• गृह पृष्ठ
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला /जीवनशैली
  • खेल
  • बिज्ञान/प्रविधि
  • राजनीति
  • विचार
  • समाज
  • साहित्य

Category: साहित्य

पञ्चाङ्ग लेखन अभ्यास शृङ्खला- १०६

  • २६ श्रावण २०८१, शनिबार १४:५४ मा प्रकाशित
  • “पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग भाग:एक सय छ अभ्यासमा हामी पुगेका छौ। सम्पूर्ण पञ्चाङ्ग स्रष्टाहरुमा पञ्चाङ्ग लेख्नु हुन हार्दिक अनुरोध छ:
    अभ्यास पाठशालाको अभ्यास शृङ्खला दर्ता पछिको भाग :-१०६

    विधा :- पञ्चाङ्ग
    अभ्यास गर्ने स्थान :- पञ्चाङ्ग अभ्यास पाठशाला
    मिति:- २०८१/०४/१४
    बुधबार बेलुका ०९ बजेसम्म पञ्चाङ्ग वा समपञ्चाङ्ग पठाउनु हुन अनुरोध छ।
    ……………………………………….
    प्रशिक्षक:-
    ……………
    सोमनाथ लुइटेल
    गुणनिधि घिमिरे
    सुशीला पौडेल

    ………………………
    भाषा शुद्धीकरण:-
    ———–
    पुष्पा सुवेदी नेपाल
    भवानी घिमिरे
    जमुना आचार्य
    पशपती राई

    सङ्कलक :-
    ———-
    दुर्गा रिजाल आचार्य

    संयोजक:-

    सोमनाथ लुइटेल “रवि पाल्पाली” ======================

    अक्षर सङ्ख्या:- [बराबरी]
    अनुप्रास :- आफुखुसी
    स्थायी :- अनिवार्य

    पञ्चाङ्ग:०१
    नसकिएकाे काम गर्न अघि सर्नु छ सबैमा शुभरात्री।
    कागजमा कलमले अक्षर भर्नु छ सबैमा शुभरात्री।
    हृदयमा आराध्यलाई राखेर कर्मलाई भाग्य बनाइ,
    उनै इश्वरकाे ध्यानमा अब पर्नु छ सबैमा शुभरात्री।
    अटुट विश्वास आफैं माथि नै गर्नु छ सबैमा शुभरात्री।
    सुशीला पाैडेल

    पञ्चाङ्ग:०२
    भत्ताखाने उमेरका नेता सदनमा रमाएका छन।
    कुर्सी मोहमा पालैपालो पदमात्र समाएका छन्।
    मञ्चैपिच्छे भाषणमा गाली गर्ने गर्छन् आफै नै,
    गुट उपगुट भएर कार्यभार नै जमाएका छन् ।
    लुटेको धनले ठूलाठूला महल सजाएका छन् ।।
    कला ढकाल झापा

    पञ्चाङ्ग:०३
    अहिले अनेकाैँ जाल झेल गर्दछ मानिस।
    जस्तो काम होस गर्न अघि सर्दछ मानिस।
    पैसा देख्दा तीनै नेत्र बल्नेछ क्राेधले जब,
    हत्या हिंसा गरी गिर्दै तल झर्दछ मानिस।
    सत्ताकाे बलले मात्रै बच्ने पर्दछ मानिस।

    ताेयानाथ सुवेदी

    पञ्चाङ्ग:०४
    नपर्ख भो चौतारिमा मैले बाटो नै म‍ोडि सके।
    तिम्रो बस्ती बसाउन मैले गाउँ नै छोडि सके।
    कल्पनामै भए पनि त रमाउँथे घरि घरि,
    मनभित्रका तरेलीहरु पौडिदै गोडि सके।
    सपनीमा देख्छु भनी निदरीलाई तोडि सके ।

    दुर्गा आचार्य
    मोरङ

    पञ्चाङ्ग:०५
    नपर्खेको छैन कुनै बार प्रिय
    परिवारमा परेछ मार प्रिय
    तिमी रोजगारको लागि त गयौं,
    जीवन भयो छुरीको धार प्रिय,
    तिमी बिना छैन कुनै सार प्रिय।
    शोभा आचार्य गौतम
    काठमाडौँ

    पञ्चाङ्ग:०६
    कहिले गयो बालापन दाह्रीजुँगा पलाएछ पत्तै भएन।
    साँचेर राखेको त्यो जवानी कसले चलाएछ पत्तै भएन।
    परिवर्तन नै प्रकृतिको नियम हो भन्छ आफैं स्वीकार्दैन,
    बचपनलाई सम्झी- सम्झी जीवन ढलाएछ पत्तै भएन।
    फुलेर सबै सेताम्य हुँदा पनि के फलाएछ पत्तै भएन।
    -पशपती राई खोटाङ ।

    पञ्चाङ्ग:०७
    हजारौँ विकल्प माझमा टाढिने विकल्प रोज्यौ।
    सँगै बिताएका पलहरूको अल्प अल्प रोज्यौ।
    मनको भारी बोझ हुँदा बिसाउने चौतारी झैँ,
    नहुँदा खाँचो, हुँदा सस्तो गरेर, प्रजल्प रोज्यौ।
    स-सानो कहानीको प्रलाप नजानी गल्प रोज्यौ।

    ✍️ अच्युत घिमिरे, सर्पाङ, भुटान 🇧🇹

    पञ्चाङ्ग:०८
    कुनै भनाइ संस्कार रीत हुन्छ ।
    कुनै भनाइ सामान्य गीत हुन्छ ।
    शब्दलाई यत्नले चलाउँदामा,
    जीवनमा अप्रत्याशित जीत हुन्छ ।
    हिजोको शत्रु ऊ आज मित हुन्छ ।

    भवानी घिमिरे
    सर्लाही ।

    पञ्चाङ्ग:०९
    मान्छे अनौठो तरिकाले रुप हेर्दा रहेछन्
    आफ्नो हक जताउनेले मुख फेर्दा रहेछन्
    अनौठो यहाँ तर षड्यन्त्रको बास्ना आयो
    अप्ठ्यारो दुबैलाई हुँदा काँडा बेर्दा रहेछन्
    समय आफैं बलियो छ चित्र केर्दा रहेछन् ।
    भूमिका गैरे

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged वसन्त अनुभवLeave a Comment on पञ्चाङ्ग लेखन अभ्यास शृङ्खला- १०६

    विनेसाम जापान शाखाको तेस्रो अधिवेशन तयारी सम्पन्न

  • २६ श्रावण २०८१, शनिबार १४:४९ मा प्रकाशित
  • विश्व नेपाली साहित्य महासंघ (विनेसाम), जापान शाखाको तेस्रो अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ ।

    दिइएको जानकारी अनुसार “विश्वभरका साहित्यकारहरू एकजुट हौँ, नेपाली साहित्यलाई समृद्ध बनाऔॅं ।” भन्ने नाराका साथ यही अगष्ट ११, आइतवारका दिन सिनोकुबो, टोक्योमा अधिवेशन हुन गइरहेको छ ।

    कर्मथलो जापान बनाएर नेपाली कला र साहित्यलाई माया गर्ने सबैलाई समेट्दै आएको यस संस्थाले आफ्नो दुई कार्यकाल पूरा गरिसकेको छ । सोही अवसरमा सम्पूर्ण साहित्यिक सर्जकहरूलाई कार्यक्रममा सहभागी भई सिर्जना वाचनका लागि समेत आयोजकले आह्वान गरेको छ ।

    जापान शाखाको कार्यसमितिमा मनोनित दुई जनासहित १९ जना सदस्यहरू रहने व्यवस्था छ । उक्त संस्थाका संस्थापक अध्यक्ष देवीबहादुर इङ्नाम हुनुहुन्छ ।

    Posted in ताजा अपडेट, मुख्य खबर, लोकप्रिय, साहित्यTagged म्यामराज राई2 Comments on विनेसाम जापान शाखाको तेस्रो अधिवेशन तयारी सम्पन्न

    टुक्का कविताको पाँचौँ साधारण सभा एवम् तेस्रो अधिवेशन सम्पन्न, टुक्काकार चापागाईंको अध्यक्षतामा एघार सदस्यीय कार्यसमिति गठन

  • २६ श्रावण २०८१, शनिबार १४:२८ मा प्रकाशित
  • टुक्का साहित्य समाजले टुक्का कविताको पाचौँ वार्षिकोत्सव सँगसँगै पाँचौँ साधारण सभा र तेस्रो अधिवेशन शुक्रवार सम्पन्न गरेको छ ।

    भर्चुअल माध्यमबाट अपरान्ह ५ बजेदेखि सञ्चालन गरिएको कार्यक्रम ३ घण्टा बढी चलेको थियोे । टुक्का साहित्य समाजकी केन्द्रिय सदस्य शोभा आचार्य गौतमको स्वागत मन्तव्यसँगै सुरु भएको कार्यक्रममा प्रमुख अतिथि एवम् चारु प्रवर्तक डा. देवी पन्थी, टुक्का प्रशिक्षक रामशरण न्यौपाने लगायतका महानुभावले शुभकामना मन्तव्य राख्नुभएको थियोे ।

    कार्यक्रममा मन्तव्य राख्दै प्रमुख अतिथि डा.देवी पन्थीले हामीले हरेक कुरा आयात मात्र गर्नु भन्दा नेपाली भाषा साहित्यमा नै शुरुवात भएका टुक्का कविता, उदक, चारु, बाछिटा, खाेरिया, पञ्चाङ्ग, झिल्का, घुँगेत्राे जस्ता विधाहरूमा कलम चलाउँदै यसकाे विकास विस्तार गर्दै विश्वव्यापी बनाउनु पर्ने कुरामा जाेड दिनु भएकाे थियाे ।

    कार्यक्रमको विशिष्ट अतिथिमा खोरिया प्रवर्तक जनार्दन अधिकारी धड्कन, टुक्का प्रशिक्षक रामशरण न्यौपाने, दीपा गुरुङ, अच्युत घिमिरे, शोभा आचार्य गौतम, रचना शर्मा प्रतीक्षा, सुस्मिता अधिकारी, होम प्रसाद नेउपाने, पुष्पा राई, रामप्रसाद पुरी, राजेश प्रसाद गड्तौला, हन्नाह क्षेत्री, मोती सुब्बा, पुष्पा सुवेदी, भगवती दुवाडी, भेष कुमारी लामिछाने, जमुना आचार्य कोइराला, देव गाहा मगर,राजकुमार भण्डारी,ममिता भण्डारी, बि.के. मुखिया लगायत ३ दर्जन बढी टुक्काकारहरू रहनुभएकोे थियोे ।

    कार्यक्रममा टुक्का प्रवर्तक ताराप्रसाद चापागाईँले टुक्का कविता र टुक्का साहित्य समाज बारेमा जानकारी गराउनुभएको थियोे ।

    कार्यक्रममा संस्थाकी कोषाध्यक्ष रचना शर्मा प्रतीक्षाले पेश गर्नुभएको संस्थाको आयव्यय सहितको आर्थिक प्रतिवेदन र महासचिव चूडा निर्भीकले पेश गर्नुभएको साङ्गठनिक प्रतिवेदन सर्वसहमत रुपमा पारित भएको थियो ।

    नयाँ कार्यसमिति गठन

    कार्यक्रमको पहिलो सत्र समापनसँगै सुरु भएको अधिवेशनले नयाँ कार्यसमिति गठनका लागि टुक्का प्रशिक्षक रामशरण न्यौपानेको अध्यक्षतामा टुक्का प्रशिक्षक राजेशराज गड्तौला र हन्नाह छेत्री सम्मिलित ३ सदस्यीय निर्वाचन समिति गठन गरेको थियोे । उक्त निर्वाचन समितिले सर्वसम्मत रूपमा ११ सदस्यीय कार्यसमिति चयन गरेको थियोे । जसको अध्यक्षमा ताराप्रसाद चापागाई, उपाध्यक्षमा वसन्त अनुभव, महासचिवमा चूडा निर्भीक, कोषाध्यक्षमा श्री होम प्रसाद नेउपाने, सचिवमा श्री जमुना आचार्य कोइराला हुनुहुन्छ । त्यस्तै सदस्यहरूमा- बेदु न्याैपाने, शाेभा आचार्य, राम प्रसाद पुरी, पुष्पा राई, सुस्मिता अधिकारी, अच्युत घिमिरे रहनुभएको छ ।

    रचना वाचन

    कार्यक्रमको अन्तिम चरणमा टुक्का कविता वाचन कार्यक्रम राखिएको थियो । रचना वाचन गर्नेहरूमा डा.देवी पन्थी, रामशरण न्यौपाने, ताराप्रसाद चापागाईं, वसन्त अनुभव, चूडा निर्भीक, दीपा गुरुङ, भगवती दवाडी, हन्नाह छेत्री, अच्युत घिमिरे, रचना शर्मा प्रतीक्षा, शोभा आचार्य गौतम, सुस्मिता अधिकारी, होम प्रसाद नेउपाने, पुष्पा राई, रामप्रसाद पुरी, राजेश प्रसाद गड्तौला, पुष्पा सुवेदी, भगवती दुवाडी, भेष कुमारी लामिछाने, जमुना आचार्य कोइराला, ममता भण्डारी, बि.के. मुखिया लगायतले गर्नुभएको थियो ।

    टुक्का प्रवर्तक एवम् टुक्का साहित्य समाजका अध्यक्ष ताराप्रसाद चापागाईको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन समाजका महासचिव चूडा निर्भीकले गर्नुभएको थियो ।

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged टुक्का_कविता, वसन्त अनुभव1 Comment on टुक्का कविताको पाँचौँ साधारण सभा एवम् तेस्रो अधिवेशन सम्पन्न, टुक्काकार चापागाईंको अध्यक्षतामा एघार सदस्यीय कार्यसमिति गठन

    साताका उत्कृष्ट झिल्काहरू- २४

  • २६ श्रावण २०८१, शनिबार १०:२४ मा प्रकाशित
  • साताका उत्कृष्ट झिल्का कविताको २४ औँ शृङ्खला सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा उक्त शृङ्खला हरेक हप्ता सञ्चालन गर्ने गरिन्छ । झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले यस शृङ्खलाको सुरुवात गरिएको यसका परिकल्पनाकार एवम् प्रवर्तक वसन्त अनुभवले बताउनुभयो ।

    यस शृङ्खलाका लागि हरेक हप्ताको आइतवारदेखि शुक्रवार अपरान्हसम्म झिल्का कविता फेसबुक समूहको भित्तोमा प्रेषित गरिएका झिल्का कविताहरू मध्ये उत्कृष्ट तीन जना झिल्काकारहरूका ३/३ झिल्काहरू छ्नोट गरी प्रकाशन गर्ने गरिन्छ । जसको संयोजन झिल्काकार एवम् झिल्का कविता अभियन्ता धनुष न्यौपानेले गर्दै आउनुभएको छ ।

    साताका उत्कृष्ट झिल्का कविता शृङ्खला- २४ का लागि झिल्काकारत्रय भुषण जंग, विकास क्षेत्री र मन्दिरा सेढाईका उत्कृष्ट झिल्का कविताहरू छनोटमा परेको संयोजक न्यौपानेले बताउनुभयो ।

    साताका उत्कृष्ट झिल्काहरू


    १.
    निरन्तर पानी बर्सिरह्यो
    शासकले नचिनेको गरिब
    सीमान्त जीवन तर्सिरह्यो ।
    २.
    फूलसँग काँडा हुर्किन्छ
    सुन्दरताको मापदण्ड यो
    लेखेर व्यर्थ फुर्किन्छ ।
    ३.
    जिन्दगी छैन सस्तो
    संघर्षमय यात्रा थाल्नु
    शासकको सपना कस्तो ?

