• गृह पृष्ठ
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला /जीवनशैली
  • खेल
  • बिज्ञान/प्रविधि
  • राजनीति
  • विचार
  • समाज
  • साहित्य

Category: साहित्य

साप्ताहिक पञ्चाङ्ग चित्रपट भाग- १११

  • २७ पुष २०८१, शनिबार २१:०९ मा प्रकाशित
  • “पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग चित्रपट भाग :- एकएघारौंऔमा हामी पुगेका छौं।
    लेख्नु पर्ने पञ्चाङ्ग सङ्ख्या :- ०१
    मिति:- २०८१/०९/१८गते

    आदरणीय पञ्चाङ्ग अनुरागी एवम् स्रष्टाज्युहरू हार्दिक नमस्कार पञ्चाङ्ग साहित्य समाज नेपाल” को आधिकारिक दर्ता पछिको: १११[एकसयएघारौंऔं] चित्रपटमा,यहाँहरुलाई हार्दिक स्वागत गर्दै यस शृङ्खलामा दिइएको चित्र अनुसारको विम्बात्मक तथा गहन मौलिक भाव झल्किने एक पञ्चाङ्ग शनिबार बेलुका ९:०० बजे भित्र आफ्नो नाम र ठेगाना सहित कमेन्ट बक्समा लेख्नु हुन हार्दिक अनुरोध गर्दछौं!

    प्रशिक्षक :

    सोमनाथ लुइटेल “रवि पाल्पाली
    गुणनिधि घिमिरे
    सुशीला पाैडेल

    चित्र संकलन

    सुशीला पाैडेल

    संकलन
    सुशीला पौडेल
    दुर्गा रिजाल आचार्य

    शुद्धीकरण

    भवानी घिमिरे
    जमुना आचार्य
    पशपती राई
    पुष्पा नेपाल (सुवेदी )

    संरचना

    अनुप्रास :- आफू खुसी
    स्थायी :- आफू खुसी
    अक्षर :- बराबरी

    समायोजक

    सोमनाथ लुइटेल “रवि पाल्पाली”
    तथा

    पञ्चाङ्ग साहित्य समाज नेपाल

    चित्र अनुसार पञ्चाङ्गहरू [चित्रपट]
    ~~~~~
    पञ्चाङ्ग:०१
    पुरुषको आँखाबाट आँसु आएको देख्ने को छ?
    सदैव मानसिक तनाव पाएको देख्ने को छ?
    भन्ने गरिन्छ मर्द कहिल्यै पनि रुनु हुँदैन,
    तनाव मेटाउन अनेक खाएको देख्ने को छ?
    आफ्नो सबै त्यागेर एकान्त धाएको देख्ने को छ?
    सुशीला पौडेल

    पञ्चाङ्ग:०२
    चिन्ता धेरै पाएको जस्तो देखिन्छौ
    तातो चिसो खाएको जस्तो देखिन्छौ
    भनिन्छ मर्दले रुनु हुँदैन रे ,
    लेक बेसी धाएको जस्तो देखिन्छौ
    बादलुले छाएको जस्तो देखिन्छौ ।
    धनमाया चौधरी कैलाली

    पञ्चाङ्ग:०३

    परेली भिजेको छ आँखाकाे पानीले कठै
    दुःख दिइछिन् यिनलाई सान्नानीले कठै
    नपाउँदा कस्तो कस्तो पाएपछि भाे सस्तो
    गर्नेलाई रुवाए सृष्टिको खानीले कठै
    बिजाेगमा पर्यौ कान्छा तिम्रो बानीले कठै ।

    भवानी घिमिरे
    सर्लाही ।

    पञ्चाङ्ग-०४
    प्रविधिले मान्छेसँग मान्छेको भेट गरायो अचेल
    सम्बन्ध चाहिँ भयो बुरुक्क उफ्रिने खरायो अचेल
    वस्तुमा नै देख्छन् मान्छेहरू खुसी बजार जान्छन् किन्न
    बाहिर डुल्दा डुल्दा आत्माभित्र पस्नै डरायो अचेल
    आफैं भित्र थियो खुसी त खोइ कता हरायो अचेल।
    -पशपती राई खोटाङ ।

    पञ्चाङ:०५

    चिन्ताले जीवनमा दु ख मात्र दिएको देखिन्छ,
    किनहो कुन्नि आँखा भरि आँसु लिएको देखिन्छ।
    जमनालाई नै दिमागमा भण्डार गरी राखेर,
    मनमा पिर भएर उसले पिएको देखिन्छ ,
    दिन प्रतिदिन आफ्नो स्वरुप खिएको देखिन्छ।

    दुर्गा आचार्य
    मोरङ

    पञ्चाङ्ग :०६

    आँखाबाट आँसुहरू झारेकाे कसले देख्छ ?
    मनका इच्छा,चाहना मारेकाे कसले देख्छ ?
    कसलाई रहर हुन्न जिउँन सहजै
    जिन्दगीले घाटामा पारेको कसले देख्छ ?
    निधारमा भाग्यले टारेकाे कसले देख्छ ?

    नाम केसर बाेहरा ( सङ्घर्ष )
    सुदूरपश्चिम अछाम ।
    हाल भारतबाट ।।।

    👉पञ्चाङ्ग:०७
    जिउने रहरसँग ‌ हारेको ‌ मान्छे
    बहानामा डुबाएर मारेको मान्छे
    उस्ले नरोएको दिन कहिले छ र?
    आफ्नैले मर्नु न बाँच्नु‌ पारेको मान्छे
    जोडले खुट्टा तानेर झारेको मान्छे ।

    ✍️अच्युत घिमिरे, सर्पाङ, भुटान🇧🇹

    पञ्चाङ्ग:०८
    मेरो मनमा चोट परेको छ।
    अत्याचार दिनहुँ गरेको छ।
    कसले बुझ्ने मनको भावना,
    यी आँखाबाट आँसु झरेको छ।
    दुखाइले बसाइँ सरेको छ।
    ह्यारिस
    ॐ
    पञ्चाङ्ग:०९
    “””””””””
    प्राणीमा आहार निन्द्रा भय हुन्छ साथी
    मान्छे जीवनमा लक्ष तय हुन्छ साथी
    हाँसाे राेदन हुनु अनाैठाे कुरा ह्वाैन
    प्रगतिकाे पथ यदा क्षय हुन्छसाथी
    सफलता प्राप्त जब लय हुन्छ साथी ।
    प्रद्युम्न चालिसे
    भक्तपुर कटुञ्जे ।

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्य

    साप्ताहिक पञ्चाङ्ग भाग- १२८

  • २७ पुष २०८१, शनिबार २१:०५ मा प्रकाशित
  • “पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग भाग:एकसय अठाईसौंअभ्यासमा हामी पुगेका छौ। सम्पूर्ण पञ्चाङ्ग स्रष्टाहरुमा पञ्चाङ्ग लेख्नु हुन हार्दिक अनुरोध छ:
    अभ्यास पाठशालाको अभ्यास शृङ्खला दर्ता पछिको भाग :-१२८————————-

