• गृह पृष्ठ
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला /जीवनशैली
  • खेल
  • बिज्ञान/प्रविधि
  • राजनीति
  • विचार
  • समाज
  • साहित्य

Category: ताजा अपडेट

मौसम परिवर्तनको असरः भाइरल ज्वरोका बिरामी बढ्न थाले

  • १७ चैत्र २०७७, मंगलवार २३:३९ मा प्रकाशित
  • १७ चैत, बैतडी । पछिल्लो केही दिनयता मौसममा आएको परिवर्तनसँगै बैतडीमा भाइरल ज्वरो र पखालाका बिरामीको सङ्ख्या बढ्न थालेको छ ।जिल्ला अस्पताल तथा अधिकांश स्वास्थ्य संस्थामा भाइरल ज्वरो र पखालाका बिरामीको सङ्ख्या बढ्न थालेका हुन् ।
    पछिल्लो केही दिनयता भाइरल ज्वरो र पखालाका बिरामीको सङ्ख्या बढ्दै गएका जिल्ला अस्पताल बैतडीका प्रमुख चिकित्सक वसन्तराज जोशीले जानकारी दिए । केही दिनयता भाइरल ज्वरोका बिरामीको सङ्ख्या बढ्दै गएको पाटन नगरपालिकाका स्वास्थ्य शाखाप्रमुख मदनसिंह महराले जानकारी दिए । उनले भने, ‘मौसममा आएको परिवर्तनका कारण ज्वरोका बिरामी बढ्दै गएका छन्, यो बेला सरसफाइ र खानपानमा विशेष ध्यान दिनुपर्छ।’
    मौसममा आएको परिवर्तनका कारण हाल दैनिक ३० जनासम्म ज्वरो रुघाखोकीका बिरामी स्वास्थ्य संस्थामा आउने गरेका श्रीकोट स्वास्थ्य चौकीका इञ्चार्ज वीरसिंह भाटले बताए । उनले भने, ‘मौसममा परिवर्तन आएको छ, धुलोधुवाँले गर्दा, पहिलाको तुलनामा आजभोलि बिरामीको सङ्ख्या बढेका छन् ।’
    यस्तै, जिल्लाको तल्लोस्वराड क्षेत्रमा पनि भाइरल ज्वरोका बिरामीको सङ्ख्या बढेको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रले जनाएको छ । केन्द्रमा दैनिक एक सयको हाराहारीमा ज्वरोका बिरामी आउने गरेका जनस्वास्थ्य निरीक्षक मुकेशकान्त दयालले जानकारी दिए । उनले भने, ‘उपचारका लागि आउने बिरामीमध्ये अधिकांशमा भाइरल ज्वरोको प्रकोप देखिएको छ ।’
    मौसममा आएको परिवर्तनले भाइरसहरु सक्रिय हुँदा भाइरल ज्वरो फैलिने र यसबाट बच्नका लागि सरसफाइ र खानपानमा विशेष ध्यान दिनुपर्ने स्वास्थ्यकर्मीले सुझाव छन् । भाइरल ज्वरोबाट बच्नका लागि उमालेको पानी मात्रै प्रयोग गर्ने, साबुनपानीले बेलाबेलामा हात धुनुपर्ने तथा तातो र झोलिलो खानेकुरा खानुपर्ने जिल्ला अस्पताल बैतडीका प्रमुख डा. जोशीले बताए ।
    मौसम परिवर्तन, दूषित पानी र खानपिनमा सतर्कता नअपनाउँदा भाइरल ज्वरोका बिरामी बढेको चिकित्सकले बताएका छन् । बिरामीमा शुरुमा रुघाखोकी लाग्ने, ज्वरो आउने, टाउको दुख्नेलगायत लक्षण देखापर्ने गरेको डा जोशीको भनाइ छ । सामान्य समयभन्दा बिरामीको सङ्ख्या अहिले केही बढे पनि भाइरल ज्वरो भएकाले अस्पतालमै भर्ना गर्नुपर्ने बिरामीको सङ्ख्या भने कम रहेको उनले बताए ।
    जिल्ला अस्पतालले कोरोना भाइरस फैलिन नदिन र ज्वरो तथा रुघाखोकीको उपचार गराउन छुटै सहायता कक्ष सञ्चालनमा ल्याएको छ । रुघाखोकी र ज्वरोका बिरामीलाई जाँच गर्दा कोरोना भाइरस सङ्क्रमणको आशङ्का भए आइसोलेशनमा राख्ने गरिएको छ । हालसम्म यस्ता बिरामी नआएको अस्पतालले जनाएको छ ।
    यो समयमा आउने ज्वरो अन्य समयको भन्दा जोखिमयुक्त हुने हुँदा समस्या देखिनासाथ स्वास्थ्यकर्मीसँग परामर्श लिएर औषधोपचारमा लाग्न चिकित्सकको सुझाव छ । शहरी क्षेत्रमा मात्रै नभएर ग्रामीण क्षेत्रमा पनि यसको सङ्क्रमण उच्च देखिएको छ ।
    चिकित्सकका अनुसार उपचार नगरी धेरैजसो सिटामोलमा मात्र भरपर्ने गरेकाले पनि ग्रामीण क्षेत्रमा बिरामीको सङ्ख्या बढ्दै गएको देखिन्छ । मौसममा आएको परिर्वतन, दूषित पानी र खानपिनमा सतर्कता नअपनाउँदा भाइरल ज्वरोका बिरामी बढेका छन् ।
    जिल्लाका निजी तथा सरकारी स्वास्थ्य संस्थामा दैनिक ३०० बढी भाइरल ज्वरोका बिरामी उपचारका लागि पुग्ने गरेका छन् । भाइरल ज्वरो तीनदेखि पाँच दिनसम्म आफैँ निको हुने मान्यता रहे पनि हाल सात दिनभन्दा पनि बढी समय लिएमा थप जटिलता आउने चिकित्सकको भनाइ छ ।
    ‘झोलिलो पदार्थको सेवनमा बढी जोड दिने, झुलको प्रयोग गरेर मात्रै सुत्ने, घर वरिपरि सफा राख्ने र लामखुट्टेको टोकाइबाट बच्न शरीर छोप्ने खालका कपडा लगाउने गरेमा रोगबाट बच्न सकिन्छ ।’ , जिल्ला अस्पताल बैतडीका प्रमुख चिकित्सक जोशीले भने, ‘सकभर आफूलाई शङ्का लागेकै भरमा औषधि सेवन गर्नु पनि राम्रो होइन, चिकित्सकको सल्लाहबिना कुनै पनि औषधि सेवन नगर्न आग्रह छ ।’
    गर्मी मौसम शुरु भएसँगै भाइरल ज्वरोका बिरामी बढेका भए पनि आत्तिनुपर्ने अवस्था नभएको चिकित्सकको भनाइ छ । यो रोग श्वासप्रश्वासबाट एकअर्कामा सर्ने भएकाले यसबाट बच्न सरसफाइमा ध्यान दिनुपर्ने चिकित्सकले बताए ।

