विश्व नेपाली साहित्य महासंघको दाङ शाखा गठन गरिएको छ । जसको अध्यक्षमा साहित्यकार सुरेशकुमार पाण्डे रहनुभएको छ ।
हिजो असार २८ गते २१०औँ भानुजयन्तीको अवसर पारेर विनेसाम नेपाल शाखाको मूल आयोजनामा आयोजित कार्यक्रममा दाङ शाखाको घोषणा गरिएको थियोे ।
भर्चुअल रूपमा आयोजित कार्यक्रममा दाङ शाखाको घोषणा गर्दै विनेसाम नेपाल शाखाकी अध्यक्ष कल्पना पौडेल जिज्ञासुले दाङ शाखा घोषणा गर्न पाउँदा अत्यन्त खुसी लागेको भन्दै नव गठित कार्यसमितिलाई कार्य सफलताको शुभकामना प्रकट गर्नुभएको थियोे ।
नवगठित विनेसाम दाङ शाखाका पदाधिकारीहरूमा सुरेशकुमार पाण्डे (अध्यक्ष), रेशम बि. सी.(उपाध्यक्ष), वसन्त अनुभव (सचिव), नागेन्द्रप्रसाद यादव (उपसचिव), वीना रोका (कोषाध्यक्ष), काशिराम जि.एम. (सदस्य), म्याटर कपाली (सदस्य), चेतन खनाल (सदस्य), सुनिता आचार्य पाण्डे (सदस्य) र शर्मिला गिरी (सदस्य) रहनुभएको छ । ११ सदस्यीय कार्यसमितिमा एकजना सदस्य पद भने पछि पूर्ति गर्नेगरी रिक्त राखिएको छ ।
घोषणापछि कार्यक्रममा नवगठित दाङ शाखा कार्यसमितिका अध्यक्ष सुरेशकुमार पाण्डेले विनेसामको अभिन्न अङ्ग बन्न पाएकोमा खुसी व्यक्त गर्दै सबैसँग हातेमालो गरेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियोे ।
चारु साहित्य प्रतिष्ठान नेपालले विराटनगरमा एक विशेष कार्यक्रमका विच विभिन्न जिल्लाका साहित्यकारहरुलाई सम्मान गरेको छ।
सम्मानित हुनेहरुमा कार्यक्रमका प्रमुख अतिथि डा. घनश्याम परिश्रमीलाई उत्कृष्ट सम्पादक पुरस्कार २०८० द्वारा सम्मान गरिएको छ। विशिष्ट अतिथि भारतीय साहित्यकार डा. दीपक गोस्वामीलाई वीरमणि नेपाल भारत साहित्य सेतु सम्मान २०८० द्वारा सम्मान गरिएको छ।
त्यस्तै चारु साहित्य प्रतिष्ठान नेपाल लुम्बिनी प्रदेशका अध्यक्ष तेजप्रसाद खनाललाई जुनेली रात चारु सङ्ग्रहका निमित्त चारु प्रवीण पदक २०८० द्वारा विभूषित गरिएको छ। त्यसैगरी ललितपुरका स्रष्टा सीताराम घिमिरेको नवर्सीने वादल चारु सङ्ग्रहका निम्ति चारु प्रवीण पदक द्वारा सम्मान गरिएको छ। अर्का मोरङका स्रष्टा सुन्दर प्रसाद रिजाललाई भिजेको सिरानी चारु सङ्ग्रहका निम्ति चारु प्रवीण पदकले विभूषित गरिएको छ।
विराटनगरका साहित्यकार रोहिणी रसिकलाई साहित्य साधना सम्मान द्वारा सम्मानीत गरिएको छ। चारु कृतिका समालोचक भवानी प्रसाद पोख्रेललाई चारु समालोचना सम्मान २०८० द्वारा सम्मान गरिएको छ। स्रष्टा सम्मान यस कार्यक्रमको सञ्चालन चारु प्रवर्तक डा. देवी पन्थीले गर्नुभएको थियो । विभिन्न वरिष्ठ साहित्यकारहरुको उपस्थितिमा कार्यक्रम सभ्य र भव्य रुपमा सम्पन्न भएको थियो ।
“पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग भाग: एकाउन्नौँमा हामी पुगेका छौ। सम्पूर्ण पञ्चाङ्ग स्रष्टाहरुमा पञ्चाङ्ग लेख्नु हुन् हार्दिक अनुरोध छ: अभ्यास पाठशालाको अभ्यास शृङ्खला दर्तापछिको भाग :-५१ (एकाउन्नौँ) ————————————-
विधा :- पञ्चाङ्ग अभ्यास गर्ने स्थान :- पञ्चाङ्ग अभ्यास पाठशाला मिति:- २०८०/०३/२५ गते भोलि बेलुका ०९ बजेसम्म पञ्चाङ्ग वा समपञ्चाङ्ग पठाउनु हुन् अनुरोध छ। ……………………………………….
