• गृह पृष्ठ
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला /जीवनशैली
  • खेल
  • बिज्ञान/प्रविधि
  • राजनीति
  • विचार
  • समाज
  • साहित्य

Category: ताजा अपडेट

पञ्चाङ्ग लेखन अभ्यास शृङ्खला-३९

  • २१ श्रावण २०८०, आईतवार ०७:०२ मा प्रकाशित
  • “पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग चित्रपट भाग :- उन्नचालिसौंमा हामी पुगेका छौं।
    लेख्नु पर्ने पञ्चाङ्ग सङ्ख्या :- ०१
    मिति:-  २०८०/०४/ १८गते

    आदरणीय पञ्चाङ्ग अनुरागी  एवम्  स्रष्टाज्युहरू हार्दिक नमस्कार  ” पञ्चाङ्ग साहित्य समाज नेपाल” को आधिकारिक दर्ता पछिको ३९[ उन्नचालिसौँ]  चित्रपटमा छौं।

             यहाँहरुलाई हार्दिक स्वागत गर्दै
    यस्  शृङ्खलामा दिइएको चित्र अनुसारको विम्बात्मक तथा गहन मौलिक भाव झल्किने एक पञ्चाङ्ग भोलि बेलुका ९:०० बजेभित्र आफ्नो नाम र ठेगाना सहित कमेन्ट बक्समा लेख्नु हुन हार्दिक अनुरोध गर्दछौं!

    प्रशिक्षक :
    ————
    गुणनिधि घिमिरे
    घनश्याम पौडेल
    तोयानाथ सुवेदी

    चित्र संकलन
    —————–
    सुशीला पाैडेल

    शुद्धीकरण
    ————–
    जमुना आचार्य
    भवानी घिमिरे
    पुष्पा नेपाल (सुवेदी )

    संरचना
    ———
    अनुप्रास :- आफू खुसी
    स्थायी :- आफू खुसी
    अक्षर :-  बराबरी

    समायोजक
    ————-

    सोमनाथ लुइटेल “रवि पाल्पाली”
                      तथा
    पञ्चाङ्ग साहित्य समाज नेपाल
    ————————

    चित्र अनुसार पञ्चाङ्गहरू [चित्रपट]
    ~~~~~~~~~~~~~~~~~~~~~
         चित्रमा पञ्चाङ्ग
    ~~~~~~~~~~~~~~
    पञ्चाङ्ग:०१
    परिश्रम  गरेर  पसिनामा बगाएका हातहरु।
    कुनै घर भित्र कुनै बाहिर भगाएका हातहरु।
    मिहिनेत र साैन्दर्यकाे  सङ्गम छ कति अपूर्वकाे,
    हृदयमा आशा अनि विश्वास जगाएका हातहरु
    कस्ताे ठेला उठेकाे र मेहेन्दी लगाएका हातहरु।

    ✍️सुशीला पाैडेल

    पञ्चाङ्ग:०२
    महिला महिला नै हुन सबै।
    यिनका अनेकौँ छ गुन सबै।
    मिहिनेतले हात पनि धुन्छन्,
    श्रुगरिन्छन् बजाई धुन सबै।
    महिला निपुण छन् जुन सबै।

    ✍️शोभा आचार्य गौतम
    काठमाडौँ

    पञ्चाङ्ग :०३
    प्राय महिला मन कारी हुन्छन्।
    महिलाहरू जन कारी हुन्छन्।
    देखिन्छन् नारी देवी स्वरुपमा,
    यि धेरै जसो धन कारी हुन्छन्। 
    नारी नै प्राय श्रम कारी हुन्छन्।
           ✍️ बेदु न्यौपाने
                  काठमाडौँ ❤️

    पञ्चाङ्ग:०४
    अक्षर-१५
    १.
    कहिले मेहदिका बुट्टा भरेर आउछौँ ,
    ठेलाछन् अनेक संर्षमा गरेर आउछौँ ।
    काम छ काम गर्ने नत्र रमाईलो पनि,
    अर्म पर्म लाई नजिक सरेर आउछौँ ,
    नारीहौँ यसर्थ उज्यालो छरेर आउछौँ ।

    ✍️दुर्गा आचार्य
    मोरङ

    पञ्चाङ्ग:०५
    केही हातमा मेहदी केही हातमा ठेला भयो ।
    काेही मान्छे सुकुमार छ काेहीलाई हेलाँ भयो ।
    सरकार हाे कि दाेषी यहाँ प्रकृतिलाई दिऊँ ,
    निधारमा वाफ लगाउन कठिन खेला भयो ।
    वाचा सम्झी सरकार गरीब हेर्ने बेला भयो ।

    ✍️भवानी घिमिरे
    सर्लाही ।

    पञ्चाङ्ग:०६
    कोहीको दुखद हत्केलाले बतायो सारा।
    कोहीको श्रृङ्गारी  हत्केलाले सतायो सारा।
    चाडपर्व    ऋतु    बदल्दै     चहलपहल,
    शहर   के   गाउँ जिम्मेवारी   ततायो सारा।
    श्रृङ्गार     अनेक    फेसनले मत्तायो सारा।

    ✍️जमुना आचार्य सिन्धुपाल्चोक

    पञ्चाङ्ग:०७
    घर परिवार पाल्न खर्च जुटाउनु छ।
    कम आम्दानी हुने ठाउँ छुटाउनु छ।
    काम गर्दा हातमा ठेला परोस् केही छैन,
    काम गरेको  नदेख्नेलाई टुटाउनु छ।
    राम्रो गर्नेलाई खोजी खोजी खुटाउनु छ।
    ह्यारिस

    पञ्चाङ्ग:०८
    गरियो काम आज भेला भएर।
    हातमा पीडा भाछ ठेला भएर।
    मेहेन्दीले एउटा हात रङ्गियो,
    यौवनले अचम्मै बेला भएर।
    भोलि नै बजारमा मेला भएर।

    ✍️पूर्णबहादुर श्रेष्ठ “हृदयङकृत”
          पनौती न.पा.-३,काभ्रे

    पञ्चाङ्ग:०९
    कसैका हातमा ठेला भएका कसैले मेहन्दी लगाएका छन्।
    कसैलाई छाक टार्न गाह्राे छ कसैले पैसा बगाएका छन्।
    दुबैकाे हातलाई दाँजेर हेर्नुस् त कति विभेद छ यहाँ,
    मान्छे सबै बराबर छन् तर गरीबलाई भगाएका छन्।
    धनीले विलासिताका सामान विदेशबाट मगाएका छन्।

    ✍️नवराज भट्ट
    कञ्चनपुर

    पञ्चाङ्ग:१०
    तिम्रो रहर अनौठो लाग्छ ।
    गाउँ सहर अनौठो लाग्छ ।
    त्यो तन मन जीवन सक्ने,
    पापी कहर अनौठो लाग्छ ।
    मन्द जहर अनौठो लाग्छ ।

    ✍️आर्त अकुलीन, कैलाली

    पञ्चाङ्ग:११
    दु:ख गर्ने हातभरि  ठुला ठेला देख्छु म त।
    सुखभोगीका हातमा खेलैखेला देख्छु म त।
    दु:ख गर्ने सधैँभरि दु:ख मात्रै गर्ने हुन्छ,
    अघिपछि जसो होला यसै बेला देख्छु म त।
    बुढा परदेशी भए त्यहीँ मेला देख्छु म त।

    ✍️घनश्याम पौडेल, पोखरा

    पञ्चाङ्ग:१२
    हात एउटै रङ्ग फरक कर्म लुकेको हुन्छ।
    भाग्य लेख्दा हातमा मेहेन्दी रङ्ग सुकेको हुन्छ।
    महलको सुविधा पाखाबारीमा खोजेर हुन्न,
    के गर्दछन् बाँच्नलाई को को कहाँ चुकेको हुन्छ।
    एउटा हत्केला अर्को हातसँग झुकेको हुन्छ।

    ✍️होम प्रसाद

    पञ्चाङ्ग:१३

    गरीबी हातमा ठेला मात्रै देखिन्छ यहाँ।
    मेहेन्दी लाई धनीको जात्रै देखिन्छ यहाँ।
    धनी-गरीबको तुलना साहित्यमा छैनन्,
    जता हेरे नि धनीका पात्रै देखिन्छ यहाँ ।
    गरीबको लथालिङ्ग कात्रै देखिन्छ यहाँ ।

             ✍️शिव कुमार रेग्मी
            पोखराथोक,पाल्पा

    पञ्चाङ्ग:१४
    प्रकृतिकी आहा अनमाेल उप हार हुन्  नारी।
    घर सुन्दरता बनाउने कला कार हुन् नारी
    नारी भएर विश्वमा फुल्छ अनेकन फूल रङ्ग  ,
    हर जीव हुर्काउने बढाउने सार हुन् नारी ।
    बालबच्चाकाे  निमित्त सुरक्षित बार हुन् नारी ।

    ✍️प्रधुम्न चालिसे
    भक्तपुर ,कटुञ्जे

    पञ्चाङ्ग:१५
    पिडा र हर्षका कथा त लेखियो बेला बेला खुब।
    हात भरी थिए साहुको मेलामा जाँदा ठेला खुब।
    जसका लागि तनमन खियायौं  जिवन  भरी नै,
    लगाई मेहेन्दी  गई जता जता  लाग्यो मेला  खुब।
    हुन्थ्यो मेरै दुःखमा सन्तानको ऐयासी भेला खुब।

    ✍️सुरेशकुमार पाण्डे दाङ घोराही १८

    पञ्चाङ्ग:१६
    कहिँ  हातमा मेहेन्दी कहिँ ठेला हुन्छ।
    कहिँ  नारी सम्मान त कहिँ हेलाँ हुन्छ।
    यस्तै उकाली ओराली गर्दै बित्छ दिन ,
    कहिले जिन्दगीको दौडमा खेला हुन्छ।
    राम्ररी  ब्यवहार नहुदा पेला हुन्छ ।

    ✍️दुर्गा भट्टराई
    मोरङ

    पञ्चाङ्ग:१७
    कसैका हातमा ठेला साउनमा।
    संस्कृतिमा भयो झेला साउनमा।
    चाड र परिश्रम तुलना गर्दा,
    विकृतिले पार्छ फेला साउनमा।
    श्रम गरौँ हुन्न हेला साउनमा ।

    ✍️दाहाल कल्पना

    पञ्चाङ्ग:१८
    कसैको हातमा बुट्टा भरेको छ।
    कसैको छालाको ठुट्टा झरेको छ।
    यो संसार पनी बिचित्रको छ नि,
    सहि सत्य बोल्दा झुट्टा परेको छ।
    खराब बाटोमा खुट्टा सरेको छ।

    ✍️सरिता सेढाइ धादिङ

    पञ्चाङ्ग:१९
    याे असार साउकाे कामै कामकाे बेला हजुर।
    हातै भरी परेका छन् किसानकाे ठेला हजुर।
    प्रकुति कति साह्रो निष्ठुरी भए पछि यहाँ त,
    काम नगरी बस्दा सबैकाे भईन्छ हेला हजुर।
    जिन्दगीको भयाे यहाँ सुनाैलाे याे खेला हजुर।

            ✍️सहयात्री शाेभा अर्याल
               बुटवल रुपन्देही नेपाल

    पञ्चाङ्ग:२०
    यो साउनको महिनाले महिमा हरियो भन्छ।
    कोही गाउँले त कोही सहरीया परियो भन्छ।
    महिना र महिमा यौटै हात पो फरक भयो,
    चिल्ला चिल्ला  हातले मेहेन्दी मात्रै  भरियो भन्छ।
    ठेला उठेका हातले बीउ मात्रै छरियो भन्छ।

    ✍️पशपति राई खोटाङ ।

    पञ्चाङ्ग:२१
    कसैको हातमा मेहन्दी त कसैकाे हातमा ठेला भयाे।
    काम गरि खाने निमुखा मान्छे यहाँ सवैकाे  हेला भयाे।
    दु:खी गरिबहरुकाे मर्म यहाँ कसले पाे बुझ्छ र नै,
    राम्रो कर्म गर्दा पनि हजुर आज अरुकाे खेला भयाे।
    साँचाे कुरा गर्दा पनि हुन्न यहाँ सवैकुरा रेला भयाे।

