• गृह पृष्ठ
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला /जीवनशैली
  • खेल
  • बिज्ञान/प्रविधि
  • राजनीति
  • विचार
  • समाज
  • साहित्य

Category: अर्थ

अवैध रूपमा बाहिरी देशमा लैजान लागिएको साउदी रियालसहित २ जना पक्राउ

  • ८ श्रावण २०७९, आईतवार २१:२६ मा प्रकाशित
  • अवैध रूपमा बाहिरी देशमा लैजान लागिएको साउदी रियालसहित २ जना पक्राउ परेका छन्।

    एयर अरेवियाको उडानद्वारा काठमाडौंबाट सर्जाह जान लागेका तनहुँ जिल्लाको भिमाद नगरपालिका-२ का २६ वर्षीय मानबहादुर थापा र रौतहटको राजपुर-६ का ३० वर्षीय शेख फैयाजलाई पक्राउ गरिएको हो।

    थापाको पाइन्टको खल्तीबाट ५०० दरको ५० थान साउदी रियाल अर्थात २५ हजार र फैयाजको पाइन्टको खल्तीबाट ५०० दरको १०० थान अर्थात ५०हजार रियाल सहित पक्राउ गरिएको प्रहरीले जनाएको छ।

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान ह्याण्ड ब्यागेज चेकिङ एरियामा शरीर जाँच गर्दा लुकाएर बाहिरी देशमा लैजान लागेको अवस्थामा शनिबार पक्राउ गरिएको र आइतबार अनुसन्धानको लागि राजस्व अनुसन्धान विभागमा बुझाइएको प्रहरीलको भनाइ छ।

    Posted in अर्थ, मुख्य खबरLeave a Comment on अवैध रूपमा बाहिरी देशमा लैजान लागिएको साउदी रियालसहित २ जना पक्राउ

    वैदेशिक रोजगारमा जान ६ लाखले लिए स्वीकृति, पहिलो रोजाइ साउदी

  • ४ श्रावण २०७९, बुधबार २१:३० मा प्रकाशित
  • आर्थिक वर्ष २०७८/०७९ मा वैदेशिक रोजगारमा जान श्रम स्वीकृति लिनेको संख्या ६ लाख नाघेको छ।

    असार ३० गतेसम्मको वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार ६ लाख २८ हजार ५०३ जनाले नयाँ तथा पुनः श्रम स्वीकृति लिएका हुन्। यो संख्या आर्थिक वर्ष २०७४/०७५ देखि हालसम्मकै उच्च भएको विभागले बताएको छ।

    विभागको तथ्यांक हेर्ने हो भने चार वर्ष निरन्तर ओरालो लागेको वैदेशिक रोजगारीमा जानेको संख्या यो वर्ष बढेको देखिन्छ। आर्थिक वर्ष २०७४/०७५ मा पाँच लाख ७९ हजार ७२१ पुरुष र ३२ हजार ९६४ महिला गरी ६ लाख १२ हजार ६८५ जनाले नयाँ तथा पुनः श्रम स्वीकृति लिएको देखिन्छ।

    आर्थिक वर्ष २०७३/०७४ को तुलनामा आव २०७४/०७५ मा वैदेशिक रोजगारमा जानेको संख्या २९ हजार ४११ कम थियो। त्यसयता २०७७/०७८ सम्म वैदेशिक रोजगारीमा जानेको संख्या निरन्तर घट्दै गएको तथ्यांकले देखाउँछ।

    तालिकामा हेरौं आर्थिक वर्ष ०७३/०७४ देखि ०७८/०७९ सम्मको तथ्यांक

    आर्थिक वर्ष २०७७/०७८ को तुलनामा २०७८/०७९ मा वैदेशिक रोजगारमा जानेको संख्या चार लाख ६१ हजार ८०५ बढेको छ। लिंगका आधारमा हेर्ने हो भने महिलाको संख्या अत्यन्तै कम देखिन्छ। २०७८/०७९ मा ५ लाख ७९ हजार ५२८ पुरुषले श्रम स्वीकृति लिएका छन् भने महिला ४८ हजार ९७५ जना मात्र छन्। यो नयाँ तथा पुनः श्रम स्वीकृति दुवै लिनेको संख्या हो। नयाँ श्रम स्वीकृति तीन लाख १४ हजार ५४८ जना पुरुषले र ३२ हजार ९५६ महिलाले लिएका छन्।

