• गृह पृष्ठ
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला /जीवनशैली
  • खेल
  • बिज्ञान/प्रविधि
  • राजनीति
  • विचार
  • समाज
  • साहित्य

Category: लोकप्रिय

दाङमा भोलिदेखि निर्वाध रुपमा सार्वजनिक तथा निजी यातायातका साधन चल्ने

  • १५ असार २०७८, मंगलवार १७:०५ मा प्रकाशित
  • केही दिन यता मुलुकमा कोरोना संक्रमण दर घट्दै गएको परिप्रेक्ष्यमा जिल्ला कोरोना संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) दाङको आज बसेको बैठकले जारी लकडाउनलाई आगामी एक हप्ता (असार २२ गते) सम्मका लागि केहि खुकुलो बनाएको छ ।

    जिल्ला प्रशासन कार्यालय दाङका अनुसार न्युनतम स्वास्थ्यका मापदण्ड अपनाएर भोली देखी दाङ उपत्यका भित्रका सार्वजनिक तथा निजी सवारी साधन निर्वाध रूपमा चल्ने भएका छन ।

    त्यस्तै दाङका बजार तथा व्यवसाय बिहान ६ देखी बेलुका ६ बजे सम्म खुल्ने भएका छन भने सरकारी कार्यालय, बैंक तथा बित्तिय संस्थाहरु बिहान १० देखी ५ बजे सम्म नै खुल्ने भएका छन ।

    साथै उल्लेखित सबै क्षेत्रमा न्युनतम स्वास्थ्य सुरक्षा मापदण्डको अनिवार्य पालना गर्न सम्बद्ध सबैमा अपिल गरिएको छ।

    Posted in ताजा अपडेट, मुख्य खबर, लोकप्रिय, समाजLeave a Comment on दाङमा भोलिदेखि निर्वाध रुपमा सार्वजनिक तथा निजी यातायातका साधन चल्ने

    अन्तर्राष्ट्रिय लागूपदार्थ तथा अवैध तस्करी विरुद्धकाे दिवसकाे अवसरमा टुक्का अभ्यास कार्यक्रम

  • १३ असार २०७८, आईतवार २३:४२ मा प्रकाशित
  • सहभागी टुक्काकारहरु

    काठमाडौ, १२ असार
    अन्तर्राष्ट्रिय लागूपदार्थ तथा अवैध तस्करी विरुद्धकाे दिवसकाे अवसर पारेर टुक्का साहित्य समाज काठमाडौले शनिबार टुक्का अभ्यास कार्यक्रम सन्चालन गरेको छ। टुक्कालाई कविताको उपविधाको रुपमा लिने गरिन्छ ।

    उक्त कार्यक्रममा देश तथा विदेशमा रहनु भएका नेपाली भाषी ४६ जना टुक्काकारहरुले उक्त विषयमा टुक्काहरू सृजना गर्नुभएको समाजका अध्यक्ष एवं टुक्का साहित्यका प्रवर्तक ताराप्रसाद चापागाईंले बताउनु भयो ।

    कार्यक्रमको संयोजन समाजका अध्यक्ष ताराप्रासाद चापागाईंले गर्नुभएको थियो । साथै उहाँले कार्यक्रममा सहभागी सम्पूर्ण टुक्काकारहरू प्रति हार्दिक आभार प्रकट गर्नुभएको थियो ।

    ……………………………………
    मिति २०७८ असार १२ गते “अन्तर्राष्ट्रिय लागू पदार्थ तथा अवैध तस्करी विरुद्धकाे दिवस” काे अवसरमा अभ्यास गरीएका टुक्काहरू

    ✍️✍️✍️✍️✍️ टुक्काहरू ✍️✍️✍️✍️✍️
    १/
    लाग्न त लागेका छौं हामी वर्षौं देखि यो लागु पदार्थ तस्करी विरुद्ध,
    कानुन र गतिलो सरकार नहुँदा सकेका छैनौँ उन्मूलन शुद्ध ।
    २/
    लुकिलुकी तस्करी गर्छन् पहुँचवालाले सडक पेटी सम्म लागु पदार्थ,
    निर्मुल गर्न सकिन्थ्यो र नि भागको लोभमा वास्ता गर्दैनन् यहि हो यथार्थ।
    ३/
    लागु पदार्थ तस्करलाई कानुन सबल पारी लाउँनु पर्छ हतकडी,
    पहुँचवाला नभनी निगरानीको ब्यबस्था कडा हुनुपर्छ है!हरघडी ।
    ४/
    लागु पदार्थ सेवनबाट बचाउँन पहल गर्नुपर्छ घर बस्ती बाट,
    कुलतमा फसी भविष्यका कर्णधार बालबालिका नपुगुन् कहिल्यै घाट।
    ५/
    आफै पनि बचौँ अरुलाई पनि बचाउँ यहि फैलाउँन सकौँ सन्देश,
    अनि मात्र बच्न सक्ने छन् सर्वसाधारण शहर देखि गाउँ परिवेश ।

    -शर्मिला श्रेष्ठ,ललितपुर
    हाल परदेश

    ✍️✍️✍️✍️✍️ टुक्का ✍️✍️✍️✍️✍️
    लागु  पदार्थहरू नखाऊ
    कुसंगतमा कहिल्यै नगाऊ ।

    – अरूण नदी खत्री, काठमाडाैं

    ✍️✍️✍️✍️✍️ टुक्काहरू ✍️✍️✍️✍️✍️
    १
    लागु अाैषध तस्करी र दुर्वेशनमा नलागाैं,
    अपराध अनि कुबाटाे देखि सधै टाढा भागाैं ।
    २
    कुसंस्कार अपराध बढने लागू अाैषध छुन्न,
    सुनाैलाे भविष्य काेर्छु तर दुर्बेशनी भई रुन्न ।
    ३
    लागू अाैषध अाेसारपरास तस्करलाई नछाेडाैं,
    अल्लारे हाम्रा बालबालिकाहरूकाे ध्यान अन्तै माेडाैं ।

    – ताराप्रासाद चापागाईं
    धुनिबेशी न.पा.-९ धादिङ
    हाल काठमाडाैं

    ✍️✍️✍️✍️✍️ टुक्काहरू ✍️✍️✍️✍️✍️
    १
    डुबिरहेछु आज जीवन मरणको दशामा
    कसरी म फँसेछु यो लागु पदार्थको नशामा ?
    २
    रक्सी खाएर घरभित्र आउँछौ
    श्रीमती कुटेर भन के पाउँछौ ?
    ३
    लागु पदार्थले मानसिक रोगी बनाउँछ
    जान्छ इज्जत समाजमा निर्घिनी गनाउँछ ।
    ४
    लागु पदार्थको सेवनले सर्छ डरलाग्दो रोग
    ल्याउँछ घरमा सबैको अनि मनमा हुन्छ शोक ।
    ५
    बालबालिकाहरू छन् लागु पदार्थको कारोबारमा
    कानुन कहाँ छ खै ? सरकार देखियोस् व्यवहारमा ।
    ६
    के मन छैन तिमीलाई हाँस्न ?
    ती राता ओठमा गुराँस टाँस्न ।
    ७
    चाहन्छु म सधैँ रम्दै जीवनमा नाच्न
    लागु औषधले नपरोस् सडेर बाँच्न ।
    ८
    बुझ एकैछिनको मजाले अन्त्य के डाक्छ
    फसेँ दुर्व्यसनमा आफ्नै देह घीन लाग्छ ।
    ९
    मादकताले हुँदैन तनाव केही कम
    जस्तो पीडामा पनि नखाने खाऊ कसम ।
    १०
    हरेक टोलमा अब यौटा नियम बनाऔँ
    लागु पदार्थ मुक्त समाजको खुसी मनाऔँ ।