    ✍️ भुषण जंग

    [२]
    १.
    तिमीले दिएको फूल
    सजाएको छु मनमा
    नबनोस् अन्तमा भूल !
    २.
    मनको गाँठो खोल्न
    चाहिन्छ विश्वासको बाटो
    दुषित मनलाई घोल्न ।
    ३.
    गल्ती हजार हुन्छन्
    होस हराउँदा यहाँ
    आँसुले परेली छुन्छन् ।

    ✍️ विकास क्षेत्री

    [३]
    १.
    गल्ती औल्याउनु गनेर
    भन्न खोजेको होइन
    चुप बस्नु भनेर ।
    २.
    मानिसबाट हुन्छ गल्ती
    सक्नुपर्छ महसुस गर्न
    बरु रित्तियोस् खल्ती ।
    ३.
    एउटै छ कथा
    कसको नजर लाग्यो
    नसोच्नू है अन्यथा ।

    ✍️मन्दिरा सेढाई

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged धनुष न्यौपाने, वसन्त अनुभव, साताका उत्कृष्ट झिल्काLeave a Comment on साताका उत्कृष्ट झिल्काहरू- २४

    साताका उत्कृष्ट झिल्काहरू- २३

  • १९ श्रावण २०८१, शनिबार २१:१३ मा प्रकाशित
  • साताका उत्कृष्ट झिल्का कविताको २३ औँ शृङ्खला सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा उक्त शृङ्खला हरेक हप्ता सञ्चालन गर्ने गरिन्छ । झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले यस शृङ्खलाको सुरुवात गरिएको यसका परिकल्पनाकार एवम् प्रवर्तक वसन्त अनुभवले बताउनुभयो ।

    यस शृङ्खलाका लागि हरेक हप्ताको आइतवारदेखि शुक्रवार अपरान्हसम्म झिल्का कविता फेसबुक समूहको भित्तोमा प्रेषित गरिएका झिल्का कविताहरू मध्ये उत्कृष्ट तीन जना झिल्काकारहरूका ३/३ झिल्काहरू छ्नोट गरी प्रकाशन गर्ने गरिन्छ । जसको संयोजन झिल्काकार एवम् झिल्का कविता अभियन्ता धनुष न्यौपानेले गर्दै आउनुभएको छ ।

    साताका उत्कृष्ट झिल्का कविता शृङ्खला- २३ का लागि झिल्काकारत्रय के पी गौतम, शान्ता पौडेल भट्टराई र ईश्वर साउदका उत्कृष्ट झिल्का कविताहरू छनोटमा परेको संयोजक न्यौपानेले बताउनुभयो ।

    साताका उत्कृष्ट झिल्काहरू


    [१]
    १.
    गाली गर्छन् सबैले
    दिएर सम्पूर्ण विश्वास
    सम्मान गर्दैनन् कसैले !
    २.
    हिम्मत ठूलै हुनुपर्छ
    खराब मध्येको एकले
    अन्य खराबलाई धुनुपर्छ ।
    ३.
    घडी चोर हाइहाइ
    विधिको शासन हुनुपर्छ
    बाख्रेलाइ गरौँ बाइबाइ ।
    ✍️
    के पी गौतम


    [२]
    १.
    गुरू ज्ञानका खानी
    सम्मान गरौँ उनको
    नपुर्‍याऔँ कदापि हानी ।
    २.
    दोस्रो भगवान गुरू
    गरेमा अपमान उनको
    पछुताई रुनुपर्छ धुरुधुरु !
    ३.
    ज्ञानको ज्योति छर्ने
    गुरू हुन महान्
    सधैँ सहयोग गर्ने ।
    ✍️
    शान्ता पौडेल भट्टराई
    टङ्कीसिनवारी, मोरङ


    [३]
    १.
    कुराे भयाे ठूलाे
    पचाउन कठिन हुने
    एउटै बाहिर दुलाे ।
    २.
    सिंहासन ठूलो मानी
    हिँडिरहे नेताहरू देशमा
    कुर्सीमा फाइदा जानी ।
    ३.
    पचाएर लाज सरम
    हिँड्नै पर्याे अघि
    नहिँडी के गरम ।
    ✍️
    ईश्वर साउद
    रामाराेसन गाउपालिका ६ सुदेरपश्चपम अछाम


    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged झिल्का कविता, धनुष न्यौपाने, वसन्त अनुभव, साताका उत्कृष्ट झिल्का3 Comments on साताका उत्कृष्ट झिल्काहरू- २३

    साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला- २८ सम्पन्न

  • १८ श्रावण २०८१, शुक्रबार २२:०३ मा प्रकाशित
  • साप्ताहिक झिल्का लेखन अभ्यासको २८ औँ शृङ्खला आइतवार अपरान्ह सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा यो अभ्यास शृङ्खला निरन्तर हरेक हप्ता सञ्चालन हुँदै आएको छ ।
    साप्ताहिक झिल्का कविता लेखन अभ्यासका विगतका शृङ्खलामाझैँ यसपटक पनि सहभागीहरूको निकै उत्साहप्रद सहभागीता रहेकोे थियो । जसमा नेपाल, भारत, भुटान लगायत विश्वका विभिन्न देशमा रहेर नेपाली भाषा, साहित्यलाई निरन्तर माया गर्नुहुने ६३ जना झिल्काकारहरूको सहभागीता रहेकोे थियोे ।

    झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्नका लागि समाजले विभिन्न क्रियाकलापहरू सञ्चालन गर्दै आएको छ । त्यसमध्ये साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला पनि एक भएको र साप्ताहिक रूपमा निरन्तर सञ्चालन गरिने यसका परिकल्पनाकार एवम् झिल्का कविताका प्रवर्तक वसन्त अनुभवले बताउनुभयो ।

    शृङ्खलाबारे प्रष्ट पार्दै शृङ्खला संयोजक/प्रशिक्षक म्यामराज राईले हरेक हप्ताको शुक्रवार राति १२ बजे अभ्यासको सूचना झिल्का कविता फेसबुक समूहमा राखिने र उक्त सूचनाको कमेन्टमा इच्छुक झिल्काकारज्यूहरूले स्वत:स्फूर्त आफ्ना उत्कृष्ट झिल्काहरू राखेर सहभागीता जनाउन सकिने बताउनुभयो ।

    झिल्का कविता, नेपाली माटोमा उम्रिएको एक नवीनतम एवम् लघुतम प्रयोगवादी काव्य विधा हो । जसमा विम्ब, प्रतीक र अलङ्कारको प्रयोग गर्दै चोटिलो पाराले तीन हरफमा लेख्ने गरिन्छ । जसको पहिलो हरफले विषयवस्तुको उठान, दोस्रो हरफले विषयवस्तुको बिस्तार र तेस्रो अर्थात् अन्तिम हरफले भावलाई उत्कर्षमा पुर्‍याई समापन गर्ने गर्दछ । यसका प्रत्येक हरफमा तीन/तीन शब्दहरू हुने गर्दछन् । जम्माजम्मी नौ वटा शब्दमा एउटा झिल्का कविता पूरा हुने भएकोले यसलाई नौ शब्दको कविता पनि भन्ने गरिन्छ ।

    झिल्का कविताका तीन हरफ मध्ये पहिलो र तेस्रो हरफमा अन्त्यानुप्रास हुनुपर्ने विधान छ भने दोस्रो हरफ स्वतन्त्र हुने गर्दछ । अर्थात् दोस्रो हरफको अन्त्यमा पहिलो र तेस्रो हरफको अन्त्यानुप्राससॅंग मिल्ने समध्वनिक अक्षर नभएमा उत्तम मानिन्छ ।

    साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला- २८ मा सहभागी झिल्काकारहरूका सुन्दर झिल्काहरू-

    …
    १,
    कुर्सी छोप्ने दाउमा
    जित्ने चाहनामा खेलाडीहरू
    निहुरिन्छन् ननिहुरिने पाउमा ।
    २,
    स्थलयात्रामा असुरक्षित हवाईयात्रामा
    पछ्यायो यमराजले जनतालाई
    ठुलाबडा नाचिरहेछन् जात्रामा ।
    ३,
    मेहनत गरौँ पलपल
    रहॅंदैन समय आजको
    उज्यालो भेटिन्छ विनाअलमल ।

