“पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग चित्रपट भाग :- छपनौ हामी पुगेका छौं। लेख्नु पर्ने पञ्चाङ्ग सङ्ख्या :- ०१ मिति:- २०८०/०८/ २१गते
आदरणीय पञ्चाङ्ग अनुरागी एवम् स्रष्टाज्युहरू हार्दिक नमस्कार ” पञ्चाङ्ग साहित्य समाज नेपाल” को आधिकारिक दर्ता पछिको:५७ [सन्ताउनौँ] चित्रपटमा छौं।
यहाँहरुलाई हार्दिक स्वागत गर्दै
यस् शृङ्खलामा दिइएको चित्र अनुसारको विम्बात्मक तथा गहन मौलिक भाव झल्किने एक पञ्चाङ्ग शनिबार बेलुका ९:०० बजे भित्र आफ्नो नाम र ठेगाना सहित कमेन्ट बक्समा लेख्नु हुन हार्दिक अनुरोध गर्दछौं!
प्रशिक्षक :
गुणनिधि घिमिरे घनश्याम पौडेल तोयानाथ सुवेदी
चित्र संकलन
सुशीला पाैडेल
शुद्धीकरण
जमुना आचार्य भवानी घिमिरे पुष्पा नेपाल (सुवेदी )
संरचना
अनुप्रास :- आफू खुसी स्थायी :- आफू खुसी अक्षर :- बराबरी
समायोजक
सोमनाथ लुइटेल “रवि पाल्पाली” तथा
पञ्चाङ्ग साहित्य समाज नेपाल
चित्र अनुसार पञ्चाङ्गहरू [चित्रपट] ~~~~~ चित्रमा पञ्चाङ्ग ~~ पञ्चाङ्ग:०१ मयूर कति सुन्दर देखिन्छ प्वाँखले। रंगिन जति सुन्दर देखिन्छ प्वाँखले। मुरली बजाउने कृष्णजीकाे शिरमा, मुकुट अति सुन्दर देखिन्छ प्वाँखले। कलाकाे गति सुन्दर देखिन्छ प्वाँखले। सुशीला पाैडेल
पञ्चाङ्ग:०२ मयूरको प्वाँख लिएर हिँड्न मन छ। टुटेकाे हृदय सिएर हिँड्न मन छ। कति अजिवकाे सफर छ जिन्दगीमा एकान्त ठाउँमा पिएर हिँड्न मन छ। कसैलाई सबै दिएर हिँड्न मन छ। ह्यारिस
पञ्चाङ्ग:०३ हिमाल र पहाडका पाखा राम्रो। झरना खोला नदी नाला शाखा राम्रो । प्राकृति सुन्दरता मनमोहक, डाँफे मुनाल गाएको भाखा राम्रो। मयुरको प्वाँख राम्रो आँखा राम्रो ॥ गुणनिधि घिमिरे अमेरिका
पञ्चाङ्ग:०४ अक्षर-१७
सुन्दर अनि प्रकृतिको प्रिय हुन्छ कति राम्रो। सबैको मनमा बस्ने त्यो ठाउँ छुन्छ कति राम्रो । भगवान देखि मानवीय स्वभाव प्रिय लाग्ने , एक नासले नै सबैको कुरा सुन्छ कति राम्रो । जंगलको सौर्न्दर्य बढाउन गुन्छ कति राम्रो ।
दुर्गा आचार्य मोरङ
पञ्चाङ्ग:०५ कलकल खोला झरझर झर्ना कति सुन्दर गीत छ। लगाम छैन समयरुपी घोडाको चल्ने आफ्नै रीत छ। हरेक प्राणीको आँखा त छनि तर देख्दैन आफुलाई, हेर्ने आँखा सुन्दर भएदेखि संसारमा सबै मीत छ। प्रकृतिमा भएका जति सबै रङहरु आफैं सित छ। पशपती राई खोटाङ ।
पञ्चाङ्ग:०६
बादलसँगै उडी हिड्ने चरी देखेर । स्वर्गका ती अप्सरा अनि परी देखेर । मन चञ्चल बनायौ लाेभमा परेर , टलक्क टल्किने सारीका जरी देखेर । उदेक लाग्छ अनेकन थरी देखेर ।
भवानी घिमिरे सर्लाही ।
पञ्चाङ्ग:०७ मयूरको आङ्गफाट खसेको यो कल्की। श्रीकृष्णको शिरमाथि बसेको यो कल्की। आहा! कति सुन्दर छ मनै लोभ्याउने, लाग्छ सोह्र श्रृङ्गार नै घसेको यो कल्की। रूप रङ्ग सौन्दर्यले कसेको यो कल्की।। घनश्याम पौडेल, पोखरा
पञ्चाङ्ग ०८ मयूर कल्की लिला नै अपरम्पार छ मितव्ययीपन आफ्नै ढङ्गमा सार छ प्यारा सबैका अनगिन्ति संगिनी साथ रङ्गीन जीवन यसको छुट्टै धार छ गोपिनीका गोपाल प्रेरणाको तार छ
जमुना आचार्य सिन्धुपाल्चोक
पञ्चाङ्ग:०९ मयूर प्वाँखमा अनेक रङ्गले भरिएको हुन्छ। शरीरकाे साैन्दर्यता यत्रतत्र छरिएकाे हुन्छ। इन्द्रेणी लाग्दा फरर नाच्ने स्वभाव भएकाे पन्छी, झट्टै प्वाँख झर्न नसक्ने गुणले दरिएकाे हुन्छ। घरमा शाेभा बनाउन सम्मान गरिएकाे हुन्छ ! सुरेश चन्द्र घिमिरे
पञ्चाङ्ग:१०
अनेकन रुपरङ्ग पन्छीमा भरिएका हुन्छन्। उडेर संसारको आकाशमा छरिएका हुन्छन्। मयूर पंख अति सुन्दर प्रकृतिको रचना, पंख पंखमा ईन्द्रेणी रङ्गले दरिएका हुन्छन्। खोलेर पंख उड्दा नभमा फर्फरिएका हुन्छन्।
टुक्का कविता एक नविनतम प्रयोगवादी काव्य उपविधा हो । जुन विम्ब, प्रतीक, अलङ्कारको प्रयोग गर्दै तुक अर्थात् अनुप्रास मिलाएर दुई हरफमा लेख्ने गरिन्छ । जसका दुई हरफमा अक्षर सङ्ख्या बराबर हुनुपर्ने हुन्छ । जसको पहिलो हरफले विषयवस्तुको उठान र विस्तार गर्दछ भने दोस्रो हरफले त्यसलाई समर्थन गर्दै भावलाई उत्कर्षमा पुर्याएर समापन गर्दछ ।
छ्न्द र स्वछन्द दुवैमा ५ देखि २७ अक्षर सीमाभित्र रहेर लेख्न सकिने टुक्का कविता पछिल्लो समय अत्यन्त रुचाइएको विधा बन्न पुगेको देखिन्छ । आजका मान्छेहरू हरेक कुरा छिटो छरितो होस् भन्ने चाहन्छ्न् । साहित्य पनि अचार झैँ जिब्रोमा पुग्नेबित्तिकै टक्क स्वाद दिने स्वादिलो हुनुपर्छ, नकि स्वादका लागि लामो समय चपाइरहन परोस् । लामा लामा रचना पढ्न समय नमिल्ने, झर्को मान्ने प्रवृति देखापरेको छ । तसर्थ पछिल्लो समय छोटा छोटा विधाहरू जस्तो- टुक्का कविता, उदक कविता, लघुकथा आदि मौलाउँदै आएका छन् ।
वरिष्ठ टुक्काकार ताराप्रसाद चापागाईँद्वारा लेखिएको 'टुक्का' दुई हरफको टुक्का कविता सङ्ग्रह टुक्का कविता विधाकै पहिलो सङ्ग्रह बन्न पुगेको छ । सम्भवतः मलाई जानकारी भएअनुसार कृतिकारको पनि यो नै पहिलो कृति हो ।
