• गृह पृष्ठ
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला /जीवनशैली
  • खेल
  • बिज्ञान/प्रविधि
  • राजनीति
  • विचार
  • समाज
  • साहित्य

Category: बिज्ञान/प्रविधि

मेलम्ची नगरले बितरण गर्यो ६६ वटा हाते ट्याक्टर

  • ८ असार २०७७, सोमबार १८:३१ मा प्रकाशित

  • सुशील सुबेदी
    मेलम्ची नगरपालिकाले नगरभित्रका वडाका कृषि सहकारीहरु मार्फत ६६ वटा हाते ट्याक्टर बितरण गरेको छ। ५० प्रतिशत अनुदानमा नगरले ३७ लाख लगानी गरी कृषकहरुलाइ ट्याक्टर वितरण गरिएको कृषि विकास शाखाका प्रमुख अमरनाथ आचार्यले जानकारी दिनुभयो।

    बागमती प्रदेश भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय बाट ७० प्रतिशत अनुदानमा चार वटा ट्याक्टर नगर भित्रकै किसानहरुलाई पनि अनुदान परेको नगरपालिका इन्जिनियर जित बहादुर कार्कीले जानकारी दिनुभयो।

    सम्बन्धित कृषि सहकारीका सञ्चालक र अन्य ट्याक्टर अनुदान पाएका कृषकलाइ ट्याक्टर वितरण गर्दै मेलम्ची नगरपालिकाका प्रमुख डम्बर बहादुर अर्यालले अब कृषकले पाएका हाते ट्याक्टर जतन गरी चलाउन र कृषि उत्पादनमा जोड दिन आग्रह गनुभयो ।

    Posted in बिज्ञान/प्रविधि, राजनीतिLeave a Comment on मेलम्ची नगरले बितरण गर्यो ६६ वटा हाते ट्याक्टर

    तालुखुइलेलाई कोरोनाभाइरसको खतरा धेरै ! मृत्युको सम्भावना पनि बढी

  • २४ जेष्ठ २०७७, शनिबार १८:३४ मा प्रकाशित
  • काठमाडौं। वैज्ञानिकहरुले तालुखुइले मानिसहरुलाई कोरोनाभाइरसको खतरा अधिक हुने र मृत्यु हुने सम्भावना पनि अधिक हुने बताएका छन् । वैज्ञानिकहरुका अनुसार कपाल झर्नुको पछाडिको कारक एस्ट्रोजोन हर्मोन हो । कोरोनाभाइरसका कैयौं सबैभन्दा खराब केसहरुमा पनि यही हर्मोनको सम्बन्ध पाइएको छ ।

    अमेरिकाको ब्राउन युनिभर्सिटीका प्रोफेसर र अनुसन्धान टिमका प्रमुख लेखक कार्लोस वेम्बियरले बेलायती अखबार टेलिग्राफसँग भने ‘वास्तवमा हामी यतो मान्छौं कि तालु खुइलिने समस्याले कोरोनाभाइरसको गम्भीर खतराको संकेत दिन सक्छ ।’ यसअघि तथ्यांकहरुको विश्लेषण गर्दा पनि कोरोनाभाइरसबाट मृत्यु हुने पुरुषको संख्या महिलाको भन्दा अधिक पाइएको थियो । तालु खुइलिने समस्या पनि पुरुषहरुमा नै देखिन्छ ।

    प्रोफेसर वेम्बियरले भने ‘हामीलाई लाग्छ एस्ट्रोजोन भाइरसको शरीमा प्रवेशका लागि गेटवेको काम गर्छ ।’ यो टिकले स्पेनमा यस विषयमा दुई अध्ययन गरेको छ । दुवै अध्ययनमा अस्पतालमा भर्ना हुने कोरोना पीडितहरुमध्ये तालुखुइलेको संख्या अधिक भएको पाइयो । मड्रिडका ३ अस्पतालमा भर्ना भएका १२२ बिरामीहरुमा गरिएको अध्ययनमा कोरोना पोजेटिभ देखिएका बिरामीहरुमध्ये ७९ प्रतिशत तालुखुइले भएको पाइयो ।

    यो अध्ययनलाई अमेरिकन एकेडेमी अफ डर्मेटोलोजी जर्नलमा प्रकाशित गरिएको छ । स्पेनमै गरिएको एक अन्य अध्ययनमा पनि कोरोनाका ४१ बिरामीमध्ये ७१ प्रतिशत तालुखुइले भएको पाइएको थियो । यी अध्ययनहरुले तालुखुइलेहरुलाई कोरोनाभाइरबाट बच्न अधिक सतर्कताको आवश्यकता भएको देखाएका छन् ।

