नेपाल आयुर्वेद स्वास्थ्यकर्मी समाजको प्रथम लुम्बिनी प्रदेश अधिवेशन प्रदेश राजधानी राप्ती गाउँपालिका दाङमा सम्पन्न भएको छ । उक्त कार्यक्रमको उद्घाटन प्रमुख अतिथि एवम् राप्ती गाउँपालिका अध्यक्ष प्रकाश बिष्टले भगवान धनवन्तरीको तस्बिरमा माल्यार्पण गरेर र पानसमा बत्ती बालेर गर्नुभएको थियोे । कार्यक्रम नेपाल आयुर्वेद स्वास्थ्यकर्मी समाज, जिल्ला कमिटी, दाङको आयोजनामा भएको थियोे । समाजका दाङ जिल्ला कमिटी अध्यक्ष शोभाकान्त अधिकारीको स्वागत मन्तव्यसँगै शुरु भएको कार्यक्रममा राप्ती गा.पा.अध्यक्ष प्रकाश बिष्ट, प्रादेशिक आयुर्वेद चिकित्सालय, विजौरी दाङका निर्देशक डा.सन्तोष कुमार ठाकुर, लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयका आयुर्वेद तथा वैकल्पिक चिकित्सा महाशाखा प्रमुख डा.पुष्पराज पौडेल, राप्ती आयुर्वेद चिकित्सालयका प्रमुख डा.मदनकुमार बि.सी., नेपाल आयुर्वेद स्वास्थ्यकर्मी समाजका केन्द्रिय अध्यक्ष देवराज लामिछाने, सचिव गोकुल पराजुली, नेपाल आयुर्वेद औषधि व्यवसायी संघका लुम्बिनी प्रदेश अध्यक्ष देव बहादुर बस्नेत लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियोे ।
कार्यक्रममा लुम्बिनी प्रदेश अन्तर्गतका विभिन्न जिल्लाका आयुर्वेद स्वास्थ्यकर्मीहरूको बाक्लो उपस्थिति रहेकोे थियोे । समाजका केन्द्रिय सचिव यमलाल भट्टराईको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन भने मोहनसिंह सुनारले गर्नुभएको थियो ।
आयुर्वेद स्वास्थ्यकर्मी सुनारको अध्यक्षतामा १९ सदस्यीय कार्यसमिति गठन
अधिवेशनको उद्घाटन सत्र समापन भएसँगै बसेको बन्द सत्रले मोहनसिंह सुनारको अध्यक्षतामा १९ सदस्यीय कार्यसमिति गठन गरेको थियोे । जसको उपाध्यक्षद्वयमा ध्रुवराज भण्डारी (खुल्ला) र ओमहरी भट्टराई (गैरसरकारी), सचिवमा वसन्त रावत, कोषाध्यक्षमा थानेश्वर न्यौपाने र सदस्यहरूमा सन्तोष भण्डारी (दाङ), यकराज भण्डारी (बाँके), प्रांशु ढकाल (रुपन्देही), जनक खनाल (रोल्पा), शिव प्रकाश चौधरी (कपिलवस्तु), सविता भट्टराई (प्युठान), गणेश पौड्याल (खुल्ला), प्रशान्त घिमिरे (पाल्पा), सरिता खनाल (महिला), निरन्जन बि.सी. (अर्घाखाँची) रहनुभएको छ ।
पञ्चाङ्ग साहित्य समाज नेपाल अभ्यास पाठशालाको अभ्यास शृङ्खला दर्तापछिको :- भाग २६ [छब्बिसौँ] ————————————- ” पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार “
विधा :- पञ्चाङ्ग अभ्यास गर्ने थलो :- पञ्चाङ्ग पाठशाला मिति:- २०७९/०९/२६गते समय :- साँझ ८ बजे ………………………………………… प्रशिक्षक:- …………… गुणनिधि घिमिरे घनश्याम पौडेल
भाषा शुद्धीकरण:- ———– जमुना आचार्य भवानी घिमिरे पुष्पा नेपाल सुवेदी
पञ्चाङ्ग तथा सम पञ्चाङ्ग संरचना —————————————- पञ्चाङ्ग भनेको पाँच पदिय कविता विधा हो । कसरी लेख्न सकिन्छ ? —————- ———————– पूर्ण अनुप्रास र स्थायी अनिवार्य हुनुपर्छ । उठान गर्दा विषयवस्तुसँग सम्बन्धित हुनुपर्छ । ———————————