    • म्यामराज राई, भोजपुर
      …
      १,
      आँसुले भिजेको सिरानी
      भोग्दैछु जीवन अनौठो
      लाग्दैछ सबै बिरानी।
      २,
      सम्हाल्न नसकिने मन
      चरि बनेर उड्दै
      गर्ने कसरी जतन।
    • सङ्गीता खरेल, काठमाडौं
      …
      १,
      हवाईजहाज जोडजाड गरेको
      सायद पुरानो कवाडी
      मानिसहरू मृत्युमा परेको ॥
      २,
      तथ्य छान्दैन सरकार
      मख्ख भएर कुर्सीमा
      किन अरूको दरकार ॥
      ३,
      कस्तो जमाना आयो
      कोही मरीमरी काम
      कुनैले बसीबसी खायो ॥
    • गुणनिधि घिमिरे अमेरिका
      …
      १,
      गाह्रो खुट्टा जमाउन
      कर्मठ सफल हुने
      आलस्य पर्दछ धपाउन ।
      २,
      पार लाग्नेछ मुश्किल
      साथ मिल्ने प्रभुको
      कर्मठ कर्ममा लगनशील ।
      ३,
      निमुखालाई हुँदैन सताउन
      किन दुःख प्रभुलाई
      पर्दैन खोली बताउन ।
    • कार्की डिबी माकुम, सुनवल-४, नवलपरासी
      …
      १,
      नपाउन्जेल कुरा काट्छन्
      सत्ताका निमित्त राजनेताहरू
      थुकेको थुक चाट्छ्न् !
      २,
      चासो चिन्ता छैन
      मरून् या बाँचून्
      ढुङ्गो बोल्ने ह्वैन ।
      ३,
      पलपल मर्दैछन् आसहरू
      हिँड्दाहिँड्दै पोखिन्छन् किन
      आजकल जताततै सासहरू !
    • वसन्त अनुभव
      …
      १,
      कुर्सीमै हुरुक्क नेताहरू
      बाहिर त्यस्तो नहुने
      देशमै नबसून् बरु ।
      २,
      देखिएन सुरक्षित हवाईजहाज
      ज्यान जोखिम सदा
      छैन तिनीहरूलाई लाज।
      ३,
      सिकाएर सिक्दैनन् हाम्रा
      गोलमटोल गरी चल्दैछन्
      कति धेरै चाम्रा ।
    • अर्जुन प्रसाद चौलागाई, रामेछापः-सुनापति-१
      हालः-अमेरिका,बोस्टन।
      …
      १,
      उसले पाउन मलाई
      अनेक बहाना बनायो
      भन्ने मैले कसलाई?
      २,
      मैले विश्वास गरेँ
      मेटेर गयो प्यास
      अहिले बिचल्लीमा परेँ।
      ३,
      थिइन् कत्ति सोचेको
      गर्ला यस्तो भनेर
      अहिले पीडाले घोचेको।
    • सतीश पण्डित, भानु ६ चुँदी तनहूँ
      हाल चनपा ६ मातातीर्थ।
      …
      १,
      विघ्न देशमा हरपल
      निदाए कुर्सीमा बस्ने
      त्यसैको नित्य छलफल ।
      २,
      सबैको निद हरायो
      देश भो शोकाकुल
      निर्लज्ज कुर्सीमै रमायो ।
    • कमल प्रसाद बगाले रेग्मी, वालिङ्ग बजार स्याङ्जा
      …
      १,
      जीवनमा भयो घात
      बाध्यता परदेश जानुपर्ने
      धिक्कार नेपालीको हात।
      २,
      फोनमा गरौँला बात
      छुट्यो हाम्रो अन्त्यमा
      आँसु पुछ्ने हात।
      ३,
      एउटा मुटु कसाएँ
      कसैले भनेको टेरिनॅं
      आफूले आफैँलाई फसाएँ।
    • चुडामणी देबकोटा, पुरानोनैकाप काठमाण्डौ
      …
      १,
      लाग्छ मलाई डर
      मर्ने चोलाको कुनै
      हुँदैन रहेछ भर |
      २,
      कोही जलेर मरे
      नगरी नहुने यात्रा
      कोही त्रिशूलीमा परे |
      ३,
      आफन्तको रुवाबासी भयो
      हराएका लास भेट्ने
      आशा मर्दै गयो |
    • सरिता सेढाई धादिङ
      …
      १,
      उपहास उपहार दिलाइ
      बाँच्न बाध्य बनाउँछ
      आफ्नो कसम खुवाइ ।
      २,
      पटक्कै बोल्न नखोजेको
      पीडित पुरुषलाई सोघ
      किन मौनता रोजेको ?
      ३,
      पर्खि बस है
      म अझै बसिरहे
      सोझो मन कठै!
    • दिवाकर चाम्लिङ्ग राई, खर्साङ्ग , दार्जीलिङ
      …
      १,
      बेकाम बढी बोलिरहने
      सोझो जनता जहिले
      सधैँ पानीमा घोलिरहने ।
      २,
      संविधान मान्नू, सबैले
      नेता होस् जनताले
      लोकलाई नबिर्सनू, कबैले ।
      ३,
      प्राचीनको सम्झॅंदै वीरगाथा
      काँतर छोटे राजाहरू
      लेखाऔॅं ! नूतन वीरता ।
    • राजन घले, धार्चे-६ गोरखा
      …
      १,
      कालो धुवाँ आयो
      हेर्दाहेर्दै जहाजमा सबैलाई
      पापी आगोले खायो ।
      २,
      मीठा गर्दै कुरा
      गन्तव्यमा पुग्ने सपना
      भए सबै अधुरा ।
      ३,
      सुन्दा मन रुन्छ
      हाम्रो देशमा दुर्घटना
      कहिले अन्त्य हुन्छ ?
    • अनिता भण्डारी ताप्लेजुङ
      …
      १,
      कस्तो छ दाउ ?
      हेरिरहेको त्यो बेलामा
      नपर मेरो पाउ।
      २,
      महँगो भयो सुन
      गरीबको चाह होइन
      सस्तो छ नुन।
      ३,
      मैला भयो सहर
      उतै पो रूचाउँछन्
      गाउँमा छैन नहर।
    • नीमा छिरिङ भोटिया, जलढका कालेबुङ
      …
      १,
      जनता दुर्घटनामा मरेको
      नेतालाई मतलब छैन
      देश शोकमा परेको ।
      २,
      प्रिय ! नहुनु टाढा
      विगतलाई बिर्सेर फेरि
      सम्बन्ध बनाऔॅं गाढा।
      ३,
      आसहरू मरेर गए
      गन्तव्यमा पुग्न नपाउँदै
      जिन्दगी सकिने भए ।
    • राज कुमार राजभण्डारी खोटाङ्गे
      मध्यपुर ठिमी ५संगम काेलाेनी राधे राधे भक्तपुर ।
      …
      १.
      भएन कुनै लाज
      कुर्सीमा बस्ने जनको
      राम्रो भएन काज ।
      २.
      देश लाग्यो अधोगति
      खाने पिउने रमाउने
      बिग्रियो नेताको मति ।
      ३.
      देश जनताको पीर
      भएन बरै कसैलाई
      झुकाए नेपालको शिर ।
    • डिल्लीराज (राजेन्द्र) भुसाल, सन्धिखर्क-२, कुर, अर्घाखाँची
      …
      १,
      कस्तो घटना घटे
      कमजोर सुरक्षा संयन्त्र
      ढिलो नगरी खटे ।
      २,
      कहिले दुर्घटना सडक
      कहिले हुन्छ आकाशमा
      देखियो नेताहरूको तडकभडक ।
      ३,
      ज्यान गयो अहिले
      रोकथामका उपायहरू छन्
      नियन्त्रण हुन्छ कहिले ?
    • रबि पौडेल ,दक्षिण भारत पाण्डेचरी
      …
      १,
      आफ्नालाई गर्छन् काखा
      यो कस्तो गणतन्त्र
      अरूलाई गर्छन् पाखा ।
    • प्रेम थापा “मन”बागलुङ
      …
      १
      पराकाष्ठा लिप्त सत्ताको
      लाजमर्दो देख्ने सुन्नेलाई
      दुरुपयोग धर्म भत्ताको ।
      २.
      माया ममता हरायो
      बोल्यो बिनाअर्थ हावा
      न्याय सत्य डरायो ।
      ३.
      लाजमर्दो इन्द्रिय छोपौँ
      भुलेर फेरि हामीले
      यस्तो विषवृक्ष नरोपौँ ।
    • रामप्रसाद पुरी, बादेल, खाेटाङ ।
      …
      १,
      गर्दिन तिमीलाई छल
      माया दिन्छु सधैँभरि
      डटेर हरेक पल ।
      २,
      सुनसान यो रातमा
      केही थियो खास ,
      तिम्रो त्यो बातमा ।
      ३,
      डुबेर आजभोलि मायामा
      विश्वास लाग्दैन आजकल ,
      आफैँलाई आफ्नै छायाँमा ।
    • अमृत कोइराला, पोखरा -१८,चंखपुर
      …
      १
      गरेर जस्तो कर्म
      उस्तै हो पाइने
      मानव सेवा धर्म !
      २
      चेतनशील मानिसको जात
      सारा काम विकासका,
      चिन्तन गर बात !
    • आर्त अकुलीन
      …
      १,
      जताततै आँसुको भेल
      घटनाको रूप ठूलो
      हिंसा भएर जेल ।
      २,
      सपना ठुलो झुकेर
      शहर घिनलाग्दो भयो
      अनैतिक काम लुकेर ।
      ३,
      चिन्ता बेरोजगार भयो
      परिश्रम पसिनामा तौले
      ऋण बोकेर गयो ।
    • अम्बिका अधिकारी, झापा बिर्तामोड
      …
      १.
      त्रिशूलीमा बसको नाश
      बेलामै होस् नपुग्दा
      धेरै जनताको लास।
      २,
      देशमा रगतको खोली
      पोखरा जानेहरूको छैन ,
      फर्कने बेला बोली ।
      ३,
      पीडाको सधैँ सामना
      भरोसा छैन भगवान् ,
      लास जलाउने जनता ।
    • श्रीकृष्ण धामी – बझाङ
      …
      १,
      उड्दा भूईॅंमा खस्ने
      हिँडेर पुग्न गाह्रो
      गुड्दा नदीमा पस्ने।
      २,
      जागौँ सबै जागौँ
      घटनाबाट असल शिक्षा
      लिनेतर्फ अब लागौँ ।
    • बिके मुखिया, दार्जीलिङ, भारत
      …
      १,
      छन् नेता गफाडी
      जनता रमितेमा ठिक्क
      उडाउॅंछन् जहाज कवाडी ।
    • जीवनाथ लामिछाने
      …
      १,
      प्रकृतिको अनौठो खेल
      हराए सबै मुस्कान
      रोकिएन आँसुको भेल।
    • तोया नाथ चापागाईं, दमक,झापा
      …
      १,
      ठूला कुरा गरे
      यिनले सदनमा बसेर
      गोजी मात्र भरे।
      २,
      भागबन्डामा छन् लागेका
      दलाली भ्रष्टाचारी नेता
      जिम्मेवारबाट चाहिॅं भागेका ।
      ३,
      अकालमा धेरै मरे
      बाढी, पहिरो भवितव्यंको
      चेपुवामा गरिब परे।
    • कला ढकाल झापा
      …
      १,
      नेताले खुसी मनाउॅंदैछ
      रोइरहेकी त्रिशूलीमा हेर।
      बर्सेनि लाचारीपन गनाउॅंदैछ ।
    • वेल थोकर तामाङ, बकैया _८ // बस्तिपुर// मकवानपुर
      …
      १,
      सुरक्षित छैन यात्रा
      आकाश या जमिन
      नेताहरूको भयो जात्रा !
      २,
      सपना सपनै भयो
      मूल्य ट‍ोक्छन् मान्छेको
      आशा निराशामा गयो !
      ३,
      आँशुको भयो ताल
      पुछेर पुछ्नै नसकिने
      देशको भयो बेहाल ।
    • धनमाया चौधरी कैलाली
      …
      १,
      जाऊॅं गुडेर सरर
      भरोसा टुट्न थाल्यो
      कसरी परौँ भर ?
      २,
      यहाँ भरोसा केमा ?
      सबै ढोडको लौरो
      मर्दै गयो आशा ।
      ३,
      जिन्दगी हाम्रो छोटो
      संरचना सबै जीर्ण
      देखेँ व्यवस्थामा खोटो ।
    • हरिगोपाल न्हुच्छेँप्रधान, काभ्रे, बनेपा १४ साँगाबजार
      …
      १,
      समयले गऱ्यो छल
      मलाई किन यसरी
      रुनु परेको पलपल ।
      २,
      मानेको छैन हार
      पुग्नु छ गन्तव्यमा
      कठिनाइहरू गर्दै पार ।
      ३,
      मेरा जहिले महान्
      हुनुहुन्छ बाबाआमा नै
      सबभन्दा ठुला भगवान् ।
    • अनिता कार्की, पाँचथर
      …
      १,
      राम्रो कर्मको फल
      जहिल्यै हुन्छ राम्रो
      गर्नु त्यसैमा बल ।
      २,
      हाँसो हराउँदै गयो
      प्रविधिमा विकृति आउँदा
      हाय ! हुनसम्म भयो!
      ३,
      समाधान हुँदैन हेर
      आधार राम्रो नहुँदा
      हिॅंड्ने बाटो फेर ।
    • अच्युत घिमिरे, सर्पाङ, भुटान
      …
      १,
      हिॅंड्छ दुईचुल्ठी बाटेर
      विचरा खान्छ घ्यू
      छिमेकीसँग ऋण काटेर ।
      २,
      खाऊ अमिलो साँधेर
      घाँस खुवाऊ अब
      नेतालाई दाम्लोले बाँधेर ।
      ३,
      छैन भनेर धन
      हीनता बोध गर्दै
      रुवाएको छ मन ।
    • दीप गोले तामाङ, पौराई , रौतहट
      …
      १,
      गयो जनताको सपना
      शक्तिमा भए सबै
      लुटाहाको मात्रै थपना।
      २,
      देश राजनीतिले खायो
      राम्रा मान्छे पाखामा
      अपाङ्गको दिन आयो।
      ३,
      जनतालाई भ्रम पारेर
      जेलमा कैदी बनी
      बसेका मान्छे मारेर।
    • शङ्कर कार्की, मकवानपुर
      …
      १,
      बाँचुन्जेली तेरोमेरो सुनाउॅंछन्
      गाह्रोसाह्रो पर्दा मनमा
      नानाथरी नाटक देखाउॅंछन्।
    • सुनगाभा पोखरेल, नेपालगन्ज
      …
      १,
      असारका खहरेहरू दर्बिला
      नेपालका नरपिपासु नेता
      मन्त्रालय भेटेपछि गर्विला।
      २,
      रगत उम्लियो जिम्लियो
      जनताका नयनमा आँसु
      सरकारले आँखा चिम्लियो।
      ३,
      कुराले नेपाल टल्कने
      मनमा धमिलो भावना
      अनुहारमा अपराध झल्कने।
    • घनश्याम पन्त, हरिवन सर्लाही
      …
      १,
      परिवर्तनशील मौसमी खेल
      जाडो, गर्मी, वर्षा
      शित, पसिना, भेल।
    • सरस्वती श्रेष्ठ रुपन्देही बुटवल।
      …
      १,
      नगरौँ सधैँ बकबास
      कामको जीवन हाम्रो
      काम हुन्छ खास।
      २,
      रमाइलोका लागि बनायौँ
      उपहास गरे सबैले
      त्यसैले हण्डर खायौँ।
      ३,
      प्रकृति समाज हाम्रो
      डाँडा पाखा मिलेछ
      चारैतिर भयो राम्रो।
    • सुरेशकुमार पाण्डे दाङ घोराही १८
      …
      १,
      समवेदना दिलमा बस्छ ।
      माया समवेदना नभए
      मानिस जङ्गल पस्छ ।
      २,
      मुलीको चोट कति ?
      चाहन्छ सबै सन्तान
      उठून् आकाश जति ।
      ३,
      सकेजति बाआमाले गरे
      पछ्याउँदै गन्तव्य समृद्धि
      भेटेनन् पथमै मरे ।
    • हिरालाल न्याौपाने, बानपा ८,कोटमौला, सल्यान
      …
      १,
      ठूलाहरूलाई फरक पर्दैन
      परोस् सानाहरू दुर्घटनामा
      सुधारको पहल गर्दैन।
      २,
      को अघि सर्ने?
      अस्तव्यस्त यो व्यवस्था
      कसले परिवर्तन गर्ने?
      ३,
      युवावर्ग सचेत हुनु
      असल कर्म गरेर
      सबैको मन छुनु।
    • अरुण कुमार भुजेल, गोरूबथान,कालेबुङ,भारत।
      …
      १,
      बिग्रेको जहाजको भर
      कसरी गरौँ यात्रा
      मनमा सधैँको डर ।
      २,
      सबैको चिन्ता बेरोजगार
      सरकार स्वार्थी हुँदा
      परिश्रम भो बेकार ।
    • दुर्गा भट्टराई, मोरङ
      …
      १,
      मुखमा रसिलो बात
      मिठो वचन बोलेर
      कतिलाई गर्छौ घात ।
      २,
      एकल निर्णय भट्याउन
      सक्तिन शायद साथी
      थाल्दछ मस्तिष्क टट्याउन ।
      ३,
      एकल निर्णयको पाटो
      माथि उक्लन्न साथी
      लिँदछ पतनको बाटो ।
    • मोती योन्जन सुब्बा, दार्जिलिङ निमकी डाँडा।
      …
      १,
      नौ शब्दको बेलो
      छोपेर गर्छु प्राय:
      झिल्का काव्यको खेलो l
      २,
      पिएर साहित्य सुधा
      मेटाउन मन लाग्छ
      अन्तर मनको क्षुधा l
      ३,
      झिल्का सर्वत्र फैलियो
      यसको विस्तारले गर्दा
      मनको विकार थैलियो l
    • बाबुराम गौतम, गुल्मी
      …
      १,
      कुरो भयो ठुलो
      पचाउन कठिन हुने
      एउटै बाहिर दुलो ।
      २,
      सिंहासन ठुलो मानी
      हिडिरहे नेताहरु देशमा
      कुर्सीमा फाइदा जानी ।
      ३,
      पचाएर यहाँ लाजसरम
      हिॅंड्नै पर्‍यो अघि
      नहिॅंडी के गरम ?
    • ईश्वर साउद, रामाराेसन गाउपालिका ६ सुदेरपश्चपम अछाम
      …
      १,
      मन बेस्सरी बहकिन्छ
      थाहा छैन कुनदिन
      अकालमा ज्यान सकिन्छ।
      २,
      चुँडियो दिलको तार
      केवल एक्लो जिन्दगी
      छैन बाँच्ने आधार।
    • साबित्री प्याकुरेल,धादिङ्ग।
      …
      १,
      बाँच्छन् दुश्मन बनी
      कसैको स्वार्थको विरुद्धमा
      उभियो भने पनि ।
      २,
      याद आउँछ अतित
      प्रसङ्ग मिल्यो भने
      यसर्थ नबनोस सङ्गीत ।
      ३,
      दुर्घटनाको दुर्घटना लगातार
      नितान्त लासहरूमा पनि
      भेदभाव गर्छन् सरकार ।
    • पृथक प्रकृति ,झापा
      …
      १,
      पर्दिनँ कसैको पाउमा
      आफ्नो लगानी गर्छु
      छर्दिनॅं नुनचुक घाउमा ।
      २,
      आकाशमा उफारेर थचारेछ
      दैवले पनि विचित्रको
      सबैलाई अग्निमा पछारेछ ।
      ३,
      कोसिस गर्दै गएमा
      मान्छेले माला पहिरिन्छ
      हिम्मत साँच्ने भएमा ।
    • नन्दलाल आचार्य, सिद्धार्थटोल, उदयपुर
      हाल एनेलकुटी, सिरहा ।
      …
      १,
      बितिगयो बित्ने कुरा
      सरकार, अब त
      दायित्व गर पुरा ।
    • लक्ष्मी रिजाल, कञ्चनरूप १२, प्रगतिटोल, सप्तरी ।
      …
      १,
      बिलायो मेरो धन
      लग्यो दैवले चुँडी
      विच्छिन्न भयो मन ।
      २,
      दैवले गर्‍यो लीला
      सम्हानु पर्दछ परिस्थिति
      धैर्यले बस शिला।
      ३,
      दैवको हो लीला
      सहेर बसेकी छु
      ठोकेर मुटुमा किला ।
    • प्रद्युम्न चालिसे, भक्तपुर कटुञ्जे ।
      …
      १,
      असली पृर्थ्वीको रूप
      राम्रो जोगाए पछि
      आउॅंछ कसरी हुप ?
    • लोकबहादुर क्षेत्री लामिछाने
      …
      १,
      साउनमा लाउनेको कुरा
      नभएको परम्परा चलाए
      हरिया परिवेष्टनीय चुरा ।
      २,
      सोमबार मन्दिर धायो
      दिनभरि भोकभोकै बसे
      बेलुकी सेलाइन लायो ।
    • कृष्णकुमार वैद्य, बनेपा ९, काभ्रे
      …
      १,
      उडाउॅंछन् पुराना जहाज
      ज्यान जान्छ निर्दोषको
      छैन सरकारलाई लाज ।
      २,
      बसयात्री त्रिशूलीले बगाउॅंछ
      फरक होला जहाजमा
      आधा झन्डा झुकाउॅंछ ।
    • भुपेन्द्र राना मगर, धादिङ
      …
      १,
      राजनीति भयो भत्ताको
      जनताको वास्तै छैन
      लडाइ हुन्छ सत्ताको !
      २,
      कलङ्क लाग्छ नाउॅंमा
      नैतिकता सबै गुमाउँदा
      कसरी बस्नु गाउॅंमा !
      ३,
      गएको इज्जत फर्कॅंदैन
      पराईसॅंग लम्पसार परेर
      अपराधको हुण्डरी तर्कॅंदैन ।
    • ऋजु दिल्पाली ईटहरी १ सुनसरी
      …
      १,
      विद्युत बक्यौता छुट
      जनतालाई करको भारी
      उद्योगीलाई सधैँ ब्रम्हलुट ।
      २,
      छैन धारामा पानी
      महसुल बक्यौता तिर्न
      भयो उपभोक्तालाई हैरानी ।
      ३,
      छैन कुनै राहत
      काला बजारीको बिगबिगी
      निरीह जनतालाई आहत ।
    • जयनारायण नेपाल, इलाम ,हाल सूर्य विनायक २ ,बालकोट, भक्तपुर
      …
      १,
      छैन कसैको भर
      जता जाऊॅं, उतै
      मनमा त्रास डर ।
      २,
      हुन्न देशको विकास
      जता बाढी, पैरो
      छैन केही निकास ।
      ३,
      कति डरमा बाँच्ने
      छैन कसैको भर
      किन पिर साँच्ने ?
    • दुर्गा आचार्य, मोरङ
      …
      १,
      मान्छे जन्मेपछि मर्छ
      तर आपत् परेर
      संसार छोड्ने गर्छ ।
    • भगवती दवाडी
      …
      १,
      आकाशमा उड्ने रहर,
      आजभोलि हराउन थाल्यो,
      धर्तीमा खतराका लहर।
      २,
      प्राविधिक अध्यावधिक छैनन्,
      तिनले धैर्यता गुमाएमा
      जनताका सुरक्षा हुँदैनन् ।
      ३,
      पाइलट इन्जिनियर पढेर,
      व्यवहारमा क्षमता नभए,
      आफैँ गइन्छ मरेर।
    • मनोहरी पौडेल, गैडाकोट २
      …
      १,
      बेसरी दुख्छ मन
      काम लाग्छ फालेको
      लाउनु हुँदैन वचन ।
      २,
      घुसखोरीको बगानमा चरेको
      पिउनदेखि सबै हाकिमसम्म,
      हुन्छन् शोषणमा परेको ।।
      ३,
      यमराजले प्राण हर्‍यो
      आकाशमा उड्ने चिलगाडीमा,
      कसको नजर पर्‍यो ।
    • सीमा कार्की समर्पण, मेलचोक पर्सा
      …
      १,
      नेताले खाएको देश
      निर्दोष र गरीबले
      झेल्नुपर्छ अदालत केस ।
      २,
      सकियो बितेका कुरा
      नेताले बोल्छन् मात्रै
      कहिल्यै गर्दैनन् पुरा ।
      ३,
      कर्तव्य काँधमा बोक्नु
      अघि बढिरहून् निरन्तर
      पाइला कहिले नरोक्नु।
    • ललिता गिरी सिन्धुली हाल काठमाडौं नेपाल
      …
      १,
      अर्काको भरमा पर्ने
      ठुलालाई केही हुन्न
      गरीब हुन् मर्ने ।
      २,
      मृत्युले विभेद गर्‍यो
      यहाँ ठूलालाई सम्मान
      गरीब त्यसै मर्‍यो ।
      ३,
      नेताको भरमा परेर
      आफैँ असुरक्षित भई
      जानु पर्ने मरेर ।
    • लक्ष्मण देउवा डोटी (हाल भारत चेन्नई)
      …
      १,
      गल्ती लुकाउन चलखेल
      कार्यकाल बिताउॅंछन् त्यसै
      सहनु कति जालझेल।
      २,
      जनताको गल्ती ठुलो
      बुझेरै भोट दिनाले ,
      राष्ट्रको भयो कुभलो।
      ३,
      मेहनती पात्र बनेर
      आफैँलाई दुःखी बनाइन्छ
      न्याय होला भनेर।
    • सुस्मिता अधिकारी ,काठमाडौँ
      …
      १,
      साधुको भेषमा आउॅंछन्
      लुटिलान्छन् देशको सम्पत्ति
      मानसम्मान तिनैले पाउॅंछन् ।
    • बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो )
      कनकाई ४ झापा
      …
      १,
      पापी समयको खेल
      लुटियो जीवन अकालैमा
      गरे परिक्षकले झेल।
      २,
      पेट्रोल रमाउँछ बल्न
      कवाडी जहाज उडाउँदा
      बाध्य भए जल्न।
    • कोपिला अधिकारी, गोरखा

