साताका तीन लघुकथा हिमालयन दृष्टि र नमस्ते आधुनिक लघुकथा मञ्च बीचको सहकार्यमा सञ्चालित साप्ताहिक स्तम्भ हो । यस स्तम्भमा नमस्ते आधुनिक लघुकथा मञ्चको भित्तोमा साताभर प्रेषित लघुकथाहरू मध्ये मञ्चले छानेर पठाएका उत्कृष्ट तीन लघुकथाहरू प्रकाशन हुने गर्दछन् ।
यस साताको (३३ औँ) शृङ्खलाका लागि लघुकथाकार अवधेश सिंहको लघुकथा ‘अन्धोको लट्ठी’, लघुकथाकार तुलसी पण्डितको लघुकथा ‘उपेक्षित’ र लघुकथाकार ललिता ‘दोषी’को लघुकथा ‘महान् गुरु’ उत्कृष्ट तीनभित्र परेका छन् ।
१) लघुकथा : अन्धोको लट्ठी
अवधेश सिंह आँखाको शल्यक्रियापछि पट्टी खोल्ने दिन थियोे । नयन सिंह बडो व्यग्र भई उसको आँखाको पट्टी खुल्ने घडीको प्रतीक्षामा थियोे । घरी ऊ पट्टी छाम्थ्यो, घरी दुई हात जोड्थ्यो । सायद दृष्टिकालागि भगवानसँग प्रार्थना गरेको होला ।
प्रतीक्षाको प्रहर सकियो । चिकित्सकले उसको आँखाको पट्टी खोले र बिस्तारै आँखा उघार्न भने । दृष्टि पाउने/नपाउने आशा/निराशाको द्वन्द्व, उसको हाउभाउमा झल्किरहेको थियोे ।
मन थामेर नयन सिंहले बिस्तारै आँखा उघार्यो । “धन्यवाद ! धन्यवाद डाक्टर सा’ब ! म देख्न सक्ने भएँ !” -प्रथम ज्योति प्राप्तिको हर्षातिरेकको स्थितिमा थियो, नयन सिंह ।
अस्पतालबाट डिस्चार्ज हुने बेला आयो । नयन सिंहले औषधि लगायत आफ्ना एक एक सामग्री समेट्यो; सिवाय एउटा सेतो लट्ठी, जुन वार्डको एक कुनामा ठडिएको थियोे । वार्डबाट बाहिरिने बेलामा उसले एकपटक फेरि कोठालाई नियाल्दा त्यो लट्ठीले उसको ध्यान तान्यो। तर ऊ त्यसलाई उपेक्षाभावले हेर्यो र वार्डबाट निस्क्यो ।
त्यहाँ उपस्थित परिचारिकाले टुइँटुइँ भर्याङ ओर्लँदै गरेको नयन सिंहलाई हेरिन्; अनि हेरिन् हिजोसम्म उसको जीवनलाई सहारा दिने त्यस परित्यक्त लट्ठीलाई र उच्छवास लिइन्- “अन्धोको लट्ठी !”
सानो भर्याङ, साकेत मार्ग, काठमाडौँ २०८०/०३/०३
२) लघुकथा : उपेक्षित
तुलसी पण्डित आरक्षण ! आरक्षण ! आरक्षण । के का लागि हुन्छ एउटै देशमा बस्ने मानिसहरूको बिचमा यो आरक्षण ? केही टाठाबाठा बाहुन सत्तामा पुगे भन्दैमा तीनै सरह अरू बाहुनक्षेत्रीलाई तुलना गर्न मिल्छ र ? कति दयनिय अवस्थामा छन्, बाहुनक्षेत्रीहरू । खानकै लागि समस्या छ । पढ्न उपचार गर्न झन् कठिन् छ । अनि किन आउँछ मधेसी, दलित, लोपोन्मुख, जनजातिलाई मात्र आरक्षण दिने कुरा ? के दरिद्र गरीब बाहुनक्षेत्रीहरूलाई चाहिँदैन ? के बाहुनक्षेत्री, यो देशको नागरिक हैनन् ? के अरू सरह उसले अधिकार पाउनु पर्दैन ? के उसको पढाइको मूल्याङ्कन हुनु पर्दैन ?” -हर्के एकोहोरो बोलिरह्यो । ऊ गरीब र जेहन्दार विद्यार्थी हो ।
“श्याम हेर न ! म बर्बाद भए ।” “के भो तिमीलाई ?” ” के भएन भन त ! यो देशको आरक्षण प्रक्रियाले म डुबेँ। बाबाआमाले कति दुख गरेर पढाउनु भयो । छोरो पढ्न तेज छ । लोकसेवामा सहज रूपमा नाम निकाल्छ भन्ने उहाँहरूको आशामा तुषारापात भयो । म नब्बे प्रतिशत ल्याएर पास गर्नेले नाम न निकाली आरक्षणको नाममा पचपन्न प्रतिशत ल्याउनेले नाम निकाल्यो ।”
“हो, तिमीले ठिक भन्यौँ । अब राम्रा मान्छे यो देशमा नअटाउने भएँ । सबै विदेश पलायन हुने भएँ । यो देशमा बस्ने भनेका आरक्षणको नाममा सहुलियत दिएका मात्र हुने भए ।”
“त्यही त म पनि बुझ्दिनँ, यो देशको नीति । किन बाहुनहरू यो देशको उपेक्षित तेस्रो दर्जाका नागरिकहरू हुन पुगे ?”
