• गृह पृष्ठ
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला /जीवनशैली
  • खेल
  • बिज्ञान/प्रविधि
  • राजनीति
  • विचार
  • समाज
  • साहित्य

Category: अर्थ

कोभिड–१९ विरुद्ध सरकारी तयारी ग्राउन्ड जिरोमा: पूर्वशिक्षामन्त्री तुलाधार

  • २५ आश्विन २०७७, आईतवार १०:२६ मा प्रकाशित
  • काठमाडौं | सत्तासीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता एवं पूर्वशिक्षामन्त्री डा गंगालाल तुलाधारले कोभिड–१९ विरुद्ध सरकारी तयारी ग्राउन्ड जिरोमा गइसकेको टिप्पणी गर्नुभएको छ।

    ‘सरकार होपलेस देखियो। पूर्वतयारी र न्यूनीकरणको कामै भएन। सरकारसँग स्रोत पनि केही पनि छैन भन्नुपर्ने भो,’ गैरआवासिय नेपाली संघ (एनआरएनए) द्वारा आयोजित दोस्रो विश्व ज्ञान सम्मेलनमा डा तुलाधारले भन्नुभयो।

    शनिबार भएको ‘महामारी र प्राकृतिक विपद् न्यूनीकरणका लागि पूर्वतयारी र न्यूनीकरण’ सत्रमा विपद् व्यवस्थापन विज्ञ तुलाधारले विपद् व्यवस्थापन तीनवटै तहका सरकारको साझा अधिकार भए पनि समन्वय नै हुन नसक्दा कोभिड–१९ का कारण ६ सय जनाको ज्यान गएको र संक्रमितको संख्या एक लाख नाघेको बताउनुभयो।

    सरकारले गठन गरेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) प्रति सुरुदेखि नै असन्तुष्ट रहेका तुलाधारले संविधानले कल्पना गरेको संरचनालाई बेवास्ता गरी सिसिएमसी बनाइँदा अहिले यो अवस्था आइलागेको बताउनुभयो।

    ‘विपद् र महामारी नियन्त्रणका लागि तीनवटै सरकारका भूमिकाबारे संविधानमै स्पष्ट छ। जिम्मेवार नेतालाई थाहा छ। तर हामी इमान्दार छैनौं,’ उहाँले भन्नुभयो।

    विपद् व्यवस्थापन विज्ञ तुलाधारले एनआरएनएलाई पनि विपद् तथा महामारीसँग जुध्न स्थायी प्रकृतिको संरचना बनाउन आग्रह गर्नुभयो।

    प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका नेता एवं पूर्वस्वास्थ्यमन्त्री गगन थापाले काठमाडौंमा आइसियु बेड पाउन नसकिने अवस्था आइलागेको बताउनुभयो। ‘अब काठमाडौंमा कोभिड, ननकोभिड कसैले पनि आइसियु बेड पाउनेवाला छैनन्,’ उहाँले भन्नुभयो, ‘जाडो आउँदैछ, शितलहर, भोकमरीको सामना गर्नुपर्ने अवस्था छ।’

    उहाँले विपद् तथा महामारीविरुद्ध स्थायी संरचना पर्याप्त कानुन रहे पनि राजनीतिक नेतृत्वमा बुझाइको कमी रहेको बताउनुभयो।

    विपदको बेला राजनीतिक नेतृत्वले नियमितभन्दा बाहिरको स्रोत परिचालन गर्नसने भए पनि सरकार यो विषयमा चुकेको थापाले टिप्पणी गर्नुभयो।

    पूर्वस्वास्थ्य सचिव डा सुधा शर्माले राजनीतिक नेतृत्वले महामारी नियन्त्रणको नेतृत्व लिँदा सफल नभएको बताउनुभयो।

    लकडाउनको दुई महिना र लकडाउन पश्चातका दुई महिनामा कोभिड–१९ विरुद्ध तयारीका कामै हुन नसकेको उल्लेख गर्दै डा शर्माले सरकारले सही कदम चाल्न नसकेको बताइन्। ‘यस्ता महामारी निन्त्रणको नेतृत्व चिकित्सक, विज्ञले नै गर्नुपर्छ,’ उहाँले भन्नुभयो।

    कोभिड–१९ महामारीका कारण मानसिक स्वास्थ्य, खाद्य असुरक्षा र नवजात शिशुको स्वास्थ्य समस्या झनझन जटिल बन्दै गएको उहाँले बताउनु भयो  ।

    डा शर्माले अब कोभिड–१९ का संक्रमित झन बढ्नसक्ने चेतावनी दिनुभयो। ‘दसैंको मौका छ। यसमा मान्छे हिँड्ने काम भएकाले फेरि फैलने सक्ने देखिएको छ,’ उहाँले भन्नुभयो, ‘जाडोमा खुला ठाउँमा कम बस्ने, खोकी लाग्ने भएकाले यो बेला कोभिड—१९ को संक्रमण्ण अझ बढ्न सक्छ। यसमा हेलचेक्राइ गर्नु हुँदैन।’

    एनआरएनए, आईसिसी उपाध्यक्ष डा बद्री केसीले एनआरएनलेले जहिल्यै पनि सहयोग गर्दै आएको बताउनुभयो।  नेपालमा बाढीपहिरो, आगलागी जस्ता विपद्का घटना हुन्  वा २०७२ को भूकम्पमा एनआरएनएले प्रत्यक्ष सहयोग गरेको उल्लेख गर्दै डा केसीले अहिलेको कोभिड–१९ मा पनि उच्चस्तरीय समिति गठन गरेर संक्रमित एवं उद्धारको दस्ताबेज बनाएर काम भइरहेको बताउनुभयो।  

    २ सय ९७ मा २१ सयभन्दा बढी स्वंयसेवक परिचालन गरेर नेपालीलाई सहयोग पु या इएको उल्लेख गर्दै उहाँले भन्नुभयो, ‘ हामीसँग ठूलो नेटवर्क छ,। आइएलओ र आइओएम लगायत अन्तर राष्ट्रिय  संघसंस्थासँग सहकार्य गरेर काम गरिरहेको छौं।’

    एनआरएनएले विपद् र महामारी नियन्त्रणका लागि दस लाख  डलरको फन्ड बनाइरहेको उहाँले घोषणा गर्नुभयो।

    एनआरएनए, स्वास्थ्य समिति संयोजक डा सन्जीव सापकोटाले पूर्वतयारीबिना महामारी नियन्त्रणको काम गर्न नसकिने बताउनुभयो।

    नेपालबाहिर ८० लाख नेपाली रहेको उल्लेख गर्दै डा।सापकाटाले विदेशमा रहेका नेपालीको उद्धार एवं अन्य आवश्यक प्रबन्धका लागि एनआरएनएले सहयोग गर्दै आएको जानकारी दिनुभयो। भूकम्प, बाढीपहिरो, आगलागी र कोभिड—१९ जस्ता महामारीविरद्ध लड्न पूर्वतयारी आवश्यक रहने उहाँको भनाइ छ।

    यो सत्रमा गैरआवासिय नेपाली संघका डा अलिनी सुवेदी, डा कुस श्रेष्ठ, डा द्रोण रसाली, डा हेमराज शर्माले मन्तव्य व्यक्त गर्नु भएको थियो।

    सो  सत्रको सहजीकरण डा सरिता भट्टराईले गर्नुभएको थियो।

    Posted in अर्थ, ताजा अपडेट, समाजLeave a Comment on कोभिड–१९ विरुद्ध सरकारी तयारी ग्राउन्ड जिरोमा: पूर्वशिक्षामन्त्री तुलाधार

    अर्थतन्त्रलाई उकास्न ठोस कदमको आवश्यकता

  • २४ आश्विन २०७७, शनिबार २०:२९ मा प्रकाशित
  • काठमाडौं  | पूर्वअर्थमन्त्री एवं प्रधानमन्त्रीका विशेष आर्थिक सल्लाहकार डा. युवराज खतिवडाले कोभिड–१९ विरुद्धको काम तीनवटै सरकारको समन्वयमा भइरहेको बताउनु भएको छ।

    गैरआवासिय नेपाली संघ (एनआरएनए) द्वारा आयोजित दोस्रो विश्व ज्ञान सम्मेलनमा शनिबार डा खतिवडाले स्वास्थ्य क्षेत्रमा बढी बजेट विनियोजन भएको र क्वारेन्टाइन, आइसोलेसन व्यवस्थापनको काम समन्वय गरेरै भइरहेको बताउनुभयो।

    यद्यपि, पछिल्ला दुई वर्ष यता शिक्षा र स्वास्थ्यमा बजेट विनियोजन बढे पनि पर्याप्त नरहेको उहाँले बताउनुभयो।

