• गृह पृष्ठ
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला /जीवनशैली
  • खेल
  • बिज्ञान/प्रविधि
  • राजनीति
  • विचार
  • समाज
  • साहित्य

Category: अर्थ

प्रवासी नेपाली समन्वय समिति (पिएनसीसी) द्वारा आगामी अशाढ ०३ गते सुक्रबार जुम माध्यमबाट स्वास्थ्य सम्बन्धी कार्यक्रम सञ्चालन गर्ने।

  • ३१ जेष्ठ २०७९, मंगलवार ०९:५७ मा प्रकाशित
  • प्रवासी नेपाली समन्वय समिति (पिएनसीसी) द्वारा आगामी अशाढ ०३ गते अथार्त जुन १७मा प्रवासमा रहेका नेपाली श्रमिकहरुलाई लक्षित गरी उनीहरूको स्वास्थ्य सम्बन्धी विभिन्न प्रकारका समस्याहरूको निदानमा आधारित भएर जनचेतनामुलक कार्यक्रम गरिने बताइएको छ । जनरल फिजिसियन द्वारा प्रवासमा रहेका नेपालीहरुको स्वास्थ्यसम्बन्धी जनचेतनामुलक कार्यक्रम नेपाली समयाअनुसार बेलुका ७ बजेर ३० मिनेटमा सञ्चालन हुनेछ भने यो कार्यक्रम पिएनसीसीको आधिकारिक फेसबुक पेज लगायत साउदी अरब लगायत खाडी मुलुकमा अवस्थित नेपालीहरुलाई सुचनाको हकबाट सुसज्जित गर्दैआएको हिमालयन दृष्टि तथा मलेसिया लगायत आसपासका देशहरुमा नेपालीहरुमाझ परिचित हिमाल टाईम्स डटकमको फेसबुक पेजमा प्रत्यक्ष प्रसारण गरिने भएको छ।

    पछिल्ला दिनहरुमा प्रवासी नेपाली समन्वय समिति पि.एन.सी.सी द्वारा प्रवासमा रहेका नेपाली श्रमिकहरुलाई लक्षित गरी यस्ता किसिमका विभिन्न स्वास्थ्यसम्बन्धी विशेषज्ञ डाक्टरहरु द्वारा जनचेतनामूलक कार्यक्रमहरु संचालन गरिदै आएको छ। यसै श्रृंखलाको निरन्तरतास्वरुप आउँदो शुक्रबार पनि जनरल फिजिसियन द्वारा कार्यक्रम सञ्चालन गर्न लागेको यस कार्यक्रममा प्रवासमा रहेका नेपाली श्रमिक दाजुभाइ हरु प्रत्यक्षरुपमा लाभान्वित हुन सक्ने तथा कार्यक्रममा जुम माध्यमबाट सहभागीता जनाई डाक्टरद्वारा दिइने स्वास्थ्यसम्बन्धी सल्लाह सुझावको फाइदा लिन हुन पिएनसीसी आईएलओ प्रोग्रामका संयोजक भरत नेपालले बताउनुभयो।

    जुम माध्यमबाट कार्यक्रममा सहभागी हुनको लागी :-zoom

    आईडी 28 97414063 पासवर्ड:- pncc

    Posted in अन्तर्राष्ट्रिय, अर्थ, मुख्य खबरLeave a Comment on प्रवासी नेपाली समन्वय समिति (पिएनसीसी) द्वारा आगामी अशाढ ०३ गते सुक्रबार जुम माध्यमबाट स्वास्थ्य सम्बन्धी कार्यक्रम सञ्चालन गर्ने।

