• गृह पृष्ठ
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला /जीवनशैली
  • खेल
  • बिज्ञान/प्रविधि
  • राजनीति
  • विचार
  • समाज
  • साहित्य

Category: लोकप्रिय

कोरोना संक्रमणको आशंकामा जुम्ल्याहा नवजात शिशुको स्वाव संकलन

  • २९ बैशाख २०७७, सोमबार २१:०० मा प्रकाशित
  • वसन्त अनुभव
    तुलसीपुर, दाङ, २९ बैशाख
    गत शुक्रबार प्रादेशिक अस्पताल तुलसीपुरमा जन्मिएका जुम्ल्याहा शिशुको आज नोबेल कोरोना भाइरस संक्रमणको आशंकामा स्वाव संकलन कार्य गरिएको छ ।

    तुलसी बाल अस्पतालको NICU मा उपचाररत ती नवजात शिशुको डा किशोर खत्री, डा वशन्त डाँगी र ल्याव असिस्टेन्ट ओव वहादुर भण्डारीको टिमले स्वाव संकलन गरि राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परिक्षणका पठाइएको तुलसीपुर उपमहानगरपालिका, जनस्वास्थ्य प्रवर्द्धन शाखाका जस्वानी एवं कोभिड १९ फोकल पर्सन विमल केसीले बताउनु भयो ।

    दुई जिउ भएकी एक महिलालाई तुलसीपुर उपमहानगरपालिका स्थित रक्षाचौर क्वारेन्टाइनमा राखिएकोमा निजलाई सुत्केरी व्यथा लागि प्रादेशिक अस्पताल तुलसीपुर पुर्‍याउदा उनले जुम्ल्याहा बच्चा जन्माएकी थिइन। बच्चाहरु जन्मदा नै धेरै कम तौलका भएकोले तुलसी वाल अस्पतालको NICU मा भर्ना गरि उपचार जारी रहेको पनि फोकल पर्सन केसीले जानकारी दिनुभयो ।

    आमा र बच्चाको स्वास्थ्य उपचार तुलसी बाल अस्पताल, तुलसीपुरका निर्देशक डा किशोर खत्रीले नि:शुल्क रुपमा गरिरहनु भएको छ भने अन्य व्यवस्थापन सहयोग तुलसीपुर उपमहानगरपालिकाले गरिरहेको छ । साथै आमा र बच्चा दुबैको स्वास्थ्यमा क्रमिक सुधार हुँदै आएको निर्देशक खत्रीले बताउनु भयो ।

    आजभन्दा २ दिन अघि उक्त महिला, उनको लोग्ने, र छोरीको पनि स्वाव संकलन गरि पिसिआर बिधिबाट परिक्षणका लागि पठाइएको थियो । उनिहरु सबैको रिपोर्ट नेगेटिभ आएको जनस्वास्थ्य प्रवर्द्धन शाखाका जस्वानी एवं कोभिड १९ फोकल पर्सन केसीले बताउनु भयो ।

    Posted in ताजा अपडेट, मुख्य खबर, लोकप्रियLeave a Comment on कोरोना संक्रमणको आशंकामा जुम्ल्याहा नवजात शिशुको स्वाव संकलन

    कपिलवस्तु जिल्ला सोमबार साँझ देखि आगामी जेठ ५ गतेसम्म शिल गरिने

  • २९ बैशाख २०७७, सोमबार २०:०४ मा प्रकाशित
  • वसन्त अनुभव

    कपिलवस्तु, २९ बैशाख
    जिल्लामा कोरोना संक्रमितहरुको संख्या एकाएक बढ्न थालेपछि प्रदेश नं. ५ को कपिलवस्तु जिल्लालाई शिल गरिएको छ । कपिलवस्तु जिल्ला सुरक्षा समितिको आज बसेको बैठकले कोरोना संक्रमणको संबेदनसिलता ख्याल गरि उक्त निर्णय गरेको हो ।

    उक्त बैठकको निर्णय आज बैशाख २९ गते साँझ ५ बजेदेखि आगामी जेठ ५ गते राती १२ बजेसम्म कायम रहने श्रोतले जनाएको छ ।

