खोबर साउदी अरब ! वैदेशिक रोजगारीको सिलसिलामा साउदीमा कार्यरत आदिवासी मगर समुदायको संस्था नेपाल मगर संघ प्रवास शाखा साउदी अरबले मौलिक पर्व माघे सकराती बनभोज गर्दै भब्यताका साथ मनाएको छ।
साउदीको पुर्बी क्षेत्र खोबार कोर्नेस, किरातचोकमा गत १९ जनवरी शुक्रबार का दिन साउदीको सक्रिय संघसंस्थाका प्रतिनिधिहर तथा अन्य दाजुभाइ दिदिबहिनीहरुको बाक्लो उपस्थितीमा बनभोज र भेटघाट गरि मनाएको हो।
कार्यक्रममा संघको अध्यक्ष बम थापा मगर र डिबि बलामी मगरले पित्री पुजा गरेर शुरुआत गरिएको कार्यक्रम चेलीहरुलाई टीका तथा दक्षिणा प्रदान गरिएको थियो भने बनभोजमा तरुल ,सकरखण्ड ,सेलरोटी लगायत विभिन्न परिकार उपलब्ध गराएर सकरातीको स्वाद प्रदान गरिएको थियोे।उपस्तिथि विभिन्न ब्यक्तित्वले शुभकामना दिएको थियो भने अध्यक्ष थापाले माघे सकराती पर्व बारे जानकारी दिए।
अध्यक्ष थापाका अनुसार मौलिक संस्कृतिलाई थप प्रवर्धन गर्न माघे सकरातीलाई राष्ट्रिय सूचीमा चिनाउने संघको निति अनुसार विश्वभर फैलाउन साउदीमा मनाउदै आईरहेको जानकारी दिए।वैदेशिक रोजगारी सिलसिलामा साउदीमा प्राय देशभरी मगरहरु रहेको छ। सकरातीलाई नेपालका मगरले मात्र नभए थारु लगायत अन्य समुदायले मनाउने गरेको छ।
उल्लेखनीय नेपालीहरु सहभागिता रहेको बनभोज कार्यक्रममा सेतो टीका र प्रसाद ग्रहणको साथ टिपिकल सकराती परिकार खान पाउँदा आफुलाई नेपालमा नै रहेको अनुभव भएको यस्तो अबसर प्रदान गरिदिनु भएकोमा मगर संघ साउदी अरेबियालाई हार्दिक आभार ब्यक्त गर्दछु , बनभोजमा सहभागि नेपाली साझा मन्च साउदीमा महासचिव राजु केसीले भने।
मौलिक संस्कृतिको रूपमा मगरहरूले माघेसकराती चाड, भूम्यापूजा, वैशाखे पूर्णिमा, साउने सकराती आदि चाडपर्व मनाउने गर्दछन् भने भाषिक रूपले मगरहरूले बाह्रमगरात (मगर ढुट), अठा/मगरात (मगर खामरपाङ) र मगर काइके भाषा बोल्ने गर्दछन् । मौलिक कला-सँस्कृतिका हिसाबले मगरहरूमा हुर्रा, सोरठी, कौडा, मारुनी, पैँस्यारु, टप्पा, घाँटु, यानीमाया आदि नाचगानहरु प्रचलित छन् ।
माघे सकरातीमा दाजुभाइ दिदीबहिनी सबैले बिहानको पहिलो प्रहरमा मूलपानी र धारालाई जमरा र पाटीले सजाउने साथै नुहाई धुवाई गरेर चेलीहरूले मूलको पानी र जमरा स्वरूप जौ को पात लिएर घरको धूरी खाँबोमा पूजा गर्ने गरिन्छ यस दिन छोरी चेलीहरूलाई माइती दाजुभाइहरूले पूजा गर्ने गरिन्छ । चामलको सेतो टिका र जौ पातीको फुल लगाई दक्षिणा अनि आर्सीवाद दिने चलन छ ।
साउदी अरब। पृथ्बीमा बड्दो तापक्रमकोसमस्या रहेकोले विश्व जलवायु परिवर्तन विरुद्ध लड्न सचेतना जगाउने उद्देश्यका साथ विश्वव्यापी यात्राको क्रममा धेरै देशहरु घुम्दै साउदी अरब आईपुगेका नेपाली साइकल यात्री शुभप्रसाद शर्मालाई नेपाली साझा मंच साउदीले सम्मान गरेको छ ।
नेपाल चावहिल,काठमाडौंका यात्री शर्मा जलवायु परिवर्तनको बारेमा सचेतना जगाउनको लागि “पृथ्वी बचाउ” भन्ने नाराका साथ गत १ बैशाख २०८० बाट आफ्नो साइकल यात्रा सुरु गरेका विश्वव्यापी भवानी गोर्खावाच शुभयात्रा अभियान साइकल यात्रामा निस्किदै गर्दा अहिलेसम्म १८ औं देशको यात्रा गर्दै जनचेतनामुलक संदेश दिदै साउदि अरब आइपुगेका हुन् । उनले आगामी ५ वर्षभित्र १५० देशको भ्रमण गर्ने लक्ष्य राखेका छन्।