    डिसी नेपाल

    Posted in बिज्ञान/प्रविधिLeave a Comment on तालुखुइलेलाई कोरोनाभाइरसको खतरा धेरै ! मृत्युको सम्भावना पनि बढी

    १४ लाख ७९ हजारदेखि २५ लाखभन्दा कम मूल्यमा पाइने एउटै ब्राण्डका ७ कार

  • १४ जेष्ठ २०७७, बुधबार ००:५० मा प्रकाशित

    काठमाडौं । नेपालमा सानो कार किनेर चढ्ने सपना देख्नु धेरै मुस्किलको विषय हो । अन्तर्राष्ट्रिय बजारमा कार चढ्नु सामान्य मानिएपनि नेपालमा निकै कठिन मानिन्छ ।

    नेपालमा मारुती सुजुकीको आधिकारीक बिक्रेता सिजी मोटोकर्पले आफ्ना ७ मोडलका विभिन्न भेरियन्टका कारलाई २५ लाखभन्दा कम मूल्यमा बिक्री गर्दै आएको छ ।

    विभिन्न संघ-संस्थाको सर्वाधिक रोजाइमा पर्ने ८ सिट क्षमताको ओम्नी भ्यान कम्पनीले बिक्री गर्ने सबैभन्दा सस्तो गाडी हो । यसको मूल्य १४ लाख ७९ हजार रुपैयाँ रहेको छ ।

    अहिले नेपालमा सबैभन्दा कम मूल्यमा पाउन सकिने कार मारुती सुजुकी अल्टो हो । मारुती सुजुकीले अल्टोको तीन भेरियन्ट नेपाली बजारमा बिक्री गर्दै आएको छ । अल्टो स्टायडर्ड मोडलको मूल्य १८ लाख ९९ हजार रुपैयाँ रहेको छ भने एलएक्सआई भेरियन्टको २० लाख ९९ हजार र भीएक्सआई भेरियन्टको २२ लाख ९९ हजार रुपैयाँ रहेको छ ।

    यसका अलावा मारुती सुजुकी एसप्रेसोका तीन भेरियन्टको मूल्य २५ लाखभन्दा कम रहेको छ । एसप्रेसो स्टायडर्ड भेरियन्टको मूल्य २२ लाख ९९ हजार, एलएक्सआई भेरियन्टको २३ लाख ९९ हजार र भीएक्सआई भेरियन्टको मूल्य २४ लाख ९९ हजार रुपैयाँ तोकिएको छ ।

    त्यसैगरि मारुती सुजुकीको अल्टो के १० भीएक्सआई मोडल पनि कम्पनीले २५ लाखभन्दा कम मूल्य राखेर बिक्री गर्दै आएको मोडल हो । यसको भीएक्सआई भेरियन्ट नेपाली बजारमा उपलब्ध रहेको छ । यसलाई कम्पनीले २२ लाख ८९ हजार मूल्य राखेर कम्पनीले बिक्री गर्दै आएको छ ।

    मारुती सुजुकी सेलेरियो पनि २५ लाखभन्दा कम मूल्य राखेर बिक्री हुँदै आएको मोडल हो । कम्पनीले यसको भीएक्सआई भेरियन्टको मूल्य २४ लाख ९९ हजार रुपैयाँ निर्धारण गरेर बिक्री गर्दै आएको छ ।

    मारुती सुजुकीले नेपालमा बिक्री गर्ने वागेनआरको भीएक्सआई अप्सनल मोडलको मूल्यपनि २५ लाखभन्दा कम रहेको छ । कम्पनीले वागेनआरको भीएक्सआई अप्सनलको मूल्य २४ लाख ९९ हजार रुपैयाँ तोकेको छ ।

    कम्पनीले बिक्री गर्ने अर्को मोडल ७ सिट क्षमताको इको स्टायडर्डको मूल्य २२ लाख ३९ हजार र इको ५ सिटरको मूल्य २२ लाख ४९ हजार रुपैयाँ राखेर बिक्री गर्दै आएको छ ।

    Posted in अर्थ, बिज्ञान/प्रविधि, मुख्य खबरLeave a Comment on १४ लाख ७९ हजारदेखि २५ लाखभन्दा कम मूल्यमा पाइने एउटै ब्राण्डका ७ कार

