काठमाडौ। साप्ताहिक ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको ९८ औँ शृङ्खला यही भाद्र २ गते शनिबार सम्पन्न भएको थियो। अभ्यासमा नेपाल लगायत विश्वका ५८ जना नेपाली भाषी टुक्काकारहरूको सहभागिता रहेको कार्यक्रम संयोजक/ प्रशिक्षक एवम् टुक्का साहित्य समाजका उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो । टुक्का साहित्य समाजको आयोजनामा उक्त शृङ्खला विगत लामो समय देखि नियमित रूपमा सञ्चालन हुँदै आएको छ।
टुक्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले समाजले विविध किसिमका कार्यक्रम गर्दै आइरहेको छ । टुक्का लेखनमा पृथकता एवं फरकपन भित्राउने सिलसिला अन्तर्गत यस शृङ्खला सञ्चालन गरिदै आएको समाजका संस्थापक अध्यक्ष, टुक्का प्रवर्तक एवम् कार्यक्रमका परिकल्पनाकार ताराप्रसाद चापागाईंले बताउनुभयो ।
टुक्का लेखनका लागि एक व्यङ्ग्यात्मक टुक्का राखिने र त्यसैमा आधारित रहेर गहन भावको एक एक टुक्का सहभागीले राख्नुपर्ने संयोजक अनुभवले जनाउनुभयो ।
‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको ९८ औँ शृङ्खलाको लागि प्रतिनिधि टुक्काको रूपमा समाजका उपाध्यक्ष वसन्त अनुभवले समसामयिक विषयमा लेख्नुभएको व्यङ्ग्यात्मक टुक्कालाई राखिएको संयोजक अनुभवले बताउनुभयो ।
अभ्यासका लागि राखिएको प्रतिनिधि टुक्का
न कुनै डर, ~~~~न कुनै सन्ताप, खाडीमा लोग्ने, स्वास्नी चाहिँ टाप । वसन्त अनुभव घोराही, दाङ
सहभागी टुक्काकारहरूले अभ्यासका क्रममा सृजना गर्नुभएको टुक्काहरू
[१] जब उनले सकेनन् मेरो खर्च धान्न, लागे म अर्कैसँग, छोडेर पति मान्न । ✍️ वसन्त अनुभव घोराही उपमहानगरपालिका १४, दाङ [२] घर-परिवार नातागोता मध्येको, पुत्र परेँ एक्लो सन्तान, अर्काको श्रीमती भगाएर भित्र्याउँदा, अझ गर्छन् पो सम्मान। ✍️ कबिताहरी सुन्दर हरैंचा नगरपालिका १ मोरङ [३] गरेर गलत काम देखाउँछन् अझै शान, मैले भनु पर्दैनँ अपराधी हो भनी जान । ✍️ Prem Sunar [४] खाडीमा पसिना बगाई उता श्रीमान दुःख भोग्ने श्रीमती अर्कैसॅंग मोजमस्ती के गरोस् अब लोग्ने। ✍️ अर्जुन प्रसाद चौलागाई रामेछापः-सुनापति-१ हालः-अमेरिका,बोस्टन। [५] दुईचार जना बिग्रदा सबै घानमा परे, तिनै लाज पचेकाहरूले गर्नसम्म गरे । ✍️ सरिता सेढाइ धादिङ [६] अर्काको घर भत्काएर, भन्दै हिँड्छौ रे नामी, टुनामुना के लगायौ, पहिला थियौ कि धामी? ✍️ अनुग्रह राना मगर ‘पुष्प’ पाँचखपन नपा – ६ संखुवासभा । [७] धेरै छाडा भयो समाज कसैको भएन डर, विकृति र विसङ्गति बाहेक अरू छैन कर। ✍️ सुरेशकुमार पाण्डे दाङ घोराही १८ [८] पतिव्रता, पत्नीव्रता हिजोआज त यहाँ गए कता, लाज,डर रत्तिभर छैन कस्ताे हाे याे आधुनिकता । ✍️ त्रिलाेचन भण्डारी मेचीनगर,झापा [९] पुरुषले जस्तो अपमान भो ! गरेको छैन, घरमा तिमी हुँदाहुँदै अर्को ल्याएको हैन। ✍️ मन्दिरा सेढाई मलेखु,धादिङ [१०] बुढा विदेश कमाउने आस बोकेर, यता घरकी भौतारिन्छे, ओठ टोकेर। ✍️ शंकर मकवानपुर, [११] धनले मात्रै रमाउन नसकेपछि मन, बाटो मोडी हिँडे म पनि जेजे भने नि भन। ✍️ चन्द्रप्रकाश `कमल´ तिनाउ-1,कचल,पाल्पा [११] साथमा लाेग्ने हुँदाहुँदै बाहिर आँखा तर्ने, लाेग्नेले पनि त्यस्तै गरे आखिर के हाे गर्ने? ✍️ भवानी पाेखरेल (बाबु विराज) कपिलवस्तु [१२] बुढाले चैँ उतै बसी, गर्ने माेजमस्ती, घर बसी सहने त्याे बुढी हाेली कस्ती ? ✍️ माधवप्रसाद पाैडेल, अर्घाखाँची [१३] विदेश बस्दा श्रीमानले पत्नीव्रता खै कति पालना गरे ? यहाँ एक्लै देखी मेरो मन बिगार्न धेरै जना लागि परे । ✍️ Sushila Thapa काठमाडौं कागेश्वरी मनोहरा [१४] खोरिया खनौँ है भन्दा नमानेर खाडी मुलुक छिर्यौ, पठाएको गुट्मुट्यायो अर्कैले आई रित्तो झोला भिर्यौ । ✍️ जमुना आचार्य सिन्धुपाल्चोक [१५] श्रीमान खाडीको घाममा, श्रीमती अर्कै काखमा, पैसा काँढी गएको श्रीमान, फर्किन्छ लौ लासमा। ✍️ एवाइ प्रभात छेन्ताङ धनकुटा [१६] आधा सम्पत्ति मलाई ले, नत्र केश हाल्दिन्छु, मलाई