१४ भाद्र / काठमाडौँ काठमाडौँको काँडाघारी स्थित New Star Pole English School’मा यही भाद्र १४ गते एकदिने नि:शुल्क दन्त शिविर सम्पन्न भएको छ । ‘स्वस्थ दाँत स्वस्थ जीवन’ अनि ‘समाज सेवा हाम्रो उत्तरदायित्व’ भन्ने मूल नाराका साथ उक्त शिविर शुक्रबार सम्पन्न भएको हो ।
बुद्ध डेण्टल हस्पिटल प्रा. लि. चावहिल’, ‘बडि मालिका हेल्थ केयर सेण्टर फोर्स पार्क गोठाटार’ र ‘गान्धी कम्युनिटी अस्पताल काँडाघारीको संयुक्त आयोजनामा आयोजित उक्त शिविरमा उक्त विद्यालयका शिक्षक तथा विद्यार्थी गरेर लगभग साढे ७ सय जनाले नि:शुल्क दन्त परिक्षण गराएका थिए ।
सओ अवसरमा सेवा गर्ने अवसर प्रदान गर्दै आवश्यक सहयोग पुर्याएकोमा विद्यालयका प्रिन्सिपल राजिव खरेल लगायत विद्यालयका शिक्षक, कर्मचारी तथा विद्यार्थीहरू सबैमा आयोजकले धन्यवाद ज्ञापन गरेको थियोे ।
भाद्र ७ दाङ / सनातन वैदिक सभ्यता र संस्कृतिकाे संरक्षण तथा निरन्तरताकालागि दाङ जिल्लाकाे घाेराही ७ शुक्रवार उत्तरवाहिनी त्रिवेणी धाममा संचालित श्री माता पवित्रादेवी सांङ्गवेद संस्कृत विद्यालय गुरुकुलमा अध्ययनरत वटुकहरुकालागि आउँदै गरेकाे श्री कृष्ण जन्माष्टमिकाे शुभ अबसरमा भण्डाराकालागि घर घरमा गुरुकुल अभियान अन्तर्गत गुरुआमा जयन्ती सुवेदीज्यूबाट प्रशिक्षित भैरहनुभएका याेगमाया सदनका शिक्षार्थीज्यूहरु करुणा न्यौपाने,शान्ता रिसाल ,सुमित्रा सुवेदी ,नर्मदा आचार्य ,सुमित्रा आचार्य ,बिन्दु अर्याल ,यशाेदा अधिकारी ,सरस्वती पाैडेल ,शारदा कुईकेल र ईन्दिरा के. सि.ज्यूबाट रु५००५/- तथा अन्य २ जना भक्तबाट गुरुकुललाई सद्भाव सहित सहयाेग गर्ने ईच्छा प्रकट गर्नुभई रमेश आचार्य र कविता न्याैपानेज्यूबाट रु१०००/- गरि जम्मा रु६००५/- प्रदान भएकाे छ । घर घरमा गुरुकुल अभियानद्वारा संस्कृत पठन पाठन गराउने उद्धेश्य अनुरुप सरल तथा सहजता पूर्वक सहभागी हुने वातावरण निर्माण गरि विभिन्न ठाँउकाे प्रतिनिधित्व गर्ने चर्चित स्थानहरुकाे नाममा ३७ वटा समूह बनाई हजाराैलाई संस्कृत शिक्षा पठन पाठन गराउँने आफ्नाे उद्धेश्यमा अगाडि बढिरहेकाे छ ।
हाम्रा वैदिक धार्मिक ग्रन्थहरुलाई सरल तरिकाले सिक्ने सिकाउने वातावरण बनाउदै लगि यस अभियानले काठमाण्डाै,चितवन ,हेटाैडामा शाखा विस्तार गर्दै दाङमा पनि कार्यक्रम संचालन गरेकाे छ ।सहभागिहरुलाई विभिन्न सदनमा संगठित गरि हरेक एकादशीमा मठ,मन्दिर लगायत आश्रम गुरुकुलमा हाम्रा चाडपर्वहरुकाे महत्वलाई बुझाउँदै लैजाने अभियानका संयाेजक आचार्य गुरु कपिल सुवेदीज्यूले जानकारी गराउनु भएकाे छ ।
