• गृह पृष्ठ
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला /जीवनशैली
  • खेल
  • बिज्ञान/प्रविधि
  • राजनीति
  • विचार
  • समाज
  • साहित्य

Category: ताजा अपडेट

एकल रचना वाचनमा गुन्जिइन् स्मृति

  • २६ पुष २०८२, शनिबार १०:३५ मा प्रकाशित
  • दाङ, २५ पुस ।
    राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङले आयोजना गर्ने नियमित एकल रचना वाचनको ८३ औँ शृङ्खलामा साहित्यकार स्मृति योगीले रचना वाचन गरेकी छिन् ।

    परिषद्ले शुक्रवार आयोजना गरेको एकल रचना वाचन कार्यक्रममा स्रष्टा योगीले कविता, गजल र मुक्तकमार्फत् आफ्ना अनुभूति र समाजप्रतिको दृष्टिकोण श्रोता माझ प्रस्तुत गरेकी थिइन् ।
    कार्यक्रममा वाचन गरिएका रचनामा मायाप्रेमका सूक्ष्म भाव, व्यक्तिगत भोगाइ, समाजको यथार्थता र समसामयिक राजनीतिक परिवेशप्रति व्यङ्ग्य तथा वर्तमान सामाजिक परिवेश समेटिएका थिए । स्रष्टा योगीले संवेदनशील भावनालाई कलात्मक शैलीमा प्रस्तुत गर्दै समाजभित्र विद्यमान विकृति, विसङ्गतिमाथि प्रश्न उठाएकी थिइन् । सरल शब्द चयन र गहिरो भाव समेटिएका उनका रचनाले उपस्थित श्रोताको ध्यान खिचेको थियो । कार्यक्रममा प्रमुख अतिथिका रूपमा बोल्दै भाषा आयोगका पूर्व सदस्य डा. अमर गिरीले लेखक र साहित्यकार समाज, देशको माटो र स्वयम् आफूप्रति जिम्मेवार हुनुपर्नेमा जोड दिँदै यी सबै गुण स्रष्टा योगीका रचनामा भएको बताए । साहित्यमा विशेषतः एउटा सानो कविताले सिङ्गो आख्यान नै बोकिरहेको बताउँदै प्रमुख अतिथि डा. गिरीले समाजमा विद्यमान विकृति र विसङ्गतिलाई प्रत्यक्ष वा साङ्केतिक रूपमा योगीका रचनाले पनि बोकेको बताए । ‘साहित्यिक रचना सधैँ सजिलै बुझिने खालका मात्र हुँदैनन्, साङ्केतिक अभिव्यक्तिलाई बुझ्ने संवेदनशील पाठक पनि आवश्यक छ’, उनले भने । स्मृति योगीका रचनामा समाज, माटो र आत्मप्रतिको जिम्मेवारी स्पष्ट देखिएको उल्लेख गर्दै डा. गिरीले लेखनलाई निरन्तरता दिन आग्रह समेत गरे । राप्ती साहित्य परिषद् केन्द्रका पूर्वअध्यक्ष पुरुषोत्तम खनालले योगीले वाचित रचनाहरूले समाजको यथार्थतासँगै सर्जकका निजी भोगाइलाई सशक्त रूपमा समेटेकोमा खुसी व्यक्त गरे । उनले आफ्ना जीवनको भोगाइलाई साहित्यमार्फत् कलात्मक शैलीमा प्रस्तुत गर्न सके रचना अझ जीवन्त बन्ने धारणा राखेका थिए ।

    राप्ती साहित्य परिषद् दाङका अध्यक्ष यम रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष सुरेश पाण्डेले स्वागत गरेका थिए। कार्यक्रमको सहजीकरण परिषद्का सचिव घनश्याम केसीले गरेका थिए। कार्यक्रममा विभिन्न साहित्यप्रेमी, सर्जक तथा पाठकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। यस किसिमका साहित्यिक कार्यक्रमले स्थानीय साहित्यिक वातावरणलाई चलायमान बनाउनुका साथै नयाँ र स्थापित सर्जकलाई आफ्ना सिर्जना प्रस्तुत गर्ने साझा मञ्च प्रदान गर्ने आयोजकको भनाइ थियो। स्रष्टा योगीको एकल रचना वाचनले राप्ती क्षेत्रको साहित्यिक गतिविधिमा थप ऊर्जा थपेको उपस्थित साहित्यकारको धारणा रहेको थियो ।
    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged वसन्त अनुभव

    दामोदर न्यौपानेको प्रमुख एड्मिन रहेको “Facebook Monetize सहकार्य’ फेसबुक ग्रुपले फेसबुक आम्दानीमा नेपालीहरुलाई ठुलो सहयोग गर्दै

  • २९ मंसिर २०८२, आईतवार १७:१४ मा प्रकाशित
  • समर्पण रम्जान दिन

    सामाजिक संजालको अधिकतम प्रयोगसँगै मेटा कम्पनीले नेपालका लागि फेसबुक कन्टेन्ट मोनेटाइजेसन गरि Earning सेवा औपचारिक रूपमा सुरु गरेसँगै सामाजिक सञ्जालमार्फत आम्दानी गर्ने अवसरप्रति नेपाली प्रयोगकर्ताको चासो उल्लेखनीय रूपमा बढ्दै जाँदा दामोदर न्यौपाने द्वारा बनाईएको Facebook Monetize सहकार्य’ फेसबुक ग्रुपले फेसबुक प्रयोगकर्ता नेपालीहरुलाई ठुलो टेवा मिलेको छ ।

    यसअघि मेटाले फेसबुक मोनेटाइजेसन सुविधा ‘इनभिटेशन बेसिस’ मा सीमित प्रयोगकर्तालाई मात्र उपलब्ध गराउँदै आएको थियो । तर गत अगस्ट ३१ देखि मेटाले ‘इन–स्ट्रीम एड्स’, ‘एड्स अन रील्स’ र ‘प्रफर्मेन्स बोनस’ जस्ता छुट्टाछुट्टै मोडेलहरूलाई चरणबद्ध रूपमा हटाउँदै एकीकृत ‘फेसबुक कन्टेन्ट मोनेटाइजेसन’ प्रणाली लागू गरेको हो ।

    दामोदर न्यौपाने र प्रदीप गौतम हरुको एड्मिनमा संचालित उक्त ग्रुपमा 15जना मोडरेटहरु रहेर संचालित छ । केहि समय अगाडि 50-60K ग्रुप सदस्यहरु रहेको उक्त ग्रुपमा दिनानुदिन तिब्रगतिले सदस्यहरु बढ्दै अहिले 103k भन्दा बढि रहेको र ग्रुपमा रहेका सदस्यहरु अन्य सामाजिक संजाल प्रयोगकर्ताहरूले एक–आपसमा फलो गर्ने, पोस्टमा लाइक तथा कमेन्टमार्फत इङ्गेजमेन्ट बढाउने र फेसबुकले तोकेका आवश्यक मापदण्ड पूरा गर्न सहयोग आदान–प्रदान गरिरहेका छन् ।

