हाम्रो टिम नेपाल , काठमाडौंको सहयोग र पिसफोर दलितस फाउन्डेसन, नेपालको सहकार्यमा २०३ जना लाई खाद्यान राहत बितरण।

  • २५ जेष्ठ २०७८, मंगलवार १९:४५ मा प्रकाशित
  • उमेश कुशवाहा। हाम्रो टिम नेपाल , काठमाडौंको सहयोग र पिसफोर दलितस फाउन्डेसन, नेपाल सहकार्यमा पर्सा जिल्लाको बिरगंज महानगरपालिका -१९ विन्दबासनी केहुनिया र सखुवाप्रसौनी गाउँपालिका -५ , महुवनको मजदुर , गरीब , दलित समुदायको निषेधाज्ञा प्रभावितहरुको लागि जम्मा २०३ घरधुरीहरु लागि खाद्यान्न राहत वितरण गरेको छ।

    कोभिड-१९ को विरुद्ध, रोकथाम , प्रतिकार्यको लागि विश्व र नेपाल भरी लकडाउनको अवस्था रहेकोे छ। पर्सा जिल्लामा पनि मिति २०७८/०१/१६ गतेदेखि हाल सम्म निषेधाज्ञा गरेको छ। पर्सा जिल्लामा पनि निषेधाज्ञा , लकडाउनले गर्दा धेरै दलित, मजदुर, जेष्ठ नागरिक, श्रमिकहरु प्रभावित रहेकोे छ्न। काम बन्द भएकोले दैनिकी ज्यालादारी गरेर काम गर्ने घरपरिवार लाई खाद्यान्नको समस्या रहेर भोकभोकको अवस्था भएको छ।


    दलित अति विपन्न समुदायको घरपरिवारको लागि प्रती घर १ बोरा चामल वितरण गरिएको छ।

    पर्सा जिल्ला बीरगंज महानगरपालिका वडा न १९ र सखुवापर्सौनि गाउपालिका वडा न ५ मा महुवन निवासी समाजिक अभियन्ता पिसफोर दलितस फाउन्डेसन नेपालको अध्यक्ष मार्फत अति बिपन्न गरिब परिवारहरुलाइ रासन अभाव भएकोले दलित बस्तिमा २०३ घर परिवारहरुलाइ राहत बितरण गर्नु भएकोमा बिशेष धन्यवाद हाम्रो टिम परिवार सुनिता चेली इशा गुरुङ चेली लगाएत सम्पुर्ण टिमलाइ हार्दिक धन्यवाद व्यक्त गरेका छन।

    देश लकडाउनको घेराभित्र परेको अवस्थामा गरिब दिन दुखिहरुलाइ तपाईंहरुले गर्नु भएको अतुलनीय सहयोग गरेको राम भनाइ रहेको छ।


    यस खाद्यान्न राहत वितरणको लागि समन्वय , पहल गर्ने शरिन ख्युङ्वा तामाङ को पनि मुख्य भूमिका रहेेको राम बताएको छन।


    यस कार्यक्रममा हाम्रो टिम नेपालको उमेश बोहरा , साजन श्रेष्ठ , रिता श्रेष्ठ , फाउन्डेसनको सचिव दिपेन्द्र कुमार रामको उपस्थिति रहेकोे थियोे ।


    पिसफोर दलितस फाउन्डेसन नेपालको अध्यक्ष मनोज रामले सहजीकरण गर्नु भएको हिमालयन दृष्टिलाई रामले बताउनु भयो।

    Leave a Reply