• गृह पृष्ठ
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला /जीवनशैली
  • खेल
  • बिज्ञान/प्रविधि
  • राजनीति
  • विचार
  • समाज
  • साहित्य

Category: मुख्य खबर

साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खलाको ६३ औँ भाग शनिबार सम्पन्न

  • २१ श्रावण २०७९, शनिबार १८:१९ मा प्रकाशित
  • काठमाडौ, २१ साउन । साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खलाको ६३ औँ भाग शनिबार सम्पन्न भएको छ । उदक साहित्य समाज, नेपालले उक्त कार्यक्रमको आयोजना गरेको थियो। उक्त शृङ्खलामा नेपाल लगायत विश्वका ७२ जना उदक स्रष्टाहरूको सहभागिता रहेको उदक लेखन शृङ्खलाका प्रशिक्षक एवं उदक साहित्य समाजका उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो ।

    काव्य विधा अन्तर्गतको नयाँ उदियमान प्रविधा उदक कविताको उन्नयन र विकासका लागि साप्ताहिक रूपमा उदक लेखन शृङ्खला सञ्चालन गर्दै आएको उदकका प्रवर्तक एवं उदक साहित्य समाजका अध्यक्ष आर्त अकुलीनले बताउनुभयो ।

    शनिबारको शृङ्खलाका लागि विहान एउटा तस्बिर दिएर उक्त तस्बिर अनुसारको गहन भाव खुल्ने गरि एउटा उदक साझ ५ बजेसम्म लेख्न सहभागी उदक यात्रीहरूलाई भनिएको थियोे ।

    शृङ्खलाका लागि राखिएको तस्बिर

    photo: sabita kc

    तस्बिरमा उदक लेखन अभ्यास शृङ्खलामा सहभागी स्रष्टाहरूका उदकहरू

    [१]
    पुल
    सम्पत्तिको दुरुपयोग
    बाटो बिहिन विकास !
    ✍️
    खेमराज पुरी
    कैलाली

    [२]
    पुल
    छैन बाटो
    बनाउनेले घिच्यो काट्टो !
    ✍️
    पूर्णबहादुर श्रेष्ठ “हृदयङकृत”
    पनौती न.पा.-३,काभ्रे

    [३]
    बाटो
    खोला माथि
    वैकुण्ठ तर्ने पुल !
    ✍️
    होम प्रसाद
    धरान,सुनसरी ।

    [४]
    सरिता
    यात्राको दुरुहता
    मार्ग बिनाको सेतु !
    ✍️
    कण्ठराज

    [५]
    बर्खा
    भेल बाढी
    धन जनको क्षति !
    ✍️
    अनुग्रह राना मगर ‘पुष्प’
    पाँचखपन – ६ संखुवासभा हाल मलेसिया

    [६]
    बजेट
    पुलको नाम
    काम नगरी झ्वाम !
    ✍️
    रमा पन्त
    पाल्पा।

    [७]
    पुल
    नेपाली हौडा
    सबै मिलेर स्वाहा !
    ✍️
    राेशन पराजुली
    धरान।

    [८]
    वर्षात्
    खोलामा पानी
    संरक्षण खोजमा सेतु !
    ✍️
    आर्त अकुलीन
    कैलाली

    [९]
    पुल
    बिना बाटोको
    को हिँड्ने होला ?
    ✍️
    बिके माकजु
    भक्तपुर ।

    [१०]
    वर्षात्
    बजेटको सत्यानास
    आसेपासे पाल्ने बाटो !
    ✍️
    इन्दिरा देवकोटा
    कपिलवस्तु

    [११]
    पुल
    एक साधन
    मार्ग बिना बेकाम !
    ✍️
    धनमाया चौधरी
    कैलाली

    [१२]
    पुल
    अचल साधन
    तर जाने कता ?
    ✍️
    अच्युत घिमिरे
    भुटान बाट 🇧🇹

    [१३]
    पुल
    बिना बाटोको
    घर न स्कूल !
    ✍️
    घनश्याम पौडेल
    पोखरा

    [१४]
    विकास
    बाटोको खोजीमा
    नदीमा सुगम पुल !
    ✍️
    समुन्द्रा शर्मा
    सुनसरी

    [१५]
    स्वार्थ
    शक्ति दुरूपयाेग
    निर्लज्जताकाे चरम पराकाष्ठा !
    ✍️
    प्रद्युम्न

    [१६]
    पुल
    नचाहिने ठाउँमा
    पैसा शक्तिको दुरुपयोग !
    ✍️
    शिव ज्ञवाली
    गुल्मी

    [१७]
    सेतु
    अपूर्ण कार्य
    मार्ग अनिश्चित अनिर्णीत !
    ✍️
    रमेश प्रभात
    चितवन।

    [१८]
    पुल
    पसेर शूल
    बजेट गोजीमा हुल !
    ✍️
    सविता के.सी.
    काठमाडौँ ।

    [१९]
    पुल
    स्वार्थमा भुल
    देश लुट्नेको हुल !
    ✍️
    बुद्धिप्रसाद लामिछाने
    कैलाली

    [२०]
    खेत
    जङ्गल पानी
    पुल कता जानी !
    ✍️
    रिता खराल
    रुपन्देही

    [२१]
    नेता
    भक्तहरू चिन
    बाटो विनाको पुल !
    ✍️
    शिव खनाल जीवम
    स्याङ्जा

    [२२]
    सकिएन्
    असारे बजेट
    सेतुमा कसिएन् सकेट !
    ✍️
    कमला देवकोटा
    पाल्पा

    [२३]
    अर्थ
    खर्च ब्यर्थ
    मनोमानी प्रणालीको नमुना !
    ✍️
    राम बहादुर चौधरी
    कैलाली।

    [२४]
    वर्षात्
    उर्लदो भेल
    सेतु बिगार्ने खेल !
    ✍️
    धर्मी शाक्य
    बुटवल ,रुपन्देही

    [२५]
    पुल
    देखावटी काम
    अनर्थमा भयो बदनाम !
    ✍️
    बिबस पारदर्शी
    भद्रपुर झापा

    [२६]
    पुल
    बाढी पहिरो
    देशमा विकासको गति !
    ✍️
    बुद्धिमान दनुवार
    सुरुङा ४ झापा

    [२७]
    पुलले
    मगज स्थुलले
    गिज्याउँछ अति असुलले !
    ✍️
    प्रेम थापा “मन “

    [२८]
    बाटो
    बिनाको पुल
    कमिसन खानेको हुल !
    ✍️
    चक्र शाही
    कैलाली ।।

    [२९]
    पुल
    आँखामा छारो
    देखियो अति साह्रो ?
    ✍️
    भवानी घिमिरे
    सर्लाही

    [३०]
    पुल
    बजेट जति
    गोजीमा पो हुल !
    ✍️
    सरस्वती श्रेष्ठ
    इटहरी

    [३१]
    खहरे
    जोडेको पुल
    अनाडि नगर्नू भूल !
    ✍️
    इश्वरी अधिकारी
    लमजुङ

    [३२]
    सेतु
    बनेको रामभरोसे
    जनताहरू सदैव जोखिममा !
    ✍️
    सोमनाथ लुइटेल “रवि पाल्पाली”

    [३३]
    भेल
    सेतुमा छल
    बजेट कोतर्ने खेल !
    ✍️
    गोपेन्द्र रिजाल
    पाँचथर ।

    [३४]
    वाह
    विकासको मूल
    बाटो बिनाको पुल !
    ✍️
    वसन्त अनुभव
    घोराही, दाङ

    [३५]
    नेता
    बजेटकाे हिनामिना
    अनावश्यक पुल खाेलामा !
    ✍️
    श्रद्धा आचार्य
    पोखरा

    [३६]
    पुल
    देखाउन मात्र
    जनता दुखी पात्र !
    ✍️
    देबकी के.सी.

    [३७]
    पुलको
    अनावश्यक निर्माण
    बजेट नेताको खल्तीमा !
    ✍️
    सुशीला पौडेल

    [३८]
    पुल
    वर्षाको समय
    उर्लेर आयो हुल !
    ✍️
    पुष्पा बिष्ट
    बझाङ

    [३९]
    निर्लज्ज
    अपरिपक्वताको पराकाष्ठा
    कस्तो अनौठो भुल !
    ✍️
    तेजप्रसाद खनाल
    लमही दाङ।

    [४०]
    बाटो
    बिनाको पुल
    भएकै रहेछ भुल !
    ✍️
    नारायण कोइराला
    तानसेन

    [४१]
    पुल
    दुईतिर फूल
    दुवैतिर मिलेर डुल !
    ✍️
    पशपती राई
    खोटाङ

    [४२]
    पुल
    भएकाे भूल
    खल्तीमा पैसाकाे मूल !
    ✍️
    रामराजा के. सी.
    फर्पिङ, काठमाडौं

    [४३]
    बजेट
    विकासमा भूल
    गलत स्थानमा पुल !
    ✍️
    सरस्वती श्रेष्ठ
    रूपन्देही बुट्वल ।

    [४४]
    बाटो
    बिनाको पुल
    टन्न परेर डुल !
    ✍️
    सिङ बि

    [४५]
    पुल
    चयनमा भूल
    हिड्दैनन् मान्छेका हुल !
    ✍️
    सम्झना कुवर

    [४६]
    शूल
    स्वार्थी उदरमा
    माेटर बिनाको पुल !
    ✍️
    केशवप्रसाद ढकाल ‘प्रीतबीज’
    सिरान्चाेक-७, उपल्लो गाेहाेरे, गाेरखा

    [४७]
    पुल
    बनाउनेको महाभूल
    स्थान रहेछ प्रतिकुल !
    ✍️
    कल्पना पहाडी
    सिन्धुली

    [४८]
    वन
    नदी जमिन
    जोड्ने सुन्दर अनुपम !
    ✍️
    नुमा राई
    ईटहरी

    [४९]
    विकास
    शक्तिको उन्माद
    बाटो नभएरै पुल !
    ✍️
    नारायण प्रसाद उपाध्याय
    कैलाली ।

    [५०]
    कठै
    खेतको पुल
    केको यस्तो हुल ?
    ✍️
    नन्दलाल आचार्य
    सिद्धार्थटोल, उदयपुर ।

    [५१]
    पुल
    कसले बनायो
    रहेछ मापदण्ड बिपरित !
    ✍️
    राज कुमार राजभण्डारी खाेटाङ्गे
    मध्यपुर थिमी ५ सङ्गमकाेलनी भक्तपुर ।

    [५२]
    स्वार्थमा
    पुल बनाई
    गोजी भर्नुसम्म भ-यो ।
    ✍️
    त्रिलोक रामदाम
    सि.न.न.पा.~८ ,भैरहवा ।

    [५३]
    पुल
    तर्नलाई जँगार
    सम्बन्ध जोडिएको वारपार !
    ✍️
    सरस्वती वली
    बर्दिया नेपाल

    [५३]
    विकास
    बजेटकाे सत्यानास
    बाटाे बिनाकाे पुल !
    ✍️
    उर्मिला

    [५४]
    पुल
    याेजनामा पास
    देखियो भ्रमकाे आभास !
    ✍️
    दुर्गा तामाङ
    सङ्खुवासभा

    [५५]
    भ्रष्टाचार
    बजेटकाे दुरुपयोग
    गहिराे खेतमा पुल !
    ✍️
    नवराज भट्ट
    महेन्द्रनगर

    [५६]
    पुल
    नभएको बाटो
    भ्रष्टाचारको फुटायो मूल !
    ✍️
    बिपी खनाल
    कैलाली

    [५७]
    पुल
    गरे देखावटी
    नेताको बुद्धिमा बिर्को !
    ✍️
    दुर्गा आचार्य
    मोरङ।

    [५८]
    बाटो
    बिनाको पुल
    तिमीले गर्यौ भुल !
    ✍️
    मंगला

    [५९]
    नियम
    बनाएर असुल
    बाटो बिनाको पुल !
    ✍️
    ज्ञानबहादुर क्षत्री,
    सन्धिखर्क-२, अर्घाखाँची ।

    [६०]
    विकास
    खल्तिका योजना
    मनपरी बजेट बाँडफाँड !
    ✍️
    राम

    [६१]
    देश
    भ्रष्टाचारीकाे हुल
    बिनाबाटाे खाेलामा पुल !
    ✍️
    लता

    [६२]
    बिना
    बाटोको पुल
    जङ्गल खेतमा डुल !
    ✍️
    सुमित्रा पोखरेल
    काठमाडौं

    [६३]
    नेता
    बालुवा मिसाएर
    पट्याउँदै गोजीमा दाम !
    ✍️
    अम्विका अधिकारी
    झापा विर्तामोड