३) लघुकथा : महान् गुरु
ललिता ‘दोषी’ खोक्दै नरहरिले भने- “हेलो नानी ! तिमीले खातामा पैसा राखिदिएको कुरा बाबुले गर्थे । बैङ्कमा त पैसा छैन पो भन्छन् गाँठे ! डाक्टरले चेक गर्न मात्र बाह्र हजारजति लाग्छ भनेका छन् ।” “हैन, जापानमा पैसा फल्ने रूख नै हुन्छ भन्ठान्नुभएको छ कि क्या हो ? खाईनखाई दुईचार पैसा कमायो; तपाईंलाई पुर्दैमा ठिक्क छ । उमेरले डाँडा काटिसक्यो । जँचाउनुसचाउनु पर्दैन बरु हरिभजन जपेर बस्नु, सब ठीक हुन्छ ।” एउटी कर्कसा नारीआवाज चारैतिर फैलियो । नरहरि ढुनमुनिँदै गएर मेचमा बसे । आँखाबाट बरबरी आँसु झरिरह्यो ।
बैङ्ककी कर्मचारी उपमाले बाहिर आएर भनिन्- “हजुरको छोराको नाम कञ्चन होइन ? हजुरको खातामा बीस हजार आएको छ । अर्को सरले राम्ररी हेर्नु भएनछ । हजुरलाई जति पैसा चाहिन्छ । यो नम्बर हो, फोन गरिसेला । हजुरले दुःख पाउनु नै पर्दैन ।”
नरहरि पैसा लिएर खुसीको आँसु झार्दै बाटो लागे । उपमातिर हेर्दै प्रितमले भने- “होइन के अचम्म हो उपमाजी ? नआएको पैसालाई आएको छ भनेर दिनुभयो । फेरि उहाँको नालीबेली कसरी थाहा भयो नि ?” आँसु पुछ्दै उपमाले भनिन्- “मेरो बाबा बितेपछि उहाँले नै मलाई फिस माफी गरेर चार कक्षादेखि बोर्डिङ स्कुलमा पढाउनुभयो । आज म जे छु उहाँकै कृपा हो । पार्टनरसिपको स्कुलबाट पापीहरूले उहाँलाई निकालेकोसम्म थाहा थियो । अहिले यो अवस्थामा हुनुहोला भन्ने कल्पनासम्म गरेकी थिइनँ ।”
“तपाईँले आफूलाई चिनाएको भए हुन्थेन र ?” -प्रितमले जिज्ञासा राखे । उपमाले उत्तर दिइन्— “प्रितमजी ! उहाँकी बुहारीको कुरा सुनेपछि उहाँको एउटै छोराप्रतिको भरोसा टुटाउन मन लागेन । मरी लानु के नै छ र ? मलाई आकाश छुवाउने महान् गुरुका लागि केही सहगोग गर्न पाउनु मेरो पनि सौभाग्य हो ।” २०८०।३।२० बुद्धनगर काठमाडौँ
साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खलाको ११३ औँ भाग शनिबार सम्पन्न भएको छ । उदक साहित्य समाज, नेपालले उक्त कार्यक्रमको आयोजना गरेको थियो। उक्त शृङ्खलामा नेपाल लगायत विश्वका ७४ जना उदक स्रष्टाहरूको सहभागिता रहेको उदक लेखन शृङ्खलाका संयोजक, प्रशिक्षक एवं उदक साहित्य समाजका केन्द्रिय उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो ।
काव्य विधा अन्तर्गतको नयाँ उदियमान प्रविधा उदक कविताको उन्नयन र विकासका लागि साप्ताहिक रूपमा उदक लेखन शृङ्खला सञ्चालन गर्दै आएको उदकका प्रवर्तक एवं उदक साहित्य समाजका अध्यक्ष आर्त अकुलीनले बताउनुभयो ।
संयोजक एवम् प्रशिक्षक अनुभवका अनुसार शनिबारको शृङ्खलाका लागि विहान एउटा तस्बिर दिएर उक्त तस्बिर अनुसारको गहन भाव खुल्ने गरि मात्र एउटा उदक साझ ५ बजेसम्म लेख्न सहभागी उदक यात्रीहरूलाई भनिएको थियोे ।
अभ्यासका लागि राखिएको प्रतिनिधि तस्बिर :
उदक अभ्यास शृङ्खला– ११३ मा सहभागी उदक यात्रीका सुन्दर उदकहरू
“पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग भाग: बाउनौंमा हामी पुगेका छौ। सम्पूर्ण पञ्चाङ्ग स्रष्टाहरुमा पञ्चाङ्ग लेख्नु हुन् हार्दिक अनुरोध छ: अभ्यास पाठशालाको अभ्यास शृङ्खला दर्तापछिको भाग :-५२ (बाउन्नौं) ————————————-
विधा :- पञ्चाङ्ग अभ्यास गर्ने स्थान :- पञ्चाङ्ग अभ्यास पाठशाला मिति:- २०८०/०४/०१ गते भोलि बेलुका ०९ बजेसम्म पञ्चाङ्ग वा समपञ्चाङ्ग पठाउनु हुन् अनुरोध छ। ……………………………………….
प्रशिक्षक:- …………… गुणनिधि घिमिरे घनश्याम पौडेल तोयानाथ सुवेदी ……………………… भाषा शुद्धीकरण:- ———– जमुना आचार्य भवानी घिमिरे पुष्पा नेपाल सुवेदी
अक्षर सङ्ख्या:- [बराबरी] अनुप्रास :- आफुखुसी स्थायी :- अनिवार्य
………………………………………………
पञ्चाङ्ग:०१
हातमा हात मिलाएर अघि बढ्नु छ। फाटेको मन सिलाएर अघि बढ्नु छ। दुःख र सुख एक अर्कोको सारथी हुन् दुःखमा हाँसो पिलाएर अघि बढ्नु छ। परेको दुःख जिलाएर अघि बढ्नु छ। सुशीला पाैडेल
पञ्चाङ्ग:०२ अक्षर-१८
सागर आँखामा छ मेरो तलाउ किन चाहिन्छ र? मनैदेखि झन्कार छ त चलाउ किन चाहिन्छ र? सारथि बनि हिडने जुवानै भाचियो जिन्दगीको हिलोमा गाडिएको लाई थलाउ किन चाहिन्छ र ? जीवनमा थकेकोलाई गलाउ किन चाहिन्छ र?
