बिरगंज , साउन ३१ नागरिक समाजद्वारा पर्सामा नया आउनु भएको प्रमुख जिल्ला अधिकारीलाई आज ध्यानाकर्षण गराएका थिए ।नागरिक समाजका संयोजक प्रोफेसर डा. दिपक शाक्यको नेतुत्वमा गएको टोलिले उहा कै कार्यकक्षमा भेटी ध्यानाकर्षण पत्र बुझाएका थिए ।
नागरिक समाजले बिरगंजमा रहेका सबै सरकारि तथा निजि अस्पतालहरुमा नेपाल सरकारको निर्णय बमोजिम २० प्रतिशत बेड कोरोना भाईरस बिरामीको उपचारका लागि छुट्याएर बिरामीको उपचारको व्यवस्था मिलाउनु पर्ने , जिल्ला सन्कट व्यवस्थापन केन्द्रले साउन २३ गते नेशनल मेडिकल कलेज अस्पतालको ३ सय बेडको कोभिड संक्रमितको उपचारको लागि उपयुक्त हुने भन्दै केन्द्रिय ccmc मा पठाएको निर्णय कार्यान्वयन गर्न , कोभिड संक्रमीत सङ्ग नजिक भएकाहरुको ट्रेकिङ, ट्रेसिङ र टेस्टिङ आवश्यक रहेकोले महानगरसंग मिलेर एक घर एक पिसीआर परिक्षणलाई अगाढि बढाउनु पर्ने , नारायणी अस्पताललाई पुन जनरल अस्पतालको रूपमा सन्चालन गर्न , कोभिड सम्बन्धि दिनमा एक पटक आधिकारिक सूचना प्रवाहको व्यवस्था मिलाउन , ५०० बेडको कोभिड अस्पताल निर्माणका लागि संघ तथा प्रदेश सङ्ग पहल गर्न , होम आईसोलेशनमा रहेकाहरुले मापदण्ड पालना नगरेकोले अनुगमन बढाउन , कोरोनाका कारण मृत्यु भएपनि आफ्नो धर्म परम्परा अनुसार अन्तिम सस्कार गर्न पाउनु पर्ने , सिमा नाकाबाट भइरहेको प्रवेशलाई नियन्त्रण गर्न, दैनीक ज्याला मजदुरी गरेर जीवन निर्वाह गर्नेहरुलाई राहत उपलब्ध गराउन समेत समाजले माँग गरेका थिए ।
काठमाडौं । नेपाली पत्रकारहरुको अन्तराष्ट्रिय सञ्जाल (इञ्जा) ले कान्तिपुर राष्ट्रिय दैनिकसंग आवद्ध वरिष्ठ पत्रकार बलराम बानियाको असामयिक निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोक सन्तप्त परिवारप्रति हार्दिक समवेदना व्यक्त गरेको छ । वरिष्ठ पत्रकार बानियाको कलम सदैव प्रजातन्त्रको संरक्षण र सुशासनका पक्षमा चलेको उल्लेख गर्दै इञ्जाले आफ्नो शोक विज्ञप्तिमा उनको निधनले नेपाली पत्रकारितामा अपुरणीय क्षति पुगेको बताएको छ । स्वर्गीय पत्रकार बानियाको निधनको कारण अझै पनि प्रष्ट हुन नसकिरहेको अवस्थामा यस सम्वन्धमा आवश्यक अनुसन्धानलाई तीव्रताका साथ अगाडि बढाउन पनि इञ्जाले माग गरेको छ । पत्रकारहरुका समस्यामा सदैव चासो राख्दै आएको इञ्जाले स्वर्गीय पत्रकार बानियाको अन्त्येष्टि र काजकिरियामा परिवारलाई सहयोग पुगोस् भनी तत्कालै आफ्नो आपतकालिन कोषबाट १ लाख रुपैयाँ दिने निर्णय गरेको छ । यस संकटको क्षणमा स्वर्गीय बानियाको परिवारलाई सहयोग गर्न पनि इञ्जाले नेपाल सरकार, पत्रकारिता सम्वद्ध संस्थाहरु तथा शुभेच्छुकहरुलाई आह्वान गरेको छ ।