यस कृतिका कृतिकार स्वयम् टुक्का कविता विधाकै प्रवर्तक हुनुहुन्छ। टुक्का कवितालाई जन्माउन, हुर्काउन र आजको यस स्थितिमा ल्याउनमा उहाँको ठूलो भूमिका रहेकोे छ । यद्यपि उहाँको यस कार्यमा सहयोग गर्ने, होस्टेमा हैस्य गर्ने हजारौँ हातहरू थिए, छन् र रहिरहने छन् ।
पिता स्वर्गीय हिमप्रसाद चापागाईँ र माता भगवती चापागाईँको कान्छाे पुत्ररत्नको रूपमा टुक्काकार ताराप्रसाद चापागाईँको जन्म २०३५ साल माघ महिनाको ८ गते (साबिक नाैबिसे गा.बि.स. वडा नं.३ ) धुनीवेसी नगरपालिका वडा नं.९ धादिङमा भएको हो ।
गीत, कथा, कविता, निबन्ध लगायत साहित्यका विविध विधामा कलम चलाउनु हुने साहित्यकार चापागाईँ हाल वैदेशिक रोजगारको सिलसिला दुबईमा रहनुभएको छ ।
टुक्का कविता लेखन कार्य वि.स.२०७७ साउन २५ गतेबाट प्रारम्भ गरेपनि उहाँले २०७७ पुस १७ गते औपचारिक रूपमा सार्वजनिक गर्नुभएको थियोे । टुक्का कविताको उन्नयन र विकासका लागि साङ्गठनिक रूपमा आवद्ध हुँदै २०७८ साउन ४ गते टुक्का साहित्य समाजको दर्ता गरेर अगाडि बढिरहनु भएको छ । उहाँ नै टुक्का साहित्य समाजको संस्थापक तथा वर्तमान अध्यक्ष पनि हुनुहुन्छ ।
'टुक्का' टुक्का कविता सङ्ग्रहको संरचनागत कुरा गर्नुपर्दा यसमा कुल ९६ पृष्ठ(कभर पृष्ठ सहित) रहेकोे छ । पुस्तकको केवल ५९ पृष्ठभित्रमा ५ सय टुक्का कविताहरू रहेका छन् भने बाँकी पृष्ठमा प्रकाशकीय, शुभकामना, लेखकको भनाइ, विषयसूची, टुक्का कविताकाे परिचय रहेका छन् ।
टुक्का साहित्य समाज नेपाल प्रकाशक रहेको यस पुस्तकको मुद्रण ऋचा अफसेट प्रेसले गरेको छ । २०७८ सालमा प्रकाशित यस पुस्तकको मूल्य भने दुईसय रुपियाँ तोकिएको छ ।
कृतिकारका स्वर्गीय पिता हिमप्रसाद चापागाईँ र माता भगवती चापागाईँप्रति समर्पण गरिएको यस पुस्तकको आवरण निकै सुन्दर र आकर्षक रहेको छ । आकारको दृष्टिले मझौला भन्न नमिले पनि सानो चिटिक्क परेको सुहाउँदो छ । पुस्तकको कागज पनि बलियो राम्रो रहेकोे छ ।
टुक्का कविता रहेका कुल ५९ पृष्ठहरू मध्ये पहिलो खण्डमा छन्द टुक्काहरू ४ पृष्ठभित्रमा रहेका छन् । जसमा भुजङ्गप्रयात छ्न्द, सवाई छ्न्द र झ्याउरे छन्द गरेर २८ टुक्का रहेका छन्। बाँकी ५५ पृष्ठमा पाँच अक्षरदेखि २७ अक्षरसम्मका कुल ४ सय ७२ टुक्का कविताहरू रहेका छन् । सबैभन्दा धेरै १० अक्षरका १ सय १ टुक्का कविताहरू रहेका छन् भने सबैभन्दा कम २५ र २७ अक्षरका २/२ वटा टुक्का कविताहरू रहेका छन् ।
प्रस्तुत पुस्तक 'टुक्का' टुक्का कवितासङ्ग्रहलाई सर्सर्ती नियाल्दा टुक्काकारले टुक्का कविताको नियमलाई अक्षरश: पालना गर्नुभएको देखिन्छ । उहाँले आफ्ना भावनाहरूलाई अत्यन्त रोचक, घोचक र सुन्दर ढङ्गले प्रस्तुत गर्नुभएको छ ।
टुक्काकार चापागाईँका टुक्काहरूमा नेपाली माटोको सुगन्ध पाइन्छ । विदेशी भूमिमा रहेर पनि नेपाल र नेपालीप्रतिको उहाँको माया, स्नेह, चासो र चिन्तामा कुनै कमी पाइदैन ।
उहाँले टुक्का मार्फत नै आफ्नो प्रेमावेग अत्यन्त सुन्दर र शालीन ढङ्गले प्रस्तुत गर्नुभएको छ ।
सधैँ बाँधिराख अङ्गालोमा नछोड कहिल्यै भङ्गालोमा । (९२)
सधैँ साथ माया दिनु तिमी मेरी रानी अझै उर्जा थप्दै जानू पिरतीको खानी । (३२७)
रात बित्यो तारा गन्दै कुरे थेँ आउँछ्यौ भन्दै । (२६)
त्यस्तै उहाँले आफ्ना टुक्का मार्फत नै समाजमा रहेर द्वेध चरीत्र प्रस्तुत गर्ने धोखेबाजहरू प्रति कटाक्ष गर्नुभएको छ।
अगाडि पर्दा चिप्ला कुरा पछाडिबाट हान्यो छुरा । (३६)
त्यस्तै उहाँका टुक्काहरूमा जीवन र जगत प्रतिको चासो, चिन्ता भेट्न सकिन्छ । उहाँले के गर्नहुन्छ, के गर्न हुँदैन भन्ने कुरा टुक्का मार्फत नै सत्यबोध गराउनुभएको छ ।
जानु छ एकदिन सबै छोडेर नहिँड्नू ठूलो बनी बाटो मोडेर । (१८७)
मर्नु छ एकदिन कसले के लान्छ ? जसरी आयो उस्तै खाली हात जान्छ । (२१०)
अहङ्कार मात्र गरी जीवन चल्दैन परिश्रम नगरी त्यसै चुलो बल्दैन । (२५०)
टुक्का कविता लेख्न सबैलाई आग्रह गर्दै उहाँ भन्नुहुन्छ:-
अभ्यास गरौँ टुक्कामा आएर लेख्नुपर्छ समय मिलाएर । (१३८)
संसारमा सबैभन्दा अमूल्य माया, स्नेह भनेको आमाको हुन्छ भन्दै उहाँ यसरी टुक्का मार्फत पोखिनुभएको छ ।
ममताको खानी हो आमाको काख मेरो स्वर्ग त्यही किन खोज्नु लाख । (१८७)
शब्द सुन्दै कति प्यारो सम्झिँदै छु आमा हुर्काउन बढाउन धेरै गर्यौ धामा । (२५२)
बाध्यतावश आफू विदेशी भूमिमा रहेपनि उहाँको भित्री चाहना भने कोही पनि नेपाली विदेश दास बन्न नजाऊन्, आफ्नै देशमा बसेर नेपाल आमालाई सिँगारून् भन्ने रहेकोे छ ।
सीप सिकौँ केही गरौँ स्वदेशमै पनि विदेशिनु नपरोस् है कोही दास बनी । (२५४)
दैनिक हजारौँ छन् मान्छेहरूको लर्को मौन छ विमानस्थल मान्दैन कुनै झर्को । (३०९)
स्वदेशमै केही गर्ने वातावरण जुटाऊँ सबैतिर देश विकासको मुहान फुटाऊँ । (३६९)
गरी खाउँला जोतेर खेतबारी रुँदै भन्दछिन् हृदयकी पियारी । (१७१)
