• गृह पृष्ठ
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला /जीवनशैली
  • खेल
  • बिज्ञान/प्रविधि
  • राजनीति
  • विचार
  • समाज
  • साहित्य

Category: अन्तर्राष्ट्रिय

साउदी अरबको जेद्दामा नवनियुक्त महावाणिज्य दूतको गरियो भव्य स्वागत

  • ७ आश्विन २०८१, सोमबार १७:४२ मा प्रकाशित
  • समर्पण रम्जान

    गत २०सेप्टेम्बर २०२४ शुक्रबारका दिन नेपाली महावाणिज्य दूतावास जेद्दा साउदी अरबमा नव नियुक्त महाबाणिज्य दूत सुभाष यादवलाई विभिन्न संघ संस्थाद्वारा भव्य स्वागत गरिएको छ।

    गत एक वर्षभन्दा पहिले नेपाली महावाणिज्य दूतावास जेद्दाका महाबाणिज्यदूत  भुवन पौडेल ज्यू को नेपाल फिर्ती सँगै उहाँको स्थानमा अहिलेसम्म अरु कोही नआएको र ३६५ दिन यानि एक वर्षपछि उहाँको स्थानमा सुभाष यादव नियुक्ति भइ आएका छन्  ।  उहाँको सम्मान स्वरुप जेद्दा तथा पश्चिम् क्षेत्रमा रहेका विभिन्न सामाजिक संघसंस्था र समाजसेवीहरुले संविधान दिवस २०८१ को कार्यक्रमकै दिन पारेर  भब्य स्वागत गरेका छन् ।


    जेद्दामा अवस्थित नेपाली संघ संस्था हरु, एनआरएनए आरसिसि जेद्दा तथा आरसिसी जिजान,, नेपाली युवा क्लब, नेपाली हातेमालो युवा क्लब, तमुधि जेद्दा,   नेपाली साझा मञ्च साउदी अरब, रोल्पाली समाज, किराँत यायोख्या राई, तथा अन्य समाजसेवीहरु द्वारा खादा तथा दोसल्ला ओढाएर यादब र उहाँकि श्रीमतीलाई भब्य स्वागत गरिएको थियो । भने सबै संघ संस्थाहरुले उहाँको कार्यकालमा पनि श्रमिक हक हितको लागि गहिरो सहकार्य गर्ने बताउँदै  कार्यकाल सफलताको शुभकामना दिएका थिए ।
    कार्यक्रममा बोल्दै यादबले यसरी भब्य स्वागत गरिएकोमा सबै संघ संस्थालाई धन्यवाद दिदैं आफ्नो कार्यकालमा सबै सँग सहकार्य गर्दै श्रमिक हक हितका लागि सदैब अग्रपंक्तिमा रहेर काम गर्ने प्रतिबद्धता जाहेर गरे ।  

    Posted in अन्तर्राष्ट्रिय, ताजा अपडेट, मुख्य खबर1 Comment on साउदी अरबको जेद्दामा नवनियुक्त महावाणिज्य दूतको गरियो भव्य स्वागत

    रियाद र जेद्दा स्थित नेपाली दूतावासद्वारा संविधान तथा राष्ट्रिय दिवस २०८१ भव्यताका साथ मनाइयो

