काठमाडौं । जापनीज अटोमोवाइल कम्पनीको पहिलो कम्प्याक्ट एसयूभी निसान म्याग्नाइटको मूल्य लिक भएको छ । कम्पनीको एक डिलर मार्फत आधिकारीक लञ्च हुनु अघि नै यस्को मूल्य बाहिर आएको हो । अन्य प्रतिस्पर्धीको तुलनामा आक्रमक मूल्य सहित निसान म्याग्नाइट बजारमा आउने भएको हो । यदि यो मूल्य सहि हो भने यसको मूल्य अन्य कम्पनीका एसयूभीको तुलनामा कम हुने छ । भारतीय मिडिया गाडीवाडीका अनुसार यसको सुरुवाती मूल्य ५ लाख ५० हजारबाट ८ लाख १५ हजारसम्म रहने जनाएको छ । निसान म्याग्नाइटलाई दुई इन्जिन अप्सनको चार/चार भेरियन्ट बजारमा आउने जनाइएको छ । म्याग्नाइटको सबैभन्दा सस्तो एक्सई भेरियन्टको मूल्य ५ लाख ५० हजार रहने छ भने एक्सएलको ६ लाख २५ हजार, एक्सभीको ६ लाख ७५ हजार तथा एक्सभी प्रिमियमको मूल्य ७ लाख ६५ हजार भारु हुने जनाइएको छ । यद्यपी यी मूल्य कम्पनीले आधिकारीक रुपमा घोषणा भने गरेको छैन ।
त्यस्तै टर्बो चार्ज्डयुक्त मोडलहरु एक्सएलको ७ लाख २५ हजार, एक्सभीको ७ लाख ७५ हजार, एक्सभी प्रिमियमको ८ लाख ६५ हजार तथा एक्सएल सिभीटीको मूल्य ८ लाख ५० हजार भारु रहने छ । भारतको मूल्यलाई हेर्दा नेपालमा यसको मूल्य ३० लाखभन्दा कम कायम हुने अनुमान गरिएको छ । जनवरी २०२१ बाट यसलाई नेपालमा बिक्री सुरु गर्ने आधिकारीक बिक्रेता पायोनियर मोटोकर्पले जनाएको छ । निसानको पहिलो सब फोर मिटरको कम्प्याक्ट एसयुभी म्याग्नाइटले बजारमा कम्प्याक्ट एसयुभीहरु टाटाको नेक्सन, हुन्डाईको भेन्यू, सुजुकी भीटारा ब्रेजा, फोर्डको इकोस्पोर्टका साथै छिटै लन्चहुदै गरेको कियाको सोनेटसँग प्रतिस्पर्था गर्नेछ । निसानलाई ठूलो बजार लिएर बसेका कम्प्याक्ट एसयुभीहरुसँग प्रतिस्पर्धा गर्नका लागि एसको सबैभन्दा दमदार पक्ष मूल्य हुने अनुमान गरिएको छ । यसमा अन्य कारहरुमा भन्दा सानो इन्जिन रहेकोले यस्तो अनुुमान गरिएको हो । म्याग्नाइटमा १.० लिटरको नेचुरल्ली यस्पायर्ड तथा १.० लिटरको टर्बो चाज्र्ड इन्जिन रहेको छ । जसले क्रमश ७१ बीएच पावर तथा ९८ एनएम टर्क तथा ९९ बीएच पावर तथा १६० एनएम टर्क उत्पादज गर्नेछ । निसानले कम सीसी इन्जिन भएपनि पावरमा भने सम्झौँता गरेको छैन ।
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले जापानबाट प्राप्त १० हजार पिस एन्टी जिन स्वास्थ्य मन्त्रालयलाई हस्तान्तरण गरेको छ । करिब एक करोड रुपैयाँ मूल्य पर्ने उक्त एन्टी जेन एनआरएनए उपाध्यक्ष डा. बद्री केसीले स्वास्थ्य राज्यमन्त्री नवराज रावतलाई शुक्रबार हस्तान्तरण गर्नुभएको हो ।
स्वास्थ्य मन्त्रालयमा आयोजित सामाग्री हस्तान्तरण कार्यक्रमलाई सम्वोधन गर्दै स्वास्थ्य राज्यमन्त्री नवराज रावतले विदेशमा रहेर नेपाल र नेपालीप्रति देखाएको सहयोगी भावनाको प्रशंसा गर्नुभयो । कोभिड–१९ विरुद्ध लड्न प्रवासमा रहेका नेपालीहरुले ठूलो योगदान पु¥याएको भन्दै मन्त्री रावतले भने, ‘यो पुन्य कार्यक्रममा एनआरएनएलाई सरकारले सहयोग गर्न तयार छ ।’
मन्त्री रावतले नेपाल सरकार र संघबीच सहकार्यको आवश्यकता रहेको बताउदै कोरोना महामारीकाबिरुद्ध एकजुट हुन आग्रह गर्नुभयो ।
हस्तान्तरण कार्यक्रमलाई सम्वोधन गर्दै एनआरएनए उपाध्यक्ष डा. केसीले संघले विश्वव्यापी कोरोना संक्रमण सुरु भए देखिनै विदेशमा रहेका नेपालीहरुले स्वास्थ्य सम्वन्धी सामग्री सहयोग गरेको चर्चा गर्नुभयो । विदेशमा नेपालीको अवस्था र उनीहरुले भोगिरहेको समास्याबारे प्रष्ट पार्दै उहाँले करिब १ करोड २० लाख रुपैयाँका ती स्वास्थ्य सम्वन्धी सामग्री जुटाउन सहयोग गर्ने जापानवासी नेपालीप्रति आभार व्यक्त गर्नुभयो ।
कार्यक्रममा गैरआवासीय नेपाली संघका केन्द्रीय पार्षद कपिलदेव थापाले आफ्नो पहलमा केही भए पनि स्वास्थ्य सम्वन्धी सामग्री नेपाललाई जुटाउन सकेकोमा प्रसन्नता प्रकट गर्नुभयो । थापाले यसअघि जापान सरकारले गरेको प्रतिबद्धता अनुसार थप स्वास्थ्य सम्वन्धी सामग्री नेपाल भित्राउन पहल गरिने जानकारी दिनुभयो । यसअघि थापाकै पहलमा संघले नेपाल सरकारलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको थियो ।