    ✍️उर्मिला के.शी.
    धनकुटा

    पञ्चाङ्ग:२२
    विदेशमा दु:ख गर्दा श्रीमानका हातमा ठेला छन् ।
    यता श्रीमतीका हातमा रंगिन मेहनदी खेला छन् ।
    जिन्दगी सुख दु:खकाे दुई पाटाे  भनि जान्दाजान्दै,
    सुखी सधैं सुखी हुन्छन् कठै दु: खी त्यो हेला हेला छन् ,।
    घर चलाउन लेकाे  ऋणको व्याज  तिर्ने वेला छन् ।

    ✍️ पारू अर्याल नेपाल, भरतपुर चितवन ।

    पञ्चाङ्ग:२३
    स्वास्नीका हातमा मेहदी पुरुषको ठेला छ ।
    चुपचाप बसी हेर्नोस् अहिले यस्तै बेला छ ।
    रातदिन  नभनी  खट्दछ  पुरुष  खाडीमा,
    तैपनि  पैसा  थोरै   पठायो  भनेर हेला छ ।
    घरमा त पार्टी भोज भ्याइनभ्याई मेला छ ।

    ✍️वसन्त अनुभव, घोराही, दाङ

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on पञ्चाङ्ग लेखन अभ्यास शृङ्खला-३९

    साताका तीन लघुकथा- ३५

  • २० श्रावण २०८०, शनिबार २३:१७ मा प्रकाशित
  • साताका तीन लघुकथा हिमालयन दृष्टि र नमस्ते आधुनिक लघुकथा मञ्च बिचको सहकार्यमा सञ्चालित साप्ताहिक स्तम्भ हो । यस स्तम्भमा नमस्ते आधुनिक लघुकथा मञ्चको भित्तोमा साताभर प्रेषित लघुकथाहरू मध्ये मञ्चले छानेर पठाएका उत्कृष्ट तीन लघुकथाहरू प्रकाशन हुने गर्दछन् ।

    यस साताको (३५ औँ) शृङ्खलाका लागि लघुकथाकार यमुना प्रधानाङ्ग ‘मुना’को लघुकथा ‘डर’, लघुकथाकार रोशन पराजुलीको लघुकथा ‘अन्तरङ्ग’ र लघुकथाकार शिव कुमार रेग्मीको लघुकथा ‘पर्याप्त’ उत्कृष्ट तीनभित्र परेका छन् ।

    १)
    लघुकथा : डर

    यमुना प्रधानाङ्ग’मुना’
    श्याम र हीरा शनिवारका दिन एउटा साहित्य कार्यक्रममा भाग लिन जाँदै थिए ।
    श्यामले भने- “हाम्रो देशमा के भइरहेको छ हँ ? दिनहुँजसो एउटा न एउटा घटना भइरहेको छ, बाहिरिइरहेको छ।”
    “हो भन्या ! समाचारमा कहिल्यै राम्रो कुरा सुन्न पाइएको होइन ।” हीराले भने ।

    “देश समृद्धिको बाटोमा जाने आशामा त्यति धेरै व्यक्तिहरूले ज्यानको आहुति दिए । कतिका सिन्दूर पुछिए । कतिका काख रित्तिए, कति बेघर भए ।” -गफिँदै हिँडिरहेका उनीहरू कार्यक्रम स्थल पुगेको पत्तै पाएनन् ।

    कार्यक्रम स्थलमा अगाडि नै पुगिसकेका कवि रमणले ‘नमस्कार साथीहरू !’ भन्दा पो उनीहरू झसङ्ग भए ।
    “नमस्कार !” भन्दै दुवै खाली कुर्सी भएतिर लम्किए ।
    “हैन साथीहरू ! तपाईँहरू निकै गफिँदै हुनुहुन्थ्यो । मैले टाढैबाट नियालिरहेको थिएँ ।” -रमणले भन्यो ।

    “के हुनु नि ! देशको बेथिति, दुरावस्थाका बारेमा कुरा गरेको ।” -हीरा अगाडि बोल्दै गए- “छिमेकी देशले दिएको पीडा आफ्नो ठाउँमा छ । रोटीबेटीको सम्बन्ध भन्दै बेलाबखतमा चिप्लो घस्दै आफ्नो फाइदा उठाइरहेको छ । अहिले त त्यहाँका महान् साहित्यकार भनाउँदा, सञ्चारकर्मी, हुँदाहुँदा कथित धर्मगुरु समेतले पनि उनीहरूको देशबाट हाम्रो देश टुक्रिएको भन्दा हाम्रो मन मान्छ ?”

    “हो ! तपाईँहरूले मनासिब कुरा गर्नुभयो । अहिले हामी जनता, नेता, सरोकारवालाहरू वाह्य हस्तक्षेपबाट आफ्नो देशको रक्षा कसरी गर्ने भन्ने बारेमा लाग्नुपर्ने बेलामा देशलाई भित्रभित्रै धमिराले खोक्रो पारिसकेका चाङका चाङ भ्रष्टाचारीहरूको फाइल खोल्नमा अल्झिनुपरेको छ । बलात्कारी, भ्रष्टाचारी, तस्करहरूलाई त फाँसीको सजाय दिएमात्र हाम्रो देश उँभो लाग्ने थियोे ।” -रमणले भन्दै गर्दा कार्यक्रममा आएका सबैले समर्थन जनाउँदै एकै स्वरमा भने- “हो, हो !”

    त्यो सबै सुनिरहेको नजिकैको एउटा पाको व्यक्तिले भन्यो- “तपाईँहरूलाई थाहा छ कि छैन कुन्नि ! हाम्रो देशको धेरैजसो भूभागहरू त बेचिसके । भोलि कतै सबै बेच्ने हुन् कि भन्ने पो डर भो !”
    “हो, डर भो ! हो, डर भो !” भन्दै श्यामले मस्त निद्राबाट आँखा खोल्दा बिहानीलाई धुम्म बादलले छोपेको थियो ।
    वीरगञ्ज, पर्सा
    हाल इमाडोल, ललितपुर
    २०८०/०४/१२ गते शनिवार

    २)
    लघुकथा : अन्तरङ्ग

    राेशन पराजुली
    “उठ्न भन्या उठ् !”
    “हैन ! किन बाेल्दैन याे, के भयाे ?”
    ऊ अनुत्तरित भावमा शून्यमा हरायाे । छेवैमा मौन शरीर तेर्सिएकाे थियाे । रत्तिभर हलचल थिएन ।
    “खै के भयाे ? कसलाई बाेलाउने ?” -ऊ आफैँ असमञ्जसमा पर्‍यो । छेउछाउमा कसैलाई देखेन । फेरि चिच्याउँदै उसलाई झक्झकायाे तर हलचल भएन । अनायासै अश्रुधारा बहिरह्याे ।
    “ए ! उठ्न भन्या, ढिलाे भयाे । हेर, बाआमालाई तर्पण दिनुपर्छ, दुईभाइ भएर ।”
    “उठ्न काले ! एकपल्ट बाेल्न ! अनि फिस्स हाँसिदे । मेराे मन पनि हल्का हुन्छ, उठ्न भाइ !” -उसले भाइलाई काखमा राखेर फेरि झक्झकायाे ।
    “हँ दाइ ! के भयाे ? हजुर किन चिच्चाएकाे ?” -उसले दाजुलाई प्रतिप्रश्न गर्‍यो ।
    “मलाई त ! बाआमाले बिच बाटोबाटै फर्काउनु भयाे, हजुर चिच्याएकाे सुनेर ।” उसले उठेर दाजुका आँसु पुछिदियाे र भन्याे- “दाइ ! म मरेको छुइनँ ।”
    बरगाछी, धरान।
    १७/०४/२०८०

    ३)
    लघुकथा : पर्याप्त

    शिव कुमार रेग्मी
    सीमा क्षेत्रमा लडाइँको स्थिति बनेपछि रेग्मी छुट्टी घटाएर कार्यक्षेत्रमा फर्कनुपर्ने भयो। केही समय भित्रैमा नयाँ जिन्दगीलाई यस संसारमा ल्याउन लागेकी प्रियाको नजिकै पुगेर रेग्मीले चिन्तित स्वरमा भन्यो- “प्रिया ! म जानैपर्ने भयो तर तिमी यस्तो हालतमा एक्लै कसरी बसौली ?”
    प्रियाले सान्त्वना दिँदै भनिन्- “नेपाल आमालाई अहिले हजुरको खाँचो छ । यो त एउटा सैनिकको बच्चा हो । म सैनिकको श्रीमती । हामी दुवै योद्धा हौँ । म एक्लै पर्याप्त छु, यस लडाइँलाई जित्न । हजुर जानुस् र विजय भएर आउनुस् ।”
    पोखराथोक, पाल्पा

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on साताका तीन लघुकथा- ३५

    साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खला- ११५

  • २० श्रावण २०८०, शनिबार २३:०९ मा प्रकाशित
  • साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खलाको ११५ औँ भाग शनिबार सम्पन्न भएको छ । उदक साहित्य समाज, नेपालले उक्त कार्यक्रमको आयोजना गरेको थियो। उक्त शृङ्खलामा नेपाल लगायत विश्वका ६६ जना उदक स्रष्टाहरूको सहभागिता रहेको उदक लेखन शृङ्खलाका संयोजक, प्रशिक्षक एवं उदक साहित्य समाजका केन्द्रिय उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो ।

    काव्य विधा अन्तर्गतको नयाँ उदियमान प्रविधा उदक कविताको उन्नयन र विकासका लागि साप्ताहिक रूपमा उदक लेखन शृङ्खला सञ्चालन गर्दै आएको उदकका प्रवर्तक एवं उदक साहित्य समाजका अध्यक्ष आर्त अकुलीनले बताउनुभयो ।

    संयोजक एवम् प्रशिक्षक अनुभवका अनुसार शनिबारको शृङ्खलाका लागि विहान एउटा तस्बिर दिएर उक्त तस्बिर अनुसारको गहन भाव खुल्ने गरि मात्र एउटा उदक साझ ५ बजेसम्म लेख्न सहभागी उदक यात्रीहरूलाई भनिएको थियोे ।

    अभ्यासका लागि राखिएको प्रतिनिधि तस्बिर :

    उदक अभ्यास शृङ्खला– ११५ मा सहभागी उदक यात्रीका सुन्दर उदकहरू

    [१]
    सिकारी
    स्वयम् सिकार
    सीमा नाघेमा प्रतिहार !

    • वसन्त अनुभव

    [२]
    सिकार
    वैमनस्यताकाे आधार
    युद्व घाेषणाकाे सुरुवात !

    • राेशन पराजुली, धरान

    [३]
    नेता
    मार यसरी
    ओरेक्सले सिंह जसरी !

    • अमृत सुवेदी, रूपा सात, कास्की

    [४]
    आहार
    भाेकाे पेट
    मर्न मार्न तयार !

    • बाबुराम आचार्य, धनगढी

    [५]
    ताकत
    नहोला बराबर
    खुस्कियो राजाको औकात !
    -शारदा गौतम आचार्य, ललितपुर

    [६]
    आक्रमण
    सिकार गर्दा
    भयो ठुलो प्रत्याक्रमण !

    • डम्बर थामी ‘अनुपम’
      कालिन्चोक गा.पा.-६, दोलखा

    [७]
    भोक
    आहार खोजी
    एक अनौठो प्रकृति !

    • बेदु न्यौपाने, काठ्माडौँ

    [८]
    बेला
    नगर रेला
    समय परिस्थितिकाे खेला !

    • भवानी घिमिरे, सर्लाही

    [९]
    युद्ध
    आपसी वैरभाव
    हारजितकाे छैन ठेगान ।

    • राज कुमार राजभण्डारी “खाेटाङ्गे
      मध्यपुर ठिमी-५, संगम काेलाेनी, भक्तपुर

    [१०]
    यात्रा
    युद्ध कुस्ती
    साेचेजस्ताे हुँदैन मस्ती !

    • शुक्र राज घिमिरे, सर्लाही

    [११]
    सजीव
    बन्दै सिकार
    आखिर मृत्युको काख !

    • सुरेशकुमार पाण्डे

    [१२]
    सुरक्षा
    शक्तिशाली बल
    नराख्नु कमजोर सोच !

    • अनुग्रह राना मगर ‘पुष्प’
      पाँचखपन नपा -६, संखुवासभा

    [१३]
    सिकारी
    सबै बनिरहेका
    एकदिन अवश्य सिकार !

    • निरज कोइराला, इटहरी

    [१४]
    समय
    हुँदैन एकनास
    भयो आज सर्वनाश !

    • सरिता सेढाइ, धादिङ

    [१५]
    सुरक्षा
    हरेकको आधार
    नभए हुन्छ प्रतिकार !