    अन्य सहकार्यात्मक ग्रुपहरू मध्ये हाल **‘Facebook Monetize सहकार्य’** नामक फेसबुक ग्रुप विशेष रूपमा संजालमा सक्रिय देखिएको छ । भने यसै ग्रुपमार्फत फेसबुक मोनेटाइजेसनसम्बन्धी जानकारी, अनुभव साटासाट तथा कन्टेन्ट क्रिएटरहरूलाई आवश्यक मार्गदर्शन प्रदान हुँदै आएको छ । ग्रुप ए़़ड्मिनका अनुसार आगामी दिनमा ग्रुपलाई अझ व्यवस्थित, प्रभावकारी र सक्रिय बनाउँदै लैजान सदस्यहरूबाट साथ, सहयोग र सुझावको अपेक्षा गरिएको छ ।

    Posted in ताजा अपडेट, मुख्य खबर, समाज

    ‘टुक्कामाथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखन शृङ्खला- २१२ सम्पन्न

  • २० मंसिर २०८२, शुक्रबार २३:३८ मा प्रकाशित
  • काठमाडौँ । साप्ताहिक ‘टुक्कामाथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको २१२ औँ शृङ्खला सम्पन्न भएको छ ।
    अभ्यासमा नेपाल लगायत विश्वका ५७ जना नेपाली भाषी टुक्काकारहरूको सहभागिता रहेको कार्यक्रम संयोजक/ प्रशिक्षक एवम् टुक्का साहित्य समाजका उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो । टुक्का साहित्य समाजको आयोजनामा उक्त शृङ्खला विगत लामो समय देखि नियमित रूपमा सञ्चालन हुँदै आएको छ।

    टुक्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले समाजले विविध किसिमका कार्यक्रम गर्दै आइरहेको छ । टुक्का लेखनमा पृथकता एवं फरकपन भित्राउने सिलसिला अन्तर्गत यस शृङ्खला सञ्चालन गरिदै आएको समाजका संस्थापक अध्यक्ष, टुक्का प्रवर्तक एवम् कार्यक्रमका परिकल्पनाकार ताराप्रसाद चापागाईंले बताउनुभयो ।

    टुक्का लेखनका लागि एक व्यङ्ग्यात्मक टुक्का राखिने र त्यसैमा आधारित रहेर गहन भावको एक एक टुक्का सहभागीले राख्नुपर्ने संयोजक अनुभवले जनाउनुभयो ।
    टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको २१२ औँ शृङ्खलाको लागि प्रतिनिधि टुक्काको रूपमा समाजका उपाध्यक्ष वसन्त अनुभवले समसामयिक विषयमा लेख्नुभएको व्यङ्ग्यात्मक टुक्कालाई राखिएको संयोजक अनुभवले बताउनुभयो ।

