नेपाल आदिवासी जनजाति महासंघ (नेफिन)राष्ट्रिय समन्वय परिषद , साउदी अरबले यहि आउँदो १२अगष्ट अर्थात श्रवण २७ गते शुक्रबारका दिन २८ औ विश्व आदिवासी दिवस शुभकामना आदान प्रदान तथा साँस्कृतिक कार्यक्रम-२०२२ आयोजना गरि मनाउने भएको छ।
महासङ्घका महासचिव रोशन श्रेष्ठले दिएको जानकारीअनुसार कार्यक्रम साउदी अरबको पूर्वी क्षेत्र दम्माम सिको नजिकै रहेको होटल प्यारागन आयोजना गरिने भएको छ भने कार्यक्रम नेपाली राजदुतावासका कार्यवाहक राजदूत दिलिप पौडेलको प्रमुख आतिथ्यमा बिभिन्न जातीय सास्कृतिक झाकीको पनि प्रस्तुति गरिने भएको छ ।
महासंघको प्रवास समिति साउदीमा तमु धि नेपाल ,नेपाल मगर संघ ,किरात राई यायोक्खा ,नेपाल तामांग घेदुग , नेवा : समाज ,किरात याक्थुङ चुम्लुङ लगायत साउदी अरबमा अवस्थित बिभिन्न जातीय संघसंगठन आबद्ध रहेका छन् ।
२ अगस्ट २०२२, साउदी अरब ! साउदी स्थित एमालेको प्रवास संगठन प्रबासी नेपाली मन्च, साउदी अरेबियाले आउदो ५ अगष्ट २०२२ शुक्रबारका दिन गरिने भनिएको दोश्रो राष्ट्रिय अधिबेषन अर्को सुचना नआउदा सम्मको लागि स्थगित गरेको छ ।
उक्त दोस्रो राष्ट्रिय अधिवेशनलाई नेपाल कम्युनिष्ट पार्टी एमालेको प्रवास ईन्चार्ज, परराष्ट्र मामीला विभाग प्रमुख तथा स्थाई कमिटी सदस्य कमरेड डा राजन भटराईद्वारा सम्बोधन गरिने भनिएता पनि संगठनद्वारा २ अगस्ट २०२२ का दिन एक बिग्यप्ती जारी गर्दै अधिवेशन स्थगित गरिएको जानकारी गराएको छ । साउदी स्थित धेरै संघ संस्था तथा समाजिक ब्यक्तित्व, साथै सर्वसाधारण जनताहरुलाइ निमन्त्रणा पनि दिई सकिएको अबस्थामा विविध कारण बस अधिवेशन स्थगित गर्नु परेकोमा दुख व्यक्त गर्दै क्षमा मागेको छ ।
स्थगित गरिएको अधिवेशन अर्को सूचना जारी नहुन्जेलसम्मका लागि स्थगित गरिएको जानकारी गराएको छ ।
संगठनको प्रेस बिग्यप्ती 👇️👇️ प्रेस बिज्ञप्ति
बिषय: अधिबेशन स्थगित गरिएको बारेमा । प्रबासी नेपाली मन्च, साउदी अरेबियाले आउदो ५ अगष्ट २०२२ शुक्रबारका दिन गरिने भनिएको दोश्रो राष्ट्रिय अधिबेषन अर्को सुचना नआउदा सम्मको लागि बिबिध कारणबस स्थगित गरिएको छ। नेपाली दुतावास लगायत साउदी अरब मा क्रियासिल गैर आबासिय नेपाली संघ, राजनैतीक संगठनहरु र्र सस्थाहरु लाई समेत निमन्त्रणा पठाइ सकेको अवस्थामा अधिबेषन स्थगित गर्नु पर्दा अत्यन्तै दुखित छौ । हामीलाई सहयोग गर्नुहुने सबैमा हार्दिक धन्यवाद ब्यक्त गर्दै तिथीमिती सहित अर्को सुचना छिट्टै निकाल्ने प्रतिबद्द्ता जाहेर गर्दछौ । यस बाट पर्न गएको असुबिधा प्रती क्षमाप्राथी छौ ।