केही गरिस् भने तेरो शाखा ढाल्दिन्छु । ✍️ समुद्र [१७] बुढो विदेश जान्छ बरा गर्दै धनको खोजी, बुढी गाउँमा डुल्दछे खाइलाग्दो केटो रोजी । ✍️ बाबुराम पाण्डे अर्घाखाँची [१८] श्रीमान खाडीमा थिए, सल्के अर्कैतिर समातेँ हात अर्कैको, कति मान्नु पीर ? ✍️ राजेशराज गड्तौला रतुवामाई- १०, मोरङ हाल- काँडाघारी, काठमाण्डौ [१९] बुढाको कमाई बुढीको रमाई पुगेन घरमा, मन छुट्टियो तन छुट्टियो लागेँ म परपरमा। ✍️ टिकाराम पुन टिपु सल्यान [२०] यता घर चलेको छैन, उता पोई रक्सी धोक्ने, माया गर्ने मान्छे आउँदा मलाई कसले रोक्ने? ✍️ होम प्रसाद नेउपाने धरान,सुनसरी । [२१] विश्वासको पात्र बुढी अर्कोतिर जुट्ने, घुच्चुकमा बुद्धि राखेर श्रीमान लुट्ने । ✍️ भुपेन्द्र राना मगर धादिङ [२२] खाडीको लोग्नेको पसिना अर्कैलाई पोस्न थाली, घरमा फर्की आयो, लोग्ने तब तालाचाबी हाली । ✍️ कमला देवकोटा, पाल्प्पा [२३] कुन चाहना पुरा गर्न उनी लागिन् टाप ? घरमा बुढो भयो एक्लो, न धर्म न पाप । ✍️ प्रेम थापा “मन”बागलुङ [२४] लोग्ने भने विदेशमा खाडल भर्दैछन् श्रीमती चाहिँ अर्कैसँग डेरा सर्दैछन्। ✍️ सरस्वती श्रेष्ठ इटहरी [२५] पोइल जाने सबको लोग्ने खाडी गएको छैन, बिग्रन्छ मति पुरुषको नि मात्र नारीको हैन । ✍️ ध्रुव श्रेष्ठ खोटाङ वजार । [२६] सँगै बसौँ भनेकै हो, मानेनौ खेदियौ पर, जवानीले दियो धोका, चोरियो बैँस सुन्दर। ✍️ रामशरण न्यौपाने, भक्तपुर [२७] उमङ्गता वैलिई जान्छ आफ्नो आयु घटेसी, कति कुरुँ रमाउँला भनी चालीस कटेसी। ✍️ मित्र उराठी गाैतम अमरपुर गुल्मी हाल तिलाेत्तमा-२,रुपन्देही [२८] सोझोपनको फाइदा उठाई गर्छन् घात, यस्ताको त जीवनमा दिउँसै परोस् रात । ✍️ गंगा खड्का बूढानीलकण्ठ , काठमाडौँ [२९] पुरुष कमाउन खाडी गए नारी घर धान्छ्न्, एक नारीको दोष भएपनि सारा दोषी ठान्छन् । ✍️ चिरञ्जीवी श्रेष्ठ, धनकुटा । [३०] श्रीमान चैँ खाडी मुलुकमा पसिना बगाउने, श्रीमती यता अर्कैकाे सिन्दूर पाेते लगाउने । ✍️ राज कुमार राजभण्डारी “खाेटाङ्गे” मध्यपुर ठिमी ५ संगम काेलाेनी भक्तपुर [३१] पसिना बगाई कमाएर पठाइयो बस्दै नबसी विदा, श्रीमतीहरू मात्तिने रहेछन् जे भन्यो त्यही पुर्याइदिदा । ✍️ रबि श्रेष्ठ, सन्धिखर्क-१, अर्घाखाँची, हाल : बुटवल, रुपन्देही, नेपाल ! [३२] पसिना बगाउन बुढा चैँ विदेश गएको, घरमा मस्ती गर्दै बुढी चैँ अरूकै भएको । ✍️ राजेन्द्र प्रधान ‘पासा,, दार्जीलिङ । [३३] परिवारकाे निम्ति दुःख गर्दैछन् पुरुष खाडी, श्रीमती यता मोजमज्जामा लौ आफ्नै घर भाडी। ✍️ शोभा आचार्य गौतम काठमाडौँ [३४] जसलाई पर्छ आजीवन नारी जातकै हर्जा, उसले नै दिन्छ नारीलाई सदैव दोश्रो दर्जा l ✍️ बाबुराम गौतम, गुल्मी [३५] पर स्त्री जानीजानी किन अँगाल्नु पर्यो ? पतिव्रता नारी पनि किन तल झर्यो ? ✍️ बिके मुखिया दार्जीलिङ, भारत। [३६] ख्याल हैन यो बाक्लै भेटिन्छन् यस्ता कहानी, दिगो बस्ने भए हुन्न नारीको मानहानि । ✍️ Chudamani Dhurba Devkota [३७] नारी पुरुष बराबरी बन्नुहुन्न छाडा, मती बिग्रे जीवनरुपी चल्दैन है गाडा। ✍ नवशिला, बेलबारी-२,लालभित्ती,मोरङ। [३८] दयामाया बिना नै छाेडेर छाेराछाेरी, बैँसले मात्तिएर भागेकी थिई माेरी । ✍️ खुनराज काेईराला सिद्दलेक ३ गैरीगाउँ,धादिङ [३९] जवानी बेचेर समृद्धि खोज्दाको परिणाम, नेपालमा सुनिन्थ्यो गीत पोइल जान पाम । ✍️ कृष्णकुमार वैद्य बनेपा ९, काभ्रे [४०] छाडेर आउँ है खाडीलाई, ठेगान लगाउँ राडीलाई । ✍️ Anmol Rai [४१] दुःख परे सहिन्छ आफैँ अरू कसैले हर्दैन, भगुवा श्रीमतीका लागि खाडी नै हुनुपर्दैन। ✍️ सुस्मिता पौडेल अधिकारी काठमाडौँ [४२] पोइ गए खाडीमा घर व्यवहार धान्न, यता छोडे जोईहरू श्रीमानलाई मान्न । ✍️ दुर्गा भट्टराई मोरङ [४३] तिमीजस्ता सोझालाई कति पर्खनु ? दुःख गरी कमाएको बकति खर्चनु ? ✍️ नन्दलाल आचार्य, सिद्धार्गटोल, उदयपुर । [४४] वर्षौँ बित्दा पनि तिमी आएनौ खै फर्किएर, म पनि लागेँ आफ्नै बाटो नबसी तड्पिएर । ✍️ प्रविना