अभियानले आफ्नाे कार्यक्रम दाङ जिल्लामा पनि संचालन गर्ने क्रममा प्रयासरत दाङकाे गुरुकुलकालागि सहयाेग जुटाउँदै आएकाे छ । यस प्रकारकाे सद्भावले सबैलाई एकतावद्ध गर्नुका साथै संस्कृत शिक्षाकाे जगेर्ना केबल विद्यालय , विश्वविद्यालयले मात्रै गर्न नभ्याएकाे अबस्थामा यस अभियानले घर घरमा शिक्षा तथा संस्कारलाई सजिलरिनै पुर्याउनकालागि गरेकाे सत्कार्यले समाजलाई जागरुक बनाएकाे गुरुकुल तथा आश्रमका व्यवस्थापक गुरु प्रकाश भट्टराईज्यूले बताउनु भयाे साथै सबै अभियान कर्ता तथा याेगमाया सदन परिवार प्रति हार्दिक आभार सहित कृतज्ञता ब्यक्त गर्नु भएकाे छ ।
उमेश कुशवाहा बीरगंज – पर्साको बहुदरमाई नगरपालिका वडा नं.-७ फूलकौल टोलमा निःशुल्क कान जाच शिविर सम्प्पन भएको छ ।
हाम्रो युवा क्लबद्वारा आयोजित तथा बिरेन्द्र प्रसाद यादव बहुदरमाई न.पा.-७ का वडा अध्यक्षको सहकार्यमा १०० जना भन्दा बढीको निशुल्क कान जाँच तथा औषधी बितरण गरिएको छ।
इम्पेक्ट नेपाल, रूँगटा वेलफेयर कान उपचार केन्द्रबाट आउनु भएका डाक्टरद्वारा चेक-जाँच गरी निशुल्क औषधि पनि बितरण गरिएको थियो।
वडा अध्यक्ष यादवले – कसैले पनि हाम्रो वाडमा क्लब,संस्था, युवाले यस्तो कार्यगरी रहेकोछ भने म सक्दो सहयोग गर्ने ततपर रहनेछु र आउने आर्थिक बर्षमा बिभिन्न उपचारको लागी वडा बाट बजेट पनि छुट्टयाउने बताउनुभयो।
भाद्र ३ दाङ / सनातन वैदिक सभ्यता र संस्कृतिकाे संरक्षण तथा निरन्तरताकालागि दाङकाे उत्तरवाहिनी त्रिवेणी धाम शुक्रवारमा संचालित श्री माता पवित्रादेवी साङ्गवेद संस्कृत मा.वि (गुरुकुल) का वटुकहरुबाट घाेराहीकाे भानु चाेक तथा दामाेदर चाेकमा सार्वजनिक रक्षावन्धनकाे कार्यक्रम सम्पन्न भएकाे छ ।दाङ जिल्लाका प्रमुख जिल्ला अधिकारी रामवन्धु सुवेदीज्यूकाे प्रमुख उपस्थितिमा गुरुकुलका वटुकहरुकाे स्वस्ति वाचन बाट शुरुवात गरिएकाे कार्यक्रममा प्रमुख जिल्ला अधिकारीज्यूले आफैबाट रक्षाबन्धन गरी शुभारम्भ भएकाे थियाे । जिल्लाका अभिभावक प्रमुख जिल्ला अधिकारीज्यूकाे प्रमुख उपस्थितिमा संचालित सार्वजनिक रक्षा वन्धन कार्यक्रमले हामीलाई सद्भाव , हाैसलाका साथै प्रेरणा प्रदान गरेकाे छ , सबैकालागि सर्व सुलभ रुपमा रक्षाबन्धनकाे सेवा प्रदान गर्ने नै गुरुकुलकाे आजकाे प्रमुख उद्धेश्य रहेकाे साथै आगामि दिनमा कसरी सर्वसुलभ तरिकाले हाम्रा चाडपर्वकाे महत्वलाई सबै माझ सरलीकृत तरिकाले बुझाउन सकिन्छ यसका बारेमा पनि गुरुकुलले नयाँ याेजना बनाउँदै लैजानेछ ।