द १०० हंड्रेट्स ग्रुपले पर्सा जिल्लाको पकाहामैनपुर गाउँपालिका–३ मा ५६ घरपरिवारलाई राहत वितरण गरेको छ।
निषेधाज्ञा अवधिमा वीरगंज महानगरपालिका भित्र रात्रि भोजन र दिउँसो खाजा कार्यक्रम सञ्चालन गर्दै आएको यो समूहले आज पकाहामैनपुर गापामा चमार, दुसाध, मुसहर जातका गरीबहरूलाई राहत वितरण गरेको कोषाध्यक्ष आशिष गुप्ताले बताए।
ग्रुपका अध्यक्ष विनय गिरीको अध्यक्षतामा पकाहामैनपुरमा प्रतिपरिवार १० किलो चामल, दाल, नून, तेल, आलु, प्याज, सोयाबिन राहत वितरण गरिएको छ।
कार्यक्रममा विक्की सर्राफ, आयुष वर्णवाल, अनिल साह, राहुल पटेल, भागवान साह , निरन्जन साहलगायतले सहयोग गरेको आकाश भगत मालीले जनाएको छन।
दाङ, २६ जेठ दाङ जिल्लाको बंगलाचुली गाउँपालिकालाई लायन्स क्लव अफ घोराही सिटीले अक्सिजन कन्सन्ट्रेटर मेसिन सहित विभिन्न स्वास्थ्य सामग्रीहरु सहयोग प्रदान गरेको छ ।
क्लबले उक्त स्वास्थ्य सामग्री बंगलाचुली गाउँपालिका कार्यालयका अध्यक्ष भक्त बहादुर वलीलाई हस्तान्तरण गरेको थियो ।
क्लबद्वारा सहयोग प्रदान गरिएको सामग्रीमा अक्सिजन कन्सन्ट्रेटर, पिपिई, अक्सिमिटर, सेनिटाईजर र मास्क रहेको जनाइएको छ ।
भौगोलिक हिसाबले विकट क्षेत्र रहेको यस गाउँपालिकाका कोरोना संक्रमितको उपचारमा केहि सहजता पुगोस् भन्ने उद्देश्यले उक्त स्वास्थ्य सामग्री प्रदान गरिएको लायन्स क्लबका विमल श्रेष्ठले बताएका थिए ।
हस्तान्तरण समारोहमा गाउँपालिका अध्यक्ष भक्तबहादुर वलीले कोरोना संक्रमितको उपचारमा सहजता ल्याउन क्लवले गरेको सहयोगका लागी क्लब प्रति हार्दिक धन्यवाद ब्यक्त गरेका थिए ।
उमेश कुशवाहा। हाम्रो टिम नेपाल , काठमाडौंको सहयोग र पिसफोर दलितस फाउन्डेसन, नेपाल सहकार्यमा पर्सा जिल्लाको बिरगंज महानगरपालिका -१९ विन्दबासनी केहुनिया र सखुवाप्रसौनी गाउँपालिका -५ , महुवनको मजदुर , गरीब , दलित समुदायको निषेधाज्ञा प्रभावितहरुको लागि जम्मा २०३ घरधुरीहरु लागि खाद्यान्न राहत वितरण गरेको छ।
कोभिड-१९ को विरुद्ध, रोकथाम , प्रतिकार्यको लागि विश्व र नेपाल भरी लकडाउनको अवस्था रहेकोे छ। पर्सा जिल्लामा पनि मिति २०७८/०१/१६ गतेदेखि हाल सम्म निषेधाज्ञा गरेको छ। पर्सा जिल्लामा पनि निषेधाज्ञा , लकडाउनले गर्दा धेरै दलित, मजदुर, जेष्ठ नागरिक, श्रमिकहरु प्रभावित रहेकोे छ्न। काम बन्द भएकोले दैनिकी ज्यालादारी गरेर काम गर्ने घरपरिवार लाई खाद्यान्नको समस्या रहेर भोकभोकको अवस्था भएको छ।
दलित अति विपन्न समुदायको घरपरिवारको लागि प्रती घर १ बोरा चामल वितरण गरिएको छ।