    यस अघि कोरोना संक्रमितको संख्या बढेपछि प्रदेश नं.५ को बाँके जिल्लाले पनि यसै गरि शिल गर्ने काम गरेको थियो ।

    आजमात्र कपिलवस्तु जिल्लाको यशोधरा गाउँपालिकामा ८ जना र बुद्धभुमी नगरपालिकामा २ जना गरि १० जना कोरोना संक्रमित भेटिएका थिए ।

    नयाँ भेटिएका संक्रमितहरु सबै क्वारेन्टाइनमा बसेका ब्यक्तिहरु हुन । ती मध्ये ७ जना यशोधरा गाउँपालिकामा रहेको अनिरुद्र माध्यमिक विद्यालयको क्वारेन्टाइनमा र १ जना पशुपति शिक्षा मन्दिरको क्वारेन्टाइनमा बसेका ब्यक्ति हुन भने बाकी २ जना बुद्धभूमि नगरपालिकामा रहेको गौतमबुद्ध क्वारेन्टाइनमा बसेका ब्यक्ति भएको जानकारी प्राप्त भएको छ ।

    यी थप १० जना सँगै कपिलवस्तु जिल्लामा कोरोना संक्रमितको संख्या १५ जना पुगेको छ ।यसअघि मायादेवी गाउँपालिकामा ४ जना र सुद्धोधन गाउँपालिकामा १ जना गरि ५ जना कोरोना संक्रमित भेटिएका थिए ।

    Posted in ताजा अपडेट, मुख्य खबर, लोकप्रियLeave a Comment on कपिलवस्तु जिल्ला सोमबार साँझ देखि आगामी जेठ ५ गतेसम्म शिल गरिने

    बिरगंजका पत्रकार प्रहरीको ज्यादति बिरुद्ध सडकमा

  • २९ बैशाख २०७७, सोमबार १९:०९ मा प्रकाशित
  • उमेश कुशवाहा
    विरगन्ज, २९ बैशाख
    बिरगंजका पत्रकार प्रहरीको ज्यादती बिरुद्ध घण्टाघर धरणामा बसेका हुन। आइतबार मोटरसाईकल पार्किङको बिषयलाई लिएर बिरगंजको पत्रकार तिवारी यादवलाई प्रहरीले नियन्त्रणमा लिएर दुर्बब्यावहार गरेको बिरोधमा पर्साका पत्रकारहरु आन्दोलित भएका छन ।

    पर्सेली पत्रकारहरु बिहान ८ बजेदेखि साढे ८ बजेसम्म घण्टाघरमा धर्ना दिएका हुन । प्रहरी र पत्रकारहरुबिच आईतबार साँझ भएको बार्ता पशचात प्रहरीले पक्राउ गरेको यादवलाई छोडेको थियो ।

    पत्रकार यादव नारायणी एफ एम तथा नया पत्रिका दैनिक पर्साका सम्वाददाता समेत हुन।

    त्यसपछि नेपाल पत्रकार महासँघ पर्सा शाखाका अध्यक्ष श्याम बन्जाराले पत्रकारलाई नियन्त्रणमा लिइ दुर्बब्यावहार गर्ने प्रहरीलाई कारवाही गर्नुपर्ने भन्दै पर्सा जिल्लाका पत्रकारहरुले जिल्ला प्रहरी कार्यालय पर्साको सम्पुर्ण समाचार बहिष्कार गर्ने बताएका थिए ।

    मँगलबार बिहान १० बजे घण्टाघरमा फेरि धर्ना दिने तथा ११ बजे पर्साका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाउने पत्रकार महासंघ पर्साका श्याम बन्जाराले जानकारी दिएका छन ।

    Posted in ताजा अपडेट, मुख्य खबर, लोकप्रियLeave a Comment on बिरगंजका पत्रकार प्रहरीको ज्यादति बिरुद्ध सडकमा

