• गृह पृष्ठ
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला /जीवनशैली
  • खेल
  • बिज्ञान/प्रविधि
  • राजनीति
  • विचार
  • समाज
  • साहित्य

Category: अन्तर्राष्ट्रिय

जेद्दामा इदको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

  • २९ चैत्र २०८०, बिहीबार १०:४९ मा प्रकाशित
  • समर्पण रम्जान

    जेद्दा साउदी अरब ! इस्लाम धर्मावलम्बीहरुको महान पर्व इद उल फितर को पावन अवसरमा ईस्लामिक दावा सेन्टर  जेद्दाको नेपाली बिभाग द्वारा गत बुधबार १० अप्रील इदको दिनमा आयोजित इदको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।

    दावा सेन्टर नेपाली बिभागका प्रमुख मन्जुर अलि मियाँ को सभापतित्वमा रमजान दिनमियाँद्वारा संचालित उक्त कार्यक्रममा नेपाली महाबाणिज्य दूतावास जेद्दाका श्रम सहचारी तम्राराज काफ्ले प्रमुख अतिथिमा, एनआरएनए साउदिका सल्लाहकार वरिष्ठ समाजसेवी भिम गुरुङ बिशिस्ट अतिथिमा, र अतिथिहरुमा आरसिसी जेद्दाका सल्लाहकार रामराधा घिमिरे, नेपाली युवा क्लब जेद्दाका अध्यक्ष राम थापा लगायत हुनुहुन्थ्यो ।
    पवित्र महिना रमदानको एक महिनाको बर्ता सकिए लगत्तै मानिने यो इदमा एक आपसमा शुभकामना आदानप्रदान गर्ने, एक आपसमा खुशी साटासाट गर्नुका   साथै आत्मियता बढाउने उदेश्यका साथ उक्त कार्यक्रम आयोजित गरिएको थियो।


    कार्यक्रममा उपस्थित रहेका अधिकांश दाजुभाइहरुले आ आफ्नो छोटो  परिचयका साथमा  इदको शुभकामना दिएका थिए ।
    मन्चमा आसिन अतिथिहरु, बिशिस्ट अतिथि, तथा प्रमुख अतिथि द्वारा कार्यक्रममा निमन्त्रणा दिएर यो कार्यक्रम गर्नु भएकोमा आयोजक टिम मन्जुर अलि मियाँलाइ  धन्यवाद दिदै उपस्थित सबैलाइ इदको शुभकामना दिएका थिए  भने यस्ता कार्यक्रमले एक आपसमा आत्मीयता बढाउने व्यक्त गर्नु भएको थियो ।

    कार्यक्रममा उपस्थित हुनुभएका सम्पुर्ण दाजुभाइ दिदिबहिनीहरुलाइ इदको खुशीमा मिठाइ, स्याबै तथा जुस ले स्वागत गरिएको थियो भने अन्त्यमा सबैलाइ इदको खाना खुवाएर पठाइएको थियो ।

    अन्त्यम उक्त कार्यक्रममा उपस्थिति भइ कार्यक्रम सम्पन्न गर्न सहयोग गर्नुहुने सबैलाइ सभापति मन्जुर मियांंले धन्यवाद दिनु भएको थियो।

    Posted in अन्तर्राष्ट्रिय, ताजा अपडेट, मुख्य खबर, समाजLeave a Comment on जेद्दामा इदको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

    सांगीतिक प्रस्तुति दिन रियाद आईपुगे चर्चित गायक प्रमोद खरेल

  • २८ चैत्र २०८०, बुधबार २०:१० मा प्रकाशित
  • नेपाली सांगीतिक जगतका चम्किलो नक्षत्रका रुपमा स्थापित चर्चित, भर्सटायल गायक प्रमोद खरेल सांगीतिक कार्यक्रमका लागि साउदीको
    रियाद आईपुगेका छन् ।

    प्रमोद खरेल झापाली समाजको दोस्रो महाधिवेशन तथा बृहत् सांस्कृतिक तथा नया बर्ष २०८१ को शुभकामना आदानप्रदान कार्यक्रममा आफ्नो सांगीतिक प्रस्तुति दिन रियाद आइपुगेका हुन् । खरेलले शुक्रबार प्रस्तुति दिने आयोजक ले जानकारी दिएको छ ।