    श्रीकृष्ण शर्मा पोखरा

    ✍️✍️✍️✍️✍️ टुक्काहरू ✍️✍️✍️✍️✍️
    १
    सानासाना केटाकेटी खसाखुसु गर्छन्
    भित्र भित्रै लागु औषध सेवनमा पर्छन्।
    २
    खोजी गरौँ दुर्गतिमा लाग्ने बालबच्चा
    जोगाउनु पर्छ अब बन्नु हुन्न कच्चा।
    ३
    लामो थियो जिन्दगानी छोटो बन्न पुग्यो
    समाज भाँड्ने जाली किरो किन कता लुक्यो?
    ४
    हुदै हुन्न दोषीलाई लुकाउन फेरि
    जाग उठ दैत्य को हुन् सोध केरी केरी ।
    ५
    भविष्यका कर्णधार रहून् स्वस्थ चङ्गा
    जागरुक बनौँ सबै नफैलियोस् दङ्गा।

    – पौडेल विमुन्स, पाेखरा

    ✍️✍️✍️✍️✍️ टुक्काहरू ✍️✍️✍️✍️✍️
    १
    नुहाएर मात्र बाहिर सफ़ा हुन्छ तन
    खानपान को शुद्धता ले चोखो हुन्छ मन
    २
    नबगाऊ जिंदगी लाई बोतलको पानीमा
    नसिध्याऊ जिंदगी रोग नै रोग को खानिमा

    – पदमा शर्मा आँचल, कालाचिनी भारत ।

    ✍️✍️✍️✍️✍️ टुक्काहरू ✍️✍️✍️✍️✍️
    १
    टाठाबाठाको ललिपपमा झुभिएका कैयौं युवाशक्ति,
    बेरोजगारले थन्किए छन् कति लागु पदार्थको भक्ति!
    २
    अगुवा नै चरूवा भएपछि कसरी हुन्छ विकास,
    लागु पदार्थमा अल्झिएपछि कसरी हुन्छ निकास!
    ३
    देशले छैन हारेको तर तस्करले मारेको,
    लागु पदार्थ दुर्व्यसनले कस्तो रोग सारेको!

    – शरद प्रधानाङ्ग,विराटनगर-७

    ✍️✍️✍️✍️✍️ टुक्काहरू ✍️✍️✍️✍️✍️
    १
    भोक लागे अन्न खाऊ नपिउँनु है नशा,
    यो नशाले लेराउँछ साँढे सातको दशा।
    २
    लागु पदार्थ अोसार पसार गर्न लगाऊँ रोक,
    राम्रो काम गर्नेलाई दिऊँ पुरस्कार सबैथोक।
    ३
    शिप भए काम गरे खान पाईन्छ बस्दा,
    अकालमै मर्नु पर्छ दुर्ब्यसनमा फस्दा।
    ४
    चेतनाको दियो बाली युवा जगाउँ,
    कुलतबाट छुटाउँदै काममा लगाउँ।
    ५
    दुर्ब्यसनले समाजलाई पछि पार्ने गर्छ,
    सबै मिली आजैबाट छिटो हटाउनु पर्छ॥

    -पुर्ण बहादुर श्रेष्ठ “हृदयङकृत”
    पनौती-३,काभ्रे

    ✍️✍️✍️✍️✍️ टुक्काहरू ✍️✍️✍️✍️✍️
    १
    मादक खानेले बिस्तारै कम गर्दै छोडौँ,
    खाँदै नखानेले सज्जन साथी मात्र जोडौँ।
    २
    ऊ,तिमी,म मिली नखाऔँ सुर्तीजन्य पदार्थ,
    स्वस्थ हुँदा रमाउँदै बाँचिने कुरा यथार्थ।
    ३
    जाँड-रक्सी सेवन गर्दा गाँजा,भाङ,धतुरो,
    जोस आउँछ होस गुमाई ठोकिन्छ पुर्पुरो ।

    म्यामराज राई
    हतुवागढी-६,होम्ताङ्,भोजपुर
    हाल:-जापान

    ✍️✍️✍️✍️✍️ टुक्काहरू ✍️✍️✍️✍️✍️
    १
    जाे नशामा जीवन खाेज्दछ ,
    उहीँ छिटाे मृत्युमा पुग्दछ ।
    २
    अमृत समान जिन्दगीमा विष नराेपाैं ।
    जिउमा नशा चढाएर मुहार नछाेपाैं ।
    ३
    अवैध हाे लागू औषध त्याे सबै काराेबार,
    जीवन मरण सवाल छ राखाैं सराेकार ।

    – त्रिलोचन भण्डारी, मेचीनगर , झापा

    ✍️✍️✍️✍️✍️ टुक्काहरू ✍️✍️✍️✍️✍️
    १
    गरेर धुम्रपान,
    यहाँ हुँदैन सान।
    १
    जस्ले धुम्रपान गर्छ,
    उ अकालमै नै मर्छ।
    ३
    धुम्रपान  सेवन  नगरौं,
    जताततै नै चेतना छरौं।

    – जगत ‌थापा सुदुरपश्चिम बझाङ्ग

    ✍️✍️✍️✍️✍️ टुक्काहरू ✍️✍️✍️✍️✍️
    १
    कहिले  सुन तस्कर त कहिले नुन तस्कर
    हुन्छ चै के हाम्रो देशमा घातीको मात्रै लस्कर ।
    २
    दुर्व्यसनि अति बढ्यो है आधा  पिढिले गर्ने नशा
    यो क्रम चलिरहे देशमा लाग्नेछ शनिको दशा।
    ३
    कानुन  मात्र लेखेर हुन्न व्यवहारमा लागु  गरौ
    लौन सरकार खोक्रो बन्दैछ देश सचेतना छरौ।
    ४
    बाबा आए साहुसँग घर खेत बैना राखी
    छोराछोरी मस्ती गर्ने अफिम चुरोट चाखी।

    – इश्वरी अधिकारी, लमजुङ

    ✍️✍️✍️✍️✍️ टुक्काहरू ✍️✍️✍️✍️✍️
    १
    नगर खिसी दुर्व्यसनीको देखेर हाल,
    उसले सुधार्ने छ पक्कै पनि अर्को साल ।
    २
    लागू पदार्थले गर्दैन कसैलाई हित,
    टाढै रहन सक्यौ भन्ने हुन सक्छ जीत ।
    ३.
    चाहेर पनि सकिन्न देख्न बादल भित्रको घाम
    लौ त्यागौ अपराध हो कुलत र दुर्व्यसनी काम ।
    ४.
    दुर्व्यसनीमा फस्दा तिमी फस्छौ एक्लै
    तिम्रो चिन्तामा बा आमा पिरमा बेग्लै
    ७
    लागू पदार्थ सेवन गर्नेहरु जतापायो उतै झर्छन्
    चिन्तै चिन्तामा आमा-बाबा आफन्त अनि साथीभाइ पर्छन्।

    – रचना माेक्तान यात्री, काभ्रेपलाञ्चाेक

    ✍️✍️✍️✍️✍️ टुक्काहरू ✍️✍️✍️✍️✍️
    १
    यति राम्रो युवाकाे जमात,
    कुलतमा लागेर नमात।
    २
    धनकाे नास कुलतले जेलकाे बास,
    त्यो तस्करी छोराको अामालाइ के अास
    ३
    तिमी नजानी कुलतमा फसेछौ कसरी,
    जिन्दगीलाई धुवाँमा नउडाऊ यसरी।