दुर्गा आचार्य मोरङ
पञ्चाङ्ग:०३
कतै शब्दले मन छुन्छ तिम्रो । कतै भावले मन रुन्छ तिम्रो । यस्तै हुन्छ जिन्दगीमा कहिले , कस्ले मनको कुरा सुन्छ तिम्रो । तगारो हाल्ने जाल बुन्छ तिम्रो ।
बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो ) कनकाई ४ झापा
समपञ्चाङ्ग :१ १. गन्थन् लौ कति हो गर्न सकेको। प्रेम बिलाप मात्र भर्न सकेको। जिन्दगी यसरी नै बित्छ कि के हो? कति यताउता चैँ सर्न सकेको। सबै सँग ठिक्क नै पर्न सकेको। २. कति सबैको मन हर्न सकेको। सबैमा माया जाल छर्न सकेको। कृष्णजी कै लीला नै पो होकी के हो, कति गोपी सँग नै चर्न सकेको। मानव प्रेम नदी तर्न सकेको।
बेदु न्यौपाने काठमाडौँ ❤️
पञ्चाङ्ग:०४
कतै सामु जाँदा कुरा गर्न आयाै। कुनै स्वार्थ तिम्राे पुरा गर्न आयाै। फसायाै मलाई मिठाे बात गर्दै, अकस्मात् तिमीले बुरा गर्न आयाै। विषादी भरेकाे मुरा गर्न आयाै।
ताेयानाथ सुवेदी काँडाघारी
पञ्चाङ्ग:०५ कुरितीले भरिएको दुष्टको बास भयो। देशभित्र दु:खै दु:खको धेरै रास भयो। समाजबाद र समाबेसी अन्मुख भन्छन् जनता देशको समस्या झनै खास भयो। सहिदको सम्मान हुन्छ भन्ने आस भयो।
सुरेशकुमार पाण्डे दाङ घोराही १८
पञ्चाङ्ग:०६ फुल्नु भन्दा पहिला फूल कलि रहन्छ। विश्वासको दियाे नै सदा बलि रहन्छ। परिवर्तनशील छ मान्छेको जीवन, आउने जाने क्रम धेरै चली रहन्छ समय सधैं सबैलाई छलि रहन्छ।
ह्यारिस
पञ्चाङ्ग:०७ भाग्यमानी थिए म छोरी हुँदा। मनखुसी जिए म छोरी हुँदा। घर छुट्यो खुशी नि लुट्यो, कती आँसु पिए म छोरी हुँदा। फाट्यो मन सिए म छोरी हुँदा।
सुमित्रा पोखरेल काठमाडौं
पञ्चाङ्ग:०८
भक्तालुहरू शिव मन्दिर धाएका छन्। श्रावण मास हरियो बस्त्र लाएका छन। साउन मासमा हरियो हुन्छ मान्यता, मन्दिरमा भजन किर्तन गाएका छन् । हरियो रङ्ग व्यापार धेरै पाएका छन् ।
शाेभा अाचार्य गाैतम काठमाडौँ
पञ्चाङ्ग:०९
परिस्थिति बनाउने मन हाे । अलिकति मिसाउने धन हाे । समय त आउँछ सधैँ जान्छ, बाँच्ने कला आफ्नो आफ्नो पन हाे । सुखी त्याे सहनशील जन हाे ।
भवानी घिमिरे सर्लाही ।
पञ्चाङ्ग:१०
सत्य बोलेर नै सहि बाटो बन्छ साथी । हिड्नलाई श्रमिकले सधैँ खन्छ साथी । पृथ्वीमा सोझो भएर बाँच्न जानिएन, लुटको धन कसरी पैसा गन्छ साथी । हात पसारेर खाली देउ भन्छ साथी ।
✍️सोमनाथ लुइटेल ” रवि पाल्पाली “
पञ्चाङ्ग:११
तिमीसँगै हाँस्न रुन मन छ । मायाले ती हात छुन मन छ । घटाएर दुरी हामी बीचको, धुलो अनि मैलो धुन मन छ । सातै जन्म तिम्रै हुन मन छ ।
पचरौता नगरपालिकाले गोजिको स्वार्थमा न्युक्ती गर्दै गरेको एक जना निवेदनकर्ता सबिर आलमले पत्रकार सम्मेलन गरी गुनासो पोखेका हुन।
पचरौता नगरपालिकाको लागि विभिन्न पद र संख्यामा मिती २०७९/०९/१९ गतेको निर्णय अनुसार नगरपालिका अन्तर्गतका विधालयहरुमा कामकाज तथा शिक्षण गर्ने गरि नगरपालिका बाट तलब भता खाने गरि सेवा करारमा तपसिलका स्वयमसेवक शिक्षक / कर्मचारी पदपुर्ति गर्नु पर्ने बारे योग्यता पुगेका नेपालि नागरिकहरुले सुचना प्रकाशित भएको मितीले १५ दिन भित्र राजश्व तिरेको रसिद सहित दरखास्त दिनु हुन सम्बन्धित सबैका लागि त्यो सूचना प्रकाशन गरिएको थियोे।
आलमले रितपुर्वक सबै प्रक्रिया पुरागरी उतिर्ण भइ बैकल्पिकमा रहेका थिए। तर रिना कुमारीले विज्ञान तथा लेखा गरि निमावि र मावि दुइटैमा नाम निकाल्न सफल भएकोले रिना कुमारीले निमावि बाट माविमा न्युक्ती लिए पछि दुइटा सिटका लागि गरिएको विज्ञापन मध्ये आलमको प्रतिस्पर्धी कोहि नरहेकोले आफ्नो न्युक्ती गर्न लाई पुनः निवेदन दिएर दर्ता गराउदा पनि पालिकाले न्युक्ती किन दिनु भएन भने बारेमा सबै संबंधित व्यक्ति संग कुरा गर्दा सबैले मेयर जलन्धर सिंह संग नै कुरागर्नु पर्छ भन्ने सल्लाह दिएका थिए।
शिक्षा शाखा प्रमुख प्रमोद यादव संग आलमले कुरा गर्दा मेयर साहब संग नै भन्न लगाउनु पर्छ मलाई गर्न कुनै समस्या छैन भन्ने प्रतिक्रिया दिएको आलमले बताए। संग संगै अडियो क्लिपनै सुनाएका थिए। ततपश्चात कार्यालय प्रमुख महेश मिश्र संग कुरा गर्दा पनि शाखा प्रमुख यादवकै भाषा प्रयोग गर्दै मेयर साब संग नै सेटिंङ्ग मिलाउनु पर्छ भन्ने जिकिर गरेको बारे प्रतिक्रिया दिएको आलमले अडियो क्लिप सुनाएका थिए।
