• गृह पृष्ठ
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला /जीवनशैली
  • खेल
  • बिज्ञान/प्रविधि
  • राजनीति
  • विचार
  • समाज
  • साहित्य

Category: ताजा अपडेट

पञ्चाङ्ग लेखन अभ्यास शृङ्खला भाग २३ सम्पन्न

  • ५ पुष २०७९, मंगलवार १९:५९ मा प्रकाशित
  • पञ्चाङ्ग साहित्य समाज नेपाल अभ्यास पाठशालाको अभ्यास शृङ्खला दर्तापछिको :- भाग २३ [तेइसौँ] ————————————-
    ” पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार “

    विधा :- पञ्चाङ्ग अभ्यास गर्ने थलो :- पञ्चाङ्ग पाठशाला मिति:- २०७९/०९/०५ गते  समय :- साँझ ८ बजे
    …………………………………………
    प्रशिक्षक:-
    ——-
    गुणनिधि घिमिरे
    घनश्याम पौडेल
    तोयानाथ सुवेदी

    भाषा शुद्धीकरण:-
    ———–
    जमुना आचार्य
    भवानी घिमिरे
    पुष्पा नेपाल सुवेदी

    सङ्कलक :-
    ———-
    दुर्गा रिजाल आचार्य

    संयोजक:-
    =====
    सोमनाथ लुइटेल “रवि पाल्पाली” ======================

    अक्षर सङ्ख्या:- १४

    अनुप्रास : सुक्न , थुक्न , लुक्न, फुक्न, चुक्न, ढुक्न भुक्न, दुख्न, झुक्न आदि

    स्थायी :- नपरोस्

    पञ्चाङ्ग तथा सम पञ्चाङ्ग संरचना —————————————-

    पञ्चाङ्ग भनेको पाँच पदिय कविता विधा हो । कसरी लेख्न सकिन्छ ?
    —————- ———————–

    पूर्ण अनुप्रास र स्थायी अनिवार्य हुनु पर्छ ।
    उठान गर्दा विषयवस्तुसँग सम्बन्धित हुनुपर्छ । ———————————
    समपञ्चाङ्ग
    कलमको   मसि    कहिले सुक्न नपरोस् [०१]
    पत्रकार   देखेपछि   त  लुक्न    नपरोस् [०२]
    ——————————–
    तेस्रो लाइनले माथिको १,२ लाई विस्तार गर्नुपर्छ ।

    आजभोली सानो आवाज नि ठूलो भयो [०३]
    ——————————————

    १,२,३का लाइनलाई जोड दिँदै परिणाम दिनुपर्छ । ————————————
    नराम्रो   भनेर    कहिले  थुक्न   नपरोस् [०४]
    आफ्नो आवाज सुनाउन  भुक्न नपरोस् [०५]

    माथिको १,२,३,४,५ लाइनको मर्मलाई पूर्णता दिन बाँकी १२३४५ ले खुल्नुपर्छ । —————————————- उठान गर्दा विषयवस्तुसँग सम्बन्धित हुनुपर्छ । १ र २ मा जस्तै हुनुपर्छ ।
    ,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,

    बोलेको  कुरामा  कहिले  चुक्न  नपरोस् [०६]
    अरुका कारणले त्यसै    झुक्न  नपरोस् [०७]

    आठौँ लाइनले माथिको ६ र ७ लाई विस्तार गर्नुपर्छ।
    ,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,

    इज्जत  सोचेर  काम  गरौँ    मिलिजुली [०८]

    ६,७ र ८ का लाइनलाई जोड दिँदै परिणाम दिनुपर्छ ।
    ,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,

    लोभ-लालचमा  कहिले  ढुक्न  नपरोस् [०९]
    आफ्नै प्रगतिमा सित्तैमा फुक्न नपरोस् [१०]

    उदाहरण पञ्चाङ्ग तथा समपञ्चाङ्ग
    …………………………………………

    कलमको   मसि    कहिले सुक्न नपरोस् [०१]
    पत्रकार   देखेपछि   त  लुक्न    नपरोस् [०२]
    आजभोली सानो आवाज नि ठूलो भयो [०३]
    नराम्रो   भनेर    कहिले  थुक्न   नपरोस् [०४]
    आफ्नो आवाज सुनाउन  भुक्न नपरोस् [०५]

    बोलेको  कुरामा  कहिले  चुक्न  नपरोस् [०६]
    अरुका कारणले त्यसै    झुक्न  नपरोस् [०७]
    इज्जत  सोचेर  काम  गरौँ    मिलिजुली [०८]
    लोभ-लालचमा  कहिले  ढुक्न  नपरोस् [०९]
    आफ्नै प्रगतिमा सित्तैमा फुक्न नपरोस् [१०]

    ✍️सोमनाथ लुइटेल “रवि पाल्पाली”
    ……………………………………………………

    पञ्चाङ्ग तथा समपञ्चङ्ग
    ………………………………

    समपञ्चाङ्ग   [०१]

    झुठको खेती खाली बोली चुक्न नपरोस् ।
    गाउँ सहर कुकुर झैँ भुक्न नपरोस् ।
    हरेक पलमा घुम्ने गर्छन् जन्तु सरी,
    लेक र बेसी सत्य मान्छे लुक्न नपरोस्।
    चैत मासको खोला जस्तै सुक्न नपरोस्  ।

    काम बिनाको व्यर्थ शङ्ख फुक्न नपरोस् ।
    जिन्दगीको यो लामो यात्रा रुक्न नपरोस् ।
    रात दिन खान पाए खुसी हुने सबै,
    खान नपाइ जीव जस्तै ढुक्न नपरोस् ।
    आफ्नै अगाडि खाने थाल थुक्न नपरोस् ।

    ✍️आर्त अकुलीन, कैलाली ।
    ……………………………………………………

    समपञ्चाङ्ग   [०२]

    कलमको   मसि    कहिले सुक्न नपरोस् ।
    पत्रकार   देखेपछि   त  लुक्न    नपरोस् ।
    आजभोली सानो आवाज नि ठूलो भयो ,
    नराम्रो   भनेर    कहिले  थुक्न   नपरोस् ।
    आफ्नो आवाज सुनाउन  भुक्न नपरोस् ।