नेपाली महावाणिज्य दूतावास जेद्दा ले ताबुकमा ३० जुलाई २०२२मा राहदानी नवीकरण घुम्ती सेवा सम्पन्न गरेको छ ! यस कार्यक्रम अन्तर्गत राहदानी नविकरण फाराम संकलन तथा नविकरण भै-आएका राहदानी बितरण लगायतका सेवा सुबिधाहरु प्रदान गरिएको थियो ! सो कार्यको लागी नेपाली महावाणिज्य दूतावास जेद्दा बाट कन्सुलर भुवन पौड्याल, जेमलादीन इब्राहिम, मोहमत अटवाल्लाह साथै राजु बास्कोटा ज्युहरुबाट सहजीकरणको सेवा प्रदान गरिएको थियो ! कार्यक्रममा ताबुक लगयात आसपासका दुबा,हाकल, शर्मा, सकाका सहित करिब ५००कि.मि. टाडा सम्मबाट उपस्थिति भई नेपाली दाजु भाइहरुले सेवाबाट लाभ लिनु भएको थियो ! महावाणिज्यदूतावास जेद्दा द्वारा जारी पुर्व सूचना अनुसार राहदानी नविकरण फाराम संकलन एकदिने कार्यक्रम २९ जुलाइ २०२२ भनिए तापनि सेवाग्राहीको उच्च चाप लाई मध्यनजर गरि प्रावधिक समस्याका बाबजुत पनि महावाणिज्यदूतावासका प्रतिनिधि द्वारा बिहिवार बिहान १०:०० बजे देखि शनिवार बिहान ०९:३० बजे सम्म लगातार सेवा दिँदै महिला १ र पुरुष १५४ गरि कुल जम्मा १५५ जना सेवाग्राहीलाइ सेवा प्रदान गरिएको थियो।
राहदानी नविकरणको घुम्ती सेवा सम्पन्न गर्न गैर आवासिय नेपालि संघ राष्ट्रिय समन्वय परिषद साउदी अरेबियाका सस्थापक तथा सल्लाहकार भक्त हमाल ज्यु, गैर आवासिय नेपालि संघ राष्ट्रिय समन्वय परिषद साउदी अरेबियाका उपाध्यक्ष अर्जुन थापा ज्यु, गैर आवासिय नेपाली संघ क्षेत्रीय समन्वय समिती ताबुकका पदाधिकारी ज्युहरु अध्यक्ष नर बहादुर खतिवडा, उपाध्यक्ष देवी बहादुर कार्की, सचिव युवराज पोख्रेल, कोषाध्यक्ष दिपक कार्की, सदस्यहरु शक्ति भट्ट र आइ बि गुरुङ द्वारा कार्यक्रम व्यवस्थित बनाउन समन्वयकारी भुमिका निभाउनु भएको थियो।
ताबुक जस्तो टाढा दूरदराजबाट जेद्दा र रियाद नियोगहरुमा धाउनुपर्ने झन्झट र खर्चिलो यात्राबाट आफुहरु मुक्त भएको र आगामी दिनहरुमा पनि यस्तै सहजिकरणका कार्यक्रमहरु होस् भन्ने सेवाग्राही हरुको भनाइ रहेको थियो ,
सम्पुर्ण सेवाग्राहिले आफ्नो पालो आउन निकै लामो समय पर्खनु परेकोले अब आउदा दिनहरुमा सेवालाइ अझै प्रभावकारी र चुस्त बनाइ, लामो समयको प्रतीक्षाबाट मुक्ति दिलाउन सुझाव दिएका थिए भने यसरी आफ्नै कार्यक्षेत्रमा बसेर कम खर्चमा सेवा लिन पाएकोमा सम्पुर्ण सेवाग्राहीहरु निकै हर्षित पनि देखिएका थिए।
गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद साउदीअरबले २९ जुलाई २०२२, शुक्रवारका दिन आफ्नो १५ औँ वार्षिकोत्सव मनाएको छ। साउदीअरबको राजधानी रियाद स्थित एक सभाहलमा एनआरएनए एनसीसी साउदीअरबका अध्यक्ष डमर कुमार यादवको सभापतित्वमा उक्त कार्यक्रम सम्पन्न भएको हो । वार्षिकोत्सव कार्यक्रममा संघका संगठनिक कार्यप्रगती विवरण र आर्थिक प्रतिवेदन प्रस्तुत गरिनुका साथै श्रमिकहरूको समस्याको सुनुवाईका लागी अन्तर्क्रिया कार्यक्रम र विभिन्न सांगीतिक कार्यक्रम रहेको थियो ।