पर्सा जिल्ला बीरगंज महानगरपालिका वडा न १९ र सखुवापर्सौनि गाउपालिका वडा न ५ मा महुवन निवासी समाजिक अभियन्ता पिसफोर दलितस फाउन्डेसन नेपालको अध्यक्ष मार्फत अति बिपन्न गरिब परिवारहरुलाइ रासन अभाव भएकोले दलित बस्तिमा २०३ घर परिवारहरुलाइ राहत बितरण गर्नु भएकोमा बिशेष धन्यवाद हाम्रो टिम परिवार सुनिता चेली इशा गुरुङ चेली लगाएत सम्पुर्ण टिमलाइ हार्दिक धन्यवाद व्यक्त गरेका छन।
देश लकडाउनको घेराभित्र परेको अवस्थामा गरिब दिन दुखिहरुलाइ तपाईंहरुले गर्नु भएको अतुलनीय सहयोग गरेको राम भनाइ रहेको छ।
यस खाद्यान्न राहत वितरणको लागि समन्वय , पहल गर्ने शरिन ख्युङ्वा तामाङ को पनि मुख्य भूमिका रहेेको राम बताएको छन।
यस कार्यक्रममा हाम्रो टिम नेपालको उमेश बोहरा , साजन श्रेष्ठ , रिता श्रेष्ठ , फाउन्डेसनको सचिव दिपेन्द्र कुमार रामको उपस्थिति रहेकोे थियोे ।
पिसफोर दलितस फाउन्डेसन नेपालको अध्यक्ष मनोज रामले सहजीकरण गर्नु भएको हिमालयन दृष्टिलाई रामले बताउनु भयो।
बारा कलैया २४ जेठ / बारा जिल्ला महागढीमाइ नगर पालिका वार्ड:-२ इनार्वा चोकबाट ३ जना अबैध गाजा सहित पक्राउ परेका छन।
जिल्ला प्रहरी कार्यालय बारा र लागू औषध नियन्त्रण कार्यालय बिरगंज शाखा कार्यालय संयुक्त टोलिले विशेष सुचनाको अधारमा बरियारपुर बाट तेलकुवा तर्फ गइरहेको ना २ ह ६१०६ नम्बरको कालो रंगका अटो र अन टेस्ट पल्सर मोटरसाइकल चेकजाच गर्ने क्रममा ४९ केजि. अबैध गाजा लुकाइ छुपाइ लागि रहेको अवस्थामा पक्राउ परेकाको बारा जिल्ला प्रहरी कार्यालयका प्रबक्ता गौतम मिश्राले जानकारी गराएका छन।
प्रकाउ पर्नेमा सखुवा प्रसौनी गाउँपालिका वडा नम्बर १ औराहा टोल बस्ने ३९ वर्षीय अमिरका पासवान, ५६ वर्षीय रमेश चौधरी र ३७ वर्षीय राज कुमार ठाकुरलाई पक्राउ गरेको छ ।
काठमाडौं – प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले बर्खास्त गरेपछि जितेन्द्र सोनल मन्त्री क्वार्टरबाट बाहिरिएका छन्। जनता समाजवादी पार्टी (जसपा) बाट प्रदेश सरकारमा भौतिक मन्त्री बनेका सोनललाई आइतबार राति राउतले बर्खास्त गरेका थिए।
मन्त्रीबाट बर्खास्त भएसँगै सोनल आज बिहान मधेश भवन परिसरभित्र रहेको मन्त्री क्वार्टरबाट बाहिरिएका हुन्। हातमा एउटा सुकटेस बोकेर उनी मोटरसाइकल चढेर मन्त्री क्वार्टरबाट बाहिरिएका हुन्।
मुख्यमन्त्री राउतले पूर्वराजपाबाट प्रतिनिधित्व गर्ने मन्त्री सोनलसहित तीन राज्यमन्त्रीलाई बर्खास्त गरेका छन्।
सोनलले जसपाभित्र बढ्दै गएको विवादका कारण यो राजनीतिक घटना अपेक्षित नै रहेको प्रतिक्रिया दिएका छन्। जसपा अध्यक्ष महन्थ ठाकुरले दिएको निर्देशनअनुसार आगामी कदम उठाउने उनले बताएका छन्।
उमेश कुशवाहा, सरकारले गर्न नसकेको काम कलैया सिटि जेसिस बाराले महामारी को बेला गर्न थालेको छ ।
बाराको विभिन्न ठाउँमा कलैया जेसिसको चर्चा हुन थालेको छ।कलैया जेसिसले घर घरमा गई ज्यालादारी गर्ने,असक्त,बृद्ध,गरीब असहायलाई विभिन्न दैनिक उपभोग्य समाग्री राहत बितरण गरी चुलो बाल्ने काम गरी रहेको चर्चा हुन थालेको र भगवानको रूपमा कलैया जेसिस आएको गरिब दिन दुखिया तथा आम नागरिकहरुको भनाइ समेत रहेको छ।
