साउदी अरेबियाले पाकिस्तानलाई ८ अर्ब डलरबराबरको आर्थिक सहायता प्रदान गर्ने भएको छ।
मुद्रा संकट, वैदेशिक मुद्रा सञ्चितिमा देखिएको कमी र कमजोर आर्थिक वृद्धिदरजस्ता समस्याको सामना गररहेको पाकिस्तानलाई साउदीे अरेबियाले महत्वपूर्ण आर्थिक सहयोगको प्रस्ताव अघि सारेको हो।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेअनुसार साउदी अरेबिया पाकिस्तानलाई उक्त आर्थिक सहयोगको लागि तयार भएको हो।
यो सहयोगले पाकिस्तानलाई आर्थिक समस्या समाधानको बाटो खुल्ने अपेक्षा गरिएको छ। पाकिस्तानका प्रधानमन्त्री शहबाज शरिफको साउदी भ्रमणको क्रममा यो सम्झौता भएको हो।
एक अधिकारीले दिएको जानकारीअनुसार पाकिस्तानले तेलको सहयोग १ अर्ब २० करोडबाट बढाएर २ अर्ब ४० करोड डलर पुर्याउने प्रस्ताव गरेको थियो।
त्यसमा साउदी अरेबिया सहमत देखिएको हो। साउदी अरेबियाले पूर्व प्रधानमन्त्री इमरान खानको कार्यकालमा पनि पाकिस्तानलाई ४ अर्ब २० करोड डलरको आर्थिक सहयोग प्रदान गरेको थियो।
काठमाडौं, वैशाख १८ । इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आइस्पान) ले अर्को साताबाट देशभर इन्टरनेट सेवा बन्द हुन सक्ने चेतावनी दिएको छ। सरकारले विदेशी मुद्रा कारोबारमा लगाएको रोकका कारण सेवा बन्द हुन सक्ने बताइएकोे हो।
इन्टरनेट सेवा प्रदायकहरूले नेपालमा बाहिरबाट ब्यान्डविथ खरिद गरेर इन्टरनेट सेवा दिइरहेका छन्। उनीहरूले विदेशीसँग खरिद गरेर प्रयोग गरेको ब्यान्डविथकोे भुक्तानी विदेशी मुद्रामा दिनुपर्छ। तर सरकारले भुक्तानी गर्न विदेशी मुद्रा दिन रोक लगाएपछि सेवा बन्द हुने अवस्थामा आएको बताइएको छ।
आइस्पानले शनिबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार आइएसपीका भारतीय अपस्ट्रिम प्रदायक सेवा टाटा, एयरटेल, सिफीलाई भुक्तानी गर्न विदेशी मुद्रा सिफारिसमा सञ्चार मन्त्रालयले पूर्ण रोक लगाएको छ। मन्त्रालयको सिफारिस पछि राष्ट्र बैंकले विदेशी मुद्रा प्रदान गर्छ।
आइस्पानका अनुसार ६ महिनादेखि ब्यान्डविथ खरिद गरेको भुक्तानी गर्न सकिएको छैन। आइस्पान अध्यक्ष सुधीर पराजुलीले इन्टरनेट सेवा बन्द हुने अवस्थामा पुगेको भन्दै सञ्चार मन्त्रालय नियतवश अत्यावश्यक इन्टरनेट सेवा अवरुद्ध गर्न लागेको आरोप लगाए।
आइस्पानले सरकारले इन्टरनेट सेवामा ४५ प्रतिशतभन्दा बढी कर लगाएको आरोप पनि लगाएको छ।
तुलसीपुर / दाङको तुलसीपुर उपमहानगरपालिका–३ डाँडाखुट्टीका तेजबहादुर केसी कुनै समय विदेशमा चर्को घाममा मजदुरी गर्थे । विदेशमा उनको पसिना त्यसै खेर गइरहेको थियो । पसिना आफ्नै देशमा बगाउने अठोटले घर फर्किएका केसी पछिल्लो समय गाईपालनमा रमाएका हुन्। उनको आफ्नै गाईफार्म छ ।
केसी दिनभर गाईको गोबर सोहर्छन्। गाईलाई दाना–घाँस खुवाउछन्। साँझ बिहान भने उनी गाईको दूध दुहुनुका साथै बजारमा बेच्न निस्किन्छन्। बाह्र वर्ष विदेश बसेर नेपाल फर्केपछि थालेको यो कामले केसीलाई आत्मसन्तुष्टि र इज्जत मिलेको छ । आम्दानी पनि उत्तिकै छ ।