    किसानलाई मल र विद्यार्थीलाई पुस्तक उपलब्ध गराउन माग

  • २९ जेष्ठ २०७९, आईतवार १४:४७ मा प्रकाशित

  • काठमाडौँ,२९ जेठ । खेतीको समयमा पनि किसानले मल नपाएको र शैक्षिकसत्र सुरु भएको लामो समय बितिसक्दासमेत विद्यार्थीले पुस्तक नपाएको भन्दै सांसदहरुले तत्काल समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।प्रतिनिधिसभाको आजको बैठकको शुन्य समयमा बोल्ने अधिकांश सांसदले किसानले मल बीउ नपाएको र विद्यार्थीले पुस्तक नपाएको भन्दै यथाशीघ्र किसानलाई मल र विद्यार्थीलाई पुस्तक उपलब्ध गराउन माग गरे ।सांसद लक्ष्मीकुमारी चौधरीले अहिले अनलाइनका समयमा पनि विद्यार्थीलाई किताब दिन नसक्नु विडम्बनापूर्ण भएको र यसले राज्यको प्राथमिकतामा विद्यालय नपरेको शङ्का उब्जाएको भन्दै तत्काल समस्या समाधन गर्न माग गरे ।उनले किसानलाई मलखाद उपलब्ध गराउन पनि आग्रह गरे । सांसद लक्ष्मी परियारले विद्यार्थी पुस्तकविनै कहिलेसम्म विद्यालय धाउनुपर्ने भन्दै बालबालिकाले चाँडो किताब पाउने वातावरण बनाउन शिक्षा मन्त्रालयको ध्यानाकर्षण गराए ।उनले कृषकलाई मल र बीउ उपलब्ध गराउन सरकारसमक्ष माग गरे । सांसद लालप्रसाद साँवा लिम्बूले जन्मसिद्ध नागरिकता प्राप्त नागरिकका छोराछोरीले उमेर पुगेर पनि नागरिकता नपाएर उनीहरु लाइसेन्स, प्रवेशषाज्ञालगायत महत्वपूर्ण कागजातबाट बञ्चित हुनुपरेको भन्दै तत्काल संसद्मा विचाराधीन नागरिकता विधेयकलाई अघि बढाउन माग गरे । सांसद विद्या भट्टराईले विपद् र प्रकोपजन्य घटना नियन्त्रणका लागि सरकारको ध्यानाकर्षण गराए।सांसद बीनाकुमारी श्रेष्ठले जुन १२ विश्व बालश्रम उन्मूलन दिवसका सन्दर्भमा शुभकामना व्यक्त गर्दै रेस्टुरेन्ट तथा घरेलु कामदारका रुपमा बालश्रम शोषण भइरहेको भनी बालश्रम उन्मूलनका लागि सरोकारवालाको ध्यानाकर्षण गराए सांसद विशाल भट्टराईले खोटाङको फोक्सिङटारस्थित सुनकोसीको पुल निर्माण शीघ्र सम्पन्न गर्न सरकारको ध्यानाकर्षण गराए । सांसद विष्णु शर्माले घोराहीको नेत्रलाल मार्गको कालोपत्र गर्न बजेटको व्यवस्था गर्न माग गरे । उनले कालापानी, लिपुलेकलगायत सीमाका पीडित जनताको मर्काको सुनुवाइ हुनुपर्ने माग गरे ।सांसद शक्तिबहादुर बस्नेले गत शुक्रबार जाजरकोटमा भएको जीप दुर्घटनामा मृतक भएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै यस्ता किसिमका दुर्घटना न्यूनीकरणका लागि सडक स्तरोन्नति गर्न माग गरे । उनले मनसुन सुरु भएकाले विपद् जोखिमका घटना न्यूनीकरणको तयारीमा जुट्न सरकारको ध्यानाकर्षण गरे ।सांसद शेरबहादुर तामाङले विभिन्न प्रकोपजन्य घटनाका कारण सिन्धुपाल्चोकलाई सरकारले सङ्कटग्रस्त जिल्ला घोषणा गरेको र विश्वबैंकबाट करिब रु छ अर्ब पैसा आएको भए पनि पीडितले न्याय नपाएको भन्दै जिल्लाका नाममा आएको पैसा जिल्लामै खर्च गर्ने वातावरण सिर्जना गर्न सरकारसमक्ष माग गरे ।सांसद डा सूर्यप्रसाद पाठकले गृह मन्त्रालयले २०५२ सालमा दलित समुदायका नागरिकले चाहेमा गैर दलितसँग मिल्ने थर नागरिकतामा राख्न चाहेमा पाउने व्यवस्था गरेको भए पनि नागरिकता र शैक्षिक प्रमाणपत्रमा फरक थर परेकाले दुवैमा एकरुपता ल्याउन सरकारको ध्यानाकर्षण गराए ।सांसद हिरा विकले खोटाङको साकेल गाउँपालिकाको सडक बाटो अलपत्र अवस्थामा रहेको र सवारीसाधन सहजरुपमा सञ्चालनको वातावरण सिर्जना गर्न माग गरे । रासस