    [६४]
    वर्षा
    जोखिममा पुल
    अविरल पानीको त्रास !
    ✍️
    मिलन के.सी.( थापा)
    पोखरा

    [६५]
    पुल
    भएछ भूल
    जनताको आशा ढुलमुल !
    ✍️
    रामकृष्ण

    [६६]
    पुल
    यात्रा सहजता
    विकासको लागि साधन !
    ✍️
    कविता आचार्य
    कैलाली

    [६७]
    विकास
    लज्जास्पद अबस्था
    सडक बिनाको पुल !
    ✍️
    मन्दिरा सेढाई
    मलेखु,धादिङ

    [६८]
    बाटाे
    बिना अर्थकाे पुल,
    जानेरै गरेँ भुल !
    ✍️
    सहयात्री शाेभा अर्याल
    बुटवल १४ रुपन्देही

    [६९]
    नदी
    नदीमा पुल
    सडकै नभएर भूल !
    ✍️
    दुर्गा अधिकारी भमरकोटे ।

    [७०]
    सेतु
    अपायक निर्माण
    तर सडकको अभाव !
    ✍️
    भगवती दवाडी
    दमक,झापा

    [७१]
    भरोसा
    माथिको खेलवाड
    समय पैसाको बर्बाद !
    ✍️
    निर्मला

    [७२]
    यात्रा
    गन्तव्य छुट्टै
    सडक पुल देश !
    ✍️
    हिमाल अम्मै
    घोडाघोडी कैलाली

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खलाको ६३ औँ भाग शनिबार सम्पन्न

    साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खलाको ६२औँ भाग शनिबार सम्पन्न

  • २१ श्रावण २०७९, शनिबार १५:४३ मा प्रकाशित
  • काठमाडौ, १४ साउन । साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खलाको ६२ औँ भाग शनिबार सम्पन्न भएको छ । उदक साहित्य समाज, नेपालले उक्त कार्यक्रमको आयोजना गरेको थियो। उक्त शृङ्खलामा नेपाल लगायत विश्वका ६८ जना उदक स्रष्टाहरूको सहभागिता रहेको उदक लेखन शृङ्खलाका प्रशिक्षक एवं उदक साहित्य समाजका उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो ।

    काव्य विधा अन्तर्गतको नयाँ उदियमान प्रविधा उदक कविताको उन्नयन र विकासका लागि साप्ताहिक रूपमा उदक लेखन शृङ्खला सञ्चालन गर्दै आएको उदकका प्रवर्तक एवं उदक साहित्य समाजका अध्यक्ष आर्त अकुलीनले बताउनुभयो ।

    शनिबारको शृङ्खलाका लागि विहान एउटा तस्बिर दिएर उक्त तस्बिर अनुसारको गहन भाव खुल्ने गरि एउटा उदक साझ ५ बजेसम्म लेख्न सहभागी उदक यात्रीहरूलाई भनिएको थियोे ।

    शृङ्खलाका लागि राखिएको तस्बिर

    social media

    तस्बिरमा उदक लेखन अभ्यास शृङ्खलामा सहभागी स्रष्टाहरूका उदकहरू

    [१]
    महिमा
    साउन महिना
    हरियो वस्तुको गरिमा !
    ✍️
    पशपती राई
    खोटाङ

    [२]
    श्रावण
    महिलाको पर्व
    महिलामा महान गर्व !
    ✍️
    खेमराज पुरी
    कैलाली

    [३]
    महिला
    साउनको महिनामा
    सधैँ प्रकृतिको साथमा !
    ✍️
    समुन्द्रा शर्मा
    सुनसरी

    [४]
    श्रावण
    हरियो रङ्ग
    हेरेर नपर्नुस् दङ्ग !
    ✍️
    पूर्णबहादुर श्रेष्ठ “हृदयङकृत”
    पनौती-३,काभ्रे

    [५]
    चुरा
    सुशोभित नारी
    रङ्गिएका चाेली साडीमा !
    ✍️
    राेशन पराजुली
    धरान।

    [६]
    हरियो
    पोते गलामा
    छपक्कै चुरा हातमा !
    ✍️
    अनुग्रह राना मगर ‘पुष्प’
    पाँचखपन – ६ संखुवासभा
    हाल मलेसिया

    [७]
    हरियो
    प्रकृतिको देन
    नझुक्किनु व्यापारको खेल !
    ✍️
    रमा पन्त
    पाल्पा

    [८]
    हरियो
    श्रावण विशेष
    सजिएका नेपाली नारी !
    ✍️
    सीता पाण्डेय मरासिनी
    रे.नपा ,गुल्मी ।

    [९]
    आडम्बर
    श्रावणको नाममा
    अनावश्यक खर्च बेकाममा !
    ✍️
    मंगला

    [१०]
    आडम्बर
    पति भक्ति
    फजुल खर्च चुरामा !
    ✍️
    राज कुमार राजभण्डारी खाेटाङ्गे
    भक्तपुर ।

    [११]
    वर्षा
    चारैतिर हरियाली
    प्रकृतिमा मिलिन् नारी !
    ✍️
    प्रद्युम्न चालिसे
    देवघाट तनहुँ ।

    [१२]
    नारी
    सौभाग्यले सजिएकी
    हरिया चुरापोते लाएकी !
    ✍️
    इन्दिरा देवकोटा
    कपिलवस्तु न .पा .३

    [१३]
    संस्कृति
    श्रावणको नाउँमा
    मौलाउँदो नारीमा विकृति !
    ✍️
    देबकी के.सी.

    [१४]
    श्रावण
    हरियो वरण
    चुरा पोते उपकरण !
    ✍️
    अच्युत घिमिरे
    भुटान बाट 🇧🇹

    [१५]
    श्रावण
    नारी सौन्दर्य
    हरियो प्राकृतिक उपज !
    ✍️
    आर्त अकुलीन
    कैलाली

    [१६]
    हरिया
    साउनको महिना
    पहिरन चुरा फरिया !
    ✍️
    हिमाल अम्मै
    घोडाघोडी कैलाली

    [१७]
    हरियो
    चुरा पोते
    महिमा श्रावण महिनाको !
    ✍️
    धर्मी शाक्य
    बुटवल रुपन्देही

    [१८]
    हरियाली
    श्रावणी चिन्ह
    सजिएका नारी विभिन्न !
    ✍️
    इन्दिरा ज्ञवाली
    तानसेन ,पाल्पा

    [१९]
    हरियाे
    श्रावणकाे नाममा
    भित्र्याउँदै विकृत फेसन !
    ✍️
    उर्मिला के.शी.

    [२०]
    आयातित
    अनौठो संस्कृति
    फजुल खर्च विकृति !
    ✍️
    वसन्त अनुभव
    घोराही उपमहानगरपालिका १४, दाङ

    [२१]
    हरियो
    नारी सौन्दर्य
    प्रकृति, मानव एकाकार !
    ✍️
    गोपेन्द्र रिजाल
    पाँचथर।

    [२२]
    श्रावण
    सर्वत्र हरियाली
    संस्कृतिको नाममा विकृती !
    ✍️
    नारायण प्रसाद उपाध्याय
    कैलाली ।

    [२३]
    श्रावण
    हरियो चुरा
    छिमेकीको गर्धनमा छुरा !
    ✍️
    कमला देवकोटा
    पाल्पा

    [२४]
    हरियाे
    देखावटी चलन
    अविश्वासी सबैकाे मन !
    ✍️
    सौन्दर्य शाक्य
    पाल्पा

    [२५]
    हरियो
    संस्कृतिमा विकृति
    नेपालीमा मौलिकता हरायो !
    ✍️
    सरस्वती वली
    बर्दिया नेपाल

    [२६]
    घोषणापत्र
    नारी आदर्शताको
    चुरा हरियो गुन्यू !
    ✍️
    कण्ठराज गिरी
    टीकापुर कैलाली
    हाल अष्ट्रेलिया क्यानवेरा।

    [२७]
    संस्कृति
    नारी सौन्दर्य
    हटाउने प्रण विकृति !
    ✍️
    मिलन के. सी( थापा)
    पोखरा

    [२८]
    हरियाली
    श्रावणकाे रमझम
    विकृति नबनाेस् संस्कृति !
    ✍️
    भावना मञ्जु
    माेरङ

    [२९]
    श्रावण
    प्रकृतिको विशेषता
    खुल्छ हरियाे सुन्दरता !
    ✍️
    टीकाराम जाेशी
    काठमाडौं

    [३०]
    हरियो
    श्रावणको महिना
    जता हेर्यो उस्तै !
    ✍️
    बुद्धिप्रसाद लामिछाने
    कैलाली

    [३१]
    भित्रिदै
    विदेशी संस्कार
    हुँदैछ व्यापारको बिस्तार !
    ✍️
    सुमित्रा पोखरेल
    काठमाडौं

    [३२]
    हरियाली
    छ्पक्कै छायो
    सौर्न्दर्यमा चमत्कार आयो !
    ✍️
    ईश्वरी अधिकारी
    लमजुङ

    [३३]
    हरियाे
    श्रावण महिना
    हरिया चुरा मेहन्दी !
    ✍️
    नवराज भट्ट
    महेन्द्रनगर

    [३४]
    साउन
    दृश्य प्राकृतिक
    सुन्दर हातमा झलक्क !
    ✍️
    सोमनाथ लुइटेल “रवि पाल्पाली”

    [३५]
    श्रावण
    हरियो चुरा
    नारीको मन प्रसन्न !
    ✍️
    नारायण कोइराला
    तानसेन पाल्पा

    [३६]
    श्रावण
    हरित सर्वाङ्ग
    प्रकृति सजाउने संस्कृति !
    ✍️
    कल्पना पहाडी
    सिन्धुली

    [३७]
    हरियो
    श्रावण महिना
    हरियो खोज्छ डिङ्गो !
    ✍️
    सविता के.सी.
    काठमाडौँ ।

    [३८]
    हरियो
    चुराको संस्कृति
    बडप्पनले नहोस् विकृति !
    ✍️
    प्रेम थापा

    [३९]
    हरियो
    धर्मको आस्था
    बढ्छ श्रीमानको आयु !
    ✍️
    सूर्य बहादुर सुनुवार
    हाल सीता पाईला _४

    [४०]
    मेहदी
    चुरा हरिया
    पोते प्रेमका भरिया।
    ✍️
    राजेश भट्टराई
    सैनामैना ११,रुपन्देही

    [४१]
    काइदा
    चुरा पोते
    श्रावण महिना फाइदा !
    ✍️
    शारदा आचार्य

    [४२]
    हरियो
    चुरा पोतेमा
    सजिन्छिन् नारी साउनमा !
    ✍️
    सुशीला पौडेल

    [४३]
    श्रावण
    सौन्दर्यको प्रतीक
    हरियो पहेलो चुरा !
    ✍️
    सरस्वती श्रेष्ठ
    इटहरी

    [४४]
    श्रावण
    नारी सौन्दर्य
    हरिया चुरा पोते !
    ✍️
    धनमाया चौधरी
    कैलाली

    [४५]
    हरियो
    चुरा सधैँ
    महिलाको एक रौनक ।
    ✍️
    प्रदिप नेपाली
    पर्बत

    [४६]
    श्रावण
    नारीको श्रृङ्गार
    चुरा पोते अलङ्कार !
    ✍️
    बिपी खनाल
    लम्की कैलाली

    [४७]
    श्रावण
    प्राकृतिक हराभरा
    हरियो चुरा हातैभरि !
    ✍️
    शोभा सहयात्री अर्याल
    रुपन्देही

    [४८]
    श्रावण
    हरियो सारी
    चट्ट सजिइन् नारी !
    ✍️
    शाेभा आचार्य गाैतम
    काठमाडौ

    [४९]
    श्रावण
    प्रकृतिको प्रतीक
    महिला हरियो पोशाकमा !
    ✍️
    त्रिलोक रामदाम
    सिद्धार्थनगर ,भैरहवा !