    सरकारले श्रमिकहरूलाई मलेसिया तथा खाडी मुलुकमा घरेलु कामदारमा नयाँ श्रम स्वीकृति लिएर जान रोक लगाएका कारण यो संख्या कम भएको विभागको भनाइ छ। सरकारले वैधानिक बाटो बन्द गरे पनि अवैध बाटो र प्रक्रियामार्फत ठूलो संख्यामा महिलाहरू घरेलु कामदारको रूपमा जाने गरेका छन्। घरेलु कामका लागि स्वीकृति लिएर गएकालाई सरकारले पुनः श्रम स्वीकृति भने जारी गर्दै आएको छ।

    पहिलो रोजाइ साउदी अरब

    आर्थिक वर्ष २०७८/०७९ मा नेपाली युवाहरूले लिएको श्रम स्वीकृतिका आधारमा विभागले दस प्रमुख गन्तव्य मुलुकको सूची तयार गरेको छ। सूचीअनुसार पहिलो रोजाइमा साउदी अरब परेको छ। साउदी जान सबैभन्दा धेरै, एक लाख ८८ हजार ३९८ जनाले श्रम स्वीकृति लिएका छन्।

    साउदीपछि धेरे नेपाली कतार पुगेका छन्। कतारका लागि एक लाख ८४ हजार ५०३ जनाले श्रम स्वीकृति लिएका छन्।

    त्यसपछि क्रमशः संयुक्त अरब इमिरेट्स (युएई), कुवेत, मलेसिया, बहराइन, रोमानिया, जापान र क्रोएसिया परेका छन्।

    युएईका लागि एक लाख २२ हजार ३६६, कुवेतका लागि ३५ हजार ४४८, बहराइनका लागि १२ हजार ४०, रोमानियाका लागि सात हजार ४०२, ओमानका लागि छ हजार ८३८, जापानका लागि पाँच हजार ६२९ र क्रोएसियाका लागि पाँच हजार २८६ जनाले श्रम स्वीकृति लिएका छन्।

    कोभिड महामारीका कारण मलेसियाले लामो समय नेपाली लगायत आप्रवासी श्रमिक प्रवेशमा कडाइ गरेकाले ठूलो संख्यामा नेपाली श्रमिक साउदी पुगेको विभागका महानिर्देशक शेषनारायण पौडेल बताउँछन्।

    ‘अब मलेसिया सहज हुन थालेको छ। योसँगै साउदीबाट फर्केर पनि युवाहरू मलेसिया जान चाहिरहेका छन्,’ पौडेलले भने, ‘साउदीमा पारिश्रमिक तथा सेवा-सुविधामा पनि समस्या बढेको पाइएको छ।’

    साउदीको तुलनामा मलेसियामा आकर्षक सेवा-सुविधा पाइने भएकाले पनि नेपाली युवाहरू मलेसिया नै जान खोज्छन्। यो वर्ष मलेसिया प्रमुख आकर्षक गन्तव्य मुलुक बन्ने आकलन छ।

    महिलाहरूको प्रमुख गन्तव्य मुलुक युएई

    विभागका अनुसार महिला श्रमिकको प्रमुख गन्तव्य मुलुक भने युएई बनेको छ। युएईका लागि २१ हजार ११० जना महिलाले श्रम स्वीकृति लिएका छन्। त्यस्तै कतारका लागि सात हजार १२२, कुवेतका लागि पाँच हजार ३३९, साइप्रसका लागि तीन हजार ६ सय ३८, मलेसियाका लागि एक हजार ३९७ महिलाले श्रम स्वीकृति लिएका छन्।

    माल्दिभ्स, क्रोएसिया, बहराइन, जोर्डन र रोमानियाका लागि पनि ठूलो संख्यामा महिलाहरूले श्रम स्वीकृति लिएका छन्। माल्दिभ्सका लागि एक हजार १६०, क्रोएसियाका लागि एक हजार ९९, बहराइनका लागि एक हजार दुई, जोर्डनका लागि ९३२ र रोमानियाका लागि ८९५ जनाले श्रम स्वीकृति लिएका छन्।