प्रयासी ओखलढुंगा [४५] घर छोडी जो हुन्छ अर्कैसँग टाप, कहिले हुँदैन यस्ताको फलिफाप । ✍️ सागर मल्ल कपिलवस्तु,कृष्णनगर। [४६] आँखामा आँसु बगेको हेर बगायो रहर, पीडामा जन रोएका सारा गाउँ र सहर ! ✍️ आर्त अकुलीन, कैलाली [४७] माया र ममता पैसामा बिकाए, एउटाले जे गर्यो त्यही सिकाए । ✍️ अम्बका अधिकारी झापा बिर्तामोड [४८] जब म घर जान चढेँ गाडीमा, सिन्दूर हालेछ राखेर राडीमा । ✍️ प्रदीप के रिमाल। [४९] लोग्नेस्वास्नी समेत नेपालमा जिन्दगीभर सँगसँगै बस्न पाएनन्, नेपालका युवाले जस्तो अरू ठाउँका युवाले बढी हण्डर खाएनन् । ✍️ पवनकुमार बुढाथेाकी काठमाडौं [५०] कथा भन्थेँ उसकै व्यथा बताउँथेँ त्यसकै, उसको अभाव खड्कन्थ्यो माया लाग्थ्यो केशकै । ✍️ लक्ष्मी रिजाल, सप्तरी [५१] जुन औँलामा विष लाग्छ त्यहीँ औँलो काटिन्छ, पति पत्नी सँगै मिली दु:ख र सुख साटिन्छ । ✍️ पद्मा पाण्डे पथरी मोरङ [५२] परदेशीए युवाहरू बदलियाे संस्कृती, इमान्दारिता हराएर गुमाउँदै छन् धृति । ✍️ ताराप्रसाद चापागाईँ धुनिबेसी
[५३] श्रीमानको परदेश कमाइ श्रीमतीको छ श्रृङ्गार झाँकी, दुई वर्ष नभई पाउदैन आउन अझै धेरै छ बाँकी । ✍️ जिज्ञासु पन्त लमजुङ । [५४] घर छोडेँ परिवार पाल्ने ~ कमाउने रहरमा, भाँडियो घर रुँदैछु आज बालुवाको सहरमा । ✍️ लक्ष्मण लक्ष्मण दोलखा [५५] संस्कार र संस्कृति भाँचेर भित्र्यायाै विकृति, सरकारकाे नियत कस्ताे ? खुशीले स्विकृती । ✍️ प्रद्युम्न चालिसे [५६] विदेशमा श्रीमान पसिना चुहाउँदै पैसा कमाउने, गाउँघरमा श्रीमती नाँठोसँग खुशी खुशी रमाउने । ✍️ बुद्धिमान दनुवार (सुरुङ्गेली कान्छो ) कनकाई ४ झापा [५७] आफ्नै परिवारकाे लागि खाई नखाई दु:ख गर्छन् खाडीमा, यता भने छाेराछाेरीकाे बिचल्ली पारी हिँड्छिन् स्वास्नी गाडीमा । ✍️ सहयात्री शाेभा अर्याल बुटवल , रुपन्देही नेपाल [५८] विदेशमा दाजुभाइ कति बस्छौ घर छोडी ? हिँड्न लागे श्रीमतीहरू आआफ्नो बाटो मोडी। ✍️ बेदु न्यौपाने काठमाडौँ
वीरगञ्ज । बाराबाट प्रहरीले एक जना बच्चा चोरलाई नियन्त्रणमा लिएको छ । जिल्लाको देवताल गाउँपालिकाबाट दुई वटा बच्चा चोरेर भारत तर्फ भाग्दै गरेको अवस्थामा सशस्त्र प्रहरीले एक जना बच्चा चोरलाई नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेमा भारतको विहार राज्यस्थित पूर्वीचम्पारणको मूर्तिया ग्राम पञ्चायत – ४ आदापुर निवासी २२ वर्षीय तबरेज आलम रहेका छन् ।
आइतबार दिउँसो देवताल गाउँपालिका – ३ नन्की अमुवा निवासी शिव पूजन महतोको ९ महिने छोरी र सोही स्थानका प्रेमचन्द्र महतोको २ वर्षीय छोरालाई चोरी गरेर भाग्दै गरेको अवस्थामा आलमलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको थियो ।
आलमले दुवै बच्चाहरूलाई बोरामा राखेर भारत तर्फ लागिरहेको अवस्थामा सशस्त्र प्रहरीले उनलाई नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर १२ गण हेड क्वाटर बाराले जनाएको छ ।
प्रहरीका अनुसार बोर्डर आउट पोस्ट दक्षितझिटकैयाबाट सशस्त्र प्रहरी नायव निरीक्षक (सई) मिलन श्रेष्ठ नेतृत्वको टोलीले बच्चाहरू रोइरहेको आवाज सुनेपनि आलमलाई रोकेर चेकजाँच गर्दा उनले बोकेको बोरामा बच्चाहरू थिए ।
बच्चाहरूको उद्धार गर्दै उनीहरूको अभिभावकको जिम्मा लगाइएको छ भने पक्राउ परेका आलमलाई थप कारबाहीका लागि प्रहरी चौकी देवापुर बारामा बुझाइएको छ ।
“पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग चित्रपट भाग :- चालिसौंमा हामी पुगेका छौं। लेख्नु पर्ने पञ्चाङ्ग सङ्ख्या :- ०१ मिति:- २०८०/०४/ ३२ गते
आदरणीय पञ्चाङ्ग अनुरागी एवम् स्रष्टाज्युहरू हार्दिक नमस्कार ” पञ्चाङ्ग साहित्य समाज नेपाल” को आधिकारिक दर्ता पछिको:४१[ एकचालिसौँ] चित्रपटमा छौं।
यहाँहरुलाई हार्दिक स्वागत गर्दै यस् शृङ्खलामा दिइएको चित्र अनुसारको विम्बात्मक तथा गहन मौलिक भाव झल्किने एक पञ्चाङ्ग भोलि बेलुका ९:०० बजेभित्र आफ्नो नाम र ठेगाना सहित कमेन्ट बक्समा लेख्नु हुन हार्दिक अनुरोध गर्दछौं!
