• गृह पृष्ठ
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला /जीवनशैली
  • खेल
  • बिज्ञान/प्रविधि
  • राजनीति
  • विचार
  • समाज
  • साहित्य

Category: अन्तर्राष्ट्रिय

“म पनि विदेशमै छु”

  • ३० भाद्र २०८२, सोमबार २१:०९ मा प्रकाशित
  • ✍️तुल्सी राम आचार्य

    म पनि विदेशमै छु, तर नेपालमा विधि–विधान र प्रजातान्त्रिक पद्धतिको वकालत गर्छु। मेरो देश जहिले पनि खुशहाल, प्रगतिशील र उज्यालो भविष्यतर्फ अगाडि बढोस् भन्ने मेरो कामना छ।

    तर म जस्तै विदेशमा रहेका कतिपय “कथित देशभक्त”हरूले सामाजिक सञ्जालमा देश, समाज र सरकार विरुद्ध बिष वमन गर्दा त्यसबाट उत्पन्न परिस्थितिले आज देशले हजारौं रोजगारी गुमाएको छ। अरबौंको क्षति भएको छ। सरकारी सम्पत्ति जलेर खरानी भएको छ।र करिब सयौँको सङ्ख्यामा नेपाली आमाका काख रित्तिएका छन्।

    हो, देशमा विकास जति हुनुपर्ने थियो त्यति भएको छैन, भ्रष्टाचार पनि रोकिएको छैन। तर हामीले रोइलो गरेजति देश बिग्रेको पनि थिएन।

    गाउॅ, सहर् पालीका, नगरपालिका–उपमहानगरलाई जोड्ने सडकहरू धमाधम हाम्रो अर्थतन्त्रले भ्याए अनुसार फराकिला बन्दै थिए। तराई–हिमाल–पहाडलाई जोड्ने सडक आफ्नै गतिमा अघि बढ्दै थियो। नागढुङ्गा सुरुङ मार्ग अन्तिम चरणमा थियो। काठमाडौँ–निजगढ द्रुतमार्ग निर्माण भइरहेकै थियो। बुटवल–नारायणघाट सडक चार लेनमा विस्तार हुँदै थियो।

    व्यापार–व्यवसाय फस्टाउँदै थियो, निजी लगानीकर्ताहरू उत्साहित थिए। भाटभटेनीले देशभर शाखा विस्तार गरिरहेको थियो। चन्द्र ढकाल केबलकार विस्तारमा सक्रिय थिए। विदेशी मल्टिनेसनल कम्पनीहरू नेपालमा लगानी गर्न थालेका थिए। यी सबै क्रियाकलापले रोजगारी सिर्जना गरिरहेका थिए। गाउँपालिकासम्म प्रहरी चौकी र अस्पताल विस्तार भइरहेका थिए।

    हाम्रो जस्तो भूपरिवेष्ठित देश युरोप–अमेरिकासँग तुलना गर्न नसकिए पनि आफ्नै गतिमा अघि बढ्दै थियो। हामीले मौजुदा सरकारलाई नागरिकको तर्फबाट सहयोग गर्दै, डेलिभरी चित्त नबुझे प्रजातान्त्रिक पद्धतिबाट चुनावमार्फत परिवर्तन गर्ने हो भने हाम्रो लोकतन्त्र अझ बलियो बन्दै जाने थियो र हामीले चाहेका ब्क्ती सरकारमा पुग्ने थिए!

    तर कसको आँखा लाग्यो—पलभरमै सबैकुरा खरानी बन्यो। भाटभटेनीको पसलभित्रको कपडा मात्र जलेन, त्यहाँ काम गर्ने गरिब–मध्यमवर्गीय परिवारको रोजीरोटी पनि जल्यो। अब उनीहरूले पनि झोला बोकी विदेशतिर पलायन हुने अवस्था आयो।

    अब सुरुवात हामीबाटै गर्नुपर्छ। हाम्रो पुर्खाले हामीलाई क्रान्ति र लडाइँ त सिकाए, तर सिर्जनशील रूपमा समाजका लागि केही गर्न सिकाएनन्। त्यसैले आज हामीले लेख्ने, बोल्ने, सोच्ने पद्धति नै सकारात्मक बनाउनुपर्छ। जसले समाजमा सकारात्मक ऊर्जा भरिन्छ, त्यसले नै भविष्यको पुनर्निर्माण सम्भव बनाउँछ।

    Posted in अन्तर्राष्ट्रिय, मुख्य खबर, विचार, समाज

    नेपाली महावाणिज्य दूतावास जेद्दाले सामाजिक संघ संस्था तथा समाजसेवीहरुसँग गर्यो भेटघाट तथा अन्तरक्रिया कार्यक्रम ।

  • २१ भाद्र २०८२, शनिबार २२:३५ मा प्रकाशित
  • समर्पण रम्जान दिन मियाँ

    जेद्दा साउदी अरब ! नेपाली महावाणिज्यदूतावास जेद्दा साउदी अरबले गत शुक्रवार, ५ सेप्टेम्वर २०२५ का दिन जेद्दास्थित  क्रियाशिल सामाजिक संघसस्थाका प्रतिनिधिहरु, समाजसेवीहरु र व्यवसायीहरू सँग भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

    महावाणिज्य दूतावास जिद्दासँग जोडिएका विभिन्न संघसंस्था तथा समाजसेवीहरू सँगको एक आपसी समन्वय, सहकार्यका साथै श्रमिक समस्या समाधान सम्बन्धी केन्द्रित रहेर गरिएको उक्त अनौपचारिक भेटघाट तथा अन्तरक्रिया कार्यक्रम महावाणिज्य दूतावास जिद्दाको प्राङ्गणमा संचालन भएको  थियो ।
    उक्त अनौपचारिक भेटघाट कार्यक्रममा महावाणिज्य दूतावास जिद्दाका सम्पूर्ण सर म्याडमहरू, एनआरएनए साउदी अरबका राष्ट्रिय तथा क्षत्रिय समितिका पदाधिकारीहरू,  हातेमालो युवा क्लबका पदाधिकारीहरू, नेपाली युवा क्लबका पदाधिकारीहरू, काठमाडौँ रेस्टुरेन्ट तथा सिन्धु मेलम्ची रेस्टुरेन्टका होटेल व्यवसायीहरुको उपस्थिति रहेको थियो।
    कार्यक्रममा केही महिना अगाडि आउनुभएका महावाणिज्य दूत पारस पण्डितले उपस्थित समाजसेवीहरुलाइ आ-आफ्नो परिचयका साथमा श्रमिक समस्या न्यूनीकरण तथा पुर्ण समाधानमा र महावाणिज्य दूतावासका हरेक गतिविधि र कार्यक्रममा संघसंस्थाबाट हुन सक्ने साथ सहयोग बारे सुझाव सल्लाह र आफ्नो अनुभव बताउन अनुरोध गरेका थिए ।