प्रशिक्षक:- …………… गुणनिधि घिमिरे घनश्याम पौडेल तोयानाथ सुवेदी ……………………… भाषा शुद्धीकरण:- ———– जमुना आचार्य भवानी घिमिरे पुष्पा नेपाल सुवेदी
अक्षर सङ्ख्या:- [बराबरी] अनुप्रास :- आफुखुसी स्थायी :- अनिवार्य ………………………………………………
पञ्चाङ्ग:०१
डाह गर्नेहरूले गर्दै गरून् फरक पर्दैन। सुखमा जल्ने जल्दै मरुन् फरक पर्दैन। बुझेर बोल्नु हे मानव नत्र दानव हो, खुट्टा तान्ने पछाडि परुन् फरक पर्दैन। त्यसैको लागि अघि सरुन् फरक पर्दैन। -सुशीला पाैडेल
पञ्चाङ्ग:०२
सानो भए नि त्यो मायालु अाेट थियो। नजिकै वर, पिपलकाे बाेट थियो। सबै कुराहरू सम्झना मात्र भयो। विश्वास नलाग्ने त्यो कस्तो खाेट थियो, नदेखिएको अनगिन्ती चाेट थियो । -शाेभा अाचार्य गाैतम काठमाडौँ
पञ्चाङ्ग:०३
हिजो गल्लीमा हिड्दै थिए आज भाषण दिँदै गए। हेर साथी हो प्रगतिको बाटो आफैंले लिदै गए। रहरले फरक पार्छ, अरुको करले होइन, मेहनत गरेर पसिना कति त अनिदै गए। हातका नङ्ग्रा समेत बिस्तारै गरेर खिँदै गए। -अच्युत घिमिरे-भुटानबाट🇧🇹
पञ्चाङ्ग:०४ (अक्षर-१७)
यहाँ वृक्ष काटि सबै उजाड बनायो दैवले। बाढी पहिरो आई खेतबारी हनायो दैवले। समयको घडी साथमा हुदा खेरि पनि यहाँ, भए भरको दु:ख पीडा सबै खनायो दैवले। पीडामा यस्तै भो जीवन भन्ने जनायो दैवले। -दुर्गा आचार्य मोरङ
पंञ्चाङ्ग : ०५
तिमिले आफै लडाएकी हौ प्रेम भिर बनेर । कतिन्जेल सहला मुटुले पनि थिर बनेर । कसम अब तिमिलाई भुल्छु भन्दा भन्दै पनि , तिम्रा यादहरु दुखाउछन् किन पिर बनेर । किन शब्दहरुले घोचि रहन्छन् झिर बनेर । -बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो ) कनकाई ४ झापा
पञ्चाङ्ग:०६ (अक्ष्रर_ १५)
माया प्रिती दुई दिने खेल भयो जिन्दगी। असार र साउनको भेल भयो जिन्दगी । उर्लिदै आउने खहरे खोला बौलाएँ झैं, समाल्न नसकेमा त नेल भयो जिन्दगी। घुमाउरो पारा जस्तो सेल भयो जिन्दगी। -धनमाया चौधरी कैलाली
पञ्चाङ्ग:०७
असार पन्ध्रमा हातमा बीउ समाए नेताले एकछिन त तस्बिर खिचेर रमाए नेताले किसान भने मल नहुदा चिन्तित थिए हेर त्यै मल बीउमै घोटाला गरि कमाए नेताले मुखले भने मीठो आश्वासन थमाए नेताले । -पशपती राई खोटाङ ।
पञ्चाङ्ग:०८
सुरुमा तिमीले ओट दियौ। बिचमा गएर खोट दियौ। जानीजानी किन छल गर्छौ, अहिले आएर नोट दियौ। आएर फेरि त्यो चोट दियौ। -बेदु न्यौपाने काठ्माडौँ ❤️
पञ्चाङ्ग:०९
पानी परेर नयाँ पालुवा पलाए छन्। बिकासको बाटाले जमीन गलाए छन्। बिकासको नाउँमा गाउँ उजाड बन्दै, पानी पालाउने रूख सबै ढलाए छन्। हेर त प्रभु कौसीमा खेती फलाए छन् -सुमित्रा पोखरेल काठमाडौं