    Posted in ताजा अपडेटLeave a Comment on मौसम परिवर्तनको असरः भाइरल ज्वरोका बिरामी बढ्न थाले

    एनआरएनए “ग्लोबल सिङ्गिङ आइडल २०२१” सुरु हुँदै, के के छन् त पुरस्कारहरु ।

  • १६ चैत्र २०७७, सोमबार ००:२२ मा प्रकाशित
  • समर्पण रम्जान

    २८ मार्च २०२१, साउदी अरब ! ‘नेपाली कला संस्कृति संरक्षण र पहिचान, एनआरएनए दोस्रो पुस्ताको अभियान” भन्ने मूल नारालाई आत्मसात गर्दै गैरआवासीय नेपाल संघ, अन्तर्राष्ट्रिय समन्वय परिषद् मध्यपूर्व क्षेत्रीय युवा समितिले एनआरएनएको इतिहासमै पहिलो पटक “ग्लोबल सिङ्गिङ्ग आइडल – २०२१” कार्यक्रम आयोजना गर्न लागिरहेको छ ।


    आगामी अप्रील १६ र १७ तारिख २०२१ मा सम्पन्न गर्न लागिएको उक्त कार्यक्रमबारे जानकारी दिन आज (२८ मार्च २०२१) एक भर्चुएल पत्रकार सम्मेलन आयोजना गरि सबैमा जानकारी गराइएको छ ।

    उक्त कार्यक्रममा एनआरएनए भएको सबै राष्ट्रहरुबाट प्रतियोगीहरुको सहभागी गराइने छ । शुद्ध नेपाली भाषामा आफ्नो गायन प्रतिभा प्रस्तुत गर्नु पर्ने छ ।
    ३० बर्ष भित्रका प्रतियोगीले मात्रै सहभागी हुन पाउने उक्त कार्यक्रममा डिजिटल, अपनिङ र फाइनल राउन्ड गरि तीन राउन्डमा समापन हुनेछ ।


