• गृह पृष्ठ
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला /जीवनशैली
  • खेल
  • बिज्ञान/प्रविधि
  • राजनीति
  • विचार
  • समाज
  • साहित्य

Category: ताजा अपडेट

पञ्चाङ्ग साहित्य समाज पाठशालाको बिसौँ अभ्यास शृङ्खला सम्पन्न

  • १९ फाल्गुन २०७८, बिहीबार ०७:२१ मा प्रकाशित
  • पञ्चाङ्ग साहित्य  समाज पाठशालाको अभ्यास शृङ्खला :- बिसौँ(२०)
    ——————————————–
    “पाँच तत्त्व पाँचै विकार , पञ्चाङ्ग नै ठिक आधार “
                       विधा :- पञ्चाङ्ग
    अभ्यास गर्ने थलो :- पञ्चाङ्ग पाठशाला
               मिति:- २०७८/ ११ /१७
    ………………………………………….
    प्रशिक्षक:-
    सोमनाथ लुइटेल “रवि पाल्पाली”
    सविता के.सी.
                  
    भाषा शुद्धीकरण सुझाव :-
    सुशीला पौडेल
    सविता के.सी.
    चन्द्रावती अधिकारी

    सङ्कलक :-
    सोमनाथ लुइटेल “रवि पाल्पाली”

    सहजकर्ता :-
    (महासचिव)
    रामराजा के. सी.

    ======================
    आजको अभ्यासमा दिएको अनुप्रास र स्थाई राखेर १६ अक्षरमा पञ्चाङ्ग लेख्नु हुन अनुरोध गर्दछौँ।

    अनुप्रास र स्थायि
    ————–
    खाता बनायौ , पाता बनायौ , छाता बनायौ , गाता बनायौ
    नाता बनायौ , माता ,हाता , आदि
    ३+२+३+२+३+३=१६
    ———————————-
    पञ्चान्ङ्ग  ०१

    तिमीले बिना बैंकको खाता बनायौ मलाई
    सकस   दिँदै  चुहिने  नाता  बनायौ मलाई
    गुलियो बोली सम्झना अति बिर्सन कठिन
    कहिले टुट्ने च्यातिने  पाता बनायौ मलाई
    बर्षाको  बेला ओतिने छाता बनायौ मलाई ।

    चाँहिदा आफ्नो भएर हाता  बनायौ मलाई
    प्रयोग   गर्न कसरी   दाता   बनायौ मलाई
    सदैव   तिम्रो   कथन  मान्ने  भएर    अबत
    सुन्दरी भन्दै तिमिले  कान्ता बनायौ मलाई
    गरेर  छल  आजनी  माता    बनायौ मलाई ।

    ✍️सोमनाथ लुइटेल “रवि पाल्पाली”

    पञ्चाङ्ग   ०२

    चाहिंदा मात्र तिमीले    दाता बनायौ मलाई
    जानेरै    स्वार्थी तनको नाता बनायौ मलाई
    मनको ठिक्क मनकै दिक्क भने झैं तिमीले
    कसरी आाज   टीनको पाता बनायौ मलाई
    हिसाब राख्ने सजिलो  खाता बनायौ मलाई ।

      ✍️निर्मला सुवेदी,बागलुङ।

    पञ्चाङ्ग   ०३

    स्वार्थले पूर्ण छिमेकी दाता बनायौ तिमीले ।
    जिन्दगी भरि विकृत नाता बनायौ तिमीले ।
    मेची र काली अमर माया बिर्सेर दुनिया ,
    बुझेर सारा फलामे पाता बनायौ तिमीले ।
    आमाको माया उधारो खाता बनायौ तिमीले ।
    २
    लाेभमा परी व्यर्थैकाे नाता बनायौ तिमीले ।
    हीराकाे गुण चिनेनौ पाता बनायौ तिमीले ।
    विशाल मन बोकेर सारा सबैले हिँड्नुछ ,
    साँघुरो साेच लिएर गाता बनायौ तिमीले ।
    आमाको माया बिग्रेको छाता बनायौ तिमीले ।

    ✍️आर्त अकुलीन, कैलाली

    पञ्चाङ्ग   ०४

    आज शिव रात्रि शिव छाता वनायाै तिमीले
    पुराणको    पुस्तकको गाता बनायाै तिमीले
    पाप धर्म लेखा जाेखा   गर्ने चित्रगुप्त नै हाे
    शिवकी पत्नी पार्वती  माता वनायाै तिमीले
    चित्रगुप्तको जस्तो नै खाता वनायाै तिमीले ।

          २०७८ फागुन १७ गते
            महाशिव।रात्रि पर्व

    ✍️ मधुसूदन प्रसाद घिमिरे

    पञ्चाङ्ग  ०५

    अढाई पाता धन्दाको नाता बनायौ तिमीले
    ओडाई छाता झुटको खाता बनायौ तिमीले
    जनको बोली नमिठो गोली लाग्दैछ अचेल
    तोडाई गाता दुष्टको दाता बनायौ तिमीले
    रुवाई माता लोभीको ज्ञाता बनायौ तिमीले ।