आफ्नै घर खेतबारी सजाउने काम अरूको गुलामीले किन खोज्नु दाम ? (२३९)
असारको पन्ध्र वर्षात् धेरै रुझेर झरीमा धानको बीउ रोपेझैँ माया जिन्दगीभरिमा । (२७)
परदेशमा जान्छौ किन खोज्दै रोजगारी बिराउँदा सुन फल्नेछ हाम्रै खेतबारी । (३०८)
देशमा घटेका समकालीन घटना प्रति उहाँको निकै चासो र चिन्ता देखिन्छ । एमसीसी प्रतिको उहाँको धारणा यस्तो रहेको छ ।
दुई ढुङ्गाको तरुलमा पस्यो खपिसी राष्ट्रघाती बुँदा बोकी आयो एमसीसी । (२४९)
प्यारो अनि सुन्दर छ नेपाली भाषा हाम्रो जोगाऔँ हामी संस्कृति र आफ्नै भेष राम्रो । (३१४)
नेपालमा मनाइने हरेक चाडपर्व लक्षित टुक्काहरू यस सङ्ग्रहमा भेट्न सकिन्छ ।
आऊ चेली माइतमा तीज मनाऔँ दर खाई हाम्रो पर्व भव्य बनाऔँ । (२०८)
विश्व समुदाय कोभिड महामारीमा जकडिँदा नेपाल पनि अछुतो रहेन । कोरोनाका कारण देखापरेको अप्रिय दृश्य उजागर गर्दै त्यसबाट सुरक्षित रहने उपाय पनि उहाँले बताउनुभएको छ ।
नदेखिने जीवाणुले आक्रमण गर्दा मुख हेर्नै नपाइने आफ्नै मान्छे मर्दा । (९)
सुरक्षित बनौँ आफ्नै घरभित्र बसी आक्रमण गर्नेछैन कोरोनाले पसी । (११)
नेपालमा व्याप्त भ्रष्टाचार, कुरीति प्रति उहाँको निकै चासो, चिन्ता र आक्रोश रहेको पाइन्छ ।
लौन अति भयो भ्रष्टाचार सहनु कति यो अत्याचार । (१०५)
पछिल्लो समय आफ्ना वृद्ध आमाबुबाहरूलाई हेलाँ गर्ने, आश्रम पठाउने जुन गलत संस्कार, संस्कृति स्थापित हुन थालेको छ । त्यसलाई निरुत्साहित गर्न उहाँका टुक्काहरूले बुलन्द आवाज उठाएका छन् ।
वृद्ध भए ती आमाबाबा मुटुमा अटाऊ आँसु लाग्छ तिमीलाई आश्रम नपठाऊ । (२९५)
हामीहरूलाई हुर्काउन दु:ख गरेका अपार बुढेसकालमा ती बाबुआमा अलपत्र नपार । (४२४)
समाजका अग्रज हाम्रा मार्ग निर्देशक जेष्ठ नागरिक सम्मान गरौँ नैतिक शिक्षा ज्ञान पाई सबल भयौँ यिनको जीवनमा उज्यालो छरौँ । (४६९)
जनताका दु:ख पीडामा मलम लगाउनु पर्नेमा सरकारले उल्टै अझै पीडा थप्ने गरेकोप्रति उहाँको आक्रोश छ ।
जनतालाई दु:ख पीडा महङ्गीका कुरा लापर्बाह सरकार छ उल्टै हान्छ छुरा । (२९६)
लडाइँ झगडाबाट क्षति बाहेक केही उपलब्धि हुँदैन भन्दै उहाँले शान्तिको आह्वान गर्नुभएको छ ।
परदेशमा बस्ने सबै मानिसहरू सुखी, मस्तीमा हुन्छन् भन्ने सोचाइ प्रति उहाँले कटाक्ष गर्नुभएको छ ।
घर परिवार आफ्ना सबै सम्झनामा हुँदा, कसले देख्छ परदेशमा एक्लै बसी रुँदा । (३५८)
पैसा कमाई सुखी बनी जीवन जिउने आस, काम र पैसा भन्दाभन्दै परदेशमै भो लास । (४०७)
उहाँका टुक्काहरू बालबालिका हाम्रा भविष्यका कर्णधार हुन्, तिनका सुरक्षा, पालनपोषण हाम्रो जिम्मेवारी हो । बाल अधिकारको सुनिश्चित हुनुपर्छ भन्ने कुरामा उहाँको मत रहेको छ ।
नबनाउनु साना नानी मजदुर अनि ज्यामी बालअधिकार सुरक्षामा जागरूक हौँ हामी । (३९६)
पौष्टिकता भरपुर छ कुपोषण रोक्न वरदान शिशुका लागि अमृतसमान नछुटाऊँ स्तनपान । (४४४)
नेपालमा सवारी चालक र पैदल यात्री दुवैबाट ट्राफिक नियमको उल्लङ्घन हुँदा सवारी दुर्घटना हुने गरेको र नियम पालना गरे दुर्घटनाबाट बच्न सकिने उहाँको मत रहेकोे छ ।
ट्राफिक नियम पालना गरे दुर्घटना धेरै टर्छन् सडकमा देखिने ती जनसेवक कति दु:ख गर्छन् । (४४२)
कथा, कविता, गीत, लघुकथा, मुक्तक, निवन्ध लगायत साहित्यका विविध विधामा कलम चलाउनु हुने साहित्यकार/टुक्काकार चापागाईंका सृजना अत्यन्त सशक्त, चोटिला मर्मस्पर्शी हुने गर्दछ्न् ।
टुक्काकार ताराप्रसाद चापागाईँका टुक्का कविता सङ्ग्रहमा जीवन र जगतप्रतिको चासो चिन्ता, मातृप्रेम, राष्ट्रप्रेम, राष्ट्रप्रतिको अतिराग, राजनीति र नेता प्रतिको वितृष्णा भेटाउन सकिन्छ । उहाँका टुक्कामा समकालीन चेत रहेको पाइन्छ, भरपुर व्यङ्ग्य भेटाउन सकिन्छ । देश, समाज र समग्र जीवन भेटाउन सकिन्छ ।
यति भनिरहँदा उहाँको यस सङ्ग्रहमा कुनै त्रुटि वा दोष नै छैनन् भन्ने चाहिँ होइन । वर्ण विन्यास, पद सङ्गतिको दृष्टिले कतिपय स्थानमा त्रुटिहरू भेटाउन सकिन्छ । कुनै कुनै टुक्काहरूमा अनुप्रास दोष, अक्षर सङ्ख्या नमिलेको पनि भेट्न सकिन्छ । अर्को संस्करण निकाल्दा कृतिकारले अवश्य पनि त्यस तर्फ ध्यान दिनुहुने नै छ ।
पुस्तक प्रकाशन गर्दा शतप्रतिशत त्रुटि रहित बनाउनु भनेकाे गम्भीर चुनाैतिकाे विषय हाे । यस सङ्ग्रहकाे कमजाेर पक्ष नियाल्दा छन्दमा लेखिएकाे टुक्काहरू मध्ये एक ठाउँमा छन्द भङ्ग भएकाे र स्वच्छन्द टुक्काहरू मध्ये केही टुक्का कविताहरूमा तुक दाेष देखिएकाे छ ।
समग्रमा प्रस्तुत 'टुक्का' टुक्का कविता सङ्ग्रह अत्यन्त सुन्दर, उत्कृष्ट र पठनीय दस्तावेज बन्न पुगेको छ । पाठकले किनेर पढ्दा पुरै मूल्य असूल हुने कुरामा कुनै दुईमत छैन । यस्तो सुन्दर कृति प्रकाशन गरेर नेपाली साहित्य भण्डारमा समर्पण गर्नुभएकोमा यस कृतिका कृतिकारलाई हार्दिक बधाई दिन चाहन्छु र भव्य कृति सफलताको शुभकामना ! धन्यवाद !
