• गृह पृष्ठ
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला /जीवनशैली
  • खेल
  • बिज्ञान/प्रविधि
  • राजनीति
  • विचार
  • समाज
  • साहित्य

Category: मुख्य खबर

झिल्काकार मनोहरी पौडेलका उत्कृष्ट झिल्का कविता

  • १९ पुष २०८०, बिहीबार २०:४४ मा प्रकाशित
  • झिल्का कविता
    १)
    रोएर हुन्न साथी
    छोएर शिखर आफैँ
    जीवन पुग्छ माथि ।
    २)
    गालीमा ताली दिँदै
    के जिउनू जिन्दगीमा ?
    केवल बदला लिंँदैं ।
    ३)
    रोपी काँडाका विजन
    हेमन्त शिशिर मास
    खोज्नु शरद सिजन ।
    ४)
    झोलामा नारा सारा
    स्वर्ग बनाउने बोक्दै
    निस्किए भोट देशमारा ।
    ५)
    मूर्खका देवता कस्ता
    कालोलाई सेतो भन्छन्
    तीता परिणाम यस्ता ।
    ✍️
    मनोहरी पौडेल
    गैडाकोट १
    २०८०/९/१९

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged झिल्का कविता, मनोहरी पौडेलLeave a Comment on झिल्काकार मनोहरी पौडेलका उत्कृष्ट झिल्का कविता

    पञ्चाङ्ग लेखन अभ्यास शृङ्खला- ७६

  • १९ पुष २०८०, बिहीबार १४:२८ मा प्रकाशित
  • “पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग भाग: छ्यातरौऔंमा हामी पुगेका छौ। सम्पूर्ण पञ्चाङ्ग स्रष्टाहरुमा पञ्चाङ्ग लेख्नु हुन् हार्दिक अनुरोध छ:
    अभ्यास पाठशालाको अभ्यास शृङ्खला दर्ता पछिको भाग :-७६ ——————————-

    विधा :- पञ्चाङ्ग
    अभ्यास गर्ने स्थान :- पञ्चाङ्ग अभ्यास पाठशाला
    मिति:- २०८०/०९/१६गते
    बुधबार बेलुका ०९ बजेसम्म पञ्चाङ्ग वा समपञ्चाङ्ग पठाउनु हुन् अनुरोध छ।
    ……………………………………….

    प्रशिक्षक:-
    ……………
    गुणनिधि घिमिरे
    घनश्याम पौडेल
    तोयानाथ सुवेदी
    ………………………
    भाषा शुद्धीकरण:-
    ———–
    जमुना आचार्य
    भवानी घिमिरे
    पुष्पा नेपाल सुवेदी

    सङ्कलक :-
    ———-
    दुर्गा रिजाल आचार्य

    संयोजक:-

    सोमनाथ लुइटेल “रवि पाल्पाली” ======================

    अक्षर सङ्ख्या:- [बराबरी]
    अनुप्रास :- आफुखुसी
    स्थायी :- अनिवार्य

    पञ्चाङ्ग:०१

    निकालेर नेपालीपन झल्काएर टाेपी।
    उच्च गाैरव भनि माथि हल्काएर टाेपी।
    मनाउछन् टाेपी दिवस पहिचान राख्न,
    राख्दा राख्दै ढुसी परेकाे टल्काएर टाेपी।
    एकदिन मात्र शिरमा ढल्काएर टाेपी।
    सुशीला पाैडेल

    पञ्चाङ्ग:०२

    हिमाल छेउमा सेता मोती टल्कन्छन् नेपालमा।
    सुन्दर देखे पछि पाहुना पल्कन्छन् नेपालमा।
    गरिब सम्झेर यो देशलाई किन पर्देसिने?
    ती रारा फोक्सुण्डो जस्तो स्वर्ग झल्कन्छन् नेपालमा
    सबै मिले विकासको आगो सल्कन्छन् नेपालमा।

    दुर्गा आचार्य
    मोरङ

    पञ्चाङ्ग:०३


    दुखै दु:खमा जिन्दगीलाई कटाउनु छ मैले।
    जति सक्दो अाफैले उमेर घटाउनु छ मैले।।
    पृथ्वीको भार भएर मैले कहिलसम्म बाँच्नु।
    छिटो छिटो यो घरबाटनै हटाउनु छ मैले।।
    परिवारबाट अाफु लाई छँटाउनु छ मैले।।


    मल्ल लक्ष्मी श्रेष्ट
    मेची किनार
    बिर्तामोड झापा

    पञ्चाङ्ग:०४ ( टोपी दिवस विशेष )
    दाजुभाइको शिरमा टल्कियो टोपी।
    सगरमाथा जसरी झल्कियो टोपी।
    जनवरी एक, आज टोपी दिवस,
    नेपाली गौरव राख्दै ढल्कियो टोपी।
    सुन्दर नेपालीपन छल्कियो टोपी।
    शोभा आचार्य गौतम
    काठमाडौँ

    पञ्चाङ्ग:०५
    सत्तामा पुग्न खेतबारी नै पनि खन्दो रहेछ शासक।
    म पनि किसानकै त छोरो हुँ नि भन्दो रहेछ शासक।
    अनेक प्रपञ्च गरी जसरी पनि सत्तामा पुगेपछि ,
    वरिपरि आफ्नै आसेपासे मात्रै गन्दो रहेछ शासक।
    बाँकीलाई ताकेर मार्ने शिकारी बन्दो रहेछ शासक।
    -पशपती राई खोटाङ ।

    पञ्चाङ्ग:०६

    गुन्द्रुक खाइयाे मिठाे भएन झाेल नहुँदा ।
    सिरक ओढ्याे ताताे हुदैन खाेल नहुँदा।
    शैक्षिक बेराेजगार बढिरहेछ दिनहुँ,
    प्रमाण पत्रकाे उचित यहाँ माेल नहुँदा ।
    मिच्छ सिमाना छिमेकीले तार, पाेल नहुँदा ।

    भवानी घिमिरे
    सर्लाही ।

    पञ्चाङ्ग:०७
    अशक्तलाई दिइ दान हिँड्नु छ।
    सबैलाई दिएर मान हिँड्नु छ।
    भन्नेले जे भनुन् फरक पर्दैन,
    नेपालीको गाएर गान हिँड्नु छ।
    देखाएर नेपाली शान हिँड्नु छ।
    ह्यारिस

    पञ्चाङ्ग:०८

    हिज लागेको आजको त्यो , लत उस्तै छ।
    विवादित कुरामा मेरो , मत उस्तै छ।
    क्रान्ती गर्दा शान्ती हुने किताबमा मात्रै,
    तिम्रो मेरो लागेको चोट ,खत उस्तै छ।
    पानी जस्तै बग्यो रातो रगत ,उस्तै छ ।

    सोमनाथ लुइटेल ” रवि पाल्पाली “

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on पञ्चाङ्ग लेखन अभ्यास शृङ्खला- ७६

    साप्ताहिक पञ्चाङ्ग चित्रपट भाग- ६०

  • १९ पुष २०८०, बिहीबार १४:०८ मा प्रकाशित
  • “पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग चित्रपट भाग :- उन्नसाठीऔमा हामी पुगेका छौं।
    लेख्नु पर्ने पञ्चाङ्ग सङ्ख्या :- ०१
    मिति:- २०८०/०९/ १२ गते

    आदरणीय पञ्चाङ्ग अनुरागी एवम् स्रष्टाज्युहरू हार्दिक नमस्कार ” पञ्चाङ्ग साहित्य समाज नेपाल” को आधिकारिक दर्ता पछिको:६० [साठीऔ] चित्रपटमा छौं।

         यहाँहरुलाई हार्दिक स्वागत गर्दै

    यस् शृङ्खलामा दिइएको चित्र अनुसारको विम्बात्मक तथा गहन मौलिक भाव झल्किने एक पञ्चाङ्ग शनिबार बेलुका ९:०० बजे भित्र आफ्नो नाम र ठेगाना सहित कमेन्ट बक्समा लेख्नु हुन हार्दिक अनुरोध गर्दछौं!

    प्रशिक्षक :

    गुणनिधि घिमिरे
    घनश्याम पौडेल
    तोयानाथ सुवेदी

    चित्र संकलन

    सुशीला पाैडेल

    शुद्धीकरण

    जमुना आचार्य
    भवानी घिमिरे
    पुष्पा नेपाल (सुवेदी )

    संरचना

    अनुप्रास :- आफू खुसी
    स्थायी :- आफू खुसी
    अक्षर :- बराबरी

    समायोजक

    सोमनाथ लुइटेल “रवि पाल्पाली”
    तथा

    पञ्चाङ्ग साहित्य समाज नेपाल

    चित्र अनुसार पञ्चाङ्गहरू [चित्रपट]
    ~~~~~
    चित्रमा पञ्चाङ्ग
    ~~
    पञ्चाङ्ग:०१

    झुटाे आफ्नाेपनकाे मायाले किन छर्नु अहंकार।
    अब देखावटीपनबाट टाढा सर्नु अहंकार।
    माटाेसँगै मिल्दछ पञ्चतत्वकाे शरीर सबैकाे,
    मनमा अटाइ नअटाइ किन भर्नु अहंकार।
    जाने बाटाे उही हाे घाटकाे किन गर्नु अहंकार।
    सुशीला पौडेल

    पञ्चाङ्ग:०२
    एकदिन सबैको गन्तर्ब्य बन्छ आर्यघाट।
    दिनहुँ मनुस्यको लाश है गन्छ आर्यघाट।
    जलेको देखेर पनि अमर सोच्ने मनले ,
    सम्मानका मलामी कमाउ भन्छ आर्यघाट।
    मोहबाट मुक्ति दिने बाटो खन्छ आर्यघाट।
    सुस्मिता अधिकारी ,काठमाडौँ

    पञ्चाङ्ग:०३

    जन्मेपछि हिँड्ने माटो त्यही हो।
    अन्त्यमा जाने बाटो त्यही हो।
    ढिलो या छिटो भिन्नता यत्ति,
    भोग्नु नै पर्ने पाटो त्यही हो।
    मृत्यु पछिको साटो त्यही हो।
    घनश्याम पौडेल, पोखरा

    पञ्चाङ्ग:०४
    यो नश्वर तन अन्त्यमा शेष हुने हो।
    हरि भनेकोमा अन्त्यन्तै बेस हुने हो।
    आगोले पोल्दा पनि चित्कार नहुने,
    आत्मा अन्त्य प्रभुमा नै पेश हुने हो।
    शोलामा चढाउँदा नग्न भेष हुने हो।
    कार्की डिबी माकुम
    सुनवल-४, नवलपरासी

    पञ्चाङ्ग:०५

    चल्नू पर्ने रहेछ थितिमा सबैले ।
    नियम कानून र नीतिमा सबैले ।
    कसैकाे केही लाग्दैन कालकाे अघि,
    पर्छ नै छाेडी जानु मितिमा सबैले ।
    खप्दै दैवकाे लाठाे रीतिमा सबैले ।

    भवानी घिमिरे
    सर्लाही ।

    पञ्चाङ्ग:०६
    यमराजले लेख्ने बहि हो।
    प्राणी जन्म मरण सहि हो।
    ढिलो चाडो मात्र फरक छ,
    उडि जाने मान्छेको देहि हो।
    सबैको जाने ठाउँ त्यही हो।
    सरस्वती श्रेष्ठ इटहरी

    पञ्चाङ्ग:०७

    जन्मे पछि एक दिन जाने बाटो त्यहीँ हो।
    सबैलाई अन्तिममा लाने माटो त्यहीँ हो।
    किन गर्नु अंहकार र घमण्ड हामीले ,
    बाचुन्जेल साग सिस्नु खाने आटो त्यहीँ हो।
    मरे पछि अन्तिमको पनि साटो त्यहीँ हो।

    दुर्गा आचार्य

    पञ्चाङ्ग:०८
    बाचुन्जेल राम्रो कर्म गरे मरेपछि आत्माले डढ्नु पर्दैन।
    शुक्ष्म आत्मामै ब्रह्माण्ड अटाउँछ यसले अझ बढ्नु पर्दैन।
    धेरै जान्नु पर्दैन बस् शरीर पञ्च तत्व हो यति जाने पुग्छ,
    भौतिक शरीर जलेपनि आत्माले भने चिता चढ्नु पर्दैन।
    कहिलेकाहीँ आर्यघाट जानु जीवन दर्शन पढ्नु पर्दैन ।
    -पशपती राई खोटाङ ।
    मोरङ

    पञ्चाङ्ग:०९
    मृत्यु पछि घाट सबैले जानै पर्छ ।
    कात्रो किन्न खाट सबैले जानै पर्छ ।
    के को लागि लड्नु आपसमा सबैले ,
    नर नारी आट सबैले जानै पर्छ।
    मन भित्र माट सबैले जानै पर्छ ।

    धनमाया चौधरी कैलाली

    पञ्चाङ्ग:१०
    जन्म लिए पछि मृत्यु हुने निस्चित हुन्छ थाहा छ
    अन्तिम गन्तव्य नै हाे घाट लाशले चुन्छ थाहा छ
    तथापि किन दम्भ गर्छौ तिमी याे मेराे तेराे भन्दै
    धन बैभव पनि यहाँ हाँस्दा हाँस्दै रुन्छ थाहा छ
    नाङ्गै आउनु र जानू पर्छ मनले सुन्छ थाहा छ