कार्यक्रममा आर्थिक प्रतिवेदन संघका कोषाध्यक्ष मनिष कोईराला द्वारा प्रस्तुत गरिएको थियो भने कार्यप्रगती विवरण संघका महासचिव उमेश भट्टराई द्वारा प्रस्तुत गरिएको थियो । महासचिव भट्टराई द्वारा प्रस्तुत भएको कार्यप्रगती विवरण अनुसार गैर आवासीय नेपाली संघ राष्ट्रीय समन्वय परिषद साउदीअरबको ३० जुलाई २०२१ मा सम्पन्न भएको आठौँ महाधिवेशन बाट गठन भएको कार्यसमितिले २९ जुलाई २०२२ सम्ममा बाहिरी र आन्तरिक स्रोत बाट विभिन्न सहयोग, उद्धार तथा सहजीकरणका कार्यहरू भएको उल्लेख गरिएको थियो ।
महासचिव भट्टराईका अनुसार बाह्य स्रोतबाट कोरोना महामारी केन्द्रित रही संघले दम्माम, रियाद र जेद्धा गरी साउदीअरबका मुख्य ठूला सहरहरूमा समस्यामा परेका नेपाली श्रमिकहरूको लागि अस्थायी आवास गृह क्रियाशील रहेका छन्| जसबाट हालसम्ममा २ सय ३१ जना भन्दा बढीले लाभ लिएका छन् भने कोरोना प्रभावितहरु मध्ये स्वदेश फर्किन असमर्थ भएकाहरु ४४ जना पुरुष र ११ जना महिला गरी ५५ जना नेपाली श्रमिकहरुलाई हवाई टिकट उपलब्ध गराई स्वदेश फिर्ता पठाईएको थियो भने स्वदेश फर्किएकाहरु मध्ये विमान स्थल काठमाडौँ देखी घरसम्म जान १० जनालाई संघले यातायात सेवा प्रदान गरिएको थियो । कोरोना महामारीका दौरान अस्थायी आवास बाहिर विभिन्न स्थानहरुमा रहेका १ सय ६० जना नेपाली श्रमिकहरुलाई खाद्यान्न सामग्री वितरण गरिएको र यसै अवधिमा ३८ जना नेपाली श्रमिकहरूलाई RT PCR परीक्षण सेवा उपलब्ध गराईएको थियो। यसका साथै विभिन्न साउदी सरकारी ऐन तथा कानुनको उलंघन गरी समस्यामा परेका ५ जना नेपाली श्रमिकहरूलाई सरकारी जरिवाना भुक्तान गरी बहिर्गमन भिषा उपलब्ध गरि दिएको उक्त विवरणमा भनिएको थियो ।
साउदीअरबको दम्माम, जुवेल, अलकासिम, हायल र जेद्ध गरी ५ स्थानहरुमा नेपाली श्रमिकहरूको निःशुल्क स्वास्थ्य परिक्षण तथा स्वास्थ्य सचेतना कार्यक्रमहरु सञ्चालन गरिएको र जसबाट ६ सय ७२ जना नेपाली श्रमिकहरूले सेवाको लाभ लिएका थिए।
भट्टराईका अनुसार संघले नेपाली दूतावासको आयोजना र संघको सहजिकरणमा साउदी अरबको पूर्वी क्षेत्रमा ४ अलकासिममा १, जिजान/आवाहमा २ ताबुकमा १ गरी ८ वटा राहदानी सहजिकरण शिविर सञ्चालन गरिएको र ३ हजार ३ सय ५८ जना नेपाली श्रमिकहरूले उक्त शिविर बाट लाभ उठाएको थियो ।त्यसैगरी उक्त कार्यप्रगति विवरणमा एक एनसीसी एक परियोजना अन्तर्गत सिराहा जिल्ला विष्णुपुर गाउँपालिका वडा नम्बर १ र ४ स्थित रहेको सामुदायिक विद्यालयहरुमा अध्ययनरत विद्यार्थीहरुलाई aama foundation USA र एनसिसी साउदी अरबको संयुक्त पहलमा २ लाख २० हजार बराबरको शैक्षिक सामग्री र विद्यालय पोशाक वितरण गरिएको उल्लेख गरिएको थियो ।
