“सम्बन्ध” शीर्षक टुक्का लेखन प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय स्थानमा क्रमशः टुक्काकारहरू त्रिलोचन भण्डारी, गोपाल कृष्ण डंगोल र राजेशराज गड्तौला विजयी हुनुभएको छ ।
मिति २०७८ साउन २१ गते एक दिनको समयसिमा दिएर टुक्का साहित्य समाज, काठमाडौद्वारा आयोजना गरिएको उक्त प्रतियोगितामा २२ जना टुक्काकारहरूले समयसीमा भित्र सहभागीता जनाएको कार्यक्रमकि परिकल्पनाकार एवं आयोजक संस्थाकि सचीव विमुन्स पौडेल जनाउनु भयो । साथै उहाँले प्रतियोगितामा विजयी टुक्काकारहरूलाई प्रमाणपत्र प्रदान गरिएको जानकारी दिनुभयो ।
उक्त अवसरमा संस्थाका अध्यक्ष एवं टुक्का कविताका प्रवर्तक ताराप्रसाद चापागाईं र सचीव विमुन्स पौडेलले प्रतियोगितामा विजयी टुक्काकारहरूमा बधाई तथा शुभकामनाका साथै सहभागी सम्पूर्ण टुक्काकारहरू प्रति हार्दिक आभार व्यक्त गर्नुभएको थियो ।
प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्नुहुने टुक्काकारका टुक्काहरू
१// प्रथम स्थान प्राप्त टुक्का १ मदन मुना बनेर हामी जिन्दगी याे जिउँला फाटेमा मन मुस्कान छरी प्रेमले त्याे सिउँला । २ नभमा सूर्य चन्द्रका ज्योति चम्केर रहुञ्जेल । गाँसेका नाता प्रगाढ बनुन् यो धरा छउञ्जेल ।
✍️ त्रिलोचन भण्डारी, मेचीनगर, झापा
२// दोस्रो स्थान प्राप्त टुक्का १ छोडि दिएँ कुर्न बाटो, आँखा बन्द गरिदियौँ, जायजेथा पनि सबै, तिम्रै नाम लेखिदियौँ ! २ आऊ लिएर फेरि जाऊ, तिम्रै नै हो सम्पत्ति, माटोमा विलिन् भयौँ, अब हामी दुई दम्पत्ति !
✍️ गोपाल कृष्ण डंगोल, महाराजगञ्ज, काठमाण्डू हाल: इटहरी, प्रदेश नं १
३// तेस्रो स्थान प्राप्त टुक्का १. जब बज्छ मनमा घण्टी प्यारको, आउॅछ भन्छन् धेरै याद यारको । २. तोडेर बन्धन खाएका वाचा कसमको, छोडेर गइछन् साथ अर्कैको खसमको ।
✍️ राजेशराज गड्तौला, रतुवामाई-१०, मोरंग हाल- प्रवास
प्रतियोगितामा सहभागी अन्य टुक्काकारहरूका टुक्काहरू
४// १. जुन चिज भेटिदैनन् तपाइमा म मा अनि कोही अरुमा, खोज्नुस त ति सबै चिज हरु भेटिनेछन् सम्बन्ध हरुमा। २. जसरी यो शरीर बाट जानै सक्दैन मुटु पराइ बनि, हो त्यस्तै छ अटल तिम्रो र मेरो अटुट यो सम्बन्ध पनि। ३. रगतले मात्र बनाउदैन यो नाता लाई सम्बन्ध लाई, आत्मियता नै हो नजिक्याउने त बनाएर दाजु भाइ।
✍️ नवशिला, बेलबारी -२,लालभित्ती,मोरङ हाल गोदावारी ,लालितपुर।
७// १ हाम्रो देशको कुटनैतिक सम्बन्ध भएन, त्यसैले पनि जनताको दुःख कत्ति गएन। २ प्रत्येक नागरिको देश सँग सम्बन्ध हुन्छ, देशलाई मायाँ गर्न नस्कदा यो मन रुन्छ।
✍️ सुरेशकुमार पान्डे दाङ घोराही१८
८// १ एक आपसमा नाता गोता हुनुपर्छ हाम्रो, मिठो वचन सबैसँग भएको झन राम्रो। २ कहिले सासुको त कहिले बुहारीको पालो, मिलेर काम गरे घरबार हुन्छ उज्यालो।
-✍️पुर्ण बहादुर श्रेष्ठ “हृदयङकृत” पनौती-३,काभ्रे
९// १ माया बस्दा कसैसँग देखु देखु हुने, भेटहुँदा ठिकठाक छुटे मन रुने । २ माछा अनि पानी जस्तो तिम्रो मेराे नाता , सधैँभरि तिमीलाई बनिदिन्छु छाता ।
१०// १. असल सम्बन्ध नै हो मान्छेको पहिचान यसैले बनाउछ जिवनमा स्वाभिमान । २. परिवारमा खुसी आउँदा स्वर्ग लाग्छ बस्न पाउँदा ।
✍️ दुर्गा भट्टराई, मोरङ
११// १ राम्रो सम्बन्ध भयाे भनी मात्रै हाम्रो जिन्दगी बित्छ, असल ब्यवहारले नै परिवारकाे मन जित्छ। २ घर परिवारमा राम्रो सम्बन्ध राखे सबै राम्रो मान्छन्, असल नारि ब्यवहारीक छे भनेर उनिहरु ठान्छन् ।
✍️ शाेभा अर्याल , बुटवल १४ रुपन्देही
१२// १. चलायौ क्रीडा डुब्न लागेको नाउमा, नुन ,चुक लायौ यहि आलो घाउमा। २. जुनदिन गर्यौ तिमिले अर्कैलाई चयन, कठै!घाइते मुटु, आँसुको मूल भो नयन।
✍️ महेश तामाङ
१३// १. तिमीले धोका दिनु थियो भने नाता किन जोड्यौ, बिचमा आई बहाना बनाई सम्बन्ध नै तोड्यौ। २. धनकै कारण कतिपय सम्बन्ध बिग्रीँदै जान्छन् , मलाई थाह छैन् अचेल सबले के सोच्छन् के ठान्छन् ।
✍️ ललिता अभागी, सिन्धुली
१४// १ सम्बन्ध नै हो मानिसमा एक अर्काको सार , त्योनै छैनभने मनिसको बिचित्र संसार । २ मानिसमा हुन्छ एक विश्वासको गति , भरोसा छैन कलीयूगमा अलिकति ।
✍️ बेदु न्यौपाने , काठमाडौ
१५// १. सम्बन्ध हो मानवीय सभ्यताको धारा, सम्बन्धकै सूत्रमा फुल्छन् जीवन सारा! २. जीवनमा सम्बन्धको छ ठूलो-ठूलो गाथा मानवीय संसारको सफा सगरमाथा!
✍️भूषण जंग, अस्ट्रेलिया
१६// १ नङ्ग र मासु जस्तै थियो सम्बन्ध राम्रो पनि, छुटाई दिएका छन् आफन्तले दुश्मन बनी। २ हिजो सम्म हाम्रो सम्बन्ध आँखा र नानी जस्तै थियो, आज आएर किन किन आगो अनि पानी भैदियो।
✍️ जगत थापाबझाङ्ग
१७// १ हाम्रो देशमा राजनितिक सम्बन्धको ताल नै राम्रो छैन , ठुला धाक लगाएर के काम ? त्यसैले बढेको छ बेचैन l २ प्रेम सम्बन्ध राम्रो भयो भने जीवन सजिलै बित्छ, असल ईमानदार मान्छेले नै सधैं संसार जित्छ l
रिता खराल , रुपन्देही
१८// १ आमा बाबा मेरा ज्यूदा भगवान्, सक्दिन् गाएर उहाँका गुणगान्।। २ मरेपछि श्राद्व गरेर बरु नगर पिण्ड दान, जिउँदैमा मीठो मसिनो ख्वाई बनाऊ नौजवान ।।
✍️ भगवती दवाडी
१९// १. बाआमा सम्झेर मन धेरै लाग्यो रुन, सोर्ग गयौ छोडेर आज तस्बिर छुन। २. सुनचाँदी हिरा मोति भन्दानी ठूलो मेरा बाआमा हुँन् काशी मथुरा चार धाम गएपनी सक्दिन तिर्न गुन्
✍️ कमला
२०// १, अाउँछकी भनी कुरेर बस्याछु पिढिमा अाएन मेरो छोरा, खायोकी खाएन दुब्लो पातलो केभयो कालो भयो कित गोरा। २, अामाको मनहो पिर लाग्छ छोराको के भयो भनिकन, जन्माएँ हुर्काएँ दु:ख गरेर यो मान्दैन रहेछ मन।
✍️ लक्ष्मी श्रेष्ठ, बिर्तामोड झापा
२१//
(१) सम्बन्ध रगतको नातामा होईन भावनामा हुन्छ, आपतमा जस्ले सहयोग गर्छ उसैले मन छुन्छ! (२) सम्बन्ध एउटा विश्वास हो साथ पाए शिखर चढ्छ, स्वार्थ आवरणले खुट्टा तानिदिए भिरबाट लड्छ !
