• गृह पृष्ठ
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला /जीवनशैली
  • खेल
  • बिज्ञान/प्रविधि
  • राजनीति
  • विचार
  • समाज
  • साहित्य

Category: मुख्य खबर

महोतरीमा निषेधाज्ञा कमायै,घटना स्थलमा ठुलो संख्यामा प्रहरी परिचालन

  • ११ कार्तिक २०७९, शुक्रबार ११:३९ मा प्रकाशित

  • वीरगञ्ज ११ कार्तिक । महोत्तरीको भङ्गाहा नगरपालिकामा धार्मिक सद्भाव भड्कन नदिन जिल्ला प्रशासन कार्यालय महोत्तरीले निषेधाज्ञा (कफ्र्यू) कायमै राखेको छ । भङ्गाहा–८ पडरिया बस्तीमा बिहीबार भड्केको दङ्गा नियन्त्रण गर्न जिल्ला प्रशासनले पडरिया वरपर क्षेत्र तोकेर निषेधाज्ञा जारी गरेको थियो । निषेधाज्ञा आज पनि जारी छ ।

    भङ्गाहा नगरपालिका–८ को दक्षिणमा पर्ने पडरिया बस्तीको सम्पूर्ण क्षेत्र, उत्तरपूर्वमा पडरियाको ब्रह्मस्थान, उत्तरमा धर्मपुर बस्तीको दक्षिण, पूर्वमा लोहारपट्टी नगरपालिका–१ मा पर्ने बगडाचोक तथा पश्चिममा इलाका प्रहरी कार्यालय लोहारपट्टीस्थित पुलसम्म जिल्ला प्रशासनले अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको छ ।

    यससम्बन्धमा थप अर्को आदेश जारी नभएसम्म घोषित क्षेत्रभित्र समूहमा हिँडडुल गर्न तथा बाहिरी क्षेत्रबाट सो क्षेत्रमा प्रवेश गर्न निषेध गरिएको प्रमुख जिल्ला अधिकारी दीपककुमार पहाडीले जारी गरेको आदेशमा उल्लेख छ ।

    बिहीबार दिउँसो पडरियामा ‘हिन्दू सम्राट सेना’ नामक सङ्गठनले निकालेको ¥यालीको क्रममा भागदौड मच्चिएको थियो । सङ्गठनको ¥यालीमा अज्ञात व्यक्तिले लुकीछिपी घुँयत्रो र ढुङ्गा हानेपछि तनाव बढेको पडरियावासी बताउँछन् ।

    घटनालगत्तै पुगेको प्रहरी टोलीले भड्कँदो स्थिति नियन्त्रणमा लिन हवाई फायरसमेत गर्नुपरेको थियो । अहिले घटनास्थलमा ठूलो सङ्ख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ ।

    पडरियाको घटनापछि वरपरका अन्य बस्तीमा पनि साम्प्रदायिक सद्भाव बिगार्ने मनसायका तत्वले धार्मिक आस्थाका ठाउँमा अस्वाभाविक गतिविधि बढाएका छन् । अवस्था थप जटिल हुन नदिन प्रजिअ पहाडीले जिल्लाका सबै राजनीतिक दल, सामाजिक सङ्घसंस्थाका प्रतिनिधि र आम नागरिकसँग अपिल गरे । ref यात्रा डेली

    Posted in ताजा अपडेट, मुख्य खबरLeave a Comment on महोतरीमा निषेधाज्ञा कमायै,घटना स्थलमा ठुलो संख्यामा प्रहरी परिचालन

    उदक यात्री रमा पन्तका उत्कृष्ट उदकहरू

  • १० कार्तिक २०७९, बिहीबार ०६:१८ मा प्रकाशित
  • उदक यात्री रमा पन्तका उत्कृष्ट उदकहरू –

    १
    दिपावली
    लक्ष्मीको पूजा
    नहुने कोही बाधक !

    २
    बालेर
    झिलिमिली बत्ती
    सबैलाई मिल्छ शक्ति !

    ३
    बत्ती
    नछुटोस् कतै
    घर आँगन सबै !

    ४
    तिहार
    सप्तरङ्गी टीका
    दिदीबहिनी नहुँदा फिका !

    ५
    तिहार
    दिदीबहिनीको उपहार
    सयपत्री फूलको बहार !

    ६
    दाजुभाइ
    बिचमा बसाइ
    वरिपरि तेल लगाइ !

    ७
    दाजुभाइ
    शत्रुको नास
    लक्ष्मीको सधैँ बास !

    ८
    दाजुबहिनी
    आएको तिहार
    माया ममता प्रगाढ !

    ९
    दैलोमा
    ओखर फोडी
    शत्रुको नास बोली !

    १०
    तिहार
    उपहारको बहार
    खाएर मिठा परिकार !