पञ्चाङ्ग:१०
अरूको प्रगतिको पाइला रोक्नु हुँदैन। झगडा गर्दै बेला बेलामा टोक्नु हुँदैन। सबैको आ आफ्नो इच्छा,आवश्यकता हुन्छ, यहाँ यस्ता कुरामा कसले बोक्नु हुँदैन। तह लगाउँछु भन्दै मिति तोक्नु हुँदैन। -ह्यारिस
पञ्चाङ्ग:११
मुखले बाेल्छ भन्दथे आँखा पनि बाेल्दाे रहेछ । नजानिदाे पाराले मनको वह खाेल्दाे रहेछ । प्रेमकाे गहिरो पाेखरीमा चुर्लुम्म डुब्दै गर्दा , शीतलता दिने जूनले भत्भति पाेल्दाे रहेछ । जीवनमा आउने सारा जाेखिम माेल्दाे रहेछ । -भवानी घिमिरे सर्लाही ।
पञ्चाङ्ग:१२
म पुरा गरि दिन्छु तिम्रो घाटो भन्नुहुन्थ्यो। नउक्काउनु है घाऊको खाटो भन्नुहुन्थ्यो। जे बोल्नुहुन्थ्यो त्यो पुऱ्याएको हुन्थ्यो बुवाले, आफैँ खन्छु सबै बारीको पाटो भन्नुहुन्थ्यो। मै दुःख गर्छु बरु तिम्रो साटो भन्नुहुन्थ्यो -गुणनिधि घिमिरे अमेरिका
पञ्चाङ्ग : १३
जति गरे नि ! फूल बन्न सकिनँ । तिम्रो खुसीको मूल बन्न सकिनँ । तिमीले मलाई पीडा दिएपनि, निर्दयी तिम्रो शूल बन्न सकिनँ । व्यर्थ पीडक भूल बन्न सकिनँ । -वसन्त अनुभव घोराही, दाङ
भेटियोकाठमाडौं । सोलुखुम्बुबाट काठमाडौका लागि उडेपछि सम्पर्कविहीन भएको मनाङ एयरको हेलिकप्टर सोलुखुम्बुकै लामजुरा क्षेत्रभन्दा केही तल काँडे भन्ने ठाउँमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ ।
सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको हेलिकोप्टर सम्पर्कविहीन भएको थियो ।सो हेलिकप्टरमा पाइटलसहित ६ जना यात्रु थिए ।
यात्रुमध्ये ५ जना विदेशी भएको बताइएको छ ।दुर्घटना स्थलबाट उद्धारको प्रयास सुरु भएको छ । यात्रुहरुको अवस्थाबारे अझै स्पष्ट जानकारी प्राप्त हुन सकेको छैन । दुर्घटना भएकोे क्षेत्र लिखुपिके गाउँपालिका र सोलु दुधकुण्ड नगरपालिकाको बीचमा पर्छ ।
“पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग चित्रपट भाग :- पैंतीसमा हामी पुगेका छौं। लेख्नु पर्ने पञ्चाङ्ग सङ्ख्या :- ०१ मिति:- २०८०/०३/ २१ गते
आदरणीय पञ्चाङ्ग अनुरागी एवम् स्रष्टाज्युहरू हार्दिक नमस्कार ” पञ्चाङ्ग साहित्य समाज नेपाल” को आधिकारिक दर्ता पछिको ३५[ पैत्तिसौँ] चित्रपटमा छौं।
यहाँहरुलाई हार्दिक स्वागत गर्दै यस् शृङ्खलामा दिइएको चित्र अनुसारको विम्बात्मक तथा गहन मौलिक भाव झल्किने एक पञ्चाङ्ग भोलि बेलुका ९:०० बजेभित्र आफ्नो नाम, ठेगाना र फोटो सहित कमेन्ट बक्समा लेख्नु हुन हार्दिक अनुरोध गर्दछौं!