उमेश कुशवाहा,बीरगंज बांच्नलाई त हरेक हरेक प्राणी आफ्नो र घर-परिवारको लागि बाचेको हुन्छ ,तर अरुको सुख-दुख र अरुको जीवनको अस्तित्व बोध गराएर बाच्ने आधार र प्रेरणा दिने ब्यक्तिलाई नै सामाजिक रियल हीरो र महानपुरुषको संज्ञा दिन सकिन्छ। समाज सेवाको क्षेत्रमा आफ्नो पहुच र लागि पर्ने जलदो बलदो उदारणको रुपमा लिन सकिन्छ,समाजिक अभियन्ता, महापुरुष समाजका हीरो प्रकाश थारूलाई उदाहरणको लागि लिन सकिन्छ। यि यस्ता ब्यक्ति हुन अरुको हितका लागी आफु नखाए पनि दिन दुखियालाई भोखै सुत्तन दिदैन, थारुका एउटा प्रेरणादायक भनाइ पनि हो। मानिस भएपछि केहि गर्नु पर्छ,भन्ने पाठ सिकाउने समेत जल्दो बल्दो उदाहरण हुन। यस्ता ब्यक्तिका प्रयासका कारण समाजमा दबेर रहने,दलित,तथा दिन दुखियाहरुलाई अरु ब्यक्ति सरह जीवने अधिकार प्रयतभूति दिएको छन।आफ्नो बिबेक र बुद्धिको प्रयोग गरी समान पूर्बक जीवन यापन गर्ने बाटो देखएका छन
बाल्यकाल र परिवारिक जीवन यापन:- पर्सा सुगम जिल्लाकोदुर्गम गाँउ शंकर सरैया वार्ड नम्बर ८ मा बि.स.२०२७ पूस २०, स.न १९७१ जनवरी ,०४ प्रकाश थारु नामले चिन्ने प्रसाद गडरा थारू र ज्ञानू देबि थारुनीका ४ छोरा र २ छोरीको सब भन्दा सानो कान्छोसन्तानको रुपमा जन्मिएका छन। सानैदेखि चञ्चल,सान्त,सबैसीत मिल-झूल गरी बस्ने,मिलनसार,सरल र उद्दार स्वभावका प्रकाश थारू सबैका लागी प्रशंसाका पात्र हुन। सानै उमेरदेखि असल ब्यक्तिको संगत पाएका सामाजिक कार्य ,पत्र-पत्रिका र सामान्य संगीतमा अभिरुचि राख्ने गर्दछन। आमा-बुवाले २६-१४ बर्ष पहिला माया मारेर मायाबाट टाढिएका छन, उनको मृत्यु भइसकेको छन।प्रकाश थारू आफ्नै गाऊँ को श्री ने रा प्रा सामुदायिक विद्यालयमा कक्षा ३ पास ग़री आफ्नो गाँउ बाट पाएक पर्ने श्री दिप नारायण आदर्श मा बी औंराहा पंचगावा को सामुदायिक विद्यालय बाट नै २०४५ सालमा एस एल सी पास ग़री जिल्लामा रहेको एक मात्र क्याम्पस ,ठाकुर राम बहुमुखी क्याम्पस बाट २०४८ सलमा प्रविणता प्रमाण पत्र तह गरेको छन।
बिचार र कार्य: अशक्त,टूहुरा,अनाथ ,बाल-बालिका गरीबको सेवामा सधै लागि परी सहयोग गर्न थाले पछि उनको पहलमा देश-विदेशबाट सहयोग राशि पनि जुटन थाले। पाएको सहयोग राशिबाट सयौको जनजीवन र सहयार सुसार गरेका छन। बिभिन्न NGO,संघसंस्था,कार्यालय,आफिस,बैक,कार्यालय,र प्रहरी प्रसाशन कार्यालयहरुबाट उच्च समान स्वरूप क्यौ पुरस्कार र प्रसंशा पत्र पाएका छन। समाजिक षड्यन्त्र दृस्टिकोणलाई हटाएर स्वच्छ जीवन निर्वाह गर्न,बाताबरण तयार गर्न,दिन-रात अहोरात्रलागि परेका छन। बिदुवा,टूहारा,अशक्त, दलितपनि समाजका अभी अंग हुन, यसलाई बिकाश बिस्तारमा लागेका हुन।दहेज प्रथा समाजका लागि अपराध हो,बिरुद्ध अभियान चलाउनमा ईस्ट मित्रहरुबाट पनि खूब सहयोग पाएको छन।
हाल अहिलेको दिन समय: हाल अहिले आगलगी पीड़ितको घर बनाउनमा ब्यस्त छन। २०७७ साल जेष्ठ ३० गते बाराको कलैया उप माहानगरपालिका २ मोतीबाग बैधनाथपुरमा आगलगि पीड़ित ,मुसहर बस्ती बनाउन ब्यस्त छन। ९५ प्रतिशत काम पूरा भइसकेको छ। बिभिन्न संघ संस्था र समजसेबीको सहयोगहरूको सहयोग बाट मुसहर बस्ती बनाउन ब्यस्त देखिन्छन।
प्रदेश न.२ को पर्सा जिल्ला एकमात्र महानगर पालिका भएको बिरगंज महानगर पालिका वडा न.४ स्थित बिर्तामा रहेको सघिय सरकारको मातहतमा रहेको नारायणी अस्पतालमा शनिबार बेलुकी देखि एक वृर्द व्यक्ति लावारिस अवस्थामा रहेको थियो ।