    कमला देवकोटा, पाल्पा

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्य1 Comment on साप्ताहिक पञ्चाङ्ग चित्रपट भाग- ६०

    झिल्काकार बाबुराम गौतमका चोटिला झिल्काहरू

  • १९ पुष २०८०, बिहीबार ००:१२ मा प्रकाशित
  • झिल्का (नौ शब्दको कविता)
    १)
    जीवमा श्रेष्ठ नर
    स्वार्थमा लिप्त हुँदा
    हरायो आपसी भर l
    २)
    वाध्यताको पर्दा भित्र
    विलीन छन् दुखिया
    ठान्छन् आँसुलाई मित्र l
    ३)
    माला अनि टिका
    भिरेर उड्छन् युवा
    बनाई मुहार फिका l
    ४)
    सङ्गत गुनाको फल
    होश नपाई चाखेमा
    खस्लान् अश्रु भल l
    ५)
    खुर्केर बेथितिका छिल्का
    स्वस्थ समाज बनाऔँ
    कोरेर अश्रान्त झिल्का l
    ✍️
    बाबुराम गौतम, गुल्मी
    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged झिल्का कविता, बाबुराम गौतमLeave a Comment on झिल्काकार बाबुराम गौतमका चोटिला झिल्काहरू

    राष्ट्रिय टोपी दिवस विशेष झिल्का लेखन शृङ्खला सम्पन्न 

  • १८ पुष २०८०, बुधबार ०८:५९ मा प्रकाशित
  • राष्ट्रिय टोपी दिवसको अवसरमा झिल्का लेखन विशेष शृङ्खला गत सोमवार  सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा आयोजित उक्त कार्यक्रममा नेपाल, भारत, भुटान लगायत विश्वभरका लगभग ५ दर्जन साहित्यप्रेमी झिल्काकारहरूको सहभागीता रहेकोे थियोे ।

    पछिल्लो समय लामा लामा विधाले भन्दा छोटा छोटा अर्थात् लघुतम विधाहरूले सर्जक एवम् पाठकहरूको ध्यान आकृष्ट गर्ने गरेको पाइन्छ । तदनुरूप थुप्रै नवीनतम विधाहरू उम्रने, बढ्ने र फस्टाउने क्रम चलिरहेको छ । तिनै नवीनतम विधाहरूमध्ये झिल्का (नौ शब्दको कविता) पनि  एक हो । 

    झिल्का नेपाली माटोमा उम्रिएको, अर्थपूर्ण संरचनायुक्त सरल, लघुतम एक मौलिक नवीनतम काव्य विधा हो। जुन तीन हरफमा लेख्ने गरिन्छ । यसका प्रत्येक हरफमा तीन तीन शब्दहरू रहेका हुन्छन् । तसर्थ यसलाई नौ शब्दको कविता पनि भन्ने गरिन्छ ।

    यसका तीन हरफहरू मध्ये पहिलो र  तेस्रो हरफहरूको अन्तमा तुक (अनुप्रास) अनिवार्य गरिएको छ । यसमा शब्दानुप्रास र एकाक्षरी तुकान्त पनि स्वीकार गर्ने गरिन्छ । तर अतुकान्त हरफहरूलाई यसको दोष मानिएको छ । यसको पहिलो हरफले विषयवस्तुको उठान, दोस्रोले समर्थन गर्दै विस्तार र तेस्रोले भावलाई उत्कर्षमा पुर्‍याउँदै समापन गर्दछ । यी तीनवटै हरफमा परस्पर प्रगाढ सम्बन्ध हुनुपर्छ ।

    झिल्का लेखन अभ्यास शृङ्खला- २ (राष्ट्रिय टोपी दिवस विशेष)

    #सङ्कलन/सम्पादन/संयोजन- वसन्त अनुभव 

    ~~~~~~~~~~~~~~~~~~

    [१]

    १)

    संसारको विचित्र देश

    पाल्पाली ढाका टोपी

    संस्कृति नेपाली परिवेश !

    ✍️

    साहित्य प्रेमी सलिन 

    ~~~~~~~~~~~~~~~~~~

    [२]

    १)

    मनको स्वच्छ भावना

    जहाँ छौ नेपाली 

    टाेपी दिवसको शुभकामना !

    २)

    लगाऔंं ढाका टाेपी

    नेपालीको हुन्छ पहिचान 

    शिरलाई हल्का छाेपी !

    ३)

    टाेपी दिवस मनाउने 

    भानुभक्तको देश नेपाल 

    बिर्के टाेपी लगाउने !

    ✍️

    राज कुमार राजभण्डारी “खाेटाङ्गे”

    मध्यपुर ठिमी ५ संगम काेलाेनी भक्तपुर ।

          २०८०पुस१६

    ~~~~~~~~~~~~~~~~~~

    [३]

    १)

    हाम्रो टोपीको शान

    राखौँ है सबैले

    मिलेर यसको मान !

    २)

    टोपी दिवस मनाउने

    विदेशमा पनि हाम्रो

    चलन टोपी लगाउने !

    ३)

    नेपालीको हो चिनारी

    राख्ने हो सबैले

    ढाका टोपी स्याहारी !

    ✍️

    नीमा छिरिङ भोटिया

    जलढका कालेबुङ

           भारत

    ~~~~~~~~~~~~~~~~~~

    [४]

    १)

    दिवस ढाका टोपी

    लगाउँन हिचकिचाहट नगरौँ

    बचाउॅंछ निधार छोपी !

    २)

    नेपाली हुँ भन्ने

    टोपीको वास्ता नगरी

    कसले होला गन्ने ?

    ३)

    गरौँ यसको सामना

    जहाँ बस्छौँ नेपाली

    टोपी दिवसको शुभकामना !

    ✍️

    अर्जुन प्रसाद चौलागाई

    रामेछापः-सुनापति-१

    हालः-अमेरिका,बोस्टन।

    ~~~~~~~~~~~~~~~~~~

    [५]

    १)

    राष्ट्रिय ढाका टोपी

    नेपाली मौलिक संस्कृति 

    लगाउँछौ शिर छोपी !

    ✍️

    हरिनारायण चौधरी 

    ~~~~~~~~~~~~~~~~~~

    [६]

    १)

    टोपी हो सान

    नेपालीको यो पहिचान

    शिरको शोभा जान !

    २)

    टोपी लगाऊ हजुर

    शरीर मन्दिर हो

    टोपी हो गजुर !

    ३)

    शिरमा टोपी राम्रो 

    हामी गौरव गरौँ

    भनौँ टोपी हाम्रो ।

    ✍️

    बिके माकजू , भक्तपुर ।

    ~~~~~~~~~~~~~~~~~~

    [७]

    १)

    टोपी हाम्रो पहिचान 

    केवल एकदिन लगाउँदैमा

    कहाँ जोगिन्छ सान ?

    ✍️

    जि.बि.चिन्तन 

    ~~~~~~~~~~~~~~~~~~

    [८]

    १)

    शिरमा मेरो टोपी

    गौरवको सुन्दर चिनो

    राख्छु शिर छोपी ।

    २) 

    नेपालीको ढाका टोपी

    वीरताको शान बोकी

    एकताको बाटो छोपी ।

    ३) 

    हिमाली शिर टोपीमा

    ताकेर बोकी हिँडेको

    युद्धको देश खोपीमा ।

    ✍️

    इन्दिरा देवकोटा 

    कपिलनस्तु न पा ३

    ~~~~~~~~~~~~~~~~~~

    [९]

    १)

    पट्याएको टोपी झिकियो

    आज टोपी दिवस

    यसरी शिरमा सजियो ।

    २)

    आज टोपी दिवस

    ठाँउ अनुसार लगाऔँ

    बाँझै टाउको नबस ।

    ३)

    टोपीले शिर ढाकेर

    तिमी आऊ प्रियतम 

    दुई चुल्ठो बाटेर ।

    ✍️

    धुर्व श्रेष्ठ 

    टोपी दिवस विशेष झिल्का कविता लेखन अभ्यास:-

    ~~~~~~~~~~~~~~~~~~

    [१०]

    १)

    शिरको हाम्रो टोपी

    विश्वमा छ नामी

    लगाऔँ शिर छोपी ।

    २)

    सभ्यताको प्रतिक हाम्रो

    विश्वमै कहीँ नभएको

    टोपी कति राम्रो ।

    ३)

    नेपालीको हो पहिचान

    संसारमै यो अनौठो

    राख्छ यसले सम्मान ।

    ✍️

    राजेशराज गड्तौला

    कॅाडाघारी, काठमाण्डौ

    ~~~~~~~~~~~~~~~~~~

    [११]

    १)

    टोपी शिखर सगरमाथा 

    विश्वमा सान हाम्रो 

    इतिहास नेपालीको गाथा ।

    २)

    टोपीले चिनाउँछ नेपाललाई 

    मेची अनि महाकाली 

    हिमाल पहाड तराई ।

    ३)

    नरूनु आँखा छोपी

    सङ्घर्षमय यो जीवन 

    शिरमा ढाका टोपी ।

    ✍️

    शरद प्रधानाङ्ग, विराटनगर – ७

    ~~~~~~~~~~~~~~~~~~

    [१२]

    १)

    शिरमा ढाकाको टोपी 

    सगरमाथाझैँ टक्क उभिएको

    विश्वमा नेपाल खोपी ।

    २)

    मनको स्वभाव बोकेर

    नेपालको शिर उचाइमा

    लाओस् टोपी देखेर ।

    ✍️

    एवाइ प्रभात

    सहिदभुमि -३,छेन्ताङ धनकुटा

    ~~~~~~~~~~~~~~~~~~

    [१३]

    १)

    ढाका टोपीको गरिमा

    नेपालीको गौरव सान,

    पहिचान हाम्रो विश्वभरिमा !

    ✍️

    सुर्य रेग्मी 

    ~~~~~~~~~~~~~~~~~~

    [१४]

    १)

    शिरमा टोपी लगाएका

    संसारमा छुट्टै नेपाली

    आफ्नो पहिचान झल्काएका !

    २)

    पृथक नेपाली टोपी

    कसैसँग जुध्दैन झन्

    जनको शिर छोपी !

    ३)

    नेपाल नेपालीको प्रतीक

    हाम्रो देशको चिनारी

    प्यारो छ अधिक !

    ✍️

    पृथक प्रकृति,झापा

    ~~~~~~~~~~~~~~~~~~

    [१५]

    १)

    टाउकोमा टोपी  छेकेर

    नेपाली रहेछ भन्छन् 

    विश्वका मान्छेले देखेर ।

    २)

    टोपीलाई नगरौँ हेला

    हराउँला राष्ट्रिय पहिचान

    पराइले दुःख देला ।

    ३)

    टोपी हो सगरमाथा 

    पर्यटन हेर्न आउँछन्

    नेपाली गौरव गाथा ।

    ✍️

    होम प्रसाद नेउपाने

    धरान,सुनसरी

    ~~~~~~~~~~~~~~~~~~

    [१६]

    १)

    नेपाली ढाका टोपी

    हर पुरुषको माथमा

    सजिन्छन् अहिले खोपी ।

    २)

    टोपी सगरमाथा शिर

    देशको बढ्ने सम्मान

    कहलिन्छन् आवाजमा वीर ।

    ३)

    टोपी पहिरिने पर्व

    चिनो सारा नेपालीको

    नि:शर्त, हर्ष, गर्व।

    ✍️

    म्यामराज राई, भोजपुर

    ~~~~~~~~~~~~~~~~~~

    [१७]

    १)

    शिरको  सान  हाम्रो

    नेपालीको खास पहिचान

    ढाका   टोपी  राम्रो ।

    २)

     कहिल्यै  शिखर झुकेन,

    शिर नझुकोस् हाम्रो,

    टोपी  पुर्खाका  रुकेन ।

    ३)

    पहाडी हाम्रो  देश 

    शिरको रक्षा टोपी

    भूगोल  सुहाउँदो भेश ।

    ✍️

    मनोहरी पौडेल

    गैडाकोट १

    २०८०/९/१६

    ~~~~~~~~~~~~~~~~~~

    [१८]

    १)

    जातीयता सुरक्षित राख्छ

    पहिचान छ यसैमा

     टोपीले देश ढाक्छ ।

    २)

    उच्च तिम्रो शिर 

    झुक्नु नजान्ने सान

    गोर्खाली हामी वीर ।

    ३)

    शिरमै रहोस् जहिले

    टोपीको सम्मान उच्च 

    भुइँमा नझरोस् कहिले।

    ✍️

    बि.कुलुङ

    दार्जिलिङ रंगबुल

    ~~~~~~~~~~~~~~~~~~

    [१९]

    १)

    शिरमा ढल्केकाे टाेपी

    सगरमाथाभन्दा अग्लाे छ

    हिँडाैँ शिर छाेपी ।

    ✍️

    सन्दीप विश्वकर्मा 

    प्यूठान (हाल:पाल्पा)

    ~~~~~~~~~~~~~~~~~~

    [२०]

    १)

     गौरव गर्छु टोपी 

    जहाँ पुगुँ म,

    राख्छु दिलमा खोपी ।

    २)

    झुक्न दिन्न कहिल्यै

    पराइ सामु शिर, 

    उच्च राख्छु जहिल्यै ।

    ३)

    सगरमाथाझैँ छ अटल

    चिनिन्छ गोर्खाली विश्वमा

    सच्चा वीर असल !