सामग्री हस्तान्तरण कार्यक्रममा स्वस्थ्य सेवा विभागका कार्यकारी निर्देशक दिपेन्द्ररमण सिंह, गैरआवासीय नेपाली संघका कार्यकारी निर्देशक राजेश रानालगायतको उपस्थिती थियो । कार्यक्रमको संचालन गैरआवासीय नेपाली संघ कोभिड १९ उच्चस्तरीय समितिका प्रेस संयोजक चिरन शर्माले गर्नु भएको थियो ।
गैरआवासीय नेपाली संघले कोभिड १९ को महामारी सुरु भएदेखि २ करोड रुपैयाँ बराबरको स्वास्थ्य सम्वन्धी सामग्री नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो ।
संघले पहिलो चरणमा विश्वका ५० भन्दा बढी देशमा करिब २५ सय स्वयसेवक परिचालन गर्दै कोभिड पिडित नेपालीहरुलाई सहयोग गरेको थियो । यस्तै संघले कोभिड बिरुद्धको लड्न अध्यक्ष कुमार पन्तको अध्यक्षतामा एक उच्चस्तरिय समिति समेत गठन गरेको छ ।
काठमाडौं । रेनोको सफल ह्याचव्याक कार क्वीडको काठमाडौं । रेनोको सफल ह्याचव्याक कार क्वीडको फेसलिफ्ट मोडल दशैंअघि नै नेपालमा बिक्री सुरु भएको हो । सन् २०१७ बाट नेपालमा बिक्री सुरु भएको क्वीड निकै सफल मोडलको रुपमा स्थापित भइसकेको छ । एडभान्स अटोमोवाइलले नेपालमा बिक्री गर्दै आएको क्वीडको फेसलिफ्ट मोडल दशैं सुरु हुनुभन्दा केहि दिनअघि मात्रै नेपाल आएको हो । रेगुलर क्वीडको तुलनामा कम्पनीले यसको एक्सटेरियर र इन्टेरियरमा केहि परिमार्जन गरेको छ । एसयूभीबाट प्रेरित भएर तयार गरिएको क्वीडमा दिइएको इन्फोटेन्ट सिस्टम र डिजिटल इन्ट्रुमेन्ट क्लष्टरले सेग्मेन्टमा रहेका अन्य मोडललाई माथ दिदै आएको थियो । नयाँ क्लाइम्बरमा पनि यसलाई परिमार्जन सहित निरन्तरता दिइएको छ । कम्पनीले फेसलिफ्ट क्वीडमा नयाँ स्प्लीट हेडल्याम्प सेट दिएको छ । साथमा दिइएको एलइडी डेटाइम रनिङ लाइटले यसअघि बिक्री हुँदै आएको क्वीडको तुलनामा यसलाई आकर्षक बनाएको छ । अझ क्लाइम्बर भेरियन्टमा ड्यूल कलरको विभिन्न स्थानमा प्रयोग गरिएकाले बाहिरबाट झट्ट हेर्नेले पनि क्लाइम्बरलाई सजिलै छुट्टाउन सक्ने छ । यसअघि १३ इन्चको ह्वील प्रयोग हुँदै आएकोमा फेसलिफ्ट मोडलमा १४ इन्चको ह्वील प्रयोग गरिएको छ । ठूलो टायरले क्वीडको आकर्षण थप बलियो बनाएको छ । पछाडि गाइड लाइट एलइडी प्रयोग गरिएको छ भने बडी स्टाइलमा खासै धेरै परिमार्जन गरिएको छैन । क्लाइम्बरमा दिइएको रुफरेलले सानो कारलाई बोल्ड लुक्स प्रदान गरेको छ । पुरनो क्वीडको तुलनामा नयाँ फेसलिफ्ट मोडल ५५ एमएम लामो रहेको छ भने करिब ३५ देखि ४० केजी तौल बढी रहेको छ । गाडीको बम्पर र साइड प्यानलमा थप भएका सुरक्षा फिचरको कारण तौल बढी भएको कम्पनीको भनाई छ । नयाँ क्वीडको क्यावीनमा प्रबेश गर्नासाथ नयाँ पन पाउन सकिन्छ । कम्पनीले ८ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम यसमा दिएको छ । जुन पहिलेको भन्दा ठूलो हो । लेदरले मोरिएको नयाँ स्टेरिङ ह्वील, टकोकिटर सहितको नयाँ इन्ट्रुमेन्ट क्लष्टरले पुरानो क्वीडभन्दा यसलाई फरक देखाएको छ । जो केहिले कारमा बस्दा नै यी कुरा अनुभव गर्न सक्छन् ।
ड्यासबोर्डको डिजाइन पूर्णत परिमार्जन गरिएको छ । केहि कन्ट्रोल बटमहरुलाई नयाँ स्थानमा प्रयोग गरिएको छ । चालक र अगाडी बस्ने प्यासेन्जर दुबैलाई एयरव्यागको व्यवस्था यसमा गरिएको छ । क्वीडमा अगाडीको सिटमा कुनै परिमार्जन गरिएको छैन । पछाडिको सिट र सिटिङ पोजिसनभने केहि परिमार्जन गरिएको छ । क्लाइम्बर भेरियन्टमा भने पछाडिको प्यासेन्जरलाई आर्मरेष्ट दिइएको छ । पहिलेको भन्दा यसमा बुट स्पेश केहि घटेको छ । यसमा २७९ लिटरको बुट स्पेश पाउन सकिन्छ । यद्यपी पछाडिको सिट फोल्ड गरेर बुट स्पेश बढाउन भने सकिन्छ । सुरक्षाको लागि एबीएस, इबीडी सहितको एबीएस, रिभाइज पार्किङ सेन्सर, स्पीड वार्निङ सिस्टम, सिटबेल्ट रिमाइन्डर जस्ता फिचर यसमा उपलब्ध रहेको छ । रिमोर्ट सेन्ट्रल लकिङ, पावर विन्डो, पावर स्टेरिङ जस्ता फिचरले क्लाइम्बर भेरियन्टलाई उत्कृष्ट बनाएको छ । नेपालमा बिक्री हुने क्वीडका सबै तीन भेरियन्ट आरएक्सटी (ओ), क्लाइम्बर र आरएक्सटी (ओ) एएमटीमा समान १.० लिटर, थ्रि सिलिण्डर पेट्रोल इन्जिन दिइएको छ । उक्त इन्जिनले अधिकतम ६८ बीएच पावर प्रदान गर्ने छ । कम्पनीले आरएक्सटी (ओ) भेरियन्टको मूल्य २४ लाख ९९ हजार, क्लाइम्बर भेरियन्टको २५ लाख ९९ हजार र आरएक्सटी (ओ) एएमटीको २६ लाख ४९ हजार रुपैयाँ मूल्य तोकेर बिक्री गर्दै आएको छ ।
