“पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग चित्रपट भाग :- सचालिसौंमा हामी पुगेका छौं। लेख्नु पर्ने पञ्चाङ्ग सङ्ख्या :- ०१ मिति:- २०८०/०६/११गते
आदरणीय पञ्चाङ्ग अनुरागी एवम् स्रष्टाज्युहरू हार्दिक नमस्कार ” पञ्चाङ्ग साहित्य समाज नेपाल” को आधिकारिक दर्ता पछिको:४७[ सचालिसौँ] चित्रपटमा छौं।
यहाँहरुलाई हार्दिक स्वागत गर्दै
यस् शृङ्खलामा दिइएको चित्र अनुसारको विम्बात्मक तथा गहन मौलिक भाव झल्किने एक पञ्चाङ्ग भोलि बेलुका ९:०० बजेभित्र आफ्नो नाम र ठेगाना सहित कमेन्ट बक्समा लेख्नु हुन हार्दिक अनुरोध गर्दछौं!
प्रशिक्षक :
गुणनिधि घिमिरे घनश्याम पौडेल तोयानाथ सुवेदी
चित्र संकलन
सुशीला पाैडेल
शुद्धीकरण
जमुना आचार्य भवानी घिमिरे पुष्पा नेपाल (सुवेदी )
संरचना
अनुप्रास :- आफू खुसी स्थायी :- आफू खुसी अक्षर :- बराबरी
समायोजक
सोमनाथ लुइटेल “रवि पाल्पाली” तथा
पञ्चाङ्ग साहित्य समाज नेपाल
चित्र अनुसार पञ्चाङ्गहरू [चित्रपट] ~~~~~ चित्रमा पञ्चाङ्ग ~~~~~~ पञ्चाङ्ग:०१ मानिस कला हेर्न पल्किदो रहेछ। जता कला छ त्यतै सल्किदो रहेछ। मानिसको कलालाई गर्छु सलाम, आफ्नो कला आफैँमा टल्किदो रहेछ। अशक्त हुँदा याद झल्किदो रहेछ।
पञ्चाङ्ग:०२ कसले भन्छ र थोपाथोपा नद हुँदैन। संरचना मिले पनि राम्रो कद हुँदैन। हेर्नुस् झिँगटा मिलाएर मानिस बनेको, मिहिनेतको खास मूल्य र पद हुँदैन । नखोज्नू है कलाको अन्तिम हद हुँदैन ।
श्रीकृष्ण शर्मा पोखरा
पञ्चाङ्ग:०३ मान्छेको आकार बन्दो रहेछ मिलाउन सके। जराबुटामा राम्ररी आकार दिलाउन सके। पौरखी हातहरुलाई सलाम गर्दछु मैले, जिन्दगी सुखी बन्छ होला खुसी पिलाउन सके। दिन गएको पत्तो हुन्न होला कलामा बिलाउन सके। ह्यारिस
पञ्चाङ्ग०४ एक अर्काका छन् ओखती जानेमा मलाई यहाँ। रोपेमा फल्दछ असर्फी जोगाए भलाई यहाँ। छहारी र सहारा बनाउँला बुढ्यौलीमा पनि , चरा र प्राणीको नास छ जङ्गल जलाई यहाँ। पहिरोमा थाम्छु काँध आफैँलाई गलाई यहाँ। सुस्मिता अधिकारी ,काठमाडौँ
पञ्चाङ:०५ सबैले चाहेको हुँदैन पद यहाँ। स्वच्छ र निर्मल भएन नद यहाँ। कलाकारले कला दिए अनुभूति, मेहनती तिम्रा खै ठूलो कद यहाँ। मानिसको छ कलाकार हद यहाँ। भगवती दवाडी ,झापा
पञ्चाङ्ग :०६
मानव आकारको चित्र झल्केको छ। वृक्षहरुको जरो बन्न पल्केको छ। बोट बिरुवा जरो रहेछ सक्कल , रुखहरुमा जड बनी अल्झेको छ। पुनर्जन्मको कर्म फल बल्झेको छ। बेदु न्यौपाने काठमाडौँ ❤️
पञ्चाङ्ग:०७
प्रकृतिको भन्दा फरक चित्र पाएँ। हृदयेश वृत्तको रङ्ग भित्र पाएँ। यसमा पनि सास भर्न पाए हुन्थ्यो, चित्रैमा नै एउटा मैले मित्र पाएँ। यसो नियाली हेर्दा आफ्नै पित्र पाएँ ।
✍️ सोमनाथ लुइटेल “रवि पाल्पाली”
पञ्चाङ्ग:०८ लगतमा दृश्य संरचनाको खाल रहेछ। जीवनत्व अड्याउने खालको ताल रहेछ। दाउरा छैन त पकाउने सुरसार मेटिने, भेटिने हरेक परिकारमा झाल रहेछ। अगाडि राम्रो देख्दा पछाडि झन् छाल रहेछ।
जमुना आचार्य सिन्धुपाल्चोक
पञ्चाङ्ग:०९ हरेक चिज राम्रो देखिदो रहेछ मिलाउन सके। फाटेको मन पनि जोडिन्छ राम्ररी सिलाउन सके। यहाँ वैमनस्यता भन्ने कसैमा पनि हुने थिएन, नराम्रो कुरा पनि राम्रो बनाएर दिलाउन सके। विष आफैं पिइ अरुलाई अमृत पिलाउन सके। -पशपति राई खोटाङ।
पञ्चाङ्ग:१० मलाई पनि त यस्तै कला सिक्नु छ। राम्राे काम गरी समाजमा बिक्नु छ। गर्दा नहुने के छर यस धर्तीमा, प्रतिकुल समय आए नि हिक्नु छ। जिउने कलाकाे साथमा नै टिक्नु छ।
“पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग भाग: बैसठीऔंमा हामी पुगेका छौ। सम्पूर्ण पञ्चाङ्ग स्रष्टाहरुमा पञ्चाङ्ग लेख्नु हुन् हार्दिक अनुरोध छ: अभ्यास पाठशालाको अभ्यास शृङ्खला दर्तापछिको भाग :-६२ [बैसठीऔं]
विधा :- पञ्चाङ्ग अभ्यास गर्ने स्थान :- पञ्चाङ्ग अभ्यास पाठशाला मिति:- २०८०/०६/०८गते भोलि बेलुका ०९ बजेसम्म पञ्चाङ्ग वा समपञ्चाङ्ग पठाउनु हुन् अनुरोध छ। ……………………………………….
प्रशिक्षक:- …………… गुणनिधि घिमिरे घनश्याम पौडेल तोयानाथ सुवेदी ……………………… भाषा शुद्धीकरण:- ———– जमुना आचार्य भवानी घिमिरे पुष्पा नेपाल सुवेदी
अक्षर सङ्ख्या:- [बराबरी] अनुप्रास :- आफुखुसी स्थायी :- अनिवार्य
………………………………………………
पञ्चाङ्ग:०१ समय आउँछ जान्छ सोध्दैन कसैलाई। जो कोहीलाई नै लान्छ सोध्दैन कसैलाई। त्यसैले केही बोल्दा सोच्ने गरौँ सबैले, जो सुकैको मुटु खान्छ सोध्दैन कसैलाई। मृत्युले कसरी हान्छ सोध्दैन कसैलाई। सुशीला पाैडेल
पञ्चाङ्ग:०२
फूलमा रमाउँछन् सबै म पातमा रमाऊँ कसरी । तिमी पिरतीमा झुम्दैछ्यौ म घातमा रमाऊँ कसरी। यो जिन्दगीमा तिमीलाई बिर्सन त मर्न पर्छ सानू, कल्पनाको सुख छोडी दुःख खातमा रमाऊँ कसरी । जून बिना एक्लै यो अँधेरी रातमा रमाऊँ कसरी ?
