• गृह पृष्ठ
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला /जीवनशैली
  • खेल
  • बिज्ञान/प्रविधि
  • राजनीति
  • विचार
  • समाज
  • साहित्य

Category: मुख्य खबर

उदक यात्री डा.देवी पन्थीका उत्कृष्ट ५ उदकहरू

  • ४ पुष २०८०, बुधबार ०७:१७ मा प्रकाशित
  • उदक यात्री डा.देवी पन्थीका उत्कृष्ट ५ उदकहरू

    १//
    आकाश
    नीलो हुँदा
    मधेस तात्न थाल्छ !

    २//
    बादल
    बनेर पानीले
    बगायो देशको आँगन !

    ३//
    सरकार
    भगवान भरोसा
    आफैँ चलेको छ !

    ४//
    विश्वविद्यालय
    राजनीति गर्ने
    नि:शुल्क अखडा भए !

    ५//
    खहरे
    खोलाले बगायो
    देख्दादेख्दै समुद्रमा हरायो !

    ✍️
    डा.देवी पन्थी //////

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on उदक यात्री डा.देवी पन्थीका उत्कृष्ट ५ उदकहरू

    ‘मेराे राष्ट्रिय झण्डा’ विषयक विशेष टुक्का कविता लेखन कार्यक्रम सम्पन्न

  • ४ पुष २०८०, बुधबार ०६:५२ मा प्रकाशित
  • काठमाडाैँ,
    छैटाैँ राष्ट्रिय झण्डा दिवसकाे अवसर पारेर टुक्का साहित्य समाजकाे आयाेजना २०८० पाैष १ गते “मेराे राष्ट्रिय झण्डा” विषयक टुक्का कविता लेखन श्रृङ्खला १०४ सम्पन्न भएकाे छ ।

    टुक्का साहित्य समाजका अध्यक्ष ताराप्रसाद चापागाईँकाे संयाेजकत्वमा सञ्चालन भएकाे उक्त कार्यक्रममा नेपाल, भारत लगायत विश्वका विभिन्न स्थानबाट ७६ जना टुक्काकारहरूकाे सहभागिता रहेकाे थियाे । भर्च्युअल माध्यमबाट सञ्चालन भएकाे उक्त कार्यक्रमकाे प्रशिक्षण अध्यक्ष चापागाईँले नै गर्नु भएकाे थियाे भने सहभागीहरूले ” मेराे राष्ट्रिय झण्डा ” विषयमा केन्द्रित भई चाेटिला टुक्का कविताहरू सिर्जना गरेकाे थिए ।

    टुक्का साहित्य समाजले विशेष अवसरहरूमा विशेष टुक्का कविता लेखन कार्यक्रमहरू सञ्चालन गर्नुकाे साथै अन्य विभिन्न किसिमका नियमित अभ्यासका कार्यक्रम तथा नियमित प्रशिक्षणहरू समेत सञ्चालन गर्दै आएकाे छ ।

    कार्यक्रमकाे समापन गर्दै अध्यक्ष/ प्रशिक्षक चापागाईँले वि.सं.२०१९ पाैष १ गते नेपालकाे झण्डालाई संयुक्त राष्ट्रसंघमा अङ्गीकृत गरिएकाे थियाे । राष्ट्रिय धराेहर संरक्षण प्रतिष्ठानकाे आव्हानमा २०७५ सालबाट शुरु गरिएकाे राष्ट्रिय झण्डा दिवस हरेक वर्ष पाैष १ गते विविध कार्यक्रमका साथ मनाइदै आएकाे छ । राष्ट्रियता र राष्ट्र प्रेमकाे जागरकाे प्रतिककाे रुपमा नेपालकाे झण्डा दिवसकाे विशेष महत्व रहेकाे कुरा व्यक्त गर्नु भएकाे थियाे । साथै छैटाै राष्ट्रिय झण्डा दिवस २०८० काे अवसरमा शुभकामना व्यक्त गर्दै कार्यक्रममा सहभागी भएर सुन्दर टुक्का कविताहरू सिर्जना गर्ने सम्पूर्णलाई धन्यवाद व्यक्त गर्नु भएकाे थियाे ।