    कक्षा १० सम्मका विद्यार्थीका लागि अनलाइनमै अध्ययन सामग्री

  • २९ बैशाख २०७७, सोमबार २३:०४ मा प्रकाशित
  • काठमाडौं, बैशाख २८
    सरकारले कक्षा १ देखि १० सम्मका विद्यार्थीका लागि अनलाइनमै अध्ययन तथा सिकाई सामग्री उपलब्ध गराएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतको शिक्षा तथा मानव श्रोत विकास केन्द्रले लकडाउनका कारण विद्यार्थीको पढाई प्रभावित भइरहेको बेला अनलाइन अध्ययन सामग्रीको रुपमा सिकाई चौतारी सञ्चालनमा ल्याएको हो ।

    सिकाई चौतारीमा विद्यार्थीहरुलाई रमाईलोसँग पढ्नका लागि विभिन्न भिडियो सामग्री, पुस्तक, खेल सामग्री लगायतका विषयवस्तुहरु समावेश गरिएको छ । त्यस अलावा तीन तहका कथासँगै अभ्यास पुस्तिका समेत उक्त अनलाइन लर्निङ प्लेटफर्ममा राखिएको छ ।

    कसरी प्रयोग गर्ने ?
    यहाँ क्लिक गरेर सरकारले सञ्चालनमा ल्याएको अनलाइन सिकाई चौतारीमा प्रवेश गर्नुहोस् । अब त्यहाँ तपाईंले कथा संग्रह सहित कक्षा १ देखि १० सम्म लेखिएको पाउनुहुनेछ । अब त्यसबाट तपाईंको कक्षा रोज्नुहोस् । यदि तपाईंलाई अंग्रेजीमा यो प्लेटफर्म प्रयोग गर्न चाहनुहुन्छ भने दायाँ तर्फ माथी कुनामा तल तर्फ फर्केको एरोमा क्लिक गर्नुहोस् ।

    अब कक्षा छनौट गरिसकेपछि कक्षा लेखिएको पछाडिको बटनमा जानु भयो भने त्यहाँ तपाईंले उपलब्ध विषय फेला पार्न सक्नुहुन्छ । जसबाट आफूले अध्ययन गर्न चाहेको विषयसँग सम्बन्धित अध्ययन तथा सिकाई सामग्री प्रयोग गर्न सक्नुहुन्छ ।

    कक्षा र विषयको मूनि रहेको आकासे रंगको लाइनमा तपाईंले छनौट गरेको विषयका पाठहरु क्रमशः देखिनेछ । त्यसको दायाँ छेउमा हेर्नु भयो भने त्यहाँ सम्बन्धित विषयको पुस्तक समेत फेला पार्न सक्नुहुन्छ ।

    नेपाली र अंग्रेजी दुवै भाषामा निर्देशनहरु दिइएको तथा अन्तरक्रियात्मक अनलाइन प्रणाली भएकाले विद्यार्थीहरुले सहजै यसको प्रयोग गर्न सक्छन् ।
    TechPana

    Posted in ताजा अपडेट, बिज्ञान/प्रविधि, मुख्य खबरLeave a Comment on कक्षा १० सम्मका विद्यार्थीका लागि अनलाइनमै अध्ययन सामग्री

    सहकारी इतिहासमा नेचुरल साकोसको नयाँ प्रयोग, सहकारीको खाताबाटै बैंकमा रकम पठाउन र पाउने सकिने

  • १४ बैशाख २०७७, आईतवार २१:२० मा प्रकाशित
  • काठमाडौं, १४ बैशाख
    जोरपाटीमा मुख्य कार्यालय रहेको नेचुरल बचत तथा ऋण सहकारी संस्थाले नेपालको सहकारी इतिहासमै नयाँ प्रयोगको सुरुवात गरेको छ । नयाँ नयाँ प्रविधि भित्राउँदै सदस्यहरुलाई वित्तीय सेवा प्रदान गर्दै आएको संस्थाले थप नयाँ सेवा सुरुवात गरेको हो ।

    सोही क्रममा संस्थाले नेपालमा पहिलो पटक अन्तर बैंक रकम ट्रान्सफर सेवा सुरु गरेको छ । अब नेचुरल सहकारीकै खाताबाट बैंक तथा वित्तीय संस्थाको खातामा रकम पठाउन र पाउन सकिने भएको छ ।

    संस्थाका सदस्यहरुले आफ्नो खाताबाट विभिन्न बैंक तथा वित्तीय संस्थामा विना झण्झट् रकम ट्रान्सफर गर्न सक्छन् भने बैंक तथा वित्तीय संस्थाको खाताबाट पनि नेचुरल सहकारीको खातामा रकम ट्रान्सफर गर्न सक्नेछ । नेपालका सबै वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुका रकम पठाउन र पाउन सकिन्छ ।