    ✍️प्रेम थापा “मन ” बागलुङ

    पञ्चाङ्ग    ०६

    स्वार्थकाे लागि क्षणकाे नाता बनायाै तिमिले,
    दुहुनाे  गाई   सम्झेर  दाता बनायाै   तिमीले ।
    नाङ्गिने  डर   नै   तिमीलाई   रहेनछ   देखेँ ,
    पिपलपाते   च्यादर  छाता  बनायाै  तिमीले ।
    श्रम मेराे आफ्नाे वैङ्क खाता बनायाै तिमीले ।

    ✍️चन्द्रावती अधिकारी ,बाँके कोहलपुर

    पञ्चाङ्ग   ७

    अन्जान तन छाउने पाता  बनायौ तिमीले
    धुपमा बल्ने टिनको छाता बनायौ तिमीले
    कठोर     रैछ   त्यो मन   तन गलाई रहने
    पुस्तक जतन  गर्ने गाता  बनायौ तिमीले
    पीडाको शुल सहने ज्ञाता बनायौ तिमीले

    ✍️सरिता काफ्ले कोहलपुर बाँके

    पञ्चाङ्ग   ०८

    शीर्षक – सम्बन्ध
    अक्षर-१६
    सुत्र=३+२+३+२+३+३=१६
    चाहिदा हेर कसरी खाता बनायौ तिमीले,
    पटक पिच्छे कामको दाता बनायौ तिमीले।
    तिमीले आफ्नै सम्झेको अंग भएको भए त,
    भुमरीमा पनि ओडिने छाता बनायौ तिमीले,
    पिडामा बाच्ने दु:खको नाता बनायौ तिमीले।

    ✍️दुर्गा आचार्य
    मोरङ

    पञ्चाङ्ग   ०९

    दु:ख पाप नास गर्ने दाता भेटे मेरी आमा
    पैसा जम्मा गर्ने मिल्ने खाता भेटें मेरी आमा
    भरोसा खास कस्को गरुँ सबै उस्तै भेटिन्छन्
    गरिबको चुहिने ती पाता भेटेँ मेरी आमा
    गाह्रो पर्दा नसुध्रने नाता भेटें मेरि आमा ।

    ✍️अम्बिका अधिकारी

    पञ्चाङ्ग   १०

    लुकेर आयौ तिमी त दाता बनेर तिमीले
    नेपाली पैसा लैजाने खाता बनेर तिमीले
    गरिब देखि अमिर सम्म लागुनै गर्नै छौ
    देशको नीति पल्टाइ पाता बनेर तिमीले
    रिषको बीस खुवाई नाता बनेर तिमीले ।

    सुशीला पौडेल , काठमाडौं

    पञ्चाङ्ग   ११

    समपञ्चाङ्ग १

    पञ्चाङ्ग  महाशिवरात्रिको दिन २०७८
    ———————————————–
    १
    शिवजी सँग गहिरो  नाता बनायौ पार्वती
    इतीहासको बलियो खाता बनायौ पार्वती
    हे गौरी माता शिवको भक्ति बन्दना गर्दछु
    कैलाशनाथ विश्वका ज्ञाता बनायौ पार्वती
    जगत देवी  ईश्वरी  माता   बनायौ पार्वती
    २
    शिवजीलाई  टिनको  पाता बनायौ पार्वती
    बर्षाको बेला ओतिने छाता बनायौ पार्वती
    सुनाइ  दिनु  शिवजीलाई  यो मेरो बन्दना
    ईश्वर  भक्त   मलाई   दाता  बनायौ पार्वती
    भक्तको  हात  दिएर  हाता  बनायौ पार्वती
    ————————————————

    ✍️गुणनिधि घिमिरे पाँचथर मोरङ हाल अमेरिका

    पञ्चाङ्ग   १२

    ब्वाँसो बनेर चाप्लुसीमा नाता बनायौ हैन
    पानापाना जोड्यौ तिमीले खाता बनायौ हैन
    अौँला दिँदा डुँडुलो निल्ने बानी भन्थे सबले
    भित्र बाहिर सबै तिम्रो माता बनायौ हैन
    चाहिँदा भाँडो नत्र टिलो पाता बनायौ हैन ।

    ✍️सविता के.सी. काठमाडौं

    पञ्चाङ्ग   १३

    सँगै भिजौला सोचेकोथेँ तर छाता बनायौ
    हर पानामा हुँन खोजेँ तर गाता बनायौ
    एउटै पोखरीमा डुबुल्कीने चाहना थियो
    एक अर्काको बीचमा बारको पाता बनायौ
    अंगालिन खोजेँ छुन नमिल्ने नाता बनायौ ।

    ✍️केशब न्यौपाने, नुवाकोट

    पञ्चाङ   १४

    पञ्चाङ साहित्य बनोस ओत लाग्ने छाता पनि
       प्रगाढ    बनाेस्  दैनिक  अक्षरको नाता पनि
    कहिले  नटुटाेस्  दिल   भित्र अक्षरको  खेती
    कृतिमा सुरक्षीत होस्  साहित्यका पाता पनि
    संसार भरी फैलियोस् पञ्चाङको खाता पनि ।