    उक्त कार्यक्रममा सङ्कलन गरिएका केही टुक्का कविताहरू
    [१]
    १.
    चन्द्र सूर्य चम्किएकाे छेउमा निलाे घेराे
    आफ्नाे ङण्डा यही छ सान छैन अरू मेराे ।
    २.
    इज्जत इमान जमिन नदी मिलेरै बेच्याै नेताहरू
    धर्म संस्कृति जनता बेच्याै याे झण्डा छ बाँकी छैन अरू ।
    ✍️ ताराप्रसाद चापागाईँ
    धुनिबेसी
    [२]
    १.
    झुक्न दिन्नँ मेरो झन्डा मेरो देशको सान
    अटल, अमर, दृढ छ मेरो स्वाभिमान ।
    २.
    यही झन्डाकै सुरक्षार्थ कति निभे ज्योति
    देशका होनहार सपूत हिरा र मोती ।
    ✍️ वसन्त अनुभव
    घोराही उपमहानगरपालिका १४, दाङ
    [३]
    १.
    झण्डा हाम्रो देशकै शान, हाम्रै देशको गर्व
    लिएर अघि बढौँ यसलाई हरेक पर्व ।
    २.
    विश्वभरिमा अनौठो छ मात्रै झण्डा हाम्रो
    यो भन्दा झण्डा कुन छ र संसारमा राम्रो ।
    ✍️ राजेशराज गड्तौला
    कॅाडाघारी, काठमाण्डौँ
    [४]
    १.
    निलो रोगन छ किनारा भुइँमा रातो राम्रो
    सबले बोकौँ चन्द्र सूर्य अङ्कित झन्डा हाम्रो।
    २.
    झन्डा हाम्रो संसारभरि सबले सक्छन् चिन्न
    चन्द्र सूर्य रहेसम्म रहन्छ देश अभिन्न ।
    ✍️ रामशरण न्यौपाने
    भक्तपुर
    [५]
    चन्द्र सूर्य अङ्कित झण्डा देशको पहिचान
    आफ्नै मौलिकताले बढाएको विश्वमा सान।
    ✍️ पुष्पा राई
    खाेटाङ।
    [६]
    चन्द्र सूर्य फर्फराएको यो झण्डा मुनि नेपाल हाम्रो देश
    नेपाली भाषा भिन्न भिन्नै लगाउँछन् भिन्नता छ राम्रो भेश।
    ✍️ बेदु न्यौपाने
    काठमाडाैँ
    [७]
    चन्द्र सूर्य अङ्कित देशको महान् झण्डा हुनुपर्छ
    सबै हातमा एकै झण्डा भए देशको हित गर्छ।
    ✍️ सुरेशकुमार पाण्डे
    घोराही १८ दाङ
    [८]
    सूर्य चन्द्र अङ्कित झण्डा, हाम्रो देशको सान
    राष्ट्रिय चिन्हहरूकाे हामी राखौँ सधैँ मान।
    ✍️ शोभा आचार्य गौतम
    काठमाडौँ
    [९]
    १
    चन्द्र सूर्य अङ्कित निलो किनाराको झण्डा रातो
    त्रिकोणात्मक झण्डा देखि जान्छ रे वैरीको सातो ।
    २
    सगर्व उठाऔँ यो रातो झण्डा जप्दै देश नेपाल
    फहराउ हाम्रो निशान तराई पहाड हिमाल ।
    ✍️ ध्रुव श्रेष्ठ
    हाल काठमाडौँ ।
    [१०]
    १.
    तिनकुने आकारको हाम्रो झण्डा फरर
    घुम्न आउने पर्यटक यानमा सरर ।
    २.
    रातो भूइँ निलो छेउ खुर्पे चन्द्र बिचमा भएको
    बाह्र कुना सूर्य बोकी विश्वकै एक हुन गएको ।
    ✍️ जमुना आचार्य
    सिन्धुपाल्चोक
    [११]
    १.
    राष्ट्रिय झण्डा हाम्रो उँचो शान
    नेपालीको गर्विलो पहिचान ।
    २.
    राष्ट्रिय झण्डाको राखौं मान
    झण्डा हो हाम्रो जङ्गी निशान ।
    ✍️ रचना मोक्तान “यात्री”
    नमोबुद्ध न.पा.-५, काभ्रे ।
    [१२]
    १.
    राष्ट्रिय झण्डा हो ,राष्ट्र कै गौरव चिनारी
    चन्द्र र सूर्य झलमल बल्छन् वारिपारी ।
    २.
    नेपालीको सान मान विश्वमा उचालेको छ पहिचान
    सूर्य-चन्द्र अङ्कित रहेसम्म चलिरहन्छ गुनगान ।
    ✍️ होम प्रसाद नेउपाने
    धरान, सुनसरी ।
    [१३]
    १,
    मेरो राष्ट्रिय झण्डा, चन्द्र सूर्य अङ्कित
    देशको लागि लड्छु, सबै हुन्छ शङ्कित।
    २.
    झण्डा बोकेर हिड्छु, विश्व साराभरि
    अखण्ड नेपालको, समाचार गरि ।
    ✍️ एवाइ प्रभात
    सहिदभूमि छेन्ताङ धनकुटा
    [१४]
    १.
    चन्द्र अनि सूर्य अङ्कित झण्डा प्यारो छ मलाई
    गाेलबद्ध भए यो ध्वजा मुनि सबैको भलाई ।
    २.
    त्रिकोण झण्डा शान्तिकाे रङ्ग घेरामा राखेको घेरेर
    पुर्खाकाे इतिहास, प्रकृति देशको, बस्छु म हेरेर ।
    ✍️ रामप्रसाद पुरी
    बादेल, खाेटाङ ।
    [१५]
    चन्द्र सूर्य अङ्कित झन्डा हाम्रो देशको सान
    राख्छ गोर्खालीको विश्वमा यसले सधै मान ।
    ✍️ बुद्धिमान दनुवार (सुरुङ्गेली कान्छो )
    कनकाई ४ झापा
    [१६]
    १.
    राष्ट्रिय झण्डा सच्चा हृदयले बोकौँ
    भ्रष्टाचारीलाई नमस्कार न ठोकौँ ।
    २.
    विश्व बन्धुत्व सबै मिलेर जसरी नि बढाऊँ
    सच्चा मानव जहाँको भए नि फूल नै चढाऊँ ।
    ✍️ पवन कुमार बुढाथेाकी
    काठमाडौँ
    [१७]
    त्रिकोणात्मक झण्डा नेपालको सान
    एकता हुनु नेपालीको पहिचान।
    ✍️ म्यामराज राई
    भाेजपुर
    [१८]
    १.
    जाग उठ युवा हो, देश बनाऊ
    झण्डाले याे बोल्दछ, हात बढाऊ।
    २.
    झण्डा हो यो, वीर शहीदले बोकेको
    दुश्मनलाई हेर, यसले रोकेको ।
    ✍️ पदमा शर्मा ‘आँचल’
    कालाचिनी, भारत
    [१९]
    विश्वमा फरक आकृति भएको झण्डा मात्र हाम्रो
    त्रिकोणात्मक आकारमा चन्द्र, सूर्य देखिन्छ राम्रो ।
    ✍️ रुना कर्माचार्य दाहाल
    चितवन
    [२०]
    १.
    चन्द्र सूर्य अङ्कित हाम्रो तीन कुने झन्डा
    अत्यन्तै सुहाउने राजमुकुट र डन्डा ।
    २.
    जति सुन्यो कमी लाग्ने त्यो वीरताको गाथा
    छिमेकीको पेलाइमा गरम बन्छ माथा ।
    ✍️ प्रदीप के रिमाल
    इटहरी, सुनसरी।
    [२१]
    १.
    हिमालको काखबाट झर्नाहरू झर्झराउछ
    मेरो राष्ट्रिय झण्डा कति राम्ररी फर्फराउछ ।
    २.
    सगरमाथा झैँ ठाडो शिर झुकाउनु हुन्न कहिले
    शत्रुहरुलाई परास्त गर्ने अठोट राख्नु जहिले।
    ✍️ अम्बिका गिरी
    बिराटनगर
    [२२]
    सूर्य चन्द्र हाम्रो देशको पहिचान अनि सान
    हामी जहाँ जान्छौ नेपालको राख्छ यसले मान ।
    ✍️ दुर्गा आचार्य
    मोरङ
    [२३]
    मेरो देश विश्व सामु चिनाउने एक झण्डा हो शान
    यो नेपाली माटोमा जन्मिनु सौभाग्य अनि वरदान।
    ✍️ विक्रम तिरुवा ‘सलिन’
    जुम्ला
    [२४]
    चन्द्र र सूर्य अङ्कित झण्डा हाम्रो नेपालकै सान
    सदा ठडिएर फर्फराओस् अनि बोकोस् पहिचान ।
    ✍️ प्रेम थापा “मन”
    बागलुङ
    [२५]
    १.
    त्रिकोण आकार छ अनि रङ्ग पनि तीन
    चम्कदैछ चन्द्र अनि सूर्यको गति लिन।
    २.
    राष्ट्रिय झण्डाले राखेको छ विश्वमा नाम
    देशको शिर उच्च पार्न गरौ मिलि काम।
    ✍️ सुस्मिता अधिकारी
    काठमाडौँ
    [२६]
    १.
    मेरो देशको झन्डा हाे हाम्रो पहिचान
    सुरक्षित रहुन् माटो, गरौँ अभिमान।
    २.
    देशको शान देशको मान झण्डा फहराउनु
    देशको अन्न, लिएर आफ्नो कर्म लहराउनु।
    ✍️ माेति सुब्बा
    दार्जिलिङ भारत।
    [२७]
    १.
    चन्द्र, सूर्य अङ्कित राष्ट्रिय झण्डा मेरो
    यति राम्रो झण्डा अन्त छैन सेरोफेरो ।
    २.
    राष्ट्रिय झण्डा हामी नेपालीको निसान
    राष्ट्रको उन्नतिमा लम्कौँ सारा किसान ।
    ✍️ कृष्णकुमार व‌ैद्य
    बनेपा ९, काभ्रे
    [२८]
    १.
    रातो र निलो रङ्ग सूर्य चन्द्र अङ्कित झण्डा हो हाम्रो
    गर्व गरि उचाली राखौँ देखिएको छ विश्वमा राम्रो।
    २.
    चर्चा परिचर्चा जताततै चलेको छ सेरोफेरो
    कहिल्यै नझुक्ने अतुलनीय राष्ट्रिय झण्डा मेरो।
    ✍️ अनुग्रह राना मगर ‘पुष्प’
    पाँचखपन नपा – ६ संखुवासभा ।
    [२९]
    १.
    यो देशको झण्डा उच्च रहोस्
    मनमा देशको मान भरोस् ।
    २.
    मेरो झण्डा देशको शान
    मेरो यो झण्डा कति मान ।
    ✍️ नीमा छिरिङ भोटिया
    जलढका कालेबुङ
    [३०]
    १.
    नेपालको गौरव हो यो राष्ट्रिय झन्डा
    दुई त्रिकोण आकारमा छ लामो डन्डा।
    २.
    चन्द्र सूर्य अङ्कितले शासक पहिचान
    बहादुर दृढताले रिपु मर्दन मान ।
    ✍️ कमला देवकोटा
    पाल्पा
    [३१]
    १.
    त्रिकोणात्मक चन्द्र, सूर्य अङ्कित झण्डा नेपालीकाे पहिचान
    स्वाभिमानी नेपालीको विश्वमा युगान्तकारी सधैँभरि सान।
    २.
    नेपालकाे झण्डा पृथक छ विश्वभरि
    फरफराउनु छ झण्डा गौरव गरि ।
    ✍️ राज कुमार राजभण्डारी “खाेटाङ्गे”
    मध्यपुर ठिमी-५ संगम काेलाेनी भक्तपुर ।
    [३२]
    १.
    नेपालीको सान उँचो र एउटा तेस्मा डन्डा
    चन्द्र सूर्य अंकित प्यारो मेरो राष्ट्रिय झन्डा ।
    २.
    रगत जस्तै रातो पृष्ठ छेउमा किनारा निलो
    झण्डाकाे साथ गर्व गर्ने नेपाली छाती जाेसिलाे ।
    ✍️ उमा दाहाल
    शुन्दरहरैँचा -१० मोरङ
    [३३]
    चन्द्र सूर्य निशानी गौरवशाली झन्डा हाम्रो
    वीरता र शान्ति दर्साउने रङ्ग झनै राम्रो।
    ✍️ भुपेन्द्र राना मगर
    धादिङ
    [३४]
    १.
    बाघको डमरू जस्तै नखाने सिनो
    राष्ट्रिय झण्डा हाम्रो वीरताको चिनो ।
    २.
    लालीगुराँस फूलेर वनैभरि ढाकेको
    यो हाम्रो राष्ट्रिय झण्डा फहराई राखेको ।
    ✍️ डम्बर थामी ‘ अनुपम ‘
    कालिन्चोक गा.पा.-६, दोलखा ।
    [३५]
    राष्ट्रिय झण्डा देशभक्त नेपालीको सान
    विश्व सामु नै अटल छ हाम्रो स्वाभिमान ।
    ✍️ दुर्गा भट्टराई
    मोरङ
    [३६]
    माया गरे जस्तो लाग्यो सबले टुक्का लेख्दा
    मनै आज आनन्द भयो हाम्रो झण्डा देख्दा ।
    ✍️ हिमा आर.सी
    मेहेलकुना सुर्खेत
    [३७]
    १.
    मेरो देशलाई अङ्कित गर्ने मेरै देशको सान
    जानी राख किन संसारभरि सबैले गर्छन् मान ।
    २.
    यही झण्डा फरफराउँदा देश नै हाँसे जस्तो
    सुख शान्ति समृद्धि नेपालमा चारैतिर सस्तो ।
    ✍️ धनुष न्यौपाने
    गुठीचौर गाउँपालिका ०४ जुम्ला
    [३८]
    १.
    राष्ट्रियता हो हाम्रो पहिचान जोगाऔँ सबैले
    चन्द्र सूर्य जङ्गी निशान हाम्रो नलुटोस् कसैले।
    २.
    देश बाँचे सधैँ बाँच्छ हाम्रो पहिचान
    झण्डा हो राष्ट्रियता र हाम्रो स्वाभिमान ।
    ✍️ पद्मा काश्यप पाण्डे
    मोरङ
    [३९]
    १.
    चन्द्र सूर्यको ध्वजा रातो झण्डा नेपाली हाम्रो
    विश्वमा छरितो सार्वभौम गाथा रङ्ग राम्रो ।
    २.
    विगत यही झण्डामा रिस फेरे हाम्रै नेताले देखियो
    राष्ष्ट्रिय झण्डा दिवस सबैलाई शुभकामना लेखियो ।
    ✍️ चुडामणी देबकोटा
    चनपा १३ काठमाडौँ, हाल बारा सिमरा
    [४०]
    १.
    गर्नु हुदैन कहिल्यै राष्ट्रिय झण्डाकाे अपमान
    स्वाभिमानी नेपालीको बढाउनेछन् झण्डाले सान।
    २.
    चन्द्र सूर्य अङ्कित झण्डा नेपालीहरूको सान
    नेपालीहरूकाे स्वाभिमान विश्वमा पहिचान।
    ✍️ सहयात्री शाेभा अर्याल
    रुपन्देही, बुटवल
    [४१]
    बुद्ध जन्मेको भूमि हो, नेपाल हाम्रो
    चन्द्र र सूर्य अंकित झण्डा, क्या राम्रो!
    ✍️ यमुना प्रधानाङ्ग’मुना’
    ललितपुर
    हाल वीरगञ्ज, पर्सा
    [४२]
    १.
    रातो चन्द्र सूर्य अङ्कित मेरो देशको झण्डा फरर
    खोलानाला हरियाली वनपाखामा बतास सरर ।
    २.
    वीरताले छाती फुल्छ मेरो देशको माटोको माया सेक्दा
    विकासको मुल फुटाउ रिस उठ्छ भ्रष्टले बाटो छेक्दा ।
    ✍️ अम्बिका अधिकारी
    झापा, बिर्तामोड
    [४३]
    १.
    माथि सूर्य,तल चन्द्रमा भएको झण्डा हाम्रो
    विश्वभरिमा यो भन्दा कति देखिंदैन राम्रो ।
    २.
    वीर गोर्खालीको इज्जत देशको पहिचान
    अझै बढ्दै जाओस् विश्वभरि झण्डाकै शान ।
    ✍️ अर्जुन प्रसाद चौलागाई
    रामेछापः सुनापति-१
    हालः अमेरिका,बोस्टन।
    [४४]
    फर्फराउँदै छन् शानले, चन्द्र सूर्य अङ्कित झन्डा
    गोर्खाली भनेर गर्व गर्छौं, खान्छौँ विदेशीको डन्डा।
    ✍️ कबिताहरी
    सुन्दर हरैंचा नगरपालिका १ मोरङ
    [४५]
    १.
    विश्वमा छुट्टै चिनारी तीन कुना भएको
    चन्द्र र सूर्य पनि छ त अङ्कित रहेको ।
    २.
    वीर गोर्खाली नेपालीको निशानी रातो रङ्ग
    सधै चम्कि रहनेछ याे सूर्य र चन्द्र सङ्ग ।
    ✍️ सुशीला शिखा
    काठमाडौँ, कागेश्वरी
    [४६]
    १.
    रातो र चन्द्र सूर्य झण्डा उचाली
    कहिले नझुक्ने यो मन नेपाली।
    २.
    यसले कहिले झुक्न जानेको हैन
    हाम्रो जस्तो झण्डा त अन्त कतै छैन।
    ✍️ मनोजमान अछामी
    बान्नीगढि जयगढ ४, अछाम
    [४७]
    चन्द्र र सूर्य हाम्रो झण्डा विश्वमा फहराउँछ
    त्रिभुजाकार झण्डा हाम्रो टुक्कामा लहराउँछ।
    ✍️ इन्दु श्रेष्ठ
    चितवन
    [४८]
    संसारमै सुन्दर छ झण्डा हाम्रो
    चन्द्र र सूर्य अङ्कित रातो राम्रो ।
    ✍️ भगवती दवाडी
    झापा
    [४९]
    १.
    हाम्रो देशको झण्डा हाम्रो स्वाभिमान
    फर्फराउछौँ गाउदा राष्ट्रिय गान ।
    १.
    निलो,रातो अनि सेतो हाम्रो झण्डाको छ रङ्ग
    त्यहि रङ्गमा मुस्कुराउछन् चन्द्र सूर्य सङ्ग ।
    ✍️ पुष्पा सुवेदी
    नेपालगंज, बॅाके ।
    [५०]
    १.
    सूर्य चन्द्र अङ्कित राष्ट्रिय झन्डा हाम्राे
    सिम्रिक रङ भुइँमा निलाे फेराे राम्राे ।
    २.
    सूर्य नाैवटा ग्रहमध्येकाे पहिलाे ,चन्द्रमा पृथ्वीकाे ग्रह उप
    दुई त्रिकोण माथि सूर्य तल चन्द्रमा सेताे रङ सुन्दर खुप ।
    ३.
    हाम्राे राष्ट्रिय झन्डा वैदिक विधिमा बनेकाे
    चन्द्र सूर्य त हामीले हाम्राे ईश्वर भनेकाे ।
    ✍️ प्रद्युम्न चालिसे
    भक्तपुर
    [५१]
    १.
    चन्द्र सूर्य अङ्कित झण्डा नेपालीको हाे नि सान
    स्वाभिमानी नेपाली वीरका सन्तान भनि जान ।
    २.
    त्रिकाेणमा चन्द्र सूर्यकाे साथ राताे लाली छाएकाे
    ताजा नै छ नझुक्ने शिर भनि क्रान्ति गीत गाएकाे ।
    ३.
    सेताे रङकाे चन्द्र सूर्य सिम्रिक रङकाे भुइँ राम्राे
    पृथक खालकाे किनारा छ है संसारमै झण्डा हाम्राे।
    ✍️ एस वि प्रगति
    प्यूठान (हाल:पाल्पा)
    [५२]
    १
    साेचाैँ सबले आ-आफ्नाे दिमाग पारी ठन्डा
    एकताकाे निशानी हाे हाम्रो राष्ट्रिय झन्डा ।
    २
    गर्व गराैं चन्द्र सूर्य झण्डा हातमा बाेकी
    उठाैँ जागाैँ एक भई सबै घमण्ड राेकी।
    ✍️ त्रिलाेचन भण्डारी
    मेचीनगर, झापा
    [५३]
    १.
    झुक्ने छैन कहिल्यै पनि शत्रु सामु हाम्रो राष्ट्रिय झण्डा
    बिखण्डनकारीले मच्चाए पनि ठाउँ ठाउँमा वितण्डा ।
    २.
    चन्द्र सूर्य अङ्कित झण्डा हो नेपालको सान
    विश्वको शिरमा नाच्छ जनाउदै पहिचान ।
    ✍️ बाबुराम गौतम
    गुल्मी
    [५४]
    १.
    चन्द्र सूर्य झण्डाले बोकेको छ सान
    विश्वमा नेपालको राखेको छ मान।
    २.
    सबै देशको भन्दा त छुट्टै पहिचान
    राष्ट्रको सप्पत्ती हो नगरौँ अपमान।
    ✍️ सरिता सेढाई
    धादिङ
    [५५]
    १.
    मेरो राष्ट्रिय झण्डा हो नेपाली सान
    आहुति दिएर तापनि राखौं मान ।
    २.
    चन्द्र र सूर्य अङ्कित झण्डा हाम्रो
    झन्डा लहरिँदा लाग्छ अति राम्रो ।
    ✍️ कार्की डिबी माकुम
    सुनवल-४, नवलपरासी
    [५६]
    १.
    वीर गोरखालीले लहराउने जीतमा राम्रो
    रक्तिम धर्तीमा चन्द्र सूर्य अङ्कित झण्डा हाम्रो
    २.
    धर्तीको शीर भै उभेको छ मेरो सगरमाथा
    तीनकुने झण्डाले गाउँछ मेरै देशको गाथा ।
    ✍️ गोपालकृष्ण डंगोल
    काठमाण्डौँ (हाल इटहरी)।
    [५७]
    मेरो देशको चन्द्रसूर्य अङ्कित रातो झन्डा
    देशद्रोहीले प्रहार गर्छन् झण्डा माथी डन्डा।
    ✍️ नवशिला
    बेलबारी-२, लालभित्ती,मोरङ।
    [५८]
    गर्नुहुन्न है हामीले राष्ट्रिय झण्डाकाे अपमान
    राष्ट्रिय झण्डाले झल्काएकाे छ देशकाे पहिचान ।
    ✍️ केसर बाेहरा ( सङ्घर्ष )
    सुदूरपश्चिम अछाम
    हाल भारतबाट ।
    [५९]
    प्राण हाे कि देशकाे शान चन्द्र सुर्य झन्डा
    अवमूल्यन गर्नेलाई दिन हाे कि? डन्डा ।
    ✍️ जि.वि. चिन्तन
    [६०]
    १.
    देशकाे पहिचान नेपालीको शान
    चन्द्र सूर्य राष्ट्रिय झण्डालाई मान ।
    २.
    टार्न सकेमा सारा समस्या टर्छ
    बैरीबाट झण्डा जाेगाउनु पर्छ ।
    ✍️ सूर्य गिरी
    पाेखरा
    [६१]
    १.
    चन्द्र र सूर्य नझुकेसम्म नेपाल झुक्दैन
    अन्याय त्याे सहेर कहिल्यै नेपाली लुक्दैन ।
    २.
    संसारभरि देखिने फरक झन्डा हाम्रो
    चन्द्र र सूर्य मिलेको साैन्दर्य झनै राम्रो।
    ✍️ आशिष ऐडी
    कालिकोट पचालझरना
    [६२]
    १.
    गौरवशाली अग्ला हिमाल छन् हाम्राे देशकाे पहिचान
    फरक आकारमा सजिएको राष्ट्रिय झण्डा हाम्रो सान ।
    २.
    झन्डा बोकी लडे पुर्खा भएनन् है थकित
    स्वाधीन राष्ट्र हाम्रो, दुनियाँ परे चकित ।
    ✍️ शुक्रराज कुँवर
    धरान १०
    [६३]
    १.
    राताे निलाे रङ्गकाे झण्डा देशको सान
    हाम्रो देश नेपालकाे राम्रो पहिचान ।
    २.
    राष्ट्रिय झण्डाकाे हामीले सधैँ राखाैँ मान
    देशलाई जाेगाउँदै जाेगाउनु छ शान ।
    ✍️ कल्पना भण्डारी
    सिन्धुपाल्चाेक
    [६४]
    १.
    मेरो देशमा राष्ट्रिय झन्डाको शान
    राष्ट्रिय झन्डाले हुन्छ देशको पहिचान ।
    २.
    सूर्य र चन्द्रमा आहा क्या राम्रो
    देशमा राष्ट्रिय झन्डा छ हाम्रो ।
    ✍️ कृष्ण धामी
    बझाङ
    [६५]
    १.
    नीलो भित्र रातो हाम्रो साहसको रङ्ग
    हाम्रो शक्ति अटल छ चन्द्र सूर्य सङ्ग।
    २.
    शान्ति अनि वीरताका गाथा यस्ले दिन्छ
    फरक श‌ैली विशेषता संसारले लिन्छ।
    ✍️ मनोहरी पौडेल
    गैडाकोट १, नवलपुर
    [६६]
    १.
    फर्फराउँदैछ सगरमा त्यो चन्द्र सूर्य मेरो
    टिष्टा काँगडा हिम तराई मेची कालिको घेरो।
    २.
    उँचो सान मेरो अटल सधैं राष्ट्रको स्वाभिमान
    यही चन्द्र सूर्य गौरव मेरो यही मेरो पहिचान ।
    ✍️ सागर आँसु
    डोटी
    [६७]
    १.
    देश भक्ती गीत गाउँ, नेपाली पनकाे प्रीत लाऊँ
    दाहिने हत्केला ले चन्द्र सूर्य झण्डा फरफराऊँ ।
    २.
    दुण्डुभी बजाउ,नेपाल नेपालीकाे सान देखाऊँ
    सिरूपाटे खुकूरी नचाउँ, देशबाट बैरी भगाऊँ ।
    ✍️ हरिगाेपाल प्रधान
    बनेपा १४ साँगा बजार ।
    [६८]
    चन्द्र सूर्य अङ्कित झण्डाले नेपाल चिनायाे
    वीरताकाे शान नेताकाे व्यवहारले घिनायाे ।
    ✍️ भाेलामान बर्देवा
    धरान ८ सुनसरी
    [६९]
    बाह्र कला सूर्य अङ्कित, सोह्र कला चन्द्रमा
    झण्डा हाम्रो गौरवान्वित, सम्पूर्ण भूखण्डमा।
    ✍️ अजय कुमार झा
    महोत्तरी, जलेश्वर
    [७०]
    हाम्रो राष्ट्रिय झन्डाको विश्वमै छुट्टै शान
    चन्द्र सूर्य सहित नेपालीको पहिचान ।
    ✍️ ईमान सिंह के.सि.
    ब्यास ९ धनुबेसी कलेस्ति तनहुँ
    [७१]
    दुई तिन कुनो मिलेर परेको
    माथि सूर्य तल चन्द्रमा झरेको।
    ✍️ साँग्रीस मानन्धर मोती
    [७२]
    चन्द्र सूर्य अंकित झण्डा छ निलो किनारमा
    बचाइ राख्ने अठोट गरौ हाम्रो निधनमा ।
    ✍️ दुर्गा ढुङ्गेल
    [७३]
    नेपाली शान नेपाली मान सूर्य र चन्द्र अङ्कित झण्डा हाम्रो
    निलो किनारा रातो भुइँमा दुई त्रिकोणी आहा ! कति छ राम्रो ?
    ✍️ देव मगर
    तिनाउ-१,कचल,पाल्पा
    [७४]
    १.
    राष्ट्रिय झण्डा सूर्य चन्द्र हाम्रो पहिचान
    सबैभन्दा पृथक् हुँदै राखेको छ है सान।
    २.
    विश्वमै राखेको छ यसले हाम्रो नाम
    चन्द्रमा माथि मुस्कुराउँदै तल घाम।
    ✍️ शान्ता पौडेल भट्टराई
    टङ्कीसिनवारी, मोरङ
    [७५]
    नेपालकाे गाैरव नेपालीको शान
    चन्द्र र सूर्य झण्डाकाे गराैँ सम्मान ।
    ✍️ एकान्त युगल प्रेमी
    कालिङ्पाेङ, भारत
    [७६]
    फरक छौ हामी सन्सारमा सबै भन्दा माथी
    फहराउँ चन्द्र सुर्यकाे त्रिकाेण झन्डा साथी ।
    ✍️ धर्मराज पोखरेल
    बेलबारी -२, मोरङ