    सहकारीको खाताबाट बैंक तथा वित्तीय संस्थाको खातामा रकम पठाउन र पाउन सकिने सुविधा नेपालमै पहिलोपटक नेचुरल सहकारीले सुरुवात गरेको संस्थाका प्रमुख कार्यकारी सञ्चालक विकल्प पाठक बताउँछन् ।

    सदस्यहरुलाई सरल, सहज र सुरक्षित तबरबाट सेवा दिने उद्देश्य अनुसार नयाँ प्रयोग सुरु भएको पाठकको भनाई छ । पाठक भन्नुहुन्छ, ‘यो सेवाबाट सदस्यहरुलाई धेरै फाईदा पुग्नेछ ।’

    ‘प्रविधिमार्फत हुने कारोबारलाई नेचुरलले विगत देखिनै प्राथमिता दिदैं आएको छ’, पाठकले भन्नुभयो, ‘सोही क्रममा सदस्यलाई थप नयाँ सेवा सुरु गरेका हौं ।’ सदस्यहरु घरमै बसेर संस्थाको कारोबार गर्न सक्छन् भने समयको बचतसँगै सुरक्षित कारोबार हुने उहाँको भनाई छ ।

    सदस्यहरुले नेचुरल स्मार्ट एप र ई–बैंकिङमार्फत यो सुविधा लिन सक्छन् । त्यस्तै सदस्यहरुले आफ्नो खाताबाटै विभिन्न वालेट खातामा पनि रकम लोड गर्न सकिने उनको भनाई छ । नेचुरल स्मार्ट एप र ई–बैंकिङमार्फत सदस्यहरु घरमै बसेर आफ्नो खातामा रहेको व्यालेन्स ट्रान्फर, ब्यालेन्स जानकारी, स्टेटमेन्ट हेर्न, लोनको जानकारी हेर्न, फोन, इन्टरनेट, टिभि, रिचार्ज गर्न सक्छन् । त्यस्तै विजुलीको विल तिर्न, खानेपानी बिल तिर्न, हवाई टिकट काट्न, क्यु आर भुक्तानी, बिमाको प्रिमियम तिर्न, स्कूल बिल तिर्न पनि घरबाटै सक्छन् ।

    त्यस्तै संस्थाले एटिएम सेवा पनि प्रदान गर्दै आएको छ । संस्थाको एटिएम नेपालको जुनसुकै बैंक तथा वित्तीय संस्थाको एटिएम बुथबाट रकम निकाल्दा पैसा लाग्दैन ।

    संस्थाका झण्डै २५ सय सदस्यले मोबाईल बैंकिङ सेवा लिएका छन् ।
    Sahakari khabar

    Posted in ताजा अपडेट, बिज्ञान/प्रविधि, मुख्य खबर, लोकप्रियLeave a Comment on सहकारी इतिहासमा नेचुरल साकोसको नयाँ प्रयोग, सहकारीको खाताबाटै बैंकमा रकम पठाउन र पाउने सकिने

    दाङका युवाले बनाए स्वचालित ‘सेनिटाइजर टनेल’

  • ३० चैत्र २०७६, आईतवार ०९:३३ मा प्रकाशित
  • दाङ — कोरोना संक्रमणको जोखिम कम गर्न घोराहीका एक युवाले स्वचालित रूपमै सेनिटाइजर छर्किने उपकरण तयार गरेका छन् । यसअघि विभिन्न प्राविधिक सामग्री र उपकरण बनाएर ‘युवा वैज्ञानिक’ का रूपमा चिनिएका मार्सल रोकाले अहिले कार्यालय प्रवेश गर्दा गेटमा अटोमेटिक सेनिटाइजरको फोहरा छर्ने उपकरण तयार गरेका हुन् । यसलाई उनले ‘सेनिटाइजर टनेल’ नाम दिएका छन् ।

    रोकाको नेतृत्वमा १० युवाको टोलीले सेनिटाइजर टनेल तयार पारेका हुन् । उक्त टनेल घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको गेटमा जोड्न थालिएको छ । रोकाले स्थापना गरेको संस्था मेल्टा टेक्नोलोजीले उक्त टनेल अहिले प्रतिष्ठानमा नि:शुल्क जडान गरिदिन थालेको छ । मान्छे गेटमा पुग्नेबित्तिकै मेसिनको सेन्सरले थाहा पाउँछ र आवाज निकाल्दै ६ वटा नोजल (प्वाल) बाट पूरै शरीरमा पर्ने गरी सेनिटाइजर छर्किन्छ । १० फिट लम्बाइ, ६ फिट चौडाइ र आठ फिट उचाइको टनेलमा मोटरसाइकल, स्कुटर लगायतका साधनसमेत सहजै प्रवेश गर्न सक्छन् ।