    ~~~~~<•>~~~~~
    सहभागी टुक्काकारहरूका सुन्दर टुक्का कविताहरू-
    ~~~~~<•>~~~~~
    आउनुहोस् ! सबैजना मिलेर गरौँ पहल
    फेरि पनि त लुट्न पर्‍यो, खोलौँ एउटा दल ।
    १//
    दल खोलेर मात्रै के गर्नु चुनाव हुनै गाह्रो
    छिचिमिरो जस्तै निस्किएपछि जित्नै पर्छ साह्रो ।
    ✍️ वेदु न्यौपाने
    २//
    सबै जना मिलेर खोलौँ ठुलै खाले दल
    विकासका कुरा गर्न त्यागेर सारा छल।
    ✍️ दिलीप कुमार शर्मा कट्टेल
    भद्रपुर -झापा हाल -अस्ट्रेलिया
    ३//
    पुरानालाई हप्काएर खोलौँ नयाँ दल
    ढाँटी छली सत्तामा पुग्ने गरौँ दलबल ।
    ✍️ गुणनिधि
    ४//
    दल खोल्न सजिलो भयो नि भ्रष्टाचारको  दलदल
    अहिले सम्मकै के रह्यो नतिजा  देखाऊ  पलपल ।
    ✍️ मोती योन्जन सुब्बा   दार्जिलिङ।
    ५//
    पुरानाले मासिसके देश जथाभावी पोलेर
    थप क्षति किन निम्त्याउने नयाँ दल खाेलेर ।
    ✍️ त्रिलाेचन भण्डारी
    मेचीनगर,झापा
    ६//
    जनतालाई उल्लु सधैँ बनाउन हुने छैनौँ सफल
    साँच्चै जुनसुकै बनाए पनि यिनै नेताहरूले दल ।
    ✍️ सुरेशकुमार पाण्डे
    दाङ घोराही १८
    ७//
    दल खोलौँ बाटो खुल्छ पैसा कमाउन
    काम हैन कुरा गरी सक्छौँ रमाउन ।
    ✍️ हरिप्रसाद तिमल्सिना
      त्रिपुरासुन्दरी -४  धादिङ्
    ८//
    हाम्रो सानो देश नेपाल सबैजसो खोल्छन् दल मात्रै
    जनको दुःखलाई कसले हेर्ने भइहेको छ जात्रै ।
    ✍️ अर्जुन प्रसाद चौलागाई
    हालः अमेरिका,बोस्टन
    ९//
    पुरानाले सब लुटीसके देश खोक्रो बनाए
    काले काले सबैजना मिली एकता पो जनाए ।
    ✍️ पदमराज न्यौपाने
    रामारोशन ४ अछाम
    १०//
    हामी पनि कम छैनाैँ खाेलाैँ नयाँ दल
    लुटतन्त्र काफी छ गर्याैँ भने पहल ।
    ✍️ काेपिला अधिकारी
    सिरानचाेक-७, गाेरखा
    ११//
    हिडौँ है सबै मिलेर खोजेर उज्यालो बाटो
    फेरि पनि खोज्छन् पुरानो नयाँहरूको साटो ।
    ✍️ सतीश पण्डित
    भानु६ चुँदी तनहुँ । हाल चनपा ६ मातातीर्थ
    १२//
    यहाँ देशप्रेमी नेता कमै छन् अधिक छन् दलाल
    बाहिर राष्ट्रवादी नारा दिई भित्र गर्छन् कमाल ।
    ✍️ नवराज भट्ट
    कञ्चनपुर
    १३//
    चाहे खोल नयाँ दल चाहे तिम्रो झण्डा फेर
    तिम्रो अस्तित्व मेटाउँने छ चुनावले हेर ।
    ✍️ पुष्पा सुवेदी
    नेपालगन्ज, बॅाके
    १४//
    भ्रष्टाचारीहरूको मात्र संगठन खोल्ने गरौँ अब नै पहल
    देशको भण्डार लुटेर तलामाथि तला थप्दै बनाऔँ महल ।
    ✍️ दिल ठकुरी दार्जिलिङ
    १५//
    पार्टी पनि नेपालमा च्याउजस्तै उम्रे
    उमेदवार दिएका बच्चादेखि खुम्रे ।
    ✍️ बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो )
    कनकाई नगरपालिका ४ झापा
    १६//
    कसरी गरौँ देश बनाउन पहल
    हेर त अवसरवादीहरूको दल ।
    ✍️दीप गोले तामाङ
    रौतहट
    १७//
    बोटमा पाकेको छ फल
    खानलाई नगर कल !
    ✍️ आर्त अकुलीन
    १८//
    देशमा नेताभन्दा दर्ता धेरै दल
    निर्वाचन हुनुअघि देखाए बल ।
    ✍️ चुडामणी देबकोटा
    सिन्धुली मरिणखोला जखनी हाल थानेटार पुरानोनैकाप काठमाण्डौ
    १९//
    हान गोली छानी छानी आखिर मर्ने हो भोलि
    भ्रष्टाचारी नेताहरू कति कति भरे झोली ।
    ✍️ बिबा तामाङ दार्जिलिङ।
    २०//
    देशलाई बनायौ कङ्गाल
    सभ्यतामा अझै नै बेहाल ।
    ✍️ प्रेम थापा मन” बागलुङ
    २१//
    दलले दलदल बनाएछ देश
    यस्ता दल हुनुभन्दा नहुनु वेश ।
    ✍️ ध्रुव श्रेष्ठ
    खोटाङ
    २२//
    हुन पनि दल नै दलमा लागेर नै जनता जति फुटे
    नेतालाई धनी बनाउन चारैतिरबाट जनता लुटे ।
    ✍️ पवनकुमार बुढाथेाकी
    काठमाडौं
    २३//
    दल कुनै दिन भ्रष्टाचारको दलदलमा फस्छ
    राष्ट्रवादको नारा खोकी भिडभित्र के खोज्न पस्छ ?
    ✍️ कला ढकाल, झापा
    २४//
    भएको सबै सम्पत्ति कतै राखेर बन्धकी
    गरेर छल खोलिए दल बन्नेछ नर्तकी ।
    ✍️ घनश्याम पौडेल, पोखरा
    २५//
    बिग्रेको छ देशको हालात अहिले हेर यसरी
    दल खोलौँ पार्टी बनाऔँ र लुटौँ जसरी तसरी ।
    ✍️ सुशीला  शिखा
    काठमाडौं कागेश्वरी
    २६//
    नेता त बनिँयो दल चलाउन गाह्रो
    भ्रष्टाचारी बन्नबाट बचाउन साह्रो ।
    ✍️ निमा छिरिङ भोटिया
    जलढाका कालेबुङ
    २७//
    कुर्सी चढ्दामा भन्छन् भगवान् हुन् जनता
    चढेपछि  कुर्सी  भन्छन्  चिन्दिनँ अब ता ।
    ✍️ भेष सुवेदी
    २८//
    दौडी आउँछन् मूर्ख जनता खोलौ नयाँ दल
    आजभोलि राम्रो चल्छ राजनीतिको पसल ।
    ✍️ बीके मुखिया
    वाङदे, दार्जिलिङ, भारत
    २९//
    खौलाैँ दल निम्त्याओैँ कल, गराैँ छल, बेचाैँ बाँकी जल र थल
    जनतालाई भल,  बनाई खल, बास्ना छराैँ गनाए झैँ ढल ।
    ✍️ रामप्रसाद पुरी
    बादेल, खाेटाङ
    ३०//
    दल खाेले असल हुन्छ राम्रो
    नकारात्मक साेच नहाेस् हाम्रो ।
    ✍️ कोपिला
    ३१//
    दल नयाँ होइन सोच राम्रो खोल
    सबैसँग सधैँ सत्य वचन बोल ।
    ✍️ सुनगाभा पोखरेल
    कपिलवस्तु १
    ३२//
    विदेशीको गुलाम बनेर जब
    सबै त्यस्तो नबनौँ नेपाली अब ।
    ✍️ नेत्रबहादुर श्रेष्ठ
    ठुलो सिरुवारी, सिन्धुपाल्चोक -१३
    ३३//
    देशमा सबै नेतै नेता, जनता कोही छैन
    दल खोलेर बसे पनि, काम त गर्ने हैन ।
    ✍️ एवाइ प्रभात
    धनकुटा
    ३४//
    छिचिमिरा जस्तै खोलिदिए राजनीति दल
    नागरिकलाई सास्ती छ दलमा अलमल ।
    बिपी लामिछाने
    दमक, झापा
    ३५//
    च्याउझैँ उमारिए फेरि नयाँ दल
    ताकत हेर अझै गरौँला छ छल ।
    ✍️ इन्दु श्रेष्ठ
    चितवन
    ३६//
    हाम्रै छ गुनगान, हाम्रै छ चहलपहल
    जनताको रगतले भिजेको छ तीन दल ।
    ✍️ होमप्रसाद नेउपाने
    धरान, सुनसरी ।
    ३७//
    देशले भार थेग्न सक्दैन दल मात्र खोलेर भ्रष्टाचार अन्त्य हुँदैन
    जोपनि आफ्नै दुनो सोझ्याउने मात्र हो, मिलेर जाने पक्षमा कोही छैन ।
    ✍️ कबिताहरी
    सुन्दरहरैंचा १ कुमार गाउँ मोरङ
    ३८//
    दुईसय दल बनायौँ भने भागबण्डा हुन्छ
    पद सबले पाउँदा हामीलाई कसले छुन्छ ।
    ✍️ सुरेश चन्द्र घिमिरे
    ३९//
    दल मात्रै कति खोलेका हुन् बनाउने भए नि लुट्ने ठाउँ
    दल बनाउन मात्र आतुर छन्, लथालिङ्ग सहर गाउँ ।
    ✍️ शोभा आचार्य गौतम
    काठमाडौँ
    ४०//
    चुनावमा साट्छौ नोटले भोट
    त्यसैले भन्छु हामी मै छ खोट ।
    ✍️ रमा पन्त, पाल्पा
    ४१//
    कुर्ची बिलो पाउन जोड घटाउ गरे नेता
    सित्तिमा दिन्नन् ठाउँ बनाउँछन् यता न तेता ।
    ✍️ बालकृष्ण खनाल
    रिप्दिकोट-३ पाल्पा
    ४२//
    मान्छे नभए नि दल छ्न् जसोतसो
    मिलाउँदै छ्न् देश लुट्ने खेल कसो !
    ✍️ बुद्धिप्रसाद लामिछाने, कैलाली
    ४३//
    राजनीतिक एवम् कूटनीतिक खेल खेलाैँ
    हाम्रो सत्ता सरकार ल्याएर जनता पेलाैँ ।
    ✍️ केसर बाेहरा ( सङ्घर्ष )
    सुदूरपश्चिम अछाम ,हाल भारत ।
    ४४//
    टाक्कटुक्क मिलाइकन चिन्ह्र पनि राखौँ
    चिन्ह्र भजाई ढिकुटीको स्वाद पनि चाखौँ ।
    ✍️ रेजिना
    ४५//
    नयाँ दल, पुरानो दल नामै मात्र बदलेको
    देश जनता लुटी खान भ्रममात्र छरिएको ।
    ✍️ शिवराम सुलु
    भनपा १० व्यासी – भक्तपुर
    ४६//
    मौका मिल्नासाथ पारौँला भनी देशको अवस्था खलबल
    देखासिकीमै खोलिरहेका छन् च्याउ उम्रे जस्तै नयाँ दल l
    ✍️ बाबुराम गौतम, गुल्मी
    ४७//
    केही गर्ने हाेइन दलहरू काम, ग्राउन्डमा जिराे
    खुद्रा पसलझैँ दल खाेलेर मुख बनाउँछन् पिरो ।
    ✍️ रवि पाैडेल
    दक्षिण भारत पाण्डेचरी
    ४८//
    खोल्छु दल नयाँ अब, चाहिन्न केही आफन्त भए पुग्छ
    दुई चार ओटा आन्दोलन गर्छु, सरकार आफैँ नुग्छ ।
    ✍️ राजेशराज गड्तौला
    काँडाघारी, काठमाण्डौ
    ४९//
    टोले दल झोले दल खोलौँ घरघर
    चण्डाल र डाका सबै राखौँ वरपर ।
    ✍️विवश पारदर्शी
    झापा
    ५०//
    संरक्षण अनि सम्बर्द्धन गरौँ भन्न छाडेर
    आफूमात्र बाँच्न खोज्ने मातृभूमिलाई गाडेर ।
    ✍️ अरुण कुमार भुजेल
    गोरूबथान, दार्जिलिङ।
    ५१//
    दलहरूकै रहेछ जगजगी खाेलाैँ एउटा दल
    सुर्ता चिन्ता जनताकाे भाग तिनलाई पैसाकाे भल ।
    ✍️ प्रमाेद नेपाल
    काठमाडौँ – ५
    ५२//
    पारदर्शिताको दियो बालौँ, जनताको पक्षमा बलौँ,
    लुटकै लागि होइन है, रुपान्तरणकै लागि उठौँ ।
    ✍️ नन्दलाल आचार्य
    बेलका-२, सिद्धार्थटोल, गल्फडिया, उदयपुर, कोसी प्रदेश, नेपाल ।
    ५३//
    सबै जना मिलेर गरौँ राम्रो पहल
    देशको कुरामा मान्छेले नगरी कल ।
    ✍️ रमा गुरुङ्ग
    सालुगडा सिलीगुडी
    ५४//
    मर्नुपर्छ भन्ने कुरा बिर्सेर जाँदा
    थाहा पाइन्छ बल्ल पछि धोखा खाँदा ।
    ✍️ अच्युत घिमिरे
    सर्पाङ, भुटान🇧🇹
    ५५//
    आजसम्मकाे यात्रामा मिलेर लुटेको नै थियौँ
    युवाकाे चेतावनीले फेरि बाटो बदली दियाैँ ।
    ✍️ प्रद्युम्न चालिसे
    भक्तपुर कटुञ्जे
    ५६//
    दुनियाँ अजिब छ खाएको थालमा चुठ्ने
    जसको छ आडमा उसैको विरुद्ध उठ्ने ।
    ✍️ धन माया चौधरी
    कैलाली
    ५७//