श्रीकृष्ण शर्मा पोखरा
पञ्चाङ्ग:०३ दुःख र पीडा बिसाउने ठाउँ चाहिएको छ। हाँसोमा हाँसो मिसाउने ठाउँ चाहिएको छ। खुसी र पीडा एक अर्काका परिपुरक हुन्, भएका दुःख चिसाउने ठाउँ चाहिएको छ। दुश्मनलाई पिसाउने ठाउँ चाहिएको छ। ह्यारिस
पञ्चाङ्ग:०४ दिनमा पुतली जस्तै उडेर फूलमा रमाऊ। रातमा लामखुट्टेले टोक्छ है झुलमा रमाऊ। रात दिनको मिलन बिन्दु मनमा राखेर हेर, मनलाई चञ्चल नगर आफ्नै कुलमा रमाऊ। चाडपर्व आयो नि परिवारको हुलमा रमाऊ। बेदु न्यौपाने काठ माडौँ ❤️ पञ्चाङ्ग:०५
sss, iis, isi, iis, ssi, ssi, s
कौसीमा बसियो अलाप रटियो, जो मेल मेरै भयो साथीको मनमा रहेर किन हो, आलाप धेरै भयो कहाँको रणमा बचेर अमली ,सोचेर काट्ने थियौ साथीको मुटुमा अनेक घटना, आएर खेरै भयो चौतारी कसको अजान पथमा, सोचेर तेरै भयो ।
✍️सोमनाथ लुइटेल “रवि पाल्पाली” पाल्पा ।
पञ्चाङ्ग:०६
डुबेको घामसँगै झुल्के घाम पर्खेको छु यहाँ। मुस्कान ल्याउन पीडा सबै नै खर्चेको छु यहाँ। पानीको चक्रसँगै छ मेरो अस्तित्व गाँसिएको, पहाडलाई सारा खुशीहरु अर्पेको छु यहाँ। प्रकृतिमा खेल्न बादलसँग तर्केको छु यहाँ।
सुस्मिता अधिकारी ,काठमाडौँ
पञ्चाङ्ग:०७ तिमीलाई हेर्दा हेर्दा यो ज्यान जानी भयो सानू। तिम्रो बोली सुन्दै निदाउने पो बानी भयो सानू। तिम्रै यादमा आजभोलि दिन अनि रात बित्छन् सोच्छु तिम्रै पिरले मलाई नै खानी भयो सानू। पीरको पसिनाले जिउ ज्यान पानी भयो सानू ।। बाबुराम पाण्डे अर्घाखाँची
पञ्चाङ्ग:०८ फुल्दैछन् आगनमा रङ्गीचङ्गी फूल हेर। आकाशमा उड्यो माल चराको हूल हेर। सरद् ऋतु आगमनको आभास हुदैछ, फल लागेका बोटमा मुनाको झुल हेर। कलिला मुना टिपेर नगर भूल हेर। शोभा आचार्य गौतम काठमाडौँ
पञ्चाङ्ग:०९
आफ्नै छन् दुनियाँ पढी रमाऊँ साथैमा। एकले अर्काको हात समाऊँ साथैमा। एकतालाई जागृत दिएर सबैले, काम गर्दै रक्षा भर्दै कमाऊँ साथैमा। मिलेपछि के नहोला जमाऊँ साथैमा।
जमुना आचार्य
पञ्चाङ्ग:१० पर्खेर बसेँ,आएन खुसी, गलाएर गयौ। आशाको ठूलो रूख रोपेर ढलाएर गयौ। सुनेका कुरा बिर्सि दिएँ,देखेका सम्झि रहेँ, बिजुली चम्काएर सपना जलाएर गयौ। बिना बोटमा झुप्पा फसल फलाएर गयौ।
होम प्रसाद नेउपाने धरान,सुनसरी।
पञ्चाङ्ग११
फूलमा रमाउँछन् सबै तिमी पातमा रमाउन सिक । पिरतीमा सबै रम्दैछन् तिमी घातमा रमाउन सिक । जिन्दगीकाे महासागर तर्दामा तिघ्रा नकमाइकन , पौडिएर आफैँ पराकाष्ठाकाे खातमा रमाउन सिक । उज्यालोमा मात्रै नभै अँधेरी रातमा रमाउन सिक ।
भवानी घिमिरे सर्लाही ।
पञ्चाङ्ग:१२ ओेमकार हटाएर राख्ने भनेर भन्दछन् यही चर्चा गरी मान्छे संख्या गनेर भन्दछन् कति संख्या रहेछन् ती ओेमकार विरुद्धमा आपसमा कुरा गर्दा क्राेधी बनेर भन्दछन् हाेच्याएर कसैलाई खाल्डाे खनेर भन्दछन्।
ताेयानाथ सुवेदी काँडाघारी काठमाडौं
पञ्चाङ्ग:१३ कुकुरले कुकुर सित जति झगडा गरे पनि। साँढेहरु जुधेर एक अर्काको सिङ झरे पनि। मान्छेले मान्छेलाई जस्तै शिकार नगर्दो रहेछ, चाहे त्यो कैयौं दिनदेखिको भोकभोकै परे पनि। त्यतिकै नै बस्दो रहेछ त्यो बरु भोकले मरे पनि।
-पशपति राई खोटाङ ।
पञ्चाङ्ग:१४ शब्दकोषबाट ओम निकाल्ने भन्छन्। त्यसको बदला अर्कै के हाल्ने भन्छन्। मानिसमा कुमति लाग्न थाले पछि , उल्टो दिशातिर पाइला चाल्ने भन्छन्। हिन्दूवादीहरूको मुख टाल्ने भन्छन्। घनश्याम पौडेल,पोखरा
पञ्चाङ्ग:१५ तिम्रा लागि प्रगति पथको बाटोमा उभिन सकूँ। जस्तो भए नी आफ्नै नेपाली माटोमा उभिन सकूँ। एक रथको दुई पाङ्ग्रा भै जिन्दगीको दौरानमा, हिङ्ग नभएनी हिङ्ग बान्ने खाटोमा उभिन सकूँ। धर्खराउँदै भए नि तिम्रो पाटोमा उभिन सकूँ। सरस्वती श्रेष्ठ इटहरी
पञ्चाङ्ग:१६ जीवनसँग हार भयो मैले जितिनँ। नचाहिँदो कै पार भयो मैले जितिनँ। फेरि म जित्न भनेर होइन जन्मेको, सपनाको नै मार भयो मैले जितिनँ। निषेधात्मक सार भयो मैले जितिनँ।
✍️अच्युत घिमिरे,सर्पाङ,भुटान🇧🇹
पञ्चाङ्ग:१७ कहाँ हाेला नेटाे काटी मलाई छली हराकाे मान्छे। तिमी जता भएपनि मैले मन पराएकाे मान्छे। आखिरमा जानु नै थियाे त किन आयाै समिपमा, तिमीले छाेडी गएपनि मैले प्रेम भराकाे मान्छे। क्षितिज पारी गएपन मन त्यता सराकाे मान्छे।
उर्मिला के.शी. धनकुटा
पञ्चाङ्ग:१८ थाहा छैन ऊ जितेर गयो या त हारेर गयो। तर आज सबैलाई अलपत्र पारेर गयो। हामी गरिबको खून र पसिना लुटेर एक्लै, अनयासै यो बिच सडकमा पछारेर गयो। हेर जानाजानी यो दुनियाँलाई मारेर गयो ।
मुग्लिन ! चितवन जिल्लाको एक मात्रै गाउँपालिका इच्छाकामना गाउँपलिकाको कुरिनटारमा भाद्र २७ गतेदेखि असोज ७ गतेसम्म चलेको १२ दिने दोस्रो इच्छाकामना महोत्सव २०८० आइतबार समापन भएको छ ।