✍️ शरद प्रधानाङ्ग,विराटनगर-७
२२//
१) मार्ने भन्दा त बचाउने कै हक हुन्छ, सिद्धार्थ र हाँसको कथाले मन छुन्छ। २) सम्बन्ध अनि प्रेम हात्तीको देखाउने दाँत जस्तो हैन, श्री कृष्ण र सुदामाको जस्तै उत्कृष्ट प्रमाण कसैको छैन्।
२१ जना टुक्काकारहरूका ‘आफ्नो पहिचान’ विषयक उत्कृष्ट टुक्काहरू
१ अगुवाई गरि समाज सेवामा खुसी मनाउछु, सारा जीवन सुम्पिएर अब याे देश बनाउछु। २ आत्मविश्वास कर्मठ अनि छ बलवान, वीर गाेर्खाली भनी बिश्वमा नै पहिचान । ३ जन्मिएपछि केही त गराैं झल्कियाेस् पहिचान फाली खेर अमुल्य जीवन नबनाऔं रछान ।
– ताराप्रसाद चापागाई धुनिबेशी न.पा.-९, धादिङ हाल काठमाडाैैं ~~~~~~~~~~~~~~~~~~~~~~~
१/ अब देश उठाउँछु मेरो शिरमा हाँस्छु सधैँ दुखेपनि रुन्न पीरमा। २/ भक्ति थापा, बीरभद्र, गङ्गालालको रगत बगेको छ किल्लामा हेप्छौ तिमी फगत। ३/ मधेशकी छोरी हूँ म त हिमालमा काम पहाडले दिन्छ खान पोषण युक्त माम।
✍️ पौडेल विमुन्स, पोखरा, कास्की ~~~~~~~~~~~~~~~~~
१/ छोडेर जन्मभूमि परदेशतिर डुल्ने, हामी कस्ता मूर्ख मानव पहिचान भुल्ने? २/ जब गरिन्छ मेहनत पाइन्छ सम्मान, यसले बदलिन सक्छ हाम्रो पहिचान। ३/ देशको लागि लड्यो दियो बलिदान, सहिद लेखियो उसको पहिचान।
✍️ अनिल खग्रास, पर्वत ~~~~~~~~~~~~~~~~~~~~~~~
१/ जन्मे पछि लैजान आउँछ काल दु:ख,सुख बाँच्ने विनोद रिजाल । २/ सुर्य उदाउने क्षितिज पारी बसेको छु रमिते बेलबारी । ३/ टंक र कुमारीको छोरो रुपरङ्ग छ गहुँगोरो ।
१/ प्रत्येक व्यक्तिमा गुण अवगुण दुवै हुन्छ, गुणकारी पहिचानले सबको मन छुन्छ। २/ आफ्नो अस्तित्व र मूल्य-मान्यता जोगाउने गर, त्यही हो तिम्रो पहिचान दिगो राख्न लागि पर। ३/ आफ्नो पहिचान कायम राख्न सङ्घर्ष गर्नु पर्छ, अरूकै कर्म दोहोराई बसेमा तल-तल झर्छ।
✍️ अरुण कुमार भुजेल, गोरूबथान,कालेबुङ्ग। ~~~~~~~~~~~~~~~~~~~~~~~~
१/ खाली हेरेर अरूलाई, हामी आफैंलाई भुल्दछौं, कस्तुरीले झै स्वसुगन्ध, खोज्दै डाँडाकाँडा डुल्दछौं । २/ विन्ती छ नियालौं आफैंभित्र, आफ्नो खुवी र दक्षता, मन्दिरमा त भेटिन्न कला, चढाउदैमा अक्षता । ३/ जहाँ हुन्छ आफ्नोपन, छुट्टै हुन्छ पहिचान, फुल्दछ छाती गर्वले, शिरको बढ्दछ शान ।
✍️ वसन्त अनुभव घोराही उपमहानगरपालिका १४, दाङ —————————————————–
१/ मौलिक पहिचान मान्छेलाई चिनाउँछ, अर्काको अन्ध नक्कलले युग घिनाउँछ! २/ मानवको इतिहास हो उसको पहिचान, अरूलाई होच्याई नगर व्यर्थ अभिमान! ३/ आफ्नै भाषा अनि इतिहास आफ्नै छ संस्कार, मौलिक भेष-भूषा परम्परा छ नमस्कार! ४/ वीरता र इमान्दारी छ विश्वमै हाम्रो शान, मेहनत र राष्ट्रप्रेम छुट्टै छ पहिचान !
✍️ भूषण जंग, ललितपुर, हाल अस्ट्रेलिया ~~~~~~~~~~~~~~~~~~~~~ १/ चन्द्र सुर्य अंकित झण्डा हाम्रो हो सान , नेपाली भाषा भेष हाम्रो हो पहिचान । २/ नेपालको जडिबुटी हरियाली हिमालको देश , गुनियूचोली सिरमा टोपी दौरासुरुवाल भेष । ३/ हिमाल पहाड तराई नेपाल देशजान , ग्रामीणभेक कृषिभूमि उन्नत पहिचान ।
१/ सम्पन्न भई नसम्झनु अतित भुल्नुपर्छ , जहाँ पुग्छौं त्यही आफ्नो पहिचान खुल्नुपर्छ । २/ आफ्नै देश प्यारो हुन्छ उच्च राखौं नाम , दिमाग भरी कुरीति नबनाऊ जाम । ३/ संस्कृति र संस्कारलाई जोगाउन सिक्नुपर्छ , बुझिराख्नुस् यहि ठाउँमा पछिसम्म टिक्नुपर्छ।
✍️ ललिता अभागी, सिन्धुली ~~~~~~~~~~~~~~~~~~~~~~~~
१/ नेपाली हौं हामी यही हो हाम्रो पहिचान, हिमाल र तराई हुन् यसका परिधान। २/ बुद्ध साथै सीताको जन्मभूमि पनि, बाॅच्न पाऊॅ सॅधै हामी नेपाली बनी। ३/ पुर्खाले दु:ख गरी आर्जिएको देश, हिमाल पहाड तराई औ मधेश।
✍️ घनश्याम पौडेल, सृजना चोक, पोखरा ~~~~~~~~~~~~~~~~~~~~~~
१/ के दिउँ मेरो पहिचान म राष्टिय नेपाली हजुर, डाँफे मुनाल छम-छम नाच्ने अत्यन्त राम्रो मजुर। २/ मलाई मनपर्ने आफ्नै मातृभूमिको भाषा, पाखुरी चलाउँछु र गर्दिन कसैको आशा। ३/ पुर्खाले छोडेको चिठ्ठी एकपल्ट खोलेर हेर्नुछ, विदेशी पोसाक छोडेर चौबन्दी फरिया फेर्नुछ। ४/ गुन्द्रुक सिस्नो ढिँढोमा टिमुरको अचार खानेछु, अन्याय अत्तिचार गर्नेलाई मैले पनि जानेछु।
✍️ कमला हरिमाया पाण्डे पराजुली झापा ~~~~~~~~~~~~~~~~~~~~~~
१/ सम्मानजनक व्यवहार मेरो सकारात्मक छ सोंच, इमानदार अनि नैतिकवान छु छैन मनमा खोंच। २/ आवरण होइन हजुर आचरण बदलेर बाँचौ, निष्ठा अनि बिश्वासको आफ्नो पहिचान सधैंभरी साँचौ। ३/ खाइ खेली हुर्किएको म आँटो अनि पिठो, नाम मेरो मुक्तिनाथ चितवनको ठिटो।
✍️ मुक्तिनाथ अधिकारी, भरतपुर चितवन । ~~~~~~~~~~~~~~~~~~~~~~
१/ सगरमाथा हाम्रो शिर नेपालीको गौरव अनि सान, शुन्दर शान्त नगरिकि छोरी हुँ यहि मेरो पहिचान ।
✍️ दुर्गा भट्टराई, मोरङ ~~~~~~~~~~~~~~~~~~~~~~~~~ १/ सृष्टिभरि लाखौं थरि अाविष्कार भए , नानाथरी नाम गरि चिनिएर रहे । २/ सानातिना परमाणु र ठूला पिण्ड अरे , जीवन र जगतमा नाम धारण गरे । ३/ अाफ्नाे नाम अाफ्नाे काम यहि भयाे सान , जीवात्मा हाेस् वनस्पति रह्याे पहिचान ।
१/ राम्रो गरेकै छु नलगाउ दोष, हेर्नै पाउन हजुर शब्द कोश । २/ लड्न आउछन् लगाई खुकुरीमा धार, सिदा साधा को हुदोरहेछ यहाँ हार।। ३/ जानेर बुझेकाले गर्छन् क्रीडा, त्यही भएर लागेको छ पिडा ।।
✍️ प्रेम सुनार, दैलेख ~~~~~~~~~~~~~~~~~~~~~~
१/ नौ महिना पछि धर्तीमा जन्मिन्छ हुर्काइ बढाइ डाेलीमा अन्मिन्छ २/ ज्ञान सीप संस्कार छोरीको पहिचान देखाउने उनै बुवा आमा भगवान ३/ नारीको भूमिका बेग्लै हुन्छ घरमा सक्षम बन्छु हुन्न कसैको डरमा
✍️ तारा घिमिरे, संखुवासभा ~~~~~~~~~~~~~~~~~~~~~~ १/ हामी हौँ वीर नेपालीका सन्तान, संसारमा दिएका छौँ योगदान। २/ देश विदेशमा सङ्घर्षको इतिहास, छैन राम्रो बस्नलाई वास मिठो गास। ३/ म आफै पनि लेकाली बस्छु बिदेश, देख्दा होंचो छ कद जोसिलो छ भेष।
✍️ सुरेश कुमार पान्डे, दाङ ~~~~~~~~~~~~~~~~~~~~~~~
१/ विवेकशील प्राणी हौं नभूलौं आफ्नो पहिचान, शिखर पुग्न हौशला काफी चाहिँदैन मचान । २/ मानिसको चोला हो जिन्दगी सेवा कर्तब्य, मानवता औ स्वच्छता यही नाम छ भव्य । ३/ आमाको कोखबाट जन्मिन धेरै हात जोडयौं, जब आयौं धरतीमा कसम, नियम तोडयौं।
✍️ निरूविन्दु परियार, जल्ढक्का कालेबुङ्ग, भारत । ~~~~~~~~~~~~~~~~~~~~~~~~~
१/ जिन्दगी हाे मानिसको बगिजाने खाेला, छुट्टै आफ्नो पहिचान बनाउनू हाेला । २/ अग्र साेची सुखी हुनू भन्छ उखानले , खास मान्छे चिनिन्छ उस्कै पहिचानले । ३/ माटाेलाई सकेसम्म दिन्छु याेगदान , साहित्यमा बनाउँछु आफ्नै पहिचान ।
१/ देश बिदेशमा जति नै पाए पनि सम्मान, हामीले हाम्रो अाफ्नाे भुल्न हुदैन पहिचान। २/ हाम्रा राष्ट्र सेवकले देशलाई दिए बलिदान, अाफ्नाे प्याराे जन्म भुमीकाे सम्झेर नै हाे पहिचान। ३/ जिन्दगी दुई दिने मरी जाने चाेला, अाफ्नाे पहिचानलाई नभुल्नू हाेला।
१/ फरिया चोली र शिरमा होस् मेरो ढाका टोपी, लगाँउछु धोती ढाकाको शरीर सबै छोपी। २/ सम्हाली राख्छु मत देशको माटो सधैँभरि, माया गर्छु युगौँयुग जन्मदिने आमा सरी। ३/ आफ्नो देशको हरियाली वन पखेरीमा, मिलेर बस्न पाँऊ नेपालकै मझेरिमा
✍️ कल्पना थामी सिन्धुपाल्चोक जय टुक्का ! जय साहित्य !!