    [५०]
    सृजना
    विकास नारा
    त्याग आडम्बरी पारा !
    ✍️
    जमुना कायस्थ
    पोखरा

    [५१]
    महिला
    मेेहदी हरियो
    पाेते चुरा कपडामा !
    ✍️
    रामप्रसाद पुरी
    बादेल,खाेटाङ

    [५२]
    श्रावण
    अत्याधिक खर्च
    अनावश्यक विकृत चलन !
    ✍️
    कविता आचार्य
    कैलाली

    [५३]
    साउनमा
    मेहदी हातमा
    चुरा, सारी साथमा !
    ✍️
    रिता खराल
    रुपन्देही

    [५४]
    हरियो
    सुन्दर पहिरन
    नारीको सौम्य पोशाक !
    ✍️
    पुष्पा बिष्ट
    बझाङ

    [५५]
    श्रावण
    छिमेकी संस्कृति
    हरियो चुरा मेहदी !
    ✍️
    सरस्वती

    [५६]
    श्रावण
    हरियो चुरा
    विशेष शिवको महिना !
    ✍️
    बुद्धिमान दनुवार
    सुरुङ्गा ४ झापा

    [५७]
    साउने
    हरियाली ल्याउने
    सुन्दर शृङ्गारमा रमाउने !
    ✍️
    भवानी घिमिरे
    सर्लाही ।

    [५८]
    हरियो
    आयातित संस्कृति
    धर्मका नाममा विकृति !
    ✍️
    दुर्गा अधिकारी भमरकोटे

    [५९]
    श्रावण
    महिना पावन
    सजिने हरियो पहिरन !
    ✍️
    जमुना आचार्य
    सिन्धुपाल्चोक

    [६०]
    साउन्
    विदेशी संस्कार
    हरिया चुरा नलाउन् ।
    ✍️
    तिला लेकाली

    [६१]
    हरित
    परिचित श्रावण
    थलमा जल सिञ्चित !
    ✍️
    होम प्रसाद नेउपाने
    धरान,सुनसरी ।

    [६२]
    श्रावण
    हरियाली मौसम
    सुन्दर प्राकृतिक वातावरण !
    ✍️
    उर्मिला पन्त पाण्डेय
    ज्ञानेश्वर , काठमाण्डौँ

    [६३]
    साउन
    हरियो चुरा
    नारी सौभाग्यको प्रतीक !
    ✍️
    रघु थापा
    सु न पा १.

    [६४]
    साउन
    शिवको महिना
    हरिया फरिया गहना !
    ✍️
    श्रद्धा आचार्य
    पोखरा

    [६५]
    साजसज्जा
    नाम शिवजीको
    सेवा उही व्यापारीको !
    ✍️
    शिव खनाल जीवम
    रुपन्देही

    [६६]
    हरिया
    पाेते चुरा
    नारी शृङ्गारका कुरा !
    ✍️
    केशवप्रसाद ढकाल ‘प्रीतबीज’
    सिरान्चाेक-७, उपल्लो गाेहाेरे, गाेरखा

    [६७]
    परम्परा
    अनि विश्वास
    नारी आस्थाको धरोहर !
    ✍️
    तेजप्रसाद खनाल
    लमही दाङ।

    [६८]
    श्रावण
    रङ्गीचङ्गी चुरा
    नारीको सौन्दर्यको प्रतीक !
    ✍️
    अम्बिका अधिकारी
    झापा विर्तामोड

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खलाको ६२औँ भाग शनिबार सम्पन्न

    साताका तीन लघुकथा

  • २१ श्रावण २०७९, शनिबार ००:५१ मा प्रकाशित
  • साताका तीन लघुकथाको सोह्रौँ शृङ्खलामा नमस्ते आधुनिक लघुकथा मञ्चमा यो साता प्रेषित गरिएका लघुकथाहरू मध्ये निम्न तीन लघुकथाहरू (माया, खसीको मासु र ढोङ्गी) छनोट गरी प्रकाशन गरिएको छ।

    १) लघुकथा: माया

    ✍️ खगेन्द्र बस्याल

    विवाह भएको केही महिना बित्यो । यस बिचमा धेरै फोटा खिचिए । तर उसले एउटै पनि फोटो अनुहार पुस्तिकामा पोष्ट गरेन ।

    यो चाला देखेर नव विवाहित श्रीमतीले भनी,- “म नराम्री देखिन्छु र !” उसले भन्यो, “मायाका अतिरिक्त धेरै राम्री पनि लागेर कार्यालय समय सकिना साथ सरासर घरमा आएकै छु । तिमीसँग अन्तरङ्ग कुराकानी गरिरहेकै छु । पोखरा, लुम्बिनी, सौराहा पनि घुमाइसकेँ । कसरी आयो यस्तो कुरा ?”

    उसले भनी, “अहिलेसम्म एउटै पनि फोटो अनुहार पुस्तिकामा पोष्ट गर्नुभएको देखिनँ नि ! तपाईंले नराखेसम्म मलाई पनि राख्ने आँट आएनँ । माइतीतिर पनि अहिल्यै खट्पट् सुरु भइसकेको हो र ! भनेर शङ्का गर्न थाले ।”
    त्यो सुनेर उसले भन्यो, “ती फोटाहरू अरूलाई देखाउन नभएर हामी आफैँले फुर्सदमा हेर्नका लागि खिचेको होइन र ? तिमीलाई फोटाहरू देखाउन मन भए एउटा कार्यक्रम नै राखेर फोटो प्रदर्शनी नै गर्ने कि ?”

    पतिको कुराले अँध्यारो मुख बनाउँदै उसले भनी, “त्यसो भनेको कहाँ हो र ? खाली ठट्टा मात्रै गर्नु हुन्छ !” उनी रुन लागेको चाल पाएर उसले भन्यो, “उसो भए ! हामी दुवैले एकै खालको अभिव्यक्ति लेखी आजै पोष्ट गरौँ । हाम्रा आफन्त एवम् शुभ चिन्तकहरू ! हामी मायालाई प्रदर्शनको रुपमा लिन चाहँदैनौँ । हाम्रो दाम्पत्य जीवनमा कतै तिक्तता आयो कि भनेर कल्पना नगर्नुहोला । हामीले माया हृदयमा राख्छौँ । फेसबुकमा देखाउनका लागि होइन् ।”

    तिलोत्तमा ९ सरस्वती पथ,रुपन्देही ।

    २) लघुकथा : खसीकाे मासु

    ✍️ छविलाल खड्का

    हरिहर बाजे नम्बरी पण्डित । धर्मशास्त्रका ज्ञाता । सुँगुर र भैँसी खानेहरूलाई थुक्छन् । पण्डितका घरमा कुखुराकाे मासुकाे कुरा गर्नेलाई थर्काउँछन् । मांसहारी चाहिँ मांसहारी नै हुन् तर शुद्ध खसीकाे मात्रै । स्त्री चाैपायाकाे मासु खाने अगति पर्छन् भन्ने मान्यता छ, उनकाे ।

    उनी बजारबाट फर्कँदै थिए । चैते दसैँ । मासु खान मन लाग्याे । गाेजीमा पैसा रहेनछ । चिनेकै मासु पसले भएकाेले भने, “माइला ! पैसा सबै सकिएछ । उधाराेमा एक किलाे मासु दिन्छस् ?’

    “भैहाल्छ नि बाजे !” पसलेले एक किलाे मासु दियाे ।
    साँझ घरमा मासु पाक्याे । सबै परिवार रमाएर मीठाे मुखले खाए । उनले हात धुँदै मनमनै साेचे, “खसीकाे मासु भनेकाे खसीकै हाे ! कति स्वादिलाे ?”

    सुत्नेबेला पण्डित्नीले पैसा दिँदै भनिन्, “बाजे ! मैले त आज थाराे बाख्री बेचिदिएँ ।”
    त्यत्ति नै खेर फाेनकाे घण्टी बज्याे । काेटकाे गाेजीमा पैसा राख्दै मजाले फाेनमा गफिए ।

    बिहान चिया खाएर पसलतिर गए । काेटकाे गाेजीबाट हजारकाे नाेट निकाल्दै भने, “माइला ! ल हिजाेकाे मासुकाे पैसा लेऊ ।”
    धर्म हार्न नसकेर माइलाले पाँच सय फिर्ता दियाे । उनले आश्चर्य मान्दै भने, “हजार रुपैँया किलाे हैन र ?”

    “हाे बाजे ! तर हिजाेकाे मासु हजुरकै घरकाे थियाे, त्यसैले ।”

    काेहलपुर

    ३) लघुकथा: ढोङ्गी

    ✍️ सुरेशकुमार पान्डे।

    केही दिनदेखि गाउँमा खुबै चर्चा चलेको थियो,- “एउटा गेरुवा वस्त्रधारी निकै जान्ने त्रिकालदर्शी बाबा ! गाउँमा छिरेको छ ।” बाबा जसको घरमा गएपनि खुबै सम्मानका साथ खान, बस्न र सक्दो दान दक्षिणा पाउँथ्यो । गाउँलेहरूको ऊ प्रति निकै विश्वास र सम्मान थियोे । गाउँमा केही हरायो वा कोही बिरामी भयो कि त्यहीँ बाबाको शरणमा जान्थे ।

    यसरी टाढा-टाढाका गाउँमा पनि उसको प्रचारप्रसार भयो । गाउँलेहरूले उसलाई कुटिया बनाएर बसाल्ने निधो गरे । तर बाबाले मानेन,- “म फकिर सन्यासी मान्छे ! कसैको पिँजडामा थुनिएर बस्न सक्दिनँ ।”

    एकदिन पल्लो गाउँको टुक्केले उक्त बाबाको बारेमा सुन्यो । ‘यति प्रचारप्रसार हुने बाबा पक्कै पनि असाधारण हुनुपर्छ ।’ उसले मनमनै सोच्यो । अनि दर्शन गर्ने निधो गरेर बाबा बस्ने गाउँमा पुग्यो ।

    जब टुक्के त्यहाँ पुग्यो; ऊ तीनछक पर्यो । लामो दाह्री पालेको, गेरुवा वस्त्र धारण गरेको उक्त त्रिकालदर्शी बाबा त ! अरू कोही नभएर उसकै गाउँको फरार अपराधी बिर्खे थियोे । जो महिला ओसारपसार र बेचबिखन गरेको आरोपमा एक महिना अघि मात्र जेल चलान भएको थियोे ।
    दाङ, घोराही- १८

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on साताका तीन लघुकथा

    पञ्चाङ्ग लेखन अभ्यास शृङ्खला भाग – २ सम्पन्न

  • २० श्रावण २०७९, शुक्रबार २१:२४ मा प्रकाशित
  • पञ्चाङ्ग साहित्य  समाज नेपाल अभ्यास पाठशालाको अभ्यास शृङ्खला दर्ता पछिको :- भाग २ (दुई)
    ——————————————–
    ” पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार “
                       विधा :- पञ्चाङ्ग
    अभ्यास गर्ने थलो :- पञ्चाङ्ग पाठशाला
               मिति:- २०७९/०४/१७
    ………………………………………….
    प्रशिक्षक:-
    ———–
    सोमनाथ लुइटेल “रवि पाल्पाली”
    तोयानाथ सुवेदी
                  
    भाषा शुद्धीकरण
    ————
    सोमनाथ लुइटेल रवि पाल्पाली
    भवानी घिमिरे
    पुष्पा सुवेदी नेपाल

    सङ्कलक :-
    ———-
    सुशीला पौडेल

                  समयोजक
       दुर्गा आचार्य ,भवानी घिमिरे
                        तथा
    पञ्चाङ्ग साहित्य समाज नेपाल ।

    ======================

    अनुप्रास:-
    मारेर, हारेर, झारेर, पारेर, बारेर, तारेर, खारेरं सारेर, चारेर,
    नारेर, दारेर, टारेर 

    स्थायी:- गयौ मलाई

    अक्षर संख्या  आफ्नो इच्छा

    ======================
    पञ्चाङ्ग   ०१

    त्रिसम पञ्चाङ्ग ०१

    विवाद  गरि  बोलीले मारेर गयौ मलाई
    अन्यथा भयो जमिन सारेर गयौ मलाई
    बलले आर्ज नैतिक भएर बुद्धि देखाउ
    शासन गर्दै  भोगाइ  सारेर गयौ मलाई
    कसरी हुन्छ तिमीले खारेर गयौ मलाई ।

    जीवन बित्छ दु:खले बारेर  गयौ मलाई
    तनाव  दर्द  भागमा   पारेर  गयौ मलाई
    जीवन ढल्दा बलेको राप ताप्दैन कसैले
    भागमा जित आफैले  हारेर गयौ मलाई
    हलको  गोरु    बनाइ  नारेर गयौ मलाई ।

    गलत   सही   भनेर   झारेर गयो मलाई
    नारीको हेला   सहेर   दारेर गयौ मलाई
    निशब्द   भएँ  देखेर काम गरेन सुद्धीले
    तिक्तता बोली रसमा   तारेर गयौ मलाई
    संसारै   दुई  आखाले चारेर गयौ मलाई ।

    ✍️सोमनाथ लुइटेल “रवि पाल्पाली”

    पञ्चाङ्ग :०२

    मेरो इच्छा मारेर गयौं
    माया अन्तै सारेर गयौ
    अलपत्र पार्यौ बीचमा
    हिड्ने  बाटो बारेर गयौं
    कोशी नदी तारेर गयौ।