    बोलेको  कुरामा  कहिले  चुक्न  नपरोस् ।
    अरुका कारणले त्यसै    झुक्न  नपरोस् ।
    इज्जत  सोचेर  काम  गरौँ    मिलिजुली ,
    लोभ-लालचमा  कहिले  ढुक्न  नपरोस् ।
    आफ्नै प्रगतिमा सित्तैमा फुक्न नपरोस् ।

    ✍️सोमनाथ लुइटेल “रवि पाल्पाली” पाल्पा
    हाल बर्दिया ।
    …………………………………………………………

    समपञ्चाङ्ग   [०३]

    जहाँ पायो त्यहीँ प्याच्च प्याच्च थुक्न नपरोस्  ।
    थुकेपछि  गल्ती   भैगो  आफैं  भुक्न नपरोस्  ।
    गल्ती  गरेपछि   गल्ती      स्वीकार  गर्नु  पर्छ,
    सत्यको  अगाडि  कोहि  पनि  लुक्न  नपरोस् ।
    होइन   भने   त   कतै   पनि  चुक्न   नपरोस् ।

    कसैलाई   उक्साउन कान फुक्न नपरोस् ।
    लहैलहैमा  कसैको  बाटो   ढुक्न नपरोस् ।
    सत्य त सत्य नै   हुन्छ  जति लुकाए पनि,
    सत्यको मर्म  कहिल्यै पनि  सुक्न नपरोस् ।
    सत्यको अगाडि कोहि पनि झुक्न नपरोस् ।

    ✍️पशपती राई, खोटाङ ।
    ………………………………………………

    समपञ्चाङ्ग  [०४]

    गलत काम गरि लुक्न नपरोस् ।
    शत्रु सामु कहिले झुक्न नपरोस् ।
    पसिना बगाई खान सकौँ  सधैं ,
    वचनमा दृढता  चुक्न नपरोस् ।
    आश गरेर  दैलो ढुक्न नपरोस् ।

    घृणाले मुखपनि थुक्न नपरोस् ।
    सरापले ज्यान सुक्न नपरोस् ।
    बाँचुन्जेल नै असल काम गरौं ,
    बिनाकारण कतै भुक्न नपरोस् ।
    नियम कानूनमा फुक्न नपरोस्  ।

    ✍️तारा घिमिरे स्वैच्छा, सङ्खुवासभा ।
    …………………………………………………

    समपञ्चङ्ग   [०५]

    कसैको कामको घृणाले थुक्न नपरोस्।
    काम गर्दा काहीँ कोहि नै चुक्न नपरोस्।
    जीवन्तसम्म असल काम गर्नुपर्छ,
    मुर्दा बिनाको शंख कतै फुक्न नपरोस्।
    कानुनी नारा गेटमा गै भुक्न नपरोस्।

    गोर्खाली हामी वैरी क्क्क्क सामु झुक्न नपरोस्।
    कसैको आशा भरोसामा ढुक्न नपरोस्।
    आफैँ श्रम गरेर जिउन सिक्नु पर्छ,
    काममा गल्ती गर्दै अनि लुक्न नपरोस्।
    जीवनमा कसैलाई होच्याइ थुक्न नपरोस्।

    ✍️बेदु न्यौपाने, काठमाडौ✍️।
    ………………………………………………

    समपञ्चाङ्ग   [०६]

    आउँदैमा मूल सुके झैँ सुक्न नपरोस् ।
    कहिल्यै नराम्रा कामले थुक्न नपरोस्।
    तन  मन   र  वचनले  शुद्धता  लिई ,
    वैरीका सामुमा कदापी झुक्न नपरोस्।
    अपराध  गरेर   कतै  लुक्न   नपरोस्।

    गलत   कुरा  लय लिदैँ भुक्न नपरोस् ।
    वचनले पक्का कवच चुक्न नपरोस्।
    कर्मले  त डोर्‍याउनेछ   सफलतामा,
    गाँसका लागि चियाएर ढुक्न नपरोस्।
    कानेखुसी गर्दै कानमा फुक्न नपरोस्।

    ✍️जमुना आचार्य, सिन्धुपाल्चोक ।
    ……………………………………………

    समपञ्चाङ्ग   [०७]

    कहिँ कतै  नि यसै बाेली चुक्न नपरोस्।
    आक्राेशमा आएर  कतै भुक्न नपरोस् ।
    हिडेका पाईलाहरू अगाडि बढुन,
    कसैसामु  हात फैलाइ झुक्न  नपरोस् ।
    कसैकाे व्यबहार माथि  थुक्न नपरोस्।

    बगिरहुँ त्यो  खाेला सरी सुक्न नपराेस्।
    अगाडि बढेका  पाईला रुक्न नपराेस्।
    सत्कर्म र सत्य वचन का साथ बाचुँ,
    कसैलाई हाेच्याई  कान फुक्न नपराेस्।
    कुनै अपराधमा परि लुक्न नपराेस्।

    ✍️शाेभा आचाार्य गाैतम, काठमाडौँ।
    …………………………………………………

    समपञ्चाङ्ग   [०८]

    निर्लज्ज नहोऊ अति नै थुक्न नपरोस् ।
    हेर्दै  लज्जाबोध  भएर  लुक्न नपरोस् ।
    कम्तिमा त राख आफ्नो इज्जतको ख्याल,
    समाजको  सम्मानबाट  चुक्न नपरोस् ।
    अपराधी  झैँ तिमी सधैँ झुक्न नपरोस् ।

    पराइको   दैलो   हजुर   ढुक्न नपरोस् ।
    दया पाऊँ मालिक भन्दै भुक्न नपरोस् ।
    घाँटी  हेरी  हाड  निल्नू,  नहुनू  खर्चालु,
    दानाका  लागि  दिनभर रुक्न नपरोस् ।
    सुकुवा लागेको रोगी झैँ सुक्न नपरोस् ।

    ✍️वसन्त अनुभव ,घोराही, दाङ।
    ……………………………………………

    समपञ्चाङ्ग   [०९]

    यो जीवन जिउनलाई झुक्न नपरोस् ।
    कहिल्यै समाजको बिच लुक्न नपरोस् ।
    सत्य बोल्नेको नै खेदो हुन्छ आजभोलि ,
    मरण कहिले आउँछ ढुक्न नपरोस् ।
    आफैंले आफैंलाई हेरि थुक्न नपरोस्।