शुद्धीकरण ————– जमुना आचार्य भवानी घिमिरे पुष्पा नेपाल (सुवेदी )
संरचना ——— अनुप्रास :- आफू खुसी स्थायी :- आफू खुसी अक्षर :- बराबरी
समायोजक ————-
सोमनाथ लुइटेल “रवि पाल्पाली” तथा पञ्चाङ्ग साहित्य समाज नेपाल ————————
चित्र अनुसार पञ्चाङ्गहरू [चित्रपट] ~~~~~~~~~~~~~~~~~~~~~ चित्रमा पञ्चाङ्ग ~~~~~~~~~~~~~~ पञ्चाङ्ग:०१ मानवको बनाउने कला मान्नु पर्छ। यसरी बनाए भगवान ठान्नु पर्छ। मानिसले गर्दा नहुने के नै छ यहाँ, आफ्नो कला प्रदर्शन गर्न जान्नु पर्छ। मान्छेलाई आकर्षण गरि बान्नु पर्छ। सुशीला पाैडेल
पञ्चाङ्ग :०२
काँडोलाई फूल देख्नु मानव मन हाेला यहाँ । हिँडिरहदा थाक्दैन बग्ने सुन्दर खाेला यहाँ । हिउँ यहाँ मानव भयो देखेकाे छु चित्र हेर , उसकाे रहर बढ्यो बन्ने मानव चाेला यहाँ । विकृति र विसङ्गतिकाे बाेक्ने भए झाेला यहाँ ।
भवानी घिमिरे सर्लाही ।
पञ्चाङ्ग:०३ ===== चित्रमा हेरेर पञ्चाङ्ग लेख्नु मित्र मेरो। दिमागमा घुस्यो अजिब र बिचित्र मेरो। कला र सौन्दर्यको सम्मान हामी गर्दछौ, गोप्य रूपमा चिप्काएर मन भित्र मेरो। छिया-छिया बनाएर मन भो छित्र मेरो। शिव कुमार रेग्मी पोखराथोक,पाल्पा
पञ्चाङ्ग:०४ मानिसले आफूले आफूलाई महान् मान्छ क्यारे। एकदिन हिउँ जसरी पग्लिएर जान्छ क्यारे। मरेर जाने यो मानवले घमण्ड किन गर्नु, अहमताले आफूलाई ठूलो हुने ठान्छ क्यारे। महानता देखाउँदा कोही कसैले हान्छ क्यारे। ह्यारिस
पञ्चाङ्ग:०५
ढुंगा माथि मेरो मायाको बिऊ रोप्न मनलाग्छ। उनको हृदयमा आफ्नो नाम खोप्न मनलाग्छ। जे जे चितायो त्यहि त्यहि गर्ने मन नै त हो नि, हिमपातमा मायाको वर्षाले छोप्न मनलाग्छ। कठोर छातीमा सियो बनेर घोप्न मनलाग्छ।
होम प्रसाद नेउपाने धरान,सुनसरी ।
पञ्चाङ्ग चित्रपट :०६ मानवले अजिव हिउँ खोपेर चित्र बनायो । मान्छेले आफूमै बिश्वको महान मित्र बनायो । मानव बिश्वकै चेतन शक्ति साली प्राणी बन्छ , हिउँ पदार्थमा चित्र कुँद्ने खुवी भित्र बनायो । मानवीय दिमाग सोच्दा सोच्दै नै पित्र बनायो।
पञ्चाङ्ग :०७ ढुङ्गामा बोट बिरुवा सजाएर रोप्न मन लायो । हिउँ मानवको त्यो एउटा चित्र खोप्न मन लायो । सोचेको चित्रण रहेछ मानवको विचित्र ज्ञान , अजिव मानवको ढिस्को मायाले छोप्न मन लायो। सागर पानीमा त्यो लगेर त्यही चोप्न मन लायो। बेदु न्यौपाने काठमाडौ 💕
पञ्चाङ्ग:०८
उत्तरतिर हिम मानव रमेको छ । टलक्क हिमालय सेताम्मे जमेको छ । नेपाल हाम्रो विश्वमा अग्लोमा हिमाल , अनौठो प्रकृतिमा गमक्क गमेको छ । अनुसन्धान गर्न विदेशी थमेको छ ।
✍️सोमनाथ लुइटेल “रवि पाल्पाली”
पञ्चाङ्ग:०९ हिमाली भेग हिउँले छोप्यो छपक्क मेरो गाउँ हजुर। दुखिया कर्म परेछ नि जाउँ भने कहाँ जाउँ हजुर। पुर्खाको रगत पसिना बग्यो यै माटो बचाउनलाई, भो जान्न कतै जमेर बरु उभिन्छु यहीँ ठाउँ हजुर। हिउँ नै खान्छु हिउँ मै टेक्छु हिउँ मै लेख्छु नाउँ हजुर। -पशपती राई खोटाङ ।
पञ्चाङ्ग:१० अक्षर-१९
तिम्रो मन भित्र मायाको बिऊ रोप्न मन लागेको छ। मेरो यो हृदयमा उन्को नाम खोप्न मन लागेको छ। तर कहाँ सजिलो छ मनको कुराहरु पुग्नलाई , ठण्डा मौसम मायाको वर्षाले छोप्न मन लागेको छ। चोखो मनमा मायाको सियोले घोप्न मन लागेको छ।
दुर्गा आचार्य मोरङ
पञ्चाङ्ग:११ १/ मानवको याे विचित्रकाे कला कति राम्रो। सीप भएमा हिउँ चित्र बन्छ अति राम्रो। मानवले नै गरेका छन् कला प्रदर्शन , अरु खास लाग्दैन हस्तकला जति राम्रो। याे कलाले प्रस्ट देखाएकाे छ मति राम्रो । शाेभा अाचार्य गाैतम काठमाडौँ