    Posted in अर्थLeave a Comment on किसानलाई मल र विद्यार्थीलाई पुस्तक उपलब्ध गराउन माग

    साउदी अरबमा नेपालीश्रमिक अलपत्र बन्ने क्रम बढ्दो।

  • २६ जेष्ठ २०७९, बिहीबार ०१:४८ मा प्रकाशित
  • नेपालमा दलहरु र सरकारले श्रम मन्त्री बन्ने आलोपालो प्रणाली लागू गर्दा विदेशमा उद्धारको पर्खाईमा बसेका श्रमिकको सुरक्षामा थप चुनौती थपिने गरेको छ ।
    पछिल्लो समय साउदी अरब गएका श्रमिक अलपत्र बन्ने क्रम बढे पनि सरकारले नियमति उद्धारको समयन्त्र बनाउनुको सट्टा श्रम मन्त्रीको पालो पु-याउने नियम बनाएको देखिन्छ । अन्य देशबाट गरिने उद्धार प्रक्रिया केही सहज भएपनि साउदीबाट उद्धार गर्न प्रभावकारी समयन्त्रको आवश्यक पर्ने भएकाले छिटोछिटो श्रम मन्त्री परिवर्तन हुँदा उद्धारमा सुस्ता देखिने विज्ञहरुको भनाइ छ । विदेशमा रहेका श्रमिकको उद्धारका सम्बन्धमा जानकार बन्दै गरेका मन्त्री कृष्णकुमार श्रेष्ठलाई पालो सकिएको जनाउँदै पार्टीले फिर्ता गर्ने निर्णय गरेको छ । उनको बदलामा पार्टीले शेरबहादुर कुवँरलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको जिम्मा लगाएको छ । तत्काल श्रमिक उद्धारमा जुटनु पर्ने मन्त्री परिवर्तन भइरहँदा नियमित उद्धारको काममा असर पर्ने विज्ञको भनाइ छ । दवावपूर्ण कुटनीति पहल गर्नु पर्ने साउदी अरबबाट श्रमिक उद्धारमा लामो समय लाग्ने गरेका बेला पटक पटक मन्त्री फेरिँदा त्यसको नकारात्मक असर श्रमिकमा पर्ने गरेको छ ।
    श्रम आप्रवासन विज्ञ रामेश्वर नेपाल मन्त्री र प्रशासक परिवर्तन सरकार र पार्टीको आवश्यकता भएपनि श्रमिकको समस्याका बारेमा बुझेर काम गर्नु पर्ने बेलामा मन्त्री फेरिँदा तत्काल उद्धारको पखाईमा रहेका श्रमिक र उनीहरुको परिवारमा नकारात्मक असर पर्ने बताउँछन् । पछिल्लो समय साउदी अरबमा अलपत्र पर्ने श्रमिकको संख्या बढ्दै गएपनि त्यहाँ स्थित गैर आवासीय नेपाली संघ एनआरएन लगायत नेपाली दूतावासले समेत जनचेतना कार्यक्रमसमेत सञ्चालन गर्न थालेको छ । साउदी अरबमा ठूलो संख्यामा नेपाली अलपत्र परेको जनाउँदै दूतावासले उद्धारको प्रक्रिया भने थालेको छ । अलपत्र पर्नेको संख्या यकिन नभएपनि त्यहाँ ठूलो संख्यामा श्रमिकहरु उद्धारको प्रक्रियामा रहेका छन् ।
    साउदी अरबस्थित नेपाली दूतावासले पछिल्लो समय साउदीका रोजगारदाताले इकामा नबनाएको वा इकामाको म्याद सकिएपछि पनि नविकरण नगरिदिएको वा हुरूब लगाइ दिएको कारणले लामो समयदेखि नेपाल फर्किन नपाएको श्रमिक धेरै रहेको जनाउँदै सरकारले उद्धारका थप पहल गर्न अनुरोध गरेको छ । दूतावासले साउदी अरबमा कार्यरत नेपाली कामदारहरू मध्ये झण्डै आधा जसो कामदारहरू रहेको साउदी अरबको पूर्वी क्षेत्रका सहरहरूमा कार्यरत श्रमिकका धेरै गुनासो र समस्या आएको जनाउँदै जनचेतनामूलक कार्यक्रम समेत गरेको जनाएको छ ।
    दूतावासले साउदी अरबमा कार्यरत नेपाली श्रमिकलाई कम्पनीले सम्झौता अनुसारको तलब सुविधा नदिएको, काम गरेको समयको पनि तलब नपाएको, ओभरटाइमको पैसा नपाएको, बिरामी पर्दा उपचार नगरिदिएको, छुट्टीमा घर जान नदिएको लगायत धेरै समस्या रहेको उल्लेख गरेको छ । कम्पनीले अनावश्यक जरिवाना लगाएको, फर्जी कागजात बनाएर मुद्दा लगाइदिएको जस्ता विविध गुनासा तथा समस्याहरू कामदारबाट प्राप्त हुने गरेका छन् ।
    अलपत्र बन्ने क्रम बढेपछि दूतावासले त्यहाँ कार्यरत श्रमिकका लागि २ हप्ता अघि सचेतनामूलक कार्यक्रमको आयोजना समेत गरेको थियो । साउदी दूतावासले हालै कम्पनीले इकामा नबनाइदिएको वा इकामा नविकरण नगरिदिएको वा हुरूब लगाइदिएको कारणले नेपाल फर्किन नपाएका श्रमिकका लागि को एक्जिट भिसा प्रोसेसिङ समेत गरेको छ।