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged टुक्का माथि टुक्का, टुक्का_कविता, वसन्त अनुभव

    प्रियासनको ‘नयाँ लुगा’ सार्वजनिक

  • १९ मंसिर २०८२, बिहीबार २२:२१ मा प्रकाशित
  • मङ्सिर १८ दाङ ।
    नेपाल पत्रकार महासङ्घका केन्द्रिय सचिव, घोराही बनाऔँ अभियानका संयोजक तथा उपन्यासकार सविन प्रियासनको १३ औँ औपन्यासिक कृति ‘नयाँ लुगा’ सार्वजनिक भएको छ । राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङको आयोजनामा नेपाल पत्रकार महासंघ, दाङ शाखाको सभा हलमा एक कार्यक्रम आयोजना गरी उक्त कृतिको विमोचन गरिएको थियोे ।

    नेपालकै सर्वाधिक उपन्यास प्रकाशित गर्ने उपन्यासहरूमध्ये दोस्रो स्थानमा रहनुभएका प्रियासनको यस वर्षकै तेस्रो प्रकाशित उपन्यास हो । यस अघि यसै वर्ष उहाँले ‘कडी’ र ‘कालो मन’ नामक उपन्यास प्रकाशित गरिसक्नुभएको थियो ।

    परिषदका अध्यक्ष यम रेग्मीको अध्यक्षता तथा परिषदका पूर्व अध्यक्ष तथा सल्लाहकार पुरुषोत्तम खनालको प्रमुख आतिथ्यता एव परिषदकै सल्लाहकार पद्मप्रसाद शर्माको विशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

    साहित्य लेखनका अलावा पत्रकारिता एवम् समाजसेवामा छुट्टै पहिचान बनाइसक्नुभएका प्रियासनको कृति विमोचन कार्यक्रममै विभिन्न क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल गरेका दुई युवा प्रतिभालाई पनि सम्मान गरिएको थियो ।

    त्यसैगरी कार्यक्रममा घोराही बनाऔँ अभियानको तर्फबाट सामुदायिक विद्यालयबाट चिकित्सा शिक्षा आयोगले लिएको परीक्षामा पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल घोराही–१० की रोशनी घर्ती मगर र कलिलो उमेरमै (२० वर्षको) सरस्वती आधारभूत विद्यालय, जलजला, बबई गा.पा.को प्रधानाध्यापक बन्न सफल हुनुभएकी रक्षा कुमारी यादवलाई योगदानको कदर गर्दै सम्मान गरिएको थियो ।

    कार्यक्रममा बोल्दै प्रमुख अतिथि खनालले साहित्यको क्षेत्रमा पुर्याएको योगदानको चर्चा गर्दै अझ राम्रो र उत्कृष्ट रचना ल्याउन सुझाव दिनुभयो । उहाले पाठकको रोजाइमा पर्न सक्ने पुस्तक ल्यानुपर्ने बताउनु भयो ।

    सो अवसरमा बोल्ने वक्ताहरूले प्रियासनलगायतका उपन्यासकारहरूका कारण उपन्यास लेखनमा दाङ बलियो स्थानमा उक्लिएको बताएका थिए । वक्ताहरुले प्रियासनलाई नेपालकै पहिलो बन्न सुझाव दिँदै खदिलो, वजिलो विषयवस्तुमा पनि उपन्यास प्रकाशित गर्न अनुरोध गरेका थिए ।

    सो अवसरमा बोल्दै उपन्यासकार प्रियासनले अबको पाँच वर्षभित्रमा नेपालकै पहिलो धेरै उपन्यास प्रकाशित गर्ने उपन्यासकार बन्ने उद्घोष गर्नुभएको थियो ।
    कार्यक्रममा पुस्तकका बारेमा लेखक सविन प्रियासनले प्रकाश पार्नुभएको थियो भने विशिष्ट अतिथि पद्मप्रसाद शर्मा, पत्रकार महासङ्घ दाङका पूर्व अध्यक्ष डा.सुदीप गौतम लगायतकाले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
    परिषद्का उपाध्यक्ष सुरेशकुमार पाण्डेको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण राप्ती साहित्य परिषदका जिल्ला सचिव घनश्याम केसीले गर्नुभएको थियो ।