शनिबारबार भर्ना भएको बिरामीलाई भेटन भनेर एमजेन्सी वार्डमा जादा बाटोमा अलपत्र सुतिरहेको देखे मैले भन्ठाने रिक्सा वाला होला दिन भरी रिक्सा चलाउने र बेलुकी अस्पताल परिसरमा सुत्ने होला भन्ठानेर घर गए तर भोलि पल्ट आइतबार बिहान १० बजे जादा पानी परिनै रहेको थियो त्यस्तो अवस्थामा ती बृद्रलाई अस्पतालका व्यक्तीहरुले भित्र प्यासेजमा घिसारी त्यसै अलपत्र पारेर छाडे म पुगि कोहो भन्दा अस्पतालका सेक्युरिटी एक महिलाको भनाइ अनुसार शनिबार बेलुकी एक एम्बुलेन्समा ल्याएर यहाँ छाडेर गएको र रातभरी यहि बाटोमा सुतिरहेको र आइतबार बिहान पानी परिरहेकोले भित्र लगिएको बताए।
लगभग ५०-५५ बर्षको रहेको एक पुरुषको घर भारत बताउने परिवार ३ छोरा र ९ नातिपोता समेत रहेको घरबाट झगडा भएर १० महिना देखि यहि मठ मन्दिर , फुटपातमा जीवन बिताईरहेको बताए ।घरजाने व्यवस्था मिलाईदिए घरजाने समेत बताए ।
सम्बन्धित निकायलाई म यो आग्रह गर्न चाहन्छु कि त्यस्ता व्यक्तिलाई तुरुन्तै खाना , लाउन र बस्न अबिलम्ब व्यवस्था गरि उसको घर परिवारमा मिलन गराईदिन सहयोग गर्दिन हार्दिक अनुरोध गर्दछु ।धन्यवाद ।
२२ असार २०७७! बिश्वब्यापी रुपमा फैलिएको कोरोना क़हरका कारण नेपाली समाजमा प्रत्यक्ष असर परेर बिबिध समस्याका कारणहरुले गर्दा आत्महत्या ज़स्तो अत्यन्त जटिल समस्या लाई निर्मुल पार्न तथा सचेतना फैलाऊने मुख्य उद्देश्यका साथ दीपसंचार मीडिया मार्फ़त गरीएको प्रत्यक्ष प्रशारणमा आत्महत्या गरिनुपर्ने बाध्यता र यसको समाधानका उपाय बारेमा साउदी अरबकी सकृय महिला समाजिक अभियन्ता एनआरएनए आइ सि सि सदस्य यासमिन बेगम सैयदले आफ्नो गहकिलो भनाइ राख्नु भएको छ । कोभिड -१९ को भयानक समस्याले हरेक उमेरका ब्यक्ति विशेषहरुको मानसिकता मा कसरी प्रभाव पार्छ ? यसबाट बच्न के कस्तो रुपमा उपचार हुनुपर्छ आदि इत्यादि प्रश्न तथा जिज्ञासा हरु बारे नेपालका वरिष्ठ मनोरोग बिशेषज्ञ डाक्टरहरुको परामर्शको लागी नेपालबाट प्रसिद्ध नसा तथा मानसिक रोग विशेषज्ञ डा. प्रभाकर पोख्रेल, डा. निशिता पाठक र डा. रितेश थापा साथै मानसिक रोग मनोविद् द्वय अनुप राज भण्डारी र तृष्णा क्षेत्रीको उपस्थिति रहेको थियो साथै कोरोनालाई पराजित गर्न सफल तथा पत्रकार महासंग कतार शाखाका का अध्यक्ष करीम बक्स मिया ज्यूँ को अनुभव र अनुभूतिले कार्यक्रमलाई थप सहज बनाएको थियो। एन आर एन ए -आइसीसी का सचिव आर .के शर्मा , मध्यपूर्व यूवा संयोजक राज रेग्मी , मध्यपूर्व का एनसीसी अध्यक्षहरु मध्य कतारबाट मोहम्मद मुक्तादा मुसलमान, साउदिबाट तेज बहादुर थापा र मलेशियाबाट हरि भट्टराईको प्रत्यक्ष सहभागिता रहेको थियो भने क़तारमा रहेका डा.नितेश अर्यालको संयोजकत्व मा डाक्टर संजीब सापकोटा र भाई दीपजंग शाहको विशेष सहजीकरण मा दीपसंचार मीडिया मार्फ़त प्रत्यक्ष प्रसारण गरिएको थियो ।