    :::::जय टुक्का! जय साहित्य!! :::::

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on ‘मेराे राष्ट्रिय झण्डा’ विषयक विशेष टुक्का कविता लेखन कार्यक्रम सम्पन्न

    साप्ताहिक पञ्चाङ्ग चित्रपट भाग- ५८

  • २ पुष २०८०, सोमबार १८:०९ मा प्रकाशित
  • “पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग चित्रपट भाग :- अन्ठाउनौमा हामी पुगेका छौं।
    लेख्नु पर्ने पञ्चाङ्ग सङ्ख्या :- ०१
    मिति:- २०८०/०८/ २८गते

    आदरणीय पञ्चाङ्ग अनुरागी एवम् स्रष्टाज्युहरू हार्दिक नमस्कार ” पञ्चाङ्ग साहित्य समाज नेपाल” को आधिकारिक दर्ता पछिको:५८ [अन्ठान्नौ] चित्रपटमा छौं।

         यहाँहरुलाई हार्दिक स्वागत गर्दै

    यस् शृङ्खलामा दिइएको चित्र अनुसारको विम्बात्मक तथा गहन मौलिक भाव झल्किने एक पञ्चाङ्ग शनिबार बेलुका ९:०० बजे भित्र आफ्नो नाम र ठेगाना सहित कमेन्ट बक्समा लेख्नु हुन हार्दिक अनुरोध गर्दछौं!

    प्रशिक्षक :

    गुणनिधि घिमिरे
    घनश्याम पौडेल
    तोयानाथ सुवेदी

    चित्र संकलन

    सुशीला पाैडेल

    शुद्धीकरण

    जमुना आचार्य
    भवानी घिमिरे
    पुष्पा नेपाल (सुवेदी )

    संरचना

    अनुप्रास :- आफू खुसी
    स्थायी :- आफू खुसी
    अक्षर :- बराबरी

    समायोजक

    सोमनाथ लुइटेल “रवि पाल्पाली”

    पञ्चाङ्ग साहित्य समाज नेपाल

    चित्र अनुसार पञ्चाङ्गहरू [चित्रपट]
    ~~~~~
    पञ्चाङ्ग ०१

    माेहको तार तरिन्छ बुद्धकाे मार्गमा।
    हिंसाको त्याग गरिन्छ बुद्धकाे मार्गमा।
    काे ठुलाे काे सानाे हुदैन भेदभावले,
    सत्यकाे भाव भरिन्छ बुद्धकाे मार्गमा।
    ज्ञानकाे ज्याेति छरिन्छ बुद्धकाे मार्गमा।
    सुशीला पाैडेल

    पञ्चाङ्: ०२
    अक्षर-

    कति शक्तिशाली मानेका छौँ हामीले।
    धर्म र मर्ममा बानेका छौँ हामीले ।
    कलियूग लाग्यो रे मान्दैनन् देवता,
    सके बचनले हानेका छौँ हामीले।
    बुझ्ने चाहाना छैन् जानेका छौँ हामीले ।

    दुर्गा आचार्य
    मोरङ

    पञ्चाङ्ग:०३

    बिन्ति गर्छु फेरि आइदेऊ बुद्ध मेराे भूमिमा ।
    सबैकाे मन बनाइदेऊ शुद्ध मेराे भूमिमा ।
    न रहाेस् क्लेश रतिभर अशान्तिकाे कही कतै ,
    छिट्टै भरिदेऊ सहिष्णुता रुद्ध मेराे भूमिमा ।
    भाव हाेस् भाइचाराकाे नहाेस् युद्ध मेराे भूमिमा।

    भवानी घिमिरे
    सर्लाही

    पञ्चाङ्ग :०४
    घुमेर आउ यो देश हेर्दै बुद्ध ।
    तिम्रो संसारी त्यो रुप फेर्दै बुद्ध ।
    बिश्वमै विकृति लौ फैलेर आयो,
    बिश्वमानै अब आउ घेर्दै बुद्ध ।
    अपराधी हरूलाई सेर्दै बुद्ध ।
    बेदु न्यौपाने
    काठमाडौँ ✍️🇳🇵

    पञ्चाङ्ग :०५
    बुद्धका उपदेश कति राम्रो।
    अंङ्गालेको बाटो अति राम्रो।
    केही भए नि पालना गरौ,
    बन्छ सात्विकले मति राम्रो।
    हरपल हिड्ने त्यो गति राम्रो ।
    शोभा आचार्य गौतम
    काठमाडौँ

    पञ्चाङ्ग:०६

    दिनदिनै अशान्ति चलेको छ यहाँ।
    मनभित्र दियालो जलेको छ यहाँ
    छरिदेउ हे बुद्ध ज्ञानको विचार,
    विषै विषको फल फलेको छ यहाँ।
    नैतिकताको रूख ढलेको छ यहाँ।

    होम प्रसाद नेउपाने
    धरान,सुनसरी ।

    पञ्चाङ्ग:०७
    हिंसाबाट धेरै टाढा सर्नु छ।
    अशान्ति र दुःख पीडा हर्नु छ।
    बुद्धको नियम पालन गरौं,
    भक्तिकाे मार्गमा लागि पर्नु छ।
    बुद्धले जसरी शान्ति छर्नु छ।
    ह्यारिस

    पञ्चाङ्ग:०८
    बुद्धले त मध्यमार्गको बाटो सरासर जाउ भनेका थिए।
    हिंसा नगर कसैको बरु भिक्षा मागेर खाउ भनेका थिए।
    म त केवल बाटो देखाइदिने मात्रै पथप्रदर्शक न हुँ,
    यात्रा तिमीले नै गर्ने हो चल्नुपर्छ तिम्रै पाउ भनेका थिए।
    दीप आफैं भइ जलेर सर्वत्र उज्यालो छाउ भनेका थिए।
    -पशपती राई खोटाङ ।

    पञ्चाङ्ग:०९

    बुद्धका यी उपदेश मान्नुपर्छ अब।
    राम्रो नराम्रो कुरा नि छान्नुपर्छ अब।
    यो देश अशान्तिमा रुमलिएको बेला ,
    बुद्धका महान बाणि जान्नुपर्छ अब।
    राम्रा साब्दिक बचन तान्नुपर्छ अब।

    पञ्चाङ्ग:१०

    फर्केर फेरि देश हेर्न आउ बुद्ध
    समृद्धिले मुहार फेर्न आउ बुद्ध
    भ्रष्ट अनि दुराचारले सिमा नाग्यो ,
    यो बुद्धत्वले देश घेर्न आउ बुद्ध
    सबैलाई शान्तिले बेर्न आउ बुद्ध ।