    लोक गित, आधुनिक, पप र सेमि फल्क गितमा मात्रै प्रतिस्पर्धा गराइने छ । उक्त “ग्लोबल सिङ्गिङ्ग आइडल – २०२१” कार्यक्रममा प्रथम हुनेलाइ दुई लाख, दोस्रो हुनेलाइ एक लाख, तेस्रो हुनेलाइ पचास हजार चौथो हुनेलाइ पच्चीस हजार र ग्रान्ड फिनालेमा प्रवेश हुने ५ जनालाइ गीति एल्बममा गित गाउने अबसर प्रदान गरिने आयोजक ले जनाएको छ ।
    बृस्तित जानकारीका लागि तलको फाइलमा हेर्न सक्नुहुनेछ ।

    Posted in अन्तर्राष्ट्रिय, ताजा अपडेट, मुख्य खबरLeave a Comment on एनआरएनए “ग्लोबल सिङ्गिङ आइडल २०२१” सुरु हुँदै, के के छन् त पुरस्कारहरु ।

    दिमागी अवस्था कमजोर भएका एक नेपाली साउदीको रियादमा अलपत्र अबस्थामा

  • १४ चैत्र २०७७, शनिबार २१:२६ मा प्रकाशित
  • उहाँलाइ सहयोग गरि उद्धारगर्न अपिल

    नेपाल बेलबारी ४ मोरङ घर भएका दिपेन तामाङ साउदी अरबको रियाद स्थित अजीजिया फ्रुट मार्केटमा केही दिनदेखि दिमागी अबस्था गुमाएर घुम्दै गरेको अवस्थामा भेटिएक छन् ।

    रियादका एक नेपाली अहमद भन्डारी आफ्नो फेसबुक पेजबाट जानकारी गराउंदै सहयोगको लागि अनुरोध गरेका छन् । उनले भेनेका छन “एकजना हाम्रा नेपाली सन्तोष तामाङ (अब्दुल्लाह) ले उहाँलाइ देखेपछि अहमद भन्डारी लाई जानकारी गराउनु भयो । मैले अब्दुल्लाह भाइलाई त्यो घुम्ने अपरिचित भाइसँग भेटेर उहाँको बारेमा सही जानकारी लिन गर्न आग्रह गरे । उहाँले दुई दिनपछि फेरी भेटनु भएछ अनि त्यो भाइसित प्रत्यक्ष कुराकानी पनि गर्नु भएछ । सोधपुछकै क्रममा उहाँले भाइको पासबाट “सगरमाथा स्कुल बेलबारी- 2 मोरङ” स्कुलको परिचय पत्र पाउनु भएछ । उहाँको साथमा पासपोर्ट र अकामा (सऊदीको परिचयपत्र) पनि छैन । तैपनि स्कलको परिचय पत्रबाट उक्त भाइ नेपाली नै भएको पुष्टि भएपछि उहाँलाई उद्धार गर्न हामीले तुरुन्तै प्रकृया अगाडी बढाएका छौं ।

    रियाद स्थित नेपाली राजदुतावासका एकजना कर्मचारीसँग सम्पर्क गरेर भाइको उद्धारको बारेमा कुरा भैसकेको छ ।
    उक्त पिडित भाइको परिवारका सदस्यसम्म उहाँको अवस्थाको जानकारी गराइ जतिसक्दो चाँडै नै नेपालबाट पनि सरकारी निकायबाट उद्धारको पहल गर्नुहुन अनुरोध गर्दछौं ।

    उहाँको उद्धारको लागि यहाँबाट हामीले यथासम्भव कोसिस गर्दैछौं साथै सम्पूर्ण सामाजिक सन्जालमा जोडिनु भएका दाजुभाइ तथा दिदीबहिनीहरूसित पनि यो भाइलाई चिनेको भए परिवारसम्म सम्पर्क गराइदिनु हुन र नचिनेको भएपनि सामाजिक सन्जाल मार्फत शेयर गरेर सम्बन्धित निकाय र परिवारसम्म पुर्याइदिनु हुन अनुरोध गर्दछौं ।

    अब्दुल्लाह तामाङ भाइले उक्त पिडित भाइसित गरेको कुराकानीका भिडियोहरू र सगरमाथा स्कुल बेलबारी – 2 मोरङको परिचय पत्र पनि अपलोड गरेको छु ।

    अहमद भण्डारी “बोधी” रियाद, मोबाइल नं. +966502586183
    अब्दुल्लाह तामाङ “सन्तोष” रियाद, मोबाइल नं. +966582683313