    ::::::::जय झिल्का साहित्य ! ::::::::::

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged झिल्का कविता, म्यामराज राई, वसन्त अनुभव, साप्ताहिक झिल्का कविता4 Comments on साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला- २८ सम्पन्न

    पञ्चाङ्ग चित्रपट- ८८

  • १८ श्रावण २०८१, शुक्रबार १२:०४ मा प्रकाशित
  • “पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग चित्रपट भाग :- अठासीऔमा हामी पुगेका छौं।
    लेख्नु पर्ने पञ्चाङ्ग सङ्ख्या :- ०१
    मिति:- २०८१/०४/१०गते

    आदरणीय पञ्चाङ्ग अनुरागी एवम् स्रष्टाज्युहरू हार्दिक नमस्कार ” पञ्चाङ्ग साहित्य समाज नेपाल” को आधिकारिक दर्ता पछिको:८८[अठासीऔं] चित्रपटमा,यहाँहरुलाई हार्दिक स्वागत गर्दै यस शृङ्खलामा दिइएको चित्र अनुसारको विम्बात्मक तथा गहन मौलिक भाव झल्किने एक पञ्चाङ्ग शनिबार बेलुका ९:०० बजे भित्र आफ्नो नाम र ठेगाना सहित कमेन्ट बक्समा लेख्नु हुन हार्दिक अनुरोध गर्दछौं!

    प्रशिक्षक :

    सोमनाथ लुइटेल “रवि पाल्पाली
    गुणनिधि घिमिरे
    सुशीला पाैडेल

    चित्र संकलन

    सुशीला पाैडेल

    संकलन
    सुशीला पौडेल
    दुर्गा रिजाल आचार्य

    शुद्धीकरण

    भवानी घिमिरे
    जमुना आचार्य
    पशपती राई
    पुष्पा नेपाल (सुवेदी )

    संरचना

    अनुप्रास :- आफू खुसी
    स्थायी :- आफू खुसी
    अक्षर :- बराबरी

    समायोजक

    सोमनाथ लुइटेल “रवि पाल्पाली”
    तथा

    पञ्चाङ्ग साहित्य समाज नेपाल

    चित्र अनुसार पञ्चाङ्गहरू [चित्रपट]
    ~~~~~
    पञ्चाङ्ग:०१
    बर्षातमा श्रावणकाे मास थियाे।
    कसैकाे लागि गन्तव्य खास थियाे।
    दुर्घटना ठुलाे भयाे राजधानीमा,
    कतिजनालाई बाँच्ने आस थियाे।
    प्लेनमा जलिरहेकाे लास थियाे।
    सुशीला पाैडेल
    पञ्चाङ्ग:०२
    हाम्रै देशमा मात्र सधैं किन यस्तो हुन्छ हजुर
    दुर्घटना र बिपत्तिले हाम्रै देश चुन्छ हजुर
    न जमिनमा छ सुरक्षा न आकाश नै सुरक्षित
    जताततै चित्कार आवाज कसले सुन्छ हजुर
    बिलाइ हाल्छ हावामै कसलाई पो छुन्छ हजुर।
    -पशपती राई खोटाङ ।

    पञ्चाङ्ग:०३
    हाम्रो देशमा सधैं पिडाको खात हुन्छ
    नेताको देखाउने र चपाउने दाँत हुन्छ
    बिपत्ति दुर्घटनामा जनता परिरहदा ,
    पाइलै पिच्छे यिनको विश्वासघात हुन्छ
    कवाडी थोत्रा भित्र्याउने ठूलो हात हुन्छ ।
    कला ढकाल झापा

    पञ्चाङ्ग:०४
    हाम्रो देशमा सधैं दुर्घटनाले लास हुन्छ
    नत कहिल्यै सहजै स्वर्गमा नै बास हुन्छ
    दुर्घटना र बिपत्तिमा जनता पर्दा खेरि
    सरकारकाे सहानुभूतिकाे न आस हुन्छ
    कवाडी भित्र्याउँदा जनधनको नास हुन्छ ।

       राज कुमार राजभण्डारी खाेटाङ्गे

    मध्यपुर ठिमी ५संगम काेलाेनी राधे राधे भक्तपुर ।

    पञ्चाङ्ग;०५
    शोकमा डुब्यो त्यो देश हेर परेर सङ्कट
    छातीमा बज्र बज्रियो ठूलो छरेर सङ्कट
    विमान झर्यो जलेर ध्वस्त सखाप भुँइमा
    कहिले टर्ला जोखिम त्यस्तो मरेर सङ्कट
    सुधार गरे सप्रने थियो टरेर सङ्कट।

    ✍️ अच्युत घिमिरे, सर्पाङ, भुटान 🇧🇹

    पञ्चाङ्ग:०६

    सुरक्षित रहेन हवाई उडान आजको दसा देख्दा
    पुराना थोत्रा मिति पुगेका जहाज उड्ने नशा देख्दा
    कठै ! अबोध शिशु त्यत्राले ऐया भन्ननि नपाएको क्षण
    उड्ने र गुड्नेको के विश्वास मानूँ खै यात्रीको कसा देख्दा
    सरोकारवालाको लुछाचुडी त्यस्तै ध्यान जाओस् बसा देख्दा।
    भूमिका गैरे