    • रमा पन्त, पाल्पा
    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on उदक यात्री रमा पन्तका उत्कृष्ट उदकहरू

    टुक्काकार शाेभा आचार्यका तिहार विशेष टुक्का कविताहरू

  • १० कार्तिक २०७९, बिहीबार ०६:०२ मा प्रकाशित
  • टुक्काकार शाेभा आचार्यका तिहार विशेष टुक्का कविताहरू
    १.
    वर्ष दिनमा अाउने महान पर्व,
    नेपाली हुनु सबैमा याे उच्च गर्व ।
    २.
    दाजुभाइ दिदीबहिनी मनाउछाै रमेर,
    सप्तरङ्गी टीका अनि फूलका माला उनेर।
    ३.
    रमाइलो चाड तिहारकाे याे रङ्गीन बेला,
    प्यारा दिदीबहिनी, दाजुभाइ खुसीको भेला।
    ४.
    दाजुभाइ दिदीबहिनीकाे माया अझ गाढा बनाेस् ,
    बालापनका सम्झनाहरू ताजा बनि खुसी छाओस्।
    ५.
    भाइकाे अग्रसर ती पाईला सधै सफलताले चुमिरहुन्,
    हिड्ने बाटाेमा काँडाहरू पन्छिदै,कदम अघि बढिरहुन् ।
    ६.
    भाइलाई अनगिन्ती अाशिर्वाद र धेरै धेरै माया,
    जीवन भर बनिरहनसकाैँ एक अर्काेका छाया।
    ७.
    दिन्छु शुभकामनाहरु मायाका सैागात भरेर,
    लक्ष्मी पूजा र अर्चना दियाे बाली प्रार्थना गरेर।
    ◾️शाेभा अाचार्य गाैतम
    काठमाडाैँ ।

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on टुक्काकार शाेभा आचार्यका तिहार विशेष टुक्का कविताहरू

    टुक्काकार भगवती दवाडीका तिहार विशेष टुक्का कविताहरू

  • ९ कार्तिक २०७९, बुधबार २०:५९ मा प्रकाशित
  • टुक्काकार भगवती दवाडी तिहार विशेष टुक्का कविताहरू
    १.
    रमाइलो नहुने भो यो सालको तिहार,
    भाइहरुका पनि खाली हुन्छन् निधार ।
    २.
    महाकवि देवकोटाको जन्म दिवस मान्दै,
    रचना वाचन गरिय‍ो जतै सिर्जना छान्दै।
    ३.
    उत्तरमा देखिन्छन् हिमचुली लहर
    चाडपर्वमा रमाइलो हुन्न शहर ।
    ४.
    जुवा तासको रमाइलो खेल्नेको मौका,
    नखेल्नेलाई खोइ दाउ आएन चौका ।
    ५.
    हाम्रो घर छ हिमालको काखमा ,
    टुक्काको सिर्जना गर्दछु चाखमा ।
    ▪️भगवती दवाडी
    झापा

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on टुक्काकार भगवती दवाडीका तिहार विशेष टुक्का कविताहरू

    टुक्काकार ‘नवशिला’का तिहार विशेष सुन्दर टुक्का कविता

  • ९ कार्तिक २०७९, बुधबार १७:२१ मा प्रकाशित
  • तिहार पर्व विशेष टुक्का कविताहरू
    १.
    झिलिमिली बत्ती हेर दियो अनि पाला,
    तिहारको रमाइलो सयपत्री माला।
    २.
    सप्तरङ्गी निधारमा सुहाउने टीका,
    कसैको पनि नहोस् तिहार पर्व फिका।
    ३.
    दिदी भाइको मिलन हो तिहार पर्व,
    हाम्रो राम्रो सस्कृति यो गर्नु पर्छ गर्व।
    ४.
    यमपञ्चक चाड खेलौ देउसी भैली,
    दान गर्नुपर्छ खोलेर धनको थैली।
    ५.
    भाइटिका लगाउ दिदी बहिनीबाट,
    चेली माइती गरौँ न आशिष् साटासाट।
    ६.
    महालक्ष्मी लाई डाकि गरौ आरधना,
    तिहारको छ रौनाक थपौ आफ्नोपना।
    ७.
    गाई काग र कुकुर गोरु पुजा हुन्छ,
    भाइटिका तिहारको सस्कृतिले छुन्छ।
    ८.
    ढकमक्क बारी भरि फुलेको छ फूल,
    तिहारमा भाइटिका लाउनेको हुल।
    ९.
    सयपत्री मखमली बारी भरि फुल्यो,
    तिहारमा चचहुई लिङ्गे पिङ झुल्यो।
    १०.
    गाँउ घर झपक्कै छ तिहारको मेला,
    भाइटिका लगाएर भैली खेल्ने बेला।
    ◾️नवशिला
    बेलबारी -२, लालभित्ती, मोरङ
    गोदावारी, ललितपुर।

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on टुक्काकार ‘नवशिला’का तिहार विशेष सुन्दर टुक्का कविता

    खाडी देशको भिसा अनलाइनबाटै कसरी चेक गर्ने ?

  • ९ कार्तिक २०७९, बुधबार ११:२६ मा प्रकाशित
  • काठमाडौँ | वैदेशिक रोजगारको क्रममा लाखौँ नेपालीहरु खाडीका बिभिन्न देशहरुमा छन् । अहिले बिभिन्न खाडी मुलुकहरुको भिसा सहि छ कि छैन, भन्ने कुरा अनलाइनबाटै चेक गरेर थाहा पाउन सकिन्छ ।

    तपाईँलाई जारी गरिएको भिसा सक्कली हो कि हैन हेर्नका लागि तल उपलब्ध देशमा क्लिक गर्नुहोस् ।


    कतार

    यूएई

    साउदी अरेविया

    ओमान

    बहराइन

    कुवेत
    वैदेशिक रोजगार सम्बन्धि अझै जानकारी आवश्यक भएमा वैदेशिक रोजगार एप डाउनलोड गर्नुहोला

    Posted in अन्तर्राष्ट्रिय, अर्थ, मुख्य खबरLeave a Comment on खाडी देशको भिसा अनलाइनबाटै कसरी चेक गर्ने ?