    विधा :- पञ्चाङ्ग
    अभ्यास गर्ने स्थान :- पञ्चाङ्ग अभ्यास पाठशाला
    मिति:- २०८१/०९/१५
    पञ्चाङ्ग वा समपञ्चाङ्ग लेखि बुधबार बेलुका ०९ बजेसम्म पठाउनु हुन अनुरोध छ।
    ……………………………………….
    प्रशिक्षक:-
    ……………
    सोमनाथ लुइटेल
    गुणनिधि घिमिरे
    सुशीला पौडेल

    ………………………
    भाषा शुद्धीकरण:-
    ———–
    भवानी घिमिरे
    पशपती राई

    सङ्कलक :-
    ———-
    दुर्गा रिजाल आचार्य

    संयोजक:-

    सोमनाथ लुइटेल “रवि पाल्पाली” ======================

    अक्षर सङ्ख्या:- [बराबरी]
    अनुप्रास :- आफुखुसी
    स्थायी :- अनिवार्य

    पञ्चाङ्ग:०१
    एक एक शब्दको मूल्य चुकाउनु पर्ने छ एकदिन।
    बोलेका,लेखेका शब्दले झुकाउनु पर्ने छ एकदिन
    कसको हैसियत के कति देखिएकै छ भन्नु पर्दैन,
    अहिलेसम्म देखाएको लुकाउनु पर्ने छ एकदिन।
    अपाच्य शब्दको तुजुक फुकाउनु पर्ने छ एकदिन।
    सुशीला पौडेल

    पञ्चाङ्ग:०२

    तारा झार्छु भन्छन् मायामा जून एक्लै हाेला
    तरकारी , अचार बिना नुन एक्लै हाेला
    के काे मजा दौरा नभएको गाेजी भएर
    नाक, कान कता हुन् कता सुन एक्लै हाेला ,
    मान्छे छैनन् सुन्ने भने त्यो धुन एक्लै हाेला ।

    भवानी घिमिरे
    सर्लाही ।

    पञ्चाङ्ग-०३
    आजभोलि कि खेलामा हुन्छ कि मेलामा हुन्छ मान्छे
    जहाँ हुन्छ रामरमिता त्यस्तै भेलामा हुन्छ मान्छे
    थोरै पनि दु:ख गर्ने जमाना त गैसकेछ कठै!
    पसिना बगाउन चाहादैनन् झेलामा हुन्छ मान्छे
    गम्भीर भएर सोच्नै मान्दैन रेलामा हुन्छ मान्छे।
    -पशपती राई खोटाङ ।

    पञ्चाङ्ग:०४
    बाबाले हेर छोडेर जानु भो
    संसारी नाता तोडेर जानु भो
    भगवान् लाई खाँचो भएर नै
    आफन्तलाई मोडेर जानु भो
    नजन्मिने रे कोरेर जानु भो
    -सुमित्रा पोखरेल काठमाडौं

    पञ्चाङ्ग:०५
    यहाँ चोखो प्रेममा राजनीति झैँ खेल हुन थालेछ,
    फटाहा र जालीहरुको धेरै नै मेल हुन थालेछ।
    जसरी तिमीले त्यो चोखो प्रेमलाई लत्याएर गयौ
    माया गर्ने हरुको दिल अब त जेल हुन थालेेछ,
    त्यसैले होला मायालुको आँखामा भेल हुन थालेछ।

    दुर्गा आचार्य
    मोरङ

    पञ्चाङ्ग:०६
    खुसीमा एकसाथ हासौँला हामी।
    भएका शत्रु बैरी मासौँला हामी।
    जिन्दगी हाँसेर बिताउनु पर्छ,
    प्रेममा जल्नेलाई नासौँला हामी।
    मिलेर प्रेम माला गासाैँला हामी।
    ह्यारिस

    पञ्चाङ्ग:०७
    पुरानो कुरालाई छोडेर जाने
    अड्कलहरू सब तोडेर जाने
    नयाँ सालको शुभकामना साथै
    उत्साह र उमङ्ग गोडेर जाने
    सफलता केवल ओडेर जाने ।

    ✍️अच्युत घिमिरे, सर्पाङ, भुटान🇧🇹

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्य

    साप्ताहिक पञ्चाङ्ग चित्रपट भाग- ११०

  • २७ पुष २०८१, शनिबार २१:०३ मा प्रकाशित
  • “पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग चित्रपट भाग :- एकसयआठऔमा हामी पुगेका छौं।
    लेख्नु पर्ने पञ्चाङ्ग सङ्ख्या :- ०१
    मिति:- २०८१/०९/११गते

    आदरणीय पञ्चाङ्ग अनुरागी एवम् स्रष्टाज्युहरू हार्दिक नमस्कार पञ्चाङ्ग साहित्य समाज नेपाल” को आधिकारिक दर्ता पछिको: ११०[एकसयदसौँऔं] चित्रपटमा,यहाँहरुलाई हार्दिक स्वागत गर्दै यस शृङ्खलामा दिइएको चित्र अनुसारको विम्बात्मक तथा गहन मौलिक भाव झल्किने एक पञ्चाङ्ग शनिबार बेलुका ९:०० बजे भित्र आफ्नो नाम र ठेगाना सहित कमेन्ट बक्समा लेख्नु हुन हार्दिक अनुरोध गर्दछौं!

    प्रशिक्षक :

    सोमनाथ लुइटेल “रवि पाल्पालि
    गुणनिधि घिमिरे
    सुशीला पाैडेल

    चित्र संकलन

    सुशीला पाैडेल

    संकलन
    सुशीला पौडेल
    दुर्गा रिजाल आचार्य

    शुद्धीकरण

    भवानी घिमिरे
    जमुना आचार्य
    पशपती राई
    पुष्पा नेपाल (सुवेदी )

    संरचना

    अनुप्रास :- आफू खुसी
    स्थायी :- आफू खुसी
    अक्षर :- बराबरी

    समायोजक

    सोमनाथ लुइटेल “रवि पाल्पाली”
    तथा

    पञ्चाङ्ग साहित्य समाज नेपाल

    चित्र अनुसार पञ्चाङ्गहरू [चित्रपट]
    पञ्चाङ्ग:०१
    भुक्ने कुकुर सदैव भुक्छ जान्छ यहाँ।
    गर्ने केही होइन अरूको खान्छ यहाँ।
    कुकुरले आफ्नो गल्ती कहिल्यै देख्दैन,
    मैले जे गरे त्यही राम्रो हो मान्छ यहाँ।
    आफूले आफैंलाई चलाख ठान्छ यहाँ।
    सुशीला पौडेल

    पञ्चाङ्ग:०२
    कुकुरै कुकुरले भरिएको देश हाम्रो
    विदेशीको कम्पनी छरिएको देश हाम्रो
    कुन दिन आमालाई टोक्छ यसले यहाँ ,
    बिचमा हड्डी फाल्ने गरिएको देश हाम्रो
    भाइभाइले लडी मरिएको देश हाम्रो ।।
    धनमाया चौधरी कैलाली

