टुक्काकार सहयात्री शाेभा अर्यालका बालाैरी लाेक छन्दमा केही टुक्का कविताहरू

  • २२ असार २०७९, बुधबार १६:५६ मा प्रकाशित
  • बालौरी छन्द
    (४+२ =६ अक्षरीय)

    १.
    आज स्कुल छुट्टी,
    कति साना खुट्टी ।
    २.
    यताउता हेरी,
    राम्रो नाना फेरी ।
    ३.
    चिची पापा खाऊँ,
    आज घुम्न जाऊ ।
    ४.
    स्कुल जाने नानी,
    कति ज्ञानी बानी ।
    ५.
    मन मेराे चाेरी,
    घुम्न जान्छे छाेरी ।

    बालाैरी छन्द (४+३ = ७ अक्षरीय)

    ६.
    दिदी घर धाएर,
    चट्ट जामा लाएर ।
    ७.
    मासु भात खाउँला,
    दाजु घर जाउँला ।
    ८.
    बाबा आमा साथैमा,
    बसाैँला नि काखैमा ।
    ९.
    मेलापात जाउँला,
    दही मही खाउँला ।

    ✍️ सहयात्री शाेभा अर्याल
    रुपन्देही  १४ बुटवल

    Leave a Reply