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged वसन्त अनुभव, सविन प्रियासन

    साप्ताहिक पञ्चाङ्ग चित्रपट भाग- १४५

  • १९ मंसिर २०८२, बिहीबार १०:११ मा प्रकाशित
  • “पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग चित्रपट भाग :- एकसय पैतालीसौंमा हामी पुगेका छौं।
    लेख्नु पर्ने पञ्चाङ्ग सङ्ख्या :- ०१
    मिति:- २०८२/०८/११

    आदरणीय पञ्चाङ्ग अनुरागी एवम् स्रष्टाज्युहरू हार्दिक नमस्कार पञ्चाङ्ग साहित्य समाज नेपाल” को आधिकारिक दर्ता पछिको: १४५[एकसयपैतालिसौंऔं] चित्रपटमा,यहाँहरुलाई हार्दिक स्वागत गर्दै यस शृङ्खलामा दिइएको चित्र अनुसारको विम्बात्मक तथा गहन मौलिक भाव झल्किने एक पञ्चाङ्ग शनिबार बेलुका ९:०० बजे भित्र आफ्नो नाम र ठेगाना सहित कमेन्ट बक्समा लेख्नु हुन हार्दिक अनुरोध गर्दछौं!

    प्रशिक्षक :

    सोमनाथ लुइटेल “रवि पाल्पाली
    गुणनिधि घिमिरे
    सुशीला पाैडेल

    चित्र संकलन

    सुशीला पौडेल

    संकलन
    सुशीला पौडेल
    दुर्गा रिजाल आचार्य

    शुद्धीकरण

    भवानी घिमिरे
    पशपती राई

    संरचना

    अनुप्रास :- आफू खुसी
    स्थायी :- आफू खुसी
    अक्षर :- बराबरी

    समायोजक

    पञ्चाङ्ग साहित्य समाज नेपाल

    चित्र अनुसार पञ्चाङ्गहरू [चित्रपट]
    ~~~~~
    पञ्चाङ्ग:०१
    धरतीमा सूर्यको प्रकाश परेको छ
    सम्पूर्णमा खुसीको कुरा छरेको छ
    सुन्दर बिहान घामले ल्यायो खुसी,
    खुसीले गर्दा दुःख जति हरेको छ
    सुन्दर दृश्यले अशान्ति टरेको छ।

    पञ्चाङ्ग:०२
    सूर्यको प्रकाशले रङ्ग बढाउँछ
    परिश्रमी जवान ढङ्ग बढाउँछ
    अवैज्ञानिक अप्राकृतिक स्वभाव,
    विद्रोहले देशमा जङ्ग बढाउँछ
    उदाउँदो घामले सङ्ग बढाउँछ

    गुणनिधि घिमिरे
    पाँचथर खान्द्रोङ्ग
    हालः- अमेरिका
    पञ्चाङ्ग:०३


    डाँडापाखा जताततै फुल फुलेर आयो
    लटरम्म भएपछि डाली झुलेर आयो
    वासनाको महक आइ मनै लठ्ठ पार्छ,
    चरीहरु उडि रनबन डुलेर आयो
    पूर्वबाट रमाइलो ज्योती खुलेर आयो।


    मल्ल लक्ष्मी श्रेष्ट
    मेची किनार
    बिर्तामोड झापा

    पञ्चाङ्ग:०४

    देखियो इन्द्रेणी रङ्ग आकाशमा
    देखेर भएँ म दङ्ग आकाशमा
    रङ्ग कसलाई मन पर्दैन र,
    हेर्दै भयो मन चङ्ग आकाशमा
    ध्यान यो भएन भङ्ग आकाशमा।
    -शोभा आचार्य गौतम
    काठमाडौँ

    पञ्चाङ्ग:०५
    बिहानीले उज्यालो प्रकाश छरेर गएछ
    धर्म सम्झेर साँच्चिकै काम गरेर गएछ
    फूल त्यो फुल्याे रङ्गीबिरङ्गी वासना हावामा ,
    मन्दिर पुग्ने उसको इच्छा टरेर गएछ
    सुनौलो जवानी निराशामा मरेर गएछ ।

    -भवानी घिमिरे
    सर्लाही ।
    ॐ
    पञ्चाङ्ग:०६
    “””””””””
    उषाकाे आभा पूर्वमा आहा कति सुन्दर दाजै
    अरुणाेदयसँगै धर्ती त! अति सुन्दर दाजै
    नेपाल प्रकृतिमा विश्व आँगनमा सदा श्रेष्ठ
    बिहानीकाे झुल्के घाम अहाे गति सुन्दर दाजै
    प्रकृतिको छटाभित्र देश रति सुन्दर दाजै ।
    -प्रधुम्न चालिसे

    पञ्चाङ्ग-०७
    बिहानीको उषामा शीतको थोपा टल्केको देखिन्छ
    हिमालमा हिउँ शिरमा टोपी झैँ ढल्केको देखिन्छ
    जब चढ्छ सूर्यको जवानी हिउँ पग्ली बन्छ पानी,
    पानीको हरथोपा प्राणीसेवामा पल्केको देखिन्छ
    त्यसैले प्रकृतिको आँखामा आँसु छल्केको देखिन्छ।
    -पशपती राई खोटाङ ।

    पञ्चाङ्ग:०८
    म सूर्यको झुल्कोसँगै आउने छु।
    नयाँ बिहानीमा तिमी पाउने छु।
    प्राकृतिक मनमोहन दृश्यमा,
    तिम्रै साथ दायाँबायाँ छाउने छु।
    पिरतीका गीत साथ गाउने छु।
    ह्यारिस

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged पञ्चाङ्ग, वसन्त अनुभव, सुशीला पौडेल

    साप्ताहिक पञ्चाङ्ग भाग- १७४

  • १९ मंसिर २०८२, बिहीबार १०:०८ मा प्रकाशित
  • “पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग भाग:१७४ औं (एकसय चौहत्तरौं) अभ्यासमा हामी पुगेका छौ। सम्पूर्ण पञ्चाङ्ग स्रष्टाहरुमा अनुरोध छ।
    अभ्यास पाठशालाको अभ्यास शृङ्खला दर्ता पछिको भाग :-१७४———-

    विधा :- पञ्चाङ्ग

    अभ्यास गर्ने स्थान :- पञ्चाङ्ग अभ्यास पाठशाला

    मिति:- २०८२/०८/०८

    पञ्चाङ्ग वा समपञ्चाङ्ग लेखि बुधबार बेलुका ०९ बजेसम्म पठाउनु हुन अनुरोध छ।

    ……………………………………….
    प्रशिक्षक:-

    ……………
    सोमनाथ लुइटेल
    गुणनिधि घिमिरे
    सुशीला पौडेल

    ………………………
    भाषा शुद्धीकरण:-

    ———–
    भवानी घिमिरे
    पशपती राई

    सङ्कलक :-

    ———-
    दुर्गा रिजाल आचार्य

    संयोजक:-

    =====
    पञ्चाङ्ग साहित्य समाज नेपाल ======================

    अक्षर सङ्ख्या:- [बराबरी]