    दूतावासले साउदी अरेबियाका विभिन्न कम्पनी तथा प्रतिष्ठानहरुमा कार्यरत रहँदा साउदी आवासीय अनुमतिपत्र (अकामा) नबनाइएका वा नवीकरण नगरिएका वा हुरूब लगाइएका नेपालीलाई स्वदेश फर्काउन आवश्यक वहिर्गमन भिसा (एकजीट भिसा) का लागि सम्बन्धित साउदी निकायमा अनुरोध गरेर ११८ जनाको वहिर्मन भिसा प्राप्त गरेको छ ।
    दूतावासले प्रोसेसिङ गरेर प्राप्त हुने वहिर्गमन भिसाको सूची प्रत्येक हप्ता दूतावासको फेसबुक पेजमार्फत् सार्वजनिक गर्ने जनाएको छ । वहिर्गमन भिसाको सूचीमा दमाम, जुवेल, खोबर र अलहासास्थित अध्यागमन कार्यालयबाट प्राप्त हुने वहिर्गमन भिसा जारी हुने जनाइएको छ ।

    Posted in अन्तर्राष्ट्रिय, अर्थ, मुख्य खबरLeave a Comment on साउदी अरबमा नेपालीश्रमिक अलपत्र बन्ने क्रम बढ्दो।

    मंगलबार पनि उच्च अंकले घट्यो सेयर बजार 

  • २४ जेष्ठ २०७९, मंगलवार १५:४३ मा प्रकाशित

  • २४ जेठ, काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट ल्याएपछि ओरालो यात्रा थालेको सेयर बजारले मंगलबार समेत यो ट्रेन्डलाई पच्छ्यायो । मंगलबार ४५.५९ अंकले घटेको बजार २०२०.२३ बिन्दुमा आएर रोकियो । सोमबार समेत बजार दोहोरो अंकले घटेको थियो ।