    – नानीबाबा अधिकारी,
    कलंकी, काठमाडाैं

    ✍️✍️✍️✍️✍️ टुक्काहरू ✍️✍️✍️✍️✍️
    १
    सचेत नागरिक र समाज सधैँ अघि सर्नु,
    लागू पदार्थ ओसार-पसार पुरै बन्द गर्नु।
    २
    कुलतमा फसे पछि निस्कनै गाह्रो,
    चेतना जगाउने काम अझ साह्रो।
    ३
    गाँजा र अफिम हेरोइन र चरेस्,
    छोरो तँ यसको अघिपछि नपरेस्।
    ४
    नत मान सम्मान नत छ पुष्ट ज्यान,
    दुर्व्यसनी राम्रो हैन लिनु पर्छ ज्ञान।
    ५
    सम्पत्ति सँगै शरीरको नास,
    ड्रग्सले पार्छ यस्तै उठिबास।

    – अरूण कुमार भुजेल
    गोरूबथान, कालेबुङ्ग,
    पश्चिम बंगाल।

    ✍️✍️✍️✍️✍️ टुक्काहरू ✍️✍️✍️✍️✍️
    १
    पिउने बानी नगरौं  सराव
    यस्ले गर्छ जीवनमा खराव ।
    २
    राम्रो  होइन गर्नु  कसैले  धूम्रपान
    लिन सक्छ फ़ेरि अकालमा ज्यान ।
    ३
    धूम्रपान गर्दा हुन्छ फोक्सोमा हानी
    आजैबाट छोड्नु होस् है खराब बानी ।
    ४
    धूम्रपान सम्झिनूस् यो हो जहर
    कसैले   पिउने    नगर्नुस्  रहर ।
    ५
    धूम्रपान किन्ने पैसा होस् बचत
    यस्तै असल सिकाउनुस् आदत ।

    – तारा घिमिरे, संखुवासभा

    ✍️✍️✍️✍️✍️ टुक्काहरू ✍️✍️✍️✍️✍️

    १
    लागुऔषध खान्न भने शुरूवातमा मत,
    करै गरे साथीभाइले नखाउ भने खत ।

    २
    चुरोट तान्यो वियर पिइयो देखाउन हिरो,
    थाहाथेन त्यतिबेला बन्दैछु पटमुर्ख जिरो ।

    ३
    अलि अलि गर्दागर्दै पुरै फसे लतमा,
    दुर्व्यसनी बनाईछाडे साथी मुफतमा ।

    ४
    चुरोट खाइयो सुर्ती खाइयो तानियो नि गाँजा,
    जाड र रक्सी सेवन गर्दा लाग्दथ्यो आँफै राजा ।

    ५
    लागुऔषध सधैं ल्याउथे बोक्दै तस्कर दुई,
    चट्ट खायो नाकमा सुँघ्यो अनि लगाउने सुई ।

    ६
    निर्भरता यति बढ्यो ड्रग नभई हुन्न,
    ओभर डोज नभएर रत्ति छुदै छुन्न ।

    ७
    सुरुमा त पैसा माग्यो नपाएमा चोरी,
    लुटपाट् गरेर नि भर्यो मनको बोरी ।

    ८
    बिस्तारै पछि पछि बनियो नि तस्कर,
    विश्वास छैन अरुको हेर रत्तिभर ।

    ९
    नखाउ साथी लागुऔषध नबनौं है तस्कर,
    फसेपछि पछुतोले सताउछ जीवनभर ।

    १०
    विचार गरौं आफ्नो स्वास्थ्य आफैं अघिसरी,
    जाडरक्सी सुर्ती ड्रग नछोउ केहिगरी ।

    – वसन्त अनुभव, घोराही – १४, दाङ

    ✍️✍️✍️✍️✍️ टुक्काहरू ✍️✍️✍️✍️✍️
    १
    दिनोदिन युवावर्गको नैतिकस्तर खस्दैछन् ,
    लागुपदार्थको कुलतमा नानीहरु फस्दैछन् ।
    २
    जो जो फँस्यो दुर्व्यसनको नराम्रो नशामा ,
    निश्चय नै हुन्छ उसको जीवन दशामा ।
    ३
    लागुपदार्थको विरूद्ध  सचेत भई जागौँ ,
    परिवार र समाजको उन्नतितिर लागौँ ।
    ४
    नशाले गर्छ घर अनि  सम्बन्धमा खति ,
    अकालैमा गर्छ यसले शरीरको क्षति ।
    ५
    लागुपदार्थको बेचबिखनले समाजलाई  भित्रभित्रै खाँदैछ,
    भविष्यको कर्णधारहरूको भने जिन्दगी नाश भएर जाँदैछ।

    – राजेन्द्र प्रधान पासा, दार्जिलिङ्ग

    ✍️✍️✍️✍️✍️ टुक्काहरू ✍️✍️✍️✍️✍️
    १
    बिरानो थियो नजिकिँदै आयो,
    जो मनमा बस्यो  कलेजी खायो।
    २
    छ जिन्दगी चुरोटमै अडेको,
    धूवाँसँगै जान्छ पीडा गडेको।

    – अनिल खग्रास

    ✍️✍️✍️✍️✍️ टुक्काहरू ✍️✍️✍️✍️✍️
    १
    धूर्त अवैध धन्दा गर्नु हुन्न राति ,
    खान लाउनलाई छन् कामका ताँती ।
    २
    हाम्रा जंगलका गैंडा ,बाघ, मृग हुन् धन,
    तिनका खाग छालाका लागि मार्ने छन् जन।

    – भगवती दवाडी ,झापा

    ✍️✍️✍️✍️✍️ टुक्काहरू ✍️✍️✍️✍️✍️
    १
    म जे लेख्छु यिनै आँखा ले देखेको लेख्छु,
    छन् वरिपरी नै यिनकै काहाँनी देख्छु।
    २
    जन्मियो, हुर्कियो, ठूलो भयो छोरा,
    कुलतमा लागेर फसेछ मोरा।
    ३
    नाना थरी खादै पिउँदै थालेकाे हिँड्न,
    नसाको तालमा लाग्याे मान्छेहरू गिड्न।
    ४
    चोरी डकैती पागेट मार भयो,
    घरको सामानहरु बेज्दै गयो।
    ५
    रक्सी जाँड गाँजा छोडेर चरेस खान थाल्यो,
    कुसँगतका साथी भाइ  सहजै यहाँ  पाल्यो।
    ६
    पैसा नहुदा बाआमालाई घुर्क्याउँने ,
    एक दुईचोटिमा तँ मीठो फुर्क्याउँने।
    ७
    हरे शिव यो कस्तो छोरा जन्मियो,
    आज आएर उल्टै किन सन्कियो।
    ८
    धुरु धुरु रुदै परिवार आज,
    कुलतको सँगतले गर्छ राज।
    ९
    चरेस खाने सुई हान्ने इँजत लुट्न थाल्यो,
    वरपर दिदी बैहिनी आफ्नु बँसमा गाल्यो।
    १०
    अन्तिम भयो ओछ्यान लाग्यो बिहोसी को चालमा,
    मर्ने दिन आयो अब यसको नि यहिँ  सालमा।
    ११
    सुन्नु दाजु भाइ बन्दु तपाईं हामी मिलेर,
    लागू पदार्थ विरुद्ध  कुरा गरुम छिनेर।

    – कमला पाण्डे पराजुली, झापा

    ✍️✍️✍️✍️✍️ टुक्काहरू ✍️✍️✍️✍️✍️
    १
    जाड, रक्सि,चुराेट,बिडि अाएर अाफै बिमार,
    अाफू नखाउँ घर परिवारकाे राखाै बिचार।
    २
    कति नराम्रो बानि रहेछ खराब,
    राति दिन पिएर अाउँछाै सराब।
    ३
    हिड्छाै जताततै साथ मा गाज भाङ लिएर,
    दिनहुँ घरमा झगडा गर्ने रक्सि पिएर।
    ४
    धन जनकाे हुन्छ सत्यनाश,
    नगर रक्सि चुराेटकाे अाश।