    Posted in अन्तर्राष्ट्रिय, ताजा अपडेट, मुख्य खबरLeave a Comment on दिमागी अवस्था कमजोर भएका एक नेपाली साउदीको रियादमा अलपत्र अबस्थामा

    मेची महाकाली अभियानमा धुर्मुस सुन्तलीको टिम कैलाली पुग्यो, सहयोग गरि अभियानमा जोडिन आग्रह

  • १३ चैत्र २०७७, शुक्रबार २३:४८ मा प्रकाशित
  • १३ चैत २०७७! धुर्मुस सुन्तली फाउन्डेसनद्वारा चितवनमा निर्माणधिन अबस्थामा रहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय रंगशाला निर्माणलाई आर्थिक बजेटको अभाब भएपछि गत चैत १० गतेदेखि मेची महाकाली अभियान सुरु गर्ने क्रममा धुर्मुस सुन्तलीको टिम अहिल कंचनपुर देखि कैलाली पुगेको छ ।

    कैलाली पुग्दै गर्दा धुर्मुस सिताराम कट्टेल ले आफ्नो फेसबुक पेजबाट कंचनपुरबासिले गरेको सहयोगलाई आभार प्रकट गर्दै कैलालीमा पनि सहयोग गर्नु हुन सबैमा अनुरोध गरेका छन् ।

    उहाँको फेसबुक स्टाटस् जस्ताको त्यस्तै

    “चैत १० गतेबाट सुरु भएको हाम्रो मेची महाकाली अभियानको आज चोथौ दिन हामी कैलालीमा आइपुगेका छौं । महाकाली नदी पारिको हाम्रो भूमि दोधारा चाँदनीबाट सुरु भएको हाम्रो अभियानमा कन्चनपुरबासी मनकारी ब्यक्तित्वहरुले गर्नुभएको सहयोग सद्भावले हामी निकै हर्षित भएका छौं । यो अभियान सिंगो देशलाई जोड्ने अभियान हो । एकताको अभियान हो ।
    रंगशाला मात्रै नभएर राष्ट्रिय एकताको प्रतिबिम्ब ठडिइरहेको हुनाले हामीले पिच निर्माणमा महाकाली नदीको माटो र सिमा स्तम्भमा रहेको माटो ग्रहण गरेका छौं । यसरी नै पुर्व मेची नदी र सिमाको माटो र भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनीको माटो गरी तीन वटै ठाउँको माटो अन्तर्राष्ट्रिय खेल मैदानको सातवटा पिचमा सम्माहित गरी राष्ट्रिय एकताको सन्देश सहितको राष्ट्रिय गौरबको रंगशाला निर्माण सम्पन्न गर्ने हाम्रो चाहाना समग्र तीनकरोड नेपालीको चाहाना अनि सपना हो । सोहि अनुरुप हामी यहाँहरुको घर दैलोमा मनसँग मन जोड्न भावना जोड्न आइरहेका छौं । कन्चनपुरको यात्रामा हामीलाई साथ सहयोग समर्थन गर्नुहुने सम्पुर्ण कन्चनपुरबासी आदरणीय मनकारी ब्यक्तित्वहरुमा धन्यवाद एवं आभार ब्यक्त गर्दछौं ।


    कन्चनपुरको जस्तै कैलालीको अभियान पनि सार्थक बन्नेछ भन्ने कुरामा विश्वस्त हुँदै सम्पुर्ण सहयोगी मन, सुभेच्छुक एवं शुभ चिन्तक ज्यू र अभियान्ता ज्यूहरुलाई अभियानमा जोडिनका लागी पनि अनुरोध गर्दै हामीसँग जोडिनका लागी इच्छुक ब्यक्ति, संघसंस्था एवं सहयोगी मनका लागी ९८१२२०७४८९
    मा सम्पर्क गर्न सक्नुहुनेछ ।” सिताराम कट्टेल धुर्मुस

    Posted in ताजा अपडेट, मुख्य खबर, समाजLeave a Comment on मेची महाकाली अभियानमा धुर्मुस सुन्तलीको टिम कैलाली पुग्यो, सहयोग गरि अभियानमा जोडिन आग्रह

    ओलीले दिए वरिष्ठ नेता नेपाल र उपाध्यक्ष रावलमाथि कारबाहीको चेतावनी

  • १३ चैत्र २०७७, शुक्रबार १८:१३ मा प्रकाशित
  • १३ चैत २०७७ काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष भीम रावललाई कारवाही गर्ने चेतावनी दिनुभएको छ ।