    कोरोनाका नव संक्रमित १० जना भेटिए, नेपालमा संक्रमितको संख्या १२० जना पुग्यो

  • २९ बैशाख २०७७, सोमबार १०:०३ मा प्रकाशित
  • वसन्त अनुभव
    काठमाडौ, २९ बैशाख
    हालसम्मको अध्यावधिक विवरण अनुसार नेपालमा कोरोना भाईरस संक्रमितको संख्या १२० पुगेको छ । कपिलवस्तु जिल्लामा थप कोरोना संक्रमित १० जना भेटिए सँगै संक्रमितको संख्या १२० हुन पुगेको हो ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट जारी प्रेस विज्ञप्तिका अनुसार कपिलवस्तु जिल्लाको यशोधरा गाउँपालिकाका ५ र वुद्धभुमि नगरपालिका वडा नं. ७ र १० निवासी १० जना पुरुषहरुमा कोभिड १९ संक्रमण देखिएको हो।

    राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा उनीहरुको स्वाव नमुना पिसिआर प्रविधिबाट परीक्षण गरिए पश्चात् उनिहरुमा कोरोना भाइरसको संक्रमण देखिएको थियो ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीका अनुसार भेटिएका नव संक्रमित १० जनामध्ये ९ जना १८, १९, २०, २०, २४, ३०, ३१, ३४ र ३४ वर्षका पुरुषहरु छन् भने एक जना पुरुषको उमेर खुल्न सकेको छैन । साथै उनीहरु स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको र निजहरूको स्वास्थ्य अवस्था सामान्य नै रहेको विज्ञप्तिमा उल्लेख छ ।

    नेपालमा कोरोना भनेर पुष्टि भएका १२० जना संक्रमित मध्ये ३१ जना उपचारपछि निको भइ घर फर्किसकेका छन् भने वाकीको देशका विभिन्न स्थानमा उपचार जारी रहेको छ । हालसम्म कोरोनाका कारण कसैको मृत्यु भएको पुष्टि भने भएको छैन ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट जारी प्रेस विज्ञप्ति

    Posted in ताजा अपडेट, मुख्य खबर, लोकप्रियLeave a Comment on कोरोनाका नव संक्रमित १० जना भेटिए, नेपालमा संक्रमितको संख्या १२० जना पुग्यो

    कालापानी मुद्दा संयुक्त राष्ट्रसंघ र अन्तर्राष्ट्रिय अदालतमा लैजाऊ : मोहनविक्रम सिंह

  • २८ बैशाख २०७७, आईतवार २२:४५ मा प्रकाशित
  • काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (मसाल)ले लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्र अतिक्रमणको विवादलाई संयुक्त राष्ट्रसंघ र अन्तर्राष्ट्रिय अदालतमा लैजान जोड दिएको छ ।

    महासचिव मोहनविक्रम सिंहले जारी गर्नुभएको विज्ञप्तिमा त्यस्तो जोड दिइएको हो । विज्ञप्तिमा सत्तारुढ दल नेकपा र सरकार तथा सबैजसो राजनीतिक दलहरुले गरेको विरोधप्रति ऐक्यवद्धता प्रकट गर्दै त्यसको स्वागत गरेको छ ।

    महामन्त्री मोहनविक्रम सिंहद्वारा जारी विज्ञप्तिमा सरकारले देखाएको कमजोरीप्रति भने आलोचना गरिएको छ । विज्ञप्तिको पूर्णपाठ भारतीय साम्राज्यवादले नेपालको कालापानी क्षेत्रको अतिक्रमण गरेर लिपुलेक हुँदै कैलास मानसरोबर जाने बाटोको जुन निर्माण गरेको छ, त्यसको नेपाल सरकार, नेपाल कम्युनिस्ट पार्टी (नेकपा)सहित देशका सबैजसो राजनीतिक पार्टीहरूले गरेको विरोध र उक्त विषयमा प्रकट गरेको ऐक्यवद्धतालाई नेकपा (मसाल)ले स्वागत गर्दछ ।