    हालसम्म वैदेशिक रोजगारमा जान ७१ लाखले लिए स्वीकृति

    विभागले २०५० सालदेखि वैदेशिक रोजगारमा जानेको तथ्यांक राख्न सुरू गरेको हो। तथ्यांक राख्न सुरू गरेदेखि हालसम्म ७१ लाख २० हजार ३१९ जनाले श्रम स्वीकृति लिएका छन्। श्रम स्वीकृति लिनेमा ६७ लाख ८७ हजार २८५ पुरुष र तीन लाख ३३ हजार ३४ जना महिला छन्।

    सभार: सेतो पाटी

    Posted in अर्थ, मुख्य खबरLeave a Comment on वैदेशिक रोजगारमा जान ६ लाखले लिए स्वीकृति, पहिलो रोजाइ साउदी

    विश्वका सबैभन्दा शक्तिशाली ३ पासपोर्टहरु एसियाका, नेपाल भने उत्तर कोरियाभन्दा पनि पछाडि

  • ४ श्रावण २०७९, बुधबार १४:३३ मा प्रकाशित
  • काठमाडौं। विश्वका सबैभन्दा शक्तिशाली पासपोर्टहरुमध्ये शीर्ष तीन पासपोर्टहरु एसियाली देशका छन्।

    लण्डनमा आधारित विश्वव्यापी नागरिकता तथा आवासीय सल्लाहकार फर्म हेन्ले एण्ड पार्टनर्सले सार्वजनिक गरेको २०२२ को पहिलो चौमासिक रिपोर्टका अनुसार विश्वको सबैभन्दा शक्तिशाली पासपोर्ट जापानको भएको सीएनएनमा प्रकाशित एक रिपोर्टमा जनाइएको छ ।

    जापानको पासपोर्ट धारकहरुले बिना भिसा १९३ देशको यात्रा गर्न सक्छन्। जापानी पासपोर्ट लिएर यात्रा गर्ने यात्रुले यी १९३ देशमा पहिल्यै भिसा नलिइ गएर सम्बन्धित देशमा पुगिसकेपछि मात्रै अन अराइभल भिसा लिन सक्ने सुविधा पाएका छन्।

    दोस्रो स्थानमा सिंगापुर र दक्षिण कोरियाको पासपोर्ट छन् । यी दुई देशको पासपोर्ट धारकहरुले पहिल्यै भिसा नलिइ १९२ देशको यात्रा गर्न सक्छन् ।

    शक्तिशाली पासपोर्टको सूचीमा नेपालको हालत भने दयनीय छ। अमेरिकासहित पश्चिमी देशले कैयौं प्रतिबन्ध लगाएको देश उत्तर कोरियाको पासपोर्ट समेत नेपालको भन्दा शक्तिशाली छ।

    सबैभन्दा कमजोर ७ पासपोर्टको सूचीमा नेपाल परेको छ। नेपालको स्थान १०५ औं छ। नेपाली पासपोर्ट धारकहरुले पहिल्यै भिसा नलिइ ३८ देशको मात्र यात्रा गर्न सक्छन्।

    सबैभन्दा शक्तिशाली पासपोर्टहरुको सूचीमा तेस्रो स्थानमा जर्मनी र स्पेन छन्। यी देशका पासपोर्ट वाहकले बिना पासपोर्ट १९० देशको यात्रा गर्न पाउँछन्। यसैगरी फिनल्याण्ड, इटली र लक्जेम्बर्गका पासपोर्ट वाहकले १८९ गन्तव्य, अष्ट्रिया, नेदरल्याण्ड, डेनमार्क र स्वेडेनकाले १८८ गन्तव्यमा बिना भिसा यात्रा गर्न पाउँछन्।
    फ्रान्स, आयरल्याण्ड, पोर्चुगल र बेलायतले १८७ गन्तव्य, बेल्जियम, न्यूजिल्याण्ड, नर्वे, स्विट्जरल्याण्ड र अमेरिकीले १८६ गन्तव्य, अस्ट्रेलिया, क्यानडा, चेक रिपब्लिक, ग्रिस र माल्टाकाले १८५ गन्तव्य, हंगेरीकाले १८३ गन्तव्य र लिथुआनिया पोल्याण्ड र स्लोभाकियाका पासपोर्ट धारकले १८२ गन्तव्य बिना भिसा यात्रा गर्न पाउँछन्।