अदालती प्रक्रियामा किन जानू भएन भन्ने बारेमा आलम संग प्रश्न गर्दा आलमले भने निस्वार्थ भावना भएको भए न्युकति बारे आज मलाई यो पत्रकार सम्मेलन गर्नु पर्ने थिएन, त्यही भएर अदालती प्रक्रिया बाट गराउन सहज थियो। तर भोलि जागिर सुरक्षित नरहने सम्भावनाका कारण सर्व सधारणमा यस्ताकुराको बारे जानकारी हुन आवस्यक देखेकोले आज पत्रकार सम्मेलन गरेको र न्युक्ती कुन कारणले नगरेको जवाफ मात्र पाउने उद्देश्य रहेको आलमले बताए।
गैरआवासीय नेपाली संघ साउदी अरबले आगामी कार्यकाल २०२३-२५ का लागि यहि आउँदो २८ जुलाई शुक्रबारका दिन रियादमा हुने अधिवेशन मार्फत नयाँ कार्यसमितिको टुंगो लागाउने भएको छ।
त्यसका लागि कार्यसमिति चयन प्रकिया अगाडी बढेको निर्वाचन समितिले जनाएको छ ।
निर्वाचन समितिले जुलाई १५ सम्म उम्मेदवारी दर्ता भएका आबेदकको नामावली प्रकाशित गर्दै अध्यक्षलगाएतका धेरै पदमा एक जनाको मात्रै उम्मेदवारी परेको जनाएको छ ।
निर्वाचन समितिले जारी गरेको सूचना अनुसार अध्यक्षमा रबिना अर्यालको मात्रै उमेदवारी परेको छ । अध्यक्षमा रबिना अर्यालको मात्रै उमेदवारी परेकोले उनीलगाएत प्राय सबै कार्यसमिती नै निर्विरोध हुने भएको छ ।
बरिस्ठ उपाध्यक्ष बाहेक सबै पदमा चाहिने जती मात्रै उम्मेदवारले उम्मेदवारी दर्ता गरेकाले सबै निर्विरोध भएका छन तर निर्वाचन समितिले भने दावी बिरोध हेरेर प्रक्रियागत तवरले उक्त जानकारी गराऊनेछ ।
सुरुमा रोशन श्रेष्ठले अध्यक्षमा उम्मेदवारी दर्ता गराए पनि उनले रबिना अर्याललाई नै अध्यक्षमा सहयोग गर्ने भन्दै आफ्नो उमेदवारी फिर्ता लिएको जानकारी आधिकारिक रूपमा निर्वाचन समितिको ईमेलमा पठाएका छन् ।
अन्य पदका उमेदवारको सम्वन्धमा गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद साउदी अरबको नवौँ राष्ट्रिय महाधिबेशन बाट २०२३ – २०२५ कार्यकालको लागि बिधानको दफा १३.१ मा रहेका पदिय प्रावधान बमोजिम उम्मदेवारीहरू आह्वान गरिएकोमा निर्धारित मिति १५ जुलाई २०२३ सम्ममा प्राप्त उम्मेदवारीहरूको पहिलो सूची निर्वाचन समितिले प्रकाशन गरेको छ । पुर्ब प्रकाशित निर्बाचन कार्य तालिका बमोजिम प्राप्त उम्मेदवार हरूको प्रथम सूचीमा आगामी १७ जुलाई बेलुकी ८.०० बजे भित्रमा दावी, बिरोध उजुरी गर्नसक्ने समितिले जनाएको छ ।
कसैको दावी बिरोध भएमा निर्बाचन समितिको आधिकारिक इमेल 9thadhiveshan@gmail.com मा इमेल गर्न निर्वाचन समितिका संयोजक एबं एनआरएनए मध्यपुर्वका संयोजक राजेन्द्र अर्यालले आग्रह गरेका छन् ।
निर्वाचन समितिले उम्मेदवारी परेका नामहरू सार्वजनिक गरेको छ । आईसीसी सदस्यमा राम बहादुर क्षेत्री र दीपक रेग्मीको उम्मेदवारी परेको छ । अध्यक्षमा रबिना अर्याल, वरिष्ठ उमेश भट्टराई र बिशाल कुमार श्रेष्ठ, उपाध्यक्षमा राजकुमार गिरि, कृष्ण कुमार श्रेष्ठ, मनिष कोइराला र हेम सुबेदीको उम्मेदवारी परेको छ।
महासचिवमा शुक्र लामाको उम्मेदवारी परेको छ । यसैगरी सचिवमा ध्रुब कटवाल, कोषाध्यक्षमा योगेन्द्र श्रेष्ठ, सह-कोषाध्यक्षमा दुर्गा बहादुर काउचा, युवा संयोजकमा बिष्णु रावत, महिला संयोजकमा लक्ष्मी थापा मगरको उम्मेदवारी परेको छ ।
त्यस्तै सदस्यमा देवीबहादुर कार्की, युवराज पोखरेल, पदम बहादुर महत, दीपक ढुङ्गाना,अमृत बहादुर तामाङ, धर्मेन्द्र कार्की र ओम प्रकाश काफ्लेको उम्मेदवारी परेको निर्वाचन समितिले जानकारी गराएको छ ।
हालांकि निवर्तमान अध्यक्षले आईसीसीलाई ईमेल पठाउदै र आफ्नो फेसबुक मार्फत केहि बुँदागत असहमती जनाउदै अधिबेशन स्थगित भएको सूचना सम्प्रेसन गरेतापनि उनले उठाएका बुँदागत असहमती उनकै प्रस्तावमा पारित भएकाे र एनआरएन साउदी अरब कामचलाउ मात्र भएकाले अधिवेशन बाट पछि नहट्ने भन्दै गैरआवासिए नेपाली संघ राष्ट्रिय समन्वय परिषदको करिब दुई तिहाई कार्य समितिले आईसीसी लाई भ्रममा नपर्न आधिकारिक इमेल पठाएको थियो ।
तत्पश्चात आईसीसीको ग्रिन सिग्नल पाएपछि एनसिसी साउदी अरबले प्रेस विज्ञप्ति जारी गर्दै प्रक्रियामा अगाडि बढेको जनाउदै तोकिएकै मितीमा राष्ट्रिय महाधिवेशन हुने जनाएको छ।