    दुर्गा भट्टराई
    मोरङ
    पञ्चाङ्ग ११
    बुद्धको उपदेश पो छान्नुपर्छ हामीले ।
    हिंसा बिना मित्र बन्न जान्नुपर्छ हामीले ।
    सुत्र राम्रो यो एकताको जालो बुनाइको ,
    वैरीपनि मिलनमा तान्नुपर्छ हामीले ।
    आध्यात्मिक पथलाई मान्नुपर्छ हामीले ।

    जमुना आचार्य सिन्धुपाल्चोक

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on साप्ताहिक पञ्चाङ्ग चित्रपट भाग- ५८

    साप्ताहिक ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखन शृङ्खला- ११४

  • १ पुष २०८०, आईतवार २२:५७ मा प्रकाशित
  • काठमाडौँ। साप्ताहिक ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको ११४ औँ शृङ्खला सम्पन्न भएको छ ।
    अभ्यासमा नेपाल लगायत विश्वका ६२ जना नेपाली भाषी टुक्काकारहरूको सहभागिता रहेको कार्यक्रम संयोजक/ प्रशिक्षक एवम् टुक्का साहित्य समाजका उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो । टुक्का साहित्य समाजको आयोजनामा उक्त शृङ्खला विगत लामो समय देखि नियमित रूपमा सञ्चालन हुँदै आएको छ।

    टुक्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले समाजले विविध किसिमका कार्यक्रम गर्दै आइरहेको छ । टुक्का लेखनमा पृथकता एवं फरकपन भित्राउने सिलसिला अन्तर्गत यस शृङ्खला सञ्चालन गरिदै आएको समाजका संस्थापक अध्यक्ष, टुक्का प्रवर्तक एवम् कार्यक्रमका परिकल्पनाकार ताराप्रसाद चापागाईंले बताउनुभयो ।

    टुक्का लेखनका लागि एक व्यङ्ग्यात्मक टुक्का राखिने र त्यसैमा आधारित रहेर गहन भावको एक एक टुक्का सहभागीले राख्नुपर्ने संयोजक अनुभवले जनाउनुभयो ।

    ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको ११४ औँ शृङ्खलाको लागि प्रतिनिधि टुक्काको रूपमा समाजका उपाध्यक्ष वसन्त अनुभवले समसामयिक विषयमा लेख्नुभएको व्यङ्ग्यात्मक टुक्कालाई राखिएको संयोजक अनुभवले बताउनुभयो ।

    अभ्यासका लागि राखिएको प्रतिनिधि टुक्का

    उमेर साठी काट्दा पनि, ~रहर अनौँठो जाग्ने,
    के भएको होला तरुनी देख्दा भेटौँ भेटौँ लाग्ने ?
    ✍️✍️

    वसन्त अनुभव
    घोराही, दाङ

    सहभागी टुक्काकारहरूले अभ्यासका क्रममा सृजना गर्नुभएको टुक्काहरू



    [१]
    नजरमा होइन तिम्रो, नियतमै छ खोट,
    धेरै नचम्क ए हजुरबा पर्ला ठूलो चोट ।
    ✍️
    वसन्त अनुभव
    घोराही, दाङ

    [२]
    शरीर बुढो भएपनि मन बुढो हुँदैन,
    तरुनीलाई आँखा लाउन केहीले छुँदैन।
    ✍️
    अच्युत घिमिरे, सर्पाङ, भुटान🇧🇹

    [३]
    विकृति सारा बढेर आयो गाउँ र सहर,
    बैँसको बेला के हुन्छ होला विचित्र रहर ?
    ✍️
    आर्त अकुलीन

    [४]
    जता राम्री देख्यो हजुर यी आँखाले त्यतै हेर्ने,
    चाह गर्छ तनले पनि माया अङ्गालोमा बेर्ने ।
    ✍
    नवशिला,
    बेलबारी-२-लालभित्ती,मोरङ।

    [५]
    बुढेसकालकाे बैँस हेर कति मात्तिएका,
    बैँस जाेवन देलान भन्दा लान आत्तिएका ।
    ✍️
    भवानी पाेखरेल (बाबू विराज)
    बाणगङ्गा १ चार नम्बर कपिलवस्तु

    [६]
    तन बुढाे भए पनि मेराे मन बुढाे हुन्न,
    सुगर विपी बढे पनि चञ्चल मन छुन्न ।
    ✍️
    मित्र `उराठी´ गाैतम
    तिलाेत्तमा-२,रुपन्देही

    [७]
    नियत राम्रो भएमा तिमी, फूल देख्छौँ जतै,
    इज्जत नि ख्याल राख आँखा नलैजाउ कतै ।
    ✍️
    शोभा आचार्य गौतम
    काठमाडौँ

    [८]
    सुन्ने इच्छा नहुँदा नि यहाँ के के सुन्नुपर्छ,
    मान्छे बुढाे तनले हैन मनले हुनेगर्छ ।
    ✍️
    केशवप्रसाद ढकाल ‘प्रीतबीज’
    सिरान्चाेक-७, उपल्लो गाेहाेरे, गाेरखा

    [९]
    रूप सौन्दर्यले खिच्छ, मान्छेलाई सधैँभरि,
    बुढो मानिस हो लोहा, बन्छिन् चुम्बक सुन्दरी ।
    ✍️
    रामशरण न्यौपाने, भक्तपुर

    [१०]
    उमेर गयो बैँस नि गयो रहर कस्तो बतास,
    अवकाश हुने बेलामा पनि दिल छैन हतास ।
    ✍️
    भगवती दवाडी ,झापा

    [११]
    लौरी टेक्दै केटी खोज्दैछाै जवानीमा कस्तो,
    असी पुग्यौ बसी खाऊ भो भएपनि जस्तो ।
    ✍️
    उमा दाहाल
    शुन्दरहरैँचा -१० मोरङ

    [१२]
    उमेरले नेटो काट्यो अझै उस्तै तिम्रो भोक,
    रामनामे वृद्धका छुद्र कुराले चल्यो झोक ।
    ✍️
    प्रदीप के रिमाल।

    [१३]
    आँखैमा मोहनी छ तिम्रो, साठी होस् या सत्तरी,
    बुढो भएर पनि गर्ने रहेछौ मनपरी ।
    ✍️
    कबिताहरी
    सुन्दर हरैंचा नगरपालिका १ मोरङ

    [१४]
    जवानी र पानी उस्तै रहेछ बगेर जानी,
    बुढेसकालमा तरुनी नहेर आँखा तानी ।
    ✍️
    प्रद्युम्न चालिसे
    भक्तपुर कटुञ्जे ।

    [१५]
    बुद्धि बिग्रन लाग्यो भने कानो गोरु पनि आँखा देख्न थाल्छ,
    समयको ख्याल नगर्ने मान्छे परिवारको इज्जत फाल्छ ।
    ✍️
    अम्बिका अधिकारी
    झापा बिर्तामोड

    [१६]
    नजर असल हुँदा सबैतिर देखिनेछ राम्रो,
    कुदृष्टि लगाउँनु पाप हो यही छ भनाइ हाम्रो।
    ✍️
    अर्जुन प्रसाद चौलागाई
    रामेछापः-सुनापति-१
    हालः-अमेरिका,बोस्टन।

    [१७]
    उमेर त्यसै बितिगयो नपाउँदै होस,
    साठीवर्ष नाघेपछि आउनलाग्यो जोस।
    ✍️
    विवश पारदर्शी
    झापा,

    [१८]
    तन जति बुढो भएनि मन बुढो हुन्न,
    बुद्धिमा किरा लागेपछि उमेरले छुन्न ।
    ✍️
    गंगा खड्का
    बूढानीलकण्ठ , काठमाडौँ

    [१९]
    बुढेसकालमा यो बुढोलाई के बैँस चढेको ?
    केश पनि सबै फुलिसक्यो हेर आँखा गढेको ।
    ✍️
    सरिता सेढाई धादिङ

    [२०]
    आँखा लोभी मन पापी, बुढेसकालमा आजै,
    जवानीको रङ चढ्यो, सत्तरी वर्षमा राजै ।
    ✍️
    एवाइ प्रभात
    सहिदभुमि धनकुटा

    [२१]
    चाहना भयो भन्दैमा मात्तिएर धेरै न चम्कनू,
    बुढेसकालमा खुत्रुक्कै भई, पर्ला पानी छम्कनु ।
    ✍️
    अनुग्रह राना मगर ‘पुष्प’
    पाँचखपन नपा – ६ संखुवासभा ।

    [२२]
    स्वर्गबाट साह्रै राम्री झर्छिन् एउटी परी,
    मलाई पनि भेटौँ भेटौँ लाग्छ कसैगरी ।
    ✍️
    डम्बर थामी ‘अनुपम’
    कालिन्चोक गा.पा. – ६, दोलखा ।

    [२३]
    भेटेर मात्रै के गर्नु खै, आकाशको फल आँखा तरी मर,
    हात समाती बोल्न खोज्दा शरीरबाट पसिना तरतर ।
    ✍️
    राजेशराज गड्तौला
    कॅाडाघारी, काठमाण्डौ

    [२४]
    माया लाउन छोरा मान्छेलाई उमेरले छेक्दैन,
    ऎना बिना आफ्नो कपाल फुलेको आफैँले देख्दैन।
    ✍️
    भुपेन्द्र राना मगर
    धादिङ

    [२५]
    मन त हुन्छ सदाबहार बुढो होला तन,
    उमेर ढल्किए के भयो र कलिलै छ मन ।
    ✍️
    तोयानाथ चापागाईं
    दमक,झापा,नेपाल

    [२६]
    सात वर्षको नातिनीले प्राण यसै फाल्नुपर्‍यो,
    दु:खद खबर हजुरबाले बलात्कार गर्‍यो ।
    ✍️
    मन्दिरा सेढाई
    मलेखु,धादिङ

    [२७]
    उमेर साठी काट्दा पनि मनका रहर ताजै,
    घरकीभन्दा बाहिरकी राम्री देख्नथाले आजै !
    ✍️
    इन्दिरा देवकोटा
    कपिलवस्तु न पा ३

    [२८]
    रङ्गीचङ्गी फूलबारीमा फुलेका छन् धेरै फूल,
    छेकबार छैन भन्दैमा नगरौँ कहिल्यै भूल।
    ✍️
    यमुना प्रधानाङ्ग’मुना’
    वीरगञ्ज, हाल: ललितपुर

    [२९]
    सबै बुढो भयो, समय बुढिएन,
    आँखा फेरियो तर मन फेरिएन ।
    ✍️
    नन्दलाल आचार्य
    बेलका~२, सिद्धार्थटोल, उदयपुर ।

    [३०]
    बुढेसकाल लागिसक्यो लाज र घृणा छुन्न,
    के भएको तिमीलाई दुईखुट्टे देख्नैहुन्न ?
    ✍️
    हिमा आर.सी
    मेहेलकुना सुर्खेत

    [३१]
    तन बुढो भएपनि मन बुढो हुँदैन भन्छन् लाखैले
    हेर्न कत्ति छुटाउँदैन फेरि मन अनि दोषी आँखैले ।
    ✍️
    प्रेम थापा “मन”बागलुङ

    [३२]
    युवा, जवान, वृद्ध सबैलाई लागिरहने यो कस्तो मात,
    गजब नै रहेछ यो केटा मान्छेको त सोच, मन र जात ।
    ✍️
    सुशीला शिखा
    काठमाडौँ कागेश्वरी

    [३३]
    नियत राम्रो राख्नू, नगर्नू उत्ताउलो खेल,
    बुढेसकालमा व्यर्थमा जानुपर्ला है जेल ।
    ✍️
    मोति सुब्बा
    दार्जिलिङ, भारत

    [३४]
    रहरमा छेकबार हुन्न बुढो उमेर,
    अझै नाच्छन् हजुरबा फनफनी घुमेर ।
    ✍️
    कृष्णकुमार वैद्य
    बनेपा ९, काभ्रे

    [३५]
    जति बुढो भएपनि तृष्णा हुन्छ अपार,
    मानव जोस हो सके आफैँलाई सपार ।
    ✍️
    कमला देवकोटा, पाल्पा

    [३६]
    तन बुढो भएपनि मन सधैँ केटो,
    उमेरले काटे पनि तीन बिसे नेटो l
    ✍️
    बाबुराम गौतम, गुल्मी

    [३७]
    कपाल सेतो अनि चाउरी परिसक्यो है छाला,
    बुढेसकालमा तरुनी खोज्ने निको छैन चाला ।
    ✍️
    रुना कर्माचार्य दाहाल
    चितवन

    [३८]
    रूखभरि छन् फलहरू त पाकेकाे,
    पाकेको फललाई सबैले चाखेकाे !
    ✍️
    कृष्ण धामी – बझाङ

    [३९]
    उमेर त एउटा नम्बर मात्र हो भन्छन् हजुर,
    तन र मन मिलेपछि लाग्छन् तरुनीका डङ्गुर ।
    ✍️
    शुक्रराज कुँवर
    धरान १०

    [४०]
    मलाई पनि एउटी परी~जुराइदेउन राम,
    जिन्दगीमा एक्लो भई बाँच्न खोजे छैन कुनै काम ।
    ✍️
    समुद्र
    जल्जला७गण्डकी

