
२१ जना टुक्काकारहरूका ‘आफ्नो पहिचान’ विषयक उत्कृष्ट टुक्काहरू
१
अगुवाई गरि समाज सेवामा खुसी मनाउछु,
सारा जीवन सुम्पिएर अब याे देश बनाउछु।
२
आत्मविश्वास कर्मठ अनि छ बलवान,
वीर गाेर्खाली भनी बिश्वमा नै पहिचान ।
३
जन्मिएपछि केही त गराैं झल्कियाेस् पहिचान
फाली खेर अमुल्य जीवन नबनाऔं रछान ।
– ताराप्रसाद चापागाई
धुनिबेशी न.पा.-९, धादिङ
हाल काठमाडाैैं
~~~~~~~~~~~~~~~~~~~~~~~
१/
अब देश उठाउँछु मेरो शिरमा
हाँस्छु सधैँ दुखेपनि रुन्न पीरमा।
२/
भक्ति थापा, बीरभद्र, गङ्गालालको रगत
बगेको छ किल्लामा हेप्छौ तिमी फगत।
३/
मधेशकी छोरी हूँ म त हिमालमा काम
पहाडले दिन्छ खान पोषण युक्त माम।
✍️ पौडेल विमुन्स,
पोखरा, कास्की
~~~~~~~~~~~~~~~~~
१/
छोडेर जन्मभूमि परदेशतिर डुल्ने,
हामी कस्ता मूर्ख मानव पहिचान भुल्ने?
२/
जब गरिन्छ मेहनत पाइन्छ सम्मान,
यसले बदलिन सक्छ हाम्रो पहिचान।
३/
देशको लागि लड्यो दियो बलिदान,
सहिद लेखियो उसको पहिचान।
✍️ अनिल खग्रास,
पर्वत
~~~~~~~~~~~~~~~~~~~~~~~
१/
जन्मे पछि लैजान आउँछ काल
दु:ख,सुख बाँच्ने विनोद रिजाल ।
२/
सुर्य उदाउने क्षितिज पारी
बसेको छु रमिते बेलबारी ।
३/
टंक र कुमारीको छोरो
रुपरङ्ग छ गहुँगोरो ।
✍️ रिजाल विनोद,
बेलबारी२मोरङ
~~~~~~~~~~~~~~~~~~~~~
१/
प्रत्येक व्यक्तिमा गुण अवगुण दुवै हुन्छ,
गुणकारी पहिचानले सबको मन छुन्छ।
२/
आफ्नो अस्तित्व र मूल्य-मान्यता जोगाउने गर,
त्यही हो तिम्रो पहिचान दिगो राख्न लागि पर।
३/
आफ्नो पहिचान कायम राख्न सङ्घर्ष गर्नु पर्छ,
अरूकै कर्म दोहोराई बसेमा तल-तल झर्छ।
✍️ अरुण कुमार भुजेल,
गोरूबथान,कालेबुङ्ग।
~~~~~~~~~~~~~~~~~~~~~~~~
१/
खाली हेरेर अरूलाई, हामी आफैंलाई भुल्दछौं,
कस्तुरीले झै स्वसुगन्ध, खोज्दै डाँडाकाँडा डुल्दछौं ।
२/
विन्ती छ नियालौं आफैंभित्र, आफ्नो खुवी र दक्षता,
मन्दिरमा त भेटिन्न कला, चढाउदैमा अक्षता ।
३/
जहाँ हुन्छ आफ्नोपन, छुट्टै हुन्छ पहिचान,
फुल्दछ छाती गर्वले, शिरको बढ्दछ शान ।
✍️ वसन्त अनुभव
घोराही उपमहानगरपालिका १४, दाङ
—————————————————–
१/
मौलिक पहिचान मान्छेलाई चिनाउँछ,
अर्काको अन्ध नक्कलले युग घिनाउँछ!
२/
मानवको इतिहास हो उसको पहिचान,
अरूलाई होच्याई नगर व्यर्थ अभिमान!
३/
आफ्नै भाषा अनि इतिहास आफ्नै छ संस्कार,
मौलिक भेष-भूषा परम्परा छ नमस्कार!
४/
वीरता र इमान्दारी छ विश्वमै हाम्रो शान,
मेहनत र राष्ट्रप्रेम छुट्टै छ पहिचान !