    अहिले हामीले उक्त विषयमा सरकारले गरेको विरोधलाई स्वागत गरे पनि त्यसबारे सरकारले देखाएको कमजोरीको पनि आलोचना नगरिकन रहन सक्दैनौँ । प्रथम, भारतले त्यो सडकको निर्माण रातारात गरेको होइन । त्यसले सडक निर्माण गरिरहँदा पनि नेपाल सरकारले त्यसको विरोध गर्ने काम किन गरेन ? द्वितीय, भारतले कालापानी क्षेत्रलाई आफ्नो भूमिमा देखाएर नक्सा प्रकाशित गर्दा पनि नेपालले अहिलेसम्म कालापानी, लिम्पियाधुरा र लिपुलेक समेतलाई नेपालमा देखाएर नक्सा प्रकाशित गर्ने काम किन गर्न सकेको छैन ?

    उक्त विषयहरूमा हाम्रो नेपाल सरकारप्रति गम्भीर आलोचना छ । भारतले एउटा वक्तव्य प्रकाशित गरेर कालापानी क्षेत्र आफ्नो देशमा नै भएको दावी गर्दै त्यसले आफ्नो भूमिमा नै उक्त सडकको निर्माण गरेको बताएको छ । त्यसले विषयको गम्भीरतालाई झन् बढाएको छ । उक्त विषयमा सचिवस्तरमा वार्ता गर्नका लागि नेपालले पठाएको पत्रलाई भारतीय पक्षले लगातार उपेक्षा गर्दै आएको छ ।

    वार्ताको ठाउँमा पुनः त्यही स्थानमा सडकको निर्माण गरेर भारतले आफ्नो साम्राज्यवादी चरित्रलाई नाङ्गो रूपले प्रदर्शन गरेको छ । उपरोक्त प्रकारको पृष्ठभूमिमा नेपाल सरकारले उक्त विवादलाई अन्तर्राष्ट्रियकरण गर्नुपर्ने तथा त्यसलाई संयुक्त राष्ट्रसंघ र अन्तर्राष्ट्रिय अदालतमा समेत लैजानुपर्ने आवश्यकतामा हाम्रो पार्टीले विशेष जोड दिन्छ ।

    हामीले उक्त विषयमा बारम्बार जोड दिँदै आएका छौँ । तर सरकारले अहिलेसम्म त्यसबारे कुनै निर्णय गरेको छैन । त्यसका लागि पनि हामीले सरकारको आलोचना गर्दछौँ ।
    दैनिक अनलाइन

    Posted in ताजा अपडेट, मुख्य खबर, लोकप्रिय1 Comment on कालापानी मुद्दा संयुक्त राष्ट्रसंघ र अन्तर्राष्ट्रिय अदालतमा लैजाऊ : मोहनविक्रम सिंह

    राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा अमेरिकाबाट आएका ब्यक्तिको स्वाब संकलन

  • २७ बैशाख २०७७, शनिबार २३:०२ मा प्रकाशित
  • वसन्त अनुभव
    दाङ,घोराही, २७ बैशाख
    अमेरिकाबाट गत चैत ५ गतेको फ्लाइटबाट दुबई हुँदै नेपाल आइपुगेका एक व्यक्तिको आज राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले स्वाव संकलन गरेको छ ।

    प्रतिष्ठानका स्वास्थ्यकर्मिहरुको टाेलिले कोरोना भाइरस संक्रमणको आशंकामा उक्त बिरामीको स्वाब संकलन गरेका हुन । दाङ नारायणपुर घर भएका ती ब्यक्तिले विगत एकसाता देखि ज्वरो आई विसन्चो भएपछि घोराही स्थित प्राईवेट अस्पताल गोरखा हस्पिटलमा उपचार गराउदै आएका थिए ।

    शुरुमा आफ्नो ट्राभल हिस्ट्री लुकाएर उनले त्यहाँ आफ्नो उपचार गराए । जहाँ उनको औषधि उपचार ईन्जेक्सनबाट गरिएको बुझिएको छ । त्यहाँ उनी ल्याव परिक्षण, अाैषधी खरिद तथा इमर्जेन्सी वार्डमा उपचारको क्रममा पटकपटक विभिन्न व्यक्तिसँग सम्पर्कमा आएको बुझिन्छ ।