उदक अभ्यास शृङ्खलाको १० औ भाग सम्पन्न भएको छ । नविनतम काव्य विधाका रूपमा परिचित उदकको उन्ननयन र प्रवर्द्धनका लागि अभ्यास गरिदै आएको अभ्यास शृङ्खलाका प्रशिक्षक एवं उदकका प्रवर्तक आर्त अकुलीनले जनाउनु भयो । उहाँका अनुसार हरेक साता संचालन गरिने तस्बिरमा उदक शृङ्खलामा आज शनिबार ७४ जना उदकयात्रीले सहभागीता जनाउनु भएको थियो ।
प्रशिक्षक अकुलिनका अनुसार सहभागी उदकयात्रीहरूलाई दिइएको तस्बिर हेरेर गहन भाव झल्किने एक एक उदक साँझ ५ बजेसम्म लेख्न अनुरोध गरिएको थियोे ।
अभ्यासका लागि दिइएको तस्बिर
तस्बिरमा लेखिएका स्रष्टाका उदकहरू :
१ तुइन दुर्गम क्षेत्रमा ज्यान छ खतरामा ! ✍️ पूर्णबहादुर श्रेष्ठ ‘हृदयङकृत’, पनौती-३, काभ्रे
२ सपना हजाराैँ जिन्दगीका झुन्डिए तुईन जस्तै ! ✍️ चन्द्रावती अधिकारी, काेहलपुर, बाँके
३ सपना पानी जहाजको यथार्थ तुइनको यात्रा! ✍️ राजाराम रत्गैंया, अमौरा, कैलाली
४ तुइन नदीमा टाँगेको फलामको सानो लाईन ! ✍️ घनश्याम पौडेल, पोखरा
५ आँखामा सरकारी नीति जीवन सङ्घर्ष व्यथीत ! ✍️ सविता के सी, काठमाडौँ
६ तुइन यात्रा गरेर ज्यान जोखिम मोलेर ! ✍️ दिलिप राई सागर
७ भाषणमा सिमित जहाज खोलामा तुइन यथार्थ ! ✍️ सावित्री अधिकारी, काठमाडौँ
८ तुइन चुँडायो डोरी आफ्नै छिमेकी सत्रुले ! ✍️ चक्र शाही, लम्की, कैलाली
९ बाध्यता उर्लँदो नदी तुइनको कष्टकर यात्रा ! ✍️ समुन्द्रा शर्मा, सुनसरी
१० तुइन यात्रा जोखिम कात्रो ओडेको पानीजहाज ! ✍️ राम न्यौपाने, कैलाली
११ हत्केलामा विवश जिन्दगी निर्विकल्प तुइन यात्रा ! ✍️ रामबहादुर चौधरी, कैलाली, हाल : गोरखा
१२ आत्मसमर्पण लठारोको शरण संघर्ष जीवन मरण ! ✍️ अगस्टीन राई, पूर्व सिक्किम, भारत
१३ बाध्यता तुइनकाे यात्रा जीवन मरणकाे खतरा ! ✍️ मुना दाहाल, ललितपुर
१४ प्रभु जेत होला राम राम राम !
श्रीनगर तानसेन पाल्पा पुष्कर अथक रेग्मी !
१५ जिन्दगी एउटा चौतारी राम सुरक्षाको काम ! ✍️ ईश्वरी अधिकारी, लमजुङ
१६ जनता तुइन यात्रामा सरकार अविरल जात्रामा ! ✍️ वसन्त अनुभव, घोराही उपमहानगरपालिका-१४, दाङ
१७ तुइन खतराको भूमरीमा नदी माथिको जीवन ! ✍️ सरस्वती श्रेष्ठ, रुपन्देही
१८ कठिन असहज जीवन यात्रा यात्री कर्म ! ✍️ राेशन पराजुली, धरान
१९ गन्तव्यमा उर्लिएको नदी तुइनले कठिनाईको सामना ! ✍️ रिता खराल, रुपन्देही
२० समय कठिन यात्रा जिनगीक् एक पात्रा ! ✍️ सागर कुस्मी, कैलाली
२१ वाध्यता प्राणको बाजी जिन्दगीकाे कठिन यात्रा ! ✍️ वासुदेव ठकुरी, शिवपुरी, नुवाकोट
२२ बाध्यता परिस्थिति दुःखदायी जिस्काउदै देशको अवस्थालाई ! ✍️ नारायण कोइराला, तानसेन, पाल्पा, हाल:यूएई
२३ नेपाली मृत्युसँगको पौंठेजोरी अभिशप्त तुइन यात्रा ! ✍️ गोपालप्रसाद पौड्याल, बिराटनगर
२४ भाषण तुइन विस्थापित कमिशनले आफ्ना स्थापित ! ✍️ बुद्धिप्रसाद लामिछाने, कैलाली
२५ खतरा तुइन यात्रा बाध्यताको जीवन जात्रा ! ✍️ बिके माकजू, भक्तपुर
२६ तुइन यातायात साधन कठिन दुर्घटनामा जोगाउन ✍️ मङ्गला उपाध्याय, कलैया-१, बारा
२७ तुइन प्राणको बाजी जीवनको कठिन यात्रा ! ✍️ सरस्वती श्रेष्ठ, इटहरी
२८ तुइन विवश परिवेशमा भ्रष्ट नेता देशमा ! ✍️ रामचन्द्र ढकाल, चितवन
२९ नदी पार गरेका जिन्दगी राखेर धरापमा ! ✍️ रामचन्द्र भट्टराई, स्याङ्जा
३० परदेशी तुइन जात्रा पलपल बाध्यताको यात्रा ! ✍️ पुष्प यात्री प्रदेसी, सुनसरी
३१ आशा भयो विलिन मानव बन्यो काल ! ✍️ विजया घिमिरे, जनकपुर
३२ तुइन विवशताको यात्रा जोखिममा मानव जीवन ! ✍️ आर्त अकुलीन, कैलाली
३३ जिन्दगी भदौरे बाढी तुइनको अनपेक्षित यात्रा ! ✍️ वेद प्रसाद रिजाल, इलाम
३४ विवश तुइन यात्रा दुई दिनको जीवन ! ✍️ कविता आचार्य, लम्की, कैलाली
नेपाली काव्य विधा अन्तर्गत लघुतम विधाहरु मध्ये टुक्का कविता पनि एक हो । जसको प्रवर्तकका रूपमा साहित्यकार ताराप्रसाद चापागाईं रहनुभएको छ ।
उहाँका अनुसार टुक्का दुई हरफको कविता भएको, जसको पहिलोलाई आद्य पङ्क्ति र दाेस्रोलाई अन्त्य पङ्क्ति वा अन्त्य हरफ भनिन्छ । दुवै हरफमा अक्षर सङ्ख्या समान हुनुपर्ने र अक्षर सङ्ख्याको हकमा एक हरफमा कम्तीमा ५ अक्षरदेखि बढीमा २७ अक्षरसम्म राख्न सकिने हुन्छ ।
टुक्का कविताको उन्नयन र प्रवर्धनका लागि टुक्का साहित्य समाज गठन गरिएको छ । जसको अध्यक्षमा स्वयं टुक्का प्रवर्तक चापागाईं रहनुभएको छ । साथै टुक्का साहित्य समाजले विभिन्न अवसर पारेर टुक्का सम्बन्धि कार्यक्रम संचालन गर्दै आएको छ । जसमध्ये नियमित टुक्का अभ्यास कार्यक्रम पनि एक हो ।