जटिल र गम्भीर अवस्था रहेको वातावरणीय अबस्था आम मानिसलाई उनीहरुकै भाषामा बुझाउन चाहेको भन्दै शर्माले आफ्नो आदर्श वाक्य सेभ द प्लानेट प्रचार गर्न साइकल यात्रा रोजेको बताए । “म एक साधारण मानिस हुँ, र यस विषयमा मेरो रुचिको कारणले गर्दा म जलवायु परिवर्तनको संकटबारे सचेत छु। तर कति जना सर्वसाधारण सचेत छन् ? धेरैले अझै पनि यसलाई अफवाह ठान्छन्। म यस ग्रहलाई बचाउन आफ्नो केही गर्न चाहन्थे, त्यसैले मैले साइकलमा संसार घुम्ने निर्णय गरें। कुवेत भिसाको पर्खाईमा रहेको उनी अहिले साउदीको पुर्बी क्षेत्र रहेको छन् , उनी भोलि शुक्रबार पानस साउदी अरेबियाले राखेको राष्ट्रिय एकता दिवस तथा पृथ्वी जयन्तीको कार्यक्रममा सहभागिता हुने पिटि अनलाईनलाई जानकारी दिए।
विभिन्न देश घुम्ने क्रममा बहराइन विशेष रहेको ,त्यहाँको संसद सदस्य सहभागी भएको वृक्षारोपण कार्यक्रम आफू पनि सामेल हुन पाउँदा गर्व लागेको ,त्यहाको स्थानीय सरकार र राष्ट्रिय मिडियाले राम्रो कभर गरेको उनले बताए।
साउदी बसाईमा यात्री शर्मालाई विभिन्न संघ/संस्था तथा ब्यक्तिहरुले सहयोग तथा सम्मान गरेको छ। उनलाई साउदीमा सक्रिय नेपाली साझा मन्च,साउदी अरेबिया साइकल यात्रा गरि देशको नाम उच्च राख्न सफल भएको भन्दै कदर पत्रद्वारा सम्मान गरिएको संस्थाका अध्यक्ष अन्जान गुभाजुले जानकारी गराएका छन्। यात्री शर्मालाई बुधबार साउदीको पुर्बी क्षेत्र दम्मामको काठमाडौं नेपाली रेस्टुरेन्टमा नेपाली साझा मंच संस्थाका अध्यक्ष अन्जान गुभाजु, महासचिव राजु केसी, सचीव डिबि बलामी ,सदस्य दिनेश रम्तेल र काठमाडौं नेपाली रेस्टुरेन्टका संचालक रामु क्षेत्री लगायत ब्यक्तिहरुले अनौपचारिक भेट गरि आर्थिक सहयोग सहित कदर पत्रले सम्मान गर्दै उहाँको आगामी दिनहरुमा विश्व यात्रा मार्फत देश र जनतालाई विश्व सामु परिचित गर्न उल्लेख्य भुमिका रहि रहोस भन्ने शुभेच्छा र आगामी बिश्व यात्रा सरल र सहज होस् भनी कामना गरेका छन् ।
जेद्दा साउदी अरब ! हातेमालो युवा क्लब जेद्दा साउदी अरबले गत ८ डिसेम्बर २०२३ शुक्रबारका दिन आफ्नो दोश्रो बार्षिकोत्सब तथा सांगीतिक कार्यक्रम भब्यताका साथ समपन्न गरेको छ । क्लबका अध्यक्ष खेमराज कार्की को सभापतित्वमा नेपाली युवा क्लबका महासचिब नर कुमार मगरद्वारा संचालित उक्त कार्यक्रमको प्रमुख आतिथिमा नेपाली महाबणिज्य दूतावास जेद्दाका प्रमुख सत्रुधन पोखरेल, रहनुभएको थियो भने बिशिस्ट अतिथी तथा अतिथिहरुमा तमु धिं जेद्दाका अध्यक्ष बेद तमु, नेपाली यूवा क्लब जेद्दाका उपाध्यक्ष लक्ष्मण आचार्य, एनआरएनए आइसिसिका सदस्य बिशाल कुमार श्रेष्ठ, एनआरएनए एनसिसि साउदीका उपाध्यक्ष राज कुमार गिरि, एनआरएनए आरसिसि जेद्दाका अध्यक्ष डि. पि.अर्याल, एनआरएनए अल कासिमका भुतपूर्व अध्यक्ष रम्जान दिन मियाँ, नेपाली सेवा समिती यान्बुका अध्यक्ष श्री प्रसाद परियार, नेपाली साझा मंचक प्रतिनिधि तेज बहादुर बि.क. समाजसेवी हरु भिम तमु,राज कुमार राई, नेपाली होटल बलादका संचालक सरद बि.क., नेपाल तामाङ् घेदुङ् प्रबास शाखा साउदी अरबका प्रतिनिधि शैलेश योन्जन, मन त मेरो जोग्बिरे समुह जेद्दाका अध्यक्ष शबशन्त लामा, ग्लोबल आइएमइका बजार प्रतिनिधी प्रदिपजङ् के.सि हरु रहेका थिए ।
