• गृह पृष्ठ
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला /जीवनशैली
  • खेल
  • बिज्ञान/प्रविधि
  • राजनीति
  • विचार
  • समाज
  • साहित्य

Category: अन्तर्राष्ट्रिय

एनआरएनए आरसिसि जिजान-अभा खमिस द्वारा तीज कार्यक्रम सम्पन्न ।

  • ३१ भाद्र २०८०, आईतवार १०:०१ मा प्रकाशित
  • समर्पण रम्जान

    साउदी अरब ! गैरआवासीय नेपाली संघ क्षेत्रीय समन्वय समिति जिजान, अभा खमिस  साउदी अरबको आयोजनामा  गत १५ सेप्टेम्बर शुक्रबारका दिन खमिस मुशैत स्थित क्रिस्टल हलमा बृहत् तीज कार्यक्रम सम्पन्न भएको छ ।

    प्राबासमा रहेर पनि नेपाली दिदिबहिनीहरुको चार्ड हरितालिकाको विशेष अबसर पारेर आयोजित उक्त कार्यक्रम महिला तथा पुरुषहरु गरी २५० जनाको उपस्थितिमा भब्य  भएको कुरा जिजान समितिका  सल्लहकार लाल बहादुर मगरले जानकारी गराए।

    साउदी अरबको दक्षिणी भेग स्थित रमणिय तथा पर्यटकिय स्थल अभा खमिसमा आयोजित  कार्यक्रममा यहाँ कार्यरत स्थानिय कलाकारहरुले आफ्नो कला प्रदर्शन गरेका थिए । साथै आयोजकबाट दर(भोजनको) को ब्यवस्था पनि गरिएको थियो।

    क्षेत्रीय समन्वय समिति जिजानका उपाध्य्क्ष होमनाथ रेग्मिद्वारा संचालित उक्त कार्यक्रम उक्त तिज कार्यक्रम संस्थाका  अध्यक्ष शंकर पौडेलको सभापतित्व र  जेद्दा स्थित नेपाली महाबाणिज्यदुतको बिशिस्ट अतिथी साथै गैरआवासीय नेपाली संघ साउदीकि अध्यक्ष रबिना अर्यालको प्रमुख  आतिथ्यमा सम्पन्न भएको थियो । 


    बिशिस्ट अतिथी  र प्रमुख  अतिथीले भौगोलिक दुरिका कारण अनलाइन मार्फत आफ्नो मन्तव्य राख्दै शुभ कामना दिनु भएको थियो। 

    Posted in अन्तर्राष्ट्रिय, ताजा अपडेट, मुख्य खबरLeave a Comment on एनआरएनए आरसिसि जिजान-अभा खमिस द्वारा तीज कार्यक्रम सम्पन्न ।

    एनआरएनए आरसिसि जिजान-अभा खमिस द्वारा तीज कार्यक्रम सम्पन्न ।

  • ३१ भाद्र २०८०, आईतवार ०७:५१ मा प्रकाशित
  • समर्पण रम्जान

    साउदी अरब ! गैरआवासीय नेपाली संघ क्षेत्रीय समन्वय समिति जिजान, अभा खमिस  साउदी अरबको आयोजनामा  गत १५ सेप्टेम्बर शुक्रबारका दिन खमिस मुशैत स्थित क्रिस्टल हलमा बृहत् तीज कार्यक्रम सम्पन्न भएको छ ।

    प्राबासमा रहेर पनि नेपाली दिदिबहिनीहरुको चार्ड हरितालिकाको विशेष अबसर पारेर आयोजित उक्त कार्यक्रम महिला तथा पुरुषहरु गरी २५० जनाको उपस्थितिमा भब्य  भएको कुरा जिजान समितिका  सल्लहकार लाल बहादुर मगरले जानकारी गराए।

    साउदी अरबको दक्षिणी भेग स्थित रमणिय तथा पर्यटकिय स्थल अभा खमिसमा आयोजित  कार्यक्रममा यहाँ कार्यरत स्थानिय कलाकारहरुले आफ्नो कला प्रदर्शन गरेका थिए । साथै आयोजकबाट दर(भोजनको) को ब्यवस्था पनि गरिएको थियो।