    बजार निरन्तर घट्दा कारोबार समेत सुस्ताएको छ । मंगलबार २३४ कम्पनीको मात्र २८ हजार ९५९ वटा कारोबारबाट ३८ लाख ८७ हजार ७४८ कित्ता सेयर किनबेच भएको छ । मंगलबार कारोबार रकम भने १ अर्ब ३१ करोड २८ लाख ६ हजार ५६३ रुपैयाँ बराबरको भएको छ । मंगलबार सबै उपसमूह राताम्य रहे । सबैभन्दा धेरै उत्पादन र प्रशोधन तथा बैंकका लगानीकर्ताले गुमाए ।मंगलबार उपकार लघुवित्त वित्तीय संस्थाको मूल्यमा सकारात्मक सर्किट लाग्यो । १० प्रतिशतले बढेको यसको मूल्य २१२६ रुपैयाँ पुगेको छ । बलेफी हाइड्रोपावरको मूल्य ९.९८ प्रतिशतले बढेर २०३.९० रुपैयाँ पुगेको छ । माउण्टेन इनर्जी ३.८२ प्रतिशतले घट्यो । मंगलबार हिमालयन बैंकको मूल्य नेगेटिभ सर्किट लेवलमा घटेको छ । ९.९७ प्रतिशतले घटेको यो कम्पनीको मूल्य ३२३.१० रुपैयाँमा झरेको छ । मंगलबार एनआइसी एसिया बैंकको सबैभन्दा धेरै कारोबार भयो ।

    Posted in अर्थLeave a Comment on मंगलबार पनि उच्च अंकले घट्यो सेयर बजार 

    बिदामा गएर समयमै नफर्किए साउदीमा तीन वर्ष प्रतिबन्ध

  • २२ जेष्ठ २०७९, आईतवार १४:४२ मा प्रकाशित

  • रियाद – बिदामा गएका विदेशी नागरिकहरू तोकिएको समयभित्र साउदी अरब नफर्किएमा ३ वर्षसम्म पुनरागमनमा प्रतिबन्ध लगाउने साउदी सरकारले जनाएको छ ।

    साउदी अरबको राहदानी महानिर्देशनालय (जवाजत) ले एक्जिट र रि-इन्ट्री भिसा लिएर निश्चित अवधिभित्र नफर्केका आप्रवासीलाई ३ वर्षसम्म राज्य प्रवेशमा प्रतिबन्ध लगाइने जनाएको छ ।

    भिसामा तोकिएको अवधिभित्र प्रवासी फर्किएन भने रोजगारदाताले नयाँ भिसा जारी गर्नुपर्ने जवाजातले जनाएको छ । ‘निकास र फिर्ता आएन’ वाक्यांश कुनै पनि प्रवासीको लागि रेकर्ड गरिनेछ, जसले एक्जिट र रि-इन्ट्री भिसा जारी गरेको थियो, जवाजातले भनेको छ ।

    भिसाको म्याद समाप्त भएको दुई महिना पछि स्वचालित रूपमा आफूले छाडेर नफर्केका प्रवासीलाई दर्ता गर्न पहिले जस्तै राहदानी विभागमा जानु नपर्ने संकेत गरेको जवाजातलाई उद्धृत गर्दै साउदी गजेटले जनाएको छ ।

    प्रवेश प्रतिबन्धको अवधि भिसा समाप्त भएको मितिबाट गणना गरिने र हिजरी क्यालेन्डरको आधारित हुनेछ । जावाजतका अनुसार आगमनलाई राज्यमा प्रवेश गर्नबाट रोक्ने निर्णयमा आश्रित र उनीहरूसँगै आउनेहरूलाई समावेश गर्दैन ।

    जवाजातले छोरा वा छोरीहरू जस्ता आप्रवासीका आश्रितहरू, एस्कर्टहरूको प्रस्थान र तिनीहरूको नफर्किने सम्बन्धमा प्रतिक्रिया दिँदै अभिभावकहरूले अबशेर प्लेटफर्ममा उनीहरूको निरन्तर उपस्थिति गरी उनीहरूलाई रद्द गरी छाडिने बताएको छ।

    Posted in अन्तर्राष्ट्रिय, अर्थ, मुख्य खबरLeave a Comment on बिदामा गएर समयमै नफर्किए साउदीमा तीन वर्ष प्रतिबन्ध

    प्रवासी नेपाली समन्वय समिति (पीएनसीसी) १४ बर्षमा

  • २० जेष्ठ २०७९, शुक्रबार २०:४१ मा प्रकाशित
  • काठमाडौं । प्रवासी नेपाली  समन्वय समिति (पीएनसीसी) को १३ औं बर्ष पुरा गरी १४ वर्षमा प्रवेश गरेको छ । प्रवासमा रहेका नेपाली श्रमिकको हकहितको लागि स्थापना गरिएको संस्था २०६६ सालमा स्थापना भएको हो ।