काठमाडौँ — अर्थ मन्त्रालयले बीमा समितिबाट जारी भएका कोरोना बीमा लेख बमोजिमको दाबी गरेका बिमितहरुको बीमांक रकम एक हप्ताभित्र भुक्तानी गर्न निर्देशन दिएको छ ।
कोरोना बीमा दाबी गरेका बिमितहरुको पीसीआर परीक्षण प्रतिवेदन पोजिटिभ प्रमाण भएपछि बीमालेख अनुसार दिनुपर्ने रकम सबै बिमितहरुलाई सम्बन्धित बीमा कम्पनीले एक हप्ताभित्र भुक्तानी दिन मन्त्रालयले निर्देशन दिएको हो । अर्थमन्त्री विष्णुप्रसाद पौडेलको उपस्थितिमा अर्थमन्त्रालय भएको बैठकपछि एक हप्ताभित्र बीमा रकम भुक्तानी गर्ने कार्यको समन्वय र अनुगमन बीमा समितिले गर्नुपर्ने र दाबी भुक्तानीको दैनिक प्रतिवेदन अर्थ मन्त्रालयमा पठाउन पनि समितिलाई मन्त्रालयले निर्देशन दिएको अर्थ मन्त्रालयका सहसचिव एवं प्रवक्ता रामेश्वर दंगालले बताए । यसैगरी कोरोना बीमा दाबी भुक्तानी सम्बन्धमा सेवाग्राहीबाट आएका गुनासाहरुको सुनुवाई गरी समस्या समाधानका लागि सम्बन्धित बीमा कम्पनीलाई निर्देशन दिन हटलाइन टेलिफोन सहितको हेल्प डेस्क सञ्चालन गर्ने व्यवस्था पनि तत्काल मिलाउन निर्देशन दिएको हो ।
यस्तै, कोरोना बीमाको दाबी भुक्तानी कार्यमा सेवाग्राहीबाट आएका गुनासाहरुको सुनुवाई गरी समस्या समाधानका लागि सम्बन्धित बीमा कम्पनीहरुलाई निर्देशन दिन हटलाइन टेलिफोन सहितको हेल्प डेक्स सञ्चालनको व्यवस्था मिलाउन पनि निर्देशन दिएको छ । छलफलमा बैठकमा अर्थ मन्त्रालयका सचिवद्वय शिशिरकुमार ढुंगाना, रामशरण पुडासैनी, बीमा समितिका अध्यक्ष चिरञ्जिवी चापागाईं, बिमक संघका अध्यक्ष दीपप्रकाश पाण्डे लगायतको उपस्थिति थियो । कान्तिपुर समाचार ।
विश्वकै मूल्यवान ब्रान्ड एप्पलले स्मार्टफोनको बजारमा आफ्नो प्रभाव थप गुमाउँदै गएको तथ्यांकले देखाएको छ । अर्कोतर्फ स्मार्टफोनको विश्व बजारमा चिनियाँ ब्रान्डको दबदवा बढ्दै गएको छ ।
इन्टरनेशनल डाटा कर्पोरेशन (आईडीसी) ले सार्वजनिक गरेको सन् २०२० को तेस्रो त्रैमासको तथ्यांकअनुसार विश्वका उत्कृष्ट पाँचमध्ये तीन स्मार्टफोन ब्रान्ड चिनियाँ रहेका छन् ।
एप्पलले स्मार्टफोन उत्पादन गरेर विश्व बजारमा समेत पठाउने दर वा सिपमेन्ट (ढुवानी) समेत पछिल्लो तीन वर्षयता लगातार घट्दै गएको छ । स्मार्टफोन ब्रान्डको बजार प्रभुत्वको श्रेणीकरण (र्याङ्किङ) का लागि सम्बन्धित कम्पनी वा ब्रान्डले सिपमेन्ट गरेको फोनको संख्या र बजार हिस्सालाई आधार मान्ने गरिएको छ ।
यसका आधारमा एप्पलको आइफोनलाई यस वर्षको तेस्रो त्रैमासमा आइपुग्दा दुई चिनियाँ स्मार्टफोन ब्रान्डले उछिनेका छन् । आईडीसीको चालु वर्षको तेस्रो त्रैमासको तथ्यांकले यस्तो देखाएको हो ।
आईडीसीको तथ्यांकअनुसार कोरियाली कम्पनी सामसङ उत्कृष्ट स्मार्टफोन ब्रान्डका रूपमा रहेको छ भने दोस्रोमा हुवावे र तेस्रोमा साओमीले स्थान बनाएको छ । अघिल्लो वर्ष अर्को चिनियाँ ब्रान्ड ओप्पो दोस्रो नम्बरमा थियो भने तेस्रोमा हुवावे ।
यस वर्षको तेस्रो त्रैमासमा आइपुग्दा साओमीले ओप्पोलाई मात्र नभएर स्मार्टफोनको विश्व बजारमा सबैभन्दा प्रिमियम ब्रान्डका रूपमा चिनिएको एप्पललाई समेत उछिनेर तेस्रो उत्कृष्ट स्मार्टफोन ब्रान्डका रूपमा उक्लिएको छ ।
तथ्यांक अनुसार, हुवावेले अघिल्लो वर्षको यही त्रैमासको तुलनामा चालु वर्ष सबैभन्दा ठूलो बजार गुमाएको छ । हुवावेको सिपमेन्ट समीक्षा अवधिमा झन्डै डेढ करोड थानले घटेको छ भने यस अवधिमा बजार हिस्सा पनि करीब ४ प्रतिशत विन्दुले खस्किएको देखिन्छ ।
२०२० को तेस्रो त्रैमाससम्ममा विश्व बजारमा कुल ३५ करोड ३६ लाख थान स्मार्टफोन आपूर्ति भएका छन् । यो अघिल्लो वर्षको समान अवधिमा ४९ लाख थानले बढी थियो ।
अहिले पहिलो स्थानमा रहेको सामसङले चालु वर्षको तेस्रो त्रैमाससम्ममा ८ करोड ४ लाख थान सिपमेन्ट गरेको आईडीसीको तथ्यांकले देखाएको छ । यस्तै, हुवावेको ५ करोड १९ लाख, साओमीको ४ करोड ६५ लाख र एप्पलको ४ करोड १६ लाख थान रहेको छ ।