    • घनश्याम पौडेल, पोखरा

    [१६]
    निर्धो
    मर्नै परेपछि
    अन्तिम निर्मम प्रहार !

    • गोपालप्रसाद पौड्याल

    [१७]
    आहार
    नहेर बेकार
    गरेर खान्छ सिकार !

    • पूर्णबहादुर श्रेष्ठ “हृदयङ्कृत”
      पनौती न.पा.-३, काभ्रे

    [१८]
    सिकारी
    जीवनको भिकारी
    भोकले परिस्थिति स्विकारी !

    • सविता के.सी., दक्षिणकाली-९, काठमाडौँ

    [१९]
    विध्वंस
    प्रकृतिको नियम
    आहाराको खोजीमा सङ्घर्ष !

    • धर्मिला कार्की
      सो.लु. दु.न.पा-७, गार्मा, सोलुखुम्बु

    [२०]
    दम्भ
    भएमा सदैव
    भेट्ने छैनौ आलम्ब !

    • प्रेम थापा “मन”, बागलुङ

    [२१]
    नखाउँ
    भोको पेट
    खाउँ जबर्जस्त भेट !

    • चक्र शाही, लम्की, कैलाली

    [२२]
    युद्ध
    गर्नु प्रतिकार
    अन्याय अत्याचारको विरुद्ध !

    • धनमाया चौधरी, कैलाली

    [२३]
    शक्ति
    बुद्धिको खेल
    हुन्छ आफ्नै सर्वनाश !

    • प्रभादेवी पौडेल, चितवन

    [२४]
    पालाे
    एक अवसर
    आखिर निर्धााकाे समय !

    • सुधा ढकाल, काठमाडौँ

    [२५]
    जीवन
    मृत्युको सङ्घर्ष
    अन्तिम लडाइँको दृश्य !

    • नारायण कोइराला
      तानसेन, पाल्पा

    [२६]
    घमण्ड
    मनको कालो
    आउँछ सबैको पालो !

    • उर्मिला के.सी., धनकुटा

    [२७]
    समय
    हुँदैन एकनास
    आक्रमणमा सिकारी सिकार !

    • समुन्द्रा शर्मा, सुनसरी

    [२८]
    बाँच्न
    गर्नुपर्ने सङ्घर्ष
    मृत्युु पनि मर्ने !

    • मानन्धर रमेश

    [२९]
    सिकार
    सके आहार
    नसके जीवनकै भार !

    • टीकाराम पुन टिपु, सल्यान

    [३०]
    सिकारी
    मेरो जीवन
    म आफैँ अधिकारी !

    • पशपति राई, खोटाङ

    [३१]
    लेखान्त
    अकस्मात् सरण
    देखिन्न कहाँनेर मरण !

    • ईश्वरी अधिकारी, लमजुङ

    [३२]
    विडम्बना
    पालाको पैँचो
    फुट्यो दम्भको घैलो !

    • पृथक प्रकृति, झापा

    [३३]
    जीव
    युद्धमा अभ्यस्त
    दुवैको हारजितकाे खेल !

    • श्रद्धा आचार्य, पोखरा

    [३४]
    समय
    बाध्यताको उपज
    मार्ने मर्ने सङ्घर्ष !

    • घनश्याम पौडेल
      गौरीगङ्गा नपा-९, कैलाली

    [३५]
    जीवन
    एकको नास
    अर्काको जीउने साहस !

    • सरस्वती वली, बर्दिया, नेपाल

    [३६]
    प्रहार
    खानाको जोहो
    आफूलाई पर्ने संहार !

    • जमुना आचार्य, सिन्धुपाल्चोक

    [३७]
    उल्टिने
    बाजी पल्टिने
    हुने नसोचेको खेल !

    • बिके माकजू

    [३८]
    दम्भ
    सुन्दर पलास
    सुवासहिन एक वृक्ष !

    • आर्त अकुलीन, कैलाली

    [३९]
    ज्ञान
    भगवानको वरदान
    आत्मरक्षा सबैभन्दा महान् !

    • पुष्पा शायरा, विराटनगर

    [४०]
    प्रतिकार
    जिउने आधार
    अत्याचार सहनु बेकार !

    • मङ्गला उपाध्याय, बारा

    [४१]
    जीवन
    गरेपछि साहस
    हुने दुश्मनको सर्वनाश !

    • चेतन खनाल ‘दाह्रीवाला’
      बङ्गगलाचुली-१, दाङ

    [४२]
    घमण्ड
    मुढे बलको
    बन्नुपर्ने निर्धाको सिकार !

    • धर्मी शाक्य, बुटवल, रुपन्देही

    [४३]
    सत्यता
    विजय निश्चित
    निर्दोषी ईश्वरको दयापात्र !

    • गुणनिधि घिमिरे, अमेरिका

    [४४]
    भोक
    बाध्यताको उपज
    कसैको पारिवारिक शोक !

    • दुर्गा आचार्य, मोरङ

    [४५]
    प्राणी
    बाँच्ने आधार
    सबैको एकएक हतियार !

    • बुद्धिप्रसाद लामिछाने, कैलाली

    [४६]
    भोक
    यही रोग
    उपचार गर्दा शोक !

    • नन्दलाल आचार्य, उदयपुर

    [४७]
    हिंसा
    व्यक्तिगत स्वार्थ
    जीवन जान्छ व्यर्थ ।
    ~ऋजु दिल्पाली
    इटहरी-१, सुनसरी

    [४८]
    अधिकार
    उपयोगमा अति
    परिणाम आफैँलाई विपत्ति !

    • तोया घिमिरे
      शङ्खमुल, काठमाडौँ

    [४९]
    नजाने
    लिने ज्यान
    आफ्नै खाने आहारा !

    • बालकृष्ण खनाल, टीकापुर

    [५०]
    सिकारी
    मार्छ अरूलाई
    पछि हानी आफैँलाई

    • शोभा आचार्य गौतम, काठमाडौँ

    [५१]
    सिकारी
    अधिक अत्याचारी
    परिणाम मृत्युको भिखारी !

    • डुकछिरिङ लेपचा
      मिरिक, भारत

    [५२]
    डर्नु
    अत्याचार नगर्नु
    आफैँले पर्दछ मर्नु !

    • विवस पारदर्शी, झापा

    [५३]
    दम्भ
    पतनको बाटो
    देखाउँदा चरित्र उदण्ड !

    • हिमाल अम्मै, घोडाघोडी, कैलाली

    [५४]
    परिस्थिति
    नहुँदा पहिचान
    हुने ज्यानकै सत्यानाश !

    • केशवप्रसाद ढकाल ‘प्रीतबीज’
      सिरान्चाेक-७, उपल्लो गाेहाेरे, गाेरखा

    [५५]
    बुद्धि
    सबैभन्दा ठुलो
    हरायो लुक्नेको सुद्धि !

    • जमुना कायस्थ, पोखरा

    [५६]
    सिकारी
    विभत्स आचरण
    नैतिकतामा देखिन्छ विचलन !

    • तोयानाथ चापागाईं

    [५७]
    खतरा
    भ्रष्ट मति
    सोझिन्छ मौन शक्ति !

    • म्यामराज राई

    [५८]
    आहारा
    जिउने सहारा
    प्राण धान्ने माध्यम !

    • प्रद्युम्न चालिसे, भक्तपुर

    [५९]
    नठान्नु
    कसैलाई सानो
    सकिन्छ तिम्रो तुजुक !

    • योगेन्द्र भट्टराई, खोटाङ

    [६०]
    हिंसा
    खराब नियत
    एउटा आत्मघाती पल !

    • कविता आचार्य, कैलाली

    [६१]
    ताडना
    कहिले चुचुराको
    कहिले पालो बबुराको !

    • कमला देवकोटा, पाल्पा

    [६२]
    सिङ
    हरिणकाे हतियार
    बाँच्न सिंहलाई प्रहार !

    • नवराज भट्ट, कञ्चनपुर

    [६३]
    आहारा
    बुढो बाघ
    भेटेछ हरियो साग !

    • अम्विका अधिकारी
      झापा, विर्तामोड

    [६४]
    सिकारी
    आफैँ धाई
    मृत्युको बाजा बजाई !

    • अच्युत घिमिरे, भुटान

    [६५]
    सबक
    कम नआक्नु
    निर्धो छ भन्दैमा !

    • दामोदर पौडेल
      घोराही उ म न पा -१५, दाङ

    [६६]
    साहास
    बलियाे आधार
    कठिन घडीकाे कवच !

    • टीकाराम जाेशी, टीकापुर
    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खला- ११५

    पञ्चाङ्ग लेखन अभ्यास शृङ्खला- ५४

  • १७ श्रावण २०८०, बुधबार २२:४३ मा प्रकाशित
  • “पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग भाग: त्रिपनौंमा हामी पुगेका छौ। सम्पूर्ण पञ्चाङ्ग स्रष्टाहरुमा पञ्चाङ्ग लेख्नु हुन् हार्दिक अनुरोध छ:
    अभ्यास पाठशालाको अभ्यास शृङ्खला दर्तापछिको भाग :-५४ (चौउन्नौं) ————————————-

    विधा :- पञ्चाङ्ग
    अभ्यास गर्ने स्थान :- पञ्चाङ्ग अभ्यास पाठशाला
    मिति:- २०८०/०४/१५ गते
    भोलि बेलुका ०९ बजेसम्म पञ्चाङ्ग वा समपञ्चाङ्ग पठाउनु हुन् अनुरोध छ।
    ……………………………………….

    प्रशिक्षक:-
    ……………
    गुणनिधि घिमिरे
    घनश्याम पौडेल
    तोयानाथ सुवेदी
    ………………………
    भाषा शुद्धीकरण:-
    ———–
    जमुना आचार्य
    भवानी घिमिरे
    पुष्पा नेपाल सुवेदी

    सङ्कलक :-
    ———-
    दुर्गा रिजाल आचार्य

    संयोजक:-
    =====
    सोमनाथ लुइटेल “रवि पाल्पाली” ======================

    अक्षर सङ्ख्या:-  [बराबरी]
    अनुप्रास :-  आफुखुसी
    स्थायी :- अनिवार्य

    ………………………………………………

    पञ्चाङ्ग:०१
    पानी पर्दा आकाशले ठाँउ छाेडिदियाे ।
    बादलले आफ्नो रूप नाउ छाेडिदियाे ।
    त्यागी हुँदा बादल बर्षा गजब हुने,
    खाेलाा खाेल्सा खहरेले गाउँ छाेडिदियाे ।
    दुई दिने चुरिफुरी भाउ छाेडिदियाे ।

    भवानी घिमिरे
    सर्लाही ।

    पञ्चाङ्ग:०२
    शिवजीको पूजा गर्छु आजको दिन।
    दुःखीको सेवामा पर्छु आजको दिन।
    जय जय शिव शंकर भोला भन्दै,
    शंकरको ज्ञान छर्छु आजको दिन।
    दुःख पीडा सबै हर्छु आजको दिन।

    सुशीला पाैडेल

    पञ्चाङ्ग:०३
    तिमी  गयौ   नहेरी   म रोएर बसेँ ।
    नयनका   यी   परेली  धोएर बसेँ ।
    तिमीले भुल्यौ सहजै मैले सकिनँ,
    यादमा  तिम्रो  तस्बिर छोएर बसेँ ।
    मनका    रहर    सब  फोएर बसेँ ।
    ✍️
    वसन्त अनुभव
    घोराही उपमहानगरपालिका १४, दाङ

    पञ्चाङ्ग०४
    आज श्रावण पन्ध्र हाे खीर खाए हुन्छ।
    सबै साथमा बस्दै मीठाे गीत गाए हुन्छ।
    रमाइलाेकाे लागि नै पर्वहरू आएका,
    विदेशमा भएपनि घरमा आए हुन्छ।
    पुगेर आफन्तकाे आशिर्वाद पाए हुन्छ।

    नवराज भट्ट
    कञ्चनपुर

    पञ्चाङ्ग:०५
    यो महिनाको नाम पर्‍यो साउन सोमबार ।
    साउन मास मठ, मन्दिर् धाउन सोमबार ।
    तिता मीठा हिन्दु पर्व हामी सबै मान्न पर्छ ,
    साउनमा  शिव  मन्दिर जाऊँन सोमबार।
    पूजा सकेर फुल पाती लाऊँन सोमबार।