    एमाले संसदीय दलको बैठकमा प्रधानमन्त्री ओलीले नेपाल र रावलले दिएको स्पष्टीकरण कारबाहीयोग्य भएको बताउनुभएको हो ।

    वरिष्ठ नेता नेपाल र रावलले संस्थापन पक्षले सोधेको स्पष्टिकरणको जवाफमा प्रतिप्रश्न गर्दै उल्टै स्पष्टिकरण सोधेपछि अध्यक्ष ओलीको प्रतिक्रिया आएको हो ।

    नेपाल र रावलले ओलीमाथि संविधान, पार्टीको विधान मिचेको, आर्थिक अनियमितता गर्न खोजेको र देशको हितविपरीत काम गरेको आरोप लगाइएको छ । अध्यक्ष ओलीले चेतावनीयुक्त शैलीमा नेपाल र रावलको जस्तो स्पष्टिकरण घनश्याम भुसाल र सुरेन्द्र पाण्डेबाट नआउने अपेक्षा गर्नुभएको छ ।

    नेपाल र रावलले हिजो स्पष्टीकरण बुझाउनु भएको हो भने भुसाल र पाण्डेले अझै दिनुभएको छैन । संस्थापन पक्षले चित्त बुझदो जवाफ नआए कारवाही गर्ने चेतावनी सहित चार जना नेतालाई स्पष्टिकरण सोधेको थियो । हिमालय टिभी बाट ।

    Posted in ताजा अपडेट, मुख्य खबर, राजनीतिLeave a Comment on ओलीले दिए वरिष्ठ नेता नेपाल र उपाध्यक्ष रावलमाथि कारबाहीको चेतावनी

    काठमाण्डौमा वायु प्रदूषणका कारण हवाई उडान पनि प्रभावित, स्वास्थ्यका लागि खतरनाक

  • १३ चैत्र २०७७, शुक्रबार १६:५८ मा प्रकाशित
  • काठमाण्डाै – काठमाण्डौ उपत्यकामा हावाको प्रदूषण स्वास्थ्यका लागि हानिकारक अवस्थामा पुगेको छ । हावाको प्रदूषण मापन सूचक (एक्यूआई) दुई सयभन्दा माथि जानु स्वास्थ्यका लागि घातक मानिनेमा अहिले काठमाण्डौका भक्तपुर, कीर्तिपुर, भैँसेपाटीलगायतका ठाउँमा भएका प्रदूषण मापन केन्द्रहरूले एक्यूआई दुई सयभन्दा बढी देखाएका छन् ।

    काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा हावाको प्रदूषण बढेको वातावरण विभागका प्रवक्ता इन्दुविक्रम जोशीले जानकारी दिनुभयो । अहिले सिमराको एक्यूआई दुई सय ६० पुगेको छ । प्रि–मनसुनको समयमा औसतभन्दा निकै कम पानी पर्नु तथा डढेलो र औद्योगिक गतिविधिका कारण वायु प्रदूषण बढेको प्रवक्ता जोशीले बताउनुभयो ।

    उहाँका अनुसार केही दिनयता काठमाण्डाै, भक्तपुर, ललितपुरसहित हेटौँडा, विराटनगर, सिमरा, जनकपुर, धनगढीलगायतका ठाउँमा हावाको प्रदूषण बढेको छ ।

    शुक्रवार उपत्यकामा बाक्लो तुवाँलो पनि देखिएकोले समस्या थपिएको भन्दै जोशीले सकभर घरबाट बाहिर ननिस्कन आग्रह गर्नुभयो । शनिवार (भोली) र आइतवार (पर्सी) सार्वजनिक बिदा रहेकाले वायु प्रदूषण केही घट्ने अपेक्षा गरेको र पर्सीसम्म नघटेमा वायु प्रदूषणबारेको चेतावनीसहित विज्ञप्ति निकाल्ने उहाँले बताउनुभयो । तत्काल वायुमा रहेको धुलोको कण सफा गर्ने गरी पानी पर्ने वा त्यसलाई बढार्ने गरी हावा नचले समस्या अझै बढ्ने जोशीको भनाइ छ ।

    यद्यपि तत्काल पानी पर्ने सम्भावना भने नरहेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् राजु प्रधानाङ्गले बताउनुभयो । तराईसहित विभिन्न ठाउँका जङ्गलमा लागेको डढेलोको धुवाँ हावामा मिसिँदा वायु प्रदूषण बढेको उहाँले बताउनुभयो । काठमाण्डौ कचौरा आकारको भएकाले हावा बाहिर बहने ठाउँ नभएकाले धुम्मिएको उहाँको भनाइ छ । 