कृति: टुक्का (दुई हरफका कविता सङ्ग्रह) विधा: टुक्का कविता सङ्ग्रह कृतिकार: ताराप्रसाद चापागाईँ प्रकाशक : टुक्का साहित्य समाज, नेपाल प्रथम संस्करण: २०७८ साल (२०२२) मूल्य: रु. २०० पृष्ठ: ८८
जेद्दा साउदी अरब ! हातेमालो युवा क्लब जेद्दा साउदी अरबले गत ८ डिसेम्बर २०२३ शुक्रबारका दिन आफ्नो दोश्रो बार्षिकोत्सब तथा सांगीतिक कार्यक्रम भब्यताका साथ समपन्न गरेको छ । क्लबका अध्यक्ष खेमराज कार्की को सभापतित्वमा नेपाली युवा क्लबका महासचिब नर कुमार मगरद्वारा संचालित उक्त कार्यक्रमको प्रमुख आतिथिमा नेपाली महाबणिज्य दूतावास जेद्दाका प्रमुख सत्रुधन पोखरेल, रहनुभएको थियो भने बिशिस्ट अतिथी तथा अतिथिहरुमा तमु धिं जेद्दाका अध्यक्ष बेद तमु, नेपाली यूवा क्लब जेद्दाका उपाध्यक्ष लक्ष्मण आचार्य, एनआरएनए आइसिसिका सदस्य बिशाल कुमार श्रेष्ठ, एनआरएनए एनसिसि साउदीका उपाध्यक्ष राज कुमार गिरि, एनआरएनए आरसिसि जेद्दाका अध्यक्ष डि. पि.अर्याल, एनआरएनए अल कासिमका भुतपूर्व अध्यक्ष रम्जान दिन मियाँ, नेपाली सेवा समिती यान्बुका अध्यक्ष श्री प्रसाद परियार, नेपाली साझा मंचक प्रतिनिधि तेज बहादुर बि.क. समाजसेवी हरु भिम तमु,राज कुमार राई, नेपाली होटल बलादका संचालक सरद बि.क., नेपाल तामाङ् घेदुङ् प्रबास शाखा साउदी अरबका प्रतिनिधि शैलेश योन्जन, मन त मेरो जोग्बिरे समुह जेद्दाका अध्यक्ष शबशन्त लामा, ग्लोबल आइएमइका बजार प्रतिनिधी प्रदिपजङ् के.सि हरु रहेका थिए ।
यसैगरी सांगीतिक कार्यक्रमलाई भयानक रोचक मनोरञ्जन दिनका लागि स्थानीय कलाकार अतिथि हरु रोशन दियाली, अर्पित मगर, गुराँस राई, निलम बस्नेत, नवराज राई, सिर्जला दोङ् तामाङ् ,अनिल दोङ् तामाङ् ,रक्षा तिवारी, सुनिल दोङ् तामाङ् ,सरस्वती मगर, बिष्णु कार्की ,मिठु के.सि.,अम्बर बहादुर खड्का,सुर्य बहादुर थापा मगर,बिरेन चौधरी,आकाश राई,डिबोज राई, सबिता पाण्डे रहेका थिए ।
नेपाली रेस्टुरेन्ट बलादको मुख्य प्रायोजन र ग्लोबल आइएमइको सह प्रायोजनमा आयोजित उक्त कार्यक्रम दिप प्रज्वलन गरि उद्घाटन गरिएको थियो । नेपालको राष्ट्रिय गित सँगै सुरु गरिएको उक्त कार्यक्रममा अतिथिहरुले “हातेमालो युवा क्लब” सफलता साथ छलाङ मार्दै अगाडी बढेकोमा बधाई दिदै अझै आगामी बर्षहरुमा सफलताको शुभकामना दिएका थिए । कार्यक्रममा युवा क्लबका प्रतिनिधि तेज बहादुर बि.क ले आफ्नो संस्था दोस्रो बर्षमा गरेको कार्यप्रगतिविवरण प्रस्तुत गरेका थिए । कार्यक्रमको दोस्रो चरणमा स्थानीय कलाकार हरुको १९-२० वटा उत्कृष्ट नित्य,तथा बिबिधता झल्किने खालका संगितहरु कौडा, झ्याउरे, कमेडी, पन्चे बाजा, र्याप, पुर्वेली गित, तथा अन्य गित नित्यले दर्शकहरूलाई भरपुर मनोरञ्जन प्रदान गरिएको थियो ।
उक्त कार्यक्रममा जेद्दा वरिपरि तथा यान्बु ताइफ बाट आएका दाजुभाइ दिदिबहिनीहरुको बाक्लो उपस्थिति रहेको थियो भने उपस्थित सबैलाइ आयोजक टिमले रोटि नास्ता र बेलुकाको खाना समेत खुवाएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि महाबाणिज्य दुत सत्रुधन पोखरेलद्वारा क्लब सोछे भन्दा अतिनै द्रुतगतिमा जन्मिनी बितिकै बयस्क भएर अगाडी बढेकोमा बधाइ तथा शुभकामना मन्तव्य दिदै यस्ता कार्यक्रमले नेपालीहरुलाई एकीकृत गर्ने, कम्पनीका कामले थकित रहेको यो मनलाई अझै उर्जा थप्ने जनाउनु भयो ।
कार्यक्रमको अन्त्यमा सभापति खेमराज कार्कीद्वारा कार्यक्रम भब्य रुपमा सफल भएको खुशी व्यक्त गर्दै कार्यक्रममा पाल्नु हुने प्रमुख अतिथी,अतिथिहरु, उपस्थित दाजुभाइ दिदिबहिनीहरु, कलाकारहरु, पत्रकार तथा समाज सेविहरु सबैलाई धन्यवाद दिनुको साथै आगामी दिनहरुमा श्रमिकहरुको सहयोगको लागि अझै लागि पर्ने बताउदै कार्यक्रम समापन गरेका थिए ।
साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खलाको १३३ औँ भाग शनिबार सम्पन्न भएको छ । उदक साहित्य समाज, नेपालले उक्त कार्यक्रमको आयोजना गरेको थियो। उक्त शृङ्खलामा नेपाल लगायत विश्वका ४८ जना उदक स्रष्टाहरूको सहभागिता रहेको उदक लेखन शृङ्खलाका संयोजक, प्रशिक्षक एवं उदक साहित्य समाजका केन्द्रिय उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो ।
काव्य विधा अन्तर्गतको नयाँ उदियमान प्रविधा उदक कविताको उन्नयन र विकासका लागि साप्ताहिक रूपमा उदक लेखन शृङ्खला सञ्चालन गर्दै आएको उदकका प्रवर्तक एवं उदक साहित्य समाजका अध्यक्ष आर्त अकुलीनले बताउनुभयो ।
संयोजक एवम् प्रशिक्षक अनुभवका अनुसार शनिबारको शृङ्खलाका लागि विहान एउटा तस्बिर दिएर उक्त तस्बिर अनुसारको गहन भाव खुल्ने गरी मात्र एउटा उदक साझ ५ बजेसम्म लेख्न सहभागी उदक यात्रीहरूलाई भनिएको थियोे ।
अभ्यासका लागि राखिएको प्रतिनिधि तस्बिर :
उदक अभ्यास शृङ्खला– १३३ मा सहभागी उदक यात्रीका सुन्दर उदकहरू
[१] दिमाग भेडाको बास तीक्ष्ण ज्ञानको चिराग !
वसन्त अनुभव
[२] दिमाग भएन भने बिगार्छ सानो कुरा !
शोभा आचार्य गौतम, काठमाडौँ
[३] बुद्धिहिन अस्तव्यस्त सधैँ मात्र कुकर्ममा तल्लीन !