शुद्धीकरण ————– जमुना आचार्य भवानी घिमिरे पुष्पा नेपाल (सुवेदी )
संरचना ——— अनुप्रास :- आफू खुसी स्थायी :- आफू खुसी अक्षर :- बराबरी
समायोजक ————-
सोमनाथ लुइटेल “रवि पाल्पाली” तथा पञ्चाङ्ग साहित्य समाज नेपाल ————————
चित्र अनुसार पञ्चाङ्गहरू [चित्रपट] ~~~~~~~~~~~~~~~~~~~~~ चित्रमा पञ्चाङ्ग ~~~~~~~~~~~~~~
पञ्चाङ्ग:०१ धेरै दिनकाे बर्षात पछि आज घाम लाग्याे। हतारमा हिँडेकाे थिए गाडिकाे लाम लाग्याे। उफ् कति गर्मी जताततै भिडै भिड मात्र छ, शहर भित्र अब बस्नै नहुने ठाम लाग्याे। छाता बाेकेर हिनेकाे पनि कत्ति काम लाग्याे। सुशीला पाैडेल
पञ्चाङ्ग:०२ जताततै आजभोलि मानिसको भेला लाग्छ । घाम पानी दुबै हुँदा छाता ओडी मेला लाग्छ । भेला मेला सुखका हुन् दुःख पर्दा एक्लै एक्लै , स्वार्थीकाे याे दुनियाँमा जालझेल खेला लाग्छ। गुरुलाई छिड्की हान्न टपर्टुय्या चेला लाग्छ । भवानी घिमिरे सर्लाही ।
पञ्चाङ्ग:०३ आज मलाई माइती जाम लाग्यो। जाँदा बाटोमा गाडीको लाम लाग्यो। जहाँ जादा नि मान्छे कै भिड भाड, आज त टन्टलापर घाम लाग्यो। त्यो हेर्दा उराठ लाग्दो ठाम लाग्यो ।
पञ्चाङ्ग:०४ साउन मसन्तमा टन्टलापुर घाम लागेको छ कुनै रमाइलो ठाउँमा घुम्न जाम लागेको छ आहा! कति सुन्दर मनमोहक दृश्य हो यहाँ मनोरम दृश्य हेर्न मान्छेको लाम लागेको छ आज त छाता बोकेकोले धेरै काम लागेको छ । दुर्गा भट्टराई मोरङ
पञ्चाङ्ग:०५ आज बजार भरी खिरै खीरा छन्। मधेसी मु्लका खुर्सानी पीरा छन्। सबैलाई सुख सुविधाको खाँचो, जता जान्छु मानिस सरी कीरा छन् जमिनमा स्खलन चिरै चिरा छन् ! कमला देवकोटा, पाल्पा
पञ्चाङ्ग:०६ याे साउन मासमा आज घाम लाग्यो। पानीमा ओढ्ने छाता हेर काम लाग्यो। छाता घाम र पानीबाट ओत दिन्छ, घमाईलाे दिनमा कतै जाम लाग्यो। बाटोमा अधिक गाडीको लाम लाग्यो । शोभा आचार्य गौतम काठमाडौँ
पञ्चाङ्ग:०७ साउन मासको अन्तिममा कति चर्को घाम लागेछ। घामले गर्दा बाटामा मानिस छाताको लाम लागेछ। छाताले मानिस लाई घाम र पानीबाट ओताउँछ , मानिसको भिडभाड ले गर्दा बाटोमा जाम लागेछ। यहाँ झरीले धेरै दिनपछि को सूर्य भाम लागेछ। बेदु न्यौपाने काठमाडौँ ❤️
पञ्चाङ्ग:०८ टन्टलापुर घाम लागेको छ आज। छाता ओडेर जाम लागेको छ आज। हेर्दा हेर्दै चारै तिर बाट घेरेको, अतिनै व्यस्त ठाम लागेको छ आज। मान्छेको निकै लाम लागेको छ आज। सरस्वती श्रेष्ठ इटहरी
पञ्चाङ्ग:०९ गर्मी मौसम छ घाम कति चर्का लागेका छन्। भीड भए पनि मान्छे यताउता भागेका छन्। घामपानी दुवैमा छेक्न ओतिन काम लाग्ने, छाता ओढेर नि मान्छे मनैदेखि जागेका छन्। लाइन लागेरै मनोकाङ्क्षा वर मागेका छन् । दाहाल कल्पना
पञ्चाङ्ग:१० कहिले घाम लाग्छ हेर कहिले भने पानी पर्छ। कसैलाई फाइदा पर्छ त कसैलाई हानी पर्छ। भविष्य कस्तो आउँछ ज्योतिषीको भर नपर्नु है, अहिल्यै काम नगरेपछि भोलि भन्ने बानी पर्छ। ठुली आउली भन्ने आश गर्दा त भोलि सानी पर्छ। -पशपति राई खोटाङ ।
पञ्चाङ्ग:११ बर्षात यामको बेला छ यहाँ । श्रावण मासको मेला छ यहाँ । कहिले घाम र कहिले पानी , निमुखा,सोझाको हेला छ यहाँ । काममा उसैको फेला छ यहाँ । दुर्गा आचार्य मोरङ
पञ्चाङ्ग:१२ भदौरे घाम के सार्हो चर्केको छ। साँझ फेरि सुनपानी छर्केको छ। भगवानलाई सुख कहाँ छ र, असन्तोषी मनहरु झर्केको छ। घाम पानी जे भए नि तर्केको छ। मन्दिरा सेढाई
पञ्चाङ्ग:१३ बाहिर घाम निकै चर्केको छ। पसिनाले शरीर झर्केको छ। छाता चाहिने थियो गर्मी हुँदा, ल्याउन बिर्सिदा मन् घर्केको छ। कोही गर्मीमा पानी छर्केको छ। ह्यारिस
पञ्चाङ्ग:१४(१३ अक्षर) घाम लागेको छ भीषण चर्को आज। बाहिर हिड्न लागेको छ झर्को आज। मान्छेको भीडमा बाटोमा हिंड्न गाह्रो, छाता नि ल्याउनै बिर्सेछु घर्को आज बजारमा किन्नु पर्ने भो अर्को आज। नानीबाबा अधिकारी काठमांडौ
पञ्चाङ्ग:१५ चर्को त्यो घामले अत्यायो। बाटोको जामले अत्यायो। जता हेर्यो मान्छेको कति, मन्दिरको लामले अत्यायो। नक्कली ठामले अत्यायो। सुमित्रा पोखरेल काठमाडौं
पञ्चाङ्ग१६ घाम पानी दुबैलाई छाता काम लाग्छ। जौमेसेलो भेटिएको नाता काम लाग्छ। आजभन्दा भोलिलाई सम्झनाकोलागि, फुर्सदमा लेखिएको खाता काम लाग्छ। दुख सुख पर्दा पिता माता काम लाग्छ। घनश्याम पौडेल,पोखरा