    शुक्रबार हुने कार्यक्रम रियाद एक्जिट ९ न: सोनामर्केट पछाडि हुने छ। उनको स्वागतका लागि रियाद को किङ्ग कालीद विमानस्थल रियादमा झापाली समाजका कार्य समितिका पधाधिकारी हरु , नेपाली दुताबास रियादका उप नियोग प्रमुख डा . डमरु बल्लभ पौडेल सहित साउदी अरबमा रहेका समाजसेवी ,बुद्धिजीवी , विभिन्न संघ संस्थामा आबद्ध ब्याक्तित्वहरू एयरपोर्ट पुगेर भव्य स्वागत गरेका थिए ।

    साउदी अरवमा रहनु भएका नेपाली दाजुभाइ दिदिबहिनी , समाजसेवी ,बुद्धिजीवी , विभिन्न संघ संस्थामा आबद्ध ब्याक्तित्व ज्युहरु लाई गरिमामय उपस्थित लागि हार्दिक निमन्त्रणा गर्दछौ झापाली समाज साउदी अरव परिवार।।।।।

    कार्यक्रम हुने मिति स्थान र समय
    मिति :-१२ अप्रिल २०२४ शुक्रबार
    समय :- बिहान १०, बजे बाट
    स्थान :- रियाद एक्जिट ९ न: सोनामर्केट पछाडि

    Posted in अन्तर्राष्ट्रिय, ताजा अपडेट, मुख्य खबरLeave a Comment on सांगीतिक प्रस्तुति दिन रियाद आईपुगे चर्चित गायक प्रमोद खरेल

    जनमत पार्टीका अध्यक्ष डा.राउत आइपुगे साउदी अरब

  • २७ चैत्र २०८०, मंगलवार ०८:२२ मा प्रकाशित
  • दम्माम, साउदी अरब।

    जनमत पार्टीका राष्ट्रिय अध्यक्ष माननीय संघीय साम्सद डा. चन्द्रकान्त राउत (सि.के. राउत) आज साउदी अरब आईपुग्नु भएको छ।

    डा राउतलाई मंगलवार बेलुकी दम्माम अन्तर्राष्ट्रिय बिमानस्थलमा जनमत पार्टीको प्रवास संगठन गैर आवासीय मधेसी संघ ,साउदीका अध्यक्ष दिनेश साहु ,नेपाली राजदुतावासका पुर्बी क्षेत्रका सम्पर्क अधिकारी नारायण पासवान लगायत १५० जना भन्दा बढी सदस्य तथा शुभेच्छुकले स्वागत गरेको छ।

    मधेस विभिन्न समय भएको आन्दोलनबाट चर्चामा आएको अध्यक्ष राउत गैर आवासीय मधेशी संघ ,साउदी अरबको आयोजनामा हुने नब बर्ष २०८१ ,रमादान ईद्को शुभकामना आदान प्रदान तथा सास्कृतिक कार्यक्रमको प्रमुख आतिथ्यको लागि एक हप्ता साउदी भ्रमण आउनु भएको हो।

    अध्यक्ष राउतले बिहिवार (अप्रिल १०) साउदीको पुर्बी क्षेत्र जुबेलमा र शनिबार (अप्रिल १२) राजधानी शहर रियादमा हुने कार्यक्रममा सम्बोधन गर्नु हुनेछ।उहाँले साउदी बसाईक्रममा यहाँको विकासको अबलोकन गर्ने , नेपाली श्रमिक समस्या बारे प्रत्यक्ष जानकारी लिने र श्रमिक लगायत सरोकारबाला संग अंतरक्रिया गर्ने बताएको छ।

    Posted in अन्तर्राष्ट्रिय, ताजा अपडेट, मुख्य खबर, राजनीति1 Comment on जनमत पार्टीका अध्यक्ष डा.राउत आइपुगे साउदी अरब

    जनमत पार्टीका अध्यक्ष सिके राउत इदमा साउदी आउदै

  • २० चैत्र २०८०, मंगलवार ०१:०० मा प्रकाशित
  • अन्जान गुभाजु ! दम्माम, साउदी अरब।