    पचास हजार भन्दा बढी अन्तर्राष्ट्रिय विद्यार्थीहरू द्वारा ‘साउदी अरबमा अध्ययनका लागि नाम दर्ता ।

  • ९ कार्तिक २०७९, बुधबार ०७:४५ मा प्रकाशित
  • रियाद – शिक्षा मन्त्रालयले ‘स्टडी इन साउदी अरेबिया’ नामक नयाँ महत्वाकांक्षी शैक्षिक कार्यक्रमका लागि नाम दर्ता गराउने अन्तर्राष्ट्रिय विद्यार्थीको संख्या ५० हजार नाघेको पुष्टि गरेको छ ।

    दर्ता प्रक्रिया ‘स्टडी इन साउदी अरेबिया’ प्लेटफर्म (https://studyinsaudi.moe.gov.sa) मार्फत नाम दर्ता गराउने मिति जनवरी २०२३ को मध्यसम्म जारी रहने मन्त्रालयले जनाएको छ।

    यूएईको शारजाहमा भईरहेको एक्स्पो सेन्टरमा शनिबार सम्पन्न १८औँ अन्तर्राष्ट्रिय शिक्षा सम्मेलनमा दर्ताका लागि ठूलो सहभागिता रहेको थियो । युएईको शिक्षा मन्त्रालय र शारजाह प्राइभेट एजुकेशन अथोरिटीको संयुक्त आयोजनामा ​​भएको चार दिने कार्यक्रममा साउदी शिक्षा मन्त्रालय र साउदी विश्वविद्यालयहरूले सहभागिता जनाएका थिए।

    साउदी अरबको मन्त्रिपरिषद्ले सेप्टेम्बर २७ मा दीर्घकालीन र छोटो अवधिको शैक्षिक भिसा जारी गर्ने ऐतिहासिक निर्णय लिएको थियो, जस अन्तर्गत विश्वभरका पुरुष र महिला विद्यार्थी, अनुसन्धानकर्ता र शिक्षाविद्हरूलाई साउदी अरबमा उच्च अध्ययनका लागि शैक्षिकहब को रूप मा विकास गर्ने उद्देश्यले कार्यक्रम ल्याएको बताईएको छ।

    शिक्षा मन्त्रालयले शैक्षिक भिसा योजनाले उत्कृष्ट प्रतिभा भएका विद्यार्थीलाई आकर्षित गर्नुका साथै शैक्षिक प्रक्रियाको गुणस्तर र अनुसन्धान र नवप्रवर्तनको उत्पादन बढाउने लक्ष्य लिएको स्पष्ट गरेको छ ।

    यस योजनाले साउदी अरबलाई विश्वव्यापी शैक्षिक संस्थाहरूको वर्गीकरण र दक्षताको स्तर बढाउन र मध्यस्थता र अरबी भाषा शिक्षाको मूल्यहरू फैलाउन राज्यको योगदान बढाउनुका साथै साउदी अरबलाई एक आकर्षक विश्वव्यापी शैक्षिक गन्तव्यको रूपमा प्रस्तुत गर्ने लक्ष्य राखेको छ।

    Posted in अन्तर्राष्ट्रिय, मुख्य खबरLeave a Comment on पचास हजार भन्दा बढी अन्तर्राष्ट्रिय विद्यार्थीहरू द्वारा ‘साउदी अरबमा अध्ययनका लागि नाम दर्ता ।

    पञ्चाङ्ग लेखन अभ्यास अभ्यासको ११औँ शृङ्खला सम्पन्न

  • ९ कार्तिक २०७९, बुधबार ०६:४८ मा प्रकाशित
  • पञ्चाङ्ग साहित्य  समाज नेपाल अभ्यास पाठशालाको अभ्यास शृङ्खला दर्ता पछिको :- भाग ११[एघारौं]
    ————————————-

    ” पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार “
                       विधा :- पञ्चाङ्ग
    अभ्यास गर्ने थलो :- पञ्चाङ्ग पाठशाला
    मिति:- २०७९/०७/०७ देखि १० गते सम्म ।
    ………………………………………….