    ‘भित्र पस्दा हेल्मेट फुकालेर, हात माथि गर्दै जानुपर्छ । यसो गर्दा शरीरका हरेक भागमा सेनिटाइजर पर्छ र कीटाणु भए मर्छन्,’ रोकाले भने, ‘मानिस गएपछि पाँच सेकेन्डसम्म नोजलबाट सेनिटाइजर आउँछ र त्यसपछि आफैं बन्द हुन्छ ।’ उक्त उपकरण २४सै घण्टा आफैं चल्ने र रात परेपछि अटोमेटिक बत्ती पनि बल्ने व्यवस्था गरिएको उनले जनाए । उनका अनुसार कुनै कारणवश स्वत: नचलेमा आफैं स्विच अन गरेर चलाउन मिल्नेछ ।

    उपकरण बनाउन स्थानीय सामग्रीहरूको प्रयोग गरिएको र यसका लागि एक लाख ५० हजार रुपैयाँ खर्च लागेको उनले बताए । सेनिटाइजर पनि विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार नै तयार गरेको उनले दाबी गरे । ‘यसमा प्रयोग भएका पदार्थले शरीरमा कुनै असर गर्दैन । छालामा कुनै समस्या पनि आउँदैन,’ उनले भने, ‘सबै परीक्षण गरेर रसायनशास्त्रीको प्रत्यक्ष निगरानीमा तयार गरिएको हो । यो हरेक कार्यालयमा उपयोगी हुनसक्छ ।’

    उनका अनुसार एक जना मानिसलाई एक पटकमा ५० देखि ७० मिलिलिटर सेनिटाइजर लाग्ने र दैनिक एक हजार मानिस प्रवेश गरेमा ८६ लिटर खपत हुनेछ । टनेलमा एक हजार लिटर क्षमताको ट्यांकी जडान गरी सेनिटाइजर राखिएको छ । ‘सेनिटाइजर सकिएपछि थप्नेबाहेक अरू केही गर्नु पर्दैन । सबै प्रविधि अटोमेटिक चल्छ,’ रोकाले भने, ‘सेनिटाइजर पनि हामीले नै उत्पादन गरिरहेकाले नियमित चलाउन समस्या छैन ।’ १० दिनमा यस्ता १५ वटा टनेल तयार गर्न सकिने उनले दाबी गरे ।

    विभिन्न ठाउँबाट माग पनि आउन थालेको मेल्टा टेक्नोलोजीका निर्देशक रविन पोख्रेलले बताए । उनका अनुसार दैनिक पाँच हजार लिटर सेनिटाइजर उत्पादन गर्न सकिने र यसको मूल्य प्रतिलिटर ५० देखि ७० रुपैयाँ मात्रै पर्नेछ । ‘स्थानीय कच्चा पदार्थ प्रयोग हुने भएकाले धेरै सस्तोमा तयार गर्न सकिन्छ । यसको गुणस्तरमा कुनै समस्या छैन,’ उनले भने, ‘बजारमा पनि छर्किने योजना बनाएका छौं । बजारका विभिन्न ठाउँमा छर्केर कोरोनाको जोखिमबाट बचाउन भूमिका खेल्न सकिन्छ ।’

    दाङको घोराहीका युवा वैज्ञानिक मार्सल रोका सेनिटाइजर टनेल निर्माण गर्दै

    भेन्टिलेटर र पीपीई पनि तयार गर्ने काम भइरहेको उनले बताए । उनका अनुसार १५ हजार रुपैयाँको लागतमा भेन्टिलेटर बनाउने तयारी भइरहेको छ ।

    सेनिटाइजर टनेलका सबै मापदण्ड परीक्षण गरेर मात्रै उपयोग गर्न थालेको प्रतिष्ठानकी उपकुलपति डा. संगीता भण्डारीले बताइन् । ‘यसबारे हामीले सबै अध्ययन र अनुसन्धान गर्‍यौं । स्वास्थ्यको मापदण्डअनुसार तयार गरिएको छ । हामीले प्रमाणित गरेर मात्र प्रयोग गर्न थालेका हौं,’ उनले भनिन्, ‘युवा वैज्ञानिकले निकै उदाहरणीय काम गर्नुभएको छ । हामीले हातमा मात्रै सेनिटाइजर लगाएर हुँदैन, पूरै शरीरलाई यसले कीटाणुबाट मुक्त गराउँछ ।’ आइतबारसम्म टनेल जोडिसक्ने गरी तयारी गरिएको भण्डारीले बताइन् । यो देशकै लागि नयाँ र नमुना काम भएको उनको भनाइ छ ।

