• गृह पृष्ठ
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला /जीवनशैली
  • खेल
  • बिज्ञान/प्रविधि
  • राजनीति
  • विचार
  • समाज
  • साहित्य

Category: समाज

साउदी अरबको यान्बुमा बिगत 5 महिनेदेखि अलपत्र ११ नेपाली श्रमिकको उद्वार ।

  • ३० भाद्र २०८२, सोमबार २१:२१ मा प्रकाशित
  • यान्बु साउदी अरब ।

    बिगत केहि महिनादेखि साउदी अरबको यान्बु शहरमा अलपत्र परेका ११ जना नेपाली श्रमिकहरुको उद्वार भएको छ। अलपत्र ११ जना मध्ये १ जना स्थानीय कम्पनीमा ट्रान्सफर लिएको र बाँकी १० जना आज नेपाल फिर्ता भएका छन् ।

    अलपत्र नेपाली नपाली श्रमिकहरुलाई राजदुतावास रियाद र नेपाली महाबाणिज्यदुतावास जेद्दाको अथक पहलकदमी पछि कम्पनीले बहिर्गमन भिषा र टिकट उपलब्ध गराएको थियो । बिगतक ५ महिना देखी कम्पनीले काम र तलब नदिएर पिडित बनेपछि १ महिना पहिले नेपाली सेवा समिति-यान्बु को सम्पर्कमा आएर विभिन्न मिडियामा  समाचार आए पश्चात उद्दार प्रक्रिया अगाडि बढेर उद्वार गर्न सफल भएको हो ।

    उद्दारका गरि नेपाल पठाउन सहयोग गर्नुहुने राजदुतावास रियाद, वाणिज्य दूतावास जेद्दा, पत्रकार तथा अन्य सहयोगीहरूलाई समितिका  कार्यबहाक अध्यक्ष धन बहादुर गुरुङले धन्यवाद ज्ञापन गर्नुभयो। खान नपाएर परदेशमै भोकै मरिन्छ कि भन्ने लागेको थियो ३७  दिन यता आवश्यक खाद्यान्न, सरसफाइ सामाग्री र केही नगद रकम उपलब्ध गराएर नेपाली सेवा समितिले अभिवावक को जिम्मेवारी ग्रहण गरि हाम्रो ज्यान बचाईदियो बहिर्गमन भिषा र टिकट पाए पछि खुसी हुदै एक पिडितले भने।

    रुममा बिजुली थिएन ५०-५५ डिग्रीको गर्मीमा यसै बस्दा केहि साथी बिरामी परेपछि उपचारको लागि पैसा नभएर नेपाल मेनपावर कम्पनीलाई जानकारी गराउदा रुम र उपचारको लागि पैसा पठाईदिन्छु भनेको तर आज भोलि भन्दै टारिदिएको अर्का पिडित ले बताए । घर जाने बेलामा कम्पनी ले बाँकी तलब उपलब्ध गराउने भनेता पनि ५ महिना देखि को करिब ५९ हजार साउदी रियल (ने.रु. २२ लाख) तलब नदिई टिकेट मात्र उपलब्ध गराएको पिडितहरुको गुनासो छ।

    अल फराज इन्टरनेशनल ओभरसिज प्रा. लि. नेपाल बाट साउदी को इलाईट सपोर्टिङ कम्पनी एलएलसीमा गत सेप्टेम्बर २०२३ मा मेसन, टि ब्वाए, लेबर मा साउदी अरब पुगेका उनीहरूलाई शुरुवातमा तलब दिए तापनि ९ महिना देखी  साउदी आवासीय कार्ड (अकामा) नविकरण नगरिदिएको, ५ महिना देखी तलब नदिएको र बिगत २ महिना देखी रुममा लाईट नभएकोले खाना बस्न को समस्या भएको थियो।

    Posted in ताजा अपडेट, मुख्य खबर, समाज

    “म पनि विदेशमै छु”

  • ३० भाद्र २०८२, सोमबार २१:०९ मा प्रकाशित
  • ✍️तुल्सी राम आचार्य

    म पनि विदेशमै छु, तर नेपालमा विधि–विधान र प्रजातान्त्रिक पद्धतिको वकालत गर्छु। मेरो देश जहिले पनि खुशहाल, प्रगतिशील र उज्यालो भविष्यतर्फ अगाडि बढोस् भन्ने मेरो कामना छ।

    तर म जस्तै विदेशमा रहेका कतिपय “कथित देशभक्त”हरूले सामाजिक सञ्जालमा देश, समाज र सरकार विरुद्ध बिष वमन गर्दा त्यसबाट उत्पन्न परिस्थितिले आज देशले हजारौं रोजगारी गुमाएको छ। अरबौंको क्षति भएको छ। सरकारी सम्पत्ति जलेर खरानी भएको छ।र करिब सयौँको सङ्ख्यामा नेपाली आमाका काख रित्तिएका छन्।

    हो, देशमा विकास जति हुनुपर्ने थियो त्यति भएको छैन, भ्रष्टाचार पनि रोकिएको छैन। तर हामीले रोइलो गरेजति देश बिग्रेको पनि थिएन।

    गाउॅ, सहर् पालीका, नगरपालिका–उपमहानगरलाई जोड्ने सडकहरू धमाधम हाम्रो अर्थतन्त्रले भ्याए अनुसार फराकिला बन्दै थिए। तराई–हिमाल–पहाडलाई जोड्ने सडक आफ्नै गतिमा अघि बढ्दै थियो। नागढुङ्गा सुरुङ मार्ग अन्तिम चरणमा थियो। काठमाडौँ–निजगढ द्रुतमार्ग निर्माण भइरहेकै थियो। बुटवल–नारायणघाट सडक चार लेनमा विस्तार हुँदै थियो।