यसका साथै, चालु वर्षको तेस्रो त्रैमासमा सामसङको बजार हिस्सा गत वर्षको तुलनामा करीब १ प्रतिशतले बढेर २२.७ प्रतिशत पुगेको छ । यसको सिपमेन्ट भने २.९ प्रतिशतले बढेको तथ्यांक छ ।
हुवावेको बजार हिस्सा अघिल्लो वर्षको तेस्रो त्रैमासको तुलनामा यस वर्ष झन्डै ४ प्रतिशतले खस्किएको छ । सिपमेन्टमा २२ प्रतिशतले गिरावट देखिएको छ । साओमीले भने विश्व बजारमा समीक्षा अवधिमा पोहोरको भन्दा ४२ प्रतिशत अर्थात् एक करोड ३८ लाख थान बढी स्मार्टफोन सेट पुर्याएको छ । यससँगै तेस्रो अग्रणी स्मार्टफोन ब्रान्डमा उक्लिएको साओमीको बजार हिस्सा अघिल्लो वर्षको ९.१ प्रतिशतबाट अहिले १३.१ प्रतिशत पुगेको छ ।
बजार गुमाउँदै गएको एप्पलको भने बजार हिस्सा समीक्षा अवधिमा १३ प्रतिशतबाट ११.८ प्रतिशतमा झरेको देखिन्छ । यस अवधिमा यसको सिपमेन्ट पनि १०.६ प्रतिशतले कम भएको छ ।
एप्पलभन्दा एक स्थान पछाडि पाँचौंमा रहेको अर्को चिनियाँ ब्रान्ड भिभोले गत वर्षको तेस्रो त्रैमासको तुलनामा यस वर्षको समान अवधिमा ४.२ प्रतिशतले स्मार्टफोन सिपमेन्ट संख्या वृद्धि गर्दै ३ करोड १५ लाख थान पुर्याएको छ भने बजार हिस्सा पनि ०.५ प्रतिशतले बढाएर ८.९ प्रतिशत हासिल गरेको छ ।
एप्पलको मोबाइल सेट सिपमेन्ट अघिल्लो वर्ष २०१९ मा पनि सन् २०१८ को भन्दा ६० लाख थानले घटेको थियो । यसले २०१८ को दोस्रो त्रैमाससम्ममा ४ करोड १३ लाख थान मोबाइल सेट विश्व बजारमा पठाएको थियो भने गत वर्षको सोही अवधिमा यो संख्या ३ करोड ५३ लाख थान रहेको आँकडा छ । सिपमेन्ट मात्र नभएर गत वर्षको तेस्रो त्रैमासमा बिक्री समेत ११.८ प्रतिशतले घटेको एप्पलले जनाएको छ ।
कोभिड-१९ महाव्याधिका कारण पनि यो वर्ष स्मार्टफोनको विश्व बजार नराम्ररी खस्किने पूर्वानुमान थियो । त्यसविपरित स्मार्टफोनको बिक्री केही घटेको भए त्यो अपेक्षितभन्दा सन्तोषजनक रहेको बताइएको छ । सन् २०१९ को तुलनमा यस वर्षको तेस्रो त्रैमाससम्ममा स्मार्टफोन सिपमेन्ट १.३ प्रतिशतले मात्र घटेको आईडीसीको तथ्यांक छ ।
काठमाडौँ | गत असोज २० गते देखि बन्द भएको नेपाल–चीनबीचको प्रमुख व्यापारिक नाका तातोपानी पुनः बिहीबारवाट सञ्चालनमा आएको छ । औपचारिक रुपमा बुधबारदेखि सुरु भनिए पनि आज एक कन्टेनर स्याउ र अन्य सामग्रीसहित नाका सुचारु भएको हो । लामो समय बन्द रहेको तातोपानी नाका पछिल्लो पटक असोज १९ गते एक कन्टेनर भित्रीयर सञ्चालनमा आएको थियो । सामान आयात गर्ने केही कर्मचारीमा कोरोना संक्रमण देखिएपछि एक दिन सञ्चालनपश्चात् बन्द रहेको नाका शुक्रबारवाट थप सामाग्री आयात हुने तातोपानी भन्सार कार्यालयका ले जनाएको छ ।
वर्षाद सुरु भएयता भोटेकोशी नदीमा आएको बाढीले अरनिको राजमार्ग क्षतिग्रस्त भएपछि बन्द रहेको नाका सुचारु गर्न गत साता परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली सहितले स्थलगत अनुगमन गरी नाका सञ्चालनको पहल गरेको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारि दिनुभयो ।
जुरे पहिरो र बिनाशकारी भूकम्पपछि ठप्प रहेको नाका केही महिना सञ्चालनपश्चात गत माघमा बन्द भएको थियो । चीनको वुहान प्रान्तमा कोरोना संक्रमण फैलिएको भन्दै चीनले सामाग्री निर्यात रोकेपछि गत माघ वाट चैत्र २६ सम्म वन्द रहेको नाका चैत्र २७ वाट पुनः सुचारु भएको थियो ।नाकावाट सामग्री आयात सुरु भैसकेको छ । सडक विभागले सडक मर्मत तत्काल सुरु गर्ने र कहिँ कतै समस्या भएमा तत्काल निर्माणार्थ मेसिन, औजार तयारी अवस्थामा राख्ने प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकाल ले जानकारी दिनु भयो ।
पटक पटकको दुई देशबीचको छलफलवाट स्वास्थ्य मापदण्ड पूरा गर्ने समझदारी अनुसार सामग्री र कन्टेनर भीत्रने भन्शार प्रमुख लाल बाहादुर खत्रीले जानकारी दिनु भयो । नेपाल ल्याईने सामग्री चिनियाँ पक्षले नेपाल चीन जोड्ने मितेरी पुलसम्म ल्याउने र सो सामाग्री भन्सार कार्यालयको सुख्खा बन्दरगाहमा कम्तिमा एक दिन राखेर राजधानी पठाईने ब्यवस्था भन्सार कार्यालयले गरेको भन्सार प्रमुख खत्री ले जानकारी दिनुभयो । ‘नेपाल भित्रिएका सामाग्री आईसोलेशनमा राखेको एक दिन पछि मात्र जाँचपासको लागि तयार हुनेछ । ‘चीनियाँ पक्षले नेपालको सीमाना सम्म सामग्री ल्याईदिने र स्वस्थ्य मापदण्ड पालना गरी सामाग्री जाँचपास हुने ब्यवस्था मिलाएको भन्सार प्रमुख खत्रीले जानकारी दिनु भएको छ |