    ✍️तारा घिमिरे सङ्खुवासभा ।

    पञ्चाङ्ग:०३
    १
    रूखाे बाेलेर मारेर गयौं मलाई
    अन्तै मायाले बारेर गयौं मलाई
    दु:खले बल्लबल्ल जाेडेकाे त्याे घर
    घर न घाट पारेर गयौं मलाई
    फुल्न नपाई झारेर गयौं मलाई ।
    २
    काँडे तारकाे बार बारेर गयौं,
    हजारौं सपना याे मारेर गयौं।
    धेरै इच्छा र आकाङ्क्षा थिए मेरा,
    मन पर्ने त्यो फूल सारेर गयौं।
    उर्लि आएको खाेला तारेर गयौं।

    ✍️सहयात्री शाेभा अर्याल
      बुटवल १४ रूपन्देही ।
     
    पञ्चाङ्ग:०४

    मलाई माया मारेर गयौ तिमीले
    बसाइँ अन्तै सारेर गयौ तिमीले
    जिन्दगीको यात्रा सँगै काटौँला भन्थ्यौ
    बोली वचन टारेर गयौ तिमीले
    घर न घाट पारेर गयौ तिमीले ।

    ✍️सुशीला पौडेल, काठमाडौं ।

    पञ्चाङ्ग:०५

    उडेर आकाश रूखमा बस्ने चरी झारेर गयौ
    चारो नपाएर मेरा बचेराहरू मारेर गयौ
    बहादुर निसाना बाज संम्झन्छौ र गौरव गर्छौ
    तिम्रा मरेका कूलपित्रृ पुरुषार्थ दारेर गयौ
    मरेर मुक्ति पाएको छु मैले तिमी हारेर गयौ।

    ✍️होम प्रसाद नेउपाने
    धरान,सुनसरी ।

    पञ्चाङ्ग  ०६

    आँखामा आँसु झारेर गयौं
    लाएको माया मारेर गयौं
    फेरि के को लागि आउदै छौ
    बसाई अन्तै सारेर गयौं
    मलाई आँखा तारेर गयौं

    ✍️सुमित्रा पोखरेल काठमाडौं ।

    पञ्चाङ्ग   ०७

    आस देखाएर तिमीले त जिउदै मारेर गयौ मलाई
    भेट नै नहोस् भनी अन्तै घरबार सारेर गयौ मलाई
    स्वार्थमा खेलेर मेरो जीवन उजाडि दियौ यसरी किन ?
    भेट्न थियो एकपटक भन्दै थिएँ टारेर गयौ मलाई
    फर्कन नसकोस् भनेर जंगार तारेर गयौ मलाई।

    ✍️दुर्गा आचार्य
    मोरङ ।

    पञ्चाङ्ग ;०८
    ✍️✍️❤️❤️
    आशा देखाएर झारा टारेर गयौ मलाई
    नजिक आए झैँ टाढा पारेर गयौ मलाई
    आशा भरोसा जिम्मेवारीबोध लुटियो सबै 
    आउँछु ल भनि माया मारेर गयौ मलाई
    कता  नदेखिने  ठाउँ  सारेर  गयौ मलाई ।।

    ✍️जमुना आचार्य
    सिन्धुपाल्चोक ।

    पञ्चाङ्ग:०९

    गाजलु आँखाको नशामा, पारेर गयौ मलाई
    चितुवाले बाच्छो दारेझैँ, दारेर गयौ मलाई
    घुँक्कघुँक्क गरेर रुँदा सम्झी तिमीलाई फेरि
    आँखा झिंम्काई पुनः आश, झारेर गयौ मलाई
    घुम्टो ओढी डोलीमा चढी, मारेर गयौ मलाई

    ✍️केशव न्यौपाने सानु
    बेलकोटगढी ७, नुवाकोट ।

    पञ्चाङ्ग   १०

    आज किन यति दोधारमा पारेर गयौ मलाई ।
    व्यर्थमा यसरी नौनी जस्तै खारेर गयौ मलाई ।
    अनि धोका दिनु थियो भने नजिक किन सरेको?
    इच्छा पूरा गरेर अनि त टारेर गयौ मलाई।
    अब अन्त्यमा निर्जीव पारि मारेर गयौ मलाई ।

    ✍️अनुप आचार्य, मोरङ ।

    पञ्चाङ्ग    ११

    औँसीको रात झैँ पारेर गयौ मलाई
    किन किन माया मारेर गयौ मलाई
    के भूल थियो र मेरो बुझेनौ तिमीले
    अर्कैसँग माया सारेर गयौ मलाई
    आँखाबाट आँशु झारेर गयौ मलाई।

      ✍️रोजिना लोहनी पाण्डे, ११ भरतपुर ।
     
    पञ्चाङ्ग   १२

    पीडा  चोटमा आकाशको तारा झारेर गयौ मलाई
    फलामको तारले जन्जिरमा खारेर  गयौ मलाई
    जीवन त्यति सजिलो कहाँ छर सोचेर    रोेजे जस्तो
    दुईटा डुङ्गामा चडेर नदी तारेर गयौ मलाई
    धनी गरिब  छुट्याई संसार चारेर गयौ मलाई

    ✍️अम्विका अधिकारी, झापा विर्तामोड।

    पञ्चाङ्ग:१३

    मुखले निकै चिल्लो पारेर गयौ तिमी।
    बसाइँ भने अन्तै सारेर गयौ तिमी।
    किन अगाडि ठिक्क पार्नु पर्यो र अब,
    काँडाको झाडी माथि झारेर गयौ तिमी।
    मलाई त जिउँदै मारेर गयौ तिमी।

    ✍️ह्यारिस ह्यारिसन” काठमाडौं ।

    पञ्चाङ्ग:१४

    यो  मुटु  तनावमा  पारेर  गयौ  तिमी
    सदाका लागि माया मारेर गयौ तिमी
    सल्लाह सुझावले जानु  हुँदैनथ्यो र
    दुई  मुटुको   दुरी  सारेर  गयौ  तिमी
    मिलनलाई  नित्य  बारेर  गयौ  तिमी।

    ✍️ अच्युत घिमिरे-भुटान बाट 🇧🇹

    पञ्चाङ्ग    १५
    १
    नारी भएरै माया सारेर गयौ मलाई।
    भासमा जिन्दगी छ मारेर गयौ मलाई।
    उमारि स्नेह नखोज्नु अब कुरा धेरै छ,
    बारी हुनाले ऋण पारेर  गयौ मलाई।
    दिल भित्रमा खिल झारेर गयौ मलाई।
    २
    अरूले भन्यो भनेर  किन हारेर गयौं मलाई
    अपुरो के थियो र तिमीले सारेर गयौ मलाई
    मायालुले  दिएको कसम मिथ्या बनाएर  गयौ
    असम्भव भएको वस्तुलाई झारेर  गयो मलाई
    आफ्नो भागको दु:ख तनाव पारेर गयौ मलाई ।

    ✍️सीता कडेंल सापकोटा, चितवन भरतपुर।

    पञ्चाङ्ग :१६

    काँडेतारले  बारेर गयौ  मलाई
    तिखो बोलीले झारेर गयौ मलाई
    कति निस्ठुरी धोकेबाज रहेछौ है
    आसा  देखाई  टारेर  गयौ मलाई
    जिउँदै   तिम्ले  मारेर  गयौ मलाई ।

    ✍️बुद्धिमान  दनुवार, सुरुङ्गा –४ झापा

    पञ्चाङ्ग   १७

    हरियो चुरा देखाइ आँखा नारेर गयौ मलाई
    सोचेको थिएँ आफन्त झाँको झारेर गयौ मलाई
    बोलेको कुरा नबुझ्दा सम्बन्ध झनै बिग्रदै गयो
    अभिमन्यूको चक्रब्यूमा झैँ पारेर गयौ मलाई
    गलत थियौ तिमी नै बाटो बारेर गयौ मलाई।

    ✍️संगिता शर्मा, सिन्धुली ।

    प्पञ्चाङ्ग    १८

    मनमा रहेको विचारकाे आस्था आज मर्दैन मारेर यहाँ ।
    पुर्खाकाे रगतले काेरेकाे सीमा अब सर्दैन सारेर यहाँ ।     
    जंगे पिलरलाई खम्बा नसाेच वीर हुन् ती खडा छन् है सदा  ,
    हात नलम्काउ रति खबरदार छाेड्छन् गिँडा पारेर यहाँ ।
    हरेक नेपालीमा गाेर्खेकाे हिक्मत जमेकाेछ खारेर यहाँ  ।

    ✍️भवानी घिमिरे,सर्लाही ।

    पञ्चाङ्ग   १९

    तिमीले भन्दा पनि    गाड तरेर जान सकिन
    आफ्नैको सल्लाहमा भर परेर जान सकिन
    प्रतिष्ठाको कुरा पनि   भयो छोडेर जानलाई
    आत्मा साथ नहुँदा  त्यसै गरेर जान सकिन
    जाउ जाउ भ्णे नि  आफै सरेर जान सकिन ।

    ✍️मिराज लुइटेल, काठमाडौं ।

    पञ्चाङ्ग    २०

    जहिलेदेखि तिमीले माया मारेर गयौ
    पराई ~बागमा प्रेम फूल सारेर गयौ
    पलपल~ मर्दै र पलपल बाँच्दै छु म
    मेरो यो जिन्दगी धरापमा पारेर गयौ
    सिङ्गो मुटु टुक्राटुक्रा पारि फारेर गयौ

    ✍️पुष्पा नेपाल ( सुवेदी), इलाम ।

    पञ्चाङ्ग    २१
    समपञ्चाङ्ग १

    मन तन मिल्यो तिमीसँग हेर हारेर जादिन।
    लडेर खान्छु नङ्ग्रा खियाउँछु त बारेर जादिन।।
    जतिसुकै बिडम्वना जिवनमा आएपनी  सानू।
    त र म यहाँ सत्रु अगाडि आँसु झारेर जादिन।।
    मेरो बोलिनै खस्रोछ र पनि म खारेर जादिन।

    सोचेजस्तो हुन्न जिवनमा  खोली तारेर जादिन।
    परिआए गर्धन थापिदीउँला   मारेर जादिन।।
    ज्युँदो लास भएर बाँच्नु भन्दा मर्नु नै भलो भन्छन्
    संघर्ष गर्छु बाँचुन्जेल बसाई सारेर जादिन।।
    म यस्तै हुँ आफ्नै तँ सम्झिन्छु गाउँ चारेर जादिन।

    ✍️कमला पाण्डे पराजुलि, झापा चाराअलि ।

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on पञ्चाङ्ग लेखन अभ्यास शृङ्खला भाग – २ सम्पन्न

    भन्सार छली गरी ल्याएको मोबाइलसहित काठमाडौंबाट एक पक्राउ !

  • २० श्रावण २०७९, शुक्रबार १६:५५ मा प्रकाशित

  • प्रहरीले काठमाडौंबाट भन्सार छली गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ।

    भारतको पन्जाब घर भई गौशाला बस्दै आएका ३५ वर्षीय सन्दीप अहुजालाई पक्राउ गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिए।

    उनका अनुसार अहुजाले १२ थान मोबाइल भन्सार छली गरी ल्याएको आरोप छ।

    प्रहरीले अहुजालाई शुक्रबार गौशालाबाट पक्राउ गरेको हो।

    प्रहरीले भारतबाट भन्सार छलेर मोबाइलहरू ल्याएको भन्ने गोप्य सूचना पाएको थियो। प्रहरीले सोही सूचनाको आधारमा उनलाई पक्राउ गरेको हो।

    प्रहरी उपरीक्षक कोइरालाले अहुजाको साथबाट एक थान आइफोन, एक थान भिभो, सात थान ओप्पो, दुई थान सामसङ र एक थान एनफिनिक्स बरामद गरेको बताए।
    प्रहरीले उनलाई भन्सार कार्यालय गौचरन पठाएको जनाएको छ।

    Posted in अर्थ, मुख्य खबरLeave a Comment on भन्सार छली गरी ल्याएको मोबाइलसहित काठमाडौंबाट एक पक्राउ !