    व्यापार–व्यवसाय फस्टाउँदै थियो, निजी लगानीकर्ताहरू उत्साहित थिए। भाटभटेनीले देशभर शाखा विस्तार गरिरहेको थियो। चन्द्र ढकाल केबलकार विस्तारमा सक्रिय थिए। विदेशी मल्टिनेसनल कम्पनीहरू नेपालमा लगानी गर्न थालेका थिए। यी सबै क्रियाकलापले रोजगारी सिर्जना गरिरहेका थिए। गाउँपालिकासम्म प्रहरी चौकी र अस्पताल विस्तार भइरहेका थिए।

    हाम्रो जस्तो भूपरिवेष्ठित देश युरोप–अमेरिकासँग तुलना गर्न नसकिए पनि आफ्नै गतिमा अघि बढ्दै थियो। हामीले मौजुदा सरकारलाई नागरिकको तर्फबाट सहयोग गर्दै, डेलिभरी चित्त नबुझे प्रजातान्त्रिक पद्धतिबाट चुनावमार्फत परिवर्तन गर्ने हो भने हाम्रो लोकतन्त्र अझ बलियो बन्दै जाने थियो र हामीले चाहेका ब्क्ती सरकारमा पुग्ने थिए!

    तर कसको आँखा लाग्यो—पलभरमै सबैकुरा खरानी बन्यो। भाटभटेनीको पसलभित्रको कपडा मात्र जलेन, त्यहाँ काम गर्ने गरिब–मध्यमवर्गीय परिवारको रोजीरोटी पनि जल्यो। अब उनीहरूले पनि झोला बोकी विदेशतिर पलायन हुने अवस्था आयो।

    अब सुरुवात हामीबाटै गर्नुपर्छ। हाम्रो पुर्खाले हामीलाई क्रान्ति र लडाइँ त सिकाए, तर सिर्जनशील रूपमा समाजका लागि केही गर्न सिकाएनन्। त्यसैले आज हामीले लेख्ने, बोल्ने, सोच्ने पद्धति नै सकारात्मक बनाउनुपर्छ। जसले समाजमा सकारात्मक ऊर्जा भरिन्छ, त्यसले नै भविष्यको पुनर्निर्माण सम्भव बनाउँछ।

    Posted in अन्तर्राष्ट्रिय, मुख्य खबर, विचार, समाज

    साउदी अरबको हाफर अल बातिनमा नेपाली भेला तथा एनआरएनए आरसीसी गठनको तयारी

  • १९ भाद्र २०८२, बिहीबार ११:४८ मा प्रकाशित
  • समर्पण रम्जान, साउदी अरेबिया

    साउदी अरबको हाफर अल बातिन क्षेत्रमा पहिलो पटक गैर आवासीय नेपाली संघ (एनआरएनए) साउदी अरेबियाको पहलमा नेपाली भेला तथा परिचयात्मक कार्यक्रम यही शुक्रबार, २०२५ सेप्टेम्बर ५ का दिन मध्याह्न १२:०० बजेबाट हुने भएको छ।

    नेपाली साझा मञ्च साउदी अरेबियाका महासचिव श्री राजु केसीका अनुसार, उक्त अवसरमा सामाजिक संस्था एनआरएनए क्षेत्रीय समन्वय समिति (आरसीसी) पनि गठन गरिने तयारी गरिएको छ। कुवेतको बोर्डरमा रहेको हाफर अल बातिनमा अहिलेसम्म कुनै संस्था नरहेको र पहिलोपटक एनआरएनए आरसिसी गठन गर्न लागिएको बताए ।

    महासचिव केसीले भने, “अहिलेसम्म हाफर अल बातिन क्षेत्रमा कुनै पनि नेपाली संस्था पूर्ण रूपमा सक्रिय नभएकाले धेरै नेपालीहरू स–साना समस्यामा पनि अल्झिनुपर्ने अवस्था थियो। तर, आरसीसी गठन भएपछि आपतकालीन सहयोग र समस्या समाधानमा सहज हुनेछ।”

    आयोजकहरूले यस भेलालाई नेपालीहरूको साझा समस्या समाधान र आपसी एकता मजबुत बनाउन महत्वपूर्ण कदमको रूपमा लिएका छन्। साथै, हाफर अल बातिनमा रहेका सम्पूर्ण नेपालीहरूलाई कार्यक्रममा सहभागी भई यसलाई सफल बनाउन आग्रह गरिएको छ।

    कार्यक्रममा बरिष्ठ समाजसेवीहरुको उपस्थिति रहने जनाउँदै हाफर बातिन वरपर रहेका नेपालीहरुलाई उपस्थित हुनकालागि आयोजक टिमले अनुरोध गरेको छ ।

    कार्यक्रम विवरण :
    • मिति: शुक्रबार, २०२५ सेप्टेम्बर ५
    • समय: मध्याह्न १२:०० बजेबाट
    • स्थान: हाफर अल बातिन, साउदी अरेबिया
    •https://maps.google.com/?q=28.334860,45.913654