    ✍️तारा घिमिरे संखुवासभा

    पञ्चाङ्ग  १५

    दान गर्ने दान वीर  दाता  बनायौ  तिमीले
    ईश्वरसँग   गहिरो   नाता  बनायौ  तिमीले
    कहिले पनि नछुटोस् हाम्रो अर्चना वन्दना
    भक्तको लागि दर्विलो छाता बनायौ तिमीले
    हिसाब राख्ने बलियो खाता बनायौ तिमीले

    ✍️सरस्वती श्रेष्ठ इटहरी

    पञ्चाङ्ग   १६

    मायाको मीठो अपार नाता बनायौ तिमोले
    कहिले पनि नफाट्ने गाता बनायौ तिमिले
    यसरी  माय गरेको आफ्नै मायालु भएरै
    हरेक कुरा जानेको ज्ञाता बनायौ तिमीले
    जीवन थाम्ने रोकिने खाता बनायौ तिमीले ।

    ✍️चेतना पोखरेल  , मोरङ

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on पञ्चाङ्ग साहित्य समाज पाठशालाको बिसौँ अभ्यास शृङ्खला सम्पन्न

    दाङकाे ऐतिहासिक रत्ननाथमठमा पीर फिरे पर्व मेला सम्पन्न; याेगी ब्रहमनाथ नयाँ पीर

  • १६ फाल्गुन २०७८, सोमबार ११:१९ मा प्रकाशित
  • दाङ १५ फागुन । घाेराही उप-महानगरपालिका वडा नं. १७ मा अवस्थित नाथ सम्प्रदायकाे विशेष महत्व बाेकेकाे नेपालकै प्राचीन एवम् पुरातात्त्विक पहिचान रहेकाे गाेरक्ष पात्रदेवता सिद्ध रत्ननाथ मठमा सदाझैँ फाल्गुण कृष्ण विजया दशमीका दिन ऐतिहासिक पीर स्थापना पर्व मेला सम्पन्न भएकाे छ ।

    हरेक वर्ष फाल्गुण कृष्ण एकादशी अर्थात विजया एकादशीका दिनमा नयाँ पीर मठाधीश लगायत अन्य मठमा पूजा पाठ गर्नकालागि कर्मचारीकाे नियुक्ति छनाेट हुने गर्दछ । नयाँ पीर मठाधीश छनाेटका लागी अघिल्नो दिन साँझ बसेकाे भेष बाह्र पन्थ नाथ याेगीहररूकाे भेलाले याे निर्णय गर्ने गर्दछ । नयाँ रङ्ग राेगनले सिङ्गारिएकाे मठ परिसर त्यसमा पनि दुलहीकाे जस्तै सिङ्गार पटार गरिएकाे ऐतिहासिक दलिचा ( पूजा पर्व ) स्थनानमा नयाँ पीरलाई प्राचीन विधि अपनाई फेरिने परम्परा रहेकाे छ । अर्थात पीर बदलिने भए पीरकाे सम्पूर्ण जिम्मा नयाँ हुने पीरलाई हस्तान्तरण गर्ने साथै विधि सिकाउने पहिलाकाे पीरले गर्नुपर्ने हुन्छ ।

    जस अनुसार आज पहिलेका पीर मठाधीश सन्ताेषनाथले नयाँ हुने पीर याेगी ब्रहमनाथलाई एक भव्य समाराेहमा पीरकाे जिम्मेवारी सुम्पीनु भएकाे हो । याेगी ब्रहमनाथ यसभन्दा अगाडि मृगस्थली गाेरखनाथ मठ काठमाडौमा रहेर विभिन्न जिम्मेवारी सम्हालि सक्नुभएका युवा हुनुहुन्छ । सिद्ध याेगी रत्ननाथले गुरु गाेरखनाथबाट प्राप्त गरेकाे पात्रदेवताकाे दैनिक तान्त्रिक विधिबाट पूजा गरिने परम्परालाई निरन्तरता दिने उद्धेश्य अनुरुप हरेक वर्ष यसै दिनलाई मुख्य साईत पारेर पीर फेर्ने गरिन्छ । पीर हुनकालागि याेग्य ,सपाङ्ग ,विवाह नगरेकाे ब्रह्मचर्यकाे पालन गरेकाे ,कानकाे चिरा लिएकाे याेगी व्यक्ति हुनुपर्ने नियम रहेकाे छ ।

    यस वर्षका पीर ब्रहमनाथकाे जन्म पूर्वी नेपालकाे धरानमा भएको हो । यसै गरेर पीर लगायत पुजारी, भण्डारी सिरानेकाे छनाेट समेत पीर स्थापना मेला, पर्वकाे अघिल्लाे रात साँझ भेष १२ पन्थकाे समितिले गरि आज विजया एकादशीका शुभ दिनमा पीरकाे साथै अन्य ४ जनाकाे सार्वजनिक दलिचा पर्व स्थानमा घाेषणा गरिने चलन रहेकाे छ । यस पर्वका दिनमा स्थानिय ब्यक्तिहरुकाे जमघट पीर फेरेकाे हेर्नकालागि ठूलाे श्रद्धाका साथ मठ परिसर एवम् दलिचाकाे वरिपरि बस्ने गर्दछन् ।