टुक्का कविताकाे संरचनात्मक स्वरुप/ आधारभूत सिद्धान्त निम्न अनुसार रहेका छन्। (१) टुक्का नेपाली माटोमा हुर्किएको सरल एवं मौलिक कविता विधा हो । दुई हरफमध्ये पहिलोलाई आद्य पङ्क्ति र दाेस्रोलाई अन्त्य पङ्क्ति वा अन्त्य हरफ भनिन्छ । दुवै हरफमा अक्षर सङ्ख्या समान हुनुपर्छ । अक्षर सङ्ख्याको हकमा एक हरफमा कम्तीमा ५ अक्षरदेखि बढीमा २७ अक्षरसम्म (जसले परिपूर्णता देओस्) राख्न सकिन्छ। टुक्काकाे दुवै हरफकाे अन्तमा तुक (अन्त्यानुप्रास) मिलेकाे हुनु पर्ने छ । शब्दानुप्रास तथा एकाक्षरी तुकान्त मान्य हुने छैन साथै अतुकान्त हरफहरूलाई यसको दोष मानिएको छ । (२) टुक्काको संरचना (क) बाहिरी संरचना अन्तर्गत टुक्कामा जम्मा दुई हरफ हुन्छन् । यसका दुई हरफमध्ये पहिलोलाई आद्य पङ्क्ति र दाेस्रोलाई अन्त्य पङ्क्ति वा अन्त्य हरफ भनिन्छ । दुवै हरफमा अक्षर सङ्ख्या समान हुनुपर्छ । अक्षर सङ्ख्याको हकमा एक हरफमा कम्तीमा ५ अक्षरदेखि बढीमा २७ अक्षरसम्म (जसले परिपूर्णता देओस्) राख्न सकिन्छ। टुक्काकाे दुवै हरफकाे अन्तमा तुक (अन्त्यानुप्रास) मिलेकाे हुनु पर्ने छ । शब्दानुप्रास तथा एकाक्षरी तुकान्त मान्य हुने छैन साथै अतुकान्त हरफहरूलाई यसको दोष मानिएको छ । (ख) टुक्काकाे भित्री संरचना अन्तर्गत टुक्का आफैँमा अर्थपूर्ण हुनुपर्ने । कविताका गहना अलङ्कार, छन्द, विम्ब, प्रतीक, शब्द शक्तिका साथै विविध प्रयोगपूर्ण कलात्मक सिर्जना हुनुपर्ने । (३) टुक्कालाई मुख्य स्वच्छन्द टुक्का र छन्द टुक्का गरी दुई भागमा वर्गिकरण गरिएकाे छ । (४) शब्दको पूर्णताभन्दा पनि भावको सघनता, तीव्रता र प्रभावकारी एवम् कलात्मक रचना हुनुपर्छ । दुवै हरफमा परस्पर सम्बन्ध प्रगाढ हुनुपर्ने । (५) पहिलो हरफमा विषयको उठान, विस्तार र दोस्रो हरफमा समर्थनसँगै समापन गरेको हुनुपर्ने । साथै दोस्रो हरफमा मूलभाव उत्कर्ष वा परिपाकमा पुगेको हुनुपर्ने । (६) टुक्का सृजना गर्ने व्यक्तिलाई टुक्काकार भनिन्छ । (७) सकेसम्म गहकिला, थोरै शब्दमा वजनदार, रसिलो, कसिलो र चोटिलो शब्दावलीको प्रयोग गरी लेख्न सकिने तर समान अर्थ दिने एउटै शब्दलाई पटक पटक दाेहाेर्याउनु उचित मानिदैन। (८) भाषिक शुद्धतालाई ध्यान दिनुपर्ने । नेपाली भाषामा लेखिएकाे टुक्कामा सकेसम्म ठेट नेपाली शब्दहरुकाे प्रयाेग गरिन्छ । टुक्का नेपाली माैलिक साहित्य विधा भएता पनि याे जुनसुकै भाषामा पनि लेख्न सकिन्छ । (९) टुक्का जुनसुकै विषयमा पनि लेख्न सकिने तर धार्मिक, सांस्कृतिक, सामाजिक, व्यक्तिगत संस्कार तथा स्वतन्त्रतामा असर पर्ने गरी टुक्काहरू लेख्न पाइने छैन । (१०) टुक्कामा अावश्यकता अनुसार अल्पविराम, पूर्ण विराम, प्रश्नवाचक, विस्मयादिबोधक आदि चिह्नहरूको प्रयोग गर्नु पर्दछ । (११) टुक्काले अन्ततः वाचनबाटै पूर्णता पाउने हुँदा टुक्का कवितामा अक्षर गणना गर्दा लेखन तथा उच्चारण दुवैका आधारमा मान्य हुने तर समानता रहनुपर्ने।
👮♀️👮♀️शीर्षक : ट्राफिक प्रहरी 👮♂️👮♂️
@ १ १. सधै खटिन्छन जनताकै लागि धुवा र घुलाे नभनी, कर्तव्यपरायण ट्राफिक बस्छन देशका खम्बा बनी। २. ट्राफिक नियम पालना गरे दुर्घटना धेरै टर्छन्, सडकमा देखिने ती जनसेवक कत्ति दुख गर्छन्। ३. पैदल यात्रु, सवारी चालक, सवारी साधनहरू, सुरक्षित भई चलाउन सबैले साथ थपाै अरू। – ताराप्रसाद चापागाईं धुनिबेशी न.पा.-९, धादिङ
@ २ १. धुँवा, सडकको गन्ध, धुलोसँग खेल्छन्, त्यहीँ कठै ठगलाई दिनदिनै झेल्छन् । २. कति गाह्रो बनाएको नियम पालना गर्न, बसेका होइनन् ट्राफिक यतिकै घाँस चर्न। ३. जोखिम घटोस् भन्ने चाहना हुन्छ, ट्राफिकको कुरा खै कसले सुन्छ। ४. न बस्ने ठाउँ हुन्छ र दिनभर उभिएरै जान्छ, ट्राफिकलाई सलाम छ तिम्रो धैर्य आत्मले मान्छ। – पौडेल विमुन्स, पोखरा
@ ३ १. ट्राफिक प्रहरी सधैं बन्नुपर्छ कानुनकाे रक्षक, बन्नुहुन्न कसैले नी यहाँ नीती नियमकाे भक्षक । २. ट्राफिक प्रहरीले निस्वार्थी भई काम गर्नुपर्छ, सेवाभावले ती जनताको मन सधैं भर्नुपर्छ । ३. कतिले त निस्वार्थी भावले सेवा दिन्छन् धेरैले मनभित्र लाेभ र पाप लिन्छन् । ४. ट्राफिक प्रहरीहरू रातदिन खट्छन्, जनताकाे हितमा नै देशैभरि डट्छन् । —लक्ष्मी घिमिरे, दहाल,( दमक -७,झापा )
@ ४ १. सवारी साधनको नियामक, बाटोघाटो चौबाटोको पालक। २. धुलो धुँवा बेपर्वाह कर्तव्यमा निष्ठा, रातदिन जोगाउँछन् देशको प्रतिष्ठा। ३. दत्तचित्त भएर सम्मान गरौँ जहिले, आवश्यक कुरा सोधेमा सघाऔँ पहिले। ४. एउटा राम्रो नारा छ क्यारे ‘प्रहरी मेरो साथी’, सडक र यात्रु सुरक्षानीति बोक्छन् शिरमाथि। – म्यामराज राई, भाेजपुर, हाल जापान
@ ५ १. दिन र रात नभनी गरिरहन्छौ काम, राष्ट्र सेवक ट्राफिकहरूलाई सलाम । २. तन, धनको क्षतिमा कसैले नपरौं, ट्राफिक नियम सबैले पालना गरौँ । ३. नियम मिच्नेलाई जरिवाना भराउने, ट्राफिक ज्यूले चालक सजग गराउने । ४. बिस्तारै हिडे बाटामा, छिटो कुदाए घाटामा । – रिजाल विनोद, बेलबारी २ मोरङ
@ ६ १. लाइसेन्स नहुँदा भागी भागी गाडी चलाउने, ट्राफिक प्रहरीले जरिवाना सक्दो चढाउने। २. ट्राफिक नियन्त्रणलाई उलङ्घन गर्छ जब, यस्तो हुँदा नै धेरै दुर्घटना बढ्दै जान्छ तब। ३. बेइमान लाइसेन्स नलिई चालक हुन्न जन, ट्राफिक नियमको पालना गर्न चाहिँ छैन मन ४. ट्राफिक नियमको राम्रो पालना गर्छन् विदेशमा, त्यहीँ मान्छे लापरवाही गरेर हिँड्छन् स्वदेशमा । —भगवती साधिका, दमक -५ झापा
@ ७ १. सामान्य हेलचेक्र्याइँले ठूलो घटना घट्ने गर्छ, त्यही रोक्न ट्राफिक प्रहरी दिन-रात लागी पर्छ। २. ट्राफिक प्रहरीको कथन अनि नियमहरू घोकी, हिडौँ बाँचेर अरूलाई पनि बचाउँको मन्त्र बोकी। ३. कर्तव्य निष्ठ ट्राफिक प्रहरी दिन-रात काम गर्छन् , यात्री अनि सवारी साधनको रक्षार्थ नै अघि सर्छन। ४. बिस्तारै दगुरे मात्र गन्तब्य पुगिन्छ नबिर्सौं कसैले, अहोरात्र खटने सेवकको सहयोग गरौँ सबैले। – अरुण कुमार भुजेल , गोरूबथान,कालेबुङ्ग।