पञ्चाङ्ग तथा समपञ्चाङ्ग संरचना ………………………………………
✍️सामन्तीको सामुन्ने झुक्नु हुँदैन हामी [०१] ✍️गल्ती नगरेपछि लुक्नु हुँदैन हामी [०२] ——————————– तेस्रो लाइनले माथिको १,२ लाई विस्तार गर्नुपर्छ ।
✍️परिवर्तन भएनि स्थिति हेर्नू पर्छ [०३] ………………………………………………………………… ४र ५ ले भाव र पञ्चाङ्गको निचोड दिनु पर्छ ।
✍️मेहनती भएर रुक्नु हुँदैन हामी [०४] ✍️अनायासै कहिले भुक्नु हुँदैन हामी [०५] …………………………… माथिको १,२,३,४,५ लाई ६,७ ले सोही बिषयमा लेख्नु पर्छ ।
✍️आर्काको गलतिमा सुक्नु हुँदैन हामी [०६] ✍️जानीजानी कहिले चुक्नु हुँदैन हामी [०७] ……………………………………………………… ३ मा जस्तै १२३४५६७ समेतको भाव ८ ले दिनु पर्छ
✍️दु:खद परिस्थितिमा समालिनु पर्छ [०८] ………………………………………………………
आखिरी ९,१० ले निचोड वा निर्णय दिनु पर्छ ।
✍️केही दिन्छकी भनी ढुक्नु हुँदैन हामी [०९] ✍️निन्दा गरेर पनि थुक्नु हुँदैन हामी [१०] ……………………………………………………
उदाहरण पञ्चाङ्ग तथा समपञ्चाङ्ग
सामन्तीको सामुन्ने झुक्नु हुँदैन हामी [०१] गल्ती नगरेपछि लुक्नु हुँदैन हामी [०२] परिवर्तन भएनि स्थिति हेर्नू पर्छ [०३] मेहनती भएर रुक्नु हुँदैन हामी [०४] अनायासै कहिले भुक्नु हुँदैन हामी [०५]
आर्काको गलतिमा सुक्नु हुँदैन हामी [०६] जानीजानी कहिले चुक्नु हुँदैन हामी [०७] दु:खद परिस्थितिमा समालिनु पर्छ [०८] केही दिन्छकी भनी ढुक्नु हुँदैन हामी [०९] निन्दा गरेर पनि थुक्नु हुँदैन हामी [१०]
💢सोमनाथ लुइटेल “रवि पाल्पाली” पाल्पा हाल बर्दिया । ……………………………………………………
पञ्चाङ्ग तथा समपञ्चाङ्गहरू ………………………………………………
पञ्चाङ्ग तथा समपञ्चाङ्ग [०१]
सामन्तीको सामुन्ने झुक्नु हुँदैन हामी । गल्ती नगरेपछि लुक्नु हुँदैन हामी । परिवर्तन भएनि स्थिति हेर्नू पर्छ , मेहनती भएर रुक्नु हुँदैन हामी । अनायासै कहिले भुक्नु हुँदैन हामी ।
आर्काको गलतिमा सुक्नु हुँदैन हामी । जानीजानी कहिले चुक्नु हुँदैन हामी । दु:खद परिस्थितिमा समालिनु पर्छ , केही दिन्छकी भनी ढुक्नु हुँदैन हामी । निन्दा गरेर पनि थुक्नु हुँदैन हामी ।
✍️सोमनाथ लुइटेल “रवि पाल्पाली” पाल्पा हाल बर्दिया । …………………………………………………………
समपञ्चाङ्ग [०२]
वैरी सामु झुक्नु हुन्न । डराएर लुक्नु हुन्न । मेरो देश मेरो स्वर्ग, विकासमा रुक्नु हुन्न । बेला मौका ढुक्नु हुन्न ।
कुकुरझँ भुक्नु हुन्न । बेलुनझैँ फुक्नु हुन्न । माटो भन्नु स्वर्ग सरी, सौम्य फूल सुक्नु हुन्न । खाने थाल थुक्नु हुन्न ।
✍️आर्त अकुलीन, कैलाली । ……………………………………
समपञ्चाङ्ग [०३]
गोर्खाली हौंँ बैरी सँग झुक्नु छैन । नभएको दोष लाग्दा लुक्नु छैन। अग्रगामी विकासको बाटो लिनु , गोर्खाली आफ्नो काममा चुक्नु छैन । काम गर्दा मुहानमा सुक्नु छैन ।
