आज राति लन्डनको वेम्बली स्टेडियममा भएको अतिनै प्रतिस्पर्थात्मक सेमीफाइनल खेलको ६० अौ मिनेटमा इटालीका चिएसा द्वारा गरिएको गोल बाट अग्रता लिएको इटालीले खेलको ८० औ मिनेटमा स्पेनका मोराटाले गरेको प्रहारको बचाउ गर्न नसक्दा खेल ९० मिनेटको निर्धारित समयमा १-१ को बराबरीमा पुगेको थियो !
निर्धारित ९० मिनेटको समयमा दुबै टोली १-१ गोलको बराबरीमा रोकिएपछि खेल थप ३० मिनेटको अतिरिक्त समयमा पुगेको थियो।
अतिरिक्त समयमा पनि खेल नटुङ्गिएपछि खेल पेनाल्टीमा पुगेको थियो !
यो संगै इटाली फाइनलमा पुगेको छ भने इटालीले भोलि हुने डेनमार्क – इंगलैंड बीचको बिजेता संग फानल मा भिड्ने छ ।
असार १५, एजेन्सी | युरोकप अन्तर्गतको खेलमा जर्मनीलाई पराजित गर्दै इंग्ल्यान्ड युरोपेली च्याम्पियनसिपको क्वाटरफाइनलमा प्रवेश गरेको छ । इंग्ल्याण्डले दोस्रो हाफमा रहिम स्टर्लिङ र ह्यारी केनको गोलमा २-० को जितसँगै क्वाटरफाइनलमा प्रवेश गरेको हो ।
खेलको पहिलो हाफमा दुवै टोलीले गोलरहित बराबरी खेलेपछि दोस्रो हाफमा इंग्ल्यान्ड खेलमा फर्किएको थियो । खेलको ७५ औं मिनेटमा इंग्ल्यान्डले स्टर्लिङको गोलमा अग्रता लिदै जर्मनीमाथि जितको धावा बोलेको थियो ।
खेलको ८१ औं मिनेटमा थोमस मुलरले गोल गर्ने सुवर्ण अवसर गुमाएपछि पहिलो गोलको ११ मिनेटपछि ८६ औं मिनेटमा कप्तान ह्यारी केनले गोल गर्दै इंग्ल्यान्डको अग्रतालाई दोब्बर पारे । जारी युरोकपमा केनको यो पहिलो गोल हो ।
इंग्ल्यान्डले अब सेमिफाइनल प्रवेश गर्न युक्रेन र स्वीडेनको विजेतासँग खेल्नेछ ।
यूरो कपको सम्भाभित दावेदार मध्य एक फ्रान्सलाई हराउँदै स्विजरल्याण्ड क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
आज राति भयको म्याचको ९० मिनेट सम्म दुवै टीमले ३-३ को बराबरी खेले सँगै खेल अतिरिक्त समयमा धकेलिएको थियो अतिरिक्त समयमा पनि दुवै देशबाट कुनै गोल हुन नसकेपछि खेल अन्तिम समयमा पेनाल्टी सुट आउटबाट निर्णय भएको थियो।
अब आउँदो शुक्रवार २ जुलाई का दिन क्वार्टरफाइनलमा स्विजरल्याण्डले स्पेनको सामना गर्नेछ।
बेल्जियम युरो २०२० को क्वार्टरफाइनलमा प्रवेश गरेको छ। सोमबार विहान सकिएको अन्तिम १६ को खेलमा साविक विजेता पोर्चुगललाई १-० गोलले पराजित गर्दै बेल्जियम अन्तिम आठमा पुगेको हो।
बेल्जियमको जितमा थोर्गन हजार्डले गरेको गोल निर्णायक बन्यो। उनले खेलको ४२ मिनेटमा गोल गरेका थिए।
मेउनियरले हजार्डलाई पास उपलब्ध गराएका थिए। लुकाकु, केभिन डे बुएन र इडिन हजार्डले उत्कृष्ट पास खेलेपछि मुनियरले बल पाएका थिए। जसमा उनले थोर्गन हजार्डलाई पास दिन सफल भए।
५८ मिनेटमा पोर्चुगलका डिएगो जोटाले पाएको अवसरमा गोल गर्न सकेनन्। रोनाल्डोले दिएको पासमा जोटाले हानेको प्रहार क्रसबारबाट बाहिरिएको थियो।