    पञ्चाङ्ग:०६
    पानी पर्‍यो छानु चुहियो छाउन सोमबार।
    साउन पन्द्र खिर  खाने आउन  सोमबार।
    साउन पन्द्र खिर खाने हिन्दुले  मान्ने  पर्व ,
    साउन पन्द्र खिर पाक्यो खाउन सोमबार।
    साउन   हरियो  पहेँलो  लाउन  सोमबार।

                   बेदु न्यौपाने
                       काठमाडौँ ❤️

    पञ्चाङ्ग:०७
    साउन पन्द्र हिन्दु  पर्व खिरकाे छ।
    परिश्रमीलाई काम नै पीरकाे छ।
    हामी नेपालीका अनगिन्ती पर्व छन्,
      झरीमा खिर भन्दा पीर भिरकाे छ।
    दुःख, सुखमा अावश्यक  धिरकाे छ।

    शोभा आचार्य गौतम
    काठमाडौँ

    पञ्चाङ्ग:०८
    साउनको सोमबार शिवालय जाउन हो।
    सबै भक्त मिलेर एउटा भजन गाउन हो।
    मानवको जीवन हो भक्ति मार्गमा लाग्ने नै,
    भगवानको गुण गानले शान्ति छाउन हो।
    सधैं भरी यस्तै समय हामीले पाउन हो।

    सरस्वती श्रेष्ठ इटहरी

    पञ्चाङ्ग:०९
    व्रत बसि मन्दिर जाइन्छ अब।
    भक्त मिली भजन गाइन्छ अब।
    यो धर्मलाई निरन्तरता दिदै ,
    पूजा सकि फूल लाइन्छ अब।
    साउन पन्ध्र खिर खाइन्छ अब।

    दुर्गा भट्टराई
    मोरङ

    पञ्चाङ्ग:१०
    खोले खाए पनि मैले खिर सम्झेर खाएको छु।
    कहिले त केही नखाइ आफ्नो छाना छाएको छु।
    मेरो  लागि  त  हरेक   दिन  नै  एउटा  चाड  हो,
    गरिब  भए  नि  देशभक्तिकै  गाना  गाएको  छु
    बुढी  आमाको  आशिर्वाद  मैले  सधैं पाएको छु।

    -पशपती राई खोटाङ ।

    पञ्चाङ्ग:११
    व्रत बस्न घुँडा धस्नु छ।
    भक्तिमा कम्मर कस्नु छ।
    धर्मलाई विश्वास गर्दै,
    आध्यात्मिक तिर पस्नु छ।
    आराधना गरि बस्नु छ।

    ह्यारिस

    पञ्चाङ्ग:१२
    हुने खानेलाइ सँधै यहाँ खिरैखिर छ।
    भित्रभित्रै दुख पर्नेलाइ पिरैपिर छ।
    ईश्वरको रचना पनि कति भेदभाव,
    यत्रतत्र छरिएका समस्याको भिर छ
    गार्‍हो भयाे जिउन ऋण बाेकेकाे शिर छ।

    उर्मिला के.शी.
    धनकुटा !

    पञ्चाङ्ग:१३
    सागर झैं आँसु भेल तर्नु पर्दो रहेछ
    अस्तित्व देखि नै पर सर्नु पर्दो रहेछ
    आत्मबल दर्हो नबनाउँदा खेरी हेर,
    भिर बाटै भए पनि झर्नु पर्दो रहेछ।
    समस्याले घेरे पछि मर्नु पर्दो रहेछ।

    सरिता सेढाइ धादिङ

    पञ्चाङ्ग:१४
    आफ्नै नदिनालामा धेरै पानी बगेको देश
    भिरमा प्रचुर मात्रामा खानी बगेको देश
    देशको सम्पत्तिलाई आफैले सुरक्षा गरे
    भाैतिक सम्रक्षर जानी जानी बगेको देश
    साेझा जनताहरूलाई मानी बगेको देश

    प्रविणा पल्लवी
    महाेत्तरी

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on पञ्चाङ्ग लेखन अभ्यास शृङ्खला- ५४

    एनआरएनए आरसिसि अल कासिमको सहयोगमा ओम बहादुर थापा नेपाल फर्के

  • १७ श्रावण २०८०, बुधबार १५:२४ मा प्रकाशित
  • २ अगस्ट २०२३, साउदी अरब ! ७ बर्ष अघि साउदी आएर नेपाल फर्कन नसकेका नवलपरासीका ओम बहादुर थापा, नेपाली दुतावास रियादका प्रतिनिधी तथा नव निर्वाचित एनआरएनए आईसीसी सदस्य बिशाल कुमार श्रेष्ठ र एनआरएनए आरसीसी अलकासिमको अध्यक्ष कृष्ण अधिकारीको सहयोगमा नेपाल फर्किएका छन्।
    पीडित थापा २०१६ मा अल जाफर इन्टरनेशनल प्रा.ली कुपन्डोल मेनपावर एजेन्सी मार्फत साउदी अरबको एक कृर्षि फार्ममा काम गर्न भनी आएका थिए । कम्पनीको मालिकले साउदिको आइडी अकमा नबनाई गैरकानुनी रुपमा काम लगाईरहेको र नेपाल फर्कन नदिएको अबस्थामा समाजसेवी बिशाल कुमार श्रेष्ठको सम्पर्कमा आएर सहयोगको लागि अनुरोध गरेका थिए ।
    थापाको अनुरोध पछि श्रेष्ठको पहलमा नै साउदी अरबको अनैजा शहरको श्रमिक अदालतबाट बहिर्गमन भिसा प्रात गरेका थिए । तर थापाको बहिर्गमन भिसा प्राप्त गरेको सुचना कम्पनी मालिकले थाहा पाएपछि केही दिन कम्पनी मै थुनेर राखेको श्रेष्ठले जानकारी दिए । यस्तो अबस्थामा थापालाइ नेपाल पठाउने उपाय नभएपछि एनआरएनए आरसिसि अल कासिमको सहयोगमा थापालाई कम्पनीबाट भगाएर दुई दिन बुरैदाको एक होटलमा सुरक्षित राखी नेपाल पठाइएको छ । कोभिड १९ को खोप पनी नलगाएका उनीलाई पिसीआर गर्न एनआरएनए आरसीसी अलकासिमका सदस्य धन कुमार आचार्यले सहयोग गरेको कुरा आरसिसी अल कासिम सह सचिब सिद्धीलाल श्रेष्ठले जानकारी गराए ।

    Posted in अन्तर्राष्ट्रिय, ताजा अपडेट, मुख्य खबरLeave a Comment on एनआरएनए आरसिसि अल कासिमको सहयोगमा ओम बहादुर थापा नेपाल फर्के

    ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखन शृङ्खला- ९५

  • १६ श्रावण २०८०, मंगलवार १५:१४ मा प्रकाशित
  • काठमाडौ। साप्ताहिक ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको ९५ औँ शृङ्खला यही श्रावण १३ गते शनिबार सम्पन्न भएको थियो।
    अभ्यासमा नेपाल लगायत विश्वका ४९ जना नेपाली भाषी टुक्काकारहरूको सहभागिता रहेको कार्यक्रम संयोजक/ प्रशिक्षक एवम् टुक्का साहित्य समाजका उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो । टुक्का साहित्य समाजको आयोजनामा उक्त शृङ्खला विगत लामो समय देखि नियमित रूपमा सञ्चालन हुँदै आएको छ।

    टुक्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले समाजले विविध किसिमका कार्यक्रम गर्दै आइरहेको छ । टुक्का लेखनमा पृथकता एवं फरकपन भित्राउने सिलसिला अन्तर्गत यस शृङ्खला सञ्चालन गरिदै आएको समाजका संस्थापक अध्यक्ष, टुक्का प्रवर्तक एवम् कार्यक्रमका परिकल्पनाकार ताराप्रसाद चापागाईंले बताउनुभयो ।

    टुक्का लेखनका लागि एक व्यङ्ग्यात्मक टुक्का राखिने र त्यसैमा आधारित रहेर गहन भावको एक एक टुक्का सहभागीले राख्नुपर्ने संयोजक अनुभवले जनाउनुभयो ।

    ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको ९५ औँ शृङ्खलाको लागि प्रतिनिधि टुक्काको रूपमा समाजका उपाध्यक्ष वसन्त अनुभवले समसामयिक विषयमा लेख्नुभएको व्यङ्ग्यात्मक टुक्कालाई राखिएको संयोजक अनुभवले बताउनुभयो ।

    अभ्यासका लागि राखिएको प्रतिनिधि टुक्का

    संसारमा नेपाली झैँ, कसको होला र दम,
    कामभन्दा पनि कुरा गर्छौँ छैनौँ हामी कम।
    वसन्त अनुभव
    घोराही, दाङ

    सहभागी टुक्काकारहरूले अभ्यासका क्रममा सृजना गर्नुभएको टुक्काहरू



    [१]
    कुरै खाने कुरै लाउने गर्नुपर्छ बानी,
    काम नगरी बस्नुपर्छ बन्दै राजारानी।
    -वसन्त अनुभव
    घोराही उपमहानगरपालिका १४, दाङ

    [२]
    पैसा देखेपछि जहाँको देखे पनि टिप्ने भए,
    झन आन्दोलन पछि धेरै मान्छे विदेश गए ।
    -पवनकुमार बुढाथेाकी
    काठमाडौँ

    [३]
    अरूभन्दा नेपाली त हुन्छन् बडबोला,
    यो पाराले मेरो देश के विकास होला ?
    -सुसान्त सुनिता लिम्बु
    ताप्लेजुङ

    [४]
    नेपाली हामी गोर्खाली, सबैले भन्ने गर्छन् बहादुर,
    कुनै पनि काममा पछि नहट्ने, सधैँ गर्छन् आतुर।
    -कबिताहरी
    सुन्दर हरैँचा नगरपालिका १ मोरङ

    [५]
    कुनैबेलाको गोर्खाली भनी कहलिएका हामी,
    कामभन्दा कुरा गर्ने अहिले भयौँ यस्मा दामी।
    -अर्जुन प्रसाद चौलागाई
    रामेछापः-सुनापति-१
    हालः-अमेरिका,बोस्टन।

    [६]
    हामीलाई संसारले भन्नथाल्यो बात बहादुर,
    पहिलेका वीर गोर्खाली भयौँ कुरौटे भरपुर।
    -सुरेशकुमार पाण्डे दाङ घोराही १८

    [७]
    युवा जति विदेशमा घरभित्र सुन,
    बुढा नेता सास थप्ने जनताकाे खुन ।
    -निरज कोइराला

    [८]
    त्यसै भनेका होइनन् हामीलाई वीर गोर्खाली,
    हिड्छौँ हामी उच्च शान गरी सधैँ शिर उचाली।
    -अनुग्रह राना मगर ‘पुष्प’
    पाँचखपन नपा – ६ संखुवासभा ।

    [९]
    आफू परेँ औद्योगिक मेसिन मजदुर,
    भोको छैन देशभर पुर्‍यायो भरपुर ।
    -चुडामणी देबकोटा
    चनपा १३ काठमाडौँ

    [१०]
    गफैको भात दाल साग बनाएर खान छ बाँकी,
    नेपाली झैँ कसले देखाउँछ गफैगफको झाँकी।
    -समुद्र
    जल्जला- ७ गण्डकी

    [११]
    गोलीसित सामना गर्दा खुकुरी नचाउने हुन् नेपाली,
    विश्वमा साहसी कहलिएका थिए बहादुर गोर्खाली।
    -भगवती दवाडी, झापा

    [१२]
    काम कुरो एकातिर कुम्लो बोकी ठिमी तिर,
    देशमा उल्टो छ कसलाई पर्दैन र पिर ।
    -प्रेम थापा “मन”बागलुङ

    [१३]
    तिमी र म मिली गफाडी विद्यालय खोलौँला,
    लौ ! पहिले त संसदमा चलचित्र हेरौँला।
    -म्यामराज राई, भोजपुर

    [१४]
    नेपाली हो वीर योद्धा भन्ने हराएर गयो,
    पत्रु बन्यौ विश्वमाझ चित्तभित्र दुख्ने भयो।
    -चूडा निर्भीक
    हालःचन्द्रागिरि काठमाण्डौ

    [१५]
    नेता भए तस्करीमा रङ्ग फेर्ने छेपारोको चाल,
    मालामाल बन्न ती सुन ल्याउँदा भरियाको काल।
    -टिकाराम पुन टिपु
    सल्यान

    [१६]
    देशभन्दा व्यक्ति धनी नेपाली नै होला,
    तिनको रक्षा गरिदेउ शङ्कर भोला ।
    -सरिता सेढाई, धादिङ