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged वसन्त अनुभव3 Comments on पञ्चाङ्ग चित्रपट- ८८

    पञ्चाङ्ग लेखन अभ्यास शृङ्खला-१०५

  • १२ श्रावण २०८१, शनिबार १०:०३ मा प्रकाशित
  • “पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग भाग:एक सय पाँच अभ्यासमा हामी पुगेका छौ। सम्पूर्ण पञ्चाङ्ग स्रष्टाहरुमा पञ्चाङ्ग लेख्नु हुन हार्दिक अनुरोध छ:
    अभ्यास पाठशालाको अभ्यास शृङ्खला दर्ता पछिको भाग :-१०५—————————-

    विधा :- पञ्चाङ्ग
    अभ्यास गर्ने स्थान :- पञ्चाङ्ग अभ्यास पाठशाला
    मिति:- २०८१/०४/०७
    बुधबार बेलुका ०९ बजेसम्म पञ्चाङ्ग वा समपञ्चाङ्ग पठाउनु हुन अनुरोध छ।
    ……………………………………….
    प्रशिक्षक:-
    ……………
    सोमनाथ लुइटेल
    गुणनिधि घिमिरे
    सुशीला पौडेल

    ………………………
    भाषा शुद्धीकरण:-
    ———–
    पुष्पा सुवेदी नेपाल
    भवानी घिमिरे
    जमुना आचार्य
    पशपती राई

    सङ्कलक :-
    ———-
    दुर्गा रिजाल आचार्य

    संयोजक:-

    सोमनाथ लुइटेल “रवि पाल्पाली” ======================

    अक्षर सङ्ख्या:- [बराबरी]
    अनुप्रास :- आफुखुसी
    स्थायी :- अनिवार्य

    पञ्चाङ्ग:०१
    पर्दैछ पानी घुम ओडे हुन्थ्यो।
    धान खेतका झार गाेडे हुन्थ्याे।
    बाढी र पहिराे छ जताततै,
    अब त पानी पर्न छाेडे हुन्थ्याे।
    मौसमले नि दिशा माेडे हुन्थ्याे।
    सुशीला पौडेल

    पञ्चाङ्ग:०२
    उदाउँदैन पश्चिममा घाम कहिल्यै ।
    सकिदैन है बाँचुञ्जेल काम कहिल्यै ।
    कमाउन देश बिदेश जहाँ गए नि ,
    बिर्सिदैन जन्मेकाे भूमि ठाम कहिल्यै ।
    बिटुलाे हुन्न चिठी राख्दा खाम कहिल्यै ।

    भवानी घिमिरे
    सर्लाही ।

    पञ्चाङ्ग:०३
    सुनाऊँ कस्लाई चित्कार मैले सुन्नेले मुख माेडेर हिडेपछि,
    दुर्भाग्य दूधे शिशु आमाले पेटी किनारमा छाेडेर हिडेपछि ।
    कलियूग लागेछ भन्थे कहाली लाग्दो दृश्य देखिन्छ साेचेकै थिइन ,
    हरेकसंग मायाको नाटक गर्दै संबन्ध गोडेर हिडेपछि,
    हेर धनकाे चक्करमा सिन्दुरकाे सम्बन्ध ताेडेर हिडेपछि ,

    दुर्गा आचार्य
    मोरङ

    पञ्चाङ्ग:०४
    रागविराग मनमा चल्दैछ सख्त
    औडाहाले सारा स्वप्न बल्दैछ सख्त
    धेरै भयो टोलाएको मरुभूमिमा
    बेला बेलामा धड्कन चल्दैछ सख्त
    अन्तरात्मा भित्रभित्रै जल्दैछ सख्त।

    ✍️ अच्युत घिमिरे, सर्पाङ, भुटान 🇧🇹

    पञ्चाङ्ग-:०५
    हेर दु:ख नगरी सुख कहिले पनि आउन सक्दैन
    यहाँ मुखले फलाकेर मात्र समृद्धि छाउन सक्दैन
    थोरै सहिष्णुता र पसिना बगाउने बानी हुनुपर्छ
    बसि बसि कसैले पनि सफलता पाउन सक्दैन
    नसुधारे बानी कसैले लछारपाटो लाउन सक्दैन ।
    -पशपती राई खोटाङ ।

    पञ्चाङ्ग:०६
    माया प्रेमको पाटो अचम्म लाग्छ
    क्षण भरमै फाटो अचम्म लाग्छ
    के सोच्यो जिन्दगीमा भइदिन्छ के
    हुन्छ यात्रा दोबाटो अचम्म लाग्छ
    निको हुँदैन खाटो अचम्म लाग्छ |

    सरिता सेढाई धादिङ

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged वसन्त अनुभव2 Comments on पञ्चाङ्ग लेखन अभ्यास शृङ्खला-१०५

    साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला- २७ सम्पन्न

  • ८ श्रावण २०८१, मंगलवार २३:०७ मा प्रकाशित
  • साप्ताहिक झिल्का लेखन अभ्यासको २७ औँ शृङ्खला आइतवार अपरान्ह सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा यो अभ्यास शृङ्खला निरन्तर हरेक हप्ता सञ्चालन हुँदै आएको छ ।
    साप्ताहिक झिल्का कविता लेखन अभ्यासका विगतका शृङ्खलामाझैँ यसपटक पनि सहभागीहरूको निकै उत्साहप्रद सहभागीता रहेकोे थियो । जसमा नेपाल, भारत, भुटान लगायत विश्वका विभिन्न देशमा रहेर नेपाली भाषा, साहित्यलाई निरन्तर माया गर्नुहुने ६२ जना झिल्काकारहरूको सहभागीता रहेकोे थियोे ।

    झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्नका लागि समाजले विभिन्न क्रियाकलापहरू सञ्चालन गर्दै आएको छ । त्यसमध्ये साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला पनि एक भएको र साप्ताहिक रूपमा निरन्तर सञ्चालन गरिने यसका परिकल्पनाकार एवम् झिल्का कविताका प्रवर्तक वसन्त अनुभवले बताउनुभयो ।

    शृङ्खलाबारे प्रष्ट पार्दै शृङ्खला संयोजक/प्रशिक्षक म्यामराज राईले हरेक हप्ताको शुक्रवार राति १२ बजे अभ्यासको सूचना झिल्का कविता फेसबुक समूहमा राखिने र उक्त सूचनाको कमेन्टमा इच्छुक झिल्काकारज्यूहरूले स्वत:स्फूर्त आफ्ना उत्कृष्ट झिल्काहरू राखेर सहभागीता जनाउन सकिने बताउनुभयो ।

    झिल्का कविता, नेपाली माटोमा उम्रिएको एक नवीनतम एवम् लघुतम प्रयोगवादी काव्य विधा हो । जसमा विम्ब, प्रतीक र अलङ्कारको प्रयोग गर्दै चोटिलो पाराले तीन हरफमा लेख्ने गरिन्छ । जसको पहिलो हरफले विषयवस्तुको उठान, दोस्रो हरफले विषयवस्तुको बिस्तार र तेस्रो अर्थात् अन्तिम हरफले भावलाई उत्कर्षमा पुर्‍याई समापन गर्ने गर्दछ । यसका प्रत्येक हरफमा तीन/तीन शब्दहरू हुने गर्दछन् । जम्माजम्मी नौ वटा शब्दमा एउटा झिल्का कविता पूरा हुने भएकोले यसलाई नौ शब्दको कविता पनि भन्ने गरिन्छ ।

    झिल्का कविताका तीन हरफ मध्ये पहिलो र तेस्रो हरफमा अन्त्यानुप्रास हुनुपर्ने विधान छ भने दोस्रो हरफ स्वतन्त्र हुने गर्दछ । अर्थात् दोस्रो हरफको अन्त्यमा पहिलो र तेस्रो हरफको अन्त्यानुप्राससॅंग मिल्ने समध्वनिक अक्षर नभएमा उत्तम मानिन्छ ।

    साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला- २७ मा सहभागी झिल्काकारहरूका सुन्दर झिल्काहरू-

    …
    १,
    राई माइलाको गाउॅं
    कुर्सीमा लडाइॅं भइरहे
    उजाड बन्छ ठाउॅं ।
    २,
    ऊ मुस्कुराउनलाई मुस्कुराउॅंछ
    दुनियाँ छ बेमतलब
    दु:ख पसिनामा बगाउॅंछ ।
    ३,
    पाएमा अलकत्रा खान्छु
    सोचेँ, सित्तैको बेसाहा !
    मेहनतले दैनिकी धान्छु ।