ताप्लेजुङ, कार्तिक ८ । अविवाहित र एकल पुरुषलाई पनि भत्ता सुन्दा अनौठो लोगेपनि ताप्लेजुङको फुङलिङ नगरपालिकाले गत दुई वर्षदेखि अविवाहित यो सेवा दिँदै आएको छ । कि
सो नगरपालिकाले एकल पुरुष र अविवाहित ७६ जनालाई मासिक रु एक हजारको दरले नगरपालिकाको अन्तरिक स्रोतबाट मासिक भत्ता दिदै आएको फुङलिङ नगरपालिकाका उपमेयर तारा भट्टराईले बताए ।
६० वर्ष पूरा भएका ७० वर्ष नकाटेको एकल पुरुषलाई समाजिक सुरक्षा भत्ता दिँदै आएको फुङ्लिङ नगरपालिकाका प्रवक्ता महोन न्यौपानेले जानकारी दिए । आजको reportersnepal खबरले छापेको छ ।
काठमाडौं। २५ वर्षदेखि सूचना प्रविधि व्यवसायमा जमेका गोविन्द अग्रवालले रेमिट्यान्स हुँदै माइनिङसम्मको क्षेत्रमा लगानी विविधिकरण गरे । तर, मदिरा उत्पादन उद्योगमा आउने कहिल्यै सोचेका थिएनन्।
विश्वभर सुनिएको एउटा नामसँग जोडिएको ब्राण्ड, जो झन्डै तीन दशक पुरानो भए पनि लो-प्रोफाइलमा थियो, त्यसले अग्रवाल र उनको टिममा भएका बिक्की (बिसु) गोयनकालाई लोभ्याउँदा मदिरा उद्योगमा छिरेका उनी यसलाई अचानकको संयोग भन्छन्। त्यही ब्रान्ड यतिबेला नेपालको सबैभन्दा ‘प्रिमियम लिकर ब्रान्ड’ का रूपमा छोटो समयमै ‘मार्केट बज’ गर्न सफल भएको छ।
बोतलकै २८ हजार पर्ने नेपाली मदिरा ६ महिनाभित्र निर्यात योजना, १७० देशमा ट्रेडमार्क दर्ता हुँदै
त्यही ब्रान्ड यतिबेला नेपालको सबैभन्दा ‘प्रिमियम लिकर ब्रान्ड’ का रूपमा छोटो समयमै ‘मार्केट बज’ गर्न सफल भएको छ। ‘बायोलोजिकल गोल्ड’ अर्थात् ‘जैविक सुन’ समेत भनेर विश्वले चिनेको हिमाली जडिबुटी ‘यार्सागुम्बा’ को नाममा लक्ष्मण श्रेष्ठले २९ वर्षदेखि अल्कोहलिक बेभरेज उत्पादन गर्दै आएका थिए। तर त्यो असाध्यै सानो परिमाणमा थियो। श्रेष्ठको एभरेष्ट हर्ब्स प्रोसेसिङ प्रालिले घरेलु उद्योगको शैलीमा सीमित जनशक्तिबाट यसको उत्पादन गरिरहेकाले बजार पनि साँघुरो थियो। जबकि, यसको बजार स्थानीय र सानो आकारमा नभएर विश्वव्यापी हुने सम्भावनाको ‘बिग पिक्चर’ अग्रवाल र गोयनकाले आकलन गरे। यसैलाई साकार गर्न करीब तीन वर्षअघि एभरेष्ट हर्ब्समा लगानी, प्रविधि, उत्पादन क्षमता, ब्राण्डिङ र विस्तारित बजारको योजनाका साथ उनीहरुको ‘इन्ट्री’ भयो। संस्थापक श्रेष्ठ अहिले पनि कम्पनीको अध्यक्ष छन् भने अग्रवालले इन्टरनेशनल बिजनेस डेभलपमेन्ट भर्टिकल र गोयनकाले कम्पनीका उत्पादनहरुको इन्नोभेसन तथा रिसर्च एण्ड डेभलपमेन्टलाई लिड गरेका छन्।
यसरी सुरु भयो यार्सागुम्बा बेभरेजको ‘रिभ्याम्प’
व्यवसायिक कामको सिलसिलामा गोयनकाको नेपाल-भारत आउजाउ भइरहन्थ्यो। सोही क्रममा एकपटक मुम्बईबाट काठमाडौं आएको बखत उनले यार्सागुम्बा नामको मदिरा देखे।
विज्ञानका विद्यार्थी गोयनकाको आयुर्वेद र जडिबुटीमा गहिरो रुचि थियो। यसबारे थुप्रै स्वअध्ययन गरेका उनी यार्सागुम्बाको अद्वितीय गुणबारे पनि बेखबर थिएनन्। यसकारण पनि यार्सागुम्बा ब्रान्ड नामको त्यो मदिराको बोतलले उनको ध्यान खिच्यो।
बजारमा सहजै उपलब्ध नभएकाले साथीको सहयोगमा गोयनकाले उक्त मदिराका पाँच बोतल जुटाउन सके। त्यसबारे केही अध्ययन गरे। थोरै परिमाणमा उत्पादनका कारण नै त्यसले बजारमा सितिमिति ठाउँ नपाएको तथ्य थाहा पाए।
त्यसले नै उनलाई ‘क्लु’ दियो – यो ब्रान्डमा हर्बलको औषधीय गुणयुक्त ‘नेक्स्ट लेबल’ को अल्कोहलिक बेभरेज उत्पादन गर्न सकिन्छ, जुन अहिलेसम्म विश्वमा कसैले गरेको छैन।
अग्रवाललाई भेटेर उनले यस विषयमा आफ्नो आइडिया सेयर गरे। अग्रवालले पनि यसको अथाह बजार सम्भावना देखे। दुवैजनाले यसमा व्यापक छलफल गरे। र, सुरु भयो लक्ष्मण श्रेष्ठलाई साथै लिएर उनले स्थापना गरेको एभरेष्ट हर्ब्स कम्पनी र यसको उत्पादन यार्सागुम्बाको ‘रिभ्याम्प’ र ‘रिपोजिसन।’