दाङ जिल्लामा संचालित गुरुकुलीय गतिविधिलाई समाज संग जाेडेर लैजानकालागि व्यवस्थापन समितिकाे यस बारेमा चासाे रहेकाे कुरा आश्रम तथा गुरुकुल व्यवस्थापक प्रकाश भट्टराईले कार्यक्रममा जानकारी गराउनु भयाे । भानु चाेक र दामाेदर चाेकमा बिहान ७:४५ देखि १० बजे सम्म साथै अन्य सार्वजनिक स्थान मठ मन्दिरमा गरि हजाराैंकाे संख्यामा गुरुकुलका वटुकहरुबाट रक्षाबन्धनकाे पुण्य अबसर प्राप्त गर्नु भएकाे थियाे ।
भाद्र २ दाङ/ ज्ञान केन्द्र तथा ध्यान केन्द्रकाे रुपमा विस्तार हुँदै गएकाे घाेराही ७ शुक्रवार उत्तरवाहिनी त्रिवेणी धामधमा संचालित संस्कृत गुरुकुल तथा आश्रममा प्रजातान्त्रिक प्राध्यापक संग नेपालकाे १९ अेाें स्थापना दिवसकाे सुखद उपलक्ष्यमा दाङकै जेठाे क्याम्पस महेन्द्र बहुमुखि दाङका प्राध्यापकहरुद्वारा आज खाद्यान्न सहयाेग प्रदान भएकाे छ ।महेन्द्र बहुमुखि क्याम्पस इकाई समिति दाङका अध्यक्ष शंकर प्रसाद धितालकाे अध्यक्षतामा उक्त सामग्री गुरुकुललाई हस्तान्तरण गरिएकाे हाे ।
संघका प्राध्यापकहरु दिनेश भट्टराई ,यम प्रसाद डाँगी,निश्चल हमाल,केदार पाठक ,षडानन्द खनाल सुदिप गाैतम,राजेन्द्रकुमार रेग्मी तथा अनिल रजाैरेज्यूबाट यहाँ अबस्थित उत्तरवाहिनी सरयू गंगा ,गंगेश्वर शिवालय ,ऐतिहासिक यज्ञशाला , आश्रम परिसरभित्र रहेकाे गुरुकुल , गाैशालाका साथै स्वतस्फूर्त बगिरहेकाे जल धाराकाे दर्शन एवम् अबलाेकन भयाे ।
यस अबसरमा आश्रम तथा गुरुकुलकाे तर्फबाट आश्रम व्यवस्थापक प्रकाश भट्टराईले ले संघ दाता भक्त परिवार प्रति धन्यवाद सहित हार्दिक आभार ब्यक्त गर्नु भएकाे छ ।सबैकाे सु स्वास्थ ,दीर्घायु एवम् सुख शान्ति समृद्धिकाे हार्दिक मंगलमय शुभकामना प्रदान गरेकाे थियाे ।
भाद्र १ दाङ /घाेराही उपमहानगर पालिका ७ शुक्रवार उत्तरवाहिनी त्रिवेणी धाम स्थित श्री माता पवित्रादेवी साङ्गवेद संस्कृत विद्यालय गुरुकुल नेपाल संस्कृत विश्वविद्यालय रहेकाे दाङ जिल्लामा संचालित एक प्रयासरत गुरुकुल हाे ।
गुरुकुलमा कक्षा ४ देखि ९ सम्म नेपाल लगायत मित्र राष्ट्र भारतबाट आएका ३० जना छात्र वटुकहरु अध्ययनरत छन् । पछिल्लाे समय दाङ गुरुकुलमा देखिएकाे खाद्यान्न अभावकाे समयमा घर घर गुरुकुल अभियानकाे ध्यानाकर्षण भएकाे छ ।