संघका महासचिव द्वारा प्रस्तुत गरिएको विवरणमा एनसीसी साउदीको आन्तरिक स्रोतबाट एनआरएनए एनसीसी साउदीका पंजीकृत सदस्यहरू रविन्द्र थापा(SA0200472), चित्रबहादुर गुरुङ(SA070002009) र धनपति माझी(SA04000104) को कामको सिलसिलामा साउदीमा मृत्यु भएको हुँदा संघको विधानतः मृतकको परिवारलाई जनही नेपाली रुः ५० हजार सहयोग रकम हस्तान्तरण गरिएको थियो छ भने विभिन्न समस्यामा परी हवाई टिकटको आभावमा नेपाल फर्किन प्रतिक्षारत १० जना महिला र २ जना पुरुष गरी जम्मा १२ जनालाई हवाई टिकट उपलब्ध गरिदिएको उक्त विवरणमा उल्लेख गरिएको थियो ।
प्रस्तुत प्रगति विवरण अनुसार संघले साउदी अरबको पूर्वी क्षेत्र दम्माममा नेपाली राजदूतावास रियाद र एनआरएनए एनसीसी साउदीअरबको संयुक्त सहकार्यमा संचालन गरिएको श्रमिक सचेतना कार्यक्रम बाट ६ सय २३ जना श्रमिकहरुले लाभ प्राप्त गरेका थिए। त्यसै गरी संघको आन्तरिक स्रोत बाटै नेपाली महावाणिज्य दूतावास जेद्धा र एनआरएनए साउदी अरबको संयुक्त सहकार्यमा साउदी अरबको अबाह र जिजानमा एक/एक गरी २ वटा राहदानी सहजीकरण कार्यक्रम सम्पन्न गरिएको थियो, जसबाट २ सय ४८ जना नेपाली कामदारहरु लाभान्वित भएका थिए।
महासचिव भट्टराई द्वारा प्रस्तुत उक्त विवरणमा एनआरएनए एनसीसी साउदीअरबको उपाध्यक्ष रबिना अर्याल संयोजक रहेको लेभर टास्क फोर्स समिति र नेपाली नियोगहरु सँगको समन्वय र सहकार्यमा संघले विभिन्न समस्यामा परेका नेपाली श्रमिकहरूको उद्दार तथा पैरबी पहल गरिएको उल्लेख गरिएको थियो ।
उक्त कार्यप्रगति विवरणमा एनसीसी साउदीअरब द्वारा संचालित श्रमिक अस्थायी आवसीय गृहमा रहेका १ सय २२ जना पीडित नेपाली कामदारहरुलाई खाद्यान्नको व्यवस्थापन गरिनुका साथै अस्थायी आवास बाहिर रहेका ४९ जना पीडितहरूलाई खाद्यन्न सहयोग गरिएको समेत उल्लेख गरिएको थियो ।
त्यसैगरी खेलकुदमा एनआरएनएको सहभागिता अन्तर्गत एनसिसी साउदी अन्तर्गत रहेका RCC र LCC हरूले नेपाली खेलाडीहरूको खेलकुदलाई प्रवर्धन गर्ने उद्देश्य अनुरुप साउदीको पूर्वी प्रान्तका दम्माम र कतिफमा एक/एक गरी दुई वटा भलिबल प्रतियोगिताहरु सम्पन्न गरिएको थियो ।
संघको वार्षिकउत्सव कार्यक्रममा क्षेत्रिय समन्वय समिति दम्मामका अध्यक्ष विष्णु भण्डारी, अलकासिमका उपाध्यक्ष काजिमान कान्धाङ्वा र जेद्धाका सचिव चिरञ्जीवी बस्नेतले आआफ्नो सांगठनिक प्रगति प्रस्तुत गरिएको थियो भने सोही कार्यक्रममा अल अविर ईन्टर्नेशनल मेडिकल सेन्टरले निःशुल्क स्वास्थ्य शिविर संचालन गेको थियो, जस बाट कार्यक्रममा उपस्थित नेपाली नागरिकहरूले स्वास्थ्य परि़क्षणको लाभ लिएका थिए।
वार्षिकोत्सब समारोह कार्यक्रमका दौरान नेपाली श्रमिकहरुसँग सम्बन्धित अन्तरकृयात्मक कार्यक्रम पनि संचालन गरिएको थियो। सोही चरणमा हलमा सहभागीहरु मध्येबाट विभिन्न ८ वटा शिर्षकमा श्रमिक गुनासा र समस्याहरुका बारेमा प्रतिनिधि जिज्ञासा राखिएको थियो । सोहि चरणमा उठेका जिज्ञासा र गुनासाहरुलाइ नेपाली दूतावास रियादका श्रम काउन्सिलर देवेन्द्र कार्की, प्रथम सचिव ऋषि आचार्य, द्वितीय सचिव टिकाराम तिमलसीना लगायत नेपाली नियोगका प्रतिनिधिहरुले सम्बोधन गरिएको थियो । वहाहरुले विशेषगरी पछिल्लो समयमा नेपाली श्रमिकहरुले भोगि रहेका समस्या, समाधानका पहल र निराकरणका लागी नेपाली राजदुतावासले खेलेको भूमिकाका बारेमा प्रस्ट्याईएको थियो ।