    Posted in ताजा अपडेट, मुख्य खबर, समाज

    महामहिम राजदूत नरेशविक्रम ढकालको इस्लामिक सेन्टर बुराइदाले गर्यो भव्य स्वागत

  • १९ भाद्र २०८२, बिहीबार ११:३७ मा प्रकाशित
  • ‎‎समर्पण रम्जान दिन मियाँ

    नेपाली राजदूतावास रियादका महामहिम राजदूत नरेश विक्रम ढकालको अल कासिम भ्रमणका क्रममा इस्लामिक सेन्टर बुराइदाले भव्यताका साथ स्वागत गरेको छ ।
    ‎
    ‎गत २ सेप्टेम्बर मङ्गलबारका दिन इस्लामिक सेन्टर बुराइदरका प्रमुखहरु अबु फिरास अबु उमर, अबु अब्दुल्लाह सोहेम,अबु फहद तुवैजरी‌को उपस्थितिमा नेपाली विभागका सचेतक अलि हुसेनको समन्वय र संयोजकत्वमा सञ्चालित उक्त स्वागत कार्यक्रममा महामहिम नरेशविक्रम ढकाल प्रमुख अतिथिको रुपमा रहनुभएको थियो। कार्यक्रमको अतिथिहरूमा एनआरएनए आइसिसीका सदस्य समाजसेवी विशाल श्रेष्ठ, एनआरएनए साउदी अरबका उपाध्यक्ष मनिष कोइराला, सचिव ध्रुव कटुवाल, आरसीसी अल कासिम का अध्यक्ष बिनोद खड्का उनैजा इस्लामिक सेन्टरका मुजीबू रहमान लगायत इस्लामिक युनिभर्सिटीका विद्यार्थीहरूको उपस्थिति रहेको थियो।
    ‎
    ‎बुराइदा इस्लामिक सेन्टरका नेपाली विभागका सचेतक अलि हुसेनद्वारा सञ्चालित उक्त कार्यक्रममा सञ्चालक अलिद्वारा नै प्रमुख अतिथि महामहिम दम्पति तथा अतिथिज्यूहरूलाई स्वागत गर्नुभएको थियो। स्वागत मन्तव्यका क्रममा इस्लामी सेन्टरद्वारा विविध कारणले समस्यामा परेका नेपाली श्रमिक दाजुभाईहरू लाई खान बस्न तथा नेपाल फिर्तीका लागि समेत साथ सहयोग समर्थन गरिरहेको बताए।
    ‎ यसका साथै इस्लामिक सेन्टरबाट गरिने कार्यहरू दर्शाउँदै विभिन्न संघसंस्था स्थापना हुनु पूर्वदेखि नै नेपालीहरूका लागि यस सेन्टरले सहयोग गर्दै आएको र आगामी दिनहरूमा पनि श्रमिकहरूको हक हितका लागि कामहरू गर्ने प्रतिबद्धता पनि जनाए।
    ‎कार्यक्रममा मन्तव्य दिँदै अतिथि विशाल श्रेष्ठले इस्लामिक सेन्टर बुरैदाले विगतमा नेपाली हरूका लागि मनोरञ्जनात्मक खेल कार्यक्रमहरू गराउनुको साथै श्रमिकहरूको हक हितका लागि ठूलो योगदान दिएको बताउँदै इस्लामिक सेन्टर र संघसंस्था बीच एक आपसमा नङ र मासुको जस्तो सम्बन्ध रहेको बताए।
    ‎
    ‎इस्लामिक सेन्टर बुरैदाको सामाजिक कल्याण तथा सचेतता बिभागका मुदिर अबु फेरासले हामिले पछिल्लो समयमा नेपाली समुदायलाई विशेष प्राथमिकता दिएका छौ नेपाली हरुलाई हरेक कार्यक्रममा केही सहयोग गरेका छौं हामिले मुस्लिम तथा गैर मुस्लिमलाई कुनै पक्षपात फरक गरेका छैनौं पासपोर्ट बितरण गर्दा हलको व्यवस्था गरेका छौं आगामी दिन हरुमा अझ ब्यवस्थित तरिकाले गर्ने छौ अकामा नबनेका, यात्रा गर्न समय लाग्ने नेपाली लाई रोडमा सुत्न बाध्य बनाउने छैनौ तीन दिन सम्म बस्ने खाने सुत्ने अलग्गै रुम दिएर ब्यवस्थापन गर्ने छौँ भासा अनुवाद तथा कुनै पनि प्रकारको सरकारी सहयोगको लागि हाम्रो सचेतक (दाइया) तयार रहने छ ।अगामी दिन हरुमा हरेक सामाजिक काममा अझै सहयोग गर्ने कुरा इस्लामी सेन्टरका अबु फेरासले प्रतिबद्धता जनाउनु भएको थियो ।
    ‎यसैगरी कार्यक्रम मा आफ्नो मन्तव्य दिँदै महामहिम राजदूत नरेशविक्रम ढकालज्यूले हामी सबै मानव हौँ। हामी सबै मानवतामा एकआपसमा सहयोगी भावनामा बाँच्नेछौं। एक आपसमा सहयोगको भावना राख्नेछौ। दूतावासको तर्फबाट हुने सहयोग सदैव जारी रहनेछ। विगतका दिनहरूमा इस्लामिक सेन्टरद्वारा श्रमिक हक हितका लागि गरिएका कार्यप्रति सम्मान दर्शाउँदै इस्लामिक सेन्टरका नेपाली सचेतक अलि हुसेनलाई धन्यवाद व्यक्त गर्नु भएको थिए। मन्तब्यकै क्रममा नेपालको सौन्दर्यताको बर्णन गर्दै नेपालमा भ्रमण गर्नकालागि अनुरोध गर्नुका साथै भ्रमणका क्रममा कुनै पनि कुराको आवस्यकमा दूताबासले सहयोग गर्ने पनि जनाउऩु भयो । साथसाथै आगामी दिनहरूमा इस्लामिक सेन्टरसित समन्वय गर्दै अगाडि बढ्ने कुरा पनि जनाउनु भएको थियो।
    ‎