कलैया सिटि जेसिसद्वारा चुल्हो बाल्ने अभियान आज चौथो दिन पनि जारी राखेको छ।
कोभिडको महामारीमा कठपुताली झैँ रहेका सरकारहरुले केहि गर्न नसकेको खण्डमा आफ्नो-समाज आफै बचाउ भन्ने अभियानमा कलैया सिटि जेसिसले लागेका छन्।
सरकारले जनता बाट उठाएको कर बापत सेवा सुबिधा दिनु पर्ने भए तापनि आफ्नो निजि स्वार्थमा निहित भएर सत्ताको लोलुप्तामा जनताले रगतपसिना बगाएर कमाएको रकममा मौज मस्ती गर्नमा मात्र व्यस्त रहेकोले कलैया सिटि जेसिसले खाद्यान्न सामग्री बितरण गरी जनता प्रति समर्पित हुन पाठ सिकाएका छन् ।
विश्वमा कोभिड-१९ को महामारिले सम्पुर्ण समाज नै अक्रान्त भएको विषम परिस्थितीमा दैनिक रूपमा ज्यालादारी गरीखानेहरु लाई घरमा चुल्हो बलेको छैन भने उहाँहरुको घरमा चुल्हो बलोस भनेर राहत स्वरुप खाद्यान्न समाग्री वितरण गरिएको हो। उक्त अभियान अन्तर्गत कलैया उपमहानगरपालिकाभित्र रहेका कोरोना भाइरसबाट प्रभावित अति विपन्न, गरीब, असहाय घरपरिवार लाई आज एक कार्यक्रमका बिच चुल्हो बाल्नको लागि केहि राहत स्वरुप राहत सामग्रीहरु हस्तान्तरण गरेका छन्।
कलैया सिटि जेसिस सन २०२१ का अध्यक्ष जेसी शम्भु गुप्ताको अध्यक्षतमा भएको उक्त कार्यक्रममा कलैया उपमहानगरपालिका वडा न. ३ लगायत अन्य स्थान गरि २९ जना अति विपन्न, गरीब, असहाय घरपरिवारलाई चामल १० केजी, दाल १ केजी, नुन १ प्याकेट, आलु २केजी, सोयाबिन ५०० ग्राम, खाने तेल १ प्याकेट, नुहाउने साबुन १ पिसको पाकेट वितरण गरिएको थियो। उक्त कार्यक्रममा शाखाका अध्यक्ष जेसी शभ्भु गुप्ता, नि. अध्यक्ष जेसी विपिन चौधरी, महासचिव जेसी पवन कुश्वाहा, त्यसैगरी मिडिया संयोजक जेसी मानिकचन साह, कोषाध्यक्ष जेसी सुबास जैसवाल, उपाध्यक्ष जेसी सन्दिप साह, आजीवन सदस्य जेसी बैजु दास, पुर्व उपाध्यक्ष जेसी राजेश महतो, बोर्ड सलाहकार जेसी अनिल कुशवाहा, सदस्यहरू जेसी सुरेन्द्र साह, जेसी रोशन श्रीवास्तव, जेसी अंकुश बायाहुत, जेसी अर्जुन गुप्ता लगायतको उपस्थिति रहेको थियो। कार्यक्रमको संयोजक जेसी अनिल कुशवाहाले गरेका थिए ।
दाङ, २१ जेठ बंगलाचुली गाउँपालिकाको लु १ झ ६१६ नम्वरको महिन्द्रा बलेरो गाडी आज बिहान दुर्घटना भएको छ । स्वास्थ्य सामग्री लिन घोराही जादै गर्दा उक्त दुर्घटना भएको थियो । उक्त दुर्घटनामा सवारी चालक लगायत गाडीमा सवार सबै सकुशल रहेको र कुनै मानवीय क्षति नभएको जनाइएको छ ।
गाउँपालिका अध्यक्ष भक्तबहादुर वली चढ्ने उक्त गाडी गाउँपालिका द्वारा संचालित कोभिड विशेष अस्पतालका लागि स्वास्थ्य सुरक्षा सामग्री लिने प्रयोजनार्थ घोराही तर्फ जाँदैगर्दा घोराही–मुर्कुटी सकडखण्डमा पालुथान भन्ने स्थानमा बिहान ८ बजे दुर्घटना भएको जनाइएको छ ।