यसैगरी सांगीतिक कार्यक्रमलाई भयानक रोचक मनोरञ्जन दिनका लागि स्थानीय कलाकार अतिथि हरु रोशन दियाली, अर्पित मगर, गुराँस राई, निलम बस्नेत, नवराज राई, सिर्जला दोङ् तामाङ् ,अनिल दोङ् तामाङ् ,रक्षा तिवारी, सुनिल दोङ् तामाङ् ,सरस्वती मगर, बिष्णु कार्की ,मिठु के.सि.,अम्बर बहादुर खड्का,सुर्य बहादुर थापा मगर,बिरेन चौधरी,आकाश राई,डिबोज राई, सबिता पाण्डे रहेका थिए ।
नेपाली रेस्टुरेन्ट बलादको मुख्य प्रायोजन र ग्लोबल आइएमइको सह प्रायोजनमा आयोजित उक्त कार्यक्रम दिप प्रज्वलन गरि उद्घाटन गरिएको थियो । नेपालको राष्ट्रिय गित सँगै सुरु गरिएको उक्त कार्यक्रममा अतिथिहरुले “हातेमालो युवा क्लब” सफलता साथ छलाङ मार्दै अगाडी बढेकोमा बधाई दिदै अझै आगामी बर्षहरुमा सफलताको शुभकामना दिएका थिए । कार्यक्रममा युवा क्लबका प्रतिनिधि तेज बहादुर बि.क ले आफ्नो संस्था दोस्रो बर्षमा गरेको कार्यप्रगतिविवरण प्रस्तुत गरेका थिए । कार्यक्रमको दोस्रो चरणमा स्थानीय कलाकार हरुको १९-२० वटा उत्कृष्ट नित्य,तथा बिबिधता झल्किने खालका संगितहरु कौडा, झ्याउरे, कमेडी, पन्चे बाजा, र्याप, पुर्वेली गित, तथा अन्य गित नित्यले दर्शकहरूलाई भरपुर मनोरञ्जन प्रदान गरिएको थियो ।
उक्त कार्यक्रममा जेद्दा वरिपरि तथा यान्बु ताइफ बाट आएका दाजुभाइ दिदिबहिनीहरुको बाक्लो उपस्थिति रहेको थियो भने उपस्थित सबैलाइ आयोजक टिमले रोटि नास्ता र बेलुकाको खाना समेत खुवाएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि महाबाणिज्य दुत सत्रुधन पोखरेलद्वारा क्लब सोछे भन्दा अतिनै द्रुतगतिमा जन्मिनी बितिकै बयस्क भएर अगाडी बढेकोमा बधाइ तथा शुभकामना मन्तव्य दिदै यस्ता कार्यक्रमले नेपालीहरुलाई एकीकृत गर्ने, कम्पनीका कामले थकित रहेको यो मनलाई अझै उर्जा थप्ने जनाउनु भयो ।
कार्यक्रमको अन्त्यमा सभापति खेमराज कार्कीद्वारा कार्यक्रम भब्य रुपमा सफल भएको खुशी व्यक्त गर्दै कार्यक्रममा पाल्नु हुने प्रमुख अतिथी,अतिथिहरु, उपस्थित दाजुभाइ दिदिबहिनीहरु, कलाकारहरु, पत्रकार तथा समाज सेविहरु सबैलाई धन्यवाद दिनुको साथै आगामी दिनहरुमा श्रमिकहरुको सहयोगको लागि अझै लागि पर्ने बताउदै कार्यक्रम समापन गरेका थिए ।
२५ नोभेम्बर २०२३, साउदी अरब ! नेपालीहरुको महान चाडहरु बडा दशै, शुभदिपावली तथा छठ पर्व २०८० को पावन अवसरमा बिदेशी भुमिमा रहेर पनि नेपालीहरुलाइ आफ्नो चाडबाडको आभास दिलाउने, एक आपसी आत्मियता बढाउने र बिदेशी भुमिमा रहेर काम गर्दा नेपालीहरुले आफुलाइ कसरी स्वास्थ्य समस्या बाट बचाउन सकिन्छ, कसरी स्वस्थ रहन सकिन्छ? भन्ने उदेश्यका साथ गैर आवासीय नेपाली संघ क्षेत्रीय समन्वय समिती अल कासिमले गत २४ नोभेम्बर २०२३ शुक्रबारका दिन साउदी अरबको बुरैदामा एक भब्य समारोह गरि शुभकामना आदान प्रदान तथा श्रमिक स्वास्थ्य सचेतना कार्यक्रम सम्पन्न गरेको छ ।