हामी सबैको चाहाना समृद्ध इच्छाकामना’ भन्ने नारालाई आत्मसात गर्दै इच्छाकामना उद्योग बाणिज्य संघ मुग्लिन र इच्छाकामना गाउँपालिका वडा नं. ४ को वडा कार्यालयको संयुक्त आयोजना तथा इच्छाकामना एफ एमको सह–आयोजनामा भएको उक्त महोत्सवको समापन समारोह इच्छाकामना गाउँपालिकाको अध्यक्ष दान बहादुर गुरुङ्गको प्रमुख आथित्यमा सम्पन्न भएको हो । समापन समारोहमा बोल्दै अध्यक्ष गुरुङ्गले महोत्सवले इच्छाकामना गाउँपालिकाको पहिचानमा थप टेवा पुर्याएको बताउनुहुँदै आर्थिक चलायमान बनाउन पनि निरन्तर रुपमा यस्तो किसिमको मेला महोत्सव आवश्यक रहेको बताउनुभयो । महोत्सवले कृषिजन्य बस्तुहरुको बजारीकरण, धार्मिक एवम् पर्यटकीय स्थलहरुको प्रबर्दन आदिको प्रचार प्रसार एवम् प्रबर्दन हुने भएकोले यस्तो किसिमको मेला महोत्सवलाई निरन्तरता दिनुपर्ने बताएका थिए ।
भाद्र २७ देखि असोज ७ गते सम्म लागेको महोत्सवको मुख्य–प्रायोजन मनकामना दर्शन प्रा.लि, प्रायोजकमा यति वेभ्रेज प्रा.लि. र सह–प्रायोजक रिभर साइड स्प्रिङ्ग रिसोर्ट तथा महेन्द्र सो रुम कुरिनटार रहेको उक्त महोत्सवमा एक करोड बढीको आर्थिक कारोबार भएको इच्छाकामना गाउँपालिका वडा नं. ४ का अध्यक्ष एवम् मुल समारोह समितिका संयोजक रुद्र प्रसाद उप्रेतीले बताए । उनका अनुसार महोत्सव आधालाख भन्दा बढी दर्शकले महोत्सव अवलोकन गरेका छन् । महोत्सवमा कृषिजन्य सामाग्री, स्थानिय स्तरमा उत्पादित विभिन्न समाग्रीहरु, लत्ताकपडा, संगै अटो मोवाइल समेत राखिएको थियो । महोत्सवले आर्थिक क्षेत्रलाई चलायमान बनाउन थोरै भए पनि टेवा पुगेको संयोजक उप्रेतीले बताए । विषम परिस्थितिमा महोत्सव गरेका थियौं, मुलुकको आर्थिक अवस्था नाजुक थियो । उद्योगी–व्यवसायी बैंकको ब्याज बृद्धि र खस्किएको अर्थतन्त्रका कारण थप धरासायी थियौं । यस्तो बेला महोत्सवले केही राहत मिलेको आयोजक्ले अनुभूति गरेको छ । महोत्सव सफल भएको छ, उप्रेतीले भने ।
त्यस्तै कार्यक्रमका संयोजक एवम् इच्छाकामना उद्योग वाणिज्य संघका अध्यक्ष कल्याण गुभाजुले यस क्षेत्रको आर्थिक, कृषि, औद्योगिक विकासका लागि महोत्सव आयोजना गरिएको बताए । महोत्सवले इच्छाकामनाको उद्योग पर्यटन विकास पहिचान एवम् प्रबर्द्धनमा टेवा पुगेको बताए । यस अघि इच्छाकामना उद्योग वाणिज्य संघले इच्छाकामना एफ एम संगको सहकार्यमा ०७५ सालमा पहिलो पटक प्रथम इच्छाकामना महोत्सव आयोजना गरेको थियो । महोत्सवमा विभिन्न स्थानीय उत्पादित बस्तु सेवा एव व्यवसायिक कृषि उपज राखिएका थिए । पाँच बर्षपछि इच्छाकामनामा बृहत रुपमा महोत्सव हुन थालेपछि स्थानीयलाई मेला अवलोकन किनमेल एवम् मनोरन्जन पुगेको दावी गरिएको छ । महोत्सवमा स्थानीय कला संस्कृतिका विभिन्न परिकारका साथै विविध सेवा राखिएको र महोत्सवबाट सन्तोषजनक कारोबार भएको दावी गरिएको छ । महोत्सव भव्य एवम् सभ्य रुपमा सम्पन्न भएको आयोजकले जनाएको छ । महोत्सव समापन कार्यक्रममा स्थानीय समाजसेवी बुद्धिजीवी उद्योगी व्यावसायी विभिन्न राजनीतिक दलका प्रमुख एवम् प्रतिनिधि लगायत दर्शकहरुको उल्लेखनीय सहभागीता रहेको थियोे । कार्यक्रममा महोत्सवलाई प्रत्यक्ष–अप्रत्यक्ष रुपमा सहयोग गर्ने विभिन्न संघ संस्था एवम् सहयोगी हातहरुलाई मायाको चिनो प्रदान गरिनुका साथै सम्मान पत्र प्रदान गरिएको महोत्सव मूल समारोह समितिका सह–संयोजक दान बहादुर गुरुङ्गले बताए । कार्यक्रमको सञ्चालन इच्छाकामना उद्योग बाणिज्य संघका उपाध्यक्ष कुमार श्रेष्ठ र रिता नेपालले गरेका थिए ।
यस्तो बृहत महोत्सव सफल रुपमा गराउन साथ सहयोग गर्नुहुने मुल समिती तथा उप समितीका साथै सम्पुर्ण स्वयंसेवकहरुलाइ आयोजकले धन्यवाद दिदै यस महोत्सव को बिशेष समिक्षा गर्दै आगामी बर्षहरुमा अझै सुधार गर्दै महोत्सव आयोजना गर्ने आयोजकले जनायो ।
साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खलाको १२२ औँ भाग शनिबार सम्पन्न भएको छ । उदक साहित्य समाज, नेपालले उक्त कार्यक्रमको आयोजना गरेको थियो। उक्त शृङ्खलामा नेपाल लगायत विश्वका ७१ जना उदक स्रष्टाहरूको सहभागिता रहेको उदक लेखन शृङ्खलाका संयोजक, प्रशिक्षक एवं उदक साहित्य समाजका केन्द्रिय उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो ।
काव्य विधा अन्तर्गतको नयाँ उदियमान प्रविधा उदक कविताको उन्नयन र विकासका लागि साप्ताहिक रूपमा उदक लेखन शृङ्खला सञ्चालन गर्दै आएको उदकका प्रवर्तक एवं उदक साहित्य समाजका अध्यक्ष आर्त अकुलीनले बताउनुभयो ।
संयोजक एवम् प्रशिक्षक अनुभवका अनुसार शनिबारको शृङ्खलाका लागि विहान एउटा तस्बिर दिएर उक्त तस्बिर अनुसारको गहन भाव खुल्ने गरि मात्र एउटा उदक साझ ५ बजेसम्म लेख्न सहभागी उदक यात्रीहरूलाई भनिएको थियोे ।
अभ्यासका लागि राखिएको प्रतिनिधि तस्बिर :
उदक अभ्यास शृङ्खला– १२२ मा सहभागी उदक यात्रीका सुन्दर उदकहरू
[१] जनसागर जनताको माग चुनौती एवम् दबाब !