    क्षेत्रीय समन्वय समिति जिजानका उपाध्य्क्ष होमनाथ रेग्मिद्वारा संचालित उक्त कार्यक्रम उक्त तिज कार्यक्रम संस्थाका  अध्यक्ष शंकर पौडेलको सभापतित्व र  जेद्दा स्थित नेपाली महाबाणिज्यदुतको बिशिस्ट अतिथी साथै गैरआवासीय नेपाली संघ साउदीकि अध्यक्ष रबिना अर्यालको प्रमुख  आतिथ्यमा सम्पन्न भएको थियो । 


    बिशिस्ट अतिथी  र प्रमुख  अतिथीले भौगोलिक दुरिका कारण अनलाइन मार्फत आफ्नो मन्तव्य राख्दै शुभ कामना दिनु भएको थियो। 

    Posted in अन्तर्राष्ट्रिय, ताजा अपडेट, मुख्य खबरLeave a Comment on एनआरएनए आरसिसि जिजान-अभा खमिस द्वारा तीज कार्यक्रम सम्पन्न ।

    एनआरएनए आरसिसि अल कासिमद्वारा स्वास्थ्य परिक्षण कार्यक्रम सम्पन्न !

  • २३ भाद्र २०८०, शनिबार १६:२८ मा प्रकाशित
  • ९ सेप्टेम्बर २०२३, अल कासिम साउदी अरब गैरआवासीस नेपाली संघ, क्षेत्रिय समन्वय समिती, अल कासिमले ८ सेप्टेम्वर २०२३ शुक्रबारका दिन अल कासिमको साल्मिया स्थित रोम सिसा कम्पनी “ श्रमिक सचेतना तथा स्वस्थ्य परिक्षण” कार्यक्रम सम्पन्न गरेको छ ।

    साउदीमा रहेका नेपाली श्रमिकहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै स्वास्थ्य सम्बन्धित श्रमिक सचेतना तथा स्वस्थ्य परिक्षण गरि श्रमिकहरुलाइ आवाश्यक स्वास्थ्य सेवा पुर्याउने उद्देश्यका साथ आयोजित उक्त स्वास्थ्य शिबिरमा डा. माजिद द्धारा सोही कम्पनी लगायत अन्य कम्पनीमा कार्यरत ६९ जना श्रमिकहरुको स्वास्थ्य परिक्षण गरी आवश्यक परामर्श दिईएको कुरा संस्थाका सचिब सिद्दिलाल श्रेष्ठले जानकारी दिए ।

    उक्त शिबिरमा श्रमिकहरुको उच्च रक्तचाप, मधुमेह (Blood pressure, Sugar) को परिक्षण गरिएको थियो । परिक्षण गरिएका श्रमिक हरु मध्ये मधुमेह र उक्तरक्तचापबाट अधिक जोखिम भएका बिरामीलाई तत्काल नियमीत स्वस्थ्य परिक्षण र नियमित औषधी खान र आफ्नो काम, खानपानमा उच्च सतर्कता अपनाउन डा. माजिदले सल्लाह दिएका थिए ।

    नेपाली राजदुताबास रियादका “लेवर काउन्सलर” देबेन्द्र राज कार्कीको विषेश उपस्थिती तथा गैरआवासीस नेपाली संघ आईसीसी सदस्य तथा नेपाली राजदुताबास रियादका अलकासिम प्रतिनीधी बिशाल कुमार श्रेष्ठ, एनसीसी साउदी अरबका उपाध्यक्ष मनिष कोइराला, आरसीसी अलकासिमका प्रुमख सल्लाहकार राजकुमार श्रेष्ठ, एनसीसी साउदी अरबका सचिव ध्रुबराज कटुवाल लगायत एनसीसी तथा आरसीसी पदाधिकारीहरुको उपस्थितीमा सम्पन्न गरेको थियो ।