    जनमत पार्टीका राष्ट्रिय अध्यक्ष माननीय संघीय साम्सद डा. चन्द्रकान्त राउत (सि.के. राउत) ईस्लाम धर्मावलम्बीहरुको इदको समयमा साउदी अरब आउने भएका छन्।

    विभिन्न कालखण्डमा भएका मधेस आन्दोलनबाट बहुचर्चित अध्यक्ष राउत गैर आवासीय मधेशी संघ ,साउदी अरबको आयोजनामा हुन लागिरहेको नब बर्ष २०८१ तथा रमादान ईद्को शुभकामना आदान प्रदानका साथै सास्कृतिक कार्यक्रमको प्रमुख आतिथ्यको लागि साउदी आउने भएका हुन् ।

    अध्यक्ष राउत आगामी अप्रिल ८ तारिख साउदीको पुर्बी क्षेत्र दम्माम आईपुग्ने छन् । राउतले अप्रील १० तारिख जुबेल र अप्रील १२ तारिख रियादमा हुने कार्यक्रमम सम्बोधन गर्नुहुने र अप्रील १३ तारिख स्वदेश फर्कने कार्यतालिका रहेको छ।

    अध्यक्ष राउतले साउदी बसाईक्रममा यहाँको विकासको अबलोकन गर्ने , नेपाली श्रमिक समस्या बारे प्रत्यक्ष जानकारी लिने र श्रमिक लगायत सरोकारबाला संग अंतरक्रिया गर्ने कार्यक्रम रहेको छ।

    Posted in अन्तर्राष्ट्रिय, ताजा अपडेट, मुख्य खबर, राजनीति6 Comments on जनमत पार्टीका अध्यक्ष सिके राउत इदमा साउदी आउदै

    प्रमोद खरेल साउदी आउदै !

  • १६ चैत्र २०८०, शुक्रबार ००:०१ मा प्रकाशित
  • झापाली समाज साउदी अरब द्दारा यही आउँदो १२ अप्रिल २०२४ का दिन समाजको दोस्रो महाधिवेशन तथा बृहत् सांस्कृतिक कार्यक्रम आयोजना गरिने भएको छ । उक्त कार्यक्रममा गायक प्रमोद खरेल आउने भएका छन्!

    “गरिब मेधावी र प्रतिभावान विद्यार्थीको अध्यनमा अविछिन्न सहयोग, झापाली समाजको प्रस्तुती शिक्षामा वार्षिक छात्रवृत्तिको लागि अक्षयकोष”
    भन्ने उद्देश्यका साथ कार्यक्रम भव्य रुपमा आयोजना गर्न लागिएको झापाली समाज द्वारा जानकारी गराइएको छ।
    कार्यक्रम रियादस्थित एक्जिट नाइन सोना सुपरमार्केटको पछाडि
    आउँदो १२ अप्रिल शुक्रबारका दिन हुने भएको छ।

    Posted in अन्तर्राष्ट्रिय, कला /जीवनशैली1 Comment on प्रमोद खरेल साउदी आउदै !

    हेल्प मधेसी साउदीको पाँचौ महाधिवेशनबाट अध्यक्षमा श्याम कुमार महतो निर्वाचित

  • १० चैत्र २०८०, शनिबार २२:५० मा प्रकाशित
  • अन्जान गुभाजु ! दम्माम ।साउदी अरब।
    हेल्प मधेशी साउदी अरबको पाँचौ महाधिवेशनबाट श्याम कुमार महतोलाई अध्यक्षमा निर्वाचित भएको छ।

    शुक्रबारको दमामको सिहात स्थित खुरैदाह फार्मको सभाहलमा संस्थाको पाँचौ महाधिवेशन तथा हिन्दुहरुको महान होली पर्वको सुखद उपलक्ष्यमा शुभकामना आदान-प्रदान गरि महतोको अध्यक्षमा नया कार्य समिति चयन गरेको हो।