    – शाेभा अर्याल, बुटवल

    ✍️✍️✍️✍️✍️ टुक्काहरू ✍️✍️✍️✍️✍️
    १
    अहिले नै लागु पदार्थ, जाँड र रक्सी त्यागाैं,
    देह-शक्ति कमजाेर हुन्छ सचेतामा लागाैं।
    २
    नशामुक्त देशको निर्माणमा लागौं
    समय रहँदै लौ अब सबै जागौं ।
    ३
    नशाको विरोधमा गाऊँ – घरलाई सचेत गराऊँ
    आफ्नो कर्तब्य ठानेर एक सुन्दर समाज बनाऊँ।
    ४
    जुन दिन रित्तिने छ हाम्रो समाजबाट नशा,
    हट्ने छ नि:सन्देह देशको शिरबाट  दुर्दशा।

    – निरुविन्दु परियार, भारत

    ✍️✍️✍️✍️✍️ टुक्काहरू ✍️✍️✍️✍️✍️
    १
    जानीजानी नगरौं  ध्रुम्रपान ,
    ख्याल ख्यालैमा यस्ले लिन्छ ज्यान ।
    २
    जिन्दगी भर पर्ने छ मार,
    आफैंलाई पर्ने त हो भार।
    ३
    कसैले पनि नखेल्नु जुवा र तास ,
    धनको नाश जीवनको बनिबास ।
    ४
    न त तिमीलाई न मलाई काईदा ,
    खाएको भन्दा नखाएकै भो फाईदा ।

    – ललिता अभागी, सिन्धुली

    ✍️✍️✍️✍️✍️ टुक्का ✍️✍️✍️✍️✍️

    लागू पदार्थ र अवैध तस्करी कसैले पनि नगरुन्,
    पापको घैटो देखेर वैतरणी बाटो दैवले नहरुन्।

    -रतन पाण्डे’पारतन’, दार्जीलिङ।

    ✍️✍️✍️✍️✍️ टुक्काहरू ✍️✍️✍️✍️✍️
    १
    नगर्नु नशा सेवन रोगले पार्छ बसमा,
    सकिन्छ सम्पत्ति साथी नाता रहन्न उसमा ।
    २
    लागु पदार्थ दुर्ब्यसनी ओसार पसार नगर्नु,
    नैतिक काम होईन यस्ता काममा अघि नसर्नु ।

    – पुष्पासायरा, बिराटनगर ।

    ✍️✍️✍️✍️✍️ टुक्काहरू ✍️✍️✍️✍️✍️
    १.
    नपिउनु भन्दै डाक्टर चुरोट आफै पिउॅछन्
    यिनीहरू लौ कसरी अब धेरै दिन जिउॅछन् ।
    २.
    दुर्व्यशनी बढ्दै गए युवा खतम भए
    सम्झाइ बुझाइ गर्ने जमात कता गए ।
    ३.
    प्रयोग नगरॅौ लागू पदार्थ कसैले पनि
    विकास गर्न सकिन्छ हेर लौ देशको अनि ।
    ४.
    नशाभित्र झुलेर नै यहॅा युवा जति नाश भए
    समाज अनि आफू बिर्सिएर पतित हॅुदै गए ।
    ५.
    सल्लाह दिन सजिलो छ कार्यान्वयन गाह्रो
    नशेडीलाई नशा छोड्न किन भएको साह्रो ।

    – राजेशराज गड्ताैला
    हाल युएई

    ✍️✍️✍️✍️✍️ टुक्काहरू ✍️✍️✍️✍️✍️
    १
    खराब हो लागु औषध जीवन नै सडाउँछ
    अमुल्य यो शरीर पनि बिगारेर गलाउँछ।
    २
    खानु हुन्न भन्दाभन्दै आफैँ खायो उसले  जानीजानी
    छुटाउनलाई समस्या भो गर्छ अहिले आनाकानी ।
    ३
    कडा कानून बुझ्दाबुझ्दै गलत काम गर्यो उसले
    चेत थियो तर पनि आज बिर्सेछकी सम्झी जसले ।

    – माधव पोखरेल गोज्याङ्ग्रे
    उदयपुर, गाईघाट हाल ताप्लेजुङ

    ✍️✍️✍️✍️✍️ टुक्काहरू ✍️✍️✍️✍️✍️
    १
    लागू औषध जीवनलाई हानि
    यसबाट रहौं सदा सावधानी।
    २
    कालो कर्तुत कानुनको दृष्टिमा
    लागू औषध ख़राब हो सृष्टिमा।
    ३
    अवैध ओसार-पसार नगरौं,
    नशालु वस्तुमा अगाडि नसरौं ।
    ४
    मानिस नै हो सबभन्दा ज्ञानी
    नशामा नउडाऔं जिन्दगानी।
    ५
    ओसार-पसार नगरौं ड्रग पनि
    अरू नै काम गरे हुन्छ है आम्दानी।
    ६
    परिवारलाई पिर पारी शासना,
    नपरोस्,यही आजको शुभकामना।

    – भूषण जंग, ललितपुर
    हाल अस्ट्रेलिया

    ✍️✍️✍️✍️✍️ टुक्काहरू ✍️✍️✍️✍️✍️
    १
    अब नगरौं भन्छु मान्दैन यो मन,
    भाङ खाएर भएको छु रन बन।
    २
    मदिरा पिएर जथाभावी नबोल,
    दुईदिनको जीवन हो अनमोल!
    ३
    बस्छु सधैं रुखको छायामा,                 
    बाँच्ने चाह छ तिम्रो मायामा।
    ४
    भित्री  मुटुमा  छुरा  हानी  बाहिर राम
    निष्ठुरीले जति सम्झे पनि छैन काम।
    ५
    अन्तै बुनेपछि तिमीले माया जाल,
    मर्नु बाँच्नु भएर सम्झेको छु काल।
    ६
    चुरोट पिएर ज्यान लाई धोका
    नफालाै है सधैं जताततै  खोका।
    ७
    रक्सी पिएर आमा बहिनी नभन्ने,
    जथाभावी आरोप  लगाएर खन्ने।

    – प्रेम सुनार, दैलेख

    ✍️✍️✍️✍️✍️ टुक्काहरू ✍️✍️✍️✍️✍️
    १.
    लागुपदार्थ ऒसारपसार  बढ्दै छ गएको  ,
    यस्ता विकृतिलाई नै फ्याक्दै जानुपर्छ भएको l
    २
    गैरकानुन कार्य हो लागुपदार्थ  ओसारपसार ,
    नगरौँ है कसैले पनि विकृतिको प्रचारप्रसार l
    ३
    ज्यानै जान सक्छ गैरकानुन कामले ,
    सचेत रहौँ लोभमा नफसौ  दामले l
    ४
    लागुपदार्थ ओसारपसार मिलेर रोक्नुपर्छ ,
    विश्वमा भएका यी विकृति फाल्ने सोच बोक्नुपर्छ ।
    ५
    पैसाको लोभमा कसैले नि गैरकानुनी काम नगरौँ,
    लागुपदार्थको ओसारपसार विरुद्ध आवाज भरौँ ।

    – रिता खराल , रुपन्देही

    ✍️✍️✍️✍️✍️ टुक्काहरू ✍️✍️✍️✍️✍️
    १
    सान देखाउँछ खाई  ठुला र ठालु,
    हुन्छ लागू पदार्थ नशालु, बिषालु ।
    २
    गाँजा,भाङ त्यही दिमागी भार,
    मनै देखि गरौँ है प्रतिकार ।
    ३
    लागू पदार्थले गर्छ स्वास्थ्यलाई हानी,
    हुन सक्छ ठुलै जीवन भर कहानि।
    ४
    पीडामा त धूम्रपान काईदा,
    सेवन गरे हुन्छ बे-फाइदा ।
    ५
    केही छिनलाई आनन्द दिन्छ,
    धूम्रपानले हाम्रो ज्यान लिन्छ।
    ६
    खाए पछि मच्चाउँछ हंङ्गमा,
    धावा गर्छ शरिरको अङ्गमा।