    यसैबीच काठमाण्डौको आकाशमा तुवाँलो लागेर भिजिविलिटी कम भएपछि हवाई उडान प्रभावित भएको छ । भिजिविलिटी कम भएपछि आन्तरिक र बाह्य दुवैतर्फको उडान प्रभावित भएको विमानस्थल कार्यालयले जनाएको छ ।

    अहिले काठमाण्डौको आकाशको भिजिविलिटी १ हजार मिटर रहेको छ । १५ सय मिटरभन्दा कम भिजिविलिटी भएमा हवाई उडान प्रभावित हुन्छ । कतिपय विमान आकाशमै होल्ड भएका छन् । मौसम सुध्रने अवस्था नभएपछि  कतिपय जहाज डाइभर्ट गरिएको छ ।  उज्यालो अनलाइन बाट ।

    Posted in ताजा अपडेट, मुख्य खबरLeave a Comment on काठमाण्डौमा वायु प्रदूषणका कारण हवाई उडान पनि प्रभावित, स्वास्थ्यका लागि खतरनाक

    लुम्बिनी प्रदेशको जग्गा रोक्का फुकुवा

  • १३ चैत्र २०७७, शुक्रबार १६:३४ मा प्रकाशित
  • भालुवाङ, १३-चैत / लुम्बिनी प्रदेशको स्थायी राजधानी भालुवाङ क्षेत्रको जग्गा रोक्का फुकुवा भएको छ । शुक्रबार बसेको लुम्बिनी प्रदेशको मन्त्रिपरिषद् बैठकले दाङको गढवा र राप्ती गाउँपालिका तथा अर्घाखाँचीको शितगंगा नगरपालिकामा रोक्का गरिएका जग्गा स्थानीय तहका प्रमुखको सिफारिसमा आन्तरिक अंशबन्डा, नामसारी र धितो राख्न मिल्ने गरी फुकुवाको निर्णय गरेको हो ।

    यसअघि प्रदेश सरकारले राप्ती गाउँपालिकाको सम्पूर्ण र शीतगंगा एवं गढवाका केही वडाका जग्गा बेचबिखन र अंशबन्डामा रोक लगाइएको थियो । त्यस्तै बैठकले लुम्बिनी प्रदेशमा आगामी वर्षका लागि ६ दिन सार्वजनिक बिदा थप गरेको छ । आगामी वर्ष बकर इद, माघी, कृष्णाष्टमी र फागुन ३ गते प्रदेश स्थापना दिवसका अवसरमा बिदा दिने निर्णय गरेको छ । वर्षको एक दिन स्थानीय तहले आफ्नो महत्व र आवश्यकताअनुसार बिदा दिन पाउने छन् ।

    यसबाहेक रोल्पा र रुकुम पूर्वका जिल्लामा भुम्या पूजा, तराईका ६ जिल्लामा बड्का आइतबारी, मुस्लिम समुदायलाई रमजान र भगवती जात्रामा पाल्पा जिल्लामा मात्रै बिदा दिने निर्णय गरिएको सरकारका प्रवक्ता समेत रहेका भौतिक पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरीले जानकारी दिए ।

    Posted in ताजा अपडेट, मुख्य खबर, समाजLeave a Comment on लुम्बिनी प्रदेशको जग्गा रोक्का फुकुवा

    एक महिनाअघि वेपत्ता भएका दम्पतीको शव भेटियो गाडिएको अवस्थामा

  • १३ चैत्र २०७७, शुक्रबार १२:१२ मा प्रकाशित
  • पिपरा गाउँपालिका– ५ सहोडबाका मुसाफिर झा र उनकी पत्नी गीता देवी झा गत फागुन १० गते राति वेपत्ता भएका महोत्तरी पिपराका एक दम्पतीको शव गाडिएको अवस्थामा फेला परेको छ । दुबै जनाको शव खाल्डोमा गाडिएको अवस्थामा पिपरा–२ स्थित बाटो छेउमा फेला परेको प्रदेश २ का प्रहरी प्रमुख डीआईजी धिरजप्रताप सिंहले बताए ।

    खाल्डो खनेर निकालिएको शवको दम्पतीको छोरा बुहारीले सनाखत गरेका छन् । गीतादेवीले लगाएको कपडा, पोते र चुराले उनको पहिचान भएको छ भने मुसाफिरले लगाएको टिसर्टले उनको पहिचान भएको प्रदेश प्रहरी प्रमुख सिंहले बताए ।