    [४१]
    मन तरुनीतिर जाने नभएर हो काम,
    बुढेसकाल लाग्यो अब जप है राम राम !
    ✍️
    पुष्पा सुवेदी
    नेपालगञ्ज, बाँके ।

    [४२]
    मृदु देखेपछि आइहाल्ने प्रीति बनी जवानको झल्को,
    अनायासै बगिदिन्छ उच्छवसित मायाप्रेमकाे छल्काे ।
    ✍️
    रामप्रसाद पुरी,बादेल , खाेटाङ ।

    [४३]
    लौरो टेक्ने शरीरको पनि, कुर्सी चढ्ने रहर,
    सत्ता पाए तरुनीलाई घुमाइदिन्थेँ सहर ।
    ✍️
    होम प्रसाद नेउपाने
    धरान,सुनसरी।

    [४४]
    उमेरले नेटाे काटे पनि बुढाे हुँदैन भन्थेउ मन,
    युवतीको मायाजालमा परिसकियो सारा तिम्राे धन।
    ✍️
    राज कुमार राजभण्डारी “खाेटाङ्गे”
    मध्यपुर ठिमी ५ संगम काेलाेनी भक्तपुर ।

    [४५]
    भन्छन् उमेर छउन्जेल बरु मान्छे तर्किन्छ,
    साठी पुगेपछि फेरि जवानी पनि फर्किन्छ ।
    ✍️
    बाबुराम पाण्डे
    अर्घाखाँची

    [४६]
    उमेर हद हुँदैन हाम्राे प्रेमिल खेलमा ,
    सेल, साग जेपनि पाक्छ बजारकाे तेलमा ।
    ✍️
    हरिगाेपाल प्रधान
    बनेपा १४ साँगा बजार ।

    [४७]
    मनको इच्छा अरूको के भो मेरो त पुरा भएन,
    देख्यो कि राम्रा चिज ताक्ने बानी केही गरी गएन !
    ✍️
    पवन कुमार बुढाथेाकी
    काठमाडौं

    [४८]
    उमेरसँगै रोगले च्याप्छ के खाने के नखाने,
    साठी कट्यो देखिन्छ सबैको रहर चैँ नजाने ।
    ✍️
    चुडामणी देबकोटा
    हाल बारा सिमरा

    [४९]
    साठी कटोस् असी टेकोस् बैँस मर्दैन,
    प्रकृतिको नियम हजुर टारी टर्दैन ।
    ✍️
    ध्रुव श्रेष्ठ
    हाल काठमाडौ ।

    [५०]
    उमेरले कति मति ल्यायो,
    बुढेसकाल जवानी छायो ।
    ✍️
    नीमा छिरिङ भोटिया
    जलढका कालेबुङ

    [५१]
    बुढेसकालमा पनि साेह्र वर्षे बैँस चढेको,
    तरुनी केटीमाथि कति साह्रै हाे आँखा गढेको।
    ✍️
    सहयात्री शोभा अर्याल
    रुपन्देही , बुटवल

    [५२]
    तन बुढो भएपनि मन बुढो कहिल्यै नहुने ,
    सोह्र वर्षे तरुनी हेर्न दाजै उमेरले नछुने ।
    ✍️
    बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो )
    कनकाई ४ झापा

    [५३]
    संसारभरिकै सुन्दरी श्रीमतीलाई मान्नू,
    जाँदैन नजर तरुनीमा छोरी जस्तै ठान्नू ।
    ✍️
    सुस्मिता अधिकारी ,काठमाडौँ

    [५४]
    एउटा उखान छ ‘जति बुढो उति फुँडो’ भन्ने,
    गरौँ बाहिर बाहिर हेर्नेलाई गन्दै नगन्ने ।
    ✍️
    बिके माकजू , भक्तपुर ।

    [५५]
    नेताकोझैंँ गिद्दे रहेछ चार बीसेको नजर,
    तरुनी देख्नै नहुने लोभी कुभिण्डेको रहर।
    ✍️
    इन्दु श्रेष्ठ
    चितवन।

    [५६]
    बिर्सेपछि आमा र दिदी त्यस्तै हो मन,
    भरोसा कस्को गर्नु खतरा पो भो झन।
    ✍️
    पुष्पा राई, खाेटाङ।

    [५७]
    उमेरले डाँडा काट्याे मन सधैँ जवान,
    के गर्नु खै बुढा बाकाे विमति कि बखान ?
    ✍️
    ताराप्रसाद चापागाईँ
    धुनिबेसी

    [५८]
    उमेरले नेटो काटेपनि मन तरुनै हुने,
    असी काटेका बुढासँग बुझ्दा यस्तै बोली सुने।
    ✍️
    शंकर कार्की
    मकवानपुर।

    [५९]
    तरुनीको मामलामा उमेरले छुन्न, तन बुढो भएपनि मन बुढो हुन्न ।
    ✍️
    इमान सिंह के.सि.
    ब्यास९ धनुबेसी,कलेस्ति तनहँ, हाल नागार्जुन २,सुन्दरवस्ति काठमान्डौ

    [६०]
    मन त हो नि चञ्चले हिउँमा सुते जस्तो,
    हिउँमा सुत्दा चिसो भन्ने भन तिमी कस्तो ?
    ✍️
    धनुष न्यौपाने
    गुठीचौर गाउँपालिका ०४ बिगारे जुम्ला

    [६१]
    शरीर बुढाे भएपनि नहुँदाेरहेछ मन,
    के के साेच्छ मनले मात्र नसक्दाेरहेछ तन ।
    ✍️
    एस वि प्रगति प्यूठान (हाल:पाल्पा)

    [६२]
    तन बुढाे भएपनि मन जवान हुने,
    समय त बलवान् छ ख्याल नभए रुने ।
    ✍️
    जी.वि.चिन्तन घाेराही-१४ दाङ

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on साप्ताहिक ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखन शृङ्खला- ११४

    उपकार सेवा नेपालद्वारा एचआईभी प्रभावित बिद्यार्थीलाई सहयोग

  • १ पुष २०८०, आईतवार ०९:०८ मा प्रकाशित
  • उमेश कुशवाहा,बीरगंज – उपकार सेवा नेपाल द्वारा बिरगंज वार्ड न.४ बिर्ता अमर चौक स्थित नेपाल आराधना समाज करुणा भवनमा रहेका १८ जना एचआईभी प्रभावित स्कुल जाने बाबु नानी हरुलाई सहयोग गरिएको छ।

    स्टेशनरी कपि ,पेन्सिल,कटर, ईरेजर फलफूल ,मखाना हर्लिक्स, बिस्कुट तथा पौकेट खर्च सवरुप केहि नगद रकम समेत एक कार्यक्रम बीच सहयोग प्रदान गरिएको छ ।

    उपकार सेवा नेपाल संस्थाको अध्यक्ष बिद्या कुमारी सरावगी सदस्यहरु सुमन बगेडिया र अङ्गकुर शर्मा तथा समाजसेवी अनिशकन्त कुशवाहा लगायतको टोलि आराधना समाजको प्रङ्गणमा एक कार्यक्रम बीच हस्तान्तरण गरिएको थियो।


    सो कार्यक्रममा आराधना समाजका कार्यक्रम संयोजक अवधेश प्रसाद साह तथा फिल्ड औफिसर जवाहर महरा को समेत उपस्थिति रहेको समाजिक अभियन्ता प्रकाश थारूले बताउनु भयो।

    उपकार सेवा नेपाल संस्था पहिला पनि बिभिन्न ठाउँमा बालबलिक, असक्त ब्यक्तिहरुलाई सहयोग गर्दै आइरहेको छ।

    Posted in मुख्य खबर, समाजLeave a Comment on उपकार सेवा नेपालद्वारा एचआईभी प्रभावित बिद्यार्थीलाई सहयोग

    गीत तथा गजल सङ्ग्रह ‘माया’को लोकार्पण

  • ३० मंसिर २०८०, शनिबार २२:५२ मा प्रकाशित
  • वरिष्ठ साहित्यकार नारायण नेपालको गीत तथा गजल सङ्ग्रह ‘माया’को आज एक कार्यक्रमको आयोजना गरी लोकार्पण गरिएको छ । राप्ती साहित्य परिषद, दाङजिल्ला शाखाको आयोजनामा घोराहीस्थित होटेल माला इनको सभाकक्षमा भएको कार्यक्रममा प्रथम नारी महाकवयित्री बुनू लामिछानेले उक्त सङ्ग्रहको लोकार्पण गर्नुभएको थियोे ।

    लोकप्रिय दङ्गाली सङ्गीतकार सन्तोष श्रेष्ठद्वारा सङ्गीतबद्ध सङ्ग्रहमा चारवटा गीत/गजलहरू रहेका छन् । जसमा रामकृष्ण ढकाल, सत्यराज आचार्य, स्वरुपराज आचार्य र राज सिग्देलको सुमधुर आवाज रहेको छ । उक्त गीतहरूका म्युजिक भिडियो/लिरिकल भिडियो कार्यक्रममा बजाएर सुनाउँदा उपस्थित दर्शक/श्रोता मन्त्रमुग्ध हुन पुगेका थिए ।

    कार्यक्रममा विमोचित कृतिको समीक्षा राप्ती साहित्य परिषदका केन्द्रिय अध्यक्ष डा. टिकाराम उदासी र सुबोध रेग्मीले गर्नुभएको थियोे । उक्त अवसरमा बोल्दै गीतकार नारायण नेपालले अब उक्त गीतहरू सार्वजनिक सम्पत्ति भएको र त्यसलाई चर्चित बनाउने, भाइरल बनाउने जिम्मा दर्शक/श्रोताको रहेकोे बताउनुभयो । कार्यक्रममा नारायण नेपाल लगायत बुनू लामिछाने, सन्तोष श्रेष्ठले बोल्नुभएको थियोे ।

    परिषदका दाङ जिल्ला अध्यक्ष दीपक शर्मा “समीर”को अध्यक्षतामा भएको कार्यक्रममा परिषदका सदस्य हरिप्रसाद पौडेल “स्वर्णशिखा”ले सम्पूर्ण अतिथिहरूलाई शब्दगुच्छाले स्वागत गर्नुभएको थियोे । कार्यक्रमको सहजीकरण परिषदका सचिव प्रकाश के सीले गर्नुभएको थियोे ।

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्य1 Comment on गीत तथा गजल सङ्ग्रह ‘माया’को लोकार्पण

    साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खला- १३४

  • ३० मंसिर २०८०, शनिबार २१:५५ मा प्रकाशित
  • साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खलाको १३४ औँ भाग शनिबार सम्पन्न भएको छ । उदक साहित्य समाज, नेपालले उक्त कार्यक्रमको आयोजना गरेको थियो। उक्त शृङ्खलामा नेपाल लगायत विश्वका ६६ जना उदक स्रष्टाहरूको सहभागिता रहेको उदक लेखन शृङ्खलाका संयोजक, प्रशिक्षक एवं उदक साहित्य समाजका केन्द्रिय उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो ।
    काव्य विधा अन्तर्गतको नयाँ उदियमान प्रविधा उदक कविताको उन्नयन र विकासका लागि साप्ताहिक रूपमा उदक लेखन शृङ्खला सञ्चालन गर्दै आएको उदकका प्रवर्तक एवं उदक साहित्य समाजका अध्यक्ष आर्त अकुलीनले बताउनुभयो ।
    संयोजक एवम् प्रशिक्षक अनुभवका अनुसार शनिबारको शृङ्खलाका लागि विहान एउटा तस्बिर दिएर उक्त तस्बिर अनुसारको गहन भाव खुल्ने गरी मात्र एउटा उदक साझ ५ बजेसम्म लेख्न सहभागी उदक यात्रीहरूलाई भनिएको थियोे ।

    अभ्यासका लागि राखिएको प्रतिनिधि तस्बिर :

