• गृह पृष्ठ
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला /जीवनशैली
  • खेल
  • बिज्ञान/प्रविधि
  • राजनीति
  • विचार
  • समाज
  • साहित्य

Category: साहित्य

उदक यात्री सविता केसीका उत्कृष्ट उदकहरू

  • २४ असार २०७९, शुक्रबार २२:३५ मा प्रकाशित
  • १
    विचार
    मनमा आगो
    व्यवहारमा पोल्ने राप !

    २
    विचार
    मनको भाव
    पार्छ सम्बन्ध सखाप !

    ३
    अपुग
    तृष्णामा मन
    बुद्धि बेचेर प्यास !

    ४
    तृष्णा
    मथुरामा कृष्ण
    अचानक वृन्दावनमा राधा !

    ५
    राधा
    मनमा आधा
    विवाहित कृष्ण वाधा !

    • सविता के.सी., काठमाडौँ
    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on उदक यात्री सविता केसीका उत्कृष्ट उदकहरू

    उदक यात्री अम्बिका अधिकारीका उत्कृष्ट उदकहरू

  • २४ असार २०७९, शुक्रबार २१:१६ मा प्रकाशित
  • १
    सम्झना
    तीतो जडिबुटी
    जङ्गलको सौम्य उपहार !

    २
    आँखा
    टाढाका वस्तुसँग
    परेलीभित्र गुम्सेका आँसु !

    ३
    बुढेसकाल
    माया ममता
    जीवनको बाँच्ने आधार !

    ४
    कालकोठरी
    बत्ति निभेर
    सजायको भागिदार मान्छे !

    ५
    जाल
    चारैतिर बगैंचा
    आखिर बाघको आक्रमण !

    ६
    सिमसिम
    निलो आकाश
    चौतर्फी गड्याङ्गगुुडुङ्ग आवाज !

    ७
    द्वन्द्व
    अहङ्गकारले घेरेर
    सम्झौताको समुन्द्रमा पौडदै !

    ८
    आकाश
    बदलिएको मौसम
    बादलको टुक्रामा समेटिएको !

    • अम्बिका अधिकारी, झापा
    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on उदक यात्री अम्बिका अधिकारीका उत्कृष्ट उदकहरू

    उदक यात्री देवकी केसीका उत्कृष्ट उदकहरू

  • २४ असार २०७९, शुक्रबार २१:०९ मा प्रकाशित
  • १.
    मानिस
    सामाजिक प्राणी
    समाज सिकाइको थलो !

    २.
    चिता
    जीवनको यथार्थ
    सधैँको लागि विश्राम !

    ३.
    यात्रा
    गन्तव्यको खोजी
    जीवनमा अनेकौँ भोगाइ !

    ४.
    नारी
    सृष्टिको मूल
    धरतीकै आधा संसार !

    ५.
    लाम्टो
    आमाको प्यारो
    अमृत पिलाउने धारो !

    • देवकी के.सी., काठमाडौँ
    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on उदक यात्री देवकी केसीका उत्कृष्ट उदकहरू

    साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खला – ५८ सम्पन्न

  • २४ असार २०७९, शुक्रबार १५:३० मा प्रकाशित
  • काठमाडौ, १८ असार । साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खलाको ५८औँ भाग शनिबार सम्पन्न भएको छ । उदक साहित्य समाज, नेपालले उक्त कार्यक्रमको आयोजना गरेको थियो। उक्त शृङ्खलामा नेपाल लगायत विश्वका ५३ जना उदक स्रष्टाहरूको सहभागिता रहेको उदक लेखन शृङ्खलाका प्रशिक्षक एवं उदक साहित्य समाजका उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो ।

    काव्य विधा अन्तर्गतको नयाँ उदियमान प्रविधा उदक कविताको उन्नयन र विकासका लागि साप्ताहिक रूपमा उदक लेखन शृङ्खला सञ्चालन गर्दै आएको उदकका प्रवर्तक एवं उदक साहित्य समाजका अध्यक्ष आर्त अकुलीनले बताउनुभयो ।

    शनिबारको शृङ्खलाका लागि विहान एउटा तस्बिर दिएर उक्त तस्बिर अनुसारको गहन भाव खुल्ने गरि एउटा उदक साझ ५ बजेसम्म लेख्न सहभागी उदक यात्रीहरूलाई भनिएको थियोे ।