    साहित्यकार होम प्रसाद नेउपानेका उत्कृष्ट पञ्चाङ्गहरू

  • १९ श्रावण २०७९, बिहीबार १२:५८ मा प्रकाशित
  • पञ्चाङ्ग-१
    अक्षर-१७

    दुःख दिने शत्रुहरु ती सबै ढाल्नु पर्छ आमा,
    कमजोरी कुविचार र चिन्ता फाल्नु पर्छ आमा,
    हामी दुबै मिलेर हाम्रा अब चलाउँ पाखुरी,
    आफ्नो ज्ञान विचारमा कदम चाल्नु पर्छ आमा,
    जागेर समाजमा आगो अब बाल्नु पर्छ आमा।

    पञ्चाङ्ग -२
    अक्षर-१५
    कसले फसायो यस्तो दलदलमा आमा!
    जुटौं अब हामी दुबै छलफलमा आमा।
    हुदैन बस्नु यसै कराएर हुन्न केही ,
    अनयासै बित्छ दिन पलपलमा आमा,
    बनाओेै अंधेरी रात झलमलमा आमा।

    पञ्चाङ्ग ३
    अक्षर-१५

    चाहन्छु म ए आमा आँसु नबगाए हुन्थ्यो ,
    छाडेर रुन पकाएर भात खाए हुन्थ्यो ।
    आमा छोरा रमेर बस्न कहिले पाउँला,
    हामीलाई नै यस्ता संकट नआए हुन्थ्यो ,
    कमाई देखाएर हँसाउन पाए हुन्थ्यो ।

    पञ्चाङ्ग-४
    अक्षर-१८

    बसेकाले देश नेपाल सकाल छ हिमाल मुनि,
    नकचरा छन् देश हाँक्ने दलाल छ हिमाल मुनि।
    चेतनाको राँको उचालेर दुष्टदैत्य फाल्न सके,
    बिशिस्ट सुन्दर खानी ती बबाल छ हिमाल मुनि,
    जनता जागौ विकासमा कमाल छ हिमाल मुनि।

    पञ्चाङ्ग-५
    अक्षर-२०

    बरफ पग्लिन्छ खोला बन्छ बगरमा छरिन्छ अन्तमा,
    मानव जीवन एउटा खाल्डो खनिन्छ भरिन्छ अन्तमा,
    मडारिन्छ बादल पानी पर्नु अघि हावामा बहकिदै,
    अभाव उत्पादन स्वार्थपूर्तिको लागि गरिन्छ अन्तमा,
    जति थियो पुण्य वा पाप धर्तीमै छोडि मरिन्छ अन्तमा।

    पञ्चाङ्ग-६
    अक्षर-१७

    आफ्नै छ ज्ञान विवेक कसैको लाठो किन हुनु,
    योग्यता क्षमता छ समाजमा आँठो किन हुनु,
    स्वाभिमान र आत्मविस्वास आफैमा हुदाहुदै ,
    पछाडि लागेर बेइमानीको नाठो किन हुनु,
    जानीबुझि सत्यको बाटो छाडि काठो किन हुनु।

    पञ्चाङ्ग-७
    १८ अक्षरमा

    छट्टू देखेर होला उसलाई बाठो रहेछ भन्थे,
    चतुर्‍याइँ उस्तै ठानेपछि टाठो रहेछ भन्थे,
    असल वा खराव कामले चिनाउँछ मान्छेलाई,
    आफ्नै भलो सोच्ने स्वार्थी भेटिदा काठो रहेछ भन्थे ,
    शक्तिको अघि परेर पेलिंदा लाठो रहेछ भन्थे ।

    पञ्चाङ्ग-८
    १६ अक्षरमा

    पूर्वमा लाली रङ्ग हेर छर्किन्छ आजभोली,
    न्यायको निम्ति स्वरहरु चर्किन्छ आज भोलि,
    मान्यताहरु थोत्रिदै पुराना हुदै गए लौ,
    बिर्सिदै पिरतीका कुरा कर्किन्छ आजभोलि,
    क्रान्ति चेतनाको ज्वाला त्यो फर्किन्छ आजभोली।

    पञ्चाङ्ग-९

    आज म खबरै नगरी घर आएँ,
    खोलानाला तर्दै नतरी घर आएँ।
    सपनाजस्तो लाग्नसक्छउनलाई
    रित्तो मन भर्दै नभरी घर आएँ,
    कसै सामु पर्दै नपरी घर आएँ।

    पञ्चाङ्ग-१०
    १३अक्षरमा

    सानाको सान‌ै कथा नलेखी सकिन्छ ,
    अैाँकात छैन र त नभेटी सकिन्छ ।
    व्यबहार नैअसमान रहे सम्म,
    महलमा पाइला नटेकी सकिन्छ ,
    गरिबीका रोदन नदेखि सकिन्छ।

    पञ्चाङ्ग-११
    १८ अक्षरमा

    बाँच्नकै लागि मुखमा माम नखाए टर्दैन भोक,
    बाटो छेउमा बटुवा जान नपाए टर्दैन भोक,
    प्राण बचाउने आधार फरक भएर नै होला,
    पीडा भरेको मनको गीत नगाए टर्दैन भोक,
    कोमल हृदय दाता प्रिय नआए टर्दैन भोक।

    पञ्चाङ्ग-१२
    १४ अक्षरमा

    बालबच्चा रुएका छन् खान नपाएर,
    मेलापात अामा बाबा जान नपाएर।
    गरिबीको चपेटामा जिन्दगी यो डुब्यो,
    खोजीमेली गर्न जाँदा दान नपाएर,
    भोजखाने ठाउँ सम्म लान नपाएर।
    पञ्चाङ्ग१३
    १५ अक्षरमा

    हराए त मेरी आमा माया कसले देला,
    विपतको ओत मेरो छाया कसले देला,
    जन्माउने बचाउने चौतारी हुन् मनको ,
    बायाँ हात टुट्यो भने दाया कसले देला,
    अर्को जुनी लिनु पर्दा काया कसले देला।

    पञ्चाङ्ग-१४
    १२ अक्षरमा

    फूलबारी सानो मल हाली राख,
    रोपेर बिरुवा जल हाली राख
    सेवा गरेर सुसारे बनिदेऊ,
    सुकेर जाला हर् पल हाली राख
    नयाँ फूल बेर्ना दल हाली राख।

    पञ्चाङ्ग-१५
    १५ अक्षरमा

    देखियो नाता त्यो बिर्सेर दाजु कुटी जाने,
    भेटिदा जीउनी आमाको सबै लुटी जाने।
    अघाउदैन मान्छे धनले नत डकार्छ,
    निर्दयी विवेक बुद्धि धनमै भुटी जाने,
    अन्तमा नाङ्गो बनाएर आफु छुटी जाने।

    पञ्चाङ्ग-१६
    १६ अक्षरमा

    साना ठुला बिचको जुन विभेद पल्काउन,
    सक्छ कसले धनी गरिब भेद पल्काउन,
    शक्तिशाली भनिने मान्छे कुहिएको झै अालु,
    अपराधी घोषित हुन्छ सफेद पल्काउन,
    जनता सबै जाग्नु पर्यो कुछेद पल्काउन।

    पञ्चाङ्ग अभ्यास-१७
    छन्दः बसन्ततिलका

    मीठो छ खीर सबको मुखमा पसेता,
    स्वादिष्ट हुन्छ शिरको सुखमा पसेता,
    खाद‌ै नखानु नबुझी चुकको अमिलो,
    मिष्टान स्वाद कसिलो दुखमा पसेता,
    सन्तुष्टि मिल्छ नभको रुखमा पसेता।

    पञ्चाङ्ग -१८
    १७ अक्षरीय

    हजुरको जस्तै मेरो सिउर पलाओस् हजुर,
    मयूरले जस्तै पंख फिजाई चलाओस् हजुर,
    देशले अवस्य गति लिने छ प्रगति पथमा,
    कुशाशनको सत्ता पछारेर ढलाओस् हजुर,
    चेतना र प्रविधि हराभरा फलाओस् हजुर।

    पञ्चाङ्ग- १९
    १८ अक्षरीय

    यी नलेखिएका पानामा तिम्रो नाम लेख्न मन छ,
    राम्रा नराम्रा तिमिले गरेका काम लेख्न मन छ।
    अँध्यारोमा छौ कि उज्यालोमा कसले देख्ला लुकेको ,
    कति कति मुल्यवान रहेछन्
    दाम लेख्न मन छ,
    अन्तिम समय तिम्रो छातीमा
    राम लेख्न मन छ।

    पञ्चाङ्ग-२०
    २० अक्षरीय

    जति कनायो उति चिलाउने रोग कस्तो हो सरकार,?
    जति पग्ले पनि नबिलाउने रोग कस्तो हो सरकार?
    धनी र गरिब बिचको दूरी तन्काउदै कता लाने हो?
    महङ्गीको मीठास खिलाउने रोग कस्तो हो सरकार ,
    सारा दुःख र पीडा दिलाउने रोग कस्तो हो सरकार ?

    होम प्रसाद
    सुनसरी धरान

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on साहित्यकार होम प्रसाद नेउपानेका उत्कृष्ट पञ्चाङ्गहरू

    उदक यात्री आर्त अकुलीनका उत्कृष्ट उदकहरू

  • १९ श्रावण २०७९, बिहीबार ०७:४२ मा प्रकाशित
  • 🌺 केही उदक 🌺
    ———————- … ✍️ आर्त अकुलीन
    १
    श्रावण
    नारी सौन्दर्य
    हरियो प्राकृतिक उपज !
    २
    चखेवा
    संयोग वियोग
    दुई थोपा आँसु !
    ३
    सूर्योदय
    पूर्वबाट घाम
    सुन्दर शान्त बिहानी !
    ४
    श्रावण
    खहरे खोला
    दुई दिनको चोला !
    ५
    गगन
    कालो बादल
    दैनिक कालो चलखेल !
    ६
    आकाश
    ताराहरूको भेट
    आत्मिक मेलको आभास !
    ७
    नागपञ्चमी
    श्रावण महिना
    नाग देवताको पूजन !
    ८
    सर्प
    अनेक रङ्ग
    काला कतै सेता !
    ९
    परिस्थिति
    भीरको गाई
    राम राम राम !
    १०
    श्रावण
    वर्षाको समय
    काला सर्पको चलखेल !

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on उदक यात्री आर्त अकुलीनका उत्कृष्ट उदकहरू

    पञ्चाङ्ग चित्रपट भाग-०४ सम्पन्न

  • १८ श्रावण २०७९, बुधबार २२:२६ मा प्रकाशित
  • पञ्चाङ्ग चित्रपट
    ========

    दर्ता पछिको पञ्चाङ्ग चित्रपट भाग:-०४
    लेख्नुपर्ने पञ्चाङ्ग सङ्ख्या : ०१
    मिति: २०७९/०४/१५

    प्रशिक्षक :
    ————
    सोमनाथ लुइटेल “रवि पाल्पाली”
    सुशीला पौडेल

    चित्र संकलन
    —————-
    सोमनाथ लुइटेल “रवि पाल्पाली”

    शुद्धीकरण
    ————–
    सोमनाथ लुइटेल
    भवानी घिमिरे

    समायोजन
    ————-
    दुर्गा आचार्य & भवानी घिमिरे

    आदरणीय पञ्चाङ्गका अनुरागी  एवम् पञ्चाङ्ग स्रष्टाज्युहरू हार्दिक नमस्कार 🙏 ” पञ्चाङ्ग साहित्य समाज नेपाल” को आधिकारिक दर्ता पछिको तेस्रो अभ्यासमा छौं।
             यहाँहरुलाई हार्दिक स्वागत गर्दै🙏

                 यस शृङ्खलामा दिइएको चित्र अनुसारको बिम्बात्मक तथा गहन मौलिक भाव झल्किने एक पञ्चाङ्ग भोलि साँझ ८:०० बजेभित्र आफ्नो नाम र ठेगाना सहित कमेन्ट बक्समा लेख्नु हुन हार्दिक अनुरोध गर्दछौं  ।

    आज साउन पन्ध्र अर्थात खिर खाने दिन भएकोले हाम्रो परम्परा अनुसार १/१ पञ्चाङ्ग लेख्न अनुरोध गर्दछु ।

    नोट : संयोजन गर्न सहज हुने भएकोले कमेन्ट बक्समा नाम ठेगाना सहित राख्नु हुन अनुरोध गर्दछौं  ।

    पञ्चाङ्ग साहित्य समाज नेपाल
                    परिवार ।

    चित्रपट पञ्चाङ्ग    ०१

    स्वाद मिठो खाँदै खिरको लिनु
    शीतलता   नदि   तिरको लिनु
    साउनको महिमा   संस्कृतिमा
    खिरको   नमिठो पिरको  लिनु
    आशिष् तिहारमा शिरको लिनु ।

    💢सोमनाथ लुइटेल “रवि पाल्पाली”

    चित्रपट पञ्चाङ्ग   ०२

    सबैले श्रावणकाे पन्ध्रमा नै मीठाे खिर खाने हाे
    त्यसमा हाल्ने मरमसला बजारबाट लाने हाे
    हुन त दुधकाे खिर खान कहिले तीताे हुन्छ र
    मीठाे खीर खान महाकालीकाे साहूखर्क जाने हाे
    सहीकुराे यही न‌ै छ मेराे कुरा सबैले माने हाे