    ‎महामहिम राजदूतज्यू को मन्तव्यलाई भाषा अनुवादक साजित अन्सारीले अरबिकमा अनुवादन गरेका थिए।
    ‎कार्यक्रममा महामहिम राजदूतज्यूलाई इस्लामिक सेन्टरको तर्फबाट मायाको चिनो प्रदान गर्दै एक आपसी समन्वय अझै प्रगाढ बनाएर अगाडि बढ्नका लागि नेपाली विभागका सचेतक अलि हुसेनद्वारा महामहिम राजदूत समक्ष आफ्नो कुरा राख्नुभएको थियो।
    ‎यसैगरी उक्त स्वागत कार्यक्रममा अतिथि मनिष कोइरालाले अल कसिममा क्षेत्रमा एउटा सेल्टरको व्यवस्थापनको लागि समेत अनुरोध गरेका थिए ।
    ‎कार्यक्रममा उपस्थित हुनुहुने सम्पूर्ण महानुभावहरूलाई इस्लामिक सेन्टरको तर्फबाट gift पनि प्रदान गरिएको थियो।
    ‎
    ‎गत आठ महिना अगाडि नेपाली महामहिम राजदूत नरेशविक्रम ढकाल राजदूतावास रियादमा आउनुभए तापनि उहाँको ‌ यो अल कसिममा पहिलो भ्रमण गर्दै गर्दा इस्लामिक सेन्टरको यो स्वागत कार्यक्रम प्रति महामहिम राजदूत निकै खुसी हुनुभएको थियो।

    Posted in अन्तर्राष्ट्रिय, ताजा अपडेट, मुख्य खबर, समाज

    सरकारद्वारा सात दिनभित्र सामाजिक सञ्जाल दर्ताका लागि सार्वजनिकरूपमा आह्वान

  • ११ भाद्र २०८२, बुधबार १९:०१ मा प्रकाशित
  • नेपाल सरकारको हालैको निर्णय अनुसार, सामाजिक सञ्जाल दर्ता अनिवार्य हुने भएको छ।

    👉 मुख्य बुँदाहरू:

    • सरकारले ७ दिनभित्र दर्ता (सूचीकरण) गर्न सामाजिक सञ्जाल सञ्चालकलाई आह्वान गरेको छ।
    • यो निर्णय मन्त्रिपरिषद्को भदौ ९ गतेको बैठकपछि सार्वजनिक गरिएको हो।
    • निर्देशिका २०८० र सर्वोच्च अदालतको आदेश अनुसार सामाजिक सञ्जाललाई जिम्मेवार र जवाफदेही बनाउन यो कदम चालिएको हो।
    • निर्धारित अवधिमा दर्ता नगर्ने वा सम्पर्कमा नआउने सामाजिक सञ्जाललाई नेपालभित्र निष्क्रिय (बन्द) गरिँदै जानेछ।
    • तर, दर्ता भएपछि सञ्चार मन्त्रालयमार्फत नेपाल दूरसञ्चार प्राधिकरण (NTA) ले ती सञ्जाल पुनः सक्रिय गर्न सक्नेछ।

    यसले फेसबुक, टिकटक, युट्युब, एक्स (Twitter), इन्स्टाग्राम जस्ता लोकप्रिय प्लेटफर्महरूलाई समेत नेपालभित्र दर्ता वा सूचीकरण प्रक्रियामा आउन बाध्य पार्ने देखिन्छ।

    Posted in मुख्य खबर, राजनीति, समाज

    फेरि रोइलो इम्बोस्ड नम्बर प्लेटको?

  • ८ भाद्र २०८२, आईतवार १७:५८ मा प्रकाशित

  • नेपालमा कुनै पनि नयाँ नीति, योजना वा प्रविधि लागू गर्ने बित्तिकै विवाद हुनु सामान्यजस्तै भइसकेको छ। चाहे त्यो सवारी कर होस्, सवारी चालक अनुमतिपत्र (लाइसेन्स) प्रणाली होस्, वा अहिले चर्चामा रहेको इम्बोस्ड नम्बर प्लेट होस्—हाम्रो समाजमा बिना बुझाइ, बिना तथ्य मानिसहरू विरोध गर्न तत्पर देखिन्छन्।

    तर के हामी वास्तवमै बुझ्छौँ—इम्बोस्ड नम्बर प्लेटको उद्देश्य के हो? यसले दिने फाइदा के-के छन्? वा यो साँच्चै अनावश्यक खर्च मात्र हो?

    के हो इम्बोस्ड नम्बर प्लेट?
    इम्बोस्ड नम्बर प्लेट भनेको उत्तिकृत (उभिएको) अक्षर र अंक भएको धातुमा बनेको विशेष नम्बर प्लेट हो। यो नम्बर प्लेटमा RFID (Radio Frequency Identification) नामक चिप जडान गरिएको हुन्छ, जसले सवारीसाधनलाई डिजिटल रूपमा ट्रयाक गर्न सक्ने बनाउँछ।

    सुरुमा केही खर्च, तर दीर्घकालीन लाभ
    हो, सुरुमा इम्बोस्ड नम्बर प्लेट जडान गर्दा बाइक वा कार अनुसार केही हजार रुपैयाँको खर्च लाग्छ। यही खर्चकै कारण धेरै मानिसहरू यसलाई “अनावश्यक आर्थिक भार” को रूपमा बुझिरहेका छन्।

    तर के हामी यसले दिने सुरक्षा, सुविधा, र प्रणालीगत सुधार का पक्षमा ध्यान दिइरहेका छौँ?