यस अभियानका संयाेजकआदरणीय गुरु आचार्य कपिल सुवेदीज्यूबाट उक्त अभियानकाे फेसबुक सञ्जाल मार्फत सूचना प्रवाह गरी गुरुकुलमा देखिएकाे समस्यालाई सद्भाव गर्नुभई अभियानका शिक्षार्थीहरुकाे तर्फबाट रु ६६,८८८/- खाद्यान्नकालागि सहयाेग प्रदान भएकाे छ । उक्त सहयाेग रकमबाट गुरुकुल संचालनमा देखिएकाे खाद्यान्न लगायत अन्य अति आबस्यक सामग्रीहरु खरिद गरिने कुराकाे जानकारी दाङ गुरुकुलका प्रशासन ब्यवस्थापककाे रुपमा निरन्तर खटिनु भएका गुरु प्रकाश भट्टराईज्यूले गराउनु भयाे । सनातन वैदिक सभ्यता र संस्कृतिकाे संरक्षण तथा त्यसकाे निरन्तरताकालागि घर घर गुरुकुल अभियान संस्कृत पठन पाठन गर्न ईच्छुक दिदीबहिनी ,माता तथा सम्पूर्णकालागि सकृय रुपमा लागिपरेकाे अभियान हाे ।हाल सम्म उक्त अभियानले ३७ वटा समूह बनाई हजाराैलाई संस्कृत शिक्षा पठन पाठनकाे वातावरण निर्माण गरि आफ्नाे उद्धेश्यमा अगाडि बढिरहेकाे छ ।
हाम्रा वैदिक धार्मिक ग्रन्थहरुलाई सरल तरिकाले सिक्ने सिकाउने वातावरण बनाउदै लगि यस अभियानले काठमाण्डाै,चितवन ,हेटाैडामा शाखा विस्तार गर्दै दाङमा पनि कार्यक्रम संचालन गरेकाे छ ।सहभागिहरुलाई विभिन्न सदनमा संगठित गरि हरेक एकादशीमा मठ,मन्दिर लगायत आश्रम गुरुकुलमा हाम्रा चाडपर्वहरुकाे महत्वलाई बुझाउने क्रममा एकादशीपूजन , माहात्म्यपाठ पारायण तथा व्रतकथा श्रवण कार्यक्रमहरुकाे आयोजना गराउँदै उक्त स्थानहरुकाे धार्मिक तथा पर्यटकिय स्थलहरुकाे भ्रमण गराउँदै आएकाे छ । अहिले यस अभियानले दाङ,प्यूठान जिल्ला लगायत भारतीय समाजमा पनि श्रद्धाकाे रुपमा पूजिएका सबैका आस्थाका केन्द्रमा रहनु भएका स्वर्गद्वारी महाप्रभुकाे नाममा सदन तयार गरि प्रशिक्षणकाे कार्य सुरु गरेकाे छ ।आउँदा दिनहरुमा सबै जिल्लाहरुमा समूह विस्तार गर्दै लैजाने अभियानका संयाेजक आचार्य कपिल सुवेदीलेज्यूले जानकारी गराउनु भयाे ।
नेपाल आदिबासी जनजाति महासंघ साउदी अरबले यहि आउँदो ९ अगष्ट २०२४ शुक्रबारका दिन “संविधान प्रदत्त अधिकार आदिवासीहरुको बिशेष क्षेत्र, संरक्षित क्षेत्र र स्वायत्त क्षेत्र कार्यन्वयन गर ! प्रदेश र स्थानीय तहको सरकारी कामकाजको भाषामा आदिवासी जनजातिको भाषा लागू गर !!” भन्ने मूल नाराका साथ ३०औं बिश्व आदिबासी दिवस मनाउने भएको छ।
विभिन्न नेपाली आदिम सस्कार,सस्कृति झल्किने सास्कृतिक कार्यक्रम सहित आयोजना गरिने सो कार्यक्रममा साउदी अरबको पूर्वी क्षेत्रमा वा साउदी अरबको कुनै पनि क्षेत्रमा बसोबास गरी रहेका सम्पूर्ण नेपालीलाई कार्यक्रममा सहभागी हुन आह्वान गरेको छ।
कार्यक्रम साउदी अरबको पूर्वी क्षेत्र जुबेलस्थित कुक जोन होटल मा आगामी शुक्रबार हुने भएको छ।