    उदक अभ्यास शृङ्खला– १३४ मा सहभागी उदक यात्रीका सुन्दर उदकहरू

    [१]
    बाध्यता
    तुइनको भर
    जिन्दगी साह्रै कष्टकर !
    • वसन्त अनुभव
      [२]
      अप्ठ्यारो
      बाटो ओहो
      गर आफैँ जोहो !
    • शोभा आचार्य गौतम, काठमाडौँ
      [३]
      जीवन
      तुइनकाे जाेखिम
      दुर्गममा पुलकाे अभाव !
    • नारायणप्रसाद उपाध्याय , कैलाली ।
      [४]
      बाध्यता
      कठिन सत्यता
      विकासमा पलायो दुःसाध्यता !
    • अच्युत घिमिरे, सर्पाङ, भुटान
      [५]
      जीवन
      सङ्घर्षको बाटो
      सिक्काको दुई पाटो !
    • आर्त अकुलीन
      [६]
      मानिस
      तुइनको जीवन
      हरेक यात्रामा दोमन !
    • कविता आचार्य, कैलाली
      [७]
      दुर्गम
      मेराे घर
      वारिपारि गर्न डर !
    • प्रद्युम्न चालिसे
      भक्तपुर, कटुञ्जे
      [८]
      तलास
      सरकार विलास
      जनता भयौँ हतास !
    • भगवती दवाडी
      [९]
      सरकार
      निस्फिक्री भत्ता
      जनता दुर्गममा झुण्डेर !
    • जमुना कायस्थ, पोखरा
      [१०]
      सुदूर
      जोडिएन देश
      अभावमै फुल्यो केश !
    • पशपती राई, खोटाङ
      [११]
      तुइन
      जोखिमपूर्ण जीवन
      गन्तव्यको अनिश्चित यात्रा !
    • गोपाल प्रसाद पौड्याल
      [१२]
      चुनौती
      बाध्यताको स्थिति
      नालायकी सरकार पनौती !
    • विवश पारदर्शी, झापा
      [१३]
      बाध्यता
      तुइनकाे यात्रा
      मानव चाेला जाेखिम !
    • राजकुमार राजभण्डारी ‘खाेटाङ्गे’
      मध्यपुर ठिमी-५,संगम काेलाेनी, भक्तपुर
      [१४]
      जिन्दगी
      तुइनको भर
      नहुने कालको डर !
    • सुरेशकुमार पाण्डे
      दाङ, घोराही-१८
      [१५]
      गफ
      दिए शासकले
      व्यथा उस्तै अचाक्ली !
    • अमृत सुवेदी, रुपा सात, कास्की
      [१६]
      तुइन
      नपर्नु भर
      बोकेर मनमा डर !
    • अनुग्रह राना मगर ‘पुष्प’
      पाँचखपन नपा-६, संखुवासभा
      [१७]
      सहयोग
      एक भोट
      पाएको वास्तविक चोट !
    • सविता के.सी.
      [१९]
      जिन्दगी
      जिउनलाई कहिले
      नपरोस् पापको कमाई !
    • मङ्गला उपाध्याय, बारा
      [२०]
      यात्रा
      जीवन मरण
      राखेर हिँडेकी पात्र !
    • सरिता सेढाइ, धादिङ
      [२१]
      सृष्टि
      सबैको एउटै
      लगाऊ सरकार दृष्टि !
    • डम्बर थामी ‘अनुपम’
      कालिन्चोक गापा-६, दोलखा
      [२२]
      जीवन
      तुइनको सहारा
      पीडामा देशका सर्वहारा !
    • राजाराम रत्गैंया, अमौरा, कैलाली
      [२३]
      तुइन
      डोरीको भर
      चुँडी जिन्दगी मर !
    • धनमाया चौधरी, कैलाली
      [२४]
      कष्टकर
      जीवनको बाटो
      मागेर खाने भाडो !
    • भुपेन्द्र राना मगर, धादिङ
      [२५]
      जोखिम
      ज्यानको बाजी
      यात्राको लागि राजी !
    • पृथक प्रकृति, झापा
      [२६]
      सङ्घर्ष
      जीवनकाे रित
      सदैव हुँदैन जित !
    • केशवप्रसाद ढकाल ‘प्रीतबीज’
      सिरान्चाेक-७, उपल्लो गाेहाेरे, गाेरखा
      [२७]
      यात्रा
      कष्टकर यात्री
      एउटै डोरीको भर !
    • चक्र शाही, लम्की, कैलाली
      [२८]
      तुइन
      पुलको विकल्प
      पार गर्दा नचुँडिउन् !
    • घनश्याम पौडेल, पोखरा
      [२९]
      किन
      झुन्ड्या बाबु ?
      देशै झुन्ड्या क्यार्ने !
    • युगल त्रिन
      [३०]
      तुइन
      जोखिम यात्रा
      अनिश्चित गन्तव्य मेरो !
    • इन्दिरा देवकोटा
      [३१]
      बाध्यता
      जीवन धान्न
      खुकुरीको पीरमा अचानो !
    • नन्दलाल आचार्य
      सिद्धार्थ टोल, उदयपुर
      [३२]
      मनोविज्ञान
      तुइनको जीवन
      भक्कानिएको छ मन !
    • प्रेम थापा “मन”, बागलुङ
      [३३]
      बाध्यता
      कष्टकर यात्रा
      गरिबलाई लासाको सुन !
    • बुद्धिप्रसाद लामिछाने, कैलाली
      [३४]
      जिन्दगी
      तुइनको भर
      नेताको चुनावी गफ !
    • बुद्धिप्रसाद लामिछाने, कैलाली
      [३५]
      सङ्घर्ष
      योजना हजार
      तुइनको सेतु पानामा !
    • कमला देवकोटा , पाल्पा
      [३६]
      बाध्यता
      अन्धो सरकार
      जनतालाई भयो कष्टकर !
    • बृन्दा बगाले
      काठमाडौ, सामाखुसी
      [३७]
      जनता
      सङ्घर्ष जीवन
      नेताजी कुर्सी तानातान !
    • शारदा गौतम आचार्य
      लालितपुर
      [३८]
      बाध्यता
      विकल्प खोजौँ
      निकास सुरक्षित रोजौँ !
    • कार्की डिबी माकुम
      सुनवल, नवलपरासी
      [३९]
      तुइन
      हेर्दै डरलाग्दो
      जोखिम पूर्ण जिन्दगी !
    • सरस्वती श्रेष्ठ, इटहरी
      [४०]
      जीवन
      आज हाँसेर
      कठिन यात्रामा बाँचेर !
    • अम्बिका अधिकारी
      झापा, बिर्तामोड
      [४१]
      जीवन
      सङ्घर्षकाे काम
      रमेर पाइन्छ माम !
    • ढकाल कवि दत्त
      [४२]
      तुइन
      जोखिम यात्रा
      सधैँ हत्केलामा जीवन !
    • समुन्द्रा शर्मा, सुनसरी
      [४३]
      पारी
      जानुछ मैले
      जीवन बन्धकी राखी !
    • ध्रुव श्रेष्ठ
      [४४]
      विवशता
      मान्छे हुनुको
      तुइनको बाटो खनेको !
    • भगवती दवाडी
      [४५]
      आलटाल
      जनताका लागि
      धनराशी नातिनीको भोज !
    • हरिप्रसाद गौतम
      [४६]
      गन्तव्य
      तुइनको भर
      जीवन मृत्युको डर !
    • बुद्धिमान दनुवार ‘सुरुङ्गेली कान्छो’
      कनकाई-४, झापा
      [४७]
      सरकार
      कान खाेल
      आँखा खाेलेर हेर !
    • चन्द्रावती अधिकारी, कोहलपुर
      [४८]
      धराप
      पुलपुलेसा नबनाउनेलाई
      आखिरीमा जनताको सराप ।
    • बिके माकजू, भक्तपुर
      [४९]
      जीवन
      साहसको बाटो
      जात्रा आफ्नै माटो !
    • एवाइ प्रभात, धनकुटा
      [५०]
      तुइन
      सर्वसाधारण छात्रछात्रा
      बाध्यतामा जीवनको यात्रा !
      ‘जिज्ञासु’ पन्त, मोरङ
      [५१]
      जिन्दगी
      तुइनमा तर्नु
      जिउदै हाे मर्नु !
    • कृष्ण रेग्मी, पाल्पाली
      [५२]
      जिन्दगी
      कोहीको पजेरो
      कसैको कष्टकर तुइन !
    • शारदा दाहाल भण्डारी
      [५३]
      दैनिकी
      तुइन साथी
      वारपार गर्ने परिस्थिति !
    • म्यामराज राई, भोजपुर
      [५४]
      बाँच्ने
      जिउने घर
      नदीमा तुइनकाे डर !
    • कृष्ण धामी, बझाङ
      [५५]
      जीवन
      हत्केलामा राखी
      बाँचिरहेका ईश्वर भाकी !
    • रामप्रसाद पुरी, बादेल, खाेटाङ
      [५६]
      समय
      जीवन गाथा
      यात्रा तुइनकै नाता !
    • Yal bee square, Pyuthan
      [५७]
      तुइन
      विवश जनता
      छैन दु:ख कम !
    • नागेन्द्रप्रसाद यादव, दाङ
      [५८]
      जीवन
      सङ्घर्षै सङ्घर्ष ,
      तुइनको भर नहुने !
    • त्रिलोक रामदाम, रुपन्देही, भैरहवा
      [५९]
      समृद्धि
      तुइनको यात्रा
      फोस्रो आश्वसानको जात्रा !
    • ऋजु दिल्पाली
      ईटहरी-१, सुनसरी
      [६०]
      निर्भय
      बाध्यताले निर्भयता
      निर्भयता मनबाट निकाल्नुपर्ने !
    • दीपा गुरुङ्ग
      बुनपा, कपन, काठमाडौ
      [६१]
      जीवन
      तुइन तार
      कल्पना केबुल कार !
    • टीकाराम जाेशी, इमाडाेल
      [६२]
      अवसर
      नेपाली बाँच्ने
      देखिन्छ औकात हरपल !
    • दाहाल कल्पना
      रातोपुल, काठमाडौँ
      [६३]
      तुइन
      गाह्रो जिन्दगी
      बनाएको बाध्यताको साह्रो !
    • बेदु न्यौपाने, काठमाडौँ
      [६४]
      जोखिम
      ज्यानकाे खतरा
      जीवन चलाउने बाटाे !
    • सहयात्री शोभा अर्याल
      रुपन्देही, बुटवल
      [६५]
      नाबालक
      खोटो नियति
      कसैले मेटेनन् दुर्गति !
    • लक्ष्मी स्मृति
      [६६]
      जीवन
      कठिन यात्रा
      तुइनको भर बाध्यता !
    • दुर्गा भट्टराई, मोरङ
    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खला- १३४

    पञ्चाङ्ग लेखन अभ्यास शृङ्खला- ७३

  • ३० मंसिर २०८०, शनिबार ०७:५१ मा प्रकाशित
  • “पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग भाग: त्रिहतरौऔंमा हामी पुगेका छौ। सम्पूर्ण पञ्चाङ्ग स्रष्टाहरुमा पञ्चाङ्ग लेख्नु हुन् हार्दिक अनुरोध छ:
    अभ्यास पाठशालाको अभ्यास शृङ्खला दर्ता पछिको भाग :-७३ ——————————-

    विधा :- पञ्चाङ्ग
    अभ्यास गर्ने स्थान :- पञ्चाङ्ग अभ्यास पाठशाला
    मिति:- २०८०/०८/२५ गते
    बुधबार बेलुका ०९ बजेसम्म पञ्चाङ्ग वा समपञ्चाङ्ग पठाउनु हुन् अनुरोध छ।
    ……………………………………….

    प्रशिक्षक:-
    ……………
    गुणनिधि घिमिरे
    घनश्याम पौडेल
    तोयानाथ सुवेदी
    ………………………
    भाषा शुद्धीकरण:-
    ———–
    जमुना आचार्य
    भवानी घिमिरे
    पुष्पा नेपाल सुवेदी

    सङ्कलक :-
    ———-
    दुर्गा रिजाल आचार्य

    संयोजक:-

    सोमनाथ लुइटेल “रवि पाल्पाली” ======================

    अक्षर सङ्ख्या:- [बराबरी]
    अनुप्रास :- आफुखुसी
    स्थायी :- अनिवार्य

    पञ्चाङ्ग:०१
    जिउँदा मान्छेलाई ढलाउने धेरै छन्।
    मारे पछि बिचार गलाउने धेरै छन्।
    सक्छौ जिउँदै हुँदा राम्रो गरि देखाऊ,
    मरे पछि आगोले जलाउने धेरैं छन्।
    फालिने ऐंँजेरु झैंँ पलाउने धेरै छन्।
    सुशीला पौडेल

    पञ्चाङ्ग:०२

    आउने जाने क्रम चलि रहन्छ यहाँ।
    हृदय भित्र आगो बलि रहन्छ यहाँ।
    मानिसको व्यवहार हुन्छ अजीबको,
    जिउँदोमा आगोले जली रहन्छ यहाँ।
    समयले किन हाे छलि रहन्छ यहाँ।
    ह्यारिस

    पञ्चाङ्ग:०३

    उज्यालाे चटक्क त्यागेर अँध्याराे रातमा रमाउनेकाे जमात हुँदा ।
    सम्पूर्ण काम छाेडेर बकम्फुसे बातमा रमाउनेकाे जमात हुँदा ।
    कसरी सिँगार्न सकिन्छ मेराे मुलुकलाई आजै भनिदेऊ भगवान् ,
    आफ्नाे याे उन्नतिमा भन्दा अर्काेकाे घातमा रमाउनेकाे जमात हुँदा ।
    आफू कौडीमा बेचिँदै पराइकाे हातमा रमाउनेकाे जमात हुँदा ।

    भवानी घिमिरे
    सर्लाही

    पञ्चाङ्ग:०४

    बारी जोत खन कुला काम लाग्न सक्छ ।
    आफैँ बाल्न सिक चुला काम लाग्न सक्छ ।
    बन्नुभन्दा एकलकाँटे र अन्तर्मुखी,
    राख्ने गर दिल खुला काम लाग्न सक्छ ।
    भोलि म हुँला नहुँला काम लाग्न सक्छ ।
    ✍️
    वसन्त अनुभव
    घोराही, दाङ

    पञ्चाङ्ग:०५

    रुँदै काटेका रातको भाउ छैन यहाँ।
    गन्तव्य भेट्नेको हेर्दा पाउ छैन यहाँ।
    शकुनीले जाल थाप्यो जुवाको खालमा,
    पाण्डव पासाको कुनै दाउ छैन यहाँ।
    भित्र चोट छ बाहिर घाउ छैन यहाँ ।

    ✍श्रीकृष्ण शर्मा पोखरा

    पञ्चाङ्ग:०६
    अक्षर-१६

    भोकले सधैँ सधैँको नारा लाएर के गर्नु ?
    पछिल्तिर पिठिउमा आरा लाएर के गर्नु ?
    कति हेरि रहनु समयलाई एक नास,
    नबोल्नेको छेउमा त्यो बारा लाएर के गर्नु?
    थोत्रो समझदारीको पारा लाएर के गर्नु?