    सबैभन्दा कमजोर पासपोर्ट अफगानिस्तानको छ जहाँका पासपोर्ट धारकलाई बिना भिसा २७ देशको मात्र यात्राको अनुमति छ। इराकीले १९ गन्तव्य, सिरियालीले ३० गन्तव्य, पाकिस्तानीले ३२ गन्तव्य, यमनीले ३४ गन्तव्य, सोमालियालीले ३५ गन्तव्य, नेपाली र प्यालेस्टाइनीले ३८ गन्तव्य र उत्तर कोरियालीले ४० गन्तव्य बिना भिसा यात्रा गर्न पाउँछन्।

    Posted in अन्तर्राष्ट्रिय, अर्थLeave a Comment on विश्वका सबैभन्दा शक्तिशाली ३ पासपोर्टहरु एसियाका, नेपाल भने उत्तर कोरियाभन्दा पनि पछाडि

    इजरायल जानका लागि आयो भिसा

  • ४ श्रावण २०७९, बुधबार १०:०९ मा प्रकाशित
  • काठमाडौं, साउन ४ । इजरायलमा दीर्घकालीन सहायक श्रमिकका लागि छनोट भएका थप एक सय जनाको भिसा आएको छ । यसअघि इजरायलको परराष्ट्र मन्त्रालयमा कार्यरत ट्रेड युनियनले आन्दोलनका कारण रोकिएको थियो ।

    वैदेशिक रोजगार विभागले सूचनामार्फत एक सय जनाको रोस्टममा परेकालाई कोभिड १९ विरुद्धको खोप लगाएर छ महिना नकटेको कार्डसहित व्यवसायी तथा सीप विकास तालिम प्रतिष्ठान भैँसेपाटीमा साउन ४ गते सम्पर्क गर्न आग्रह गरिएको छ । साथै रोस्टममा परेकाहरूको यही साउन ८ र ९ गते हवाई उडान हुने भएकाले सोहीअनुरूप तोकिएको एयरलाइन्समा गएर टिकट लिएर तयारी रहनसमेत आग्रह गरेको छ ।

    वैदेशिक रोजगार विभागका महानिर्देशक शेषनारायण पौडेलले इजरायल जान छनोट भएर पनि विगत छ महिनादेखि प्रतीक्षामा रहेकाहरू अबको एक महिनाभित्र गइसक्ने जानकारी दिए ।

    स्वास्थ्य परीक्षणमा हेपाटाइटिस, सिफिलिस, गोनोरिया, एचआईभी-एड्स, टीबीलगायतका रोगको पनि पुनः परीक्षण गर्नुपर्ने विभागले जनाएको छ । यसैगरी राहदानीको म्याद तीन वर्षभन्दा कम भएको अवस्थामा आवेदन दिएको मिति अर्थात् छ महिनाअघिसम्म तीन वर्षको भए मान्य हुने विषयमा इजरायल पक्षसँग सहमति भएको छ । गोरखापत्र दैनिकबाट

    Posted in अर्थ, मुख्य खबरLeave a Comment on इजरायल जानका लागि आयो भिसा

    साउदी अरबले प्रतिदिन १३ लाख ब्यारेल तेल उत्पादन गर्ने

  • ३ श्रावण २०७९, मंगलवार २३:४६ मा प्रकाशित
  • एजेन्सी- साउदी अरबले राज्यको तेल उत्पादन क्षमतालाई बढाएर प्रतिदिन १३ लाख ब्यारेल बनाउन निर्णय गरेको छ।

    शनिबार राज्यले तेल उत्पादनलाई बढाएर बढीमा १३ लाख ब्यारेल प्रतिदिन बनाउने भएको साउदी अरबका राजकुमार मोहम्मद बिन सलमान अल साउदलाई उद्धृत गर्दै साउदी प्रेस एजेन्सीले आइतबार जनाएको हो।

    साउदी अरबमा इन्धन उत्पादन थप बढाउने क्षमता नहुने पनि उनले बताए।

    उनको घोषणा अमेरिकी राष्ट्रपति जो बाइडेन र खाडी सहयोग परिषद्का अन्य सदस्य राष्ट्रहरू, इजिप्ट, जोर्डन र इराकका नेताहरूसँग जेद्दामा भएको शिखर सम्मेलनको क्रममा शनिबार भएको हो।