    कार्यक्रममा आफ्नो मन्तव्य राख्दै आईसीसी सदस्य बिशाल कुमार श्रेष्ठले यस्तो कार्यक्रम निकै राम्रो रहेको र भबिष्यमा पनि यस्तो कार्यक्रम हरु अझै प्रभाबकारी र धेरै श्रमिकलाई सेवा बिस्तार गर्दै जाजु पर्ने बताए भने एनसीसी सचिव ध्रुबराज कटुवालले यस्ता श्रमिकजन्य कार्यक्रमका लागि आफ्नो साथ सहयोगको प्रतिबद्दता जनाएका थिए । कार्यक्रमको समापन गर्दै आरसीसी अध्यक्ष कृष्ण अधिकारी ले कार्यक्रम सोचेभन्दा राम्रो रहेको र कार्यक्रम सफल बनाउन सहयोग गर्ने डाक्टर तथा सबैलाई र उपस्थित सबै श्रमिक दाजुभाइहरुलाई धन्यवाद दिदै आगामी दिनहरुमा स्रोत साधनले भ्याए सम्म यस्ता कार्यक्रम नियमित गर्दै जाने बताए ।

    Posted in अन्तर्राष्ट्रिय, ताजा अपडेट, मुख्य खबरLeave a Comment on एनआरएनए आरसिसि अल कासिमद्वारा स्वास्थ्य परिक्षण कार्यक्रम सम्पन्न !

    नेपाल वायु सेवा निगमले सुरु गर्‍यो साउदी अरेबियाको दमाममा नियमित उडान

  • २१ भाद्र २०८०, बिहीबार १८:५१ मा प्रकाशित
  • काठमाडौं । नेपाल वायु सेवा निगमले साउदी अरेबियाको दमाममा नियमित उडान सुरु गरेको छ । निगमले बुधबार (भदौ २०) देखि काठमाडौंबाट साउदी अरेबियाको दममामा नियमित उडान सुरु गरेको एक विज्ञप्तिमार्फत जानकारी गराएको हो ।

    निगमको पहिलो उडान बुधबार राति १० बजेर ४० मिनेटमा भएको थियो । उक्त उडानमा १२६ जना यात्रु थिए भने फर्किदाँ ११७ जना यात्रु रहेका थिए । काठमाडौं-दमाम-काठमाडौं सेक्टरमा निगमले हप्ताको दुई दिन बुधबार र शनिबार उडान गर्ने निगमका प्रवक्ता रमेश पौडेलले जानकारी दिए । उनका अनुसार निगले आगामी दिनमा उडानको संख्या बढाउँदै लैजाने छ ।

    निगमको कार्यालय र निगमको वेबसाइटबाट अनलाइन तथा ट्राभल एजेन्सीमार्फत हवाइ टिकट लिन सकिने निगमले जनाएको छ ।

    Posted in अन्तर्राष्ट्रिय, अर्थ, मुख्य खबरLeave a Comment on नेपाल वायु सेवा निगमले सुरु गर्‍यो साउदी अरेबियाको दमाममा नियमित उडान

    नेपाली राजदूतावास तथा एनआरएनए क्षेत्रीय समन्वय समिती रियादको सहकार्यमा श्रमिक समस्या समाधान सम्बन्धि अन्तरक्रिया कार्यक्रम” सम्पन्न।

  • १८ भाद्र २०८०, सोमबार ०२:२४ मा प्रकाशित
  • नेपाली राजदूतावास रियाद र गैर आवसिय नेपाली संघ क्षेत्रीय समन्वय समिती रियादको सहकार्यमा आयोजित
    “श्रमिक समस्या समाधानमा नेपाली राजदुताबास र नेपाली सामुदायिक संस्थाहरुको भूमिका अन्तरक्रिया कार्यक्रम” सम्पन्न भएको छ।

    साउदी अरबको रियाद स्थित होटल डेमोरामा १ सेप्टेम्बर २०२३ शुक्रवारका दिन सम्पन्न उक्त कार्यक्रमको प्रमुख अतिथिको रूपमा साउदीअरबका लागी नेपालका महामहिम राजदूत श्री नवराज सुवेदी ज्यु र कार्यक्रमको अध्यक्षतामा एनआरएनए आरसीसी रियादका अध्यक्ष श्री महेश घिमिरे ज्यु रहनु भएको थियो।