पञ्चाङ्ग:१७ छाताले पो डेकोरेसन लिएर बस्यो । फोटो सेसन जस्तै भीड दिएर बस्यो । जता नयाँ चीज उतै पछ्याउने बानी, हाम्रो मस्तिष्क यतैतिर खिएर बस्यो । अन्तिम दिन कुर्दै आज जिएर बस्यो । जमुना आचार्य
पञ्चाङ्ग:१८ कतै सक्षम कतै कतै जमात छ। चाप्लुसे कुराहरूका खातैखात छ। उदाए चन्द्र अस्ताउने घाम भयो, घनिघसाइ धेरै मान्छेको जात छ। बर्षातमा पानीले झारेको पात छ। डिल्ली राज घिमिरे अर्घाखाँची
पञ्चाङ्ग:१९ विकल्प रोज्छु है कठिन पाइला चालेर अब। घामपानी असिनाको डर सबै फालेर अब। संघर्ष विना कहाँ सजिलै बल्छ चुल्हो सबैको, सधैं हिड्छु जहिले झोलामा छाता हालेर अब। मन्दिरमा गर्छु पूजा धुप बत्ति बालेर अब। सुस्मिता पौडेल (अधिकारी ) काठमाडौँ
साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खलाको ११७ औँ भाग शनिबार सम्पन्न भएको छ । उदक साहित्य समाज, नेपालले उक्त कार्यक्रमको आयोजना गरेको थियो। उक्त शृङ्खलामा नेपाल लगायत विश्वका ६१ जना उदक स्रष्टाहरूको सहभागिता रहेको उदक लेखन शृङ्खलाका संयोजक, प्रशिक्षक एवं उदक साहित्य समाजका केन्द्रिय उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो ।
काव्य विधा अन्तर्गतको नयाँ उदियमान प्रविधा उदक कविताको उन्नयन र विकासका लागि साप्ताहिक रूपमा उदक लेखन शृङ्खला सञ्चालन गर्दै आएको उदकका प्रवर्तक एवं उदक साहित्य समाजका अध्यक्ष आर्त अकुलीनले बताउनुभयो ।
संयोजक एवम् प्रशिक्षक अनुभवका अनुसार शनिबारको शृङ्खलाका लागि विहान एउटा तस्बिर दिएर उक्त तस्बिर अनुसारको गहन भाव खुल्ने गरि मात्र एउटा उदक साझ ५ बजेसम्म लेख्न सहभागी उदक यात्रीहरूलाई भनिएको थियोे ।
अभ्यासका लागि राखिएको प्रतिनिधि तस्बिर :
उदक अभ्यास शृङ्खला– ११७ मा सहभागी उदक यात्रीका सुन्दर उदकहरू
[१] कृषि उन्नत प्रविधि देखियो अमूल्य निधि !
वसन्त अनुभव [२] प्रविधि प्रयोग किसानको बढदैछ परम्परा शानको !
पूर्णबहादुर श्रेष्ठ ‘हृदयङकृत’ पनौती न.पा.-३, काभ्रे [३] युवा तरे पारी वृद्धवृद्धा जाेत्दै बारी !
भवानी घिमिरे, सर्लाही [४] गतिविधि रुन्छ मन हेर्दा देशको स्थिति !
अनुग्रह राना मगर ‘पुष्प’ पाँचखपन नपा-६, संखुवासभा [५] खेती मिलेर गरेमा असम्भव नहुने त्यती !
जमुना कायस्थ, पोखरा [५३] सन्तान परको बास बाँच्ने बुढाबुढीको आस !
कविता आचार्य [५४] कृषि बेलामा मेहनत उब्जनिको गुजारामा परिवार !
दुर्गा आचार्य, मोरङ [५५] युवा खाडी समुद्रपारि बा जोत्दै बारी !
हिमाल अम्मै, घोडाघोडी, कैलाली [५६] बाध्यता गाउँले जीवन छिट्टो परिवर्तनको आवश्यकता !
नारायण कोइराला तानसेन, पाल्पा [५७] किसान माटोको सहकार्य वैज्ञानिक प्रविधिको अन्यौल ! – – चेतराज जैशी कैलाली, हाल: UAE [५८] नारी प्रविधिको खाेजीमा कृषि क्रान्तिकाे सन्देश !
राज कुमार राजभण्डारी ‘खाेटाङ्गे’ मध्यपुर ठिमी-५, संगम काेलाेनी, भक्तपुर [५९] किसानी रह्यो निसानी अचेल स्त्री पिसानी !
अच्युत घिमिरे, सरपाङ, भुटान [६०] पुरातन कृषि प्रणाली परम्परागत शैलीकाे जतन !
साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खलाको ११७ औँ भाग शनिबार सम्पन्न भएको छ । उदक साहित्य समाज, नेपालले उक्त कार्यक्रमको आयोजना गरेको थियो। उक्त शृङ्खलामा नेपाल लगायत विश्वका ६१ जना उदक स्रष्टाहरूको सहभागिता रहेको उदक लेखन शृङ्खलाका संयोजक, प्रशिक्षक एवं उदक साहित्य समाजका केन्द्रिय उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो ।
काव्य विधा अन्तर्गतको नयाँ उदियमान प्रविधा उदक कविताको उन्नयन र विकासका लागि साप्ताहिक रूपमा उदक लेखन शृङ्खला सञ्चालन गर्दै आएको उदकका प्रवर्तक एवं उदक साहित्य समाजका अध्यक्ष आर्त अकुलीनले बताउनुभयो ।
संयोजक एवम् प्रशिक्षक अनुभवका अनुसार शनिबारको शृङ्खलाका लागि विहान एउटा तस्बिर दिएर उक्त तस्बिर अनुसारको गहन भाव खुल्ने गरि मात्र एउटा उदक साझ ५ बजेसम्म लेख्न सहभागी उदक यात्रीहरूलाई भनिएको थियोे ।
अभ्यासका लागि राखिएको प्रतिनिधि तस्बिर :
उदक अभ्यास शृङ्खला– ११७ मा सहभागी उदक यात्रीका सुन्दर उदकहरू
[१] कृषि उन्नत प्रविधि देखियो अमूल्य निधि !
वसन्त अनुभव [२] प्रविधि प्रयोग किसानको बढदैछ परम्परा शानको !
पूर्णबहादुर श्रेष्ठ ‘हृदयङकृत’ पनौती न.पा.-३, काभ्रे [३] युवा तरे पारी वृद्धवृद्धा जाेत्दै बारी !
भवानी घिमिरे, सर्लाही [४] गतिविधि रुन्छ मन हेर्दा देशको स्थिति !