कार्यक्रममा आफ्नो भनाइ राख्दै बेगमले भन्नुभयो “कोरोना को क़हर ले बिश्वलाई नै आक्रांत पारेर आर्थिक ,समाजिक राजनीतिक , तथा बिभिन्न क्षेत्र लाई शिथिल बनाई रहेको अवस्थामा यसको प्रकोप ले हाम्रो घर परिवार र सिंगो समाज मा नै नकारात्मक मानसिक असर पारी रहेको देखींछ जस्को दुष्परिणाम स्वरुप आर्थिक कारोबार अन्तर्गत का व्यापार व्यवसाय ठप्प हूदा , कोरोना संक्रमित रोगी लाई घर परिवार तथा समाज ले गरेको दुर्व्यवहार तथा हीन ब्यवहार का कारण , प्रेमी प्रेमिका बिच तनाव हूदा, श्रीमान श्रीमती बिच आपसी तालमेल नमिलेका कारण , घरेलू हिंसाका कारण ,अनैतिक सम्बंधका कारण , वैदेशिक रोज़गारका क्रममा घरपरिवार देखी टाढा हूदा आइपरेका उतारचढ़ाव का कारण , रोज़गारी गुमेका कारण , परीवार बिच सामान्य मनमुटाव , शारीरिक दुर्बलता , आफ़ंतको मृत्यु या बियोग पर्नु , हमेशा नकारात्मक सोच आइ रहनु , समाजिक संजालमा निरन्तर आइरहेका दुःखद घटना का समाचार हरुका कारण , सामान्य कुरामा अनावश्यक चिंता लिनु , सामाजिक ज़ाती विभेदका कारण ले पीड़ित महसूस गर्दा , आफुले रोजेका जीवनसाथी को साथ नपाऊदा , पढ़ाईमा चाहे ज़स्तो परिणाम नआऊदा दीर्घरोगले गर्दा बाच्ने रहर नहुने , ऋण व्यवहार जस्ता अन्य बिबिध कारण हरुले गर्दा यस्को प्रत्यक्ष असर ब्यक्तिक़ो मानसिकतामा पर्ने हूदा त्यस्ता ब्यक्तिहरु केहि सकारात्मक सोच्न नसक्ने अवस्थामा निराशाको चरम उत्कर्षमा पुगी आत्महत्या गरी आफ्नो अमुल्य जीवन नै अनाहक मा गुमाऊन पुगेको देखिंछ जून प्रकारका घटनाहरु अहिले दैनिक ज़स्तो समाचार बनेर आइरहेको छ जस्ले गर्दा आत्महत्या गर्ने व्यक्ति हरुको संख्या दिन प्रतिदिन बढ़दो स्थितिमा पुगेको देखिंछ ।”
“जब कुनै पनी घर परिवार का सदस्य वा समाज मा रहेका अन्य निकटका व्यक्ति हरुको दैनिकी , बोलि ब्यवहार , उसले गर्ने देखाउने हाऊभाऊ , कुराक़ानी मा असमान्यता , सास फ़ेर्न नसक्नु को समस्या , अनिद्रा को समस्या देखा पर्नु, बिना औषधि सुत्न नसक्नु ,एक्लै बस्न रुचाऊनू ,रमाइलो समयमा पनी ख़ुशी हुन नसक्नु आदि जस्तों आचरण देखा परेमा त्यों व्यक्ति मा कहिकतै कुनै न कुनै समस्या छ जून उसले खुलेर भन्न या गर्न सकेको छैन भन्ने विषयमा घरपरिवार ले बूझ्नू वा मनन गर्नू अति आवश्यक छ ।
यदि घरपरिवार का कुनै व्यक्तिमा यसप्रकारक़ो समस्या देखीएमा परिवारका अन्य सदस्यले उक्त ब्यक्तिलाई आत्मीय माया बोलि ब्यवहारका साथ सम्झाऊनु , बूझ्नू अति आवश्यक छ । त्यस्ता मानसिक रूपमा बिक्षिप्त रहेका ब्यक्ति लाई पारिवारिक सपोर्ट , सहानुभूति दिदै उनीहरुका समस्या त केहि पनी होईन आफुले पाएको अमुल्य जीवन सुखमय रूपले ज़ीउनु पर्छ भन्ने जीवनका अन्य सुनौलो दिनहरुको आभास गराऊदैं त्यस्ता व्यक्तिको समस्या लाई पहिचान गरि उस्को आत्मबिश्वासलाई स्व हेरबिचार , विशिष्ट सहयोग स्वरुप दैनिकी मा परिवर्तन गराउन योग ,धार्मिक ,आत्याधमिक तथा शारीरिक व्यायाम मार्फ़त तनावमुक्त दिमाग़ ,सकारात्मक सोचको विकास अन्तर्गत प्राथमिक चरणमा घर बाटै राम्रो पारिवारिक वातावरण को शुरूवात गर्नू पर्छ।