    ✍️

    पुष्पा राई, खाेटाङ।

    ~~~~~~~~~~~~~~~~~~

    [२१]

    १)

    शिरको सान बनोस्

    संस्कृति हाम्रो जोगाउने

    टोपी पहिचान बनोस् ।

    २)

    नेपालीलाई  चिनाउने टोपी

    दिवस् एकदिने  नहोस्

    हरदिन लगाऔँ शिर छोपी ।

    ३)

    सामाजिक  सद्भाव  झल्किन्छ 

    सारा नेपालीको  शिरमा

    सगरमाथा  जस्तै  टल्किन्छ।

    ✍️

    कला ढकाल

    झापा दमक

    ~~~~~~~~~~~~~~~~~~

    [२२]

    १)

    सर्लक्क शिर छोपी

    बाह्रमास दिवस छ

    जसले लाउँछ टोपी ।

    २)

    शिरको शोभा भन्नु

    शिरपोस निसान हाम्रो

    टाकुरो जत्तिकै बन्नु ।

    ३)

    जनवरी एक पनि

    शुभकामना व्यक्त गरेँ

    टोपी दिवस भनी ।

    ✍️ 

    कृष्णकुमार वैद्य 

    बनेपा ९, काभ्रे

    ~~~~~~~~~~~~~~~~~~

    [२३]

    १)

    बच्चो किन रुवाएको

    लगाउँन ढाका टोपी

    कति राम्रो सुहाएको ।

    २)

    चिटिक्क परेको कति

    राष्ट्रिय पोसाक नेपालीलाई

    टोपीले सुहायो अति ।

    ३)

    सगरमाथा शिर हाम्रो 

    नेपालीले लगाउने गरेको

    भादगाउँले ढाका राम्रो ।

    ✍️

    भगवती दवाडी

    दमक,झापा

    ~~~~~~~~~~~~~~~~~~

    [२४]

    १)

    पहिचान सबैले जान

    विश्वको सामु चिनाउने

    ढाकाको टोपी सान !

    २)

    सबैले बुझेर भन

    शिरमा शोभा टोपी

    मेरो नेपाली मन !

    ३)

    हातले बुनेर कर्म 

    शिरको राखेर मान 

    मिली जोगाऊ धर्म !

    ✍️

    आर्त अकुलीन

    ~~~~~~~~~~~~~~~~~~

    [२५]

    १)

    देशको पोसाक नभुल,

    ढाकाको टोपी सान

    विदेसी पोसाकमा नझुल ।

    २)

    विश्वमा बनाउँ पहिचान,

    सबै देशवासी मिलेर

    आजैबाट गरौँ उठान ।

    ✍️

    सुरेशकुमार पाण्डे 

    दाङ घोराही १८

    ~~~~~~~~~~~~~~~~~~

    [२६]

    १)

    सगरमाथाझैँ छ सान

    विश्व सामु झल्किन्छ

    टोपी  हाम्रो पहिचान l

    २)

    संस्कार छ  वजनदार

    इज्जत साथ लगाइन्छ 

    दुवै हातले  बारबार l

    ३)

    सम्मान गरौँ अधिक

    शत्रु  सामु  नझुकोस् 

    संस्कृतिको यो प्रतीक  l

    ✍️

    बाबुराम गौतम, गुल्मी

    ~~~~~~~~~~~~~~~~~~

    [२७]

    १)

    हाम्रो ढाका टाेपी

    आफ्नो पहिचान राख्न 

    लगाओैँ शिर छाेपी ।

    २)

    नेपालीले लगाओैँ टाेपी

    देशको माया गराैँ

    आफ्नै दिल खाेपी ।

    ३)

    पाेसाक नेपालीको सान

    आफ्नो भेषकाे आफैँले 

    राख्ने   गराैँ   मान ।

    ✍️

    रामप्रसाद पुरी

    बादेल, खाेटाङ

    ~~~~~~~~~~~~~~~~~~

    [२८]

    १)

    प्रलोभनमा कतै बिकेर

    नाप्दिनँ आफ्नो उचाइ

    शिरको टोपी झिकेर ।

    २)

    टोपी हाम्रो शान

    लगाइरहे सदा शिरमा 

    बढाइरहन्छ आफ्नाे मान ।

    ३)

    नेपाली हामी मिलेर

    लगाऔँ टोपी शानले

    विकृति सबै निलेर ।

    ✍️

    त्रिलोचन भण्डारी 

    मेचीनगर,झापा

    ~~~~~~~~~~~~~~~~~~

    [२९]

    १)

    टोपी देशको सान

    लगाउँ शिर छोपेर 

    राख्छ त्यसले मान !

     २)

    सुरक्षित राख्छ शिर

    देशको पहिचान टोपी 

    गोर्खाली नेपाली वीर !

    ३)

    दाजुभाइ हेर शिर

    सुहाउँने टोपी चट्ट

    चिनारी नेपाली वीर !

    ✍️

    शोभा आचार्य गौतम 

    काठमाडौँ

    ~~~~~~~~~~~~~~~~~~

    [३०]

    १)

    नेपाली शिरमा टोपी 

    अटल हिमाल जस्तै 

    राखौँ स्वाभिमान रोपी । 

    २)

    यात्रा परिवर्तन हुँदैमा

    नहराओस् हाम्रो संस्कृति 

    विदेशी भूमि छुँदैमा । 

    ३)

    शिरमा टोपी लाउँछौ

    पहिचान बोकी राष्ट्रको 

    विश्वमा नेपाली छाउँछौ। 

    ✍️

    सुस्मिता अधिकारी

    काठमाडौँ

    ~~~~~~~~~~~~~~~~~~

    [३१]

    १)

    नेपालीको इज्जत सान 

    शिरमा ढाका टोपी 

    लाउँदा बढ्छ स्वाभिमान ।

    २)

    जोगाऔँ राष्ट्रिय पोसाक 

    नगरौँ कसैले पनि 

    यस्ता कुरामा मजाक ।

    ३)

    लगाई टोपी शिरमा

    देशको पोसाक लगाऔँ

    सबैले आफ्नो शरीरमा ।

      ✍️

    बाबुराम पाण्डे 

    अर्घाखाँची

    ~~~~~~~~~~~~~~~~~~

    [३२]

    १)

    चट्ट माथलाई छोपी

    लगाउँदा कति सुहाउँला

    शिरमा ढाका टोपी !

    २)

    नेपाली हुनुको अभिमान

    शिरमा भादगाउँले टोपी

    आत्मगौरव  अनि सान !

    ३)

    फैलाई आम जागृति

    लगाऔँ शिरमा टोपी

    जोगाऔँ हाम्रो संस्कृति !

    ✍️

    वसन्त अनुभव

    घोराही, दाङ

    २०८०/९/१६, राष्ट्रिय टोपी दिवस

    ~~~~~~~~~~~~~~~~~~

    [३३]

    १)

    आकाश टोपीले छुनेछ 

    सारा नेपालीले गौरव

    संस्कार बलियो हुनेछ ।

    २)

    संस्कृति मास्न पाइन्न

    नेपाली माटोमा हुर्केर

    पश्चिमी भाषा चाहिन्न ।

    ३)

    टोपीले शोभा बढायो

    शिरमा राखेर सुहायो

    दिवस मनाउन खटायो ।

    ✍️

    अम्बिका अधिकारी

    झापा बिर्तामोड

    ~~~~~~~~~~~~~~~~~~

    [३४]

    १)

    विश्वमा टोपीको पहिचान

    राष्ट्रिय पोसाक लगाऔँ

    नेपालीको अन्तराष्ट्रिय स्वाभिमान ।

    २)

    ढाका टोपीको शान

    नेपाली चिनाउने काम

    टोपी दिवसको मान ।

    ३)

    विश्वमै प्रख्यात टोपी

    राष्ट्रियता हाम्रो पहिचान

    लगाऔँ शिर छोपी ।

    ✍️

    चुडामणी देबकोटा 

    चनपा १३ काठमाडौ

    ~~~~~~~~~~~~~~~~~~

    [३५]

    १)

    कालो कपाल छोपी

    कति सुहाएको हेर

    लगाएको ढाका टोपी।

    २)

    नेपालको गौरव मान

    विश्व चिनाउने यही

    हो भनेर  जान ।

    ३)

    मूल नारा बोकेर 

    चिनाउने गर्नु नेपाल 

    सधैंँ सलाम ठोकेर ।

    ✍️

    अनुग्रह राना मगर ‘पुष्प’

    पाँचखपन नपा – ६ संखुवासभा ।

    ~~~~~~~~~~~~~~~~~~

    [३६]

    १)

    शिरमा टोपी रत्तिभर पनि नलजाई

    लगाऔँ टोपी सबैले

    बढाउँछ हाम्रो उचाइ ।

    २)

    टोपी जातिको शान

    गराउँछ यसले विश्वमा 

    हाम्रो राष्ट्रियताको पहिचान ।

    ३)

    मर्दको शिरको गहना

    मान सम्मान बढाउने 

    टोपी दिवसको शुभकामना !

    ✍️

    बिके मुखिया

    दार्जिलिङ,भारत

    ~~~~~~~~~~~~~~~~~~

    [३७]

    १)

    चिरिच्याट्ट देखिने टोपीमा

    आजकल छु म,

    यस्तै हेन्डसमको खोजीमा !

    २)

    नगिरोस्   नेपाली   सान

    सगरमाथा शिखरझैँ देखिने,

    भादगाउँले टोपीको मान !

    ३)

    सत्यता लुकाई लुक्दैन

    कट्ला बरू टाउको,

    तर कहिल्यै झुक्दैन !

    ✍️

    Lumbini Sahitya Pratisthan

    ~~~~~~~~~~~~~~~~~~

    [३८]

    १)

    बच्चो किन रुवाएको

    लगाउन ढाका टोपी

    कति राम्रो सुहाएको ।

    २)

    चिटिक्क परेको कति

    राष्ट्रिय पोसाक नेपालीलाई

    टोपीले सुहायो अति ।

    ३)

    सगरमाथा शिर हाम्रो 

    नेपालीले लगाउने गरेको

    भादगाउँले ढाका राम्रो ।

    ✍️

    भगवती दवाडी

    दमक,झापा

    ~~~~~~~~~~~~~~~~~~

    [३९]

    १)

    शिरमा टाेपी धरेर

    हामी गर्व गर्दछौँ

    वीर नेपाली भनेर ।

    ✍️

    प्रद्युम्न चालिसे 

    ~~~~~~~~~~~~~~~~~~

    [४०]

    १)

    शिरमा लगाउँ टोपी 

    नेपाली पोसाक देखाउँदै 

    सद्भाव सबैमा रोपी !

    ✍️

    बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो )

    कनकाई ४ झापा

    ~~~~~~~~~~~~~~~~~~

    [४१]

    १)

    टोपी हाम्रो शिरमा

    विराजमान हाम्रो सान

    नपरोस् कहिल्यै पिरमा ।

    २)

    शिर नाङ्गो किन ?

    लगाऔँ टोपी सबैले

    थपिदैँन धेरै रिन ।

    ३)

    दुर्भाग्य शिर नाङ्गो

    मन नेपाली बनाऔँ

    किन बन्ने बाङ्गो ।

    ✍️

    कार्की डिबी माकुम

    सुनवल-४, नवलपरासी

    ~~~~~~~~~~~~~~~~~~

    [४२]

    १)

    नबन्नू पाण्डव कौरव 

    शिरको ढाका टोपीले 

    बढायो नेपाली गौरव ।

    ✍️

    शशी आचार्य 

    ~~~~~~~~~~~~~~~~~~

    [४२]

    १)

    भादगाउँले टोपी  लगाउँदै

    हँसिलो मुहार भानुको

    साहित्य प्रेम जगाउँदै ।

    २)

    टोपी शिरको शान

    पहिरन राम्रो नेपालीको

    राखौँ संस्कृतिको मान ।

    ३)

    हिमाल झैँ टोपी

    माथमा सजियो नेपालीको

    शीर्ष शिरलाई छोपी ।

    ✍️

    मोती सुब्बा 

    दार्जिलिङ भारत।

    ~~~~~~~~~~~~~~~~~~

    [४३]

    १)

    मेरो शिरको टोपी

    कहिले पनि झुक्दैन

    लगाऊ टाउको छोपी ।

    २)

    सरस्वती बस्ने शिरमा

    लगाऊ नेपाली टोपी

    गौरव नेपाली विरमा ।

    ०३

    टोपी दिवस मान्नुपर्छ

    सबै एक साथमा

    झिल्काको डोरी तान्नुपर्छ ।

    ✍️

    धनुष न्यौपाने

    गुठीचौर गाउँपालिका ०४ बिगारे जुम्ला

    ~~~~~~~~~~~~~~~~~~

    [४४]

    १)

    हामी नेपालीको पहिचान

    शिरमा भादगाउँले टोपी 

    गर्छन् विश्वले सम्मान ।

    २)

     सुन्दर देखियो भन्दा

     खुसी छाउँछ साँच्चै ।

    हिरोमा मलाई गन्दा !