अग्रवाल भन्छन्, ‘लिकर उद्योगमा छिर्ने कहिल्यै सोचेको थिइँन तर विस्तारै महसुस हुँदै गयो कि यो उत्पादनले आफू र नेपाललाई पनि फरक स्तरबाट परिचय दिलाउन सक्छ। यसैले पैसा कमाउने मात्र नभएर देशले नै गर्व गर्न सक्ने उत्पादन विश्वबजारमा लैजाने ‘भिजन’ र ‘क्लियारिटी’ सहित फरक उद्देश्यले यसमा प्रवेश गरेको हुँ ।’
यो सोचलाई साकार गर्न सर्वप्रथम उत्पादन परिमाण नै बढाएर बजारमा ‘भिजिबिलिटी’ बढाउन आवश्यक थियो। अग्रवाल, गोयनका र श्रेष्ठको नयाँ टिमले यसका लागि योजनासहित काम थाल्यो।
शुरुआत न्यून उत्पादन क्षमताको ‘बोटलनेक’ फुकाउनबाट गरे। वर्षभरीमा ६ हजार लिटर उत्पादन गर्नसक्ने अवस्थाबाट एभरेष्ट हर्ब्सको क्षमता चार लाख लिटर (१२ लाख बोतल) पुर्याउने गरी अनुमति प्रक्रिया अघि बढ्यो। सोहीअनुसार प्लान्ट सेटअप र त्यसलाई चाहिने आकारको लगानी गरियो।
अग्रवालका अनुसार, पहिलेको भन्दा ७५ गुणा बढी उत्पादन गर्ने अनुमति कम्पनीले पाइसकेको छ। तर, यतिले मात्र महत्वकांक्षा राखिएजस्तो उत्पादन र त्यसको बजार सम्भव हुँदैनथ्यो।
बेभरेजलाई वर्ल्ड क्लासको बनाउने गरी इन्ग्रिडियन्ट्सको नयाँ फर्मूला तयार पार्न रिसर्च एन्ड डेभलपमेन्टमा गोयनकाले व्यापक काम गरे, जसको नतिजा हो अहिलेको यार्सागुम्बा बेभरेज । अर्कोतर्फ, अग्रवाल स्थानीय बजार विस्तारका साथसाथै सम्भाव्य विश्व बजार प्रवेशको अध्ययन र त्यसको तयारीमा लागे। यसलाई साथ दिन श्रेष्ठको अनुभवको ब्याकअप थियो।
यसैले यो टिमवर्कबाट यी सबै पक्षमा कम समयमै लक्ष्य अनुसारको नतिजा हासिल भइरहेको अग्रवाल बताउँछन्।
विश्वकै युनिक मदिरा’ ह्विस्की, रम, भोड्का, जिन जस्ता विशुद्ध मदिरा स्वास्थ्यका दृष्टिले सबैका लागि पिउनयोग्य नहुने भए पनि एभरेष्ट हर्ब्सको यो उत्पादन औषधीय गुणसहितको भएकाले यसलाई ‘बेभरेज’ को वर्गमा राखेको भनाइ यसका उत्पादकको छ ।
गोयनका भन्छन्, ‘यो ह्विस्की होइन, न भोड्का वा जिन नै हो। यो नेपालमा पाइने दुर्लभ जडिबुटीहरुको औषधीय गुणसहितको अल्कोहलिक बेभरेज हो। त्यसैले यो कुनै पनि उमेर समूहकाले पिउन मिल्छ ।’
यसकारण यार्सागुम्बा बेभरेज विश्वकै ‘युनिक लिकर’ भएको दाबी अग्रवाल र गोयनकाको छ।
उनीहरु भन्छन्, ‘यो संसारमै एउटा मात्र प्रडक्ट (मदिरा) हो, जसमा कलर, फ्लेवर र केमिकलको समिश्रण छैन। यसलाई पुष्टि गर्ने अन्तर्राष्ट्रिय परीक्षण प्रमाणपत्रसमेत भएकाले हामी यो दाबी गर्छौं। यसकारण हाम्रो उत्पादन युनिक छ र यसलाई स्थापित गर्न सके यो विश्वकै लागि रिभोलुसन हुने हाम्रो विश्वास छ।’
गोयनकाको भनाइमा – संसारका सबै मदिरामा सात किसिमका रसायन मिलाएर बनाइएको हुन्छ । यार्सागुम्बा बेभरेजमा भने त्यसमध्येका आर्सनिक, क्याडमियम, मर्क्युरी, लेड र सल्फर डायोक्साइड गरी ती पाँच रसायन छैन, जुन मानव स्वास्थ्यका लागि हानिकारक छ। यी तत्वहरु नहालिएकाले पनि यार्सागुम्बा बेभरेज दुई बोतल पिउँदा पनि ह्याङओभर नहुने र एसिडिटी पनि नगराउने दाबी उनको छ।
ह्याङओभर नहुने र मानव स्वास्थ्यका लागि हानिकारक रसायन, कलर तथा फ्लेवररहित भएको हङकङको सरकारी मान्यताप्राप्त त्यहाँको प्रयोगशाला तथा संस्थाबाट समेत प्रमाणित गरिसकेको अग्रवालले बताए। यस्तै, जापान र बेल्जियमबाट पनि यो प्रमाणित गर्ने प्रक्रियामा रहेको उनले जनाए।
यार्सागुम्बा बेभरेज युनिक हुनुको अर्को कारण यो पूर्णरूपमा ह्याण्डक्राफ्टेड ड्रिंक हो, जसमा यार्सागुम्बा र अन्य पाँच जडिबुटीमा भएका औषधीय तत्वहरुलाई प्रोसेसिङबाट निकालेर प्रयोग गरिएको बताइएको छ। यसकारण यो स्वास्थ्यका लागि पनि राम्रो भएको जिकिर कम्पनीको छ ।
यद्यपि, यसलाई वर्षौं राख्नयोग्य वा ‘एक्सपायरी’ नहुने बनाउन इएनएको प्रयोग गरिएकाले औषधीय उत्पादनका रूपमा चिनाउन ‘मेडिकल सर्टिफिकेसन’ मा भने नगएको भनाइ गोयनका र अग्रवालको छ।
बोटलको ११ हजार पर्ने नेपाली बेभरेज ! ७५० मिलिलिटरको बोटलमा आउने यार्सागुम्बा बेभरेजको बजार मूल्य ११ हजार रुपैयाँ पर्छ, जुन कुनै पनि नेपाली लिकरको तुलनामा सबैभन्दा महँगो हो। अझ नेपाली मात्र नभएर कतिपय स्थापित विदेशी ब्राण्डका मदिराभन्दा पनि महँगो !