    शृङ्खलाका लागि राखिएको तस्बिर

    social media

    तस्बिरमा उदक लेखन अभ्यास शृङ्खलामा सहभागी स्रष्टाहरूका उदकहरू

    [१]
    खेत
    खुम्चिएर गमला
    किसानको महान उपहास !
    ✍️
    गोपेन्द्र रिजाल
    पाँचथर ।

    [२]
    उद्घाटन
    गमलामा राेपाई
    राष्ट्रिय धान दिवस !
    ✍️
    नारायण प्रसाद उपाध्याय
    कैलाली ।

    [३]
    धान
    हिलो नछुने
    गमलामा रोपे हुने !
    ✍️
    जमुना कायस्थ

    [४]
    उद्घाटन
    गलामा धान
    कृषकलाई छैन सम्मान !
    ✍️
    शिव खनाल जीवम
    रुपन्देही

    [५]
    रोपाई
    कस्तो संस्कृति
    यही होला समृद्धि
    ✍️
    प्रेम थापा

    [६]
    खेती
    गमलामा धान
    बढ्नेछ अब उत्पादन !
    ✍️
    उर्मिला के.शी.
    धनकुटा ।

    [७]
    गजब
    असार पन्ध्र
    गमलामा रोप्दै धान !
    ✍️
    धर्मी शाक्य बुटवल
    रुपन्देही

    [८]
    धान
    किसानकाे खिल्ली
    भाेकै हुँदा बिचल्ली !
    ✍️
    मधुसूदन घिमिरे

    [९]
    धान
    गमलामा राेपाई
    नेताकाे धान दिवस !
    ✍️
    राज कुमार राजभण्डारी खाेटाङ्गे
    भक्तपुर ।

    [१०]
    भ्रान्ति
    कृषि क्रान्ति
    समृद्धि र शान्ति !
    ✍️
    वसन्त अनुभव
    घोराही, दाङ

    [११]
    कर्म
    भएन सर्म
    गमलामा धान राेपाई !
    ✍️
    भवानी घिमिरे
    सर्लाही ।

    [१२]
    चटक
    उपेक्षित कृषक
    जादुगर नेताको नौँटङ्की !
    ✍️
    तेजप्रसाद खनाल
    लमही दाङ।

    [१३]
    काम
    भएर अन्जान
    गमलामा रोपिन्छ धान !
    ✍️
    दुर्गा भट्टराई
    मोरङ

    [१४]
    गमलामा
    धान रोपाइ
    वाह ! कृषिप्रधान देश !
    ✍️
    त्रिलोक रामदाम
    सि.न.न.पा.~८ ,भैरहवा ।
    मो.नं.~9847022450

    [१५]
    असार
    किसानको सार
    शारदी सुनका बाला !
    ✍️
    आर्त अकुलीन
    कैलाली

    [१६]
    असार
    जोतौँ गमलामा
    गलामा हुन्छ उत्पादन !
    ✍️
    सुरेशचन्द्र घिमिरे

    [१७]
    नाटक
    कमजोर दृष्टि
    गमलामा चटकको वृष्टि !
    ✍️
    शारदा आचार्य

    [१८]
    नेपाल
    उन्नत कृषि
    गमला धान रोपाइँ !
    ✍️
    जानकी पाल्पा

    [१९]
    रोपाइँ
    गमलामा धान
    मनाउँदै असार पन्ध्र !
    ✍️
    बुद्धिमान दनुवार
    सुरुङ्गा ४ झापा

    [२०]
    धान
    गमलामा सान
    नाटक हुँदैछ जानाजान !
    ✍️
    अनुग्रह राना मगर ‘पुष्प’
    पाँचखपन – ६ संखुवासभा; हाल मलेसिया

    [२१]
    धान
    खोज्दैन मान
    गमलामा फल्छ जान !
    ✍️
    अच्युत घिमिरे
    भुटान बाट 🇧🇹

    [२२]
    धान
    रोप्दै गमलामा
    कृषिप्रधान देश नेपाल !
    ✍️
    सरस्वती श्रेष्ठ
    इटहरी

    [२३]
    नाैटङ्की
    प्रचारबाजी खेल
    कृषिमा गर्दै जालझेल !
    ✍️
    रामप्रसाद पुरी
    बादेल, खाेटाङ ।

    [२४]
    परिश्रमी
    किसान खेतमा
    गमलामा नौटङ्की जारी !
    ✍️
    मंगला उपाध्याय

    [२५]
    किसान
    रोप्दै धान
    ठालु गर्दै अपमान !
    ✍️
    हिमाल अम्मै
    घोडाघोडी कैलाली