    ३)

    टोपी लगाउँदा खेरी

    फुर्तिलो खुसी हुँदै

    दङ्ग हुन्छु  हेरी ।

    ✍️

    सीमा कार्की समर्पण

    ~~~~~~~~~~~~~~~~~~

    [४५]

    १)

    आजको विशेष दिन

    नेपाली  टोपी लगाई

    नाचौँ हामी एकैछिन ।

    २)

    माया गरौँ देशलाई

    निर्धक्क साथ लगाऔँ

    टोपीले छोपी केशलाई ।

    ३)

    सगरमाथाझैँ उच्च शान

    नेपाली टोपी बिश्वमा

    बाँडौँ सबलाई ज्ञान ।

    ✍️

    रचना शर्मा प्रतीक्षा

    ललितपुर  ।

    ~~~~~~~~~~~~~~~~~~

    [४६]

    १)

    मेरो ढाका टोपी 

    लाउने गर्दा सुहाउने 

    आधा निधार छोपी !

    २)

    भेष देश केस

    भुल्दा यो टोपी 

    लाग्ला है ठेस!

    ३)

    ठानी मुला कोपी

    बिक्री गर्नु हुन्न 

    यो प्यारो टोपी !

    दीपा गुरुङ्ग (समभाव)

    ~~~~~~~~~~~~~~~~~~

    [४७]

    १)

    मन रमाउँछ मस्तै

    शिरमा लगाउँदा टोपी

    देखिन्छ सगरमाथा जस्तै ।

    २) 

    चिसोबाट बँच्ने काइदा

    बुझौँ सबैले आजै

    टोपी लगाउनको फाइदा ।

    ३)

    टोपी चिनारी हाम्रो

    लगाएर हिँड्ने पुरुष

    आहा! कस्तो राम्रो ।

    ✍️

    शान्ता पौडेल भट्टराई

    टङ्कीसिनवारी, मोरङ

    ~~~~~~~~~~~~~~~~~~

    [४८]

    १)

    ढाका  टोपी  ढल्काएर

    आएँ भेट्न   तिमीलाई 

    मनमा माया छल्काएर । 

    २).

    प्रेमको  तिर्खा   मेट्न

    ढाका टोपी  ढल्काई

    आएँ तिमेरलाई भेट्न। 

    ३)

    ढाका   टोपी   हाम्रो

    लगाउ तिम्रो शिरमा

    सबले  भन्छन्  राम्रो।

    ✍️

    नवशिला,

    बेलबारी -२, लालभित्ती, मोरङ।

    ~~~~~~~~~~~~~~~~~~

    [४९]

    १)

    बढाउँछ गोर्खालीको सान

    शिरको ढाका टोपीले 

    नेपालीको गौरव मान !

    ✍️

    शशी आचार्य

    ~~~~~~~~~~~~~~~~~~

    [५०]

    १)

    टोपी शिरको ताज 

    हरदम शिरमै सजाऔँ 

    मान्नुहुन्न कदापि लाज ।

    २)

    हृदयमा राष्ट्रियता खोपी 

    नेपालीको राष्ट्रिय पहिचान 

    शिरमा सजाउने टोपी !

    ✍️

    डम्बर थामी ‘अनुपम’

    कालिन्चोक गा. पा. -६, दोलखा ।

    ~~~~~~~~~~~~~~~~~~

    [५१]

    १)

    नेपालीको हो पहिचान 

    शिरमा टोपी जान 

    लाउन गाह्रो नमान ।

    २)

    दौरा सुरुवाल कोट 

    छैन केही खोट 

    लाए हुन्न चोट ।

    ३)

    तुना बाँधी चोलाको 

    साडी लाउनू चिटिक्क 

    सुहायो नानी बोलाको ।

    ४)

    ढाका टोपी भोजपुरी

    दौरा सुरुवाल कोट

    कम्मरमा भिर्नू खुकुरी ।

    ✍️

    गुणनिधि घिमिरे 

    अमेरिका

    ~~~~~~~~~~~~~~~~~~

    [५२]

    १)

    सौम्य भावको चाहना

    हाम्रो राष्ट्रिय पोसाक

    टोपी दिवसको शुभकामना !

    २)

    ढाका टोपी लगाऔँ

    आफ्नो संस्कृति जोगाउन

    राष्ट्रियता हामी जगाऔँ ।

    ३)

    पोसाक सम्बन्धी पढाऔँ

    स्वाभिमान राख्न सदैव

    हौसला हामी बढाऔँ ।

    ✍️

    प्रेम थापा “मन”

    बागलुङ

    ~~~~~~~~~~~~~~~~~~

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged झिल्का कविता, राष्ट्रिय टोपी दिवसLeave a Comment on राष्ट्रिय टोपी दिवस विशेष झिल्का लेखन शृङ्खला सम्पन्न 

    झिल्काकार पृथक प्रकृतिका उत्कृष्ट झिल्का कविताहरू

  • १६ पुष २०८०, सोमबार ००:०७ मा प्रकाशित
  • १)
    निष्ठुरीको याद आएर
    बल्झियो घाउको खाटो,
    विगतको पाना पल्टाएर!
    २)
    बिउँझिएँ ठक्कर खाएर
    अब फर्किएर हेर्दिनँ,
    पाठ राम्रोसँग पाएर!
    ३)
    बेगोजगार भयो सिकार
    निर्दोष मारिन्छ गणतन्त्रमा,
    माग्दा आफ्नो अधिकार!
    ४)
    प्रेममा विश्वास हुनुपर्छ
    दियो बल्न पनि,
    बातीले तेल छुनुपर्छ!
    ५)
    बाँच्न चाहिन्छ बहाना
    जीवनमा शान्ति मिलोस्
    यसर्थ गर्छौँ कामना!
    ६)
    परिश्रम गर्दा मिल्छ
    ढिलोमा नि फल,
    अनि दुःख बिल्छ!
    ७)
    पीडा भयो कम
    त्यसैले भएँ प्रफुल्ल,
    पाएर माया मल्हम!
    ८)
    शब्दको शक्ति हुन्छ
    आशक्ति यो बढेपछि,
    जनको मन छुन्छ!
    ९)
    सम्झनाको नशा लाग्छ
    जब नतमस्तक हुन्छु ,
    एकाएक पीर भाग्छ!
    १०)
    जीवनको भयौ सरिता
    बगी रहेछु मायामा
    मेरो हौ कविता!
    ११)
    भाषण दिन जानेका
    गरिब जनता चाहिँ,
    बलिको बोका छानेका!
    १२)
    जनता भए भेडा
    चराउँछन् मात्र नेता,
    पाउँदैनन् सुखका पेडा!
    १३)
    निरङ्कुश शासन चलाउँछन्
    नाम मात्रको गणतन्त,
    केवल मूर्ख बनाउँछन् !
    १४)
    सधैँ जनतामा आहत
    आश्वासनको रासन बाड्दछन्,
    अहिलेसम्म छैन राहत!
    १५)
    निर्दोष परे जेलमा
    यो कस्तो विडम्बना,
    कोही दुःखको भेलमा!
    १६)
    खबर सुन्दा सकस
    कहिले हुन्छ शान्ति ?
    खुल्दुली भो अटसमटस!
    १७)
    निकम्मा भयो सरकार
    मार्छन् दिँदैनन् रोजगार,
    बाँच्ने छैन आधार!

    ✍️
    पृथक प्रकृति,झापा

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged झिल्का कविता, पृथक प्रकृति1 Comment on झिल्काकार पृथक प्रकृतिका उत्कृष्ट झिल्का कविताहरू

    धनुष न्याैपानेका पाँच टुक्का कविताहरू

  • १५ पुष २०८०, आईतवार २२:३२ मा प्रकाशित
  • धनुष न्याैपानेका पाँच टुक्का कविताहरू
    १.
    म जन्मे हुर्केको अति सुन्दर छ मेरो देश
    स्वदेशमै कर्म गर्नेछु रहुन्जेल यो शेष।
    २.
    सबैलाई मान गर्दै झुक्नुसम्म झुक्यो
    सत्ता पायो भने अब सबै मूल सुक्यो ।
    ३.
    समुन्द्रको केही थोपा काममा लाग्ने भयो
    पिच भनेको बाटो हेर कच्ची बन्न गयो।
    ४.
    भगवान भन्दा माथि भए सर्वश्रेष्ठ गुरु
    घरघरमा शिक्षाको दियो बाल्न गरे सुरु ।
    ५.
    दक्ष जनशक्ति नै विदेसिए रोजगार छोडेर हैन
    मर्ने बेला आगो दिने छोरालाई विदेशमा बिदा छैन ।
    ✍️ धनुष न्यौपाने
    गुठीचौर गाउँपालिका ०४ बिगारे जुम्ला

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on धनुष न्याैपानेका पाँच टुक्का कविताहरू

    ‘जिन्दगी’ शीर्षक विशेष झिल्का लेखन शृङ्खला सम्पन्न

  • १५ पुष २०८०, आईतवार १२:३९ मा प्रकाशित
  • झिल्का लेखन अभ्यासको पहिलो शृङ्खला शनिबार सम्पन्न भएको छ । जिन्दगी शीर्षकमा दिइएको उक्त शृङ्खलामा झिल्काकारहरूको उत्साहप्रद सहभागीता रहेकोे थियोे । झिल्का साहित्य समाज, नेपालको आयोजनामा फेसबुक समूह मार्फत सञ्चालित उक्त शृङ्खलामा नेपाल, भारत, भुटान लगायत विश्वका विभिन्न स्थानहरूमा रहनुभएका ४० जना झिल्काकार/साहित्यकारहरूको सहभागीता रहेको थियोे ।

    झिल्का नेपाली माटोमा उम्रिएको, अर्थपूर्ण संरचनायुक्त सरल, लघुतम एक मौलिक नवीनतम काव्य विधा हो। जुन तीन हरफमा लेख्ने गरिन्छ । यसका प्रत्येक हरफमा तीन तीन शब्दहरू गरेर यसमा जम्मा ९ शब्दहरू रहेका हुन्छन् । तसर्थ यसलाई नौ शब्दको कविता पनि भन्ने गरिन्छ ।

    यसका तीन हरफहरू मध्ये पहिलो र  तेस्रो हरफहरूको अन्तमा तुक (अनुप्रास) अनिवार्य गरिएको छ । यसमा शब्दानुप्रास र एकाक्षरी तुकान्त पनि स्वीकार गर्ने गरिन्छ । तर अतुकान्त हरफहरूलाई यसको दोष मानिएको छ । यसको पहिलो हरफले विषयवस्तुको उठान, दोस्रोले समर्थन गर्दै विस्तार र तेस्रोले भावलाई उत्कर्षमा पुर्‍याउँदै समापन गर्दछ । यी तीनवटै हरफमा परस्पर प्रगाढ सम्बन्ध हुनुपर्छ ।

    🌹झिल्का कविता लेखन अभ्यास शृङ्खला- १🌹

    #सङ्कलन/सम्पादन/संयोजन- वसन्त अनुभव 

    ~~~~~~~~~~~~~~~~~~

    [१]

    १)

    काेरिया जाने सपना

    समाप्त भयाे जिन्दगी,

    सरकार देखेँ थपना !

    २)

    बन्नुहुँदैन है बेताले

    नरक बन्छ जिन्दगी,

    घमण्ड रिस डाहाले !

    ३)

    जिन्दगीकाे निभ्याे दियाे 

    दैवले दिएकाे कर्म,

    भत्काउने आफैँ थियाे !

    ✍️ 

    तारा प्रसाद चापागाईँ

    धुनिबेसी

    ~~~~~~~~~~~~~~~~~~

    [२]

    १)

    रहनु सकारात्मक सम्झेर

    जीवनकाल बहुमुल्य हुन्छ,

    नबस्नु कहिल्यै गम्केर !

    २)

    माया खास हुन्छ 

    आमाकै आँचलमा हुर्किँदा,

    स्वर्गको आभास हुन्छ !

    ३)

    गाउँबेसी धाउँदैन नराेए 

    बेथितिले प्राण गयो,

    छोरो आउँदैन  नराेए !

    ४)

    घाँटीले हाड निल्दैन

    विचार पुर्‍याऊ साथी,

    जिन्दगी त्यसै मिल्दैन !

    ५)

    नसोच साथी कर

    सहज बनाउन सधैँ,

    जिन्दगीमा चाहिन्छ भर !

    ३)

    किताबको जस्तो गाता 

    एकार्काको बलियो सम्बन्ध,

    तोड्नहुन्न है नाता !

    ✍️

    प्रेम थापा “मन”बागलुङ

    ~~~~~~~~~~~~~~~~~~

    [३]

    १)

    गाउँदेखि जान्छ सहर

    यात्री बनेर पुग्छ,

    अनेकौँ बोकी रहर !

    २)

    तृष्णाको मात्र खानी

    जस्तोसुकै आओस् परिस्थिति,

    अघि बढ्ने बानी !

    ३)

    हार्दैन हिम्मत साथी

    ओझेल पार्छ तनाव,

    टेकेर दुःख माथि !

    ४)

    हिउँद अनि बर्खा

    सफर गरिरहन्छ मन,

    सङ्घर्षको चलाएर चर्खा !

    ५)

    औँसीको रात भुलेर

    जुनेली रातको पर्खाइमा,

    आशाको रङ्गमा  घुलेर !

    ६)

    छिचोल्छ आएको मरुभूमि

    दैवको उपहार सम्झेर,

    जिउँछु खुसीले झुमी !

    ७)

    आउँदा बाढी पहिरो 

    हरेस खाँदैन कहिले,

    लाग्दा चोट गहिरो !