    [१७]
    कुराले पश्चिमबाट सूर्य उडाउँछ,
    पानीजहाज चलाई रेल गुडाउँछ ।
    -कृष्णकुमार वैद्य
    बनेपा ९, काभ्रे

    [१८]
    नेपाली हौँ हामी, बानी हाम्रो कामभन्दा धेरै बोल्ने,
    विदेश पुगेर समेत जिल्ला जिल्लाका पार्टी खोल्ने ।
    -राजेशराज गड्तौला
    काँडाघारी, काठमाण्डौ

    [१९]
    कामभन्दा कुरा गर्न नेता हुन्छन् सिपालु,
    यिनका कुरा सुन्दासुन्दै खुइलियो तालु ।
    -बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो )
    कनकाई ४ झापा

    [२०]
    देशै लुट्न पठायौ त यसै कसरी बस्नु,
    सामान्य हो हाम्रा लागि भ्रष्टाचारमा फस्नु।
    -मन्दिरा सेढाई
    मलेखु,धादिङ

    [२१]
    काम गरुँ काम छैन गर्‍यो गफगाफ,
    गफलेनै गर्ने भयो हाम्रो पत्तासाफ ।
    -ध्रुव श्रेष्ठ
    खोटाङ ।

    [२२]
    वीरताको थियो शान, नेपाली पहिले अति,
    शेरबाट झरेको छ, मुसाको झैँ गति पति।
    -रामशरण न्यौपाने, भक्तपुर

    [२३]
    काम छैन दाम छैन खाली लाउँछ धाक,
    कसरी जोगाउने हो यही पाराले नाक ।
    -चिरञ्जीवी श्रेष्ठ
    धनकुटा ।

    [२४]
    देश बाँचे हामी बाच्छौँ हेक्का लिनुपर्छ,
    जन्मभूमि जोगाउन ठेक्का दिनुपर्छ ।
    -पद्मा पाण्डे
    पथरी मोरङ

    [२५]
    कुनै पनि नगरेर काम,
    चाह हेर लेखाउने नाम।
    -आर्त अकुलीन

    [२६]
    कामभन्दा कुरा धेरै हाम्रो देशमा भयो,
    ठुला हौँ भन्नेहरू सुन तस्करीमा गयो ।
    -शोभा आचार्य गौतम
    काठमाडौँ

    [२७]
    पुर्खाहरूले वीर गोर्खाली भनेर विश्वलाई चिनाए,
    सन्ततीहरूले भएको इज्जत पनि पानीमा मिलाए ।
    -रबि श्रेष्ठ, सन्धिखर्क-१, अर्घाखाँची,
    हाल : बुटवल, रुपन्देही, नेपाल

    [२८]
    गफैगफले आकाशका तारा झारिदिन्छौँ,
    कामै विना दुनियाँ नै चकित पारिलिन्छौं ।
    -बिबस पारदर्शी
    झापा

    [२९]
    अरूकाे कुरा काट्दै हिँड्ने नेपालीकाे बानी, मनमा कति पालेका हुन् कुराैटेकाे खानी।
    -भवानी पोख्रेल

    [३०]
    कामकाज ज्यादा गरौँ कुरा चाहिँ कम,
    कुरा मात्रै गर्नेको त हुन्न खासै दम ।
    -बाबुराम पाण्डे
    अर्घाखाँची

    [३१]
    जति खाए नि नअघाउने रहेछन् हेर नेताको चाल,
    भन्सार छलेर नि सुन ल्याइकन भए ती मालामाल
    -अम्विका अधिकारी
    झापा विर्तामोड

    [३२]
    विकासको नाममा नेताले विदेशीलाई देश बुझाउने दाउ,
    स्वाभिमानी वीर गाेर्खालीकाे देश नेताहरू मिलेर बेची खाउ।
    -राज कुमार राजभण्डारी “खाेटाङ्गे”
    मध्यपुर ठिमी ५संगम काेलाेनी भक्तपुर ।

    [३३]
    पुर्खाको कामले आर्जेको गोर्खाली नाम,
    कुरै मात्र गर्छन् छैन कसैको नि काम ।
    -भेष कुमारी लामिछाने देवदह ०५ ,
    खैरेनी रुपन्देही ।

    [३४]
    नेपाली हुँ को सक्छ आऊ झगडा गर्छु,
    कोहीभन्दा कम छैन म मार्छु कि मर्छु ।
    -बिके माकजू , भक्तपुर ।

    [३५]
    कामभन्दा कुराको नै पाे यहाँ खेती धेरै चल्छ,
    त्यही खेतीले नेतागणकाे व्यर्थै दिमाग गल्छ ।
    -त्रिलाेचन भण्डारी
    मेचीनगर,झापा

    [३६]
    विश्वले मानी ल्याएका वीर जातिको सन्तान हामी,
    कुरा गर्नमात्र नभई ढाँट्न छल्नमा पनि दामी ।
    -राजेन्द्र प्रधान ‘पासा’, दार्जीलिङ ।

    [३७]
    भोग्दा पनि ब्युँझिदैनौँ, फेरि दिन्छौ भोट,
    सुम्पिन्छौँ देशको भाग्य, सुकाउँदै कोट ।
    -सुस्मिता अधिकारी

    [३८]
    वीर गोर्खाली भनी चिनिएका नेपाली सगरमाथामा शिर,
    खेतबारी बाँझै राखी ओछ्यानमा सुतेरै पुग्छन् चन्द्रमातिर ।
    -सुशीला थापा

    [३९]
    देश विदेश कमी छैन गफमै हामी गर्छौँ काम,
    भ्रष्टहरूले चिनारी छोडे नेपालीहरूमा नाम ।
    -बेदु न्यौपाने
    काठमाडौँ

    [४०]
    इलम गर्न नचाहेर कुरै गर्छौँ दामी,
    बातैबातको टेवा लिस्नो नेपाली हौँ हामी।
    -अच्युत घिमिरे-भुटानबाट🇧🇹

    [४१]
    उन्नति देखेर नेपालीको,संसार पर्छ छक्क,
    भ्रष्टाचारको सयपत्री फूल, फुल्छ ढकमक्क।
    -होम प्रसाद नेउपाने
    धरान,सुनसरी ।

    [४२]
    कुरै लाउनु कुरै खानु माखो पनि मार्ने हैनन्,
    भ्रष्टचारको चलखेलमा कोही अछुतो छैनन् l
    बाबुराम गौतम, गुल्मी

    [४३]
    बाजेले घिउ खाएका थिए, सुँघ मेराे हात,
    समयले काेल्टे फेर्‍यो, अल्छी तिम्राे फुस्राे बात ।
    -प्रद्युम्न चालिसे
    भक्तपुर कटुञ्जे

    [४४]
    भ्रष्टाचार गरेर कमाए हजारौँ करोडौँ दाम,
    देश विदेशमा गरेका छन् नेपालकाे बदनाम।
    -सहयात्री शोभा अर्याल
    बुटवल, रुपन्देही , नेपाल

    [४५]
    परदेश गए त्यतैतिर बिगार्दिन्छौँ थिति,
    नेपाली हौँ जहाँ गए पनि हाम्रै चल्छ नीती।
    -नवशिला

    [४६]
    पुर्खाकाे चिनाे छ गाेर्खाली वीर,
    युवाकाे उन्नति तस्कर तिर।
    -काेपिला अधिकारी
    गाेरखा सिरानचाेक

    [४७]
    देश डुब्न लाग्यो माझी धेरै बनेर ,
    पानी कटाउने को हो ? कुलो खनेर ।
    -जमुना आचार्य

    [४८]
    नेपाली युवा जति बाध्यताले जान्छन् विदेश तिर,
    नेताहरू ढुकुटी लुट्नैमा ब्यस्त छन् नमानी पिर।
    -शिव कुमार रेग्मी
    पोखराथोक,पाल्पा

    [४९]
    कामभन्दा ठुलो यहाँ पैसा भएपछि,
    के नै राख्यौ बाँकी नैतिकता गएपछि ।
    भवानी घिमिरे
    सर्लाही

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखन शृङ्खला- ९५

    साप्ताहिक पञ्चाङ्ग चित्रपट भाग- ३८

  • १४ श्रावण २०८०, आईतवार १३:०३ मा प्रकाशित
  • “पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग चित्रपट भाग :- अठतीसौंमा हामी पुगेका छौं।
    लेख्नु पर्ने पञ्चाङ्ग सङ्ख्या :- ०१
    मिति:-  २०८०/०४/ ११गते

    आदरणीय पञ्चाङ्ग अनुरागी  एवम्  स्रष्टाज्युहरू हार्दिक नमस्कार  ” पञ्चाङ्ग साहित्य समाज नेपाल” को आधिकारिक दर्ता पछिको ३८[ अठत्तिसौँ]  चित्रपटमा छौं।

             यहाँहरुलाई हार्दिक स्वागत गर्दै
    यस्  शृङ्खलामा दिइएको चित्र अनुसारको विम्बात्मक तथा गहन मौलिक भाव झल्किने एक पञ्चाङ्ग भोलि बेलुका ९:०० बजेभित्र आफ्नो नाम र ठेगाना सहित कमेन्ट बक्समा लेख्नु हुन हार्दिक अनुरोध गर्दछौं!

    प्रशिक्षक :
    ————
    गुणनिधि घिमिरे
    घनश्याम पौडेल
    तोयानाथ सुवेदी

    चित्र संकलन


    —————–
    सुशीला पाैडेल

    शुद्धीकरण
    ————–
    जमुना आचार्य
    भवानी घिमिरे
    पुष्पा नेपाल (सुवेदी )

    संरचना
    ———
    अनुप्रास :- आफू खुसी
    स्थायी :- आफू खुसी
    अक्षर :-  बराबरी

    समायोजक
    ————-

    सोमनाथ लुइटेल “रवि पाल्पाली”
                      तथा
    पञ्चाङ्ग साहित्य समाज नेपाल
    ————————

    चित्र अनुसार पञ्चाङ्गहरू [चित्रपट]
         चित्रमा पञ्चाङ्ग


    ~~~~~~~~~~~~~~

    पञ्चाङ्ग:०१
    सागर   तटमा   मुस्कुराएर   बसेकी  हरित परी।
    कसैकाे प्रतिक्षामा त्याे परेली कसेकी हरित परी।
    लाग्छ  संसारकै सुन्दर दृश्य अन्त देखिदैन कतै,
    ढुङ्गा  हैन सजिव भै धर्तीमा  खसेकी हरित परी।
    कस्ताे  मेराे  पागल मन भित्र पसेकी हरित परी।
    सुशीला पाैडेल

    पञ्चाङ्ग:०२

    पानी माथि जहाजको चाल हेर्दैछु।
    तलमाथि लहरा झै छाल हेर्दैछु।
    म पहाड शान्त बसेको देख्छौ होला,
    मै माथि विपत्तिको यो जाल हेर्दैछु।
    कस्तो होला भविष्य त्यो हाल हेर्दैछु।

    होम प्रसाद नेउपाने
    धरान,सुनसरी ।

    पञ्चाङ्ग ::०३
    अक्षर-२२

    कति सुन्दर मानव आकृति भएको ठाउँ जानू जस्तै लाग्यो।
    हेर्दा तलाउमा सजिएको नाउँ खियाउदै लानु जस्तै लाग्यो।
    प्रकृतिले कहीँ कहीँ त कतिसम्म सुन्दर दिन्छ ठाउँ पनि,
    हेर्दा लाग्ने मनो महक दृश्यमा बसि केही खानु जस्तै लाग्यो।
    पत्थर,रुप,लुगा हेर्दा लोभ लाग्दो आफैले तानु जस्तै लाग्यो।

    दुर्गा आचार्य
    मोरङ

    पञ्चाङ्ग:०४
    प्रकृतिको छटा हेर्दा लाग्छ विचित्र।
    यही बसी केही केर्दा लाग्छ विचित्र।
    प्रकृतिको अनुपम दृश्यलाई म,
    आफै अंगालोमा बेर्दा लाग्छ विचित्र।
    प्राकृतिले चाल फेर्दा लाग्छ विचित्र।
    ह्यारिस

    पञ्चाङ्ग:०५
    जिन्दगीमा एकपेट पनि राम्रो खान नपाएकी।
    वर्षमा  एकदिन  मावल  पनि  जान नपाएकी।
    आँसुकै सागरमा जीवन बिताएकी मेरी आमा,
    आमा भएर नि आमाको कहिल्यै मान नपाएकी।
    जिउँदो  रहँदा पनि  जीवनको  भान  नपाएकी।
    -पशपती राई खोटाङ ।