✍️ भूषण जंग, ललितपुर,
हाल अस्ट्रेलिया
~~~~~~~~~~~~~~~~~~~~~
१/
चन्द्र सुर्य अंकित झण्डा हाम्रो हो सान ,
नेपाली भाषा भेष हाम्रो हो पहिचान ।
२/
नेपालको जडिबुटी हरियाली हिमालको देश ,
गुनियूचोली सिरमा टोपी दौरासुरुवाल भेष ।
३/
हिमाल पहाड तराई नेपाल देशजान ,
ग्रामीणभेक कृषिभूमि उन्नत पहिचान ।
✍️ बेदु न्यौपाने,
काठमाडौ
~~~~~~~~~~~~~~~~~~~~~~~~
१/
सम्पन्न भई नसम्झनु अतित भुल्नुपर्छ ,
जहाँ पुग्छौं त्यही आफ्नो पहिचान खुल्नुपर्छ ।
२/
आफ्नै देश प्यारो हुन्छ उच्च राखौं नाम ,
दिमाग भरी कुरीति नबनाऊ जाम ।
३/
संस्कृति र संस्कारलाई जोगाउन सिक्नुपर्छ ,
बुझिराख्नुस् यहि ठाउँमा पछिसम्म टिक्नुपर्छ।
✍️ ललिता अभागी,
सिन्धुली
~~~~~~~~~~~~~~~~~~~~~~~~
१/
नेपाली हौं हामी यही हो हाम्रो पहिचान,
हिमाल र तराई हुन् यसका परिधान।
२/
बुद्ध साथै सीताको जन्मभूमि पनि,
बाॅच्न पाऊॅ सॅधै हामी नेपाली बनी।
३/
पुर्खाले दु:ख गरी आर्जिएको देश,
हिमाल पहाड तराई औ मधेश।
✍️ घनश्याम पौडेल,
सृजना चोक, पोखरा
~~~~~~~~~~~~~~~~~~~~~~
१/
के दिउँ मेरो पहिचान म राष्टिय नेपाली हजुर,
डाँफे मुनाल छम-छम नाच्ने अत्यन्त राम्रो मजुर।
२/
मलाई मनपर्ने आफ्नै मातृभूमिको भाषा,
पाखुरी चलाउँछु र गर्दिन कसैको आशा।
३/
पुर्खाले छोडेको चिठ्ठी एकपल्ट खोलेर हेर्नुछ,
विदेशी पोसाक छोडेर चौबन्दी फरिया फेर्नुछ।
४/
गुन्द्रुक सिस्नो ढिँढोमा टिमुरको अचार खानेछु,
अन्याय अत्तिचार गर्नेलाई मैले पनि जानेछु।
✍️ कमला हरिमाया पाण्डे पराजुली
झापा
~~~~~~~~~~~~~~~~~~~~~~
१/
सम्मानजनक व्यवहार मेरो सकारात्मक छ सोंच,
इमानदार अनि नैतिकवान छु छैन मनमा खोंच।
२/
आवरण होइन हजुर आचरण बदलेर बाँचौ,
निष्ठा अनि बिश्वासको आफ्नो पहिचान सधैंभरी साँचौ।
३/
खाइ खेली हुर्किएको म आँटो अनि पिठो,
नाम मेरो मुक्तिनाथ चितवनको ठिटो।
✍️ मुक्तिनाथ अधिकारी,
भरतपुर चितवन ।
~~~~~~~~~~~~~~~~~~~~~~
१/
सगरमाथा हाम्रो शिर नेपालीको गौरव अनि सान,
शुन्दर शान्त नगरिकि छोरी हुँ यहि मेरो पहिचान ।
✍️ दुर्गा भट्टराई,
मोरङ
~~~~~~~~~~~~~~~~~~~~~~~~~
१/
सृष्टिभरि लाखौं थरि अाविष्कार भए ,
नानाथरी नाम गरि चिनिएर रहे ।
२/
सानातिना परमाणु र ठूला पिण्ड अरे ,
जीवन र जगतमा नाम धारण गरे ।
३/
अाफ्नाे नाम अाफ्नाे काम यहि भयाे सान ,
जीवात्मा हाेस् वनस्पति रह्याे पहिचान ।
✍️ रामकृष्ण दुवाडी,
पाेखरा ।
~~~~~~~~~~~~~~~~~~~~~
१/
राम्रो गरेकै छु नलगाउ दोष,