                     प्रवर्तक
                     ====
    सोमनाथ लुइटेल “रवि पाल्पाली”

    प्रशिक्षक:-
    ———–
    गुणनिधि घिमिरे
    घनस्याम पौडेल
                  
    भाषा शुद्धीकरण:-
    ————
    भवानी घिमिरे
    पुष्पा नेपाल सुवेदी

    सङ्कलक :-
    ———-
    सुशीला पौडेल & दुर्गा आचार्य

                       संयोजक:-
                       =====
       सोमनाथ लुइटेल “रवि पाल्पाली”
    ======================

    अभ्यास संरचना  तिहार , दिपावाली विषेश

    दिपावलीको र छठ पर्वको बारेमा ०१ [एक] पञ्चाङ्ग लेख्न हुन  हार्दिक अनुरोध गर्दछौँ। दिपावलीको पावन अवसरको हार्दिक शुभकामना व्यक्त गर्दछौँ ।

    पञ्चाङ्गको संरचना :- अक्षर आफ्नो इच्छा
    अनुप्रास :- आफ्नो इच्चा
    स्थायी :- आफ्नो इच्छा
    ,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,

    पञ्चाङ्ग भनेको पाँच पदिय कविता विधा हो ।
    कसरी लेख्न सकिन्छ ?
    —————-
    पूर्ण अनुप्रास र स्थायी अनिवार्य हुनु पर्छ ।

    उठान गर्दा  विषयवस्तुसँग सम्बन्धित हुनुपर्छ ।

    तिहारमा राम्रो  विचारले ढाकेको  छ घरघरमा [०१]
    सेल  फिनि रोटि परिकार पाकेको छ घरघरमा [०२]
    ——————————–
    तेस्रो लाइनले माथिको १,२ लाई विस्तार गर्नु पर्छ

    हाम्रो परम्परा र संस्कृति विश्वमा जोगाउन पर्छ [०३]
    ———————————

    १,२,३का लाइनलाई जोड दिँदै परिणाम दिनुपर्छ ।

    काग कुकुर गाइ  पुजाको ताकेको छ घरघरमा [०४]
    भैली देउसी खेल्न भाइले हाँकेको छ घरघरमा [०५]

    उदाहरण पञ्चाङ्ग  [१]

    तिहारमा राम्रो  विचारले  ढाकेको  छ घरघरमा [०१]
    सेल  फिनि रोटि परिकार पाकेको छ घरघरमा [०२]
    हाम्रो परम्परा र संस्कृति विश्वमा जोगाउन पर्छ [०३]
    काग कुकुर गाइ  पुजाको ताकेको छ घरघरमा [०४]
    भैली देउसी खेल्न भाइले हाँकेको छ घरघरमा [०५]

    💢सोमनाथ लुइटेल “रवि पाल्पाली” पाल्पा हाल बर्दिया ।

    उदाहरण  [०२]

    दिपावली   पर्वले  उमङ्ग दिई  आयो सबैमा [०१]
    पीडा भुली रसरङ्ग  डुल्दै लिई आयो सबैमा [०२]
    झिलीमिली चारैतिर अँध्यारो  हटाएर आयो [०३]
    सम्बन्ध बाँधी अमृत घडा पिई आयो सबैमा [०४]
    मन  हृदय कुनामा  पसी जिई आयो सबैमा [०५]

    💢जमुना आचार्य, सिन्धुपाल्चोक ।

    उदाहरण  ०३

    खुशी साट्न तिहारमा आए मेरा दाजै [०१]
    द्याैसी भैलाे घुमीघुमी गाए मेरा दाजै  [०२]
    सप्तरङ्गी  टीका अनि मखमली माला [०३]
    शिरभरि  ढाकाटाेपी लाए मेरा  दाजै [०४]
    सेलराेटी अर्सा फिनी खाए मेरा दाजै [०५]

    💢चन्द्रावती अधिकारी, कोहलपुर बाँके ।

    =========================

    पञ्चाङ्ग   ०१

    तिहारमा राम्रो  विचारले  ढाकेको  छ घरघरमा ।
    सेल  फिनि रोटि परिकार पाकेको छ घरघरमा ।
    हाम्रो परम्परा र संस्कृति विश्वमा जोगाउन पर्छ ,
    काग कुकुर गाइ  पुजाको ताकेको छ घरघरमा ।
    भैली देउसी खेल्न भाइले हाँकेको छ घरघरमा ।

    💢सोमनाथ लुइटेल “रवि पाल्पाली” पाल्पा
    हाल बर्दिया ।

    पञ्चाङ्ग   ०२

    घुम्दैफिर्दै अहिले पनि आयो तिहार।
    गाॅउ बजार चारेतिर छायो तिहार।
    दाजुभाई दिदीबैनी सबै सबैलाई,
    यमपञ्चक साथसाथै लायो तिहार।
    दूखीले पनि रमाउने पायो तिहार।

    💢घनश्याम पौडेल, पोखरा ।

    पञ्चाङ्ग   ०३

    प्रत्येक घरमा तिहार आएको छ ।
    हर्ष उमङ्ग र बहार छाएको छ ।
    गाउँघरमा सेल रोटी पाकेपछि,
    यो मनैदेखि खान मन लाएको छ ।
    उडेर मन लेक बेसी धाएको छ ।

    💢आर्त अकुलीन, कैलाली ।

    पञ्चाङ्ग   ०४

    देशमा  आजभोलि सूर्यग्रहण  लागेको  छ ।
    जनतामा भने बर्सौँ देखि आशा जागेको छ ।
    कानुनी  राज्य  समानता  रोजगारी  नहुँदा ,
    जनताले  आमूल  परिवर्तन  चाहेको   छ ।
    भनेझैँ नहुँदा जनताले सास्ती पाएको छ ।