    संस्थाको अध्यक्ष राम दुलार मण्डलको सभापतित्व तथा नेपाली राजदुतावास रियाद,साउदी अरेवियाका श्रम काउन्सेलर श्री देबेन्द्र कार्की ज्युको प्रमुख अतिथि र साउदीमा सक्रिय संघसंगठनका प्रतिनिधि तथा उल्लेखनीय नेपाली समुदायको उपस्थित सम्पन्न कार्यक्रममा बन्द सत्र र खुल्ला सत्र गरि दुई चरणमा सम्पन्न अधिवेशनको बन्द सत्रबाट महतोको नेतृत्वमा सर्वसम्मत आगामी २०२४-२६ कार्यकालको लागि ५९ सदस्य नयाँ कार्यसमिति चयन गरिएको छ ।

    विगत १९ बर्ष देखि साउदीमा कार्यरत सिरहाका कर्जन्हा नगरपालिका-११ बगहा निवासी महतो इलेक्टि्रकल सुपरभाइजरको रुपमा हाल कबानी कम्पनीमा कार्यरत रहेको छ। साउदी अरेबियामा २०१६ स्थापना भएको संस्थाको सेवक सदस्य रुपमा काम गर्दै आइरहेको नवनिर्वाचित महतो सामाजिक अभियन्ताको रुपमा चित परिचित रहेको छ। उनी श्रमिक राहात तथा उद्वार र पासपोर्ट अनलाइन फर्म निशुल्क भर्न संस्थागत पहल गर्ने सम्बत पहिलो ब्यक्तिको रुपमा चिनिन्छ।
    करिब २७०० जनाको निशुल्क फर्म भरिएको संस्थाले जनाएको छ।

    केन्द्रिय कार्यसमितीका निर्वाचित सदस्यहरू

    १ केन्द्रीय अध्यक्ष श्याम कुमार महतो
    २ केन्द्रीय उपाध्यक्ष-प्रथम-फिरोज राइन
    ३ केन्द्रीय उपाध्यक्ष-द्धितीय-बब्लु साह
    ४ केन्द्रीय उपाध्यक्ष-तृतीय-विनय रौनियार
    ५ केन्द्रीय उपाध्यक्ष-चौथो-काशिन्द्र पासवान
    ६ केन्द्रीय उपाध्यक्ष-पाचौ-राम ललित यादव
    ७ केन्द्रीय महासचिव-रामचन्द्र कुमार मण्डल
    ८ केन्द्रीय सचिब-बिरेन्द्र कुमार महतो
    ९ केन्द्रीय सह-सचिब-श्याम बाबु चौधरी
    १० केन्द्रीय कोषाध्यक्ष-सुजेन्द्र जीत
    ११ केन्द्रीय सह- कोषाध्यक्ष-सुभाष कुमार मण्डल
    १२ केन्द्रीय प्रवक्ता-जोगेन्द्र यादव
    १३ केन्द्रीय सह-प्रवक्ता-कलम देव महतो
    १४ केन्द्रीय संरक्षक-बिरेन्द्र दास कथबनिया
    १५ केन्द्रीय संरक्षक-प्रमोद कुमार मन्डल
    १६ केन्द्रीय सल्लाहकार-ललित मण्डल
    १७ केन्द्रीय सल्लाहकार-डमर यादव
    १८ केन्द्रीय सल्लाहकार-नविन यादव
    १९ केन्द्रीय सल्लाहकार-निरज सिंह
    २० केन्द्रीय सल्लाहकार-निरज पटेल राय
    २१ केन्द्रीय सल्लाहकार-सुरेन्द्र कुमार यादव
    २२ केन्द्रीय सल्लाहकार-संजीव कुमार
    २३ केन्द्रीय सल्लाहकार-कृष्णदेव पटेल
    २४ केन्द्रीय सल्लाहकार-अशेश्वर यादव
    २५ केन्द्रीय सल्लाहकार-नगेन्द्र गुप्ता
    २६ केन्द्रीय सल्लाहकार-कृष्ण साह
    २७ केन्द्रीय सल्लाहकार-विश्वनाथ साह
    २८ क्षेत्रीयकमिटी – जेद्दा कोर्डिनेटर-मनोज कुमार यादव
    २९ क्षेत्रीयकमिटी – जेद्दा कोर्डिनेटर-अमरेन्द्र यादव
    ३० क्षेत्रीयकमिटी – तुरैफ कोर्डिनेटर-जलन्धर यादव
    ३१ क्षेत्रीयकमिटी – रियाद कोर्डिनेटर-पर्शुराम पुर्वे
    ३२ क्षेत्रीयकमिटी – रियाद कोर्डिनेटर-राकेश यादव
    ३३ क्षेत्रीयकमिटी-अलहासा कोर्डिनेटर-रुदल मण्डल
    ३४ क्षेत्रीयकमिटी-जुबेल कोर्डिनेटर-रविन्द्र राउत
    ३५ क्षेत्रीयकमिटी-जुबेल कोर्डिनेटर-शंकर पासवान
    ३६ क्षेत्रीयकमिटी-जुबेल कोर्डिनेटर-महेश झा
    ३७ क्षेत्रीयकमिटी-रस्तानुरा कोर्डिनेटर-प्रविन साह
    ३८ क्षेत्रीयकमिटी-सुलैल कोर्डिनेटर-मञ्जुर राइन
    ३९ क्षेत्रीयकमिटी-मादेन कोर्डिनेटर-राजेन्द्र कुमार महतो
    ४० क्षेत्रीयकमिटी-सकेन्ड सनैया कोर्डिनेटर-शंकर मण्डल
    ४१ क्षेत्रीयकमिटी- खोबर कोर्डिनेटर-दिनेश साह
    ४२ क्षेत्रीयकमिटी- खोबर कोर्डिनेटर अमृत भट्ट
    ४३ क्षेत्रीयकमिटी-हाईल कोर्डिनेटर राम अयोध्या साह
    ४४ केन्द्रीय सदस्यहरु : खुशीलाल दास
    ४५ मुकेश राइ
    ४६ जोगी राउत
    ४७ सन्तोष बैठा
    ४८ भूपनारायण पासवान
    ४९ मोहन यादव
    ५० उमेश यादव
    ५१ दिनेश कुमार शर्मा
    ५२ रामनाथ मण्डल
    ५३ हरिनारायण चौधरी
    ५४ संजय यादव
    ५५ बिरेन्द्र कुमार मण्डल
    ५६ प्रलाद कुमार यादव
    ५७ उपेन्द्र ठाकुर
    ५८ माङ्गैन यादव
    ५९ रामचन्द्र यादव