@ ८ १. घामपानी भन्नुछैन जोखिम मोल्दै काम, जिम्मेवार सेवक ट्राफिकलाई सलाम । २. दुर्घटना न्यूनीकरण गर्नका खातिर, हरदम तयार हुन्छन् पार्दै ठाडो शिर । ३. ट्राफिक नियम हुदैन उलंघन गर्न, अटेर गरे भन्छन् छिट्टै जरिवाना भर्न । ४. चालकलाई नैतिकता पाठ सिकाउने, ट्राफिक हो यात्रुलाई सजग बनाउने । – वसन्त अनुभव घोराही उपमहानगरपालिका – १४, दाङ
@ ९ १. आफु सक्षम भएर जानेको काममा भर परौं, सडकको यात्रामा ट्राफिकलाई सहयोग गरौँ। २. बाटो काट्दा खेरि अथवा रोकिदा खेरि होओस, ट्राफिक नियम पालान गरी हिँड्नुस् सयौं कोस। ३. चालक भए लाईसेन्सलाई साथमा राख्नु पर्छ कहिलेकाहीँ दुर्घटनामा बढो सहयोग गर्छ। ४. कहिले पनि यात्रामा नगरौ है तल माथि, मद्दत चाहिँ लिनु पर्छ ट्राफिक हाम्रो साथी। – पुर्ण बहादुर श्रेष्ठ “हृदयङकृत” पनौती-३,काभ्रे
@ १० १• सेतो टोपी नीलो पाइन्ट नीलो कमिज, मिलाएर लगाएका छन् नि हर चीज। २• दोबाटोमा बसेर सिठ्ठी फुकेका, कर्तव्य पालनामा छैनन् चुकेका। ३• धूलो धुवाॅ घाम पानी केही नभनी, खटिएका देखिन्छन् ती रातमा पनि। ४• कहाॅ होला घर अनि बस्ने कुन ठाउॅ, जाम परे मिलाउने ट्राफिक हो नाउॅ। – घनश्याम पौडेल, सृजना चोक पोखरा
@ ११ १. हामी मानव भएर दानव भन्छन् कसरी, दुर्घटनामा कति पर्छन् खुलेआम यसरी। २. ट्राफिक प्रहरीहरूको नियम कानुन मानिराखौँ, बिना लाईसेन्स हुन्न सवारी चलाउन जानिराखौँ। ३. बिचबाटोमा हेर्नू जाम छ वरिपरी, ट्राफिक आउँछ सवधान घरी-घरी। ४. देश र जनताकै लागि ज्यान जोखिम राखेर, गर्छन् संघर्ष देशमा बगेको पसिना चाखेर। —कमला पाण्डे पराजुली, झापा
@ १२ १. ट्राफिक भन्ने जागिर कति गाह्रो होला, न पानी भन्न पाइयो न त बाढी खोला । २. नमस्कार गर्दै बाटो कुर्नुपर्ने ट्राफिक बिचरा, लाइसेन्स छैन सवारी चलाउने कस्ता छिचरा । ३. जागिर खान साह्रै गाह्रो ट्राफिक पदको, सबै मिली सम्मान गरौँ कठिन कदको । ४. हामीलाई हल्का लाग्ने जागिर तर काम गर्न गाह्रो, ट्राफिक भई काम गरे थाहा हुन्छ यो छ कति साह्रो। — राजेशराज गड्तौला, रतुवामाई-१०, मोरंग हाल- प्रवास
@ १३ १. आँधी-हुरी के हो उसले जान्दैन, भोक-तिर्खा के हो त्यो पनि मान्दैन। २. जनताको ज्यान बचाउन धेरै जोखिम उठाउने, दिनभरि नै सीटी फुकी आफ्नो गन्तव्यमा जुटाउने। ३. परिवारसँग बस्न पाउँदैन ऊ कहिले, बाटोमा बसी यात्रीको सुरक्षा गर्छ जहिले। ४. ट्राफिक लाइटको नियम पालन गरौं, समयमा नै सुरक्षालाई झोलीमा भरौ। — प्रशान्ति राई, सामसिङ्ग खासमहल कालेबुङ
@ १४ १. सडकको नियम कानून जान्ने कसरी , सिठ्ठी बजाई अाैंल्याउँछन् ट्राफिक प्रहरी । २. सवारीकाे अावागमनलाई चुस्त गराउँछन् , देखेपछि ट्राफिक पुलिस चालक डराउँछन् । ३. सडकको कामकाज सडकमै बास ट्राफिककाे राेजगारी यहि भयाे खास । ४. भवितब्य कर्तव्यमा घटना घट्यो भने सत्य र तथ्य निर्क्याैलमा सहभागी बने । – रामकृष्ण दुवाडी, पाेखरा
@ १५ १. कसैले देशको लागि लडेर मरे, आपत बिपतमा नि अगाडि सरे। २. जीवन सबैको सङ्घर्षमय भयो, सङ्घर्ष गरेरै हाम्रो जिन्दगी गयो। ३. देशको बनावट पनि उस्तै हुँदा, कतै पहिरो त कतै बाढीले छुँदा। ४. बचाउन हाम्फाल्छन् ती वीर, असाहायको लागि आखिर। —सुरेशकुमार पान्डे , दाङ घोराही १८,
@१६ १. नेताहरूले गर्दा नै हाम्रो देश बिग्रेर गयो, यिनैका आसेपासे भन्दा अरू नबसे नि भयो । २. अहिले यिनीहरूको मुख हेर्न मन लाग्दैन, राजनीति शब्द सुन्ने जाँगर पनि त जाग्दैन । — दुर्गा भट्टराई, बिराटनगर
शहर पढेर आएको छोरालाई जति बिहे गर भन्दापनि नमानेपछि दिक्क भएका उमेशका बुवाआमाले मलाई देख्ने बित्तिकै गुनासो पोखे ।
“लौन ए हर्के ! तेरो साथीलाई संझा । अब पढाई पनि सकियो, हामी पनि डाडामाथिको जून जस्तै भइसक्यौ । आँखामा पानी छदै छोराको घर बसेको हेरेर सन्तोषले जाऔंला भनेको । बिहे गर्न पटक्कै मान्दैन् ।”
“बुवाआमाले भनेको कुरो सहि लाग्यो मलाई । आखिर त किन मान्दैनस् उहाँहरूको कुरा ?” मैले उमेशलाई एकान्तमा संझाउँदै भने ।
“ल ठिक छ, तेरै कुरो सहि । शहर पढ्दा सबितासँग तेरो निकै हिमचिम थियो, त्यसैलाई बिहे गर्न त ।”
“अब कहिँ नपाएर त्यो चरित्रहीन केटीलाई जीवनसाथी बनाउछु ।”
“त्यसोभए कविता या जुना या विपना मध्ये कुनै एउटीसँग बिहे गर, आखिर सबैजना तसँग हुरुक्क हुन्थे ।”
“कस्तो ठिस कुरा गर्छस यार, म त्यत्तिकै भन्छु होला त । ती सबैसँग मैले रात बिताएको छु ।”
“ह्या .. ती केटीहरूको कुरा नगर् । सबै चरित्रहीन हुन् । मलाई भर्जिन चाहिन्छ ।”
“तलाई सबै चरित्रहीन हुन् भन्ने कसरी थाहा भो भन् त । त्यत्तिकै अरूको चरीत्रमाथि औंला उठाउन पाइन्छ ?”
“कस्तो ठिस कुरा गर्छस यार, म त्यत्तिकै भन्छु होला त । ती सबैसँग मैले रात बिताएको छु ।”
“वाह साथी वाह ! ती केटीहरूसँग रात विताउने त चाहिँ चरित्रवान, अनि ती सबै चरित्रहीन ? अझ तलाई बिहे गर्न भर्जिन केटी चाहियो ? यत्रो पढेलेखेको विद्वान भनाउँदोले त्यस्तो घृणित कार्य गर्दा र अहिले तुच्छ बोल्दा अलिकति लाजसरम लागेन ?”