अनुग्रह राना मगर ‘पुष्प’ पाँचखपन नपा-६, संखुवासभा [५] खेती मिलेर गरेमा असम्भव नहुने त्यती !
जमुना कायस्थ, पोखरा [५३] सन्तान परको बास बाँच्ने बुढाबुढीको आस !
कविता आचार्य [५४] कृषि बेलामा मेहनत उब्जनिको गुजारामा परिवार !
दुर्गा आचार्य, मोरङ [५५] युवा खाडी समुद्रपारि बा जोत्दै बारी !
हिमाल अम्मै, घोडाघोडी, कैलाली [५६] बाध्यता गाउँले जीवन छिट्टो परिवर्तनको आवश्यकता !
नारायण कोइराला तानसेन, पाल्पा [५७] किसान माटोको सहकार्य वैज्ञानिक प्रविधिको अन्यौल ! – – चेतराज जैशी कैलाली, हाल: UAE [५८] नारी प्रविधिको खाेजीमा कृषि क्रान्तिकाे सन्देश !
राज कुमार राजभण्डारी ‘खाेटाङ्गे’ मध्यपुर ठिमी-५, संगम काेलाेनी, भक्तपुर [५९] किसानी रह्यो निसानी अचेल स्त्री पिसानी !
अच्युत घिमिरे, सरपाङ, भुटान [६०] पुरातन कृषि प्रणाली परम्परागत शैलीकाे जतन !
साताका तीन लघुकथा हिमालयन दृष्टि र नमस्ते आधुनिक लघुकथा मञ्च बिचको सहकार्यमा सञ्चालित साप्ताहिक स्तम्भ हो । यस स्तम्भमा नमस्ते आधुनिक लघुकथा मञ्चको भित्तोमा साताभर प्रेषित लघुकथाहरू मध्ये मञ्चले छानेर पठाएका उत्कृष्ट तीन लघुकथाहरू प्रकाशन हुने गर्दछन् ।
यस साताको (३६ औँ) शृङ्खलाका लागि लघुकथाकार अनन्त राज उपाध्यायको लघुकथा ‘प्रेम’, लघुकथाकार खेमलाल पहारीको लघुकथा ‘नयाँ व्यवसाय’ र लघुकथाकार बोधराज प्याकुरेलको लघुकथा ‘दुरी’ उत्कृष्ट तीनभित्र परेका छन् ।
१)लघुकथा: प्रेम
✍️ अनन्त राज उपाध्याय
एकदिन नातिनीले हजुरबालाई सोधिन्- “बाबा ! मैले जीवनमा कसरी सफलता पाउन सक्छु ? बुझ्दा कोही धेरै पढेर, कोही राम्रो काम गरेर, कोही धन कमाएर, कोही स्वस्थ रहेर भन्छन् । तर नेताजस्तो पढी धन र बदनामी कमाएर के गर्नू ? म त अन्यौलमा परेकी छु । हजुरको विचारमा आखिरमा के गरेपछि जीवन सफल हुन्छ, त ?”
हजुरबाले भने- “नानी ! जीवनलाई सफल बनाउनुपर्ने रहेछ भनी तिमीमा ज्ञान आएछ । असाध्यै खुशी लाग्यो ।”
नातिनीले पुन: सोधिन्- “लौ ! जे सोधेको त्यो कता हो कता ? मैले जीवनलाई कसरी सफल बनाउने भनी हजुरको अनुभव बाड्न भनेको ।”
हजुरबाले सम्झाए- “जीवनलाई प्रेमले सफल बनाउन सकिन्छ, नानी ! जस्तै- प्रकृतिवादीहरूले मन र कर्म दुवैले सिरसिरे हावा, डाँडाकाँडा, झरना र प्रकृतिले दिएका सबैलाई प्रेम गर्ने हुँदा तिनको स्याहार गर्दछन् । सहीदहरूले आफ्नो राष्ट्रलाई प्रेम गर्दछन् । सही नेताले देशको विकासलाई प्रेम गर्दछ । तर प्रेम नि:स्वार्थ, परोपकारी र हृदयदेखि गरिनु पर्दछ ।”
नातिनीले भनिन्- “अझै भन्नुस् न !”
हजुरबाले थपे- “हेर ! इश्वरले जीवहरूसँग प्रेम गरेरै उद्धार को लागि यत्रो संरचना रची सञ्चालन गरिरहनुभएको छ । प्रेमले मात्र सम्बन्धित पक्षको नि:स्वार्थ परोपकारी सपना बुझ्दछ र ती पुरा गर्दछ । यसरी हामीले यस संसारमै स्वर्गको सुखको अनुभूति गर्नेछौं ।”
हेटौडा २०८०।०४।३१
२. लघुकथा: नयाँ व्यवसाय
✍️ खेमलाल पहारी
तीन दशकको परदेश बसाइँमा झण्डै देशको बाटो बिर्सेको कुमार अकस्मात् स्वदेश फर्कने कुराले उसका बाआमाको जीर्ण शरीरमा एउटा नौलो शक्ति सञ्चार भएको छ l परिवारका अन्य नातेदार पनि अचम्मको अनुभव हुने कुराले दङ्ग छन् l कुमारकी धर्मपत्नी घरी घरी ऐना अघिल्तिर उभिन थालेकी छन् l कतिखेर उनी ऐनामा गएर औँलामा थुक लगाएर आफ्नो आँखीभौँ मिलाउँछिन् त कतिखेर बुढी औँला र चोर औँलाको सहाराले निधारको छाला तन्काएर मुसुक्क हाँस्छिन् l बजार जानु, नयाँ पहिरन गर्नु, कोरीबाटी शृङ्गार गर्नु उनको दिनचर्यामा पर्न थालेका छन् l
लगभग दुई अढाई महिनाको कानुनी प्रक्रियामा हिरासतको बसाइँ, पुलिस अनुसन्धान, वकिलको बहस पैरवी, न्यायाधिसको हथौडाको अर्डर अर्डरको अलापको बीचमा फन्को मार्दामार्दै बल्ल उनले खुला आकाशमुनि प्राकृतिक हावामा सन्तोषको सास फेरे l
फेसबुक म्यासेन्जरमा किरिरी किरिरी घण्टी बज्यो l उताबाट मितले जवाफ फर्काए l आफ्नो मित यतिका वर्षपछि घर आउँदै गरेको खबरले मिते पनि दङ्ग नपर्ने कुरै थिएन l ‘अब घर आएर मैले के काम गर्नेहोला त मितज्यू ?’ भन्ने कुमारको प्रश्नले मितेलाई गम्भीर बनायो l