    • म्यामराज राई
      …
      १,
      गर्नुगर्‍यो ऎनाले यार
      भ्रष्टाचारी खोज्दै थिएँ
      देखायो आफ्नै अनुहार !
      २,
      मिलेर खाउँ पालैपालो
      सकेसम्म छिराऔँ सत्तामा
      भाइ, भतिजा सालो !
      ३,
      गुन्डागर्दी एउटै नीति
      पार्टी झन्डा अलगअलग
      भ्रष्टाचारको बस्यो थिति ।
    • वसन्त अनुभव, घोराही उपमहानगरपालिका १४ दाङ
      …
      १,
      स्वार्थ बाँडेर पालो
      राष्ट्रिय सम्पत्ति सके
      खान गर्छन् हातेमालो !
      २,
      बाढी पहिरोले सताएको
      राहत दिनु छैन
      मुखले मात्रै बताएको ।
      ३,
      राज्यसत्ता दलाल भयो
      आर्थिक उन्नति छैन
      ऋण बढेर गयो ।
    • रबि पौडेल ,दक्षिण भारत पाण्डेचरि
      …
      १,
      गरौँ आफैँले हिम्मत
      नजान्दाको परिणामले यहाँ
      नहोस् कसैको हबिगत।
      २,
      आँट गर्दको परिणाम
      एकदिन सफल भई
      अनि बन्छ काम।
      ३,
      भइन्छ गर्दागर्दै सफल
      एक पटक बिग्रिॅंदैमा
      नगरौँ है अदलबदल।
    • अर्जुन प्रसाद चौलागाई, रामेछाप-सुनापति-१
      हाल:-अमेरिका, बोस्टन
      …
      १,
      पीडित जनता मरिरहे
      छैन सरकारको ध्यान
      सत्ताको पिर परिरहे ।
    • वेल थोकर
      …
      १,
      खोज्दा देशको पहरेदार
      भाग बाली संसदमा
      भेटिए विदेशीको यादगार ।
      २,
      कता खोज्ने बास
      मानिस जता गयो
      उतै खोसियो गाँस।
      ३,
      जति भागे पनि
      अगाडि ठिङ्ग उभिन्छ
      समस्या दर्शक बनी।
    • सुरेशकुमार पाण्डे दाङ घोराही १८
      …
      १,
      राम्रो हुँदा तानातान
      बिग्रियो परिस्थिति अब
      ढुङ्गा मुढा हानाहान ।
      २,
      हुँदाहुँदै बिगार्यौ मति
      अब भन कसरी
      सुधार्छौ यो गति ?
    • अनुग्रह राना मगर ‘पुष्प’, पाँचखपन न.पा. – ६ संखुवासभा
      …
      १,
      हाम्रा सबै गाउँ
      सत्तामा होडबाजी चलिरहे।
      उजाड हुनेछन् ठाउँ!
      २,
      कामको कर्म गर
      सानोतिनो भन्दैन कामल।
      कर्ममा भर पर।
      ३,
      संसार जाली भएछ
      लुटपाट कमिसन खानेलाई!
      देशमा ताली गएछ।
    • बेदु न्यौपाने
      …
      १,
      मेरो प्यारो आदर्श
      भुल्न कहाँ सकिन्छ
      सम्झिॅंदा मनमा हर्ष ।
      २,
      सकेसम्म हिम्मत गर
      हातमा सीप भएपछि
      पर्दैन कसैको भर ।
      ३,
      साउन महिनाको संस्कार
      बुझ्नु केही छैन
      देखासिखी बन्यो आधार ।
    • लक्ष्मण देउवा डोटी, हाल भारत चेन्नई
      …
      १,
      देश लुट्नेको होडबाजी
      कतै छैन सुशासन
      उस्तै सबै पाजी।
      २,
      उठ युवा अब
      राष्ट्र बर्वाद भो
      राष्ट्र बन्छ तब।
    • तेजप्रसाद खनाल, लमही दाङ
      …
      १,
      प्रतिभा योग्यता छोडेर
      भाइ भतिजा भन्नेलाई
      सम्मान हात जोडेर ?
      २,
      प्रतिभाको गला कस्नेहरू
      ह्वास्स काखी गनाउँला
      काखीको न्यानोपनमा बस्नेहरू।
      ३,
      घर फर्की आए
      उजुरी सुन्ने हाकिम
      हिलोमा लतपत पाए ।
    • दिवाकर चाम्लिङ्ग राई, खर्साङ्ग ,दार्जीलिङ
      …
      १,
      गर्नुछ असल कर्म
      इमानदार राष्ट्रसेवक बने
      हुनेछ ठुलो धर्म ।
      २,
      देशमा बिग्रियो थिति
      सत्ता आलापालो गर्ने
      नेताले बनायो नीति ।
      ३,
      पालोपालो सत्ता चलाऔॅं
      जनताले जेसुकै भनून्
      कुकर्मको फायल जलाऔॅं ।
    • राज कुमार राजभण्डारी खोटाङ्गे
      मध्यपुर ठिमी ५ संगम कोलोनी राधे राधे भक्तपुर ।
      …
      १,
      लुट्नसम्म त लुटे
      शक्तिको आडमा भएर,
      निर्दोष बनी छुटे ।
      २,
      रजाइँ तिनकै भयो
      जसले बदमासी गर्दै,
      सत्तामा आज गयो।
      ३,
      थालेका छन लुट्न
      अनुहार मात्रै फरक,
      सिपालु गफ चुट्न।
    • शंकर कार्की, मकवानपुर ।
      …
      १,
      घोडाको हिँड्ने चाल
      अनौठो लाग्ने सबैलाई
      पहाडमा उसको काल।
      २,
      बाध्नु मायाको डोरी
      कस्तो रमाइलो हुन्छ
      काली देखिने गोरी।
    • नवराज भट्ट, कञ्चनपुर
      …
      १,
      तिमीहरू कुर्सी तानातान,
      साच्चै भेडा बनायौ
      जनतालाई छैन सम्मान ।
      २,
      भगवान आमा मेरै ,
      खायो कि खाएन,
      पिर लिन्छिन् धेरै ।
    • भुपेन्द्र राना मगर, धादिङ
      …
      १,
      फुलेपछि फूल झर्नैपर्छ
      यी लेन्डुप दोर्जेहरुलाई
      देश निकाला गर्नैपर्छ ।
      २,
      गैरी खेत झरेर
      आउन सकिन प्रिय
      म बन्धनमा परेर ।
      ३,
      भाँडा राम्रो तामाको
      कहिले बिर्सन नसकिने
      माया मिठो आमाको ।
    • दीप गोले तामाङ, रौतहट
      …
      १,
      भ्रष्टाचार सबै नेताहरू
      कुनै अछुत रहेन
      चार दिवालभित्र केटाहरू ।
      २,
      देश लुट्नेको होडबाजी
      चमत्कार देखाउनुपर्छ हेर
      प्रथम हुनेभो काजी।
    • एवाइ प्रभात
      सहिदभुमि धनकुटा
      …
      १
      जनतालाई सधैँ पीरमा
      फेरबदलको यो राजनीति
      कहिले हुन्छ स्थिरमा।
      २
      जेष्ठ नागरिकले चलाउँदै
      देशको हविगत अब
      उठ्न नसक्ने थलाउँदै।
    • सङ्गीता खरेल, चन्द्रागिरी ८ काठमाडौँ
      …
      १,
      नदिने बज्यैले बार्छन्
      साँझ पर्यो भनेर
      चिम्टालाई चिम्टेले टार्छन् ।
      २,
      हेरेर मन बुझाउनेहरू
      घुटुक्क थुक निलेर
      कतिपय हुन्छन् झुक्याउनेहरू।
      ३,
      सावनमा वर्त बर्सेनि
      राल चुहाउँदै खानेकुरामा
      सिद्धि होला अनि।
    • दिल ठकुरी दार्जिलिङ
      …
      १,
      हरियो चुरा लाउँला
      व्रत बसेर सोमबारको
      मन्दिर हामी जाउँला ।
      २,
      जोगाउन गाह्रो सत्ता
      बढी पहिरोमा परेर
      जनता छन् बेपत्ता ।
      ३,
      राम्रो नाम कमाऔँ
      गुरुहरूको सम्मान गर्दै
      गुरु पुर्णिमा मनाऔँ ।
    • अनिता भण्डारी ताप्लेजुङ
      …
      १,
      सङ्कल्पमा प्रभु चयन
      कुकर्म गर्दा आफ्नै
      साक्षी हुने नयन ।
      २,
      सुकर्म मानवता धर्म
      परिश्रमको फल सुखदायी
      कल्याण हिन्दुत्व मर्म ।
      ३,
      दुष्टलाई प्रभुले दमन
      मरेर जाने चोलामा
      बेकारमा ईर्ष्या जलन ।
    • कार्की डिबी माकुम, सुनवल-४, नवलपरासी
      …
      १,
      भयो सधैं हार
      लाग्छ मनमा छटपटी
      युद्द गरेछु बेकार।
      २,
      छैन मनमा शान्त
      जान मन लाग्छ
      खोजी ठाँउ एकान्त।
      ३,
      बन्नु असल साथी
      कोही छैन हजुर
      ईश्वरभन्दा त माथि।
    • काजल न्यौपाने, भोजपुर
      …
      १,
      सत्ताधारीको साझा अभ्यास
      राजनैतिक खेल खेल्दाखेल्दै
      देशको स्थिति सत्यानास ।
      २,
      अनुशासनको पद्धति नबसाएसम्म
      राज्य चलाउनेहरूको बेथिति
      हेर्दाहेर्दै लागिरहेछ अचम्म ।
      ३,
      प्रजातन्त्रवादका खोक्रा नारा
      स्वतन्त्र हुँदा निरङ्कुसताबाट
      ठगिँदारहेछन् जनता सारा ।
    • गुणनिधि घिमिरे, अमेरिका
      …
      १,
      त्रिशुलीमा पल्टेर गाडी
      नेपाली यात्रु बेपत्ता
      छामियो नेताको नाडी ।
      २,
      जनताको स्थिति बेहाल
      चालेनन् राम्रो चाल
      बुन्छन् षडयन्त्रको जाल ।
      ३,
      दुःखीले गरेर काम
      पर्याप्त पाएनन् माम
      कमाउँछन अरूले दाम ।
    • डिल्लीराज (राजेन्द्र) भुसाल, सन्धिखर्क-१, कुर, अर्घाखाँची
      …
      १,
      मध्यरातमा रुम मिलाए
      मुलुक उथलपुथल भएर
      कयौँ मानिसहरू बिलाए ।
    • नागेन्द्रप्रसाद यादव , दाङ
      …
      १,
      नगरे बादलले घात
      हेर्नेछु आज आनन्दले
      मैले जुनेली रात ।
      २,
      जून हेर्दै टोलाउँछु
      सानी तिम्रो सम्झनामा
      एकोहोरो मैले बोलाउँछु।
      ३,
      सगैँ जून हेरेको
      याद आयो आज
      तिमीले अङ्गालोमा बेरेको ।
    • अमृत कोइराला, पोखरा -१८, चंखपुर
      …
      १,
      जिन्दगीमा घाम पानी
      प्यारीको छैन यहाँ ,
      हेर्नुहोस् नराम्रो बानी ।
      २,
      आँगनमा सजाए फूलबारी
      तिमी मलाई भेट्न ,
      आऊ घरी घरी ।
      ३,
      गर्नु होला कर्म
      राष्ट्रसेवक नै भएपछि ,
      सुरक्षा ठूलो धर्म ।
    • श्रीकृष्ण धामी – बझाङ
      …
      १,
      त्रासित हरिणी सुन्दरी
      समाउन सकिन्थ्यो किन
      भाला सोझ्याउँछन् कठैबरी !
      २,
      आत्माको ज्योति चम्केको
      मानवका नष्ट हृदयहरू
      भाला खुकुरीमा लम्केको।
      ३,
      बुझेनन् सज्जनले समस्त
      प्रभातकी किरणमै धब्बा
      तर्कवितर्कमा छन् व्यस्त ।
    • घनश्याम पन्त, हरिवन सर्लाही
      …
      १,
      कुकुर बिराला देखेर
      आजै होसियार बनौँ
      जीवन गाथा लेखेर !
      २,
      तिमीले लेखेको कलम
      खुसीले मन सन्तुष्टि
      मलाई भयो मलम !
      ३,
      चौतर्फी गरेर छल
      तिम्रो भ्रष्ट मतिले
      गाउँघर बनायौ कल !
    • आर्त अकुलीन
      …
      १
      परिवर्तनशील हुँदोरहेछ समय,
      कस्तो जमना यो
      भाग्यो लाज, भय ।
      २
      सदन पनि कस्तो
      डाक बडाबड गर्ने
      लिलाम बजार जस्तो ।
      ३,
      गर्नै पर्यो कुरा
      माया अनि पिरतिका
      बोक्छ कुराको चुरा ।
    • दीपा समभाव, खोटाङ्ग
      …
      १,
      सारो राम्रो भयो
      ताला चाबी सबै
      चोरको हातमा गयो !
      २,
      मुखमा ताला लाऊँ
      निर्भय भै अब
      सबै मिली खाऊँ !
    • विवश पारदर्शी, झापा
      …
      १,
      परिश्रम गर्न नसके
      फलको आशा नगर्नु
      अरूको हेपाइमा नफसे ।
      २,
      फूलको बासना हुन्छ
      पुतलीले रस चुसेर
      असल व्यक्ति रुन्छ ।
      ३,
      राजनिती फोहोरी खेल
      मैदानमा लड्न सक्दैन
      कुर्सीमा सधैंभरि झेल ।
    • अम्बिका अधिकारी, झापा बिर्तामोड
      …
      १,
      बोकेर खोक्रो नारा
      सदन भित्र देखाउँछन्
      झुटो आश्वासन सारा।
      २,
      महॅंगीले जनता मर्दैछन्
      सरकार सत्तामोहमा परेर
      अन्याय धेरै गर्दैछन् ।
      ३,
      नेता सदनमा हल्लिएका
      सोझा निमुखा जनता
      कर तिर्नमा डल्लिएका।
    • कला ढकाल झापा
      …
      १,
      पेशा गर्छ चोर
      उसैको हुन्छ दिन
      कुरा गर्छ सोर !
      २,
      कोठाभित्रको त्यो राजनिती
      बुझ्नै सकेनन् कसैले
      कालो धन्दाको रणनीति !
      ३,
      टुक्केको कुरा टुक्कैमा
      कुरा गर्छ मुखैले
      विकास गर्छ मुक्कैमा !
    • धनमाया चौधरी, कैलाली
      …
      १,
      सधैं पीडा हत्तेरी
      असार गयो आयो
      साउने झरी फेरि!
      २,
      दाउरा , घाँस, पँधेरो
      गर्न गाह्रो बर्खामा
      मन हुन्छ अँधेरो!
    • साबित्री प्याकुरेल, धादिङ
      …
      १,
      यता लापत्तालाई खोज
      उता गर्छन् नेताहरू
      कुर्सीमा बसेर मोज ।
      २,
      नराम्रो देशको हाल
      एक आपसमा नेताज्यूलाई
      कुर्सीमा भयो मालामाल ।
      ३,
      राजनीतिक भो लुट
      राजा आऊ देशमा
      भ्रष्टाचारीलाई छानेर भुट ।
    • केसर बोहरा ( सङ्घर्ष ), सुदूरपश्चिम अछाम (हाल भारत)
      …
      १,
      मान्छेलाई जितेर भोकले
      युगौँ दास बनायो
      हैरानी थप्यो शोकले ।
      २,
      मोबाइल शत्रु बन्यो
      आफैंलाई बिर्सेर पो
      मान्छेले धरातल खन्यो ।
    • नन्दलाल आचार्य, सिद्धार्थटोल, उदयपुर
      हाल- एनेलकुटी, सिरहा ।
      …
      १,
      बाटो अवरुद्ध पहिरोले
      जतिसुकै ढ्याङ्ग्रो ठटाउनु
      सुन्दै सुन्दैनन् बहिरोले ।
      २,
      नगर्नु जाती जानाजानी
      बर्सातमा खन्याएको बजेट
      बेकार बालुवामा पानी ।
      ३,
      हुञ्जेल हेर्‍यो तमासा
      समयले नेटो काटेपछि
      हेर्दाहेर्दै पल्ट्यो पासा ।
    • कृष्णकुमार वैद्य, बनेपा ९, काभ्रे
      …
      १ ,
      पोको खोलेर जोड्नु
      धोको पुर्याई सधैँ
      मित्रता कहिल्यै नतोड्नु ।
      २ ,
      जीवन हाम्रो छोटो
      सदा हाँस्नु खेल्नु
      लगाएर न्यानो भोटो ।
    • हरिगोपाल न्हुच्छेँप्रधान, काभ्रे, बनेपा १४ साँगा बजार
      …
      १,
      चिन्ताले मन खायो
      श्रावणको भेलपछि अब
      भदौरे गर्मी आयो ।
      २,
      अखण्ड राष्ट्र रही
      नेपाली भएको गर्व
      हिमाल माथ सही ।
      ३,
      युवाका पाउ अडिए
      देशमा सुशासन आउने
      विगतका याद भरिए ।
    • भगवती दवाडी ,झापा
      …
      १,
      भयो मेरो हार
      दुःखी बने मन
      कसरी तर्ने जङ्घार ?
      २,
      मिठो बोली राम्रो
      हेरिरहेको तिमीलाई पनि
      कसरी बन्यो चाम्रो ?
      ३,
      संसारमा आएको माया
      भुलिदिने तिमी मलाई
      बनिरहन्छु तिम्रो छाँया।
    • नीमा छिरिङ भोटिया, जलढका कालेबुङ
      …
      १.
      झुटको खेती गरेर
      के पाउॅंछौ आखिरमा
      जान्छौ एकदिन मरेर।
      २.
      बिग्रेपछि सत्ता समीकरण
      जनतालाई गलाको पासो
      नेताहरूलाई पोषण भरण।
    • पुरुषोत्तम फुयाल, खोटाङ
      …
      १,
      अँध्यारोमा प्रकाश छर्ने
      गुरु टुकी हुन्
      अज्ञानीलाई ज्ञान भर्ने।
      २,
      धैर्यशाली हुन्छन् गुरु
      सहनशीलताका खानी पनि
      दिन्छन् ज्ञान खुरुखुरु।
      ३,
      आज्ञा गुरुको मानौँ
      माने गुरुको आज्ञा
      विद्वान बनिन्छ जानौँ।
    • सतीश पण्डित, भानु -६, चुँदी तनहूँ
      (हाल चनपा – ६ मातातीर्थ)
      …
      १,
      रगत पसिना बगाउँछु
      मेहनत गरेर म
      आफ्नै पौरखले रमाउँछु।
      २,
      हातमा मेहदी चुरा
      शिवको अर्चना गरेँ
      सपना भयो पूरा ।
    • प्रविना प्रयासी ओखलढुंगा
      …
      १,
      मुखले बरबराए भाइ
      विपरीत नगर्न भन्दा
      रहे मनमौजीमा दाइ ।
      २,
      हिसाब त मिलाएको
      कताबाट चित्त बुझेन
      चुहिने गोजी सिलाएको ।
      ३,
      कचकचमा व्यस्त छोरा
      भनेको मनमा नराखे
      बोक्नुपर्ला भविष्यमा बोरा ।
    • लक्ष्मी रिजाल, कञ्चनरूप-१२, रूपनगर, सप्तरी ।
      …
      १,
      समयले छल गर्यो
      गन्तव्यमा पुग्न नपाउँदै
      जिन्दगीको आशा मर्यो ।
      २,
      सत्य यही हो
      सहाराबिनाको जिन्दगी हजुर
      बाँचेर के भो ?
      ३,
      बचाउको नारा करायो
      छोपेर होला कलियुगले
      गुरुप्रतिको श्रद्धा हरायो ।
    • त्रिलोचन भण्डारी, मेचीनगर,झापा
      …
      १,
      मान्नु चाड पर्व
      मितव्ययी बनी सबैले
      सँस्कृतिको गर्नु गर्व।
      २,
      लगाएर हरियो चुरा
      उपवास बसी गरेको
      हुन्छ मनोकामना पूरा।
      ३,
      सुरु भयो साउन
      नरनारी मिलेर जाऊँ
      शिवलिङ्गमा जल चढाउन l
    • अरुण कुमार भुजेल, गोरुबथान,कालेबुङ,भारत
      …
      १.
      श्रावणका हरिया चुरा
      मेहेन्दीले रङ्गिएका हत्केला
      नहानियोस् संस्कारमा छुरा।
      २.
      श्रावण मासका सोमबार
      उपसना उनै भोलेको
      महिमा जसको अपरम्पार।
      ३.
      शिव मन्दिरमा जल
      एकाग्र चित्त भक्त
      खोजिन्छ मिठो फल।
    • तोया नाथ चापागाईं, दमक, झापा, नेपाल
      …
      १,
      सावनको महिना हरियो
      परदेश लागेको उनी
      यसरी मझधारमा परियो ।
      २,
      हरियो साडी चुराको
      ल्याईदिउला भन्थ्यौ तिमीले
      भरोसा लागेन कुराको ।
      ३,
      सन्चै होला कहन्छु
      कुशलताको कामना गर्दछु
      पीर जतिसुकै सहन्छु ।
    • मोती योन्जन सुब्बा, दार्जिलिङ निमकी डाँडा।
      …
      १,
      गर्दाखेरि कर्तव्य वहन
      गरिन्छ यो देशमा
      देशभक्तको पुत्ला दहन l
      २,
      सरकार हुँदा थपना
      अरथी उठ्यो न्यायको
      ब्रह्मलीन भए सपना l
      ३,
      सतीले सरापेको देशमा
      विधिसम्मत गर्न खोजे
      फसाइन्छ जघन्य केसमा l
    • बाबुराम गौतम, गुल्मी
      …
      १,
      हरियालीले पाखा छायो ।
      किसान खोज्दै खोरियामा
      मजाले फलफूल खायो ।
      २,
      हिलाम्मे सडक छाडेर ।
      ठेकेदार पस्यो नगरमा
      रातो झण्डा गाडेर ।
      ३,
      आषाढमा वजेट रित्तियो
      बाटोघाटो कमसल बनाइ।
      योजनाको काम सिद्धियो ।
    • हिरालाल न्यौपाने ,बानपा ८ काेटमाैला, सल्यान
      …
      १,
      नहिॅंड्नु कुबाटो रोजेर
      समय नै ढल्किएपछि
      पाइन्न इज्जत खोजेर!
    • मन्दिरा सेढाई, मलेखु, धादिङ
      …
      १,
      दर्कियो पानी सानू
      असारे झरी यो
      चुहिएला कि छानु।
    • शोभा आचार्य गौतम, काठमाडौँ
      …
      १,
      नझुकेर फलेको हाँगो
      कहाँ भेटिन्छ भन
      जिन्दगी औषधी हो ।
      २,
      बटुलेर जिन्दगीलाई संसारमा
      हिॅंड्ने आदत बसाउॅंदैछु
      सबैको सामु सवारमा।
      ३,
      सम्झेर आफ्नै यार
      शिर निहुराएर बारम्बार
      झुक्याएर आफ्नै अनुहार ।
    • ईश्वर साउद (भिक्षु), रामारोशन गाउँपालिका ६ सुदुरपश्चिम अछाम
      …
      १,
      फूल फुल्यो बारीमा
      नारी चट्टै सुहाँउछिन्
      लगाउँदा रातो सारीमा ।
      २,
      देशै भष्ट्राचारको थलो
      राजनीति मात्र खेल्ने
      नेता गर्दैन भलो।
      ३,
      निर्दोष फसाउने जाल
      नेताहरूले नै बुनेपछि
      हुन्छ देशको बेहाल ।
    • मन्जु बोहरा, सुदुरपश्चिम बझाङ
      …
      १,
      सत्तामा गए पुराना
      लछार पाटो लाउॅंदैनन्
      गरिबको उस्तै छाना ।
      २,
      बाढी, पहिरो गएर
      दु:ख पाए जनताले
      जोखिम पूर्ण भएर ।
    • बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो ), कनकाई ४ झापा
      …
      १
      देशमा हुनुपर्छ शान्ति
      रिस ईर्ष्या क्रोधले
      हट्छ मनको कान्ति ।
      २
      चिताले मरेकोलाई जलाउँछ
      भन्छन् चिन्ताले जिउँदोलाई
      रोगव्याधले मान्छेलाई ढलाउँछ ।
      ३
      हुनुहुन्न मान्छे चाम्रो
      असल कुरा सिक्नलाई
      देखासिकी गरे राम्रो ।
    • जयनारायण नेपाल, इलाम (हाल सूर्यविनायक २
      बालकोट ,भक्तपुर)
      …
      १,
      भरिॅंदा मनमा अहङ्कार
      नोक्सान हुन्छ आफ्नै,
      भोग्नुपर्छ जहिल्यै हार ।
      २,
      रिसले आफैँलाई खान्छ
      जान्दछ सम्मान जसले
      उसैको पहिचान लान्छ ।
      ३,
      रिस ठूलो रोग
      जाग्छ हरपल मनमा
      बदला लिने भोग ।
    • सीमा कार्की समर्पण, मेलचोक पर्सा
      …
      १,
      गणतन्त्र भनी खोक्छौ
      आफ्नाको गल्तीमा पनि
      फेरि आफैँ बोक्छौ ।
    • प्रेम थापा “मन”बागलुङ
      …
      १,
      कविता फलेन कविहरू,
      फलाउने उपाय खोज्दा,
      बिगारे कविका छविहरू ।
      २,
      रहरमा शहर पस्ने,
      फसेर कुलतमा भरे,
      उपाय सुधारशालामा बस्ने।
      ३,
      विनाअभ्यास केही नखोज
      गन्तव्य छिचोल्न गाह्रो
      सहज पदमार्ग रोज ।
    • मनोहरी पौडेल, गैँडाकोट १
      …
      १,
      मेरो गाउँ नागबेली
      रहस्यमय जीवन बित्यो
      पुरानो शैलीमा नखेली।
      २,
      दिनमा कोदाली खनेर
      आमाले खाजा दिनुहुन्थ्यो
      छोरी भोकाई भनेर ।
      ३,
      आनन्द उही आउँछ
      मेरो प्यारो जन्मभूमि
      सधैँ माया लाउँछ ।
    • ललिता गिरी, सिन्धुली (हाल काठमाडौँ, नेपाल)
      …
      १,
      गुरु पूर्णिमामा आयो
      गुरुलाई आदरको ओइरो,
      जीवन सार्थक लाग्यो।
      २,
      दिवसको जस्तै दिन
      हरेक दिन भइदिए,
      वृद्धहरू रुन्थे किन ?
    • सुस्मिता अधिकारी, काठमाडौँ