    वैदेशिक रोजगारमा संलग्नहरू सदस्य रहने गरी ” फर दी माईग्रेन्ट बाई दी माईग्रेन्ट ” भन्ने मुल मन्त्रका साथ प्रवासी नेपाली समन्वय समिति ( पीएनसीसी) गैर सरकारी सामाजिक संस्थाको रूपमा स्थापित भएको संस्थाले जनाएको छ । यस दौरानमा राष्ट्रिय , क्षेत्रिय र अन्तराष्ट्रिय स्तरमा संस्थाले श्रमिकका विविध पक्षहरूलाई संबोधन गर्ने प्रयास गरेको संस्थाले जनाएको छ ।

    वैदेशिक रोजगारीको क्रममा विविध परिस्थितिमा समस्यामा परेका करिव २९ हजार भन्दा बढि आप्रवासी श्रमिक र उनीहरूका परिवारको विविध समस्याहरूको सहजिकरण गरेको संस्थाले उल्लेख गरेको छ ।

    संस्थाले मलेसिया तथा खाडी लगायतका देशमा रहेका नेपाली श्रमिकका समस्या बारे बारे पैरवी, उद्धार, सहजिकरण गर्दै आएको छ ।

    Posted in अन्तर्राष्ट्रिय, अर्थ, मुख्य खबरLeave a Comment on प्रवासी नेपाली समन्वय समिति (पीएनसीसी) १४ बर्षमा

    वैदेशिक रोजगारीमा रहेकाहरुलाई आईपीओमा १० प्रतिशत आरक्षण

  • १५ जेष्ठ २०७९, आईतवार १९:४० मा प्रकाशित
  • काठमाण्डौ – वैदेशिक रोजगारीमा रहेकाहरुलाई शेयर बजारमा प्रोत्साहन गर्न सरकारले आरक्षणको व्यवस्था गरेको छ ।

    आगामी आर्थक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्द्धन शर्माले वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई शेयरमा १० प्रतिशतको आरक्षण प्रदान गरिने बताउनुभएको हो । यस्तै धितोपत्रको दोस्रो बजारलाई प्रतिस्पर्धी बनाइने पनि मन्त्री शर्माले बताउनुभयो ।

    Posted in अर्थ, मुख्य खबरLeave a Comment on वैदेशिक रोजगारीमा रहेकाहरुलाई आईपीओमा १० प्रतिशत आरक्षण

    सरकारी कर्मचारीकाे तलबः कसको कति बढ्याे ? (सूचीसहित)

  • १५ जेष्ठ २०७९, आईतवार १९:२७ मा प्रकाशित
  • तलब सुविधा पुनरावलोकनका लागि अध्ययन गर्न उच्चस्तरीय तलब सुविधा आयोग गठन गरिने

    काठमाडौं । सरकारले सबै कर्मचारीको तलब १५ प्रतिशतले वृद्धि गरेको छ ।

    चालू आर्थिक वर्षमा सबै कर्मचारीको तलब २ हजारका दरले वृद्धि गरेको सरकारले यस पटक बजेट भाषणमार्फत कार्यालय सहयोगीदेखि मुख्यसचिवसम्मका निजामती कर्मचारीको तलब १५ प्रतिशतले वृद्धि भएको अर्थमन्त्री जनार्दन शर्माले बजेट प्रस्तुत गर्दै जानकारी गराएका हुन् ।

    बजेट भाषण गर्दै अर्थमन्त्री शर्माले भने, ‘निजामती सेवाका कर्मचारी, सेना, प्रहरी, शिक्षकलगायत सबै राष्ट्र सेवकलाई उत्प्रेरित गरी सेवाभाव उच्च बनाउन विक्रम संवत् २०७९ साउन १ गतेदेखि लागू हुने गरी तलबमानमा १५ प्रतिशत वृद्धि गरेको छु । हाल खाईपाई आएको महंगी भत्तालाई समेत निरन्तरता दिएको छु ।’

    गत वर्ष पनि सरकारले महंगी भत्तालाई यसअघिकैलाई निरन्तरता दिने भनेको थियो । बजेटमार्फत नै निजामती कर्मचारीको सेवा सुविधालाई दक्षिण एसियाका अन्य मुलुकसँग तादात्म्यता कायम गर्न तलबमान सम्बन्धमा अध्ययन गरी सुझाव दिन विशेषज्ञ सम्मिलित अध्ययन गर्न समिति गठन गर्ने पनि घोषणा गरिएको थियो । नेपाल प्रेस बाट