    सँधै रोगी भएर ज्यान सुक्न नपरोस् ।
    दया गरिदिनुस् भनेर भुक्न नपरोस् ।
    कमजोरी कै फाइदा लिने गर्छन् सबै ,
    अरु छिरेको स्थल आफु रुक्न नपरोस् ।
    सम्मान जति घुमाएर चुक्न नपरोस्।

    अच्युत घिमिरे , भुटान बाट ।
    ……………………………………………

    समपञ्चाङ्ग   [१०]

    खान नपाएर  कहिले सुक्न नपरोस्।
    वैरीसँग  दु:ख देखाई  झुक्न नपरोस्।
    हलो कोदालो  गरेर बसेको मान्छेले,
    पराया  घरमा  कहिले  ढुक्न नपरोस्।
    बैमानी देखेर  कहिले  लुक्न नपरोस्।

    कहिले कसैलाई पनि  थुक्न नपरोस्।
    अन्याय गरी कँहि कतै  चुक्न नपरोस्।
    हिम्मतको साथ अगाडि बढ्ने मान्छेले,
    गन्तव्यमा पुग्न बाटोमा रुक्न नपरोस्।
    बिमार  परेर   कहिले   फुक्न नपरोस्।

    ✍️मल्ल लक्ष्मी श्रेष्ट, मेची किनार
    बिर्तामोड झापा ।
    ……………………………………………

    पञ्चाङ्ग   [११]

    अपराधी  जस्तै     बनेर  लुक्न  नपरोस्,।
    बाँचुन्जेल  जीवन  भरी  झुक्न  नपरोस्,।
    मानिस भएर  बाँचौंला  स्वाभिमानी  भई,
    आफ्नै लागी कसैको सामु भुक्न नपरोस्।
    आकाश तिर  फर्केर  पनि थुक्न  नपरोस्।

    ✍️सुरेशकुमार पान्डे, घोराही १८ दाङ ।
    ………………………………………………………

    पञ्चाङ्ग  [१२]

    भ्रष्टाचारी  आरोप लागी,लुक्न नपरोस्।
    समाजका सामु कहिल्यै,झुक्न नपरोस्।
    भोकलाग्दा  हातमुख,जोड्न पाए पुग्छ,
    कसैको  ढोकामा  गएर, ढुक्न  नपरोस्।
    मिठोको   लोभमा  परेर, चुक्न नपरोस्।
                        
    ✍️चिरञ्जीवी ढकाल, नेपालगन्ज -२०
    राँझा एयरपोर्ट बाँके ।
    ……………………………………………………

    पञ्चाङ्ग   [१३]

    अनैतिक  काम   गरेर   लुक्न नपरोस् ।
    अनुचित   गर्नेसँग  त    झुक्न नपरोस् ।
    मिहिनेत   विबेकले  बाँच्नु हो जिन्दगी,
    छि:छि: भनि कहिले पनि थुक्न नपरोस् ।
    जिन्दगीमा कहिले पनि चुक्न नपरोस् ।

    ✍️कला ढकाल, झापा ।
    ……………………………………………………

    पञ्चाङ्ग   [१४]

    खहरे खोला झैँ कहिले सुक्न नपरोस् ।
    साथ पाएँ भनेर   त्यसै फुक्न नपरोस् ।
    त्यस्तो काम नगर्नु समाज दिक्क हुने ,
    अपराधी   भएर   कैले लुक्न नपरोस् ।
    तिमीलाई कहिले  पनि थुक्न नपरोस् ।

    ✍️जानुका गौतम, काठमाडौं ।
    ……………………………………………

    पञ्चाङ्ग   [१५]

    सागर  तरेर टाढै जान्छ  लागेको छ।
    दुश्मन अगाडि बढे मनै भागेको छ।
    चारैतिर ठगैठगको आभास डर ,
    मन त आतिने गरि भोक जागेको छ।
    विर्षर नि भगवान माया भाकेको छ।

    ✍️अम्विका अधिकारी, झापा विर्तामोड ।
    …………………………………………………………

    पञ्चाङ्ग   [१६]

    आजसम्म कुनै काम गर्दा चुक्नु  नपरोस्।
    शत्रु अगाडि त म कहिल्यै  झुक्नु नपरोस्।
    जे गर्छु आफै मिहेनत र हिम्मत ले नै,
    गाउँ घरमा नचाहिँदो याँ भुक्नु नपरोस्।
    लाचारी भएर दुनियाँमा ढुक्नु नपरोस्।

    ✍️कमला पाण्डे पराजुली , झापा चारआलि
    हरिमाया ।
    …………………………………………………

    पञ्चाङ्ग   [१७]

    आँखा भरी आँसु लिएर झुक्न नपरोस् ।
    खाएको गाँस कहिले नि थुक्न नपरोस् ।
    विधाताले  सजाउने   हाम्रो  भाग्य छैन ,
    भगवान  बाहेक  अन्त   लुक्न नपरोस् ।
    केही दिन्छन् कि भनेर नै ढुक्न नपरोस् ।

    गिता पोखरेल लुइटेल, कावासोती नवलपुर ।
    ………………………………………………

    पञ्चाङ्ग   [१८]

    गलत   गरेर  लुक्न   गएका  कति ।
    छिमेकीको सामु झुक्न गएका कति।
    शिर ठाडो पारेर हिँड्नु संसारमा पर्छ,
    हात   पसारेर   ढुक्न    गएका कति।
    बातको पक्का हौँ चुक्न गएका कति ।

    ✍️भगवती दवाडी ,झापा, दमक ।
    …………………………………………

    पञ्चाङ्ग   [१९]

    सहि कुरामा    कहिले नि झुक्न नपरोस् ।
    आर्काको निन्दालाई पनि  थुक्न नपरोस् ।
    मान्छेको   जातै यस्तै हो पर्दा अतालिन्छ ,
    हिँडाइ  लामो     भएपनि  रुक्न नपरोस् ।
    खहरे झैँ कहिले      पनि  सुक्न नपरोस् ।

    ✍️संगिता शर्मा , सिन्धुली ।
    ……………………………………………………

    पञ्चाङ्ग   [२०]