    राजकुमारले अवास्तविक ऊर्जा नीतिले उच्च मुद्रास्फीतितर्फ डोर्‍याउने बताए। यसले गम्भीर चुनौतीहरूको समयमा विश्व अर्थतन्त्रलाई सहयोग गर्ने एकीकृत प्रयासलाई आग्रह गर्दछ।

    उक्त अवसरमा उनले विश्वव्यापी आर्थिक पुनःस्थापना र खाद्य तथा स्वास्थ्य सुरक्षा प्राप्त गर्न कोभिड-१९ र भौगोलिक स्थितिका चुनौतीहरूको सामना गर्न अन्तरराष्ट्रिय प्रयासको लागि आह्वान पनि गरे।

    सन् २०२१ को प्रारम्भमा पदभार ग्रहण गरेदेखि आफ्नो पहिलो मध्य पूर्व भ्रमणको अन्तिम दिनमा बाइडेन शिखर सम्मेलन उपस्थित भएका हुन् ।

    Posted in अन्तर्राष्ट्रिय, अर्थ, मुख्य खबरLeave a Comment on साउदी अरबले प्रतिदिन १३ लाख ब्यारेल तेल उत्पादन गर्ने

    दमामको किंग फहाद अन्तर्राष्ट्रिय विमानस्थ द्वारा यात्रुहरूकालागि नयाँ ब्यागेज नियमहरू घोषणा ।

  • ३ श्रावण २०७९, मंगलवार १३:५४ मा प्रकाशित
  • साउदी अरेबियाको प्रमुख सहर दमामको किंग फहाद अन्तर्राष्ट्रिय विमानस्थलले एयरपोर्टबाट बाहिर जाने उडानहरूको लागि ब्यागेजसँग सम्बन्धित नयाँ नियमहरू घोषणा गरेको छ।

    दमाम एयरपोर्ट कम्पनी (DACO) ले सबै यात्रुहरुलाई, एयरपोर्ट जानु अघि, ब्यागेज सम्बन्धी नियमहरुको बारेमा अधिकभन्दा अधिक जानकारी राखी जारी नीतिनियम हरु पालना गर्न अनुरोध गरेको छ।

    अथोरिटीका अनुसार ब्यागेजसँग सम्बन्धित नयाँ दिशानिर्देशहरू निम्नानुसार छन्।

    अनुमति दिइएको सामानको नमूना:

    • कम्तिमा एउटा समतल सतह भएको सामान, ७६ सेमी लम्बाइ, ५१ सेन्टिमिटर चौडाइ र ३१ सेमी चौडाइमा।
    • ७६ सेन्टिमिटरको लम्बाइ, ५१ सेमी चौडाइ र ३१ सेन्टिमिटर चौडाइमा समतल सतहसहित राम्ररी प्याक गरिएका बक्सहरू।

    अनुमति नभएको वा निश्चित गरिएको ब्यागेजको प्रकार :-

    • गोलो र अनियमित आकारको सामान।
    • अनियमित आकारको झोला डोरीले बाँधिएको।
    • लामो वा खुकुलो पट्टि भएको सामान।
    • नयाँ नीतिले गोलो र अनियमित आकारको झोला, खुकुलो डोरीसहितको झोला र लामो पट्टा भएको झोलालाई निषेध गरेको छ।
    Posted in अन्तर्राष्ट्रिय, अर्थ, मुख्य खबरLeave a Comment on दमामको किंग फहाद अन्तर्राष्ट्रिय विमानस्थ द्वारा यात्रुहरूकालागि नयाँ ब्यागेज नियमहरू घोषणा ।

    पिएनसीसीले साउदी अरबमा रहेका नेपालीहरुलाई पुनः श्रम स्वीकृतिको लागि सहजीकरण गर्ने।

  • २ श्रावण २०७९, सोमबार १४:२९ मा प्रकाशित
  • प्रवासी नेपाली समन्वय समिति पिएनसीसीले साउदी अरबमा रहेका नेपालीहरुलाई पुनः श्रम स्वीकृतिको लागि सहजीकरण गरिदिने भएको छ।

    प्रवासी नेपाली समन्वय समिति साउदी अरवका संयोजक गणेश अर्यालका अनुसार पुनः श्रम स्वीकृति लिन चाहने शर्मिकहरुले सम्पूर्ण कागजात डकुमेन्टेसनको काम पिएनसीसीका साउदी अरबमा अवस्थित प्रतिनिधिले गरिदिने छन् भने यसमा लाग्ने दस्तुर श्रम विभागको बैन्क खातामा श्रमिक स्वयंले नै अनलाइनमार्फत जम्मा गरिदिए पुग्नेछ ।