    पञ्चाङ्ग-०३
    कुकुर भन्दा मान्छे अचेल धेरै भुक्न थाले
    आफ्नै फोटो टाँसेर संजालभरि थुक्न थाले
    कुकुर हो कि मान्छे टोकि पो हाल्छ गाँठे ख्याप्प
    ज्यान मोटाई डुम्म छ बुद्धि भने सुक्न थाले
    सर्वश्रेष्ठ हुँ भन्ने मान्छे हेर कसरी चुक्न थाले।
    -पशपती राई खोटाङ ।

    पञ्चाङ्ग:०४
    कुकुरलाई ठान्छु एउटा साँचो साथी
    हृदयदेखि मान्छु एउटा साँचो साथी
    प्राचीनदेखि गहिरो सम्बन्ध हुनाले
    आफूतिर नै तान्छु एउटा साँचो साथी
    अझ अगाडि लान्छु एउटा साँचो साथी।

    ✍️अच्युत घिमिरे, सर्पाङ, भुटान🇧🇹

    पञ्चाङ्ग-
    अक्षर-१५
    कुकुर घरमा बफादार हुन्छ अचेल,
    जहिले पनि सहि ठाउँमा छुन्छ अचेल
    किनकि मानिसमा त्यति चेतना नै छैन
    किन हो कुनित रातिसम्म रुन्छ अचेल
    त्यसैले मेरो मनले पनि सुन्छ अचेल।

    दुर्गा आचार्य
    मोरङ
    पञ्चाङ्ग:०६
    पालेको कुकुरले टोकेर हैरान भो
    तलाई मार्छु भन्दै ठोकेर हैरान भो
    भनिन्छ कुकुरलाई वफादार पशु
    नीच ब्यबहारले झोकेर हैरान भो
    सधैं बार मिति तोकेर हैरान भो।

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्य

    साप्ताहिक पञ्चाङ्ग भाग- १२७

  • २७ पुष २०८१, शनिबार २०:५९ मा प्रकाशित
  • “पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग भाग:एकसय सत्ताईसौंअभ्यासमा हामी पुगेका छौ। सम्पूर्ण पञ्चाङ्ग स्रष्टाहरुमा पञ्चाङ्ग लेख्नु हुन हार्दिक अनुरोध छ:
    अभ्यास पाठशालाको अभ्यास शृङ्खला दर्ता पछिको भाग :-१२७————————-

    विधा :- पञ्चाङ्ग
    अभ्यास गर्ने स्थान :- पञ्चाङ्ग अभ्यास पाठशाला
    मिति:- २०८१/०९/०८
    पञ्चाङ्ग वा समपञ्चाङ्ग लेखि बुधबार बेलुका ०९ बजेसम्म पठाउनु हुन अनुरोध छ।
    ……………………………………….
    प्रशिक्षक:-
    ……………
    सोमनाथ लुइटेल
    गुणनिधि घिमिरे
    सुशीला पौडेल

    ………………………
    भाषा शुद्धीकरण:-
    ———–
    पुष्पा सुवेदी नेपाल
    भवानी घिमिरे
    जमुना आचार्य
    पशपती राई

    सङ्कलक :-
    ———-
    दुर्गा रिजाल आचार्य

    संयोजक:-

    सोमनाथ लुइटेल “रवि पाल्पाली” ======================

    अक्षर सङ्ख्या:- [बराबरी]
    अनुप्रास :- आफुखुसी
    स्थायी :- अनिवार्य

    पञ्चाङ्ग:०१
    कुरा नमिले मिलाउनु आफैं।
    फाटेको मन सिलाउनु आफैं
    जिन्दगी जिउनु छ जसरी पनि,
    दुश्मन जति जिलाउनु आफैं।
    गर्न नसके बिलाउनु आफैं ।
    -सुशीला पौडेल

    पञ्चाङ्ग:०२
    आउने मिति सर्दै गयो
    माया पिरती टर्दै गयो
    अन्त्य बिनाको पर्खाइले
    पर्खने इच्छा मर्दै गयो
    एकान्त मन पर्दै गयो ।

    ✍️अच्युत घिमिरे, सर्पाङ, भुटान🇧🇹

    पञ्चाङ्ग:०३
    जिन्दगी कहिले नुहेर बित्ने रहेछ,
    आँसुले परेली चुहेर बित्ने रहेछ।
    मनमा आधी हाँसो छ आधी रोदन छ,
    किन सबै सामु तुहेर बित्ने रहेछ ?
    अन्धविश्वासले कुहेर बित्ने रहेछ।

    दुर्गा आचार्य
    मोरङ

    पञ्चाङ्ग:०४
    गिलो माटोलाई आकार बनाउँदै छु
    सप्रियोस भनेर पानी खनाउँदै छु
    परिश्रमको फल त पाइन्छ होला नि ,
    घाँटी सुकाइ अक्षर नै भनाउँदै छु
    असल नागरिक भनी जनाउँदै छु ।।
    -धनमाया चौधरी कैलाली

    पञ्चाङ्ग -०५
    कालो मनले त घोच्छ मात्रै कसैलाई छुदैन साहेब
    रोए जस्तो गरेपनि त्यो कहिल्यै रुदै रुदैन साहेब
    जबसम्म रुन सक्दैन मन सफा कसरी हुन सक्छ
    धुन्छ मन आँसुले मात्रै गङ्गाजलले धुदैन साहेब
    दियो बले मनको अँध्यारोको अस्तित्व हुँदैन साहेब।
    -पशपती राई खोटाङ ।

    पञ्चाङ्ग:०६
    हतियारलाई अङ्गिकार गरियो डरका खातिर महाेदय
    त्राहिमाम भएर हजुर ज्यान जाेगाउन आखिर महाेदय
    पीडा अति तिखाे भनिन्छ मर्नु भन्दा बाैलाउनु जाति रे
    निकाअनन्त उही रहेछ केवल खाए हजुर जागिर महाेदय
    दिन प्रतिदिन युवाकाे लस्कर लाग्याे झन बाहिर महाेदय ।
    प्रद्युम्न चालिसे

    पञ्चाङ्ग:०७
    मायामा त हृदयले छुनु पर्छ।
    दुःख र सुखमा साथ हुनु पर्छ।
    जीवनमा आखिर के पाे हुन्छ र,
    एक आपसकाे मैलाे धुनु पर्छ।
    दुखमा सँगै मिलेर रुनु पर्छ।
    ह्यारिस

    पञ्चाङ्ग०८
    खेल्न मन छैन कसैसँग मायाको हाेली खास
    किन हो किन बाेल्न मन छैन आजभोलि खास
    जिन्दगी त दुईदिने घाम छाँया न हाे त्यसैले
    लेख्न खाेज्दैछु म मनको कुरा सबै खाेली खास
    माया गर्छु भन्नेकाे विश्वास लाग्दैन बाेली खास।
    राज कुमार राजभण्डारी खाेटाङे
    ऐसेलुखर्क ३ खाेटाङ हाल भक्तपुर ।

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्य

    साप्ताहिक पञ्चाङ्ग चित्रपट भाग- १०८

  • २७ पुष २०८१, शनिबार २०:५३ मा प्रकाशित
  • “पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग चित्रपट भाग :- एकसयआठऔमा हामी पुगेका छौं।
    लेख्नु पर्ने पञ्चाङ्ग सङ्ख्या :- ०१
    मिति:- २०८१/०८/२७गते

    आदरणीय पञ्चाङ्ग अनुरागी एवम् स्रष्टाज्युहरू हार्दिक नमस्कार पञ्चाङ्ग साहित्य समाज नेपाल” को आधिकारिक दर्ता पछिको: १०९[एकसयनौऔं] चित्रपटमा,यहाँहरुलाई हार्दिक स्वागत गर्दै यस शृङ्खलामा दिइएको चित्र अनुसारको विम्बात्मक तथा गहन मौलिक भाव झल्किने एक पञ्चाङ्ग शनिबार बेलुका ९:०० बजे भित्र आफ्नो नाम र ठेगाना सहित कमेन्ट बक्समा लेख्नु हुन हार्दिक अनुरोध गर्दछौं!