    दुर्गा आचार्य
    मोरङ

    पञ्चाङ्ग:०७
    हिलो छ्यापी छ्यापी साउन पन्ध्र त उत्सव पो मनाएका थिए।
    नेतालाई बाउसे नर्तकीलाई रोपाहार बनाएका थिए।
    न पानी हाल्न आए कोही,न त झार गोड्न नै पो सघाए खोइ,
    व्यर्थमा कर्मलाई अपमान गरी किसान भनाएका थिए।
    किसानको त चुहिन्थ्यो पसिना उ त सुन पो गनाएका थिए।
    -पशपती राई खोटाङ ।

    पञ्चाङ्ग:०८
    चोरलाई खोर अनि साधुलाई सुली सुनेका होलान् ।
    भावी पीडित आउनेले यिनै कुरा त गुनेका होलान् ।
    हाम्रो समाज रङ्गमञ्च प्रपञ्चले भरिएको मात्र ,
    छल कपट गर्दै सत्तामा बस्दै जाल बुनेका होलान्।
    कसैले कसैको न्याय बोल्यो भन्दै मुख थुनेका होलान् ।
    बेदु न्यौपाने, काठमाडौँ ✍️🇳🇵


    पञ्चाङ्ग:०९
    हरे कृष्ण हरे राम भन्दै ।
    आनन्दले जाऊँ धाम भन्दै ।
    जिन्दगी यो बित्न लाग्यो अहो,
    हतारमा सधैँ काम भन्दै ।
    गोजी नै रित्तो छैन् दाम भन्दै ।
    भगवती दवाडी ,झापा

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on पञ्चाङ्ग लेखन अभ्यास शृङ्खला- ७३

    साताका तीन लघुकथा- ४६

  • २९ मंसिर २०८०, शुक्रबार १९:४५ मा प्रकाशित
  • साताका तीन लघुकथा हिमालयन दृष्टि र नमस्ते आधुनिक लघुकथा मञ्च बिचको सहकार्यमा सञ्चालित साप्ताहिक स्तम्भ हो । यस स्तम्भमा नमस्ते आधुनिक लघुकथा मञ्चको भित्तोमा साताभर प्रेषित लघुकथाहरू मध्ये मञ्चले छानेर पठाएका उत्कृष्ट तीन लघुकथाहरू प्रकाशन हुने गर्दछन् ।

    यस साताको (४६औँ) शृङ्खलाका लागि लघुकथाकार एलपी पराजुलीको लघुकथा ‘अनुसरण’, लघुकथाकार यमुना प्रधानाङ्ग ‘मुना’को लघुकथा ‘बाध्यता’ र लघुकथाकार एकल यात्रीको लघुकथा ‘दोष’ उत्कृष्ट तीनभित्र परेका छन् ।

    १)
    लघुकथा: अनुसरण

    ✍️ एलपी पराजुली
    “छोराको कल आउँदा कि त बाथरूम छिर्नु हुन्छ कि त बाहिर निस्कनु हुन्छ । आजकल के भएको छ, तपाईंलाई ? राम्रोसँग बोल्नु नै हुन्न । छोराको कल आएको छ, म धमाधममा छु । एकछिन नातिसँग कुरा गराउँनू न, आफू पनि बोल्नू ।”

    बुढीको हातबाट मोबाइल समाएर उसले चुपचाप पल्लो कोठामा खेल्दै गरेको नातिको अगाडि राखिदियो । चारवर्षे नाति अष्ट्रेलिया बस्ने आफ्ना बाबाआमालाई देखेर भिडियो कलमा रमाउन थाल्यो । ऊ भने भित्तो हेरेर टोलाउन थाल्यो ।

    “हजुरबुवा, मेरो बाबासँग बोल्नु न एकछिन !” नातिले मोबाइल तेर्स्याएपछि उसले झसङ्ग हुँदै मोबाइल समात्यो र हत्तपत्त क्यामेरा बन्द गरेर “हेलो” भन्यो । उसले भिडियोमा छोरालाई देख्यो तर छोराले उसलाई देखेन ।
    “बाबु कता गयो ? लड्ला है बाबा ! राम्ररी हेर्नू .. ।”

    मुखमा आएको अमिलो पानी घुटुक्क निल्दै उसले “हस्” भनेर फोन काट्यो । कानमा गुन्जिरहेको थियो एक महिना अघिको छोरासँगको अन्तिम वार्तालाप ।
    “घरबाट गएदेखि हाम्रो सन्चो बिसन्चो, गाह्रो अप्ठेरो केही सोध्दैनस् । केवल आफ्नो छोराको मात्र चिन्ता गर्छस् । तेरो लालनपालनका निम्ति मैले मेरा बाबुआमा त्यागेँ, परिवार त्यागेँ, सकिनसकी पढाएँ, लेखाएँ, दु:ख गरेर विदेश पठाएँ तर आज मेरो कुनै सम्झना छैन । के यही हो त छोराको कर्तव्य ?”

    छोराले जवाफ फर्काउँदा ऊ भित्तामा टाँगिएको आफ्नै बाबुको तस्बिर हेरेको हेर्‍यै भयो । उसको विगत चलचित्रझैँ आँखा अगाडि घुम्यो । छोराको व्यङ्ग्यात्मक वचन कानमा गुञ्जियो ।

    “बाबा ! पारिवारिक सम्बन्ध र कर्तव्यको पाठ, मैले तपाईँकै व्यवहारबाट सिकेको हुँ । तपाईँले जे जे गर्नु भयो; मैले पनि त्यहीँमात्र गरिरहेको छु । पुत्रले पिताको अनुसरण गर्नु गलत हो र ? “
    कपन, काठमाडौं
    २२ मंसिर २०८०

    २)
    लघुकथा: बाध्यता

    ✍️ यमुना प्रधानाङ्ग ‘मुना’
    बिहानी प्रहर । घामको लाली आँगनभरि छरिएको थियो । घरआँगन सफा गर्दै गरेकी रश्मीको मन भने खल्लो थियो ।
    चोटाबाट दौडिँदै आएर अङ्गालो हाल्दै छोरीले भनिन्- “आमा ! आज तपाईँ र बाबाको विवाह भएको दिन । happy wedding anniversary !”

    आमाले भनिन्- “छोरी ! तिमी त सानै छ्यौ, कसरी थाहा पायौ ?”
    “बुबाले फोन गरेर भन्नुभएको । उहाँले यो पनि भन्नुभयो कि आमालाई मनपर्ने मिठाई किनेर खुवाऊ । आमालाई माया गर ।”

    छोरीको कुराले रश्मीको आँखाबाट बलिन्द्र आँसुका धारा छुटे । नछुटोस् पनि कसरी ! श्रीमान्, विवाह भएको छ महिनामा विदेश उडेको, आज १३ वर्ष भइसक्यो । परदेशबाट दुईवर्षपछि घर आउँदा, गर्भ रहेर जन्मेकी छोरी नै आज ११ वर्षकी भइसकेकी थिई । बिचमा जम्मा दुईपल्ट त घर आए ।

    एकक्षणपछि साउने झरीझैँ आँखाबाट झरेका भेललाई दुई हातले सपक्क पुछी र मन दह्रो बनाएर आफैँले आफैँलाई भनी, रश्मीले- ” आ..! लिन्नँ पीर ! आफ्नै देशमा केही गर्छु भनेर काम थालेकै हो । घाटैघाटा लाग्यो, उल्टै ऋण खेप्नु पर्यो । देश धनी भएको भए, देशमै रोजगार भएको भए, आज कोही पनि विदेशिनु पर्थेन नि !”
    वीरगञ्ज, पर्सा
    रचना: २०८०/०८/२६

    ३)
    लघुकथा: दाेष

    ✍️ एकल यात्री
    “लाैन नि ! आज एकाबिहानै अलच्छिन लगायाे । सुकेकाे ठुटाेमा बसेर पाे कराउन मरेछ ।” सरिताले भनिन् ।

    मीठू हस्याङ्ग फस्याङ्ग गर्दै भित्रबाट बाहिर निस्की । यताउति हेरी सरितामात्र देखी ।
    उसले प्रश्न गरी- “हैन ! किन चिच्याएकाे सरिता ? के भयाे तिमीलाई ?”
    “हेर न मीठू ! ऊ त्याे काग सुकेकाे काठकाे ठुटाेमा बसेर करायाे । राति सपना पनि नराम्रो देखेकी थिएँ । आज के अनिष्ट हुने हाे, कुन्नि ?” सरिताले भनी ।

    “हैन, तिमी पनि अन्धविश्वासलाई प्रश्रय दिइरहन्छौ । विश्वका मानिस कहाँ पुगिसके, हामी भने अझै सत्रौँ शताब्दीतिर छौँ । अब यसरी हुन्न । हामी परिवर्तन हुनुपर्छ ।” मीठूले सम्झाउँदै थिई ।

    सरिताले मीठूकाे कुरा नसुनेझैँ गर्दै भनी- “ए छाेरी ! एक अम्खोरा पानी ले ले; सुनपानी छर्केर दाेष कटाऊँ ।”

    २०८०/०८/२२ गते ।
    मन्थली १३ रामेछाप ।

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on साताका तीन लघुकथा- ४६

    टुक्काकार म्यामराज राईको ‘महक’ भित्र रमाउँदा

  • २८ मंसिर २०८०, बिहीबार १४:४० मा प्रकाशित
  • पुस्तक समीक्षा 

    -वसन्त अनुभव

    समीक्षक

    टुक्का कविता एक नविनतम प्रयोगवादी काव्य उपविधा हो । विम्ब, प्रतीक, अलङ्कारको प्रयोग गर्दै तुक अर्थात् अनुप्रास मिलाएर दुई हरफमा लेख्ने गरिन्छ । जसका दुई हरफमा अक्षर सङ्ख्या बराबर हुनुपर्ने विधान छ । टुक्काको पहिलो हरफले विषयवस्तुको उठान र विस्तार गर्दछ भने दोस्रो हरफले त्यसलाई समर्थन गर्दै भावलाई उत्कर्षमा पुर्‍याएर समापन गर्दछ । यो ५ देखि २७ अक्षर सम्ममा लेख्न सकिन्छ । टुक्का कविता छ्न्द र स्वछन्द दुवै शैली र साहित्यका सबै रसमा लेख्न सकिन्छ ।
    पछिल्लो समय पाठकहरूको रुचि लामा लामा सृजनामा भन्दा छोटा छोटा सृजनामा रमाउने गरेकाले पनि साहित्यमा छोटा र छरिता विधा उम्रिएका र हलक्क बढेर आएका छन् । जस्तो उपन्यास, कथाको साटो लघुकथा, महाकाव्य, काव्य, लघुकाव्यको साटो लघुत्तम काव्य- टुक्का, उदक, बाछिटा आदि मौलाइरहेका छन् ।
     टुक्का कविताको विजारोपण धादिङ धुनिवेँशीका वरिष्ठ टुक्काकार एवम् साहित्यकार ताराप्रसाद चापागाईँले वि.स.२०७७ साउन २५ मा गर्नुभएको थियोे । विजारोपण सँगै विभिन्न साहित्यकार, साहित्यप्रेमीहरूको साथ र हात पाएर टुक्का छोटो समयमै हर्लक्क मौलाएर आएको छ ।  पछिल्लो समय टुक्का कविता लेख्ने सर्जक र पढ्ने पाठकको सङ्ख्या तीब्र गतिमा बढ्दै गएको पाइन्छ ।
    'महक' कृतिका कृतिकार म्यामराज राईको जन्म पिता जोगबहादुर राई र माता आश बुङ राईको चौथो सन्तानको रूपमा वि.स. २०४४ साल असार १२ गते हतुवागढी- ६, होम्ताङ, भोजपुरमा भएको हो । उहाँले धनकुटा बहुमुखी क्याम्पसबाट अङ्ग्रेजी विषयमा स्नातकसम्मको शिक्षा हासिल गर्नुभएको छ । ६० दशक देखि नै साहित्य लेखनमा लाग्नुभएका राई नमस्ते आधुनिक लघुकथा मञ्च र किराँत राई वान्तवा खिमको आजीवन सदस्य हुनुहुन्छ । अत्यन्त भद्र, शालीन, मिलनसार व्यक्तित्व राई अहिले वैदेशिक रोजगारको सिलसिलामा जापानमा हुनुहुन्छ । 
    प्रकाशनको हिसाबले प्रस्तुत 'महक' टुक्का कवितासङ्ग्रह उहाँकोको दोस्रो कृति हो । यसभन्दा पहिले उहाँले 'हाम्रो बाटो' नामक लघुकथासङ्ग्रह, २०७९ प्रकाशित गरिसक्नुभएको छ । कथा, कविता, लघुकथा, मुक्तक, गजल लगायत साहित्यका विविध विधामा कलम चलाउनु हुने साहित्यकार/टुक्काकार राईका सृजना अत्यन्त सशक्त र चोटिला हुने गर्दछ्न् । 
    महक टुक्का कविता सङ्ग्रहको संरचनात्मक कुरा गर्नुपर्दा यसमा कुल १ सय ३० पृष्ठहरू (कभर पेज सहित) रहेका छन् । जसमध्ये १ सय १५ पेजमा टुक्का कविताहरू रहेका छन् भने बाँकी पेजमा विभिन्न व्यक्तित्वहरूको शुभकामना, कृतिकारको भनाइ, विषयसूची लगायतका कुराहरू रहेका छन् । 
    अञ्जना छिलिङ राई प्रकाशक र टुक्का साहित्य समाज नेपाल वितरक रहेको महकको आवरण दिलिप राईले, कम्प्युटर सुवास मगरले र ग्लोबल प्रिन्ट कनेक्सन, काठमाडौँले मुद्रण गरेको थियोे । पहिलो संस्करणमा ५ सय प्रति प्रकाशन गरिएको थियोे भने पुस्तकको मूल्य तीन सय राखिएको छ ।