    [२६]
    सान
    धान दिवस
    कृषकको भयो अपमान !
    ✍️
    सरस्वती वली
    बर्दिया नेपाल

    [२७]
    धान
    रोप्दै गमलामा
    अनुपम नाटक प्रदर्शन !
    ✍️
    घनश्याम पौडेल
    गौरीगंगा ९ कैलाली

    [२८]
    धान
    गमलामा राेपाइँ
    भ्रान्ति कृषि क्रान्ति !
    ✍️
    केशवप्रसाद ढकाल ‘प्रीतबीज’
    गाेरखा

    [२९]
    दिवस
    कृत्रिम रोपाइँ
    धानको ठूलो बदख्वाइँ !
    ✍️
    कण्ठराजगिरी
    टीकापुर कैलाली; हाल अष्ट्रेलिया क्यानबेरा

    [३०]
    गमलामा
    धान रोपाइँ
    जनताको भोकै तड्पाई !
    ✍️
    सुमित्रा पोखरेल
    काठमाडौं

    [३१]
    रोप
    गमलामा धान
    भन देश कृषिप्रधान !
    ✍️
    समुन्द्रा शर्मा

    [३२]
    हातमा
    धानको बीउ
    कृषि क्रान्तिमा कृषक !
    ✍️
    दुर्गा आचार्य
    मोरङ

    [३३]
    रोपण
    धानको बेर्ना
    सरमहिन फोटो खिचुवा !
    ✍️
    सविता के.सी.
    काठमाडौँ ।

    [३४]
    बिचरा
    बिना सङ्कोच
    गमलामा रोप्दै धान !
    ✍️
    बिके माकजु
    भक्तपुर ।

    [३५]
    रोपाईॅ
    भित्र गमलामा
    क्यारी होला कमाई !
    ✍️
    घनश्याम पौडेल
    पोखरा

    [३६]
    धान
    गमलामा फलाउने
    बोरामा चामल आयात !
    ✍️
    देबकी के .सी
    दक्षिणकाली ,काठमाडौं

    [३७]
    सम्झना
    धान दिवसको
    गमलामा चाहे खेतमा !
    ✍️
    रामचन्द्र ढकाल (आर .सी.अज्ञात )
    चितवन

    [३८]
    असार
    गमलाको रोपाइँ
    कृषिप्रधान मेरो देश !
    ✍️
    कल्पना पहाडी
    सिन्धुली ।

    [३९]
    जात्रा
    गमलामा धान
    कठै ! कृषिप्रधान देश !
    ✍️
    सीता पाण्डेय मरासिनी
    रेसुङ्गा न.पा.९- गुल्मी ।

    [४०]
    नेता
    रोप्दै धान
    उडाउँदै किसानको खिल्ली !
    ✍️
    खेमराज पुरी
    कैलाली

    [४१]
    रोपाइँ
    जुत्ता लगाइ
    गमलामा धान सजाइ !
    ✍️
    धनमाया चौधरी
    कैलाली

    [४२]
    दूरदृष्टि
    नेताकाे गति
    गमलामा धान खेती !
    ✍️
    टीकाराम जाेशी
    काठमाण्डौँ

    [४३]
    राजा
    होनहार शासक
    कुण्ड कुण्ड पानी !
    ✍️
    राेशन पराजुली।

    [४४]
    अपार
    असार पन्ध्र
    धान दिवसको शुभकामना !
    ✍️
    कविता आचार्य
    कैलाली

    [४५]
    सर्म
    छैन कसैमा
    गमलामा धान रोप्दा !
    ✍️
    सुशीला पौडेल

    [४६]
    क्रान्ति
    खेतबारी बाँझा
    गमलामा प्रदर्शन सिर्जनशीलता !
    ✍️
    जमुना आचार्य
    सिन्धुपाल्चोक

    [४७]
    गमला
    भयाे हमला
    असार पन्ध्र धानदिवस !
    ✍️
    प्रद्युम्न चालिसे

    [४८]
    गाउँ
    बाँझाे खेत
    सहरमा गमलामा धान !
    ✍️
    श्रद्धा आचार्य
    पोखरा

    [४९]
    रोपाइँ
    असार पन्ध्र
    सम्पूर्ण कृषि आधार !
    ✍️
    सहयात्री शोभा अर्याल
    रुपन्देही

    [५०]
    धान
    गमलामा राेपेर
    फोटो देखाउने फेसन ।
    ✍️
    दुर्गा भट्टराई
    मोरङ