नेपालीको एकतामा चुक्नु छैन । कसैले कसैलाई नै थुक्नु छैन । सबै लेपाली हौँ एक हुनुपर्छ , विरताको पुत्र हामी लुक्नु छैन । चन्द्र सूर्य झण्डा हाम्रो झुक्नु छैन ।
✍️बेदु न्यौपाने, काठमाडौ । …………………………………………………
समपञ्चाङ्ग [०४]
थाेरै लाभ मिल्छ भनी चुक्नु हुँदैन । घमण्डले आफैँ खान्छ फुक्नु हुँदैन। यथार्थता कुरा के हाे बुझ्ने गर्नु है, मिथ्या कुरा विश्वासमा थुक्नु हुँदैन। बैरी सामु पाउ पर्दै झुक्नु हुँदैन।
ठुलै अभिलाषा लिइ ढुक्नु हुँदैन। हिनता बाेध गरेर लुक्नु हुँदैन। सबै आफ्नाे ज्ञानमा बिज्ञ पनि हुन्छन्, आफैँ मात्र जान्ने भनी भुक्नु हुँदैन। गर्नु आँट सुर्ता लिँदै सुक्नु हुँदैन।
✍️सुरेश चन्द्र घिमिरे, लमजुङ। ……………………………………………………
समपञ्चाङ्ग [०५]
भर्भराउँदो जवानीमा आफू त्यसै सुक्नु हुँदैन । नबुझेर कुरा मानिसहरूलाई थुक्नु हुँदैन । जोस जाँगर लिई बुझी हामीले काम गरे राम्रो, आफैँ हावादारी कुरा गरेर त्यसै फुक्नु हुँदैन। जानीकन गरेर गल्ती आफैँ यहाँ चुक्नु हुँदैन।
बिना गल्ती आफैँ तिमी हामी कहिल्यै लुक्नु हुँदैन। गरौ पौरख बरु कसैको आशामा ढुक्नु हुँदैन । आफ्नो काममा आफू अडिग रही गरी खानुपर्छ, आफ्नो जीवनको अग्रगतिहरूमा रुक्नु हुँदैन। डटेर भिड्ने बरु शत्रु सामु हामी झुक्नु हुँदैन ।
✍️रामप्रसाद पुरी बादेल, खाेटाङ। ……………………………………………
पञ्चाङ्ग [०६]
पराईको सामु कहिले नझुक्नु छोरा । देशको लागि कार्य गर्दा नचुक्नु छोरा। जन्मभूमि,जन्मदाता शिरमा राखेर, कायरझैँ पछाडि पनि नलुक्नु छोरा। हिँउदोको खहरे जस्तो नसक्नु छोरा।
✍️पुष्पा नेपाल (सुवेदी) , इलाम । ……………………………………………
वैरी सामु कहिल्यै झुक्नु हुँदैन हामी । सत्यको मार्ग भए रुक्नु हुँदैन हामी। देश रहे हामी रहन्छौँ सोचौँ सबैले , माटोको रक्षार्थमा लुक्नु हुँदैन हामी । असल कर्म गर्न चुक्नु हुँदैन हामी ।
✍️बिना रोका, घोराही दाङ। …………………………………………………
पञ्चाङ्ग [१०]
आकाशतिर फर्किएर कहिल्यै न थुक्नु मान्छे। बिनाकारण कुकुरझैँ कहिल्यै न भुक्नु मान्छे । आफु विवेकशिल भई देखाऊ चिन्तन्सिल, संघर्षको मैदानमा छौं कहिले न झुक्नु मान्छे। प्रतिभा फिल्डमा देखाउंनु पर्छ न लुक्नु मान्छे।
✍️सुरेशकुमार पान्डे। घोराही उप महानगर पालिका १८ दाङ । ……………………………………………………………
पञ्चाङ्ग [११]
सधैँ असायको भावनामाथि थुक्नु भयो । सहयोग गर्ने ठाउँमा किन चुक्नु भयो । मानवता यहाँ हराउदै छ आजभोलि , दु:खीको बाटो छेक्न त तपाईं ढुक्नु भयो। नचाहिने कुरा सबैको सामु फुक्नु भयो ।
संघर्ष हो हाम्रो जीवन झुक्नु हुँदैन । समस्या परेको खण्डमा लुक्नु हुँदैन । आफैँ नै मेहनत गरेर खानु पर्छ , कसैले पो देला की भन्दै ढुक्नु हुँदैन । यी परिश्रमी हातहरू रुक्नु हुँदैन।
✍️सरस्वती श्रेष्ठ, इटहरी । ……………………………………………
पञ्चाङ्ग [१३]
सकेसम्म जानाजानी चुक्न हुँदैन। अबिरल नदि सरि,सुक्न हुँदैन। जीवन दु:खसुख चलेकाेनै राम्रो, गल्ती नभै यसै हामी झुक्न हुँदैन। आक्राेशमा आएर नि भुक्नु हुँदैन ।