    आरसिसि रियाद कार्यसमितिका पदाधिकारीहरु , एनआरएनए आईसीसी सदस्य श्री दिपक रेग्मी , एनआरएनए एनसिसी उपाध्यक्ष श्री हेम सुबेदी ,नेपाली दूतावासका श्रम काउन्सेलर श्री देवेन्द्र कार्की,द्वितीय सचिव श्री टिकाराम उपाध्याय, श्री सरोज चन्द्र अधिकारी,श्री धर्म राज तिमिल्सिना र श्री राम पुनित यादवका साथै साउदी अरबमा क्रियाशील संघ संस्थाका विभिन्न तह र ओहदाका पदाधिकारीहरू, समाजसेवी मिडियाकर्मी सबैको संयुक्त उपस्थितिमा श्रमिकहरुको समस्या समाधान बारे अन्तरक्रिया भएको थियो।

    उक्त कार्यक्रममा राजदूताबासले सञ्चालन गरेको तथा अन्य उपयोगी अनलाइन लिंक सम्बन्धी जानकारी, ब्लड मनी सम्बन्धि व्यवस्थाको जानकारी,कम्पनीबाट जरिवाना तोकेका श्रमिकहरूको जानकारी, साउदी अरबमा आप्रवासी नेपालीहरूको तथ्यांक,
    गैरकानुनी हैसियतका श्रमिकको घर फिर्ता आदि विषयगत बिषयहरुमा समस्या समाधानमा नेपाली समुदाय र राजदुताबासको प्रभावकारी भूमिकाको बारेमा श्रम काउन्सेलर श्री देवेन्द्र कार्की ज्यु र द्वितीय सचिव श्री टिकाराम उपाध्याय ज्युले प्रोजेक्टर मार्फत प्रस्तुत गर्नु भएको थियो।

    कार्यक्रममा आगामी दिनमा साउदी अरबमा समस्यामा परेका नेपाली श्रमिकहरुको हित र उद्धारका लागी राजदूतावास र क्रियाशील संघ संगठनहरूले सचेतनात्मक तथा सकारात्मक सन्देश प्रवाह गरी समस्यालाई न्यूनीकरण गर्न सकिने महामहिम राजदूत श्री नवराज सुबेदी ज्युले जानकारी दिनु भएको थियो ।

    Posted in अन्तर्राष्ट्रिय, मुख्य खबरLeave a Comment on नेपाली राजदूतावास तथा एनआरएनए क्षेत्रीय समन्वय समिती रियादको सहकार्यमा श्रमिक समस्या समाधान सम्बन्धि अन्तरक्रिया कार्यक्रम” सम्पन्न।

    एनआरएनए साउदी अरबले श्रम रोजगार मन्त्रीलाइ बुझायो श्रमिक हक हित सबन्धित ५ बुँदे ज्ञापनपत्र ।

  • १६ भाद्र २०८०, शनिबार १२:१७ मा प्रकाशित
  • समर्पण रम्जान

    साउदी अरब ! गैर आवासीय नेपाली संघ साउदी अरबले माननिय सांसद राजेन्द्र लिङ्देन मार्फत नेपाल सरकार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री माननिय श्री शरद सिंह भण्डारी लाई नेपाली श्रमिकहरुको हक हित सम्बन्धित बिबिध पक्षलाई लिएर पाँच बुँदे ज्ञापन पत्र बुझाएको छ।

    माननिय सांसद राजेन्द्र लिङ्देन नेपाली प्रवासी एकता मंच साउदीअरबको प्रथम वार्षिकोत्सव समारोहमा रियाद आउनुभएको अवसरमा संघको तर्फ बाट अध्यक्ष रबिना अर्याल लगायतका अन्य पदाधिकारीहरूले ५ बुँदे ज्ञापनपत्र बुझाएको थियो ।