    प्रशिक्षक :

    सोमनाथ लुइटेल “रवि पाल्पाली
    गुणनिधि घिमिरे
    सुशीला पाैडेल

    चित्र संकलन

    सुशीला पाैडेल

    संकलन
    सुशीला पौडेल
    दुर्गा रिजाल आचार्य

    शुद्धीकरण

    भवानी घिमिरे
    जमुना आचार्य
    पशपती राई
    पुष्पा नेपाल (सुवेदी )

    संरचना

    अनुप्रास :- आफू खुसी
    स्थायी :- आफू खुसी
    अक्षर :- बराबरी

    समायोजक

    सोमनाथ लुइटेल “रवि पाल्पाली”
    तथा

    पञ्चाङ्ग साहित्य समाज नेपाल

    चित्र अनुसार पञ्चाङ्गहरू [चित्रपट]
    ~~~~~
    पञ्चाङ्ग:०१
    सुन्दर फूल फुलेका छन्।
    मन त्यसैमा डूलेका छन्।
    हेर्दा राम्रो देखिने फूल,
    सबैका आँखा झुलेका छन्।
    आकाश धर्ती खुलेका छन्।
    सुशीला पौडेल

    पञ्चाङ्ग:०२
    फूल फुलेर सुगन्ध छर्दै छ
    हरियालीको रङ्गिन भर्दै छ
    फूल आफैँमा स्वछन्द हुन्छ नै
    त्यो स्वच्छता त बोटमा सर्दै छ
    सुन्दरता हेर्दा अशान्ति हर्दै छ
    शोभा आचार्य गौतम
    काठमाडौँ

    पञ्चाङ्ग-०३

    छेउमा प्रकृति सधैं लठ्ठ पर्दैछ आहा,
    त्यो सुन्दर फुलले सुगन्ध छर्दैछ आहा।
    हिमाल पहाड र तराई जता पाइने,
    घामको लाली किरण त्यतै सर्दैछ आहा,
    सबैलाई लोभ्याउने मोह गर्दैछ आहा।

    दुर्गा आचार्य
    मोरङ

    पञ्चाङ्ग:०४
    राखेकाे चित्र मलाई साह्रै सुन्दर लागेकाे छ
    देखेर मेराे मनमा कस्ताे उमङ्ग जागेकाे छ
    याे सुन्दर दृश्य कसलाई मन पर्दैन हाेला
    दृश्य हेरेपछि मेराे रातकाे निद्रा भागेकाे छ
    आँखाले पनि किन हाेला त्यही फूल दागेकाे छ

    नवराज भट्ट
    कञ्चनपुर

    पञ्चाङ्ग:०५

    हिमालको बुइमा हिउँ देख्छु म त
    पहराकाे हरियो जिउ देख्छु म त
    ढकमक्क फूल फुलि बसाएको ठाउँ ,
    धरती सजाउने बिउ देख्छु म त
    छ सुन्दर शान्तमा घिउ देख्छु म त ।

    भवानी घिमिरे
    सर्लाही ।

    पञ्चाङ्ग-०६
    एकबारको जिन्दगीमा फूल जस्तै हाँसी देउ है
    सुवास छर्दै धर्तीमा दुर्गन्ध सबै नासी देउ है
    देउताले पनि लासले पनि तिम्रो चर्चा गर्नेछन्
    तिमीले भने सधैं अजम्बरी माया गाँसि देउ है
    दिन्छु तिम्लाई चोखो माया मुटुभित्रै टाँसी देउ है।
    -पशपती राई खोटाङ ।

    ॐ
    पञ्चाङ्ग:०७
    “””””””””
    प्रकृतिको सुन्दर उपहार फूल हजुर
    महका लागि जुटेको माहुरी हुल हजुर
    दैवले प्रत्येक जीवलाई नचाउने गर्छ
    वर्षा लाग्यो भेट्ने गाह्रो भाे छैन पुल हजुर
    बाध्यता नबुझी रिसाए हुन्छ भुल हजुर ।
    प्रद्युम्न चालिसे
    भक्तपुर कटुञ्जे ।

    पञ्चाङ्ग,:०८
    फूलले चारैतिर सुगन्ध छरेकाे छ
    कति सुन्दर यो ढकमक्क परेको छ
    फूल स्वतन्त्रले नै बाँचिरहन्छ सधैँ
    प्रकृति सौरम्यताले यहाँ भरेकाे छ
    फक्रेर प्रकृतिलाई सम्मान गरेकाे छ ।।

    नाम केसर बाेहरा ( सङ्घर्ष )
    सुदूरपश्चिम अछाम ।
    हाल भारतबाट ।

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्य

    पञ्चाङ्ग लेखन अभ्यास शृङ्खला- १२६

  • ७ पुष २०८१, आईतवार २३:०४ मा प्रकाशित
  • “पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग भाग:एकसय छब्बिसौंअभ्यासमा हामी पुगेका छौ। सम्पूर्ण पञ्चाङ्ग स्रष्टाहरुमा पञ्चाङ्ग लेख्नु हुन हार्दिक अनुरोध छ:
    अभ्यास पाठशालाको अभ्यास शृङ्खला दर्ता पछिको भाग :-१२६—————————-

    विधा :- पञ्चाङ्ग
    अभ्यास गर्ने स्थान :- पञ्चाङ्ग अभ्यास पाठशाला
    मिति:- २०८१/०९/०१
    पञ्चाङ्ग वा समपञ्चाङ्ग लेखि बुधबार बेलुका ०९ बजेसम्म पठाउनु हुन अनुरोध छ।
    ……………………………………….
    प्रशिक्षक:-
    ……………
    सोमनाथ लुइटेल
    गुणनिधि घिमिरे
    सुशीला पौडेल

    ………………………
    भाषा शुद्धीकरण:-
    ———–
    पुष्पा सुवेदी नेपाल
    भवानी घिमिरे
    जमुना आचार्य
    पशपती राई

    सङ्कलक :-
    ———-
    दुर्गा रिजाल आचार्य

    संयोजक:-

    सोमनाथ लुइटेल “रवि पाल्पाली” ======================

    अक्षर सङ्ख्या:- [बराबरी]
    अनुप्रास :- आफुखुसी
    स्थायी :- अनिवार्य

    पञ्चाङ्ग:०१
    अरु सुखले बसेको देख्छन् यहाँ।
    सम्झाउँदा नि डसेको देख्छन् यहाँ।
    राम्रो गर्दा नराम्रो देख्ने मान्छे हुन्
    खुसीमा आँसु खसेको देख्छन् यहाँ।
    बाध्यताले नै कसेको देख्छन् यहाँ।
    -सुशीला पौडेल