✍️शाेभा आचार्य गाैतम, काठमाडौँ ……………………………………………
पञ्चाङ [१४]
कसैको प्रलोभनमा हामीले झुक्नु हुँदैन। कसैले केही दिने आशाले ढुक्नु हुँदैन। अनायासै आफन्त परिवर्तन भए पनि परिश्रमी हातहरू हाम्रा रुक्नु हुँदैन। अर्काले गरेको अपराधमा चुक्नु हुँदैन।
✍️कला ढकाल, झापा । …………………………………………………
पञ्चाङ्ग [१५]
शत्रु सामु लड्नु पर्छ झुक्नु हुँदैन बिना गल्ती कसैसंग चुक्नु हुँदैन। साहसी र कर्मठ योद्धा बन्नु पर्छ रिसानी हो माफ गर थुक्नु हुँदैन। कुरोको चुरो नपाई भुक्नु हुँदैन।
✍️सरिता सेढाई, धादिङ । …………………………………………
पञ्चाङ्ग [१६]
सजग हुनुपर्छ धेरै ठाउँमा आफू चुक्नु हुँदैन । जथाभावी जेसुकै अनावश्यक कुरा भुक्नु हुँदैन। आफ्नो थुतुनु,थुकलाई उचित ठाँउमा राख्नु पर्छ, थुक्दा हेरेर सुरक्षित ठाउँ बाहेक थुक्नु हुँदैन। आफ्नो गल्ती छैनभने कसैबाट आफु लुक्नु हुँदैन।
✍️होम प्रसाद नेउपाने, धरान,सुनसरी । …………………………………………………………………
पञ्चाङ्ग [१७]
वीरका सन्तान हामी झुक्नु हुन्न। नबुझेको कुरा लिई भुक्नु हुन्न। सफा सुग्घरको ख्याल गरी हिँड्ने, मठ मन्दिरहरुमा थुक्नु हुन्न। सिर्जनशील भावना रुक्न हुन्न।
✍️भगवती दवाडी, झापा । ……………………………………………
पञ्चाङ्ग [१८]
जाबो एम्सिसि सामु झुक्नु भएन। गोर्खालीको उत्साह सुक्नु भएन। संखरापुर क्षेत्रको दमन् रोक्न , नेपाल सरकार चुक्नु भएन। गैर हस्तक्षेपमा लुक्नु भएन ।
✍️बिबस पारदर्शी ,झापा । …………………………………………
पञ्चाङ्ग [१९]
तिमी आउँछौ भनी कुर्दै बाटो ढुक्नु गल्ती भएछ। चोखो प्रेमलाई भगवान सम्झी झुक्नु गल्ती भएछ। मलाई माफ गर सानू साँचो माया बुझ्नै सकिनँ, तिमी त मेरै मुटु हौ भनेर भुक्नु गल्ती भएछ। तिम्रो त्यो मृग नयनीमा सधै लुक्नु गल्ती भएछ।
✍️पशपती राई, खोटाङ । ……………………………………………………………………
पञ्चाङ्ग [२०]
हामी वीर नेपाली कसै सामु झुक्नु हुँदैन । चाहिएका कुरामा लड्न बोल्न चुक्नु हुँदैन। सत्यता सावित गराउन नसक्ने भएमा, नभएका कुरा व्यर्थमा उसै फुक्नु हुँदैन । पहिचान खोज्न कहिलेपनि लुक्नु हुँदैन ।
सधै आलोचान गरी थुक्नु किन हो। नचाहिने ठाउँमा पनि झुक्नु किन हो । सधै राम्रो काम गर्दागर्दै कैले काहिँ , सहिबाटो हिड्छौ भने लुक्नु किन हो । दस औँला खियाउँनेले सुक्नु किन हो।
✍️सन्जना शर्मा, दाङ लमही । ……………………………………………………
पञ्चाङ्ग [२४]
मुख छ भन्दैमा मन्दिरमा थुक्नु हुदैन। राम्रो बोल्ने सोचमा चोकमा भुक्नु हुदैन। जहाँ गए पनि बोलिको अर्थ हुनु पर्छ, स्वाभिमान धरापमा पारी चुक्नु हुदैन। गल्ती नगरे कोहि कसैसँग झुक्नु हुदैन।
सधै असल काम गर्नमा चुक्नु हुदैन हामी । गरिब,दुखीलाई कहिल्यै थुक्नु हुदैन हामी । त्यसैले त सबैले महसुस गर्नुछ अात्माले, जति नै ठुलो काम गरे नि भुक्नु हुदैन हामी । अन्याय अनि अत्याचारमा झुक्न हुदैन हामी ।