६१मिनेटमा जोआओ फेलिक्सले पनि पाएको अवसर खेर फालेका थिए। लगत्तै बुनो फर्नान्डेजले पोर्चुगलका लागि अर्को अवसर सदुपयोग गर्न सकेनन्।
६३ मिनेटमा लुकाकुले बेल्जियमको अग्रता दोब्बर पार्ने अवसर गुमाए। पेनाल्टी बक्स बाहिर पाएको अवसरमा उनको प्रहार आउट भयो।
८३ मिनेटमा पोर्चुगलले बराबरी गर्न गरेको प्रयासमा पोस्ट बाधक बन्यो। गुइरेरोले पेनाल्टी एरियाबाट हानेको प्रहार पोस्टमा लाग्नु पोर्चुगलका लागि दुर्भाग्य साबित भयो।
खेलमा बेल्जियमका प्लेमेकर बुएन र इडिन हजार्ड घाइते भएका थिए।
अब बेल्जियमले सेमिफाइनल प्रवेशका लागि इटालीसँग प्रतिस्पर्धा गर्नेछ। सो खेलमा बेल्जियमका बुएन र हजार्ड फिट हुनेमा शंका छ। त्यसैले फिफा विश्व वरीयताको शीर्ष टिम बेल्जियमका लागि दुई खेलाडीको अभाव खड्कन सक्छ।
विहीबार मध्यराति फ्रान्स र पोर्चुगलले बराबरीमा खेलेसँगै युरोकपको समूह चरणका खेलहरु सकिएका छन् । अबको खेल नकआउट चरणमा प्रवेश गरेको छ । यो चरणमा १६ टिमले खेल्नेछन् ।
नकआउट चरणमा छानिएका १६ वटा टिममा वेल्स, डेनमार्क, इटली, अष्ट्रिया, नेदरल्याण्डस, चेक रिपब्लिक, बेल्जियम, पोर्चुगल, क्रोएसिया, स्पेन, फ्रान्स, स्वीटजरल्याण्ड, इङ्ल्याण्ड, जर्मनी, स्वीडेन र युक्रेन छन् ।
अब नकआउट चरणको खेल असार १२ गते शनिबारदेखि हुनेछ । युरो कपको फाइनल खेल जुलाई १२ अर्थात असार गते लण्डनको बिम्बली रंगशालामा हुनेछ ।
कोको भिड्दैछन् ?
असार १२ गते शनिबार नकआउट चरणको पहिलो खेलमा नेपाली समयअनुसार राति ९ः४५ मा वेल्स र डेनमार्कबीच प्रतिस्पर्धा हुँदैछ । सोही रात १२ः४५ बजे इटली र अस्ट्रियावीच खेल हुनेछ ।
असार १३ गते आइतबार नेपाली समयअनुसार राति ९ः४५ मा नेदरल्यान्डस् र चेक गणतन्त्रबीच प्रतिस्पर्धा हुनेछ । रोही रात १२ः४५ मा बेल्जियम र पोर्चुगल भिड्नेछन् ।
असार १४ गते सोमबार नेपाली समयअनुसार राति ९ः४५ मा क्रोएसिया र स्पेन भिड्नेछन् भने राति १२ः४५ मा फ्रान्स र स्वीटरजल्यान्ड भिड्नेछन् ।
असार १५ गते मंगलबार नेपाली समयअनुसार राति ९ः४५ मा इङल्यान्ड र जर्मनी भिडनेछन् । राति १२ः४५ मा स्वीडेन र युक्रेनबीच प्रतिस्पर्धा हुनेछ ।
नकआउट चरणको खेल सकिएको तीनदिनपछि अर्थात् असार १८ गतेदेखि क्वार्टर फाइनल चरण शुरु हुनेछ ।
असार २२ र २३ गते सेमिफाइनल खेलहरु हुनेछन् ।
र, युरोकप–२०२० को फाइनल खेल २७ असार, नेपाली समयअनुसार मध्यराति १२ः४५ मा लण्डनको बिम्बली रंगशाला हुनेछ ।
