारीमा काम गर्दा नै रमाईलो , पाकि सक्यो तोरी नि तेल पेलाउन बाँकी छ। एकादशी मेलामा पाति सेलाउन बाँकी छ।
काठमाण्डौँ, माघ । साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खलाको ८६ औँ भाग शनिबार सम्पन्न भएको छ । उदक साहित्य समाज, नेपालले उक्त कार्यक्रमको आयोजना गरेको थियो। उक्त शृङ्खलामा नेपाल लगायत विश्वका ६७ जना उदक स्रष्टाहरूको सहभागिता रहेको उदक लेखन शृङ्खलाका संयोजक, प्रशिक्षक एवं उदक साहित्य समाजका उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो ।
काव्य विधा अन्तर्गतको नयाँ उदियमान प्रविधा उदक कविताको उन्नयन र विकासका लागि साप्ताहिक रूपमा उदक लेखन शृङ्खला सञ्चालन गर्दै आएको उदकका प्रवर्तक एवं उदक साहित्य समाजका अध्यक्ष आर्त अकुलीनले बताउनुभयो ।
संयोजक एवम् प्रशिक्षक अनुभवका अनुसार शनिबारको शृङ्खलाका लागि विहान एउटा तस्बिर दिएर उक्त तस्बिर अनुसारको गहन भाव खुल्ने गरि मात्र एउटा उदक साझ ५ बजेसम्म लेख्न सहभागी उदक यात्रीहरूलाई भनिएको थियोे ।
अभ्यासका लागि राखिएको प्रतिनिधि तस्बिर :
photo: social media अभ्यासमा सहभागी उदक यात्रीका उदकहरू – [१] शिकारी मानेर हार बन्दैछ स्वयं शिकार ! 🌑वसन्त अनुभव, दाङ
[२] शिकारी खोज्दै शिकार विडम्वना उसैलाई प्रहार ! 🌑मञ्जु बस्नेत, भक्तपुर
[३] शिकारी नपुर्याउँदा विचार स्वयं शिकारी शिकार ! 🌑सागर आँसु, डोटी