दुर्घटनाका सम्बन्धमा विषयान्तर गरि केही अनलाइन ले समाचार प्रकाशन गरेको प्रती गम्भीर ध्यानाकर्षण भएको गाउँपालिकाले जनाएको छ । निमित्त प्रमुख प्रशासकिय अधिकृत नारायण प्रसाद आचार्यद्वारा हस्ताक्षरित जारी विज्ञप्तीमा उक्त अध्यक्ष चढ्ने गाडी दुर्घटनालाई विषयान्तर नगरी दुर्घटनाकै रुपमा बुझिदिन अनुरोध गरिएको छ ।
साथै निर्माणाधिन अवस्थामा रहेको मदनभण्डारी लोक मार्ग(घोराही-मुर्कुटी सडक खण्ड) मा पहिलो चरणको कालोपत्रेका लागि हालिएको गिट्टिमा गाडीको गति तिब्र रहेको हुँदा गाडी अनियन्त्रित भई दुर्घटना भएको विज्ञप्तिमा जनाइएको छ ।
“रिपोर्ट त त्यति राम्रो छैन तर एकपटक सिटि स्क्यान र एफ एन ए सि रिपोर्ट हेरौ ।” दिसा, पिसाब, रगत, एक्सरे लगायत भिडियो एक्सरेको रिपोर्ट हेरिसके पछि डाक्टरले भने ।
“हस डाक्टर साब” भन्दै म बुवालाई लिएर बाहिरिए । “के भएको रहेछ? डाक्टरले के भने? सन्चो त हुन्छ नि ?” बुवाले भन्नुभयो । डाक्टरको कुरो बुवाले सुन्नु भयो कि भनेर चिन्तित भएको मलाई बुवाको प्रश्नले राहत मिल्यो ।
“रिपोर्ट सबै ठिकै छरे । त्यति टाढा दाङबाट आउनुभएको छ । एउटा अर्को जाँच पनि गराउनुस भन्नुभएको छ ।” मैले बुवालाई संझाउदै भने ।
सिटि स्क्यान र एफ एन ए सि जाँच नेशनल हस्पिटलमा नहुने भएपछि उक्त जाँचका लागी अर्को दिन बिहान सबेरै बि.पि.मेमोरियल क्यान्सर हस्पिटल पुगे ।
लाईन लागेर टोकन लिई उक्त जाचका लागि सम्बन्धित वार्डमा बुवालाई लिएर गई बल्लतल्ल सिटि स्क्यान गराए । त्यसदिन एफ एन ए सि जाँच नभएपछि अर्को दिन बुवालाई लगेर स्याम्पल दिई आए ।
रिपोर्टका लागि पाँच छ दिन पछि आउनुपर्ने भयो । अस्पताल नजिकै होटेलमा बस्यौं । औषधि खाएपनी खासै काम गर्दैनथ्यो । दिउँसो यताउता गरेर मन बहलाए पनि बुवा रातभरि पीडाले छट्पटाउनु हुन्थ्यो । म लाचार भएर हेरिरहन्थे ।
अति नै पिडा भएपछि आत्तिदै भन्नुहुन्थ्यो “हेर बाबु म बाच्दिन । यत्रो पैसा खर्च भइसक्यो बिसको उन्नाइस भएको छैन । अब खर्च नगर । मलाई घर लैजा ।”
“हैन बुवा नआत्तिनुस ! सन्चो हुन्छ । पैसा खर्च भयो भनेर चिन्ता नगर्नुस । ज्यान भन्दा ठूलो पैसा हैन नि । फेरि कति पो खर्च भएको छर ।” मैले बुवालाई संझाउदै भने ।
यस्तै गरि दिन बित्दै गए । एफ एन ए सि को पनि रिपोर्ट आयो । बुवालाई लगेर पुनः नेशनल हस्पिटल गए । डाक्टरलाई रिपोर्ट देखाए । सुरुमा तपाईहरु यहाँ किन आउनु भएको । मैले अस्ति नै बिदा दिएको होइन भनेर डाक्टर रिसाए । त्यो सुनेर बुवा पनि रिसाउनु भयो । मैले बुवालाई बाहिरै बसालेर भित्र गए । डाक्टरलाई रिपोर्ट देखाए ।