    जानाजानी गल्ती गरेर झुक्न नपरोस्।
    कसैलाई नि  औँल्याएर थुक्न नपराेस्।
    जीवन दु:ख सुखकाे मेल बुझेर नै,
    कहिलेकाहीँ  यसै  बाेली चुक्न  नपराेस।
    कमजोर बनी याे मन दुख्न नपराेस्।

    ✍️शाेभा आचार्य गाैतम, काठमाडौँ ।
    ………………………………………………

    पञ्चाङ्ग   [२१]

    कर्तव्यको पथबाट म चुक्न नपरोस्।
    छोपेर मुख कसैसँग लुक्न नपरोस् ।
    नेपाली हुँ तातो रगत बग्छ नसामा ,
    देशका वैरीसँग कैल्यै झुक्न नपरोस् ।
    आकाशतिर फर्किएर थुक्न नपरोस् ।

    ✍️श्रीकृष्ण शर्मा, पोखरा ।
    ……………………………………………………

    पञ्चाङ्ग   [२२]

    सुन्दर  जीवन फूल  झैँ सुक्न  नपरोस्।
    अन्याय  सहेर न्यायमा  चुक्न नपरोस्।
    पाओस् गतिशीलता जीवनले सधैँ भरी,
    प्रगतिको  बाटोमा  कतै  रुक्न नपरोस्।
    बाधा अड्चन आएपनि झुक्न नपरोस् ।

    होम प्रसाद नेउपाने, धरान,सुनसरी ।
    ………………………………………………

    पञ्चाङ्ग   [२३]

    जीवनमा मूल सुके झैँ सुक्न नपरोस् ।
    अरुले हेर्दै लत्याएर  थुक्न नपरोस्।
    सदा सोचौं सदाचार र सत्य कर्म नै,
    दुश्मनको सामु कहिल्यै झुक्न नपरोस्।
    परिस्थितिमा म झुकेर लुक्न नपरोस्।

    ✍️दुर्गा आचार्य , मोरङ ।
    ………………………………………………

    पञ्चाङ्ग   [२४]
    [०१]
    झुटाे बाेलेर पराइसँग झुक्न नपरोस्।
    गलत काम गरेर यहाँ चुक्न नपरोस् ।
    अगाडि  बढेका  सपनाहरू पूरा गर्ने ,
    रिसमा आएर अरुसँग भुक्न नपरोस्।
    छि:छि: त्यो यस्तो मान्छे भनेर थुक्न नपरोस्।
    [०२]
    सुकेको बाेट जस्तै गरि सुक्न नपरोस्।
    अगाडि बढेका पाइला रुक्न नपरोस्।
    झुट बाेली भन्दा पनि सत्य बाेली बाेल्नु,
    केही कुनै आराेप लागि लुक्न नपरोस्।
    बाबा आमाकाे शिर कहिँ झुक्न नपरोस्।

    ✍️सहयात्री शाेभा अर्याल, रुपन्देही १४ बुटवल ।
    …………………………………………………………

    पञ्चाङ्ग   [२५]

    जुनेली रातको   कुराले सुक्न नपरोस् ।
    मिठा ति बातको  कुराले फुक्न नपरोस् ।
    तिमीले दिएको धोकाले नि सतायो अझै,
    भयो नि घातको कुराले रुक्न नपरोस् ।
    नगर भो जातको कुराले भुक्न नपरोस् ।

    ✍️सीता शर्मा पन्थी, बिरंगज ।
    ……………………………………………

    पञ्चाङ्ग   [२६]

    पकाएर पत्थर गलाउन सक्छाै?
    धकेलेर पहाड ढलाउन सक्छाै?
    सम्भव छ भन्छाै विश्वमा सबै चिज,
    आगाेले पानीलाई जलाउन सक्छाै?
    मरेको मान्छेलाई चलाउन सक्छाै?

    ✍️दुर्गा क्षेत्री, नवलपुर ।
    …………………………………………

    पञ्चाङ्ग   [२७]

    छातिमा ताप बचनकाे आगाेले पोल्छ ।
    निभ्दैन जस्ताे छ असिना जागोले पोल्छ ।
    जिन्दगी  त अनमाेल हाे सबैकाे तर ,
    कालो नै बाधेको बलियाे धागाेले पोल्छ ।
    हुँदाहुँदै अब  वैराग्य छाँगाेले पोल्छ ।

    ✍️मिना देवकोटा, सर्लाही ।
    ………………………………………………………

    पञ्चाङ्ग   [२८]

    जहाँ पायो त्यहाँ कहिल्यै थुक्न हुँदैन।
    इमानदारीतामा हामी चुक्न हुँदैन।
    आफ्नै बल,बुद्धि र विवेकले बाँच्ने हो,
    अनावश्यक काम गरि लुक्न हुँदैन ।
    सगरमाथा जस्तै शिर झुक्न हुँदैन।

    ✍️पूर्णबहादुर श्रेष्ठ “हृदयङकुत”
         पनौती न.पा.-३,काभ्रे
    ……………………………………………………

    पञ्चाङ्ग   [२९]
    [०१]
    बैरी सामु शिर कहिल्यै झुक्न नपरोस्।
    गल्ती गरी कुरा बनाई लुक्न नपरोस्।
    दुनियाॅले      दुर्दुर  गरी थुक्न नपरोस्,
    प्राण जाओस् तर बचन नझरोस् त्यसै।
    खाएको बाचाबाट तल चुक्न नपरोस्।
    [०२]
    खहरे झैॅ हिॅउदमा सुक्न नपरोस्।
    लक्ष बिर्सी कुवाबित्र रुक्न नपरोस्।
    हात  छॅदै खन् मेसनत गर्न लागि,
    दुई छाक खान कतै ढुक्न नपरोस्।
    चिने पनि कुकुर झैॅ भुक्न नपरोस्।

    ✍️घनश्याम पौडेल,पोखरा ।
    …………………………………………

    पञ्चाङ्ग   [३०]

    चुनाव जितेर  जानेकाे  मुखमा  थुक्न नपराेस् ।
    भेडा झैँ  बेचिएर इमान  निष्ठा  चुक्न  नपराेस् ।
    हुने बिरूवाकाे चिल्लाे पातले काम थालिसके ,
    गाउँ फर्केर  अाउँदा कुकुर  झैँ भुक्न  नपराेस्।
    जुत्ता पगरी  लाएर  जन  सामु  झुक्न नपराेस् ।

    ✍️सुरेश चन्द्र घिमिरे, लमजुङ ।
    ……………………………………………………

    पञ्चाङ्ग   ३१

    सधैँ  भरि  तिमी   आँखा तर्छौ  किन?
    मबाट  टाढा  बसि  नजर भर्छौ किन?
    केही  भए  भनबरू आउ  बसि यतै,
    नजिक जाँदा नचिने जस्तो गर्छौ किन?
    मेरै घर्को बाटो  फेरि  सधैँ झर्छौ किन?