    संघद्वारा जारी गरिएको ज्ञापन पत्र यस प्रकार छ ।

    श्री शरद सिंह भण्डारी ।
    माननीय मन्त्री
    श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय,सिंह दरबार
    काठमाडौ
    मार्फत : माननीय श्री राजेन्द्र प्रसाद लिङ्देन ।
    विषय: ज्ञापनपत्र ।
    माननीय,
    उपर्युक्त सम्बन्धमा वैदेशिक रोजगारमा नेपाली नागरिकहरु श्रम स्वीकृति लिएर जान थालिए पश्चात् उनिहरुको हक हित नियमन गर्न श्रम मन्त्रालयले २०६४ साल भदौ १९ मा ” वैदेशिक रोजगार ऐन २०६४” जारी गर्यो ।
    उक्त ऐनको परिच्छेद -७ ( अनुगमन र जाँच बुझ सम्बन्धि ब्यबस्था) को दफा ३५ (१) अनुसार रोजगारदाता संस्थाले करारको दायित्व पुरा नगरेको वा इजाजतपत्र वालाले करारमा उल्लेखित शर्त पुरा गराउन आवश्यक र उपयुक्त कार्बाही नगरेको सम्बन्धमा कामदारको उजुरी परेमा विभागले आवश्यक जाँचबुझ गर्ने गराउने छ ।
    उपदफा १ बमोजिम गरिएको जाँचबुझबाट सम्बन्धित कामदारलाई स्वदेश फिर्ता गर्न आवश्यक देखिएमा निजलाइ स्वदेश फिर्ता गर्नको लागि चाहिने रकम उपलब्ध गराउन विभागले इजाजत पत्रवालालाई आदेश दिनेछ।
    दफा ( ३६) ले क्षतिपूर्तिको लागि उजुरी गर्न सक्ने
    उपदफा १ बमोजिम परेको उजुरी उपर आवश्यक जाँचबुझ गर्दा ब्यहोरा मनासिब देखिएमा वैदेशिक रोजगारमा जान लागेको सम्पूर्ण खर्चको क्षतिपूर्ति भराइदिने आदेश दिन सक्नेछ ।
    तर,
    १) मन्त्री परिषदको अघिल्लो निर्णय ” फ्री भिसा फ्री टिकट” को नाममा कामदारलाई दस हजारको भर्पाइ थमाएर दुई लाख सम्म अनुचित रकम असुली गरेको तथ्य जग जाहेर छ ।तथापि, यस कु-कार्यलाई रोक्न वैदेशिक रोजगार विभाग, मन्त्रालय अन्जान बनेर मुक दर्शक बनेको घाम झैँ छर्लङ्ग छ, यो अनुचित कार्य रोक्न सम्बन्धित सरोकारवालाहरुको गम्भीर ध्यानाकर्षण होस।
    २) कामदार पठाउने म्यान पावरले कामदारलाई जहाज चढाएर आफूहरु उम्किने गर्ने गरेकोले वैदेशिक रोजगारमा बिकृती झन्झन् मौलाएको अवस्था सिर्जना भएकोछ ।
    त्यति मात्र होईन, झुक्काएर नेपाल सरकारले तोकिदिएको न्यूनतम ज्याला १०००+३०० लाई करारमा लेखिएर एयरपोर्ट सम्म मात्रै देखाउनलाई द्वैध करार गराइएको पाइएको छ । यसर्थ,नेपाल सरकारको ऐन कानुनलाई चुनौती दिने यस प्रकारको म्यानपावर कम्पनीहरुको स्विकृति सदाको लागि खारेज होस।
    ३) महिला कामदारको अवस्था खाडी मुलुकमा दयनीय नै छ, कम्पनीको भिषा भनेर कतिपय ठाउँमा हाउसमेडको काम गराउने, कुवेतबाट अवैध तरिकाले साउदीमा नेपाली घरेलु कामदारहरु अझै पठाउन ल्याउन रोकिएको छैन । तसर्थ महिला कामदारको विषयमा नेपाल सरकारको ध्यानाकर्षण होस।
    ४) करार अवधि २ बर्षको भए पनि कुनै कुनै रोजगार दाताले नेपाल बाटै म्यानपावरको आन्तरिक सहमतिमा यहाँ आएर दबाबमा तीन वर्षको करार गराउने गरेको पाइएको छ, दुई वर्षको करार सकिएर स्वदेश फर्कने व्यवस्थाको नियमन होस। साथै, कामदारको बिमाको म्याद तीन वर्षीय गर्ने ब्यबस्था होस ।
    ५) नेपाल सरकारले नागरिकको मौलिक हक अन्तर्गत जनतालाई जनार्दन भनिए पनि विदेशमा आउने नेपालीहरु लाई उपेक्षा गरेको छ, नागरिक स्वदेश विदेश जहाँ भए पनि नागरिक हक पाउनुपर्ने अधिकार हो । तसर्थ: प्रवासमा पनि मतदानको अधिकार प्रदान गरियोस ।
    अन्तमा
    “सुरक्षित र मर्यादित रोजगार हामी सबैको अधिकार “