केसी रोजगारकै सिलसिलामा तीन वर्ष मलेसिया, ६ वर्ष युनाईटेड अरब इमिरेटस्को दुबई र तीन वर्ष साउदी अरबमा बसे । “यति मेहनत नेपालमै गरे आफ्नै ठाउँमा आम्दानी गर्न सकिन्छ भनेर विदेशबाट फर्किए”, उनले भने ।
केसीले २०७४ सालदेखि व्यावसायिकरुपमा गाईपालन गर्न थालेका हुन्। उनले विदेशमा कमाउने पैसा यही गाईपालनबाट कमाउन सफल भएका छन् । “मेहनत गरे नेपालमै मनग्य आम्दानी गर्न सकिँदो रहेछ, पसिना आफ्नै देशमा बगाउनुपर्दो रहेछ”, उनले भने, “अब विदेश जाने सोचै छैन ।”
केसीले अहिले मासिक करिब रु एक लाख २० हजार बराबरको कारोबार गर्दछन् । सबै खर्च कटाएर रु ५० हजारदेखि रु ८० हजारसम्म नाफा हुने गरेको उहाँ बताउछन् ।
घर परिवारसँग पनि छुट्नु नपर्ने र आम्दानी हुने भएपछि यो पेसाबाट निकै सन्तुष्ट भएको उनी बताउँछन्। केसीले स्वाबलम्बन लघुवित्त वित्तीय संस्थाको तुलसीपुर शाखाबाट ऋण लिएर गाईपालन सुरु गरेका हुन् । अहिलेसम्म उनले उक्त संस्थाबाट रु पाँच लाखसम्म ऋण लिइसकेका छन् ।
हाल १८ गाई पाल्दैआएकामा सात गाईले दूध दिन्छन् । त्यही दूध नै उनको आम्दानीको स्रोत हो । दैनिक ७० लिटरसम्म दूध उत्पादन हुन्छ । केसीले होलिस्टेन र जर्सी जातका गाई पालेका छन् ।
व्यवसायमा रु ३५ लाखको हाराहारीमा लगानी भएको छ उनले त्यो लगानी उठाइसकेका छन् । लगानी उठेर चार कट्ठा जग्गा किनेको बेसीले बताए। उनले रु १० हजार तलब दिएर एक कर्मचारीसमेत राख्नुभएको छ । दूध बिक्री गर्न बजारीकरणको समस्या छैन ।
“किसानलाई सरकारले कम्तीमा सस्तो ब्याजदरमा ऋण उपलब्ध गराउनुपर्छ”, केसीले भने । उनले चितवनबाट एउटा गाई रु ८० हजारमा खरिद गरेर ल्याएका हुन् ।
केसी गाईपालनमा मात्र होइन् बाख्रापालनमा पनि लागेका छन् । हाल उनको खोरमा २६ बाख्रा छन् । बाख्राबाट वार्षिक रु एक लाखसम्म आम्दानी हुने गरेको उनले बताए ।
यसलाई अझै व्यवस्थित बनाएर लैजाने केसीको योजना छ । उनको यो व्यवसायबाट परिवार पनि खुसी छ । “श्रीमान् विदेश हुँदा घरमा एक्लै हुनुपर्थ्यो”, श्रीमती सरिताले भनिन्, “अहिले परिवारमा सँगै छौँ, घर चलाउन पनि सजिलो भएको छ ।”
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको ७४ वर्षपछि नेपालले दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल पाएको छ । भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल तयार भइसकेको छ भने व्यावसायिक उडानको तयारी लगभग पूरा भइसकेको छ ।