मेरा भन्ने सबै लुक्न लागे हेर । निर्धो देखेपछि भुक्न लागे हेर। कति मागे सहयोग साथ हुन्न, मलाई देखेसी रुक्न लागे हेर । बेकारमा किन ढुक्न लागे हेर ।
✍️जानुका गौतम, काठमाडौं । ……………………………………………
पञ्चाङ्ग [२८]
देशको रक्षाको लागि लुक्नु हुँदैन। दुश्मनसँग कहिल्यै झुक्नु हुँदैन। देशको भलो हुने काम गर्नु पर्छ, राम्रो काम गर्न हामी चुक्नु हुँदैन। अनावश्यक रुपमा भुक्नु हुँदैन।
✍️ह्यारिस ………………………………………………
पञ्चाङ्ग [२९]
तिमिलाई देखेर लुक्न सक्दिन । तिम्रो अघि कहिले भुक्न सक्दिन। माया भन्दा बढी शोषण गर्दैछौ , तिम्रो कारणले म सुक्न सक्दिन । अब कहिले पनि झुक्न सक्दिन ।
✍️गिता रिजाल , धरान । ………………………………………………
पञ्चाङ्ग [३०]
जताततै फाेहर हुने गरेर थुक्नु राम्राे हैन । फाेहर गर्नेलाई सजाय दिन चुक्नु राम्रो हैन। सरसफाइकाे अभियान चलाअाैं देशभरमा , प्रतिकार गर्न अघि बढाैं कतै लुक्नु राम्रो हैन। घरसमाज सफा राख्ने गराैं है रुक्नु राम्रो हैन।
✍️सुशीला पौडेल । ………………………………………………………………
पञ्चाङ्ग [३१]
सकेसम्म कसैले नि चुक्नु हुँदैन। हुन्छन् गल्तीहरु तर थुक्नु हुँदैन। समानता कहाँ हुन्छ सबैमा हेर्दा, देख्ला कि भनी कसैले लुक्नु हुँदैन। हाम्रो स्वाभिमानी शिर झुक्नु हुँदैन।
✍️दुर्गा आचार्य, मोरङ । …………………………………………
पञ्चाङ्ग [३२]
कसैले कसैसामु हजुर झुक्नु हुँदैन । आफ्नाे गल्ती केही नभएमा लुक्नु हुँदैन। काम गर्दै जानु पर्छ जसले जे भने नि, गल्ती भाे भन्दैमा कसैलाई थुक्नु हुँदैन। मेहनती हातहरु कतै रुक्नु हुँदैन।
✍️उर्मिला के.शी., धनकुटा । ………………………………………………………
पञ्चाङ्ग [३३]
सकेसम्म कहीकतै चुक्नु हुँदैन । चुकेपनि खुल्नुपर्छ लुक्नु हुँदैन । गल्ती हुन्छ मान्छेबाटै तथ्य याे जानी, देखाउँदै रिसराघ भुक्नु हुँदैन । वेलुनझैँ उक्सिएर फुक्नु हुँदैन ।
✍️केशवप्रसाद ढकाल `प्रीतबीज´ पोखरा । …………………………………………………
पञ्चाङ्ग [३४]
शरीरको ऊर्जा शक्ति सुक्नु हुँदैन । विवेक शुन्य बनेर कोही भुक्नु हुँदैन । तल माथि पर्नु सौन्दर्य हो जीवनको , पाइलाहरू प्रगतिका चुक्नु हुँदैन । ढाल्ने नियत गरी मान्छे फुक्नु हुँदैन ।
✍️प्रभा पोखरेल, हाल अमिरेका । ……………………………………………
पञ्चाङ्ग [३५]
पराईको सामु कहिले नझुक्नु छोरा । देशको लागि कार्य गर्दा नचुक्नु छोरा। जन्मभूमि,जन्मदाता शिरमा राखेर, कायरझैँ पछाडि पनि नलुक्नु छोरा। हिँउदोको खहरे जस्तो नसुक्नु छोरा।
✍️पुष्पा नेपाल (सुवेदी) , इलाम । …………………………………………………
पञ्चाङ्ग [३६]
तिम्रो कारण अरूको सामु म झुक्नु पर्यो आज। कहिल्यै झूटो कुरा नबोल्दा नि चुक्नु पर्यो आज। अलि विचार र विवेकले काम गर्नु है तिमी, चोर जस्तै गरी हेर न तिमी लुक्नु पर्यो आज। मनमा माया हुँदाहुँदै पनि भुक्नु पर्यो आज।
✍️सुमित्रा पोखरेल, काठमाडौं । ……………………………………………………
पञ्चाङ्ग [३७]