काठमाडौँ। साप्ताहिक ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको ११३ औँ शृङ्खला सम्पन्न भएको छ । अभ्यासमा नेपाल लगायत विश्वका ५८ जना नेपाली भाषी टुक्काकारहरूको सहभागिता रहेको कार्यक्रम संयोजक/ प्रशिक्षक एवम् टुक्का साहित्य समाजका उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो । टुक्का साहित्य समाजको आयोजनामा उक्त शृङ्खला विगत लामो समय देखि नियमित रूपमा सञ्चालन हुँदै आएको छ।
टुक्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले समाजले विविध किसिमका कार्यक्रम गर्दै आइरहेको छ । टुक्का लेखनमा पृथकता एवं फरकपन भित्राउने सिलसिला अन्तर्गत यस शृङ्खला सञ्चालन गरिदै आएको समाजका संस्थापक अध्यक्ष, टुक्का प्रवर्तक एवम् कार्यक्रमका परिकल्पनाकार ताराप्रसाद चापागाईंले बताउनुभयो ।
टुक्का लेखनका लागि एक व्यङ्ग्यात्मक टुक्का राखिने र त्यसैमा आधारित रहेर गहन भावको एक एक टुक्का सहभागीले राख्नुपर्ने संयोजक अनुभवले जनाउनुभयो ।
‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको ११३ औँ शृङ्खलाको लागि प्रतिनिधि टुक्काको रूपमा समाजका उपाध्यक्ष वसन्त अनुभवले समसामयिक विषयमा लेख्नुभएको व्यङ्ग्यात्मक टुक्कालाई राखिएको संयोजक अनुभवले बताउनुभयो ।
अभ्यासका लागि राखिएको प्रतिनिधि टुक्का
न उठेर ~~~~सुख पाएँ हजुर न बसेर, लाग्दैछ हिँड्नु पो पर्छ कि खरानी घसेर । ✍️
वसन्त अनुभव घोराही, दाङ
सहभागी टुक्काकारहरूले अभ्यासका क्रममा सृजना गर्नुभएको टुक्काहरू
१) गराउँछन् सधैँ घरमा छि: छि: अनि दुर दुर, बस्नै मन लाग्दैनँ हजुर ! बिग्रिरहन्छ सुर । ✍️ वसन्त अनुभव घोराही उपमहानगरपालिका १४, दाङ
२) यस्तै रहेछ नि मुर्दारहरूले ल्याएको नयाँ चलन, आराम होला भन्ठानेको त झन् बढ्येा यहाँ हेर जलन ! ✍️ पवन कुमार बुढाथेाकी काठमाडौं
३) शान्ति भएमा मनमा जहाँ पनि सुख हुन्छ, नत्र हिराकै थुप्रो भए पनि दुःखले छुन्छ । ✍️ शोभा आचार्य गौतम काठमाडौँ
४१) न रुँन सक्छु न हाँस्नु सक्छु यो भौतिक जीवनमा आएर, जिन्दगीदेखि विरक्तियो मन हिँड्नुपर्ला भजन गाएर । ✍ राजेन्द्र प्रधान ‘पासा’, दार्जिलिङ ।
४२) घसेर खरानी पाइदैन कतै सुख, हाँसी खेली रमाउँ हामी भुलेर दुख। ✍️ हरिगाेपाल प्रधान बनेपा १४ साँगा बजार ।
४३) जन कर चुसी चुसी भएकै थियौ हृष्टपुष्ट, अझै के चिज पुगेन र भयौ फेरि असन्तुष्ट । ✍️ बाबुराम गौतम, गुल्मी
४४) राम्रा जति बसाइँ सर्छौ रजाइ छ लुट्नेकै, जनको समर्थन पनि छ दिमाग भुट्नेकै । ✍️ सुस्मिता अधिकारी, काठमाडौँ
४५) जीवन सङ्घर्ष हो सोचे जस्तो हुन्न, नगर्नू लेखाजोखा कहिले नि छुन्न। ✍️ पुष्पा राई, खाेटाङ।
४६) ‘मुखमा राम’ भएकाले खान पनि कति भ्याए, साेझाका दिन गए, गणतान्त्रिक सिद्धान्तवादी त खरा हुन् पैसाकै आगाेमा जल्ने भए । ✍️ रामप्रसाद पुरी,बादेल, खाेटाङ ।
४७) नहारी हिम्मत गर्न पनि ठाउँमा आफ्नो मान्छे छैन, बोलिदिने मान्छे हुनेले मात्रै त पाउने गर्छन् चैन । ✍️ बूढानीलकण्ठ ,काठमाडौँ
४८) उठे पनि बसे पनि रमाएनन् किन किन, युवाहरू देशबाट पलायन दिन दिन । ✍️ भगवती दवाडी, झापा
४९) काम गर्दा न जस पाएँ, नगर्दा झन् के होला , जसो गरे नि चित्त नबुझ्ने मानिसको चोला । ✍️ बुद्धिमान दनुवार (सुरुङ्गेली कान्छो ) कनकाई ४ झापा
५०) खरानी घस्नु पर्दैन, भगाऊ भ्रष्ट दुच्छर, बन्छ सम्पन्न नेपाली, बन्छ नेपाल सुन्दर। ✍️ रामशरण न्यौपाने, भक्तपुर
५१) जति काम गरे पनि छैन दुई छाक टर्ने, श्रमको मूल्य नपाउँदा श्रमिक भए मर्ने । ✍️ पद्मा काश्यप पाण्डे, मोरङ
५२) बाेकेर श्रमकाे भारी हिड्नुपर्छ जीवनमा, दु:खले छुन्न श्रममा विश्वास राख्ने मनमा । ✍️ एस वि प्रगति प्यूठान (हाल:पाल्पा)
५३) मनभरि पाप भएपछि हुन्छ दिमागमा हल्ली खल्ली, कहाँ पाइन्छ र हजुर? शान्ति घुमिकन सडक गल्ली । ✍️ ध्रुव श्रेष्ठ खोटाङ, हाल काठमाडौ ।
५४) बुझिदिने कोही छैन मनको पीडा बेथा, भतभती पोलेको मन अरूलाई केथा? ✍️ दुर्गा आचार्य मोरङ
५५) न त पखाल्दा जान्छ, न सुनाउँदा सुन्छ बैरागी, छेकेर ल्याउन खोज्दा, उम्केर लुक्दछ अभागी । ✍️ होम प्रसाद नेउपाने धरान,सुनसरी ।
५६) खरानी हैन बारूद बन्नुपर्छ, जति झुक्यो उति नै दमन गर्छ। ✍️ सुरेशकुमार पाण्डे दाङ घोराही १८
५७) पस्ने बेला आँखा चिम्लेर अर्कोतिर पस्छाै, कसको रिसले आज फेरि खरानी घस्छौ ? ✍️ केशवप्रसाद ढकाल ‘प्रीतबीज’ सिरान्चाेक-७, उपल्लो गाेहाेरे, गाेरखा।
५८) मह काढ्नेले हात चाट्छ खेर फाल्ने हैन, हात चाट्ने लोभमा सधैँ मह काढ्ने छैन । ✍️ धनुष न्यौपाने गुठीचौर गाउँपालिका ०४ बिगारे जुम्ला
“पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग भाग: बहतरौऔंमा हामी पुगेका छौ। सम्पूर्ण पञ्चाङ्ग स्रष्टाहरुमा पञ्चाङ्ग लेख्नु हुन् हार्दिक अनुरोध छ: अभ्यास पाठशालाको अभ्यास शृङ्खला दर्ता पछिको भाग :-७२ ——————————-
विधा :- पञ्चाङ्ग अभ्यास गर्ने स्थान :- पञ्चाङ्ग अभ्यास पाठशाला मिति:- २०८०/०८/१८ गते बुधबार बेलुका ०९ बजेसम्म पञ्चाङ्ग वा समपञ्चाङ्ग पठाउनु हुन् अनुरोध छ। ……………………………………….