    पूर्वमन्त्री खतिवडाले स्वास्थ्य क्षेत्रमा भौतिक पूर्वाधार निर्माणका लागि अध्ययनको काम भइरहेको बताउनुभयो।

    नेपाली कांग्रेसका नेता एवं पूर्व उद्योगमन्त्री नविन्द्रराज जोशीले विदेशमा रहेका नेपालीको ज्ञानलाई स्वदेशमा प्रयोग गर्न सक्नुपर्ने बताउनुभयो।

    अहिले अर्थतन्त्रका केही इन्डिकेटर राम्रा रहे पनि विपन्न वर्गलाई सरकारले के ग¥यो भन्दै उहाँले प्रश्न गर्नुभयो।

    ‘आम्दानी नै नहुने स्थिति छ, रोजगारी खोसिएको छ, अस्पताल गएर उपचार गराउनसक्ने अवस्था छैन, उहाँहरूका लागि सरकारले के ग¥यो?यसबाट कसरी बाहिर निस्कने भनेर चिन्तन र रणनीति खोइ? जोशीले भन्नुभयो।

    कोभिडसँग लड्न पर्याप्त रकम जम्मा गर्न कांग्रेसले पहिले नै भनेको स्मरण गराउँदै जोशीले भन्नुभयो, ‘राहत प्याकेजका लागि बारम्बार भन्यौं। तर, सुनुवाइ भएन। यो अवस्थामा सडकमा जान पनि मिलेन।’

    अर्थतन्त्र पुनरुत्थानका लागि योजनावद्ध ढंगबाट अघि बढ्नुपर्ने उहाँले सुझाव दिनुभयो।

    एनआरएनएका संस्थापक अध्यक्ष उपेन्द्र महतोले कोभिड–१९ का कारण आर्थिक संकट गहिरिँदै गएको बताउनुभयो। अर्थतन्त्र विरामी हुँदा प्रत्येक क्षेत्रलाई छुट्याएर सोही अनुसार उपचार गर्न सरकारले सर्भे गर्नुपर्ने उहाँले सुझाव दिनुभयो।

    ‘देशलाई अझै धनी बनाउनुपर्छ भनेर कोभिड–१९ ले देखायो। धनी देशहरू व्यवसाय र रोजगारी जोगाउन जति पनि खर्च गर्नसक्ने सामर्थमा पुगे,’ उहाँले भन्नुभयो, ‘हाम्रो देशको आर्थिक अवस्था पनि राम्रो भएको भए व्यवसाय र रोजगारी जोगाउन सकिन्थ्यो।’

    अहिलेको संकटको बेला ठूला व्यवसायीले नाफा नकमाउदा पनि खासै समस्या नपर्ने उल्लेख गर्दै उहाँले साना र मझौला उद्योगलाई जोगाउन सरकारले आधा नइ पूरै दिल खोलेर सहयोग गर्नुपर्ने बताउनुभयो।

    राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राडा पुष्पराज कँडेलले गैरआवासीय नेपालीसँग रहेको ज्ञान, सिप र भिजनको समुचित प्रयोग गरेर देश विकासमा लगाउनुपर्ने बताउनुभयो।

    समन्वय, सहकार्य गरेर दिगो विकास लक्ष्य प्राप्तिमा लाग्नुपर्ने उल्लेख गर्दै प्राडा कँडेलले कोभिड–१९ ले प्राथकिताका क्षेत्र परिवर्तन गरेको बताउनुभयो।

    स्वास्थ्य, शिक्षा, कृषि, पूर्वाधार र रोजगारीका क्षेत्रमा खर्च बढाउनुपर्ने आवश्यकता रहेको औंल्याउँदै उहाँले लकडाउन कारण प्रधानमन्त्री रोजगार कार्यक्रम लगायत अन्य रोजगारीका कारण सञ्चालनमा ढिलाइ भएको बताउनुभयो।

    साइप्रसका पूर्वअर्थमन्त्री डा. मिचेल सारिसले कोभिड–१९ संकटको समयमा स्वास्थ्यका दृष्टिकोणबाट अगाडि बढेका देशले राम्रो काम गरेको बताउनुभएको छ।

    ‘अहिलेको अवस्थालाई राजनीतिज्ञको नेतृत्वबाट भन्दा चिकित्सा क्षेत्रबाट एकरुपता र पारदर्शी रुपमा काम गर्न सकेको बताउनुभयो। जुन नेतृत्वले स्वास्थ्यको दृष्टिबाट अर्थनीति बनाएका छन्। तिनीहरुले व्यापारमा राम्रो गरेको देखिन्छ,’ उहाँले भन्नुभयो।

    एसियन इन्स्च्यिुट अफ टेक्नोलोजी, स्कुल अफ इन्भारोमेन्ट, रिसोर्स एन्ड डभलपमेन्टका प्राडा सोभाकर ढकालले कोभिड–१९ का कारण दिगो विकास लक्ष्यमा अझ चुनौती थपिएको बताउनुभयो। १७ वटा गोलमध्ये धेरैजसो लक्ष्य पूरा भएको उहाँले बताउनुभयो। एनका अनुसार  अनलाइन व्यापार, इ–बैंकिङ क्षेत्रमा अवसर बढ्दै गएको छ।

    अर्थतन्त्रको पुनरुत्थानका लागि तत्कालीन र दीर्घकालीन गरी छुट्टाछुट्टै प्याकेज आवश्यक हुने उहाँले बतानुभयो।

    कार्यक्रममा पूर्वराजदूत भीम उदास,  महिला तथा बालबालिका मन्त्रालयका सचिव यमकुमारी खतिवडा,

    एकनाथ खतिवडा लगायतले कोभिड–१९ बाट संकटमा परेको अर्थतन्त्रलाई उकास्न सरकारले ठोस कदम अगाडि चाल्नुपर्नेमा जोड दिनुभयो। लकडाउनका कारण उद्योग, व्यापार क्षेत्र प्रभावित बनेकामा अब डिजिटल व्यापारमा आशा पलाएको उहाँहरूको भनाइ छ।

    यो सत्रको सहजीकरण अर्थशास्त्री विश्व पौडलले गर्नुभएको थियो।

    Posted in अर्थ, ताजा अपडेटLeave a Comment on अर्थतन्त्रलाई उकास्न ठोस कदमको आवश्यकता

    गुणस्तरीय स्वास्थ्य सेवाका लागि सहकार्य आबश्यकः पूर्व मन्त्री यादव

  • २४ आश्विन २०७७, शनिबार १३:१६ मा प्रकाशित
  • काठमाडौं | गैरआवासीय नेपाली संघ (एनआरएनए) ले आयोजना गरेको दोस्रो विश्व ज्ञान सम्मेलनका अवसरमा आयोजित बोल्दै पूर्व स्वास्थ्य तथा कानुन मन्त्री उपेन्द्र यादवले राज्यले जनतालाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्नका लागि केन्द्र, प्रदेश, स्थानीय सरकारको समन्वयकारी भूमिका बनाउनुका साथै एनआरएनए लगायत विभिन्न अन्तराष्ट्रिय निकायसँग सहकार्य आबश्यक रहेको बताउनु भयो ।

    ‘पब्लिक हेल्थ एण्ड पेन्डामिक मिटिगेसन’ विषयक कार्यक्रममा बोल्दै उहाँले महामारीको मौकामा स्वास्थ्य क्षेत्रमा गुणस्तरहीन सामग्री खरिद गरी भ्रष्टाचार गर्ने प्रवृति बढेकाले एनआरएनए लगायत अन्तराष्ट्रिय निकायहरुसँग सहकार्य गरे गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह गर्न सकिने बताउनु भएको हो ।

    स्वास्थ्य मानिसको आधारभूत अधिकार भएको तर नेपाल जस्ता विकशील मुलुकहरुमा आधारभूत अधिकारबाट नै नागरिकहरु बञ्ति बन्नुपर्ने बाध्यता रहेको उहाँले उल्लेख गर्नुभयो ।

    ‘सबै नागरिकका लागि प्राथमिक स्वास्थ्य सुविधा निः शुल्क भन्ने छ तर सरकारी अस्पताल जाँदा औषधी छैन । निजीमा महंगो शुल्क तिरेर उपचार गर्न बाध्य बन्नुपर्ने अबस्था छ,’ कार्यक्रममा बोल्दै पूर्वमन्त्री यादवले भन्नुभयो ।

    कोरोना महामारीको समयमा पनि आर्थिक रुपले असक्षम नागरिकहरु खासगरी विपन्न तथा दलित समुदायहरु आबश्यक स्वास्थ्य सुविधाबाट बञ्चित बन्न बाध्य रहेको उल्लेख गर्दै कोरोनाका कारण यही वर्गका व्यक्तिहरुले ज्यान गुमाउनु परेको प्रष्ट पार्नुभयो । कोरोना महामारीले जटिल रुप लिँदै गएकाले अबस्था नेपालको सामथ्र्यभन्दा बाहिर जाने हो की भन्ने आशंका उहाले व्यक्त गर्नुभयो ।