समितीका अध्यक्ष कृष्ण अधिकारीको अध्यक्षतामा समितीका सचिव सिद्धि लाल श्रेष्ठ र सह-सचिव बिर बहादुर तामाङ द्वारा संचालित उक्त कार्यक्रम, नेपालको राष्ट्रिय गानको गुन्जयमानबाट सुरु गरिएको थियो ।
कार्यक्रममा एनआरएनए आईसीसीका सदस्य तथा नेपाली राजदूतावास रियादका अवैतनिक प्रतिनिधी बिशाल कुमार श्रेष्ठ को प्रमुख आतिथ्य रहेको थियो भने अतिथिहरुमा क्रमस एनआरएनए एनसिसी साउदीका संरक्षक भक्तबिर राई , एनसिसी साउदीका सचीव ध्रुब कटुवाल, एनसिसीका सदस्य काजीमान कन्दङ्वा, आरसीसीका निवर्तमान कोषाध्यक्ष रोहित घिमीरे रहेका थिए ।
करिब दिउसो २ बजे सुरु गरिएको कार्यक्रममा संघका उपाध्यक्ष बिनोद खड्काले स्वागत मन्तव्य दिएका थिए । कार्यक्रमका अतिथि ध्रुब कटुवालले शुभकामना मन्तव्यको साथमा बिदेशमा रहेर काम गर्दै गर्दा आफू स्वास्थ्य रहन पालना गर्नु पर्ने महत्वपूर्ण जानकारी हरुको बारेमा जानकारी दिएका थिए । साथै उपस्थित अतिथिगणहरु बाट सबैले आ आफ्नो शुभकामना मन्तव्य राखेका थिए। शुभकामना मन्तव्यकै क्रममा ईस्लामीक सेन्टर बुरैदाको तर्फबाट ईस्लामीक गुरु तथा एनआरएनए आरसीसीका प्रवक्ता अली हुसैन मियाँ, समितिका युवा संयोजक समिर के.सी , र नेपाली युवा फुटबल कलबको तर्फबाट टिम कप्तान रमन अर्यालले शुभकामना दिएका थिए ।
प्रमुख अतिथि बिशाल कुमार श्रेष्ठले शुभकामना मन्तव्यका साथै नेपाली श्रमिकले साउदी अरबमा श्रम गर्न आउनु पुर्व जान्नु पर्ने र आए पछि जान्नु पर्ने महत्वपूर्ण कुराहरु र पालना गर्नु पर्ने नियमहरुको बारेमा बृस्तित जानकारी दिएका थिए । कार्यक्रमलाई थप मनोरञ्जन दिनका लागि बिभिन्न कम्पनीबाट भेला हुनुभएका दाजुभाई दीदीबहिनीहरुको बिचमा स्थानीय कलाकार द्वारा नृत्य तथा सांगीतिक प्रस्तुती दिएका थिए । कार्यक्रममा गैर आवासीय नेपाली संघ, क्षेत्रीय समन्वय समिती, अल-कासीमले श्रमिक हित कोषका लागी आयोजन गरेको भाग्यशाली चिठ्ठा खोल्ने कार्यक्रम पनि गरेको थियो ।
कार्यक्रमको अन्त्यमा अध्यक्ष कृष्ण अधिकारीले उपस्थित सबैलाई दशै तिहार तथा छठ पर्वको शुभकामना दिदै कार्यक्रम सफल बनाउन महत्वपूर्ण भुमिका खेल्नु हुने व्यक्तित्वहरुलाई तथा कार्यक्रममा आफ्नो कलाको प्रस्तुती दिनु हुने स्थानीय कलाकारलाई खादा ओडाएर सम्मान गर्नु भएको थियो साथै कार्यक्रम सफल बनाउन उपस्थित सम्पुर्णलाई धन्यवाद ज्ञापन गर्दै कार्यक्रम समापन गरिएको थियो ।
दम्माम साउदी अरब ! १० नोभेम्बर २०२३ शुक्रबारका दिन राष्ट्रिय स्वतन्त्र पार्टीको भातृ संगठन “प्रवास नेपाल सम्पर्क विभाग साउदी अरब”ले साउदी अरबको प्रतिष्ठित शहर दमाममा एक भब्य कार्यक्रमको आयोजना गर्दै दशैं,तिहार एबम् छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ ।