उक्त कार्यक्रममा प्रमुख अतिथिको रूपमा नेपाली दूतावास रियादका लागी कार्यवाहक राजदूत दिलिप कुमार पौडेल संगै विशिष्ट अतिथिको रूपमा दूतावासका प्रथम सचिव ऋषि आचार्य, श्रम सहचारी देवेन्द्र कार्की, द्वितीय सचिव टिकाराम तिमलसीना र पूर्वी प्रान्तका लागी नेपाली दूतावासका जनसंपर्क अधिकारी नारायण पासवानको उपस्थिती रहेको थियो । अतिथिहरूमा एनआरएनए आईसीसीका महिला उपाध्यक्ष यास्मिन वैगम, मध्यपूर्व संयोजक राजेन्द्र अर्याल, सदस्य तेज थापा संगै एनआरएनए एनसीसी साउदीअरबका राष्ट्रीय, क्षेत्रिय र स्थानीय तहका पदाधिकारीहरूको उपस्थिती रहेको थियो । अतिथिकै रूपमा साउदीअरब स्थित क्रियाशील विभिन्न राजनीतिक र सामाजिक संघ संस्थाका प्रतिनिधिहरू, व्यवसायी तथा वुद्धिजीवीहरू र विभिन्न संचार क्षेत्रमा आवद्ध संचारकर्मीहरूको उपस्थिती रहेको थियो ।
३० जुलाई २०२२! साउदी अरब रियादमा स्थित नेपाली दूतावासले आर्थिक बर्ष २०७८-२०७९ मा कार्य सम्पन्न गरेका केहि महत्त्वपूर्ण २३ बुदेँ कार्य प्रगति विवरण आफ्नो आधिकारिक फेसबुक पेजबाट सेयर गरेको छ ।
१४-१५ मार्च २०२२ मा साउदी अरबका विदेशमन्त्रीले गर्नुभएको औपचारिक नेपाल भ्रमणको समन्वय गरिएको सो अवसरमा नेपाल सरकार र साउदी सरकारबीच द्विपक्षीय सहयोग सम्झौतामा हस्ताक्षर भएको ।
रियादको कूटनीतिक क्वार्टरमा नेपाली राजदूतावासका लागि जग्गा खरिद गरिएको ।
यस अवधिमा साउदी मन्त्रालयहरू , श्रम कार्यालयहरु र अध्यागमन कार्यालयहरूसँग गरी जम्मा १७ वटा उच्चस्तरीय भेटघाट भएका ।
दुर्घटनामा परेर वा विविध कारणले निधन भएका २०६ जना नेपाली मध्ये १८० जनाको शव स्वदेश पठाइएको । १८ जनाको साउदी अरबमैं अन्तिम संस्कार भएको ८ जनाको शव पठाउन बांकी रहेको मृत्युको कारणमा प्राकृतिक कारण ( हृदयघात समेत ) ११२ जना , आत्महत्या ३४ जना , सडक दुर्घटना ३ ९ जना , कार्य दुर्घटना १४ जना , कोरोना संक्रमण १४ जना र हत्या ०१ जना रहेको ।
मृतक नेपालीले कामदारले कम्पनीबाट लिन बांकी रहेको तलब र बोनस तथा सडक दुर्घटनामा परी मृत्यु भएका नेपाली कामदारको ब्लडमनी प्राप्त गरी मृतकको परिवारका नाममा पठाइएको रकम जम्मा साउदी रियाल ५० लाख ९ ० हजार ९ १८
ट्राफिक दुर्घटनामा मृत्यु भएका ३२५ नेपाली कामदारको ब्लडमनी सम्बन्धी मुद्दा अदालतमा दायरका लागि सम्बन्धित प्रहरी कार्यालयमा फलोअप गरिएको । त्यस मध्ये ५३ वटा केस अदालतमा दायर गरिएको ब्लडमनीको केसमा अदालतमा भएका १२६ वटा सुनवाईमा भाग लिएको । २८ वटा केसमा फैसला भएको । १८ वटा केसको ब्लडमनी प्राप्त भई मृतकका परिवारको नाममा पठाइएको २७ वटा ब्लडमनीको केस कार्यान्वयनका लागि फैसला कार्यान्वयन कोर्टमा दर्ता गरेको ।