    💢तेजप्रसाद खनाल,  लमही दाङ।

    पञ्चाङ्ग   ०५
    [०१]
    घर घरमा झिलिमिली यो तिहार हुनेछ
    जताततै जुवा र तासको विकार हुनेछ
    हट्नुपर्छ संस्कृतिको खोलबाट विकृतिले
    रातो खोला बग्दा पशु दुई किनार हुनेछ
    मन दुःखी तर सप्तरङ्गी निधार हुनेछ
    [०२]
    घर घरमा पटाका बाल्दै तिहार हुनेछ।
    जताततै जुवा र तासको विकार हुनेछ।
    हट्नुपर्छ संस्कृतिको खोलबाट विकृतिले ,
    रातो खोला बग्दा पशु दुई किनार हुनेछ।
    मन दुःखी तर सप्तरङ्गी निधार हुनेछ ।

    💢श्रीकृष्ण शर्मा पोखरा ।

    पञ्चाङ्ग   ०६

    झुपडीले पनि धान्ने गरि चाड आओस् ।
    संस्कारले पर्व जान्ने गरि चाड आओस् ।
    दियोको तेल जस्तै शुद्ध रहिरहोस् यो,
    अग्रजले भन्या मान्ने गरि चाड आओस् ।
    विसङ्गतिलाई हान्ने गरि चाड आओस् ।

    💢पशपति राई, खोटाङ।

    पञ्चाङ्ग   ०७

    पिलपिल झिलमिल घरघर दीप बल्दै आयो तिहारमा।
    ज्यामीर फलफूल ओखर किसमिस फल्दै आयो तिहारमा।
    काग, कुकुर, गाईगोरु, प्रकृतिका हामी प्राणी  पुजक हुँदै ,
    संस्कार यो परम्परा पौराणिकदेखि चल्दै आयो तिहारमा।
    समानता एकताको उज्यालो भावना दल्दै आयो तिहारमा।

    💢होम प्रसाद नेउपाने, हालः काठमाडौ ।

    पञ्चाङ्ग   ०८

    खुशी साट्न तिहारमा आए मेरा दाजै
    द्याैसी भैलाे घुमीघुमी गाए मेरा दाजै।
    सप्तरङ्गी  टीका अनि मखमली माला
    शिरभरि  ढाकाटाेपी लाए मेरा  दाजै
    सेलराेटी अर्सा फिनी खाए मेरा दाजै ।
    [०२]
    जुवा  तास नखेले नि तिहार आउँदैन र 
    देउसी भैलाे मात्र खेल्दा खुशी छाउँदैन र ?
    कुसंस्कृति  हटाउने  कस्ले हाेला  कुन्नि?
    काैवाले नि खुश  खबर कुनै   पाउँदैन  र ?
    कुकुरले    दैलाेदैलाे   कि   त धाउँदैन र?

    💢चन्द्रावती अधिकारी, कोहलपुर बाँके ।

    पञ्चाङ्ग   ०९

    सबैको घरमा तिहार आएको छ।
    हर्षले मनमा उमङ्ग छाएको छ।
    वर्ष दिनको चाड मनाउनलाई,
    सबै देउसे भैलो गीत गाएको छ।
    मीठो परिकार  पकाई खाएको छ।

    💢सरस्वती श्रेष्ठ , इटहरी ।

    पञ्चाङ्ग   १०

    तिहारको दिनमा पर्यो सुर्य ग्रहण लाग्ने बेला ।
    दशा विघ्न पर सर्यो सुर्य ग्रहण लाग्ने बेला।
    हर्ष र उमङ्गमा झुल्ने समय नि आएकै थियो ,
    सेल रोटी तेलमा  तर्यो सुर्य ग्रहण लाग्ने बेला ।
    घाम लागेर पानी टर्यो सुर्य ग्रहण लाग्ने बेला ।

    💢अम्विका अधिकारी, झापा विर्तामोड ।

    पञ्चाङ्ग   ११

    झिलिमिली पारी दियाे बाली  फिनी राेटी तारेकाे तिहारमा।
    घरदैलो गर्दै नि देउसी भैलो खेल्दै गाएकाे तिहारमा ।
    कुकुर ,काग ,गाई ,गाेरु भाई पूजाकाे  संस्कृति रमाइलो ,
    मनमा तरङ्ग तनमा उमङ्ग  धेरै छाएकाे तिहारमा  ।
    धनकाे सलह जनकाे कलह  पुरै ढाकेको   तिहारमा।

    💢टीकाराम जाेशी, टीकापुर।

    पञ्चाङ्ग  १२

    आँगनीमा सयपत्री,मखमली ढकमक्क फुलेको बेला।
    खेत र बारीमा धान पाकेर झपक्क बाला झुलेको बेला।
    सम्रिद्धि र उज्यलो  लिएर  रमाईलो  पर्व  तिहार आयो,
    कालोमैलो मेघ बर्षा हटेर आकाश सफा खुलेको बेला।
    हर्ष र उमङ्ग  छाई  मन गमक्क भै रङ्ग  घुलेको बेला ।

    💢बिबस पारद्शी ,भद्रपुर  झापा ।

    पञ्चाङ्ग   १३

    चारैतिर तिहार आयाे दाजु ।
    हर्ष उमङ्ग पनि छायाे दाजु ।
    घर घरमा झिलिमलि लाए,
    माइती जान मन लायाे दाजु
    याे मन उतै तिर धायाे दाजु।।