यदि सामान्य तवरमा अझ समस्याको स्वरुपमा परिवर्तन देखा परेंन भने त्यस्ता ब्यक्ति हरु डिप्रेशनमा गई कुनै ग़लत कदम चाल्नु अग़ावै ढीलासुस्ती नगरी दक्ष तथा लाईसेंस प्राप्त वरिष्ठ मनोरोग बिशेषज्ञ , मनोबिद, मनोवैज्ञानिक कहा गई मनोपरामर्श लिनु पर्छ उहाँहरुको परामर्श अनुरूप रोगको पहिचान गरी उपचार पद्धति तत्काल शुरू गर्नू पर्दछ । साथै अन्तमा आत्महत्याको घटना निर्मुल पार्नू ब्यक्ति स्वयं उसको घरपरिवार समाज तथा राज्य सबैको समान कर्तव्य र दायित्व रहेको बताउदै जस बारे सबै पक्ष सहज र सतर्क रही घटना बाट बाचौ र बचाऊ भन्ने सोच गर्दै बढ्न आग्रह गर्नुभयो ।
आजकल नेपाली समाजमा थुप्रै कारणहरुले डिभोर्सको घटना दिन प्रतिदिन बढ्दै छ । कतै तपाईले आफ्नो श्रीमतीलाई खुसि पर्न नसकेर तपाईको परिवारिक जीवनमा खटपट त परेको छैन ? सामाजिक संजालमा चितपरिचित ले खेक गणेश ज्ञवालीले तयार पारेका श्रीमतीलाई खुसी बनाउने २५ सुत्रहरूयी सुत्रहरु अपनाउनुभयो भने तपाइको परिवारमा कहिले पनि झगडा हुदैन।
(१). काली, परी, माया, बेबी र मेरो महारानी भनेर बोलाउने । (२).कुनै अन्य राम्री केटी संग तुलना गर्दै नगर्ने। बरु नराम्री केटीको फ़ोटो देखाएर यो भन्दा राम्री त तिमी छौ भनी मक्ख पार्ने। (३). भूलेर पनी श्रीमतीका बाउआमाको नराम्रो पक्ष ननिकाल्दिने। सकेसम्म माईतीको कुकुर र भैसिको पनी भरपूर तारीफ गर्ने। (४).घर सफा, गर्ने, कपड़ा धुने, बजार जाने र खाना पकाउने। अफिसको लागी आफ्नो खाजा आफै पोको पार्ने।
(५). बाहिर निस्कदा आफ्नो गन्तव्य सुनाएर निस्कने र छिटो घर फ़र्किने। रक्सि पिउन मनलागे गोजिमा २ दाना ल्वांग र लसुन बोकेर हिड्ने। घर प्रवेश गर्नु पूर्व चपाउने। (६). आफू जतिसुकै बिजि भएपनी दिउँसो १०/१५ पटक सम्झिने फोन गरेर Love you Baby भन्ने। विवाहको सधै औठी लगाउने र मोबाइलको स्क्रीन र पर्समा श्रीमतीको फोटो राख्ने।
(७). श्रीमतीले जस्तोसुकै स्वादको खाना पकाएपनी, तीम्रो हात त सारै मिठो छ भन्ने। खाना संगसंगै श्रीमतीको हात सुमसुमाउने। (८).पूराना कुरा निस्के, तिमी राम्री भएर त हो टोलका केटाहरू अहिलेसम्म तीम्रो पछी परेको भन्ने। (९). हरेक कुराको अधिकार श्रीमती लाई दिने। उसको योजना गलतै भएपनी, श्रीमतिको निर्णयमा सहमत हुने। (१०). अफिसको काम र साथीभाईका कुरा श्रीमतीलाई नसुनाउने तर श्रीमतीले रातभर जे बरबराएपनी ध्यान दिएर सुन्ने।
(११). श्रीमतीको मूड हेरेर मात्र मायाले सताउने । नत्र महिला हिंसा र बलात्कारको आरोप खेप्नु पर्ला। (१२). श्रीमतीका कुरा सुन्ने र उसको माँग अनुसारको शपिंग गरीदिने। बजार जादा आउदा श्रीमतीको झोला बोक्ने। (१३). श्रीमतीले बो’लेको जोक्समा हास्ने र दुःखको कुरा गरे, हो मा हो मिलाएर संगै रोएझै गर्ने। (१४). आफु जा गएपनी मोबाइलको लोकेशन ट्र्याकर On राखेर हीड्ने र कस्लाई भेट्न गएको फोटो खिंचेर श्रीमतीलाई पठाउने।