वसन्त अनुभव [२] भिडभाड भयानक मानिसहरू देश कुल्चेर अगाडि !
डुकछिरिङ लेपचा मिरिक डुपटिन, भारत [३] आन्दोलन शिक्षक शिक्षिका अलपत्र विद्यार्थीको भविष्य!
बालकृष्ण खनाल [४] शिक्षाविधि आ-आफ्नै जिद्दी माग गर्नु बुद्धिजीवी !
जमुना कायस्थ, पोखरा [५] दबाब नदिए नहुने माग पूराको आधार !
बुद्धिप्रसाद लामिछाने, कैलाली [६] जुटेर अधिकार पाउन सबैतिर मिलेर धाउन !
गङ्गा खड्का बूढानीलकण्ठ, काठमाडौँ [७] गुरु समानता खाेज्दै झाेला च्यापेर आन्दाेलित !
राेशन पराजुली, धरान [८] उत्रिए शिक्षक बाटोमा अधिकारको लागि उर्लिए !
शोभा आचार्य गौतम, काठमाडौँ [९] शिक्षकहरू सम्पूर्णको आन्दोलन मागहरू तत्कालै दिलाउन !
भगवती दवाडी, दमक, झापा [१०] कुरा अधिकार सम्मानका धोखा आफ्नै नाइकेबाट !
तेजप्रसाद खनाल, दाङ [११] शिक्षकहरू आन्दोलन गर्दै अधिकार प्राप्तिको लागि !
उर्मिला केसी, धनकुटा [१२] आन्दोलन विशाल जनसागर शिक्षकको हकमा सिमित !
राजाराम रत्गैंया, अमौरा, कैलाली [१३] शिक्षक बन्द शिक्षालय कसरी हुन्छ उदय ?
नागेन्द्रप्रसाद यादव, दाङ [१४] शिक्षण गुरुवर्ग सडकमा दिँदै व्यवहारिक शिक्षा !
सुस्मिता अधिकारी, काठमाडौँ [१५] मुद्दा देखियो अनेक कारक शिक्षा विधेयक !
केशवप्रसाद ढकाल ‘प्रीतबीज’ गाेरखा [१६] मैन बलेर दिप्ती आफू जलेर सकिने !
आर्त अकुलीन, कैलाली [१७] आन्दोलन सामुहिक सौदाबाजी समानता भए राजी !
ऋजु दिल्पाली ईटहरी-१, सुनसरी [१८] आन्दाेलन मागकाे नीति नियम कानुनमा बेथिति !
केसर बाेहरा ‘सङ्घर्ष’ सुदूरपश्चिम, अछाम [१९] शिक्षक आशाको किरण अलमलिएको भविष्य खोज्दै !
दुर्गा आचार्य, मोरङ [२०] शिक्षक आन्दोलनमा होमिएका कोही नसामै झुमिएका !
चक्र शाही, लम्की, कैलाली [२१] बेरोजगार उत्पन्न स्थिति काम नभएका मान्छेहरू !
गुणनिधि घिमिरे, अमेरिका [२२] शिक्षक अधिकारको माग आन्दोलनमा होमिए खास !
सम्झना थापा मगर, स्याङ्जा [२३] शिक्षक माग बराबरी बस्छ सरकार हेरी ?
बेदु न्यौपाने, काठमाडौँ [२४] शिक्षक उता गोलमोल विद्यार्थीको पढाइ डामाडोल !
सरिता सेढाइ, धादिङ [२५] गुरु आन्दोलन शुरू विद्यार्थीको भविष्य धुरुधुरु !
असोज ७ गते । महक टुक्का कवितासङ्ग्रह र लाहुरेको रेलिमाई उपन्यासको आइतबार प्रवास विमोचन कार्यक्रम सम्पन्न भएको छ । विश्व नेपाली साहित्य महासंघ जापान शाखाको आयोजनामा जापानको टोकियो स्थित काठमाडौँ लञ्च एण्ड बारको सभाहलमामा आयोजित कार्यक्रममा जापानका लागि महामहिम नेपाली राजदुत डा. दुर्गाबहादुर सुवेदीले उक्त पुस्तकहरूको एकसाथ विमोचन गर्नुभएको थियो ।
विमोचन तथा रचना वाचन कार्यक्रम बोल्दै प्रमुख अतिथि सुवेदीले आफूमा पनि साहित्यिक रस भएकोले यसरी साहित्याकाशमा नवविधाहरू जन्मिॅंदा असाध्यै खुसी लागेको बताउनुभयो । साथै उहाँले नवविधामा कलम चलाएर कृतिको रूप दिने कृतिकार म्यामराज राईको प्रशंसा पनि गर्नुभयो ।
विमोचित उपन्यास लाहुरेको रेलिमाई बारे बोल्नु हुँदै प्रमुख अतिथि सुवेदीले उपन्यासकार विजय हितानसँग आफ्नो पुरानो चिनजान रहेको उल्लेख गर्दै लाहुरेको रेलिमाई उपन्यास प्रकाशन गरि पाठक सामु ल्याउनुभएकोमा खुसी व्यक्त गर्नुभयो । साथै उहाँको उक्त उपन्यास नेपाली लाहुरेको वीरगाथा समेटिएको ऎतिहासिक पुस्तक भएको बताउनुभयो ।
भर्चुअल माध्यमबाट अतिथिको रूपमा कार्यक्रममा जोडिनुभएका टुक्का साहित्य समाज, नेपालका उपाध्यक्ष एवम् समीक्षक वसन्त अनुभवले महक एक अनमोल काव्य कृति बन्न सफल भएको उल्लेख गर्दै उक्त पुस्तकको समीक्षात्मक टिप्पणी गर्नुभएको थियो ।
भर्चुअल माध्यमबाटै जोडिनुभएका विशिष्ट अतिथि तथा लाहुरेको रेलिमाई उपन्यासका उपन्यासकार विजय हितानले लाहुरेको रेलिमाई लेखनको सिलसिलामा भोगेका आफ्ना तितामिठा अनुभवहरू सुनाउॅंदै प्रवास विमोचनको अवसरको लागि आयोजक प्रति धन्यवाद प्रकट गर्नुभयो ।
महक टुक्का कवितासङ्ग्रहका सर्जक म्यामराज राईले टुक्का कविताको अर्थ, महत्त्व, फाइदा सॅंगसॅंगै सङ्ग्रहको प्रकाशनसम्म आइपुग्दा आफूले भोगेका अनुभवहरू सुनाउनुभयो । साथै प्रवास विमोचनको तारतम्य मिलाई विमोचन सफल गरिदिएकोमा आयोजक प्रति हार्दिक आभार एवम् धन्यवाद व्यक्त गर्नुभयो।
कार्यक्रममा विभिन्न सङ्घसंस्थाहरूबाट प्रतिनिधित्व गरी अतिथिको रूपमा पाल्नुभएका प्रमिला राई, अमरदेव बास्तोला, रविन शर्मा, गिरिजा गैह्रे, अरुण पौडेल, गृष्मा पौडेल, सजिना मोक्तान, युको ओकामोतो, सिद्धार्थ श्रेष्ठ, सोनाम शेर्पा, विशाल डल्लाकोटी, फुर्वा शेर्पा, शान्त पहारी, कर्साङ् लामा लगायतले शुभकामना अर्पण गर्नुभएको थियो ।