    ‘एकातिर खुल्ला सीमाना, चेतनाको अभाव, र विभिन्न कारणले नेपालमा तीव्र गतिमा कोरोना फैलिएको छ,’ उहाँले भन्नुभयो, ‘यसबाट बचाउन कुनै लापरबाही नगरी राज्य लाग्नुपर्ने देखिएको छ ।’

    महामारीकै समयमा स्वास्थ्य क्षेत्रमा भइरहेका भ्रष्टाचार रोकेर स्वास्थ्य सेवालाई चुस्त बनाउन उहाँले जोड दिनुभयो ।

    कार्यक्रममा बोल्दै ओमानका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकालले स्वास्थ्यसँगै रोजगारी क्षेत्रमा पनि कोरोना महामारीका कारण निकै ठूलो असर परेको बताउनु भयो ।

    ‘खाडी क्षेत्रसहित समग्र विश्वको श्रम बजारमा कोरोनाको प्रभाव रहेको छ । खाडीमा मात्रै १० प्रतिशतले रोजगारी गुमाउने अनुमान छ,’ उहाँले भन्नु भयो ।

    कोरोना महामारीका कारण महिला, घरेलु कामदार तथा दैनिक ज्यालादारीमा काम गर्ने, अस्थायी मजदूरहरु बढी मारमा परेको बताउँदै उहाँले पछिल्लो समय गन्तव्य मुलुकहरुले विदेशी कामदार प्रतिस्थापन गर्ने रणनीति अघि सारेकाले नेपाली श्रमिकहरु प्रभावित बन्ने जानकारी दिनुभयो ।

    ‘सम्पूर्ण खाडी मुलुकहरुले आफ्ना नागरिकहरुलाई रोजगारीको प्रत्याभूति गर्ने रणनीतिहरु लागू गरेका छन् । ओमानले पनि २०१९ बाट ८० प्रकारका काममा विदेशी कामदारहरु नलिने घोषणा गरेको छ । थियो भने २०२१ बाट सरकारी कामदार नराख्ने नीति लिएको छ,’ राजदूत ढकालले भन्नु भयो ।

    म्हमहामारीको समयमा नेपालले पनि अन्य राष्ट्रहरुले लिएको रणनीतिअनुसार सहकार्य गरेर अगाडी बढ्न आबश्यक रहेको उहाँले सुझाव दिनुभयो ।

    स्वास्थ्य विभागका निर्देशक डा दिपेन्द्र रमण सिंहले नेपालमा कोरोना संक्रमणले जटिल रुप लिँदै गएको उल्लेख गर्नुभयो । ५० प्रतिशत संक्रमित काठमाडौं उपत्यकामा रहेको उहाँले जानकारी दिनुभयो । त्यस्तै पछिल्लो समय संक्रमितहरु मध्ये ७० प्रतिशत पुरुष तथा ३० प्रतिशत महिला रहेको उहाँले जानकारी दिनुभयो ।

    ‘संक्रमित मध्ये अहिलेसम्म एक्याक्टिभ केस २७ प्रतिशत छन् ७३ प्रतिशत निको भइसकेका छन्, उहाँले भन्नुभयो,’ ‘अहिलेको अबस्था बारे हामी थप अध्ययन गरिरहेका छौँ ।’

    कोरोनासँग जुध्न निकै चुनौतीपूर्ण अबस्था रहेकाले सहयोगका लागि उहाँले एनआरएनएलाई समेत आग्रह गर्नुभयो ।

    विदेशमा कोरोना नियन्त्रणका अनुभव तथा प्रविधिहरु नेपालमा कार्यरत स्वास्थ्यकर्मीहरुसँग साटेर विदेशमा रहेका स्वास्थ्यकर्मीहरुले सहयोग गर्न आबश्यक रहेको उहाँले उल्लेख गर्नुभयो ।

    एनआरएनए अन्तर्गत स्वास्थ्य समितिका अध्यक्ष डा. संजिव सापकोटाले विश्वमा महामारीका रुपमा फैलिएको कोभिड १९ सँगसँगै हामी यात्रा गरिरहेको उल्लेख गर्नुभयो ।

    कोरोनाका कारण हामीले थुप्रै नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई गुमाइसकेको बताउँदै ठूलो संख्यामा संक्रमित निको हुनु भएको जानकारी दिनुभयो । महामारीसँग जुध्न अझ धेरै संघर्ष आबश्य रहेकाले सबैजना हातेमालो गरेर अगाडी बढ्ने प्रतिवद्धता उहाँले व्यक्त गर्नुभयो ।

    कार्यक्रममा डा. भगवान कोइरालाले महामारीसँग जुध्न स्वास्थ्यकर्मीहरुको निकै महत्वपूर्ण भूमिका रहेको बताउनु भयो । तर स्वास्थ्यकर्मीहरुको सुरक्षा अबस्था चाहिँ निकै दयनीयपूर्ण रहेको उहाँको भनाई थियो ।

    समितिका अध्यक्ष डा. संजिव सापकोटाको संयोजनमा स्रिया गजुरेलले सञ्चालन गरेको उक्त कार्यक्रममा कार्यक्रममा सांसद रिना गुरुङले पनि आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो । त्यस्तै प्रोफेसर डा. पदम सिम्खडा, भोमा लिम्बु एनआरएनए महिला संयोजक, डा. इसान अधिकारी, डा. निस्हिता पाठक, डा. दिपेन्द्र पराजुली, रवि नायक नेश्नल ल स्कुल अफ इन्डिया युनिभर्सिटी, लगायतले आफ्नो धारणा व्यक्त गर्नुभएको थियो ।

    सोही कार्यक्रमको दोस्रो सेसनमा  समेत मोहनकुमार शर्मा त्रिभुवन युनिर्भसिटी एण्ड सेन्टर रिसर्च अन एजुकेशन हेल्थ एण्ड सोसल साइन्स, कृष्णप्रसाद पाठक कोटेश्वर बहुमुखी क्याम्पस, डा. पुष्पराज भट्टराई, जानकी पौडेल एनआरएनए, भोमा लिंबु महिला संयोजक एनआरएनए लगायतले धारणा व्यक्त गर्नु भएको थियो ।

    Posted in अर्थ, ताजा अपडेट, बिज्ञान/प्रविधिLeave a Comment on गुणस्तरीय स्वास्थ्य सेवाका लागि सहकार्य आबश्यकः पूर्व मन्त्री यादव

    कोभिडले कृषि क्षेत्र धराशायी

  • २४ आश्विन २०७७, शनिबार ०९:३५ मा प्रकाशित
  • काठमाडौं । कोरोना भाइरस (कोभिड १९) ले कृषि क्षेत्र धराशायी भएको छ । कोभिडले डेरी, तरकारी र पोल्ट्री क्षेत्रमा पूर्णरुपमा असर गरेको छ ।

    गैरआवासीय नेपाली संघले आयोजना गरेको दोस्रो विश्वज्ञान सम्मेलनको अवसरमा कृषि तथा खाद्य सुरक्षाले उच्च प्राथमिकता पाएको छ । सम्मेलनमा कृषिसँग सम्बन्धीत आधा दर्जन भन्दा बढी कार्यपत्र प्र्रस्तुत भए ।

    नेपाल कृषिप्रधान देश भएपनि कृषिमा आत्मर्निभर हुन सकेको छैन् । उत्पादन घट्दै जाँदा कृषिक्षेत्रमै परनिर्भरता बढ्दै गएको छ । ६७ प्रतिशत कृषिमा आश्रित जनसंख्या भएपनि कृषिको व्यवसायिक उत्पादन हुन नसक्दा कुल ग्राहस्थ उत्पादनमा यसको यसको योगदान बढ्न सकेको छैन् । नेपालले वर्षेनी २ खर्ब भन्दा बढीको कृषिजन्य वस्तु आयात गर्दै आएको छ ।

    डा. जगदिस तिमिल्सनाले कृषि क्षेत्रको उत्थानका लागि विशेष योजना ल्याउन आवश्यक भएको बताउनुभयो । कृषि सँग सम्बन्धीत दर्जनौं कार्यपत्र प्रस्तुत भएका थिए ।