    यसले दिने मुख्य फाइदाहरू
    🔐 १. चोरी नियन्त्रण
    कल्पना गर्नुहोस्, तपाईँको मोटरसाइकल घरबाहिर पार्क गरिएको थियो र अचानक चोरी भयो। यदि सवारीमा इम्बोस्ड नम्बर प्लेट जडान गरिएको छ भने, त्यहाँ रहेको RFID चिपको मद्दतले त्यो सवारी कुन दिशातर्फ गइरहेको छ भन्ने थाहा पाउन सकिन्छ। यसले पुलिसलाई चोर पत्ता लगाउन सहयोग पुर्‍याउँछ।

    🚨 २. दुर्घटना र हिट एन्ड रन केसमा ट्रेसिङ
    हामीले दैनिक जसो समाचारमा पढ्छौं—”बाइकले ठक्कर दिएर भाग्यो।” यदि त्यस्तो गाडीमा इम्बोस्ड नम्बर प्लेट भएको छ भने CCTV फुटेज वा ट्राफिक ट्रयाकिङ सिस्टममार्फत दोषी सवारी तुरुन्त पत्ता लगाउन सकिन्छ।

    🚦 ३. गति नियन्त्रण र नियम उल्लङ्घनको कारबाही
    नेपालका सडकमा तीव्र गतिमा सवारी चलाउने प्रवृत्तिका कारण धेरै दुर्घटना हुने गरेका छन्। इम्बोस्ड नम्बर प्लेटले स्पीड क्यामेरा प्रणालीसँग मिलेर गति सीमा उल्लङ्घन गर्नेहरूलाई सजिलै ट्रयाक गर्न सक्छ। यसले सडक सुरक्षामा ठूलो योगदान पुर्‍याउँछ।

    ❌ ४. नक्कली नम्बर प्लेटको अन्त्य
    धेरै अपराधहरू नक्कली नम्बर प्लेट राखेर गरिन्छ। इम्बोस्ड नम्बर प्लेट राज्यद्वारा मान्य, दर्ता गरिएको र प्रणालीमा सुरक्षित गरिने भएकाले यस्तो दुरुपयोगको सम्भावना लगभग सकिन्छ।

    इम्बोस्ड नम्बर प्लेटमा नेपाली अक्षर नहुने मुख्य कारणहरू यसरी बुझ्न सकिन्छ :

    1. अन्तर्राष्ट्रिय मापदण्ड (International Standardization):
      – इम्बोस्ड नम्बर प्लेट (Embossed/ Digital Plate) नेपालमा मात्रै होइन, अन्तर्राष्ट्रिय स्तरमै गाडी पहिचान को統一 सिस्टमको रूपमा प्रयोग हुँदैछ।
      – नेपालका नम्बर प्लेटमा प्रयोग हुने “अक्षर/संख्या” ले विदेशमा समेत सजिलै पढ्न मिल्ने हुनुपर्ने अन्तर्राष्ट्रिय सिफारिस छ।
      – Nepali अक्षर (देवनागरी) भन्दा अंग्रेजी (Roman Script) सार्वभौमिक रूपमा बुझिने भएकाले यो अपनाइएको हो।
    2. प्रविधि र मेसिन पठनीयता (Machine Readability):
      – नयाँ नम्बर प्लेटलाई स्मार्ट प्रणाली (RFID, क्यामेरा, स्क्यानर) ले पढ्ने सुविधा हुन्छ।
      – अधिकांश प्रविधि English alphanumeric (A-Z, 0-9) मा आधारित हुन्छन्।
      – त्यसैले सबै प्रणालीमा सजिलो एकरूपता ल्याउन English प्रयोग गरिएको हो।
    3. क्षेत्रीय/अन्तर्राष्ट्रिय यातायात सम्झौता (SAARC/International Transport):
      – नेपालले SAARC Motor Vehicle Agreement र अन्य cross-border transport सम्झौतामा हस्ताक्षर गरेको छ।
      – त्यस अन्तर्गत छिमेकी मुलुक भारत, बङ्गलादेश, भूटान लगायतमा गाडी सजिलै पहिचान हुने खालको नम्बर प्लेट आवश्यक पर्छ।
      – Nepali अक्षर मात्र भए भारत वा अन्य देशमा सजिलै नबुझिने हुनाले English अनिवार्य गरिएको हो।
    4. सरकारको दृष्टिकोण (Practical Reason):
      – सरकारी विज्ञप्ति अनुसार, “Nepal” भन्ने शब्द चाहिँ नम्बर प्लेटमा रहनेछ, जसले नेपाली पहिचान जनाउनेछ।
      – तर अक्षर र अंक भने English अल्फान्यूमेरिक मा मात्रै हुनेछन्।
    Posted in मुख्य खबर, लोकप्रिय, समाज

    उमेश भट्टराई नेतृत्वको एनआरएनए साउदी अरबको २०२५-२७ कार्यकालका कार्ययोजनाहरू

  • ५ भाद्र २०८२, बिहीबार ०२:५५ मा प्रकाशित
  • समर्पण रम्जानदिन मियाँ , साउदी अरब !