पुर्वी क्षेत्रका लागी नेपाली दुतावासका प्रतिनिधि नारायण पासवानको प्रमुख आतिथ्य र विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, मिडियाकर्मीहरु, बुद्धिजीवी तथा समाजसेवी नेपाली दाजुभाइ दिदिबहिनीहरु को आतिथ्यमा, घण्टीप्रेमी दाजुभाइ दिदिबहिनीहरुको बाक्लो उपस्थितिमा तथा समितीका सभापति जेन लामाको सभापतित्वमा समितिका कोषाध्यक्ष सलिन खड्काद्वारा कार्यक्रम संचालन गरिएको थियो।
उक्त कार्यक्रममा दशै, तिहार र छठ पर्वको शुभकामना आदानप्रदान गर्दै उपस्थित अतिथिहरु, घण्टीप्रेमी दाजुभाइ दिदिबहिनीहरु, विभिन्न संघ संगठन का प्रतिनिधिहरु, सबैले रास्वपा पार्टी प्रति नागरीकको आशा भरोसा र अपेक्षा धेरै बढ्दै गएको भनी प्रशंसा गरेका थिए । कार्यक्रमलाई रोचक बनाउन बिच बिचमा विभिन्न स्थानीय कलाकारहरुद्वारा नित्य र गित हरु प्रस्तुत गरिएको थियो । नेपाललाई समृद्ध र अझै विकशित बनाउनु छ भने घण्टी बजाउन रास्वपा लाई साथ दिन कन्जुस्याइँ नगरौं भन्ने विचार झन् मजबुत हुँदै आएको कुरा समितिका सभापतिले राखेका थिए भने कार्यक्रम सफलताका साथ सम्पन्न गर्न सहयोग गर्नु हुने उपस्थित प्रमुख अतिथि, अतिथिहरु, मिडियाकर्मीहरु, कलाकारहरु, लगायत सबै दाजुभाइ दिदिबहिनीलाई आभार प्रकट गरेका थिए ।
सोही अवसर पारेर प्रवास नेपाल सम्पर्क विभाग साउदी अरब”ले आफ्नो संगठन बिस्तार गर्ने क्रममा नारायण प्रसाद भुसाल ( Saroj Np Bhusal ) को सभापतित्वमा , ९ सदस्यीय पूर्वी क्षेत्रीय समिति गठन पनि गरेको छ। सभापतिमा :नारायण प्रसाद भुसाल,उपसभापतिमा: खुम खत्री, सचिवमा, प्रकाश काप्री, कोषाध्यक्षमा: प्रकाश खड्का र ५ सदस्यहरुमा: दिनेश पुन,रामप्रसाद पन्थ, कुमार केसी, लक्ष्मन दर्जी, प्रकाश कटुवाल, नवीन खड्का निर्वाचित भएका र नव निर्वाचित पदाधिकारीहरुलाइ समितीका सभापति जेन लामाले सपद खुवाउदै बधाई तथा कार्यकाल सफलताको शुभकामना दिएका छन् ।
साउदी अरब । प्रवास नेपाली सम्पर्क समिति साउदी अरबले आगामी शुभ दीपावली एवं छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान, चियापन सहित सांस्कृतिक कार्यक्रम आयोजना गर्ने भएको छ ।
सो अवसरमा पूर्वी क्षेत्रीय समिति समेत गठन गर्ने कार्यक्रम रहेको सम्पर्क समितिका सभापति जेन कुमार लामाले जानकारी दिएका छन्। नोभेम्बर १० मा दमामको सिको गार्डेन अगाडिस्थित होलिडे होटलमा साउदीको स्थानीय समायानुसार बिहान ११ बजे उपस्थित भइदिन सम्बन्धित सबैमा सम्पर्क समितिले अनुरोध गरेको छ ।
प्रवास नेपाली सम्पर्क समिति राष्ट्रिय स्वतन्त्र पार्टीको प्रवास संगठन हो भने संगठनले तिब्र रुपमा कमिटी गठन गरी प्रवासमा रहेका नेपाली लाई संगठनमा आवद्ध गर्ने लक्ष्य लिएको छ।
विज्ञप्ति जस्ताको तस्तै। “नेपालीका लागि नेपाली” भन्ने मुलमन्त्रसहित स्थापना भएको गैरआवासीय नेपाली संघ (एनआरएनए) को विश्व सम्मेलन एवं ११ औँ अन्तर्राष्ट्रिय महाधिवेशन तथा विश्व ज्ञान सम्मेलन सफलतापूर्वक सम्पन्न भएको छ । महाधिवेशनमा संसारभरिका ५९ मुलुकका ४ हजार २ सय ७० प्रतिनिधि भौतिक र अनलाइनमार्फत सहभागी भएका थिए । । कुल मत संख्याको ९३.७ प्रतिशत अर्थात ३९५८ जनाले संघको निर्वाचनमा उत्साहजनक सहभागिता जनाएका छन् ।
