
वसन्त अनुभव/दाङ
लुम्बिनी प्रदेश सरकार, स्वास्थ्य मन्त्रालय, स्वास्थ्य निर्देशनालय, प्रादेशिक आयुर्वेद चिकित्सालय बिजौरी, दाङको आयोजनामा आज शनिबार एकदिने मलद्वारसम्बन्धि नि:शुल्क विशेषज्ञ आयुर्वेद स्वास्थ्य शिविर गढवा गाउँपालिका वडा नम्बर ७ स्थित श्री जनता माध्यमिक विद्यालय देउखुरी दाङमा सम्पन्न भएको छ । उक्त कार्यक्रमको उद्घाटन लुम्बिनी प्रदेशका पूर्व मन्त्री एवम् कार्यक्रमका प्रमुख अतिथि इन्द्रजित थारुले गर्नुभएको थियोे ।
प्रादेशिक आयुर्वेद चिकित्सालय, अस्पताल विकास समितिका अध्यक्ष श्री हिम बहादुर डाँगीज्यूको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेल, प्रादेशिक आयुर्वेद चिकित्सालयका निमित्त निर्देशक डा. प्रवेश श्रीवास्तव, क.कौमारभृत्य चिकित्सक डा. अर्जुनराज शर्मा, स्वास्थ्य निर्देशनालय क.आ.विज्ञ डा. विभाकर ठाकुर, ने.सं.वि.का उपप्राध्यापक एवम् क.शल्य चिकित्सक डा. कृष्ण ज्ञवाली, प्रदेश अस्पताल सुर्खेतका क.शल्य चिकित्सक डा. सरोजमणि पौडेल, क.शल्य चिकित्सक डा.वर्षा पौडेल, राप्ती आयुर्वेद चिकित्सालय, तुलसीपुर दाङका प्रमुख डा. मदन कुमार वि.सी., गढवा गाउँपालिका–६ का वडाध्यक्ष वीरबहादुर आले मगर, जनता माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गणेशकुमार कुमाल, प्रधानाध्यापक रामसुरत यादव, गढवा गाउँपालिका स्वास्थ्य शाखा प्रमुख कैलाशचन्द्र चौधरी, गढवा स्वास्थ्य चौकी प्रमुख सूर्यनारायण यादव, रेडियो साझा आवाजका प्रवन्ध निर्देशक दुखहरण यादव लगायत चिकित्सालयका चिकित्सक, स्वास्थ्यकर्मी एवम् कर्मचारीहरूको सहभागिता रहेको थियो।
पाइल्स, फिसर, फिस्टुला दिसामा रगत आउने, चिलाउने, पोल्ने लगायतका मलद्वारसम्बन्धी समस्याहरू (Anorectal Problems) द्वारा पीडित २०५ जना सेवाग्राहीहरूको स्वास्थ्य परीक्षण, परामर्श र उपचार गरिएको थियोे । जसमध्ये ८६ जना पुरुष र १ सय १९ जना महिला रहेका थिए । त्यसैगरी ४१ जना सेवाग्राहीहरूलाई आवश्यक शल्यक्रियाका लागि परामर्श सेवा प्रदान गरिएको थियो ।
कार्यक्रममा बिरामीहरूको नि:शुल्क रक्तपरिक्षण गरिनुका साथै नि:शुल्क औषधि वितरण गरिएको थियोे ।
उक्त कार्यक्रमको सञ्चालन प्रादेशिक आयुर्वेद चिकित्सालयका वरिष्ठ अधिकृत एवम् सूचना अधिकारी बसन्त बहादुर के.सी.ले गर्नुभएको थियो ।