    अनुप्रास :- आफुखुसी

    स्थायी :- अनिवार्य

    पञ्चाङ्ग:०१

    जालझेलमा हराउने धेरै छन्

    देखावटी मन् पराउने धेरै छन्

    मानव भै दानवता नदेखाउ,

    झगडा गरि कराउने धेरै छन्

    घर न घाट गराउने धेरै छन्

    -सुशीला पौडेल

    पञ्चाङ्ग,:०२

    हावा हुरी नआइ बतास चले पनि
    बिना बतास केहिगरी म ढले पनि
    सितिमिति म हिम्मत हार्ने छैन यहाँ,
    शरीर भतभती भएर जले पनि
    उठेर हिड्छु फतफती गले पनि।
    -मल्ल लक्ष्मी श्रेष्ट
    मेची किनार
    बिर्तामोड झापा

    पञ्चाङ्ग:०३
    अन्न पानी कमि भएको बेला नहोस्
    महत्व जानेपछि कुनै रेला नहोस्
    कुनै पनि खेल होइनन् ऋतुहरू
    वसन्तदेखि शिशिरको हेला नहोस्
    पृथ्वीको चार उपहार खेला नहोस् ।

    ✍️अच्युत घिमिरे,

     सर्पाङ, भुटान🇧🇹

    पञ्चाङ्ग:-०४
    कर्कलोको पानी झैँ आँसु झर्ने बनायौ
    लुक्न नै नसक्ने पानी गहमा भर्ने बनायौ
    देखेको कुरा सबै तथ्य नहुँदो रहेछ ,
    केही दिनसम्म साँच्चै मन पर्ने बनायौ
    बिस्तारै मनबाटै बसाइँ सर्ने बनायौ ।

    ✍🏻अन्मोल मुस्कान
    तकदाह छाउनी,
    दार्जिलिङ।

    पञ्चाङ्ग:०५

    हिजोआज देशमा लाज लजाउन छाेडेकाे छ साथी
    अग्रगमन नामको काेदालाेले के गाेडेकाे छ साथी
    जनताले विधि पद्धतिको शासन मात्र चाहेका हुन् ,
    संस्कार र संस्कृति छाडेपछि बाटाे माेडेकाे छ साथी
    विश्वमा हाम्रा पुर्खाले आर्जेकाे सान ताेडेकाे छ साथी ।
    -प्रद्युम्न चालिसे
    भक्तपुर कटुञ्जे ।

    पञ्चाङ्ग-०६
    सार्थक बनाउन जीवनलाई कर्ममा लगाउनु पर्छ
    जीवनलाई मुर्दा बनाउने अल्छीलाई भगाउनु पर्छ
    बिनाकर्म ज्ञान अधुरो हुन्छ कर्मले मात्रै शिखर छुन्छ,
    लगनशील भएर बाचुन्जेल पसिना बगाउनु पर्छ
    सप्पै कुरा मरेर गएपनि आशालाई जगाउनु पर्छ।
    -पशपती राई खोटाङ ।

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged पञ्चाङ्ग, वसन्त अनुभव, सुशीला पौडेल

    साप्ताहिक पञ्चाङ्ग चित्रपट भाग- १४४

  • १९ मंसिर २०८२, बिहीबार १०:०६ मा प्रकाशित
  • “पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग चित्रपट भाग :- एकसयत्रिचालीसौंमा हामी पुगेका छौं।
    लेख्नु पर्ने पञ्चाङ्ग सङ्ख्या :- ०१

    मिति:- २०८२/०८/०४

    आदरणीय पञ्चाङ्ग अनुरागी एवम् स्रष्टाज्युहरू हार्दिक नमस्कार पञ्चाङ्ग साहित्य समाज नेपाल” को आधिकारिक दर्ता पछिको: १४४[एकसय चवालिसौंऔं] चित्रपटमा,यहाँहरुलाई हार्दिक स्वागत गर्दै यस शृङ्खलामा दिइएको चित्र अनुसारको विम्बात्मक तथा गहन मौलिक भाव झल्किने एक पञ्चाङ्ग शनिबार बेलुका ९:०० बजे भित्र आफ्नो नाम र ठेगाना सहित कमेन्ट बक्समा लेख्नु हुन हार्दिक अनुरोध गर्दछौं!

    प्रशिक्षक :


    सोमनाथ लुइटेल “रवि पाल्पाली

    गुणनिधि घिमिरे

    सुशीला पाैडेल

    चित्र संकलन


    सुशीला पौडेल

    संकलन

    सुशीला पौडेल

    दुर्गा रिजाल आचार्य

    शुद्धीकरण


    भवानी घिमिरे
    पशपती राई
    संरचना

    अनुप्रास :- आफू खुसी

    स्थायी :- आफू खुसी

    अक्षर :- बराबरी

    समायोजक

    पञ्चाङ्ग साहित्य समाज नेपाल


    चित्र अनुसार पञ्चाङ्गहरू [चित्रपट]
    ~~~~~
    पञ्चाङ्ग:०१
    गुलावको फूल झैँ फूल्न मन छ
    प्रेमील संसारमा झुल्न मन छ
    फूलको संसारमा सदैव रम्नु,
    मनको मान्छेसँग खुल्न मन छ
    पिरतीका कुरामा डुल्न मन छ।
    -सुशीला पौडेल

    पञ्चाङ्ग:०२
    संसारको भलाइका लागि फूलले धेरै गरेको छ
    माटोको काखबाट सुगन्ध संसारभरि छरेको छ
    डाँक्लामा काँडा भएपनि राम्रो फूल फुल्ने क्षमताले,
    सुन्दरताको सङ्केत दिँदै धेरैको बाधा टरेको छ
    संसारमा सारा दुनियाँलाई फूल मन परेको छ ।

    ✍️अच्युत घिमिरे,
    सर्पाङ, भुटान🇧🇹

    पञ्चाङ्ग,:०३


    भ्रमर भई आउ तिमी रातमा पनि फुली दिन्छु
    प्रेमले गोडमेल गरे बागमा सँधै झुली दिन्छु
    प्यारसँग सजाईराख कोठा उज्यालो हुन्छ सँधै,
    चट्ट पारी शिरमा सिउर सुन्दर भै’ खुली दिन्छु
    तिम्रो साथमा जताततै सुगन्ध भइ डुली दिन्छु।


    -मल्ल लक्ष्मी श्रेष्ट
    मेची किनार
    बिर्तामोड झापा

    पञ्चाङ्ग :०४
    “”””””””
    कस्तो जमाना आयो लाज सर्म पचाई खायो प्रभु
    नीतिगत निर्णय धर्म कर्म बचाइ खायो प्रभु
    प्रकृतिले हराभरा सुन्दर फुलबारी नेपाल,
    नेपाली इमानमा मिठाे सर्व कमाइ खायो प्रभु
    हाम्रो पुर्खाले सगाैरव गर्व जनाइ खायो प्रभु ।
    -प्रधुम्न चालिसे