टुक्का लेखन अभ्यास शृङ्खला -१४ मा सहभागी टुक्काकारहरूद्वारा रचित उत्कृष्ट टुक्काहरू
@ १ १ सर्वप्रथम मेरी ममतामयी आमा नै गुरु, मेरा बाबाले अक्षरारम्भ गराइ दिए सुरु। २ गुरुका चरणमा पुष्प अर्पण गर्दै आदर, दुई कर जोडी टक्र्याउँछु नमस्कार सादर। ३ ज्ञानगम्य सारा मनन गर्न सकुँ खुरुखुरु, पथप्रदर्शक जताका भए नि सव हुन् गुरु। ४ गुरु विना असम्भव संसारका ज्ञानोपार्जन, सदा आभारी छुँ गुरु प्रति जे जति छन् आर्जन। – शर्मिला श्रेष्ठ,ललितपुर हाल अमेरिका ।
@ २ १. माता र पिता ती पहिला गुरु संसार देखाउने, जीवन भाेग्न सिकाउने उनै भविश्य लेखाउने। २. हरेक माेडमा अनेकाैं गुरु सबैलाई नमन सुमार्ग देखाई अज्ञान ती सबै पारेथ्याै शमन। ३. सदैव मिलाेस् अाशिर्वाद गुरुकाे चरण सुकर्म र नैतिक शिक्षा बुद्धिकाे भरण । ४. गुरुकाे ज्ञान पाएर हाम्राे धन्य छ जीवन, गुण गान गाअाैं चढाई सधैं श्रद्धा सुमन। – ताराप्रसाद चापागाईं
@ ३ १. गुरुबिना जिन्दगानी थियो कालो गुरुवाणीले हटायो कालो जालो। २. अक्षर के हुन् कनिकुथी हेर्थेँ गुरु भेट्दा कान्छी औंलामा बेर्थेँ। ३. आजको पदवी गुरुकै देन गुरुबिना कसैले केही गरेन। ४. गुरुको नाममा चेली लुटेका कथा सुन्दा सुन्दै मुटु यो फुट्छ बढ्छ व्यथा। – पौडेल विमुन्स,पाेखरा
@ ४ १. हजुर हो गुरुदेव मलाई अक्षर चिनाउने, यो दुनियाँमा सक्षमता अनि योग्यता दिलाउने। २. माया गरौँ आदर गरौँ गुरु आमा गुरु बा लाई बाबा आमा छरछिमेकि दिदि बहिनी दाजु भाई। ३. हामीले जति सिकेका छौँ गुरु नै हुन् सिकाउने, पद प्रतिष्ठा सम्मानले बिश्वभरी बिकाउने। ४. ताते हिड्न थाले देखि अहिले सम्म जति जाने, सिकाउने गुरु को नै आशिर्वाद र माया ठाने। ✍नवशिला बेलबारी -२, लालभित्ती, मोरङ (हाल: गोदावारी,ललितपुर)
@ ५
१• दर्शन म गर्छु सदा शिर यो झुकाई पुजनीय मातापिता अनि गुरुलाई। २• हृदय नै खोलिकन दिनुहुन्छ ज्ञान, उब्जिएका समस्याको गरी समाधान। ३• मेरा गुरु मेरा निम्ति ज्ञानको भंडार, भुल्न कसै सक्दिनॅ म छोडे नि संसार। ४• एकलब्य जस्तो चेला नबनेता पनि, शब्द गुच्छा चढाउॅला गुरुभेटी भनी? – घनश्याम पौडेल, सृजना चोक, पोखरा।
@ ६
१. जन्माएर यहाँ धर्तिमा पाईला टेकाउँने, पहिलो गुरु बाआमा संसारमा देखाउँने। २. शिक्षा दिन्छन् हामी लाई बिद्यालयमा अनमोल, दोश्रो गुरु मान्छौँ हामी सुनचाँदीमा हुन्न तोल। ३. जहाँ बसेनी भोजन गर्छौं तेश्रो गुरु किसान जानी, बाली अन्न उब्जाएर मेहनती यहाँ धेरै छन् ज्ञानी। ४. आत्मा ज्ञान दिन्छन् हामी लाई गाईत्री मन्त्र जप्नू भन्छन्। यीनै हुँन् हाम्रा पाँचौं गुरु महापुरूष हरुले गन्छन्। – कमला हरिमाया पाण्डे पराजुली, झापा
@ ७ १ मातापिता अनि गुरुवर्ग हुन, मेरा निम्ति भगवान, नतमस्तक रहन्छु सदा गर्दै शिर झुकाइ सम्मान । २ शिक्षा मिल्यो गुरुवर्गबाट खुल्यो ज्ञानको ज्योति, शिक्षा नै रहेछ जीवनमा अमूल्य हिरामोती । ३ आज जे छु जहाँ छु गुरुवर्ग हुनुहुन्छ कारक, अशिक्षा र अन्धकार म भित्रको कुशल मारक । ४ सक्दिन म एकलब्य झै भेटी औंला काटि दिन्, चाहान्छु म पावन दिनमा गुरुवर्ग संझिन् । – वसन्त अनुभव घोराही उपमहानगरपालिका १४, दाङ
@ ८ १. शिक्षक अाफैं हुरुरु बलेर ,, प्रकाश छर्छन् मैनझैं जलेर । २. कहिल्यै गुरुलाई नगर्नु है हेंला ,, डुङ्गा बनी नदी तार्या हुन् काेही बेला । ३. पुज्य हुन्छन् जहिले नि गुरु ,, छर्छन् ज्याेति बलेर हुरुरु । ४. नङ र मासुजस्तै हुन् गुरु अनि शिष्य ,, बनाइदिन्छन् गुरुले उज्यालाे भविष्य । – थापा रुद्र भानु – ११ , तनहुँ
@ ९
१. सुन्नुहवस् कुराे भन्छु एउटा गुरु जस्तो काेही छैन देउता । २. गुरुले नै बनाइदिन्छन् मान्छे सबै ठूला उनैले टालिदिन्छन् सबै अज्ञानका दुला । ३. शिक्षा दिन्छन् अरुलाई अाफु सधैं नै जली मान्छे अाफैँ खराब बन्छ गुरुलाई छली । ४. गुरुले नै शिष्यकाे उद्धार गर्छन् खाली दिमाग सुविचारले भर्छन् । – लक्ष्मी घिमिरे दहाल, दमक ७ झापा
@ १०
१. हात समाई अक्षरै लेखाउने, गुरुले नै हाे भविष्य देखाउने । २. नदी बगरका माझी हुन् गुरु, चेला तारी उडाउँछन् भुरुरु । ३. गुरु पनि बाअामा समान, तिनीलाई पराई नठान । ४. गुरुज्यूले देखाएकाे बाटाेमा, हिंडौं हामी मान गरौं साटाेमा। – शर्मिला कार्की “शरु” पैंयुँ – २ , पर्वत
@ ११
१. ज्ञान गुनका कुराहरू सिक्नलाई गरें शुरु, कान समाएर सिकाउने कहाँ छन् मेरा गुरु॥ २. दुई चार अक्षर चिने पछि साक्षर म भएँ, उफ्री उफ्री सिकाउनलाई त गुरु हुन गएँ। ३. त्यति छिटो सजिलै कहाँ पाईन्छ गुरु हुन, सबै बिषय थाह नभए पर्छ आफैं रुन। ४. बा,आमा र गुरु हुन भगवान, गर्नु पर्छ सँधै हामीले सन्मान। –पुर्ण बहादुर श्रेष्ठ “हृदयङकृत” पनौती-३,काभ्रे
@ १२ १. गुरु भन्दा चेला जान्ने बिना गल्ति झाप्पु हान्ने। २. गुरु बिना शिष्यको पाईला चल्दैन , असल ब्यक्तिले कहिले नि छल्दैन। ३. जसलाई जति बाडे पनि ज्ञान रितिदैन , बिना बुद्धिबिबेकले कतै केहि जितिदैन। ४. सबैले जिन्दगीमा भलो काम गर्नुपर्छ , आफु भित्रको ज्ञान सबैलाई छर्नुपर्छ – उषा के.सी., ललितपुर
@१३ १. महान हुन् गुरुहरू जसले शिक्षा दिने गर्दछन् , नजान्नेलाई पनि सिकाएर नयाँ बाटो भर्दछन् । २. शिक्षकले आफ्नो कर्तव्यहरू पुरा गरेर , ज्ञान छर्दछन् सबैलाई मिठो माया भरेर । ३. कहिल्यै कसैको गलत सोच्ने नहोस् बानी , गुरुलाई सम्मान गर्नुपर्छ आफ्नै ठानी । ४. असल गुरुलाई सबैले भगवान समान ठान्नु , बाटो देखाउने जीवनको अमुल्य योगदान मान्नु । – रिता खराल, रुपन्देही
@ १४
१. हात भरि धुलो थियो शरीर सबै मैलो, गुरुजनले पखाले खुल्यो ज्ञानको दैलो। २. ज्ञान नभएमा शिखर छुँदैन, बिना गुरु ज्ञान कहिले हुँदैन। ३. गुरु नै हुन जीवनको पाठ लेखाउने, सही मार्गमा भविष्यको बाटो देखाउने। ४. गुरुजनको ज्ञानले झोला भर्नुपर्छ, साटोमा उनलाई सम्मान गर्नुपर्छ। – प्रकाश बुढाथोकी असम भारत।
@ १५
१. दर्सन गर्छु प्यारो नेपाल कै गुरुलाई , राम्रो शिक्षा मैले हजुर जिन्दगीमा पाई । २. साथी संगीनी हेला गर्ने च्यात्तिएको लुगा , गुरुले भन्ने गर्थे नानीको सोचेको पुगा । ३. कति प्यारो लाग्थ्यो मलाई गुरुको नाता , मुस्कान छोडि पल्टाएको किताबको गाता । ४. कुनै दिन त गुरुबाट पिटाइ खाइयो, यस्तो लाग्छ जीवनको सबै ज्ञान पाइयो । – कान्छी बिनिता विश्वकर्मा, बाजुरा
