
वसन्त अनुभव
तुलसीपुर, दाङ
स्वास्थ्य कार्यालय दाङको पहलमा तुलसीपुरमा विभिन्न पालिकाका क्वारेन्टाइनमा बसेका १०० जना व्यक्तिहरुको पिसिआर परिक्षणका लागि आज थ्रोट स्वाव संकलन गरिएको छ ।
जसमा तुलसीपुर उपमहानगरपालिकाका ४१ जना, बबई गाउँपालिकाका ४९ जना र शान्तिनगर गाउँपालिकाका १० जना ब्यक्तिहरु रहेका थिए ।
त्यस्तै तुलसीपुरको क्वारेन्टाइनमा आज ९ जना व्यक्तिहरू थपिएका छन । यिसँगै तुलसीपुर क्वारेन्टाइनमा बस्नेको संख्या ३९ पुगेको छ। एक जना महिला सुत्केरी भएर अस्पतालमा भर्ना भएको बाहेक अन्य सवैको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।
सुत्केरी महिला र बच्चाको उपचार तुलसी बाल अस्पतालले गर्दै
तुलसीपुरको क्वारेन्टाइनमा रहेकी एक महिलाले जुम्ल्याहा बच्चा पाएपछि उनलाई तुलसी अस्पताल तुलसीपुरमा भर्ना गरि उपचार जारी रहेको छ । हिजो शुक्रवारमात्र ती महिलाले राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा बच्चा जन्माएकी थिइन ।
ति महिलाले जन्माएको जुम्ल्याहा २ वटा छोरीलाई अहिले तुलसी वाल अस्पतालको आइसियुमा राखी उपचार चलिरहेको छ ।
ती सुत्केरी महिला र उनको जुम्ल्याहा बच्चहरुको उपचारमा लाग्ने सम्पुर्ण खर्च डा किशोर खत्रीले नि:शुल्क गरिदिने वताउनु भएको छ भने अन्य व्यवस्थापन तुलसीपुर उपमहानगरपालिकाले मिलाउने जनस्वास्थ्य प्रवर्द्धन शाखाका जस्वानी विमल केसीले बताउनु भयो ।
हेल्थ डेस्कबाट हिजो र आज गरि ६६८ जनाको स्वास्थ्य परिक्षण
तुलसीपुर उपमहानगरपालिकाले संचालन गरेका विभिन्न ४ स्थानमा रहेका हेल्थ डेष्कहरुबाट हिजो र आज गरि ६६८ जना यात्रुहरूको स्वास्थ्य परिक्षण गरिएको छ ।
जसमध्ये बालापुर हेल्थ डेस्कबाट हिजो २९ जना र आज ५५ जनाको, मजगै हएल्थ डेस्कबाट हिजो २३८ जना र आज १८८ जनाको, दमारगाउँ हेल्थ डेस्कबाट हिजो ३९ जना र आज १२जनाको र पवननगर भमके हेल्थ डेस्क्बाट हिजो ३१ जना र आज ७६ जनाको स्वास्थ्य परिक्षण गरिएको र सवैको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी तुलसीपुर उपमहानगर कोभिड १९ का फोकल पर्सन विमल केसीले दिनुभयो ।