(१५). सकेसम्म सत्य बोल्दिने। झुठै बोल्नु परे अली सीरीयस भएर, हो की झै पारेर बोल्ने। झुट पकड़े, म जि’स्केको भनी ठट्टा गर्ने। (१६). बेला-बेला घुम्न लैजाने। बजार पुगे लगतै श्रीम’ती लाई बैंक कार्ड र पर्स दीने अनि मन लागेको किन भनी लुरुलुरु दिन भर पसल चार्दै श्रीमतीको अगी-पछी हिड्ने। (१७). अफीसको कामले दिक्दार भएपनी, घरमा प्रवेश गर्ने बि’त्तिकै, खिस्स हास्ने र चुलो चौकामा साथ दिने।
(१८).श्रीमतीका साथीहरूको सम्मान गर्ने र खाजा नास्ताको जोहो गर्ने अनि श्रीमतीकै साथी बीच बसेर कुरा सुनीदिने। (१९). आफ़्ना परिवार र साथीभाई माँझ श्रीम’तीको प्रशंसा गर्ने। श्रीमतीका नराम्रा कुरा गर्दैनगर्ने। (२०).श्रीमतीले ल्याईदिएको सामान मन नपरे पनी आहा ठ्याकै मेरो मनले खोजेको पाए भनी तारीफ गर्ने। (२१). श्रीमती क’तै हिड्ने बेलामा श्रीमतीको पहिरनको टिकाटिप्पणी नगर्ने। सोधिहाले, अप्सरा झै देखीए की छौ भनेर कालो टिका लगाई दिने।
(२२) .श्रीमतीले किनेका कपड़ा र जोडेका सामान धेरै भयो भन्दै नभन्ने। (२३). श्रीमती उठ्ने बित्तिकै चिया बनाउने, दूध-चिनी धेरै-थोरै भयो भने, फेरी अर्को कप चिया बनाएर दिने तर कैचि झै थुतुनो नचलाउने। (२४). बिपनाको कुरा छाडौ, सपनामा पनी परस्त्रीको सपना नदेख्ने। देखीहाले चुपचाप बस्ने श्रीमतीलाई नसुनाउने। (२५). फेसबुकमा कुनै केटीको फोटोमा लाइक कमें ट्स गर्दा १० पटक श्रीमतीलाई सम्झेर मात्र बटन थिच्ने। सलाईको काटीले चुलो मात्र होईन घरपनी जलाउन सक्छ।
-बिष्णु रसाइली- कानुन बिद्यार्थी मध्य -पश्चिमाञ्चल बिश्व बिधालय
सामान्यतया ब्यस्यावृद्धि भन्ने बित्तिकै हाम्रो दिमागमा कति नराम्रो शब्द , फोहोरी कार्य भनी आउँछ । तर बेश्याबृदी भनेको ब्यबसाय वा भुक्तानीको सट्टा यौन गति बिधिमा संलङता को अभ्यास हो । यसलाई कहिलेकाही यौन सेवाहरु , व्यावसायिक सेक्स वा बोलचालको रुपमा बेश्याबृदी भनी परिभाषा गरिन्छ । कमन ल प्रणाली लागु हुने देश हरु मा बिश्वको सबैभन्दा पुरानो पेशाको रुपमा यो पेसा लाई चिनिन्छ । यस क्षेत्रमा काम गर्ने ब्यक्तिलाई बेश्या भनिन्छ । बेश्या भन्नाले ती ब्यक्तिहरु हुन जुन व्यावसायिक यौन कर्मी को रुपमा लागेका हुन्छन । तसर्थ यो एउटा ब्यबसाय हो भन्न मिल्छ । त्यसकारण यसलाई सिधै अबैधानिक र अप्रासंगिक व्यबहार , वा कार्य हो ,भन्नू आफैमा गलत बुझाई हुन आउँछ । अनुसन्धानकर्ताहरु बेश्याबृदी लाई बैधानिक दिनु पर्दछ , यो एउटा ब्यबसाय हो । बास्तबममै बिश्वको सबैभन्दा पुरानो पेशा यौन पेशा हो भनी पुष्ठि गर्दछन । जुन अरुहरु यसलाई आज सम्म पनि नकारात्मक तर्क गर्दछन । तसर्थ सबै अनुसन्धानकर्ताहरु यौन पेशा लाई बैधानिकता दिनु पर्छ भन्नेमा सहमत छ्न । बेश्याबृदी (यौन ब्यबसाय ) सम्बन्धि अबधारणा ई.