    यसै दिनकाे प्रतिक्षामा विशेष गरेर कपिलवस्तु, चन्द्राैटा, कृष्णनगर, घाेराही बजार लगायत भारतका व्यापारीहरुद्वारा मेलामा मिठाई, बदाम, नमकिन, फलफुल लगायत विभिन्न खाले खेलाैना बेच्नुका साथै पीङकाे पनि ब्यबस्था गरिएकाे हुन्छ। वि.स.८०९ मा स्थापना मानिएकाे याे ऐतिहासिक मठमा लाग्ने याे मेला पर्व नेपालकै ऐतिहासिक मेलाकाे रुपमा लिने गरेकाे पाईन्छ ।

    Posted in ताजा अपडेट, मुख्य खबर, लोकप्रिय, समाजLeave a Comment on दाङकाे ऐतिहासिक रत्ननाथमठमा पीर फिरे पर्व मेला सम्पन्न; याेगी ब्रहमनाथ नयाँ पीर

    उदक यात्री भवानी घिमिरेका उत्कृष्ट उदकहरू

  • १६ फाल्गुन २०७८, सोमबार १०:३८ मा प्रकाशित
  • १
    हिंसा
    गहिरो पीर
    गाेली बाेलीकाे तीर !

    २
    मानव
    आक्रान्तको भुमरीमा
    आफैले दिएको निम्तो !

    ३
    बाघचाल
    दुबैकाे नाश
    नफेरिने सन्ताेषकाे सास !

    ४
    अहङ्कार
    निसासिँदाे भुमरी
    सर्वनाशकाे ठूलाे पगरी !

    • भवानी घिमिरे
      सर्लाही
    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on उदक यात्री भवानी घिमिरेका उत्कृष्ट उदकहरू

    उदक यात्री गुणनिधि घिमिरेका उत्कृष्ट उदकहरू

  • १६ फाल्गुन २०७८, सोमबार १०:२९ मा प्रकाशित
  • १
    चरी
    घरको अभावमा
    बसेका रातभरी डालीमा !

    २
    खानेकुरा
    अभावमा बरा
    दिनभरि बालीमा बसेर !

    ३
    बचेराको
    बेहाल हेरेर
    गुँडबाट भुईंमा खसेर !

    ४
    चुच्चामा
    च्यापेर माउले
    रोएको बिलौना गरेर !

    ५
    झरेका
    बिचरा बचेरा
    भोकले गएका मरेर !

    • गुणनिधि घिमिरे
      पाँचथर, हाल: अमेरिका
    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on उदक यात्री गुणनिधि घिमिरेका उत्कृष्ट उदकहरू

    निर्मला सुवेदीका दमदार पाँच पञ्चाङ्गहरू

  • १६ फाल्गुन २०७८, सोमबार ०८:४६ मा प्रकाशित
  • ” पाँच तत्त्व पाँचै विकार , पञ्चाङ्ग नै ठिक आधार “

    ०१
    गालीपछि दुबै हातको ताली रोजेको छु मैले
    बगैंचाको गोड्नको लागि माली रोजेको छु मैले
    बिदाइको हात हल्लाउने छैन मैले कहिले
    स्वागतको तयारीलाई थाली रोजेको छु मैले
    महल होइन खरको पाली रोजेको छु मैले।

    ०२

    विछोडको पीडा होइन मिलन खोजेको छु
    तिम्रो पर्खाइमा मैले थुप्रै खुशी छोडेको छु
    इमान्दारिताको मूल्य नसोध्नु है घरिघरि
    जिन्दगीमा लाखौंलाख कठिनाइ भोगेको छु
    लाली पाउडर छैन प्रिय प्यार रोपेको छु।

    ०३

    बाहिर नखोज यहाँ दिलमा खोज अब
    अरु होइन त्यो बारीमा तील रोप अब
    सुख दुःख केहि हुँदै होइन जिन्दगीमा
    पीडा भएपनि बाहिर घाउ ढोक अब
    कति बन्छौ अल्लारे बाँकी पल सोच अब।

    ०४

    सुख खोज्ने तिमी सन्तोष रोज्ने म
    औकात जोख्ने तिमी प्यार सोध्ने म
    भावना तौलिने तराजु भेटिँन
    हाँसो पोख्ने तिमी भावना पोख्ने म
    आखिर सोच्यौ आज खुशी खोस्ने म।

    ०५

    यादै यादमा बित्दछन् रात यहाँ
    लाग्छ छैन सानो ठूलो जात यहाँ
    औकात हैन प्यार हो ठूलो यहाँ
    बुझे इशारामा बुझ्छौ बात यहाँ
    गर्मीमा बजेको सुन्छौँ पात यहाँ ।

    निर्मला सुवेदी,बागलुङ।

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on निर्मला सुवेदीका दमदार पाँच पञ्चाङ्गहरू

    साप्ताहिक ‘पञ्चाङ्ग चित्रपट’ लेखनको पाँचौँ शृङ्खला सम्पन्न

  • १६ फाल्गुन २०७८, सोमबार ०८:१९ मा प्रकाशित
  • साप्ताहिक पञ्चाङ्ग लेखन शृङ्खला ‘पञ्चाङ्ग चित्रपट’को पाँचौँ भाग सम्पन्न भएको छ । पञ्चाङ्ग साहित्य समाज नेपालको आयोजनामा उक्त शृङ्खला सञ्चालन हुँदै आएको हो ।