  • ६ आश्विन २०८१, आईतवार १२:३४ मा प्रकाशित
  • अन्जान गुभाजु। साउदी अरब

    नेपाली राजदूतावास, रियाद र नेपाली महावाणिज्य दूतावास, जेद्दाले संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ भव्यताका साथ सम्पन्न गरेका छन्। नेपालमा २०७२ साल असोज ३ मा पारित र लागू गरिएको नेपालको संविधानको सम्मानमा यी समारोहहरू आयोजना गरिएका हुन्, जसमा साउदी अरबमा रहेका नेपाली समुदायको उत्साहजनक उपस्थिति रह्यो। रियादमा आयोजित कार्यक्रम नेपाली राजदुतावासका प्रमुख कार्यवाहक राजदूत डा. डमरु बल्लभ पौडेलेको नेतृत्वमा सम्पन्न भयो। उनले संविधानले नेपाली जनतालाई प्रदान गरेका अधिकारहरू, लोकतान्त्रिक मूल्यहरू र नागरिक कर्तव्यबारे चर्चा गर्दै, विदेशमा रहेका नेपालीहरूले राष्ट्रको समृद्धिमा प्रभावकारी भूमिका खेल्नुपर्नेमा जोड दिए। कार्यक्रममा २२५ भन्दा बढी नेपालीहरूको सहभागिता रह्यो, जसमा पत्रकार, समाजसेवी, र विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति थियो।

    यसैगरी, जेद्दामा आयोजित मुख्य कार्यक्रम नेपाली महावाणिज्य दूतावासका कार्यवाहक महावाणिज्य दूत शत्रुध्वन पोखरेलको अध्यक्षतामा सम्पन्न भयो। कार्यक्रममा महावाणिज्य दूतावासका श्रम सहचारी तम्रराज काफ्लेले सञ्चालन गरेका थिए। समारोहमा एनआरएनए साउदी अरबका पदाधिकारीहरू, विभिन्न संघसंस्थाका प्रतिनिधिहरू, समाजसेवीहरू, र श्रमिक दाजुभाइ तथा दिदीबहिनीहरूको उल्लेखनीय उपस्थिति थियो।

    दुवै समारोहमा नेपालका संविधानले प्रदान गरेका अधिकार र कर्तव्यहरूबारे वक्ताहरूले चर्चा गरे। जेद्दामा, विभिन्न संघसंस्थाका प्रतिनिधिहरूलाई महावाणिज्य दूतावासले प्रशंसा पत्र प्रदान गरेर सम्मान गरेको थियो। सम्मानित हुनेहरूमा एनआरएनए साउदी अरबका पदाधिकारीहरू, समाजसेवीहरू, र विभिन्न संघसंस्थाका प्रतिनिधिहरू समावेश थिए। रियाद र जेद्दाका यी दुवै कार्यक्रमहरूमा संविधान दिवसको अवसरमा एक अर्काबीच शुभकामना आदानप्रदान गर्दै नेपाली समाजको एकता र बन्धुत्वको भावना झल्किएको थियो। उपस्थित अतिथिहरूले नेपाल र नेपालीहरूको उज्ज्वल भविष्यको कामना गर्दै कार्यक्रमको समापन गरेका थिए।

    Posted in अन्तर्राष्ट्रिय, मुख्य खबर1 Comment on रियाद र जेद्दा स्थित नेपाली दूतावासद्वारा संविधान तथा राष्ट्रिय दिवस २०८१ भव्यताका साथ मनाइयो