                           💢नवराज भट्ट
                     महेन्द्रनगर, कञ्चनपुर

    चित्रपट पन्चाङ्ग   ०३

    आफ्नै जमिनको चामलमा खिर बनाउन पाए
    आफ्नै गाई पालेर दुधमा खिर बनाउन पाए
    खीरको मिठासको आनन्द पनि बेग्लै हुन्थ्यो होला
    विदेशिएको छोरोसितै बसेर खिर खान पाए
    साउन पन्ध्रमा खिरको उत्सव मनाउन पाए ।

    💢देबकि के.सी. बिरगंज ।

    चित्रपट  पञ्चाङ्ग   ०४

    खिर जस्तै  मिठो  बोली बोल मायालु
    मन  भित्र  कुरो  के  छ  खोल मायालु
    हाने  मर्छ   बोले   टर्छ   जिन्दगानीमा
    आऊ  मायासँग   माया  घोल मायालु
    शु भ – का म ना छ  गाउँ टोल मायालु ।

    💢गुणनिधि घिमिरे खान्द्रोङ्ग पाँचथर
    उर्लाबारी मोरङ हाल काठमाडौं ।

    चित्रपट पञ्चाङ्ग    ०५

    साउन पन्ध्र  सबैले नै भ्याएर मनाउ
    दुःख सुख हामीले खिर खाएर मनाउ
    हातमा हात समाइ साथमा साथ गर्दै
    माया र प्रेम आपसमा लाएर मनाउ
    सबैको मन र मुटुमा  छाएर मनाउ।

    💢सुशीला ढकाल अधिकारी ‘श्री’
    काठमाडौं ।

    चित्रपट पञ्चाङ्ग    ०६

    आमाको नजिकमा बसेर खिर पकाएर खाइन्छ,
    दुध र भात भनेर भाइलाई छकाएर खाइन्छ।
    सबैभन्दा मीठो परिकारमा दुधबाट बन्ने खिर,
    बैनीले धेरै  सक्तिन खिर खान फकाएर खाइन्छ,
    यति मीठो छ खिर भाँडोको सबै सकाएर खाइन्छ।

    💢होम प्रसाद नेउपाने
    धरान,सुनसरी ।

    चित्रपट पञ्चाङ्ग    ०७

    आज आमाले पकाएको खिर खाएर जाने।
    धेरैटाढा छु तर लामो बाटो धाएर जाने।
    श्रावण पन्ध्र हो परम्परा देखि खिर खाने,
    सबै परिवारको साथ,माया पाएर जाने।
    धान रोपेर बेलुका हिलो लाएर जाने।

    💢दुर्गा आचार्य, मोरङ ।

    चित्रपट पञ्चाङ्ग   ०८

    साउन पन्ध्र मिठो खिर पकाएर खुवाउने भयो
    असार पन्ध्रलाई दहि चिउराले सुहाउने भयो
    युवाहरू आधुनिक नृत्य पार्टीमा बेफुर्सद हुन्छन्
    विकृति बढे नेपालीको मनलाई रुवाउने भयो
    अनादरताले संस्कृतिलाई नै कुहाउने भयो।

    ✍️💢 अच्युत घिमिरे-भुटान बाट 🇧🇹

    चित्रपट पञ्चाङ्ग    ०९

    झर्को नमानी सबैले माने चलन हाम्रै हो
    शिवलाई जल बोकी लाने चलन हाम्रै हो
    सनातनी धर्म हाम्रो संस्कार-संस्कृति राम्रो
    साउन पन्ध्रमा खिर खाने चलन हाम्रै हो
    तीजमा चैँ दरखान जाने चलन हाम्रै हो।।

            💢अरुण कु.भुजेल
    गोरूबथान,कालेबुङ्ग,भारत।

    चित्रपट पञ्चाङ्ग   १०
    ०१
    अरूकाे  गाेठमा  बसेर दुध  दुहेर जाने भाे  ।
    झरीकाे रातमा खरकाे छानु चुहेर जाने भाे  ।
    डालोमा छैन चामलको गेडाे खल्तीमा नपैसा  ,
    कसरी  मनाउँ  खिरकाे चाड तुहेर जाने भाे  ।
    गरिबकाे  शिर साहुकाे अघि नुहेर जाने भाे  ।
    ०२
    कसैलाई आज मिठाे खिर छ यहाँ   ।
    कसैलाई  धेरै  दुःख  पिर छ  यहाँ   ।
    हुनेखाने र हुँदा खाने  बीचकाे याे  ,
    असमानताकाे घाेच्ने तीर छ यहाँ    ।
    सत्ताधारीकाे त उच्च शिर छ यहाँ   ।

    💢भवानी घिमिरे, सर्लाही ।

    चित्रपट पञ्चाङ्ग   ११

    खान त हुन्थ्यो पक्कै खिर दुध भएन
    साह्रै  लाग्छ  मनमा  पिर  दुध  भएन
    गाई भैँसी  नपालेर  किन हुन्थ्यो  दुध
    सपना   थियो  बन्ने  धीर  दुध   भएन
    समस्या  भो  साह्रै  गम्भीर  दुध भएन ।

    💢वसन्त अनुभव, घोराही, दाङ ।

    चित्रपट पञ्चाङ्ग   १२
    ✍️✍️
    सहयोगार्थ  मन  मिले  घरमा  खिर खुवाइ हुन्छ
    टेडामेडा   सबैजनामा  शरमा  पिर  रुवाइ  हुन्छ
    चित्त नबुझेमा आपसको सल्लाह पो मिठो सार्थक
    जोहो गरिराख पोको आमै! पछि नीर कुवाइ हुन्छ
    खेप्दै सँहदै बस्दा कालान्तरमा वीर सुवाइ हुन्छ ।।

    💢जमुना आचार्य, सिन्धुपाल्चोक ।

    चित्रपट पञ्चाङ्ग   १३

    चामल र दूध पाक्दा खिर बन्नेछ  ।
    हतार कत्ति नगर्नू धीर बन्नेछ  ।
    गुलियो अनि मसला ठीकै हाल्नु है  ,
    धेरै पकाएमा पनि झीर बन्नेछ  ।
    अड्कलेर खानु नत्र पीर बन्नेछ  ।

    💢घनश्याम पौडेल, पोखरा ।

    चित्रपट पञ्चाङ्ग    १४

    कि बाेलाउनु कि त आउनु खिर खान आज  ।
    बाटाे खर्च ल्याउनु यमुना तिर जान आज  ।
    पर्वहरु सुरु भए यहाँ  सद्भावका खानी  ,
    हाम्रा मिठा रसिला पर्वकाे छ है सान आज  ।
    मादलु मुरलीले गाउनु पर्छ गान आज  ।

    💢मिना देवकोटा, लालबन्दी, सर्लाही ।

    चित्रपट पञ्चाङ्ग    १५

    मेरो आँखाबाट आँसु रसाएको छ आज।
    विगतको सम्झनाले सताएको छ आज।
    आमाले दिएको खिरको यादले मलाई,
    मेरो दिलको धड्कन बढाएको छ आज।
    विगतले आकर्षित    गराएको छ आज।

    💢सुशीला पौडेल, काठमाडौं ।

    चित्रपट पञ्चाङ्ग   १६

    खिर खाएर बर्षाले    गालेको फाल्नुछ
    मिठो नमिठो  रहर   पालेको  फाल्नुछ
    खिरले असार र साउनको पानी सोस्छ
    दु:ख पीडालाई नै   टालेको    फाल्नुछ
    बिसंगति   जरैबाट    थालेको फाल्नुछ ।

    💢संगिता शर्मा, सिन्धुली ।

    चित्रपट पञ्चाङ्ग    १७

    दाजुभाइले   पकाएको  खिर खाने हाे
    माइती घरमा म आज   साँझ जाने हो
    घुम्दै फिर्दै आयाे   फेरि   चाडपर्व यहाँ
    छाेरा, छाेरीहरुले  आज  जान माने हाे
    भुईमा लत्रिन्छ नि सारी माथि लाने हाे ।

    💢सहयात्री शोभा अर्याल, रुपन्देही  १४ बुटवल ।

    चित्रपट पञ्चाङ्ग    १८

    श्रावण बनेर आँखा, वर्षिनु   हुन्न कहिल्यै।
    पीडा बनेर     जीवन, खर्चिनु हुन्न कहिल्यै।
    नियति यस्तो   ठान्ने ,कायर नबनोस कोही,
    सुखद भविष्य खोज्न तर्किनु हुन्न कहिल्यै।
    आफैसँग निराश भई तर्सिनु हुन्न   कहिल्यै ।

    💢गोपाल कुमार मैनाली
    नमस्कार ।

    चित्रपट पञ्चाङ्ग    १९
    *******
    साथी हाे आज घरैमा  जान्छु  म त
    काजु ,पेस्ता , नरिबल  लान्छु  म त
    साउन पन्ध्र ~~ खीर खाने पर्व हाे
    परिवारसँगै  बसी ~~ खान्छु  म त
    सानो  परिवार  सुखी ठान्छु  म त ।

    ✍️💢केशवप्रसाद ढकाल ‘प्रीतबीज’
    सिरान्चाेक-७, उपल्लो गाेहाेरे, गाेरखा

    चित्रपट पञ्चाङ्ग    २०

    साउन पन्ध्र खिर खाने दिन हो।
    सबै जना जम्मा हुन् जाने दिने हो
    संस्कार, संस्कृति बचाउनु पर्छ,
    कोसेली आफ्नोकोमा लाने दिन हो।
    भेट्नको लागि हानेफाने दिन हो।

    💢ह्यारिस ह्यारिसन, काठमाडौं ।

    चित्रपट पञ्चाङ्ग    २१

    साउन   महिनामा  खिर खानु पर्छ
    साउने  पर्वमा   माइत    जानु पर्छ
    चेलिबेटी जम्मा हुँदै    रम्ने दिन हो
    आमाबाबुलाई   उपहार लानु  पर्छ
    पन्ध्रको मीठो मीठो खान गानु पर्छ।

    सीता कडेंल सापकोटा, चितवन ।

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on पञ्चाङ्ग चित्रपट भाग-०४ सम्पन्न

    अनन्त टुक्का यात्रा-७ सम्पन्न; मानव बेचबिखन विरुद्धमा टुक्का कविताहरूको सिर्जना

  • १८ श्रावण २०७९, बुधबार ००:५३ मा प्रकाशित
  • काठमाडाैँ,
    टुक्का साहित्य समाजकाे आयाेजनामा लघुत्तम काव्यिक उपविधा टुक्का कविताकाे “अनन्त टुक्का यात्रा-७” मानव बेचबिखन विरुद्धमा टुक्का कविताहरू सिर्जना गर्दै गत शनिबार सम्पन्न भएकाे छ ।

    प्रयाेगवादी लघुत्तम काव्यिक उपविधा टुक्का कविताका परिकल्पनाकार तथा टुक्का अभियन्ता ताराप्रसाद चापागाईं र वरिष्ठ टुक्काकार तथा टुक्का अभियन्ता राजेशराज गड्ताैलाले प्रशिक्षण गर्नु भएकाे उक्त कार्यक्रममा ४७ जना टुक्का यात्रीहरूले भाग लिएका थिए ।

    अनन्त टुक्का यात्राकाे परिकल्पनाकार समेत रहेका मुख्य प्रशिक्षक तथा कार्यक्रमकाे संयाेजक ताराप्रसाद चापागाईंले समाजमा दबाइएका र अन्यायमा पारिएका समुदायकाे पीडाहरू र सामाजिक विकृति, विसङ्गतिहरूलाई टुक्का कविताकाे माध्यमले उजागर गर्दै सम्बन्धित निकायकाे ध्यान आकृष्ट गर्ने उद्देश्यले टुक्का कविताकाे फरक शैलीकाे कार्यक्रम “अनन्त टुक्का यात्रा” शुरु भएकाे कुरा जानकारी गराउनु भएकाे थियाे ।

    त्यसै गरि अनन्त टुक्का यात्राका सह-संयाेजक तथा प्रशिक्षक राजेशराज गड्ताैलाले नेपाली साहित्यमा नविनतम काव्यिक विधा टुक्का कविताले अनन्त टुक्का यात्रा काे माध्यमबाट सामाजमा भइरहेका विकृती विसङ्गति र अन्याय अत्याचारलाई उठान गरेर समाजलाई सुसूचित तथा जागरूक गराउने उद्देश्य लिएर सञ्चालन हुँदै आएकाे र यसले क्रमिक रुपमा समाज परिवर्तनमा महत्वपूर्ण टेवा पुर्‍याउदै जाने व्यहाेरा जानकारी गराउनु भएकाे थियाे ।