महाधिवेशनमार्फत डा बद्री केसीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरिएको छ । ७४ पदमध्ये विभिन्न पदमा २३ जना निर्विरोध निर्वाचित भएका छन् । १० वटा पदमा उम्मेदवारी नपरेकोले विधानतः छनोट गरिनेछ । अन्य ४९ प्रतिनिधि विभिन्न पदमा निर्वाचित भएका छन् । निर्वाचनको सम्पूणर् नतिजा र भेरो भोटिङ्गबाट प्राप्त स्पष्टीकरण संघको वेभसाइटमा हेर्न सक्नुहुनेछ । यसै पत्रसाथ पनि उक्त विवरण संलग्न गरिएको छ । संघको नयाँ कार्यसमितिको निर्वाचनको परिणाम सार्वजनिक गर्ने क्रममा भएको सामान्य प्राविधिक असावधानीलाई समेत निर्वाचन गर्ने जिम्मेवारी लिएको अष्ट्रेलियन कम्पनी ‘भेरो भोटिङ्ग’ले स्पष्टीकरणसहित सच्चाएर अन्तिम नजिता प्रकाशन गरिसकेकोले त्यसमा कुनै समस्या नरहेको र निर्वाचन समितिले सपथ तथा प्रमाणपत्र वितरणको काम समेत सम्पन्न गरिसकेको छ । निर्वाचन परिणामलाई लिएर अध्यक्षका प्रत्यासीद्धय राजेन्द्र कुमार शर्मा र महेश श्रेष्ठले उठाएको विश्वशनीयताको प्रश्नमाथि छानबिन गर्न गैरआवासीय नेपाल संघ तयार रहेको जानकारीसहित स्वतन्त्र र निश्पक्ष छानबिनको लागि एक उच्चस्तरिय समिति गठन गर्न अन्तर्राष्ट्रिय आइटी विज्ञहरुको नाम पठाउन दुवै जनालाई २२ अक्टोवर २०२३, कै दिन पत्राचार गरिसकिएको छ ।
निर्वाचन नितान्त लोकतान्त्रिक पद्धत्ति हो यसर्थ लोकतान्त्रिक पद्धत्तिबाट सम्पन्न निर्वाचनको परिणाम मान्नु नै हरेक मतदाताको मतको उच्च सम्मान हो । प्राविधिक रुपमा भएको सामान्य समस्यालाई कारण देखाई मतदाताको मतको अवमूल्यन गर्नेसम्मको कार्य पक्कै पनि उचित हुँदैन । तर, पछिल्लो समय गैरआवासीय नेपाली संघको ११ औं महाधिवेसनबाट निर्वाचित डा. बद्री केसीको नेतृत्वमा रहेको कार्यसमितिलाई विवादमा पार्ने र गैरआवासीय नेपाली संघको अभियानलाई विभाजनतर्फ धकेल्नेगरि विभिन्न अवान्छित गतिविधिहरु बढीरहेकोले नेपाल सरकारसहित सम्पूणर् गैरआवासीय नेपाली अभियन्ता, शुभचिन्तक, सञ्चारकर्मी लगायत समस्त सरोकारवालाको ध्यानाकर्षण गराउँदछौँ । साथै यस्ता गतिविधिप्रति सचेत रहन सबै गैरआवासीय नेपाली संघका राष्ट्रिय समितिहरुलाई समेत आग्रह गरिन्छ । सम्मेलनलाई भव्य रुपमा सम्पन्न गर्नको लागि सहयोग गर्नुहुने सम्मानीय राष्ट्रपति रामचन्द्र पौडेल, परराष्ट्रमन्त्री एनपी साउदलगायत विभिन्न मन्त्रीहरू, राजदूतहरू, कूटनीतिक नियोगका प्रमुख, नेपाल सरकारका उच्च पदस्थ अधिकारी, नेपाल उद्योगa वाणिज्य महासंघका अध्यक्षलगायतका पदाधिकारी, गैरआवासीय नेपाली संघका पूर्वअध्यक्षहरु, पदाधिकारीहरू, अग्रज तथा अभियन्ताहरु प्रति गैरआवासीय नेपाली संघ हार्दिक धन्यवाद व्यक्त गर्दछ । अन्त्यमा, नेपालीहरुको महानचार्ड बडा दर्शै, तिहार, छठ लगायत सबै पर्वको उल्लासमय बनाउन गैरआवासीय नेपाली संघ आब्हान गर्दै हार्दिक शुभकामना व्यक्त गर्दछ । गैरआवासीय नेपाली संघ २३ अक्टोवर २०२३