    ✍️

    पृथक प्रकृति,झापा

    ~~~~~~~~~~~~~~~~~~

    [४]

    १)

    जिन्दगी कर्कलाको पानी 

    क्षणिक छ भन्दाभन्दै,

    बित्दोरहेछ मान्छेको जवानी !

    २)

    गर्नुपर्छ सधैँ सत्कर्म 

    बिर्सनु हुँदैन कहिल्यै,

    मान्छेले आफ्नो धर्म !

    ३)

    शुद्ध हुनुपर्छ मन

    अरूको भलाइ गर्नेको,

    राम्रै हुन्छ जीवन !

    ✍️

    बाबुराम पाण्डे 

    शीतगंगा १० अर्घाखाँची

    ~~~~~~~~~~~~~~~~~~

    [५]

    लुकेर कुकर्म नगर्नू

    अन्याय सहेर बसेका,

    बोकेर पीडामा नभर्नू !

    २)

    कतिको हुँदैछ किचलो

    बाध्यता सहदै बसेका,

    गरियो उसैको खिचलो !

    ३)

    अवस्था नाजुक भएछ

    उत्तर दिशामा पुगेर,

    छातीमा गोली गएछ !

    ✍️

    अम्बिका अधिकारी

    झापा बिर्तामोड

    ~~~~~~~~~~~~~~~~~~

    [६]

    १)

    दु:खका जङ्घार तरेर 

    बित्दैछ अभागी जिन्दगी,

    आँखामा सागर भरेर !

    २)

    सुखका  साथी  भेटिए

    जब दु:ख आइलाग्यो,

    नातासम्बन्ध सबै मेटिए !

    ३)

    रहेन भरोसा अब

    आफ्नै आँखाको अगाडि,

    मरे रहरहरू जब !

    ४)

    सोचेजस्तो रसिलो भएन

    जिन्दगी भयो बेस्वादको,

    केही स्वादै रहेन !

    ५)

    मरुभूमि सुख्खा खडेरीमा

    देखिँदैन कतै निकास,

    जिन्दगी बित्दैछ अँधेरीमा !

    ✍️

    वसन्त अनुभव

    घोराही उपमहानगरपालिका-१४, दाङ

    २०८०/०९/१३

    ~~~~~~~~~~~~~~~~~~

    [७]

    १)

    जन्मकर्म र मरण

    शाश्वत सत्य जिन्दगीका,

     आत्मा देव शरण !

    २)

    पत्तो  पाए  जुनी

    मगमगाउने फूल सरी,

    नबुझेमा व्यर्थ हुनी !

    ३)

    कोहीको जीवन कर्मशील

    कोही  अल्छी   संसारमा,

    बनौँ  हामी धर्मशील !

    ✍️

    मनोहरी पौडेल

    गैडाकोट १

    २०८०/९/१३

    ~~~~~~~~~~~~~~~~~~

    [८]

    १)

    जिन्दगी जसोतसो चल्यो

    सुःखको खोजिमा हिँड्दा,

    दु:खकै रासमा ढल्यो !

    २)

    कसैले धिक्कारे मलाई

    उपहास गरे सधैँ,

    बसिनँ हरेस खाई !

    ३)

    सङ्घर्षमय जिवन भयो

    जन्मिएपछि त आफ्नै,

    सङ्घर्षमै दिन  गयो !

    ✍️

    सुरेशकुमार पाण्डे

    घोराही१८ दाङ

    ~~~~~~~~~~~~~~~~~~

    [९]

    १)

    कसैलाई जिन्दगी भारी

    जिउनुपर्छ हामीले सधैँ,

    दु:खलाई पर सारी !

    २)

    उच्च भावना लिएर 

    अगाडि  बढ्नुपर्छ जिवनमा,

    आदर सत्कार दिएर !

    ३)

    हाँसी खुशी बाँचौला 

    दुई दिनको जिन्दगीमा,

    मायाँ पिरती साँचौला !

    ✍️

    बुद्धिमान दनुवार (सुरुङ्गेली कान्छो )

    कनकाई ४ झापा

    ~~~~~~~~~~~~~~~~~~

    [१०]

    १)

    हिँड्दछ जिन्दगी लम्केर

    सजाउँदै मीठा सपनाहरू,

    आकाशकाे बिजुलीझैँ चम्केर !

    २)

    बाेकेर साथमा सकारात्मकता

    बढौँ प्रगतिको बाटाेमा,

    पारेर निमिट्यान्न नकारात्मकता !

    ३)

    गरेर जीवनमा लगानी 

    थपौँ उचाई प्रतिष्ठाकाे,

    बनाई सुन्दर कहानी !

    ✍️

    त्रिलाेचन भण्डारी 

    मेचीनगर,झापा

    ~~~~~~~~~~~~~~~~~~

    [११]

    १)

    जिन्दगीको छैन भर

    आज हाेकी भाेली,

    लाग्छ धेरै डर !

    २)

    चुपचाप बसे आउँदैन 

    सुखकाे दिन जीवनमा,

    मनले शान्ति पाउँदैन !

    ३)

    हर्षकाे आँसु बगाई

    सफलताको शिखर चुम्नू,

    निराशा सबै  भगाई !

    ✍️

       राज कुमार राजभण्डारी “खाेटाङ्गे”

    मध्यपुर ठिमी ५ संगम काेलाेनी भक्तपुर ।

    ~~~~~~~~~~~~~~~~~~

    [१२]

    १)

    जिन्दगीको झिल्के तारो,

    आकाशमा गएर फल्दछ,

    टिपेर    खानै     गारो !

    २)

    जिन्दगी रोएको देखिँदैन

    हिमाल चढेर ओर्लिन्छ,

    विमारी  भने  लेखिँदैन !

               ३.

    थाहा हुँदैन मरेको 

    रुखको पात जिन्दगी,

    फिरफिर गर्दै झरेको !

    ✍️

    होम प्रसाद नेउपाने

    धरान,सुनसरी ।

    ~~~~~~~~~~~~~~~~~~

    [१३]

    १)

    उजाडियो सारा गाउँबस्ती 

    बाध्यता जिन्दगी कसैको,

    कसैलाई मस्तीमा मस्ती !

    २)

    पीडालाई छातीभित्र लुकाउनु

    असम्भव छैन दुनियाँमा,

    जिन्दगी काँडामा फुलाउनु !

    ३)

    जिन्दगी उधारो चल्दैन 

    सम्पत्ति नभए हिजोआज,

    चुल्होमा आगो बल्दैन !

    ✍️

    शरद प्रधानाङ्ग, विराटनगर – ७

    ~~~~~~~~~~~~~~~~~~

    [१४]

    १)

    गरौँ भनी रमाइलो 

    आसमा खोजेँ ठाउँ,

    कतै छैन घमाइलो !

    २)

    खोज्दै हिडेँ राप

    देखिनँ कतै बलेको,

    भन्छौ आगो ताप !

    ३)

    उर्लिएर आयो भेल

    पुल छैन जान,

    कसरी गर्ने मेल ?

    ✍️

    अनुग्रह राना मगर ‘पुष्प’

    पाँचखपन नपा – ६ संखुवासभा ।

    ~~~~~~~~~~~~~~~~~~

    [१५]

    १)

    जिन्दगी गयो खेर

    विदेश जाने रहरमा,

    सधैँको लागि हेर !

    २)

    वैरी होइन घरकै

    बिद्रोह गर्छ देशमा,

    लास गन्छ करकै !

    ३)

    डर देखाए देशमा

    विदेश जाने मरेर,

    लगायो गरिब केसमा !

    ✍️

    एवाइ प्रभात

    सहिदभुमि छेन्ताङ धनकुटा

    ~~~~~~~~~~~~~~~~~~

    [१६]

    १)

    चाहना मर्‍यो बाँच्ने

    दोधारे भयो मन,

    रङ्गमञ्चमा के नाँच्ने ।

    २)

    सरकार दिँदैन काम

    छैन अन्नको दाना,

    कहाँबाट लेराउँ दाम ।

    ३)

    बाँच कि मर

    कामविहीन ए ! मान्छे,

    जे गर्छस् गर !

    ✍️

    बिके माकजू , भक्तपुर ।

    ~~~~~~~~~~~~~~~~~~

    [१७]

    १)

    छैन कसैको भर

    जिन्दगीको लामो यात्रा,

    एक्लै  तय  गर !

    २)

    आउँदैन दुखको गन्ध

    सङ्घर्ष गरेमा जिन्दगीका,

    हुनेछन् पीडा तटबन्ध !

    ३)

    दुखसँग लगाऊ मित

    जिवन सबल बनाउन,

    आफ्नै मनलाई जित !

    ✍️

    बाबुराम गौतम, गुल्मी

    ~~~~~~~~~~~~~~~~~~

    [१८]

    १)

    जिम्मेवारी पुरा गर्ने 

    बनोस् अवस्था देशमा,

    जिन्दगी खुसीले भर्ने !

    २)

    सङ्घर्षको ताँती लाग्छ 

    कर्मतिर मन तम्सिँदा,

    आसा स्वयम् जाग्छ !

    ३)

    जीवन सुन्दर  फूल

    छरौँ सेवाको बासना,

    फूटाउ विकासको मुल !

    ✍️

    सुस्मिता अधिकारी ,काठमाडौँ

    ~~~~~~~~~~~~~~~~~~

    [१९]

    १)

    जिन्दगीको भरोसा छैन

    थाहा हुँदाहुँदै पनि,

     भएन है चैन !

    २)

    आज,भोलि भन्दै 

    आफ्नै दिन गयो 

    जन्मका दिन गन्दै !

    ३)

    जिन्दगी एउटा यात्रा 

    दुःखहरू सँगसँगै बरोबर 

    मिलाउनु छ मात्रा !

    ✍️

    शोभा आचार्य गौतम 

    काठमाडौँ

    ~~~~~~~~~~~~~~~~~~

    [२०]

    हातभरि  छन् ठेला 

    बुझ्दैन कसैले पनि,

    काम गर्ने  बेला !

    २) 

    जिन्दगीको छैन भर 

    परदेशमा कसैको पनि,

    कहाँ हुन्छ घर ?

    ३)

    जिन्दगीमा परिश्रम गरौँला

    हामीसँगै मिलेर यताउता,

    सफलतामा खुसी छरौँला !

    ४)

     जिन्दगीमा केही गर्नु 

    यो संसारमा एकदिन,

    सबैले  छ  मर्नु !

    ✍️

    कृष्ण धामी – बझाङ

    ~~~~~~~~~~~~~~~~~~

    [२१]

    १)

    मनको कस्तो चाह

    कसरी भनूँ कसलाई,

    कसरी भनूँ आह !

    २)

    सुनको यो रहर

    कसले देला अब,

    त्यो कस्तो पहर !

    ३)

    सुन्दरी रातकी रानी

    बनिँयो हेर पानी,

    बन्दैन जीवन नानी !

    ✍️

    नीमा छिरिङ भोटिया

    जलढका कालेबुङ

          भारत

    ~~~~~~~~~~~~~~~~~~

    [२२]

    १)

    सुन्दर हामी मानव

    मनुष्य योनी हाम्रो,

    किन बन्ने दानव ?

    २)

    किन गरिन्छ अभिमान ?

    होला ठूलो महल,

    राखौँ आफ्नो पहिचान !

    ३)

    जन्ममृत्यु नियतिको खेल

    आफै हामी खेलाडी,

    सजगतामा गर्नुपर्छ मेल !

    ✍️

    कार्की डिबी माकुम

    सुनवल-४, नवलपरासी

    ~~~~~~~~~~~~~~~~~~

    [२३]

    यो मनको वह

    सहनु छ आफैँ

    लगाउनु छ तह !

    २)

    समयले पोलेको डाम

    गोली लागेर जिन्दगी,

    क्षणमै राम राम !

    ३)

    मुनाहरू मुना टिपी

    बिताउँला भन्छन् जिन्दगी,

    घरको सङ्घार लिपी !

    ४)

    नलेखौँ भन्छु कथा

    जिन्दगी कचल्टियो कतै,

    बुरुरु बल्झिन्छ व्यथा।

    ✍️

    मोती सुब्बा 

    दार्जिलिङ, भारत।

    ~~~~~~~~~~~~~~~~~~

    [२४]

    १)

    जीवन कर्कलाको पानी

    अल्सी नि:शुल्क खान्छ,

    सुतेरै बित्छ जवानी !

    २)

    जीवन कस्तो दमदार

    नदी या हिमनदी,

    आफ्नै दिमाग हतियार !

    ३)

    जीवन चाँदको घेरो

    नियालेर आफैँ हेर,

    हिरैहिरा छन् सेरोफेरो !

     ✍️

    म्यामराज राई, भोजपुर

    ~~~~~~~~~~~~~~~~~~

    [२५]

    १)

    आशाको दियो बालेर 

    बस्छु तिमीलाई पर्खेर, 

    मनमा  माया   पालेर !

    २)

    उडायो माया  हुरीले 

    निर्दयी तिमी निष्ठुरी,

    मुटुमा  रेट्यौ  छुरीले !

    ३)

    मलाई  पीडा  दिएर 

    गयौ तिमी बेइमानी,

    रुँदैछु आँसु  पिएर !