    Posted in अन्तर्राष्ट्रिय, ताजा अपडेट, मुख्य खबर1 Comment on हेल्प मधेसी साउदीको पाँचौ महाधिवेशनबाट अध्यक्षमा श्याम कुमार महतो निर्वाचित

    यम तमु द्वारा राष्ट्रिय महिला खेलाडीलाई ११ लाख ६० हजार हस्तान्तरण

  • ८ चैत्र २०८०, बिहीबार ०५:४३ मा प्रकाशित
  • समर्पण रम्जान / जेद्दा

    साउदी अरबको रियादमा रहेर होटल व्यावसाय चलाइरहेका लालिगुँरास होटलका संचालक, सफल व्यावसायी, समाजसेवी यम तमुले आफ्नो व्यक्तिगत रूपमा राष्ट्रिय महिला फुटबल टोलीका खेलाडीहरू तथा सहयोगी टिमहरुलाई ११ लाख ६० हजार  रुपैयाँ नगदसहित सम्मान गरेका छन् ।

    गत फेब्रुअरीमा साउदी अरबमा संचालित वाफ च्याम्पियनसिपमा उत्कृष्ट खेल खेलेर उप बिजेता बन्न सफल भएका नेपाली राष्ट्रिय फुटबल महिला टिमलाई यम तमुले खेलाडीहरुको  उच्च सम्मान सहित मनोबल बढाउनका लागि खेलाडीहरु साउदीबाट फर्किदैँ गर्दा  बिदाइका दिन उक्त सहयोग रकम घोषणा  गर्नुभएको थियो ।
    सोही अनुसार आज २० मार्च २०२४ बुधवारका दिन एक सम्मान कार्यक्रम आयोजित गर्दै सम्मानित ब्यक्तित्वहरु साथमा साउदिका सफल ब्यबसायी तथा समाजसेवी राजु सैयदको  सम उपस्तिथिमा यम तमुकी श्रीमती उमा गुरुङले नेपाली  महिला राष्ट्रिय फुटबल टोलीलाई  नगद हस्तान्तरण सहित सम्मान प्रदान गर्नुभएको   छ ।