कार्यक्रममा भौतिक रूपमा उपस्थित भई रविन्द्र दिखुक्पा, गंगा गगन, सयपत्री थुलुङ्, शिवराज साङ्पाङ्, विजय स्याङ्बो, दिलिप राई, अमरदेव बास्तोला, रविन शर्मा, गिरिजा गैह्रे, अरुण पौडेल, शारदा पाण्डे, गृष्मा पौडेल, सजिना मोक्तान, युको ओकामोतो र राजन घलेले आआफ्ना रचना वाचन गर्नुभएको थियोे ।
त्यस्तै भर्चुअल माध्यमबाट जोडिनुभएकी विशिष्ट अतिथि सुनिता राई कन्दङ्वाले शुभकामनासहित आफ्नो सिर्जना सुनाउनुभएको थियो ।
विजय स्याङ्बोको स्वागत मन्तव्यबाट सुरु भएको उक्त कार्यक्रमको अध्यक्षता विश्व नेपाली साहित्य महासङ्घ जापान शाखाका अध्यक्ष देवीबहादुर इङ्नामले गर्नुभएको थियोे । उद्घोषक त्रय रविन्द्र दिखुक्पा, सयपत्री थुलुङ् र शिवराज साङ्पाङ्ले सञ्चालन गर्नुभएको उक्त कार्यक्रम करिब करिब चार घण्टासम्म चलेको थियो । उक्त कार्यक्रमको फेसबुक मार्फत प्रत्यक्ष प्रशारण विश्व नेपाली साहित्य महासंघ, केन्द्रिय समितिले गरेको थियो ।
साउदी अरब ! नेपाली राजदूतावास रियाद र गैरआवासीय नेपाली संघ क्षेत्रीय समन्वय समिती अलकासिमको सहकार्यमा गत २०२३ सेप्टेम्वर २२ गते शुक्रवार र २३ गते शनिवार साउदी अरबको अलकासिम शहरमा आयोजित दुई दिने राहदानी नवीकरण घुम्ती सेवा बाट ५४४ जनाले सेवा लिएका छन् । राहदानी नवीकरण सेवा सेप्टेम्वर २२ गते शुक्रवार बिहान ७:०० बजे देखी बेलुकी ६ः०० बजेसम्म र २३ गते शनिवार बिहान ७ बजे देखी दिउँसो १२ बजे दिएको थियो ।
उक्त राहदानी नविकरणको घुम्ती सेवा प्रदान गर्नका लागि नेपाली दूतावास रियादका द्धितिय सचिव भुपेन्द्र प्रसाद घिमीरेको नेतृत्वमा, द्धितिय सचिव कमल कुंवर, स्थानिय कर्मचारीहरु डेबिड महर्जन, अजय दंगाल, हेमन्त आचार्य, पवन न्यौपाने, अब्दुल्ला राई आएका थिए भने यसलाई ब्यबस्थित तवरले सम्पन्न गराउन गैरआवासिय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदका सदस्य बिशाल कुमार श्रेष्ठ, गैरआवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद साउदी अरेबियाका उपाध्यक्ष मनिष कोइराला, सचिव धु्र्ब कटुवाल, सदस्य धर्मेन्द्र कार्की, आरसीसी अलकासिम प्रमुख सल्लाहकार राज कुमार श्रेष्ठ, गैर आवासिय नेपाली संघ क्षेत्रीय समन्वय समिती अल कासिमका अध्यक्ष कृष्ण अधिकारी, बरिष्ठ-उपाध्यक्ष काजीमान कन्दवा, उपाध्यक्ष बिनोद खड्का लगायत सम्पूर्ण आरसीसी टिमद्वारा सहयोग गरिएको आरसिसी कासिमका सचिब सिद्दिलाल श्रेष्ठले जानकारी गराए !
घुम्ती सेवा कार्यक्रममा सेवा लिनका लागी अलकासिम लगयात आसपासका क्षेत्रहरू अनैजा, हायल, जुल्फी, आसपास रहेका बिभिन्न कम्पनिमा कार्यरत नेपाली श्रमिकहरुको बाक्लो उपस्थिति रहेको श्रेष्ठले जनाए । राहदानी नविकरणको लागी आवश्यक चाहिने Pre-enrollment अनलाइन फाराम सेवाग्राही आफैले भरेर उपस्थित हुनु पर्ने भएकोले एनआरएनएका पदाधिकारीहरुले करिब ४५० जना श्रमिकहरुको Pre enrollment अनलाइन फाराम निःशुल्क रुपमा भरी सहयोग गरेका थिए ।
राहदानी नविकरण गर्न रियाद राजदूतावास धाउनु पर्ने बाध्यता र खर्चिलो यात्रा गर्नु नपरी आफ्नै सहरमा राहदानी नवीकरण गर्न पाएकोमा सेवाग्राहिहरु खुशी हुँदै नेपाली राजदूतावास रियाद र आरएनएकर्मी अल कासिमको साथीहरुको आत्मिय र निस्वार्थ सेवा भावबाट निकै प्रभवित भएको जनाउदै धन्यवाद दिएका थिए ।
सेवा भावले अलकासिम आएर अहोरात्र रुपमा नेपाली श्रमिकलाई सेवा प्रदान गरिदिनु हुने नेपाली राजदूतावास रियादका सम्पुर्ण टिम तथा अलकासिममा रहनु हुने सम्पुर्ण एनआरएन कर्मीहरुलाई एनआरएनए अल कासिमले धन्यवाद तथा आभार प्रकट गरेको छ ।
साताका तीन लघुकथा हिमालयन दृष्टि र नमस्ते आधुनिक लघुकथा मञ्च बिचको सहकार्यमा सञ्चालित साप्ताहिक स्तम्भ हो । यस स्तम्भमा नमस्ते आधुनिक लघुकथा मञ्चको भित्तोमा साताभर प्रेषित लघुकथाहरू मध्ये मञ्चले छानेर पठाएका उत्कृष्ट तीन लघुकथाहरू प्रकाशन हुने गर्दछन् ।
यस साताको (३८औँ) शृङ्खलाका लागि लघुकथाकार डा.विदुर चालिसेको लघुकथा ‘मूल्याङ्कन’, लघुकथाकार खगेन्द्र बस्यालको लघुकथा ‘कारण’ र लघुकथाकार मनीषकुमार शर्मा ‘समित’को लघुकथा ‘कात्रोको खल्ती’ उत्कृष्ट तीनभित्र परेका छन् ।
१) लघुकथा : मूल्याङ्कन
इ
डा. विदुर चालिसे “रिस खा आफू, काम खा अरू ।” त्यतिबेला म मुखिया थिएँ । बानी साह्रै राम्राे पनि थियाे । मुख चलाउनु मेराे कर्तव्य र मुख्खिनु मेराे परम कर्तव्य थियाे । यसै अधिकार पनि बिस्तारै सबैले मलाई दिएर सम्मान गर्थेँ । हात जाेडेर थर्थर काम्थे । जी, हजुरी गर्थे । मेराे बारूले कम्मर र प्याण्टे भुँडीकाे ताण्डवी नृत्य दर्शकका लागि चर्चाकाे विषय थियाे । अगाडि उभिने काेही थिएनन् । दम्भ छाेडेर बर्बराउँन पुग्थेँ । “मलाई रिस गर्ने ?”