    – महेश तामाङ,
    बेल्कोट्गढी-६, नुवाकोट

    ✍️✍️✍️✍️✍️ टुक्का ✍️✍️✍️✍️✍️

    मदिरा पिएर जथाभावी नबोल,
    दुईदिनको जीवन हो अनमोल।

    – हिँउकला खतिवडा,
    कैलाली ।

    ✍️✍️✍️✍️✍️ टुक्का ✍️✍️✍️✍️✍️

    नगरौं सेवन लागू अाैषध र धुम्रपान,
    भित्र भित्रै खाेक्राे पारी यसले लिन्छ ज्यान।

    – विशाल सुवेदी

    ✍️✍️✍️✍️✍️ टुक्काहरू ✍️✍️✍️✍️✍️
    १
    शरीरमा असन्तुष्ट रोग भर्छ,
    नशा पिउनु हुन्न है घात गर्छ।
    २
    युवा बिग्रियो है नशामा झुलेर,
    रातो दिन रेष्टुरेण्टमा भुलेर।
    ३
    हजुर हाम्रो गाउँका बिरे,चामे अनि काले,
    अलि-अलि गर्दै बच्चाले पनि पिउन थाले।
    ४
    दिन रात टोलाउँछन् सुनसानमा बसेर,
    बेकार भए युवाहरू कुलतमा फसेर।

    – प्रकाश बुढाथोकी,
    असम भारत।

    ✍️✍️✍️✍️✍️ टुक्काहरू ✍️✍️✍️✍️✍️
    १
    छोडौ सबै रक्सी जुवा तास,
    हुन्छ जिवनको सत्यनाश।
    २
    भ्रष्टाचारी बसेका छ्न देशै भरी ,
    कमाए छ्न  धन  गरेर  तस्करी।

    – हरिश चन्द, बैतडी

    ✍️✍️✍️✍️✍️ टुक्काहरू ✍️✍️✍️✍️✍️
    १
    शिक्षाको कमि धेरै भयाे समाजमा,
    धूम्रपान मुल्य बढाउ बजारमा ।
    २
    सबै शिक्षित भए समाजमा हट्छ
    लागू अाैषध बिरुद्धमा मन बड्छ।

    – साधना पाैडेल, अाेखलढुंगा

    ✍️✍️✍️✍️✍️ टुक्काहरू ✍️✍️✍️✍️✍️

    १
    छाेडौं सबैले धूम्रपान,
    जोगिन्छ अनि हाम्रो ज्यान ।
    २
    बनायौ कुलतरहित समाज
    छरेर जनचेतनाका आवाज ।
    ३
    लागुपदार्थ ओसारपसारमा  लगाउनु पर्छ रोक,
    जसले समाजमा राम्रो काम गर्छ हुनेछ सबै थोक ।

    – दुर्गा भट्टराई, मोरङ

    ✍️✍️✍️✍️✍️ टुक्काहरू ✍️✍️✍️✍️✍️
    १
    लेखेर पठाए मायाँको उपहार,
    त्यसमा थियो देशभक्तलाई प्यार।
    २
    भोलि भेट हौँला मसाल बालेर,
    आउँछु यो ब्यबस्थालाई फालेर।
    ३
    आउ मिलेर बनाउ शुन्दर देशलाई,
    प्रगतिशिल बिचार ल्याउहै दाजु भाई।
    ४
    बिचारमा मिठास अनि विवेक हुनैपर्छ,
    त्यसैले त घर समाजको राम्रो हित गर्छ।

    – सुरेशकुमार पान्डे,
    घोराही उप महानगर पालिका१८ दाङ।

    ✍️✍️✍️✍️✍️ टुक्काहरू ✍️✍️✍️✍️✍️
    १.
    हानिकारक हुन्छ लागूपदार्थ,
    यसकाे सेवन  नगर्नु किमार्थ।
    २.
    नअाउनु अब कहिल्यै पिएर,
    बस्दैछु फाटेकाे याे मन सिएर।
    ३.
    नफस्नु लागू  पदार्थकाे  नशामा,
    जिन्दगी जाकिन्छ फेरि दुर्दशामा।
    ४.
    नखानु कसैले रक्सी भाङ चरेस,
    खाएसरी हुन्छ  जिन्दगीमा हरेस।
    ५.
    लागू पदार्थ बिरुद्ध  सक्रीय बनौं,
    समस्या अायाे भने अरुलाई भनौं ।

    – थापा रुद्र , भानु – ११, तनहुँ

    ✍️✍️✍️✍️✍️ टुक्का ✍️✍️✍️✍️✍️

    नगर्नु दुई नंबरी धन्दा कसैले,
    यस्तो काम आजै गरौं बन्द सबैले।

    – खगिन रिदम लामा,
    खोटाङ ईन्द्रेणी पोखरी

    ✍️✍️✍️✍️✍️ टुक्काहरू ✍️✍️✍️✍️✍️
    १
    जसले खान्छ सधैं नशा,
    उसले लिन्छ सबै दशा ।
    २
    लागू पदार्थको सेवनले लिन्छ हाम्राे ज्यान,
    यसलाई नछाेएकै एकदम राम्रो झन।
    ३
    अाजै देखि सबैले दुर्व्यसनमा नफस्ने प्रण गराै,
    समाजबाटै हटाउन जागृतिका स्वरहरु भराै ।
    ४
    अाउ अब समाजबाट दुर्व्यसनलाई बनाउ सधैं टाढा,
    धुम्रपान बिनाकाे जीवन हुन्छ उत्तम र हरपल गाढा ।
    ५
    शिक्षा छराै समाजमा चेतनाकाे दियाे बालाै,
    दुर्व्यसनकाे बिरुद्धमा  सबले पुन्ज फालाै ।
    ६
    उखेलेर जरैदेखि दुर्व्यसनलाई  फाल्नुपर्छ,
    कच्याककुचुक सबै ति जरा यसका गाल्नुपर्छ ।
    ७
    नशा पिउने साना हुन्छन् काेही सारै बच्चा,
    कुलतले जीवन बन्छ अति सारै कच्चा।
    ८
    नपिउनु  जिवनमा नशा,
    पियाै भने लाग्छ ठूलो दशा।

    – लक्ष्मी घिमिरे, झापा

    ✍️✍️✍️✍️✍️ टुक्काहरू ✍️✍️✍️✍️✍️
    १
    लागू औषधका धन्दा रोकेर अब देशमा,
    चेतना छर्नुपर्नेछ नयाँ यो सुस्त भेषमा ।
    २
    बेरोजगार ती यूवा युवती जनता सब,
    लागू औषध ओसारपसार बन्दहोस् अब ।
    ३
    जहाँ ती घर भांडिन्छन् लागू औषधले सुन,
    सप्रिन्छ घर साराका सुनिदे मुरली धुन ।

    – ऋषिराम खनाल
    मध्यविन्दु ६ नवलपुर ।

    ✍️✍️✍️✍️✍️ टुक्का ✍️✍️✍️✍️✍️

    जिर्ण बन्छ शरीर परदिन लागू पदार्थको नसालेे,
    रहन्न इज्जत अनि अस्थिर मन घुमाउँछ दशाले ।

    – मिसु श्रेष्ठ, काठमाडाैं ।

    ✍️✍️✍️✍️✍️ टुक्काहरू ✍️✍️✍️✍️✍️
    १.
    लागूपदार्थ  सेवन  गर्ने  तिम्रो  बानी,
    पुर्याउँछ स्वास्थ्यलाई बुझौं निकै हानि।
    २.
    बनिन्छ खराब,
    नछुनु  सराब।
    ३.
    सोचेर नै  कुरा  दिनुपर्छ  ध्यान,
    लागूपदार्थले लिनसक्छ ज्यान।

    – रविन भण्डारी

    ✍️✍️✍️✍️✍️ टुक्का✍️✍️✍️✍️✍️
    आफ्नो अनि सन्ततिको सधै उज्वल भविष्य सोचौं,
    लागु पदार्थ र तस्करीलाई घृणा भावले घोचौँ।

    – नवीन जाेशी, कैलाली

    Posted in ताजा अपडेट, मुख्य खबर, लोकप्रिय, साहित्य1 Comment on अन्तर्राष्ट्रिय लागूपदार्थ तथा अवैध तस्करी विरुद्धकाे दिवसकाे अवसरमा टुक्का अभ्यास कार्यक्रम

    एउटै मायाँ काफी हुन्छ जिन्दगी यो बिताउन ! रातभरी शिरानीमा , मायां साटी निदाउन !!