    साउदीमा संबिधान दिवस भब्यताका साथ सम्पन्न, दूतावासद्वारा समाजसेवीहरु सम्मानित

  • ५ आश्विन २०८१, शनिबार १९:४८ मा प्रकाशित
  • नेपाली महावाणिज्य दूतावास जेद्दा तथा नेपाली दूतावास रियाद साउदी अरबले संविधान तथा राष्ट्रिय दिवस २०८१ भव्यताका साथ सम्पन्न गरेको छ।
    जनताद्वारा गत  २०७२ असोज ३ गते लिखित तथा पारित भएको संबिधानको सम्मान स्वरुप  साउदी अरबको जेद्दा तथा नेपाली दूतावास रियादमा गत ४ असोज शुक्रबारका दिन भब्यताका साथ सम्पन्न भएको छ। साउदी अरबमा कृयासिल रहेका विभिन्न संघसंस्थाहरूं समाजसेवीहरु, श्रमिक नेपाली दाजुभाई तथा दिदीबहिनीहरूको बाक्लो उपस्थितिमा आयोजना गरिएको उक्त  कार्यक्रममा नेपाली महावाणिज्य दूतावास जेद्दाका प्रमुख कार्यवाहक महावाणिज्य दूत शत्रुधन पोखरेलज्यूको अध्यक्षतामा भएको थियो। महावाणिज्य दूतावास जेद्दाका श्रम सहचारी तथा महावाणिज्य दूत तम्रराज काफ्लेद्वारा सञ्चालित उक्त कार्यक्रम नेपाली राष्ट्रिय गान सहित  सञ्चालन गरिएको थियो।
    उक्त कार्यक्रममा एनआरएनए साउदी अरबका पदाधिकारीहरु, एनआरएनए आरसीसी जिद्दाका सम्पूर्ण पदाधिकारीहरु, एनआरएनए जिजानका पदाधिकारीहरू नेपाली युवा क्लबका पदाधिकारीहरू, किरात राई यायोख्या जेद्दाका पदाधिकारीहरु, नेपाली साझा मञ्च साउदीका पदाधिकारीहरु, इस्लामिक दावा सेन्टर जेद्दाका पदाधिकारीहरु, हातेमालो युवा क्लबका पदाधिकारीहरू रोल्पाली सेवा समाजका पदाधिकारीहरू, यसका साथसाथै अन्य संघसंस्थाका पदाधिकारीहरु र श्रमिक दाजुभाई तथा दिदीबहिनीहरु अन्य समाजसेवी तथा बुद्धिजीवीहरूको बाक्लो उपस्थिति रहेको थियो ।

    उक्त कार्यक्रममा विभिन्न समाजसेवी तथा संघसंस्थाका पदाधिकारीहरुलाई उहाँहरुको योगदानको उच्च  कदर गर्दै महाबाणिज्य दूतावास जेद्दाले  सम्मान पत्र प्रदान गरेको थियो । एनआरएनए आइसिसी  साउदिका पदाधिकारी राजेन्द्र अर्याल, पुर्व उपाध्यक्ष यास्मिन बेगम, समाजसेवी राजु सैयद, एनआरएनए अध्यक्ष रबिना अर्याल, एनआरएनए उपाध्यक्ष राज कुमार गिरि, आरसिसि जेद्दा, आरसिसि जिजान, नेपाली युवा क्लब जेद्दा, नेपाली हातेमालो युवा क्लब जेद्दा, किरातराई यायोख्या जेद्दा, तमु धिँ जेद्दा, रोल्पाली समाज जेद्दा, इस्लामिक सेन्टर जेद्दा, नेपाली साझा मंच जेद्दा, साथै आफ्ना भोलिएन्टर र अन्य समाजसेवि हरुलाइ सम्मान गर्दै प्रशंसा पत्र दिएइको थियो।

    कार्यक्रममा शुभकामना दिने क्रममा तमु धिं जेद्दाका अध्यक्ष बेद तमु लगायतका अन्य संघसंस्थाका पदाधिकारीहरूले संविधान दिवसको शुभकामना दिएका थिए। यसैगरी मदिनाका प्रोफेसर मोहम्मद युसुफ ले   संविधान सम्बन्धी छोटो जानकारी दिँदै शुभकामना दिएका थिए।
    यसैगरी महावाणिज्य दूतावास जेद्दाको तर्फबाट कार्यक्रमका अध्यक्ष कार्यवाहक महावाणिज्य दूत शत्रुध्वन पोखरेलज्यूले उपस्थित सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई स्वागत गर्दै संविधान दिवस २०८१ को शुभकामना प्रदान गर्नुभएको थियो ।

    Posted in अन्तर्राष्ट्रिय, ताजा अपडेट, मुख्य खबरLeave a Comment on साउदीमा संबिधान दिवस भब्यताका साथ सम्पन्न, दूतावासद्वारा समाजसेवीहरु सम्मानित

    नेपाली साझा मन्चको उपाध्यक्ष तेज बिक साउदी अरबस्थित नेपाली महावाणिज्यदूतावासद्वारा सम्मानित

  • ५ आश्विन २०८१, शनिबार १४:२५ मा प्रकाशित
  • साउदी अरबको जेद्दा स्थित महावाणिज्यदूतावासले सामाजिक क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएका नेपाली साझा मञ्च साउदीका उपाध्यक्ष श्री तेज ब बिकलाई एक विशेष सम्मानपत्र प्रदान गरेको छ।