    ✍️शन्जना शर्मा, दाङ लमही ।
    ………………………………………………

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on पञ्चाङ्ग लेखन अभ्यास शृङ्खला भाग २३ सम्पन्न

    पञ्चाङ्ग लेखन शृङ्खला- ५

  • ४ पुष २०७९, सोमबार ०८:४० मा प्रकाशित
  • Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on पञ्चाङ्ग लेखन शृङ्खला- ५

    “साच्चै माया गर्छ्यौ भने छोड माइत” – टुक्का दोहोरी

  • ३ पुष २०७९, आईतवार ११:४४ मा प्रकाशित
  • टुक्का कविता एक नवकाव्यिक विधा हो । जसको दुवै हरफमा समान अक्षर सङ्ख्या र अनुप्रास हुने गर्दछ । प्रस्तुत छ, यसै टुक्का कविताको नियम र सिद्धान्तको अधीनमा रही टुक्काकारद्वय वसन्त अनुभव र चन्द्रकली मगर बिचको घमासान दोहोरी ।

    भन्न त भन्छ्यौ मुटुमै राखेकी छु, राजा बनाएर,
    तर किन नआऊ भन्छ्यौ मलाई, बाजा बजाएर ?
    🙎वसन्त अनुभव

    भन्न त भन्छौ प्यारा राख्छु, दिलकी रानी बनाई,
    खोइ कहिले आउँछौ लिन, भन बाजा बजाई ।
    🙆चन्द्रकली मगर

    तयार छन् जन्ती तयार छ बाजा, खाली हुन्छ भन,
    आउँछु डोली लिई छिट्टै अब, नबिगार्नु है मन ।
    🙎वसन्त अनुभव

    विश्वास पनि लाग्न छोड्यो अब, गइसक्यो मङ्सिर लागिसक्यो पुस,
    आफ्नो जन्मघर छोडी जादै गर्दा, कसको हुन्छ होला र मन खुस ?
    🙆चन्द्रकली मगर

    मन नै मिलिसकेपछि त, के मङ्सिर के पुस,
    नजुरे साइत खुवाउँला, पण्डितलाई घुस ।
    🙎वसन्त अनुभव

    चोखो मायामा नि, के घुस खुवाउनु ?
    बिना साइत, के लगन जुराउनु ?
    🙆चन्द्रकली मगर

    साच्चै माया गर्छ्यौ भने, छोड माइत,
    कतिन्जेल बस्छ्यौ यसै, खोज्दै साइत ।
    🙎वसन्त अनुभव

    प्रकृति साक्षी राखी, जन्म दिने बाआमा त्यागी, तिम्रै परेँ भर,
    बिच बाटोमा लगी घर न घाटको पार्छौ कि भन्ने लाग्छ डर ।
    🙆चन्द्रकली मगर

    भर पनि परे भन्छ्यौ, मनमा राखी डर,
    अझै भन्दछु ढुक्क हौ, मेरो विश्वास गर ।
    🙎वसन्त अनुभव

    त्यसोभए हजुरकै विश्वास गरी, भएकी छु म ढुक्क,
    जिन्दगीको गोरेटोमा दु:ख दिई, नपार्नू होला नि हुक्क ।
    🙆चन्द्रकली मगर

    दु:खका ती कुरा छोड, राख्छु रानी बनाएर,
    तिमी खानू बसीबसी, म ल्याउँछु कमाएर ।
    🙎वसन्त अनुभव

    हुन्छ राजा बसी खाई हुनेछु म मोटो,
    फाट्यो भने चोली जामा किनिदिनु भोटो ।
    🙆चन्द्रकली मगर

    नलेउ केही पिर चिन्ता, भएपनि मोटी,
    बनाउँला म पातलो, माया घोटी घोटी ।
    🙎वसन्त अनुभव

    फूल झरेपनि फूललाई छेक्ने काँडा नझरोस्,
    जस्तोसुकै भएतापनि मायालु बाधा नपरोस् ।
    🙆चन्द्रकली मगर

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्य1 Comment on “साच्चै माया गर्छ्यौ भने छोड माइत” – टुक्का दोहोरी

    पञ्चाङ्ग लेखन शृङ्खला भाग – ४ मा छ जना स्रष्टाको सहभागीता

  • ३ पुष २०७९, आईतवार ०८:१६ मा प्रकाशित
  • Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on पञ्चाङ्ग लेखन शृङ्खला भाग – ४ मा छ जना स्रष्टाको सहभागीता

    साताका तीन लघुकथा

  • २ पुष २०७९, शनिबार २१:४५ मा प्रकाशित
  • साताका तीन लघुकथा हिमालयन दृष्टि अनलाइन पत्रिकामार्फत सञ्चालित एक नियमित स्तम्भ हो । नमस्ते आधुनिक लघुकथा मञ्चको भित्तोमा साताभर प्रेषित गरिएका लघुकथाहरू मध्येबाट उत्कृष्ट तीन लघुकथा छ्नोट गरी प्राप्त हुन आएका लघुकथाहरू यहाँ प्रकाशन गर्ने गरिन्छ । यस साता प्रकाशित हुने लघुकथाहरूमा लघुकथाकार वसन्त अनुभवको ‘गरिबमारा’, लघुकथाकार डा.श्यामप्रसाद न्यौपानेको ‘नामुद कवि’ र लघुकथाकार कुञ्ज देवी उपाध्यायको ‘भाग्य’ रहेका छन् ।