८ असार, काठमाडौं । राष्ट्रिय टिमकी फरवार्ड सावित्रा भण्डारीको घुँडाको उपचार कतारमा हुने भएको छ । सावित्राको उपचार कतारको एस्पटर हस्पिटलमा हुने अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ । एन्फाका अनुसार सावित्रा उपचारका लागि यही जुन २६ अर्थात असार १२ गते कतार जानेछिन् । गत फागुनमा राष्ट्रिय महिला लिगको क्रममा नेपाल पुलिसविरुद्ध खेल्ने क्रममा एफीएफकी सावित्रा घाइते भएकी थिइन् । त्यसपछि उनको एमआरआई गर्दा दायाँ घुँडाको एन्टेरियर क्रुसिएट लिगामेन्टमा च्यातिएको पाइएको थियो । घुँडामा चोट लागेपछि उनले करिब एक वर्ष मैदान बाहिर बस्नुपर्ने भएको थियो । राष्ट्रिय लिगमा सावित्राले १० खेल खेल्दै ४३ गोल गरेकी छिन् । घाइते भएपछि एन्फाले सावित्राको उपचारमा सहयोग गर्ने जनाएको थियो । यसअघि एन्फाले विमल घर्ती मगर र विक्रम लामाको उपचार पनि कतारमै गराएको थियो । नेपाली राष्ट्रिय टिमका लागि सर्वाधिक ३८ गोल गरेकी सावित्रा पछिल्लो समय राष्ट्रिय टिमको महत्वपूर्ण खेलाडीको रुपमा छिन् । भारतमा लिग खेलिसकेकी सावित्रा युरोपमा खेल्नका लागि एजेन्टको खोजीमा समेत थिइन् ।
३ जेठ काठमाडौं । अर्को महिनादेखि सुरु हुने युरोकप फुटबल प्रतियोगिताको लागि बेल्जियमको टिम घोषणा भएको छ । बेल्जियमले सोमबार २६ सदस्यीय टिम घोषणा गरेको हो । कोरोना महामारीका कारण यस पटक युरोकपमा सहभागी टोलीले टिममा २६ जना खेलाडी राख्न पाउने यसअघि नै युईएफएले निर्णय गरिसकेको छ । त्यसैले बेल्जियमले २६ जनाको टोली घोषणा गरेको हो । जसमा कप्तान इडेन हाजार्ड पनि अटाएका छन् । स्पेनिस क्लब रियल मड्रिडबाट व्यावसायिक फुटबल खेल्दै आएका उनी चोटबाट मुक्त हुँदै केही समयअघि मैदान फर्केका थिए । उनले च्याम्पियन्स लिगमा पूर्वक्लब चेल्सी विरुद्ध खेलेका थिए । मुख्य प्रशिक्षक रोवर्टो मार्टिनेजले घोषणा गरेको टिममा केही ‘सरप्राइज’ समेत छ । गोलकिपर कोएन कास्टिल्सको स्थानमा माट्ज सेल्स छन् । प्रशिक्षक मार्टिनेजले यसलाई मेडिकल निर्णय भनेका छन् । टिममा ३ गोलकिपर ५ डिफेण्डर, ११ मिडफिल्डर र ७ जना फरवार्ड छन् । बेल्जियमले ११ जना स्ट्यानबाई खेलाडीको नाम समेत घोषणा गरेको छ । समूह ‘बी’मा रहेको बेल्जियमले डेनमार्क, फिनल्याण्ड र रसियासँग खेल्नेछ । मिनी विश्वकपको रुपमा परिचित युरोकपको १६औं संस्करण युरोपको विभिन्न देशका ११ शहरमा हुँदैछन् । प्रतियोगिताको ६०औं वर्षगाँठको रुपमा यसपटक धेरै देशमा युरोकप हुन लागेको छ । युरोकप फुटबल प्रतियोगिता आगामी जुन ११ देखि जुलाई ११ सम्म आयोजना हुँदैछ ।
अन्तर्राष्ट्रियस्तरका दुई होनहार खेलाडीको निधनले नेपालगन्जको खेल क्षेत्र शोकमग्न
कोरोना भाइरस संक्रमणका कारण नेपालगन्जमा एकै परिवारका चार जनाले ज्यान गुमाएका छन् । पूर्वराष्ट्रिय क्रिकेटर जाहिर अहमद, उनकी एक बहिनी र दुई दाइको मृत्यु भएको हो । नेपालगन्ज–३ सुनारमन्दी टोलका ४२ वर्षीय जाहिरको बुधबार बेलुका ७ बजे भेरी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । त्यही अस्पतालमा उनका राइँलो दाइ एजाजको बिहीबार बेलुकी ७ बजे र काइँलो दाइ इम्तियाजको शुक्रबार बिहान साढे १० बजे ज्यान गएको