पञ्चाङ्ग:१२ मानव नै दुःखी छन् बानेर के गर्नु तिमिलाई आफ्नो पो ठानेर के गर्नु बिचलित होला त्यो मन भाँडिएको होला लेख्ने क्षमता जानेर के गर्नु तीखा बचन वाण हानेर के गर्नु। डिल्ली राज घिमिरे भूमिकास्थान९ अर्घाखाँची
पञ्चाङ्ग:१३ कठपुतली अनि आफू हेर्छु उस्तै लाग्छ । नियालेर अङ्ग प्रत्यङ्ग केर्छु उस्तै लाग्छ । सोचेजस्तै भएन जिन्दगी कहिल्यै पनि, दायाँबायाँ यसै नजर फेर्छु उस्तै लाग्छ । घाइते रहर मायाले बेर्छु उस्तै लाग्छ । वसन्त अनुभव घोराही, दाङ
काठमाडौँ । काठमाडौँ महानगरपालिका मेयर वालेन्द्र साह (बालेन) ले आफू आजबाट अपराधी भएको बताएका छन् । सामाजिक सञ्जालहरुमा सर्वोच्च अदालतबाट जारी भएको तारेख पर्चाको तस्बिर राख्दै मेयर साहले आफू आजबाट तारेखमा रहेको उल्लेख गरेका हुन् ।
उनले आफू आजबाट अपराधी हुँदा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भने छुट पाएको उल्लेख गरेका छन् । उनले भारतको सांस्कृतिक हस्तक्षेपको विरोध गर्दा प्रचण्डले छुट पाएको र आफू भने अपराधी भएको उल्लेख गरेका छन् ।
उनले लेखेका छन्, ‘‘आज एउटा विशेष दिन । आजबाट म तारिखमा छु, भारतको सांस्कृतिक हस्तक्षेपको विरोध गर्दा आजै प्रधानमन्त्रीज्यूले छुट पाउनुभयो, भारतले यो देशको प्रधानमन्त्री बनाउँछ भन्दा। म आजबाट अपराधी। जय होस् यो देशको ।”
बालेनले भारतले बनाएको चलचित्र आदिपुरुषमा सीतालाई भारतकी छोरी भनेर प्रस्तुत गरिएपछि उनले काठमाडौँ महानगरभित्र हिन्दी चलचित्र चलाउन नै प्रतिबन्ध लगाएका थिए । त्यसविरुद्ध हलवालाहरुले उजुरी गरेपछि अहिले उनले तारिख धाउन थालेका छन् ।
साताको तीन लघुकथा हिमालयन दृष्टि र नमस्ते आधुनिक लघुकथा मञ्च बीचको सहकार्यमा सञ्चालित साप्ताहिक स्तम्भ हो । यस स्तम्भमा नमस्ते आधुनिक लघुकथा मञ्चको भित्तोमा साताभर प्रेषित लघुकथाहरू मध्ये मञ्चले पठाएका उत्कृष्ट तीन लघुकथाहरू प्रकाशन हुने गर्दछन् ।
यस साताको (३१ औँ) शृङ्खलाका लागि लघुकथाकार मुक्ति गौतमको लघुकथा ‘मान्छे र बाँदर’, लघुकथाकार शुक्रराज कुँवरको लघुकथा ‘माया’ र लघुकथाकार प्रभादेवी पौडेलको लघुकथा ‘सम्बन्ध’ उत्कृष्ट तीनभित्र परेका छन् ।
१) लघुकथा : मान्छे र बाँदर
मुक्ति गौतम लटरम्मै पाकेका आँप कोही भुईँमा झरेका, कुनै रूखमा पाकेका । भोका बाँदरको एउटा झुण्ड आइपुग्यो । कोही रूखमा चढेर कोही भुईँमा बसेर खोजी खोजी आँप खान थाले । बलिया पनि थिए, लुते पनि थिए । बृद्ध पनि थिए, भुरा पनि थिए । खोसाखोस थिएन, लडाइँ थिएन । आरिस थिएन, झगडा थिएन । ढिलो आएका बाँदरले एउटै आँप भेटेनन् । बरू भोकै फर्केर गए । तर खाँदै गरेका बाँदरको आँप कसैले पनि खोसेर खाएनन् । आफ्नो बाँदरीय धर्म छोडेनन् ।
बरन्डामा बसेर, म यो दृष्यमा रमाइरहेको थिएँ । अचानक किचनबाट श्रीमती चिच्याएको आवाज आयो- “कहाँ हुनुहुन्छ ? आउँनु न । राजुले आफ्नो भागको मिठाई खाइसकेर बैनीको मिठाई पनि खोसेर जम्मै खाइदिएछ । यसलाई ठिक पार्नु त ।”
कालापहाड, मणिपुर (भारत) ३-७-२०२३
२) लघुकथा : माया
शुक्रराज कुँवर म जागिरे मान्छे । घर छेउमा सानो पसल पनि थापेको थिएँ । चौकाचुलोको काम सकेर पत्नी नीराले पसल सम्हाल्ने गर्थिन् । शनिबार र अरू छुट्टीको बेला पसलमा म पनि बस्ने गर्थेँ ।