    २०६६ मा ५० रुपैयाँको लगानीमा अटोमेटिक पम्प कन्ट्रोलर निर्माण गरेर बजारमा ल्याएका रोकाले अहिलेसम्म विभिन्न उपकरण बनाइसकेका छन् । २७ वर्षीय रोकाले नाकाबन्दीका क्रममा खोटो र प्लास्टिकबाट पेट्रोल बनाएर परीक्षण गरेका थिए । कुखुराको गन्ध हटाउने औषधि, अण्डाको सतह बलियो बनाउने औषधि, टाढाको आवाज नजिक ल्याउने प्रविधि, विद्युत् बल्बको अटोमेटिक स्विच अन–अफ हुने प्रविधि, बाढी आएको जानकारी दिने प्रविधिलगायत दुई दर्जन बढी प्रविधि र उपकरण उनले आविष्कार गरिसकेका छन् । युवा वैज्ञानिकका रूपमा उनले विभिन्न पुरस्कार र सम्मान पनि पाइसकेका छन् ।
    ekantipur

    Posted in ताजा अपडेट, बिज्ञान/प्रविधि, मुख्य खबरLeave a Comment on दाङका युवाले बनाए स्वचालित ‘सेनिटाइजर टनेल’

    इजरायलमा कोभिड १९ संक्रमितको उपचारमा रोबोर्टको प्रयोग हुँदै

  • २९ चैत्र २०७६, शनिबार ०६:४० मा प्रकाशित
  • एजेन्सी चैत २८, २०७६
    इजरायली अन्वेषकहरूले कोरोना भाइरसको संक्रमणका विरामीलाई हेर्ने क्रममा स्वास्थ्यकर्मीलाई संक्रमण हुने जोखिमलाई कम गर्नका लागि स्वास्थयकर्मीले टाढाबाट सञ्चालन गर्ने रोबोट प्लेटफर्मको विकास गरेको इजरायली इन्स्टिच्युट अफ टेक्नोलोजीले शुक्रबार जनाएको छ।

    रोबोर्ट संलग्न भिडियो क्यामेराको सहयोगमा ‘जोयस्टिक’ वा ‘स्मार्टफोन’ एप्लिकेसन प्रयोग गरेर स्वास्थ्यकर्मीले टाढाबाट विरामीलाई परीक्षण गर्ने प्रविधिको विकास इजरायलले गरेको हो। यो रोबोट उत्तरी शहर हाइफामा रहेको रमबामको अस्पतालको आवश्यकताअनुसार विकसित गरिएको हो र चाँडै नै त्यहाँ सञ्चालन हुने आशा गरिएको छ।

    अन्वेषकका अनुसार अपेक्षाकृत छोटो समयमा उनीहरू रमबाम र अरु इजरायली अस्पतालमा त्यस्तै रोबोटहरू निर्माण गर्न सक्षम हुनेछन्। अर्को चरणमा रोबोटमा एक सञ्चार प्रणाली सम्मिलित गरिनेछ जसमा प्राविधिक सामग्रीहरू स्क्रिन, क्यामेरा, माइक्रोफोन र स्पिकर समावेश हुनेछ र यो बिरामीदेखि बिरामीसम्म सर्न सक्षम हुनेछ र वास्तविक समयमा मेडिकल स्टाफमा सूचना प्रसारित गर्न सक्नेछ।

    “हामी त्यस्ता सुविधाहरू थप्नेछौं जसले वास्तविक उपचारमा मद्दत गर्दछ। जस्तै सेन्सरहरूले बिरामीको नाडी दर र रगत अक्सिजन स्तर जाँच गर्छन्,” अन्वेषक टोलीका एक सदस्यले बताए ।

    रोबोट इजरायलको हाईफाको एक उच्च माध्यमिक विद्यालय र त्यहाँबाट उत्तीर्ण विद्यार्थीको ‘पहिलो’ रोबोटिक्स कार्यक्रमअन्तर्गत विकसित गरिएको थियो। एक अन्तर्राष्ट्रिय शैक्षिक संस्थाले छात्रछात्रा र युवाको बीचमा उद्यमशीलता र सिकाई सीपको प्रोत्साहनका लागि उक्त कार्यक्रम विज्ञान र प्रविधि क्षेत्रमा प्रेरणा र पहिचान दिन गरिने रोबोटिक्स प्रतियोगिताबाट निर्माण गरिएको थियो।
    ThahaKhabar