पु. २१ औ शताब्दी देखि नै पुर्बीय दर्शन बाट प्रचलनमा आएको पाईन्छ । समभब्त यो धार्मिक प्रथाको रुपमा थियो । यस समयमा ग्रिक , रोम , चीन र अन्य दर्जनौं देश हरुले पनि अभ्यास गर्दथे। जब हामी ई . स . मा प्रबेश गर्यौ , यसलाई बिस्तारै मान्यता र सकारात्मक तर्फ सोच्दै जान थालेका छौ । हामी परिबर्तित समाजको कल्पना गर्दै गर्दा यसलाई आधुनिक समाजको हिस्साको रुपमा बुझ्नु पर्छ ।, हो हामी प्रष्ट बुझ्न सक्दछौ कि समाजको मान्यता र समयको माग आजको प्रमुख आबश्यता हो । यस मान्यता लाई आजको हाम्रो समाजले पनि सकारात्मक दृष्टि बाट नियाल्न अत्यन्तै आबश्यता छ। कानुनी बेश्याबृदी लाई समर्थ गर्दै धेरै मानिसहरु भन्दछ्न कि : – बेश्याबृदी बयस्क हरु बिच हुने सहमती युक्त क्रियाकलाप हो तसर्थ यसलाई सरकारले अभ्यास निषेध गर्नु हुदैन । 1999 मा स्विडानले यौन सम्बन्धमा गैरकानुनी कार्यलाई निषेध गर्यो । तर त्यहाँ यौन ब्यबसायलाई होइन , यौन ब्यबसाय गर्दा आउने सम्भाबित अपराध हरुलाई निषेध गरेको पाईन्छ । तथापि यहाँ बाट पनि यौन पेशा लाई बढवा दिएको पाईन्छ । यहि पेशा र पद्धति पछि आएर क्यानडा (2014), फ्रान्स (2016), र आइसल्याण्ड (2017) ले पनि यसै मोडेल अपनाएको पाईन्छ । यति मात्रै होइन कि नेपालमा सदियौ देखि चल्दै आएका ग्रन्थ हरु अध्यन गर्ने हो भने कैटिल्यको अर्थशास्त्र मा यौन पेशा को बारेमा खुलेर बर्णन गरिएको पाइन्छ ।यस्तै अन्य प्रकाशन छापाखाना लगाएतका माध्यम बाट भने पछिल्लो समयमा पनि यौन ब्यबस्था बारे कुरा गरिएको पाईन्छ ।नेपालको परिपेच्छे मा भने अझै विभिन्न प्रवृत्ति र परिबन्ध अनि अरुले के भन्लान् भन्ने सोचाइले गर्दा खुलेर कुरा गर्न भने सकिरहेको पाइदैन । *** नेपालको मा यौन ब्यबसाय बैधानिकता किन हुने ****
*अन्तर्राष्ट्रिय श्रम संगठन (ILO) ले यौन पेशालाई मर्यादित काम भनेर परिभाषित गरेको छ । नेपालमा यौन ब्यबसाय बारे खुलेर कुरा गरिदैन र कानुन पनि मौन नै देखिन्छ ।कतिपय बहस र मुद्दा हरुमा राय राख्दै गर्दा अधिवक्ता सुजन पन्त पनि यो पेशामा मान्छे ले चाहेकै आधारमा उसको इच्छा अनुसार स्वतस्फूर्त रुपमा नै गर्न दिनु पर्छ ,यो ब्यबसाय लाई बैधानिकता दिन सकिन्छ भन्नू हुन्छ ।अधिवक्ता पन्त, का अनुसार अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओे) ले यौन पेशालाई मर्यादित पेशा भनेर परिभाषित गरको छ। नेपाल पनि आईएलओको सदस्य हो। यस हिसाबले पनि यौन पेशा वैधानिक पेशा हो भनेर भन्न मिल्छ। तर, नेपालमा यौनकर्मीको मुद्दा न राज्यको चासोको विषय बनेको छ, न यो विषयमा खुलेरै छलफल हुन्छ। यस्तै नेपालको मुलुकी फौजदारी संहिता को दफा -२१३ ले जबरर्जस्ती यौन कार्यमा लगाउनु गैरकानुनी भनी परिभाषा गरेको छ ,अपहरण वा शारिरिक बन्धक लिएर गरेको कार्य मा मात्रै हुने सजायको बारेमा उल्लेख गरेको छ ,कुनैपनि ब्यक्तिले स्वत स्फुर्त रुपमा गरिने यौन व्यबहार र ब्यबसाय अबैधानिक हो भनी स्पष्ट भने बोलेको पाईदैन । तसर्थ यो पेशा अबैधानिक भनी बुझ्न मिल्दैन ।