    ::::::::जय झिल्का साहित्य ! ::::::::::

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged झिल्का कविता, म्यामराज राई, वसन्त अनुभव, साप्ताहिक झिल्का कविता5 Comments on साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला- २७ सम्पन्न

    ‘टुक्कामाथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखन शृङ्खला- १४४ सम्पन्न

  • ८ श्रावण २०८१, मंगलवार २२:५५ मा प्रकाशित
  • काठमाडौँ । साप्ताहिक ‘टुक्कामाथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको १४४ औँ शृङ्खला सम्पन्न भएको छ ।
    अभ्यासमा नेपाल लगायत विश्वका ६४ जना नेपाली भाषी टुक्काकारहरूको सहभागिता रहेको कार्यक्रम संयोजक/ प्रशिक्षक एवम् टुक्का साहित्य समाजका उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो । टुक्का साहित्य समाजको आयोजनामा उक्त शृङ्खला विगत लामो समय देखि नियमित रूपमा सञ्चालन हुँदै आएको छ।

    टुक्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले समाजले विविध किसिमका कार्यक्रम गर्दै आइरहेको छ । टुक्का लेखनमा पृथकता एवं फरकपन भित्राउने सिलसिला अन्तर्गत यस शृङ्खला सञ्चालन गरिदै आएको समाजका संस्थापक अध्यक्ष, टुक्का प्रवर्तक एवम् कार्यक्रमका परिकल्पनाकार ताराप्रसाद चापागाईंले बताउनुभयो ।

    टुक्का लेखनका लागि एक व्यङ्ग्यात्मक टुक्का राखिने र त्यसैमा आधारित रहेर गहन भावको एक एक टुक्का सहभागीले राख्नुपर्ने संयोजक अनुभवले जनाउनुभयो ।
    टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको १४४ औँ शृङ्खलाको लागि प्रतिनिधि टुक्काको रूपमा समाजका उपाध्यक्ष वसन्त अनुभवले समसामयिक विषयमा लेख्नुभएको व्यङ्ग्यात्मक टुक्कालाई राखिएको संयोजक अनुभवले बताउनुभयो ।

    प्रतिनिधि टुक्का- १४४
    उनकै नाममा मेहदी लाए हातमा हरियो चुरा
    कुराकानी हाम्रो मिलेमा छिट्टै विवाह गर्ने छ कुरा ।
    वसन्त अनुभव
    ~<•>~