    ‎ गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् साउदी अरबले गत १६ जुलाई २०२५ का दिन दशौँ राष्ट्रिय महाधिवेशनबाट उमेश भट्टराईको अध्यक्षतामा आफ्नो २०२५ – २७ कार्यकालको लागि सर्वसम्मत कार्यसमिति चयन गरेको थियो ! ‎उक्त महाधिवेशनबाट नवनिर्वाचित अध्यक्ष उमेश भट्टराईद्वारा २०२५- २७ कार्यकालमा एनआरएनए साउदी अरबले गर्ने कार्य योजनाहरू सार्वजनिक गरेका छन्।

    आफ्नो नेतृत्वमा रहेका २०२५- २७ कार्यसमितिले यो कार्यकाललाई पूर्णरूपमा श्रमिकमैत्री बनाउँदै कूटनीतिक सम्बन्धलाई प्रगाड बनाउने र अन्य श्रमिक हक हितका थुप्रै कार्यहरू गर्ने अध्यक्ष भट्टराईले जनाएका छन् उक्त कार्यहरूमध्य नौ बुँदे प्रमुख प्रमुख कार्ययोजनाहरू अध्यक्ष भट्टराईले सार्वजनिक गरेका छन्। ‎ ‎

    नौ बुँदे कार्ययोजनाहरू सार्वजनिक गर्दै अध्यक्षले आफ्नो यो कार्यकाललाई नमुना बनाउने पनि जानकारी गराएका छन्। यो कार्यकाललाई पछिल्ला कार्यकालहरु भन्दा पृथक बनाउने पनि उहाँको भनाइ रहेको छ। ‎ उहाँको नेतृत्वको कार्यकालका लागि सार्वजनिक गर्नुभएको कार्ययोजनाहरू जस्ताको त्यस्तै :-

    १) साउदीमा कार्यरत श्रमिकहरूको हक हितका लागि र समस्यामा परेका श्रमिकहरूको समस्या समाधानको लागि नेपाली राजदुताबास रियाद र नेपाली महावाणिज्यदुतावास जेद्दा सँगको सहकार्य अझै प्रगाढ बनाउने

    २) श्रमिकमैत्री सांस्कृतिक, सामाजिक र आपतकालिन सहयोगमा सदैव तत्पर रहने

    ३) संस्थालाई थप पारदर्शिता, जवाफदेहिता बनाउनका लागि कार्यसमितिका पदाधिकारीहरूको सक्रिय सहभागितालाई प्राथमिकता दिने ४) हरेक ४-४ महिनामा संस्थाको सम्पूर्ण आर्थिक प्रतिबेदन सार्वजनिक गर्ने

    ५) साउदी अरबमा सक्रिय रहेका राजनीतिक दलका भातृ संगठन लागायत अन्य सबै जातीय, तथा क्षेत्रिय संस्थाहरु सँगको सहकार्यलाई थप मजबुत बनाउँदै अगाडि बढ्ने

    ६) सामाजिक सुरक्षा कोष लगायत साउदीमा कार्यरत रहनुभएका नेपालीहरूलाई साउदीमा गर्न हुने , नहुने कार्यहरुको बारेमा नियोगहरुको सहकार्यमा बिभिन्न क्षेत्रमा प्रशिक्षण तथा श्रमिक सचेतना कार्यक्रमहरु गराउने

    ७) भूतपूर्व एनआरएनका अग्रज पदाधिकारीहरूलाई कुनै न कुनै माध्यमद्वारा संस्थामा जोड्ने र श्रमिक हक हितका लागि हातेमालो गर्ने

    ८) आफ्नो माततमा रहेका क्षेत्रीय संगठनहरूलाई श्रमिकमैत्री बनाउँदै मजबुत बनाउने

    ९) संस्थाको समाचार सम्प्रेसनको लागी नेपालका बिभिन्न राष्ट्रिय मिडियाहरुसंग दुइपक्षिय सम्झौता कायम गर्ने

    Posted in अन्तर्राष्ट्रिय, ताजा अपडेट, मुख्य खबर, समाज

    दाङको बधिया भाले : स्वाद, परम्परा र लोकप्रियता

  • २ भाद्र २०८२, सोमबार १८:२२ मा प्रकाशित
  • दाङ जिल्लाको बधिया भाले अहिले देशभरि चर्चाको केन्द्रमा परेको छ। करिब ४०० किलोमिटर टाढा काठमाडौँसम्मका रेस्टुरेन्टहरूले समेत दाङबाटै बधिया भाले ल्याई ग्राहकलाई परोस्ने गरेका छन्।

    बधिया भाले सामान्य लोकल भालेभन्दा फरक हुन्छ। यसमा अण्डकोष निकालिएको हुन्छ, जसका कारण यसको मासु खँदिलो, स्वादिलो र पोषिलो मानिन्छ। यिनै विशेषताका कारण बधिया भाले विशेष अवसर र उपहारका रूपमा समेत बढी मागिन्छ।

    यसको पालन–पोषणमा समय, ध्यान र मेहनत बढी लाग्छ, तर गुणस्तर र स्वादका कारण यसको लोकप्रियता हरेक वर्ष बढ्दो छ। विशेष गरी दसैंदेखि माघसम्म यसको माग उच्च हुने गरेको छ।

    आज दाङको बधिया भाले केवल स्थानीय परिकार मात्र नभई, देशभरि माग हुने व्यावसायिक उत्पादन र उपहार संस्कृतिको प्रतीकका रूपमा समेत स्थापित हुँदै गएको छ।

    Posted in ताजा अपडेट, मुख्य खबर, समाज

    करिब ३० बर्षदेखि साउदीम कार्यरत वरिष्ठ समाजसेवी भीम गुरुङको विदाई कार्यक्रम सम्पन्न‎

  • २७ श्रावण २०८२, सोमबार ०२:२९ मा प्रकाशित
  • समर्पण रम्जान १० अगस्ट २०२५ जेद्दा साउदी अरब!