    धन्यवाद !
    बोधार्थ
    नेपाली राजदुतावास , रियाद
    गैर आबासिय नेपाली संघ, केन्द्रिय सचिवालय, बालुवाटार
    काठमाडौ ।

    गैर आवासीय नेपाली संघ
    राष्ट्रीय समन्वय परिषद
    साउदीअरब

    Posted in अन्तर्राष्ट्रिय, ताजा अपडेट, मुख्य खबर, समाजLeave a Comment on एनआरएनए साउदी अरबले श्रम रोजगार मन्त्रीलाइ बुझायो श्रमिक हक हित सबन्धित ५ बुँदे ज्ञापनपत्र ।

    एनआरएनए साउदीद्वारा दुर्गा बहादुर सुनार उद्धारका लागि संकलित सहयोग रकम हस्तान्तरण

  • १५ भाद्र २०८०, शुक्रबार २२:४९ मा प्रकाशित
  • समर्पण रम्जान

    साउदी अरब ! नेपाली महावाणिज्यदूतावास जेद्धा द्वारा १९ जुन २०२३ मा दुर्गा बहादुर सुनारलाई उद्दारार्थ लागि ठूलो रासी ४५ हजार रियल आवस्यक परेको र समस्त नेपालीहरुसित सहयोगको लागी गरिएको अपिल अनुसार गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद, साउदी अरबद्वारा संकलित रकम सा. रि. १५,८१७.०० (साउदी रियाल पन्ध्र हजार आठ सय सत्र मात्र) नेपाली महावाणिज्यदूतावास जेद्धालाई हस्तान्तरण गरेको छ |

    संकलित रकम हस्तान्तरण गरिएको कुरा एनआरएनए एनसिसि साउदी अरबले आफ्नो आधिकारिक फेसबुक मार्फत जानकारी गराएको छ ।
    संघले सुनार उद्दारका लागि रकम संकलनका अभियान संचालन गर्दै आफ्नो मातहतका रहेका ४ क्षेत्रिय समन्वय समितिहरुबाट, आफ्ना केन्द्रिय सदस्यहरूबाट तथा नेपाली जनसमुदायहरु सँगको समन्वयमा दुर्गा बहादुर सुनारको उद्दारका लागि उक्त सहयोग रकम संकलन गरिएको जनाएको छ ।

    रकम संकलन अभियानमा जोडिएका सम्पुर्ण संघका पदाधिकारीहरु, सहयोगी मनका धनी तथा दानवीर दाताहरु, अपिल पश्चात् अभियान संचालन गरी सहयोग रकम संकलन गरएका विभिन्न संघ संस्थाहरु एवम् समाजसेवी तथा सहयोगी दाताहरुप्रति एनआरएन एनसीसी साउदी अरब धन्यवाद ज्ञापन गरेको छ I

    साथ साथै सुनारको उद्धारको प्रक्रियालाई अगाडी बढाइ आवास्यक सहयोग रकम संकलन गर्न सफल भएकोमा नेपाली महावाणिज्यदूतावास जेद्धाका लागि कार्यवाहक महावाणिज्यदूत शत्रुध्वन पोखरेल तथा नेपाली महावाणिज्यदूतावास जेद्धा परिवार प्रति पनि एनआरएनए साउदीले बिशेष धन्यवाद दिनुको साथै आभार व्यक्त गरेको छ I

    Posted in अन्तर्राष्ट्रिय, ताजा अपडेट, मुख्य खबरLeave a Comment on एनआरएनए साउदीद्वारा दुर्गा बहादुर सुनार उद्धारका लागि संकलित सहयोग रकम हस्तान्तरण

    एनआरएनएको महिला उपाध्यक्षमा यासमीन बेगम सैयदको पुनः उम्मेदवारी दिने ।

  • १३ भाद्र २०८०, बुधबार १५:३४ मा प्रकाशित
  • ३० अगस्ट २०२३, साउदी अरब ! गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदको २०२३-२५ कार्यकालका लागि महिला उपाध्यक्षमा साउदी अरबबाट यासमीन बेगम सैयदको पुनः उम्मेदवारी दिने भएकी छन् ।