    कार्यक्रममा सहभागीहरूले मानव बेचबिखन विरुद्धमा जनचेतना जगाउँ र यसलाई राेक्न सबैले पहल गराैँ भन्ने आव्हान गर्दै चाेटिला टुक्काहरू सिर्जना गरेका थिए।

    यौन व्यापार, मानव अङ्ग प्रत्यारोपण, भाडामा सन्तानोत्पादन तथा जबर्जस्ती श्रमका लागि मानिसको अवैध व्यापार हुने गरेकाे छ। यो गम्भिर सामाजिक अपराध हो । मानव बेचबिखन अहिले विश्वका सामाजिक अपराध मध्ये ठुलाे अपराधको रूपमा बढ्दै गएकाे छ।

    कार्यक्रमकाे समापन गर्दै टुक्का अभियन्ता/ प्रशिक्षकद्वय चापागाईं तथा गड्ताैलाले अनन्त टुक्का यात्रामा विश्वभरिबाट सहभागी भई मानव बेचबिखन विरुद्धमा चाेटिला टुक्काहरू सिर्जना गर्ने सम्पूर्ण टुक्का यात्रीहरू प्रति हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्नु भएकाे थियाे ।

    टुक्का यात्रीहरूले सिर्जना गर्नु भएका “मानव बेचबिखन” सम्बन्धी केही टुक्काहरू

    [१]
    दुई खुट्टा टेकेर मात्रै मान्छे हुँदैन
    बेचिन्छ एक मान्छे जब अर्को रुँदैन ।
    ~ निरज काेइराला
    बेलका १ उदयपुर हालः इटहरी

    [२]
    १.
    निकृष्टतम् उद्योग हो मानव बेचबिखन जगमा
    नाके डोरी लगाऊँ है यस्ता तस्करको रगरगमा।
    २.
    मानव तस्करी अभिशाप हो बुझ्ने कोसिस गरौँ
    अन्त्य गर्न यो घृणित कार्यको जनचेतना छरौँ।
    ~ दीपक ठटाल जलन
    खरसाङ

    [३]
    १.
    गरिबी र अशिक्षा मानवका शत्रु ठानी,
    उद्धारमा लागौँ सत् ज्ञानी पुण्य कर्म मानी।
    २.
    मानवले मानवकै सुरक्षा नगरे,
    आपत् विपत् आइलाग्ला आफैँलाई भरे।
    ~ होम प्रसाद नेउपाने
    धरान,सुनसरी ।

    [४]
    १.
    पसलका सामान जस्तै मान्छे बेचिए
    भन त बेचिने मानव कति हेपिए ?
    २.
    रोजगारी कत्ति पनि छैन हाम्रो देशमा
    मान्छे बेच्छन् तस्कर सधैं नक्कली भेषमा।
    ~ तेजप्रसाद खनाल
    लमही दाङ।

    [५]
    १.
    पैसाको लागि बेचिन्छ मानव
    तिनै हुन समाजकाे दानव।
    २.
    मानव बेचबिखनकाे विरुद्धमा जागौँ
    उद्धार कार्यमा अब एक भै सबै लागौँ ।
    ~ राज कुमार राजभण्डारी खाेटाङ्गे
    मध्यपुर ठिमी ५ सङ्गमकाेलनी भक्तपुर ।

    [६]
    १.
    हामीले मानव बेचविखन बन्द गरौँ
    यस विरुद्धको अभियानमा ज्ञान छराैँ ।
    २.
    कति चेलीबेटीले आँसु बगाए,
    बेच्नेहरू सधैं खुसीमा रमाए।
    ~ सुशीला पौडेल

    [७]
    १.
    सांसद,मन्त्री पनि भए गिरोहका भागी
    अपराध सबै दबाए आफू पनि लागी ।
    २.
    देश बेच्ने,खोला बेच्ने मानव बेच्ने तस्कर
    सांसद अनि मन्त्रीसँगै दलालीका लस्कर।
    ~ दस्ता कौशिक
    पाँचथर।

    [८]
    १.
    मानव बेचबिखनका हिमाइतेलाई जेलमा कोचौँ
    यस्ता कुकर्मीसँग जोगिनुपर्छ अब समय मै सोचौँ ।
    २.
    मानव बेचबिखनका विरुद्ध लेख्नुपर्छ
    सचेत सबैले चेतना छरेर छेक्नुपर्छ ।
    ~ प्रेम थापा “मन”
    बागलुङ

    [९]
    १.
    आफ्नो खुसीको लागि किन अरुलाई बलि चढाउँछौ,
    मान्छे भएर किन कुकर्मतिर कदम बढाउँछौ ?
    २.
    मान्छे बेचीबेची आफ्नो स्वार्थ पूरा नगर पूर्ति
    पापको बाटो अँगालेर नि किन लाउँछौ फूर्ति ?
    ~ गंगा खड्का
    बूढानीलकण्ठ काठमाडौँ

    [१०]
    १.
    आफ्नै मूल्य थाहा छैन माेल खाेज्छ किन ,
    मान्छे भयाे अपराधी भावनाकाे हीन ।
    २.
    सम्पत्तिकाे लाेभ गरि बेच्छन् मान्छेहरू ,
    कुहिएर मरुन् यस्ता पापी दुष्ट बरू ।
    ~ रामकृष्ण दुवाडी
    पाेखरा

    [११]
    १.
    मानव बेचविखनले अपराध मौलाएर गएको
    गरिबी अशिक्षामा अज्ञानताले घेरेर कष्ट भएको।
    २.
    मानवले मानवलाई बेचेर देशमा विध्वंस मच्चियो
    हजार चेलीबेटीसँगको विभेदले शिक्षा खजमजियो।
    ~ अम्विका अधिकारी
    झापा विर्तामोड

    [१२]
    १.
    जघन्य अपराध हो मानव बेचबिखनको काम,
    कति दिन चल्छ र हजुर अनैतिक कर्मको दाम?
    २.
    मानव बेचबिखनको विरुद्धमा सबैजना जुटौँ,
    त्यस्ता मानव व्यापारीलाई भेटे नमरुञ्जेल कुटौँ।
    ~ अरुण कु.भुजेल
    गोरूबथान,कालेबुङ्ग,भारत।

    [१३]
    १.
    पशु हाेइनन् मानव बेचबिखन गर्न,
    सुन्दा पनि तर्सिन्छन् कान यस्ता कुरा भर्न ।
    २.
    दशकाैंकाे याे विकराल समस्या अन्त्य हुँदैन किन?
    आखिर कहिले आउने हाे मानिस सभ्य हुने दिन ।
    ~ शान्ति याक्साे
    काठमाडौं ।

    [१४]
    १
    मानव भइ मानवकै किनबेच गर्नुहुन्न
    सर्वश्रेष्ठ प्राणीकाे दर्जामा कलङ्क छर्नुहुन्न।
    २
    अपराध हाे मानव बेच्नु गर्ने हाेइन कर्म
    बुझ्नुपर्छ है अनिवार्य सबले यसकाे मर्म।
    ~ त्रिलाेचन भण्डारी
    मेचीनगर, झापा

    [१५]
    १.
    चेलीबेटी बेचबिखन अपराध हो भन्ने नै जानौँ
    एकले अर्कालाई सम्मान गर्न पर्दछ भन्ने मानौँ ।
    २.
    मानव अधिकारको सबैले यहाँ रक्षा गरैाँ
    मानव भए पछि सबैले मनमा माया भरौँ ।
    ~ पवन कुमार बुढाथेाकी
    काठमाडौं

    [१६]
    १.
    देशमा बलात्कारी नै साँढे हुँदा
    आँखाबाट आँसु झर्छ चेली रुँदा ।
    २.
    मानवले मानव बिक्री गरेकाे सुन्दा
    म त मासु भात खान्थेँ तिनलाई थुन्दा ।
    ~ गणेश तिमल्सिना गति धनुषा
    गणेशमान चारनाथ नगरपालिका

    [१७]
    १.
    गरिब र असहायमा धनको पासा फ्याकीफ्याकी !
    किन गर्छौ मान्छेको तस्कर धन्दा घाँटी न्याकी न्याकी ?
    २.
    सन्तनको लागि बन्धक बनाई देह व्यापार गर्ने गराउने काम,
    बन्द गर सरकार चाडो सुरक्षा प्रबन्ध मिलाई भयो बदनाम।
    ~ बिबस पारदर्शी
    भद्रपुर झापा

    [१८]
    १.
    जति ठुलो पद होस् मान्छेले मान्छे बेच्नेलाई पदको मूल्य गनिन्न,
    यस्ता मान्छेलाई अरुले त होईन धर्मशास्त्रमा नि मान्छे भनिन्न।
    २.
    सबै हामी मिलेर मानव बेचबिखनको विरुद्धमा जोडौं,
    यही टुक्का कविताबाट सबैमा जनचेतना को छाप छोडौं।
    ~ बेदु न्यौपाने
    काठमाडौ

    [१९]
    १.
    मान्छेले मान्छेलाई बेच्छ कस्ताे घृणित काम
    आफू श्रेष्ठ जाति ठान्छ उसकै पाे ठुलाे नाम ।
    २.
    मृगौला निकाल्दै बेच्छ प्रलोभनमा निमुखा पार्छ
    जीवन भर पीडा दिदै ज्यूँदै पाे उसलाई मार्छ।
    ~ मित्र उराठी गाैतम
    अमरपुर,गुल्मी हाल तिलाेत्तमा-२, रुपन्देही

    [२०]
    १.
    मानवअधिकार भन्दै हिड्ने कता गए आज,
    दिन दिनै हिंसा छ बोल्नलाई लाग्नु पर्ने लाज।
    २.
    मानवको बेचबिखन बन्द गरे राम्रो,
    गाउँ गाउँमा चेतनाको कमि भको हाम्रो।
    ~ दुर्गा आचार्य
    मोरङ

    [२१]
    १.
    कसैले पनि गर्नु हुँदैन यहाँ मानव बेच्ने काम,
    कति दिनलाई पुग्छ यस्तो गरेर कमाएको दाम।
    २.
    कति चेलिबेटी रोएको देख्दा मन रुन्छ ,
    यहाँ गरिबको बोली न त कसैले सुन्छ ।
    ~ सहयात्री शाेभा अर्याल
    रुपन्देही १४ बुटवल

    [२२]
    १.
    बहुदलमा फस्टायो मानवको तस्करी,
    म यिनै नेतालाई दलाल भन्छु बेस्सरी ।
    २.
    खोस्छ जस्ले मानवको मानव अधिकार,
    यस्ता अपराधीलाई झुन्ड्याएर नै मार ।
    ~ ईशहाक हुसैन
    जितपुर सिमरा १४ बारा

    [२३]
    १.
    अवकाश पारेर मान्छेले बेच्छन् मान्छेलाई झुक्क्याइ,
    दुःख पीडामा डुबे होलान् सहेर मूर्खताको मुक्क्याइ।
    २.
    हुदैन गर्नु बेचबिखन मानिसको भुलेर कहिल्यै पनि,
    सके जति सहायता पुर्याउनु एउटा असल मान्छे बनि।
    ~ अच्युत घिमिरे
    भुटानबाट

    [२४]
    १.
    बन्ला कहिले कानुन जटिल, मान्छेको व्यापार गर्नेलाई थुन्न
    गर्छन् पैसाको आडमा जबकि थाहा छ यस्तो कदापि गर्नु हुन्न।
    २.
    जुटौँ सबै मानव बेचबिखन अपराध रोक्न
    बढौँ हामी यस्ता अपराधीलाई पछारेर ठोक्न ।
    ~ राजेशराज गड्तौला
    रतुवामाई- १० मोरङ, हाल- प्रवास

    [२५]
    १.
    मलाई आगो लाउन मन छ कोठी भित्रको घर
    आफ्नै शरिर लुटाउने कसलाई हुन्छ रहर ?
    २.
    समाजकाे धमिराहरुलाई फुटाएर चपाउछु
    मानव बेच्ने गिराेहलाई कठघरमा नचाउछु ।
    ~ उमा ओडारी
    पाँचथर

    [२६]
    १.
    पुँजीवाद भित्र धन भन्दा प्यारो केही रहेन,
    बिक्रिभयो बस्तु जस्तै अछुतो मानव भएन।
    २.
    मान्छेको व्यापारी मान्छे भए राक्षसको के काम?
    डुल्छन भक्तबनी धर्म गर्न उनै चार धाम ।
    ~ सुरेशकुमार पान्डे।
    दाङ घोराही १८