प्रशिक्षक:- …………… गुणनिधि घिमिरे घनश्याम पौडेल तोयानाथ सुवेदी ……………………… भाषा शुद्धीकरण:- ———– जमुना आचार्य भवानी घिमिरे पुष्पा नेपाल सुवेदी
अक्षर सङ्ख्या:- [बराबरी] अनुप्रास :- आफुखुसी स्थायी :- अनिवार्य
पञ्चाङ्ग:०१ रंगिन फूलका थिए पात थरीथरीका। पन्छाइदिए भनेर जात थरीथरीका। मानवका मानवता हराए कता तिर, भाेक त एउटै थियाे भात थरीथरीका। थालमा पातमा दिने हात थरीथरीका। सुशीला पाैडेल
पञ्चाङ्ग:०२ जिन्दगी हाँसेर बिताउनु छ। दुश्मन मासेर बिताउनु छ। अपनत्वका ती सम्बन्धहरू, छातीमा टासेर बिताउनु छ। मित्रता गाँसेर बिताउनु छ। ह्यारिस
पञ्चाङ्ग:०३ बोट बिरुवाका पात फरक। मान्छे पिच्छे हुन्छ जात फरक । विभेद नहोस् सबै एउटै हो , अलिनो स्वादको भात फरक । बनाउने पारा हात फरक ॥
सहयात्री शोभा अर्याल
पञ्चाङ्ग:०४ जहिले पनि जहाँ पनि मौकै छोप्ने कस्तो हराम। जसलाई भेट्यो उसलाई नै कोप्ने कस्तो हराम। मानवताको भन्ने त अलिकति पनि नभएको, आदर्शको माटोमा अहंकार रोप्ने कस्तो हराम। अमृत भरेको घडामा बिष चोप्ने कस्तो हराम। -पशपती राई खोटाङ । रुपन्देही , बुटवल
पञ्चाङ्ग:०५ देश एउटै हो तर जात थरीथरीका। फूलफल, कोपिला र पात थरीथरीका। मान्छे एउटै हो तर मौसम झैँ बदल्ने, अपत्यारिला उसका बात थरीथरीका। एकै पानीले हुने बर्सात थरीथरीका ।
श्रीकृष्ण शर्मा पोखरा
पञ्चाङ्ग:०६
रगत एउटै तर जात अनेक। एउटै बनावट छ हात अनेक। अनेकतामा एकता नै हुन्छ राम्रो, विभिन्न विचार अनि बात अनेक, गर्छन् यहाँ सक्नेहरु घात अनेक । शोभा आचार्य गौतम काठमाडौँ
पञ्चाङ्ग:०७ सुरुमा आफैँ सम्बन्ध जाेड्याै तिमीले के भयाे कुन्नि बिचमा ताेड्याै तिमीले खै गुनासो गरेर पनि केही नहाेला माैका पाउँदा त हिरा फाेड्याे तिमिले हिंँड्दाहिंँड्दै बाटाे माेड्याै तिमीले
उर्मिला के.शी. धनकुटा !
पञ्चाङ्ग:०८
मनमा राखेकी छु तिमीलाई भुलेकी छैन हेर। तिमीलाई छाडेर अन्त कतै डुलेकी छैन हेर । टाढा छु मेरो बिवसता बुझ्नु नबुझ्नु तिम्रो कुरा, डाली डाली छानेर कहिँ कतै झुलेकी छैन हेर। देखाउँ कसरी अरुको साम्न्ने खुलेकी छैन हेर।
काठमाडौँ। साप्ताहिक ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको ११२ औँ शृङ्खला सम्पन्न भएको छ । अभ्यासमा नेपाल लगायत विश्वका ४४ जना नेपाली भाषी टुक्काकारहरूको सहभागिता रहेको कार्यक्रम संयोजक/ प्रशिक्षक एवम् टुक्का साहित्य समाजका उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो । टुक्का साहित्य समाजको आयोजनामा उक्त शृङ्खला विगत लामो समय देखि नियमित रूपमा सञ्चालन हुँदै आएको छ।
टुक्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले समाजले विविध किसिमका कार्यक्रम गर्दै आइरहेको छ । टुक्का लेखनमा पृथकता एवं फरकपन भित्राउने सिलसिला अन्तर्गत यस शृङ्खला सञ्चालन गरिदै आएको समाजका संस्थापक अध्यक्ष, टुक्का प्रवर्तक एवम् कार्यक्रमका परिकल्पनाकार ताराप्रसाद चापागाईंले बताउनुभयो ।
टुक्का लेखनका लागि एक व्यङ्ग्यात्मक टुक्का राखिने र त्यसैमा आधारित रहेर गहन भावको एक एक टुक्का सहभागीले राख्नुपर्ने संयोजक अनुभवले जनाउनुभयो ।
‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको ११२ औँ शृङ्खलाको लागि प्रतिनिधि टुक्काको रूपमा समाजका उपाध्यक्ष वसन्त अनुभवले समसामयिक विषयमा लेख्नुभएको व्यङ्ग्यात्मक टुक्कालाई राखिएको संयोजक अनुभवले बताउनुभयो ।
अभ्यासका लागि राखिएको प्रतिनिधि टुक्का
कति छन् घाइते रहर, कति त मरिसके, पहेँलिए ओइलाए, रूखबाट झरिसके ।
वसन्त अनुभव घोराही, दाङ
सहभागी टुक्काकारहरूले अभ्यासका क्रममा सृजना गर्नुभएको टुक्काहरू
१) घरले जा जा भन्छ आइज भन्छ वनले, त्यागौँ भन्छु लोभ मोह तर मान्दैन मनले । ✍️ वसन्त अनुभव घोराही उपमहानगरपालिका १४, दाङ
२) तनले मनलाई सोध्दा मुसुक्क पो हाँसिदिन्छ, मन मनै हो कहिले दिन्छ कहिले आफैँ लिन्छ । ✍️ प्रेम थापा “मन”बागलुङ
३) रहर पुरा गर्नु त छ अझै भर्नु पनि छ भकारी सुन, उमेरले नेटाे काटे पनि लोभले लाउन सकिनँ गुन । ✍️ सुशीला शिखा काठमाडौं कागेश्वरी
४) अन्धाधुन्ध गोली चल्छ निर्दोषले दुःख पाउँछ, देशका नेताको काम देख्दा रुन मन लाउँछ । ✍️ अम्बिका अधिकारी झापा बिर्तामोड
५) रमितेहरू हेलिकोप्टरमा भूकम्प पीडितको दुर्दशा हेरी फर्के, राहत पाउनु त कहाँ हो कहाँ त्यहाँ केहीका चिसोले ज्यान नै घर्के । ✍️ पवन कुमार बुढाथोकी काठमाडौँ
६) सङ्घर्ष गर्दागर्दै कति मरे आसहरू, अलिकति बटुले, धेरै भए लासहरू । ✍️ एवाइ प्रभात धनकुटा छेन्ताङ
७) त्यहीँ मन पापी भएको हो खटनले, सरकारले मिलाए हुने जतनले । ✍️ भगवती दवाडी ,झापा
८) चुनावमा गठबन्धनकाे पहाडा जाेडियाे, जनता दु:खमा पर्दा त उनैलाई छाेडियाे। ✍️ प्रद्युम्न चालिसे भक्तपुर कटुञ्जे ।
९) घरले जा र वनले आइज् भन्ने बेलासम्म कति धनको लोभ गर्छन्, मान्छे देश बेचेर पनि नपुग्नेहरू अब धनकै मोहले नै मर्छन्। ✍️ बेदु न्यौपाने काठमाडौँ 🇳🇵
१०) कमाउने रहरले पसियो सहर, परिस्थितिले बनायो ठाउँ न ठहर । ✍️ बिके मुखिया दार्जीलिङ, भारत ।
११) एक वन जलेपनि त अर्को वन पलाउँछ भन्छ वनले, भ्रष्टाचार गर्दै गर्दिनँ भन्छु तर मान्दैन याे पापी मनले । ✍️ सहयात्री शाेभा अर्याल बुटवल, रुपन्देही
१२) अन्धाधुन्ध गाेली चल्छ विदेशी सहरमा, गरिब त ! मरिसके इच्छाकै रहरमा । ✍️ नाम केसर बाेहरा ( सङ्घर्ष ) सुदूरपश्चिम अछाम ।