    Posted in ताजा अपडेट, बिज्ञान/प्रविधि, मुख्य खबरLeave a Comment on इजरायलमा कोभिड १९ संक्रमितको उपचारमा रोबोर्टको प्रयोग हुँदै

    ‘सुपर मुन’ अवलोकन गरिदै

  • २६ चैत्र २०७६, बुधबार ००:३२ मा प्रकाशित
  • काठमाडौं, चैत्त २५ गते । आज ‘सुपर मुन’को अवलोकन गरिएको छ । विश्वब्यापी कोरोनाभाइरस महामारीका बीच चन्द्रमा पृथ्वीको सबैभन्दा नजिक पुगेको विशेष खगोलीय घटना सुपर मुनको अवलोकन गरिएको हो । सुपर मुनमा चन्द्रमाको आकार पृथ्वीबाट देखिने अन्य रातको अपेक्षा सबैभन्दा ठूलो देखिन्छ ।

    चन्द्रमा आफ्नो कक्षमा परिक्रमा गर्दा पृथ्वीभन्दा सबैभन्दा नजिक आउँदा ठूलो स्वरुपमा देखापर्ने खगोलीय घटनालाई ‘सुपर मुन’ भनिन्छ । चन्द्रमाको विशाल आकार मङ्गलबार राति आठबजेदेखि बिहान आठ बजेसम्म हुनेछ । तर सूर्यको प्रकाशले बिहान घाम लागेसँगै चन्द्रमाको उक्त आकार देखिने छैन् ।

    महिनामा एकपटक गरी वर्षमा १२ पटक पूर्ण चन्द्रमा देखिन्छ । तर सन् २०२० मा एकै महिनामा दुई पटक पूर्ण चन्द्रमा देखिने खगोलीय घटना हुनेछ । अक्टोबर एक र अक्टोबर ३१ तारेखमा महिनामा दुई पटक पूर्ण चन्द्रमा देखिनेछ । एकै महिनामा दुई पटक चन्द्रमा देखिने खगोलीय घटनालाई विज्ञानमा ‘ब्लु मुन’ भनिन्छ ।

    यस वर्ष भने चारपटक सुपर मुन देखिन सकिनेछ । अर्को सुपर मुन मई ७ मा देखिनेछ । अन्य अवसरहरुको अपेक्षा चन्द्रमा पृथ्वीभन्दा करिब ४० हजार किलोमिटर नजिक देखिनेछ । पृथ्वी र चन्द्रमाबीचको दूरी तीन लाख ८४ हजार ४०० किलोमिटर छ । तर आफ्नो कक्षमा घुम्दै चन्द्रमा र पृथ्वीबीचको दूरी आज करिब ४० हजार किलोमिटरले घटेको छ ।

    नासाका अनुसार मध्य अप्रिलमा वृहस्पति, शनि, बुध र चन्द्रमा देखिने अर्को अवसर समेत प्राप्त हुनेछन् । जुन आगामी दुईवर्षभित्र पृथ्वीबाट फेरी अवलोकन गर्न सकिन्न ।
    गोरखापत्र अनलाइन

    Posted in ताजा अपडेट, बिज्ञान/प्रविधि, मुख्य खबरLeave a Comment on ‘सुपर मुन’ अवलोकन गरिदै

    नेपालमा जुनसुकै बेला इन्टरनेट अवरुद्ध हुनसक्ने चेतावनी !

  • १३ चैत्र २०७६, बिहीबार १९:२३ मा प्रकाशित
  • काठमाडौँ / कोरोना भाइरस (कोभिड – १९) का कारण एक सातासम्म घरमै बस्न सरकारले आग्रह गरेको तेस्रो दिनसम्म आइपुग्दा इन्टरनेटको खपत तेब्बर बढेको छ ।

    यो सँगै जुनसुकै बेला इन्टरनेट सेवाप्रदायकहरूले जुनसुकै बेला इन्टरनेट अवरुद्ध हुने चेतावनी दिएका छन् । इन्टरनेट सेवा प्रदायकहरूले इन्टरनेटको खपत कम गर्न आग्रह गरेका छन् ।