म बुबाआमा सँगै बस्थेँ । घरमा पढ्दै गरेका भाइबहिनी अनि मेरो आफ्नै एउटा छोरो पनि थियो । पसल, घर दुवै हेर्नुपर्दा नीरालाई काममा धावा धावा पर्थ्यो । तथापि उनी रमाएर बसेकी थिईन् । म खुसी थिएँ । घरपरिवारका सबै खुसी थिए ।
शनिबारको दिन थियो । म पसलमा थिएँ । साढे नौ बजेतिर नीरा पसलमा आइन् र भनिन्- “म, महिला समूहको मिटिङ्गमा जाँदैछु । भातभान्सा सबै तयार छ । आउन ढिलो हुन्छ । आफैँ पनि खानु अनि सबैलाई पस्केर खुवाउनु है । अनि आमालाई मही मन पर्छ । नबिर्सी दिनु नि फेरि ।”
एघार बजेतिर उनले भने अनुसार सबै काम गरेँ । उनी एक बजे आइन् । “भोक लाग्यो होला, खाना पस्किउँ ?” -मैले भनेँ । “हुन्छ नि !” -उनले भनिन् । मैले दुइटा थालमा खाना पस्कँदै गरेको देखेर उनले भनिन्- -“तपाईँ आफूचाहिँ खाना खानु भा’को छैन कि क्या हो ?” “हो त ! खा’को छैन ” -मैले भनेँ । “किन नि ?” -उनले फेरि भनिन् । “तिमीलाई पर्खेर बसेको” -मैले भनेँ । बलभद्रपथ , धरान १० सुनसरी २०८०/०३/२०
३) लघुकथा : सम्बन्ध
प्रभादेवी पौडेल “पिताजी ! हजुरलाई थाहा छैन, मलाई अरू पहिला भएको मन पर्दैनँ भनेर ? कि त्यसलाई रोज्नुहोस् कि मलाई ?” आफ्नो एकमात्र पुत्र अर्जुनको यस्तो जिद्दी देखेर उनी ठुलो धर्मसङ्कटमा परे। उनले छातीमा मुड्कीले हानेर यो निर्णय गरे कि दिकपालको क्षमता अद्भूत हुनाले उनलाई अर्को गुरुको आवश्यकता पर्दछ। त्यसैले आजका मितिबाट उनी यस आश्रम छोडेर जाने छन्।
आफ्नो रगत भनेर के गर्नु ? अर्जुन निकै घमन्डी र अरूको कुभलो चिताउने व्यक्ति हुनाले पटकपटक उनले आफ्नै छोराको कारणले अपमान सहनुपरेको थियो । दिकपाल प्रति अन्याय भएकोले उनी रातभर निदाउन सकेनन्। यही कुराले उनलाई बिरामी बनायो।
एकदिन मन्दिर नजिकै मानिसहरूको भीड लागेको देखेर दिकपाल पनि त्यतै सोझियो। ति मध्ये कसैकसैले भन्दै थिए, – ” बिचरा ! धेरै वर्ष भयो यो बुढो यसै ठाउँमा मागेर बस्दै आएको। आज बेहोस भएछ ।” यो देखेर उनले हतार हतार हस्पिटलमा लगे । उपचार खर्चमा कुनै कमी हुन दिएनन् । जब वृद्धाको होस् खुल्यो दुवैको खुशीको सिमा रहेन । दिकपालले गुरुको चरणमा शिर राख्दै मन भारी बनाउँदै भन्यो, -“गुरु ! कसरी भयो हजुरको यस्तो हाल ?” “सन्तान कुलङ्गार जन्मेपछि यस्तै हुँदोरहेछ, बाबु !” “पीर नगर्नु गुरु ! म छँदै छु नी, हजुरले अर्जुनको आँखा छलेर मेरो घरमै आएर दिनहुँ पढाउनुभएको प्रतिफल म उच्च शिक्षाको लागि बनारस पढ्न जान पाएँ।”
साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खलाको १११ औँ भाग शनिबार सम्पन्न भएको छ । उदक साहित्य समाज, नेपालले उक्त कार्यक्रमको आयोजना गरेको थियो। उक्त शृङ्खलामा नेपाल लगायत विश्वका ५९ जना उदक स्रष्टाहरूको सहभागिता रहेको उदक लेखन शृङ्खलाका संयोजक, प्रशिक्षक एवं उदक साहित्य समाजका उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो ।
काव्य विधा अन्तर्गतको नयाँ उदियमान प्रविधा उदक कविताको उन्नयन र विकासका लागि साप्ताहिक रूपमा उदक लेखन शृङ्खला सञ्चालन गर्दै आएको उदकका प्रवर्तक एवं उदक साहित्य समाजका अध्यक्ष आर्त अकुलीनले बताउनुभयो ।
संयोजक एवम् प्रशिक्षक अनुभवका अनुसार शनिबारको शृङ्खलाका लागि विहान एउटा तस्बिर दिएर उक्त तस्बिर अनुसारको गहन भाव खुल्ने गरि मात्र एउटा उदक साझ ५ बजेसम्म लेख्न सहभागी उदक यात्रीहरूलाई भनिएको थियोे ।
अभ्यासका लागि राखिएको प्रतिनिधि तस्बिर :
उदक अभ्यास शृङ्खला– १११ मा सहभागी उदक यात्रीका सुन्दर उदकहरू
[१] यात्रा हिलाम्मे बाटो चिप्लो नेपाली माटो !