    महिला राष्ट्रिय फुटबल टोलीका २३ जना खेलाडीहरूलाई जनही ४३/४३ हजार रुपैयाँका दरले र टिमको अफियसयल तथा व्यवस्थापकहरूलाई जनही २०/२० हजार रुपैयाँ का दरले नगद सहित सम्मान गरिएको थियो।

    Posted in अन्तर्राष्ट्रिय, खेल, ताजा अपडेट, मुख्य खबर1 Comment on यम तमु द्वारा राष्ट्रिय महिला खेलाडीलाई ११ लाख ६० हजार हस्तान्तरण

    साउदी अरबको जेद्दामा Cultural  Food & Musical Festival – २०२४ भब्यताका साथ सम्पन्न

  • २७ फाल्गुन २०८०, आईतवार ०२:२७ मा प्रकाशित
  • समर्पण रम्जान / जेद्दा
    साउदी अरबको ACGC ( Asian Consul General’s Club) जेद्दा द्वारा आयोजित Cultural  Food & Musical Festival – २०२४ जेद्दाको रिहाब स्थित एक पाकिस्तानी अन्तर्राष्ट्रिय स्कुलमा भब्यताका साथ सम्पन्न भएको छ ।

    गत ८ मार्च २०२४ शुक्रबारका दिन आयोजित उक्त कार्यक्रममा एसियन प्रान्तका १३-१४ देशका कन्सुलेट हरुका कन्सुलेट दुत तथा कर्मचारीहरु र अन्य नागरिकहरुको बाक्लो उपस्थिति रहेको थियो ।

    जेद्दाका साउदी  प्रीन्सको प्रमुख आतिथ्यमा संचालित उक्त कार्यक्रममा उपस्थित एसियन देशहरूका नागरिकहरुले आ-आफ्नो देशको सांस्कृतिक झल्कने खालका नित्य, संगित, भेषभुषा र खाने कुराहरूको प्रदर्शन गरेका थिए ।

    कार्यक्रममा नेपालको तर्फबाट नेपाली  महाबाणिज्य दूतावास जेद्दाका प्रमुख सत्रुधन पोखरेल, श्रम सहचारी तम्रराज काफ्ले, साथमा अन्य कन्सुलेटका कर्मचारीहरु, एनआरएनए साउदिका उपाध्यक्ष राज गिरि लगायत अन्य पदाधिकारीहरु, एनआरएनए आरसि जेद्दाका पदाधिकारीहरु, तमु धिँ जेद्दाका अध्यक्ष बेद बहादुर गुरुङ लगायत अन्य पदाधिकारीहरु तथा अन्य समाजसेवी नेपाली दाजुभाइ दिदिबहिनीहरुको उपस्थिति रहेको थियो ।


    स्थानिय कलाकारहरु धिरज आले मगर, नेमा दोर्जे तामाङ, अर्पित मगर, गणेश तमु गुरुङ, गुराँस  राई, सविता पाण्डे, निलम बस्नेत, सिरजला तामाङ, अनिशा बस्नेत, प्रमिला मोक्तान, सुभद्रा तामाङ, सन्तोष बस्नेत हरुले आफ्नो नेपालको सांस्कृतिक झल्कने खालको नित्य प्रस्तुत गरेका थिए ! भने स्टेजमा आफ्नो देशको सान नेपाली झन्डालाई लिएर समाजसेवी मायाँ गुरुङ र समाजसेवी राम राधा घिमिरेले आफ्नो देशको पहिचान दिएका थिए । 

    नेपाली महाबाणिज्य दूतावासको आमन्त्रण तथा संयोजकत्वमा  एनआरएनए उपाध्यक्ष राज गिरिको समन्वय तथा सहकार्यमा नेपाली सांस्कृतिक झल्कने खालका खानेकुराहरु, म.म. , सेल रोटि, गुन्द्रुक भट्टको अचार, जिरा आलुको अचार, टिमुर टमाटरको अचार , तथा नेपाली सांस्कृतिक झल्कने खालका नित्यहरु, मादल र बासुरी धुनका साथमा नेपाली  नित्यहरु  कार्यक्रममा प्रस्तुत गरिएको थियो।