    आवरण पृष्ठ निकै आकर्षक, रोचक र सार्थक रहेको छ । फक्रिएको फूलबाट निस्किएको महक (बासना) टाढा टाढा फैलिएको दर्शाइएको छ । 

    महक कविता सङ्ग्रहको मुख्य भाग (१ सय १५ पृष्ठ) लाई ३ भागमा बिभक्त गरिएको छ । जसको पहिलो भाग 'क' (९७ पृष्ठ) मा क्रमशः ५ देखि २७ अक्षर सङ्ख्या भएका ९ सय ६८ वटा स्वछन्द टुक्काहरू रहेका छन् ।  
    त्यस्तै दोस्रो भाग 'ख' को १६ पृष्ठमा वसन्ततिलका, भुजङ्गप्रयात, शालिनी, रूपामाली, महालक्ष्मी, तोटक लगायत १४ वटा छन्दका १ सय ३९ टुक्काहरू रहेका छन् ।
    त्यस्तै अन्तिम एवम् तेस्रो भाग 'ग'को २ पृष्ठ मध्ये पहिलो पृष्ठमा नेपाली अनुवाद सहित वान्तवा राई भाषाका ३ वटा टुक्का र दोस्रो पृष्ठमा जापानी भाषाको १ वटा टुक्का नेपाली अनुवाद सहित रहेका छन् । 
    प्रस्तुत पुस्तक 'महक'मा टुक्काकारले टुक्का कविताको नियमलाई अक्षरश: पालना गर्नुभएको देखिन्छ । उहाँले राष्ट्रिय, अन्तर्राष्ट्रिय ऎतिहासिक, समसामयिक विषयवस्तुमा रहेर आफ्ना भावनाहरूलाई अत्यन्त रोचक, घोचक र सुन्दर ढङ्गले प्रस्तुत गर्नुभएको छ । 
    टुक्काकार राईका सृजनाहरू अत्यन्त सशक्त, चोटिला मर्मस्पर्शी हुने गर्दछ्न् । उहाँका टुक्काहरूमा मातृप्रेम, भातृप्रेम, राष्ट्रप्रेम, राष्ट्रप्रतिको चासो, चिन्ता, सचेतना आदि भेटाउन सकिन्छ ।

    – अन्धकार जति महत्त्व प्रकाशको छ, त्यत्तिकै महत्त्व फूलको महकको पनि हुन्छ भनेर बताउनु भएको छ । 

    अँध्यारोमा महत्वपूर्ण बत्तीको चहक,

    कसलाई मन पर्दैन फूलको महक ।

    – उहाँका टुक्कामा मायाप्रेम, अनुरागका कुरा भेटाउन सकिन्छ ।

    लोभलाग्दो मृगनयन,

    पाए हुन्थ्यो निजी चयन ।

    – प्रेममा फसाउने प्रयास गर्ने र सफल नभएमा झुठो मुद्दा  लगाउने, जेल पुर्‍याउने पछिल्लो समय विकसित घटना प्रवृति प्रति उहाँले चोटिलो व्यङ्ग्य दाग्नुभएको छ ।

    पिरतीको खेल,

    नाता बिग्रे जेल ।

    – पसिनाको कुनै मूल्य नभएको स्वार्थी, धोखेबाज, मौकापरस्त मान्छेहरूको मात्र प्रगति देखिने गरेकोमा उहाँको आक्रोश छ ।

    काम गर्ने भोकाए,

    मौका ढुक्ने मोटाए ।

    – विगतमा देखिएको कोरोना महामारीलाई लिएर उहाँले आफ्नो पीडा, कुण्ठा, भोगाइ, सल्लाह र सुझाव टुक्का मार्फत व्यक्त गर्नुभएको छ।

    पापी यो कोरोनाले,

    दु:ख पायो साराले ।

    – पछिल्लो समय देखापरेको राजनीतिक विसङ्गति, बेइमानी  र नेता प्रतिको वितृष्णा प्रति उहाँका टुक्काहरूले व्यङ्री गरेका छन् ।

    जन्ताले विश्वास गर्ने,

    नेताले ढुकुटी भर्ने ।


    चुनाव आयो गाउँ पस्ने,

    जितेपछि त छुरा धस्ने ।


    मलाई दल र दलदल उस्तै लाग्छ,

    नभईनहुने धेरै हुँदा चैन भाग्छ ।


    देश विकासमा लाग भनी चुन्यौँ राजनेताहरू,

    लाज लाग्छ हेर्नेलाई, कुकुरले हड्डी छोड्छ बरू ।

    – उहाँले आफ्नो टुक्काप्रति मोह यसरी प्रकट गर्नुभएको छ ।-

    आज मिठो सपना देखेँ,

    सपनामा नि टुक्का लेखेँ ।

    – उहाँका टुक्काहरूमा आमाप्रतिको स्नेह, प्रेमका भावहरू यसरी छचल्किएका छन् । 

    यति दह्रो हुन्छ आमाको काख,

    जति बलियो मान्छौ त्यो अग्राख ।


    मन मेरो आमाबा र घरले जल्छ,

    जति रफ्तारमा हुरी बतास चल्छ ।

    – देशमा विद्यमान अपराध, अराजक प्रवृति विरुद्ध आवाज उठाउँदै उहाँले हरहमेशा डटेर सामना गर्न आव्हान गर्नुभएको छ ।

    हत्या हिंसा र बलात्कार,

    विरोध गरौँ लगातार ।


    चहलपहलमा बेथिति,

    बहिष्कार गरौँ कुरीति ।


    कानुन जरुर हुनुपर्छ अनि सही कार्यान्वयन,

    स्थानीयबाट शुरु गरौँ हाम्रो नभई राम्रो चयन ।

    – जति नै शिक्षा दीक्षा लिएपनि नैतिकवान र संस्कारी बन्न नसकेको प्रति उहाँको गुनासो रहेको छ ।

    शिक्षा लिए शिक्षित भएनन्,

    दीक्षा गरे संस्कारी बनेनन् ।


    – हाम्रा मौलिक रीतिरिवाज, कला, संस्कृति, परम्पराको ह्रास हुनुमा हामी स्वयम् दोषी भएको उल्लेख गर्नुभएको छ ।

    तरुल, रोटी, मकर मेला,

    भुलेछौँ पिज्जा खाएको बेला ।

    – जति प्रविधिको सदुपयोगले हामीलाई नजिक बनाएको छ । हरेक काममा सजिलो बनाएको छ । त्यत्तिकै प्रविधिको दुरुपयोगले हाम्रो समाज, परिवार भाड्ने, घरबार तोड्ने गरेकोमा चिन्ता व्यक्त गर्नुभएको छ ।

    प्रविधिले नजिक ल्यायो यो संसार,

    गलत प्रयोग बिगार्‍यो घरबार ।

    – उहाँको टुक्कामा अन्तर्राष्ट्रिय चासो, चिन्ता पनि भेटाउन सकिन्छ। 

    जेलेन्स्कीको चाहना युद्ध विराम गर्ने,

    पुटीनको चाहना छ सबै शक्ति हर्ने ।

    – पछिल्लो समय निकै मौलाउँदै आएको अनियमितता, भ्रष्टाचार विरुद्ध उहाँको चासो, चिन्ता र आक्रोश रहेको छ ।

    कहिल्यै भरी नहुने कस्तो बोक्छ्न् गोजी ?

    सोच्दा मात्रै छक्क लाग्छ गर्छन् मनमोजी ।

    – नेपालमा प्रचलन नै बन्न पुगेको असारे विकास प्रति उहाँले चोटिलो व्यङ्ग्य गर्नुभएको छ । 

    कालोपत्रे उप्कन्छ नपुग्दै महिना दिन,

    मापदण्ड थाहा हुँदा नि बन्छन् नेत्रहीन ।


    एघार महिना सुतौँ हामी मज्जाले निद्रा पुग्ने गरी,

    विकास गर्न असार छ नि फिँजाइदिउँ आँखाभरि ।

    – भ्रष्ट, कामचोर, गद्दार नेता नचुन्न, सोचेर बुझेर मात्र आफ्नो अमूल्य मत दिन उहाँको आग्रह रहेको छ ।

    गद्दार नेता चुनिनुको हो यो प्रतिफल,

    भोट हाल्दा मतदाताले सोचौँ पलपल ।

    – सबैको आ-आफ्नै पिर, व्यथा हुन्छन् । खाली मात्रामा कम वेशी हुने उहाँको मत रहेको छ ।

    पिर व्यथा कस्को हुन्न दुनियाँमा हेर ?

    सानो ठुलो बेग्लै होला सम्झ एकफेर ।

    – देशकै खम्बा मानिने युवाशक्ति दिनानुदिन विदेश पलायन हुने गरेकोमा चिन्ता व्यक्त गर्दै स्वदेशमै कर्म गरेर नेपाल आमा सिगार्न उहाँको अनुरोध रहेको छ।

    पाखो बारी बाँझो बन्यो, युवा शक्ति खाडी,

    मिहिनेत केही छैन  चाहन्छ ऊ गाडी ।


    ल्हासा किन जानु प्रिय ? सुन फल्छ खेतभरि,

    पौरखले भाग्य बन्छ माया बढ्छ अजम्मरी ।

    टुक्काकार राईले हाम्रा मौलिक चादपर्वहरू, राष्ट्रिय विभूतिहरू लगायत विविध विषयमा सुन्दर टुक्काहरू पस्कनुभएको छ । समाजमा देखापरेका बेथिति, कुरीतिहरू उजागर गर्दै सभ्य र शालीन तरिकाले हटाउन आह्वान गरेका छ ।
    यसरी टुक्काकार म्यामराज राईको महक टुक्का कवितासङ्ग्रहमा जीवन र जगतप्रतिको चासो, चिन्ता, मातृप्रेम, राष्ट्रप्रेम, राजनीति र नेता प्रतिको वितृष्णा भेटाउन सकिन्छ । भरपुर व्यङ्ग्य भेटाउन सकिन्छ ।
    यति भनिरहँदा उहाँको यस सङ्ग्रह कुनै त्रुटि वा दोषरहित छ भन्ने चाहिँ होइन । यद्यपि पुस्तक प्रकाशन गर्दा शतप्रतिशत त्रुटि रहित बनाउनु भनेकाे गम्भीर चुनाैतिकाे विषय हाे । वर्ण विन्यास, पद सङ्गतिको दृष्टिले कतिपय स्थानमा त्रुटिहरू भेटाउन सकिन्छ । केही टुक्काहरूमा अनुप्रास दोष, अक्षर सङ्ख्या नमिलेको पनि भेट्न सकिन्छ । 
    समग्रमा प्रस्तुत 'महक' टुक्का कविता सङ्ग्रह अत्यन्त सुन्दर, उत्कृष्ट र पठनीय सङ्ग्रह बन्न पुगेको छ । यस्तो सुन्दर कृति प्रकाशन गरेर नेपाली साहित्यको उन्नयनमा ईटा थप्ने कार्य गर्नुभएकोमा कृतिकार राईलाई हार्दिक बधाई दिन चाहन्छु । साथै कृतिको भव्य सफलताको शुभकामना ! धन्यवाद !

    कृति: महक

    विधा: टुक्का कविता सङ्ग्रह

    कृतिकार: म्यामराज राई

    प्रकाशक: अञ्जना छिलिङ राई

    वितरक: टुक्का साहित्य समाज, नेपाल 

    प्रथम संस्करण: २०८० साल (२०२३)

    मूल्य: रु. ३००
    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on टुक्काकार म्यामराज राईको ‘महक’ भित्र रमाउँदा

    Posts navigation

    Older posts
    Newer posts

    Himalayan Dristi Team

    • प्रधान सम्पादक

      अनिल आचार्य

    About us

    • हाम्रोबारे

    Follow us on Facebook

    Contact Us

    Kathmandu, Nepal
    Email: himalayandristi@gmail.com
    Phone:-00977-9868990772
    Web:
    www.himalayandristi.com/
    विज्ञापनका लागि
    कृष्ण गिरि 00977-9860341922

    © Copyright 2020-2024 Himalayan Dristi. All Right Reserved. Design & Developed By K & P