    राष्ट्रिय योजना आयोगको पूर्व सदस्य विमला राई पौडेलले कोभिडले कृषि र खाद्य क्षेत्रमा असर पारेको बताउनुभयो । कृषिमा प्रशस्त संभावना भएपनि उत्पादनमा जान नसकिएको उहाँको भनाइ छ । नेपालमा धेरै संभावना भएपनि धेरै आयात गर्नुपरेको अवस्था छ । कोभिडले समग्र अर्थतन्त्रमा असर पारीरहेको अवस्थामा कृषि क्षेत्रमा पनि समस्या सिर्जना गरेको उहाँको भनाइ छ । ‘कोभिड १९ ले भोकमरीको अवस्था आउन सक्ने देखिएको छ’ उनले भनिन् । समयमा ढुवानी गर्न नसक्दा खाद्यन्न तथा खाद्य वस्तुमा कोभिडले असर गरेको उहाँले बताउनुभयो ।

    ‘डेरी, तरकारी र पोल्ट्री व्यवसाय कोभिडले धराशायी बनाएको छ’ उहाँले बताउनुभयो । मलको समस्या समाधान गर्न सरकारले नसकेको उहाँको भनाइ छ । प्रोडक्सन हाइ, कृषि पूर्वाधार तथा प्रविधि नभएका कारण कृषि आत्मनिर्भर हुन सकेको छैन । किसानको प्रवद्र्धन हुन नसक्दा चिन्तित भइरहेका छन् । ‘रोडम्याप बनाएर निर्यातमा भन्दा आयात प्रतिष्ठापन गर्न सके ठूलो उपलब्धी हुन्छ’उहाँले भन्नुभयो । सरकारले कृषिको आकर्षक प्याकेज ल्याए एकडेढ वर्षमै फड्को मार्न सकिने उहाँको भनाइ छ ।

    कृषिमा आत्मनिर्भर हुन विदेशी लगानी आकर्षक गर्नुपर्ने उहाँको भनाइ छ । प्रविधि प्रयोग गरी कृषिको लागत घटाउन सके कृषिमा आकर्षण बढ्ने निश्चित छ । कृषि पूर्वाधार बनाएर व्यापारघाटा कम गराउन सकिने उहाँले बताउनुयो ।  

    धान विशेषज्ञ भोलामान सिंह बस्नेतले चैते धान र बर्खे धान उत्पादन बढाउनुपर्नेमा जोड दिए । उत्पादन बढाउन सके मात्रै धानमा आत्मनिर्भर हुन सकिने उहाँको भनाइ छ ।

    कृषि तथा पशुपन्क्षी विकास मन्त्रालयका सहसचिव हरिबहादुर केसीले खाद्य र पोषण सुरक्षामा जोड दिनुपर्ने बतानुभयो । खाद्य सुरक्षा नीति र पोषणा सुरक्षा र स्वच्छतामा ध्यान दिनुपर्ने उनको भनाइ छ । कृषि विकास रणनीतिले समेत खाद्य सुरक्षामा प्राथिमकता दिएको छ । प्रत्येक नागरिकले खान पाउने गरी अधिकार सुरक्षित गरेको छ ।

    नेपाल कृषि अनुसन्धान परिषद्को सदस्य यमुना घलेले धेरै खाद्य वस्तु संस्कृति र पहिचानसँग जोडिएको बताउनुभयो । खानेकुराको स्वाद, बनाउने शैली र समयले पनि खाद्यवसस्तुको उपयोगिता बढ्ने उनको भनाइ छ । ‘ खाना र पहिचान जोडिएर आउँछ’ उहाँले भन्नुभयो ‘बच्चा जन्मेदेखि मृत्युसंस्कारसँग खानाको महत्व छ ’

    रबर विज्ञ तिलक भण्डारीले नेपालमा रबरको व्यवसायिक  खेतीको संभावनाका प्रशस्त रहेको बताउनुभयो । वर्षेनी ११ अर्बको रबर आयात भइरहेको भन्दै स्वदेशमै रबर उत्पादन गर्न सरकारले ध्यान दिन नसकेको बताउनुभयो । रबरबाट ५० हजार वस्तु उत्पादन गर्न सकिन्छ ।  

    रबर धानपछि दोस्रो बाली हो । २ प्रतिशत मात्रै स्वदेशी रबरले धानेको । ९८ प्रतिशत बाहिरबाट आउँछ । ११ अर्बको रबर आयात भएको छ । नेपालमा रबरको खेतीबाट रोजगार दिन सकिने उहाँले बताउनुभयो ।

    कोरोना कहर: माछा, मासु र दूधमा आत्मनिर्भर हुन कठिन

    काठमाडौं । कोरोना भाइरस (कोभिड १९) ले माछा, मासु र दूधमा आत्मनिर्भर हुन कठिन देखिएको छ । सरकारले केही वर्षभित्रै ती दूध, माछा र मासुमा आत्मनिर्भर हुने लक्ष्य लिएपनि तत्काल पूरा हुने नदेखिएको हो ।

    गैरआवासीय नेपाली संघले आयोजना गरेको दोस्रो विश्व ज्ञान सम्मेलनको क्रममा ‘कोरोनापछि पशुपालनको इसु र समाधान’ कार्यपत्र प्रस्तुत गर्दै पशुसेवा विभागका निर्देशक बंशी शर्माले माछा, मासु, दूध र अण्डामा आत्मनिर्भर नजिक देखिएपनि कोभिडले असर पु¥याएको बताउनुभयो ।

    कुल ग्राहस्थ उत्पादनमा पशुपालन क्षेत्रको योगदान १३ प्रतिशत छ । कृषि क्षेत्रमै पशुपन्क्षीको योगदान ३० प्रतिशत छ । ६० प्रतिशत कृषक पशुपालन क्षेत्रमा संलग्न छन् ।

    निर्देशक शर्माले पशुपालन क्षेत्र ग्रामीण अर्थतन्त्रको मेरुदण्ड भएकाले सरकारले पशुपालन क्षेत्रलाई प्राथमिकता दिदैँ आएको बताउनुभयो । व्यवसायिक पशुपालन गर्न सक्दा गरिबी निवारण र रोजारी सिर्जनामा यसले महत्वपूर्ण योगदान पु-याउँछ ।’ उहाँले भन्नुभयो । कोरोना भाइरस(कोभिड १९)ले दूधमा पूर्णरुपमा असर पुगेको छ । माछा खाने संस्कृति पनि कम भएको छ ।

    निर्देशक शर्माले पशुमा लाग्ने रोग खेरेट, पिपिआर लगायत निर्मुल पर्न सरकार लागिपरेको बताउनुभयो । व्यवसायिक पशुपालनको विकासका लागि केन्द्र, प्रदेश र स्थानीय तहको समन्वयमा काम गर्न सके पशुपालन क्षेत्रले अर्थतन्त्रमा ठूलो योगदान दिने बताइएको छ ।

    निर्देशक शर्माले गरिबीका कारण माछा, मासु र दूधको उपयोग बढ्न नसकेको बताए । पछिल्लो समयमा कोभिडले मासुको उपयोग झन् घटाएको र दूधको बिक्री हुन नसक्दा पाउडर बनाउनुपर्ने अवस्था आएको बताउनुभयो । सरकारले उत्पादन बढाउन पशुचौपायको कृत्रिम गर्भाधान समेत गराउँदै आएको छ ।

    कृषि उत्पादन अन्तर्राष्ट्रिय बजारसम्म पु-याइने

    काठमाडौं । नेपाली कृषि उत्पादन विश्वबजारसम्म पु-याइने भएको छ । नेपालको अर्गानिक उत्पादनको विश्व बजारमा माग बढ्दै गएकाले उत्पादन विश्वबजारसम्म पु-याउने तयारी भएको हो ।

    गैरआवासीय नेपाली संघले आयोजना गरेको दोस्रो विश्वज्ञान सम्मेलनका क्रममा ‘कृषि उत्पादन र बजारीकरण’ प्यानल छलफलका क्रममा बोल्ने वक्ताहरुले कृषि उत्पादन बढाएर अन्तर्राष्ट्रिय बजारसम्म पु-याउन सरोकारवाला निकायले ध्यान दिनुपर्ने वक्ताहरुले बताए । केमिकल, विषादी तथा एन्टिबायोटिकको प्रयोग बढीरहेकोमा चिन्ता व्यक्त गर्र्दै अर्गानिक खेतीमा ध्यान दिन सके स्वदेश तथा विश्वबजारमै बिक्रीको समस्या नहुने वक्ताहरुले उद्घोष गरेका छन् ।

    उद्योगी पवन गोल्यानले कृषि क्षेत्रमा पछिल्लो समयमा प्राथमिकता दिएको बताउनुभयो । दुई तिहाइ किसान कृषिमै रहेकाले देशको लागि केही गर्न कृषि क्षेत्रमा जोडिएको उहाँको भनाइ छ । ‘गाउँगाउँमा गएर अर्गानिक खेति पनि सिकाँदै छौं’उहाँले भन्नुभयो,‘ बिषाधी खाद्यवस्तु खाएर धेरै बिरामी परेको अवस्था छ।’ गोल्यानले २५ वटा गाउँमा अर्गानिक जैविक मल र जैविक खेती गरी बिक्री गर्न नसक्ने किसानको वस्तु आफै किनिदिने गरेको बताउनुभयो ।