२९ असार, काठमाडौ । विश्व नेपाली साहित्य प्रतिष्ठानको आयोजनामा २१० औं भानु विशेष रचना वाचन र कृति विमोचन कार्यक्रम सम्पन्न भएको छ। भर्चुअल माध्यममा भएको कार्यक्रममा वरिष्ठ साहित्यकार डा नारायण गैरेले भानुको योगदान बारे चर्चा गर्नुभएको थियोे । वहाँले भानुभक्त भन्दा पहिले साहित्य स्रष्टा भएको भए पनि प्रभाव, मौलिकता र सरल नेपाली भाषामा लेख्ने कविको रूपमा उनी आदिकवि हुन् भन्नुभयो । अर्का अग्रज साहित्यकार डा बम बहादुर थापा जितालीले भानुभक्त प्रथम व्यङ्ग्य कवि समेत हुन् भन्दै भानुको व्यङ्ग्य कविता सुनाउनु भएको थियोे ।
विश्व नेपाली साहित्य प्रतिष्ठानका केन्द्रिय अध्यक्ष जनार्दन अधिकारी धड्कनले नेपाली साहित्यको श्रीवृद्धिको लागि प्रतिष्ठानले २ वर्ष देखि कार्य गरिरहेको कुरा बताउनुभयो। वहाँले साहित्यकार शिव खनाल जीवमले प्रकाशित गरेको कृति साहित्य यात्रा नेपाली साहित्यको सम्पत्ति रहेको र प्रतिष्ठानले नेपाली माटोमा जन्मेका विभिन्न विधाहरुलाई प्रवर्द्धन गर्ने कुरा बताउनुभयो ।
स्रष्टा शिव खनाल जीवमले साहित्य यात्रा कृति विभिन्न कालखण्डमा लेखिएका साहित्यिक अवधारणाहरु र रचनाहरुको संग्रह भएको कुरा बताउनुभयो। वहाँले जीवन साहित्य, लेखन प्रविधि, लक्षित साहित्य, शाब्दिक कविता र झरको अवधारणा एवम् सिद्धान्त समेटिएको कृति साहित्य यात्रामा, १२० प्रतिनिधि झरहरु समेत समेटिएको कुरा बताउनुभयो । अर्को प्रसङ्गमा वहाँले भानु जयन्ती भानुभक्तलाई सम्झना गर्ने दिन मात्रै नभएर अग्रज साहित्यकारलाई सम्मान गर्ने दिन समेत हो भन्नुभयो । वहाँले आगामी दिनहरुमा अग्रजलाई सम्मान गर्ने कार्यक्रम समेत राख्ने कुरा बताउनुभयो ।
साहित्य यात्रा कृति बारे समिक्षा गर्दै अग्रज साहित्यकार खगेन्द्र बस्यालले हाम्रै सेरोफेरोमा राम्रा स्रष्टाहरु रहेको र वहाँहरुलाई उपर्युक्त सम्मान दिनुपर्ने कुरामा जोड दिदै नजिकको तीर्थ हेला गर्न नहुने कुरा बताउनुभयो । वहाँले जीवमको कृतिले औल्याएको साहित्य, जीवनको पक्षमा लेखिएको हुनुपर्ने, मानिसका समस्याहरु समाधान गर्न सक्ने र सकारात्मक हुनुपर्ने कुरा मननीय रहेकोे कुरामा जोड दिनुभयो । साहित्य यात्रा कृति जगत्रदेवी साहित्य संगम गल्याङ स्याङ्जाले प्रकाशनमा ल्याएको हो ।
कार्यक्रममा साहित्यकार लक्ष्मी प्रसाद मिश्र, सुधा बास्कोटा ढकाल, निरु गौतम, भावना खनाल, चुडा निर्भीक, उत्तम भेटुवाल, उर्मिला पन्त, रिता खतिवडा, गंगा अभिलाषी, चन्द्रावती अधिकारी, दर्बेन्द्र देव खनाल लगायतले रचना वाचन गर्नुभएको थियोे ।
प्रतिष्ठानका केन्द्रिय सहसचिव सविता केसीको संचालनमा रहेकोे कार्यक्रममा कोशी प्रदेश अध्यक्ष निरु गौतमले स्वागत मन्तव्य राख्नुभएको थियोे भने कार्यक्रमको सभापतित्व प्रतिष्ठानका अध्यक्ष जनार्दन अधिकारी धड्कनले गर्नुभएको थियोे । कार्यक्रम गुगल मिटको माध्यमबाट साँझ ८ बजेदेखि ११ बजेसम्म ३ घण्टा चलेको थियोे ।
साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खलाको ११२ औँ भाग शनिबार सम्पन्न भएको छ । उदक साहित्य समाज, नेपालले उक्त कार्यक्रमको आयोजना गरेको थियो। उक्त शृङ्खलामा नेपाल लगायत विश्वका ६३ जना उदक स्रष्टाहरूको सहभागिता रहेको उदक लेखन शृङ्खलाका संयोजक, प्रशिक्षक एवं उदक साहित्य समाजका केन्द्रिय उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो ।
काव्य विधा अन्तर्गतको नयाँ उदियमान प्रविधा उदक कविताको उन्नयन र विकासका लागि साप्ताहिक रूपमा उदक लेखन शृङ्खला सञ्चालन गर्दै आएको उदकका प्रवर्तक एवं उदक साहित्य समाजका अध्यक्ष आर्त अकुलीनले बताउनुभयो ।
संयोजक एवम् प्रशिक्षक अनुभवका अनुसार शनिबारको शृङ्खलाका लागि विहान एउटा तस्बिर दिएर उक्त तस्बिर अनुसारको गहन भाव खुल्ने गरि मात्र एउटा उदक साझ ५ बजेसम्म लेख्न सहभागी उदक यात्रीहरूलाई भनिएको थियोे ।
अभ्यासका लागि राखिएको प्रतिनिधि तस्बिर :
उदक अभ्यास शृङ्खला– ११२ मा सहभागी उदक यात्रीका सुन्दर उदकहरू
[१] भानुभक्त नेपाली आदिकवि भाषा साहित्यका रवि !