१३) रहर नै रहर छन्, अझै छन् कति कति, पाइएन तिनको कतै असली ओखती । ✍️ होम प्रसाद नेउपाने धरान,सुनसरी ।
१४) नेपालमा कौतुहलता मच्चिएको छ, युद्ध हुने सङ्केत, किन मर्न खोज्दैछन् एक आपसमा, बरु हुनु नि सचेत । ✍️ कबिताहरी सुन्दर हरैँचा नगरपालिका १ मोरङ
१५) सपना साकार हुँदैछ उसको लुटेर यो देश, सत्ताको खेलमा छक्याई बदलियो उसकै भेश। ✍️ अच्युत घिमिरे, सर्पाङ, भुटान🇧🇹
१६) रहर र आकाङ्क्षा कति थिए होलान् तपाईँ हाम्रो, मन भौतारिई रह्यो, भेटिएन कही बाँध्ने काम्रो। ✍️ अर्जुन प्रसाद चौलागाई रामेछापः-सुनापति-१ हालः-अमेरिका,बोस्टन।
१७) आज होला भोलि होला भन्दाभन्दै रहर मरे, कति गए तुहिएर नै कति आत्मदाह गरे । ✍️ इन्दिरा देवकोटा कपिलवस्तु न पा ३
१८) अकालमै मर्छन् यही देशका नागरिक, उनैको नाममा नेता मागिरहन्छन् भिक। ✍️ सुरेशकुमार पाण्डे दाङ घोराही १८
१९) ढल्कदै छ उमेर लोभका रहर अझै उस्तै जाग्छ, संसारमा मान्छे जस्तो आरिष्य अरू छैन होला लाग्छ। ✍️ शंकर कार्की, मकवानपुर
२०) खै के भनौँ जता माउ उतै बाच्छो भने जस्तो, छक्कै पर्नु अझै कति सम्झाउ, नबुझ्ने कस्तो ? ✍️ अनुग्रह राना मगर ‘पुष्प’ पाँचखपन नपा – ६ संखुवासभा ।
२२) एकदिन सबैकाेआउँछ पालाे ढिलाे र चाँडो मात्र, राम्राे काम गरी सबैको नजरमा बनाैं मुख्य पात्र । ✍️ भवानी पाेखरेल (बाबू विराज) बाणगङ्गा१ चार नम्बर कपिलवस्तु
२३) रूखमा हुन्जेल हल्लाउँछ झरेपछि गलाउँछ, अन्त्य होइन है समय आउँदा फेरि पलाउँछ । ✍️ कृष्णकुमार वैद्य बनेपा ९, काभ्रे
२४) रहरहरू धेरै हुँदा रैछन् जीवनरूपी वनमा, कति पूरा हुन्छन् कति भने गुम्सिन्छन् केवल मनमा । ✍️ बाबुराम पाण्डे अर्घाखाँची
२५) किन मान्नु टोपी दिवस टोपी पर्छ भने लुकाउनू, किन बोक्नु देशको झण्डा झण्डा पर्छ भने झुकाउनू । ✍️ ध्रुव श्रेष्ठ खोटाङ, हाल काठमाडौँ ।
२६) लाेभ माथि लाेभ थप्दै कुकार्यमा पसेर, रित्तियाे जीवन धनकाे लाेभमा फसेर । ✍️ ताराप्रसाद चापागाईँ धुनिबेसी
२७) होशमा आएदेखि थाहा भयो जागेर, सकियो जीवन पैसाकै पछि भागेर। ✍️ बि.कुलुङ दार्जिलिङ रंगबुल
२८) युद्धको बाटो त्यागेर सारा सुमार्ग खोजेर, मिलेर आज लम्कनु सबै विकास रोजेर । ✍️ आर्त अकुलीन
२९) बाँच्नु पनि किन पर्छ ती निमुखाहरू ? मस्तिमा बाँचेकालाई लैजा काल बरु । ✍️ जी.वि.चिन्तन घाेराही-१४ दाङ २०८०/०८/१६ बिहान ८:१४
३०) झरेका मरेका के कुरा गर्नु ? वाक्क लागेमा वैतरणी तर्नु । ✍️ राजेशराज गड्तौला कॅाडाघारी, काठमाण्डौ
३१) बटुल्नु पर्छ धनसम्पत्ति आफ्नो पालो आउँदा, पछि के हो अहिले डाडु पन्यु आफैँ समाउँदा । ✍️ बुद्धिमान दनुवार (सुरुङ्गेली कान्छो ) कनकाई ४ झापा
३२) अधुरै हुन्छन् उत्कट इच्छा हुँदैनन् कहिल्यै सिद्ध, लालच माथि लालच थपिन्छ भएता पनि ऋद्ध l ✍️ बाबुराम गौतम, गुल्मी
३३) दर्दनाक पीडाहरू लुकाएर बाँचेका छन् कति ? लगाउँ मलम ती दर्दमा धर्म हुन्छ मागे जति । ✍️ शोभा आचार्य गौतम काठमाडौँ
३४) मनु त हो रहर लाग्छ त्यस्तै गनुपर्छ कर्म, वर्षात ऋतु बनिदिनू तिमी बुझेर यो मर्म । ✍️ धनुष न्यौपाने गुठीचौर गाउँपालिका ०४ बिगारे जुम्ला
३५) छायाँ शिशिरको पर्दा, नाङ्गिन्छन् वृक्ष यस्तरी, वसन्त फर्किदा भोलि, ठाँटिन्छन् दुलहीसरि। ✍️ रामशरण न्यौपाने, भक्तपुर
३६) रहर पालेर मात्र के गर्नु सकिन्न पूरा गर्न, ढकमक्क फुल्ने रङ्गीचङ्गी फूल पनि पर्छ झर्न । ✍️ चूडा निर्भीक गोरखा हालःकाठमाण्डौ ।
३७) आजभोलि देशमा अशान्ति नै अशान्ति छ धेर, विकासमा खर्चिने समय त यसै गयो खेर । ✍️ दुर्गा भट्टराई मोरङ -३
३८) द्वन्द जनयुद्धमा कति मान्छे मरे मारियो, उपलब्धि केही भएन, सत्ताकै लागि दोहोरो भिडन्त जनतामा उपयुक्त सन्देश गएन। ✍️ चुडामणी देबकोटा चनपा १३ काठमाडौ हाल बारा सिमरा
३९) रहरको पछि हिँड्ने मान्छे अक्सर दुखी हुन्छ, मनका रहर सबै पुग्ने संसारमा कुन छ ? ✍️ पुष्पा सुवेदी नेपालगञ्ज,बाँके ।
४०) हिजोआज मेरो पनि उराठिलो दिन आयो, ओइलिएर झरेको पात डडेलोले खायो। ✍️ मन्दिरा सेढाई मलेखु,धादिङ
४१) सङ्घर्ष जीवन हो उतारचढाव आउँछन्, हार नमानी अघि बढे सुख पनि पाउँछन् । ✍️ पद्मा काश्यप पाण्डे, मोरङ
४२) उचाल्नेकाे पछार्नेकाे राज्य भयो हाम्रो, तरपनि युद्धभूमि नबनेकै राम्रो । ✍️ केशवप्रसाद ढकाल ‘प्रीतबीज’ सिरान्चाेक-७, उपल्लो गाेहाेरे, गाेरखा।
४३) सफलताकाे शिखर चुम्ने रहर थियोे कति, समयले साथ नदिँदा मन दुख्यो आज अति । ✍️ राज कुमार राजभण्डारी “खाेटाङ्गे” मध्यपुर ठिमी ५ संगम काेलाेनी भक्तपुर ।
४४) रहरहरू घाइते भए पनि जहर कहिले नखानू, मुना पलाउँछ बोटमा, हारेर सत्यानाशतिर नजानू । ✍️ मोती सुब्बा
“पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग चित्रपट भाग :- छपन्नौमा हामी पुगेका छौं। लेख्नु पर्ने पञ्चाङ्ग सङ्ख्या :- ०१ मिति:- २०८०/०८/१४गते
आदरणीय पञ्चाङ्ग अनुरागी एवम् स्रष्टाज्युहरू हार्दिक नमस्कार ” पञ्चाङ्ग साहित्य समाज नेपाल” को आधिकारिक दर्ता पछिको:५६[ छपन्नौ] चित्रपटमा छौं।
यहाँहरुलाई हार्दिक स्वागत गर्दै
यस् शृङ्खलामा दिइएको चित्र अनुसारको विम्बात्मक तथा गहन मौलिक भाव झल्किने एक पञ्चाङ्ग शनिबार बेलुका ९:०० बजे भित्र आफ्नो नाम र ठेगाना सहित कमेन्ट बक्समा लेख्नु हुन हार्दिक अनुरोध गर्दछौं!