    अन्तिममा उनले आफ्नो ट्राभल हिस्ट्री अस्पताललाई बताएपछि अस्पतालले उनलाई तत्काल दाङ घोराही स्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रेफर गरेको थियो । प्रतिष्ठानमा कोरोनाको आशंकामा उनको स्वाव संकलन गरिएको थियो ।

    Posted in ताजा अपडेट, मुख्य खबर, लोकप्रियLeave a Comment on राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा अमेरिकाबाट आएका ब्यक्तिको स्वाब संकलन

    कोरोना अपडेट – स्वास्थ्य कार्यालय दाङको पहलमा तुल्सिपुरमा एकै दिन १०० जना व्यक्तिहरुको थ्रोट स्वाव संकलन

  • २७ बैशाख २०७७, शनिबार २१:५४ मा प्रकाशित
  • वसन्त अनुभव

    तुलसीपुर, दाङ
    स्वास्थ्य कार्यालय दाङको पहलमा तुलसीपुरमा विभिन्न पालिकाका क्वारेन्टाइनमा बसेका १०० जना व्यक्तिहरुको पिसिआर परिक्षणका लागि आज थ्रोट स्वाव संकलन गरिएको छ ।

    जसमा तुलसीपुर उपमहानगरपालिकाका ४१ जना, बबई गाउँपालिकाका ४९ जना र शान्तिनगर गाउँपालिकाका १० जना ब्यक्तिहरु रहेका थिए ।

    त्यस्तै तुलसीपुरको क्वारेन्टाइनमा आज ९ जना व्यक्तिहरू थपिएका छन । यिसँगै तुलसीपुर क्वारेन्टाइनमा बस्नेको संख्या ३९ पुगेको छ। एक जना महिला सुत्केरी भएर अस्पतालमा भर्ना भएको बाहेक अन्य सवैको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

    सुत्केरी महिला र बच्चाको उपचार तुलसी बाल अस्पतालले गर्दै

    तुलसीपुरको क्वारेन्टाइनमा रहेकी एक महिलाले जुम्ल्याहा बच्चा पाएपछि उनलाई तुलसी अस्पताल तुलसीपुरमा भर्ना गरि उपचार जारी रहेको छ । हिजो शुक्रवारमात्र ती महिलाले राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा बच्चा जन्माएकी थिइन ।

    ति महिलाले जन्माएको जुम्ल्याहा २ वटा छोरीलाई अहिले तुलसी वाल अस्पतालको आइसियुमा राखी उपचार चलिरहेको छ ।

    ती सुत्केरी महिला र उनको जुम्ल्याहा बच्चहरुको उपचारमा लाग्ने सम्पुर्ण खर्च डा किशोर खत्रीले नि:शुल्क गरिदिने वताउनु भएको छ भने अन्य व्यवस्थापन तुलसीपुर उपमहानगरपालिकाले मिलाउने जनस्वास्थ्य प्रवर्द्धन शाखाका जस्वानी विमल केसीले बताउनु भयो ।

    हेल्थ डेस्कबाट हिजो र आज गरि ६६८ जनाको स्वास्थ्य परिक्षण

    तुलसीपुर उपमहानगरपालिकाले संचालन गरेका विभिन्न ४ स्थानमा रहेका हेल्थ डेष्कहरुबाट हिजो र आज गरि ६६८ जना यात्रुहरूको स्वास्थ्य परिक्षण गरिएको छ ।

    जसमध्ये बालापुर हेल्थ डेस्कबाट हिजो २९ जना र आज ५५ जनाको, मजगै हएल्थ डेस्कबाट हिजो २३८ जना र आज १८८ जनाको, दमारगाउँ हेल्थ डेस्कबाट हिजो ३९ जना र आज १२जनाको र पवननगर भमके हेल्थ डेस्क्बाट हिजो ३१ जना र आज ७६ जनाको स्वास्थ्य परिक्षण गरिएको र सवैको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी तुलसीपुर उपमहानगर कोभिड १९ का फोकल पर्सन विमल केसीले दिनुभयो ।