हेर्नै पाउन हजुर शब्द कोश ।
२/
लड्न आउछन् लगाई खुकुरीमा धार,
सिदा साधा को हुदोरहेछ यहाँ हार।।
३/
जानेर बुझेकाले गर्छन् क्रीडा,
त्यही भएर लागेको छ पिडा ।।
✍️ प्रेम सुनार,
दैलेख
~~~~~~~~~~~~~~~~~~~~~~
१/
नौ महिना पछि धर्तीमा जन्मिन्छ
हुर्काइ बढाइ डाेलीमा अन्मिन्छ
२/
ज्ञान सीप संस्कार छोरीको पहिचान
देखाउने उनै बुवा आमा भगवान
३/
नारीको भूमिका बेग्लै हुन्छ घरमा
सक्षम बन्छु हुन्न कसैको डरमा
✍️ तारा घिमिरे,
संखुवासभा
~~~~~~~~~~~~~~~~~~~~~~
१/
हामी हौँ वीर नेपालीका सन्तान,
संसारमा दिएका छौँ योगदान।
२/
देश विदेशमा सङ्घर्षको इतिहास,
छैन राम्रो बस्नलाई वास मिठो गास।
३/
म आफै पनि लेकाली बस्छु बिदेश,
देख्दा होंचो छ कद जोसिलो छ भेष।
✍️ सुरेश कुमार पान्डे,
दाङ
~~~~~~~~~~~~~~~~~~~~~~~
१/
विवेकशील प्राणी हौं नभूलौं आफ्नो पहिचान,
शिखर पुग्न हौशला काफी चाहिँदैन मचान ।
२/
मानिसको चोला हो जिन्दगी सेवा कर्तब्य,
मानवता औ स्वच्छता यही नाम छ भव्य ।
३/
आमाको कोखबाट जन्मिन धेरै हात जोडयौं,
जब आयौं धरतीमा कसम, नियम तोडयौं।
✍️ निरूविन्दु परियार,
जल्ढक्का कालेबुङ्ग, भारत ।
~~~~~~~~~~~~~~~~~~~~~~~~~
१/
जिन्दगी हाे मानिसको बगिजाने खाेला,
छुट्टै आफ्नो पहिचान बनाउनू हाेला ।
२/
अग्र साेची सुखी हुनू भन्छ उखानले ,
खास मान्छे चिनिन्छ उस्कै पहिचानले ।
३/
माटाेलाई सकेसम्म दिन्छु याेगदान ,
साहित्यमा बनाउँछु आफ्नै पहिचान ।
✍️केशवप्रसाद ढकाल ‘प्रीतबीज’
सिरान्चाेक-७, उपल्लो गाेहाेरे, गाेरखा
~~~~~~~~~~~~~~~~~~~~~~
१/
देश बिदेशमा जति नै पाए पनि सम्मान,
हामीले हाम्रो अाफ्नाे भुल्न हुदैन पहिचान।
२/
हाम्रा राष्ट्र सेवकले देशलाई दिए बलिदान,
अाफ्नाे प्याराे जन्म भुमीकाे सम्झेर नै हाे पहिचान।
३/
जिन्दगी दुई दिने मरी जाने चाेला,
अाफ्नाे पहिचानलाई नभुल्नू हाेला।
✍️ शाेभा अर्याल,
बुटवल रुपन्देही
~~~~~~~~~~~~~~~~~~~~~
१/
फरिया चोली र शिरमा होस् मेरो ढाका टोपी,
लगाँउछु धोती ढाकाको शरीर सबै छोपी।
२/
सम्हाली राख्छु मत देशको माटो सधैँभरि,
माया गर्छु युगौँयुग जन्मदिने आमा सरी।
३/
आफ्नो देशको हरियाली वन पखेरीमा,
मिलेर बस्न पाँऊ नेपालकै मझेरिमा
✍️ कल्पना थामी
सिन्धुपाल्चोक
जय टुक्का ! जय साहित्य !!


हार्दिक आभार हिमालयन दृष्टि अनलाइन परिवार तथा विशेष धन्यवाद बसन्त अनुभव सर प्रति।
हिमालयन अन्लाईनले दिएपछि दृष्टि ,
गर्नुपर्छ है हामी सबै मिलेर पुष्प वृष्टि ।।१।।
सम्पूर्णमा बधाई सबै नै उम्दा