खाएपछि त्यही थालमा थुक्न नपरोस् । जोरीपारी हँसाई तल झुक्न नपरोस्। जिन्दगीमा अरू त केही चाहन्नँ मैले, यी हात थापी कसैसामु ढुक्न नपरोस्। कर्तव्यमा झन् दृढ बनूँ चुक्न नपरोस् ।
✍️श्रीकृष्ण शर्मा, पोखरा । ……………………………………………
पञ्चाङ्ग [३८]
कुनै छाेरा आमा सामु झुक्नु नपरोस् | आफ्नो कर्तव्य बिर्सेर चुक्नु नपरोस् | आमको ऋण तिर्न चाहेर नि सकिनँ, जन्म दिने आमालाई थुक्नु नपरोस् | आमा छोराको सम्बन्ध यसरी सुक्नु नपरोस् |
बढौन सबैजना अगाडि रूक्न भएन। जनता सामुआउँनु पर्छ लुक्न भएन। हातेमालो गर्दै अगाडि बढेमा देशको, मुहार फेर्नको लागि अब चुक्न भएन। पकृति जोगई राख्न मूल सुक्न भएन।
✍️सीता शर्मा, बिरगंज। ……………………………………………
पञ्चाङ्ग [४०]
कहिले पनि चुक्नु हुँदैन हामी । अनावश्यक भुक्नु हुँदैन हामी। आर्काको लागि राम्रो सोचिनु पर्छ, बैरी भए त झुक्नु हुँदैन हामी । काम भएमा रुक्नु हुँदैन हामी।
✍️मिराज लुइटेल , काठमाडौं । ……………………………………
पञ्चाङ्ग [४१]
काम गर्दा कहिले पनि चुक्नु हुँदैन । कुरा सुन्नू बढी त्यत्तिकै भुक्नु हुँदैन । पछिको पछुतो भन्दा अहिले सोच्ने हो, बिग्रिन्छ भनेर डरले रुक्नु हुँदैन । अनावश्यक कसैसंग झुक्नु हुँदैन ।
पाैष २५, चाैघेरा दाङ । नेपाल औषधि व्यवसायी संघ( NCDA) दाङ शाखाले आफ्नाे स्थापना दिवसकाे अवसरमा गोरखनाथ वैदिक गुरुकुल, दाङलाई खाद्यान्न सहित नगद सहयोग गरेको छ ।
दाङ जिल्लाको श्री गाेरक्ष पात्रदेवता सिद्ध रत्ननाथ मठ घाेराही-१७ चाैघेरामा विगत ३ वर्षदेखि सञ्चालित उक्त गुरुकुलमा NCDA ले गुरुकुलकै प्राङ्गणमा पुगेर नगद रकम रुपैयाँ ६ हजार सहित ८ हजार रुपैयाँ बराबरको खाद्यान्न सहयोग गरेको थियोे ।
NCDA का अध्यक्ष वि पि पाैडेलले गुरुकुल जस्तो पवित्र संस्थालाई सहयोग गर्न पाउँदा आफू निकै खुसी भएको विचार व्यक्त गर्नुभयो ।
सहयोग हस्तान्तरण कार्यक्रम NCDA का उपाध्यक्ष मदुसुदन पाण्डे, महासचिव श्याम गिरी, सचिव सुनिल रेग्मी, सह-काेषाध्यक्ष राजीमान, सदस्य महेन्द्र रावत तथा प्रदेश सदस्य ध्रुव रावत र संघका पूर्व अध्यक्ष/सल्लाहकार डा.प्रदिप याेगी लगायतका व्यवसायीहरूकाे उपस्थिति रहेकाे थियाे ।
कार्यक्रममा दाङ औषधि व्यवसायी संघ परिवार सहभागी भएर गुरुकुललाई खाद्यान्न सामग्री सहित नगद सहयाेग गर्नु भएकाेमा गुरुकुल पूर्व अध्यक्ष प्रकाश भट्टराईले आभार प्रकट गर्दै धन्यवाद ज्ञापन गर्नुभएकाे थियाे । कार्यक्रममा वटुकहरूले सबैकाे सुख, शान्ति तथा उन्नति प्रगतिका लागि स्वस्ति वाचन गरेका थिए ।
काठमाण्डौँ, पौष । साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खलाको ८५ औँ भाग शनिबार सम्पन्न भएको छ । उदक साहित्य समाज, नेपालले उक्त कार्यक्रमको आयोजना गरेको थियो। उक्त शृङ्खलामा नेपाल लगायत विश्वका ७१ जना उदक स्रष्टाहरूको सहभागिता रहेको उदक लेखन शृङ्खलाका संयोजक, प्रशिक्षक एवं उदक साहित्य समाजका उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो ।