    ‎विगत करिब तीन दशकदेखि साउदी अरबमा काम गर्दै आउनुभएका लमजुङका भीम गुरुङ आफ्नो तीन दशकको कामलाइ  समापन गर्दै नेपाल फर्किनु लाग्नुभएको अवसरमा तमुधि जेद्दा साउदी अरबले उहाँको विदाई कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ।

    ‎गत ८ अगस्ट २०२५ शुक्रबारका दिन जेद्दाको एक हलमा तमुधि जिद्दाका अध्यक्ष वेद तमुको सभापतित्वमा नेपाली महावाणिज्य दूतावास जेद्दाका महाबाणिज्य दूत पारस पण्डितको प्रमुख अतिथ्यमा आयोजना भएको उक्त “भीम गुरुङ तथा माया तमुस्” को विदाई समारोह कार्यक्रम नरकुमार मगरले सञ्चालन गरेका थिए।
    ‎अतिथिहरुमा  नेपाली महावाणिज्य दूतावास जिद्दा का श्रम सहचारी जीवन घिमिरे, लगायत जिद्दामा क्रियाशील संघ संस्थाका प्रतिनिधिहरू पत्रकारहरू तथा वरिष्ठ समाजसेवीहरू रहेका थिए


    ‎नेपाली राष्ट्रिय गानसँगै सुरु भएको उक्त कार्यक्रममा   तमुधि जिद्दाका अध्यक्ष वेद तमुले विदाईका पात्रहरू भीम गुरुङ र माया तमुस्यलाई सङ्घको तर्फबाट दोसल्ला उडाउनुको साथै प्रमाणपत्र र  अमूल्य गिफ्टले सम्मान गर्नुभएको थियो। यसैगरी संस्थाका पदाधिकारीहरूले  पनि  दोसल्ला, खादा लगाई सम्मानका साथ गिफ्टहरु दिएर विदाई गरेका थिए.
    ‎यसैगरी जिद्दामा  क्रियाशील विभिन्न संघसंस्था एनआरएनए साउदी अरब, एनआरएनए क्षेत्रीय समिति जेद्दा, हाते मालो युवा क्लब जिद्दा, नेपाली युवा क्लब जेद्दा, किरात राई अयोख्या जेद्दा, का सम्पुर्ण पदाधिकारीहरू.तथा अन्य समाजसेवी दाजुभाई दिदीबहिनीहरू सर्वसाधारण उपस्थित नेपाली दाजुभाईहरू उहाँका शुभचिन्तक तथा नातेदारहरूले पनि सम्मानका साथ दोसल्ला, खादा ओढाउनुको साथै प्रमाणपत्र र गिफ्टले सम्मान गर्दै विदाई गरेका थिए।
    ‎
    ‎कार्यक्रममा भीम गुरुङले तीन दशक साउदी अरबमा रहेर काम गर्दैगर्दा भोगेका आफ्ना  जीवन कथाहरू तथा नेपाली समुदायहरूसँगको सम्बन्ध र साथ सहयोगका बारेमा दृश्य चित्र बायोग्राफी प्रस्तुत गरिएको थियो।
    ‎
    ‎ विदाई कार्यक्रममा उपस्थित हुनुभएका प्रमुख अतिथि तथा अन्य अतिथिहरूले,, तीन दशक साउदीमा जिबन बिताउँदै गर्दा उहाँले गर्नुभएको समाजसेवालाई उच्च सम्मान गर्दै उहाँबाट धेरै प्रेरणा मिलेको र उहाँहरूलाई साउदी अरबबाट बिदा गर्दै गर्दा निकै दुःख लागेको बताउँदै उहाँको नेपाल बसाई तथा आगामी दिनको भविष्यको उच्च प्रगतिको कामना गर्नुभएको थियो।
    ‎त्यसैगरी कार्यक्रममा उपस्थित हुनुभएका अधिकांश नेपाली दाजुभाई तथा दिदीबहिनीहरूले ब्यक्तिगत रुपमा पनि उहाँको  विदाईको शुभकामना दिँदै आगामी दिनको उच्च प्रगतिको कामना गरेका थिए।


    ‎कार्यक्रममा भीम गुरुङ र माया तमुस्यले छोटो मन्तव्य दिँदै आफूले जानेका र सिकेका कुराहरु सेयर गर्नु भएको थियो । आफु २२ बर्षको कलिलो उमेरमा ब्याचलर गरि लेभरमा आएपनी आफ्नो मेहनत कडा परिश्रम र लगनशीलताले छिटो छिटो प्रगति हुँदै ठुलो म्यानेजर सम्मको पदमा काम गर्न सफलता प्राप्त गरेको बताउदैँ, साउदी अरबमा रहेर काम गर्दै गर्दा, गर्न हुने कुराहरु, गर्न नहुने कुराहरु, आफूले भोगेका  देखेका कुराहरू, आफूले गरेका  राम्रा कामहरु तथा जिबनमा सफलता प्राप्त गर्ने खालका कुराहरु,  उपस्थित रहेका श्रमिकहरु माझ प्रस्तुत गर्दै दाजुभाइ दिदिबहिनीहरुलाइ सोही बमोजिम अगाडि बढ्नका लागि पनि आग्रह गर्नुभएको थियो। यसै सम्बन्धमा आफू जुन देशमा कार्यरत रहेका छौँ उक्त देशको नियम कानुन पनि आफूले मान्नुपर्ने साथसाथै साउदीको कमाइले आफ्नो बालबालिका घरपरिवार धानिए पालिएको र आफ्नो इच्छाहरु पूरा भएको हुँदा यहाँ आएर काम गर्दा अनुशासित भएर काम गर्नुपर्ने र यो देशलाई पनि सम्मान गर्नुपर्ने उहाँको भनाइ रहेको थियो जाँदाजाँदै आफू साउदी अरब छोडेर जाँदै गर्दा यतिका वर्षसम्म आफूले कमाएका आत्मीय साथीसङ्गिहरुलाई छोडेर जानुपर्दा निकै भावुक हुँदै शुभकामना दिनुहुने उपस्थित सम्पूर्ण दाजुभाई तथा दिदीबहिनीहरूलाई हार्दिक धन्यवाद ज्ञापन गर्नुभएको थियो .
    ‎कार्यक्रमको अन्त्यमा संस्थाका अध्यक्ष वेद गुरुङले  आफ्नो मन्तव्य राख्दै उहाँहरू आफूसँगै साथमा रहँदा साथै साउदी अरबमा रहँदा धेरै श्रमिकले सेवा पाएको र आफ्नो देशमा पनि निकै सेवा गर्नुभएको उहाँहरूलाई विदाई गर्दै गर्दा निकै दुखित भएको महसुस गर्दै कार्यक्रम सफल बनाउन उपस्थित हुनुभएका सम्पूर्ण संघसंस्था लाई  तथा स्वयंसेवकहरुलाई हार्दिक धन्यवाद ज्ञापन गर्दै विदाई का पात्रहरू भीम गुरुङ र माया तमुस्यलाई सदैव याद गरिरहने र जहाँ भएपनि सहयोगको अपेक्षा पनि राखिरहने साथसाथै उहाँहरूको नेपाल बसाई सुखद रहोस् भनी शुभकामना दिएका थिए।
    ‎पहिलो चरणको कार्यक्रमको अन्त्यसँगै दोस्रो चरणको  कार्यक्रम सांगीतिक माहोलमा उपस्थित दर्शकहरु निकै रमाइलो गरेका थिए। कार्यक्रममा नित्य तथा संगीत हरुले गुञ्जयमान भएको थियो। कार्यक्रमको अन्त्यमा उपस्थित श्रमिक दाजुभाई तथा दिदीबहिनीहरूलाई तमुधिं जेद्दाले मीठो खाना खुवाएर पठाएको थियो।