वसन्त अनुभव
[२] विकाश हिलाम्मे बाटो नेताले भाषण छाँट्यो !
रमा पन्त, पाल्पा
[३] बाटो हिलो आहाल सवारी साधनको काल !
भवानी घिमिरे, सर्लाही
[४] सडक हिलाम्य भयो बजेट कता गयो ?
डम्बर थामी ‘अनुपम’ कालिन्चोक गा.पा.-६, दोलखा
[५] बाटो खन्छ बनाउँछ विकास गरें जनाउँछ !
सरिता सेढाई, धादिङ
[६] वर्षा चिप्लो बाटो चौतर्फी हिलाम्मे माटो !
बेदु न्यौपाने, काठमाडौँ
[७] यात्रा सडकको गति हुन्छ ज्यानको क्षति !
पूर्णबहादर श्रेष्ठ “हृदयङकृत” पनौती न.पा-३, काभ्रे
[८] बाटो हिॅउदमा धुलो बर्षामा अति हिलो !
घनश्याम पौडेल, पोखरा
[९] भ्रष्टाचार हिलाम्मे बाटो लज्जित देशको माटो !
यानेन्द्र जोशी पहलमानपुर, कैलाली
[१०] बाटाेमा हिलै हिलाे अषाढ महिना भरिमा !
नवराज भट्ट, कञ्चनपुर
[११] नाली नभएको कतै बाटो विकास जताततै !
किशोर खनाल ‘अनुपम’ तानसेन १, पाल्पा
[१२] सडक हिलाेकाे राज यात्रुकाे सधैँ बिचल्ली !
राज कुमार राजभण्डारी ‘खाेटाङ्गे’ मध्यपुर ठिमी-५, संगम काेलाेनी, भक्तपुर
[१३] असार चारैतिर वर्षा हिलोमा हराएको हर्ष !
आर्त अकुलीन, कैलाली
[१४] विकास बजेट निकास भ्रष्टाचार मात्र खास !
म्यामराज राई, भोजपुर
[१५] अन्यौलता छलछाम मात्र कठिन जीवनको यात्रा !
ऋजु दिल्पाली ईटहरी-१, सुनसरी
[१६] बजेट राजनीतिक खिचातानी सास्ती निमुखा जनता !
प्रभा देवी पौडेल, चितवन
[१७] रहर कुदाउने मोटर भेटियो हिलोको जहर !
अनुग्रह राना मगर ‘पुष्प’ पाँचखपन नपा -६, संखुवासभा
“पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक अभ्यास र आजै गुरु पूर्णिमा परेको हुँदा सम्पूर्ण गुरुहरूमा शुभकामना व्यक्त गर्दै,गुरु पूर्णिमा विशेष पञ्चाङ्ग लेख्नु हुन सम्पूर्ण पञ्चाङ्ग स्रष्टाहरुमा हार्दिक अनुरोध छ: पञ्चाङ्ग साहित्य समाज नेपाल अभ्यास पाठशालाको अभ्यास शृङ्खला दर्तापछिको :-५० (पचाअैाँ) भाग ————————————-
विधा :- पञ्चाङ्ग अभ्यास गर्ने स्थान :- पञ्चाङ्ग अभ्यास पाठशाला मिति:- २०८०/०३/१८ गते भोलि बेलुका ०९ बजेसम्म पञ्चाङ्ग वा समपञ्चाङ्ग पठाउनु हुन् अनुरोध छ। ……………………………………….