काठमाडौँस्थित होटल सोल्टीमा भएको एनआरएनएको ११ औँ विश्व सम्मेलनमा नयाँ नेतृत्व चयनको लागि निर्वाचन भएको हो।
एसपाली साउदीअरब एनआरएनए महिला उपाध्यक्ष र मध्यपुर्ब संयोजक पदका लागि प्रतिस्पर्धामा गएकोमा मध्यपूर्व संयोजकमा राजेन्द्र अर्यालले ५९२ मत सहित निर्वाचित भए भने उनका प्रतिस्पर्धी कतारबाट के बि. हमाल २६२ ल्याउदै पराजित भएका छन्।
उता महिला उपाध्यक्षमा भने रोजिना प्रधान १९४७ मत प्राप्त गरेर विजयी भइन् भने सोही पदमा साउदी अरबकी यसमिन वेगम सैयदले १९१४ मत प्राप्त गरिन्।
बिहीबार भएको प्रत्यक्ष र अनलाइन मतदानमा अध्यक्षका अन्य प्रत्यासी आरके शर्मा र महेश श्रेष्ठलाई पराजित गर्दै केसी अध्यक्ष पदमा निर्वाचित भएका हुन्।
डा. केसी १ हजार ३७८ मतसहित विजयी हुँदा शर्माले १ हजार २८१, श्रेष्ठले १ हजार २२५ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ।
संगठनको उपाध्यमा डा. हेमराज शर्मा (२२६५), रोविन शेरचन (२१८०), रामशरण सिमखडा (१५५२), खगेन्द्र न्यौपाने (१३५७), राज रेग्मी (१९००) र डा. विनोद श्रेष्ठ (१५६०) मतसहित निर्वाचित भएका छन्।
यस्तै युवा उपाध्यक्षमा रोशन थापा २४६८ मत प्राप्त गरेर विजयी भए। सो पदमा अब्दुल बासिदले १३२२ मत प्राप्त गरे।
संघको महासचिवमा गौरीराज जोशीले २०३७ मत प्राप्त गरेर विजयी भए। महासचिवका अर्का प्रत्यासी बुद्धि सुवेदीले १८१८ मत पाएका छन्।
उपमहासचिवमा सोम सापकोटा (१७९०) र प्रवीन गुरुङ (२१५०) मतसहित विजयी भए।
६ सचिव पदमा भीम केसी कमल (१६७३), डा. ज्ञानेन्द्र रेग्मी (१७८२), मनोजकुमार श्रेष्ठ (२०२४), डा. नवराज रोस्यारा (१८५३), पारमणि पोखरेल (१६५१) र स्वतन्त्रप्रताप शाह (१६६६) विजयी भएका छन्।
महिला सचिवमा टीका गुरुङ (राधिका) (२३२०) विजयी भइन्। सोही पदमा विमला सापकोटाले १५३९ मत प्राप्त गरिन्। संघको कोषाध्यक्षमा सुदन थापाले १९१७ मत प्राप्त गरेर विजयी भएका छन् । उनका प्रतिद्वन्द्वी ठाकुरप्रसाद ढुंगानाले १९१२ मत पाए।
सहकोषाध्यक्षमा कृष्णप्रसाद तिमल्सिना (२०१५), अभिमन्यु बस्नेत (२०८१) र तिलकप्रसाद गैरे (२२३२) मतसहित निर्वाचित भएका छन्।
महिला सहकोषाध्यक्षमा अमृत थापाले २२८७ मत प्राप्त गरेर विजयी भइन् । उनीकी प्रतिद्वन्द्वी तृष्णा शर्माले १५२२ मत पाइन्।
अन्तर्राष्ट्रिय महिला संयोजकमा अनुजा प्रधान २३३६ मतसहित निर्वाचित भएकी छन्। सोही पदमा देविका खत्री गुरुङले १५२४ मत ल्याइन्।
संघको युवा संयोजकमा सुपेन्द्र घिसिङ २०३६ मतसहित विजयी भएका छन्। सोही पदमा रविन अधिकारीले १७६५ मत प्राप्त गरे।
झापाको बाह्रदशी गाउँपालिका–१ बस्ने कर्णबहादुर केरुंगा साउदी अरबमा काम गर्दैगर्दा अचानक रिंगटा लागेर ढले । उनी साउदी अरब अलकासिमस्थित एक निजी कृषि फार्ममा लामो समयदेखि काम गर्दै आएका थिए ।
एक दिन काम गर्दागर्दै अचानक रिंगटा लागेर ढलेपछि सहकर्मी साथीहरू तथा कम्पनीको मालिकले अलकासिमस्थित किंग फाहाद हस्पिटलमा उपचारका लागि उनलाई लगेका थिए । तर, उनको स्वास्थ्यमा सुधार आएन । उपचारकै क्रममा गत ३० सेप्टेम्बरमा अस्पतालको बेडमा कहिल्यै नफर्किने गरी अस्ताए उनी ।