मन एकाएक सपनाकाे परि झैँ उड्याे । हातमा रहेकाे गीताकाे पुस्तकलाई भुइँमा बजारेँ । रिसले कराएँ । पुतलीकाे पखेटा कत्ल्याए झैँ कत्ल्याएँ र कराएँ । “अब मेराे सामुन्ने यहाँ कुनै भागवत गीताकाे आवश्यकता छैन । याे सब कृष्णकाे झुट र बकबास ज्ञान हाे ।”
मेराे रिसकाे पाराे चढ्दै गयाे । मुखियाकाे सर्वशक्तिमान पगरी धारण गरेकाे मेराे चेतना, चैतन्य र चिन्ता उर्लिन थाल्याे । मैले हातमा लिएकाे मुखियानी कलम भाँचकुच पारिदिएँ । तैपनि रिस मरेन । दुनियाँलाई दम्भले आदेश दिन थालेँ । “वाइयातहरू ! यहाँ अर्काे कुनै भगवान छैन ।”
मेराे डरलाग्दाे भगवानकाे प्रतिरूप देखेर गाउँलेहरू डराएर सबै कराउन थाले । उनीहरू काम्दै मेराे प्रशंसा धामी कामे झैँ कामेर गर्न लागे । गाउले सबै मेराे रिसबाट मात्तिएर बर्बराउन थाले । हुँदा-हुँदा सबैकाे स्वर एक राक्षसी गृहमा फैलिएकाे कङ्कला स्वरमा परिणत भयाे । तनावकाे बीचमा मुखियानी मेराे मुखबाट एकाएक आदेश निस्क्याे । “यिनकाे सफाया कर दाे ।”
जब मेराे मुखियानी शिथिल भएर रिस थचक्क बस्याे । तब वरिपरि ज्ञानका मन्त्रहरू च्यातिएकाे देखेर भागवत गीता टिप्न थालेँ, मुसारेँ, पढेँ। ज्ञान आर्जन गरेर बचेकाहरूलाई भन्न थालेँ । “अचेल ज्ञानी बनेकाे छु ।” कसैले टाढैबाट बाेलाउँदै मेराे नजिक आएर हर्षले गदगद हुँदै भन्याे- “ऋषि बन्नुभएछ, खुसी लाग्याे ।”
२) लघुकथा : कारण
खगेन्द्र बस्याल दैलातुङ्ग फाँटतर्फ गइरहेको जीपमा मोहनले मदनलाई भन्यो- “हेर्दा राम्रै देखिन्छु, बैँसकै छु, पैसाको पनि कमी छैन तैपनि मेरोपछि कोही लाग्दैनन् किन होला ?”
मदनको भनाइ आयो- “प्रायः मेरो खल्ती भोकाएकै हुन्छ । जतिसुकै राम्रो हुन खोजेपनि जस्ताको तस्तै देखिन्छु । न रुपको बरदान नै पाएको छु, तैपनि युवतीहरू मेरो नजिक आउँन चाहन्छन् । म आफैँ यसको कारण बुझ्न सकेको छैन ।”
यी दुई जनाको कुराले जीपमा सवार सबैको ध्यान उनीहरू तर्फ आकर्षित भयो । त्यो सुनिरहेका यात्रु उज्ज्वलले भने- “म तपाईँहरू दुवैलाई राम्रोसँग चिन्दछु। त्यसको कारण मलाई राम्रोसँग थाहा छ ।”
दुवैले एकैसाथ सोधे- “त्यो के हुन सक्छ ?”
उसले भन्यो- “बोलीमा मह भएपछि अरू कुरामा वास्ता नहुँदोरहेछ नि ! बोलीमा मह नपाउँदा प्रायः मानिसहरू पानी विनाको माछा जस्तै भएका छैनन् त ?” तिलोत्तमा ९ सरस्वती पथ,रुपन्देही । ०८० असोज ३
३) लघुकथा : कात्रोको खल्ती
मनीषकुमार शर्मा ‘समित’ “ए पर जा ! कता लास छुन आएको ? कहाँ कहाँबाट आउँछन् भिखारीहरू !” मृत देहको नजिक पुग्न खोज्दै गरेका एक झुम्रे झुत्रे बुढा बा कर्कस आवाजले हच्किए र केही पछाडी सरे ।
फेरि मलामीसँगै उनी पनि सुस्तरी अघि बढे र नजिकै पुग्न खोजे । यो पटक एक मलामी उनलाई ठेलेर पर पुर्यायो । उनी ढलमलिँदै म नजिकै आइपुगे । उनलाई सम्हाल्दै सोधेँ- “किन बा ! घरिघरि लासको छेउ पुग्नुहुन्छ ? तपाईँको कोही आफन्त हो ?”
उनले एकोहोरो लासलाई हेरिरहे । केहीबेरको मौनतापछि बिस्तारै भने- “छोरा….।” मृतक, टोलको निकै धनीमानी, पारिवारीक नातामा श्रीमती र सन्तान बाहेक कोही नभएको सबैलाई जानकारी थियो । अब यी बा कसरी निस्किए ? प्रश्नको ओइरो लाग्यो दिमागमा ।
“एक्लो सन्तान, आमाविहीन थियो, उसको खुशीको लागि के गरिनँ र ? जब मेरी श्रीमती उसलाई मेरो काखमा छोडेर खटमा पल्टिरहेकी थिइन्, त्यसबेला रुनुको सट्टा चुलोको छेउमा बसेर उसको भोक मार्न दुध तताउँदै थिएँ । हुर्क्यो, बढ्यो, सहर छिरेर ठुलो मान्छे भयो । पढेबढेको गाउँ बिरानो भयो ।”
“अनि कहिल्यै गाउँ फर्केन त ?”
“फर्केको थियो, एक पटक अंश माग्न ।” मरेपछि सबै तेरै त हो नि ! के भनेको थिएँ, कलह मच्चियो ।”
“यत्रो सम्पत्ति सोहरेर बसेका छौ । मरेपछि साथ लादैनौ त होला नि ?” उसका तीता शब्दले मेरो मनमुटु घोच्यो र सबै उसको नाम गरिदिँए ।“
“हैन ! कति साह्रो मतलबी र निर्दयी भएका अहिलेका सन्तान ?” लामो श्वास फेर्दै भने ।
उनले रुन्चे हाँसोमा भने- “ऊ मात्र हैन, म पनि निर्दयी छुँ। तिमीलाई के लाग्छ, म उसको मलामी आएको हो र ? म त उसको कात्रोको खल्ती छाम्न आएको ।” मध्यपुर ठिमी, भक्तपुर
९ गरिबीको भारी पासपोर्टमा बोकेर खाडी प्रस्थान । ✍️राजेशराज गड्तौला रतुवामाई- १०, मोरङ हाल- काँडाघारी, काठमाण्डौ
१० शोषक आफन्तजन विचलित मन धर्मराउँछ झन । ✍️ शिव खनाल जीवम, स्याङ्जा
हाल रुपन्देही
शाब्दिक कविता निश्चित शब्द सङ्ख्या लेखिने कविता नै शाब्दिक कविता हो। नेपाली साहित्यमा बिम्ब कविता, उदक, झर आदि नाममा शाब्दिक कविताका उपविधाको प्रवर्तन भएको सन्दर्भमा शाब्दिक कविताले प्रवेश पाएको छ। यो छुट्टै विधा नभई कविता लेखनको एक शैली हो । खासगरि मात्रिक र वार्णिक छन्दका कविताहरु अन्य भाषामा अनुवाद गर्न कठिन हुने सन्दर्भमा नेपाली साहित्यको अन्तर्राष्ट्रियकरण गर्नको लागि शाब्दिक कविता एक विकल्प हुन सक्छ। सुक्ष्म बनोट, विभिन्न संरचना प्रयोगवाद, जीवन दर्शन, सकारात्मकता यसका विशेषता हुन् । दर्जनौं स्रष्टाहरुले विभिन्न संरचनामा शाब्दिक कविता लेख्दै आउनु भएको छ। कविता लेखनको यो शैलीले नेपाली साहित्यको श्रीवृद्धिमा मद्धत पुग्नेछ भन्ने हाम्रो अपेक्षा रहेको छ। माथि प्रस्तुत शाब्दिक कविताहरु तीन पङ्तीमा २- २- २ सूत्रमा सृजना गरिएका छन् । शिव खनाल जीवमको कृति साहित्य यात्रामा यसबारे लेख प्रकाशित छ। सक्रियताका साथ शाब्दिक कविता लेख्नुहुने स्रष्टाहरु शिव खनाल, अम्बिका अधिकारी, शंकर कार्की, जमुना कायस्थ, समुन्द्रा शर्मा, सुरेन्द्र शाही गुलाब कान्छो, गोविन्द खनाल, इन्दिरा देवकोटा, बिके मुखिया, जीवन सिटौला, सविता केसी, रोशन पराजुली सुनसरी, ध्रुव श्रेष्ठ, मंगला उपाध्याय बारा, राजेशराज गड्तौला, नवराज पोखरेल नवशिला, सुस्मिता अधिकारी, कृष्ण कुमार वैद्य, मधुसूदन प्रसाद घिमिरे, गुणनिधी घिमिरे, अगष्टिन राई आदि हुनुहुन्छ।
“पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग चित्रपट भाग :- छ्यालिसौंमा हामी पुगेका छौं। लेख्नु पर्ने पञ्चाङ्ग सङ्ख्या :- ०१ मिति:- २०८०/०६/०४गते
आदरणीय पञ्चाङ्ग अनुरागी एवम् स्रष्टाज्युहरू हार्दिक नमस्कार ” पञ्चाङ्ग साहित्य समाज नेपाल” को आधिकारिक दर्ता पछिको:४६[ छ्यालिसौँ] चित्रपटमा छौं।
यहाँहरुलाई हार्दिक स्वागत गर्दै
यस् शृङ्खलामा दिइएको चित्र अनुसारको विम्बात्मक तथा गहन मौलिक भाव झल्किने एक पञ्चाङ्ग भोलि बेलुका ९:०० बजेभित्र आफ्नो नाम र ठेगाना सहित कमेन्ट बक्समा लेख्नु हुन हार्दिक अनुरोध गर्दछौं!