तर यो मूल्य यसको उत्पादनका प्रयोग भएका मूल्यवान ‘इन्ग्रिडियन्ट्स’ र त्यसबाट पाइने लाभहरुको तुलनामा यो निकै सस्तो भएको भनाइ अग्रवालको छ।
‘तत्कालका लागि नभएर निकट भविष्यको दृष्टिकोण राखेर आज यो मूल्यमा दिइराखेका हौं, ताकि विश्वबजार लक्षित यो उत्पादन सबैभन्दा पहिले नेपाली उपभोक्ताले नै अनुभव गरेर यसको गुणलाई चिन्न सकुन्,’ उनी भन्छन्, ‘तर भोलि यो मूल्यमा नआउने पक्का छ।’
उनी भन्छन्, ‘उत्पादन लागत नै उच्च हुनुका बाबजुद अत्यन्त न्यून नाफा राखेर यार्सागुम्बा बेभरेजको अहिलेको बजार मूल्य तय गरिएको हो।’
‘नाम मात्रको यार्सागुम्बा नभएर यो बेभरेजमा हामीले साँच्चिकै यार्सागुम्बा प्रयोग गरेका छौं, जसको मूल्य किलोकै बीसौं लाख रुपैयाँसम्म पर्छ। यसमा प्रयोग गरिएका अन्य जडिबुटीहरु पनि त्यतिकै दुर्लभ छन्,’ उनको जिकिर छ। यद्यपि फर्मुला गोपनीयताका लागि अन्य पाँच जडिबुटीबारे खुलाउन नचाहने गोयनका बताउँछन्।
मदिराजन्य वस्तुको उत्पादनमा इएनए (एक्स्ट्रा न्युट्रल अल्कोहल) अनिवार्य कच्चा पदार्थ हो। अग्रवालका अनुसार यार्सागुम्बा बेभरेजमा प्रयोग भएको ‘इएनए’ एक मात्र आयातित सामग्री हो। बाँकी शतप्रतिशत नेपाली उत्पादन प्रयोग गरेर यो वर्ल्डक्लास बेभरेज बनाइएको छ। र, यो पनि विश्वका उत्कृष्ट लिकर कम्पनीलाई इएनए आपूर्ति गर्ने बेल्जियन कम्पनीबाट ल्याइएको हो।
यसकारण नेपालले गर्व गर्नसक्ने उत्पादनका रुपमा विश्व बजारमा चिनाउने प्रिमियम स्तरको बेभरेज बनाउन कुनै पनि कसर नछोडेको यसका उत्पादकहरुको भनाइ छ।
प्याकेजिङ यार्सागुम्बा बेभरेजको प्रिमियम क्लास देखाउने अर्को पक्ष हो। यसमा प्रयोग गरिएको बोतल उत्तिकै आकर्षक लाग्छ, जसको डिजाइनमा कम्पनीले विशेष मौलिकता अपनाएकाले यो कसैले पनि नक्कल गर्न नसक्ने दाबी गर्छन् गोयनका।
कोभिड-१९ का कारण यार्सागुम्बा बेभरेजको अफिसियल लञ्चको उपयुक्त मौकाको पर्खाइमै छ एभरेष्ट हर्ब्स। तर लञ्चकै लागि लामो समय पर्खिँदा लक्ष्य गरिएका माइलस्टोनहरु हासिल गर्न गाह्रो हुने देखेर कम्पनीले करीब तीन महिनाअघिबाट भने यसलाई नेपाली बजारमा वितरण सञ्जाल बनाएरै पठाउन थालेको हो।
उच्चमध्यम वर्गलक्षित यार्सागुम्बा बेभरेजले तीन महिनाको छोटो अवधिमै ग्राहकबाट सकारात्मक र उत्साहजनक प्रतिक्रिया पाएको कम्पनीको भनाइ छ। ९० प्रतिशत उपभोक्ताबाट गुणस्तरअनुसार मूल्य सस्तो भएको प्रतिक्रिया आएको समेत अग्रवालको जिकिर छ।
गोयनकाका अनुसार, सार्वजनिक रूपमा प्रचारप्रसार नगरिकनै उपभोग गरेका व्यक्तिहरुको ‘वर्ड अफ माउथ पब्लिसिटी’ कै आधारमा यो पछिल्लो एक-डेढ महिनाको अवधिमा करीब १२ हजार बोटल बिकिसकेको छ।
लक्ष्य विश्व बजार अग्रवालका अनुसार, नयाँ अवतारमा यार्सागुम्बा बेभरेजको उत्पादन थाल्नुको लक्षित बजार नै ओभरसिज थियो। तर अन्तर्राष्ट्रिय बजारमा पठाउने तयारी गरिएको भए पनि कोभिडको अभूतपूर्व प्रतिकूलताले तत्काल यो योजनामा धक्का लाग्यो।
‘कोभिड नभएको हुन्थ्यो भने यतिबेला हामी यार्सागुम्बा बेभरेज विश्वका विभिन्न देशमा निर्यात गरिरहेका हुन्थ्यौं,’ अग्रवालले भने, ‘त्यो अहिले नेपालमा बेचिरहेको गोल्डेन सफायरभन्दा पनि प्रिमियम र बढी मूल्यको हुनेछ र त्यसलाई बिक्री गर्नसक्ने कन्फिडेन्स हामीसँग छ।’
७५० एमएलकै बोटलको २३९ अमेरिकी डलर अर्थात् करीब २८ हजार रुपैयाँ मूल्य रहनेगरी ‘ब्लु सफायर’ सेगमेन्टमा यार्सागुम्बा बेभरेज निर्यातको योजना रहेको उनले सुनाए। भन्छन्, ‘अझ हामी यसलाई ५०० डलरमा अन्तर्राष्ट्रिय बजारमा बेच्न सक्ने बनाउन चाहन्छौं, ताकि नेपालमा पनि यो स्तरको मूल्यमा बेच्न सकिने सामान उत्पादन गर्न सकिन्छ भन्ने प्रेरणा अरु नेपालीलाई पनि मिलोस्।’
कम्पनीले गत जनवरीबाटै नेपाली उपभोक्तालाई लक्षित गरेर उत्पादन बजारमा पठाउने गृहकार्य थालेको थियो। तर त्यतिबेला उत्पादन क्षमता वृद्धिको लाइसेन्सको पर्खाइमै रहेकाले यो आक्रामक रूपमा अघि बढ्न सकेको थिएन। लाइसेन्स पाएपछि भने तीन महिनाअघिबाट मार्केटिङलाई गति दिइएको अग्रवालले बताए।
लकडाउन नभए अबको ६ महिनाभित्र विश्वका २० मुलुकमा यसलाई पुर्याइसक्ने लक्ष्यमा काम गरिरहेका छौं,’ उनले भने, ‘संसारभरका ड्युटी फ्री शपमा यो प्रडक्ट होस् भन्ने हामी चाहन्छौं।’
अन्तर्राष्ट्रिय बजार हेरेरै नेपालमा मात्र नभएर विश्वभर यस ब्रान्डको व्यापार चिन्ह सुरक्षित गर्न एभरेष्ट हर्ब्सले विभिन्न मुलुकमा ट्रेडमार्क दर्ताको काम पनि सँगसँगै अघि बढाएको छ। जसअनुरुप हङकङमा ‘यार्सागुम्बा’ ट्रेडमार्क दर्ता भइसकेको छ भने संसारका अन्य १७० देशमा समेत यो मान्य हुनेगरी अन्तर्राष्ट्रिय ट्रेडमार्क रजिष्ट्रेसनको प्रक्रियामा रहेको जानकारी अग्रवालले दिए।
उनी भन्छन् – ‘यो उत्पादनको परिचय संसारभर ‘मेड इन नेपाल’ का रूपमा होस्, अरु कुनै पनि मुलुक यसको दाबीका लागि प्रवेश गर्न नसकोस् भनेर हामी यसरी प्रतिबद्ध भएर लागेका हौं। किनकि, हामी यसलाई अन्तर्राष्ट्रिय बजारमा नेपाल चिनाउने एउटा गर्व गर्नलायक नेपाली उत्पादनका रुपमा स्थापित गरेर देशलाई विदेशी मुद्रा आर्जनमा पनि सघाउन चाहन्छौं।’