    पञ्चाङ्ग:०६
    आमा तिम्रा सपना पूरा गर्दै छु।
    येन केन प्रकारेण अघि सर्दै छु।
    जीवनमा दुखसुख जे परे नि,
    शुरूमा आमाको चरण पर्दै छु।
    संसारमा त्यो तिम्रो नाम छर्दै छु।
    घनश्याम पौडेल, पोखरा

    पञ्चाङ्ग:०७
    मलाई नबुझि तिमी सँधै गाली गर्छौ किन।
    तिम्रो नजिक नै हुन खोज्दा टाढा सर्छौ किन।
    गरिब र धनि त यहीँबाट छुट्टिदोरैछ।
    जति नै सम्झाउँदा मलाई आँखा तर्छौ किन।
    यहाँ गरिखाको देखेर रिसले मर्छौ किन।।
    कमला पाण्डे पराजुली झापा

    पञ्चाङ्ग:०८

    पानी माथि निदाए जस्तो गरि रहेछु म।
    मनमा शान्तिको आभास भरि रहेछु म।
    नेपाल आमाको मुहार हेर त यसमा,
    आजभोलि त जन्जलमा परि रहेछु म।
    दिनानु दिन उँधो उँधो झरि रहेछु म।
    सरस्वती श्रेष्ठ इटहरी

    पञ्चाङ्ग:०९

    समुद्रकाे वारी तटमा बसेकी राम्री परी भन्छु ।
    तनमा हरियो फरिया चाेली शृङ्गार धरी भन्छु ।
    मुहार छैन खुलेको पानी बाेक्ने बादल झै देख्दा ,
    रहस्यमय बसाइँ भयाे शाेकाएकी चरी भन्छु ।
    अनुमान मेरो गलत भए अहिल्यै सरी भन्छु ।

    भवानी घिमिरे
    सर्लाही ।

    पञ्चाङ्ग:१०

    सागर  वारिबाट    हेर्छु   तिमीलाई ।
    त्यही  आई  मनैले  घेर्छु तिमीलाई ।
    जति   गहिरो भए नि  डुङ्गा छँदै छ ,
    मायाले  अँगालोमा  बेर्छु तिमीलाई ।
    समुन्द्र जस्तो दु;ख फेर्छु तिमीलाई ।

    ✍️सोमनाथ लुइटेल “रवि पाल्पाली

    पञ्चाङ्ग:११

    मेरो भित्री मनको पीडा सुन्नै चाहेनौ।
    सागर सरी आँसु बगे थुन्नै चाहेनौ।
    डुङ्गा चढी हेर्न आउँछन् आँसुको ताल,
    म सँग त मायाको जाल बुन्नै चाहेनौ।
    हाम्रो त्यो प्रेमको हिसाब गुन्नै चाहेनौ।

    सरिता सेढाइ धादिङ

    पञ्चाङ्ग:१२

    प्राकृतिक तवरले झरेकी परी।
    अाफ्नै अस्तित्व बाेकेर परेकी परी।
    प्राकृतिक सुन्दरता कति राम्रो छ,
    समुन्द्रि सुन्दरतामा सरेकी परी।
    सुन्दरताकाे सुगन्ध छरेकी परी।
    शोभा आचार्य गौतम
    काठमाडौँ

    पञ्चाङ्ग:१३

    आज फेरि बसेको छु ।
    प्रेम बेरी बसेको छु ।
    तिमी नै मनको माया ,
    सुन्दा खेरि बसेको छु ।
    बाटो हेरी बसेको छु ।

    – आर्त अकुलीन, कैलाली

    पञ्चाङ्ग :१४
    एक अनकन्टारमा कुनै देशकी परी छन्।
    निकट नदी नाउ देखी पारी तर्न झरी छन् ।
    गाउँ शहर  सुनसान  कसैको   पर्खाइमा तस्वीर कसैले नचिन्ने नै हरियो भरी छन्।
    ऊनी एक्लै कसरी पारी बाट वारि तरी छन् ।
               बेदु न्यौपाने
                  काठमाडौँ ❤️

    पन्चाङ्ग:१५
    अक्षर-१६

    फलेको बृक्षकाे हाँगाे झैँ गरि झुलेकी तिमी।
    लाग्छ संसारकाे सुन्दरतामा घुलेकी तिमी।
    ढुङ्गा आकृति पनि परी झैँ सुन्दर देख्दा ,
    समुद्रि तटमा कति पाे राम्रो खुलेकी तिमी ।
    वरिपरि हरियाली वस्त्रले  फुलेकी तिमी।

    उर्मिला के.शी.
    धनकुटा

    पञ्चाङ्ग:१६
    श्राप  भोग्न  शिला बसेकी।
    नदी   पारी   टिला  बसेकी।
    प्रकृति    सङ्ग   मिसिएर,
    खम्बा जस्तै किला बसेकी।
    तटमा   दाखिला   बसेकी।

    ✍️अच्युत घिमिरे-भुटानबाट🇧🇹

    पञ्चाङ्ग:१७

    ढुङ्गामा कुदुएकि सुन्दर नारी चित्र तिमी।
    हरियो वस्त्रमा लगाएको सारी भित्र तिमी।
    कला र कौशलमा  कुदिएको  मनमोहक,
    दृश्यहेर्दा लाग्छ मस्त निद्रामा बिचित्र तिमी।
    बोलाउँदा उठछौकि जस्तोलाग्ने मित्र तिमी।

    सीता शर्मा पन्थी
    विरगञ्ज पर्सा

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on साप्ताहिक पञ्चाङ्ग चित्रपट भाग- ३८

    साताका तीन लघुकथा- ३४

  • १३ श्रावण २०८०, शनिबार १८:३५ मा प्रकाशित
  • साताका तीन लघुकथा हिमालयन दृष्टि र नमस्ते आधुनिक लघुकथा मञ्च बीचको सहकार्यमा सञ्चालित साप्ताहिक स्तम्भ हो । यस स्तम्भमा नमस्ते आधुनिक लघुकथा मञ्चको भित्तोमा साताभर प्रेषित लघुकथाहरू मध्ये मञ्चले छानेर पठाएका उत्कृष्ट तीन लघुकथाहरू प्रकाशन हुने गर्दछन् ।

    यस साताको (३४ औँ) शृङ्खलाका लागि लघुकथाकार नानि भारद्वजको लघुकथा ‘समानता’, लघुकथाकार बिष्णु उप्रेतीको लघुकथा ‘भाइरल’ र लघुकथाकार ‘हिमा आर.सी’को लघुकथा ‘पाप’ उत्कृष्ट तीनभित्र परेका छन् ।

    १)
    लघुकथा: समानता

    नानि भारद्वज

    “छोरा र छोरीमा भेदभाव गर्नु ठुलो अपराध हो।” महिला हकका विषयमा उनी यसरी गाउँलेलाई चेतना दिने गर्छिन्। धेरै टाढा टाढासम्म उनको चर्चा छ। भाषणले सबै मन्त्रमुग्ध हुन्छन्। मानौँ अब छिट्टै महिला क्रान्ति हुँदैछ। हाम्रो गाउँमा एउटा ठुलै महिलासभा हुनेभयो। हामी आयोजकको तर्फबाट ती महिला नेतृलाई निम्तो दिन उनको घरमै पुग्यौँ।

    अभिवादन आदानप्रदान पश्चात् उनले हामीलाई चिया पिउने अनुरोध गरिन्। चिया गफमा पनि आफ्नोे क्रान्तिकारी विचार पोखिन्- “हेर्नुस् ! छोरी भनेर हेलाहोचो गर्नु धेरै अमानवीय कर्म हो।”
    “हो त मेम् ! अहिलेको युगमा त्यसो गर्नु ठुलो अन्याय हो ।” भन्दै हामीले उनका कुरामा सही थाप्यौँ।

    “त्यसैले त यहाँको यो अग्रगामी सोचको कदर गर्दै हामी कार्यक्रममा निम्तो गर्न आएका छौँ ।” -मैले पनि केही थपेँ। माहोल सर्वसम्मत बन्
    त्यसैबेला तीन/चार वर्षे दुईजना वालक खुरुरु कुदेर आए र नेतृको काखमा बसे।
    वालकका सम्बन्धमा हाम्रा साथीमध्ये कसैले चासो राखे। चासो मेटदै उनले भनिन्- “यो चैँ मेरो नाति; ऊ चैँ छोरीको छोरो ।”
    विराटनगर,मोरङ्ग।

    २)
    लघुकथा: भाइरल

    बिष्णु उप्रेती
    ए बाबु ! लौन याे मेराे माेबाइल समातेर एउटा राम्राे भिडियो खिचिदेउ न। लु त बाबुु।” -मैले मलामीका भिडमा एउटा युवकलाई भने।
    उसले हाँस्दै हाँस्दै मेराे माेबाइल समातेर क्यामेरा खाेल्न थाल्यो ।

    “ए ! पख पख । म लासका छेउमा गएर साेला समाउँछु । अनि चारैतिर आउने गरी घुमाइ घमाइ खिचिदिनु है बाबु !”
    उसले मैले भनेकै तालमा भिडियो बनाउँदै भन्याे- “हैन हजुरबा ! याे वृद्धअवस्थामा मलामी जाँदै गरेकाे बेला, हजुरलाई याे भिडियो किन चाहियाे।”
    “भरे मार्मिक गाना खाेजेर, टिकटक बनाएर पाेष्ट गर्न नि बाबु । लाइक र कमेन्टकाे त कुरै छोडौँ। भाइरल नै हुन्छ नि ! याे भिडियो त।”
    उसले माेबाइल बन्द गरेर फिर्ता दियाे। थपक्क गाेजीमा राखेँ ।

    बेलुका अन्य सबै काम सकेर भावुक गीत सम्झिँदै माेबाइल खाेल्छु त त्यहाँ भिडियो थिएन। बरु यस्तो लेखिएकाे थियाे- ‘समवेदना, भावना र मानवीयता हराएका बुढा। अलिकति लाज छैन। मलामीकाे रुवाबासीमा, सडक दुर्घटनामा, आगजनीमा, अरूको दु:ख र पीडाको भिडियो बनाएर भाइरल बन्नुपर्ने। तिमीभन्दा पापी अरू काे हाेला?’
    २०८०/०४/१०
    बिर्तामोड झापा।

    ३)
    लघुकथा: पाप

    हिमा आर.सी
    “यस्ताको सास जानपनि कति गाह्राे भएको हो, कुन्नि? कुन पापले यस्तो भएको ?” -भन्दै काकीले अलिकति भात मुछेर समीरलाई अलग्गैबाट भातको थाल फालिदिइन् ।

    कुरा सुनिरहेकी आमाको मन अमिलो भयो। हात कमाउँदै समीरले गाँस मुखसम्म लगेपनि मुखमा पर्दैनथ्यो। समीरलाई आमाले खाना खुवाउँदै भन्नुभयो- “म पँधेरोबाट पानी लिएर आउँछु । यहीँ बस्, केही बदमासी नगर्नु।”

    उहाँ पानी लिन जानुभयो । कसैले पनि आफ्नो बच्चाहरू उसको नजिक खेल्न दिएनन्। ऊ जस्तै बच्चाहरू पनि अशक्त र अपाङ्ग हुन्छन् भनेर। उसलाई साच्चिँकै पाप गरेको रहेछु भन्ने लाग्यो। उनीहरूको यस्तो व्यवहारले उसलाई बाँच्न मन लागेन। आमा नभएको बेला उसले मर्ने बिचार गर्‍यो। केही दिन अगाडि आफ्नो आमाले तरकारीमा किरा लागेको छ भनेर विषादी औषधी ल्याएको उसले देखेको थियो । त्यहीँ विषादी औषधी खाएर मर्ने भनेर नजिकै रहेको विषादीको सिसा लिने कोसिस गर्दा हातबाट फुस्किएर फुट्यो । विषादी भुइँमा पोखियो ।

    यो आमाले देख्नुभयो । उसले आमालाई भन्यो- “आमा म पापी हुँ रे ! मसँग खेल्न कोही मान्दैनन्, त्यसैले मर्न लागेको।”
    आमाले काखमा लिएर निधारमा चुम्बन गर्दै भन्नुभयो- “छोरा! मलाई माफ गरिँदे। त कुनै पापले यस्तो भएको हैनस्। तँलाई जन्म दिन सक्दैन्थे । बाध्यतामा परेर गर्भपतनको औषधि खान पुगे। जसको कारण तेरो यो हाल भयो ।”
    मेहेलकुना सुर्खेत

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on साताका तीन लघुकथा- ३४

    साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खला- ११४

  • १३ श्रावण २०८०, शनिबार १७:५४ मा प्रकाशित
  • साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खलाको ११४ औँ भाग शनिबार सम्पन्न भएको छ । उदक साहित्य समाज, नेपालले उक्त कार्यक्रमको आयोजना गरेको थियो। उक्त शृङ्खलामा नेपाल लगायत विश्वका ५७ जना उदक स्रष्टाहरूको सहभागिता रहेको उदक लेखन शृङ्खलाका संयोजक, प्रशिक्षक एवं उदक साहित्य समाजका केन्द्रिय उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो ।

    काव्य विधा अन्तर्गतको नयाँ उदियमान प्रविधा उदक कविताको उन्नयन र विकासका लागि साप्ताहिक रूपमा उदक लेखन शृङ्खला सञ्चालन गर्दै आएको उदकका प्रवर्तक एवं उदक साहित्य समाजका अध्यक्ष आर्त अकुलीनले बताउनुभयो ।

    संयोजक एवम् प्रशिक्षक अनुभवका अनुसार शनिबारको शृङ्खलाका लागि विहान एउटा तस्बिर दिएर उक्त तस्बिर अनुसारको गहन भाव खुल्ने गरि मात्र एउटा उदक साझ ५ बजेसम्म लेख्न सहभागी उदक यात्रीहरूलाई भनिएको थियोे ।

    अभ्यासका लागि राखिएको प्रतिनिधि तस्बिर :

    उदक अभ्यास शृङ्खला– ११४ मा सहभागी उदक यात्रीका सुन्दर उदकहरू

    [१]
    मूल्याङ्कन
    आफूले आफूलाई
    रहोस् निरन्तर जारी !