प्रशिक्षक:- …………… गुणनिधि घिमिरे घनश्याम पौडेल तोयानाथ सुवेदी ……………………… भाषा शुद्धीकरण:- ———– जमुना आचार्य भवानी घिमिरे पुष्पा नेपाल सुवेदी
अक्षर सङ्ख्या:- [बराबरी] अनुप्रास :- आफुखुसी स्थायी :- अनिवार्य
पञ्चाङ्ग:०१ गुरुहरुसँग ज्ञान लिन पछि पर्दिन म। गुरुहरुकाे शिक्षा बिना अगाडि सर्दिन म। शिर याे झुकाएर प्रणाम गर्दछु गुरुमा, दिएकाे ज्ञानकाे कैले अनादर गर्दिन म। नैतिकताकाे बाटाेबाट तल त झर्दिन म। सुशीला पाैडेल
पञ्चाङ्ग:०२ देखेको छैन तेल बिनाकाे त्यो दियो बलेको यहाँ । भेटिन्न काहिँ बाेट बिना मिठाे फल फलेको यहाँ । माता,पिता साथ गुरु साक्षत देवता हुँदा हाम्रो , निस्वार्थ सेवामा तल्लीन हुन्नन् कबै गलेको यहाँ । उन्नतिमा दिल खुसी भइ देखिन्न जलेकाे यहाँ ।
भवानी घिमिरे सर्लाही ।
पञ्चाङ्ग०३ जिन्दगीको असल मार्ग टिकाउने गुरु। नयाँ नयाँ ज्ञान र शीप सिकाउने गुरु। बुवा र आमा पछिका संमान गर्नु पर्ने, हाम्रो ज्ञान सीप बाहिर बिकाउने गुरु। उन्नति प्रगतिको सिढी झिकाउने गुरु । तारा घिमिरे सङ्खुवासभा
पञ्चाङ्ग:०४ गुरु पूर्णिमाको दिन आज हो। महिमा देवको माझ काज हो। ज्ञान सीप र बानी बनाउन, हामी मनुवा सबैको राज हो। ज्ञान लिई उच्च बन्ने ताज हो। ह्यारिस
पञ्चाङ्ग:०५ आफ्ना गुरुहरूलाई मान दिन सिक । आफू भन्दा सानोलाई ज्ञान दिन सिक । आमाबाबु पहिलो गुरु हो जान्नु तिमी , सिकेको कुरा छ भने दान दिन सिक । शिष्य भइ बलियो आलान दिन सिक ।
सोमनाथ लुइटेल ” रवि पाल्पाली” पाल्पा हाल:- काठमाडौं ।
पञ्चाङ्ग:०६ गुरु मार्गदर्शक हुन् आदर गर्न सिकौ। गुरुबाट ज्ञान पाई प्रकाश छर्न सिकौ। अँध्यारो अनि अज्ञानताबाट मुक्ति दिन, बत्ती झै आफू नै जलेर पनि मर्न सिकौ। जीवन यात्राको भवसागर तर्न सिकौ। -पशपती राई खोटाङ ।
पञ्चाङ्ग:०७ बाड्छन् ज्ञान सदा सदा गुरुहरू जाे ज्ञानका खानी हुन्। दिन्छन् जे जति ज्ञान शिष्य जनमा पीयूषका दानी हुन्। ब्रह्मा विष्णु महेश रूप गुरु हुन् खट्छन् सदा काममा, घुम्छन् यै रितले सदा भुवनमा ती घट्टका मानी हुन्। ठानाैँ टल्टल टल्कँने नजरमा चुम्ने गुरू नानी हुन्।
ताेयानाथ सुवेदी काठमाडौं ,काडाघारी
पञ्चाङ्ग:०८ गुरुहरुकाे गराैँ है मान हामी। अामाबाबाद्वारा लिन्छौ ज्ञान हामी। अामा बाबा नै प्रथम गुरु हाम्रा, शिक्षा बिना पाईदैन नाम हामी। जानेका कुराकाे गराैँ दान हामी । शाेभा अाचार्य गाैतम काठमाडौँ
पञ्चाङ्ग:०९ गुरुलाइ गर मान। देवताको भर मान। असल शिक्षा दाता हुन्, यदाकदा डर मान। विद्याको त्यो घर मान।
सरिता सेढाइ धादिङ
पञ्चाङ्ग:१० सवै अज्ञानीलाई ज्ञान भर्ने गुरु नै हुन्। चेतनाकाे दिव्य प्रकाश छर्ने गुरु नै हुन्। शिक्षा प्राण हाे भन्दै ज्ञानधारा बगाउँने, जस्ताे गल्ती हुँदा नि माफी गर्ने गुरु नै हुन्। असल मार्गमा समस्या हर्ने गुरु नै हुन्।
उर्मिला के.शी. धनकुटा
पञ्चाङ्ग:११ गुरु नभइ ज्ञान कहाँ हुन्छ र ? भ्रष्टका अघि गान कहाँ हुन्छ र ? बाबुआमाको शिक्षा लिदाँ है सदा , दिनमा कालाे भान कहाँ हुन्छ र ? मार्ग दर्शक दान कहाँ हुन्छर ?
कमला देवकोटा
पञ्चाङ्ग:१२
गुरुले नै हाम्रो ज्ञान बढाए । विद्यार्थीहरुको सान बढाए । थाकेनन् कहिले ज्ञान दिएर , बाँडेर नै ज्ञान दान बढाए । सारा याे सम्पत्ति गान बढाए ।