    पञ्चाङ्ग-०५
    गुलाफको फूललाई मायाको प्रतीक मान्छ मान्छे
    काँडाको डर छैन कोपिला नै निमोठ्नु जान्छ मान्छे
    यहाँ प्रेमको नाममा गुलाफकै गरिन्छ व्यापार,
    बेचेर बजारमा जसोतसो जिन्दगी धान्छ मान्छे
    फूलको हत्या गरी आफूलाई महान ठान्छ मान्छे।
    -पशपती राई खोटाङ ।

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged पञ्चाङ्ग, वसन्त अनुभव, सुशीला पौडेल

    पञ्चाङ्ग लेखन शृङ्खला- १७३

  • १९ मंसिर २०८२, बिहीबार १०:०३ मा प्रकाशित
  • “पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग भाग: एकसयत्रितरौऔ अभ्यासमा हामी पुगेका छौ। सम्पूर्ण पञ्चाङ्ग स्रष्टाहरुमा अनुरोध छ।
    अभ्यास पाठशालाको अभ्यास शृङ्खला दर्ता पछिको भाग :-१७३———-

    विधा :- पञ्चाङ्ग

    अभ्यास गर्ने स्थान :- पञ्चाङ्ग अभ्यास पाठशाला

    मिति:- २०८२/०८/०१

    पञ्चाङ्ग वा समपञ्चाङ्ग लेखि बुधबार बेलुका ०९ बजेसम्म पठाउनु हुन अनुरोध छ।

    ……………………………………….

    प्रशिक्षक:-

    ……………

    सोमनाथ लुइटेल

    गुणनिधि घिमिरे

    सुशीला पौडेल

    ………………………

    भाषा शुद्धीकरण:-

    ———–

    भवानी घिमिरे

    पशपती राई

    सङ्कलक :-

    ———-

    दुर्गा रिजाल आचार्य

    संयोजक:-

    =====

    पञ्चाङ्ग साहित्य समाज नेपाल ======================

    अक्षर सङ्ख्या:- [बराबरी]

    अनुप्रास :- आफुखुसी

    स्थायी :- अनिवार्य

    पञ्चाङ्ग:०१

    बाहिर देखाउन ठिक्क पार्ने धेरै छन्
    दिलमा तिखा वचनले मार्ने धेरै छन्
    सक्छौं घरभित्र राम्रो गर्ने गर सधैं,
    सयौ चोटी मारेर झारा टार्ने धेरै छन्
    संसार जितेर घरमा हार्ने धेरै छन्।

    -सुशीला पौडेल

    ॐ

    पञ्चाङ्ग:०२

    “””””””””

    कुकुरको कुन राैँ र के जाती छुटिदैन हजुर
    बाँदरको खानेकुरा कहिले भुटिदैन हजुर
    कलियुगमा संस्कार र संस्कृति क्रमश: हरायो
    हिजोआज सक्कली र नक्कली खुटिदैन हजुर
    गल्ती गरेपनि बच्चालाई त!कुटिदैन हजुर ।

    -प्रद्युम्न चालिसे

    पञ्चाङ्ग:०३

    हाड र नसामा लागेको घाउ सानो हुँदैन
    फूर्फुरे बैँसमा चढेको भाउ सानो हुँदैन
    कुनै कुनै चिज सानो सम्झनुनै गलत हो,
    धेरै कुर्द फेलापरेको दाउ ‌ सानो हुँदैन
    मिहेनतले कमाएको ‌ नाउ सानो हुँदैन ।

    ✍️अच्युत घिमिरे,

     सर्पाङ, भुटान🇧🇹

    पञ्चाङ्ग,:०४


    आफूलाई राजा मानेर मलाई रानी बनायौ
    प्रेम गर्न नजान्नेलाई मायाको खानी बनायौ
    आज आएर दोबाटोमा छाडी गयौ टाढा तिमी,
    रोएर कै’ले नथाक्ने बच्चा भन्दा सानी बनायौ
    मुटुमा चोट दिई आँखाको आँसु पानी बनायौ।


    मल्ल लक्ष्मी श्रेष्ठ
    मेची किनार
    बिर्तामोड झापा

    पञ्चाङ्ग:०५

    भ्यागुतो कहिले पो माछा बन्छ र पानीमा छेकेर पनि
    गरिबीको दिन नआउने रैछ भाग्यमा लेखेर पनि
    भगवानले त अन्याय गर्दैनन् भन्ने सुनेकी थिए,
    आखिर नमर्नै रैछ जन्मिदै जङ्गलमा फेकेर पनि
    नदेखेको झैँ गर्दछन् दु:ख पर्दा आफ्नाले देखेर पनि।

    -दुर्गा आचार्य

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged पञ्चाङ्ग, वसन्त अनुभव, सुशीला पौडेल

    साप्ताहिक पञ्चाङ्ग भाग- १७२

  • १९ मंसिर २०८२, बिहीबार ०९:५७ मा प्रकाशित
  • “पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग भाग: एकसयबहतरौऔं अभ्यासमा हामी पुगेका छौं। सम्पूर्ण पञ्चाङ्ग स्रष्टाहरुमा अनुरोध छ।
    अभ्यास पाठशालाको अभ्यास शृङ्खला दर्ता पछिको भाग :-१७२———-

    विधा :- पञ्चाङ्ग
    अभ्यास गर्ने स्थान :- पञ्चाङ्ग अभ्यास पाठशाला
    मिति:- २०८२/०७/२४
    पञ्चाङ्ग वा समपञ्चाङ्ग लेखि बुधबार बेलुका ०९ बजेसम्म पठाउनु हुन अनुरोध छ।
    ……………………………………….
    प्रशिक्षक:-
    ……………
    सोमनाथ लुइटेल
    गुणनिधि घिमिरे
    सुशीला पौडेल

    ………………………
    भाषा शुद्धीकरण:-
    ———–
    भवानी घिमिरे
    पशपती राई

    सङ्कलक :-
    ———-
    दुर्गा रिजाल आचार्य

    संयोजक:-

    पञ्चाङ्ग साहित्य समाज नेपाल ======================

    अक्षर सङ्ख्या:- [बराबरी]
    अनुप्रास :- आफुखुसी
    स्थायी :- अनिवार्य

    पञ्चाङ्ग:०१
    जालझेलमा हराउने धेरै छन्
    देखावटी मन् पराउने धेरै छन्
    मानव भै दानवता नदेखाउ,
    झगडा गरि कराउने धेरै छन्
    दानवलाई सराउने धेरै छन्।
    -सुशीला पौडेल

    पञ्चाङ्ग:०२

    भ्यागुतो कहिले पो माछा बन्छ र पानीमा छेकेर पनि
    गरिबीको दिन नआउने रैछ भाग्यमा लेखेर पनि
    भगवानले त अन्याय गर्दैनन भन्ने सुनेकी थिए,
    आखिर नमर्नै रैछ जन्मिदै जङ्गलमा फेकेर पनि
    नदेखेको झैँ गर्दछन् दु:ख पर्दा आफ्नाले देखेर पनि।