    १) लघुकथा : गरिबमारा

    ✍️ वसन्त अनुभव
    “पुग्यो बाबा ! अब त अति भयो । म यो सब देख्न सक्दिनँ । इज्जतको पनि ख्याल गर्नोस् । खुरुक्क हिँड्नोस् मसँग । ” झुत्रो कपडा लगाएको बाउलाई देखेर छोरो खिन्न भयो ।

    “के भन्छ यो मुर्दार ? जीवनभर मैले गरेको दु:ख, संघर्ष आखिर तिमीहरूकै उज्ज्वल भविष्यका लागि त हो । मर्दा मैले लिएर जाने हो र ?” बाउ भावुक देखिए ।

    “भयो त बाबा ! हजुरले निभाउनु पर्ने कर्तव्य निभाइसक्नुभयो । भाइ अमेरिकामा प्रोफेसर छ । हजुरको आशीर्वादले म डाक्टर छु । राजधानीमा त्यत्रो भव्य महल छ । के अपुग्दो छ र हामीलाई ? अब त यो ढिटपन छोडिदिनोस् !” छोरोले अनुनय विनय गर्‍यो ।

    “तँ धेरै कुरा नगर त । कसैले सुन्ला ! खुरुक्क गैहाल् । कसैले देख्यो र चिन्यो भने बित्यास पर्छ ।” बाउले छोराको कुरा सुनेनन् । उल्टै हकारे ।

    एकछिनपछि छोराको कार सुकुम्बासी बस्तीबाट बाहिरियो । राजनीतिक दलको उक्साहटमा आन्दोलनको नेतृत्व गर्दै बाउले नारा लगाउन थाले ।
    “- रम्तेल मेयर – मुर्दावाद ! – बस्तीमा डोजर लाउन- पाइदैन, पाइदैन ।
    -सुकुम्बासी उठीवास लाउन- पाइदैन, पाइदैन ।
    -गरिबमारा सरकार- चाहिँदैन, चाहिँदैन ।
    ………. “

    घोराही उपमहानगरपालिका १४, दाङ
    २०७९/८/२९

    २) लघुकथा : नामुद कवि

    ✍️ डा. श्यामप्रसाद न्याैपाने
    “ओहाे ! हजुर त निकै सिपालु र नामुद कवि पाे हुनुहँदाे रहेछ त !” राेहनले रमेशकाे बैठक काेठाका भित्तामा सजिएका प्रमाणपत्रतिर हेर्दै भन्याे ।
    ” हाे त । तपाईंलाई थाहा थिएन र !” रमेशले भन्याे ।

    “ओहाे ! देशविदेशका विभिन्न साहित्यिक संघसंस्थाले सम्मान गरेकाे सुविख्यात व्यक्तित्वलाई भेटेर आज मेराे हर्षकाे सीमा रहेन ।” राेहनले खुसी प्रकट गर्‍याे ।
    “धन्यवाद” रमेशले आभार प्रकट गर्दै भन्याे ।

    “अँ त कविज्यू, कुन कुन छन्दमा हजुरकाे कलम चल्छ नि !” राेहनले जिज्ञासा राख्याे ।
    “अँ………, अँ…….. ।” रमेशले केही साेचेजस्ताे गर्‍याे । “अँ , त्यसाे त म धेरै छन्दमा कलम चलाउँछु । तर तरूणतपसी, ऋतुविचार, सुलाेचना, मुनामदन र एक् दिन् नारद सत्यलाेक् पुगिगया छन्दमा मेराे कलम निर्बाध चल्छ ।” उसले भन्याे ।

    रमेशले छन्दका नाम भनिरहँदा राेहन आश्चर्यचकित हुँदै रमेशले प्राप्त सम्मान पत्र झुण्ड्याएकाे भित्तातिर हेरिरह्याे । भित्तामा राष्ट्रिय र अन्तर्राष्ट्रिय साहित्यिक संघ संस्थाले प्रदान गरेका अभिनन्दन पत्र र सम्मान पत्र पङ्खाका हावाकाे गतिमा पर्दाबाट छेकिएर लुक्न खाेज्दै थिए ।

    सुनवल – १२ भुमही, नवलपरासी ।

    ३) लघुकथा : भाग्य

    ✍️ कुञ्ज देवी उपाध्याय
    “तेरो भाग्य पनि मान्नुपर्छ, साथी । सावधान हुनु है । कतै अर्की राम्री भेटेर तेरो घर संसार भताभुङ्ग नहोस् ।”

    अर्किले भनी, – “साँच्चै के हेरेर मन पराए हौ, त्यस्तो सुन्दर मान्छेले । अचम्म लाग्छ ।”
    किन केही बोल्दिनौ त ! हामी खोस्न जादैनौँ, तिम्रो लोग्ने ।” अर्की मुख छिटो गरेकीले थपी ।

    डल्लीले मुसुक्क हाँस्दै लामो श्वास छोडी । “यिनीहरूलाई के थाहा, मलाई हेरेर होइन, मेरा बुबाको करोडौँको सम्पत्ति हेरेर मलाई बिहे गरेको भन्ने। सावधान त हुनुनै छ मैले । पछिल्तिरबाट छुरी हान्नेको अभाव छैन, यहाँ ।”
    असम , भारत
    14दिसम्वर2022

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on साताका तीन लघुकथा

    उदक यात्री जमुना कायस्थका उत्कृष्ट उदकहरू

  • २ पुष २०७९, शनिबार १९:५६ मा प्रकाशित
  • उदक यात्री जमुना कायस्थका उत्कृष्ट उदकहरू –

    १
    चप्पल
    चाटेको दृश्य
    पोखिन्छ हरदम अवस्य !

    २
    दोषारोपण
    खतरनाक गिरोह
    छुद्रका खनिने निरिह !

    ३
    सञ्चालक
    असन्तुष्ट दबाब
    कुकर्मी ज्ञानको अभाव !

    ४
    मानव
    देखाउने दबाब
    हेर जघन्य अपराध !

    ५
    धर्म
    त्यहिको कर्म
    हराए सनातन् मर्म !