    पञ्चाङ्ग:०२
    अन्याय र अत्याचारमा मर्नु हुन्न,
    दुनियाँ स्वार्थी हुन्छ पर सर्नु हुन्न।
    समाजमा विकृति आएको छ यस्तो ,
    आफू गिर्ने काम कहिल्यै गर्नु हुन्न,
    फेसनको नाम इज्जत हर्नु हुन्न।

    -दुर्गा आचार्य
    मोरङ

    पञ्चाङ्ग:०३
    अति भयो केही त कुरा बोल न
    त्यो मनमा के छ अब त खोल न
    पक्कै मुटु छ ढुङ्गा त छैन माया
    कहिलेकाँही त मिठास घोल न
    कति हार्छौ तिमी प्रेमले गोल न।
    -शोभा आचार्य गौतम
    काठमाडौँ
    पञ्चाङ्ग:०४
    अब त अतिनै भो बोल्नु पर्छ
    मन भित्रका बह खोल्नु पर्छ
    भन्दै नभनेमा के थाहा हुन्छ ,
    बिस्तारै मनोभाव छोल्नु पर्छ
    घात गर्नेलाई त पोल्नु पर्छ ।।
    -धनमाया चौधरी कैलाली

    पञ्चाङ्ग:०५
    भन्दैछ शिशिरले खुसी हुँदै म आएको छु ।
    जनजीवन तर्साउँदै सर्वत्र छाएको छु।
    मेरो हाे साम्राज्य यहाँ के काे कमि छ र म मा ?
    आजभोलि पानी हैन सक्दाे हिउँ खाएको छु
    बृद्ध, बाल , कमजोरलाई ङ्याक्न पाएकाे छु।

    भवानी घिमिरे
    सर्लाही ।

    ॐ
    पञ्चाङ्ग:०६
    इमान जमान व्यवहारमा मूल भै गिरेकाे साथी
    जनतामा जताततै समस्या शूल भै पिरेकाे साथी
    जालझेल राजनैतिक खेल सप्रिएकाे छ हजुर
    विधिसम्मत व्यवस्था नचल्दा भुल भै तिरेको साथी
    नेता उपाधि लामखुट्टे पात्लाे झुल भै छिरेको साथी ।
    प्रद्युम्न चालिसे
    भक्तपुर कटुञ्जे ।

    पञ्चाङ्ग :०७
    प्राण हुनेको एक दिन हरण पक्कै
    थाहा हुन्न पाइने नयाँ वरण पक्कै
    सुकर्म गरौं फलको चिन्ता होला किन ?
    सेवामा समर्पित प्रभु चरण पक्कै
    आत्मा शान्ति तन प्रभुको शरण पक्कै।
    कार्की डिबी माकुम
    सुनवल-४, नवलपरासी

    👉पञ्चाङ्:०८
    भाँजो पार्ने झिँजामिजा जिलाएर आऊ
    गर्न सक्ने सबैकुरा मिलाएर आऊ
    सफलताको योग फेरि फेरि आउँदैन
    जोडजाड टुक्राटाक्रि सिलाएर आऊ
    यथार्थले झूटलाई बिलाएर आऊ ।

    ✍️अच्युत घिमिरे, सर्पाङ, भुटान🇧🇹

    पञ्चाङ्ग:०९
    जति दियो नि उति नै पाइन्छ माया
    मागेर हैन दिएर लाइन्छ माया
    न अपेक्षा हुन्छ न त स्वार्थ भेटिन्छ
    बरु आफ्नै बलि पो चढाइन्छ माया
    खानु परे बिष आफैं खाइन्छ माया।
    -पशपती राई खोटाङ ।

    पञ्चाङ्ग:१०
    तिमी पिउने पानी बन्नु प्रिया।
    मेरो आँखाको नानी बन्नु प्रिया।
    जीवन राम्रो गरि बिताउन,
    सधैं मायाको खानी बन्नु प्रिया
    दुष्टको लागि हानी बन्नु प्रिया।
    ह्यारिस

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged पञ्चाङ्ग

    साप्ताहिक पञ्चाङ्ग चित्रपट भाग- १०८

  • ७ पुष २०८१, आईतवार २२:५९ मा प्रकाशित
  • “पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग चित्रपट भाग :- एकसयआठऔमा हामी पुगेका छौं।
    लेख्नु पर्ने पञ्चाङ्ग सङ्ख्या :- ०१
    मिति:- २०८१/०८/२७गते

    आदरणीय पञ्चाङ्ग अनुरागी एवम् स्रष्टाज्युहरू हार्दिक नमस्कार पञ्चाङ्ग साहित्य समाज नेपाल” को आधिकारिक दर्ता पछिको: १०८[एकसयआठऔं] चित्रपटमा,यहाँहरुलाई हार्दिक स्वागत गर्दै यस शृङ्खलामा दिइएको चित्र अनुसारको विम्बात्मक तथा गहन मौलिक भाव झल्किने एक पञ्चाङ्ग शनिबार बेलुका ९:०० बजे भित्र आफ्नो नाम र ठेगाना सहित कमेन्ट बक्समा लेख्नु हुन हार्दिक अनुरोध गर्दछौं!

    प्रशिक्षक :

    सोमनाथ लुइटेल “रवि पाल्पाली
    गुणनिधि घिमिरे
    सुशीला पाैडेल

    चित्र संकलन

    सुशीला पाैडेल

    संकलन
    सुशीला पौडेल
    दुर्गा रिजाल आचार्य

    शुद्धीकरण

    भवानी घिमिरे
    जमुना आचार्य
    पशपती राई
    पुष्पा नेपाल (सुवेदी )

    संरचना

    अनुप्रास :- आफू खुसी
    स्थायी :- आफू खुसी
    अक्षर :- बराबरी

    समायोजक

    सोमनाथ लुइटेल “रवि पाल्पाली”
    तथा

    पञ्चाङ्ग साहित्य समाज नेपाल

    चित्र अनुसार पञ्चाङ्गहरू [चित्रपट]
    ~~~~~
    पञ्चाङ्ग:०१
    आँखाबाट आँसु झरेको छ।
    भाग्यले अन्याय गरेको छ।
    जिन्दगी कसरी बिताउने,
    हृदयमा चोट परेको छ।
    बसाई अन्यत्र सरेको छ।
    सुशीला पौडेल

    पञ्चाङ्ग:०२
    यो जिन्दगीले सबैलाई हँसाएर छोड्यो
    कसैले त आँखाको आँसु खसाएर छोड्यो
    माल पाई चाल नपाउनेलाई के थाहा ?
    आँखाबाट झरी गालामा घसाएर छोड्यो
    मर्म नबुझी नयाँ घर बसाएर छोड्यो ।
    -धनमाया चौधरी कैलाली

    पञ्चाङ्ग:०३
    मुस्कान छ ओठमा परेलीमा आँसु
    तिर्खाएको मन छ बरेलीमा आँसु
    हाँसो छ आधा,आधा बोल्दछ रोदन
    बसेकी छिन् प्यासले तरेलीमा आँसु
    नदि वेग झरेका करेलीमा आँसु।