    साउदी अरबकालागि संयोजक गणेश अर्याल,
    फोन (ह्वावटसप)०५३३५०३२६२.
    श्याम कुमार महतो फोन (ह्वावटसप) ०५५३६०६७३६ तथा
    काशिन्द्र पासवानलाई फोन (ह्वावटसप) ०५५४२०७०१३मा सम्पर्क गर्न सकिनेछ । छ भने तल उल्लेख गरिएका कागजात पेश गर्नुपर्ने छ।

    नेपाल बाहिरबाट अनलाई श्रम स्वीकृति लिन लाई चाहिने कागजातहरु।

    1. * पासपोर्ट को २ नम्बर पेजको फोटो
    2. * पासपोर्ट को ३१ नम्बर पेजको फोटो
    3. * बैदेशिक रोजगारमा आउदा खेरि पासपोर्टमा लागेको भिसाको पेजको फोटो
    4. * अन्तिम श्रम गरेको फोटो
    5. * आकामको अगाडी पट्टिको फोटो
    6. * बैंक खाता नाम नम्बर भएको चेकबुकको फोटो

    नेपाल बाटै अनलाई श्रम स्वीकृति लिन लाई चाहिने कागजातहरु।

    १. पासपोर्टमा रहेको २ नम्बर पेजको फोटो.
    २.पासपोर्टमा रहेको ३१ नम्बर पेजको फोटो.
    ३. वैदेशिक रोजगारीमा आउँदा पासपोर्टमा लागेको भिजाको फोटो.
    ४. अन्तिमपल्ट श्रम स्वीकृति लिएको पेजको फोटो.
    ५. अकामाको अगाडी पट्टिको फोटो.
    ६. नेपालमा रहेको बैंक खाताको नाम र बैंक खाता नम्बर भएको चेकबुकको फोटो.
    ७. त्रिभुवन विमानस्थलको आगमन विभागले पासपोर्टमा छाप लगाएको मिति सहितको फोटो.
    ८. पुनः प्रवेश (रि-इन्टिरी एक्जिट) भिसा लागेको पेजको फोटो.

    Posted in अन्तर्राष्ट्रिय, अर्थ, मुख्य खबरLeave a Comment on पिएनसीसीले साउदी अरबमा रहेका नेपालीहरुलाई पुनः श्रम स्वीकृतिको लागि सहजीकरण गर्ने।

    मोबाइल आयातमा झनै कडाई, ३८ हजारभन्दा बढी मूल्यको ल्याउन नमिल्ने

  • २ श्रावण २०७९, सोमबार ११:३५ मा प्रकाशित
  • सरकारले मोबाइल आयातलाई झनै कडाई गरेको छ । यसअघि वैशाख महिनामा आयात विदेशी मुद्राको सञ्चिती जोगाउन भन्दै सरकारले ६०० डलरभन्दा महँगा स्मार्टफोन आयातमा बन्देज लगाएको थियो । यसलाई थप कडाई गर्दै सरकारले ३०० डलरभन्दा महँगो स्मार्टफोन आयातमा बन्देज लगाएको हो ।
    आजको विदेशी विनिमय दर अनुसार ३०० अमेरिकी डलरको नेपाली रुपैयाँ ३८ हजारभन्दा माथि हुन आउँछ । सरकारले वैशाख महिनादेखि नै महँगा स्मार्टफोन आयातमा रोक लगाएको थियो । जुन, भदौ १४ गतेसम्मका लागि थप गरेको हो ।
    गत आर्थिक वर्ष २०७८/७९ को जेठ महिनासम्मको अवधिमा नेपालले विदेशबाट ३८ अर्ब ६ करोड ६९ लाख रुपैयाँको स्मार्टफोन आयात गरेको छ । यसअवधिमा ५५ लाख ८६ हजार सेट स्मार्टफोन भित्रिएको भन्सार विभागको तथ्याङ्कले जनाएको छ ।

    Posted in अर्थ, बिज्ञान/प्रविधिLeave a Comment on मोबाइल आयातमा झनै कडाई, ३८ हजारभन्दा बढी मूल्यको ल्याउन नमिल्ने