हो । ‘हट्टाकट्टा थिए, अचानक बिरामी भएर अस्पताल गएका थिए, फर्केनन्,’ छिमेकी हज शकिलले भने । उनका अनुसार सात दाजुभाइ सबै संयुक्त परिवारमा बस्दै आएका थिए । परिवारमा अन्य पनि संक्रमित छन् । तीमध्ये कोही घरमै आइसोलेसनमा र केही अस्पतालमा उपचाररत छन् । घरमा उनीहरूकी वृद्ध आमा छिन् । जाहिरकी बहिनीको भने भारतको रुपैडियामा कोरोना संक्रमणले मृत्यु भएको हो । उनको भारतमा बिहे भएको थियो । सन् १९९७ मा सिंगापुरमा आयोजना भएको एसीसी यू–१९ कपमा नेपालले सहभागी हुन जाँदा जाहिर १८ सदस्यीय टोलीमा थिए । उनी १४ सदस्यीय नेपाली टोलीमा पर्न भने सकेनन् । पछिल्लो समय उनी लुम्बिनी प्रदेशको क्रिकेट छनोट समितिमा थिए ।
नेपालगन्जका भारोत्तोलन प्रशिक्षक तथा अन्तर्राष्ट्रिय भारोत्तोलक शकिल अहमदको पनि बिहीबार संक्रमणले नै ज्यान लिएको छ । उनको नर्सिङ होममा उपचारका क्रममा मृत्यु भएको हो । उनले सन् १९८५ मा बंगलादेशको ढाकामा सम्पन्न दोस्रो दक्षिण एसियाली खेलकुद र १९९० मा चीनमा भएको एसियाली खेलकुदमा नेपालको प्रतिनिधित्व गरेका थिए । उनले एक महिना रुसको मस्कोमा विशेष प्रशिक्षणसमेत लिएका थिए ।
आफ्नै प्रशिक्षणमा खेलेको स्मरण गर्दै नेपाल भारोत्तोलन संघका वरिष्ठ उपाध्यक्ष पार्थ सारथि सेन गुप्तले भने, ‘शकिल, सुरेन्द्र हमाल, समसुद्दिन एकै पुस्ताका खेलाडी हुन् । त्यो बेला नेपालगन्जको बलियो टोली थियो । भेन्टिलेटरमा भए पनि दुई दिनअघि छोरामार्फत कुरा गरेको थिएँ, हिजो साँझ आकस्मिक खबर आयो । स्तब्ध छु ।’ राष्ट्रिय खेलकुद परिषद्मा उनी अधिकृतस्तरका प्रशिक्षक हुन् । काठमाडौंमा सम्पन्न १३ औं दक्षिण एसियाली खेलकुदमा उनी नेपालको भारोत्तोलन प्रशिक्षण टोलीमा थिए। उनले नेपालको प्रशिक्षक भएर ताइवान, उज्वेकिस्तान, मलेसियामा टिम लगेका थिए ।
अन्तर्राष्ट्रिय भारोत्तोलनका पदक विजेता समसुद्दिन सिद्दिकीले जाहिर र शकिलजस्ता अन्तर्राष्ट्रियस्तरका दुई होनहार खेलाडीको निधन हुनुले नेपालगन्जको खेल क्षेत्रमा ठूलो धक्का पुगेको बताए । ‘देशलाई योगदान गरेका व्यक्तित्वप्रति सम्मानजनक उपस्थितिमा दाहसंस्कारसमेत गर्न नपाउनु सबैभन्दा दुःखको पक्ष रह्यो,’ उनले भने, ‘नेपालगन्जको खेल क्षेत्र अहिले शोकमग्न छ ।’
४ वैशाख, काठमाडौं । ओपनरद्धय कुशल भुर्तेल र आसिफ शेखको कीर्तिमानी ब्याटिङसँगै नेपालले त्रिकोणात्मक सिरिजमा सुखद सुरुवात गरेको छ । कुशल र आसिफको कीर्तिमानी अर्धशतक र साझदोरीको मदतमा नेपालले पाहना टोली नेदरल्याण्ड्सलाई ९ विकेटले हरायो । त्रिवि क्रिकेट मैदानमा १३७ रनको लक्ष्य पाएको नेपालको सुरुवात उत्कृष्ट रहृयो ।