    साप्ताहिक पञ्चाङ्ग लेखनको पाचौँ शृङ्खलाको प्रशिक्षकमा सविता के.सी. र चन्द्रावती अधिकारी रहनुभएको थियो । लघुतम काव्य विधा पञ्चाङ्गका प्रवर्तक सोमनाथ लुइँटेल “रवि पाल्पाली” का अनुसार प्रत्येक हप्ताको बिहीबार उक्त शृङ्खला सञ्चालन गरिदै आएको छ । जसका लागि बिहीबार विहान एउटा चित्र राखिनेछ । सोही चित्र अनुसारको बिम्बात्मक तथा गहन मौलिक भाव झल्किने एउटा मात्र पञ्चाङ्ग साँझ ८:०० बजेभित्र आफ्नो नाम र ठेगाना सहित कमेन्ट बक्समा लेख्नुपर्नेछ ।

    यस शृङ्खलाका लागि चित्रको संकलन निर्मला सुवेदीले गर्नुभएको थियो भने समायोजन सोमनाथ लुइँटेल ‘रवि पाल्पाली’ ले गर्नुभएको थियो ।

    चित्रपट

    चित्रपट

    सहभागी स्रष्टाहरूले सृजना गरेका पञ्चाङ्गहरू

    पञ्चाङ्ग ०१

    १
    कामले गर्दा खुट्टा फुटेको देखेन कसैले
    गरिबको यहाँ नीर दु:ख मेटेन कसैले
    मर्ने भयो बिचरा तनाव पीडा झेली झेली
    जनताको आवाज कहिले टेरेन कसैले
    औषधीमूलो कतैबाटनि फेकेन कसैले।
    २
    कसैको खुट्टामा जुत्ता छ कसैको फुटेको पाउ छ ,
    धनी त हिँडेकै छन् नाङ्गै हिँडेर टुटेको पाउ छ ।
    महलमा नि तातो पर्ने बस्तुले पारेकै छन् खुट्टा ,
    गरिबीको सधैँ असिना पानीले चुटेको पाउ छ ।
    दु:ख गरेर खानलाई काममा जुटेको पाउ छ ।

    🙏सोमनाथ लुइटेल “रवि पाल्पाली”

    पञ्चाङ्ग ०२

    ल हेर्नुहोस् कसैका खुट्टा पट्पटी फुटेका छन्
    छोराछोरी बिना कैयौं आमा बाबु छुटेका छन्
    हे ! मानव दैवहरू हो अन्याय गर्छौ किन ?
    कोही जनतालाई नै पीडा दिन जुटेका छन् ।
    वेदना थप्दै दु:ख रुपी लट्ठीले चुटेका छन् ।

    🙏प्रेम थापा “मन “बागलुङ

    पञ्चाङ्ग ०३

    गृष्मको धुपले धर्ति फाँटे सरी गोडा
    सहँदो हो कसरी? त्यो दर्द भारी गोडा
    धर्ति विछ्यौना भयो छानो न्यानो आकाश
    वेदना दर्द कति सहन परी गोडा
    लास सरी पो ढलेको कठैँ तरी गोडा।

    🙏सरिता काफ्ले कोहलपुर बाँके

    पञ्चाङ्ग ०४

    सपना सँगसँगै कुर्कुच्चा फुटेका हुन्छन्
    घाम पानी असिना हुरीले चुटेका हुन्छन्
    कता छन् कुन्नि बैकल्पिक बाटा जिन्दगीका?
    सायद यसैले त सम्बन्ध टुटेका हुन्छन्
    कतै समय कतै भाग्यले लुटेका हुन्छन् ।

    🙏श्रीभक्त पौडेल , चितवन हाल स्पेन

    पञ्चाङ्ग ०५

    हेर बिचरा खुट्टा पटपट्टी फुटेको छ
    थकाई मार्न पनि चिसो भूइँ जुटेको छ
    श्रमजीवीको अवस्था यस्तै हुन्छ सर्वत्र
    व्यवस्थाले उसको सबथोक लुटेको छ
    शाखा-सन्तान बिचराको कता छुटेको छ।

    🙏अरुण कु.भुजेल
    गोरूबथान,कालेबुङ्ग,भारत।

    पञ्चाङ्ग ०६

    मैले मेरा बाबाका खुट्टा फुटेको देखेकी छु ।
    काम गर्दा गर्दै भुइँमा सुतेको देखेकी छु।
    परिवार पाल्नकाे लागि सधैँ सङ्घर्षरत,
    मेरा बाबा मध्यरातमा उठेको देखेकी छु।
    भारी बोक्दा बोक्दै शरीर नुघेको देखेकी छु।

    🙏सुशीला पौडेल , काठमाडौं

    पञ्चाङ्ग ०७

    गरिबका सपना कुर्कुच्चासँगै फुटेका छन्
    घरमा खान नभएर सम्बन्ध~~टुटेका छन्
    घाम पानी नभनी छोराछोरी पढायो होला
    सडक को सुताईमा असिनाले चुटेका छन्
    खुल्ला आकाशमुनि बास कतिले लुटेका छन्।