काव्य विधा अन्तर्गतको नयाँ उदियमान प्रविधा उदक कविताको उन्नयन र विकासका लागि साप्ताहिक रूपमा उदक लेखन शृङ्खला सञ्चालन गर्दै आएको उदकका प्रवर्तक एवं उदक साहित्य समाजका अध्यक्ष आर्त अकुलीनले बताउनुभयो ।
संयोजक एवम् प्रशिक्षक अनुभवका अनुसार शनिबारको शृङ्खलाका लागि विहान एउटा तस्बिर दिएर उक्त तस्बिर अनुसारको गहन भाव खुल्ने गरि मात्र एउटा उदक साझ ५ बजेसम्म लेख्न सहभागी उदक यात्रीहरूलाई भनिएको थियोे ।
काठमाण्डौँ, पौष । साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खलाको ८४ औँ भाग शनिबार सम्पन्न भएको छ । उदक साहित्य समाज, नेपालले उक्त कार्यक्रमको आयोजना गरेको थियो। उक्त शृङ्खलामा नेपाल लगायत विश्वका ५४ जना उदक स्रष्टाहरूको सहभागिता रहेको उदक लेखन शृङ्खलाका संयोजक, प्रशिक्षक एवं उदक साहित्य समाजका उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो ।
काव्य विधा अन्तर्गतको नयाँ उदियमान प्रविधा उदक कविताको उन्नयन र विकासका लागि साप्ताहिक रूपमा उदक लेखन शृङ्खला सञ्चालन गर्दै आएको उदकका प्रवर्तक एवं उदक साहित्य समाजका अध्यक्ष आर्त अकुलीनले बताउनुभयो ।
संयोजक एवम् प्रशिक्षक अनुभवका अनुसार शनिबारको शृङ्खलाका लागि विहान एउटा तस्बिर दिएर उक्त तस्बिर अनुसारको गहन भाव खुल्ने गरि मात्र एउटा उदक साझ ५ बजेसम्म लेख्न सहभागी उदक यात्रीहरूलाई भनिएको थियोे ।
अभ्यासका लागि राखिएको प्रतिनिधि तस्बिर :
photo: social media
अभ्यासमा सहभागी उदक यात्रीका उदकहरू
[१] एकता सफलताको सिँढी असम्भव पनि सम्भव ! 🌑वसन्त अनुभव घोराही, दाङ
[२] एकता उदाहरणीय कार्य जीवनमा छ अपरिहार्य ! 🌑 पूर्णबहादुर श्रेष्ठ “हृदयङकृत” पनौती-३,काभ्रे
साताका तीन लघुकथा हिमालयन दृष्टि अनलाइन पत्रिकामार्फत सञ्चालित एक नियमित स्तम्भ हो । नमस्ते आधुनिक लघुकथा मञ्चको भित्तोमा साताभर प्रेषित गरिएका लघुकथाहरू मध्येबाट उत्कृष्ट तीन लघुकथा छ्नोट गरी प्राप्त हुन आएका लघुकथाहरू यहाँ प्रकाशन गर्ने गरिन्छ । यस साता प्रकाशित हुने लघुकथाहरूमा लघुकथाकार टङ्कबहादुर आलेमगरको ‘मुसो’, लघुकथाकार म्यामराज राईको ‘एक घुट्को’ र लघुकथाकार ज्यो.नानी बिवुको ‘जिम्मेवारी बोध’ रहेका छन् ।
१. लघुकथा : एक घुट्को
✍️ म्यामराज राई प्रशान्त महासागर चुपचाप बसिरहेथ्यो । त्यसको बिच भागमा शान्तिवाटिका बनेको थियो । मानौँ, गौतम बुद्धको भूमि हो । चारैदिशा प्रशस्त मनोरम दृश्य हेर्न मिल्थ्यो । सुन्दर दृश्यावलोकन स्थल बन्यो । हरेक दिन हजारौँको सङ्ख्यामा बाह्य तथा आन्तरिक पर्यटकहरू झुमिन्थे । शहरको कोलाहलबाट बच्न तथा जागिर जीवनको तनाव कम गर्दै पारिवारिक माहौलमा खुसी साट्न पुग्थे । कोण – कोणबाट फोटो खिँच्नेहरू थिए । आ-आफू खिँच्थे । एक अर्काको खिँच्थे । त्यहाँ सामाजिक सञ्जालमा सबै प्रयोग भइरहेथे । मनु र धनु पनि छिल्लिॅंदै एक अर्कामा पालैपालो तथा सामूहिक रूपमा टिकटकमा व्यस्त थिए । आँखाले प्राकृतिक दृश्यहरू कैद गर्नुभन्दा पनि उनीहरू मोबाइलकै सहारा लिइरहे । पर्याप्त टिकटक बनाइसकेपछि फोटो लिनतिर लागे ।