    Posted in अर्थ, मुख्य खबरLeave a Comment on सरकारी कर्मचारीकाे तलबः कसको कति बढ्याे ? (सूचीसहित)

    पोखराबाट मुस्ताङको लागि उडेको तारा एअरको जहाज सम्पर्कविहीन ।

  • १५ जेष्ठ २०७९, आईतवार ११:२७ मा प्रकाशित

  • सम्पर्कविहीन तारा एअरको जहाजमा चालक दलसहित २२ जना सवार

    काठमाडौं– पोखराबाट मुस्ताङको लागि उडेर सम्पर्कविहीन भएको तारा एअरको जहाजमा २२ जना सवार रहेको पाइएको छ।

    जहाजमा दुई भारतीय नागरिक, दुई जना जर्मन नागरिक र १३ नेपाली यात्रु सवार थिए। चालक दलका तीन सदस्य गरी विमान जम्मा २२ जना सवार रहेको खुलेको छ।

    आइतबार बिहान पोखराबाट उडेको तारा एअरको ९ एनएईटी ट्विनअटर विमान सम्पर्कविहीन भएको हो। अहिले हेलिपक्टरसहितको टोली र प्रहरी टोलीमार्फत् विमानको खोजी भइरहेको छ ।

    Posted in अर्थ, मुख्य खबरLeave a Comment on पोखराबाट मुस्ताङको लागि उडेको तारा एअरको जहाज सम्पर्कविहीन ।

    साउदी रियालको बिक्रीदर ३३.०३ रुपैयाँ, डलरको कति छ ?

  • २९ बैशाख २०७९, बिहीबार ११:४९ मा प्रकाशित
  • आज एक अमेरिकी डलरको बिक्री दर १२३.८९ रुपैयाँ र खरिद दर १२३.२९ रुपैयाँ छ । नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमयदर तोक्दै डलरको खरिद÷बिक्री दर तोकेको हो । यसैगरी, एक यूरोको बिक्री दर १३०.८० रुपैयाँ र बिक्री दर १३०.१७ रुपैयाँ छ । यस्तै, पाउण्ड स्टर्लिङको बिक्री दर १५३.२३ रुपैयाँ र खरिद दर १५२.४९ रुपैयाँ छ । ८६.७७ रुपैयाँमा बिक्री भइरहेको अष्ट्रेलियन डलरको खरिद ८६.३५ रुपैयाँ छ ।

    यस्तै, सिंगापुर डलरको बिक्री दर ८९.४० रुपैयाँ र खरिद दर ८८.९७ रुपैयाँ छ । यता जापानी येनको बिक्री दर ९.५४ रुपैयाँ र खरिद मूल्य ९.५० रुपैयाँ छ । चिनियाँ युवानको बिक्री मूल्य १८.४३ रुपैयाँ र खरिद मूल्य १८.३४ रुपैयाँ छ ।

    यसैगरी, मलेसियन रिंगटको बिक्री दर २८.३१ रुपैयाँ र खिरिद मूल्य २८.१७ रुपैयाँ छ भने १०० कोरियन वनको बिक्री दर ९.७३ रुपैयाँ र खरिद दर ९.६८ रुपैयाँ छ ।

    Posted in अर्थ, मुख्य खबरLeave a Comment on साउदी रियालको बिक्रीदर ३३.०३ रुपैयाँ, डलरको कति छ ?

    Posts navigation

    Older posts
    Newer posts

    Himalayan Dristi Team

    • प्रधान सम्पादक

      अनिल आचार्य

    About us

    • हाम्रोबारे

    Follow us on Facebook

    Contact Us

    Kathmandu, Nepal
    Email: himalayandristi@gmail.com
    Phone:-00977-9868990772
    Web:
    www.himalayandristi.com/
    विज्ञापनका लागि
    कृष्ण गिरि 00977-9860341922

    © Copyright 2020-2024 Himalayan Dristi. All Right Reserved. Design & Developed By K & P