    नेपाली श्रमिकहरूको समस्याको समाधानमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको र श्रमिकहरूको उद्धार, सहयोग, आवास व्यवस्थापन, साथै तिनीहरूको हकहितको लागि निरन्तर योगदान गरेको भन्दै महावाणिज्यदूतावासले उहाँलाई सम्मान गरेको हो संस्थाका अध्यक्ष अन्जान गुभाजुले बताए।

    सम्मानपत्रमा महावाणिज्यदूत श्री शत्रुध्वन पोखरेलले श्रमिक समुदायको हितका लागि गरिएको योगदानको कदर गर्दै भविष्यमा पनि यस्तै सेवाभाव निरन्तर रहने अपेक्षा व्यक्त गर्नुभएको छ।

    यो सम्मानले श्री बिक नेपाली साझा को श्रमिक हितमा गरिएको योगदानलाई थप उचाइमा पुर्‍याएको छ भने नेपाली श्रमिकहरूबीच सकारात्मक ऊर्जा र उत्साहको सञ्चार गरेको छ। शुक्रवार नेपाली राजदुतावासले रियाद र जेद्वा महावाणिज्यदूतावासले जेद्वामा छुट्टाछुटै समारोह गरी साउदीमा सकृय सङ्घ सन्स्था र ब्यक्तित्वलाई सम्मान गरिएको छ।

    Posted in अन्तर्राष्ट्रिय, समाज1 Comment on नेपाली साझा मन्चको उपाध्यक्ष तेज बिक साउदी अरबस्थित नेपाली महावाणिज्यदूतावासद्वारा सम्मानित

    महाबाणिज्य दूतावास जेद्दाका प्रमुख शत्रुध्वन पोखरेलको  ईस्लामिक दावा सेन्टरले गर्यो सम्मान तथा विदाई

  • ३० भाद्र २०८१, आईतवार ०१:०४ मा प्रकाशित
  • समर्पण रम्जान

    जेद्दा साउदी अरब ! इस्लामिक दावा सेन्टर सनैया जेद्दा साउदी अरबद्वारा नेपाली महावाणिज्य दूतावास जेद्दा साउदी अरबका कार्यवाहक महावाणिज्य दूत शत्रुध्वन पोखरेलको  सम्मान तथा विदाई कार्यक्रम भब्यताका साथ सम्पन्न  गरेको छ।

    नेपाली महावाणिज्य दूतावास जेद्दा साउदी अरबका कार्यवाहक महावाणिज्य दूत शत्रुध्वन पोखरेलको प्रमुख आतिथ्य तथा दावा सेन्टरका नेपाली बिभागका  मन्जुर अलि मियाँको सभापतित्वमा रम्जान दिन मियाँद्वारा कार्यक्रम संचालन गरिएको थियो ! उक्त कार्यक्रममा बिशिस्ट अतिथिहरुमा महाबाणिज्य दूतावास जेद्दाका श्रम सहचारी तम्राराज काफ्ले, एनआरएनए साउदिका उपाध्यक्ष राज कुमार गिरि र वरिष्ठ समाजसेवी तथा तमु धिं का भिम गुरुङ रहेका थिए । अतिथिहरुमा जालियातका मुदिरहरु अबु सल्मान तथा शेक तुर्की, मदिनाका प्रोफेसर महम्मद युसुब मदनी, एनआरएनए आरसिसिका कोषाध्यक्ष राजेस काफ्ले, नेपाली युवा क्लबका सह सचिब पवन पराजुली रहेका थिए ।