    • वसन्त अनुभव

    [२]
    आफ्नो
    परिचय सत्यमा
    नबनोस् कहिले हत्यामा !

    • जमुना कायस्थ, पोखरा

    [३]
    आफ्नो
    परिचय खोज्दै
    आखिर आफैसँग सोध्दै !

    • सरिता सेढाइ, धादिङ

    [४]
    खबरदारी
    दिमागी खेललाई
    मर्नुहुन्न है मानवता !

    • गोपेन्द्र रिजाल, पाँचथर

    [५]
    हेर्नुस्
    आफैँले आफैँलाई
    धित मारेर जुनीभर !
    -पूर्णबहादुर श्रेष्ठ “हृदयङकृत”
    पनौती न.पा-३, काभ्रे

    [६]
    परिचय
    खोजेमा आफ्नै
    बनिन्छ पक्कै सफल !

    • प्रेम थापा “मन”, बागलुङ

    [७]
    खबरदारी
    पहिले आफैँलाई
    एउटा उदाहरण संसारलाई !

    • नवराज भट्ट, कञ्चनपुर

    [८]
    अनुहार
    आफ्नो हेरे
    बित्थामा अर्काेलाई नगरे !

    • निरज कोइराला

    [९]
    हेरेको
    आँखाले देखेको
    आफूले मात्रै भेटेको !

    • सविता के.सी.

    [१०]
    अनुहार
    सत्य दर्पण
    अरूमा खोज्नु बेकार !

    • म्यामराज राई, भोजपुर

    [११]
    आश्चर्य
    पर्‍यो छक्क
    आफैँलाई हेरेर दङ्ग !

    • अनुग्रह राना मगर ‘पुष्प’
      पाँचखपन नपा-६, संखुवासभा

    [१२]
    ऐना
    आफ्नो व्यवहार
    अघि बढ्ने आधार !

    • हिमाल अम्मै, घोडाघोडी, कैलाली

    [१३]
    बिगारे
    अरू दोषी
    आफूलाई बनाउने सहासी !

    • भगवती दवाडी, झापा

    [१४]
    खोपडी
    प्रयोग जानेमा
    ब्रह्माण्ड छ यसमा !

    • शारदा गौतम आचार्य
      ललितपुर

    [१५]
    ऐना
    समतल सतहमा
    सारा जीवनको प्रतिबिम्ब !

    • आर्त अकुलीन

    [१६]
    खबरदारी
    आफैँले आफैँलाई
    सचेत गराउन खाेज्दै !

    • राज कुमार राजभण्डारी “खाेटाङ्गे”
      मध्यपुर ठिमी-५, संगम काेलाेनी, भक्तपुर

    [१७]
    मानव
    व्यवहारमा दानव
    देखाउँदै आफैँले तान्डव!

    • टीकाराम पुन टिपु, सल्यान

    [१८]
    आत्मानुशासन
    जीवन खेल
    मनुष्य बन्ने परीक्षा !

    • नन्दलाल आचार्य
      सिद्धार्थटोल, उदयपुर

    [१९]
    मस्तिष्क
    अनियन्त्रित विचार
    उपचार आफ्नै हातमा ।

    • प्रभादेवी पौडेल
      भरतपुर-९, चितवन

    [२०]
    अनुहार
    आफ्नो आफैँ
    हेर्दैमा हुने दिक्क !

    • चक्र शाही, लम्की ,कैलाली

    [२१]
    आलोचना
    आत्मको समीक्षा
    जीवन्त आफ्नै विवेचना !

    • कमला देवकोटा, पाल्पा

    [२२]
    मस्तिष्क
    जीवनकाे चालक
    चलाउन नजाने बाधक !

    • भवानी घिमिरे, सर्लाही

    [२३]
    मान्छे
    ऐना हेर
    अरूलाई नजिस्काऊ धेर !

    • पशपती राई, खोटाङ

    [२४]
    दुष्कर्मी
    अतृप्त देह
    हाँक छेदित शिरलाई !

    • कण्ठराज गिरी

    [२५]
    अनुहार
    आफ्नै हेरौँ
    अरुलाई केही नभनौँ !

    • पं ज्यो तोयनाथ सुवेदी
      हेटौडा-८, कमाने

    [२६]
    आत्ममूल्याङ्कन
    गर्नुपर्ने झन्
    आफूले आफैँलाई जान !

    • सरिता काफ्ले, कोहलपुर-८, बाँके

    [२७]
    म
    आफ्नै दूरबिन
    आफैँलाई हकार्छु हरदिन !

    • मधुसुदन शर्मा

    [२८]
    ऐना
    देखियो प्रतिबिम्ब
    कर्तुत भयो छर्लङ्ग !

    • धनमाया चौधरी, कैलाली

    [२९]
    खोज्दै
    आफ्नो परिचय
    आफूभित्र आफैँ सोध्दै !

    • दुर्गा आचार्य, मोरङ

    [३०]
    विश्लेषण
    स्वयम्को जरुरी
    अनि हुँदैन मजबुरी !

    • पृथक प्रकृति, झापा

    [३१]
    हेर
    आफैँ सोच
    जीवनको कटु सत्य !
    -धर्मी शाक्य, बुटवल, रुपन्देही

    [३२]
    फर्केर
    नहेरी आफूलाई
    पर्नुहुन्न गमक्क बरिलै !

    • तेजप्रसाद खनाल, दाङ

    [३३]
    खबरदार
    स्वयम् पहरेदार
    सुख सुस्वास्थ्य स्वउद्दार !

    • तोया घिमिरे, शङ्खमूल, काठमाडौँ

    [३४]
    सुझाव
    अरूको सुनेर
    निर्णय आफैँलाई सोधेर !

    • कल्पना पहाडी, सिन्धुली

    [३५]
    मनाेभावमा
    अन्तरमनकाे ऐना
    मानव सभ्यताकाे परिचय !

    • राेशन पराजुली, धरान

    [३६]
    हात
    मुर्कट्टाको साथ
    तर्साउने खबरदारी गरेर !

    • मङ्गला उपाध्याय, बारा

    [३७]
    सतह
    परिचय खोज्दै!
    अनि आफैँसँग सोध्दै !

    • बेदु न्यौपाने, काठमाडौँ

    [३८]
    सावधान
    मस्तिष्क दर्पण
    असाधारण जीवन धन !

    • विवश पारदर्शी, झापा

    [३९]
    चिनौँ
    पहिला आफू
    अनि चिनिन्छ अरू !

    • बीके माकाजु

    [४०]
    खबरदारी
    आन्तरिक द्वन्द्व
    आफ्नै अन्तर्मनकाे प्रतिबिम्ब !

    • श्रद्धा आचार्य, पोखरा

    [४१]
    हरबखत
    आफूभित्र नियाल
    कर्मेन्द्रियकाे विवेकको सन्तुलन !

    • टीकाराम जाेशी, इमाडाेल

    [४२]
    पहिले
    आफूलाई हेर्नू
    अनिमात्र सङ्गत फेर्नू !

    • घनश्याम पौडेल, पोखरा

    [४३]
    आदेश
    हेरेकाे परमादेश
    कति नाङ्गै भएको !

    • प्रद्युम्न चालिसे
      भक्तपुर, कटुञ्जे

    [४४]
    स्वमुल्याङ्कन
    गर्दै आत्मसम्मान
    विवेकले पूर्ण जिन्दगी !

    • तोयानाथ चापागाईं
      दमक, झापा, नेपाल

    [४५]
    मानव
    कस्तो चोला
    तेरोमेरो किन होला ?

    • बुद्धिप्रसाद लामिछाने, कैलाली

    [४६]
    मान्छे
    आफूलाई बिर्सेर
    नियाल्छ टाउको छिनेर !

    • मिलन के. सी.(थापा), पोखरा

    [४७]
    टाउको
    जिल्ल पर्दै
    हृदय प्रश्न गर्दै !

    • समुन्द्रा शर्मा, सुनसरी

    [४८]
    ऐना
    अनुहार हेर
    इज्जतको काम गर !

    • त्रिलोक रामदाम

    [४९]
    भ्रम
    मस्तिष्कको चाल
    आफैँलाई नचिन्दा बेहाल !

    • सरस्वती वली, बर्दिया

    [५०]
    खोजी
    मूल्याङ्कन तरीका
    रोजी हरेक थरीका !

    • जमुना आचार्य, सिन्धुपाल्चोक

    [५१]
    मानव
    अमुल्य चोला
    पृथ्वीको अनुपम रचना !

    • तिला लेकाली

    [५२]
    खोज्दै
    आफ्नो परिचय
    आफूभित्र आफैँ सोध्दै !

    • दुर्गा आचार्य, मोरङ

    [५३]
    मानिस
    सजीव प्राणी
    भित्री ज्ञानको खोजी !

    • कविता आचार्य, कैलाली

    [५४]
    टाउको
    नसोच्नु जाउको
    भार हुँदैन साउको !

    • अच्युत घिमिरे, भुटान

    [५५]
    प्रतिबिम्ब
    गरेको भ्रष्टाचार
    आफैँले आफैँलाई खबरदार !

    • अम्विका अधिकारी
      झापा, विर्तामोड

    [५६]
    मूल्याङ्कन
    खोज आफैँमा
    बचाएर आफ्नै स्वाभिमान !

    • इन्दिरा देवकोटा
      कपिलवस्तु न.पा.-३

    [५७]
    अनुहार
    आफ्नै प्रतिबिम्ब
    हेर्न गर्नुहुन्न विलम्ब !