  • १२ असार २०७८, शनिबार २०:०६ मा प्रकाशित
  • एउटै मायां काफी हुन्छ, जिन्दगी यो बिताउन !
    रात भरी शिरानीमा, मायाँ साटी निदाउन !!

    हजार हुन्छन् ताराहरू, जून केवल एउटा हुन्छ !
    लाखौं मान्छे भेटे पनि, रोज्नु पर्ने एउटा हुन्छ !!
    एउटै छाती काफी हुन्छ, दुःख सुख विसाउन !
    रात भरी शिरानीमा, मायां साटी निदाउन !!

    एउटा मुटु लाई दुखे, अर्को लाई दुख्ने गर्छ !
    मायां बिना जीन्दगी यो, खहरे झैं सुक्ने गर्छ !!
    चोखो मायाँ जान्दैन त्यो, कैले पनि रिसाउन !
    रात भरी शिरानीमा, मुटु साटी निदाउन !!

    एउटै मायाँ काफी हुन्छ जिन्दगी यो बिताउन !
    रातभरी शिरानीमा , मायां साटी निदाउन !!

    शुशील पराजुली,मकवानपुर

    Posted in मुख्य खबर, लोकप्रिय, साहित्यLeave a Comment on एउटै मायाँ काफी हुन्छ जिन्दगी यो बिताउन ! रातभरी शिरानीमा , मायां साटी निदाउन !!

    द (१००) हंड्रेट्स ग्रुपद्वारा राहत सामग्री वितरण

  • २६ जेष्ठ २०७८, बुधबार २१:४५ मा प्रकाशित
  • उमेश कुशवाहा ।

    द १०० हंड्रेट्स ग्रुपले पर्सा जिल्लाको पकाहामैनपुर गाउँपालिका–३ मा ५६ घरपरिवारलाई राहत वितरण गरेको छ।

    निषेधाज्ञा अवधिमा वीरगंज महानगरपालिका भित्र रात्रि भोजन र दिउँसो खाजा कार्यक्रम सञ्चालन गर्दै आएको यो समूहले आज पकाहामैनपुर गापामा चमार, दुसाध, मुसहर जातका गरीबहरूलाई राहत वितरण गरेको कोषाध्यक्ष आशिष गुप्ताले बताए।

    ग्रुपका अध्यक्ष विनय गिरीको अध्यक्षतामा पकाहामैनपुरमा प्रतिपरिवार १० किलो चामल, दाल, नून, तेल, आलु, प्याज, सोयाबिन राहत वितरण गरिएको छ।

    कार्यक्रममा विक्की सर्राफ, आयुष वर्णवाल, अनिल साह, राहुल पटेल, भागवान साह , निरन्जन साहलगायतले सहयोग गरेको आकाश भगत मालीले जनाएको छन।

    Posted in ताजा अपडेट, मुख्य खबर, लोकप्रिय, समाजLeave a Comment on द (१००) हंड्रेट्स ग्रुपद्वारा राहत सामग्री वितरण

    अपन राधेमाई युवा क्लबले”हुनेले दिएर जाऔं न हुनेले लिएर जाऔं” जस्तो मिसन लिएर निरन्तर राहत समाग्री बितरण गर्दै।

  • २५ जेष्ठ २०७८, मंगलवार ११:४६ मा प्रकाशित
  • उमेश कुशवाहा/

    अपन राधेमाई युवा क्लबले”हुनेले दिएर जाऔं न हुनेले लिएर जाऔं” जस्तो मिसन लिएर निरन्तर राहत समाग्री बितरण गरिरहेको छ।

    “अपन राधेमाई युवा क्लव” द्वारा चल्दै आएको राहत वितरण अभियान , आज सातौं दिन पनि निरन्तर गण्डक, राधेमाई ,हुँदै मेडिकल, सम्म पुगेर अती गरीब, असाहाय, नीमुठा,ज्याला मजदुरी गरी कमाएर खाने जस्ता १० घरका नागरिकलाई राहत वितरण गरियो।


    हामीलाई निरन्तर सहयोग गरी दिनु भएको मा “एड् फोर लिभिङ लाइफ” लाई “अपन राधेमाई युवा क्लव “द्वारा हृदय देखि नै धन्यवाद दिँदै हामी जनताको लागि निरन्तर सहयोगमा लागि रहने कल्बका अध्यक्ष पवन यादव ले बताए।

    राहत सामग्रीमा २५ केजी चामल,१ लिटर तेल, १पकेट नून,३पिस साबुन,२००ग्राम सोयाबिन,२ केजी दाल,१ केजी चना थियो।


    “हुने ले दिएर जाऔं न हुनेले लिएर जाऔं” जस्तो मिसन लिएर निरन्तर यस क्लवले अगाडि बढी रहेको छ।

    निषेधाज्ञामा दैनिक ज्यालादारी, मजदुरी गर्ने अति बिपन्न र गरिव परिवारका सदस्य कसैले पनि भौकै नसुतोस भन्ने उदेश्यले राहत बितरण कार्यक्रम शुरु गरिएको कल्बका अध्यक्ष यादव ले बताए ।

    राहतको आवश्यक भएको व्यक्तिले दिएको नं मा सम्पर्क गर्न सक्नु हुन्छ र साथसाथै हामीलाई इच्छुक भएको महानुभावले खुशी मनले सहयोग गर्न सक्नु हुन्छ।

    सहयोग गर्न को लागि दिएको नं मा सम्पर्क गर्न सक्नु हुन्छ। साथै हाम्रो ,E-sewa id पनि तल दिएको छ।
    Esewa : 9811220122(Pawan Yadav)

    Posted in मुख्य खबर, लोकप्रिय, समाजLeave a Comment on अपन राधेमाई युवा क्लबले”हुनेले दिएर जाऔं न हुनेले लिएर जाऔं” जस्तो मिसन लिएर निरन्तर राहत समाग्री बितरण गर्दै।

    सरकारले गर्न नसकेको काम कलैया सिटि जेसिसले गर्दै, विपन्न परिवारको चुल्हो आज पनि निभ्न दिएन, चौथो दिन पनि राहत बितरण

  • २२ जेष्ठ २०७८, शनिबार १३:१८ मा प्रकाशित
  • उमेश कुशवाहा,
    सरकारले गर्न नसकेको काम कलैया सिटि जेसिस बाराले महामारी को बेला गर्न थालेको छ ।

    बाराको विभिन्न ठाउँमा कलैया जेसिसको चर्चा हुन थालेको छ।कलैया जेसिसले घर घरमा गई ज्यालादारी गर्ने,असक्त,बृद्ध,गरीब असहायलाई विभिन्न दैनिक उपभोग्य समाग्री राहत बितरण गरी चुलो बाल्ने काम गरी रहेको चर्चा हुन थालेको र भगवानको रूपमा कलैया जेसिस आएको गरिब दिन दुखिया तथा आम नागरिकहरुको भनाइ समेत रहेको छ।