    मदिना युनिभर्सिटीका उमर फारुकद्वारा कुरानको स्लोक बाचन गर्दै सुरु गरिएको कार्यकममा मन्चमा आसिन अतिथि तथा बिशिस्ट अतिथिहरु द्वारा बिदाइ तथा शुभकामना मन्तब्य दिने क्रममा सत्रुध्वन सरको ४ बर्षे कार्यकालको दौरान नेपाली श्रमिकहरुलाइ दिनु भएको अमुल्य योगदान, संघ संस्था तथा श्रमिकहरु बिचको   प्रगाढ सम्बन्ध, र उहाँ जस्तो असल, मिजासिलो, अत्यन्तै  सहयोगी  मनका निजामती कर्मचारी अहिलेसम्म साउदी अरबमा कोइ नआएको , उहाँले सबैको मनलाई जितेर मन मस्तिष्कमा बस्न सफल हुनु भएको कुराहरूलाई खुलेरै तारिफ गर्दै सबैजना भाबुक भएका थिए । त्यसैगरी उहाँ जहाँ रहेपनी उहाँको उच्च  कदर, याद र सम्झना रहिरहने, उहाँलाई कहिले नबिर्षने पनि बताउनु भयो ।

    कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा बिदाइका प्रमुख पात्र सत्रुध्वन पोखरेलले पनि श्रमिकहरुको भावना र समस्यालाइ बुझेर आफुले सकेको अनगिन्ती श्रमिकहरुलाइ सहयोग गरेको र साउदिमा रहेका समाजसेवीहरु तथा विविध सामाजिक  संघ-संस्थाका पदाधिकारीहरु साथै यस्तै इस्लामीक सेन्टरहरुले श्रमिक समस्या समाधानमा ठूलो सहयोग गर्नु भएकोमा  हार्दिक आभार व्यक्त गर्दै अहिलेको नेटवर्किङ जमानामा आफू जहाँ रहेपनी  श्रमिक हक हितका लागि  आफुबाट हुने हरेक सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नु भएको थियो ।

    अन्त्यमा इस्लामीक सेन्टर सनैयाद्वारा प्रमाणपत्र सहित सम्मान गर्दै उहाँले दिनु भएको योगदान को उच्च कदर गर्दै कार्यक्रम आयोजना गरिएको सभापति मन्जुर अलि मियाँले बताएका थिए। उहाँकै कारण एक आपसी मित्रता कायम रहेको एक आपसी चिनजान बढेको र श्रमिक हक हितमा श्रमिक समस्या समाधानमा टेवा पुगेको बताउदै उपस्थित सम्पुर्ण अतिथि गणहरु, समाजसेवीहरु, पत्रकार तथा सहयोगी साथिहरु साथै कार्यक्रममा उपस्थित सम्पुर्ण  दाजुभाइ दिदिबहिनीहरुलाइ धन्यवाद र आभार व्यक्त गर्दै कार्यक्रम समापन गरेका थिए ।

    कार्यक्रम समापन पछि उपस्थित सबैलाइ खानाको ब्यबस्था पनि गरिएको थियो । 

    Posted in अन्तर्राष्ट्रिय, मुख्य खबर, लोकप्रिय1 Comment on महाबाणिज्य दूतावास जेद्दाका प्रमुख शत्रुध्वन पोखरेलको  ईस्लामिक दावा सेन्टरले गर्यो सम्मान तथा विदाई

    तुलसीपुर ११ का रुपलाल चौधरीको मलेसिया ऐयर्पोर्टमा मृ-त्यु

  • २३ भाद्र २०८१, आईतवार १९:५१ मा प्रकाशित
  • वैदेशिक रोजगारीको सिलसिलामा मलेसिया गएका तुलसीपुर उपमहानगरपालिका-११ बेलगनारका रुपलाल चौधरी (लालु) को मलेसियामा नि-धन भएको छ।

    चार वर्षअघि मलेसिया गएका चौधरी आईतबार साझ नेपाल फर्कने क्रममा कुवालालम्पुर एअरपोर्ट भित्र मृ-त्यु भएको पारिवारिक स्रोतले जनाएको छ। स्थानिय युवा नेता घनश्याम चौधरीका अनुसार एअरपोर्टमा बसिरहेको बेला अचानक लडेको खबर आएको थियो। उनलाई ऐयर्पोर्टमै मृ-त घोषणा गरिएको थियो।