बिहीबार राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको वाइडबडी विमान उक्त विमानस्थलमा अवतरण गर्दा झन्डै २० मिनेट रनवेमै रोकिएपछि भने धेरैको मनमा यो विमानस्थल ठुला विमानका लागि उपयुक्त नभएको हो कि भन्ने आशंका उब्जिएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आले, सचिव तथा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष लगायतको टोली सवार विमान गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको रनवेमा लामो समय रोकिनु सामान्य विषय नभएको आम बुझाइ छ । विमानस्थल प्रमुख गोविन्दप्रसाद दाहाल भने विमानस्थलमा कुनै समस्या नरहेको र ठुला विमानका लागि पनि रनवे तथा अन्य प्राविधिक पक्ष उपयुक्त तथा दुरुस्त रहेको बताउँछन् ।
उनका अनुसार नयाँ रनवे छाडेर वाइडबडी विमान पुरानो रनवेतिर गएपछि सामान्य प्राविधिक समस्या भएको हो । पुरानो रनवेलाई अहिले ट्याक्सी वे बनाइएको उनले बताए । समुचित ‘कम्युनिकेसन’ को अभावमा पाइलटले पुरानो रनवेतिर विमानलाई लगेका कारण घुमाउन समस्या भएपछि विमान केहीबेर रनवेमै रोकिएको विमानस्थल प्रशासनको भनाइ छ ।
सो विमानस्थलको विभिन्न परीक्षण सफल भएकाले अब व्यावसायिक रुपमा अन्तर्राष्ट्रिय उडान तथा अवतरणका लागि खुला भएको पनि प्रशासन पक्षले जनाएको छ । बिहीबार नेपाल वायुसेवा निगमको ए–३३० वाइडबडी विमानले परीक्षण उडान गरेसँगै सबै प्रकारका परीक्षण सफलतापूर्वक सम्पन्न भएको जनाइएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंबाट सो विमान बिहीबार दिउँसो तीन बजे गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवामा अवतरण गर्ने भनिए झन्डै तीन घण्टा ढिलो गरी साँझ ५ः५५ बजेमात्र अवतरण गरेको थियो ।
वाइडबडीको चालक दलमा क्याप्टेन सुधीर तोमार र श्रवण रिजाल, को–पाइलट रमन घिमिरे थिए । सो विमान बिहीबार राति नै काठमाडौं फर्किएको थियो । विमानस्थल प्रमुख दाहालले अगामी जेठ २ गते बुद्ध जयन्तीको अवसर पारेर विमानस्थलबाट व्यावसायिक अन्तर्राष्ट्रिय उडान सुरु गरिने जनाए । त्यसदिन कुवेतको जजिरा एयरवेजले अन्तर्राष्ट्रिय उडान भर्न अनुमति लिइसकेको उनले रातोपाटीलाई बताए ।
विमानस्थलमा सुरक्षा, अध्यागमन, भन्सार लगायत सबै पूर्वाधार तथा प्राविधिक पक्षको तयारी तथा व्यवस्थापन सम्पन्न भइसकेको जनाइएको छ । उक्त विमानस्थलमा गत फागुन ६ गते एरो थाईको विमानले क्यालीब्रेसन उडान गरेको थियो । यही वैशाख ७ गतेदेखि विमानस्थलको नयाँ धावनमार्ग सञ्चालनमा ल्याइएको छ ।
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भर्न सरकारले अन्तर्राष्ट्रिय हवाई कम्पनीलाई औपचारिक आग्रह गरिसकेको छ । दाहालका अनुसार नेपाल वायुसेवा निगम, श्रीलंकन एयर, फ्लाइ दुबई, थाइ स्माइल, गल्फ एयर, ओमन एयर, कतार एयर, सलाम एयर लगायतका वायुसेवा कम्पनीले उडान भर्न चासो देखाएका छन् ।
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा रन वेबाट नेपाल एयरलाइन्सको वाइडबडी फर्किन सकेको छैन।
रनवे बाट ट्याक्सी वेमा आउने लिंक रोडभन्दा केही अगाडि गएर रोकिएको छ। त्यहाँबाट मोड्दा डोमेस्टिक एप्रोनमा जान्छ तर त्यहाँ रोकिन ठाउँ पुग्दैन।