कार्य दुर्घटनामा परी मृत्यु / घाइते भएका नेपालीका परिवारले पाउने गोसी रकमका लागि मृतक / घाइतेका परिवारलाई सम्पर्क गरी परिवारले भरेका फाराम गोसी कार्यालयमा दर्ता एवं ताकेता गरिएको संख्या जम्मा ३१०
गोसीका चेकहरु घाइते र मृतकका परिवारले पाउन निकै लामो समय लाग्ने गरेकाले राजदूतावासको अनुरोधमा गोसी अधिकारीहरुबाट फेब्रुअरी २०२२ बाट गोसी रकम वायर ट्रान्सफर कार्यको प्रकृया थालनी भएको । हालसम्म ५ जना परिवारले वायर ट्रान्सफरमार्फत सामाजिक सुरक्षाको पैसा प्राप्त गरेको ।
साउदी श्रम कार्यालय र अध्यागमनबाट अकमा नभएका वा सकिएका र हुरूव लागेकाहरुको वहिर्गमन भीसा जारी भएको संख्या : २,३५७
साउदी अरबका विभिन्न स्थानबाट उद्धार गरी राजदूतावासको शेल्टरमा लामो समय राखेर विभिन्न प्रक्रिया पूरा गरी स्वदेश पठाइएक महिलाको संख्या ३६
वहिर्गमन भीसाका लागि राजदूतावासका कार्मचारी श्रम कार्यालय ( रियाद , दम्माम , कसिम अल हासा , हायल , सकाका र अन्य स्थान ) गएको संख्या : – १ ९ ८
घर फिर्तिकेन्द्र ( deportation centre ) ( रियाद , दम्माम , कसिम अल हासा , हायल , सकाका र अन्य स्थान ) भ्रमण संख्या २०५
राजदूतावासको समन्वयमा विभिन्न घरफिर्तिकेन्द्रमा रहेका नेपालीलाई स्वदेश फर्काइएको संख्या : – १ ९ ३ ९ .
समस्या समाधान कम तलव दिएका ३८ ९ , समयमा तलव नदिएका ५३४ , राजदूतावासको अनुरोधमा कम्पनीले वहिर्गमन भीसा लगाएका ४२५ , विदामा जान दिन अनुरोध ३६७ , नेपालीलाई कम्पनीले गरेका जरिवाना र अन्य समस्या समाधान ३६ ९ , कानूनी मानसिक एवं अन्य परामर्श ८ , ३४५
कम्पनी भ्रमण एवं कम्पनीको व्यवस्थापनलाई राजदूतावासमा बोलाइ कामदारहरुको समस्या समाधान गर्न अनुरोध गरिएको संख्या ३१५
१२,२१ ९ माग पत्रहरुको प्रोसेसिङ गरी १०,८२५ मागपत्र प्रमाणिकरण गरिएको ।
विभिन्न मितिका मागपत्रबाट साउदी अरब आएका नेपालीहरूको विवरण पठाउन ४६० भन्दा बढी रोजगारदाता र ४१३ भन्दा बढी म्यानपावर कम्पनीलाई इमेल पठाइएको ।
नेपाली राजदूतावासले गैर आवासीय नेपाली संघको सहयोगमा दम्माम र रियादमा संचालनमा ल्याएका सेल्टरमा एक वर्षको अवधिमा पनि ५१३ कामदारलाई राखेर खान / बस्नको व्यवस्था गरेको
विभिन्न अस्पतालमा विरामी अवस्थामा रहेका २५ जना विरामीहरुलाई भेटगरी उपचारमा थप सहयोगको लागि अस्पताललाई अनुरोध गर्नुका साथै स्वदेश फर्कने हालतमा भएकोलाई आवश्यक समन्वय गरी स्वदेश पठाइएको ।
राहदानी जारी गरिएको संख्या १२,०४३ सशुल्क यात्रा अनुमतिपत्र जारी संख्या १२५७ निशुल्क यात्रा अनुमतिपत्र जारी- १४२३ ( जेल र घरफिर्ति केन्द्रका लागि )