पर्वत– जिल्लाको मोदी गाउँपालिका–६ तिलाहारमा सडकसँगैको जमिन भासिँदा सिंगो बस्ती जोखिममा परेको छ । तिलाहारको नवजागृत माध्यमिक विद्यालय नजिक रहेको डिमुवा–राम्जा–चित्रे सडक भासिँदा सडकभन्दा तल रहेको बस्ती जोखिममा परेको हो ।
गत असार ३० गतेको राति आएको अविरल वर्षाका कारण करिब ७० मिटर लामो सडक भासिनुका साथै वरपरका केही घर चर्किएका छन् । जमिन भासिएपछि स्थानीयले प्लास्टिक ओढाएर भासिएको जमिनबाट तत्काल पानी बग्न रोके पनि जमिनको भासिनेक्रमनरोएिकको मोदी–६ का वडाध्यक्ष दिपेन्द्रजङ्गलामिछानेले जानकारी दिए। उनका अनुसार जमिन भासिएपछि सडकको माथिपट्टि र तलपट्टि रहेका करिब ४० परिवार जोखिममा परेका छन् ।
वडाध्यक्ष लामिछानेले डिमुवा बजारभन्दा माथि रहेका बस्ती र कुँवर टोल, फूलबारी र साउनेपानीका घर जोखिममा परेका जानकारी दिए। केही परिवारले घर छाडेर अन्यत्र बस्न थालिसकेका छन् । पहिरोलाई तत्काल रोकथाम नगर्ने हो भने ठूलो विपत्ति आउनसक्ने उनको भनाइ छ ।
यसैबीच गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री राजीव गुरुङले जमिन भासिएको क्षेत्रको स्थलगत निरीक्षण गरेका छन् । निरीक्षणपछि मन्त्री गुरुङले तत्काल पहिरो नियन्त्रण गर्न आवश्यक डिजाइनको खाँका तयार गर्न निर्देशन दिएको मोदी गाउँपालिकाका उपाध्यक्ष विमल लामिछानेले जानकारी दिए।
पालिकाले अनुमानित लागत र डिजाइन तयार गरेपछि पहिरो नियन्त्रणका लागि प्रदेश सरकारले आवश्यक बजेट विनियोजन गर्ने मन्त्री गुरुङले आश्वासन दिएका छन् ।
बस्ती माथिको जमिन भासिएपछि सडकमा सवारी आगमनमा समस्या परेको र जमिन भासिएको स्थान नजिकका घर तत्काल स्थानान्तरण गर्नुपर्ने अवस्था रहेको उपाध्यक्ष लामिछानेले बताए। गाउँपालिकाले तत्काल रोकथामको प्रयास गरिरहेको जनाउँदै दीर्घकालीन रोकथामका लागि ठूलो बजेट आवश्यक पर्ने भएकाले प्रदेश र सङ्घ सरकारले पहिरो नियन्त्रणमा सहयोग गर्नुपर्नेमा उनले जोड दिए।
सोही खण्डअन्तर्गत दराक र थामर्जुङ, पहरे, काउछे, भगरिका केही घर पहिरोको जोखिममा रहेका पालिका कार्यालयले जनाएको छ ।
यस वर्षको मनसुन सक्रिय भएपछि मोदी गाउँपालिकाको वडा नं २ देउपुरको जरुवामा रहेको दलित बस्ती पूर्ण रुपमा बगरमा परिणत भएको छ । यहाँ बस्दै आएका १५ परिवार विस्थापित भएका छन् ।