    पाकिस्तान ईन्टरनेशनल स्कुल, ईंग्लिश सेक्सन, रिहाब को प्राङ्गणमा भइरहेको Cultural & Food Festival -2024 को उक्त कार्यक्रममा नेपाल, चाइना, फिलिपिन्स, पाकिस्तान, श्रीलंका, थाइल्यान्ड, सिङ्गापुर,मलेसिया, कोरिया, जापान, ब्रुनाइ, इन्डोनेसिया बाङ्लादेश, का कन्सुलरहरुको सहभागीता रहेको थियो भने सम्पुर्ण देशहरूले आ आफ्नो सांस्कृतिक झल्काउने खालका खानाहरुद्वारा उपस्थित सम्पुर्ण अतिथिहरुलाइ स्वागत गरेका  थिए ।

    Posted in अन्तर्राष्ट्रिय, ताजा अपडेट, मुख्य खबर, समाजLeave a Comment on साउदी अरबको जेद्दामा Cultural  Food & Musical Festival – २०२४ भब्यताका साथ सम्पन्न

    एनआरएनए लगायत अन्य संघ संस्थाहरुद्वारा राष्ट्रिय महिला फुटबल खेलाडी हरुलाइ गरियो आर्थिक सहयोग ।

  • २० फाल्गुन २०८०, आईतवार १३:२८ मा प्रकाशित

  • समर्पण रम्जान
    जेद्दा साउदी अरब ! साउदी अरबको जेद्दामा गत १९ फेब्रुअरी देखि २९ फेब्रुअरी सम्म संचालित वाफ महिला च्याम्पियनसिप २०२४ का उप- बिजेता नेपाली राष्ट्रिय महिला फुटबल खेलाडी लाई उहाँहरुको खेल को उच्च सम्मान तथा प्रोत्साहनका लागि साउदीमा रहेका एनआरएनए लगायत अन्य संघ संस्थाहरुले  आर्थिक सहयोग गरेका छन् ।  

    उक्त वाफ महिला च्याम्पियनसिप प्रतियोगितामा सहभागी हुँदै नेपाली राष्ट्रिय महिला फुटबल टिमले प्रीमियमका तीन खेलमा र सेमिफाइनल खेलमा लगातार जित हासिल गर्दै २९ फेब्रुअरी बिहिवार बेलुकी फाइनल खेल खेलेको थियो ।
    फाइनल खेलमा नेपाली टिमले निकै प्रतिस्पर्धात्मक रुपमा खेलेर २-२ गोल बनाउन सफल भएपनि पेनाल्टी सुटमा मिस गरि वाफ महिला च्याम्पियनसिप २०२४ को उपाधी जित्न  नसकी उप बिजेता बन्न पुगेको  खेलाडी टिमहरुको सम्मानका साथै  हौसला र मनोबल बढाउने उद्देश्यले यो आर्थिक सहयोग गरिएको अभियानका संयोजक एनआरएनए साउदीका उपाध्यक्ष राज कुमार गिरिले बताउनु भयो ।



    एनआरएनए आरसिसि जेद्दाको समन्वयमा एनआरएनए साउदी तथा एनआरएनए आरसिसि जेद्दा बाट ४,५२८ साउदी रियल (करिब ने.रु. १,५९,०००), नेपाल आदिवासी जनजाति महासंघ जेद्दा बाट १,०५० साउदी रियल (करिब ने.रु. ३७,०००), तमु धीँ जेद्दा बाट ५६८ साउदी रियल (करिब ने.रु. २०,०००), हातेमालो युवा क्लब जेद्दा बाट ५७५ साउदी रियल (करिब ने.रु. २०,२००) गरि उठेको जम्मा  रकम ६,७२१ साउदी रियल खेलाडीहरुलाइ गत १ मार्च शुक्रबारका दिन एअरपोर्टमा बिदाइ गर्ने क्रममा नेपाली महाबाणिज्य दूतावास जेद्दाका प्रमुख सत्रुध्वन पोखरेल तथा अन्य संघ संस्थाका प्रतिनिधि एवं सामाजिक समाजसेवी ब्याक्तित्व हरुको रहोवरमा हस्तान्तरण गरिएको थियो ।