@ १६
१, आफ्नो ज्ञान संधैं हामीलाई दिन्छन् शिष्यको निम्ति समय पनि लिन्छन्। २, निस्वार्थ सेवा गुरूले गर्छन् बिद्यार्थीलाई ज्ञानले भर्छन् । ३ आफू हारेर अरूलाई जिताउने शिक्षक हुन् शिक्षाको दियोले उज्यालो बनाउने उनै जून। ४ सहन तयार छ्न् निम्ति जे पनि उनी आफ्नोमा भएको सबै ज्ञान दिन्छन् गुनी। – प्रशान्ति राई सामसिङ्ग खासमहल, कालेबुङ
@ १७ १. पहिलो अक्षर क,ख ग हात समाई लेखाउने अामा बाबा पछिकाे गुरु नै हाे भविस्य देखाउने। २. अामाबाबा र गुरुहरु मेरो लागि भगवान, सधैं गर्छु उहाँहरु लाई नै धेरै म सम्मान। ३. अामाबाबा जस्तै हुन् गुरुहरु नै समान, उहाँहरु लाई कहिलै पराई नठान। – शाेभा अर्याल बुटवल -१४ रूपन्देही
@ १८ १. गुरुलाई ब्रम्हा बिष्णु महेश्वर भन्छन् स्कुल छोडेपछि आफैलाई ठूला गन्छन् । २. अक्षर चिनाउने गुरु पुज्य हुन्छन् उनैले जीवनको दु:ख पनि सुन्छन् । ३. जीवनमा सही बाटो देखाउने हुन् गुरु उनीबाट नै जीवनको बाटो हुन्छ शुरु । ४. सिकाउने गुरु हुन् जोड घटाउ गुन्न, तिनलाई हामीले ॲह बिर्सनु हुन्न । – राजेशराज गडतौला रतुवामाई-१०, मोरंग हाल- प्रवास
@ १९
१. नमन गदर्छु म सदैव शिर झुकाई पहिला गुरु पूजनिय बाआमालाई । २. पहिलो गुरु आमा हात समाई अक्षर लेखाउने बाबाआमा पछिका गुरु हुन् जुन भविस्य देखाउने । ३. बाआमा र गुरुलाई गर्नेपर्छ सम्मान उहाँहरूलाई कहिल्यै पराई नमान । ४. एकपटक हैन सधै गर्नु पर्छ सबै प्रति सम्मान पढाईमा भन्दा व्यवहारिक हुन बढ।औ ज्ञान। – दुर्गा भट्टराई, मोरङ
@ २० १. ज्ञान देउ बुद्धि देउ देउ न विवेक धर्म, गुरु बनी यो जगतमा सिकाइदेउ कर्म। २. पाप हैन तिमिले धर्म गर्दैजाउ, गुरुको ज्ञानले मस्तिष्क भर्दैआउ। ३. अक्षर होइन मैले तिम्रो अवस्था हो पढेको, भन्थ्यौ तिमी गुरुको ज्ञानले हो अगाडि बढेको। ४. तयार छु म सिक्न सधैं तिमिले पढाएको, खोइ त मलाइ असल बाटोमा बढाएको। – मुक्तिनाथ अधिकारी भरतपुर,चितवन
@ २१ १. जन्मदिने मेरी माता पहिलाे शिक्षा दाता , पिता मेरा सर्वज्ञाता मेरा खाता पाता । २. बिद्यालय जान थालें फेलापारें गुरु कखगघ भनी हालें पढें खुरुखुरु। ३. अङ्क गन्दा अाैला देखाई सिकाउथे हेर ए बी सी डी अङ्ग्रेजीको सिकियाे त्यति खेर। ४. लाेभ लाभ गरी ठग्नु हुन्न भन्थे गुरु , नगरेर लाेभ अाज ध्यान गरेँ शुरु। – रामकृष्ण दुवाडी, पाेखरा ।
@ २२ १. हाम्रो गुरु त प्राकृतिक पनि हुन, उन्लेपनि दिएकाछन धेरै गुन। २. बेला बखतका उल्झनहरू पनि त गुरु, जसले हामीलाई शिक्षा दिन गर्छन शुरु। ३. हामीलाई जनम दिएर त माता पिताहरू बनेका हुन्छन् उनीहरु गुरु सुरु शिक्षा अरू। ४. जस जस बाट शिक्षा लियौँ ति सबै हुन गुरु, बेला बेलामा दिए योगदान गन्न गरौँ सुरु। – सुरेशकुमार पान्डे, दाङ घोराही १८
@ २३
१. साथीकोझैँ सम्बन्ध हुन्छ गुरु चेला, स्कूलबाट नै आउँदा भयो अबेला । २. असल शिक्षा दिने मेरी गुरुआमा , पढ्न जाँदा लगाउने यहीँ हो जामा। ३. बाबा ,आमा र गुरु हुन् मेरा भगवान्, शिक्षा दिई मलाई बनाऊ गुणवान् । – भगवती दवाडी ,झापा, दमक
@ २४ १. शिक्षक अनि चेलाको अजम्बरी नाता सुरक्षा गर्छ जसरी किताबको गाता। २. अज्ञानता हटाएर ज्ञानकाे सागर छर्न मन लाग्छ गुरुबर्गमा सधै सम्मान गर्न। ३. उच्चारण गर्न पाउदा पनि खुशी हुन्छ मन बाबा आमा पहिलो गुरु सम्मानजनक धन। ४. पाइन्छ भने हर क्षेत्रमा आदरणीय गुरुको साथ देबि देवता पनि धर्तीमा ओर्लेर चुमिदिन्छन माथ। – ईश्वरी अधिकारी, लमजुङ
@ २५ १. तिमीले शिक्षा बेच्छौ म किनेर पढ्छु व्यापारी हु नि मनपर्ने गाडी चढ्छु २. मलाई चाहिदैन डाक्टर पाइलट हुन अहिले कोही त आउदैन गुरु पाउ छुन ३. मलाइ बैँसमा पैसा चाहियो बेचेँ शिक्षा थुक्क म गुरु आज आफू माग्दैछु भिक्षा – रघु न्यौपाने
@ २६
१. गुरुहरुको सम्मान र ईज्जत गर्न जान्नुपर्छ , नजानेको कुरा सिकाउँदा ज्ञानि भई मान्नुपर्छ । २. सत्य युगमा गुरुलाई मान्थे ब्राह्मण थरका, पहिलो गुरु बाबा र आमा सुन आफ्नै घरका । ३. सानो ठूलो केही हुन्न शिक्षा दिने गुरु, जान्नै पर्ने कुरा मानी सिकौं खुरु खुरु। ४. गुरु र शिष्य दुवैमा हुन्छ ज्ञान बराबर, सानो मन नगरेर सिक्दै जाऊ सरासर । – ललिता अभागी, सिन्धुली
@ २७ १. आ-आमा पहिलो गुरु संसारलाई नै देखाउने , उनैप्यारा गुरुहुन् मेरा धर्तीलाई टेकाउने । २. बुद्धि ज्ञान अर्ती दिई साक्षरता बनाउने, शिक्षक गुरु हुन् मेरा बिद्या बाटो देखाउने। ३. गुरु बाट नै त्यो ज्ञान पाइन्छ, बिद्या सिक्न गुरु ज्ञान चाइन्छ। ४. जसले बिश्वमा पहिलो बिद्या देखाए, उनैले नै अगाडि गुरु नाम लेखाए। – वेदु न्यौपाने, काठमाडाैं
@ २८ १. जहाँ मिल्छन गुरू अनि शिष्य, उज्ज्वल हुन्छ शिष्यको भविष्य । २. बा-आमाले संसारमा टेकाउँछन्, जिउने मार्ग शिक्षक देखाउँछन्। ३. गुरूले अन्धता फाँडेर हिंडाउँछन् बाटो विद्यार्थीलाई चिनाउँछन जन्मेको माटो। ४. ज्ञानको पुन्ज गूरूको सम्मान त गरौं गुरू सामु कहिल्यै अभिमानी नपरौं। – भूषण जंग, अस्ट्रेलिया।
@ २९ १. गुरु हुन् उज्यालो ज्योति दिने हामी ज्ञान लिने कि नलिने ? २. बाआमा र गुरु पुज्ने हुनुपर्छ ज्ञान बुझ्ने । ३. के बनाउने काँचो माटोको? यात्री हो नि शिष्य दोबाटोको ! ४. गुरु नदीको माझी शिष्य बन्दछ काजी । – रिजाल विनोद बेलबारी२ मोरङ
@ ३०
१. नगरौ हेला शिक्षकलाई बुझौँ न ठूला दिक्षकलाई। २. बाटो नै देखाउने गुरु लेखाइ सुधराइ सुरु। ३. हृदय देखि नै सम्मान छ गुरु बाटो बिर्सने छैन हिडाइ सुरु। ४. खुल्ला आकाश त्यो बादलले छेक्छ भविष्यको बाटो शिक्षक ले लेख्छ। – नबिन जोशी प्रदेश ७ कैलाली
@ ३१
१. गुरू नै ब्रह्म, गुरू नै बिष्णु , गुरू नै त महेश हुन् , गुरूले लाएको हामी सबैले बिर्सनु हुन्न गुण । २. गुरूनै हुन् सबैलाई ज्ञान दिने, निस्वार्थ सेवा दिई केही नलिने । ३. शिष्य नभई गुरूको हुँदैन काम, गुरू नभए शिष्यको हुँदैन नाम । ४. गुरूनै हुन् जन – जनमा ज्ञान भर्ने, अन्धकार हटाएर प्रकाश छर्ने । – राजेन्द्र प्रधान पासा, दार्जिलिङ्ग
@ ३२ १. ज्ञान हाम्रो प्रकाश हो अज्ञान अन्धकार , गरौं ध्यान गुरुको हात जोडी नमस्कार। २. गुरु नभए ज्ञान काहा पाइन्छ ? अज्ञान हटाउन गुरु चाहिन्छ। ३. गुरु नै हुनुहुन्छ सबको महान, जस्ले दिनुहुन्छ सकारात्मक ज्ञान। – अम्बिका गिरी