    ✍️

    नवशिला,

    बेलबारी-२,लालभित्ती,मोरङ।

    ~~~~~~~~~~~~~~~~~~

    [२६]

    १)

    भिरको उकालो बाटो

    आँखामा आँसुको सागर,

    सम्झेर नेपाली माटो !

    २)

    कसरी सकिन्छ सहन

    आफ्नै आँगन अगाडि,

    हेरेर हृदय दहन !

    ३)

    धरतीमा बगायौ रगत

    लगाम उनकै हातमा,

    आखिरी सम्झे फगत !

    ✍️

    आर्त अकुलीन

    ~~~~~~~~~~~~~~~~~~

    [२७]

    १)

    जन्ममृत्यु सत्य हुन्छ

    सधैँभरि यो संसारमा,

    सुखदुःखले नै छुन्छ !

    २)

    राम्रो गर्नु कर्म

    सत्यलाई अङ्गालेर सधैँ,

    बुझेर यो मर्म !

    ३)

    अँध्यारो रातपछिको रवि

    नमात्तिनु सधैँ सुखमा,

    अनिमात्र बन्छ छवि !

     ✍️

    धनुष न्यौपाने

    गुठीचौर गाउँपालिका ०४ बिगारे जुम्ला

    ~~~~~~~~~~~~~~~~~~

    [२८]

    १)

    छातीको शूल जिन्दगी

    तनावै तनावको महासागर,

    आँसुको  मूल जिन्दगी !

    २)

    उजाड जीवन बस्तीमा

    कसरी बिताउनु जिन्दगी,

    हरदम दु:खको गस्तीमा !

    ३)

    आत्महत्या  गर्दैछन्  रहर

    उजाड सुनसान जिन्दगी,

    जिउँदो लासहरूको सहर !

    ✍️

    Lumbini Sahitya Pratisthan

    ~~~~~~~~~~~~~~~~~~

    [२९]

    १)

    जिन्दगी चैतन्य चाेला

    गरेमा केही असल,

    सुकर्मले नाम हाेला !

    २)

    जिन्दगीमा कमाउनु खुसी 

    भरिँदैन लाेभकाे भाँडो,

    खुसीले रहनुपर्छ झुसी !

    ३)

    जिन्दगी पाएको खास

    जिउन छैन कठिनाइ,

    अथाह नगरी आस !

    ✍️

    रामप्रसाद पुरी, बादेल, खाेटाङ ।

    ~~~~~~~~~~~~~~~~~~

    [३०]

    १)

    जिन्दगी यात्रा हो

    पर्छ लगातार हिँडिरहनु,

    धेरथोर मात्रा हो !

    २)

    जिन्दगी उज्यालो हो 

    साथै अँध्यारो पनि,

    सुखदुःखको टालो हो !

    ३)

    जिन्दगी बाँचुञ्जेल भार

    बेमतलवी कर्म गर्दै,

    मरेपछि हुन्छ लम्पसार !

    ✍️

    ध्रुव श्रेष्ठ 

    हाल काठमाडौ ।

    ~~~~~~~~~~~~~~~~~~

    [३१]

    १)

    दु:खमा खुशीले बाँच्नुपर्छ

    सङ्कट आउनसक्छ भोलि,

    थोरै जिन्सी साँच्नुपर्छ !

    २)

    जिन्दगी दुईदिने घामछायाँ

    घमण्ड नगरौँ बाँचुन्जेल,

    आपसमा बाँडौँ माया !

    ३)

    कर्कलाको पानीझैँ  ढलपल

    जीवन पोखिन्छ कहिले,

    सत्कर्ममा नगरौँ अलमल !

    ४)

    बाँचुन्जेल गरौँ हाँसखेल

    नबोलौँ  कटुवचन कसैलाई,

    नगरौँ कहिल्यै जालझेल !

    ✍️

    शान्ता पौडेल भट्टराई 

    टङ्कीसिनवारी, मोरङ

    ~~~~~~~~~~~~~~~~~~

    [३२]

    १)

    सन्तुष्टि जिन्दगीको महौषधि 

    दुख्दा खानेमात्र रहेछ,

    दु:खको त्यो औषधि !

    २)

    जिन्दगीमा धनको माला

    नभए आफन्त टेढा,

    जिन्दगी बन्छ नाला !

    ३)

    जिन्दगी यस्तो आजभोलि

    सरकार बहिरो अन्धो,

    जनतालाई वर्षाउछ गोली !

    ४)

    जिन्दगीमा नबोले जाती

    छैन भन्दियो रिसाउँछन्, 

    आफ्नो मान्छे कुठाराघाती !

    ५)

    बाटो उकालो हुन्छ

    फर्किंदै हेर्दै जानुस्,

    जिन्दगीमा मन रुन्छ !

    ✍️

    चुडामणी देबकोटा 

    चनपा १३ काठमाडौ

    हाल बारा सिमरा

    ~~~~~~~~~~~~~~~~~~

    [३३]

    १)

    मायाजालभित्र आफूलाई पारेर 

    चल्दैछ यो जिन्दगी,

    जिउँने रहर मारेर !

    २)

    भो    सानू    नरिसाऊ

    बाटो      छ      लामो,

    यत्तिकै यहाँ नबिसाऊ !

    ३)

    निर्णय      गर्न      साह्रो 

    दोबाटोमा ठेस लागेपछि,

    जीवन   बिताउन   गाह्रो !

    ✍️

    अच्युत घिमिरे, सर्पाङ, भुटान 🇧

    ~~~~~~~~~~~~~~~~~~

    [३४]

    १)

    जिम्मेवारीको भारी बोकेर 

    अविरल बग्दछ जिन्दगी,

    रोकिन्न कहिल्यै रोकेर !

    २)

    उज्ज्वल ताराजस्तै चम्क 

    एकबारको जिन्दगी हो,

    प्रगतिपथमा अघि लम्क !

    ३)

    बस्नुहुन्न त्यत्तिकै रोएर 

    जिन्दगीको पीर व्यथा,

    कसैगरी जानेछैन धोएर !

    ✍️

    डम्बर थामी ‘अनुपम’

    कालिन्चोक गा. पा. -६, दोलखा ।

    ~~~~~~~~~~~~~~~~~~

    [३५]

    १)

    अर्थ अनेक लाउँछन् 

    यहाँ एउटा जिन्दगीको,

    भोगाइ अनुसार पाउँछन् !

    २)

    लाग्छ अचम्मै जस्तो 

    मान्छेको यो जिन्दगी,

    बिचित्रको छ कस्तो !

    ३)

    अनगिन्ती ठक्कर खानुपर्ने 

    मनुष्यको दुईदिने चोलामा,

     छाडेर दुनियाँबाट जानुपर्ने !

    ✍️

    वि.वि.याक्खा

    पाँचखपन नगरपालिका – ६ 

    संखुवासभा।

    ~~~~~~~~~~~~~~~~~~

    [३६]

    १)

    जनतालाई बन्दुककाे गलपासाे 

    गणतन्त्रकाे प्रिय नासाे,

    समाजलाई भएन चासाे !

    २)

    जागिर खाेज्नेलाई गाेली 

    ए  ! हुतिहारा सरकार,

    भिराइदे बरू झाेेली !

    ३)

    कानुनी राज्यकाे भित्र 

    मान्छेकाे इहलीला समाप्त,

    पापिष्ठलाई जेल मित्र !

    ✍️

    प्रद्युम्न चालिसे 

    ~~~~~~~~~~~~~~~~~~

    [३७]

    १)

    कसलाई के हुन्छ ?

    भोलि आउॅंने कुरा,

    बिग्रदा मन रुन्छ !

    २)

    कोही अमर छैन

    धेरै घमण्ड नगरौँ

    बाँचुन्जेल गरौँ चैन !

    ३)

    अप्ठ्यारोमा साथ दिनु

    यत्तिकै कसलाई पुग्छ,

    कहिलेकाहीँ पर्छ लिनु !

    ४)

    अर्काको कामको चासो

    व्यर्थमा लिदाखेरि हेर,

    बन्ला गलाको पासो !

    ✍️

    अर्जुन प्रसाद चौलागाई💕

    ~~~~~~~~~~~~~~~~~~

    [३८]

    १)

    छैन केही कथा

    जीवनमा छु दु:खी,

    टन्न पीडा व्यथा !

    २)

    जिन्दगीको छैन भर

    आज या भोलि,

    मर्ने किन डर ?

    ३)

    जिन्दगी व्यथाले भरिएको

    सुख थाहा पाइएन,

    चारैतिर दु:ख छरिएको !

    ✍️

    राजेशराज गड्तौला

    कॅाडाघारी, काठमाण्डौ

    ~~~~~~~~~~~~~~~~~~

    [३९]

    १)

     चल्छ गाेली जहाँ

    माग राखेर युवा,

    मर्छ उहीँ त्यहाँ !

    २) 

    उम्कन खाेज्छाै किन

    गल्ति गर्छाै दिनदिन,

    स्विकार गर्दैनौ किन ?

    ३)

     सजिएका हुन्छन् सपनाहरू

     राति निद्रामा पनि,

    मेटिन्छ्न् मनका तिर्सनाहरू !

    ✍️

    रवि पौडेल 

    ~~~~~~~~~~~~~~~~~~

    [४०]

    १)

    भन्छन् कर्कलोको पानी

    म त भन्छु,

     नहिँड अजम्बरी ठानी !

    २)

    लाग्छ  एक जात्रा 

    कहिले  पुग्ने तराई,

    कहिले हिमालको यात्रा ?

    ३)

    प्रक्रिया निरन्तर चल्ने

    बच्चा, युवा, बुढो,

    हुँदै आखिरमा ढल्ने !

    ✍️

    दीपा गुरुङ्ग (समभाव)

    बुनपा-१२ कपन काठमाडौँ

    ~~~~~~~~~~~~~~~~~~

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged जिन्दगी विशेष झिल्का अभ्यास, झिल्का कविताLeave a Comment on ‘जिन्दगी’ शीर्षक विशेष झिल्का लेखन शृङ्खला सम्पन्न

    साप्ताहिक ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखन शृङ्खला- ११६

  • १४ पुष २०८०, शनिबार २०:५३ मा प्रकाशित
  • काठमाडौँ। साप्ताहिक ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको ११६ औँ शृङ्खला सम्पन्न भएको छ ।
    अभ्यासमा नेपाल लगायत विश्वका ५१ जना नेपाली भाषी टुक्काकारहरूको सहभागिता रहेको कार्यक्रम संयोजक/ प्रशिक्षक एवम् टुक्का साहित्य समाजका उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो । टुक्का साहित्य समाजको आयोजनामा उक्त शृङ्खला विगत लामो समय देखि नियमित रूपमा सञ्चालन हुँदै आएको छ।

    टुक्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले समाजले विविध किसिमका कार्यक्रम गर्दै आइरहेको छ । टुक्का लेखनमा पृथकता एवं फरकपन भित्राउने सिलसिला अन्तर्गत यस शृङ्खला सञ्चालन गरिदै आएको समाजका संस्थापक अध्यक्ष, टुक्का प्रवर्तक एवम् कार्यक्रमका परिकल्पनाकार ताराप्रसाद चापागाईंले बताउनुभयो ।

    टुक्का लेखनका लागि एक व्यङ्ग्यात्मक टुक्का राखिने र त्यसैमा आधारित रहेर गहन भावको एक एक टुक्का सहभागीले राख्नुपर्ने संयोजक अनुभवले जनाउनुभयो ।

    ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको ११६औँ शृङ्खलाको लागि प्रतिनिधि टुक्काको रूपमा समाजका उपाध्यक्ष वसन्त अनुभवले समसामयिक विषयमा लेख्नुभएको व्यङ्ग्यात्मक टुक्कालाई राखिएको संयोजक अनुभवले बताउनुभयो ।

    अभ्यासका लागि राखिएको प्रतिनिधि टुक्का

    नाथे बन्दुक चल्दैन भन्थ्यौ, चलाएको हेर,
    पुक्लुक्क ठाउँको ठाउँ, गोली नफालेर खेर ।