    कलैया सिटि जेसिसद्वारा चुल्हो बाल्ने अभियान आज चौथो दिन पनि जारी राखेको छ।

    कोभिडको महामारीमा कठपुताली झैँ रहेका सरकारहरुले केहि गर्न नसकेको खण्डमा आफ्नो-समाज आफै बचाउ भन्ने अभियानमा कलैया सिटि जेसिसले लागेका छन्।

    सरकारले जनता बाट उठाएको कर बापत सेवा सुबिधा दिनु पर्ने भए तापनि आफ्नो निजि स्वार्थमा निहित भएर सत्ताको लोलुप्तामा जनताले रगतपसिना बगाएर कमाएको रकममा मौज मस्ती गर्नमा मात्र व्यस्त रहेकोले कलैया सिटि जेसिसले खाद्यान्न सामग्री बितरण गरी जनता प्रति समर्पित हुन पाठ सिकाएका छन् ।


    विश्वमा कोभिड-१९ को महामारिले सम्पुर्ण समाज नै अक्रान्त भएको विषम परिस्थितीमा दैनिक रूपमा ज्यालादारी गरीखानेहरु लाई घरमा चुल्हो बलेको छैन भने उहाँहरुको घरमा चुल्हो बलोस भनेर राहत स्वरुप खाद्यान्न समाग्री वितरण गरिएको हो। उक्त अभियान अन्तर्गत कलैया उपमहानगरपालिकाभित्र रहेका कोरोना भाइरसबाट प्रभावित अति विपन्न, गरीब, असहाय घरपरिवार लाई आज एक कार्यक्रमका बिच चुल्हो बाल्नको लागि केहि राहत स्वरुप राहत सामग्रीहरु हस्तान्तरण गरेका छन्।


    कलैया सिटि जेसिस सन २०२१ का अध्यक्ष जेसी शम्भु गुप्ताको अध्यक्षतमा भएको उक्त कार्यक्रममा कलैया उपमहानगरपालिका वडा न. ३ लगायत अन्य स्थान गरि २९ जना अति विपन्न, गरीब, असहाय घरपरिवारलाई चामल १० केजी, दाल १ केजी, नुन १ प्याकेट, आलु २केजी, सोयाबिन ५०० ग्राम, खाने तेल १ प्याकेट, नुहाउने साबुन १ पिसको पाकेट वितरण गरिएको थियो। उक्त कार्यक्रममा शाखाका अध्यक्ष जेसी शभ्भु गुप्ता, नि. अध्यक्ष जेसी विपिन चौधरी, महासचिव जेसी पवन कुश्वाहा, त्यसैगरी मिडिया संयोजक जेसी मानिकचन साह, कोषाध्यक्ष जेसी सुबास जैसवाल, उपाध्यक्ष जेसी सन्दिप साह, आजीवन सदस्य जेसी बैजु दास, पुर्व उपाध्यक्ष जेसी राजेश महतो, बोर्ड सलाहकार जेसी अनिल कुशवाहा, सदस्यहरू जेसी सुरेन्द्र साह, जेसी रोशन श्रीवास्तव, जेसी अंकुश बायाहुत, जेसी अर्जुन गुप्ता लगायतको उपस्थिति रहेको थियो। कार्यक्रमको संयोजक जेसी अनिल कुशवाहाले गरेका थिए ।

    Posted in ताजा अपडेट, मुख्य खबर, लोकप्रिय, समाजLeave a Comment on सरकारले गर्न नसकेको काम कलैया सिटि जेसिसले गर्दै, विपन्न परिवारको चुल्हो आज पनि निभ्न दिएन, चौथो दिन पनि राहत बितरण

    कलैया सिटि जेसिसले चुल्हो बाल्ने अभियानमा आज तेश्रो दिन गरीबको घर घरमा पुगी राहत वितरण

  • २१ जेष्ठ २०७८, शुक्रबार २०:५८ मा प्रकाशित
  • बारा, २१ जेठ

    कलैया सिटि जेसिसको आयोजनामा चुल्हो बाल्ने अभियान यस वर्ष पनि मिति २०७८/०२/१९ गते देखि शुभारम्भ गरिएको छ।

    विश्वमा कोरोनाको दोस्रो भेरियन्टका कारण निषेधाज्ञा जारी भएको करिव १ महिना पुगेको छ । बन्दाबन्दीका कारण बिहान /बेलुका काम गरेर खाने मजदुर तथा विपन्न परिवार यसको प्रत्यक्ष मारमा परेका छन् । यता सरकार भने कोरोना नियन्त्रणको नाममा निषेधाज्ञा बढाउने मात्र ध्याउन्नमा छ । बन्दाबन्दीका कारण गरिब तथा विपन्न परिवारको अवस्था र उनीहरुको समस्यामा मलम लगाउने तीर नभई सत्ता र कुर्सीमै केन्द्रित हुँदा श्रमिक वर्ग पीडामा परेका छन् ।

    सरकार प्रधानमन्त्री कुर्चीको खेलमा दौडिरहेका छन् । मजदुर,गरिब वर्गको चुल्हो कसरी बल्यो होला भन्ने ध्यान यतिबेला सरकार, प्रधानमन्त्रीलाई छैन ।छ त केवल प्रधानमन्त्री पद जान्छ की भन्ने चिन्ता मात्र ।

    जनतालाई घरभित्र थुनेर सरकार राजनीति खिचातानीमै व्यस्त रहेपनि कलैया सिटि जेसिस कलैयाले भने गरिब तथा विपन्न परिवारको चुल्हो बाल्ने अभियानमा जुटेको छ । कोभिड १९ का कारण सरकारले निषेधाज्ञा जारी गरेपछि हातमुख जोर्न समस्यामा परेका परिवारको पहिचान गरी कलैया सिटि जेसिस कलैयाले राहत वितरणको कामलाई तिव्रता दिएको हो ।

    कलैया सिटि जेसिस सन २०२१ का अध्यक्ष जेसी शम्भु गुप्ताको अध्यक्षतमा भएको उक्त कार्यक्रममा आज कलैया उपमहानगरपालिकाको वडा नं. १६ मा १८ जना अति विपन्न, गरीब, असहाय घरपरिवारलाई चामल १० केजी, दाल १ केजी, नुन १ प्याकेट, आलु २केजी, सोयाबिन ५०० ग्राम, खाने तेल १ प्याकेट, नुहाउने साबुन १ पिसको पाकेट वितरण गरिएको थियो।

    उक्त कार्यक्रममा शाखाका अध्यक्ष जेसी शभ्भु गुप्ता, नि. अध्यक्ष जेसी विपिन चौधरी, महासचिव जेसी पवन कुश्वाहा, त्यसैगरी मिडिया संयोजक जेसी मानिकचन साह, कोषाध्यक्ष जेसी सुबास जैसवाल, उपाध्यक्ष जेसी सन्दिप साह, आजीवन सदस्य जेसी बैजु दास, पुर्व उपाध्यक्ष जेसी राजेश महतो, बोर्ड सलाहकार जेसी अनिल कुशवाहा, सदस्यहरू जेसी सुरेन्द्र साह, जेसी रोशन श्रीवास्तव, जेसी अंकुश बायाहुत, जेसी अर्जुन गुप्ता लगायतको उपस्थिति रहेको थियो। कार्यक्रमको संयोजक जेसी अनिल कुशवाहाले गरेका थिए ।

    Posted in ताजा अपडेट, मुख्य खबर, लोकप्रिय, समाजLeave a Comment on कलैया सिटि जेसिसले चुल्हो बाल्ने अभियानमा आज तेश्रो दिन गरीबको घर घरमा पुगी राहत वितरण