    बजारीकरण महत्वपूर्ण विषय भएको भन्दै उहाँले नेपाल र विदेशमा बजारीकरण गर्न ध्यान दिनुपर्ने बताउनुभयो । । एग्रो प्रोसेसिङ इन्डस्ट्रीमा हात हालेर सरकार तथा नीजि क्षेत्रले बजारीकारणमा काम गर्नुपर्ने उनले बताउनुभयो । तालिम दिएर नेपाली श्रमिकलाई दक्ष बनाउनुपर्ने र विदेशी श्रमिक विस्थापित गर्दै जानुपर्ने उहाँको भनाइ छ ।

    सरकारले रिटर्नी माइग्रेनलाई १० लाखसम्मको सहुलियत कर्जा बिना धितो ५ प्रतिशत ब्याजमा दिने व्यवस्था गरेको छ । एनएमबी बैंकका अध्यक्ष समेत रहेका गोल्याणले सहुलियत कर्जामा उच्च प्राथमिकता दिएर विदेशबाट फर्केकालाई उद्यमी बनाउन लागिपरेको बताउनुभयो ।

    निम्बस ग्रुपका एक्जुकेटिभ डाइरेक्टर दिनेश गौतमले कृषिजन्य वस्तुको निर्यातमा प्राथमिकता दिइरहेको बताउनुभयो । किसानसँग प्रत्यक्षरुपमा जोडिएर फार्मिङ सञ्चालन गरी कृषिमा प्रत्यक्ष काम गरिरहेको उहाँले बताए ।

    निम्बसले अन्नमन्डी कन्सेप्ट ल्याएका छ । खाद्यबाली धान, गहुँ र मकैको जीडिपीमा ठूलो योगदान दिएकाले यसको उत्पादन बढाउन सबै जागरुक हुनुपर्ने उनले सुनाए । किसानलाई बजार, बिक्री, कर्जा, ढुवानी, भण्डारण र बिमामा सहयोग गर्न सके कृषि उत्पादन बढ्ने र बजारीकरण हुन थप सघाउ पुग्ने उनको भनाइ छ ।

    कन्चनजंगा टिस्टेटका डाइरेक्टर शान्ता कोरोइराला बास्कोटाले साना किसानलाई प्रोडक्सनमा जोड्न ध्यान दिएको बताउनुभयो । उहाँले अर्गानिक उत्पादनको विश्वबजारमा माग बढ्दै गएको बताउनुभयो । कञ्चनजंगा टिस्टेले सन् २००२ देखि नै अर्गानिक उत्पादन गर्र्द आएको छ । ‘हामी विभिन्न देशको स्टान्र्डड मापन गरी उत्पादन गर्ने गरेकाले बिक्री समस्या छैन् ।’ उहाँको  क्वालिटी स्ट्यान्ड हुने भएकाले डिमान्ड बढी भएको उनको अनुभव छ  ।

    नेपाली उत्पादन अन्र्तर्राष्ट्रिय बजारमा पु-याउन सरकारले निर्यातमा सहजीकरण गर्नुपर्छ । विदेशमा पु-याउन ल्यावटोरी जिटुजी हुन सके सहज हुने उहाँले सुनाइन् । ‘क्षेत्रगत अनुसार सर्टिफिकेसन देश टु देश अनुसार गर्नुपर्छ ।’ उनले भनिन् । मास प्रोडक्सनका लागि फन्डिङ आवश्यक पर्ने भएकाले सरकारले त्यसतर्फ ध्यान दिनुपर्ने उहाँको भनाइ छ ।

    मास प्रोडक्सनमा जान कोरोना भाइरस(कोभिड १९) बाट रोजगारी गुमाएर विदेशबाट फर्केकालाई समेट्नुपर्ने उहाँले बताउनुभयो । ‘छुट्टै योजना ल्याएर उनीहरुलाई उद्योग र कृषिमा प्राथमिकता दिनुपर्छ’ उहाँ भन्नुभयो ‘ मार्केटिङको लिंकअप गर्न सके किसानले बजारको समस्या भोग्नुपर्दैन।’

    खाद्य प्राविधिक सक्झना दाहालले फुड सेफ्टी एण्ड क्वालिटी हुन सके बजारको समस्या नहुने बताउनुहुन्छ । ‘यसो भए एक्सपोर्ट मार्केटमा जान सक्छ’उनले भनिन्,‘तर बिक्री वितरणमा सहज बनाउन आइएसओलगायत सर्टिफिकेट लिनुपर्छ ।’ फुड क्वालिटी र सिस्ष्टममा उत्पादन गर्न ध्यान दिनुपर्ने उनले बताउनुभयो ।

    Posted in अर्थ, ताजा अपडेट, समाजLeave a Comment on कोभिडले कृषि क्षेत्र धराशायी

    व्यवस्थित पूर्वाधार निर्माण गर्न गैरआवासीय नेपाली संघको आग्रह

  • २४ आश्विन २०७७, शनिबार ०९:२३ मा प्रकाशित
  • काठमाडौं । योजना बनाएर पूर्वाधार निर्माणमा ध्यान दिनुपर्ने शुक्रबार एक कार्यक्रममा आयोजित कार्यक्रममा बोल्ने वक्ताहरुले बताएका छन् ।

    गैरआवासीय नेपाली संघले आयोजना गरेको दोस्रो ज्ञान सम्मेलनको अवसरमा ‘भौतिक पूर्वाधार निर्माण’ विषयक छलफल कार्यक्रममा बोल्ने वक्ताहरुले व्यवस्थितरुपमा निर्माणमा जोड दिनुपर्ने बताए ।व्यवस्थित पूर्वाधार निर्माण अहिलेको आवश्यकता भएको भन्दै कार्यक्रममा बोल्ने वक्ताहरुले सरकारले योजना बनाएर शहरीकरण गर्न सके भविष्यमा समस्या नआउने बताए ।

    नेपालमा पूर्वाधारमा लगानी विषयक कार्यपत्र प्रस्तुत गर्दै नेपाल पूर्वाधार बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल ज्ञवालीले पूर्वाधार क्षेत्रमा लगानी गर्न आतुर रहेको बताउनुभयो । ६० प्रतिशत सरकारको लगानी  ३० प्रतिशत निजी क्षेत्रले पूर्वाधार क्षेत्रमा लगानी गर्दै आएका छन् ।  यातयाता, उर्जा, कृषि, पर्यटन, विशेष आर्थिक क्षेत्र(सेज), शहरी पूर्वाधार लगायत क्षेत्रमा अवसर लगानीको अवसर रहेको उहाँले बताउनुभयो ।

    हाइड्रो, टुरिजम  होटल र सीमेन्ट उद्योगमा पूर्वाधार निर्माण क्रम बढेको उनले बताए । पब्लिक प्राइभेट पाटनरसीपमा पूर्वाधार लगानी पर्याप्त मात्रामा हुन नसकेको उहाँको भनाइ छ ।कार्यपत्र प्रस्तुत गर्दै पिई सतिस त्रिपाठीले आर्थिक विकास सुस्त भएको बताउनुभयो । ६ प्रतिशतदेअि ८ प्रतिशतसम्मको जिडीपी ग्रोथले आर्थिक विकासमा जाँदा पनि विकास सुस्त भएको उहाँको भनाइ छ ।अरु देशले सुरु गरेको पूर्वाधारको तुलनामा नेपाल निकै पछि रहेको उहाँको भनाइ छ । ‘सडकको ट्रयाक खोल्नमै छौ, उहाँले भन्नुभयो, हामी डेपलपमेन्टमा छैनौ’  अब लगानी गर्ने पूर्वाधारले देशको विकास कहाँ पुग्छ भन्ने भन्न सकिने उहाँको भनाइ छ । योजनाबद्ध ढंगले अघि बढ्न नसक्दा पूर्वाधार विकास हुन नसकेको उहाँको भनाइ छ ।

    संघीयता सुरु भएको समयमा पूर्वाधार निर्माणको चरण भएको उहाँको भनाइ छ ।५ वर्षमै पूर्वाधार बिग्रनेखालको बनाउन हुँदैन । पूर्वाधारका लागि लगानी गर्दैछौं । १९७० को मोडेलमा रहने होइन । दिर्घकालिन योजना बोकेर जानुपर्छ ।थोरै काममा काम गर्दा पूर्वाधार निर्माण भएन, अब त स्थानीय तहले योजना बनाएर काम गर्न सक्छन्’ उहाँले भन्नुभयो ।