    यसैगरी खेलाडीहरुको प्रोत्साहन तथा सम्मानका लागि सुदुर पश्चिमेली नेपाली समाज साउदी अरबले ने.रु.१ लाख, नेपाली युवा क्लब जेद्दाले ने.रु. १ लाख र साउदी अरबको रियाद स्थित लालिगुँरास नेपाली रेस्टुरेन्टका  संचालक यम तमु एक्लैले  ने.रु.१० लाख नगद सहयोग गरेका थिए।

    बिदेशमा रहेर पनि  खेल मैदानमा होस् या स्वागत तथा खेलाडीहरुको बिदाईमा होस् यसरी नेपालीहरुले गरेको साथ सहयोग तथा सम्मान लाई नेपाली राष्ट्रिय महिला खेलाडी टिमले खुशी व्यक्त गर्नुको साथै सबैमा आभार व्यक्त गरेका थिए ।

    Posted in अन्तर्राष्ट्रिय, खेल, ताजा अपडेट, मुख्य खबरLeave a Comment on एनआरएनए लगायत अन्य संघ संस्थाहरुद्वारा राष्ट्रिय महिला फुटबल खेलाडी हरुलाइ गरियो आर्थिक सहयोग ।

    राजेन्द्र अर्याल (जोन) साउदी अरबका लागी पर्यटन दूत नियुक्त !

  • १९ फाल्गुन २०८०, शनिबार ०१:५५ मा प्रकाशित
  • गैरआवासीय नेपाली संघका मध्यपूर्व संयोजक राजेन्द्र अर्याल (जोन) नेपाल सरकारको फागुन १३ गते बसेको मन्त्रीस्तरिय बैठकबाट साउदी अरबका लागी पर्यटन प्रवर्द्धक ( पर्यटन दूत) नियुक्त भएका छन् !

    साउदी अरबलाई कर्मथलो बनाएका राजेन्द्र अर्याल (जोन) एउटा सफल व्यवसायीको रूपमा पनि चिनिन्छन् ।

    २०११ देखी एनआरएनएमा लागेका अर्याल सफल व्यवसायीका साथै सामाजिक कार्यमा निरन्तर लागी परेका एक अब्बल समाज सेवीका रूपमा पनी परिचित छन्।
    उनले गैर आवासीय नेपाली संघ १५/१७ मा राष्ट्रीय समन्वय परिषद सदस्य, १७/१९ आईसीसी सदस्य, १९/२१ आईसीसी क्षेत्रिय सह-संयोजक र २१/२४ लगाएत २४/२६ का लागी पनी संयोजकको भूमिका निर्वाह गरिरहेका छन्।

    मन्त्री स्तरीय बैठकबाट साउदी अरेबियाका लागि पर्यटन दूत नियुक्त भएका राजेन्द्र अर्याल साउदी अरबलाई व्यावसायिक कर्मथलो बनाउँदै आफूसँग बचेको समय सामाजिक सेवामा समर्पित गर्दै आएका छन्‌ ।

    Posted in Uncategorized, अन्तर्राष्ट्रिय, कला /जीवनशैली, मुख्य खबर1 Comment on राजेन्द्र अर्याल (जोन) साउदी अरबका लागी पर्यटन दूत नियुक्त !

    Posts navigation

    Older posts
    Newer posts

    Himalayan Dristi Team

    • प्रधान सम्पादक

      अनिल आचार्य

    About us

    • हाम्रोबारे

    Follow us on Facebook

    Contact Us

    Kathmandu, Nepal
    Email: himalayandristi@gmail.com
    Phone:-00977-9868990772
    Web:
    www.himalayandristi.com/
    विज्ञापनका लागि
    कृष्ण गिरि 00977-9860341922

    © Copyright 2020-2024 Himalayan Dristi. All Right Reserved. Design & Developed By K & P