“बुवालाई लास्ट स्टेज क्यान्सर भएको छ । शरीरभरि फैलिसकेको छ । उहाँको उपचार संभव छैन । शारीरिक कमजोरी र उमेरका कारण केमो थेग्न सक्नुहुन्न । घर लग्दा हुन्छ । ” रिपोर्ट हेरिसकेपछी डाक्टरले भने ।
डाक्टरको कुरो सुनिसकेपछी म छाँगोबाट खसेजस्तो भए नजिकको कुर्सीमा थुचुक्क बस्दै रुदै भने – “डाक्टर साब त्यसो नभन्नोस । जसरी हुन्छ मेरो बुवालाई बचाईदिनोस । जति खर्च लाग्छ म दिन्छु । घरबास सबै बेच्छु । त्यतिले नपुगे म आफ्नो एउटा किड्नी बेचेर भएपनी उपचार गराउछु । त्यसो नभन्नुस । मेरो बुवालाई सन्चो पारिदिनोस ।”
मैले जति नै अनुनय विनय गरेपनि उनले बुवाको उपचार हुन नसक्ने बताए । मैले बुवालाई सान्त्वना दिदै केही पेनकिलर र भिटामिन औषधि लेखिदिन विनम्र अनुरोध गरे ।
“बुवा ! तपाईंलाई खासै केहिभएको छैन। छातीमा सानो दाग छ । औषधि लेखिदिन्छु नबिराई खानु होला । पिर नलिनुहोस अझै तीस पैतिस वर्ष बाँच्नुहुन्छ ।” बुवालाई संझाउदै डाक्टरले भने ।
“अघि रिसाउदै थियो । अहिले यस्तो भन्छ । तसँग कति दिन बाँच्छ भनेको छ डाक्टरले ।” बुवाले बाहिर निस्कने बित्तिकै मसँग सोध्नुभयो ।
“हत्तेरी बुवा ! धेरै विरामी हेर्दा कहिलेकाही डाक्टरको मुड अफ हुन्छ क्या । त्यही भएर रिसाएका हुन । सामान्य समस्या हो औषधि खाए ठिक हुन्छ, भनेका हुन मसँग पनि । ब्यर्थै चिन्ता लिनुहुन्छ । ” मैले बुवालाई गुमराहमा राख्दै भने ।
मेरो भित्रैदेखि भक्कानो फुटेर आयो । म दौड्दै वासरुम गए । बेस्सरी रोए । घर फर्कन लागेको जानकारी घरमा गराए । त्यसपछि आँसु पुछे । मुहारमा बनावटी मुस्कान ल्याउदै बुवा छेउ आए । स्याउ काटेर बुवालाई खान दिर ।
“स्याउ बाटोमै खादै गरौला । अहिले गाडी छुट्छ हिड अब जाम ।” बुवाले आत्तिदै भन्नुभयो । “हस ! बुवा” भन्दै बुवालाई डोराउदै बाटो लागे ।
कलैया सिटि जेसिसको आयोजनामा चुल्हो बाल्ने अभियान यस वर्ष पनि मिति २०७८/०२/१९ गते देखि शुभारम्भ गरिएको छ।
विश्वमा कोरोनाको दोस्रो भेरियन्टका कारण निषेधाज्ञा जारी भएको करिव १ महिना पुगेको छ । बन्दाबन्दीका कारण बिहान /बेलुका काम गरेर खाने मजदुर तथा विपन्न परिवार यसको प्रत्यक्ष मारमा परेका छन् । यता सरकार भने कोरोना नियन्त्रणको नाममा निषेधाज्ञा बढाउने मात्र ध्याउन्नमा छ । बन्दाबन्दीका कारण गरिब तथा विपन्न परिवारको अवस्था र उनीहरुको समस्यामा मलम लगाउने तीर नभई सत्ता र कुर्सीमै केन्द्रित हुँदा श्रमिक वर्ग पीडामा परेका छन् ।
सरकार प्रधानमन्त्री कुर्चीको खेलमा दौडिरहेका छन् । मजदुर,गरिब वर्गको चुल्हो कसरी बल्यो होला भन्ने ध्यान यतिबेला सरकार, प्रधानमन्त्रीलाई छैन ।छ त केवल प्रधानमन्त्री पद जान्छ की भन्ने चिन्ता मात्र ।
