
नमस्ते आधुनिक लघुकथा मञ्चले विभिन्न कार्यहरू गर्दै आफ्नो छैटौँ वार्षिकोत्सव यही २०८१ साल असार ९ र १० गते मनाइरहेको छ । उक्त कार्यक्रममा वरिष्ठदेखि कनिष्ठ सर्जकहरूलाई अभिनन्दन, पुरस्कार तथा सम्मान घोषणा लगायतका कार्यहरू भइरहेका छन् ।
उक्त वार्षिकोत्सव कार्यक्रमलाई भव्य र सभ्य बनाउन विभिन्न व्यक्ति तथा संस्थाहरूले प्रायोजन गर्नुभएको थियोे । प्रायोजन गर्नेहरू तपसिल बमोजिम रहनुभएको छ ।
तपसिल-
- १. श्री हिमालयन अर्गानिक चिया, राप्ती न.पा.- ८ चितवन (घनश्याम डल्लाकोटी ‘कृष्णजी शर्मा’)
- २. श्री यमुना प्रधानाङ्ग ‘मुना’, वीरगन्ज म.न.पा.- ६, मीनाबजार, पर्सा । हाल- भक्तपुर काठमाडौँ ।
- ३. श्री वसन्त अनुभव, घोराही उपमहानगरपालिका १४, दाङ
- ४. श्री मीठू कुमारी पाठक, राप्ती न.पा.- ८ चितवन
- ५. श्री श्रीकृष्ण पौडेल, माछापुच्छ्रे गा.पा.- ६, धिताल, कास्की ।
- ६. श्री अनुग्रह रानामगर ‘पुष्प’, पाँचखपन न.पा.- ६ सखुवा, मगरगाउँ ।
- ७. श्री सरिता उप्रेती, राप्ती न.पा.- ७ चितवन
- ८. श्री दीपक खड्का, भरतपुर म.न.पा.- ११, चितवन
- ९. श्री अमरनाथ साह, कलैया, बारा । हाल अमेरिका
- १०. श्री देवी परियार, राप्ती न.पा.- ८, चितवन
- ११. श्री राजु उपाध्याय, भरतपुर म.न.पा.- ११, विशाल चोक, चितवन
- १२. श्री कलावती गिरी, खैरहनी न.पा.- ८, चितवन

मञ्चले प्रायोजन गर्नुहुने सबै व्यक्ति तथा संस्थाप्रति हार्दिक आभार एवम् धन्यवाद प्रकट गरेको छ ।
