    Posted in अन्तर्राष्ट्रिय, ताजा अपडेट, मुख्य खबर, समाज

    उमेश भट्टराईको अध्यक्षतामा नवगठित एनआरएनए कार्यसमितिले नेपाली राजदूतावाससँग गर्यो साक्षात्कार भेटघाट

  • २० श्रावण २०८२, सोमबार ००:४३ मा प्रकाशित
  • समर्पण रमजान

    रियाद साउदी अरबिया ! एनआरएनए साउदी अरबको नवगठित कार्यसमितिले गत १ अगस्ट २०२५ शुक्रवारका दिन नेपाली राजदूतावास रियाद स्थित दूतावास परिवार सँग साक्षात्कार भेटघाट कार्यक्रम सम्पन्न गरेको छ
    गैरआवसीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद साउदीअरबको दशौँ राष्ट्रिय महाधिवेशन बाट ०२५/२७ कार्यकालका लागी उमेश भट्टराईको नेतृत्वमा निर्वाचित कार्यसमिति द्वारा नेपाली राजदूतावास रियादका लागी महामहिम राजदूत श्री डा.नरेश विक्रम ढकाल, उपनियोग प्रमुख सृजना अधिकारी तथा सम्पूर्ण, दूतावास परिवार को उपस्थितिमा साक्षात्कार भेटघाट कार्यक्रम गरेको हो
    उक्त साक्षात्कार कार्यक्रमका क्रममा नेपाली राजदूतावास रियादको तर्फ बाट महामहिम राजदूत डा. नरेश विक्रम ढकालले नव निर्वाचित कार्यसमितीलाई बधाई ज्ञापन गर्नु हुँदै शुभकामना व्यक्त गर्नुका साथै एनआरएनए साउदी अरब द्वारा आगामी दिनहरूमा नेपाली समुदाय तथा श्रमिक हितको लागी गरिने कार्यहरूमा नेपाली राजदूतावासको सदैव साथ र सहयोग रही रहने प्रतिबद्धता जाहेर गर्नु भएको थियो। त्यसै गरी श्रम काउन्सिलर कविराज उप्रेतीले श्रमिक सचेतना तथा सामाजिक सुरक्षा कोष सम्बन्धी सुचना भरपुर मात्रामा नेपाली श्रमिक माझ संप्रेषण गर्न विशेष भूमिका निर्वाह गरिदिन संघलाई आग्रह गर्नु भएको थियो

    उक्त कार्यक्रममा एनआरएनए साउदी अरबका कामर्यसमितिका पदाधिकारीहरू, रियाद क्षेत्रीय समन्वय समितिका पदाधिकारीहरू यसैगरी अल्कासिम क्षेत्रीय समन्य समितिका पदाधिकारीहरू र अन्य समाजसेवीहरूको उपस्थिति रहेको थियो।
    कार्यक्रममा एनआरएनएका तर्फबाट नवनिर्वाचित अध्यक्ष उमेश भट्टराईले दूतावास सँग भविष्यमा अझै निकटमा रहेर सामाजिक कार्यमा आफू तथा आफ्नो टिम अग्रसर रहने र श्रमिकहरूको हक हितका लागि आफू निरन्तर खटिरहने दुःखमा परेका श्रमिकहरूलाई सहयोग गर्ने प्रतिबद्धता जाहेर गर्नु भएको थियो ।

    Posted in अन्तर्राष्ट्रिय, ताजा अपडेट, मुख्य खबर, समाज

    Posts navigation

    Older posts
    Newer posts

    Himalayan Dristi Team

    • प्रधान सम्पादक

      अनिल आचार्य

    About us

    • हाम्रोबारे

    Follow us on Facebook

    Contact Us

    Kathmandu, Nepal
    Email: himalayandristi@gmail.com
    Phone:-00977-9868990772
    Web:
    www.himalayandristi.com/
    विज्ञापनका लागि
    कृष्ण गिरि 00977-9860341922

    © Copyright 2020-2024 Himalayan Dristi. All Right Reserved. Design & Developed By K & P