    दूरसञ्चार तथा निजि क्षेत्रका इन्टरनेट सेवाप्रदायकको सेवा करिब देशैभर बिस्तार भइसकेको र घरबाहिर जान नपाउने अवस्थामा इन्टरनेट प्रयोग नै एकमात्र विकल्प बन्दा यसको खपतमा उच्च दरमा बढेको हो ।

    यसबाहेक कोरोना भाइरस सँग सम्बन्धित सूचना तथा जानकारीका लागि पनि अनलाइन सजिलो माध्यम भएकोले अन्य दिनमा भन्दा इन्टरनेटको खपत तुलनात्मक रूपमा बढेको हो ।

    संकटको यस् घडीमा इन्टरनेटको प्रयोग सहि तरिकाले गर्न इन्टरनेटमा बिताउने समय कम गर्न इन्टरनेट सेवा प्रदायकहरूले आग्रह गरेका छन् । इन्टरनेटमा कुनै समस्या आएको खण्डमा अहिलेको समयमा मर्मतसम्भार गर्न नसकिने समेत उनिहरूको चेतावनी छ ।
    onlinepana

    Posted in ताजा अपडेट, बिज्ञान/प्रविधि, मुख्य खबरLeave a Comment on नेपालमा जुनसुकै बेला इन्टरनेट अवरुद्ध हुनसक्ने चेतावनी !

    गाउँपालिकाको आर्थिक सहयोगमा ल्याब सेवा संचालनमा ॥

  • ६ फाल्गुन २०७६, मंगलवार २०:४७ मा प्रकाशित


    कपिलवस्तु – जिल्लाको मायादेबी गाउँपालिकामा आज ल्याब सेवा सञ्चालनमा ल्याएको छ । ल्याब सेवा सञ्चालनमा आए पछि यो क्षेत्रको बासीहरु तौलिहवा र भैरहवा जाने बाध्यता हटेको छ । जनतासँग मायादेबी गाउँपालिका अन्तर्गत सामाजिक बिकास कार्यक्रम भित्र रहेर गाउँपालिकाको पकडी स्वास्थ्य कार्यालयमा एक कार्यक्रम बिच ल्याब सेवा उद्घाटन गरिएको छ । ल्याब सेवा उद्घाटनको प्रमुख अतिथि पाँच नंम्बर प्रदेश सांसद शुष्मा यादव र वडा नंम्बर एकका अध्यक्ष एवं पकडी अस्पताल बिकास समितिको संयोजक हरिगोबिन्द चौधरीले उद्घाटन गरेको थिए । गाउँपालिकाले आफ्नै निति तथा कार्यक्रम बनाएर सामान्य रगत परीक्षण गर्नको लागी तौलिहवा र भैरहवा जानुपर्ने बाध्यता लाई रोक्नको लागी आफ्नै पालिकामा सेवा शुरुवात गरेको बताए । ल्याब सेवासँगै अब सबै नागरिकले आफ्नै घरदैलोमा स्वास्थ्य सेवा लिन पाउने गाउँपालिकाको निति रहेको छ । यो सँगै स्वास्थ्य चौकीको पहुँच नभएको बस्तीलाई सेवा दिने उदेश्यले र नेपाल सरकारले स्वास्थ्य कार्यालयबाट निःशुल्क प्रदान गरिने औषधी सबै नागरिक तह सम्मा पुऱ्याउने उदेश्यले यो स्वास्थ्य केन्द्रमा स्थापन गरिएको छ । कार्यक्रममा पूर्व मन्त्री दानबहादुर चौधरी , गाउँपालिका उपाध्यक्ष गिता तिवारी , पकडी स्वास्थ्य कार्यालय प्रमुख विश्वानाथ ठाकुर , गाउँपालिका स्वास्थ्य संयोजक महेन्द्र प्रसाद यादव लगाएतको उपस्थिति रहेको थियो ।

    Posted in बिज्ञान/प्रविधि, मुख्य खबर, समाजLeave a Comment on गाउँपालिकाको आर्थिक सहयोगमा ल्याब सेवा संचालनमा ॥

    Posts navigation

    Older posts
    Newer posts

    Himalayan Dristi Team

    • प्रधान सम्पादक

      अनिल आचार्य

    About us

    • हाम्रोबारे

    Follow us on Facebook

    Contact Us

    Kathmandu, Nepal
    Email: himalayandristi@gmail.com
    Phone:-00977-9868990772
    Web:
    www.himalayandristi.com/
    विज्ञापनका लागि
    कृष्ण गिरि 00977-9860341922

    © Copyright 2020-2024 Himalayan Dristi. All Right Reserved. Design & Developed By K & P