वसन्त अनुभव, दाङ
[२] भानु महिमा अनुपम साहित्यमा थुप्रो योगदान !
सुरेशकुमार पाण्डे, दाङ, घोराही
[३] नेपाली शिर हाम्रो देशको अमिट छाप !
डुकछिरिङ लेपचा, भारत, दार्जिलिङ
[४] भानुभक्त महिमा अपार नाम अटल अमर !
धनमाया चौधरी, कैलाली
[५] भानु नेपाली साहित्यका एक प्रखर व्यक्ति !
प्रेम थापा ‘मन’, बागलुङ
[६] भानु घाँसीको अर्ती रामायण नमो नम: !
किशोर खनाल तानसेन-१,पाल्पा
[७] भानु चम्किला तारा आखिरी सबैका प्यारा !
आर्त अकुलीन, कैलाली
[८] भानु घाँसीबाट प्रेरित नेपाली साहित्यको छानु !
पशपती राई, खोटाङ
[९] भानु सदैव रहनेछौ नेपाली भाषाका ध्रुवतारा !
गोपालप्रसाद पौड्याल, विराटनगर
[१०] भानुभक्त कवि शसक्त सामाजिक आदर्श दृष्टान्त !
निरज कोइराला, इटहरी
[११] प्रणेता आदिकवि भानु साहित्यको फाले गानो !
ऋजु दिल्पाली, इटहरी-१, सुनसरी
[१२] प्रेरणा घाँसीबाट पाएका साहित्य क्षेत्रमा उदाएका !
सावित्री अधिकारी, काठमाडौँ
[१३] आदिकवि नेपालका रवि उठाए साहित्यकाे छवि !
ईश्वर लामिछाने, धरान
[१४] रामायण साहित्यका महारथी भानुभक्त हुन आदिकवि !
पूर्णबहादुर श्रेष्ठ “हृदयङ्कृत” पनौती-३, काभ्रे
[१५] भानुभक्त काव्यका सशक्त साहित्यका अमूर्त रक्त !
टिकाराम पुन टिपु, सल्यान
[१६] आदिकवि नेपाली भाषामा दियौ अमर कृती !
समुन्द्रा शर्मा, सुनसरी
[१७] भानु साहित्यका रवि प्रेरणाले उदाएका कवि !
बुद्धिप्रसाद लामिछाने, कैलाली
[१८] सारा उदाए साहित्यमा भानु सबैका प्यारा !
सरस्वती वली, बर्दिया, नेपाल
[१९] कवि पहिलेका शसक्त अहिलेका चाहिँ परित्यक्त !
नन्दलाल आचार्य, उदयपुर
[२०] आदिकवि बनाए छवि नेपाली कविका रवि !
गोपेन्द्र रिजाल, पाँचथर
[२१] भानु साहित्यका तारा जनका मनमा बसेका !
इन्दिरा देवकोटा कपिलवस्तु न पा-३
[२२] महिमा भानुभक्तको गरिमा नेपाली साहित्यको उत्थान !
होमप्रसाद नेउपाने, धरान, सुनसरी
[२३] भानुभक्त नेपालका तारा नेपाली भाषा एकीकरण !
सविता के.सी., दक्षिणकाली-९, काठमाडौँ
[२४] आदिकवि भानुभक्त जयन्ती लाेकप्रिय नेपाली रामायण !
नवराज भट्ट, कञ्चनपुर
[२५] आदिकवि नेपाली साहित्याकाशमा भाषिक एकीकरणका रवि !
कण्ठराज गिरी, काठमाण्डु
[२६] रामायण संस्कृतमा रहेको भरे नेपालीमा प्राण !
डम्बर थामी ‘अनुपम’ कालिन्चोक गा.पा.-६, दोलखा
[२७] भानुभक्त साहित्यका बीज फैलियाे नेपालमा सशक्त !
यशोदा सुवेदी ‘यसु’ धरान, सुनसरी
[२८] भानु चम्किला तारा नेपाली साहित्यका सहारा !
चेतन खनाल, दाङ
[२९] भानुभक्त रामायण अनुवादक आदिकवि नेपाली सशक्त !
पुस्पा सायरा, विराटनगर
[३०] भाषिक एकताका कवि साहित्य क्षितिजका रवि !
परमेश्वरराज कार्की, कैलाली
[३१] रवि नेपाली भाषामा उनको ठुलो छवि !
सुमित्रा पोखरेल, काठमाडौँ
[३२] भानु उदायौ नेपालमा गोड्यौ साहित्यको बगैँचा !
त्रिलोक रामदाम, सिद्धार्थनगर-८, रुपन्देही
[३३] उज्यालाे भाषा सारथि आदिकवि ज्ञानकाे ज्याेति !
राेशन पराजुली
[३४] भानुभक्त असल संस्कार हर घरघरमा रामायण !
लक्ष्मी अर्याल, काठमाडौँ
[३५] भानु रामायण लेखी ज्ञान बाँड्यौ सारा !
धर्मी शाक्य, बुटवल, रुपन्देही
[३६] भानुभक्त चर्चा सर्वत्र साहित्यका उदयमान नक्षत्र !
प्रभादेवी पौडेल, चितवन
[३७] भानुभक्त निर्मल नक्षत्र बिख्यात् छन् सर्वत्र !
तोयानाथ चापागाईं दमक, झापा, नेपाल
[३८] महान भानुभक्त कवि चिनाए अमुल्य छवि !
अनुग्रह राना मगर ‘पुष्प’ पाँचखपन नपा -६, संखुवासभा
[३९] भानुभक्त भाषा फैलाएर विश्वमा नेपाल चिनाएका !
रमा पन्त, पाल्पा
[४०] भानुभक्त रामायणका रचयिता नेपाली साहित्यमा पोख्त !
विवस पारदर्शी, झापा
[४१] भानुभक्त तीक्ष्ण बुद्धिका एउटा सशक्त कवि !
शेाभा आचार्य गाैतम, काठमाडौँ
[४२] भानु साहित्यका सारा एउटा चम्किला तारा !