‘सम्पूर्ण जवानी त परदेशमा बित्यो । अब बुढेसकालमा देशमा आएर के काम गर्छौ ?’ भन्ने हिम्मत उसमा पनि थिएन l मितेले वरपर नियाल्यो l उसको मित मात्र हो र सम्पूर्ण देशै उल्टेर परदेश गएको थियो l धन्न कुमार फर्किँदै थियो । नत्र यहाँ त गाउँका गाउँ रित्तै भएका छन् l अहिलेको पिँढी अस्ट्रेलिया, युरोप र अमेरिकामा जन्मिन्छ । पुरानो पुस्ता घाटमा पैताला चोबेर मृत्यु कुरिरहेको छ l देशमा डलर छ, तर रहर छैन l देश छ, राष्ट्रियता छैन l जनसङ्ख्या छ नागरिक छैन l कार्यक्रम भ्याइ नभ्याइ छ, संस्कार छैन l मितेले गम्भीर भएर भन्यो- “तपाईं आउनुस् त सही । यहाँ एउटा नयाँ व्यवसायको थालनी म तपाईँबाटै गराउन चाहन्छु l आजभोलि दुई मितको व्यवसाय खुब चलेको छ l अगाडि साइनबोर्डमा लेखिएको छ– ‘यहाँ भाडामा जन्ती, मलामी र छाती पिटी पिटी रोइदिने मानिसहरू पाइन्छन् ।’
भरतपुर-४, चितवन २०८० श्रावण २९
३) लघुकथा: दुरी
✍️ बाेधराज प्याकुरेल
“तिमी त समुद्रसम्म पुग्छाै हाेला ? कति टाढा छ ?” -ढुङ्गाले पानीलाई साेध्याे । “मलाई त पुग्नु छ, रुखलाई साेध ।” -पानी झरनाबाट खाेलामा हामफालेर खाेलैखाेला अगाडि बढ्यो । “समुद्र कति टाढा छ ?” -ढुङ्गाले रुखलाई साेध्याे । रुखले पहाडलाई साेध्याे । पहाडले बादललाई साेध्याे ।
“नजिकै छ ।” बादलकाे जवाफ सबैले सुने तर कसैलाई विश्वास लागेन । सबैले बादललाई झुटाे ठहर्याए ।
रुखकाे हाँगामा बसेर तिनीहरुकाे कुरा सुनिरहेकाे चराले भन्याे- “निरन्तर हिँडिरहनेहरूका लागि कुनै ठाउँ टाढा हुँदैन भन्ने कुरा सधैँ एकै ठाउँमा बसिरहने तिमीहरूलाई के थाहा ?”
“पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग भाग: छपन्नौंमा हामी पुगेका छौ। सम्पूर्ण पञ्चाङ्ग स्रष्टाहरुमा पञ्चाङ्ग लेख्नु हुन् हार्दिक अनुरोध छ: अभ्यास पाठशालाको अभ्यास शृङ्खला दर्तापछिको भाग :-५६ (छपन्नौं)——————————-
विधा :- पञ्चाङ्ग अभ्यास गर्ने स्थान :- पञ्चाङ्ग अभ्यास पाठशाला मिति:- २०८०/०४/२८गते भोलि बेलुका ०९ बजेसम्म पञ्चाङ्ग वा समपञ्चाङ्ग पठाउनु हुन् अनुरोध छ। ……………………………………….
प्रशिक्षक:- …………… गुणनिधि घिमिरे घनश्याम पौडेल तोयानाथ सुवेदी ……………………… भाषा शुद्धीकरण:- ———– जमुना आचार्य भवानी घिमिरे पुष्पा नेपाल सुवेदी
पञ्चाङ्ग :०३ आफ्नै बुढीसँग भएको भेटले धोका दियो। आउँछु भन्दाभन्दै पनि गेटले धोका दियो। त्यस्तो विशेष केही थिएन जाबो जिन्दगीमा, भएको एउटा यै पापी पेटले धोका दियो । म्यासेन्जरमा बोल्छु भन्दा नेटले धोका दियो ।
पञ्चाङ्ग:०४ हिरा मोती सुन चाँदी सबै नै चिन्दो रहेछ। जता फूल छ त्यही बाटो मात्रै हिन्दो रहेछ। साहित्यको समूहमा भिड जम्मा पारी पारी, कसलाई दिने हो पुरस्कार छिन्दो रहेछ । धनी रावणले सुनको लङ्का किन्दो रहेछ ।
श्रीकृष्ण शर्मा पोखरा
पञ्चाङ्ग:०५ हरेक पल सिकाउदा पनि समय भन्दा जान्ने भयो मान्छे। समयले दिएको सिङले समयलाई नै पो हान्ने भयो मान्छे। समय नै मान्छेको अचुक गुरु हो भन्ने ज्ञान लिन नसक्दा, अहंकारी भएर आफुलाइ नै सर्वेसर्वा ठान्ने भयो मान्छे। आखिरमा अहंकार बढेर आफैंलाई नै बान्ने भयो मान्छे।
-पशपति राई खोटाङ ।
पञ्चाङ्ग:०६ रातमा जून झरेन भने। बर्खामा पानी परेन भने। गरौँ है हिम्मत अघि बढ्ने, भाग्यको लेखा टरेन भने। दैवले सास हरेन भने ।
प्रभा
पञ्चाङ्ग:०७ शिवको पूजा गर्नु पर्छ। दुखीको पेट भर्नु पर्छ। विश्वास ठूलो हो सबैको, ज्ञानको ज्योति छर्नु पर्छ। पीडा सबैको हर्नु पर्छ।
ह्यारिस।
पञ्चाङ्ग:०८ हिजो बनाउँछु सिंङ्गापुर भन्ने तिमी भयौं । कुराले त आकाश पाताल खन्ने तिमी भयौं । दिनदिनै कुरा फेर्छाै के हुने सुरमा यहाँ ? आज सुन, सयौं ताेला गन्ने तिमी भयौं । कुकर्ममा लागि कुख्यात जन्ने तिमी भयौँ ।
प्रधुम्न चालिसे
पञ्चाङ्ग:०९ (अक्षर-२१) विश्वास किन पाइदैन व्यावहार गरेर जाँच्न मन छ । कहिल्यै छुटो बोल्नु नपरोस् साँचो नै बोलेर बाँच्न मन छ। वास्तविक मन बुझ्ने कोही नहुने यो लोकमा किन होला ? पीर व्याथाका तमसुक च्यातेर छम छम नाच्न मन छ। निष्ठुरीहरुको बैगुणलाई तिरेर गुण साँच्न मन छ।