नेपाली राजदूतावास रियादका द्वितीय सचिव टीकाराम उपाध्याय र अलकासिमस्थित गैरआवासीय नेपाली संघ (एनआरएनए) साउदी अरबका पूर्वउपाध्यक्ष तथा नेपाली राजदूतावास रियादका अवैतानिक प्रतिनिधि भक्तवीर राईलगायतको अथक प्रयासपछि मृतकको पार्थिव शरीरलाई मंगलबार नेपाल पठाउन सफल भएको संघका क्षेत्रीय समन्वय समिति अलकासिमका सचिव सिद्धिलाल श्रेष्ठले जानकारी दिए । आजको राजधानी दैनिकमा समाचार छ ।
गैरआवासीय नेपाली संघ राष्ट्रीय समन्वय परिषद साउदीअरब र नेपाली दूतावास रियादको सहकार्यमा श्रमिक समस्या समाधानमा नेपाली दूतावास र सामुदायिक संस्थाहरूको भूमिका विषयक अन्तर्क्रिया कार्यक्रम ६ अक्टूबर २०२३ का दिन साउदीअरबको पूर्वी प्रान्तको औद्योगिक क्षेत्र जुवेलमा सम्पन्न भएको छ। उक्त कार्यक्रममा सहभागिताका लागी संघले श्रमिक संग सरोकार राख्ने विषयहरू संग जोडी रहने क्रियाशील सबै राजनीतिक र सामाजिक संघ संस्थाहरूलाई औपचारिक पत्राचार गर्दै आमन्त्रण गरिएको थियो भने तत् सम्बन्धित व्यक्तित्वहरूलाई सार्वजनिक सुचना मार्फत आह्वान गरिएको थियो।
संघको महासचिव द्वारा संचालित उक्त कार्यक्रममा श्रमिक समस्या, उद्धार प्रक्रिया, कठिनाई लगायतका विषयमा नेपाली दूतावास रियादका लागी श्रम काउन्सुलर श्री देवेन्द्र कार्की ज्युले आफ्नो प्रस्तुती मार्फत प्रस्तुत गर्नु भएको थियो ।
त्यसै गरी साउदीअरब स्थित कार्यरत आप्रवासी नेपाली श्रमिकहरूको मृत्यु, त्यसको कारण र सचेतनाको विषयमा नेपाली दूतावास रियादका लागी द्वितीय सचिव श्री टिकाराम उपाध्याय ज्युले आफ्नो प्रस्तुती मार्फत प्रस्तुत गर्नु भएको थियो ।
सोही कार्यक्रममा ग्लोबल आईएमई बैंकका लागी मध्यपूर्व संयोजक एवम् नव निर्वाचित एनआरएनए आईसीसी सदस्य श्री राम बहादुर क्षेत्री ज्युले वित्तीय साक्षरता एवम् विप्रेषणका वैधानिक माध्यमहरू र त्यसका फाईदाहरू बारे जानकारी दिनु भएको थियो ।
कार्यक्रममा नेपाली दूतावास रियादका लागी श्रम काउन्सुलर श्री देवेन्द्र कार्की ज्युले श्रम स्विकृती नवीकरण, त्यसको प्रक्रिया र सामाजिक सुरक्षा कोषको बारे पनि विस्तृत जानकारी दिनु भएको थियो ।
उक्त अन्तर्क्रिया कार्यक्रमलाई नेपाली दूतावास रियादका लागी महामहिम राजदूत श्री नवराज सुवेदी ज्युले संबोधन गर्दे नेपाली श्रमिकहरुका हकहित संरक्षण हेतु दुतावास सदैव लागिपरेको बताउनुभएको थियो ।
विभिन्न सामाजिक तथा राजनीतिक संघ संस्थाहरूको प्रतिनिधिहरू र गैरआवासीय नेपाली संघका स्थानिय, क्षेत्रिय, राष्ट्रीय र अन्तर्राष्ट्रिय समन्वय परिषदका पदाधिकारीहरू, राष्ट्रीय समन्वय परिषद साउदीअरबका संरक्षक तथा सल्लाहकारहरूको उपस्थिति रहेको कार्यक्रमलाई समापन गर्दै कार्यक्रमको सभापति एवम् संघका अध्यक्ष रबिना अर्यालले उक्त कार्यक्रम बाट प्राप्त जानकारीहरू सबै आप्रवासी नेपाली समुदाय सम्म पुर्याईदिन अनुरोध गर्दै सहभागी सबैमा आयोजक एवम् एनआरएनए एनसीसी साउदीअरबको तर्फ बाट धन्यवाद ज्ञापन गर्नु भएको थियो ।