    प्रोफेसर डां संगिता सिंहले भूकम्पपछि पुर्ननिर्माणको काम अघि बढ्न नसकेको बताउनुभयो । योजना बनाएर शहर निर्माण गर्नुपर्ने उहाँको भनाइ छ । पूर्वाधार निर्माणमा योजना बनाएर अघि बढ्न सके पछि समस्या नआउने र व्यवस्थित शहर बन्ने उहाँको भनाइ छ । धुर्मुस सुन्तली फाउन्डेसनले बस्ती निर्माण गरेजस्तै सरकारले पनि त्यसरी योजना बनाएर अघि बढ्न आवश्यक भएको उहाँको भनाइ छ ।

    सिभिल ईञ्जिनियर केशवराज ज्ञवालीले भवन बनाउँदा पूर्वाधार निर्माणमा ध्यान दिन आवश्यक भएको बताउनुभयो । विकसित शहर बनाउन पहिला नै योजना बनाउनुपर्छ’उहाँले भन्नुभयो । नेपालको शहरी क्षेत्र पूर्णरुपमा व्यवस्थित हुन नसकेको भन्दै अब निर्माण गर्दा व्यवस्थित गर्न सकिने बताउनुभयो ।

    कार्यपत्र प्रस्तुत गर्दै रतन झाले पूर्वाधार निर्माणमा सरकारले विशेष प्राथमिकता दिनुपर्ने बताउनुहुन्छ । विदेशी लगानी आउन नसक्नुको कारण खोज्नुपर्ने उहाँको भनाइ छ । आर्जन गरेको सीप र ज्ञान ट्रान्सफर गर्न मेकानिजम बनाउन आवश्यक भएको उहाँको भनाइ थियो ।

    ईञ्जिनियर दिपक बाबु कडेलले गैरआवासीय संघले बस्ती सार्न खोज्दा नसकिएको बताउनुभयो । नेपालमा रेल आवश्यकताभएपनि जीवन जिउने आवश्यकता भएको बताउनुभयो । ‘जसरी हुन्छ, आर्थिक विकास गर्नैपर्छ’उहाँले भन्नुभयो,‘त्यसका लागि विदेशी लगानी बढाउनै पर्छ । स्मार्ट सिटी बनाउन ध्यान दिनुपर्ने उहाँले बताउनुभयो ।

    अरुणदेव पन्तले विल्डिङ इन्फास्टक्चरमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङले कोभिड १९ ले उत्पन्न गरेको विशम परिस्थितिमा पनि गैरआवासीयले महत्वपूर्ण काम गरेको बताउनुभयो । भौतिकरुपमा टाढा रहेपनि संमृद्ध नेपाल, सुखी नेपालीको नारा सार्थक गर्न विश्वकै जुनसुकै देशमा बस्ने नेपालीको भूमिका महत्वपूर्ण हुने बताउनुभयो ।सन् २०३० सम्म दिगो विकास लक्ष्य हासिल गरी विकासशील बनाउन पूर्वाधारले महत्वपूर्ण योगदान दिने बताउनुभयो । स्थायी सरकार बनेसँगै देश निर्माणको क्रममा अघि बढेको बताउनुभयो । नीतिगत रुपमा सहज गर्दै विदेशी लगानी आकर्षित गर्दै पूर्वाधार निर्माणमा अघि बढेको उहाँको भनाइ छ । रेल, बाटो, सुरुङमार्ग निर्माणमा अघि बढेको बताउनुभयो ।मन्त्री नेम्वाङले शहरी विकासमा सरकार लागिपरेको बताउनुभयो । ‘नयाँ संरचना निर्माण गर्दा त्यसतर्फ ध्यान दिएका छौं’उहाँले भन्नुभयो । मेघा शहर निर्माण गर्दा व्यवस्थित गरेर जाने बताउनुभयो । सुरक्षित नागरिक आवाज, जनता आवास, पुर्ननिर्माण क्षेत्रमा सरकारले ध्यान दिएको बताउनुभयो ।नेपालमा कस्तो प्रकारको बिल्डिङ बनाउने भन्ने विषयमा योजना बनाएका छौं’उहाँले भन्नुभयो । विगतदेखि २७ वटा नयाँ शहर र १५ वटा स्मार्ट शहर बनाउन लागिएको बताउनुभयो । हिमाली भेगमा पनि हावापानी सुहाउँदो शहर बनाउने गरी ५ वटा ठाउँमा व्यवस्थित गरी अघि बढेको उहाँको भनाइ छ । एक शहर एक पहिचानको रुपमा अघि बढेको उहाँले बताउनुभयो ।

    भारतको सिमाना जोडिएका ३० वटा नगरलाई व्यवस्थित शहर बनाउन लागिएको र १ सय ५८ वटा नयाँ शहरमा राम्रो नगर बनाउन लागिएको उहाँको भनाइ छ ।दुई सय ९३ नगरलाई व्यवस्थित बहर बनाउन सरकार लागिपरेको उहाँले बताउनुभयो । पूर्वाधार निर्माणमा देश अघि बढेको भन्दै आवश्यकता अनुसार नीतिगत व्यवस्था गर्न लागेको उहाँले बताउनुभयो ।साना सडक व्यवस्थित गर्ने, पूर्व पश्चित रेल मार्ग निर्माण तथा सुरुङमार्ग निर्माणमा सरकारको प्राथमिकता गएको उहाँको भनाइ छ । उपत्यकाभित्र व्यवस्थित शहर निर्माण गर्न लागिएको र गैरआवासीय संघको समन्वयमा लगानी भित्राएर अघि बढ्ने बताउनुभयो ।

    गैरआवासीय नेपाली संघका सचिव आरके शर्माले सरकार र निर्माण व्यवसायीबीच सुमधुर सम्बन्ध हुन नसकेको बताउनुभयो । देशको विकासका लागि दुवै पक्ष एक भएर जानुपर्ने बताउनुभयो । पूर्वाधार निर्माणका लागि एनआरएनले सघाउने उहाँले बताउनुभयो । ‘गुणस्तर निर्माण गर्न हामी चुकेका छौं’उहाँले भन्नुभयो । प्रविधि प्रयोग र नेपालमा प्रविधि हस्तान्तरण गर्न सरकारले ध्यान दिन जरुरी भएको उहाँको भनाइ छ ।

    Posted in अर्थ, बिज्ञान/प्रविधिLeave a Comment on व्यवस्थित पूर्वाधार निर्माण गर्न गैरआवासीय नेपाली संघको आग्रह

    मेलम्ची नगरपालिका वडा नम्बर १२ का वडा अध्यक्ष राम बहादुर लामा को संयोजकत्वमा वडा न. ११ स्थित मेलम्ची बजारमा आज बजार अनुगमन

  • २० आश्विन २०७७, मंगलवार २०:४७ मा प्रकाशित
  • मेलम्ची नगरपालिका वडा नम्बर १२ का वडा अध्यक्ष राम बहादुर लामा को संयोजकत्वमा वडा न. ११ स्थित मेलम्ची बजारमा आज बजार अनुगमन गरिएको छ । चाडपर्व नजिकिदै गर्दा अरु समय मा भन्दा खरिद बिक्रि बढी हुने हुनाले बजार मा उपभोक्ता ठगिने क्रम म्याद नाघे का सामान बेच्ने र अन्य ठगी जस्ता गति विधि हुने भएका ले अनुगमन लाई निरन्तर्ता दिएको मेलम्ची नगर पालिका वडा नम्बर १२ का वडा अध्यक्ष एबम बजार अनुगमन समितिका सम्योजक राम बाहादुर लामा ले जानकारी दिनु भयो ।

    अनुगमन मा विभिन्न खाद्यान्न पसल र मासु पसल हरु अनुगमन गरिएको हो । अनुगमनमा केही खाद्यान्न पसल हरुमा म्याद नाघेका पिए पदार्थ कुर्मुरे चाउचाउ बिस्कुट लगाएत अन्य म्याद नाघेका सामान हरु भेटिएको छ । ति साामानहरुलाई पसलबाट हटाइ नस्ट गरिएको छ । साथै अनुगमन को क्रम मा केही पसल हरु दर्ता न गरिएको नबिकरण न गरिएको पनि भेटिएको छ । ति पसललाई दर्ता गर्ने र नबिकरण न गरिएका पसल हरु लाई एकपटकको लागि कर न तिरेका लाई तिर्न र नबिकरण गर्न सम्झाई बुझाई गरेर छाडिएको नगर पालिका का राजस्व शाखा का प्रमुख राजेन्द्र दुलाल ले जानकारी दिनु भयो ।अनुगमनको क्रममा मेलम्ची बजार मा रहेका विभिन्न खाद्यान्न तथा मासु पसल मा मूल्य शुचि समेत राखिएको छ ।