३१ चैत, काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका नवनियुक्त प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले बन्द प्रशिक्षणका लागि ३२ खेलाडीको नाम घोषणा गर्दा युवा खेलाडीद्वय मनिष डाँगी र श्यान्सु भुसाल पहिलो पटक टिममा परेका छन् । दुवै खेलाडी विदेशमा फुटबल खेल्दै आएका छन् । मनिष दक्षिण कोरियामा अध्ययन गर्दै फुटबल खेल्छन् । श्यान्सु कतारी क्लबको उमेर समूहको टिममा खेल्दै आएका छन् । यसबाहेक डिफेण्डर गौतम श्रेष्ठ र विंगर विवेक बस्नेतलाई पनि पहिलो पटक सिनियर टिमका लागि बन्द प्रशिक्षणमा बोलाइएको छ । दुवैले पछिल्लो पटक एएफसी कपको प्रारम्भिक छनोटमा त्रिभुवन आर्मी फुटबल क्लबबाट खेलेका थिए । नेपालले मे ३१ देखि जुन १५ (२०७८ जेठ १७ देखि असार १ गते) भित्रमा विश्वकप छनोटका तीन खेल खेल्दैछ । त्यही खेलका लागि नेपाली टोलीले ३ जेठबाट बन्द प्रशिक्षण शुरु गर्दैछ । कुवेती प्रशिक्षक अलमुताइरीले मिडियासामु पहिलो पटक प्रस्तुत हुँदा वैशाखमा हुने नेपाल सुपर लिग सकिएपछि मात्रै टिमको प्रशिक्षण शुरु गर्ने बताएका थिए । नेपाल सुपर लिग २०७८ वैशाख ११ देखि जेठ १ गतेसम्म दशरथ रंगशालमा आयोजना हुँदैछ । राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा आउनुअघि मनिष र श्यान्सु दुवैले नेपाल सुपर लिग खेल्दैछन् । श्यान्सुलाई एफसी चितवनले अनुबन्ध गरेको छ । आफूले क्लबका लागि अनुबन्ध गरेको श्यान्सु राष्ट्रिय टिमको बन्द प्रशिक्षणका लागि छनोट भएको सुनाउँदा चितवनका मुख्य प्रशिक्षक मेघराज केसी दंग छन् । श्यान्सु युवा र प्रतिभावान् खेलाडी भएको भन्दै उनले भने, ‘ऊ अली कलिलै छ, तर कतारको प्रोफेसनल क्लबमा ट्रेनिङ गरेको खेलाडी हो ।’ दक्षिण कोरियामा रहेका मनिष डाँगीले भने उमेर समूहको साफ च्याम्पियनसिप खेलिसकेका छन् । यसैगरी थ्री नेसन्स कप च्याम्पियन नेपाली टोलीमा नपरेका डिफेण्डर विकास खवास, मिडफिल्डर सन्तोष तामाङ र फरवार्ड नवयुग श्रेष्ठ ३२ सदस्यीय टिममा छन् । तीनै खेलाडी त्रिभुवन आर्मी फुटबल क्लबका हुन् । उनीहरु हाल एएफसी कप २०२१ प्रारम्भिक छनोटको दोस्रो चरणमा बेंगलुरु एफसीसँग खेल्न गोवामा छन् । थ्री नेसन्स कप खेलेको टिममा रहेका सुजल श्रेष्ठ पनि ३२ जनामा छैनन् । पहिलो खेलमै चोट बल्झिएपछि उनले थ्री नेसन्स कपमा बाँकी खेल खेलेनन् । बन्द प्रशिक्षणमा परेका खेलाडी गोलकिपर : किरण कुमार लिम्बु (कप्तान), विकेश कुथु, दीप कार्की, विशाल सुनार डिफेन्डर : रञ्जित धिमाल, निशान खड्का, रोहित चन्द, अनन्त तामाङ, दिनेश राजवंशी, अजित भण्डारी, छिरिङ गुरुङ, गौतम श्रेष्ठ, विकास खवास मिडफिल्डर : त्रिदेव गुरुङ, मनिष डाँगी, तेज तामाङ, एरिक विष्ट, संजोक राई, विशाल राई, सुनिल बल, रविशंकर पासवान, सेसेहाङ आङदेम्बे, सन्तोष तामाङ, विवेक बस्नेत, प्रकाश बुढाथोकी, स्यान्सु भुसाल, अन्जन विष्ट, सुमन लामा फरवार्ड : दर्शन गुरुङ, भरत खवास, अभिषेक रिजाल, नवयुग श्रेष्ठ