निजी कामदार पुनः फिर्ति कागजात जारी गरिएको संख्या १०६१
विभिन्न स्थानमा कन्सुलर तथा राहदानी क्याम्प सञ्चालन संख्याः २४ •
राजदूतावासको प्रांगण र साउदी अरबका विभिन्न स्थानमा गरी जम्मा ९ ३ वटा श्रमिक सचेतना कार्यक्रम सम्पन्न भएको जसबाट करीब ६०,००० हजार नेपाली कामदार लाभान्वित भएको ।
कामदारहरुबाट आफ्ना समस्या लगायत विभिन्न विषयमा ३५,००० हजार भन्दाबढी ह्वाट्स एप सन्देश र ९ ५ हजार भन्दाबढी टेलिफोन प्राप्त गरेको ।
राजदूतावासको वेभसाइट र फेसबूकमा पटक पटक गरी ११५ वटा विभिन्न सूचना पोष्ट गरिएको ।
राजदूतावासको आधिकारीक फेसबुक पेजबाट फेसबुक लाईभमार्फत राजदूतावासले प्रदान गर्ने सेवाका बारेमा जानकारी गराउन शुरू गर्नुका साथै सोही माध्यमबाट श्रमिक सचेतना तथा श्रमिकका समस्या / गुनासो सम्बोधन गर्न प्रारम्भ गरेको ।
दूतावास रियादको सूचना जस्ताको त्यस्तै तल हेर्नू होला ।
२८ जुलाई २०२२ ! साउदी अरबको रियादस्थित Obeid Care Hospital मा करिब तीन महिनादेखि आइसियुमा रहेर उपचाररत अरूण कुमार रायलाई नेपाली दूतावास रियादको अनुकरणीय सहयोगमा यही २७ जुलाई २०२२ का दिन नेपाल नेपाल पठाइएको छ ।
नेपाल घर सर्लाही जिल्ला बरहथवा नगरपालिका वडा नं. ०७ स्थायी ठेगाना भएका अरूण कुमार राय (राहदानी नं. ०९२५४०९८) लाई गत फेब्रुअरी २०२२ मा ड्यूटी सकाएर कोठामा फर्किदै गर्दै अचानक मस्तिष्क घात भई उहाँ चढेको गाडीको सिटमै ढलेपछि रायलाई उनको कम्पनीले रियादको Obeid Hospital मा तीन महिनादेखि ICU मा राखेर उपचार गराउदै आएको थियो
करीब तीन महिनासम्म ICU मा राखेर उपचार गरेपछि उनको स्वास्थ्य अवस्थामा उल्लेख्य सुधार भएपछि उनलाई जनरल वार्डमा सारिएको थियो । उनको उपचारमा संलग्न चिकित्सकले उनलाई परिवारको साथमा राखेर हेरचाह र फिजियोथेरापी गर्दा उनको स्वास्थ्य अवस्थामा थप सुधार हुने सल्लाह दिएपछि उनलाई दूतावास रियादले यथाशीघ्र नेपाल पठाउने प्रकृया प्रारम्भ गरि २७ जुलाइका दिन एयरलाइन्सको उडानबाट नेपाल पठाएको छ । उनको उपचारमा झण्डै ७ लाख साउदी रियाल खर्च भएको र जसमध्ये स्वास्थ्य वीमाले ५ लाख साउदी रियाल मात्रै कभर गरेको र बाँकी झण्डै २ लाख साउदी रियाल कम्पनीले तिरेको थियो ।
निज अरूण कुमार रायलाई नेपाल पठाउने सिलसिलामा राजदूतावासले यहाँको अस्पताल र कम्पनीसँग निरन्तर सम्पर्क, समन्वय एवम् फलोअप गर्नुको साथै, नेपालमा रहनु भएका बिरामीको परिवार, पराराष्ट्र मन्त्रालय, वैदेशिक रोजगार बोर्ड र नेपाल वायुसेवासँग आवश्यक सम्पर्क, समन्वय एवम् फलोअप गर्दै आएको थियो । फलस्वरूप अरूण कुमार रायलाई नेपाल पठाउन सफल भएको छ भने यस कार्यमा प्रत्यक्ष एवम् परोक्ष रूपमा सहयोग गर्नुहुने सम्पूर्णलाई दूतावास रियादले आभार व्यक्त गरेको छ ।