    -दुर्गा आचार्य
    मोरङ
    पञ्चाङ्ग-
    आउ प्रिय नजिकै दुइ मिलि एक हुन सिकौं
    नरोएको कति भयो अब बेस्सरी रुन सिकौं
    व्यर्थ कुरामा बहस गर्दा प्रेम भाग्दो रहेछ,
    बसेर बरू एकले अर्काको मन धुन सिकौं
    मनभित्रै हुन्छ माया पनि हातले छुन सिकौं ।

    -पशपती राई खोटाङ ।

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged पञ्चाङ्ग, वसन्त अनुभव, सुशीला पौडेल

    साप्ताहिक पञ्चाङ्ग चित्रपट भाग- १४३

  • १९ मंसिर २०८२, बिहीबार ०९:५४ मा प्रकाशित
  • “पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग चित्रपट भाग :- एकसयत्रिचालीसौंमा हामी पुगेका छौं।
    लेख्नु पर्ने पञ्चाङ्ग सङ्ख्या :- ०१
    मिति:- २०८२/०७/२०

    आदरणीय पञ्चाङ्ग अनुरागी एवम् स्रष्टाज्युहरू हार्दिक नमस्कार पञ्चाङ्ग साहित्य समाज नेपाल” को आधिकारिक दर्ता पछिको: १४३एकसयत्रिचालिसौंऔं] चित्रपटमा,यहाँहरुलाई हार्दिक स्वागत गर्दै यस शृङ्खलामा दिइएको चित्र अनुसारको विम्बात्मक तथा गहन मौलिक भाव झल्किने एक पञ्चाङ्ग शनिबार बेलुका ९:०० बजे भित्र आफ्नो नाम र ठेगाना सहित कमेन्ट बक्समा लेख्नु हुन हार्दिक अनुरोध गर्दछौं!

    प्रशिक्षक :

    सोमनाथ लुइटेल “रवि पाल्पाली
    गुणनिधि घिमिरे
    सुशीला पाैडेल

    चित्र संकलन

    सुशीला पौडेल

    संकलन
    सुशीला पौडेल
    दुर्गा रिजाल आचार्य

    शुद्धीकरण

    भवानी घिमिरे
    पशपती राई

    संरचना

    अनुप्रास :- आफू खुसी
    स्थायी :- आफू खुसी
    अक्षर :- बराबरी

    समायोजक

    पञ्चाङ्ग साहित्य समाज नेपाल

    चित्र अनुसार पञ्चाङ्गहरू [चित्रपट]
    ~~~~~

    पञ्चाङ्ग:०१
    सबैको आओस् पञ्चाङ्ग
    सुन्दर जाओस् पञ्चाङ्ग
    सयपत्री फूल जस्तै,
    बासना छाओस पञ्चाङ्ग
    समय पाओस् पञ्चाङ्ग।
    -सुशीला पौडेल

    पञ्चाङ्ग:०२
    तिहारकाे झल्को हुने सयपत्री फूल
    मिलाएर माला उने सयपत्री फूल
    छ भाइ परदेश म दिदी स्वदेशमा,
    कुटुक्क याे मन छुने सयपत्री फूल
    आँसुले परेली धुने सयपत्री फूल ।

    भवानी घिमिरे
    सर्लाही ।

    👉🏻पञ्चाङ्ग‌:०३
    एकातिर यो जीवनको भार छँदैछ
    अर्कातिर सयपत्रीको हार छँदैछ
    जिन्दगी चुनौतीहरूको भागबन्डा हो
    आखिर यता वार उता पार छँदैछ
    नभए विफलता दुई चार छँदैछ ।

    ✍️अच्युत घिमिरे,
    सर्पाङ, भुटान🇧🇹

    पञ्चाङ्ग:०४


    तिहारको बेला सयपत्री फुल फुलेर आयो
    सारा बादल फाटी निलगगन खुलेर आयो
    हरियाली मौसम स्वच्छ सुन्दर ती दृश्यसँगै,
    गैरी खेतमा पहेलपुर धान झुलेर आयो
    किसानले पाकेका ती धानबाली डुलेर आयो।


    मल्ल लक्ष्मी श्रेष्ट
    मेची किनार
    बिर्तामोड झापा

    पञ्चाङ्ग:०५
    सयपत्री फूल ढकमक्क फुलेको आहा!
    त्यसैमा रमाउँदै पुतली डुलेको आहा!
    रङ्गिन फूलले मन नै आनन्द गरायो
    फूलेको डाली नै लटरम्म झुलेको आहा!
    आँगन नै सुन्दर बनेर खुलेको आहा!
    -शोभा आचार्य गौतम
    काठमाडौँ

    पञ्चाङ्ग:०६
    सयपत्रीको फूल फुल्यो भयो रमाइलो
    भ्रमरा र पुतली भुल्यो भयो रमाइलो
    मगमग बास्नादार यो तिहारको बेला,
    देउसी खेल्दै नाच्यो डुल्यो भयो रमाइलो
    चेली माइती बाधा खुल्यो भयो रमाइलो ।
    -गुणनिधि घिमिरे
    पाँचथर खान्द्रोङ
    हालः- अमेरिका
    पञ्चाङ्ग:०७
    देश विकास नगर्नेको भलो हुँदैन
    पुर्खाले नदिएको कुनै थलो हुँदेन
    टुप्पाबाट पलाएकाले जे पनि भन्लान्,
    खेत छैन त दाईॅ हाल्न खलो हुँदैन
    भोकै बसी कुकुरलाई कलो हुँदैन।
    -घनश्याम पौडेल,पोखरा

    पञ्चाङ्ग-०८
    धन पैसामा हैन मनलाई यतै भुलाउनु पर्छ
    सपनीमा हैन बिपनीमै जिन्दगी डुलाउनु पर्छ
    सुक्यो पसिना परदेशमा सुक्यो नि आगनीमै फूल,
    अब आफ्नै माटोमा रोपेर पसिना फुलाउनु पर्छ
    बाँझिएको खेत पनि धानको बाला झुलाउनु पर्छ।
    -पशपती राई खोटाङ ।

    Posted in ताजा अपडेट, मुख्य खबर, समाजTagged पञ्चाङ्ग, वसन्त अनुभव, सुशीला पौडेल

    Posts navigation

    Older posts
    Newer posts

    Himalayan Dristi Team

    • प्रधान सम्पादक

      अनिल आचार्य

    About us

    • हाम्रोबारे

    Follow us on Facebook

    Contact Us

    Kathmandu, Nepal
    Email: himalayandristi@gmail.com
    Phone:-00977-9868990772
    Web:
    www.himalayandristi.com/
    विज्ञापनका लागि
    कृष्ण गिरि 00977-9860341922

    © Copyright 2020-2024 Himalayan Dristi. All Right Reserved. Design & Developed By K & P