यो महत्वाकांक्षी योजनाको संक्षेपलाई बिट मार्दै अग्रवालले भने- ‘यार्सागुम्बा बेभरेजलाई ‘ज्वेल अफ नेपाल’ अर्थात् ‘नेपालको रत्न’ का रुपमा विश्वमा चिनाउने लक्ष्यका साथ अघि बढेका छौं हामी, र यसमा सफल हुनेमा विश्वस्त छौं।’
५ कार्तिक, काठमाडौं । काेराेना कहर जारी रहेकै याे आर्थिक वर्षको दोस्रो महिनासम्ममा कूल रु एक खर्ब ६५ अर्ब ७३ करोड रेमिट्यान्स (विप्रेषण) आप्रवाह भएको छ । गत साउनमा रु ९२ अर्ब ७० करोड विप्रेषण आप्रवाह भएको थियो । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालू आर्थिक वर्षको दोस्रो महिनाको आर्थिक विवरण अनुसार अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ०.६ प्रतिशतले घटेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह २.६ प्रतिशतले वृद्धि भई एक अर्ब ३९ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १.६ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति ‘संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण’ लिने नेपालीको संख्या ९९.२ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ०.२ प्रतिशतले बढेको थियो । वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ८६.५ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या १०.३ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा खुद ट्रान्सफर ४.४ प्रतिशतले वृद्धि भई रु एक खर्ब ८३ अर्ब ६६ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ०.५ प्रतिशतले बढेको थियो । यस्तै गत भदौ मसान्तसम्म चालू खाता रु २६ अर्ब सात करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालू खाता रु २२ अर्ब ६९ करोडले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २० करोड ३ लाखले घाटामा रहेको चालू खाता समीक्षा अवधिमा २१ करोड ७६ लाखले बचतमा रहेको छ । समीक्षा अवधिमा पुँजीगत ट्रान्सफरमा ३३.७ प्रतिशतले कमी आई रु एक अर्ब ९६ करोड कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी २३.३ प्रतिशतले वृद्धि भई रु दुई अर्ब ४४ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर रु दुई अर्ब ९६ करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी रु एक अर्ब ९८ करोड रहेको थियो । समीक्षा अवधिमा शोधनान्तर स्थिति रु६७ अर्ब ६३ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रु आठ अर्ब ८३ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ७ करोड ८५ लाखले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा ५६ करोड ६२ लाखले बचतमा रहेको छ । नेपालबहस.कम बाट
काठमाडौं । मारुती सुजुकीको काठमाडौं । मारुती सुजुकीको आधिकारीक वितरक सिजी मोटोकर्पले आफ्नो कारहरु बलेनो, सेलेरियो र डिजायरको मूल्य बढाएको छ । कम्पनीले यी मोडलमा ५० हजार रुपैयाँले मूल्य बढाएको हो । मारुती सुजुकी सस्तो कारको लागि निकै परिचित ब्राण्ड हो । कम्पनीले नेपालमा १८ लाख ९९ हजारदेखि ४७ लाख ९९ हजारसम्म मूल्य कायम गरेर नयाँ कारहरु बिक्री वितरण गर्दै आएको छ । कम्पनीले अल्टो, एस प्रेसो, इको, सेलेरियो, वागेन आर, इग्नीस, सेलेरियो एक्स, स्वीफ्ट, बलेनो, डिजायर, ब्रेजा, सियाज, एसक्रस र एक्सएल ६ मोडलको बिक्री गर्दै आएको छ । अल्टोको मूल्य १८ लाख ९९ हजारदेखि २२ लाख ९९ हजारसम्म रहेको छ भने एस प्रेसोको मूल्य २२ लाख ९९ हजारदेखि २५ लाख ९९ हजारसम्म रहेको छ । त्यसैगरि कम्पनीले बिक्री वितरण गर्दै आएको इको भ्यानको मूल्य २४ लाख ४९ हजारदेखि २४ लाख ६९ लाखसम्म रहेको छ । कम्पनीले बिक्री गर्दै आएको सेलेरियो कारको मूल्य भने बढेको छ । कम्पनीले यसअघि २४ लाख ९९ हजारदेखि २७ लाख ४९ हजारसम्म मूल्य राखेर बिक्री गर्दै आएको सेलेरियोको नयाँ मूल्य २५ लाख ४९ हजारदेखि २९ लाख २९ हजारसम्म रहेको छ । मारुती सुजुकीको चर्चित कार वागेन आरको मूल्य २४ लाख ९९ हजारदेखि २७ लाख ९९ हजारसम्म रहेको छ । त्यस्तै इग्नीस मोडलको मूल्य २७ लाख ९९ हजारदेखि ३३ लाख ९९ हजारसम्म तोकेर बिक्री गर्दै आएको छ । स्वीफ्ट ह्याचव्याक कारको मूल्य ३० लाख ९९ हजारदेखि ३३ लाख ९९ हजार र बलेनो प्रिमियम ह्याचव्याक कारको मूल्य पनि बढाएको छ । यसअघि ३३ लाख ९९ हजारदेखि ३६ लाख ९९ हजारसम्म रहेको बलेनोको नयाँ मूल्य ३४ लाख ४९ हजारदेखि ३७ लाख ४९ हजार कायम गरिएको छ । मारुती सुजुकीले डिजायर सेडान कारको मूल्य भने बढाएको छ । यसअघि ३२ लाख ७९ हजारदेखि ३६ लाख २९ हजारसम्म रहेको डिजायरको नयाँ मूल्य ३४ लाख २९ हजारदेखि ३७ लाख ७९ हजारसम्म तोकिएको छ । कम्पनीले नेपाल ल्याएको पछिल्लो एसयूभी ब्रेजाको मूलय ४१ लाख ६९ हजारदेखि ४४ लाख ६९ हजारसम्म रहेको छ । सेडान कार सियाजको मूल्य ३८ लाख २९ हजारदेखि ४२ लाख २९ हजारसम्म तोकेको कम्पनीले एर्टिगाको मूल्य ३८ लाख ९९ हजारदेखि ४४ लाख ९९ हजारसम्म तोकेर बिक्री गर्दै आएको छ । मरुती सुजुकीकै सबैभन्दा महंगो मोडल एसक्रसको मूल्य ४२ लाख ९९ हजारदेखि ४८ लाख ९९ हजारसम्म रहेको छ भने एक्सएल६ मोडलको मूल्य ४६ लाख ९९ हजारदेखि ४७ लाख ९९ हजारसम्म रहेको छ ।