    वसन्त अनुभव
    घोराही, दाङ

    सहभागी टुक्काकारहरूले अभ्यासका क्रममा सृजना गर्नुभएको टुक्काहरू



    [१]
    हेर्नेको आँखा फोड, बोल्नेको जिब्रो थुत,
    लासैलासको    बेडमा,   आरामले  सुत ।
    ✍️
    वसन्त अनुभव
    घोराही, दाङ 
    [२]
    युवालाई ताकी ताकी गोली हान सरकार,
    आफैँ मात्र अघाऊ अरू भोकै के दरकार ।
    ✍️
    भगवती दवाडी ,झापा
    [३]
    सरकारमा धेरै शक्ति छ भन्ने फेरि देखायाे,
    राेजगारी खाेज्ने गरिब जनकाे मृत्यु लेखायाे । 
    ✍️ 
    ताराप्रसाद चापागाईँ 
    धुनिबेसी
    [४]
    के पायौँ तिमीले रोजगारीमा गएका ती मरे,
    विश्वमै रेकर्ड राख्न सत्तामा बस्ने अघि सरे।
    ✍️
    अर्जुन प्रसाद चौलागाई
    रामेछापः-सुनापति-१
    हालः-अमेरिका,बोस्टन।
    [५]
    पशु मारेझैँ यहाँ जनता मारेर उम्किन पाइँदैन,
    यस्तो गणतन्त्र अब यो देशमा हामीलाई चाहिँदैन ।
    ✍️
    धनुष न्यौपाने
    जुम्ला
    [६]
    काम गरी खान खोज्ने युवाको यहाँ भाग्य,  भविष्य र सपना सबै गल्यो,
    उ नेता थिएन इमानदार युवा नै पर्‍यो त्यसैले  लास भएर जल्यो ।
    ✍️
    पवन कुमार बुढाथेाकी
    काठमाडौँ
    [७]
    निर्दाेष व्यक्ति माथि गाेली चल्छ यहाँ सत्ताकै आडमा,
    पावर छदैंछ सरकारकाे जनता गए भाडमा ।
    ✍️
    केसर बाेहरा ( सङ्घर्ष )
     सुदूरपश्चिम अछाम ।
    हाल भारतबाट ।।
    [८]
    विनाकारण गोली हानी गयो युवाकाे ज्यान खेर,
    छोरा लडे आमाको काख रित्ताे भयो सबैले हेर ।
    ✍️
    सुशीला शिखा 
    काठमाडौं  कागेश्वरी
    [९]
    युवालाई गोली अनि जेल हाल, हिड्नेको खुट्टा फाल,
    बोल्नेको मुख टाल, नदेखाऊ सरोकार यस्तो चाल ।
    ✍️
    अच्युत घिमिरे, सर्पाङ, भुटान🇧🇹
    [१०]
    तिम्रो झुटो आश्वासनको कुरा कुनै हालतमा बिक्तैन,
    दम्भले भरिएको त्यो शासन सत्ता  धेरै दिन टिक्तैन।
    ✍️
    प्रदीप के रिमाल
    इटहरी सुनसरी।
    [११]
    सत्तामा आतङ्ककारी सरकार भएपछि हुन्छ डरैडर,
    कुनबेला को मर्छ र मारिन्छ हुँदैन कसैको नि यहाँ भर ।
    ✍️
    कबिताहरी  
    सुन्दर हरैंचा नगरपालिका १ मोरङ
    [१२]
    विनाकारण गोली चल्यो, होनहार युवाको ज्यान गयो,
    आमाको काख रित्ताएर, जनताको हालत यस्तै भयो ।
    ✍️
    एवाइ प्रभात
    सहिदभुमि छेन्ताङ धनकुटा
    [१३]
    माग्यो अभिभावक सम्झिएर रोजगार,
    चलायो गोली छाती चिर्‍यो गयो आरपार ।
    ✍️
    सुरेशकुमार पाण्डे दाङ घोराही १८
    [१४]
    गरिब माथि गोली चलाएर ज्यान लियौ किन ?
    न दियौ बाँचेर खान न सक्यौ रोजगारी दिन ।
    ✍️
    सरिता सेढाई धादिङ
    [१५]
    जान्ने रैछ हान्नलाई नत्र तालिम लिएको के काम,
    आफ्नै दाजुभाइलाई गोली हानी राखे नभन नाम ।
    ✍️
    अनुग्रह राना मगर 'पुष्प'
    पाँचखपन नपा - ६ संखुवासभा ।
    [१६]
    हेर्दै जाओ जनता, देशमा अझ के के गर्छु ?
    बेरोजगार युवा तह लाउन अघि सर्छु ।
    ✍️
    बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो )
    कनकाई ४ झापा
    [१७]
    धन्यवाद सरकार अब बन्दुकको आडमा सत्ता दरो पार,
    तिम्रा विरोधी भए युवाशक्ति सब गोली र डण्डा वर्षाइ मार !
    ✍️
    विवश पारदर्शी
    झापा
    [१८]
    दम्भको खोक्रो राजनीतिले अरू के नै गर्छ,
    चल्छ गोली अन्धाधुन्ध होनहार युवा मर्छ ।
    ✍️
    त्रिलोचन भण्डारी 
    मेचीनगर,झापा
    [१९]
    अब केही पनि रहेन बाँकी,
    हान्यो गोली छातीमा ताकी ताकी ।
    ✍️
    डम्बर थामी 'अनुपम' 
    कालिन्चोक गा. पा. -६, दोलखा ।
    [२०]
    कमाइ गर्न परदेश जान्छु भन्दा आफ्नै ज्यान गयाे,
    अब हाम्रो देश नेपाल कुन अवस्थामा जाने भयाे ।
    ✍️
    कल्पना भण्डारी  
    सिन्धुपाल्चोक जिल्ला
    हाल काठमाडौँ
    [२१]
    सुन्दै मन छियाछिया हुने, हरपल लाग्ने मरूँ मरूँ,
    भो भो नसुनाऊ यस्ता हृदयविदारक खबरहरू।
    ✍️
    पुष्पा सुवेदी 
    नेपालगंज, बॅाके ।
    [२२]
    कति सिपालु हाम्रा पुलिस, आकाशमा गोली हान्दा मान्छे ढल्छ,
    बाग्मतीमा दिएको दागबत्तीले बालुवाटारको चुल्हो बल्छ ।
    ✍️
    राजेशराज गड्तौला
    कॅाडाघारी, काठमाण्डौ
    [२३]
    नियतिको खेल पनि कस्तो निर्दोषलाई अनायासै गोली लाग्नु,
    समय निष्ठुरी हुँदोरहेछ नि गरिबले मात्र सहेर भाग्नु ।
    ✍️
    अम्बिका अधिकारी
    झापा बिर्तामोड
    [२४]
    शक्ति तागत रहुन्जेल गर्‍यौ मनोमानी,
    निमुखा सोझा जनता मार्‍यौ छानी छानी
    ✍️
    उमा दाहाल 
    [२५] 
    जनता  मार्नपट्टि किन लागेको छ होला सरकार ?
    चारैतिरबाट गाली पाउने काम गर्छ बारम्बार ।
    ✍️
    बाबुराम पाण्डे 
    अर्घाखाँची
    [२६]
    तानासाह  कम छन्, सुनाउथे भनी,
    तातो गोली हान्दैछन् रे जनता गनी ।
    ✍️
    नागेन्द्रप्रसाद यादव , दाङ 
    [२७]
    जितेर ल्याएकाे   सङ्घर्षले  केवल  पाएकै  हो  बाेल्न,
    ज्यानै लिँदै सञ्चाे भाे'कि, वाद र सिद्धान्तको पाेकाे खाेल्न !
    ✍️
    रामप्रसाद पुरी, बादेल, खाेटाङ ।
    [२८]
    श्रम बेच्ने युवा माथि चलाउछौ गोली
    अझै कति खेल्ने हौ र रगतको होली ?
    ✍️
    बाबुराम गौतम, गुल्मी
    [२९]
    युवाले राेजगार खाेज्दाखेरि हान्यौ गाेली,
    सुशासन दिने सरकारकाे झूटो बाेली ।
    ✍️
    राज कुमार राजभण्डारी "खाेटाङ्गे"
    मध्यपुर ठिमी ५ संगम काेलाेनी भक्तपुर ।
    [३०]
    घरमा पनि विभेद हुने के यस्तो भएको ?
    घामको खोजी गरेर आज जीवन गएको !
    ✍️
    आर्त अकुलीन
    [३१]
    कला, गला सुधारेमा हुनेछ है भला,
    बाेली गाेली ठाेक्दाखेरि युवा परे थला ।
    ✍️
    जी.वि.चिन्तन घाेराही,दाङ ।
    [३२]
    दाेषै थिएन, गाेली चलायाै,
    शान्ति पथमा रण मचायाै ।
    ✍️
    हरिगाेपाल प्रधान 
    बनेपा १४ साँगा बजार
    [३३]
    बहिनीको अभिभावक गुम्यो, आमाको सहारा ढल्यो,
    भाइको भरोसा टुट्यो, कर्मनिष्ट युवा चितामा जल्यो।
    ✍️
    मन्दिरा सेढाई 
    मलेखु,धादिङ
    [३४]
    युगौँ भयो किन बेथिति ढल्दैन यहाँ,
    नीतिविना त्यसै संस्कृति फल्दैन जहाँ ।
    ✍️
    गम्भिर दुवाडी
    [३५]
    धेरै त होइन चाहिएको थियो गाँस र बास,
    तिमीलाई झन बानी परेको रै'छ लिने सास !
    ✍️
    दीपा गुरुङ्ग (समभाव)
    बुनपा१२कपन काठमाडौ
    [३६]
    बन्दुक पनि निर्दोष, गोली पनि खामोस
    मरेतुल्य सरकार, देखिँदै छ  बेहोस ।
    ✍️
    बि कुलङ
    दार्जीलिङ
    [३७]
    बेरोजगारको लागि छैन सरकारको अन्तस्करण,
    रोजगार माग्नु अपराध भयो सजाय दियो मरण ।
    ✍️ 
    कृष्णकुमार वैद्य  
    बनेपा ९, काभ्रे
    [३८]
    मेरो देशका वीरलाई देखेर,
    उसको देशले कविता लेखेर।
    ✍️
    नीमा छिरिङ भोटिया
    जलढका कालेबुङ भारत
    [३९]
    तर्साउन मात्र खोजेको थियो आफैँ तर्सियो,
    एउटालाई गोली अर्कोलाई बुट बर्सियो ।
    ✍️
    होम प्रसाद नेउपाने
    धरान,सुनसरी ।
    [४०]
    निर्दाेष जनता माथि गोली चलाइ मार्छौ,
    त्यसैकारण बेलाबेला जन सामु हार्छौ ।
    ✍️
    शोभा आचार्य गौतम 
    काठमाडौँ
    [४१]
    सुध्रिनु थियो सुध्रिएन हाम्रो देशको कानुन,
    आयु उस्को त्यति नै थियो कि दैवले नै जानुन ।
    ✍️
    दुर्गा आचार्य 
    मोरङ
    [४२]
    सोचेको थिएन आँखाबाट आँसु झर्ला,
    विनाकारण यसरी आफैँ मर्नुपर्ला ।
    ✍️
    हिमा आर सी
    मेहेलकुना सुर्खेत
    [४३]
    राेजगार  हैन अब गाेली देऊ सरकार,
    गाउँ बस्ती र टाेल-टाेल बनाऊ अन्धकार ।
    ✍️
    खुनराज काेईराला 
    सिद्दलेक-३ गैरीगाउ,धादिङ
    [४४]
    कसको आस गरौँ सत्ताधारी नै आतङ्ककारी भएपछि,
    कुन बेला मरिने हो हजुर खुलेआम गोली  चलेपछि ।
    ✍️
    दुर्गा भट्टराई 
    मोरङ
    [४५]
    हिजो हाँस्दै गरेको ठिटोलाई श्रद्धाञ्जली भन्नु पर्‍यो,
    गोली नै खानुपर्ने काम ए ! सरकार उस्ले के गर्‍यो ?
    ✍️
    ध्रुव श्रेष्ठ 
    हाल काठमाडौँ ।
    [४६]
    गणतन्त्र बनी बाघ डुक्रियो हेर कस्तरी,
    माग्दामा रोजगारी नै, ढाल्यो मान्छे चरासरि।
    ✍️
    रामशरण न्यौपाने, भक्तपुर
    [४७]
    जनताको लागि चल्ने गोली अब आफैँतिर फर्काऊ सरकार,
    तिम्रा यी बकम्फुसे व्यवहारले चल्दैन जनताको घरबार।
    ✍️
    शशीश्री आचार्य
    बौद्ध कुमारीगाल काठमाडौं
    [४८]
    सर्वहाराकाे सरकार भन्नै लाजकाे कुरा,
    राेजगारी खाेज्न हिडेकाे ठहरै मर्‍यो भुरा ।
    ✍️
    प्रद्युम्न चालिसे 
    [४९]
    विश्वास लाग्दैन याे सरकारले अब के नै गर्छ, चलाए गाेली बिचरा साेझा युवाहरू मात्रै मर्छ।
    ✍️
    सहयात्री शाेभा अर्याल 
    रुपन्देही , बुटवल
    [५०]
    अविभावक भएपछि सन्तानको कुरा सुन्नुपर्छ
    कस्तो नीति यो सरकारको बोल्नेको मुख थुन्नुपर्छ।
    ✍️
    शान्ता पौडेल भट्टराई
    टङ्कीसिनवारी, मोरङ
    [५१]
    के मागेका थिए र सरकार  ?  पुन: परिक्षा दिन पाऊ भन्ने त थियो,
    सोचेका भए बेलैमा हुने थिएन घटना, अनाहकमा ज्यान लियो ।
    ✍️ 
    यमुना प्रधानाङ्ग'मुना'
    २०८०/०९/१४ इमाडोल, ललितपुर।
    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on साप्ताहिक ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखन शृङ्खला- ११६

    साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खला- १३६

  • १४ पुष २०८०, शनिबार १९:३७ मा प्रकाशित
  • साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खलाको १३६ औँ भाग शनिबार सम्पन्न भएको छ । उदक साहित्य समाज, नेपालले उक्त कार्यक्रमको आयोजना गरेको थियो। उक्त शृङ्खलामा नेपाल लगायत विश्वका ७३ जना उदक स्रष्टाहरूको सहभागिता रहेको उदक लेखन शृङ्खलाका संयोजक, प्रशिक्षक एवं उदक साहित्य समाजका केन्द्रिय उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो ।
    काव्य विधा अन्तर्गतको नयाँ उदियमान प्रविधा उदक कविताको उन्नयन र विकासका लागि साप्ताहिक रूपमा उदक लेखन शृङ्खला सञ्चालन गर्दै आएको उदकका प्रवर्तक एवं उदक साहित्य समाजका अध्यक्ष आर्त अकुलीनले बताउनुभयो ।
    संयोजक एवम् प्रशिक्षक अनुभवका अनुसार शनिबारको शृङ्खलाका लागि विहान एउटा तस्बिर दिएर उक्त तस्बिर अनुसारको गहन भाव खुल्ने गरी मात्र एउटा उदक साझ ५ बजेसम्म लेख्न सहभागी उदक यात्रीहरूलाई भनिएको थियोे ।