प्रशिक्षक :
गुणनिधि घिमिरे घनश्याम पौडेल तोयानाथ सुवेदी
चित्र संकलन
सुशीला पाैडेल
शुद्धीकरण
जमुना आचार्य भवानी घिमिरे पुष्पा नेपाल (सुवेदी )
संरचना
अनुप्रास :- आफू खुसी स्थायी :- आफू खुसी अक्षर :- बराबरी
समायोजक
सोमनाथ लुइटेल “रवि पाल्पाली” तथा
पञ्चाङ्ग साहित्य समाज नेपाल
चित्र अनुसार पञ्चाङ्गहरू [चित्रपट] ~~~~~ चित्रमा पञ्चाङ्ग ~~~~~~ पञ्चाङ्ग:०१ रुखमा फल रातै लागेका छन्। मानिस त्यतै तिर भागेका छन्। हरियो रुखमा रातै देखियो, यही हेर्न कति त जागेका छन्। रमणिय प्रकृति मागेका छन्। सुशीला पाैडेल
पञ्चाङ्ग:०२ यो के फलेको हेर। झण्डै गलेको हेर । फल धेरै भएर, रुखै ढलेको हेर। हावा चलेको हेर। गुणनिधि घिमिरे
पञ्चाङ्ग:०३ जब रुखले उचित मल जल पाउँछ। आफू विकसित हुन राम्रो थल पाउँछ। ढुङ्गामा पनि पिपल उम्रिने देश हो यो, मालीले लटरम्म फलेका फल पाउँछ। मिठामिठा फल खाएपछि बल पाउँछ।
श्रीकृष्ण शर्मा पोखरा
पन्चाङ्ग:०४ मल बीउ उन्नत पाए के फल्दैन र नेपालमा। धरा यो कोरौं बाटौं गरे के गल्दैन र नेपालमा। काम भन्दा कुरा धेरै गर्ने जन्ताको फुर्तीले पो त, आपसी एकता भए चुल्हो बल्दैन र नेपालमा। दर्हो गणतन्त्र भएमा के चल्दैन र नेपालमा!
कमला देवकोटा , पाल्पा
पञ्चाङ्ग:०५
फल फल्याे रुखमा लट्टाे खाने कसले हाेला? किसान आज दुःखी छ नाफामा पसले हाेला । फलेको हाँगो झुकेको हुन्थ्याे ठाडै किन भयाे प्रविधि भित्रियो कृषिमा यसैको जसले हाेला । झुप्पाे दाना राताे पहेँलो पक्कै रसले हाेला ।
भवानी घिमिरे सर्लाही ।
पञ्चाङ्ग:०६
ज्ञानीले झुक्ने हैन डट्नु पर्छ अब। सत्कर्मी लुक्ने हैन खट्नु पर्छ अब। नेपाली हात खँदिलो फलले भर्न , अन्याय फुक्ने हैन हट्नु पर्छ अब । विवेक ढुक्ने हैन रट्नु पर्छ अब।
सुस्मिता अधिकारी ,काठमाडौँ
पञ्चाङ्ग:०७
अर्काकाे हित गर्न मात्र जहिल्यै जानेर आयाै तिमी। जे भन्छन् जसले भने जति कुरा मानेर आयाै तिमी। पहिला फूल फूलाउँदै नि त्यहीँ राख्छाै बढाइ फल, आफैँ वृद्धि हुँदै मीठाे पनि हुने ठानेर आयाै तिमी। पाक्दा खान भनेर ती फल टिपे तानेर आयाै तिमी।
ताेयानाथ सुवेदी काँडाघारी
पञ्चाङ्ग:०८
मेहनत गरेमा अवस्य हुन्छ फल प्राप्त। बिरुवाले नि दिन्छ फल, भएमा जल प्राप्त। मेहनत गरेमा हामी के पाईदैन यहाँ, फल दिन बिरुवाकाे, हुनुपर्छ मल प्राप्त। फलकाे सेवनबाट धेरै मिल्छ बल प्राप्त। शोभा आचार्य गौतम काठमाडौँ
पञ्चाङ्ग:०९ मीठो फल फलेको देखेर हेर्न आयौँ भान पार्दै। हेर्न लाई रातो सुन्दर रहेछ धायौँ भान पार्दै। प्रकृतिले मानव सन्तुष्ट लागि वृक्ष फल दिए। भोकको बेला फलहरूदेखेर खायौँ भान पार्दै। हरियो रुखको ती स्वादिलोफल पायौँ भान पार्दै। बेदु न्यौपाने काठमाडौँ ❤️
पञ्चाङ्ग:१०
श्रम गरेपछि घरमा बल मिल्छ। मिहिनेतले हामीलाई फल मिल्छ। कर्म नगरि फलको आस नगर्नु, झुटो असत्य भए त्यहा छल मिल्छ। सोचेर काम गरेमा नै हल मिल्छ ।
सोमनाथ लुइटेल “रवि पाल्पाली” पाल्पा ।
पञ्चाङ्ग:११
के को रुख हो त फलेको त्यस्तो। घरहरू पनि छलेको त्यस्तो। बोटले नथाम्ने लटरम्म छ, कसले होला नी मलेको त्यस्तो। कि चित्रमा रङ दलेको त्यस्तो ॥
गुणनिधि घिमिरे अमेरिका
पञ्चाङ्ग:१२
रातो राम्रो मात्र होला,जानेर खाने हो। खान योग्य छकि छैन,छानेर खाने हो। राता फल सबै मीठा हुन्छन् भन्ने छैन, मीठा रहेछन् भने त,तानेर खाने हो। जस्तै भएपनि मीठो, मानेर खाने हो।
होम प्रसाद नेउपाने धरान,सुनसरी।
पञ्चाङ्ग:१३ रुखमा फल फलेको छ। मान्छेको मन ढलेको छ। रातो फल देखियो राम्रो, पाकेको फल गलेको छ। कतिको आँखा छलेको छ। ह्यारिस
पञ्चाङ्ग:१४ मिहिनेत गरेपछि फल पनि लाग्दाे रहेछ। केही लाभ हुन्छ कि भन्ने पाे आशा जाग्दाे रहेछ। परिश्रमले नै गर्छ सफल हुन सहयोग, हातमुख जाेड्न जाेहाे हुँदा दुख भाग्दाे रहेछ। दुई छाक खाने,लाउने समस्या टार्दाे रहेछ।
उर्मिला के.शी. धनकुटा
पञ्चाङ्ग:१५
रुखमा फल फल्यो खाने कसले हो अब। बजारमा नि बेच्न लाने कसले हो अब। फलेको हाँगो नझुकेको कहाँ छ र यहाँ , भारी बोकी बजार जाने कसले हो अब। रक्सी बनाए चार पाने कसले हो अब ।
दुर्गा भट्टराई मोरङ
पञ्चाङ्ग
फलको साथमा खुशीको पल हुन्छ । कर्मको माथमा साहसी बल हुन्छ । कर्तव्यले आत्मबोध बढाउनेछ , सेवाभाव खुलाऊँ प्राप्त फल हुन्छ । लिने म दिने तिमी कहाँ छल हुन्छ ।
“पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग भाग: एकसाठीऔंमा हामी पुगेका छौ। सम्पूर्ण पञ्चाङ्ग स्रष्टाहरुमा पञ्चाङ्ग लेख्नु हुन् हार्दिक अनुरोध छ: अभ्यास पाठशालाको अभ्यास शृङ्खला दर्तापछिको भाग :-६१ ——————————-
विधा :- पञ्चाङ्ग अभ्यास गर्ने स्थान :- पञ्चाङ्ग अभ्यास पाठशाला मिति:- २०८०/०६/०१गते भोलि बेलुका ०९ बजेसम्म पञ्चाङ्ग वा समपञ्चाङ्ग पठाउनु हुन् अनुरोध छ। ……………………………………….