    [२७]
    १.
    मानवीय बेचबिखन कसैले नि नगरौँ
    कालो धन सम्पत्तिले गोजी कहिल्यै नभरौँ।
    २.
    हरेक अपराधीको पाप धुरीबाट कराउँछ भन्छन्
    विस्फोटन हुनका लागि लाै हेर तिथि मिती दिन गन्छन्।
    ~ सरस्वती श्रेष्ठ
    इटहरी

    [२८]
    मानवअधिकारका कुरा हुन्छ जहिले
    गाउँ गाउँमा चेतना फैलाउने कहिले ।
    ~ दुर्गा भट्टराई
    मोरङ

    [२९]
    १.
    उत्कृष्ट सृष्टिको अति नै निकृष्ट काम
    आफैँलाई बेचेर गुमाउँदै छ नाम ।
    २.
    कहिले पो बेचिएन होला यहाँ जतै ततै मानव
    रोकिदैन यस्ताे कुकर्म जबसम्म रहन्छ दानव ।
    ~ अर्जुन उप्रेती (अप्रतिम)
    असम (भारत)

    [३०]
    १.
    किड्नी बेच या त छोरीचेली
    कर्तुत खुल्नेछ नालीबेली ।
    २.
    छेकेर छेकबार हुन्न है तस्करी बाध
    मानव तस्करी गर्नु जघन्य अपराध।
    ~ जि कुमार गौतम
    भद्रपुर -१ झापा

    [३१]
    १.
    मानव बेच्ने दलालहरू फैलिए देशमा,
    आउँछन् घुम्दै शहर गाउँ जालीको भेषमा ।
    २.
    दलाल मास्ने कानुन अब ल्याउनु पर्दछ,
    कानुन त्यस्तो ल्याएर मात्र संकट टर्दछ ।
    ~ डम्बर थामी ‘अनुपम’
    कालिन्चोक गा.पा.-६, दोलखा ।

    [३२]
    १.
    सबै मान्छे बराबर विभेद गर्नु हुन्न
    अन्धविश्वास कुरीतिको भ्रम छर्नु हुन्न।
    २.
    छोरी बेचे पाप होइन महापाप जाग्छ
    छोरीहरुका आँसु अनि खुबै श्राप लाग्छ।
    ~ तिला लेकाली
    बेलबारी,मोरङ।

    [३३]
    १.
    मान्छे किन्ने र बेच्नेहरू खराब छ यो काम,
    आफ्नो जाति नै नचिन्नेले कमाउँछन् दुर्नाम ।
    २.
    मानिस सबै एकै नै हो जात दास मालिक काेहि हैन,
    समान जातिमा बेचबिखन जस्तो खराब केही छैन ।
    ~ रामप्रसाद पुरी
    बादेल, खाेटाङ ।

    [३४]
    १.
    क्रुर अनि निर्दयि छ यो मान्छेको जात,
    बेचिए चेली कोठीमा कठै राता रात।
    २.
    मान्छेले मान्छेसँग गर्छ व्यवहार यस्तो,
    खसी बोका जस्तै बिक्ने मानव भयो सस्तो।
    ~ नवशिला।
    बेलबारी-२, लालभित्ती, मोरङ।

    [३५]
    १.
    मानव बेचबिखन हुन्छ , बस्तुको मुल्य भाउमा ,
    जघन्य अपराध गर्छन् , पैसा कमाउने दाउमा ।
    २.
    सरोकारवाला मौन छ, चेलीबेटी मानव बेच बिखनमा ,
    दिनहुँ दिन बढिरहेछ अपराध, नेपाली जन जनमा ।
    ~ बुद्धिमान दनुवार
    सुरुङ्गा-४ झापा

    [३६]
    १,
    भेडा बाख्रा जस्तै मान्छे बेच्ने काम गर्छौ,
    एकदिन त ए चोरहरू तिमी पनि मर्छौ।
    २,
    नगर कसैले पनि छोरी चेलीको व्यापार,
    नारी जातीनै हुँन सृष्टिका अमूल्य आधार।
    ~ मल्ल लक्ष्मी श्रेष्ट
    मेची किनार, बिर्तामोड झापा

    [३७]
    १.
    परमात्माकाे सृष्टिमा उत्तम मानव जन ,
    मान्छेलाई बेचबिखन गर्ने नगर मन।
    २.
    मान्छे त माल बस्तु हैन बिक्री याेग्य हैन,
    पर्छाै फन्दा मानव अधिकार थाह छैन ?
    ~ प्रद्युम्न चालिसे
    देवघाट तनहुँ ।

    [३८]
    १.
    मान्छे भई मान्छेसँग बेचिने र बेच्ने जाल
    गर्नु भन्दा मर्नु राम्रो खराब यो दुष्ट चाल ।
    २.
    श्रम यौन अंग बच्चा गोप्यसँग बिक्री गर्ने
    विरुद्धमा लागी परौँ सहेर नै हामी मर्ने ?
    ~ गुणनिधि घिमिरे
    अमेरिका

    [३९]
    १.
    मानव बेचबिखन प्रति जन जागरुक बनौँ
    विश्वमै यस्ता घृणित कार्यमा जन जागृति गरौँ।
    २.
    गरिबी जन कतिसम्म गर्न सक्छन् हेर
    घरको गर्जो टार्दछन् आफ्नै किड्नी बेचेर ।
    ~ भगवती दवाडी
    दमक झापा

    [४०]
    १.
    विदेश हेर्ने रहरमा नगर्नु विश्वास आँखा चिम्लेर
    अनेकौं दु:ख पीडा पाइन्छ दलालको जालमा फसेर ।
    २.
    बेचबिखन चाहे नारीको होस् चाहे पुरुषको
    अति ठूलो पाप, पराकाष्ठा नै हो अपराधको ।
    ~ रचना शर्मा प्रतीक्षा,
    महालक्ष्मी नपा ४, ललितपुर ।

    [४१]
    १.
    मरिसक्यो मानवता भेटिदैन कहीँ,
    राक्षसकै राज देख्छु हेर्दा जहाँतहीँ ।
    २.
    सचेत रहौँ फकाउलान् झिकिदेलान् अङ्ग,
    चिनजानबाटै डर हुन्छ नपरौँ दङ्ग ।
    ~ वसन्त अनुभव
    घोराही उपमहानगरपालिका १४, दाङ

    [४२]
    १.
    मान्छेले मान्छे बेच्ने कस्तो आयो चलन
    यस्तो प्रविधि रोक्न बनौँ सबै जलन।
    २.
    सबैजना लागि परि निर्मुल पारौँ यस्तो काम
    गरेर उद्वार चेलीबेटीको उच्च राखौँ नाम।
    ~ अनुग्रह राना मगर ‘पुष्प’
    पाँचखपन – ६ संखुवासभा, हाल मलेसिया

    [४३]
    १.
    बालश्रम, किशोरी र युवा बेची गर्नेलाई मस्ती,
    दिनुपर्ने सबै मिली फाँसी सजाय जबरजस्ती ।
    २.
    बटुल निस्फिक्री अरू काम गर्न तिमीलाई केले छेक्यो बाटो,
    मानव जीवन मरेतुल्य बनाई परिणाम के पायौ साटो ।
    ~ जमुना आचार्य
    सिन्धुपाल्चोक

    [४४]
    १.
    प्रत्येक समाजमा लुट्न खोज्छन् इज्जत या त श्रम,
    आवश्यकता सबैतिर जनचेतना कार्यक्रम ।
    २.
    गरिब र अशिक्षितहरूलाई लुट्छन् हरेक बखत,
    लुटेरा तह लाउन हुनैपर्छ शिक्षितको बहुमत।
    ~ म्यामराज राई,भोजपुर
    हाल-प्रवास

    [४५]
    १.
    अब मानव बचाउ अभियान चाल्नुपर्छ
    मानव बेच्ने तस्करलाई आगो बाल्नुपर्छ ।
    २.
    मानव विहिन भए संसार उजाड हुन्छ
    जीव जन्तुको राज्य सहर पसी स्याल रुन्छ।
    ~ रुपा गौतम
    बारा निजगढ

    [४६]
    १.
    मानव बेच्ने अपराधीलाई अति भयाे मस्ति
    यिनकै शानले त्रसित छ हाम्राे गाउँ र बस्ति ।
    २.
    मानव बेचबिखन उन्मुलन गराैँ
    सबैलाई सचेत गराई ज्ञान छराैँ ।
    ~ अरुण नदी खत्री
    काठमाडाैँ ।

    [४७]
    १.
    चेली बेटी बेचबिखन समाज पिर्ने जालाे
    अपराध गर्नु हुन्न सबकाे आउँछ पालाे ।
    २.
    सबकाे स्वतन्त्र अधिकार हुन्छ नबेच्नुस् है मानव
    अर्काकाे जीवन बर्वाद पारेर बन्नु हुन्न दानव ।
    ~ ताराप्रसाद चापागाईं
    धुनिबेसी

    जय टुक्का! जय साहित्य!! <<

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on अनन्त टुक्का यात्रा-७ सम्पन्न; मानव बेचबिखन विरुद्धमा टुक्का कविताहरूको सिर्जना

    साउदी स्थित एमालेको प्रवास संगठन प्रबासी नेपाली मन्चको अधिवेशन स्थगित ।

  • १७ श्रावण २०७९, मंगलवार २१:४८ मा प्रकाशित
  • समर्पण रम्जान

    २ अगस्ट २०२२, साउदी अरब ! साउदी स्थित एमालेको प्रवास संगठन प्रबासी नेपाली मन्च, साउदी अरेबियाले आउदो ५ अगष्ट २०२२ शुक्रबारका दिन गरिने भनिएको दोश्रो राष्ट्रिय अधिबेषन अर्को सुचना नआउदा सम्मको लागि स्थगित गरेको छ ।

    उक्त दोस्रो राष्ट्रिय अधिवेशनलाई नेपाल कम्युनिष्ट पार्टी एमालेको प्रवास ईन्चार्ज, परराष्ट्र मामीला विभाग प्रमुख तथा स्थाई कमिटी सदस्य कमरेड डा राजन भटराईद्वारा सम्बोधन गरिने भनिएता पनि संगठनद्वारा २ अगस्ट २०२२ का दिन एक बिग्यप्ती जारी गर्दै अधिवेशन स्थगित गरिएको जानकारी गराएको छ ।
    साउदी स्थित धेरै संघ संस्था तथा समाजिक ब्यक्तित्व, साथै सर्वसाधारण जनताहरुलाइ निमन्त्रणा पनि दिई सकिएको अबस्थामा विविध कारण बस अधिवेशन स्थगित गर्नु परेकोमा दुख व्यक्त गर्दै क्षमा मागेको छ ।

    स्थगित गरिएको अधिवेशन अर्को सूचना जारी नहुन्जेलसम्मका लागि स्थगित गरिएको जानकारी गराएको छ ।

    संगठनको प्रेस बिग्यप्ती 👇️👇️
    प्रेस बिज्ञप्ति

    बिषय: अधिबेशन स्थगित गरिएको बारेमा ।
    प्रबासी नेपाली मन्च, साउदी अरेबियाले आउदो ५ अगष्ट २०२२ शुक्रबारका दिन गरिने भनिएको दोश्रो राष्ट्रिय अधिबेषन अर्को सुचना नआउदा सम्मको लागि बिबिध कारणबस स्थगित गरिएको छ। नेपाली दुतावास लगायत साउदी अरब मा क्रियासिल गैर आबासिय नेपाली संघ, राजनैतीक संगठनहरु र्र सस्थाहरु लाई समेत निमन्त्रणा पठाइ सकेको अवस्थामा अधिबेषन स्थगित गर्नु पर्दा अत्यन्तै दुखित छौ ।
    हामीलाई सहयोग गर्नुहुने सबैमा हार्दिक धन्यवाद ब्यक्त गर्दै तिथीमिती सहित अर्को सुचना छिट्टै निकाल्ने प्रतिबद्द्ता जाहेर गर्दछौ ।
    यस बाट पर्न गएको असुबिधा प्रती क्षमाप्राथी छौ ।

    Posted in अन्तर्राष्ट्रिय, मुख्य खबर, राजनीतिLeave a Comment on साउदी स्थित एमालेको प्रवास संगठन प्रबासी नेपाली मन्चको अधिवेशन स्थगित ।

    Posts navigation

    Older posts
    Newer posts

    Himalayan Dristi Team

    • प्रधान सम्पादक

      अनिल आचार्य

    About us

    • हाम्रोबारे

    Follow us on Facebook

    Contact Us

    Kathmandu, Nepal
    Email: himalayandristi@gmail.com
    Phone:-00977-9868990772
    Web:
    www.himalayandristi.com/
    विज्ञापनका लागि
    कृष्ण गिरि 00977-9860341922

    © Copyright 2020-2024 Himalayan Dristi. All Right Reserved. Design & Developed By K & P