प्रशिक्षक :
गुणनिधि घिमिरे घनश्याम पौडेल तोयानाथ सुवेदी
चित्र संकलन
सुशीला पाैडेल
शुद्धीकरण
जमुना आचार्य भवानी घिमिरे पुष्पा नेपाल (सुवेदी )
संरचना
अनुप्रास :- आफू खुसी स्थायी :- आफू खुसी अक्षर :- बराबरी
समायोजक
सोमनाथ लुइटेल “रवि पाल्पाली” तथा
पञ्चाङ्ग साहित्य समाज नेपाल
चित्र अनुसार पञ्चाङ्गहरू [चित्रपट] ~~~~~ चित्रमा पञ्चाङ्ग पञ्चाङ्ग:०१ जिन्दगी दिन्छ सलेदाे घटाउन अध्याराे। उज्यालाेसँग सम्बन्ध सटाउन अध्याराे। दृढ सङ्कल्प लिएर त्याे झिलमिलाउछ, समय सँगै जलेर कटाउन अध्याराे। याैटा दिप बल्छ सधैं हटाउन अध्याराे। सुशीला पाैडेल
पञ्चाङ्ग:०२ जहाँ दियो बालीन्छ, उज्यालो छरिन्छ त्यहाँ। दियो बाल्न कै लागि त तेल भरिन्छ त्यहाँ। अध्यारो चिर्न दियोकाे कति महत्त्व हुन्छ, थाहा हुन्छ जब अन्धकार हरिन्छ त्यहाँ । जहाँ उज्यालो प्राप्त छ,अनि सरिन्छ त्यहाँ । शोभा आचार्य गौतम काठमाडौँ
पञ्चाङ्ग:०३
कहिले गर्छौ राता गालाकाे कुरा । बैँसालु चुलबुले चालाकाे कुरा । अन्धकारमा साथ दिने उज्यालाे , तेलमा बल्ने उही पालाकाे कुरा । सुनका सिक्री अनि बालाका कुरा ।
भवानी घिमिरे सर्लाही ।
पञ्चाङ्ग:०४ आत्मज्ञानको गरियो बनाऊ प्रभु। निरन्तर बल्ने दियो बनाऊ प्रभु। धेरै त केही गर्न नसकुँला तै तै, सम्बन्धको नयाँ सियो बनाऊ प्रभु । श्रीकृष्ण नै उच्च थियो बनाऊ प्रभु।
✍️ श्रीकृष्ण शर्मा पोखरा
पञ्चाङ्ग:०५ दीप जस्तै जलेर उज्यालो छर्नु छ। दुःख र पीडा जति सबैको हर्नु छ। भनिन्छ मानिसको जुनी एकबार, खुसी बनाउन आफ्नै भर पर्नु छ। सबैको कल्याण हुने काम गर्नु छ। ह्यारिस
पञ्चाङ्ग:०६
जिन्दगी त जसोतसो चलेकै हुन्छ। रोगी मन सँधैभरि गलेकै हुन्छ। जलिरहेको दीपको बाती अगाडि, आसाहरूको प्रकाश फलेकै हुन्छ। यसरी नै जिन्दगी यो ढलेकै हुन्छ।
होम प्रसाद नेउपाने धरान,सुनसरी ।
पञ्चाङ्ग:०७
दीपक बत्ति तेल सलेदो छउञ्जेल त बल्ने हो। हावाहुरी नचलुञ्जेल त अँध्यारो चिर्दै चल्ने हो। अवश्य निभ्न लागेको बत्ति जस्तो धिपधिप गर्दै, हाम्रो शरीर पनि प्राण छोडी जमिनमा ढल्ने हो। दीपक जस्तै पञ्चतत्वमा मिली माटोमा गल्ने हो।
गुणनिधि घिमिरे अमेरिका
पञ्चाङ्ग:०८ आफू जलेर उज्यालो छर्ने दियोले। आफूमुनि त आध्यारो गर्ने दियोले। रहेसम्म तेल यो दियो बल्दै जान्छ, अँध्यारोमा त प्रकाश भर्ने दियोले। जलेरपनि जीवन्त दिनुपर्ने दियोले । कार्की डिबी माकुम सुनवल-४, नवलपरासी
पञ्चाङ्ग:०९ दियो बालेर नै उज्यालो छरिन्छ यहाँ। दियोमा बाती अनि तेल भरिन्छ यहाँ। गाउँतिर थाहा हुन्छ बत्तीको महत्त्व , बत्ती बालेर नै अध्यारो हरिन्छ यहाँ। जहाँ उज्यालो हुन्छ त्यतै सरिन्छ यहाँ।
दुर्गा भट्टराई
पञ्चाङ्ग:१० पालामा वर्तन छउन्जेल त हो उज्यालो बल्छ खास। यहाँ बत्ती भएसम्म अँध्यारो हटाउँदै चल्छ खास। उज्यालोले नै अँधेरोलाई चिर्न प्रकृतिको देन छ, हाम्रो प्राणले शरीर छोडे पछि धर्तीमा ढल्छ खास। हावापानी मिलेर नश्वर देह माटोमा गल्छ खास। बेदु न्यौपाने काठमाडौँ ✍️🇳🇵
पञ्चाङ्ग:११ वर्तन हालेपछि त दियाे पनि बल्नु पर्छ। परिश्रम गर्दै जाँदा मिठाे फल फल्नु पर्छ। उज्यालाे छर्दै चारैतिर नै प्रकाश छाउँदा, बिहान आउनलाई रातहरु गल्नु पर्छ। सफलता पाउन समयसँगै चल्नु पर्छ।
उर्मिला के.शी. धनकुटा
पञ्चाङ्ग:१२ अन्धकारमा लड्दै छ संसार। अज्ञानताले ढल्दै छ संसार। ज्ञान विज्ञानकाे कमी हजुर, दुष्ट सत्ताले गल्दै छ संसार। असन्तुष्टिले जल्दै छ संसार । प्रद्युम्न चालिसे भक्तपुर कटुञ्जे ।
पञ्चाङ्ग:१३ यता सर्यो उता सर्यो फेरि अध्यारोमै सर्नु परेको छ। खै कति दिन पो बाँच्नु सधैं अध्यारोमै मर्नु परेको छ। जति तेजिला भए नि बिना प्रकाश यी आँखाको के काम? काम सधैं छामछाम छुमछुम गरी गर्नु परेको छ। आउ आफैं जलौं दीप झैं आज उज्यालो छर्नु परेको छ। -पशपती राई खोटाङ ।