    मायादेवीको आगामी आवको ६२ करोड बढीको बार्षिक बजेट सर्वसम्मत रुपमा पारित ।। 

  • ३० असार २०७९, बिहीबार १०:४५ मा प्रकाशित
  • राघवेन्द्र चौवे

    कपिलवस्तु

    मायादेवी गाउँपालिकाको दशौं गाउँसभाले आगामी आव ०७९/०८० को बार्षिक बजेटसहितको योजना तथा कार्यक्रम सर्वसम्मत रुपमा पारित गरेको छ। मंगलबार बसेको चालु गाउँसभाको दशौ बैठकले उक्त बजेटसहितको कार्यक्रम सर्वसम्मत रुपमा पारित गरेको हो। गाउँसभामा अध्यक्ष वलीउद्दिन मुसलमानले प्रस्तुत गरेको आगामी आव ०७९/०८० का लागि ६२ करोड ७९ लाख ६१ हजार बजेट सभामा पेश गर्नु भएको थियो।

    बजेटमाथि विभिन्न छलफल पश्चात मंगलबार गाउँसभाले पास गरेको हो। मायादेवीले विशेष गरि बजेटमा शिक्षा र स्वास्थ्यको क्षेत्रलाई मजबुत बनाउने लक्ष्यसहितको कार्यक्रमलाई प्राथमिकता दिएको छ। बजेट भाषण गर्दै गाउँपालिका भित्रका ८ वटै वडाको विकासका लागि सुक्ष्म ढङ्गबाट बजेटले समेट्ने प्रयास गरिएको पनि अध्यक्षले दाबी गर्नुभएको छ।

    Posted in अर्थ, ताजा अपडेटLeave a Comment on मायादेवीको आगामी आवको ६२ करोड बढीको बार्षिक बजेट सर्वसम्मत रुपमा पारित ।। 

    उडिरहेको जहाजमा यात्रुले चुरोट तान्न थालेपछि…

  • २९ असार २०७९, बुधबार २३:२७ मा प्रकाशित
  • २९ असार, धनगढी। बुधबार काठमाडौंबाट धनगढी उडेको बुद्ध एयरको जहाजमा चुरोट तान्ने एक यात्रु पक्राउ परेका छन् ।

    बुद्ध एयरका सूचना अधिकृत दीपेन्द्र कर्णका अनुसार उडान नं २५३ बाट अपरान्ह धनगढी उडेको जहाजको सीट नं ‘११ ए’मा बसेका एक यात्रुले शौचालय छिरेर चुरोट तानेका थिए । त्यसपछि उनलाई उडानमा खटिएका कर्मचारीले उडान अवधिभर निगरानीमा राखेका थिए ।

    धनगढी अवतरण भइसकेपछि उनलाई धनगढी प्रहरीको जिम्मा लगाइएको कर्णले जानकारी दिए ।

    जिल्ला प्रहरी कार्यालय कैलाली टीकापुर नगरपालिकाका अन्दाजी २८ वर्षीय नारायण उपाध्यायलाई पक्राउ गरि अनुसन्धान भइरहेको जनाएको छ ।

    जहाजमा सलाई, लाइटरसहितका प्रज्वलनशील वस्तु साथमा लैजान पाइँदैन । साथै चुरोट तान्न निषेध गरिएको छ । यात्रुबाट भएको गम्भीर लापरबाहीमा विमानस्थल सुरक्षामा खटिएका प्रहरीको समेत कमजोरी देखिएको छ । यस्तो वस्तु यात्रुको साथमा हुँदा दुर्घटनासम्मको जोखिम हुन्छ ।

    Posted in अर्थ, मुख्य खबरLeave a Comment on उडिरहेको जहाजमा यात्रुले चुरोट तान्न थालेपछि…

    Posts navigation

    Older posts
    Newer posts

    Himalayan Dristi Team

    • प्रधान सम्पादक

      अनिल आचार्य

    About us

    • हाम्रोबारे

    Follow us on Facebook

    Contact Us

    Kathmandu, Nepal
    Email: himalayandristi@gmail.com
    Phone:-00977-9868990772
    Web:
    www.himalayandristi.com/
    विज्ञापनका लागि
    कृष्ण गिरि 00977-9860341922

    © Copyright 2020-2024 Himalayan Dristi. All Right Reserved. Design & Developed By K & P