रन वेबाट तानेर ल्याउने तयारी गरिएको विमानस्थल प्रशासन अधिकृत विनोद सिंह रावतले जानकारी दिएका छन्।
प्रशासनिक भवनको छतमा जहाज ल्याण्ड गरेको हेर्न बालबालिका समेत उत्सुकता पूर्वक पर्खिएर बसेका छन्।
राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को ए-३३० वाइडबडी भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ५:५५ बजे ल्याण्ड भएको थियो। तर रन वेबाट जहाज फर्किन सकेन।
दिउँसो ३ बजे उड्ने भनेको वाइडबडी दुई घण्टा डिले भएर ५:०० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको थियो।
जहाज संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले, सचिव, कर्मचारी तथा पत्रकारलगायत पूरा क्षमतामा यात्रु बोकेर उडेको हो। जहाजको सिट क्षमता दुई सय ७४ छ।
जहाजले ‘अप्रेसनल पर्फमेन्स टेस्ट फ्लाइट’ परीक्षण उडान गरेको हो। नेपालको उड्डयन इतिहासमा दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक ठूलो जहाजले उडान भरेको हो। सेतो पाटी बाट सभार
चितवनको नारायणगढस्थित कमलनगर चोकका केही पसलमा गए राति दुई बजेबाट लागेको आगो पाँच घण्टापछि नियन्त्रणमा आएको छ।
जिल्ला प्रहरी कार्यालय चितवनकाअनुसार कमलनगरस्थित तुलसिराम सापकोटाको घरको पहिलो तल्लामा रहेका पसलहरुमा आगलागी भएको थियो।
आगोले विष्णुप्रसाद लामिछानेले सञ्चालन गरेको एक्प्रेस मोवाइल पसल, विष्णु आचार्यको दुर्गा इलेक्ट्रोेनिक्स, बसन्त कार्कीको श्रीकृष्ण सप्लायर्स, शंकर सापकोटाको जुत्ता पसल र सूर्यमणि लामिछानेको दियालो फेन्सीमा क्षति पुगेको छ।
बिजुली सर्ट भएर आगलागी भएको अनुमान गरिएको अधिकारीले बताए।
आगलागीबाट करोडौं मूल्य पर्ने सामानको क्षति भएको स्थानीय बताउँछन्।
प्रहरीले भने क्षतिको विवरण संकलन भइरहेको बताएको छ।
प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीका अनुसार भरतपुर महानगरपालिका, खैरहनी नगरपालिका र नेपाली सेनाको दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको हो।
जेठ १ गतेबाट लागू हुने गरी कार्यालय समय बिहान साढे ९ बजेदेखि साढे ५ बजेसम्म कायम
सरकारले हप्तामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले सातामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो । सरकारले जेठ १ गतेदेखि लागू हुने गरी बिहान ९ः३० बजेदेखि साँझ साढे ५ बजेसम्म कार्यालय समय कायम गर्ने निर्णय गरेको छ ।
सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले हाललाई परीक्षणका लागि कार्यालय समय बढाएर बिहान साढे ९ बजेदेखि साढे ५ बजेसम्मको कार्यालय समय कायम गर्ने तथा शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिए।