    💢सहयात्री शाेभा अर्याल, रुपन्देही १४ बुटवल ।

    पञ्चाङ्ग   १४

    बर्ष दिनको तिहारमा सूर्य ग्रहण  आएको छ ।
    माला र सप्तरङ्गी टीका लाउन मन लाएको छ ।
    सबैका घरमा सेल रोटी अनर्सा पकाएका छन् ,
    सबैका घरमा हर्ष,उमङ्ग,बहार छाएको छ ।
    रङ्गिचङ्गी बत्तीको उज्यालो सबै घर लाएको छ ।

    💢बेदु न्यौपाने काठमाडौ ✍️

    पञ्चाङ्ग   १५
    [०१]
    दिपावलीको मौसम पारी प्रकाश छेक्न आयो ।
    ग्रहणको  सुतक  लिई जीवलाई सेक्न आयो ।
    झिलीमिली   दिप  तिहारको  अवसर  पारेर ,
    सगुनका पल र शुक्र अस्त दिन टेक्न आयो ।
    ग्रह  फल  शुभ अशुभ  हरपल देख्न आयो ।
    [०२]
    यमपञ्चक पूजा गरी  धर्मराजालाई  खुशी पारेर आएँ ।
    दोष मेटाई दिवारमा डाकी संकोच उनका सारेर  आएँ ।
    शताब्दी औँ जन्मदिनका भेट मनाउ पनि गर्न पाऊँ भनि,
    खुशी साटासाट,ओखरमा बाधा फुटाई माया खारेर आएँ।
    भाइलाई सप्तरङ्गी,  मखमली  सजाई  कष्ट  टारेर  आएँ ।

    💢जमुना आचार्य, सिन्धुपाल्चोक ।

    पञ्चाङ्ग   १६

    झस्किएको मन आफै पनि झस्किन सक्छ।
    दु:खमा सहारा पनि आफै तर्किन सक्छ।
    पखेरो पनि जीवन हो बाँच्नुपर्छ यहाँ,
    वेदनाको राप पनि फेरि सल्किन सक्छ।
    जिन्दगी तनाव हो दिमाग पड्किन सक्छ।

    💢दस्ता कौशिक,पाँचथर।

    पञ्चाङ्ग   १७

    सुर्य ग्रहण पनि लक्ष्मी पूजाको दिन पर्यो ।
    किन गाई तिहारको वेला यस्तो घिन पर्यो।
    तोरन बान्छौ बाबर नुन लक्ष्मी पुजा हुन्छ,
    भन्छन् त्यो दिनमै सुर्य ग्रहण एकिन पर्यो।
    एक दिन पहिले  गाई पुजाको छिन पर्यो।

    💢सुरेशकुमार पान्डे, दाङ घोराही१८ ।

    पञ्चाङ्ग   १८

    बाहिर झीलीमिली बत्ती अनि अटालीमा पाला हुन्छ।
    मझेँरीमा मिठा परिकार सेलराेटीकाे डाला हुन्छ।
    चेली माइतीकाे खुशी बाँड्न तिहार आयाे घरमा,
    आँगनीमा खेल्छन् द्याैसी भैलाे यहाँ यस्तै चाला हुन्छ ।
    निधारमा रंग टीका गलामा मखमली माला हुन्छ ।

    💢उर्मिला के.शी. धनकुटा ।

    पञ्चाङ्ग   १९

    कालो वादल खुलेकोछ, मनमा खुसी छैन।
    धानको बाला झुलेकोछ,मनमा खुसी छैन।
    यो  साल पनि  आउँदैनौ, भने दाजुभाइले,
    फूलको थुङ्गा फुलेकोछ, मनमा खुसी छैन।
    खोरमा भाले  हुलेकोछ, मनमा खुसी छैन।
                          
    💢चिरञ्जीवी ढकाल,नेपालगन्ज -२०
    राँझा एयरपोर्ट बाँके ।

    पञ्चाङ्ग   २०

    तिहार   चारैतिर  छायो हेर ।
    लक्ष्मीकोआषिस पायो हेर ।
    घर आँगन  झलमल्ल  हुदा ,
    सबैले भैलो  गीत गायो हेर ।
    मिठो परिकार नै खायो हेर ।

    💢सीता शर्मा बिरंगज ।

    पञ्चाङ्ग   २१

    तिहार आयो टीका थाप्न घर जान नपाउँदा।
    मन  दुखेको छ बैनि उपहार लान नपाउँदा।
    बाटो हेर्दै बाबा आमा साँझसम्म हेर्दै छन् कि ?
    शरीर पनि गलेको छ समयमा खान नपाउँदा।
    प्लास्टिकको चामल खानु छ धान नपाउँदा।

    💢सन्जना सर्मा, दाङ लमही ।

    पञ्चाङ्ग   २२

    घर घरमा लक्ष्मीको बास होस्।
    सबैमा सुख शान्तिको रास होस्।
    तिहारको शुभकामना दिन्छु,
    गरिबी सदाको लागि नास होस्।
    यसपालीको तिहार खास होस्।