    • जमुना कायस्थ, पोखरा
    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on उदक यात्री जमुना कायस्थका उत्कृष्ट उदकहरू

    साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खलाको ८२औँ भाग शनिबार सम्पन्न

  • २ पुष २०७९, शनिबार १९:४५ मा प्रकाशित
  • काठमाण्डौँ, २ पौष । साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खलाको ८२औँ भाग शनिबार सम्पन्न भएको छ । उदक साहित्य समाज, नेपालले उक्त कार्यक्रमको आयोजना गरेको थियो। उक्त शृङ्खलामा नेपाल लगायत विश्वका ४२ जना उदक स्रष्टाहरूको सहभागिता रहेको उदक लेखन शृङ्खलाका संयोजक, प्रशिक्षक एवं उदक साहित्य समाजका उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो ।

    काव्य विधा अन्तर्गतको नयाँ उदियमान प्रविधा उदक कविताको उन्नयन र विकासका लागि साप्ताहिक रूपमा उदक लेखन शृङ्खला सञ्चालन गर्दै आएको उदकका प्रवर्तक एवं उदक साहित्य समाजका अध्यक्ष आर्त अकुलीनले बताउनुभयो ।

    संयोजक एवम् प्रशिक्षक अनुभवका अनुसार शनिबारको शृङ्खलाका लागि विहान एउटा तस्बिर दिएर उक्त तस्बिर अनुसारको गहन भाव खुल्ने गरि मात्र एउटा उदक साझ ५ बजेसम्म लेख्न सहभागी उदक यात्रीहरूलाई भनिएको थियोे ।

    अभ्यासका लागि राखिएको प्रतिनिधि तस्बिर :

    photo: social media

    अभ्यासमा सहभागी उदक यात्रीका उदकहरू

    [१]
    शिशु
    प्रविधिको साथ
    नउम्रदै तिन पात !
    🌑पूर्णबहादुर श्रेष्ठ “हृदयङकृत”
    पनौती-३,काभ्रे

    [२]
    मानव
    प्रविधिसॅंगै जन्म
    रूप, कुरूप आजन्म !
    🌑म्यामराज राई
    भोजपुर

    [३]
    शिशु
    गर्भमै रहँदा
    प्रविधि विकासमा बहँदा !
    🌑डम्बर थामी ‘अनुपम’
    कालिन्चोक गा.पा.-६, दोलखा ।

    [४]
    प्रविधि
    हुने अनेकथरीका
    कस्तो अनौठो तरिका !
    🌑अनुग्रह राना मगर ‘पुष्प’
    पाँचखपन नपा – ६ संखुवासभा हाल मलेसिया

    [५]
    मानव
    रगतको डल्लो
    सुखदुःखको ज्वलन्त उदाहरण !
    🌑अम्विका अधिकारी
    झापा विर्तामोड

    [६]
    विचार
    विश्वासकाे आधार
    सभ्यतालाई चलाउने संस्कार !
    🌑राेशन पराजुली
    धरान।

    [७]
    शिशु
    प्राणको तिर्सना
    भविष्यको मीठो आतिथ्य !
    🌑प्रेम थापा “मन”
    बागलुङ

    [८]
    अचेल
    समय उल्टोपाल्टो
    भुस भरिएको खोपिल्टो !
    🌑नन्दलाल आचार्य
    २०७९–०९–०२  सिद्धार्थटोल, उदयपुर
    हाल– सिर्जनाकुटी, सिरहा ।

    [९]
    प्रविधि
    गर्भमै सिकाइ
    नहोस् भविष्य ब्यर्थै !
    🌑देवकी

    [१०]
    गर्भ
    प्रविधि सर्जक
    शिशुको जन्म  सगर्व  !
    🌑राजेन्द्र

    [११]
    बालक
    वतावरणकाे प्रभाव
    गर्भावस्थामा भयाे शुरूवात !
    🌑भवानी घिमिरे
    सर्लाही

    [१२]
    समझदार
    प्रविधि दमदार
    बालकमा विवेकको चमत्कार !
    🌑हिरा लो तामाङ
    महाभारत 7 आहाले बास्पुर

    [१३]
    भ्रुण
    जीवको शुरुवात
    यतिबेलै हुन्छ अन्तर्घात !
    🌑घनश्याम पौडेल
    पोखरा

    [१४]
    बालक
    भोलिको कुसुम
    चौतर्फी फैलाउने सुवास !
    🌑आर्त अकुलीन
    कैलाली

    [१५]
    विकास
    प्रविधिको जन्म
    मीठो सिकाई आजन्म !
    🌑सविता के.सी
    काठमाडौँ ।

    [१६]
    बालक
    देशको कर्णधार
    पाए उचित स्याहार !
    🌑मंगला आचार्य उपाध्याय
    बारा ,कलैया १

    [१७]
    शिशु
    भोलिको फूल
    आउँदै फैलाउन सुवास !
    🌑धर्मी शाक्य
    बुटवल रुपन्देही ।

    [१८]
    भ्रूण
    रहेन अछुत
    हेर प्रविधिको वशीभूत !
    🌑वसन्त अनुभव
    घोराही, दाङ

    [१९]
    बालक
    भगवानको रुप
    नहोस् कदापि कुरुप !
    🌑आभा

    [२०]
    बालक
    भ्रुणमै विकास
    उचित वातावरणमा निकास !
    🌑जमुना आचार्य
    सिन्धुपाल्चोक

    [२१]
    जीवन
    प्राकृतिक मिलन
    वात्सल्य आमाको प्राण !
    🌑रामप्रसाद पुरी
    बादेल,खाेटाङ ।

    [२२]
    प्रविधि
    प्रकृति विभेद
    छाेरा र छाेरीमा !
    🌑प्रद्युम्न चालिसे
    भक्तपुर कटुञ्जे ।

    [२३]
    बालक
    सृष्टिका पालक
    भोलिको देशका चालक !
    🌑Tikaram pun
    छत्रेश्वोअरी २ सल्यान

    [२४]
    बालक
    प्रविधि साधक
    पढाइमा हुने घातक !
    🌑भगवती दवाडी

    [२५]
    बालक
    समाजको दर्पण
    स्वयंलाई गर्छ अर्पण !
    🌑त्रिलोक रामदाम
    भैरहवा , रुपन्देही ।

    [२६]
    जीवन
    भ्रुणबाट बिकास
    सफल भविष्यको आधार ।
    🌑मिलन के. सी.( थापा)
    पोखरा

    [२७]
    प्रकृति
    दैविक रीति
    जन्ममृत्यु हाम्रो संस्कृति !
    🌑केशवप्रसाद ढकाल `प्रीतबीज´
    गाेरखा