    कार्यक्रममा युवा क्लबका महासचिव नरकुमार मगरले आफ्नो मन्तव्य राख्दै यस्ता अन्तरक्रिया कार्यक्रम कम्तिमा २-२ महिनामा हुनुपर्ने र दूतावासद्वारा गरिएका तथ्याङ्कहरु संघसंस्था तथा आम श्रमिक माझ सेयर गर्न अनुरोध गर्दै श्रमिक समस्या समाधानका लागि दूतावासलाई आफ्नो व्यक्तिगत तथा संस्थागतको तर्फबाट हरेक समयमा साथ सहयोग रहने बताए। त्यसैगरी एनआरएनए साउदी अरबका उपाध्यक्ष राजगिरी र कोषाध्यक्ष योगेन्द्र बहादुर श्रेष्ठले पनि आफ्नो भनाई राख्ने क्रममा दूतावासका कार्यक्रमहरूमा

    संघ संस्थाको प्रतिनिधि सहित ‎दुर दराजमा रहेका नेपाली दाजुभाइ दिदिबहिनीहरुको बाक्लो उपस्थिति गराउन बढी प्राथमिकता दिइनु पर्ने, ‎इक्जिट प्रोसेस या अन्य कुराहरुलाइ अनलाइन वेबसाईटमा राखेर सहज गराइनु पर्ने, बनेर आएको पासपोर्टको विवरणहरू फेसबुक पेजमा सम्पूर्ण विवरण सहित सेयर गर्नु पर्ने र श्रमिक समस्याहरूलाई साउदीमा कम गर्नका लागि अभिमुखिकरण तालिम प्राक्टिकल्लि गराएर 

    लिएर आउनुपर्ने जस्ता धारणाहरू व्यक्त गरेका थिए।
    त्यसैगरी युवा क्लबका अध्यक्ष राम थापा र तमुधी जित्दा साउदी अरबका अध्यक्ष वेद तमुद्वारा श्रमिक समस्या सम्बन्धी जानकारी लिन दिन र समस्या समाधानका लागि एउटा whatsapp ग्रुप  बनाउन अनुरोध गर्दै  श्रमिक हक हितका लागि सदैव दूतावाससँग सहकार्य र समन्वय गर्न आफू र आफ्नो संस्था तत्पर रहेको पनि जानकारी गराएका थिए ।


    अन्तरक्रिया कार्यक्रममा उठेका श्रमिक सम्बन्धी समस्या तथा अन्य जिज्ञासाहरूलाई र महावाणिज्य दूतावास सम्बन्धी उठेका कुराहरुलाई  महावाणिज्य दूतावासका तर्फबाट श्रम सहचारी जीवन घिमिरे तथा वाणिज्यदूत  सुवास यादवले विस्तृत रुपमा जानकारी गराएका थिए।

    अन्त्यमा नेपाली महावाणिज्य दूतावास जिद्दाका महावाणिज्य दूत पारस पण्डितले आगामी १९ सेप्टेम्बर शुक्रबारका दिन संविधान दिवस मनाउने कुरा जानकारी दिदैं उक्त कार्यक्रम सफल बनाउन संघसंस्थाले सहयोग गर्नुपर्ने, बाक्लो उपस्थिति गराउन पूर्व तयारी गर्नका लागि साथ सहयोग गर्नुपर्ने अनुरोध गर्दै  अन्तरक्रिया कार्यक्रमका क्रममा उठेका र राख्न छुटेका कुराहरुलाई विस्तृत रूपमा जानकारी गराएका थिए । साथै हरेक संघसंस्थाहरुसँग महावाणिज्य दूतावास  जेद्दा समन्वय सहकार्य गर्दै अगाडि बढ्ने र संघसंस्थाहरुले पनि आफ्ना कार्यक्रमहरु तथा श्रमिक समस्या समाधानका क्रममा आइपर्ने हरेक कुरालाई साथ सहयोग गर्न, महावाणिज्य दूतावासलाई सल्लाह सुझाव दिन अनुरोध गरेका थिए।
    साउदी अरबमा देखिएका श्रमिक समस्या समाधानलाई विशेष जोड दिँदै महावाणिज्य दूतावासद्वारा आयोजित कार्यक्रमहरूलाई आफ्नो संस्थाले सकेको साथ सपोर्ट गर्ने कुरा उपस्थित संघसंस्थाका प्रतिनिधिहरूले प्रतिबद्धता जाहेर गरेका थिए।

    Posted in अन्तर्राष्ट्रिय, ताजा अपडेट, मुख्य खबर

    महामहिम राजदूत नरेशविक्रम ढकालको इस्लामिक सेन्टर बुराइदाले गर्यो भव्य स्वागत

  • १९ भाद्र २०८२, बिहीबार ११:३७ मा प्रकाशित
  • ‎‎समर्पण रम्जान दिन मियाँ

    नेपाली राजदूतावास रियादका महामहिम राजदूत नरेश विक्रम ढकालको अल कासिम भ्रमणका क्रममा इस्लामिक सेन्टर बुराइदाले भव्यताका साथ स्वागत गरेको छ ।
    ‎
    ‎गत २ सेप्टेम्बर मङ्गलबारका दिन इस्लामिक सेन्टर बुराइदरका प्रमुखहरु अबु फिरास अबु उमर, अबु अब्दुल्लाह सोहेम,अबु फहद तुवैजरी‌को उपस्थितिमा नेपाली विभागका सचेतक अलि हुसेनको समन्वय र संयोजकत्वमा सञ्चालित उक्त स्वागत कार्यक्रममा महामहिम नरेशविक्रम ढकाल प्रमुख अतिथिको रुपमा रहनुभएको थियो। कार्यक्रमको अतिथिहरूमा एनआरएनए आइसिसीका सदस्य समाजसेवी विशाल श्रेष्ठ, एनआरएनए साउदी अरबका उपाध्यक्ष मनिष कोइराला, सचिव ध्रुव कटुवाल, आरसीसी अल कासिम का अध्यक्ष बिनोद खड्का उनैजा इस्लामिक सेन्टरका मुजीबू रहमान लगायत इस्लामिक युनिभर्सिटीका विद्यार्थीहरूको उपस्थिति रहेको थियो।
    ‎
    ‎बुराइदा इस्लामिक सेन्टरका नेपाली विभागका सचेतक अलि हुसेनद्वारा सञ्चालित उक्त कार्यक्रममा सञ्चालक अलिद्वारा नै प्रमुख अतिथि महामहिम दम्पति तथा अतिथिज्यूहरूलाई स्वागत गर्नुभएको थियो। स्वागत मन्तव्यका क्रममा इस्लामी सेन्टरद्वारा विविध कारणले समस्यामा परेका नेपाली श्रमिक दाजुभाईहरू लाई खान बस्न तथा नेपाल फिर्तीका लागि समेत साथ सहयोग समर्थन गरिरहेको बताए।
    ‎ यसका साथै इस्लामिक सेन्टरबाट गरिने कार्यहरू दर्शाउँदै विभिन्न संघसंस्था स्थापना हुनु पूर्वदेखि नै नेपालीहरूका लागि यस सेन्टरले सहयोग गर्दै आएको र आगामी दिनहरूमा पनि श्रमिकहरूको हक हितका लागि कामहरू गर्ने प्रतिबद्धता पनि जनाए।
    ‎कार्यक्रममा मन्तव्य दिँदै अतिथि विशाल श्रेष्ठले इस्लामिक सेन्टर बुरैदाले विगतमा नेपाली हरूका लागि मनोरञ्जनात्मक खेल कार्यक्रमहरू गराउनुको साथै श्रमिकहरूको हक हितका लागि ठूलो योगदान दिएको बताउँदै इस्लामिक सेन्टर र संघसंस्था बीच एक आपसमा नङ र मासुको जस्तो सम्बन्ध रहेको बताए।
    ‎
    ‎इस्लामिक सेन्टर बुरैदाको सामाजिक कल्याण तथा सचेतता बिभागका मुदिर अबु फेरासले हामिले पछिल्लो समयमा नेपाली समुदायलाई विशेष प्राथमिकता दिएका छौ नेपाली हरुलाई हरेक कार्यक्रममा केही सहयोग गरेका छौं हामिले मुस्लिम तथा गैर मुस्लिमलाई कुनै पक्षपात फरक गरेका छैनौं पासपोर्ट बितरण गर्दा हलको व्यवस्था गरेका छौं आगामी दिन हरुमा अझ ब्यवस्थित तरिकाले गर्ने छौ अकामा नबनेका, यात्रा गर्न समय लाग्ने नेपाली लाई रोडमा सुत्न बाध्य बनाउने छैनौ तीन दिन सम्म बस्ने खाने सुत्ने अलग्गै रुम दिएर ब्यवस्थापन गर्ने छौँ भासा अनुवाद तथा कुनै पनि प्रकारको सरकारी सहयोगको लागि हाम्रो सचेतक (दाइया) तयार रहने छ ।अगामी दिन हरुमा हरेक सामाजिक काममा अझै सहयोग गर्ने कुरा इस्लामी सेन्टरका अबु फेरासले प्रतिबद्धता जनाउनु भएको थियो ।
    ‎यसैगरी कार्यक्रम मा आफ्नो मन्तव्य दिँदै महामहिम राजदूत नरेशविक्रम ढकालज्यूले हामी सबै मानव हौँ। हामी सबै मानवतामा एकआपसमा सहयोगी भावनामा बाँच्नेछौं। एक आपसमा सहयोगको भावना राख्नेछौ। दूतावासको तर्फबाट हुने सहयोग सदैव जारी रहनेछ। विगतका दिनहरूमा इस्लामिक सेन्टरद्वारा श्रमिक हक हितका लागि गरिएका कार्यप्रति सम्मान दर्शाउँदै इस्लामिक सेन्टरका नेपाली सचेतक अलि हुसेनलाई धन्यवाद व्यक्त गर्नु भएको थिए। मन्तब्यकै क्रममा नेपालको सौन्दर्यताको बर्णन गर्दै नेपालमा भ्रमण गर्नकालागि अनुरोध गर्नुका साथै भ्रमणका क्रममा कुनै पनि कुराको आवस्यकमा दूताबासले सहयोग गर्ने पनि जनाउऩु भयो । साथसाथै आगामी दिनहरूमा इस्लामिक सेन्टरसित समन्वय गर्दै अगाडि बढ्ने कुरा पनि जनाउनु भएको थियो।
    ‎


    ‎महामहिम राजदूतज्यू को मन्तव्यलाई भाषा अनुवादक साजित अन्सारीले अरबिकमा अनुवादन गरेका थिए।
    ‎कार्यक्रममा महामहिम राजदूतज्यूलाई इस्लामिक सेन्टरको तर्फबाट मायाको चिनो प्रदान गर्दै एक आपसी समन्वय अझै प्रगाढ बनाएर अगाडि बढ्नका लागि नेपाली विभागका सचेतक अलि हुसेनद्वारा महामहिम राजदूत समक्ष आफ्नो कुरा राख्नुभएको थियो।
    ‎यसैगरी उक्त स्वागत कार्यक्रममा अतिथि मनिष कोइरालाले अल कसिममा क्षेत्रमा एउटा सेल्टरको व्यवस्थापनको लागि समेत अनुरोध गरेका थिए ।
    ‎कार्यक्रममा उपस्थित हुनुहुने सम्पूर्ण महानुभावहरूलाई इस्लामिक सेन्टरको तर्फबाट gift पनि प्रदान गरिएको थियो।
    ‎
    ‎गत आठ महिना अगाडि नेपाली महामहिम राजदूत नरेशविक्रम ढकाल राजदूतावास रियादमा आउनुभए तापनि उहाँको ‌ यो अल कसिममा पहिलो भ्रमण गर्दै गर्दा इस्लामिक सेन्टरको यो स्वागत कार्यक्रम प्रति महामहिम राजदूत निकै खुसी हुनुभएको थियो।

    Posted in अन्तर्राष्ट्रिय, ताजा अपडेट, मुख्य खबर, समाज

    साउदी अरेबियामा अन्तर्राष्ट्रिय पत्रकार महासंघ (FIJA) शाखा गठन,अध्यक्षमा बिष्णु घिमिरे

  • १६ भाद्र २०८२, सोमबार १२:५३ मा प्रकाशित
  • रियाद, अन्तर्राष्ट्रिय पत्रकार महासंघ, अमेरिका (FIJA) को साउदी अरेबिया शाखा गठन गरिएको छ। भेलाबाट अन्नपूर्ण पोस्टका गल्फ मुलुक इडिटर बिष्णु घिमिरे सर्वसम्मत अध्यक्ष चयन भएका छन्।

    १२ सदस्यीय कार्यसमितिमा अमर सापकोटा प्रमुख सल्लाहकार, सुन्जित तामाङ उपाध्यक्ष, राजु खनाल महासचिव, अन्जान गुभाजु कोषाध्यक्ष, राज चेम्जोङ लिम्बु सूचना संयोजक, लोकेन्द्र खड्का प्रवक्ता र राज चाम्लिङ (सञ्चार तथा अनुशासन संयोजक) रहेका छन्। त्यस्तै सदस्यमा रमजान दिन मियाँ, एल पी शेर्पाली, नेत्र न्यौपाने, देवीबहादुर कार्की र तुलसीराम आचार्य चयन भएका छन्।

    FIJA का अध्यक्ष राम प्रसाद खनाल र महासचिव टंक दाहालले नयाँ नेतृत्वलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना दिएका छन्। उनीहरूले साउदी शाखाले नेपाली पत्रकारहरूको हक–हित संरक्षण, पत्रकारिता गतिविधिको सशक्तीकरण तथा महासंघका लक्ष्य र उद्देश्यलाई प्रभावकारी ढंगले अघि बढाउने विश्वास व्यक्त गरेका छन्।

    Posted in अन्तर्राष्ट्रिय, मुख्य खबर

    प्रधानमन्त्री के.पी. शर्मा ओलीले चिनका राष्ट्रपति शी जिनपिङसँगको भेटमा के कुरा राख्नुभयो त?

  • १५ भाद्र २०८२, आईतवार ०१:४७ मा प्रकाशित
  • ३० अगस्ट २०२५,

    २०२५ को सांघाई सहयोग संगठन शिखर सम्मेलन र जापानी आक्रामकता विरुद्ध चिनियाँ जनताको प्रतिरोध युद्ध र विश्व फासिस्ट विरोधी युद्धको विजयको ८० औं वार्षिकोत्सवको स्मृतिमा भाग लिन चीन पुगेका नेपालका प्रधानमन्त्री के.पी. शर्मा ओलीसँग राष्ट्रपति सी जिनपिङले तियानजिन गेस्ट हाउसमा भेट गरेका छन् ।

    उक्त भेटका क्रममा राष्ट्रपति शीले बताउनुभयो कि चीन र नेपाल पहाड र नदीद्वारा जोडिएका छिमेकी देशहरू हुन् र दिगो मित्रता कायम राख्छन्। दुवै देश शान्तिप्रिय र आत्मनिर्भर छन्। कूटनीतिक सम्बन्धको ७० वर्षको अवधिमा, दुवै देशका जनताहरूले कठिनाइ र सुखदुःखमा एकअर्कालाई साथ दिई मित्रता र राम्रो छिमेकी सम्बन्धको ऐतिहासिक अध्याय लेखेका छन्। हाल चीन र नेपाल उच्च गुणस्तरको बेल्ट एण्ड रोड सहयोगमा स्थिर प्रगति गरिरहेका छन् र दुवै देशका जनताहरूबीच नजिकको सम्बन्ध बनेको छ। चीन नेपालसँग मिलेर परम्परागत मित्रतालाई अघि बढाउन र दिगो मित्रता, विकास र समृद्धिका लागि चीन-नेपाल रणनीतिक साझेदारीलाई नयाँ उचाइमा पुर्‍याउन तयार छ।

    राष्ट्रपति शीले जोड दिनुभयो कि दुवै पक्षले आपसी रणनीतिक विश्वास बढाउनुपर्छ र हाम्रा क्रमशः मूल हित र प्रमुख चासोका विषयहरूमा एकअर्कालाई दृढतापूर्वक समर्थन गर्नुपर्छ। हामीलाई आपसी लाभकारी सहयोगलाई गहिराइ दिनुपर्छ, बेल्ट एण्ड रोड सहयोगलाई संयुक्त रूपमा अघि बढाउनुपर्छ, र बन्दरगाह, सडक, विद्युत् ग्रिड, हवाई सेवा र दूरसञ्चार मार्फत सम्पर्क सुदृढ गर्नुपर्छ। हामीलाई उद्योग, कृषि र पशुपालन, नयाँ ऊर्जा, वातावरण संरक्षण, तेल र ग्यास, कृत्रिम बुद्धिमत्ता, शिक्षा, स्वास्थ्य, कानून लागू गर्ने निकाय र सुरक्षा जस्ता क्षेत्रहरूमा सहयोग बढाउनुपर्छ। हामीलाई कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सवको सफल गतिविधिलाई निरन्तरता दिनुपर्छ। संयुक्त राष्ट्रसंघ र शंघाई सहयोग संगठन जस्ता बहुपक्षीय मञ्चहरूमा संवाद र समन्वय बढाउनुपर्छ, स्वतन्त्र व्यापार र दिगो विकासको संयुक्त समर्थन गर्नुपर्छ, र अन्तर्राष्ट्रिय निष्पक्षता र न्यायको रक्षा गर्नुपर्छ।

    सम्माननीय प्रधानमन्त्री ओलीले भन्नुभयो कि नेपाल-चीन सम्बन्धले धेरै परीक्षणहरू पार गरेको छ र यो मात्र बलियो बनेको छ। दुवै पक्षले सधैं एकअर्काको सम्मान र विश्वास गरेका छन् र एकअर्काको चासोको ख्याल गरेका छन्। चीनसँगको सहयोगले नेपालको आर्थिक र सामाजिक विकासमा उल्लेखनीय योगदान पुर्‍याएको छ। नेपाल एक चीन नीतिप्रति दृढ प्रतिबद्ध छ, “ताइवान स्वतन्त्रता” को कडा विरोध गर्छ, र कुनै पनि शक्तिलाई आफ्नो भूमि प्रयोग गरेर चीनको हितलाई हानि पुर्‍याउन दिँदैन। नेपाल निरन्तर विकास हासिल गर्न प्रतिबद्ध छ र बेल्ट एण्ड रोड पहलको सन्दर्भमा चीनसँग सहयोगलाई गहिरो बनाउन चाहन्छ। हामी व्यापार, लगानी, कृषि, विज्ञान र प्रविधि, पर्यटन, जलवायु प्रतिक्रिया र अन्य क्षेत्रहरूमा चीनसँग सहयोग बढाउनेछौं र थप सकारात्मक नतिजा हासिल गर्नेछौं। नेपालले चीनद्वारा प्रस्तावित विश्व विकास पहल, विश्व सुरक्षा पहल र विश्व सभ्यता पहलको समर्थन गर्छ, शंघाई सहयोग संगठनको भूमिकालाई महत्त्व दिन्छ, “शंघाई आत्मा” लाई सक्रिय रूपमा समर्थन गर्छ, र अन्तर्राष्ट्रिय मामिलामा चीनले अझ ठूलो भूमिका खेलोस् भन्ने आशा राख्छ।

    सम्माननीय प्रधानमन्त्रीले नेपालको विकास प्रयासमा चीनको निरन्तर सहयोगको लागि धन्यवाद व्यक्त गर्नुभयो। उहाँले शान्तिपूर्ण सहअस्तित्वका पाँच सिद्धान्तमा आधारित नेपाल-चीन सम्बन्ध समस्यारहित रहेको बताउनुभयो। प्रधानमन्त्री ओलीले २०२५ मा हुने सांघाई सहयोग संगठन (एससीओ) शिखर सम्मेलनको सफलताको शुभकामना व्यक्त गर्नुभयो र एससीओमा नेपालको सदस्यताको आकांक्षालाई समर्थन गर्न चीनका राष्ट्रपतिलाई अनुरोध गर्नुभयो।

    बीआरआई अन्तर्गत लगायत पहिले नै सहमति भइसकेका परियोजनाहरूको कार्यान्वयनलाई तीव्रता दिने आशा व्यक्त गर्दै उनले मल, पेट्रोलियम अन्वेषण, मानव संसाधन विकास, जलवायु लचिलोपन र जनता-जनता सम्बन्ध जस्ता क्षेत्रहरूमा सहयोगको लागि अनुरोध गरे। लिपुलेक पास हुँदै सीमा व्यापार गर्ने सम्बन्धमा भारत र चीनबीच हालै भएको समझदारीलाई उल्लेख गर्दै माननीय प्रधानमन्त्रीले उक्त क्षेत्र नेपालको भएको र नेपाल सरकारले यसमा कडा आपत्ति जनाएको बताउनुभयो।

    सम्माननीय प्रधानमन्त्री श्री केपी शर्मा ओली र उहाँको प्रतिनिधिमण्डल आज दिउँसो जनवादी गणतन्त्र चीनको भ्रमणको क्रममा तियानजिन आइपुग्नुभएको छ। तियानजिन बिन्हाई अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेपछि, सम्माननीय प्रधानमन्त्रीलाई चीनको भन्सार सामान्य प्रशासनको चिनियाँ कम्युनिष्ट पार्टी समितिकी मन्त्री तथा सचिव श्रीमती सुन मेइजुन, तियानजिन जन काँग्रेसका अध्यक्ष श्री यु युनलिन र चीनका लागि नेपालका राजदूत महामहिम डा. कृष्णप्रसाद ओलीले न्यानो स्वागत गर्नुभयो।

    माननीय प्रधानमन्त्रीले एससीओ शिखर सम्मेलनको छेउमा केही विश्व नेताहरूसँग भेटघाट गर्ने र भोलि चीनका राष्ट्रपति महामहिम श्री सी जिनपिङ र म्याडम पेङ लियुआनले आयोजना गर्ने स्वागत भोज र गाला प्रदर्शनमा भाग लिने कार्यक्रम छ।

    यो भेटमा कै ची, वाङ यी, र चेन मिनर, लगायतका व्यक्तिहरू उपस्थित थिए।

    समचार श्रोत चिनियाँ जनगणतन्त्रको विदेश मन्त्रालय

    Posted in अन्तर्राष्ट्रिय, ताजा अपडेट, मुख्य खबर, राजनीति

    साउदीको ताबुक क्षेत्रबाट ठूलो संख्यामा रास्वपामा प्रवेश

  • १४ भाद्र २०८२, शनिबार २१:१६ मा प्रकाशित
  • ताबुक (साउदी अरब)।

    साउदी अरबको ताबुक क्षेत्रमा कार्यरत नेपाली श्रमिकहरुको ठूलो संख्यामा एकैपटक राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन्।

    देशमा परिवर्तन चाहनुहुने नेपाली दाजुभाई तथा दिदिबहीनीहरु देखि बिदेश सम्मबाट दिनानुदिन ठुलो संख्यामा रास्वपा प्रवेश गर्ने क्रममा साउदि अरबमा कार्यरत श्रमिरहरुपनि दिनानुदिन रास्वपा प्रवेश गरिरहेका छन् । यस्तो सामूहिक प्रवेशलाई प्रवासी नेपाली समाजभित्र परिवर्तनप्रतिको आकर्षण र विश्वासको ठोस उदाहरणका रूपमा हेरिएको रास्वपा प्रवास समिती साउदीका उप सभापति प्रेम आचर्यले जनाएका छन् ।

    रास्वपा प्रवेश कार्यक्रमका संयोजक नर बहादुर खतिवडाले गरेका थिए । खतिवडाको सक्रियता, समन्वय र नेतृत्व क्षमताले ताबुक क्षेत्रमा बसोबास गर्ने नेपालीहरूलाई एउटै छातामुनि ल्याई पार्टीप्रतिको विश्वास अझै प्रगाढ बनाउन सहयोग पुगेको सहभागीहरूले दर्साएका थिए ।

    कार्यक्रममा बोल्ने नेताहरूले भने :
    “परिवर्तन अब रोकिँदैन।
    यो उत्साह, विश्वास र एकताको लहर प्रवास नेपाली समुदायबाट सुरु भई, नेपालका प्रत्येक शहरदेखि गाउँ–गाउँ, बस्ती–बस्ती र कुनाकप्चासम्म पुग्नेछ। विश्व समुदायलाई पनि परिवर्तनको जनाउ घण्टी बन्नेछ।”

    रास्वपामा प्रवेश गर्नेहरूले पार्टीले बोकेको “स्वच्छ राजनीति, जनमुखी सेवा र पारदर्शी नेतृत्व” प्रति आफ्नो आस्था प्रकट गर्दै, यही बाटोले मुलुकको समृद्धि र सुशासनको ग्यारेन्टी गर्ने विश्वास व्यक्त गरेका छन्। पार्टी प्रवेश कार्यक्रममा बोल्ने नेताहरूले भने, “परिवर्तन अब रोकिँदैन। यो उत्साह, विश्वास र एकताले प्रवासी नेपाली समुदायबाट सुरु भएको यो लहर मुलुकको प्रत्येक कुनामा फैलिने छ।” रास्वपाको बढ्दो लोकप्रियता केवल नेपालको सीमाभित्र मात्र नभई, विदेशमा रहेका नेपाली समुदायबीच पनि व्यापक रूपमा फैलिँदै गएको प्रष्ट देखिएको छ। ताबुक क्षेत्रबाट सुरु भएको यो कदमलाई विदेशमा रहेका नेपालीहरूको ठूलो समर्थनको संकेतका रूपमा लिइएको पनि संयोजक खतिवडाले जानकारी गराए ।

    साउदी अरबको ताबुक क्षेत्रबाट भएको यस सामूहिक प्रवेशले रास्वपाको ऊर्जा, जनसमर्थन र भविष्यप्रतिको विश्वासलाई अझ सबल बनाएको छ। परिवर्तनको यो लहर अब संसारका हरेक कुनाबाट फैलिँदै नयाँ आशा र ऊर्जाका साथ अघि बढ्ने प्रष्ट सन्देश दिएको छ।

    Posted in अन्तर्राष्ट्रिय, ताजा अपडेट, मुख्य खबर, राजनीति

    साउदी अरबको जिजानमा पासपोर्ट नवीकरण, वितरण तथा सचेतना कार्यक्रम सम्पन्न

  • १४ भाद्र २०८२, शनिबार २०:१६ मा प्रकाशित
  • जिजान (साउदी अरब) – नेपाली महावाणिज्य दूतावास, जेद्दाको आयोजनामा र गैरआवासीय नेपाली संघ (NRNA) – क्षेत्रीय समन्वय परिषद् (RCC) जिजान–अभा–खमिसको सहकार्यमा शुक्रबार पासपोर्ट नवीकरण, वितरण तथा सचेतना कार्यक्रम सम्पन्न भएको छ।

    कार्यक्रममार्फत प्रवासी नेपाली श्रमिकहरूलाई राहदानी नवीकरण, वितरणलगायतका दूतावासीय सेवा प्रदान गरिएको थियो। साथै, महावाणिज्य दूतावासका श्रम सहचारी श्री जीवन कुमार घिमिरेले श्रमिक अधिकार, दूतावासीय सेवा प्रक्रिया तथा वैदेशिक रोजगारीमा ध्यान दिनुपर्ने कानुनी र व्यवहारिक पक्षबारे सचेतनामूलक जानकारी प्रदान गर्नुभएको थियो।

    महावाणिज्य दूतावासका अनुसार, कार्यक्रममा १५८ जना नेपाली श्रमिकहरूको राहदानी नवीकरणका लागि सहजीकरण गरिएको थियो भने करिब २५० जनाको सहभागिता रहेको थियो।

    कार्यक्रमलाई सफल बनाउन NRNA RCC जिजान–अभा–खमिसका टोलीले सक्रिय स्वयंसेवी भूमिका निर्वाह गरेका थिए

    Posted in अन्तर्राष्ट्रिय, मुख्य खबर

    उमेश भट्टराई नेतृत्वको एनआरएनए साउदी अरबको २०२५-२७ कार्यकालका कार्ययोजनाहरू

  • ५ भाद्र २०८२, बिहीबार ०२:५५ मा प्रकाशित
  • समर्पण रम्जानदिन मियाँ , साउदी अरब !

    ‎ गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् साउदी अरबले गत १६ जुलाई २०२५ का दिन दशौँ राष्ट्रिय महाधिवेशनबाट उमेश भट्टराईको अध्यक्षतामा आफ्नो २०२५ – २७ कार्यकालको लागि सर्वसम्मत कार्यसमिति चयन गरेको थियो ! ‎उक्त महाधिवेशनबाट नवनिर्वाचित अध्यक्ष उमेश भट्टराईद्वारा २०२५- २७ कार्यकालमा एनआरएनए साउदी अरबले गर्ने कार्य योजनाहरू सार्वजनिक गरेका छन्।

    आफ्नो नेतृत्वमा रहेका २०२५- २७ कार्यसमितिले यो कार्यकाललाई पूर्णरूपमा श्रमिकमैत्री बनाउँदै कूटनीतिक सम्बन्धलाई प्रगाड बनाउने र अन्य श्रमिक हक हितका थुप्रै कार्यहरू गर्ने अध्यक्ष भट्टराईले जनाएका छन् उक्त कार्यहरूमध्य नौ बुँदे प्रमुख प्रमुख कार्ययोजनाहरू अध्यक्ष भट्टराईले सार्वजनिक गरेका छन्। ‎ ‎

    नौ बुँदे कार्ययोजनाहरू सार्वजनिक गर्दै अध्यक्षले आफ्नो यो कार्यकाललाई नमुना बनाउने पनि जानकारी गराएका छन्। यो कार्यकाललाई पछिल्ला कार्यकालहरु भन्दा पृथक बनाउने पनि उहाँको भनाइ रहेको छ। ‎ उहाँको नेतृत्वको कार्यकालका लागि सार्वजनिक गर्नुभएको कार्ययोजनाहरू जस्ताको त्यस्तै :-

    १) साउदीमा कार्यरत श्रमिकहरूको हक हितका लागि र समस्यामा परेका श्रमिकहरूको समस्या समाधानको लागि नेपाली राजदुताबास रियाद र नेपाली महावाणिज्यदुतावास जेद्दा सँगको सहकार्य अझै प्रगाढ बनाउने

    २) श्रमिकमैत्री सांस्कृतिक, सामाजिक र आपतकालिन सहयोगमा सदैव तत्पर रहने

    ३) संस्थालाई थप पारदर्शिता, जवाफदेहिता बनाउनका लागि कार्यसमितिका पदाधिकारीहरूको सक्रिय सहभागितालाई प्राथमिकता दिने ४) हरेक ४-४ महिनामा संस्थाको सम्पूर्ण आर्थिक प्रतिबेदन सार्वजनिक गर्ने

    ५) साउदी अरबमा सक्रिय रहेका राजनीतिक दलका भातृ संगठन लागायत अन्य सबै जातीय, तथा क्षेत्रिय संस्थाहरु सँगको सहकार्यलाई थप मजबुत बनाउँदै अगाडि बढ्ने

    ६) सामाजिक सुरक्षा कोष लगायत साउदीमा कार्यरत रहनुभएका नेपालीहरूलाई साउदीमा गर्न हुने , नहुने कार्यहरुको बारेमा नियोगहरुको सहकार्यमा बिभिन्न क्षेत्रमा प्रशिक्षण तथा श्रमिक सचेतना कार्यक्रमहरु गराउने

    ७) भूतपूर्व एनआरएनका अग्रज पदाधिकारीहरूलाई कुनै न कुनै माध्यमद्वारा संस्थामा जोड्ने र श्रमिक हक हितका लागि हातेमालो गर्ने

    ८) आफ्नो माततमा रहेका क्षेत्रीय संगठनहरूलाई श्रमिकमैत्री बनाउँदै मजबुत बनाउने

    ९) संस्थाको समाचार सम्प्रेसनको लागी नेपालका बिभिन्न राष्ट्रिय मिडियाहरुसंग दुइपक्षिय सम्झौता कायम गर्ने

    Posted in अन्तर्राष्ट्रिय, ताजा अपडेट, मुख्य खबर, समाज

    कुवेतमां पछिल्लो तीन दिनमा ९ जना नेपाली श्रमिकहरुको ज्यान गयो

  • ३१ श्रावण २०८२, शुक्रबार १९:१० मा प्रकाशित

  • काठमाण्डौ, ३० साउन । कुवेतमा पछिल्लो तीन दिनमा नौ जना नेपाली श्रमिकहरुको ज्यान गएको छ । अरू १५ जना भन्दा धेरै नेपालीहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको कुवेतमा रहेको नेपाली दुतावासलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।
    कुवेतको स्वास्थ्य मन्त्रालयले विज्ञप्ती निकालेर मेथनोल मिसावट गरेको रक्सी खाएका कारण एक सय ६० जना भन्दा धेरै प्रभावित भएका र उनीहरु मध्ये २३ जनाको ज्यान गएको जनाएको छ ।

    मृतक सबैजसो एशियाली देशका रहेका मन्त्रालयले आज निकालेको विज्ञप्तीमा उल्लेख छ । विज्ञप्तीमा देश उल्लेख नभए पनि ज्यान गुमाउने नौ जना नेपाली तिनै २३ जना मध्येका रहेका कुवेतमा रहेको नेपाली दुतावासले जनाएको छ ।


    बीबीसीसँगको कुराकानीमा नेपाली दूतावासका श्रम सहचारी गिरिप्रसाद आचार्यले कुवेतका अधिकारीहरुका अनुसार अवैध रूपमा बिक्री हुने रक्सीकै कारण ज्यान गएको बुझिए पनि पोष्टमार्टम रिपोर्ट आउन बाँकी रहेकोले कारण स्पष्ट भएको छैन । उहाँका अनुसार उपचार गराइरहेका मध्ये सबैजसो विशाक्त रक्सी खाएपछि बिरामी परेका हुन् ।

    कुवेतका स्थानीय सञ्चार माध्यमहरूले नेपालीसँगै भारतीय श्रमिकहरूको पनि विषाक्त रक्सी खाएका कारण ज्यान गएको उल्लेख गरेका छन् । कुवेतमा यसअघि पनि गैरकानूनी रूपमा बिक्री हुने रक्सीमा विषाक्त रसायन प्रयोग गरिँदा नेपाली श्रमिकहरूको ज्यान जाने गरेको थियो । कुवेतमा रक्सी उत्पादन र बेचबिखन पूर्ण रूपमा प्रतिबन्धित छ ।

    Posted in अन्तर्राष्ट्रिय, मुख्य खबर

    करिब ३० बर्षदेखि साउदीम कार्यरत वरिष्ठ समाजसेवी भीम गुरुङको विदाई कार्यक्रम सम्पन्न‎

  • २७ श्रावण २०८२, सोमबार ०२:२९ मा प्रकाशित
  • समर्पण रम्जान १० अगस्ट २०२५ जेद्दा साउदी अरब!


    ‎विगत करिब तीन दशकदेखि साउदी अरबमा काम गर्दै आउनुभएका लमजुङका भीम गुरुङ आफ्नो तीन दशकको कामलाइ  समापन गर्दै नेपाल फर्किनु लाग्नुभएको अवसरमा तमुधि जेद्दा साउदी अरबले उहाँको विदाई कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ।

    ‎गत ८ अगस्ट २०२५ शुक्रबारका दिन जेद्दाको एक हलमा तमुधि जिद्दाका अध्यक्ष वेद तमुको सभापतित्वमा नेपाली महावाणिज्य दूतावास जेद्दाका महाबाणिज्य दूत पारस पण्डितको प्रमुख अतिथ्यमा आयोजना भएको उक्त “भीम गुरुङ तथा माया तमुस्” को विदाई समारोह कार्यक्रम नरकुमार मगरले सञ्चालन गरेका थिए।
    ‎अतिथिहरुमा  नेपाली महावाणिज्य दूतावास जिद्दा का श्रम सहचारी जीवन घिमिरे, लगायत जिद्दामा क्रियाशील संघ संस्थाका प्रतिनिधिहरू पत्रकारहरू तथा वरिष्ठ समाजसेवीहरू रहेका थिए


    ‎नेपाली राष्ट्रिय गानसँगै सुरु भएको उक्त कार्यक्रममा   तमुधि जिद्दाका अध्यक्ष वेद तमुले विदाईका पात्रहरू भीम गुरुङ र माया तमुस्यलाई सङ्घको तर्फबाट दोसल्ला उडाउनुको साथै प्रमाणपत्र र  अमूल्य गिफ्टले सम्मान गर्नुभएको थियो। यसैगरी संस्थाका पदाधिकारीहरूले  पनि  दोसल्ला, खादा लगाई सम्मानका साथ गिफ्टहरु दिएर विदाई गरेका थिए.
    ‎यसैगरी जिद्दामा  क्रियाशील विभिन्न संघसंस्था एनआरएनए साउदी अरब, एनआरएनए क्षेत्रीय समिति जेद्दा, हाते मालो युवा क्लब जिद्दा, नेपाली युवा क्लब जेद्दा, किरात राई अयोख्या जेद्दा, का सम्पुर्ण पदाधिकारीहरू.तथा अन्य समाजसेवी दाजुभाई दिदीबहिनीहरू सर्वसाधारण उपस्थित नेपाली दाजुभाईहरू उहाँका शुभचिन्तक तथा नातेदारहरूले पनि सम्मानका साथ दोसल्ला, खादा ओढाउनुको साथै प्रमाणपत्र र गिफ्टले सम्मान गर्दै विदाई गरेका थिए।
    ‎
    ‎कार्यक्रममा भीम गुरुङले तीन दशक साउदी अरबमा रहेर काम गर्दैगर्दा भोगेका आफ्ना  जीवन कथाहरू तथा नेपाली समुदायहरूसँगको सम्बन्ध र साथ सहयोगका बारेमा दृश्य चित्र बायोग्राफी प्रस्तुत गरिएको थियो।
    ‎
    ‎ विदाई कार्यक्रममा उपस्थित हुनुभएका प्रमुख अतिथि तथा अन्य अतिथिहरूले,, तीन दशक साउदीमा जिबन बिताउँदै गर्दा उहाँले गर्नुभएको समाजसेवालाई उच्च सम्मान गर्दै उहाँबाट धेरै प्रेरणा मिलेको र उहाँहरूलाई साउदी अरबबाट बिदा गर्दै गर्दा निकै दुःख लागेको बताउँदै उहाँको नेपाल बसाई तथा आगामी दिनको भविष्यको उच्च प्रगतिको कामना गर्नुभएको थियो।
    ‎त्यसैगरी कार्यक्रममा उपस्थित हुनुभएका अधिकांश नेपाली दाजुभाई तथा दिदीबहिनीहरूले ब्यक्तिगत रुपमा पनि उहाँको  विदाईको शुभकामना दिँदै आगामी दिनको उच्च प्रगतिको कामना गरेका थिए।


    ‎कार्यक्रममा भीम गुरुङ र माया तमुस्यले छोटो मन्तव्य दिँदै आफूले जानेका र सिकेका कुराहरु सेयर गर्नु भएको थियो । आफु २२ बर्षको कलिलो उमेरमा ब्याचलर गरि लेभरमा आएपनी आफ्नो मेहनत कडा परिश्रम र लगनशीलताले छिटो छिटो प्रगति हुँदै ठुलो म्यानेजर सम्मको पदमा काम गर्न सफलता प्राप्त गरेको बताउदैँ, साउदी अरबमा रहेर काम गर्दै गर्दा, गर्न हुने कुराहरु, गर्न नहुने कुराहरु, आफूले भोगेका  देखेका कुराहरू, आफूले गरेका  राम्रा कामहरु तथा जिबनमा सफलता प्राप्त गर्ने खालका कुराहरु,  उपस्थित रहेका श्रमिकहरु माझ प्रस्तुत गर्दै दाजुभाइ दिदिबहिनीहरुलाइ सोही बमोजिम अगाडि बढ्नका लागि पनि आग्रह गर्नुभएको थियो। यसै सम्बन्धमा आफू जुन देशमा कार्यरत रहेका छौँ उक्त देशको नियम कानुन पनि आफूले मान्नुपर्ने साथसाथै साउदीको कमाइले आफ्नो बालबालिका घरपरिवार धानिए पालिएको र आफ्नो इच्छाहरु पूरा भएको हुँदा यहाँ आएर काम गर्दा अनुशासित भएर काम गर्नुपर्ने र यो देशलाई पनि सम्मान गर्नुपर्ने उहाँको भनाइ रहेको थियो जाँदाजाँदै आफू साउदी अरब छोडेर जाँदै गर्दा यतिका वर्षसम्म आफूले कमाएका आत्मीय साथीसङ्गिहरुलाई छोडेर जानुपर्दा निकै भावुक हुँदै शुभकामना दिनुहुने उपस्थित सम्पूर्ण दाजुभाई तथा दिदीबहिनीहरूलाई हार्दिक धन्यवाद ज्ञापन गर्नुभएको थियो .
    ‎कार्यक्रमको अन्त्यमा संस्थाका अध्यक्ष वेद गुरुङले  आफ्नो मन्तव्य राख्दै उहाँहरू आफूसँगै साथमा रहँदा साथै साउदी अरबमा रहँदा धेरै श्रमिकले सेवा पाएको र आफ्नो देशमा पनि निकै सेवा गर्नुभएको उहाँहरूलाई विदाई गर्दै गर्दा निकै दुखित भएको महसुस गर्दै कार्यक्रम सफल बनाउन उपस्थित हुनुभएका सम्पूर्ण संघसंस्था लाई  तथा स्वयंसेवकहरुलाई हार्दिक धन्यवाद ज्ञापन गर्दै विदाई का पात्रहरू भीम गुरुङ र माया तमुस्यलाई सदैव याद गरिरहने र जहाँ भएपनि सहयोगको अपेक्षा पनि राखिरहने साथसाथै उहाँहरूको नेपाल बसाई सुखद रहोस् भनी शुभकामना दिएका थिए।
    ‎पहिलो चरणको कार्यक्रमको अन्त्यसँगै दोस्रो चरणको  कार्यक्रम सांगीतिक माहोलमा उपस्थित दर्शकहरु निकै रमाइलो गरेका थिए। कार्यक्रममा नित्य तथा संगीत हरुले गुञ्जयमान भएको थियो। कार्यक्रमको अन्त्यमा उपस्थित श्रमिक दाजुभाई तथा दिदीबहिनीहरूलाई तमुधिं जेद्दाले मीठो खाना खुवाएर पठाएको थियो।

    Posted in अन्तर्राष्ट्रिय, ताजा अपडेट, मुख्य खबर, समाज

    Posts navigation

    Older posts
    Newer posts

    Himalayan Dristi Team

    • प्रधान सम्पादक

      अनिल आचार्य

    About us

    • हाम्रोबारे

    Follow us on Facebook

    Contact Us

    Kathmandu, Nepal
    Email: himalayandristi@gmail.com
    Phone:-00977-9868990772
    Web:
    www.himalayandristi.com/
    विज्ञापनका लागि
    कृष्ण गिरि 00977-9860341922

    © Copyright 2020-2024 Himalayan Dristi. All Right Reserved. Design & Developed By K & P