    चौधरी नेपाल फर्कनका लागि बोर्डिङ पास लिएर प्रतीक्षारत अवस्थामा थिए। तर, घर पुग्न नपाउँदै उनको असामयिक निधन भएको छ।

    मलेसियामा मृत्यु भएपछि उनका परिवार शोकमा डुबेका छन्। परिवारका सदस्यलाई चौधरीको मृ-त्यु हृदयघातबाट भएको जानकारी प्राप्त भएको छ। मृ-तक चौधरीको शव नेपाल ल्याउने प्रक्रिया बारेमा परिवारका सदस्यहरु चिन्तामा छन ।

    Posted in अन्तर्राष्ट्रिय, मुख्य खबर3 Comments on तुलसीपुर ११ का रुपलाल चौधरीको मलेसिया ऐयर्पोर्टमा मृ-त्यु

    साउदी अरबमा हजारौं नेपाली दर्शकबिच प्रिति आलेको दमदार प्रस्तुति।

  • २२ भाद्र २०८१, शनिबार ०२:२७ मा प्रकाशित
  • गैरआवासीय नेपाली संघ साउदी अरबको आयोजनामा साउदीअरबको पूर्वी क्षेत्र दमाम स्थित शादी रिसोर्ट सफुवामा तीज फेस्टिवल अर्थात् तीज मिलन कार्यक्रम भव्य रुपमा सम्पन्न भयो।

    उक्त कार्यक्रममा नेपाली चर्चित गायिका प्रीति आलेको दमदार प्रस्तुति रहेको थियो ।

    उक्त कार्यक्रममा साउदी अरब स्थित राजदूतावास रियादबाट श्रम सहचारी देवेन्द्र राज कार्की, गैरआवासीय नेपाली संघ मध्यपूर्व संयोजक राजेन्द्र अर्याल लगायत साउदी अरबमा क्रियाशील विभिन्न संघसंस्थाका अतिथिको रोहोबरमा गैरआवासीय नेपाली संघ साउदी अरबकी अध्यक्ष रविना अर्यालद्वारा दिप प्रज्वलन गरी कार्यक्रमको उद्घघाटन गरिएको थियो।

    उक्त कार्यक्रममा हजारौंको सङ्ख्यामा नेपाली दाजुभाई तथा दिदीबहिनीहरूको उपस्थिति रहेको थियो भने रिसोर्टको हलमा दर्शकहरूको बाक्लो उपस्थिति रहेको हुँदा त्यहाँ न-अटेका दर्शकहरु बाहिर बेग्लै नाँचगानमा व्यस्त देखिन्थे।

    कार्यक्रममा प्रीति आलेको प्रस्तुति हुँदै गर्दा त्यहाँ उपस्थित हजारौँ दर्शकहरूको उत्साह हेर्न लायक थियो।

    Posted in अन्तर्राष्ट्रिय, कला /जीवनशैली, मुख्य खबर2 Comments on साउदी अरबमा हजारौं नेपाली दर्शकबिच प्रिति आलेको दमदार प्रस्तुति।

    पानसद्वारा साउदी अरबमा तीज मिलन कार्यक्रम भव्य रुपमा सम्पन्न!

  • १४ भाद्र २०८१, शुक्रबार १७:१९ मा प्रकाशित
  • राष्ट्रिय प्रजातन्त्र पार्टीको प्रवास संगठन प्रबासी नेपाली एकता समाज
    पानसद्वारा नेपालीहरुको महान चाड हरितालिका तीजको उपलक्ष्यमा बृहत सांस्कृतिक तथा शुभकामना आदान-प्रदान कार्यक्रम भव्य रुपमा सम्पन्न गरिएको छ।


    हिजो शुक्रबार साउदी अरबको पूर्वी क्षेत्र दमामको होलिडे रेस्टुरेन्टको हलमा भएको उक्त कार्यक्रममा पूर्वी क्षेत्रमा बसोबास गर्ने सम्पूर्ण दिदीबहिनीहरु तथा दाजुभाई भेला भई उक्त कार्यक्रमको शोभा बढाएका थिए।

    Posted in अन्तर्राष्ट्रिय, मुख्य खबर5 Comments on पानसद्वारा साउदी अरबमा तीज मिलन कार्यक्रम भव्य रुपमा सम्पन्न!