    [२८]
    शिशु
    प्रविधिसँग रम्दै
    आविष्कार अन्वेषण नियाल्दै ।
    🌑बिके माकजु
    भक्तपुर ।

    [२९]
    युग
    आधुनिक प्रविधि
    भ्रूणको मस्तिष्कमा प्रभाव !
    🌑श्रद्धा आचार्य
    पोखरा

    [३०]
    विश्व 
    प्रविधिमा निर्भर
    देखिॅदै शिशुमा लक्षण !
    🌑सरस्वती

    [३१]
    परमेश्वर
    हुन् सृष्टिकर्ता
    मानव शिशु हर्ताकर्ता!
    🌑जमुना कायस्थ
    पोखरा

    [३२]
    प्रभाव
    गर्भस्त भ्रुणमा
    प्रविधिको चरम उपभोग !
    🌑बद्री पोखरेल
    बिराटनगर,मोरंग

    [३३]
    आमा
    अमृत जननी
    शिशु स्याहार हरघडी !
    🌑सुरेशकुमार पान्डे

    [३४]
    कोख
    सुरक्षीत स्थान
    आमालाई शिशुको आनन्द ।
    🌑सोमनाथ लुइटेल “रवि पाल्पाली”
    पाल्पा
    हाल बर्दिया ।

    [३५]
    मानव
    गर्भको संसार
    सुन्दर भविष्यको सार !
    🌑मनोज

    [३६]
    अजन्म
    शिशु आमाको
    गर्भमै प्रविधिको प्रयोग !
    🌑सुमित्रा पोखरेल
    काठमाडौं

    [३७]
    भविष्य
    गर्भमै व्यस्त
    आमा र शिशु !
    🌑टीकाराम जाेशी
    टिकापुर

    [३८]
    प्रविधि
    शताब्दीको उपलब्धि
    सभ्यताको अधोगति, समृद्धि ?
    🌑तोया घिमिरे
    शंखमुल, काठमाडौं ।

    [३९]
    प्रविधि
    गर्भमै सिकाइ
    शुरु भो पढाइ !
    🌑अच्युत घिमिरे
    भुटान बाट 🇧🇹

    [४०]
    आदत
    प्रविधिको लत
    बन्दै जीवनमा घातक !
    🌑हिमाल अम्मै
    घोडाघोडी कैलाली

    [४१]
    जमाना
    नवीन प्रविधि
    सही प्रयोगको आवश्यक !
    🌑कविता आचार्य
    कैलाली

    [४२]
    आधुनिक
    गर्भमै प्रविधि
    नभुलोस् संसारको विधि !
    🌑पशपती राई
    खोटाङ

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खलाको ८२औँ भाग शनिबार सम्पन्न

    उदक यात्री सरस्वती श्रेष्ठका उत्कृष्ट उदकहरू

  • १ पुष २०७९, शुक्रबार १८:२७ मा प्रकाशित
  • उदक यात्री सरस्वती श्रेष्ठका उत्कृष्ट उदकहरू –

    १
    जिन्दगी
    मौसमी खेल
    हाँसो आँसुको मेल !

    २
    मन
    सिमलको भुवा
    उडेर पारी क्षितिजमा !

    ३
    समय
    गतिशील धारा
    अधिनमा सारा मानिस !

    ४
    शिशिर
    कठ्याङ्ग्रिदो तन
    गरिबीले दुखेको मन !

    ५
    जाडो
    गरिबको चुल्हो
    दाउराको अभावमा निभ्दै !

    • सरस्वती श्रेष्ठ, रुपन्देही
    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on उदक यात्री सरस्वती श्रेष्ठका उत्कृष्ट उदकहरू

    उदक यात्री म्यामराज राईका उत्कृष्ट उदकहरू

  • १ पुष २०७९, शुक्रबार १०:४४ मा प्रकाशित
  • उदक यात्री म्यामराज राईका उत्कृष्ट उदकहरू –

    १.
    सुन्दरता
    आँखाको हेराइ
    सन्तोषको सास फेराइ !

    २.
    मानव
    नाम काफी
    लोभी या पापी !

    ३.
    अन्धभक्त
    इमान बेचुवा
    पुतली जस्तै नचुवा !

    ४.
    फूल
    सुन्दरताको खानी
    शीतल आँखाको नानी !

    ५.
    पात
    रुखको शोभा
    एकमा अनेक आभा !

        - म्यामराज राई

    हतुवागढी-६, होम्ताङ्, भोजपुर
    हाल: जापान

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on उदक यात्री म्यामराज राईका उत्कृष्ट उदकहरू

    उदक यात्री कमला देवकोटाका उत्कृष्ट उदकहरू

  • २९ मंसिर २०७९, बिहीबार २३:०४ मा प्रकाशित
  • उदक यात्री कमला देवकोटाका उत्कृष्ट उदकहरू –

    १
    चम्चा
    पाए च्यापेर
    लान्छ नपाए बगली !

    २
    पेटारो
    भर्न परेको
    जुत्ता चाट्न हतारो !

    ३
    जीवन
    अर्थको लोलुपता
    तलुवा चाट्नु बाध्यता !

    ४
    भिन्नता
    दानव मानव
    दुर्लभभो पहिचान !

    ५
    देश
    हिजो आज
    जघन्य भङ्गालोमा पस्दै !

    ६
    सत्ता
    रछ्यानको सिता
    टिप्नेको तछाड मछाड !

    ७
    बोली
    आजको सत्य
    रात रहे अग्राख !

    • कमला देवकोटा, पाल्पा
    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on उदक यात्री कमला देवकोटाका उत्कृष्ट उदकहरू

    Posts navigation

    Older posts
    Newer posts

    Himalayan Dristi Team

    • प्रधान सम्पादक

      अनिल आचार्य

    About us

    • हाम्रोबारे

    Follow us on Facebook

    Contact Us

    Kathmandu, Nepal
    Email: himalayandristi@gmail.com
    Phone:-00977-9868990772
    Web:
    www.himalayandristi.com/
    विज्ञापनका लागि
    कृष्ण गिरि 00977-9860341922

    © Copyright 2020-2024 Himalayan Dristi. All Right Reserved. Design & Developed By K & P