    💢सुशीला पौडेल, काठमाडौं ।

    पञ्चाङ्ग   २३

    बर्षदिनको   चाड  तिहारमा  झिलीमिली द्यौसिरे द्यौसिरे  ।
    सप्तरङ्गी टिकाले निधारमा झिलीमिली द्यौसिरे द्यौसिरे।
    चेली  र  माइतीको   सुन्दर  संस्कार  रमाईलो  भेटघाट,
    चाडमा सबै मिली बिचारमा झिलीमिली द्यौसिरे द्यौसिरे।
    टिका माला लाई परिवारमा झिलीमिली द्यौसिरे द्यौसिरे ।

    💢गुणनिधि घिमिरे, अमेरिका।

    पञ्चाङ्ग   २४

    दीपावलीमा खुसीयाली मनाउने हो दिदी बहिनीसँग।
    दाजुभाइको उपस्थिति जनाउने हो दिदी बहिनीसँग।
    दीपावलीको शुभकामना सबैलाई दिन चाहन्छु मैले,
    लक्ष्मी पूजामा रंगोली नि बनाउने हो दिदी बहिनीसँग।
    शिर देखि छपक्कै फूल खनाउने हो दिदी बहिनीसँग।

    💢ह्यारिसन काठमाडौं ।

    पञ्चाङ्ग   २५

    जताततै दीपै-दीपले छाएका छन् यहाँ।
    रङ्गी-बिरङ्गी फूलहरू आएका छन् यहाँ।
    गरीब पनि उज्यालो रोशनीमा अल्झिई
    रङ्गोली बनाउनमा नै लाएका छन् यहाँ ।
    गढेका दु:ख नासी खुशी पाएका छन् यहाँ।

    💢शिव कुमार रेग्मी , पोखराथोक,पाल्पा ।

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on पञ्चाङ्ग लेखन अभ्यास अभ्यासको ११औँ शृङ्खला सम्पन्न

    चित्रमा मुक्तक लेखन अभ्यास शृङ्खला – ५२ सम्पन्न

  • ८ कार्तिक २०७९, मंगलवार ०९:५२ मा प्रकाशित
  • “समाजसेवामानिस्वार्थसहभागिता साहित्यउत्थानरविकासमाहाम्रोप्रतिबद्धता “

    जैमिनी साहित्यिक मञ्च बागलुङ द्वारा सञ्चालित चित्रमा मुक्तक अभ्यास शृङ्खला {५२}१ वर्ष पुगेकोमा हार्दिक शुभकामना 🌺
    र शृङ्खला ५२ सम्मका सबै सहभागीहरू मुक्तककार ज्यूहरूमा आभारी सहित सादर धन्यवाद ।

    ✍️मुक्तक 🇳🇵

    प्रकृतिको उपहार सर्वगुणी जननी हो पानी
    सर्वोत्तम र अमृत मिठो लाग्नु हो जिन्दगानी
    उदाहरण दिन्छन् कर्कलाको,सहारा सदाको
    तर हावाको झोक्कामा सकिन्छ सबै कहानी ।

    ✍️प्रेम थापा “मन”🇳🇵

    ✍️मुक्तक

    थोपा थोपामा प्राणको रस भर्छ पानी,
    समुन्द्र हावा बादल हुदै तल झर्छ पानी ।
    पानीले सृष्टिको मुटु ढुकढुकाई रहन्छ ,
    पृथ्वी वायु अाकाश तेज भर पर्छ पानी।

    ✍️होम प्रसाद नेउपाने
    धरान,सुनसरी 🇳🇵

    ✍️मुक्तक

    कर्कलाको पानी र जिन्दगानी उस्तै लाग्छ
    एकै झट्कामा टुङ्गिने कहानी उस्तै लाग्छ
    केको फूर्ती लगाउँछौ देखाउँछौ आडम्बर,
    खहरेको पानी अनि यो जवानी उस्तै लाग्छ ।

    ✍️वसन्त अनुभव
    घोराही, दाङ🇳🇵

    ✍️ मुक्तक

    एकताको पाठ, यस चित्रबाट सिक्न सकिन्छ
    बोले पछि पिठो जस्तै बिक्न सकिन्छ
    पानीको थोपा जस्तै उदाहरण यो चित्रमा
    मिलेर काम गर्दा समस्यासँग टिक्न सकिन्छ।

    ✍️Singer Bishal🇳🇵

    ✍️मुक्तक

    कर्कलोको पातमा टलक्क टल्किएको छ शित
    जीवनदान दिन्छ गर्छ सम्पूर्ण प्राणीको हित
    अलौकिक शक्ति छ पानीमा
    विशाल आगो समक्ष पनि हुन्छ उसकै जित ।

    ✍️प्रगति शर्मा पुष्पा🇳🇵

    ✍️मुक्तक

    राखेर, हाम्रै तस्बिर सिरानीमा सधै, अहो कयौं बिहानी सकिन्छ
    अनि सन्तानलाई केही बनाउने आश आमाको जवानी सकिन्छ
    यसैले,यी हामी आफै बुझौ मित्र,यार कर्कलाको पानी न हौ
    अक्सर हामी आफै बाटो बिराए हाम्रो पूरा जिन्दगानी सकिन्छ।
    ✍️ प्रदिप नेपाली
    बिहादी ५ उराम,पर्बत🇳🇵