    Posted in ताजा अपडेट, मुख्य खबर, लोकप्रियLeave a Comment on कोरोना अपडेट – स्वास्थ्य कार्यालय दाङको पहलमा तुल्सिपुरमा एकै दिन १०० जना व्यक्तिहरुको थ्रोट स्वाव संकलन

    भुल्केका थप एक जनामा काेराेना संक्रमण, ११० पुग्यो संक्रमितको संख्या

  • २७ बैशाख २०७७, शनिबार २०:३५ मा प्रकाशित
  • विराटनगर, २७ बैशाख । उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केमा थप एकजनामा कोरोना संक्रमण पुुष्टि भएको छ ।

    शनिबार विहान तीनजना महिलामा कोरोना संक्रमण पुष्टि भएको थियो । शनिबार बेलुका थप एकजना महिलामा कोरोना संक्रमण पोजेटिभ देखिएको हो ।

    संक्रमण पुष्टि भएकी महिला ४३ वर्षको रहेको कोशी अस्पताल विराटनगरकी मेडिकल सुपरीटेण्डेन्ट डाक्टर संगीता मिश्राले जानकारी दिइन ।

    शनिबार बिहान उदयपुरको भुल्केमा १८, ४५ र ६५ वर्षिय महिलामा संक्रमण देखिएको थियो । संक्रमितलाई विराटनगरको कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा भर्ना गरिएको छ ।

    यो सँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३५ पुगेको छ । देशभरमा संक्रमितको संख्या ११० पुगेको छ ।

    संक्रमित एउटै परिवारका
    शनिबार संक्रमण पुष्टि भएकाहरु यस अघि संक्रमण देखिएका व्यक्तीको परिवारका सदस्य रहेको जिल्ला जनस्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन सुवेदीले बताए ।

    दुई जना संक्रमित व्यक्तीका श्रीमती रहेको बताउँदै उनले एकजना महिला भने छुट्टै बसाेबास भएपनि खानपान एउटै घरमा हुने गरेकाे बताए ।

    गत ५ बैशाखमा उदयपुरकाे त्रियुगा नगरपालिका ३ भुल्केमा १२ जनामा कोरोना संक्रमण देखिएको थियो । ६, ८ र ९ बैशाखमा थप १६ जनामा संक्रमण देखिएको थियो ।

    संक्रमित मध्ये १४ जना उपचार पछि निको भएर फर्किएका छन । काेशी अस्पताल काेभिड १९ उपचार केन्द्रमा २० जना उपचार गराइरहेका छन ।

    Posted in ताजा अपडेट, मुख्य खबर, लोकप्रियLeave a Comment on भुल्केका थप एक जनामा काेराेना संक्रमण, ११० पुग्यो संक्रमितको संख्या

    वित्तीय संस्था आंशिक सञ्चालन, सरकारी कार्यालय खुल्ने भनिएकाे छैन

  • २७ बैशाख २०७७, शनिबार १८:५५ मा प्रकाशित
  • काठमाडौं, वैशाख २७ गते । आइतबारदेखि सरकारी कार्यालय खुल्ने कुरामा कुनै सत्यता नभएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले स्पष्ट पारेको छ । कार्यालयका अनुसार अत्यावश्यकीय सेवा प्रदान गर्ने सरकारी तथा सार्वजनिक संस्थानहरुमा आवश्यक कर्मचारीमात्र कार्यालय आउने यस अघिको व्यवस्था यथावत छ ।

    केही सञ्चारमाध्यमले गलत समाचार प्रकाशन गरेका कारण कर्मचारी वर्गमा अन्यौल बढेको थियो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार वैशाख २४ गतेको मन्त्रिपरिषद्को निणर्यानुसार बैंक वित्तीय संस्था, विमा, सहकारी तथा धितोपत्रसँग सम्बन्धित सार्वजनिक कार्यालयहरु भने आंशिक सञ्चालनमा आउनेछन् ।