    होमप्रसाद नेउपाने
    धरान,सुनसरी ।

    पञ्चाङ्ग:०४

    आँखाबाट आँसु झरिरहेछ किन
    यो मनमा पिर परिरहेछ किन
    जति मन बुझाउँदा पनि नबुझ्ने
    धैर्यता र शान्ति हरिरहेछ किन
    अशान्तिले डेरा गरिरहेछ किन।
    शोभा आचार्य गौतम
    काठमाडौँ

    पञ्चाङ्ग:०५

    जिन्दगी कहिले नुहेर बित्ने रहेछ,
    आँसुले परेली चुहेर बित्ने रहेछ।
    मनमा आदि हाँसो छ आदि रोदन छ,
    किन सबै सामु तुहेर बित्ने रहेछ ?
    अन्ध विश्वासले कुहेर बित्ने रहेछ।

    दुर्गा आचार्य
    मोरङ

    पञ्चाङ्ग :०६

    आँखाबाट बलिन्द्र आँसु झरेकाे पत्तो भएन
    भाग्यले जीवनमा दुःख छरेकाे पत्ताे भएन
    जिन्दगीमा जिउँन सजिलो कहाँ छ र त्यत्तिकै
    हृदयकाे भित्रमा चाेट परेकाे पत्तो भएन
    उकाली र ओरालीहरू गरेको पत्तो भएन

    नाम केसर बाेहरा ( सङ्घर्ष )
    सुदूरपश्चिम अछाम ।
    हाल भारतबाट ।
    ॐ
    पञ्चाङ्ग:०७


    जीवन आँसु र हाँसाेकाे पाेका रहेछ प्रिया
    याैवन आखिर प्रेमकाे ढाेका रहेछ प्रिया
    सुख र दु:ख जीवनकाे एउटा चक्र रैछ
    अल्लारेपन जीवनकाे धाेका रहेछ प्रिया
    जिन्दगी अनन्त मान्छेकाे खाेका रहेछ प्रिया ।
    प्रद्युम्न चालिसे
    भक्तपुर कटुञ्जे ।

    ,पञ्चाङ्ग:०८
    आँसु खसालि समाधान गर्ने आश्वासन
    एकोहोरो मायाले मुटु भर्ने आश्वासन
    त्यो भावनासरि आँसुको मूल्य नबुझ्दा
    पीडित भइ बाँच्ने आशा मर्ने आश्वासन
    कति टिक्ला र पर-पर सर्ने आश्वासन ।

    ✍️अच्युत घिमिरे, सर्पाङ, भुटान🇧🇹

    पञ्चाङ्ग-०९

    तिम्रो आँखाको नानीमै म त बसेको थिएँ
    बेला मौका हेरि मनभित्रै पसेको थिएँ
    भागी नजाउ है भन्दाभन्दै पनि तिमीले
    तिम्रो त्यो आँसुको थोपासँगै खसेको थिएँ
    तिम्रो मायालाई त मुटुमै कसेको थिएँ।
    -पशपती राई खोटाङ

    पञ्चाङ्ग:१०
    खै कहाँ के छाेयौ थाहा छैन मलाई ।
    किन तिमी राेयौ थाहा छैन मलाई ।
    बर्षाकाे मेघ झैँ आँखामा देख्छु आँसु ,
    कुन पाप धाेयौ थाहा छैन मलाई ।
    कस्तो पिडा फाेयौ थाहा छैन मलाई ।

    भवानी घिमिरे
    सर्लाही ।

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged पञ्चाङ्ग

    पञ्चाङ्ग लेखन अभ्यास शृङ्खला- १२५

  • ७ पुष २०८१, आईतवार २२:५२ मा प्रकाशित
  • “पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग भाग:एकसय पच्चीसौंअभ्यासमा हामी पुगेका छौ। सम्पूर्ण पञ्चाङ्ग स्रष्टाहरुमा पञ्चाङ्ग लेख्नु हुन हार्दिक अनुरोध छ:
    अभ्यास पाठशालाको अभ्यास शृङ्खला दर्ता पछिको भाग :-१२५—————————-

    विधा :- पञ्चाङ्ग
    अभ्यास गर्ने स्थान :- पञ्चाङ्ग अभ्यास पाठशाला
    मिति:- २०८१/०८/२४
    पञ्चाङ्ग वा समपञ्चाङ्ग लेखि बुधबार बेलुका ०९ बजेसम्म पठाउनु हुन अनुरोध छ।
    ……………………………………….
    प्रशिक्षक:-
    ……………
    सोमनाथ लुइटेल
    गुणनिधि घिमिरे
    सुशीला पौडेल

    ………………………
    भाषा शुद्धीकरण:-
    ———–
    पुष्पा सुवेदी नेपाल
    भवानी घिमिरे
    जमुना आचार्य
    पशपती राई

    सङ्कलक :-
    ———-
    दुर्गा रिजाल आचार्य

    संयोजक:-

    सोमनाथ लुइटेल “रवि पाल्पाली” ======================

    अक्षर सङ्ख्या:- [बराबरी]
    अनुप्रास :- आफुखुसी
    स्थायी :- अनिवार्य

    पञ्चाङ्ग:०१
    अधर्मीको नाश हुनेछ।
    सडकको गाँस हुनेछ।
    लिन्छौं कति पापको घडा,
    रोगको नै रास हुनेछ।
    नर्कतिर बास हुनेछ।
    -सुशीला पौडेल

    पञ्चाङ्ग:०२
    धोका दियो उस्ले मागेर हात मेरो,
    आँखामा निद्रा छैन लुट्यो रात मेरो।
    पीडा भएपछि मान्छे कठोर हुन्छ,
    भनेर हिड्छ रे मिलेन जात मेरो।
    खुसी चोर्यो के आउँछ प्रभात मेरो।

    -दुर्गा आचार्य
    मोरङ

    ॐ
    पञ्चङ्ग:०३
    समाज सुन्दर फुलबारी भए सबैमा सदाचार अहाे
    अहंभाव दिनानुदिन बढायो सबैमा बदाचार अहाे
    जीवनमा सर्वश्रेष्ठ भए मनुष्य बुद्धिकाे नै हाे कारण
    भेदबुद्बि माैलाएर हरक्षेत्रमा बढ्यो लदाचार अहाे
    यही रीतिले देशमा बन्दैन समृद्धिकाे खदाचार अहाे ।
    प्रद्युम्न चालिसे
    भक्तपुर कटुञ्जे ।

    पञ्चाङ्ग-:०४
    विदेश नगएर कहाँ जाऔं जमाना पैसाकै आयो हजुर
    सुका मानाको घिउ आधुनिकताले हजारमा खायो हजुर
    माग बढेको बढ्यै छोराछोरीको धान्नै नसकिने गरि हेर्नोस्
    बीस मुरी कोदो बेचेको बल्ल यौटा मोबाइल पायो हजुर
    यसैले त खेती छाडेर सबैले विदेश तिरै धायो हजुर।
    -पशपती राई खोटाङ ।