विदेशी मुद्रा सञ्चिति घट्दो र शोधनान्तर घाटा बढ्दो स्थितिले अर्थतन्त्रमा जोखिम बढेपछि सरकारले सार्वजनिक बिदा बढाउने निर्णय गरेको हो। पेट्रोलियम पदार्थको आयात घटाई विदेशी विनिमय सञ्चिति बढाउन सरकारले विभिन्न १० वटा वस्तुमाथि पूर्ण रूपमा बन्देज लगाउने र २ दिन सार्वजनिक बिदा दिने निर्णय समेत गरिसकेको छ।
मन्त्रिपरिषद् बैठकले भारतको नयाँदिल्लीमा हुने रायसिना डायलगमा राष्ट्रिय योजनाका आयोगका उपाध्यक्ष विश्व पौडेललाई सहभागिताका लागि स्वीकृति दिने निर्णय गरेको छ।
त्यस्तै, बैठकले सशस्त्र प्रहरीको सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पदमा डीआईजी राजु अर्याललाई बढुवा गर्ने निर्णय गरेको छ। त्यस्तै, स्वास्थ्यमा नकारात्मक असर पार्ने १० वस्तुको पैठारीमा पूर्ण रुपमा बन्देज लगाउने निर्णय गरेको छ।
काठमाडौं, १३ बैशाख । आज नेपाली बजारमा सुनको मुल्य घटेको छ । सोमबार प्रतितोला १ लाख २ सय रुपैयाँमा कारोबार भएको सुनको मुल्य आज ९ सय रुपैयाँले घटेको हो ।नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुुसार आज छापावाल सुनको मुल्य ९९ हजार ३ सय रुपैयाँ तोकिएको छ । त्यस्तै, तेजाबी सुनको मुल्य प्रतितोला ९८ हजार ८ सय रुपैयाँ कायम भएको छ ।
चाँदीको मुल्य भने आज स्थिर छ । चाँदी आज प्रतितोला १३ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
काठमाडौं : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठसँग नेपालका लागि साउदी अरेबियाका कार्यवाहक राजदूत नाइफ अलोटाइवीबीच सोमबार भएको भेटमा दुई देशको आपसी सम्बन्ध र चासोका विविध विषयमा छलफल भएको थियो।
श्रममन्त्री श्रेष्ठले नेपाली कामदारको प्रमुख श्रम गन्तब्य बनेको साउदीमा नेपालीहरू विभिन्न समस्यामा परेको गुनासो आएकाले समाधानको पहल गर्न राजदूत अलोटाइवीसँग आग्रह गरेका थिए। सम्झौताअनुसार काम र पारिश्रमिक नपाएको भन्दै उजुरी तथा गुनासो गर्ने नेपाली कामदारको संख्या धेरै रहेको उनको भनाइ थियो।
नेपाल र साउदी अरेबिया बीचको श्रम सम्झौतालाई छिटो अन्तिम रूप दिनुपर्ने मन्त्री श्रेष्ठले बताए। श्रम सम्झौता नहुँदा रोजगारदाता तथा मानव श्रोत आपूर्तिकर्ता संस्थाको कर्तव्य स्पष्ट हुन नसकेको बताए। छलफलपछि राजदूत अलोटाइवीले नेपाली कामदारको सहजताको लागि आफू प्रतिबद्ध रहेको बताएका थिए।
मन्त्री श्रेष्ठले साउदी अरेबिया सरकारको सहयोगमा नेपालमा साउदीलक्षित सीप प्रशिक्षण केन्द्र संचालनको प्रस्ताव भएको थियो। अहिले साउदी अरेबिया जाने अधिकांश कामदार अदक्ष रहेकोले सीपयुक्त जनशक्ति उत्पादन गर्न सीप परीक्षण परियोजना संचालन गर्न सकिने उनले बताए। साउदीमा रोजगारीका लागि जाने नेपालीमध्ये अधिकांश अदक्ष कामदार छन्। करिब ४ लाख श्रमिक कार्यरत रहेको साउदी नेपाली कामदारहरूको लागि प्रमुख श्रम गन्तव्य हो। नेपाल र साउदी अरेबियाबीच सन् १९७७ मार्च १५ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो।