गैर आवासिय नेपाली संघ क्षेत्रीय समन्वय समिती ताबुकको समन्वयमा नेपाली महावाणिज्य राजदुतावास जेद्दा द्वारा साउदी अरवको ताबुक क्षेत्रमा ई-पासपोर्ट नबीकरण सेवा सञ्चालन गरिने भएको छ।
क्षेत्रीय समन्वय समिति ताबुकका उपाध्यक्ष देवी बहादुर सुतार कार्की द्वारा उपलब्ध गराइएको जानकारीअनुसार क्षेत्रीय समन्वय समिती ताबुक साउदीअरबको ८ औँ वार्षिकोत्सवको अवसर पारेर सस्थाको समन्वयमा उक्त कार्यक्रम हुने बताउनुभयो।
कार्यक्रम आउँदो जुलाई २९ शुक्रवारका दिन हुने भएकोले उक्त कार्यक्रममा संघका विभिन्न तह का पदाधिकारीहरू, पंजीकृत सदस्यहरू, विभिन्न क्रियाशील संघ संस्थाका पदाधिकारीहरू, तथा समाजसेवी पत्रकार लगायत ताबुक तथ आस पासका क्षेत्रमा कार्यरत नेपाली दाजुभाई तथा दिदीबहिनीहरू सबैलाई तल उल्लेखित स्थान र समयमा उपस्थित भई कार्यक्रमलाई सफल बनाउन आह्वान गर्नुभयो।
मितीः २९ जुलाई २०२२ स्थानः मदिना रोड ताबुक समयः विहान ०७:०० बजे देखी साँझ ५:०० बजे सम्म Location
साउदी अरब सरकारले श्रमिक कानुनमा थप कडाई गर्दै कुनै पनि अर्को कम्पनी वा प्रतिष्ठानमा आफ्ना कामदारलाई काम गर्ने अनुमति दिएमा वा काम गर्न पठाएको पाइएमा सो कम्पनीलाई १०,००० साउदी रियाल जरिमाना का साथै पाँच वर्षसम्म अरु कामदार थप गर्ने सुविधाबाट वञ्चित गरिनुका साथै स्थानीय सञ्चारमाध्यममा उसकै खर्चमा नाम सार्वजनिक गर्ने व्यवस्था समेत गरिएको छ ।
जरिवानामा सो कम्पनीका प्रबन्ध निर्देशकलाई एक वर्षसम्म कैद पनि समावेश छ र उनी विदेशी भए साउदी अरबबाट देश निकाला हुनेछन्।
सबैलाई मक्का र रियादका क्षेत्रहरूमा ९११ र बाँकी क्षेत्रहरूमा ९९९ नम्बरमा फोन गरेर त्यस्तो कुनै घटना पत्ता लगाएमा आवास, काम र सीमा सुरक्षा नियमहरूको उल्लङ्घन गर्नेहरूलाई रिपोर्ट गर्न सबैलाई आग्रह गरेको छ।
अमेरिकाको मेरिल्याण्ड राज्यमा नेपाली मूलका यूवा सतीश चापागाई डेमोक्रेटिक पार्टीको केन्द्रिय सदस्यमा निर्वाचित भएका छन ।
जुलाई १९ मा सम्पन्न निर्वाचनमा चापागाई बाल्टिमोर काउण्टीको ७ए बाट केन्द्रिय सदस्यमा निर्विरोध निर्वाचित भएका हुन ।
उक्त पदमा सो पार्टीबाट दुईजना पुरुष हुनुपर्नेमा चापागाईको मात्र एकल उमेद्वारी परेपछि उनी निर्विरोध भएका थिए। तर, सोही पदमा दुई महिलाको सिटमा ३ महिलाको मनोनयन परेपछि निर्वाचन भएको थियो । चापागाईसंगै अन्य दुई महिला निना म्याक हग र जुलिया आर सुगर विजयी भएका छन ।
चापागाई नेप्लिज डायस्पोराका सम्पादक हुन । चापागाईले नेपालमा लामो समय पत्रकारिता गरेका थिए । चापागाई गीतकार तथा कवि पनि हुन ।
निर्वाचनमा खटिएका स्वयंसेवकहरुलाई चापागाईले धन्यवाद ज्ञापन गरेका छन ।
आफ्नो अमेरिकी राजनीतिको मूल प्रवाहमा आउनुको कारणबारे चापागाईले भने, “हामीले भावी पुस्तालाई बाटो देखाएका हौं । यो यात्रालाई आयतनमा होईन आयाममा नापौं ।”
काठमाडौं। विश्वका सबैभन्दा शक्तिशाली पासपोर्टहरुमध्ये शीर्ष तीन पासपोर्टहरु एसियाली देशका छन्।
लण्डनमा आधारित विश्वव्यापी नागरिकता तथा आवासीय सल्लाहकार फर्म हेन्ले एण्ड पार्टनर्सले सार्वजनिक गरेको २०२२ को पहिलो चौमासिक रिपोर्टका अनुसार विश्वको सबैभन्दा शक्तिशाली पासपोर्ट जापानको भएको सीएनएनमा प्रकाशित एक रिपोर्टमा जनाइएको छ ।
जापानको पासपोर्ट धारकहरुले बिना भिसा १९३ देशको यात्रा गर्न सक्छन्। जापानी पासपोर्ट लिएर यात्रा गर्ने यात्रुले यी १९३ देशमा पहिल्यै भिसा नलिइ गएर सम्बन्धित देशमा पुगिसकेपछि मात्रै अन अराइभल भिसा लिन सक्ने सुविधा पाएका छन्।
दोस्रो स्थानमा सिंगापुर र दक्षिण कोरियाको पासपोर्ट छन् । यी दुई देशको पासपोर्ट धारकहरुले पहिल्यै भिसा नलिइ १९२ देशको यात्रा गर्न सक्छन् ।
शक्तिशाली पासपोर्टको सूचीमा नेपालको हालत भने दयनीय छ। अमेरिकासहित पश्चिमी देशले कैयौं प्रतिबन्ध लगाएको देश उत्तर कोरियाको पासपोर्ट समेत नेपालको भन्दा शक्तिशाली छ।
सबैभन्दा कमजोर ७ पासपोर्टको सूचीमा नेपाल परेको छ। नेपालको स्थान १०५ औं छ। नेपाली पासपोर्ट धारकहरुले पहिल्यै भिसा नलिइ ३८ देशको मात्र यात्रा गर्न सक्छन्।
सबैभन्दा शक्तिशाली पासपोर्टहरुको सूचीमा तेस्रो स्थानमा जर्मनी र स्पेन छन्। यी देशका पासपोर्ट वाहकले बिना पासपोर्ट १९० देशको यात्रा गर्न पाउँछन्। यसैगरी फिनल्याण्ड, इटली र लक्जेम्बर्गका पासपोर्ट वाहकले १८९ गन्तव्य, अष्ट्रिया, नेदरल्याण्ड, डेनमार्क र स्वेडेनकाले १८८ गन्तव्यमा बिना भिसा यात्रा गर्न पाउँछन्। फ्रान्स, आयरल्याण्ड, पोर्चुगल र बेलायतले १८७ गन्तव्य, बेल्जियम, न्यूजिल्याण्ड, नर्वे, स्विट्जरल्याण्ड र अमेरिकीले १८६ गन्तव्य, अस्ट्रेलिया, क्यानडा, चेक रिपब्लिक, ग्रिस र माल्टाकाले १८५ गन्तव्य, हंगेरीकाले १८३ गन्तव्य र लिथुआनिया पोल्याण्ड र स्लोभाकियाका पासपोर्ट धारकले १८२ गन्तव्य बिना भिसा यात्रा गर्न पाउँछन्।
सबैभन्दा कमजोर पासपोर्ट अफगानिस्तानको छ जहाँका पासपोर्ट धारकलाई बिना भिसा २७ देशको मात्र यात्राको अनुमति छ। इराकीले १९ गन्तव्य, सिरियालीले ३० गन्तव्य, पाकिस्तानीले ३२ गन्तव्य, यमनीले ३४ गन्तव्य, सोमालियालीले ३५ गन्तव्य, नेपाली र प्यालेस्टाइनीले ३८ गन्तव्य र उत्तर कोरियालीले ४० गन्तव्य बिना भिसा यात्रा गर्न पाउँछन्।
प्रवासी नेपाली समन्वय समिति पीएनसीसीले यही आउँदो सुक्रबार २२ जुलाईका दिन अल्कासिम तथा आसपासका क्षेत्रलाई मध्यनजर राख्दै नि-सुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ ।
प्रवासी नेपाली समन्वय समिति साउदी अरबका संयोजक गनेश अर्यालले जानकारी गराउनुभए अनुसार अल्कासिम तथा आसपासका क्षेत्रमा रही काम गर्दै आउनुभएका नेपाली दाजुभाई दिदी बहिनीहरुलाई लक्षित गरी उहाँहरूको स्वास्थ्य स्थिती बारे निशुल्क शिविर सञ्चालन गरिने भएको छ !
पिएनसीसीले साउदी अरबको विभिन्न क्षेत्रमा रहेका नेपालीहरुमाझ बितेका केही बर्षदेखि स्वास्थ्य शिविर सञ्चालन गर्दै आईरहेको र आउदा दिनहरुमा पनि निरन्तरता दिईने संयोजक अर्यालले बताउनु भयो !
सो क्षेत्रमा स्वास्थ्य शिविर संचालन गर्दा सहजीकरण हेतु तल उल्लेखित व्यक्तिहरुसँग सम्पर्क गर्न सकिनेछ।
एजेन्सी- साउदी अरबले राज्यको तेल उत्पादन क्षमतालाई बढाएर प्रतिदिन १३ लाख ब्यारेल बनाउन निर्णय गरेको छ।
शनिबार राज्यले तेल उत्पादनलाई बढाएर बढीमा १३ लाख ब्यारेल प्रतिदिन बनाउने भएको साउदी अरबका राजकुमार मोहम्मद बिन सलमान अल साउदलाई उद्धृत गर्दै साउदी प्रेस एजेन्सीले आइतबार जनाएको हो।
साउदी अरबमा इन्धन उत्पादन थप बढाउने क्षमता नहुने पनि उनले बताए।
उनको घोषणा अमेरिकी राष्ट्रपति जो बाइडेन र खाडी सहयोग परिषद्का अन्य सदस्य राष्ट्रहरू, इजिप्ट, जोर्डन र इराकका नेताहरूसँग जेद्दामा भएको शिखर सम्मेलनको क्रममा शनिबार भएको हो।
राजकुमारले अवास्तविक ऊर्जा नीतिले उच्च मुद्रास्फीतितर्फ डोर्याउने बताए। यसले गम्भीर चुनौतीहरूको समयमा विश्व अर्थतन्त्रलाई सहयोग गर्ने एकीकृत प्रयासलाई आग्रह गर्दछ।
उक्त अवसरमा उनले विश्वव्यापी आर्थिक पुनःस्थापना र खाद्य तथा स्वास्थ्य सुरक्षा प्राप्त गर्न कोभिड-१९ र भौगोलिक स्थितिका चुनौतीहरूको सामना गर्न अन्तरराष्ट्रिय प्रयासको लागि आह्वान पनि गरे।
सन् २०२१ को प्रारम्भमा पदभार ग्रहण गरेदेखि आफ्नो पहिलो मध्य पूर्व भ्रमणको अन्तिम दिनमा बाइडेन शिखर सम्मेलन उपस्थित भएका हुन् ।
साउदी अरेबियाको प्रमुख सहर दमामको किंग फहाद अन्तर्राष्ट्रिय विमानस्थलले एयरपोर्टबाट बाहिर जाने उडानहरूको लागि ब्यागेजसँग सम्बन्धित नयाँ नियमहरू घोषणा गरेको छ।
दमाम एयरपोर्ट कम्पनी (DACO) ले सबै यात्रुहरुलाई, एयरपोर्ट जानु अघि, ब्यागेज सम्बन्धी नियमहरुको बारेमा अधिकभन्दा अधिक जानकारी राखी जारी नीतिनियम हरु पालना गर्न अनुरोध गरेको छ।
अथोरिटीका अनुसार ब्यागेजसँग सम्बन्धित नयाँ दिशानिर्देशहरू निम्नानुसार छन्।
अनुमति दिइएको सामानको नमूना:
कम्तिमा एउटा समतल सतह भएको सामान, ७६ सेमी लम्बाइ, ५१ सेन्टिमिटर चौडाइ र ३१ सेमी चौडाइमा।
७६ सेन्टिमिटरको लम्बाइ, ५१ सेमी चौडाइ र ३१ सेन्टिमिटर चौडाइमा समतल सतहसहित राम्ररी प्याक गरिएका बक्सहरू।
अनुमति नभएको वा निश्चित गरिएको ब्यागेजको प्रकार :-
गोलो र अनियमित आकारको सामान।
अनियमित आकारको झोला डोरीले बाँधिएको।
लामो वा खुकुलो पट्टि भएको सामान।
नयाँ नीतिले गोलो र अनियमित आकारको झोला, खुकुलो डोरीसहितको झोला र लामो पट्टा भएको झोलालाई निषेध गरेको छ।
१८ जुलाइ २०२२, साउदी अरब ! गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद साउदी अरबले यही आउँदो २९ जुलाई २०२२ शुक्रवारका दिन १५ औँ वार्षिकोत्सव कार्यक्रम गर्ने भएको छ ।
साउदी अरबमा दिनानुदिन बड्दै गइरहेको श्रमिक समस्यालाई मध्यनजर गर्दै श्रमिक अन्तर्कृया सहितको आयोजित उक्त कार्यक्रममा साउदी अरबका नियोग-उपनियोगका सरकारी प्रतिनिधिहरु, संघका विभिन्न तह र ओहोदाका पदाधिकारीहरू, पंजीकृत सदस्यहरू, विभिन्न क्रियाशील संघ संस्थाका पदाधिकारीहरू, विभिन्न संचार माध्यमा आवद्ध संचार कर्मीहरू, विभिन्न पेशा र व्यवसायमा आवद्ध बुद्धिजीवी तथा समाजसेवीहरू, विभिन्न विधाका कलाकर्मी कलाकारहरू र साउदीअरबमा कार्यरत नेपाली दाजुभाई तथा दिदीबहिनीहरूलाई आमन्त्रण गरिएको छ ।
नेपाली दूतावास रियादको प्रमुख आतिथ्यमा आयोजना गर्न लागिएको उक्त कार्यक्रममा संस्थाको २०२१-२३ कार्यकालकी पहिलो एक बर्षमा संस्थाद्वारा गरिएका गतिविधि प्रस्तुत गर्नुको साथै उपस्थित दर्शकहरुलाइ स्थानीय नेपाली कलाकारहरुद्वारा सांस्कृतिक मनोरञ्जन दिने कुरा संस्थाका अध्यक्ष डम्बर यादबले जानकारी गराए !
२९ जुलाइ शुक्रबार हुने उक्त कार्यक्रम रियाद स्थित एक्जिट-९, सोहना सुपरमार्केट पछाडी, समर पार्टी प्यालेस मा विहान १०ः०० बजे देखी साँझ ६ः०० बजे सम्म रहने पनि अध्यक्ष यादवले जानकारी गराउदैँ साउदी अरबमा रहने सम्पुर्ण नेपाली हरुलाइ कार्यक्रममा उपस्थित भएर कार्यक्रम सफल बनाउन अनुरोध गरेका छन् ।
प्रवासी नेपाली समन्वय समिति पिएनसीसीले साउदी अरबमा रहेका नेपालीहरुलाई पुनः श्रम स्वीकृतिको लागि सहजीकरण गरिदिने भएको छ।
प्रवासी नेपाली समन्वय समिति साउदी अरवका संयोजक गणेश अर्यालका अनुसार पुनः श्रम स्वीकृति लिन चाहने शर्मिकहरुले सम्पूर्ण कागजात डकुमेन्टेसनको काम पिएनसीसीका साउदी अरबमा अवस्थित प्रतिनिधिले गरिदिने छन् भने यसमा लाग्ने दस्तुर श्रम विभागको बैन्क खातामा श्रमिक स्वयंले नै अनलाइनमार्फत जम्मा गरिदिए पुग्नेछ ।
साउदी अरबकालागि संयोजक गणेश अर्याल, फोन (ह्वावटसप)०५३३५०३२६२. श्याम कुमार महतो फोन (ह्वावटसप) ०५५३६०६७३६ तथा काशिन्द्र पासवानलाई फोन (ह्वावटसप) ०५५४२०७०१३मा सम्पर्क गर्न सकिनेछ । छ भने तल उल्लेख गरिएका कागजात पेश गर्नुपर्ने छ।
नेपाल बाहिरबाट अनलाई श्रम स्वीकृति लिन लाई चाहिने कागजातहरु।
* पासपोर्ट को २ नम्बर पेजको फोटो
* पासपोर्ट को ३१ नम्बर पेजको फोटो
* बैदेशिक रोजगारमा आउदा खेरि पासपोर्टमा लागेको भिसाको पेजको फोटो
* अन्तिम श्रम गरेको फोटो
* आकामको अगाडी पट्टिको फोटो
* बैंक खाता नाम नम्बर भएको चेकबुकको फोटो
नेपाल बाटै अनलाई श्रम स्वीकृति लिन लाई चाहिने कागजातहरु।
१. पासपोर्टमा रहेको २ नम्बर पेजको फोटो. २.पासपोर्टमा रहेको ३१ नम्बर पेजको फोटो. ३. वैदेशिक रोजगारीमा आउँदा पासपोर्टमा लागेको भिजाको फोटो. ४. अन्तिमपल्ट श्रम स्वीकृति लिएको पेजको फोटो. ५. अकामाको अगाडी पट्टिको फोटो. ६. नेपालमा रहेको बैंक खाताको नाम र बैंक खाता नम्बर भएको चेकबुकको फोटो. ७. त्रिभुवन विमानस्थलको आगमन विभागले पासपोर्टमा छाप लगाएको मिति सहितको फोटो. ८. पुनः प्रवेश (रि-इन्टिरी एक्जिट) भिसा लागेको पेजको फोटो.