    🙏सरस्वती श्रेष्ठ इटहरी

    पञ्चाङ ०८

    गरिबको पहिचान हेर खुट्टा फुटेको छ
    जिन्दगी सङ्घर्ष गर्नकात लागि जुटेको छ
    भोको पेट उठ्न नसकेर लडेकाे बिचरा
    अभागी भाग्यले सारा खुसीपनि लुटेको छ
    बाँच्ने झिनो आशा अब दिनदिनै टुटेको छ ।

    🙏तारा घिमिरे संखुवासभा

    पञ्चाङ्ग ०९

    दुनियाँका खेत बारी जोतेँ फुटेका खुट्टाले
    हिउँद बर्षा हिलो गादोमा जुटेका खुट्टाले
    छोरा छोरी पढाई सकेँ बाँकी के छ र अब?
    ठूला ठूला महल ~ ठड्याएँ टुटेका खुट्टाले
    यस्तै गर्दैछु म ~~ तुषारोले लुटेका खुट्टाले ।

    🙏गुणनिधि घिमिरे पाँचथर मोरङ हाल अमेरिका

    पञ्चाङ्ग १०

    दुखीयाको जीवन कठै हेर खुट्टा फुटेका छन्
    छैन पाउ चप्पल जुत्ता सङ्घर्षमा जुटेका छन्
    सुत्ने जमिन ओढ्ने आकाश सिरानी छ हातको
    मीठो खाने राम्रो लाउने ती सपना टुटेका छन्
    सडक पेटी बास कठै अस्तित्व नै लुटेका छन्

    🙏चेतना पोखरेल , मोरङ

    पञ्चाङ्ग ११

    कसरी छन् हेर खुट्टा फुटेका आमाबाबा यहाँ,
    कयौं दिन र रात छन् छुटेका आमाबाबा यहाँ!
    यस्तै छ बिधानको बिडम्बना खेप्नै पर्ने कस्तो ,
    आफ्नाहरु छुटाउन जुटेका आमाबाबा यहाँ,
    के सुन्ने तुच्छ वाणले चुटेका आमाबाबा यहाँ!

    🙏दुर्गा आचार्य , मोरङ

    पञ्चाङ्ग १२

    भुजङ्गप्रयात छन्द

    छिमेकी र साथी कसैले सहेनन्,
    छु निर्धो नजाती कसैले सहेनन्।
    चिरेको छ खुट्टा सिरानी छ माटो,
    र हेर्ने छ ताँती कसैले सहेनन्।
    भएँ बृद्ध काती कसैले सहेनन्।।

    🙏नारायणप्रसाद निरौला, काठमाडौँ।

    पञ्चाङ्ग १३

    घाम पानी असिनाले कुट्नु सम्म कुट्याे हजुर,
    भाेकाे पेट नाङ्गाेआङ हात पाउ फुट्याे हजुर।
    सधैभरि अरुकाे नै दासी भई जुनी बित्याे,
    खानेबेला थालभरि आँसुमात्र जुट्याे हजुर।
    शाेसक र सामन्तिले लुट्नसम्म लुट्याे हजुर ।

    🙏चन्द्रावती अधिकारी , कोहलपुर बाँके

    पञ्चाङ्ग १४

    परिवारको लागि संघर्ष गरेको छु म।
    रातदिन नभनी काममा खटेको छु म।
    उनीहरूको व्यवस्थाको लागि मैले यहाँ,
    कति दिनरात भोकभोकै बसेको छु म।
    मनको पीडा मनभित्र नै राखेको छु म।

    🙏ह्यारिस ह्यारिश्न , काठमाडौं

    पञ्चाङ्ग १५

    धर्ती सरी बाबा र आमाका पैताला फाटेका छन्
    सन्तानको खुशीसंग हजार कष्ट साटेका छन्
    बुझ्दैनन् तिनै सन्तानले दिन्छन् वचन घरीघरी
    बाबा आमाका अधुरा सपना सबै ढाँटेका छन्
    तैपनि बटुलेर त्यो मनका चाह आँटेका छन्।

    🙏निर्मला सुवेदी,बागलुङ।

    पञ्चाङ्ग १६

    धनीका जस्ता कोमल पैताला हुदैनन् कहिले
    फुर्सद हुन्न कहिल्यै त्यसैले धुँदैनन् कहिले
    फुटी सात पत्र हुन्छ तिनका चुहुन्छ रगत
    हिँड्न्छन खाली पैताला चप्पल छुदैनन् कहिले
    बिचरा दुख्यो भनेर सहेर रुदैनन् कहिले ।

    🙏रुपा गौतम , निजगढ

    पञ्चाङ्ग १७

    सिसा सरी टुटेका छन् ।
    चिरा मन खुटेका छन् ।
    आमा ठूली महान हुन् ,
    पसिनामा जुटेका छन् ।
    पाइताला फुटेका छन् ।

    🙏आर्त अकुलीन, कैलाली

    पञ्चाङ्ग १८

    दिनरात रेमिट्यान्स पठाउने मदनलाई हेर्दा
    नेपालको राजनीति ठूला मान्छे सदनलाई हेर्दा
    भुइँ मान्छेको जीवन फुल्ने माटो छैन जस्तो लाग्दछ
    भुङ्ग्रामा छटपटाउने माछाको क्रन्दनलाई हेर्दा
    धर्म गर्ने निधारमा ठाडो टीका चन्दनलाई हेर्दा ।