बेदु न्यौपाने, काठमाडौँ
[४३] भानु रामायणका तारा भएका सबैका प्यारा !
दुर्गा आचार्य, मोरङ
[४४] भानु आँगनमा आएका खोलेर पूर्वको द्वार !
उर्मिला पन्त पाण्डेय ज्ञानेश्वर, काठमाण्डौँ
[४५] रामायण भानुको समर्पण नेपाली भाषिक एकीकरण !
तोया घिमिरे शङ्खमूल, काठमाडौँ
[४६] आदिकवि घाँसीबाट प्रेरित पुस्तक रामायण चर्चित !
श्रद्धा आचार्य, पोखरा
[४७] भानुभक्त आए सशक्त साहित्य जगतै पोख्त !
जमुना कायस्थ, पोखरा
[४८] वाल्मीकि रामायणलाई सरल बनाउने भानुभक्त अमर !
मङ्गला उपाध्याय, बारा
[४९] एकता भाषिक एकीकरण आदि कविको महानता !
हिमाल अम्मै, घोडाघोडी, कैलाली
[५०] खुसी नेपाली भाषी भानुभक्तकाे रामायण पाएसी !
टीकाराम जाेशी, टीकापुर
[५१] भानु साहित्यमा खरो भाषाका मूल जरो !
मिलन के. सी.(थापा ), पोखरा
[५२] आदिकवि साहित्य लेखेका रामायण अनुवाद गरेका !
रिता खराल, रुपन्देही
[५३] भानु भाषाका पुजारी भाषिक एकताका पिता !
चन्द्रावती अधिकारी काेहलपुर, बाँके
[५४] माेती चम्काए भानु साहित्य आकाशका रानु !
प्रद्युम्न चालिसे, भक्तपुर
[५५] भानुभक्त मृदुभाषी साहित्यकार नेपाली छविका अभिभार !
अम्विका अधिकारी झापा, विर्तामोड
[५६] भानु साहित्यकार कवि छाडे अनेकौँ छवि !
सहयात्री शाेभा अर्याल बुटवल, रुपन्देही , नेपाल
[५७] भानुभक्त साहित्यका मोती सुरम्य कलामा सशक्त !
शारदा गौतम आचार्य, ललितपुर
[५८] भानु साहित्यका आदिकवि नेपाली भाषाका रवि !
कल्पना पहाडी, सिन्धुली
[५९] भानु साहित्यका रारा भाषा संस्कृतिको ध्रुवतारा !
राजकुमार राजभण्डारी ‘खाेटाङ्गे’ मध्यपुर ठिमी-५, संगम काेलाेनी, भक्तपुर
[६०] भानुभक्त पहिलो महाकाव्य लोकप्रिय रामायण आदर्श !
पं. ज्यो. तोयनाथ सुवेदी हेटौंडा -८, कमाने, मकवानपुर
साताका तीन लघुकथा हिमालयन दृष्टि र नमस्ते आधुनिक लघुकथा मञ्च बीचको सहकार्यमा सञ्चालित साप्ताहिक स्तम्भ हो । यस स्तम्भमा नमस्ते आधुनिक लघुकथा मञ्चको भित्तोमा साताभर प्रेषित लघुकथाहरू मध्ये मञ्चले पठाएका उत्कृष्ट तीन लघुकथाहरू प्रकाशन हुने गर्दछन् ।
यस साताको (३२ औँ) शृङ्खलाका लागि लघुकथाकार म्यामराज राईको लघुकथा ‘दृश्यहरू’, लघुकथाकार सुरेशकुमार पाण्डेको लघुकथा ‘लाछी छोरा’ र लघुकथाकार शारदा दहाल भण्डारीको लघुकथा ‘दृष्टिकोण’ उत्कृष्ट तीनभित्र परेका छन् ।
१)लघुकथा : दृश्यहरू
✍️ म्यामराज राई कृष्ण मेरो मिल्ने साथी । जो, प्रत्येक बिहान सूर्यको किरण धरतीमा आइपुग्नु पहिले ऊ मेरो पसलमा आइपुग्छ । तातो चियाको सट्टा दुई गिलास रक्सी पिउॅंछ । सितनमा एक खिल्ली चुरोट । बल्ल उसको मन प्रसन्न हुन्छ ।
“ओइ ! यो कुरो उनलाई नसुना है । थाहा पाई भने मार्छे ।” उसले रक्सी र चुरोट पिएको कुरो उसकी श्रीमतीलाई नभन्न मलाई जहिल्यै कसम खुवाउॅंछ । साथीको आज्ञा पालना गरेँ । … राधा उर्फ कृष्णकी श्रीमती हरेक दिन साँझ पर्नु अघि मेरो पसल आउॅंछे । खाजाको सट्टा उसले एक गिलास रक्सी र सितनमा एक खिल्ली चुरोट पिउॅंछे ।
“दाई ! यो कुरो उहाँलाई नसुनाउनुस् ल । थाहा पाउनुभो भने त मार्नुहुन्छ ।” घर फर्किनु अघि उनले श्रीमान् कृष्णलाई पिएको कुरो नसुनाउन विनम्र अनुरोध सधैँ गर्छे । कहिल्यै कसैलाई सुनाइनॅं ।
माथिका दुवै दृश्यहरू विगत वर्षदिन पहिलेदेखि निरन्तर चलिरहेका छन् । प्रत्यक्षदर्शीमा म छु । मनमनै सोच्छु, ‘एक अर्कासित डराउॅंदै तिमीहरूले मेरो पसल चाहिॅं चलाइरहेका छौ, हैन ?’
✍️ सुरेशकुमार पाण्डे “म कतै जान्नँ ! मेरो यही मर्ने ईच्छा छ ।” नब्बे वर्षिय वृद्धाले पत्रकारसँग भनिन् । उनी विगत १० वर्षदेखि वृद्धाश्रममै बस्दै आएकी छिन् । “किन आमा ? यहाँभन्दा घरमा हजुरको राम्रो स्याहारसुसार हुन्छ ।” पत्रकारले आमालाई सम्झाउने प्रयत्न गर्यो।
“केको स्याहारसुसार हुनु नि बरै ! घरमा अर्घेलो भएर त आश्रममा आएकी हुँ । छोरा हाकिम छ । बुहारी र छोरी पनि सरकारी जागिरे छन् ।” वृद्ध आमाले आफ्नो दुःखले भरिएको कथा पत्रकारलाई सुनाइन् । “तर आमा ! हजुरको छोराबुहारी लगातार यहाँ आएर हजुरलाई घर जान आग्रह गर्दापनि हजुर जान मान्नुहुन्न, किन आमा ?”