    अनुगमनमा मेलम्ची नगरपालिका वडा नम्बर १२ का वडा अध्यक्ष राम बाहादुर लामा मेलम्ची नगरपालिका वडा नम्बर ११ का वडा अध्यक्ष रुद्र प्रशाद दुलाल , मेलम्ची नगर पालिका का राजस्व शाखा का प्रमुख राजेन्द्र दुलाल ,बजार ब्यबस्थापन समिती का अध्यक्ष टेकलाल श्रेष्ठ बजार ब्यबस्थापन समिती का सदस्य तारा चन्द्र दुलाल कृष्ण दुलाल उद्योग बाणिज्य सङ नेपाल प्रहरी , सशत्र प्रहरी पत्रकार र विभिन्न स्थानिय लगायतको को उपस्थिति रहेको थियो ।

    Posted in अर्थ, राजनीतिLeave a Comment on मेलम्ची नगरपालिका वडा नम्बर १२ का वडा अध्यक्ष राम बहादुर लामा को संयोजकत्वमा वडा न. ११ स्थित मेलम्ची बजारमा आज बजार अनुगमन

    यस्तो छ निसानले २० लाख छुट घोषणा गरेको एसयूभी

  • १५ आश्विन २०७७, बिहीबार ००:२४ मा प्रकाशित
  • काठमाडौं । दशैं स्कीम सार्वजनिक गर्ने क्रममा निसानले २० लाख नगद छुट दिने घोषणा गर्यो । कम्पनीले घोषणा गरेको स्कीममा २० लाख छुट निसान एक्स ट्रायलको लागि थियो ।
    कम्पनीले २० लाखसम्म छुट घोषणा गरेपछि यो विषय अटोमोवाइल व्यवसाय र आमग्राहकको बीचमा निकै चर्चामा आयो । कम्पनीले यसरी किन एउटै गाडीमा २० लाख छुटको घोषणा गर्यो यो सबैको चासोको विषय थियो ।
    निसानको आधिकारीक वितरक पायोनियर मोटो कर्पले आफुसँग भएको २०१८ मा बनेको एक्स ट्रायल २ वर्षदेखि स्टकमा रहेकाले उक्त गाडीको स्टक क्लेयरेन्स गर्न उक्त अफर ल्याएको जनाएको छ ।
    ‘निसान एक्स ट्रायलमा केही यूनिट पुरानो मोडल थियो । त्यसलाई सहज होस् भनेर हामीले २० लाख छुट दिएका हौं’, कम्पनीका डिजीएम ज्ञानेन्द्र चन्दले मेरोअटोसँग भने ।

    उनका अनुसार २०१८ मोडलको निसान एक्स ट्रायल अब तीन यूनिट मात्रै बाँकी रहेको छ । कम्पनीले यसको मूल्य ५ सीट क्षमताको १ करोड ३९ लाख ९९ हजार र ७ सिटरको १ करोड ४४ लाख ९९ हजार रुपैयाँ तोकेर बिक्री हुँदै आएको छ ।
    कम्पनीसँग सन् २०२० मोडलको एक्स ट्रायल पनि उपलब्ध रहेको छ । सन् २०२० मोडलमा भने ग्राहकले ९ लाख ४१ हजार रुपैयाँ छुट पाउने छन् । यसका अलावा कम्पनीले एक वर्षको बीमा, एक आर्थिक वर्षको सवारी कर दिने जनाएको छ ।
    ‘यदि ग्राहकले नगद छुट नभएर ६ महिनापछि डाउन पेमेन्ट तिर्छु भनेको खण्डमा हामीले त्यो सुविधापनि दिएका छौं । यसरी गाडी किन्ने ग्राहकले बैंक ग्यारेन्टी भने दिनु पर्ने हुन्छ । यसरी गाडी किन्दा ४ महिनाको इएमआई पनि हामीले नै तिरिदिन्छौं’, चन्दले भने ।
    तर, ग्राहकले ६ महिनापछि डाउन पेमेन्ट बुझाउने सर्तमा गाडी किन्ने हो भने नगद छुट भने पाउने छैनन् । सवारी कर र बीमा भने पाउने छन् ।
    निसान एक्स ट्रायल विशेषत नेपालमा टोयोटा र्‍याभ फोरको प्रतिस्पर्धी मोडल हो । यसको लम्बाई ४६४० एमएम रहेको छ भने चौडाई १८२० एमएम र उचाई १७१० एमएम रहेको छ । यसमा २७०५ एमएमको ह्वीलवेस दिइएको छ ।
    यसमा १९९७ सीसी क्षमताको पेट्रोल इन्जिन दिइएको छ । उक्त इन्जिनले अधिकतम १४२ पीएस पावर र २०० एनएम टर्क प्रदान गर्छ ।
    मेरोअटो.कम वाट

    Posted in अर्थLeave a Comment on यस्तो छ निसानले २० लाख छुट घोषणा गरेको एसयूभी

    बीएमडब्ल्यूले सुरु गर्यो नेपालमा बिक्री, यस्तो छ X5 हाइब्रिड मोडल

  • १२ आश्विन २०७७, सोमबार २२:२१ मा प्रकाशित
  • बीएमडब्ल्यूले सुरु गर्यो नेपालमा बिक्री, यस्तो छ X5 हाइब्रिड मोडल


    काठमाडौं । नेपाल आएको लामो समय भएको बीएमडब्ल्यूको आधिकारी सार्वजनिक हुन सकेको छैन । यद्यपी कम्पनीले शोरुमबाट गाडीको बिक्री भने सुरु गरेको छ । लक्ष्मी प्रिमियमले बीएमडब्ल्यूका कार नेपाली बजारमा ल्याएको हो ।
    लामो लकडाउनकाे समस्याका कारण यसको आधिकारीक ब्राण्ड लञ्च बिनानै कम्पनीले गाडी बिक्री सुरु गरेको हो । यसबीचमा केही यूनिट कारको बिक्री समेत गरिसकेको बुझिएको छ ।
    विश्व प्रसिद्ध कार उत्पादक बीएमडब्ल्यूका जर्मनी र अमेरिकी प्लान्टमा उत्पादन भएका कार नेपाली बजारमा आएका छन् । यस्तोमा प्रिमियम ब्राण्डका लग्जरी गाडीमा धेरैको आकर्षण रहनु स्वभाविक हो ।

    कम्पनीले अहिले ६ मोडलका कार नेपाली बजारमा बिक्री वितरण गरिरहेको भएपनि हामीले ‘बीएमडब्ल्यू एक्स५ एक्सड्राइभ ४५ई प्लगइन हाइब्रिड’को विषयमा जानकारी दिन गइरहेका छौं ।
    इन्जिन
    यसमा ३.० लिटरको बीएमडब्ल्यू ट्वीन पावर टर्बो इनलाइन ६ सिलिण्डर पेट्रोल इन्जिन रहेको छ । २९९८ सीसी क्षमताको उक्त इन्जिनले अधिकतम ५००० देखि ६००० आरपीएममा २८६ हर्सपावर प्रदान गर्छ । यसले १५०० देखि ३५०० आरपीएममा ४५० एनएम टर्क प्रदान गर्छ ।
    यसमा दिइएको इलेक्ट्रीक मोटरले ११३ हर्स पावर र २६५ एनएम टर्क प्रदान गर्छ । इन्जिन र इलेक्ट्रीक मोटरको कम्बाइन पावर ३९४ हर्सपावर र टर्क ६०० एनएम सम्म रहेको छ । यसलाई पूर्ण इलेक्ट्रीक मोडमा ७७ किलोमिटर चलाउन सकिन्छ ।

    एक्सटेरियर
    बीएमडब्ल्यूको चर्चित ग्रिल र आकर्षक डिजाइनले जो कोहीलाई मोहित बनाउँछ । यसमा एडब्टीभ एलइडी लाइट, हाइबिम एसिस्टेन्स, एलइडी फगलाइट, एलइडी रियर लाइट, आल्मुनियम रनिङ लाइट, आल्मुनियम स्टायडर्ड रुफरेल, क्राेम फिनिसिङ सहितको दुई एगजष्ट जस्ता विशेषता पाउन सकिन्छ ।
    इन्टेरियर
    निकै बोल्ड र बक्सी डिजाइनमा तयार भएको बीएमडब्ल्यूको यस माेडलकाे इन्टेरियर पनि उत्कृष्ट रहेको छ । कफी कलर लेदरले तयार पारिएको ड्यास बोर्ड, विभिन्न स्थानमा प्रयोग भएको ग्लासले यसको इन्टेरियरलाई थप चम्किलो बनाएको छ ।
    ४ फरक क्षेत्रमा छुट्टा छुट्टै वातावरण तयार गर्न सक्ने अटोमेटिक एसी, अटोमेटिक एयर रिसर्कुलेस, बीएमडब्ल्यू डिस्प्ले की, पानारोमा ग्लास रुफ, एम्बीयन्ट लाइट, अटोमेटिक स्टार्ट स्टप, रेन सेन्सिङ वाइपर र अटोमेटिक ड्राइभिङ लाइट, इलेक्ट्रीक विन्डो, रोलर सन व्लाइन्ड, रियर साइड विन्डो, स्पोर्टस लेदर सिट, फलो मी होम फङ्सन, एम लेदर स्टेरिङ ह्वील, ट्राभल एण्ड कम्फर्ट सिस्टम जस्ता फिचर उपलब्ध रहेका छन् ।