    ✍️मुक्तक

    कर्कला पानीजस्तै भाछ जिन्दगी भर छैन् कत्ति
    जनम पछि मरण अवश्य छ त्यसैले डर छैन् कत्ति
    संघर्ष र सुख दुःख को चर्खांमा घुमदो रैछ जिबन
    एकछाक खान लाउन पुगोस् अरू रहर छैन् कत्ति ।

    ✍️ सिर्जन रामु गुरुङ्ग राङ्खानी🇳🇵

    ✍️मुक्तक

    जीवन जीवन भन्छु जीवन पातमा नचाइरहेछु
    जीवन मेरो हो तर कसैको लागि बचाइरहेछु
    थाहा छैन यो कति खेर पुर्लुक्क कहाँ खस्ला
    तर पनि जीवन हँसाइ दुखलाई पचाइरहेछु!

    ✍️पशपति राई खोटाङ🇳🇵

    ✍️मुक्तक

    कर्कलोको पानी जस्तै हो हाम्रो जिन्दगानी
    राम्रो काम गर्नुपर्छ समयको महत्व ठानी
    धर्तीका पाहुना हौ हामी घमण्ड कत्ति नगरौं
    त्यसैले कसैलाई पनि नगरे जीवनमा हानी ।

    ✍️आर्मित्मा थापा मगर
    स्याङ्जा🇳🇵

    ✍️मुक्तक

    भर छैन हजुर कर्कलाको पानी जस्तो जीवन
    अथक लगानी पछि हजुर बन्छ कस्तो जीवन
    मरिहत्ते बेकार हो जाँदा लाने त होइन कसैले
    सद्भावना ठूलो हो घमण्डले बन्छ सस्तो जीवन।

    ✍️निर्मला सुवेदी,बागलुङ🇳🇵

    ✍️मुक्तक

    अप्ठ्यारो महसुस नगर्ने कतिपयको बानी छ
    मुठी सासको जिन्दगानी कर्कलाको पानी छ
    सत्य यथार्थ नपच्ने चेतनशील मानव पनमा
    आदर्शवादी भएर व्यवहारमा आनाकानी छ ।

    ✍️” जिज्ञासु ” पन्त
    लमजुङ 🇳🇵

    ✍️मुक्तक

    जीवन रसिलो लाग्छ, देख्दा मूलको पानी
    अझ हराभरा लाग्छ, देख्दा आफ्नै जवानी
    के रहेछ र आखिर कर्कलाको पातमा हेर्दा
    सुख खोज्न घुमेको दुःख भेट्ने त्यो मदानी ।

    ✍️सविता के.सी., काठमाडौँ 🇳🇵

    ✍️मुक्तक

    हाम्रो जीवन कर्कलाको पाती जस्तै हुन्छ
    विछोड हुँदा अकस्मात भित्री मुटु छुन्छ
    विहानीको किरण जस्तै चम्किएको भए
    बाढी पहिरो गएको देख्दा धेरै मन रुन्छ ।

    ✍️अम्विका अधिकारी
    झापा विर्तामोड 🇳🇵

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on चित्रमा मुक्तक लेखन अभ्यास शृङ्खला – ५२ सम्पन्न

    हाेटलमा मृत भेटिइन् ३८ वर्षीय महिला, सँगै बसेका पुरुष फरार

  • ६ कार्तिक २०७९, आईतवार १५:३४ मा प्रकाशित
  • रुपन्देही : बुटवल उपमहानगरपालिका हाेटलमा एक महिला मृत अवस्थामा भेटिएकी छन्।

    उपमहानगरकाे वडा नम्बर ५ हाटबजार स्थित कपडा पसल गरी बस्ने ३८ वर्षीया मनिषा जैसवाल ईट्टाभट्टीस्थित होटल वजन 24 मा शनिबार मृत अवस्थामा भेटिएकी हुन्।

    होटलको कोठा नम्बर ३०३ मा शुक्रबार २ जना बसेकोमा लामो समयसम्म उक्त कोठा बन्द रहेको र सम्पर्कमा समेत नआएपछि होटल सञ्चालकले प्रहरीलाई खबर गरेका थिए।

    ईलाका प्रहरी कार्यालय, बुटवलबाट खटिएको प्रहरीले कोठा खोली हेर्दा जैसवाललाई मृत अवस्थामा फेला पारेको हो।

    साथै उनीसँगै बसेको फरार हाल नाम, थर, वतन नखुलेका पुरुषको प्रहरीले खोजी गरिरहेको छ!

    Posted in मुख्य खबरLeave a Comment on हाेटलमा मृत भेटिइन् ३८ वर्षीय महिला, सँगै बसेका पुरुष फरार

    Posts navigation

    Older posts
    Newer posts

    Himalayan Dristi Team

    • प्रधान सम्पादक

      अनिल आचार्य

    About us

    • हाम्रोबारे

    Follow us on Facebook

    Contact Us

    Kathmandu, Nepal
    Email: himalayandristi@gmail.com
    Phone:-00977-9868990772
    Web:
    www.himalayandristi.com/
    विज्ञापनका लागि
    कृष्ण गिरि 00977-9860341922

    © Copyright 2020-2024 Himalayan Dristi. All Right Reserved. Design & Developed By K & P