    बेपत्ता झा दम्पतीको खोजीका क्रममा एक पुरुषको शव फेला, शनाखत हुन बाँकी

    यसअघि दम्पतीको अपहरण गरेको भन्दै प्रहरीले चार जनालाई पक्राउ गरेको छ । पिपरा गाउँपालिका–५ सहोडवा बस्ने ५२ बर्षीय रामबाबु यादव, उनका छोराहरु २६ बर्षीय सुरेन्द्र यादव र २४ बर्षीय राजेन्द्र यादव र पिपरा– ६ बस्ने भारतीय नागरिक ५० बर्षीय हरेन्द्र ठाकुर पक्राउ परेका छन् ।

    उनीहरुविरुद्ध चैत ५ गते झाको परिवारले अपहरण गरी शरीर बन्धकसम्बन्धी मुद्दामा किटानी जाहेरी दिएको थियो ।

    १ महिनाअघि ओछ्यानसहित बेपत्ता भएका झा दम्पतीको शव गाडिएको अवस्थामा फेला «  News24 : Premium News Channel

    पक्राउ परेकामध्ये रामबाबु यादवको घरको विभिन्न स्थानमा फेला परेको रगतको छिटा मानव रगत नै भएको परीक्षणबाट पुष्टि भएको प्रहरीको भनाइ छ । समचार सिभिल खबरले छापएको छ ।

    Posted in ताजा अपडेट, मुख्य खबर, समाजLeave a Comment on एक महिनाअघि वेपत्ता भएका दम्पतीको शव भेटियो गाडिएको अवस्थामा

    बेहाल वैदेशिक रोजगार

  • ११ चैत्र २०७७, बुधबार १८:३९ मा प्रकाशित
  • काठमाडौं : विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरस (कोभिड— १९) ले वैदेशिक रोजगार बेहाल अवस्थामा पुगेको छ। गन्तव्य मुलुकमा कोरोनाको कहर समाप्त नहुँदा अधिकांश मुलुक मुलुकमा कामदार जान पाएका छैनन्। 
    वैदेशिक रोजगार विभागका अनुसार दैनिक ५ सयदेखि ६ सयसम्म कामदार वैदेशिक रोजगारीमा गइरहेका छन्। कोभिडअघि दैनिक १ हजार ५ सयभन्दा बढी कामदार दैनिक वैदेशिक रोजगारीमा जाने गरेका थिए। 
    वैदेशिक रोजगार व्यवसायी संघका महासचिव सुजितकुमार श्रेष्ठले कोरोनाले वैदेशिक रोजगार प्रभावित भएको बताए। ‘गन्तव्य मुलुकमा कोरोनाको कारण कायमै रहेकाले सहज हुन अझै समय लाग्ने देखिन्छ’, उनले भने। कतिपय देशमा राजदूतावासले प्रमाणीकरणमा ढिलासुस्ती गरेका कारण कामदार रोजगारीमा जान पाएका छैनन्। 
    कोभिडले कतार, साउदी अरब, दुबई, ओमन मलेसिया तथा युरेपियन मुलुक प्रभावित भएका छन्। जापान, इजरायल र दक्षिण कोरिया पनि प्रभावित भएका छन्। इजरायल पठाउने कार्यविधि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले रायका लागि कानुन र अर्थ मन्त्रालयमा पठाएको छ। 
    जापान पठाउने कार्यविधि पनि पूरा हुन नसक्दा रोजगार प्रभावित भएको छ। दक्षिण कोरियाले कामदार लिन नमान्दा प्रतीक्षामा बसेका कामदार हैरानी भएका छन्। महासंघका महासचिव श्रेष्ठका अनुसार साउदीमा दूतावासले मागपत्र प्रमाणीकरण गर्न ढिलाइ गरेका कारण कामदार प्रभावित भएका छन्। 
    कतारमा अनिवार्य क्यारेन्टिन बस्नुपर्ने र त्यसको खर्च कामदार आफैंले तिर्नुपर्ने भएपछि कतार रोजगार प्रभावित भएको छ। क्यारेन्टिनका लागि मात्रै कतारमा कामदारले २१ सय रियाल तिर्नुपर्छ। सुरुदेखि नै मलेसिया बन्द छ। महासंघका अनुसार दुबई, कुवेत र बहराइन पूर्णरूपमा ठप्प छ। कुवेतमा अझै लकडाउन कायम छ। 
    गन्तव्य मुलुकमा  कोरोनाको जोखिम कायमै रहेकाले  वैदेशिक रोजगार तंग्रिन सकेको छैन। त्यसोतः गन्तव्य मुलुकबाट अझै डिमान्ड आउन नसक्दा रोजगार प्रभावित बनेको हो। नेपालमा कोरोनाको जोखिम कम भइसकेको छ। मौरीसस पनि कामदार जान पाएका छैनन्। 
    विभागका अनुसार फागुन महिनामा १९ हजार ८ सय ८, माघमा १७ हजार ८ सय ८७ जना, पुसमा १४ हजार ७ सय ५३, मंसिरमा १२ हजार ४ सय ३१, कात्तिकमा ७ हजार ७ सय ९७, असोजमा ८ हजार ९७, भदौमा १ हजार ५ सय २५, साउनमा ३ हजार १ सय ५२ जना कामदार विदेश पुगेका छन्। अन्य देशको तुलनामा साउदीमा बढी कामदार पुगेका छन्। 
    श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गौरीशंकर चौधरीले वैदेशिक रोजगार सहज बनाउन सम्बन्धित देशसँग वार्ता र छलफल अघि बढाइएको बताए। ‘हाम्रो तर्फबाट गर्नुपर्ने तयारी गरिरहेका छौं’, उनले भने ।