    वर्तमान कार्यसमितिको महिला उपाध्यक्षमा रहेर मध्यपुर्व क्षेत्रहरूका अनगिन्ती श्रमिक समस्याहरु समाधान देखि महिलाहरुको हक हित तथा अन्य संघ संस्था र सरकारी निकाय नियोग, उप नियोग हरुसितको समन्वयमा थुप्रै सामाजिक सेवाका कामहरु सफलताका साथ सम्पन्न गर्दै आफ्नो २०२१-२३ कार्यकाल सफलता पुर्वक सम्पन्न गरेकि महिला उपाध्यक्ष पुन २०२३-२५ कार्यकालका लागि पनि सोही पदमा उम्मेदवारी दिएकी छन् ।

    एक दशक भन्दा लामो समयदेखि संस्थामा आवद्ध भएर विभिन्न पदमा रहेर अनुकरणीय योगदान दिनुभएकी बेगम बिस्वभरिनै एक सकृय सामाजिक अभियन्ताका रुपमा परिचित छन् ।
    संघको आगामी अक्टोवर दोस्रो साता काठमाण्डौंमा हुने ११ औं महाधिवेसनमा उनले महिला उपाध्यक्षमा पुनः उम्मेदवारी दिने भएकी हुन् ।
    २१-२३ कार्यकालमा निर्विरोध भएकी यास्मिन यो पटक पनि निर्विरोध हुने सम्भावना रहेको छ ।

    Posted in अन्तर्राष्ट्रिय, बिज्ञान/प्रविधि, मुख्य खबर, समाजLeave a Comment on एनआरएनएको महिला उपाध्यक्षमा यासमीन बेगम सैयदको पुनः उम्मेदवारी दिने ।

    अब २० दिनसम्म स्कुलमा छोराछोरी नपठाउने आमाबाबुलाई जेल सजायँ हुन सक्ने।

  • ९ भाद्र २०८०, शनिबार १२:३१ मा प्रकाशित
  • रियाद, ९ भदौं । साउदी अरेबियामा अब बालबालिका विद्यालय नजानु अभिभावकका लागि समस्याको कारण बन्न सक्छ ।

    त्यहाँको शिक्षा मन्त्रालयका अनुसार विना कुनै बहाना वा कारण २० दिन विद्यालयमा बिद्यार्थी नआएका विद्यार्थीका अभिभावकलाई जेल हाल्न सक्ने कानुन बनाईएको छ ।

    साउदी अरेबियाको समाचार संस्था मक्का न्यूजपेपरले रिपोर्ट गरेको छ कि यदि कुनै विद्यार्थी २० दिनसम्म विद्यालयमा नआएको खण्डमा विद्यार्थीको अभिभावकलाई राज्यको बाल संरक्षण कानून अन्तर्गत सार्वजनिक अभियोजन कार्यालयमा पठाउने जिम्मेवारी विद्यालयलाई दिईएको छ । समाचार अनुसार सार्वजनिक अभियोजन कार्यालयले बच्चा विद्यालय नआउनुको कारणबारे छानबिन गरी मुद्दालाई फौजदारी अदालतमा पठाउने छ ।

    यस्तो अवस्थामा विद्यालयमा विद्यार्थी अनुपस्थित हुनु अभिभावकको लापरवाहीबाट भएको प्रमाणित भएमा न्यायाधीशले अभिभावकलाई तोकिएको अवधिसम्म जेल सजायको आदेश दिन सक्नेछन् । समाचार अनुसार यस्तो अवस्थामा विद्यालयका प्रधानाध्यापकले शिक्षा मन्त्रालयलाई जानकारी दिनुपर्नेछ, जसले अनुसन्धान थाल्छ र विद्यार्थीलाई पारिवारिक हेरचाहमा सार्ने आदेश दिनेछ।

    त्यसपछि परिवारको हेरचाहले विद्यार्थीलाई आफूसँगै राखेर यस विषयमा अनुसन्धान गर्नेछ।