    पञ्चाङ्ग:०५
    दु:खले नै दु:ख दियो यहाँ
    भाग्य खोस्यो ज्यान लियो यहाँ
    आँखाहरू साथ खोज्दै थाके
    ढल्यो जिन्दगीको मियो यहाँ
    तड्पियो दुखेर हियो यहाँ ।
    प्रभा
    पञ्चाङ्ग:०६
    देख्दा हिराे छौ
    पढ्न जिराे छौ
    सिङ्गो नभइ
    आधा चिराे छौ
    कडा पिरो छौ ।
    भवानी घिमिरे

    पञ्चाङ्ग:०८
    पीडा दिनेले सधैं दिएकै छन्।
    बदला लिनेले नि लिएकै छन्।
    देखावटी नाटक गर्छौं किन,
    जिउनेले एक्लै नि जिएकै छन्।
    पीडा भुल्न सराव पिएकै छन्।
    -ह्यारिस

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged पञ्चाङ्ग

    पञ्चाङ्ग लेखन अभ्यास शृङ्खला- १२४

  • ७ पुष २०८१, आईतवार २२:४७ मा प्रकाशित
  • “पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग भाग:एकसय चौविसौंअभ्यासमा हामी पुगेका छौ। सम्पूर्ण पञ्चाङ्ग स्रष्टाहरुमा पञ्चाङ्ग लेख्नु हुन हार्दिक अनुरोध छ:
    अभ्यास पाठशालाको अभ्यास शृङ्खला दर्ता पछिको भाग :-१२४—————————-

    विधा :- पञ्चाङ्ग
    अभ्यास गर्ने स्थान :- पञ्चाङ्ग अभ्यास पाठशाला
    मिति:- २०८१/०८/१७
    पञ्चाङ्ग वा समपञ्चाङ्ग लेखि बुधबार बेलुका ०९ बजेसम्म पठाउनु हुन अनुरोध छ।
    ……………………………………….
    प्रशिक्षक:-
    ……………
    सोमनाथ लुइटेल
    गुणनिधि घिमिरे
    सुशीला पौडेल

    ………………………
    भाषा शुद्धीकरण:-
    ———–
    पुष्पा सुवेदी नेपाल
    भवानी घिमिरे
    जमुना आचार्य
    पशपती राई

    सङ्कलक :-
    ———-
    दुर्गा रिजाल आचार्य

    संयोजक:-

    सोमनाथ लुइटेल “रवि पाल्पाली” ======================

    अक्षर सङ्ख्या:- [बराबरी]
    अनुप्रास :- आफुखुसी
    स्थायी :- अनिवार्य

    पञ्चाङ्ग:०१
    पाउनु मात्र माया होइन गुमाउनु पनि माया हो।
    जिन्दगी केवल दुईचार दिनको नैं घाम छाया हो।
    घटिया व्यवहार देखाउने काम दुश्मनले हो गर्ने,
    मन मिल्ने मान्छे टाढा रहे पनि हुने दायाँ बायाँ हो।
    जो देखाउन मात्रै खोज्छ त्यो जाडोमा आउने चाया हो।
    -सुशीला पौडेल

    ॐ
    पञ्चाङ्ग:०२
    आज खै किन हाे सृजना आइनन् मित्र
    भावनाले मधुुर गीत गाइनन् मित्र
    खल्लो खल्लाे अनुभव गर्दैछु हजुर
    धेरै भयाे गीता नि यता छाइनन् मित्र
    रात धेरै बित्यो रजनी धाइनन् मित्र ।
    -प्रद्युम्न चालिसे
    भक्तपुर कटुञ्जे

    पञ्चाङ्ग:०३
    सारा कष्ट बिर्साउने नानी तिमी
    डल्लु मान्छे सबै बुझ्ने ज्ञानी तिमी
    मन मुटु भित्र बसेको मान्छे हौ,
    सावाँ भन्दा ब्याज प्यार‍ो सानी तिमी
    मुहारमा मुस्कानको खानी तिमी ।
    -धनमाया चौधरी कैलाली

    पञ्चाङ्ग:०४
    आफ्नो चिन्तनहरूलाई फाटेको खल्तीमा राखेको राम्रो
    घरभित्रको कचिङ्गल छाँटेको खल्तीमा राखेको राम्रो
    सत्य कुरा उही हो ‘यो संसारमा कोही पनि पूर्ण छैन’
    त्यसैले नचाहिने भ्रम ढाँटेको खल्तीमा राखेको राम्रो
    सहमत हुने मन्तव्य आँटेको खल्तीमा राखेको राम्रो ।

    ✍️अच्युत घिमिरे, सर्पाङ, भुटान🇧🇹

    पञ्चाङ्ग:०५
    हिजोआज घरको कुरा पनि संजालमै हालेका छन्
    घरमा बस्तु पाल्न छाडे मनमा गोमन पालेका छन्
    सामाजिक सद्भाव र सहिष्णुता त कता हरायो खै
    भेटेर बोल्न छाडे संजालमै फणा मार्न थालेका छन्
    एकले अर्कोलाई डस्नको लागि कदम चालेका छन् ।
    -पशपती राई खोटाङ ।

    पञ्चाङ्ग:०६
    पाउनु माया लाउनु माया धाउनु माया हो
    टाढा भए नी झल्झली झल्को आउनु माया हो
    घामछायाँ हो यो जिन्दगानी पानीको फोका झैँ
    यो मन भित्र त्यो मन बस्न पाउनु माया हो
    निस्वार्थ प्रेम सम्झेर प्रीति लाउनु माया हो
    -गुणनिधि घिमिरे अमेरिका।

    पञ्चाङ्ग:०७
    हल्लियाे पात भाइ
    मान्छेकाे जात भाइ
    दाेषकाे थुप्रो छ है
    अनन्त खात भाइ
    खाेज्दैछौ रात भाइ ।
    भवानी घिमिरे