    🙏सविता के.सी. काठमाडौं

    पञ्चाङ्ग १९

    धेरै चिसोले खुट्टा फुटेको छ
    खाने लाउने आशा टुटेको छ
    अहोरात्र खट्दा नि दु:खीलाई
    सडकमै असिनाले चुटेकाे छ
    दु:खमा बस्ने बास लुटेको छ ।

    🙏दुर्गा भट्टराई , मोरङ

    पञ्चाङ्ग २०

    तिमी महलमा पुग्यौं म आवेग रोकी हिँड्दै छु
    शशीका किरणले मन् वदन ढोकी हिँड्दै छु
    गलैँचामा बुट लगाई मुस्काए तिम्रा पाउहरु
    गोडामा विश्वका नदीका निशानी बोकी हिँड्दै छु
    म सहयात्राको बोली समानता खोजी हिँड्दै छु

    पद्मा रिजाल – बाँके

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on साप्ताहिक ‘पञ्चाङ्ग चित्रपट’ लेखनको पाँचौँ शृङ्खला सम्पन्न

    अभिनेता पल शाहविरुद्ध बलात्कारको अर्को जाहेरी

  • १५ फाल्गुन २०७८, आईतवार १६:०४ मा प्रकाशित
  • अभिनेता पल शाहविरुद्ध बलात्कारसम्बन्धी अर्को जाहेरी परेको छ।  इलाका प्रहरी कार्यालय नवलपुरमा आइतबार शाहविरुद्ध अर्को जाहेरी दर्ताको प्रक्रिया अघि बढेकोफ हो । यसअघि जिल्ला प्रहरी कार्यालय तनहुँमा जाहेरी दर्ता भएपछि पक्राउ परिसकेका उनीविरुद्ध पीडित १७ वर्षीया गायिकाको परिवारले नवलपुर जिल्लास्थित इलाका प्रहरी कार्यालयमा पनि जाहेरी दिएका हुन् । जाहेरी दर्ताको प्रक्रियामा रहेको छ ।२०७७ चैत ७ गते राति गैँडाकोट नगरपालिका वडा नम्बर ७ स्थित गैँडाकोट रिपोर्टमा पल शाहले बलात्कार गरेको उजुरीमा उल्लेख छ । उनीविरुद्ध पीडितको तर्फबाट बुबासमेत तनहुँपछि गैँडाकोटमा पनि जाहेरी दिन पुगेका हुन् । इलाका प्रहरी कार्यालयले शाहविरुद्ध दोस्रो जाहेरी दर्ता भएको जनाएको छ । ​

    यसअघि, यही फागुन ११ गते जिल्ला प्रहरी कार्यालय तनहुँमा शाहविरुद्ध पहिलो पटक करणीसम्बन्धी कसुरमा उजुरी दर्ता भएको थियो । पीडित किशोरीले पलले आफूलाई विवाहको प्रलोभनमा पारेर लामो समयदेखि पटक–पटक करणी गर्दै आएको हुनाले कानूनी कारबाहीको माग गरेको बताएकी छन् । गायिका अहिले १७ वर्ष मात्रै पुगेकी उनको परिवारले बताएको छ ।
    तनहुँ शुक्लागण्डकी नपा वडा नं ९ दुलेगौडा स्थित प्रदीप थापाको घर कोठामा अन्तिम पटक कसुर भएको भन्दै पहिलो पटक तनहुँ पुगेर उजुरी दर्ता भएको थियो । मुलुकी अपराध संहिताको दफा २१९ अनुसार १८ वर्षभन्दा कम उमेरकी नाबालिगसँग सहमतिमै यौन सम्बन्ध राखे पनि त्यसलाई जबरजस्ती करणी मानिन्छ । १६ वर्षदेखि १८ वर्ष उमेरकी बालिकासँग यौन सम्बन्ध राखेमा १० देखि १२ वर्षसम्म जेल सजाय हुन सक्ने मुलुकी अपराध संहितामा उल्लेख छ ।

    मिडियामा सार्वजनिक भएको अडियो रेकर्डमा पलले ती गायिकासँगको सम्बन्धलाई स्वीकार गरेका छन् । ती गायिका गर्भवती नभएका कारण आफूले जिम्मा लिनु नपर्ने र आफ्नो अर्कै गर्लफ्रेन्ड रहेको अडियोमा पलको भनाइ सुन्न सकिन्छ ।गायन क्षेत्रमा अघि बढिरहेकी आफूलाई प्रेमको नाटक रचेर पलले अन्याय गरेको भन्दै ती गायिका प्रहरी कार्यालयमा पुगेकी हुन् । यसअघि उनलाई पलले दुई वर्षपछि बिहे गर्छु भन्दै आफ्नो प्रभावमा राखेका थिए ।
    उजुरी परेपछि शाह फरार रहँदै आएकामा आज उनी आफै तनहुँ पुगेर प्रहरीमा आत्मसमर्पण गरेका हुन् । प्रहरीमा उपस्थित हुनुअघि उनले स्वास्थ्य समस्या र घरायसी व्यवहार मिलाउनु पर्ने भएकाले प्रहरीमा उपस्थित हुन ढिलाइ भएको बताएका थिए ।