@ ३३ १. गुरु त्यो हो जसले, चिर्दछ घोर अन्धकार, जीवनको हर परीक्षा, लगाइदिन्छ पार । २. सत्य के हो ? कर्म के हो ? के हो धर्मको आधार? गर्दैन उनले कुरा जो, हुन्छ है निराधार । ३. गुरु बिना सफल कहाँ ? हुन्छ ज्ञान अपुरो, अल्प ज्ञानले जीवन पनि, हुन्छ है अधुरो । ४. गुरुबाट पाएँ शिक्षा, बढाएँ जीवनपथ खुशी औ वैभव जोडेँ, चलाई जीवनरथ । – गोपाल कृष्ण डंगोल महाराजगञ्ज, काठमाण्डू हाल: इटहरी
@ ३४ १. आध्यात्मको शिक्षा ज्योति सदा छर्ने गुरु ज्ञानको पानापल्टे गरे अध्याय सुरु। २. दियो झेँ रुपलिई ऊर्जा छर्ने देशमा संसारभरि छरछन् चरीको भेषमा। – धनुष न्याैपाने, सुर्खेत ।
@ ३५ १ मलाई जन्म पनि दिएँ, बाआमा मेरा गुरु थिएँ। ४ जति गरे पनि पुग्दैन वयान, अब्बल छ मलाई दिएको ज्ञान। ३ जस्तै परिस्थिति अाअाेस भुल्ने छैन मैले कुनै दिन, सम्झिन्छु ती मेरा पहिला गुरु बा-आमा हरेक छिन। – जगत थापा, बझाङ्ग
@३६ १. ज्ञानको ज्योति फैलाई दिने ती मेरो गुरुको जन्माई दिने उजेली आमा गुरु हुन् शुरुको । २. जलेर आफू उज्यालो दिने गुरुको शिक्षाले, दक्षिणा दिई नमन गर्छु श्रद्धाको भिक्षाले । –रचना मोक्तान “यात्री” नमोबुद्ध न. पा. ५ , काभ्रे ।
@३७ १ पाइला अल्मलिएर पुगिदैन गन्तब्य नभए गुरु गुरुको निर्देशनले नै प्रसस्त हुन्छ मार्ग खुरु खुरु । २ सबैले मनै देखि गर्नु पर्दछ मनन गुरुलाई गर्नु पर्दछ स -भक्ति नमन । ३ दोहर्याउने भ्राता , कर्म दिने पिता , जन्म दिने माता गुरु साक्षात देवता , बुद्धि , विवेक , बिद्या , सीप दाता । – बिके माकजू, भक्तपुर
@३८ १ बाँडेर ज्ञान सिगार्ने माथ जादु छ गुरुमा, जानेर काेही आउन्न यहाँ जन्मदै शुरुमा । २ मनकाे मैलाे पखाली धनकाे दैलाे उघाराैं, गुरुमा श्रद्धा चढाइ भावना शुद्ध उतारौं। ३ झुकाइ शिर फुकाइ दिल परे है शरण, खुल्दछन् ढाेका ज्ञानका सबै गुरुकै चरण । ४ घमण्ड, घृणा क्रोध र मोह निकाली फालेर, विवेक,बुद्धि भर्दिन्छ्न् गुरु सद्भाव पालेर। – त्रिलोचन भण्डारी मेचीनगर १०, झापा
@ ३९ १. जिन्दगीका ती बाटा लामा यात्रा पनि लामा, आमा मेरो जिन्दगीको पहिलो गुरुआमा । २. जिन्दगीको कठिन यात्रा जब भयो शुरु, पथप्रदर्शक भै निस्के उनै मेरो गुरु । ३. गुरुको अर्ती तीतो नै हुन्छ नमीठो नमान, उज्यालो तिर डोर्याउने ती देवता समान । – डम्बर थामी ‘अनुपम’ कालिन्चोक गा.पा.-६, दोलखा ।
@ ४० १. हात समाइ कखरा सिकाई ज्ञान दिनुभयो, गुरु हजुर महान मान , सम्मान लिनुभयो। २. मातापिता भन्दा अग्लो कद छ संसारमा संसारै अडेको छ गुरुकै स्वच्छ प्यारमा । – लक्ष्मण समिर, बर्दिया हाल काठमाडाैं
@ ४१ १. शब्द उच्चारण सिकाउने अामा हाे सुरु जिन्दगीकाे पहिलाे पाठ अामा नै हाे गुरु । २. रहर लाग्याे मनै देखि पढ्न लेख्न इच्छाले ज्ञान ज्याेती देखाउनु भयाे गुरुकाे शिक्षाले । ३. राम्रो बाटाे डाेर्याउने सबै मेरा लागि गुरु नयाँ, सहि कदम देखाउनु गर्छु म सुरु । – कविराज तामाङ, काभ्रे ।
@ ४२
जन्मेदेखि नमरुन्जेल सबै गुरु हुन् सिकाउने, श्रद्धा गर्छु सहज जिउन बाटो सधैँ देखाउने। – म्यामराज राई हतुवागढी-६,होम्ताङ्,भोजपुर हाल:-जापान
@ ४३ १. गुरुबिनाको ज्ञान पूर्ण हुँदैन गुरुको महिमा पहिचान छैन । २ गुरु प्रेरक प्रभात सरी गुरु नमन ज्योति छरी ३ गुरु चरणको नै भक्ति गरी पाउनु ज्ञान अमूल्य जसरी ४ आमा बा घर परिवार प्रथम् गुरु यहीबाट हुन्छ अभ्यासहरु सुरु । – पुष्पासायरा, बिराटनगर ।
@ ४४ १. गुरुका चरणमा शिर निहुर्याई, सुखी बन गुरुका सदिच्छा पुर्याई । २. कुखुरोबाट पाएथे गौतम बुद्धले ज्ञान, सम्मान गर्नुपर्दछ गुरुको सदैव जान । ३. अस्थिर मन हुँदा गुरूसामु गइन्छ, बुबाआमा ती गुरु पुजाैं धन्य भइन्छ । – रचना शर्मा प्रतीक्षा ल. पु., इमाडोल ।
@ ४५
१ उनैबाट भएको. थियो जिन्दगानी सुरु आमा नै हुन् मेरो जीवन दिने पैलो गुरु । २ हरेक पल आसिक दिई हौसला बढाउने बाबा मेरा दोस्रो गुरु साउँ अक्षर पढाउने । ३ राखेर ठूला ठूला ती तस्बिर फेसबुकको भित्तामा हुँदैन गुरु सम्मान बरु राख न मनको कित्तामा । ४ काँचो माटोसरि थिएँ तिमीले नै दियौ निश्चित आकार झोलाभरि बोकेका मीठा सपना बनाइदियौं साकार । – श्रीकृष्ण शर्मा, पोखरा
@ ४६ १ अज्ञानता हटाई ज्ञान सिकाउने, भगवान गुरु संसारमै टिकाउने। २ गुरुकाे गुणलाई सकिन्न तिर्न अाज्ञा हाेस सदा सुमार्ग छिर्न। – काजी तामाङ ग्याबा चैनपुर – ४, संखुवासभा
@ ४७ १ शिक्षक र विद्यार्थी हामी बिचमा छ बलियो नाता, च्यातिन्छ जतन गर भन्नू हुन्छ किताबको गाता। २ अज्ञानता लाई हटाइ ज्ञान दिने गुरु, राम्रो काम सिक्न आमाको काखमा नै सुरु। ३ शिष्यहरूलाई लक्ष्यको उचाई देखाउने, गुरुनै हुनु सुमार्गमा अगाडि बढाउने। – साधना पाैडेल, अाेखलढुंगा
@ ४८ १. गुरुमा हुन्छन् अनेकौं ज्ञानको भण्डार, पढाएर उज्यालो बनाउँछन् संसार। २. गर्छन् काम बालबालिकालाई पढाउने, महान् व्यक्ति पाे हुन् गुरु बाटो देखाउने। ३. जहिले राम्रो कुराको गर्नेछु गुणगान, गुरुलाई सधैं नै मन देखि छ सम्मान। – लालीमाया थापा मगर प्युठान
उदक अभ्यास : भाग ९ लेख्नुपर्ने उदक सङ्ख्या : १ प्रशिक्षक : आर्त अकुलीन मिति : २०७८-०४-०९ गते शनिवार सहभागी सङ्ख्या : ४९ जना
आदरणीय उदक स्रष्टाहरुलाई दिइएको तस्बिरअनुसारको गहन भाव झल्किने एउटा मात्र उदक साँझ ५:०० बजेभित्र आफ्नो नाम र ठेगाना सहित लेख्नु हुन हार्दिक अनुरोध गरिएको थियो । सहभागी सम्पूर्णमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु । – आर्त अकुलिन, प्रशिक्षक
उदक अभ्यास भाग ९ मा राखिएको तस्बिर
तस्बिर अभ्यासमा सहभागी स्रष्टाका उदकहरू :
१ पुतली फूलवारीको रानी फुरफुर गर्ने बानी ! ✍️ पूर्णबहादुर श्रेष्ठ ‘हृदयङकृत’, पनौती-३, काभ्रे
२ प्रकृति फुरफुर पुतली झुसिलकिरा तुक्ष्छ जवानी ! ✍️ सविता के.सी., काठमाडौँ
३ पुतली गोधूलि साँझ कति रमणीय प्रकृति ! ✍️ पशपती राई ,खोटाङ
बा आमालाई गुमाउँदा, रोएँ धुरु धुरु ! तिनै मेरो भाग्य दाता, अनमोल गुरु !!
तिन्को आशिष शिर बाट, कहिले झर्ने छैन ! मेरो भाग्य म संगै छ, कतै सर्ने होइन !! मलाई मन्त्र सुनाउने, गुरु थिए प्यारा ! दिव्य ज्ञान छोडी गए, छुन जून तारा !!
अक्षारम्भ गराउदैं ,दिने शिक्षा दिक्षा ! जिवीत सवै गुरु संग, माग्दैछु म भिक्षा !! छोई दिनु यो शिरमा, भक्ति भाव अर्पण ! दिव्य सारा गुरुवरमा, शिर झुकाई नमन !!