    [५१]
    कुकर्म
    पचाएर लाज
    रोप्दै गमलामा धान !
    ✍️
    रामराजा के. सी.
    फर्पिङ, काठमाडौं

    [५२]
    गमला
    फूल होइन
    धान रोप्छिन कमला !
    ✍️
    तिला लेकाली

    [५३]
    रोपाइँ
    जीवनको आधार
    गमलामा भुस्याहको नाटक !
    ✍️
    जयनारायण आचार्य

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खला – ५८ सम्पन्न

    उदक यात्री दुर्गा आचार्यका उत्कृष्ट उदकहरू

  • २३ असार २०७९, बिहीबार २३:२१ मा प्रकाशित
  • १.
    चेतना
    समाजमा शिक्षा
    सकरात्मक सोचको उर्जा !

    २.
    गरिबी
    सडकको बास
    बाध्यता रहरलाई कुल्चिनु !

    ३.
    वर्षा
    पहिरोको डर
    डुबानले बेहाल बासस्थान !

    ४.
    विकास
    वर्षामा तातो
    हात्तीका देखाउने दाँत !

    ५.
    अन्योल
    देशको सुरक्षा
    जनताको भविष्यमा तुसारो !

    ६.
    देश
    आँसुले भिजेको
    दु:ख लाग्ने विषय !

    ७.
    प्रश्न
    कस्लाई गर्ने
    छैन सोध्नुको अर्थ !

    ८.
    माया
    अधुरो प्रेम
    कसले सुनिदिने वेदना !

    ९.
    हावा
    काम नहुनेको
    गफ गर्ने मेलो !

    १०.
    किसान
    मुठी रोपेर
    पूरा वर्षको जोहो !

    • दुर्गा आचार्य, मोरङ
    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on उदक यात्री दुर्गा आचार्यका उत्कृष्ट उदकहरू

    उदक यात्री साहित्य प्रेमी सलिनका उत्कृष्ट उदकहरू

  • २३ असार २०७९, बिहीबार २३:१७ मा प्रकाशित

  • १.
    देश
    परिवर्तन खाँचो
    युवायुवती सबैको एकता !

    २.
    भोकमरी
    चलेको देशमा
    बिचारो रातदिन रोएका !

    ३.
    शिक्षा
    मान्छेमा परिवर्तन
    समाजमा सकारात्मक सोचाइ !

    ४.
    इज्जत
    मान्छेको गहना
    जोगाउन नसके बेइज्जत !

    ५.
    छिमेकी
    धेरै असल
    आजभोलि खुसी मन !

    ६.
    माया
    अद्भुत उपहार
    लाउन जाने अमृत !

    • साहित्य प्रेमी सलिन, जुम्ला
    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on उदक यात्री साहित्य प्रेमी सलिनका उत्कृष्ट उदकहरू

    उदक यात्री नवराज भट्टका उत्कृष्ट उदकहरू

  • २३ असार २०७९, बिहीबार २३:१३ मा प्रकाशित
  • १.
    खडेरी
    वर्षाकाे अभाव
    खेतीमा साह्रै लगाव !

    २.
    बजेट
    विकासकाे आधार
    आम्दानी खर्चकाे विवरण !

    ३.
    सदन
    जनप्रतिनिधिकाे थलाे
    समस्याकाे निकासकाे बाटाे !

    ४.
    आराेप
    पुष्टिकाे प्रमाण
    छानबिन टार्ने बाटाे !

    ५.
    गठबन्धन
    मिलीजुली सरकार
    कमजाेर प्रधानमन्त्री भ्रष्टाचार !

    ६.
    विकास
    भ्रष्टाचारमा नियन्त्रण
    स्वतन्त्र छानबिनकाे अधिकार !

    ७.
    नेपाली
    साेझा प्राणी
    अझै ठालुकाे राज !

    ८.
    आमा
    जन्म जननी
    मातृत्व आमाकाे काख !

    ९.
    गाेर्खाली
    वीरताकाे गाथा
    स्वतन्त्र नेपालकाे अस्तित्व !

    १०.
    जनआन्दोलन
    जनताकाे विराेध
    व्यवस्था परिवर्तनकाे आधार !

    - नवराज भट्ट, कञ्चनपुर
    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on उदक यात्री नवराज भट्टका उत्कृष्ट उदकहरू

    ‘एक योद्धा’ – कविता

  • २३ असार २०७९, बिहीबार २२:५९ मा प्रकाशित
  • देवकी के.सी.