    Posted in कला /जीवनशैली, ताजा अपडेटLeave a Comment on अभिनेता पल शाहविरुद्ध बलात्कारको अर्को जाहेरी

    महालक्ष्मी बिकास बैक पकडी शाखाद्धारा ईलाका प्रहरी कार्यालय पकडीलाई बिधुतिय आर. ओ. प्लान्ट हस्तान्तरण।।

  • १३ फाल्गुन २०७८, शुक्रबार २०:२८ मा प्रकाशित
  • कपिलवस्तु – संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत महालक्ष्मी बिकास बैक लिमिटेडको पकडी शाखाले ईलाका प्रहरी कार्यालय पकडीलाई शुद्ध पिउने पानि ब्यवस्थापनका लागि स्वचालित बिधुतिय आर. ओ. प्लान्ट हस्तान्तरण गरेको छ। उक्त कार्यक्रममा बोल्दै पकडी शाखा प्रवन्धक दिपेश्वर अर्यालले इलाका प्रहरी कार्यालयमा आउने सेवाग्राही तथा कार्यालयका कर्मचारी समेत लाभाम्बित हुने हेतुले उक्त कार्यक्रम गरिएको जानकारी गराउनु भयो। उक्त कार्यक्रममा मायादेबी गाउपालिका अध्यक्ष बजरंगी प्रसाद चौधरी, गाउपालिका प्रमुख कार्यकारी अधिकृत प्रमेश्वर यादब वडा नं. १ का अध्यक्ष हरि गोबिन्द चौधरी, पकडी बजार ब्यबस्थापन समिति अध्यक्ष प्रमात्मा बनिया, समाजसेवी, कर्मचारी, उद्योगी, व्यापारी, पत्रकार तथा स्थानियहरुकोे समेत उपस्थिती रहेको थियो।

    आगामी दिनहरुमा पनि सामाजिक उत्तरदायित्वका कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक रुपान्तरणका विभिन्न कार्यक्रमहरु अझै प्रभावकारी रुपमा संचालन गर्ने बैंकले जनाएको छ। यस्तै कोभिड१९ को जोखिमलाई न्युनीकरण गर्न सकेसम्म डिजिटल बैंकिङ्ग मार्फत कारोबार गरी सुरक्षित हुन पनि बैंकले अपिल गरेको छ।

    Posted in ताजा अपडेट, मुख्य खबरLeave a Comment on महालक्ष्मी बिकास बैक पकडी शाखाद्धारा ईलाका प्रहरी कार्यालय पकडीलाई बिधुतिय आर. ओ. प्लान्ट हस्तान्तरण।।

    उदक यात्री आर्त अकुलीनका उत्कृष्ट उदकहरू

  • १३ फाल्गुन २०७८, शुक्रबार १८:३९ मा प्रकाशित
  • ✍️ आर्त अकुलीन
    १
    समुदाय
    बुख्याचा बस्ती
    काला सर्पहरूको मस्ती !

    २
    प्रणय
    फागुन दुई
    सुन्दर फूलको हत्या !

    ३
    पतझर
    समयको चक्र
    एक उराठ जिन्दगी !

    ४
    कृषि
    अनुपम उत्पादन
    रहरभित्रका सुन्दर सिर्जना !

    ५
    सडक
    कुकुर युद्ध
    त्रसित गाउँ सहर !

    ६
    शालिक
    मौनताको पाठ
    पृथक रणनीति कार्यनीति !

    ७
    छेपारो
    रङ्ग परिवर्तन
    सुन्दर बगैंचाको कलङ्क !

    ८
    श्रीखण्ड
    जानेमा ओखती
    नजाने खुर्पाको बिँड !

    ९
    मसानघाट
    मुरकट्टाको बस्ती
    सोझा जनतालाई सास्ती !

    १०
    कुकुर
    चलखेलमा व्यस्त
    कुर्सीको प्रदुषित खेल !

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on उदक यात्री आर्त अकुलीनका उत्कृष्ट उदकहरू

    उदक यात्री रोशन पराजुलीका उत्कृष्ट उदकहरू

  • १३ फाल्गुन २०७८, शुक्रबार १८:२८ मा प्रकाशित
  • १
    घडेरी
    सुनकाे खानी
    व्यापारीकाे च्याखे दाउ !

    २
    वनमाली
    पाेथ्रापाेथ्री छिमाली
    सुनकाे भाउमा माेलताेल !

    ३
    सुनारे
    सुनकाे कमाराे
    जाेडाइ जर्डती सपारे !

    • राेशन पराजुली
      धरान
    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on उदक यात्री रोशन पराजुलीका उत्कृष्ट उदकहरू

    Posts navigation

    Older posts
    Newer posts

    Himalayan Dristi Team

    • प्रधान सम्पादक

      अनिल आचार्य

    About us

    • हाम्रोबारे

    Follow us on Facebook

    Contact Us

    Kathmandu, Nepal
    Email: himalayandristi@gmail.com
    Phone:-00977-9868990772
    Web:
    www.himalayandristi.com/
    विज्ञापनका लागि
    कृष्ण गिरि 00977-9860341922

    © Copyright 2020-2024 Himalayan Dristi. All Right Reserved. Design & Developed By K & P