    ड्राइभिङ मोड र अन्य सुविधा
    यसमा ४ ड्राइभिङ मोड दिइएको छ । जसमा कम्फर्ट, इको प्रो, स्पोर्टस र एडप्ट मोडल दिइएको छ । चालकले आफ्नो आवश्यकता अनुसार छनोट गरेर चलाउन सक्ने छन् ।
    यसमा रहेको एडप्टीभ एयर सस्पेन्सन आवश्यकता अनुसार आफैँ एड्जस्ट गर्न मिल्ने रहेको छ । यसमा अलह्वील ड्राइभ सिस्टम,भेरियवल टर्क डिस्ट्रीव्यूसन, हिल डिसेन्ट कन्ट्रोल, ब्रेकिङ फङसनको साथ क्रुज कन्ट्रोल, इ ड्राइभ बटम, स्पीड लिमिटर, एबीएस, डाइनामिक स्टेविलिटी कन्ट्रोल जस्ता फिचर उपलब्ध रहेको छ ।
    सुरक्षा फिचर
    बीएमडब्ल्यू एक्स५ एक्सड्राइभ ४५ई प्लगइन हाइब्रिड निकै सुरक्षीत एसयुभी हो । यसमा अगाडिको चालक र पेसेन्जरको लागि टाउको, घुडा र साइडमा समेत एयरव्याग दिइएको छ ।
    पार्किङ एसिस्टेन्स प्लस, क्रयास सेन्सर, आइएसओ फिक्स चाइल्ड सिट, साइड इम्प्याक्ट प्रोटेक्सन, इलेक्ट्रोनिक्स पार्किङ ब्रेक, टायर प्रेसर इन्डिकेटर, अटोमेटिक लक जस्ता फिचर रहेको छ ।

    यसमा एसयुभीमा कम्पनीले २० इन्चको भी स्पोक स्टाइल लाइट अलोय ह्वील दिइएको छ ।
    सूचना र मनोरञ्जनका फिचर
    बीएमडब्ल्यू लाइभ ककपीट प्रोफेनल १२.३ इन्चको कन्ट्रोल डिस्प्ले, आई ड्राइभर कन्ट्राेलर, हर्मनकाे सराउन्ड साउन्ड सिस्टम यसमा दिइएको छ ।
    मूल्य
    बीएमडब्ल्यू एक्स५ एक्सड्राइभ ४५ई प्लगइन हाइब्रिडको मूल्य ४ करोड १५ लाख ९६ हजार रुपैयाँ रहेको छ ।

    Posted in अर्थLeave a Comment on बीएमडब्ल्यूले सुरु गर्यो नेपालमा बिक्री, यस्तो छ X5 हाइब्रिड मोडल

    पहिरोले बस पुरिंदा रुकुम पश्चिमका एक जनाको मृत्यु

  • ९ आश्विन २०७७, शुक्रबार १५:१५ मा प्रकाशित


  • दाङ, ९ असोज ।
    पूर्व–पश्चिम राजमार्गअन्तर्गत पूर्वी नवलपरासीको दाउन्नेमा गुडिरहेका बसमाथि पहिरो गएको छ । 
    पहिरोले बस पुरिदा एक जनाको मृत्यु भएको छ । हिजो  साँझ विनयी त्रिवेणी गाउँपालिका–२ विश्वकर्मा बाबा मन्दिर नजिकै माथिबाट खसेको पहिरोमा परी ना ५ ख. ७९४० नम्बरको बस पुरिएको प्रहरीले जानकारी दिएको छ । 
    माटोको लेदोसहितको पहिरोले बस पुरिँदा घाइते भएकामध्ये रुकुम पश्चिम आठबीसकोठ गाउँपालिकाका २५ वर्षका हरिषचन्द्र केसीको गएराति उपचारका क्रममा पुरानो मेडिकल कलेज चितवनमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जानकारी दिएको छ ।
     घाइतेमध्ये ४ जनाको मेडिकल कलेज भरतपुर र अन्यको जिल्ला अस्पताल नवलपुरमा उपचार भइरहेको छ । पहिरोले अवरुद्ध भएको सडक आज  बिहान ४ बजेबाट एकतर्फी रुपमा सञ्चालनमा आएको छ ।

    Posted in अर्थ, मुख्य खबरLeave a Comment on पहिरोले बस पुरिंदा रुकुम पश्चिमका एक जनाको मृत्यु

    क्याप्टेन विजय लामा भन्छन्– जटिल अवस्थाबाट पुनः स्वस्थ बन्दैछु, चाँडै उडान भर्ने छु

  • ६ आश्विन २०७७, मंगलवार ०९:२५ मा प्रकाशित
  • ६ असोज, काठमाडौं । नेपाल एयरलाइन्सका वरिष्ठ क्याप्टेन विजय लामाले कोरोना संक्रमणलाई सामान्य रुपमा नलिन आग्रह गरेका छन् । आफ्नो स्वास्थ्यमा उल्लेख्य सुधार भएको जानकारी दिँदै उनले चाँडै उडान भर्ने र बिदेशमा रहेका नेपालीहरुलाई फर्काउने बताएका छन् ।
    कोरोना संक्रमित क्याप्टेन लामा स्टार अस्पताल ललितपुरमा उपचाररत छन् । कोरोनाविरुद्ध दुई हप्तादेखिको लडाइँमा आफ्नो स्वास्थ्यमा धेरै सुधार भएको उनले जानकारी दिएका छन् । उनले फेसबुकमा लेखेका छन्, ‘एकदम जटिल अवस्थाबाट पार भै पुनः स्वस्थ बन्दै छु । अबको केही दिनपछि डिस्चार्ज हुने आशा राखेको छु ।’

    उनले लेखेका छन्, ‘रगतको नमूना पनि लगेन, नास्ता पनि खाइयो, कमजोरीपनको कतै लक्षण छैन, राति निन्द्रा पनि राम्रै लाग्यो, डाक्टर साबको भनाइ अनुसार मेरो इन्फेक्सन लेभल पनि घटेको अवस्था छ ।’
    ‘यो सामान्य रोग होइन’
    क्याप्टेन लामाले यो सम्भव हुनुको पछाडि अस्पतालका सम्पूर्ण टोलीको योगदान रहेको भन्दै आफ्नो उपचारमा खटिएकाहरुलाई धन्यवाद पनि दिएका छन् ।
    कोरोनालाई हल्का रुपमा नलिन र आफ्नो सुरक्षामा नचुक्न सबैलाई आग्रह गरेका छन् । उनले लेखेका छन्, ‘मेरो विनम्र अनुरोध सबैमा बिन्ती छ, यो कोविडलाई हल्का नलिनु होला । आफ्नो सुरक्षामा कतै नचुक्नु होला । यो सामान्य रोग होइन । यसले ज्यान लिन सक्छ ।’
    लामाले लेखेका छन्, ‘…आभारी छु तपाईंहरुको माया, साथ र प्रार्थनाको लागि । चाँडै उडान भर्ने छु र विदेशमा हुनु भएकाहरुलाई नेपाल फर्काउने छु अनि राष्ट्रप्रति समर्पित हुने छु ।’
    यो खबर आजको अनलाइन खबर मा प्रकासित छ

    Posted in अर्थLeave a Comment on क्याप्टेन विजय लामा भन्छन्– जटिल अवस्थाबाट पुनः स्वस्थ बन्दैछु, चाँडै उडान भर्ने छु

    Posts navigation

    Older posts
    Newer posts

    Himalayan Dristi Team

    • प्रधान सम्पादक

      अनिल आचार्य

    About us

    • हाम्रोबारे

    Follow us on Facebook

    Contact Us

    Kathmandu, Nepal
    Email: himalayandristi@gmail.com
    Phone:-00977-9868990772
    Web:
    www.himalayandristi.com/
    विज्ञापनका लागि
    कृष्ण गिरि 00977-9860341922

    © Copyright 2020-2024 Himalayan Dristi. All Right Reserved. Design & Developed By K & P