    मानब वेचबिखनको अभियोगमा २ जना मानिस नियन्त्रणमा

  • २१ जेष्ठ २०७८, शुक्रबार २०:५१ मा प्रकाशित
  • बिरगंज २१ जेठ

    मानव बेचबिखन अभियोग मा जिल्ला प्रहरी कार्यालय पर्सा ले २ जन्ना लाई नियन्त्रण् मा लिएको छ।

    भारत, राज्य बिहार, जिल्ला पूर्वी चम्पारण, थाना पहाडपुर, ग्रामपञ्चायत अहिरओलिया गोदाम वडा नं। ४ ठेगाना भएका वर्ष २७ को अस्गर सैफी र निजकी श्रीमती जिल्ला तनहुँ, दमौली नगरपालिका वडा नं। ५ बस्ने सकिना खातुन भन्ने सीता थापा क्षेत्री लाई नियन्त्रण् मा लिएको छ।

    जिल्ला गोरखा घर भएका वर्ष २० तथा वर्ष २२ का गरी नाम नखुलेको दुई जना महिलाहरूलाई निजहरूकै घरठेगानाबाट जिल्ला बाँकेस्थित नेपालगञ्जमा रहेको एक मन्दिरमा कन्या पूजा गर्न १ घण्टाको लागि कन्याको रूपमा गएबापत जनही रू।५०,०००।(पचास हजार) दिने भनी ललाइफकाई गरेका छन।

    नेपालगञ्जसम्म ल्याएपछि पैसा लिन बीरगञ्ज बजार जानुपर्छ भनी झुक्यानमा पारी बी।म।न।पा। १६ स्थित ईनर्वा नाकासम्म पुर्‍याई पैसा लिन पुनः भारतको बेतिया जानुपर्छ भनी दुबै महिलाहरु लाई बिरगंज ल्याएका हुन।

    मानव बेचबिखन गर्ने उद्देश्यले सीमा पार गराउन लाग्दा प्रहरी चौकी ईनर्वाबाट खटिएको टोलीले सोधपुछ गर्दा पीडितहरूले आफु सगं भएको घटना बारे जानकारी गराएका छन।

    दुबै महिलाहरु को उद्दार गरी बेचबिखनमा संलग्न २ जना व्यक्तिहरूलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालयमा ल्याइएकोछ निजहरूबिरूद्ध मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन २०६४ अन्तर्गत कसूर गरेको अभियोगमा सम्मानित पर्सा जिल्ला अदालतबाट ७ (सात) दिन म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्सा ले जनाएको छ।

    खबर वीरगंज

    Posted in ताजा अपडेट, मुख्य खबर, लोकप्रियLeave a Comment on मानब वेचबिखनको अभियोगमा २ जना मानिस नियन्त्रणमा

    दलित बालबालिकाको शिक्षामा पहुँच ,बिद्यालय टिकाउ अभियानको लागि खाना खुवाउने कार्यक्रम।

  • १३ बैशाख २०७८, सोमबार २१:०२ मा प्रकाशित
  • दलित बालबालिकाको शिक्षामा पहुँच तथा विद्यालय टिकाउ तथा गुणस्तरीय शिक्षाको लागि अभियानको लागि खाना खुवाउने कार्यक्रम

    पर्सा जिल्लाको जिराभवानी गाउँपालिका वडा-४, सुपौली गाउँको दलित बस्तीमा संचालित दलित बालबालिकाको लागि निशुक्ल टियुसन कक्षामा सहभागी बालबालिकाहरु तथा तिनको अभिभावकलाई खाना खुवाउने कार्यक्रम गरिएको छ।
    दलित बालबालिकाहरुको लागि खाना खुवाउने कार्य अमेरीका बस्ने भरत परियार र डिमपल परियारको आर्थिक सहयोगमा गरिएको छ। अमेरीका बस्ने भरत परियारको आमाको स्वर्गवास मिति २०७७/११/०१ गते भएको थियोे । भरत परियारले आमाको श्रद्धाञ्जलीमा दलित बालबालिकाहरुलाई खाना खुवाउने कार्य गरिएको छ।
    जिराभवानी गाउँपालिका वडा-५, सुपौलीको दलित बालबालिकाहरु जम्मा २५० जना र अभिभावक ९० जना गरि ३४० जनाले खाना खाएको छन।

    पिसफोर दलितस फाउन्डेसन नेपालको सहयोगमा संचालित दलित बालबालिकाको लागि निशुल्क टियुसन कक्षा र दलित बालबालिकाको शिक्षामा पहुँच , विद्यालय टिकाउ , गुणस्तरीय शिक्षामा प्रोत्साहन र जागरुकता हुनको लागि यो खाना खुवाउने कार्य गरिएको छ।
    यस कार्यक्रममा सहयोग आर्थिक सहयोग गर्ने भरत परियार / डिमपल परियार र साथै कार्यमा सहजीकरण गर्ने अमेरीका बस्ने दलित सामाजिक अभियान्ता प्रेम परियार ज्युलाई पिसफोर दलितस फाउन्डेसन नेपालको अध्यक्ष मनोज राम ज्युले धेरै धेरै धन्यवाद दिनुभएको छ। यस कार्यक्रमले दलित बालबालिका , अभिभावकमा प्रेणा , उत्साह , जागरुकता र शिक्षा प्रती ध्यानाकर्षण हुने उदेश्य लिएको छ। साथै दलित बालबालिकाको शिक्षा प्रति चासो बढ्ने , बालबालिका विद्यालय पढ्न पठाउने, टियुसनमा पेठाउने , घरमा बस्ने वातावरण बनाउने , गुणस्तरीय शिक्षामा जोड दिएको छ।
    यस दलित बालबालिकाको लागि खाना खुवाउने कार्यक्रममा पिसफोर दलितस फाउन्डेसन नेपालको अध्यक्ष मनोज , उपाध्यक्ष चन्द्र किशोर राम, सचीव दीपेन्द्र कुमार राम, सदस्य पारमान्द राम , सदस्य सुरेन्द्र पासवान , दलित वडा सदस्य चन्देश्वर राम , दलित अधिकार दबाब समुहको संयोजक किश्नाथ राम लायकको उपस्तिथि रहेकोे थियो ।

    Posted in लोकप्रिय, समाजLeave a Comment on दलित बालबालिकाको शिक्षामा पहुँच ,बिद्यालय टिकाउ अभियानको लागि खाना खुवाउने कार्यक्रम।

    उद्याेगकाे अामन्त्रित सदस्यमा रिजाल

  • १४ माघ २०७७, बुधबार ०८:१५ मा प्रकाशित

    तुलसिपुर माघ १४

    तुलसीपुरका प्रतिष्ठित ब्यवसायी तथा सामाजिक ब्यक्तीत्व बिमल रिजाल नेपाल उद्योग बाणिज्य महासंघ उद्योग समितिको आमन्त्रित सदस्यमा चयन भएका छन । एक हप्ता अघि बसेको बैठकले सदस्यमा चयन गरेको हो । 

    रिजाल तुलसीपुर उद्योग बाणिज्य संघका निवर्तमान अध्यक्ष समेत हुन । उनि लामो समय देखि ब्यवसायीको हक हित र सामाजिक क्षेत्र तथा क्रियाशिल छन ।

    Posted in लोकप्रियLeave a Comment on उद्याेगकाे अामन्त्रित सदस्यमा रिजाल

    Posts navigation

    Older posts
    Newer posts

    Himalayan Dristi Team

    • प्रधान सम्पादक

      अनिल आचार्य

    About us

    • हाम्रोबारे

    Follow us on Facebook

    Contact Us

    Kathmandu, Nepal
    Email: himalayandristi@gmail.com
    Phone:-00977-9868990772
    Web:
    www.himalayandristi.com/
    विज्ञापनका लागि
    कृष्ण गिरि 00977-9860341922

    © Copyright 2020-2024 Himalayan Dristi. All Right Reserved. Design & Developed By K & P