प्रशिक्षक:- …………… गुणनिधि घिमिरे घनश्याम पौडेल तोयानाथ सुवेदी ……………………… भाषा शुद्धीकरण:- ———– जमुना आचार्य भवानी घिमिरे पुष्पा नेपाल सुवेदी
अक्षर सङ्ख्या:- [बराबरी] अनुप्रास :- आफुखुसी स्थायी :- अनिवार्य
………………………………………………
पञ्चाङ्ग:०१ आज छमछमी नाच्ने हो। बारुले कम्मर भाच्ने हो। तीजको शुभकामना छ, प्रियको दीर्घायु साँच्ने हो। लामो आयुसम्म बाँच्ने हो। सुशीला पाैडेल
पञ्चाङ्ग:०२ हिजो दर खाइयाे आज मजाले नाच्ने हाे । मादलु तालमा बारुले कम्मर भाच्ने हाे । दुई दिने चाेलामा भाेलि गरौंला नभनी , साथी संगिनी हाँस्दै खेल्दै खुसीमा बाँच्ने हाे । धर्म संस्कार संस्कृति आफूले नै साँच्ने हाे ।
भवानी घिमिरे सर्लाही ।
पञ्चाङ्ग:०३
व्रत उपासनाले मन पवित्र बनाउनु छ। सोह्रशृङ्गार गरी सौभाग्यशाली जनाउनु छ। शिवालय पुगेर दिनभर भक्ति भावनाले, पञ्चमीमा अपमार्गसँगै जल खनाउनु छ। तडक भडक बिना राम्रो तिज मनाउनु छ ।
श्रीकृष्ण शर्मा पोखरा
पञ्चाङ्ग:०४ माइतीमा गएर नाॅच चेली मजाले। हुर्किएको घरमा हाॅसीखेली मजाले। दुई दिनमात्रै बाॅकी रह्यो तीजलाई, ब्रत बस्नु पर्दा नगरे झेली मजाले। नखानु है पतिको ऑखा छेली मजाले। घनश्याम पौडेल, पोखरा
पञ्चाङ्ग:०५
महान पर्व तीज पनि गयो बरी लै यो मन् त अति खल्लो हुने भयो बरी लै । वर्ष दिन को चाडमा साथी सँगी भेटी, दरको मीठो तिर्सना त रह्यो बरी लै। कामको सिकाइ त्यतिकै लयो बरी लै। सरस्वती श्रेष्ठ इटहरी
पञ्चाङ्ग;०६
तिजको दिन खाएर दर नाचियो उफ्रियो भेला भएर वर र पर नाचियो उफ्रियो दुधको तर ढकने खिर तिजको भोजन टमक्क खाई गएर घर नाचियो उफ्रियो माईती घर भएन डर नाचियो उफ्रियो ॥
गुणनिधि घिमिरे अमेरिका
पञ्चाङ्ग:०७ वर्ष दिनको तीजमा चेली आउनु माइतमा। सात समुद्र खोली तरेर धाउनु माइतमा। वर्ष दिनको पर्व मान्ने हो सबै जम्मा भएर, सबै चेली भई तीज गीत गाउनु माइतमा। दाजुभाइ र चेलीको प्रेम लाउनु माइतमा ह्यारिस
पञ्चाङ्ग:०८
यसपाली तिज पनि गयो सरर खस्ने भयो। दु:खी चेलीको आँखामा आँसु बरर खस्ने भयो छैनन् मेरा आफन्त भित्र भित्रै रुकोछु एकान्तमा, लर्क्यो सारी नाच्नेको पसिना फरर खस्ने भयो। लुक्न सकेन आँसु त छल्क्यो तरर खस्ने भयो।
✍️सोमनाथ लुइटेल “रवि पाल्पाली”
पञ्चाङ्ग:०९ देखावटी चलन संस्कार त भूल्नुपर्छ हामीले। पहाड टाकुरा चुचुरासँगै खुल्नुपर्छ हामीले। भएको रहेको उपयोगमा साटासाट भावना, पर्व ,मेला ,जात्रा र रीतिसँगै घुल्नुपर्छ हामीले। देशका हरेक कुना कुनामा डुल्नुपर्छ हामीले।
जमुना आचार्य सिन्धुपाल्चोक
पञ्चाङ्ग:१०
वर्ष दिनको माहान चाँड तीजमा आउँदैछु म। मिठो भाका मिलाउँदै तिजको गित गाउँदैछु म। यहाँ मेरा दाजुभाइ नै नभएर होला सायद, यही वरिपरी घरमा रमाउँदै धाउँदैछु म। आज मेरो पालो भन्दै सबैलाई सघाउँदैछु म।।
कमला पाण्डे पराजुलि झापा चारआली
पञ्चाङ्ग:११
धनीको सुनिन्छ गरिबको कुरा नै खाइदैन यहाँ। भएको संबिधान अनुसार न्याय पाइदैन यहाँ। संबिधान मूल कानुन व्यवहारमा उतारौ अब , राजा बिनाको नेतामुखी गणतन्त्र चाइदैन यहाँ। नेपाली हित नभएको गीत अब गाइदैन यहाँ । सुस्मिता अधिकारी ,काठमाडौँ
पञ्चाङ्ग:१२
दुःख पिडा झेलेर नि, न बाँची भाछैन।
लुुकाएर दुःख माया,न साची भा´ छैन।
नखाई नखाई व्रत हो, स्वामी राजाको,
दिदी बैनी भेट भयौँ न नाची भा छैन। बारुले कम्मर मेरो न भाँची भा`छैन।