    ऊ गल्लीमा मरेको युवा
    कसैले भुस्याहा कुकुर नभन्नु है
    पागल पनि नभन्नु है
    कुनै बेला
    ऊ एक
    सहासी योद्धा थियो
    आफ्नो छातीमा
    गोली थाप्ने
    ऊ शासकको
    रक्षा कवच थियो
    समाज रुपान्तरणको
    खोक्रो आदर्श बोकेको
    शासकको अन्धभक्त चेलो ऊ
    शासककै लागि गोली थाप्दा
    उसका छाती गोलीले भरियो
    उसको फोक्सो
    बारुदको धुवाँले भरियो
    फलामजस्तो देह
    उसका काँच जस्तो
    जताततै चर्किए
    त्यसपछि
    शासकको लागि
    उसको शरीर अयोग्य भयो
    शरीरका गोलीको घाउ
    उपचार गर्न
    शासकलाई बिन्तीपत्र चढायो
    उसले भोको पेटको लागि
    एक गास माग्यो
    न्यायको लागि
    अनशन बस्यो ऊ
    शासकले उसको बिन्ती सुनेन
    ऊ माथि उल्टै
    लात बजारी रह्यो
    अन्ततः
    उसले गल्लीमा नै
    प्राण त्याग्यो
    त्यसै गरी
    धेरै योद्धाहरू
    शरीरमा गोली बोकेर
    एक गासको लागि
    चिच्याइरहेका छन् आज पनि
    तर
    शासक बहिरोको अभिनय गरिरहेछ
    विगतदेखि वर्तमानसम्म !

    • देवकी केसी, काठमाडौँ
    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on ‘एक योद्धा’ – कविता

    टुक्काकार सहयात्री शाेभा अर्यालका बालाैरी लाेक छन्दमा केही टुक्का कविताहरू

  • २२ असार २०७९, बुधबार १६:५६ मा प्रकाशित
  • बालौरी छन्द
    (४+२ =६ अक्षरीय)

    १.
    आज स्कुल छुट्टी,
    कति साना खुट्टी ।
    २.
    यताउता हेरी,
    राम्रो नाना फेरी ।
    ३.
    चिची पापा खाऊँ,
    आज घुम्न जाऊ ।
    ४.
    स्कुल जाने नानी,
    कति ज्ञानी बानी ।
    ५.
    मन मेराे चाेरी,
    घुम्न जान्छे छाेरी ।

    बालाैरी छन्द (४+३ = ७ अक्षरीय)

    ६.
    दिदी घर धाएर,
    चट्ट जामा लाएर ।
    ७.
    मासु भात खाउँला,
    दाजु घर जाउँला ।
    ८.
    बाबा आमा साथैमा,
    बसाैँला नि काखैमा ।
    ९.
    मेलापात जाउँला,
    दही मही खाउँला ।

    ✍️ सहयात्री शाेभा अर्याल
    रुपन्देही  १४ बुटवल

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on टुक्काकार सहयात्री शाेभा अर्यालका बालाैरी लाेक छन्दमा केही टुक्का कविताहरू

    उदक यात्री रोशन पराजुलीका उत्कृष्ट उदकहरू

  • २२ असार २०७९, बुधबार १२:०० मा प्रकाशित
  • १.
    बत्ती
    उज्यालाे बिम्ब
    सृष्टि कर्मकाे प्रतिबिम्ब !

    २.
    सूर्य
    उज्यालाे कर्म
    सृष्टिकाे शाश्वत धर्म !

    ३.
    ताताे
    न्यानाे आभाष
    सृष्टिकाे निश्वार्थ स्वभाव !

    ४.
    सिरेटाे
    कर्म स्वभाव
    एक प्राकृतिक भाव !

    ५.
    झिजाे
    प्राणी स्वभाव
    आलस्यताकाे कुण्ठित प्रभाव !

    • राेशन पराजुली, धरान
    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on उदक यात्री रोशन पराजुलीका उत्कृष्ट उदकहरू

    Posts navigation

    Older posts
    Newer posts

    Himalayan Dristi Team

    • प्रधान सम्पादक

      अनिल आचार्य

    About us

    • हाम्रोबारे

    Follow us on Facebook

    Contact Us

    Kathmandu, Nepal
    Email: himalayandristi@gmail.com
    Phone:-00977-9868990772
    Web:
    www.himalayandristi.com/
    विज्ञापनका लागि
    कृष्ण गिरि 00977-9860341922

    © Copyright 2020-2024 Himalayan Dristi. All Right Reserved. Design & Developed By K & P