    अभ्यासका लागि राखिएको प्रतिनिधि तस्बिर :

    उदक अभ्यास शृङ्खला– १३६ मा सहभागी उदक यात्रीका सुन्दर उदकहरू

    [१]
    जनता
    साँच्चिकै भेडा
    नेता असाध्यै टेढा !
    - वसन्त अनुभव 
    [२]
    बथान
    जङ्गल सरी
    भेडा अनि गाेठालाकाे !
    - ताराप्रसाद चापागाईँ 
           धुनिबेसी
    [३]
    नेता
    भाषण मिठा
    काम साह्रै खस्रा !
    - पूर्णबहादुर श्रेष्ठ 'हृदयङकृत'
         पनौती न.पा-३,काभ्रे
    [४]
    भेडा 
    हुने कहिलेसम्म
    बुद्धिमा बिर्को लागेसम्म !
    - अमृत सुवेदी 
    रुपा सात, कास्की
    [५]
    जनता 
    आखिर भेडा
    शासक गजाभन्दा टेढा !
    - डम्बर बिष्ट 
    हाल: भारत
    [६]
    भेडा
    नेपाली जनता
    नेताकै चाकडीमा व्यस्त !
    - राजाराम रत्गैंया, अमौरा, कैलाली
    [७]
    मलामी
    भ्रष्टाचारीको अरे
    मान्छेविना सबै पुत्लाको !
    - एवाइ प्रभात
    - सहिद भुमि, छेन्ताङ, धनकुटा
    [८]
    मान्छे 
    चेतनाको कमी 
    भेडा असाध्य ज्ञानी !
    - गुणनिधि घिमिरे, अमेरिका
    [९]
    नेता
    हुन्छन् जगेडा
    भेडाहरू भइरहन्छन् भेडा !
     - म्यामराज राई
    [१०]
    जनता
    बाख्रा भेडा
    नेताहरू भए गतिछाडा !
    - अच्युत घिमिरे, सर्पाङ, भुटान
    [११]
    जनता 
    आआफ्नो बाटोमा 
    नेता आसनै आसनमा !
    - नन्दलाल आचार्य
    सिद्धार्थटोल, उदयपुर 
    हाल: सिर्जनाकुटी, सिरहा 
    [१२]
    भेडा
    उनैलाई बनाए 
    जसले पसिना खनाए !
    - सुरेशकुमार पाण्डे 
    दाङ, घोराही १८
    [१३]
    गोठालो
    भेडाको अगाडि
    सुनाउँदै बजेट भाषण !
    - आर्त अकुलीन
    [१४]
    जनता
    साँच्चिकै भेडा
    चराउँदै छन् नेता !
    - सरिता सेढाइ, धादिङ
    [१५]
    देश 
    हाक्ने नेता 
    जनतालाई बनाउँछन् भेडा !
    - मङ्गला उपाध्याय
    [१६]
    नेता
    आश्वासनको भकारी
    गोठालो अनि व्यापारी !
    - पृथक प्रकृति, झापा
    [१७]
    ताल
    हेर नेताको
    ब्वाँसाको छ चाल !
    - अनुग्रह राना मगर 'पुष्प'
    पाँचखपन नपा -६, संखुवासभा 
    [१९]
    जनता 
     भाषण सुन्ने 
    नेता रुपियाँ गिन्ने !
    - नागेन्द्रप्रसाद यादव, दाङ 
    [२०]
    भेडा
    जनता मारेर
    सम्पत्ति गर्दैछ जगेडा !
    - विवश पारदर्शी, झापा
    [२१]
    जनता
    भेटिए दसान
    नेताका आसनै आसन !
    - सरस्वती श्रेष्ठ, इटहरी
    [२२]
    भाषण
    सुन्ने जनता 
    नेता भुक्ने फ्याउरो !
    - डिल्ली राज घिमिरे, अर्घाखाँची
    [२३]
    नेता 
    कुरा टेढा 
    जनता सबै भेडा !
    - गोपेन्द्र रिजाल, पाँचथर
    [२४]
    जनता
    नबन बोका
    खोल मनको ढोका !
    - रमा पन्त, पाल्पा
    [२५]
     जनता 
    हाम्रा नेता 
    भाषणमा मस्त भेडा !
    - इन्दिरा देवकोटा
    [२६]
    भेडा 
    नेताकाे भाषण 
    जनताहरू आश्वासनमै मख्ख !
    - केसर बाेहरा 'सङ्घर्ष'
    अछाम, हाल: भारत
    [२७]
    जनता 
    भेडा भएछन् 
    हामी जनता बाहिर ?
    - गुणनिधि घिमिरे
    [२८]
    नेतृत्व
    भइदियो गतिछाडा
    यसैले जताततै कचेडा !
    - केन्द्रप्रकाश बराल, इलाम
    [२९]
    जनता 
    चेतनाको कमी 
    नेताले गर्छन् मनपरि !
       - सुरेश न्यौपाने
        लम्की, कैलाली
    [३०]
    नेता
    मगज आलु
    जङ्गली जस्तै भालु !
    - खुनराज काेईराला
    सिद्दलेक-३, गैरीगाउ, धादिङ
    [३१]
    नेता
    एकोहोरो टेढो
    जनताहरू एकलौटी भेडो !
    - विविसा रुम्बा, मकवानपुर
    [३३]
    भाषण
    बोल्ने नेता
    सुन्ने सबै भेडा !
    - धनमाया चौधरी, कैलाली
    [३४]
    नेता
    झुक्याउने मेसाे
    सधैँ अश्वासनकाे पाेकाे !
    - नवराज भट्ट, कञ्चनपुर
    [३५]
    भाषण 
    भेडो जनता 
    शासकको चर्को शासन !
    - डम्बर थामी 'अनुपम' 
    कालिन्चोक गा. पा.-६, दोलखा 
    [३६]
    भाषण
    कुरा ठुलाठुला
    बुद्धि बिग्रेको मुला !
    - अम्बिका अधिकारी
    झापा, बिर्तामोड
    [३७]
    नेतृत्व
    बनाए अँध्यारो  
    कुर्सीकै खेल्छ प्यारो !
    - भगवती दवाडी, झापा
    [३८]
    भेडा 
    एकसुरे टेढा
    कत्ति बिघ्नका ठुलावडा !
    - जमुना कायस्थ
    [३९]
    कसुर
    देख्दा असुर
    हाम्रै कर्म झुर !
    - हिमाल अम्मै 
    घोडाघोडी, कैलाली
    [४०]
    नेता 
    आश्वासनका पोका
    दिन्छन् जनलाई धोका !
    - बि के विरही, टीकापुर, कैलाली
    [४१]
    नेता
    झुठको खेती
    जनता भेडाको मति !
    - उर्मिला पन्त पाण्डेय
     ज्ञानेश्वर, काठमाण्डौँ
    [४२]
    जनता
    भेडा होइन 
    नेताको स्वार्थी खेल !
    - नारायण कोइराला
      तानसेन, पाल्पा
    [४३]
    मानवाधिकार 
    स्यालकाे पैरवी
    भेडाकाे जमात बुर्लुक्क !
    - टीकाराम जाेशी, इमाडाेल
    [४४]
    नेता 
    जाली फटाहा
    भेडो जनता कता !
    - राज कुमार राजभण्डारी 'खाेटाङ्गे'
    मध्यपुर ठिमी-५, संगम काेलाेनी, भक्तपुर 
    [४५]
    भाषण
    नेतालाई शासन
    जनतालाई मिथ्या आश्वासन !
    - सरस्वती वली, बर्दिया
    [४६]
    स्वार्थी
    नेता टेेढा
    जिताउने हामी भेडा !
    - निरज कोइराला 
    इटहरी-१६, सुनसरी
    [४७]
    पर्खेको
    समय गति
    नठान्नु बिग्रेको मति !
    - समुन्द्रा शर्मा, सुनसरी
    [४८]
    नेता
    खन्याएर गेडी 
    बन्न खोज्ने केरी !
    - दीपा गुरुङ्ग 'सम्भाव'
    बुनपा-१२, कपन, काठमाडौ
    [४९]
    पाता
    कसेका जनता
    भाषणमा मस्त नेता !
    - धर्मी शाक्य, बुटवल, रुपन्देही 
    [५०]
    जनता
    सधैँका भेडा
    भाषणले सबै मेरा !
    - बुद्धिप्रसाद लामिछाने, कैलाली
    [५१]
    खेल
    झेलै झेल
    आफू च्यापु उस्तै !
    - भवानी घिमिरे, सर्लाही 
    [५२]
    नेता 
    कुशल शासक
    बनाउनु दैनिक पाठक !
    - कविदत्त ढकाल  
    ताँजाकाेट-४, हुम्ला 
    [५३]
    नेता 
    भेडाको नाइके
    जनताहरु भिरमा जाकिए !
    - रेनुका मरासिनी, अर्घाखाँची
    [५४]
    अति
    हुन्छ यसरी
    नबुझ्दा सबैको खती !
    - दुर्गा आचार्य, मोरङ
    [५५]
    भेडा
    जनता भएका
    भुक्ने कुकुर नेता !
    - बलराज गिरी, कैलाली
    [५६]
    नेता 
    चुनावी  भेला 
    सत्ता पाएपछि हेला !
    - दुर्गा भट्टराई
    [५७]
    भाषण
    मिठा कति 
    धेरै भयो खती !
    - शोभा आचार्य गौतम, काठमाडौँ
    [५८]
    नेता
    भेडालाई भाषण 
    कहिलेसम्म गर्ने शासन ?
    - नरेन्द्रबहादुर क्षेत्री
      बुटवल, रुपन्देही
    [५९]
    नेता
    चिप्ला भाषण 
    जनता झुक्याउने खेल !
    - श्रद्धा आचार्य, पोखरा
    [६०]
    जनता 
    पाउँदैनन् रासन
    नेताका चर्का भाषण !
    - चक्र शाही, कैलाली
    [६१]
    उपदेश 
    पाशविक बुद्धिले
    भेडालाई दिँदै सन्देश !
    - प्रद्युम्न चालिसे 
    भक्तपुर, कटुञ्जे 
    [६२]
    जनता
    भाषणमा मख्ख 
    भेडाहरुकाे हुलमा नेतृत्व !
    - नारायण प्रसाद उपाध्याय, कैलाली 
    [६३]
    जताको
    भेडाजस्तै नेताको 
    भाषण सुनुवाइ कताको !
    - जमुना आचार्य, सिन्धुपाल्चोक
    [६४]
    जनता 
    भेडाहरूका बथानमा
    आफूलाई बदल्ने नेता !
    - जिज्ञासु पन्त, लमजुङ 
    [६५]
    जनता
    सबै टेढोमेढो
    नेताले बनाए भेडो !
    - मन्दिरा सेढाई 
      मलेखु, धादिङ
    [६६]
    भेडा 
    बनाउने  जनता 
    भोग्ने निर्दोष देश !
    - सुस्मिता अधिकारी, काठमाडौँ
    [६७]
    भाषण
    नेताको शासन
    जनता भेडाको बथान !
    - सरस्वती श्रेष्ठ, रुपन्देही
    [६८]
    नेतृत्व
    निम्नकोटीको सोच
    एकोहोरो रटानको पराकाष्ठा !
    - घनश्याम पौडेल
    गौरीगङ्गा नपा -९, कैलाली
    [६९]
    विवेकशील
    सबै बनौँ
    बल्ल नेतालाई भनौँ !
    - कार्की डिबी माकुम
    सुनवल-४, नवलपरासी
    [७०]
    नेता
    भन्छ गोठाला
    जतासुकै गर्छ घोटाला !
    - पशपती राई, खोटाङ
    [७१]
    भाषण
    स्रोता भेडाहरू
    वक्ता चलाख गोठाला !
    - कविता आचार्य, कैलाली
    [७२]
    अशिक्षा 
    देखासिकीको भण्डार 
    जानेको भन्ने अहङ्कार ! 
    - सविता के.सी.
    [७३]
    नेता
    भाषण ठुला 
    जनता लडाउने खेल !
    - सहयात्री शाेभा अर्याल 
     रुपन्देही, बुटवल
    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खला- १३६

    Posts navigation

    Older posts
    Newer posts

    Himalayan Dristi Team

    • प्रधान सम्पादक

      अनिल आचार्य

    About us

    • हाम्रोबारे

    Follow us on Facebook

    Contact Us

    Kathmandu, Nepal
    Email: himalayandristi@gmail.com
    Phone:-00977-9868990772
    Web:
    www.himalayandristi.com/
    विज्ञापनका लागि
    कृष्ण गिरि 00977-9860341922

    © Copyright 2020-2024 Himalayan Dristi. All Right Reserved. Design & Developed By K & P