“उनीहरू मेरो माया लागेर आएका होइनन् नि बाबु ! मेरो नाउँमा रहेको करोडौँ मूल्यको जमिनले खिँचेर ल्याएको हो ।” लामो सुस्केरा हाल्दै वृद्धाले भनिन् । दाङ घोराही १८ ११-०७-२०२३,
३) लघुकथा : दृष्टिकोण
✍️ शारदा दहाल (भण्डारी ) “बाबु ! तिमी पनि अब त आफ्नो सामान चेक गर्न, राख्न सक्ने भयौ नि ! हेर्नुपर्दैन ?” “तपाईँले रुमाल र स्थानीय विषयको कापी नहालिदिएर मैले कुटाइ खानुपर्यो आज ।” भन्दैआएको छोरोसँग गुनासो गर्दै थिइन् सुदीपा। “आफूलाई चाहिँ बिहानभरि घरको काम । दिनभर उत्तिकै तनाव । फेरि घर आयो उही चटारो । मैले नहेरी गृहकार्य पनि गर्दैनौ ! मलाई चाहिँ आराम चाहिँदैन भन त ?” सुदीपा खिन्न मुद्रामा बोलिन् ।
“मामु भएपछि गर्नुपर्छ त !” प्याच्च बोल्यो सुयश । “ऊ हेर्नू त बिरालो, कति जाती ! बच्चालाई पानीले भिजायो भनेर मतानमा सार्दैछ । तपाईँलाई चाहिँ मेरो हेरचाह गर्दा हैरान लाग्छ ?” ऊ थप्दै थियो- “हिजो दोभाने जाँदा देखेको बाँदर्नीले छोरालाई बोकेर खोलामाथिको जङ्गलमा, एउटा रुखबाट अर्को रुखमा हामफालेको । फेरि अर्कोमा झ्वाम्मै हामफाल्दा बच्चा खोलामा झर्यो तर बच्चालाई टिपेन।”
सुदीपाले छोराको कुरा सुन्दै लुगा फेराइदिन थालिन् र सोधिन्- “उसोभए अब भन, तिमीलाई बाँदर्नी आमा कि बिरालो आमा मन पर्यो ?
“मलाई त फुत्त फुत्त फ्लाई गर्दा त बादर्नी मनपरेको फेरि बच्चा नटिपी भागेको देखेर घृणा जाग्यो। जुनसुकै परिस्थितिमा बच्चा स्याहारेको देख्दा बिरालो आमा नै ठिक लाग्यो।”
“ए ! अनि बाँदर र बिरालाको बच्चाले कसो गरिरहेका थिए, हेर्यौ ? “अहँ ! आमाको बारे मात्रै नियालेँ ।”
“अब सुन, बाँदरको बच्चाले आफैँ दह्रोसँग आमालाई च्याप्प समाउँछ र आफ्नो ज्यान बचाउने प्रयत्न गर्छ, देख्यौ पनि होला । तर बिरालाको बच्चालाई आमाको एक्लो प्रयासमा बचाउनुपर्छ । उसले कतै समाउँदैन । केवल आमाको सहारामा हुन्छ। अब आफैँ भन, तिमी कसको बच्चा जस्तो हुन चाहन्छौ ?
केहीछिन नबोली सोचनीय हुन्छ सुयश । पुनः आमाले भन त सुयश भन्दा “म त बाँदरको जस्तो ।” भन्दै च्याप्प समाउँछ र अगाडि भन्दै जान्छ “अब म आफ्नो काम आफैँ गर्छु । अर्कालाई मात्र हेर्ने काम छोडिदिन्छु ।” पाँचखपन -९ हाल मोरङ।
रमेशकुमार गुरुङ २ दिनदेखि प्रहरी थुनामा छन् । खोटाङ रावाबेँसी गाउँपालिका–१ का ४० वर्षीय गुरुङलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले २६ असारमा महाराजगञ्जबाट पक्राउ गरेको हो ।
गुरुङमाथि मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग ३० करोड रुपैयाँ फिरौती मागेको आरोप छ । सीआईबीका अनुसार गुरुङले प्रवेश लामाको नामबाट प्रसाईंलाई १३ असारमा पहिलोपटक फोन तथा एसएमएस गरेर ३० करोड रुपैयाँ माग्दै धम्क्याएका थिए ।
गुरुङले भनेका थिए, ‘हत्या गर्नका लागि योजना बनिसकेको छ । सुरक्षित हुन चाहनुहुन्छ भने ३० करोड दिनुपर्ने हुन्छ । तपाईंको नाम २ नम्बरमा छ ।’
तर, प्रसाईंले मागेजति रकम गुरुङलाई दिन नसक्ने तर ५ करोड दिने जवाफ फर्काएका थिए । सोही ५ करोड बुझ्ने प्रलोभनमा परेर गुरुङ महाराजगञ्ज पुग्दा प्रहरीको फन्दामा परेका हुन् ।
प्रहरीको अनुसन्धानले गुरुङ लामो समय वैदेशिक रोजगारीका लागि साउदी अरब बसेर २ वर्षअघि मात्रै नेपाल फर्किएको खुलेको छ ।
keystoneglobalnetworkHero New year offer अनुसन्धानमा खटिएका एक प्रहरीका अनुसार करिब १० वर्ष साउदी बसेका गुरुङ साउदीमै पनि झैझगडा गरेर एक वर्ष जेल बसेर नेपाल फर्किएका थिए ।
प्रहरीसँगको बयानमा उनले प्रसाईंसँग पैसा भएको र थर्काएपछि दिने प्रलोभनमा परेर फोन गरेको स्वीकार गरेका छन् । उनीमाथि प्रहरीले अपहरण तथा शरीर बन्धक उद्योग मुद्दामा अनुसन्धान गरिरहेको छ ।