दुर्गा आचार्य मोरङ
समपञ्चाङ्ग:०१ विदेशीन बाध्य बनाई रेलायो युवालाई आजभोलि भनेर साच्चै खेलायो युवालाई रेमिटान्स चाहिन्छ नेतालाई तलब बाँड्न भत्ता खाने सत्ताधारीले जेलायो युवालाई जोखिम गर्नेलाई कति पेलायो युवालाई ।
विदेश पठाउन भन्दै केलायो युवालाई पैसा जग्गा धितो राखेर ठेलायो युवालाई निर्धन युवा युवती जाने गर्छन् खाडिमा नै राहदानी लिएर कति झेलायो युवालाई झुटो बोली-बोली सदैव बेलायो युवालाई ।
सोमनाथ लुइटेल “रवि पाल्पाली” पाल्पा हाल बर्दिया ।
पञ्चाङ्ग:१० केही पाउने आशामा म कुरिरहेको बेलामा। सबैतिरको तालमेल जुरिरहेको बेलामा। कताको होला पूर्व पश्चिम भन्दै सोधी बसेछु, घरको लगाउन बाँकी धुरीरहेको बेलामा। समीप आइ गोरेटोको दूरीरहेको बेलामा।
पञ्चाङ्ग:१२ हिजो थिएँ अाज छु भोलि रहन्न। मेरो हो भन्दाभन्दै चोली रहन्न। अहंकार किन ? बाँच्न दुई दिन, मरेपछि कसैको बोली रहन्न। घाट सम्म लैजाने डोली रहन्न।
होम प्रसाद नेउपाने धरान,सुनसरी ।
पञ्चाङ्ग:१३ किन अाज याे मन भाग्यो कता। होस या बेहोसमा लाग्यो कता। कहिलेकाहीँ एकान्तमा बस्दा, यत्तिकै आफैँ भित्र जाग्यो कता। याे मन अब शान्ति माग्यो कता। शोभा आचार्य गौतम काठमाडौँ
पञ्चाङ्ग:१४ थिएन बँचेको ठाउँ उम्किन। लिएर कसैको नाउँ उम्किन। भयो साँच्चै फँसेको महसुस, कुन दिशातिर जाउँ उम्किन। कित वत्सनाभ खाउँ उम्किन।
✍️अच्युत घिमिरे, सरपाङ भुटान🇧🇹
पञ्चाङ्ग:१५ अहिलेको वैज्ञानिक प्रबिधिले धेरै कुरा जान्न पाएको छ। भ्रष्टाचारी दलालहरूले सत्तालाई मात्र तान्न पाएको छ। सत्तालाई तान्दा तान्दै एकसौ पचास किलो सुन तान्ने मौका , अहिले सबै जनताले गणतन्त्र यस्तो पो मान्न पाएको छ। सबैभन्दा राम्रो आफ-आफ्नो पाटीलाई खोट छान्न पाएको छ।
बेदु न्यौपाने काठमाडौँ
पञ्चाङ्ग:१६ कुरितीले भरिएको दुष्टको बास भयो। देशभित्र दु:खै दु:खको धेरै रास भयो। समाजबाद र समाबेसी अन्मुख भन्छन् जनता देशको समस्या झनै खास भयो। शहीदको सम्मान हुन्छ भन्ने आस भयो।
सुरेशकुमार पाण्डे दाङ घोराही १८
पञ्चाङ्ग:१७ हरेक नदीमा सधैँ सफा पवित्र जल हाेस् । मानव जीवनमा खुसी खुसीको पल हाेस् । सेवामा प्रेम मिसियाेस् हरेक बखत प्रभु आफ्नो करेसामा सदावहर फल्ने फल हाेस् । बृद्धअबश्था युवा उर्जा भरिएको बल हाेस् ।
अभिभावक संघ नेपालको केन्द्रीय स्टेन्डिङ्ग कमिटीको बैठक साउन ३१ गते ललितपुरको मान भवनमा सम्पन्न भएको छ । संघका अध्यक्ष केशव पुरीको सभापतित्व, नेपाल अभिभावक महासंघका अध्यक्ष सुप्रभात भण्डारीको प्रमुख आतिथ्य र कोशी प्रदेशका संयोजक देवी पन्थीको विशेष आतिथ्यमा बैठक सम्पन्न भएको हो ।
बैठकले निम्नलिखित बुँदामा व्यापक छलफल गरी निर्णयमा पुगेको थियोे ।
१. नेपाल सरकारले शिक्षा ऐन परिमार्जन गर्दै शिक्षा विधेयक २०८० सरोकारवालासँग छलफल नगरी ल्याउने प्रयास गरेकोमा अभिभावक संघ नेपालको विरोध रहेको छ। बैठकले निजी विद्यालय गुठीमा जाने या कम्पनी ऐन अन्तर्गत रहने सम्बन्धित विद्यालयको ऐच्छिक विषय भएकाले गुठीमा जान बाध्य गराउनु नेपालको संविधान २०७२ विपरीत रहेको ठहर गरेको छ। शिक्षा उपभोगमा सरोकार राख्ने सरोकारवाला संघसंस्थाको भूमिका निश्चित नगरी विधेयक ल्याएमा शिक्षा मन्त्रीको राजीनामा माग गर्ने निर्णय गरिएको छ। यसका लागि संघको एक प्रतिनिधि मण्डल सचेत गराउन अविलम्ब शिक्षा मन्त्रालय पुग्ने निर्णय गरिएको छ।
२. बैठकले सामुदायिक विद्यालयले कक्षा बाह्रसम्मको शिक्षा अनिवार्य निशुल्क शिक्षा प्रदान गर्नुपर्नेमा अंग्रेजी माध्यममा पढाउने बाहानामा चन्दा, सहयोग आदि शीर्षकमा लिइरहेको शुल्कलाई अवैध ठहर गरेको छ।
३. बैठकले संघको जिल्ला , प्रदेश र केन्द्रीय सम्मेलन ६ महिनाभित्र सम्पन्न गरिसक्ने निर्णय गरेको छ।
४. बैठकले अभिभावक संघ नेपालको मुखपत्र “अभिभावक आवाज ” प्रकाशित गर्ने निधो गरेको छ।
५. बैठकले अभिभावक संघ नेपालको सदस्यता शुद्धीकरण अभियान चलाउने निर्णय गरेको छ।