    सहभागी टुक्काकारहरूका टुक्काहरू-

    ~<•>~
    प्रेम गर्‍यौ मसँग तिमीले कुरा अन्तै छिन्यौ
    महल देख्दा झुपडी छोडी चुपचाप हिन्यौ ।
    ✍️
    वसन्त अनुभव
    घोराही, दाङ
    ~<•>~
    मेहदी चुरा लगाएर खाेज्ने महादेव झैँ पति
    व्रत छ एउटाकाे नाममा तर प्रेमी कति कति ?
    ✍️ ताराप्रसाद चापागाईँ
    धुनिबेसी, धादिङ
    ~<•>~
    मायालु प्रेमकाे बतासले छुने छ भनेको थिए पहिले
    चुरापाेते अर्कैले किनिदिएछ राम्रै ठानेकाे छु अहिले ।
    ✍️ रबि पाैडेल
    दक्षिण भारत पाण्डेचरी ।
    ~<•>~
    साउनमा मेहदी र चुरामा रङ्गिदैमा शिव आउँदैनन्
    घरमा कलह झगडा नित्य भए नारी खुसी पाउँदैनन् ।
    ✍️ बेदु न्यौपाने
    ~<•>~
    मैले पठाएको चुरा पोते बाला पाएकी पाएनौ
    मेरा नामको मेहदी हातैभरि लायौ की लाएनौ ।
    ✍️वेल थोकर
    ~<•>~
    एउटाको नाउँमा लाउँछन् मेहदी र हरियो चुरा पाेते सारी
    मौका परे अर्कै प्रेमीसँग हात समाई घुम्न जान्छन् मकै घारी ।
    ✍️ राज कुमार राजभण्डारी खाेटाङ्गे
    मध्यपुर ठिमी ५ संगम काेलाेनी राधे राधे भक्तपुर
    ~<•>~
    हरिया चुरा हरियाे कपडा लगाउँछिन् नारी
    साउनमा लगाउँछिन् हरियाे झैँ देखिने सारी।
    ✍️ नवराज भट्ट
    कञ्चनपुर
    ~<•>~
    हातमा मेहदी चुरा लाउँदैमा बिबाह हुँदैन
    कर्म गर्ने कोही कसैलाई यस्ता कुराले छुँदैन ।
    ✍️ चुडामणी देबकोटा
    पुरानोनैकाप काठमाण्डौ
    ~<•>~
    भोलि जस्तोसुकै होस्, गर्नु छ सपना पूरा
    फेरि साउन लाग्यो, फेर्नु छ हरियो चुरा ।
    ✍️ शंकर कार्की
    मकवानपुर ।
    ~<•>~
    तिम्रै नाउँको मेहदी छ भन्थ्यौ हातमा
    तिमी कहाँ चम्पट कस्यौ आधि रातमा।
    ✍️ रमेश दियाली
    शेल्पू सिटोंग दार्जिलिङ।
    ~<•>~
    पहिला गर्यौँ प्रेम अहिले किन दियौँ धोका
    अब फेरि पनि कसरी होला है खुला ढोका?
    ✍️ अर्जुन प्रसाद चौलागाई
    रामेछापः-सुनापति-१, हालः-अमेरिका,बोस्टन।
    ~<•>~
    जुनीजुनी सँगै जिउने होस् सपना पूरा
    तिम्रै नामको लाएको छु मेहदी र चुरा ।
    ✍️ अनिता भण्डारी, ताप्लेजुङ
    ~<•>~
    चाहिँदैन मलाई हातमा साउने चुरा
    माया दिनु सधैँ नरोप्नु वचनले छुरा
    ✍️ काजल न्यौपाने
    भोजपुर।
    ~<•>~
    बिहेपछि लाउनु पर्छ, सिन्दुर पोते चुरा
    श्रावणको महिना लाग्यो, सुन्न आमाको कुरा ।
    ✍️ एवाइ प्रभात
    सहिदभुमि धनकुटा
    ~<•>~
    कलियुगको हुने भो असर
    दण्ड सजायमा प्रभु नजर ।
    ✍️ कार्की डिबी माकुम
    सुनवल-४, नवलपरासी
    ~<•>~
    मेहदी र हरियो चुरा लाउनु हातैभरि
    बस्नु तिमी सजिएर शृङ्गार पटार गरी ।
    ✍ नवशिला।
    नवदेव मार्ग, लालभित्ती,बेलबारी,मोरङ।
    ~<•>~
    मेहदी र चुराभन्दा चाहिन्छ सधैँ तिम्रो हात
    परदेशमा कसरी बिताउँदै छौ प्यारा रात ।
    ✍️ सङ्गीता खरेल
    काठमाडौँ
    ~<•>~
    प्रेम एउटासँग, सुकार्नो कस्ने अर्कैतिर
    मेहन्दी चुरामा सजिएर दियौ ठूलो पिर।
    ✍️ अच्युत घिमिरे, सर्पाङ, भुटान 🇧🇹
    ~<•>~
    लगाऊ खुबै चुरा ती हरिया हरिया
    भएका छन् उनी, मिमहरूकै भरिया ।
    ✍️ नागेन्द्रप्रसाद यादव , दाङ ।
    ~<•>~
    मेरा नामकाे लगाउनु मेहदी हातमा हरियो चुरा
    याे वर्ष साेचेकाे सपना हाम्रो छिटै हुनेछ प्यारी पूरा ।
    ✍️ श्रीकृष्ण धामी – बझाङ
    ~<•>~
    अहिले लगाइराख हातभरि मेहदी र हरिया चुरा,
    मङ्सिरमा विवाह गर्ने सल्लाह गरेर मिलाउँला कुरा ।
    ✍️ विवश पारदर्शी
    झापा
    ~<•>~
    उकालो देखेर भिर
    मनमा लाग्दैछ पिर !
    ✍️ आर्त अकुलीन
    ~<•>~
    हरिया चुरा, सारी लगायौ खै त के पो पायौ ?
    संस्कृतिलाई लात मार्यौ र पाश्चात्यता धायौ !
    ✍️ कमला देवकोटा, पाल्पा
    ~<•>~
    हातमा लगाउ मेहदी फूलबुट्टा काटेर
    केशमा लगाउ अनि काेर कपाल बाटेर ।
    ✍️ शालिक राम दाहाल
    झाैखेल३ चाँगु
    ~<•>~
    लाखाैँ क्लेश मनमा बाेकी साेमवार शिव मन्दिर धाउने
    जग्गेमा लाएकाे नाता नै ताेडी अर्कैसँग आँखा जुधाउने।
    ✍️ हरिगाेपाल न्हुच्छेँप्रधान
    काभ्रे, बनेपा १४ , साँगाबजार ।
    ~<•>~
    श्रावण महिनामा हातमा हरियो चुरा
    हे ! भगवान् हाम्रा सबै सपना हाेउन् पूरा ।
    ✍️ केसर बाेहरा ( सङ्घर्ष )
    सुदूरपश्चिम अछाम , हाल भारतबाट
    ~<•>~
    नाैलो नयाँ मायाप्रीति तिमीसँगै गाढा भई बसिगयाे
    सिँगारेर देखाऊ रूप हाम्रो मिलन अब पक्का भयो ।
    ✍️ रामप्रसाद पुरी, बादेल, खाेटाङ ।
    ~<•>~
    मनमा सपना मीठो सोचेर बसेका थियौ होला
    चुरा पोते लगाउन आउन तर्न सकिन खोला ।
    ✍️ अम्बिका अधिकारी
    झापा बिर्तामोड
    ~<•>~
    हिन्दु नारी लगाएकाे छु, तिम्राे नाउँको सिन्दुर पाेते चुरा
    मन पर्दैन मलाई त ! नक्कली विदेशी व्यापारीका कुरा ।
    ✍️ प्रद्युम्न चालिसे
    भक्तपुर कटुञ्जे ।
    ~<•>~
    प्रेमकाे नाममा गर्ने धेरै नाटक
    जीवनकाे यहाँ छैन काेही पाठक ।
    ✍️डिल्लीराज (राजेन्द्र) भुसाल
    सन्धिखर्क-२, कुर, अर्घाखाँची
    ~<•>~
    तिम्रो मनको चाहना छिट्टै होस् पुरा
    हतारमा नगर्नु बिहे जस्तो कुरा ।
    पुष्पा सुवेदी
    नेपालगन्ज,बॅाके।
    ~<•>~
    किन होला जताततै विकृतिका कुरा मात्रै सुन्छ
    जस्ले लाउँछ मेहन्दी, चुरा उसकै बिछोड हुन्छ ।
    ✍️ मन्दिरा सेढाई, मलेखु,धादिङ
    ~<•>~
    साउन महिनाको नाटक गरी, हेर लगाइछ्यौ चुरा
    भेटघाट कहिल्यै भएको छैन, के को विवाहको कुरा ।
    ✍️ राजेशराज गड्तौला, कॅाडाघारी, काठमाण्डौ
    ~<•>~
    साउन मासका हरिया ती मेहन्दी र चुराले
    मन नफाटाउनु पछि जाली र झेली कुराले ।
    ✍️ घनश्याम पन्त
    हरिवन सर्लाही
    ~<•>~
    साउन माहिनामा हरियो लाउन कसले सिकायो
    आरोग्यको अफवाह फैलाएर चुरापोते बिकायो ।
    ✍️ कृष्णकुमार वैद्य बनेपा ९, काभ्रे
    ~<•>~
    चुरापाेते हरियाे लाए नि मन चाहिँ राख्छाै कालाे
    कहिले फाल्न सकिएला र खै माकुराेकाे झैँ जालाे ।
    ✍️ भवानी पाेखरेल (बाबू विराज)
    बाणगङ्गा १ चार नम्बर, कपिलवस्तु
    ~<•>~
    माया भनेर कसैलाई नदिनु कहिले विश्वासमा धोका
    मेहदी चुरामा मख्ख पर्दै मनमा नलिउ खुसीको पोका ।
    सुनगाभा पोखरेल
    हाल: नेपालगन्ज
    ~<•>~
    हरियो चुरा र मेहदी बेच्नेले पैसा कमाए
    एक महिना राम्रो व्यापार भयो भनी रमाए ।
    ✍️ कला ढकाल झापा
    ~<•>~
    हरियो चुरा, मेहदी किनिदेऊ न प्यारा !
    तिम्रै लागि त हो नि साँचेको जीवन सारा ।
    ✍️ साबित्री प्याकुरेल, धादिङ्ग
    ~<•>~
    यो भूमिमा शक्ति खेलाउनेहरूलाई सधैँ हरियाली साउन लाग्यो
    शक्तिबाट पीडितहरूका भएका घरखेत पनि बाढीसंगै भाग्यो !
    ✍️ पवनकुमार बुढाथेाकी
    काठमाडौं
    ~<•>~
    हतारिनु हुन्न हजुर वर्षा मासको बेला
    कुरा मिलाई राखि असाेजतिर हुनु भेला ।
    ✍️ अरुण कुमार भुजेल
    गोरू बथान कालेबुङ,भारत।
    ~<•>~
    पर्खेर बसेकी छु कहिले आउछौ भन
    उतातिर लागेछौ कि यता दिएर मन ।
    ✍️ प्रतिज्ञा प्रतिज्ञा
    मेहेलकुना सुर्खेत
    ~<•>~
    अरू केही चाहिँदैन देखाउनु सदैव आफ्नोपन
    सम्बन्ध गाढा राख्ने भए नगर्नु कहिल्यै गनगन l
    ✍️ बाबुराम गौतम, गुल्मी
    ~<•>~
    एकले लगाई हिँडे सबैले लगाउनु पर्ने
    देखासिकी गरेर हिँडदा त आफ्नै संस्कार हर्ने ।
    ✍️ दुर्गा आचार्य
    मोरङ
    ~<•>~
    मेहदी र हातमा छिनछिन चुरा किन्देऊ प्यारा
    कसौँला लगनगाँठो खुसी बनाई दुनियाँ सारा ।
    ✍️ प्रविना प्रयासी
    ~<•>~
    लगाई मेहदी, पहेला वस्त्र, लगाई हरिया चुरा
    व्रत बस्छु मन्दिर जान्छु प्याराको सपना गर्छु पूरा |
    ✍️ सरिता सेढाई धादिङ
    ~<•>~
    सुहाउँछ तिम्रो हातमा मेहदी र चुरा
    लगनगाँठो कस्ने इच्छा छिट्टै हुन्छ पूरा ।
    ✍️ चेतन खनाल (दाह्रीवाला)
    बङ्गलाचुली १ दाङ
    ~<•>~
    नलाए नि मेहदी अनि हातमा हरियाे चुरा
    राेकिदैँन है आखिरमा विवाहका खास कुरा ।
    ✍️ त्रिलाेचन भण्डारी
    मेचीनगर,झापा
    ~<•>~
    मेहदी र चुरा, हरियो लगाएर सारी
    व्रत बसेर शिव कहाँ भेटिन्छन् र नारी ?
    ✍️ राज बहादुर बडुवाल
    कनकासुन्दरि -५, जुम्ला
    ~<•>~
    वाणी पूरा नभए कुरा आउँछ लातको
    चुरासुराको कुरा नगरौँ यस्तो बातको ।
    ✍️ लक्ष्मी रिजाल
    कञ्चनपरूप-१२, प्रगतिटोल, सप्तरी ।
    ~<•>~
    हातमा सुहाउँदो छ मेहदी र हरियो चुरा
    घरी घरी हुँदैन नि बिहे घरमा रून्छन् भूरा।
    मोती सुब्बा
    ~<•>~
    मेरो नामको लगायो तिमीले कति हरियो चुरा
    भाग्य मेरो रहेछ अधुरो यसैले भएन पुरा ।
    ✍️ नीमा छिरिङ भोटिया
    जलढका कालेबुङ
    ~<•>~
    हरियो वस्त्र चुरा मेहदीमा गर्छन् नारी आफू उपवास
    चाहारी भट्टी पुरुष एकाबिहानै गर्छन् उल्टै उपहास ।
    ✍️ इन्दु श्रेष्ठ, चितवन
    ~<•>~
    माया एउटासँग विवाह गर्छौ अर्को
    बैँस हुन्जेल अघिपछि लाउछौ लर्को ।
    ✍️ बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो )
    कनकाई ४ झापा
    ~<•>~
    हत्केलामा मेहदी हातमा हरिया चुरा
    बाटो मोडी नहान्नु है मेरो दिलमा छुरा ।
    ✍️ तोयानाथ चापागाईं
    दमक,झापा,नेपाल
    ~<•>~
    मायाप्रेम हुँदैन हातमा लेखेर
    हेर पछि नलाउ अरूकाे देखेर ।
    ✍️ कुशल कँडेल
    ~<•>~
    तिम्रै नामको लगाएको छु हातमा मेहदी र चुरा
    अबदेखि नहिँड्नु ढाटेर पछि लाग्दै सुन्दरी सुरा ।
    ✍️ शोभा आचार्य गौतम
    काठमाडौँ
    ~<•>~
    देखाउँछिन् हातको मेहदीमा एउटाको नाम
    बिहे गर्छु भनेर पैसा धुत्ने किन गर्छन् काम ।
    ✍️ सुस्मिता अधिकारी ,काठमाडौँ
    ~<•>~
    काेही खाेज्छन् मेहदी र हरिया ती पाेते चुरा
    मेराे भने काेही छैन छेउमा गर्ने मीठा कुरा ।
    ✍️ हिरालाल न्याैपाने
    बानपा ८ काेटमाैला,सल्यान।
    ~<•>~
    साउनभरि हरियो लगाऊ कि रातो किनाऊ
    महादेव पुकार्दै पतिदेवलाई नै छिनाऊ ।
    ✍️ नन्दलाल आचार्य
    सिद्धार्थटोल, उदयपुर ।
    ~<•>~
    मेहदी लगाऊ मेरो नामको माया
    माया मर्दैन हाम्रो परे पनि छाया ।
    ✍️ धनुष न्यौपाने “यात्री”
    जुम्ला
    ~<•>~
    एउटाको नाममा हातमा मेहदी चुरा लगाएर
    भाग्यको खेल हो के गर्ने लगेछ अर्कैले भगाएर ।
    ✍️ सबिता खड्का, कैलाली
    ~<•>~
    साउनको महिना महिलाहरू लगाउँछन् मेहदी र चुरा
    हुने केही होइन स्वाङ पार्दै गर्छन् फेरि नानाभाँतिका कुरा ।
    ✍️ सतीश पण्डित
    भानु६ चुँदी तनहुँ, हाल चनपा६ मातातीर्थ
    ~<•>~
    देखावटी रमझम के गर्नु मन पाे ! सफा गर
    तिमीले चोखो माया दिए म पनि पर्थे तिम्रै भर ।
    ✍️ सुशीला शिखा
    काठमाडौं कागेश्वरी
    ~<•>~

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged टुक्का माथि टुक्का, टुक्का_कविता, वसन्त अनुभव1 Comment on ‘टुक्कामाथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखन शृङ्खला- १४४ सम्पन्न

    Posts navigation

    Older posts
    Newer posts

    Himalayan Dristi Team

    • प्रधान सम्पादक

      अनिल आचार्य

    About us

    • हाम्रोबारे

    Follow us on Facebook

    Contact Us

    Kathmandu, Nepal
    Email: himalayandristi@gmail.com
    Phone:-00977-9868990772
    Web:
    www.himalayandristi.com/
    विज्ञापनका लागि
    कृष्ण गिरि 00977-9860341922

    © Copyright 2020-2024 Himalayan Dristi. All Right Reserved. Design & Developed By K & P