    Posted in ताजा अपडेटLeave a Comment on बेहाल वैदेशिक रोजगार

    “फरक यत्ति हो”

  • ११ चैत्र २०७७, बुधबार ००:१४ मा प्रकाशित
  • “परदेशीको मुटु छुने रचना “
    लेखक अभिराज खाती अन्जान

    म जहाज चढेर परदेश गएको मान्छे
    फर्किदा पनि जहाजनै चढेर फर्किएको छु
    फरक यति मात्रै हो
    जाँदा सिटमा बसेर
    रमाइला दृश्यहरु हेर्दै
    मिठा मिठा खानेकुरा खादै
    रमाइला गफ गर्दै
    उज्ज्वल भविष्यको मिठो
    सपना देख्दै गएको थिएँ ।
    फर्किदा आँखा बन्द गरेर
    चुपचाप कहिले नउठने गहिरो
    निद्रामा बिना सपना
    मस्त निदाएर फर्किएको छु ।

    म जाँदा पनि एयरर्पोर्टमा
    आफन्त आएका थिए ।
    म फर्किदा पनि आफन्त
    एयरर्पोर्ट आएका छन् ।
    फरक यति मात्रै हो
    जाँदा छोड्न आएका थिए
    छिट्टै भेट्ने र रमाइलो गर्ने आशा साथ।
    अन्तिम बिदाईका
    हात हल्लाएका थिए ।

    फर्किन त छिट्टै फर्किएँ ।
    तर ती आफ्न्तलाई कहिले
    नदेख्ने र कहिले नबोल्ने गरेर
    वृद्ध बाले कान्छा म मरे भने
    दाग बत्ती दिन झिट्टै आउनु भनेका थिए
    बा म फर्कन त छिट्टै फर्किएको छु
    तर फरक यत्ती हो
    म दाग बत्ती दिन होइन
    लिन आएको छु ।

    म जाँदा पनि प्यारी रोएकी थिइन् ।
    म फर्कदा पनि प्यारी रोइरहेकी छिन् ।
    फरक यति मात्रै हो ।
    जादा उनको आँसु पुछ्न सक्थे
    फर्किदा सक्दिन ।
    पहिले उनीसँग बोल्न सक्थे अहिले सक्दिन ।
    जाने बेला छिट्टै आउनुस् भनेकी थिइन्
    आउन पनि छिट्टै आएँ तर
    फरक यत्ति मात्रै हो जादा मान्छे भएर गएको थिएँ ।
    आउदा मुर्दा बनेर ।

    • अभिराज खाती अन्जान
      थाहा नगरपालिका ४ मकवानपुर
      (हाल काठमाडौं)
    Posted in ताजा अपडेट, साहित्यLeave a Comment on “फरक यत्ति हो”

    Posts navigation

    Older posts
    Newer posts

    Himalayan Dristi Team

    • प्रधान सम्पादक

      अनिल आचार्य

    About us

    • हाम्रोबारे

    Follow us on Facebook

    Contact Us

    Kathmandu, Nepal
    Email: himalayandristi@gmail.com
    Phone:-00977-9868990772
    Web:
    www.himalayandristi.com/
    विज्ञापनका लागि
    कृष्ण गिरि 00977-9860341922

    © Copyright 2020-2024 Himalayan Dristi. All Right Reserved. Design & Developed By K & P