गैर आवासिय नेपाली संघ क्षेत्रीय समन्वय समिती ताबुकको समन्वयमा नेपाली महावाणिज्य राजदुतावास जेद्दा द्वारा साउदी अरवको ताबुक क्षेत्रमा ई-पासपोर्ट नबीकरण सेवा सञ्चालन गरिने भएको छ।
क्षेत्रीय समन्वय समिति ताबुकका उपाध्यक्ष देवी बहादुर सुतार कार्की द्वारा उपलब्ध गराइएको जानकारीअनुसार क्षेत्रीय समन्वय समिती ताबुक साउदीअरबको ८ औँ वार्षिकोत्सवको अवसर पारेर सस्थाको समन्वयमा उक्त कार्यक्रम हुने बताउनुभयो।
कार्यक्रम आउँदो जुलाई २९ शुक्रवारका दिन हुने भएकोले उक्त कार्यक्रममा संघका विभिन्न तह का पदाधिकारीहरू, पंजीकृत सदस्यहरू, विभिन्न क्रियाशील संघ संस्थाका पदाधिकारीहरू, तथा समाजसेवी पत्रकार लगायत ताबुक तथ आस पासका क्षेत्रमा कार्यरत नेपाली दाजुभाई तथा दिदीबहिनीहरू सबैलाई तल उल्लेखित स्थान र समयमा उपस्थित भई कार्यक्रमलाई सफल बनाउन आह्वान गर्नुभयो।
मितीः २९ जुलाई २०२२ स्थानः मदिना रोड ताबुक समयः विहान ०७:०० बजे देखी साँझ ५:०० बजे सम्म Location
साउदी अरब सरकारले श्रमिक कानुनमा थप कडाई गर्दै कुनै पनि अर्को कम्पनी वा प्रतिष्ठानमा आफ्ना कामदारलाई काम गर्ने अनुमति दिएमा वा काम गर्न पठाएको पाइएमा सो कम्पनीलाई १०,००० साउदी रियाल जरिमाना का साथै पाँच वर्षसम्म अरु कामदार थप गर्ने सुविधाबाट वञ्चित गरिनुका साथै स्थानीय सञ्चारमाध्यममा उसकै खर्चमा नाम सार्वजनिक गर्ने व्यवस्था समेत गरिएको छ ।
जरिवानामा सो कम्पनीका प्रबन्ध निर्देशकलाई एक वर्षसम्म कैद पनि समावेश छ र उनी विदेशी भए साउदी अरबबाट देश निकाला हुनेछन्।
सबैलाई मक्का र रियादका क्षेत्रहरूमा ९११ र बाँकी क्षेत्रहरूमा ९९९ नम्बरमा फोन गरेर त्यस्तो कुनै घटना पत्ता लगाएमा आवास, काम र सीमा सुरक्षा नियमहरूको उल्लङ्घन गर्नेहरूलाई रिपोर्ट गर्न सबैलाई आग्रह गरेको छ।
अमेरिकाको मेरिल्याण्ड राज्यमा नेपाली मूलका यूवा सतीश चापागाई डेमोक्रेटिक पार्टीको केन्द्रिय सदस्यमा निर्वाचित भएका छन ।
जुलाई १९ मा सम्पन्न निर्वाचनमा चापागाई बाल्टिमोर काउण्टीको ७ए बाट केन्द्रिय सदस्यमा निर्विरोध निर्वाचित भएका हुन ।
उक्त पदमा सो पार्टीबाट दुईजना पुरुष हुनुपर्नेमा चापागाईको मात्र एकल उमेद्वारी परेपछि उनी निर्विरोध भएका थिए। तर, सोही पदमा दुई महिलाको सिटमा ३ महिलाको मनोनयन परेपछि निर्वाचन भएको थियो । चापागाईसंगै अन्य दुई महिला निना म्याक हग र जुलिया आर सुगर विजयी भएका छन ।
चापागाई नेप्लिज डायस्पोराका सम्पादक हुन । चापागाईले नेपालमा लामो समय पत्रकारिता गरेका थिए । चापागाई गीतकार तथा कवि पनि हुन ।
निर्वाचनमा खटिएका स्वयंसेवकहरुलाई चापागाईले धन्यवाद ज्ञापन गरेका छन ।
आफ्नो अमेरिकी राजनीतिको मूल प्रवाहमा आउनुको कारणबारे चापागाईले भने, “हामीले भावी पुस्तालाई बाटो देखाएका हौं । यो यात्रालाई आयतनमा होईन आयाममा नापौं ।”