मुगु, २४ असार । हतियार देखाएर लुट्दै हिँड्ने लुटेरा समूहलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । आइतबार साँझ पत्रकार सम्मेलन गरि जिल्ला प्रहरी कार्यालय मुगुले लुटेर समूहमा संलग्न ३ जनालाई अत्याधुनिक हतियारसहित सार्वजनिक गरेको हो । ६ जनालाई पक्राउ गरेकोमा ३ जनाको मात्र घटनामा प्रत्यक्ष संलग्नता देखिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा जुम्लाको गुठिचौर गाउँपालिकाका–३ का आक्रोश पर्शे भनिने गणेश भण्डारी, सोही ठेगानाका पूर्णप्रसाद भण्डारी र वडा नम्बर ४ का कमल थापा रहेका छन् । घटनामा संलग्न अन्य ५ जना अझै फरार रहेको प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिनुभयो ।
मुगुको मुगुम कार्मारोङ गाउँँपालिका–१ डोल्फु गाउँमा हतियारधारी समूहले लुटपाट गरेको थियो । लुटेरा समूहले गाउँका २४ वटा घर, एउटा गुम्बाबाट सुन ३५ तोला, चाँदी ९९४ दशमलव ५ तोला, बुद्धको मूर्ति, रिणिमोक्क्ष माइको मूर्ति, मुगाको माला ९५ तोला, यार्सा, मोबाइल र ५० लाख २५ हजार नगद लुटेको स्थानीयहरूले जाहेरी दिएका थिए । घटना भएको झन्डै एक महिनापछि लुटपाटमा संलग्न आठ जनाको टिम मध्ये प्रहरीले ३ जनालाई पक्राउ गर्न सफल भएको हो ।।
साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खलाको १६१ औँ भाग शनिबार सम्पन्न भएको छ । उदक साहित्य समाज, नेपालले उक्त कार्यक्रमको आयोजना गरेको थियो। उक्त शृङ्खलामा नेपाल लगायत विश्वका ३६ जना उदक स्रष्टाहरूको सहभागिता रहेको उदक लेखन शृङ्खलाका संयोजक, प्रशिक्षक एवं उदक साहित्य समाजका केन्द्रिय उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो ।
काव्य विधा अन्तर्गतको नयाँ उदियमान प्रविधा उदक कविताको उन्नयन र विकासका लागि साप्ताहिक रूपमा उदक लेखन शृङ्खला सञ्चालन गर्दै आएको उदकका प्रवर्तक एवं उदक साहित्य समाजका अध्यक्ष आर्त अकुलीनले बताउनुभयो ।
संयोजक एवम् प्रशिक्षक अनुभवका अनुसार शनिबारको शृङ्खलाका लागि विहान एउटा तस्बिर दिएर उक्त तस्बिर अनुसारको गहन भाव खुल्ने गरी मात्र एउटा उदक साझ ५ बजेसम्म लेख्न सहभागी उदक यात्रीहरूलाई भनिएको थियोे ।
अभ्यासका लागि राखिएको तस्बिर:
साप्ताहिक तस्बिरमा उदक लेखन अभ्यास शृङ्खला- १६१ मा सहभागी उदकयात्रीका सुन्दर उदकहरू-
[१] प्रयास राखे जारी असम्भव पनि सम्भव !
वसन्त अनुभव [२] निरन्तरता क्रमिक साधना पहरामा फुल्ने कुसुम !
आर्त अकुलीन [३] साहस बटुले निरन्तर सफलताको चढिन्छ शिखर !
अनुग्रह राना मगर ‘पुष्प’ पाँचखपन नपा-६, संखुवासभा [४] सफलता कर्ममा हुन्छ जसले शिखर चुम्छ !
ताराप्रसाद चापागाईँ धुनिबेसी, धादिङ [५] जसको साहस हुन्छ उसले शिखर चुम्छ !
बेदु न्यौपाने [६] संघर्ष निरन्तर गरे सफलता अवश्य मिल्छ !