जनतालाई घरभित्र थुनेर सरकार राजनीति खिचातानीमै व्यस्त रहेपनि कलैया सिटि जेसिस कलैयाले भने गरिब तथा विपन्न परिवारको चुल्हो बाल्ने अभियानमा जुटेको छ । कोभिड १९ का कारण सरकारले निषेधाज्ञा जारी गरेपछि हातमुख जोर्न समस्यामा परेका परिवारको पहिचान गरी कलैया सिटि जेसिस कलैयाले राहत वितरणको कामलाई तिव्रता दिएको हो ।
कलैया सिटि जेसिस सन २०२१ का अध्यक्ष जेसी शम्भु गुप्ताको अध्यक्षतमा भएको उक्त कार्यक्रममा आज कलैया उपमहानगरपालिकाको वडा नं. १६ मा १८ जना अति विपन्न, गरीब, असहाय घरपरिवारलाई चामल १० केजी, दाल १ केजी, नुन १ प्याकेट, आलु २केजी, सोयाबिन ५०० ग्राम, खाने तेल १ प्याकेट, नुहाउने साबुन १ पिसको पाकेट वितरण गरिएको थियो।
उक्त कार्यक्रममा शाखाका अध्यक्ष जेसी शभ्भु गुप्ता, नि. अध्यक्ष जेसी विपिन चौधरी, महासचिव जेसी पवन कुश्वाहा, त्यसैगरी मिडिया संयोजक जेसी मानिकचन साह, कोषाध्यक्ष जेसी सुबास जैसवाल, उपाध्यक्ष जेसी सन्दिप साह, आजीवन सदस्य जेसी बैजु दास, पुर्व उपाध्यक्ष जेसी राजेश महतो, बोर्ड सलाहकार जेसी अनिल कुशवाहा, सदस्यहरू जेसी सुरेन्द्र साह, जेसी रोशन श्रीवास्तव, जेसी अंकुश बायाहुत, जेसी अर्जुन गुप्ता लगायतको उपस्थिति रहेको थियो। कार्यक्रमको संयोजक जेसी अनिल कुशवाहाले गरेका थिए ।
मानव बेचबिखन अभियोग मा जिल्ला प्रहरी कार्यालय पर्सा ले २ जन्ना लाई नियन्त्रण् मा लिएको छ।
भारत, राज्य बिहार, जिल्ला पूर्वी चम्पारण, थाना पहाडपुर, ग्रामपञ्चायत अहिरओलिया गोदाम वडा नं। ४ ठेगाना भएका वर्ष २७ को अस्गर सैफी र निजकी श्रीमती जिल्ला तनहुँ, दमौली नगरपालिका वडा नं। ५ बस्ने सकिना खातुन भन्ने सीता थापा क्षेत्री लाई नियन्त्रण् मा लिएको छ।
जिल्ला गोरखा घर भएका वर्ष २० तथा वर्ष २२ का गरी नाम नखुलेको दुई जना महिलाहरूलाई निजहरूकै घरठेगानाबाट जिल्ला बाँकेस्थित नेपालगञ्जमा रहेको एक मन्दिरमा कन्या पूजा गर्न १ घण्टाको लागि कन्याको रूपमा गएबापत जनही रू।५०,०००।(पचास हजार) दिने भनी ललाइफकाई गरेका छन।
नेपालगञ्जसम्म ल्याएपछि पैसा लिन बीरगञ्ज बजार जानुपर्छ भनी झुक्यानमा पारी बी।म।न।पा। १६ स्थित ईनर्वा नाकासम्म पुर्याई पैसा लिन पुनः भारतको बेतिया जानुपर्छ भनी दुबै महिलाहरु लाई बिरगंज ल्याएका हुन।
मानव बेचबिखन गर्ने उद्देश्यले सीमा पार गराउन लाग्दा प्रहरी चौकी ईनर्वाबाट खटिएको टोलीले सोधपुछ गर्दा पीडितहरूले आफु सगं भएको घटना बारे जानकारी गराएका छन।
दुबै महिलाहरु को उद्दार गरी बेचबिखनमा संलग्न २ जना व्यक्तिहरूलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालयमा ल्याइएकोछ निजहरूबिरूद्ध मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन २०६४ अन्तर्गत कसूर गरेको अभियोगमा सम्मानित पर्सा जिल्ला अदालतबाट ७ (सात) दिन म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्सा ले जनाएको छ।