    साउदी अरबमा हुने तिज विशेष कार्यक्रममा चर्चित गायिका प्रीती आले आउदै।

  • १३ भाद्र २०८१, बिहीबार १८:१६ मा प्रकाशित
  • गैरआवासीय नेपाली संघ राष्ट्रीय समन्वय परिषद साउदी अरबले साउदी अरबको पूर्वी क्षेत्रमा हरितालिका तिज कार्यक्रम मनाउने भएको छ।

    संघले चर्चित गायिका प्रीती आलेको उपस्थितीमा हरितालिका तीज विशेष कार्यक्रम गर्ने भएको हो भने उक्त कार्यक्रममा सहभागिता जनाउन कुनै शुल्क नलाग्ने बताईएको छ।
    कार्यक्रम ०६ सेप्टेम्बर २०२४ (भाद्र २१ गते) का दिन बिहान ११:०० बजे देखी साँझ ५:०० बजे सम्म सादी रिसोर्ट सफ्वा, जुबेल हाईवे, दम्माम साउदी अरबमा हुने भएको छ।

    Posted in अन्तर्राष्ट्रिय, कला /जीवनशैली, मुख्य खबर4 Comments on साउदी अरबमा हुने तिज विशेष कार्यक्रममा चर्चित गायिका प्रीती आले आउदै।

    नेपाल आदिबासी जनजाति महासंघ साउदी अरबले आगामी शुक्रबार तीसौँ विश्व आदिवासी दिवस मनाउने।

  • २४ श्रावण २०८१, बिहीबार ०१:१९ मा प्रकाशित
  • नेपाल आदिबासी जनजाति महासंघ साउदी अरबले यहि आउँदो ९ अगष्ट २०२४ शुक्रबारका दिन “संविधान प्रदत्त अधिकार आदिवासीहरुको बिशेष क्षेत्र, संरक्षित क्षेत्र र स्वायत्त क्षेत्र कार्यन्वयन गर !
    प्रदेश र स्थानीय तहको सरकारी कामकाजको भाषामा आदिवासी जनजातिको भाषा लागू गर !!”
    भन्ने मूल नाराका साथ ३०औं बिश्व आदिबासी दिवस मनाउने भएको छ।

    विभिन्न नेपाली आदिम सस्कार,सस्कृति झल्किने सास्कृतिक कार्यक्रम सहित आयोजना गरिने सो कार्यक्रममा साउदी अरबको पूर्वी क्षेत्रमा वा साउदी अरबको कुनै पनि क्षेत्रमा बसोबास गरी रहेका सम्पूर्ण नेपालीलाई कार्यक्रममा सहभागी हुन आह्वान गरेको छ।

    कार्यक्रम साउदी अरबको पूर्वी क्षेत्र जुबेलस्थित कुक जोन होटल मा आगामी शुक्रबार हुने भएको छ।

    Posted in अन्तर्राष्ट्रिय, मुख्य खबर, समाज1 Comment on नेपाल आदिबासी जनजाति महासंघ साउदी अरबले आगामी शुक्रबार तीसौँ विश्व आदिवासी दिवस मनाउने।

    Posts navigation

    Older posts
    Newer posts

    Himalayan Dristi Team

    • प्रधान सम्पादक

      अनिल आचार्य

    About us

    • हाम्रोबारे

    Follow us on Facebook

    Contact Us

    Kathmandu, Nepal
    Email: himalayandristi@gmail.com
    Phone:-00977-9868990772
    Web:
    www.himalayandristi.com/
    विज्ञापनका लागि
    कृष्ण गिरि 00977-9860341922

    © Copyright 2020-2024 Himalayan Dristi. All Right Reserved. Design & Developed By K & P