“खिँच्दे त ।” धनुले आफ्नो मोबाइल मनुतिर तेर्साइन् । “पहिले मेरो ।” मनुले अघि नै मोबाइल तेर्साइसकेकी थिइन् । शान्तिवाटिकाले मुसुमुसु मुस्कुराउॅंदै बोल्यो, “पालैपालो खिँच्दा पनि त भयो ।”
“चुपलाग, अघि त्यत्रो टिकटक अगाडि खिँचिदिएँ ।” धनुले उग्र स्वर ओकलिन् । “ए, बाबा ! एउटा खिँच्दे न मेरो । त्यसपछि तॅंलाई अघाञ्जेल खिँचिदिउॅंला ।” मनु पनि हार्न मानिनन् ।
अब दुवैले बुद्धको भूमिमा पाण्डव र कौरवहरूको महाभारत सिर्जना गरिछाडे । अचानक दुवैको हातबाट दुवैको आइफोन चिप्लियो । महासागरले पनि पानी सरह दुई ओटै आइफोनहरू एकै घुट्कोमा निलिदियो ।
त्रियुगा नगरपालिका -११, संगम टाेल उदयपुर, १ नम्बर प्रदेश
३. लघुकथा : जिम्मेवारी बोध
न
✍️ ज्यो. नानी बिवु
डिसेम्बर तीन तारिख अपाङ्गता दिवस । नगरपालिकामा आज भव्य कार्यक्रम थियो तर आफूलाई साङ्ग ठान्ने मानसिक अपाङ्गहरुको उपस्थिति कमै हुनेछ । साङ्गलाई निमन्त्रणा नगरेको होइन । धेरै घरमा उपस्थितिको लागि अनुरोध गर्दै निमन्त्रणा कार्ड दिॅंदै गर्दा मान्छेहरुको कुरा गराइ र अनुहारले मैले अनुमान लगाइसकेको थिएँ । मेरै घरबाट पनि उक्त कार्यक्रममा उपस्थित हुन अरूलाई फुर्सद भएन र म एक्लै जाँदै थिएँ ।
“कहाँ जान लागेकी नानी ?” बाटोमा एक जना आमाले सोधिहाल्नु भयो । उहाँको छोरी पनि अपाङ्ग हुनुहुन्थ्यो । म हतारमा थिएँ ढिलो नगरी आफ्नो गन्तव्य भन्दै “हजुरहरु जाने होइन?” सोधिहालेँ । मेरो घरका सदस्यलाई जस्तै उहाँहरूलाई पनि फुर्सद रहेनछ । बरु आफ्नी छोरी मेरै जिम्मा लगाएर पठाउनुभयो । उहाँ दिदीलाई भने उक्त कार्यक्रममा जाने मन रहेछ । खुसी हुँदै मेरो साथ आइहाल्नु भयो । हामी गन्तव्यतर्फ अगाडि बढ्यौँ । मेरो न्यूनदृष्टिको समस्या अनि उहाँमा वाणीको समस्या । उहाँले मेरो कुरा कतिको बुझ्नुहुन्थ्यो थाहा थिएन तर मलाई उहाँको कुरा बुझ्न गाह्रो भइरहेको थियो । उहाँ मेरो हात समाउँदै आफ्नो भाषामा मसँग कुरा गर्दै हिँडिरहनुभएको थियो । मैले पनि बुझेसम्मको उत्तर फर्काउने प्रयास गरिरहेको थिएँ ।
उहाँलाई साथ लिएर गन्तव्यतर्फ अगाडि बढ्दै गर्दा जति पाइला अघि बढ्छन् उति मनमा कता कता डर पलाइरहेको थियो । जिम्मेवारी थपिएको महसुस भइरहेको थियो । अलिकति अगाडि पुग्दा एउटा अटोले हामीलाई उछिनेर गयो । अटो कटेपछि उहाँले मलाई अलि छेउ छेउबाट हिॅंड्न सङ्केत गर्दै मलाई छेउपट्टि हिँड्न लगाएर आफू सडकपट्टि सर्नुभयो । उहाँको यो व्यवहारले मलाई एकदमै छोयो अनि अघिसम्मको डर पनि एकाएक हट्यो र मन खुशी भयो किनकि मलाई जस्तै जिम्मेवारी बोध र डर त आखिर उहाँलाई पनि त रहेछ ।