    समाचार अनुसार अनुसार, यदि एक विद्यार्थीले ४ दिन बिदा लिन्छ भने प्रारम्भिक चेतावनी जारी गरिनेछ। यसपछि विद्यार्थीले ५ दिन बिदा लिएपछि दोस्रो पटक चेतावनी दिइ अभिभावकलाई जानकारी गराइनेछ । १० दिनको अनुपस्थिति पछि तेस्रो चेतावनी जारी गरिनेछ र अभिभावकलाई बोलाइनेछ। १५ दिन अनुपस्थित भएपछि विद्यार्थीलाई शिक्षा विभाग मार्फत अर्को विद्यालयमा स्थानान्तरण गरिनेछ। त्यसैगरी २० दिनपछि शिक्षा विभागले बाल संरक्षण ऐनका प्रावधान कार्यान्वयन गर्नेछ ।

    Posted in अन्तर्राष्ट्रिय, मुख्य खबरLeave a Comment on अब २० दिनसम्म स्कुलमा छोराछोरी नपठाउने आमाबाबुलाई जेल सजायँ हुन सक्ने।

    दुर्गा बहादुर सुनार उद्दारमा एनआरएनए आरसिसी जेद्दाले हस्तान्तरण गर्‍यो सहयोग रकम

  • २८ श्रावण २०८०, आईतवार २२:१३ मा प्रकाशित
  • साउदी अरब ! पिडित दुर्गा बहादुर सुनार उद्दारको लागि नेपाली महावाणिज्यदूतावास, जेद्धाको सहयोगका लागि आफ्नो आधिकारिक पेजद्वारा गरिएको अपिलमा गैरआवासीय नेपाली संघ क्षेत्रीय समन्वय समिति जेद्दाको पहलमा संकलन गरेको रकम साउदी रियाल ८०७८/- नेपाली महावाणिज्यदूतावास, जेद्धाका का. वा. महावाणिज्यदूत श्री शत्रुध्वन पोखरेल लाई हस्तान्तरण गरेको छ ।

    महाबाणिज्य दुतावासजेद्दाको यस अनुरोध अभियानलाई आरसिसी जेद्दाले बिभिन्न कम्पनिहरुमा कार्यरत नेपाली श्रमिक माझ पुर्याई सहयोग संकलन गरेको थियो ।

    उक्त रकम संकलन गरि संस्थाका अध्यक्ष डीपि अर्याल, उपाध्यक्ष चिरञ्जिवि बस्नेत , सह-सचिव देवराज अर्याल तथा प्रमुख सल्लाहकार NRNA NCC उपाध्यक्ष राजकुमार गिरी,प्रमुख संरक्षक भिम गुरुङ, निवर्तमान सचिव तथा NRNA NCC साउदीका कार्यसमिति सदस्य ओमप्रकास काफ्ले र आरसिसि जेद्दाका सल्लाहकार तथा NRNA NCC साउदी अरबका युवा संयोजक विष्णु रावल हरू भौतिक रुपमा उपस्थित भई रकम हस्तान्तरण गरिएको थियो ।

    सहयोग रकम संकलन गर्न र आफ्नो सामर्थ्य अनुसार स्वेच्छिक रुपमा आफुले सकेको सहयोग गर्नु हुने सम्पुर्ण संस्थाका प्रतिनिधिहरु तथा पञ्जिकृत सदस्यहरूमा गैरआवासीय नेपाली संघ क्षेत्रीय समन्वय समिति जेद्दाले आभार सहित धन्यवाद ज्ञापन गरेको छ ।

    Posted in अन्तर्राष्ट्रिय, ताजा अपडेट, मुख्य खबर, समाजLeave a Comment on दुर्गा बहादुर सुनार उद्दारमा एनआरएनए आरसिसी जेद्दाले हस्तान्तरण गर्‍यो सहयोग रकम

    Posts navigation

    Older posts
    Newer posts

    Himalayan Dristi Team

    • प्रधान सम्पादक

      अनिल आचार्य

    About us

    • हाम्रोबारे

    Follow us on Facebook

    Contact Us

    Kathmandu, Nepal
    Email: himalayandristi@gmail.com
    Phone:-00977-9868990772
    Web:
    www.himalayandristi.com/
    विज्ञापनका लागि
    कृष्ण गिरि 00977-9860341922

    © Copyright 2020-2024 Himalayan Dristi. All Right Reserved. Design & Developed By K & P