    ती कार्यालयले पनि आम सेवाग्राही आउने गरी नभई आन्तरिक र प्रकृयागत कार्यसञ्चालनका लागि कार्यालय प्रमुखले आवश्यकता अनुसार निश्चित तहका न्यूनतम कर्मचारी मात्र कार्यालयमा बोलाउन सक्ने व्यवस्था गरिएको हो ।

    यस अनुसार कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, राष्ट्रिय विमा कम्पनीजस्ता कार्यालय भने आंशिक सञ्चालनमा आउनेछन् । “अवस्था हेरेर कार्यालको आवश्यकता अनुसार निश्चित स्वास्थ्य सुरक्षाको मापदण्ड पूरा गरेर मात्र काम सञ्चालन गर्ने हो तर सेवाग्राही बोलाउने गरी ती कार्यालय सञ्चालन हुने होइनन्,” पौडेलले भन्नुभयो ।

    सरकारले कोरोना जोखिमका कारण जारी गरेको बन्दाबन्दी जेठ ५ गते सम्मका लागि घोषणा गरेको छ । यस अनुसार अत्यावश्यक सेवा बाहेकका कर्मचारीहरुलाई आवश्यक पर्दा कार्यालय आउन सक्ने गरी घरमै बस्ने गरी विदा दिने निर्णय गरेको थियो ।
    गोरखापत्र अनलाइन

    Posted in ताजा अपडेट, मुख्य खबर, लोकप्रियLeave a Comment on वित्तीय संस्था आंशिक सञ्चालन, सरकारी कार्यालय खुल्ने भनिएकाे छैन

    सीमा अतिक्रमणको बिरोध गर्ने सेनाका पूर्व जर्नेल बस्न्यात र प्रहरीका पूर्व एआईजी श्रेष्ठ पक्राउ

  • २७ बैशाख २०७७, शनिबार १७:२१ मा प्रकाशित
  • काठमाडौं । लिपुलेकमा भारतले सडक मार्ग खोलेको विरोध गर्ने क्रममा नेपाली सेनाका पूर्व जर्नेल प्रेमसिंह बस्न्यात र नेपाल प्रहरीका पूर्व एआईजी ठाकुरमोहन श्रेष्ठ पक्राउ परेका छन् ।

    शनिबार दिउँसो सत्तारुढ दल नेकपाको पार्टी कार्यालय अगाडी शंकपार्कमा उनीहरुले लिपुलेकको विषयमा पत्रकार सम्मेलन गर्दै गर्दा पक्राउ गरेको हो ।

    अहिले पक्राउ गरिएका बस्न्यात र श्रेष्ठलाई प्रहरी कार्यालय महाराजगञ्जमा राखिएको हिरासतबाटै पूर्व जर्नेल बस्न्यातले जानकारी दिए । “हामी लिपुलेकमा भारतले बाटो बनाएको विरोधमा केही पत्रकारहरुलाई बोलाएर प्रेस विज्ञप्ति पढ्दैथियौं । त्यतीबेलै हामीलाई भारतको विरोध नगर भनेर समातेर महाराजगञ्ज प्रहरी कार्यालयमा ल्याइएको छ,” उनले भने ।
    बाह्रखरी

    Posted in ताजा अपडेट, मुख्य खबर, लोकप्रियLeave a Comment on सीमा अतिक्रमणको बिरोध गर्ने सेनाका पूर्व जर्नेल बस्न्यात र प्रहरीका पूर्व एआईजी श्रेष्ठ पक्राउ

    Posts navigation

    Older posts
    Newer posts

    Himalayan Dristi Team

    • प्रधान सम्पादक

      अनिल आचार्य

    About us

    • हाम्रोबारे

    Follow us on Facebook

    Contact Us

    Kathmandu, Nepal
    Email: himalayandristi@gmail.com
    Phone:-00977-9868990772
    Web:
    www.himalayandristi.com/
    विज्ञापनका लागि
    कृष्ण गिरि 00977-9860341922

    © Copyright 2020-2024 Himalayan Dristi. All Right Reserved. Design & Developed By K & P