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged पञ्चाङ्ग

    झिल्का कविताको प्रथम वार्षिकोत्सव कार्यक्रम सम्पन्न

  • २९ मंसिर २०८१, शनिबार १०:१५ मा प्रकाशित
  • झिल्का कविता लेखन सुरुआत गरेको एक वर्ष पूरा भई दोस्रो वर्षमा प्रवेश गरेको अवसरमा झिल्का साहित्य समाजले बिहीबार झिल्का कविताको प्रथम वार्षिकोत्सव मनाएको छ । भर्चुअल माध्यमबाट आयोजना गरिएको उक्त कार्यक्रम अपरान्ह ६ बजेबाट सुरु भई अढाई घन्टासम्म चलेको थियोे ।
    झिल्का प्रवर्तक एवम् झिल्का साहित्य समाज नेपालका अध्यक्ष वसन्त अनुभवको अध्यक्षतामा सम्पन्न कार्यक्रमको पहिलो सत्रको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि एवम् चारु प्रवर्तक, चारु साहित्य प्रतिष्ठानका अध्यक्ष डा. देवी पन्थीले तीन थान झिल्का कविता वाचन गरेर गर्नुभएको थियोे ।
    कार्यक्रममा उपस्थित सम्पूर्ण अतिथिहरूलाई राप्ती साहित्य परिषद दाङ शाखाका उपाध्यक्ष एवम् सक्रिय झिल्काकार सुरेशकुमार पाण्डेले स्वागत गर्नुभएको थियोे ।
    छोटो समयमै झिल्काले साहित्य जगतमा राम्रै छाप छोड्न सफल भएको भनेर सराहना गर्दै प्रमुख अतिथि डा. पन्थीले आफ्ना स्पष्ट नियम र सिद्धान्तसँगै परिपक्व हुँदै जाओस्, प्रगति गर्दै जाओस् भनेर शुभकामना दिनुभयो । साथै उहाँले सबै नयाँ प्रविधाहरूले कम्तीमा वर्षको एउटा पुस्तक निकाल्ने, भौतिक रूपमा कार्यक्रम गर्नुपर्ने कुरामा जोड दिनुभयो ।
    कार्यक्रममा टुक्का साहित्य समाज, नेपालका अध्यक्ष, टुक्का प्रवर्तक तारा प्रसाद चापागाईं, पञ्चाङ्ग प्रवर्तक सोमनाथ लुइँटेल, राप्ती साहित्य परिषद, दाङ शाखा अध्यक्ष यम रेग्मी, झिल्का कविता प्रशिक्षक/संयोजक, एवम् ‘झिल्का मेरो साथी’ झिल्का प्रतियोगिताका निर्णायक समिति संयोजक म्यामराज राई, प्रतियोगिताका प्रायोजक एवम् सक्रिय झिल्काकार अनुग्रह राना मगर लगायतले शुभकामना मन्तव्य दिनुभएको थियोे ।

    कार्यक्रममा डा. देवी पन्थी, तारा प्रसाद चापागाईं, सोमनाथ लुइँटेल, यम रेग्मी, अनुग्रह राना मगर, म्यामराज राई, पुष्पा राई, सुरेशकुमार पाण्डे, जयनारायण नेपाल, बाबुराम पाण्डे, बालकृष्ण श्रेष्ठ, होमप्रसाद नेउपाने, भगवती दवाडी, अर्जुन प्रसाद चौलागाईं, ज्ञान बहादुर क्षत्री, हिरालाल न्यौपाने, राजेशराज गड्तौला, वसन्त अनुभव, सन्दीप विश्वकर्मा, राजकुमार राजभण्डारी, जीबी चिन्तन, रामप्रसाद पुरी, हरिगोपाल न्हुच्छे प्रधान, बिके मुखिया, छत्रपति दाहाल, सङ्गिता खरेल, चुडामणि देवकोटा, सुमित्रा अधिकारी, नीमा भोटिया, मोती सुब्बा, कला ढकाल, अमृत कोइराला, देव गाहा लगायत लगभग ४ दर्जन झिल्काकार, पाठक, शुभेच्छुकज्यूहरूको उपस्थिति रहेकोे थियोे ।

    ‘झिल्का मेरो साथी’ झिल्का कविता प्रतियोगिताको नतिजा घोषणा

    उक्त अवसरमा ‘झिल्का मेरो साथी’ झिल्का प्रतियोगिताको नतिजा पनि प्रस्तुत गरिएको थियोे । निर्णायक समिति संयोजक म्यामराज राईले मूल्याङ्कनमा अपनाइएका आधार, प्रक्रियाहरू, प्राप्ताङ्क बारे जानकारी गराउनु हुँदै प्रतियोगिताका विजेताहरूको नाम घोषणा गर्नुभएको थियोे । उहाँले दिनुभएको जानकारी अनुसार-
    •भानु ६ चुँदी तनहूँ हाल चनपा ६ माथातीर्थका सक्रिय झिल्काकार सतीश पण्डित, प्रथम
    •मलेखु, धादिङकी सक्रिय झिल्काकार मन्दिरा सेढाई, द्वितीय र
    गोरूबथान, कालेबुङ, भारतका सक्रिय झिल्काकार अरुण कुमार भुजेल, तृतीय हुनुभई पुरस्कृत हुन सफल हुनुभएको थियो ।
    त्यस्तै उत्कृष्ट १० भित्र पर्नुहुने झिल्काकारहरूमा कला ढकाल, झापा, कृष्ण बजगाई, भक्तपुर, रुना कर्माचार्य दाहाल, चितवन, सीमा कार्की समर्पण, मेलचोक पर्सा, रोशन आपगाईं, म्याङ्लुङ तेह्रथुम, सुरेशकुमार पाण्डे, घोराही-१८ दाङ र राज कुमार राजभण्डारी खाेटाङे, मध्यपुर ठिमी ५संगम काेलाेनी राधे राधे भक्तपुर रहनुभएको छ ।

    रचना(झिल्का कविता) वाचन कार्यक्रम

    प्रथम वार्षिकोत्सव, प्रतियोगिताको नतिजा घोषणा एवम् रचना वाचनको पहिलो सत्र (उद्घाटन सत्र)को समापनसँगै दोस्रो सत्रको कार्यक्रम (झिल्का कविता वाचन) सञ्चालन गरिएको थियोे । उक्त कार्यक्रममा नेपाल लगायत विश्वका विभिन्न स्थानहरू- भारत, अमेरिका, जापान, मलेसिया आदि स्थानहरूमा रहनुभएका नेपाली भाषी साहित्यकार/झिल्काकारहरू जोडिएर आ-आफ्ना चोटिला/पोटिला, उत्कृष्ट झिल्काहरू वाचन गर्नुभएको थियोे ।
    यसरी उपस्थित भएर झिल्का वाचन गर्नुहुनेहरूमा डा. देवी पन्थी, तारा प्रसाद चापागाईं, सोमनाथ लुइँटेल, अनुग्रह राना मगर, म्यामराज राई, पुष्पा राई, सुरेशकुमार पाण्डे, जयनारायण नेपाल, बाबुराम पाण्डे, बालकृष्ण श्रेष्ठ, होमप्रसाद नेउपाने, भगवती दवाडी, अर्जुन प्रसाद चौलागाईं, ज्ञान बहादुर क्षत्री, हिरालाल न्यौपाने, राजेशराज गड्तौला, वसन्त अनुभव लगायतका सक्रिय झिल्काकारहरू रहनुभएको छ ।

    झिल्का कविताको प्रथम वार्षिकोत्सव कार्यक्रमको पहिलो सत्रको सञ्चालन कुशल कार्यक्रम सञ्चालिका एवम् सक्रिय झिल्काकार पुष्पा राईले गर्नुभएको थियोे भने दोस्रो सत्रको सञ्चालन झिल्काकार वसन्त अनुभवले गर्नुभएको थियोे ।

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged झिल्का कविता, वसन्त अनुभव, समाचार

    Posts navigation

    Older posts
    Newer posts

    Himalayan Dristi Team

    • प्रधान सम्पादक

      अनिल आचार्य

    About us

    • हाम्रोबारे

    Follow us on Facebook

    Contact Us

    Kathmandu, Nepal
    Email: himalayandristi@gmail.com
    Phone:-00977-9868990772
    Web:
    www.himalayandristi.com/
    विज्ञापनका लागि
    कृष्ण गिरि 00977-9860341922

    © Copyright 2020-2024 Himalayan Dristi. All Right Reserved. Design & Developed By K & P