    • बाबुराम आचार्य
    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खला- ११४

    ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखन शृङ्खला- ९४

  • १२ श्रावण २०८०, शुक्रबार ०७:१३ मा प्रकाशित
  • काठमाडौ। साप्ताहिक ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको ९४ औँ शृङ्खला यही श्रावण ०२ गते शनिबार सम्पन्न भएको थियो।
    अभ्यासमा नेपाल लगायत विश्वका ४२ जना नेपाली भाषी टुक्काकारहरूको सहभागिता रहेको कार्यक्रम संयोजक/ प्रशिक्षक एवम् टुक्का साहित्य समाजका उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो । टुक्का साहित्य समाजको आयोजनामा उक्त शृङ्खला विगत लामो समय देखि नियमित रूपमा सञ्चालन हुँदै आएको छ।

    टुक्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले समाजले विविध किसिमका कार्यक्रम गर्दै आइरहेको छ । टुक्का लेखनमा पृथकता एवं फरकपन भित्राउने सिलसिला अन्तर्गत यस शृङ्खला सञ्चालन गरिदै आएको समाजका संस्थापक अध्यक्ष, टुक्का प्रवर्तक एवम् कार्यक्रमका परिकल्पनाकार ताराप्रसाद चापागाईंले बताउनुभयो ।

    टुक्का लेखनका लागि एक व्यङ्ग्यात्मक टुक्का राखिने र त्यसैमा आधारित रहेर गहन भावको एक एक टुक्का सहभागीले राख्नुपर्ने संयोजक अनुभवले जनाउनुभयो ।

    ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको ९४ औँ शृङ्खलाको लागि प्रतिनिधि टुक्काको रूपमा समाजका उपाध्यक्ष वसन्त अनुभवले समसामयिक विषयमा लेख्नुभएको व्यङ्ग्यात्मक टुक्कालाई राखिएको संयोजक अनुभवले बताउनुभयो ।

    अभ्यासका लागि राखिएको प्रतिनिधि टुक्का

    एक क्विन्टल सुन ल्याँउदा, चट्ट सलाम ठोके,
    के भाका हुन् यी भन्सारे ? एउटा मोबाइल रोके ।
    वसन्त अनुभव
    घोराही, दाङ

    सहभागी टुक्काकारहरूले अभ्यासका क्रममा सृजना गर्नुभएको टुक्काहरू



    [१]
    सुन ल्याउन छोडी छोडी मोबाइल ल्यायौ ?
    थुइक्क तिम्रो काँचो बुद्धि बल्ल चोक्टा खायौ ।
    -वसन्त अनुभव
    घोराही, दाङ

    [२]
    सुन ल्याउनेलाई खुसी भएर भाग पाउँला भनी सलाम ठोके,
    आफ्नै मोबाइल ल्याउनेको चैँ जबर्जस्ती गरी खोसेर नै पो बोके ।
    -पवन कुमार बुढाथेाकी
    काठमाडौंं

    [३]
    त्यत्रो सुन भित्र्याउँदा तिमी बसेर के हेर्‍यौ,
    चोक्टा खाने आस गरेका झोल पिएर छेर्‍यौ ।
    -बेदु न्यौपाने
    काठमाडौँ

    [४]
    एउटा मोबाइल ल्याउँन गाह्रो एयरपोर्ट भन्सारमा,
    सुन तस्करको माखेसाङ्ग्लो हेर विदेशदेखि धन्सारमा ।
    -टिकाराम पुन टिपु
    सल्यान

    [५]
    चोर्नेको सेटिङ्ग भएरै छिराउन सफल भए सुन,
    कहाँ सम्झन्थेँ सानाले ठूलालाई हिजो लगाएको गुन।
    -अर्जुन प्रसाद चौलागाई
    रामेछापः-सुनापति-१
    हालः-अमेरिका,बोस्टन।

    [६]
    धन्सारे र भन्सारे त उस्तै उस्तै साथी,
    तलबाट रोकेजस्तो छिराउने माथि ।
    -गुणनिधि घिमिरे, अमेरिका

    [७]
    यतिधेरै सुन भित्रिँदा भन्सार विभागले कतै लुकाएन ?
    त्यो चेकजाँच गर्ने मेसिनले हरे किन यहाँ चाल पाएन ?
    -कबिताहरी
    सुन्दर हरैंचा नगरपालिका १ मोरङ

    [८]
    अझै आफैँ ठुला हुँदै झुटाे भाषण गर्ने,
    जनतामात्र हुन् खाली घेराबन्दीमा पर्ने।
    -धनु रेग्मी
    भरतपुर

    [९]
    कतिबेला देखाउँछौ ङिच्च दाँत, पारिकन लोलोपोतो,
    चेकजाँच भन्ने त्यस्तै रहेछ, खास रहेछ मिलोमोतो ।
    -प्रेम थापा “मन”बागलुङ

    [१०]
    भित्रभित्रै मिल्या होला पाइन्छ भनी अंश,
    के थाहा ! देखेको छैन एउटै हुन् कि वंश ?
    -अनुग्रह राना मगर ‘पुष्प’
    पाँचखपन नपा – ६ संखुवासभा

    [११]
    अलिअलि भाग रोक्नेलाई पनि लाए,
    त्यत्रो सुन सबै मिली खर्लप्पै पो खाए ।
    -सरिता सेढाइ धादिङ

    [१२]
    ठुलालाई उम्काई हाल्छन् साना पर्छन् घानमा,
    अचम्मको कानुन बन्छ साेझासाझा तानमा ।
    -त्रिलाेचन भण्डारी
    मेचीनगर, झापा

    [१३]
    बाहिरबाट गरेको छ जनताको काम,
    भित्रभित्रै छ अर्कै खेती कमाउने दाम ।
    -भवानी घिमिरे
    सर्लाही ।

    [१४]
    थाहा छैन यो घर कसरी चल्दैछ,
    भित्रभित्रै माटो जस्तै गरी गल्दैछ !
    -आर्त अकुलीन, कैलाली

    [१५]
    व्यापारी ब्वाँसाकाे अवतार हाम्रो सधैँ लुटिरहन्छाैँ,
    नाटक गर्छाैँ अनेकन् जनताकाे गिदी भुटिरहन्छाैँ ।
    -निरज कोइराला इटहरी

    [१६]
    चेकजाँच गर्ने मेसिन कस्तो नुन ल्याउदा चुई चुई कराउने,
    भारीकाे भारी सुन भित्रिँदा सुन छ भनेर बाेल्न पुरै डराउने ।
    -राज कुमार राजभण्डारी “खाेटाङ्गे”
    मध्यपुर ठिमी ५ संगम काेलाेनी भक्तपुर ।

    [१७]
    पित्तल भनेर छोडेको सुन पो परेछ,
    हात्ती फुकाऊ भनेको थिएँ भेडो झरेछ।
    -म्यामराज राई, भोजपुर

    [१८]
    भन्सारेको के कुरा गर्नु, रोक्ने कुरा छिराउँछन्,
    धनीलाई काखी च्यापी गरीबलाई पिराउँछन्।
    -दीपक ठटाल जलन,२२.७.२४

    [१९]
    भन्सारेले गर्ने भनेको सर्वसाधारणलाई रोक्ने काम,
    अलिक ठुला सामान आए त मिलीजुली नदेखाई हाम ।
    -राजेशराज गड्तौला
    काँडाघारी, काठमाण्डौ

    [२०]
    एकसय किलो सुन ल्या’को छु बोराभित्र भरी,
    अब आफ्नो नाम खोपेर बनाउँछु जलहरी ।
    -नवशिला,
    बेलबारी-२,लालभित्ती,मोरङ।

    [२१]
    मोबाइल र पैसा राख्न त छ जतासुकै ठाउँ,
    एक क्विन्टल सुन सरकार कहाँ तह लाउँ ?
    -बिबस पारदर्शी
    झापा

    [२२]
    जनताले ल्याएको एउटा मोबाइल किन झार्ने,
    सुन ल्याउने हाकिमले सलाम ठोकी आँखा मार्ने ।
    -अम्विका अधिकारी
    झापा विर्तामोड

    [२३]
    सुनको लङ्का भन्थे नि पैला, लौ अहिले नेपाल
    सुनको भारी वोक्ने भरियाको, छ छाती विशाल ।
    -ध्रुव श्रेष्ठ,
    खोटाङ ।

    [२४]
    ‘लाेके’तन्त्रमा जनतालाई ‘भुकतन्त्र’ तर्फ जाल छ माेड्ने,
    माैका थियो’ अनि ‘यही’ सत्ता पूजारीकाे सुन सम्पत्ति जाेड्ने ।
    -रामप्रसाद पुरी, बादेल खाेटाङ ।

    [२५]
    ठुला माछा समात्ने हुनुपर्छ आँट,
    भुरा खाने बाहेक देखिएन छाँट ।
    -कृष्णकुमार वैद्य
    बनेपा ९, काभ्रे

    [२६]
    जे गर्छ यहाँ फटाहाले नै सबै थोक गर्छ,
    चेकजाँचमा त केवल सोझो मान्छे पो पर्छ ।
    बाबुराम पाण्डे
    अर्घाखाँची

    [२७]
    कस्ता आँखा होलान् चेकजाँचकर्ताको अमुल्य बस्तु छेक्ने,
    कमिशन नआउने समान चैँ टाढैबाट प्रष्ट धेक्ने ।
    -शंकर कार्की
    थाहा नगरपालिका ३ मकवानपुर।

    [२८]
    सबै मिली गरीबको पसिनाको कमाईमा आँखा गुडाए,
    स्वार्थ पूर्तिकै लागि सरकारी कानुनको खिल्ली नै उडाए ।
    -रबि श्रेष्ठ, सन्धिखर्क-१, अर्घाखाँची,
    हाल : बुटवल, रुपन्देही, नेपाल !

    [२९]
    ठुला माछा चिप्लेर भाग्छन् साना पर्छन् जालमा,
    भित्र भित्र षड्यन्त्र बुन्छन् ठुला बस्छन् खालमा।
    -दुर्गा आचार्य
    मोरङ

    [३०]
    काले आए गोरे आए सुनकै खेती गर्छन्,
    मर्ने बेला मुखमा राखी वैतरणी तर्छन् ।
    -पद्मा पाण्डे
    पथरी मोरङ

    [३१]
    एक क्विन्टल त्यो सुन ल्याउँदा देख्ने काेही नि भएन,
    कसरी आयाे एयरपोर्टमा, चेकजाँचमा गएन।
    -शाेभा आचार्य गाैतम
    काठमाडौँ

    [३२]
    मिल्दैन भाग तेराे र मेरो हुन् कुकुर बिराला,
    टाउके लुक्छन् भरिया थुन्दै दुखी देश निकाला।
    -इन्दिरा प्रयास

    [३३]
    नेपाल गरिब छ भनी सुन ल्याउन थाले,
    व्यक्तिगत सम्पत्ति दाखिला गर्नुहुन्न काले ।
    -जमुना आचार्य सिन्धुपाल्चोक

    [३४]
    रोल्पा, रुकुममा छैन खाने नुन,
    तस्कर गर्दैछन् नेता मिली सुन।
    -शिव कुमार रेग्मी
    पोखराथोक,पाल्पा

    [३५]
    एउटै गतिलो छैन सरकारी संयन्त्र,
    बिस्तारै घाँडो बन्दैछ देशमा गणतन्त्र।
    -प्रदीप के रिमाल
    इटहरी, सुनसरी।

    [३६]
    मोबाइल होइन सुन छिराउने गौँडो थियो,
    चुन्नलाई सानो गल्ती भयो गेटमै खसाल्दियो।
    -अच्युत घिमिरे-भुटानबाट🇧🇹

    [३७]
    आउँदा नुन भनेर आयो भन्सारभित्र,
    एक क्विन्टल सुन रहेछ कस्तो बिचित्र।
    -होम प्रसाद नेउपाने
    धरान,सुनसरी ।

    [३८]
    सादा तलबले त आधुनिक भवन बन्दै बन्दैन,
    भन्सारले जाँचपास गर्‍यो, म चाेर कसैले भन्दैन ।
    -प्रद्युम्न चालिसे
    भक्तपुर कटुञ्जे ।

    [३९]
    विदेशको चिनो ल्याए अहो ! कस्तो दु:ख पाइन्छ,
    सेटिङ छ सुन तस्करीबाट मात्र कमाइन्छ ।
    -भगवती दवाडी

    [४०]
    भारे भुरे सामान रोक्नु भान्सारेहरूको काम,
    बहुमुल्य सामान भेट्टिए आफैँले पार्छन् झ्वाम ।
    -बाबुराम गौतम, गुल्मी

    [४१]
    भयो नेपाल नै खाने, भ्रष्टाचार अजिङ्गर,
    अवैध सुन भित्र्याए, बनाए स्वर्णकै घर ।
    -रामशरण न्यौपाने,भक्तपुर

    [४२]
    सुनौली पारि घरीघरी लुकिछिपी गर्छिन्,
    देखिन चाहे समातिन्छिन् नत्र ढुक्क पर्छिन् ।
    -सुस्मिता अधिकारी

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखन शृङ्खला- ९४

    Posts navigation

    Older posts
    Newer posts

    Himalayan Dristi Team

    • प्रधान सम्पादक

      अनिल आचार्य

    About us

    • हाम्रोबारे

    Follow us on Facebook

    Contact Us

    Kathmandu, Nepal
    Email: himalayandristi@gmail.com
    Phone:-00977-9868990772
    Web:
    www.himalayandristi.com/
    विज्ञापनका लागि
    कृष्ण गिरि 00977-9860341922

    © Copyright 2020-2024 Himalayan Dristi. All Right Reserved. Design & Developed By K & P