उमेर पुगेका कुनै २ सक्षम ब्यक्ति हरुमा सहमत भयर गरेको कुनै कार्यमा राज्यले नियन्त्रण गर्न मिल्दैन त्यसकारण यौन पेशालाई अबैध पेशा भन्न पनि मिल्दैन । यदि बैधानिकता दिई निश्चित ठाँउ तोकियो , ब्यबसाय गर्न चाहने जुन सुकै उम्मेर पुगेका सक्षम ब्यक्तिहरुले प्रमाणपत्र लिन चाहेको ब्यहोरा जनाई निश्चित नियम मा आधारित रहेर प्रदान गरियो भने धेरै प्रकारका हिंसा रोक्न सकिन्छ । लैङ्गकि विभेद जस्ता प्रसङ्ग पनि पक्कै कमै आउने छ्न । मुलुकी फौजदारी संहिताले इच्छामा गरिएको कार्य वा सहमतिमा गरिएको कुनै पनि कार्य जुन मन्जुरी लिई गरेको छ भने त्यो अबैधानिक नहुने भनी दफा : १५ मा स्पष्ट ब्यबस्था गरेको छ ।यस दफा मा ज्यान लिने अंगभङ्ग गर्ने नियतले बा यस्तो कर्य हुन सक्छ भन्ने थाहा पाउँदा पाउदै पनि गरेको कार्य बाहेक कसैले १८ बर्ष माथिको कुनै ब्यक्तिको मन्जुरी लिई गरेको कुनै कामबाट त्यस्तो मन्जुरी लिने ब्यक्तिलाई कुनै क्षती पुग्न गएमा पनि सो कार्य कसुर मानिने छैन भनी स्पष्ट ब्यबस्था गरेको छ ।यसै परिच्छेद को दफा १९ मा मन्जुर लिए पनि सजाय हुने कार्य को बारेमा स्पष्ट ब्यबस्था गरेको छ ।यस दफाले ,१५,१६,१७ का जुनसुकै कुराको मन्जुरी भएमा गरेको भए पनि कसुर मानिने भनिएको छ । तर कुनै अङ्गभङ्ग , ज्यान लिने उदेश्यले गरेको मन्जुरी लाई ,बाहेकको अन्य सहमति लाई समेटिएको देखिदैन ।तसर्थ यो एउटा सहमतिको कार्य हो । जुन अबैधानिकता छ भन्नू गलत छ ।कसैले प्रश्न गर्नुहुन्छ होला हाम्रा छोरी चेली /छोराछोरी छाडा भएको हेर्ने यस्तो काम गर्नुहुदैन भनेर सिकाउनु त कहाँ छ कहाँ उल्टै बहस गर्ने रे !! तर कुरा स्वतस्फूर्त पेशा र जबर्जस्ती मा फरक रहन्छ जबर्जस्ति गरिनु र गर्नु एउटा जगनिय अपराध हो भने स्वतस्फूर्त गरिने कार्य र कानुनी बाटो भएको काम भने ब्यबसाय हो ।अझ भनै , मानव अधिकार ले स्वतन्त्रता पुर्बक जीवन यापन गर्न पाउनु पर्छ भनी परिभाषा गर्दछ। भने मानव अधिकार सम्बन्धि बिश्वब्यापी घोषणापत्र १९४८ को धारा : २३(१) को आफ्नो ईच्छा अनुसारको कामको स्वतन्त्रता छ्नोट गर्ने अधिकार हुनेछ , भन्ने बिर्सेको पाईन्छ । त्यसकारण ईच्छा को कार्य , काम गर्न कानुन अनुसार मानव अधिकार ले पनि मानबिय ईच्छा लाई संरक्षण गरेको छ ।नेपालको संविधान को धारा ३३ (२) अनुसार प्रत्येक नागरिकलाई रोजगारी छ्नोट गर्ने हक भनी ब्यबस्था गरेको छ त्यस्तै धारा २९(४) अनुसार नै कसैलाई निजको इच्छा बिपरित कार्यमा लगाई शोषण गर्न पाईने छैन भनी स्पष्ट ब्यबस्था गरेको छ । तसर्थ यो अबैध कानुनी प्रक्रिया र सामाजिक मुल्य मान्यता बिपरितको कार्य भन्न मिल्दैन ।यौन पेशालाइ कानुनी मान्यता दिदा सम्पुर्ण मानबिय इच्छा अनुसारको काम छ्नोट समेत गर्न पाउने र अधिकारको पनि संरक्षण हुन जान्छ । अझ यौन कर्मी माथी हुने विभेद रोकिन्छ ,न्यूनीकरण तर्फ धकेलिन्छ । यसले यौन जन्य अपराध समेत रोक्न सधाउदछ । तसर्थ : नेपालमा पनि यौन ब्यबसायलाई बैधानिकता दिन सकिन्छ । एक ब्यबसायको रुपमा अगाडि बढाउन सकिन्छ ।
कुवेत | कोरोना भाइरसको कारणले गर्दा विभिन्न समस्यामा परेका र नेपालीहरुको उद्धार गरिनु पर्ने माग सहित गैर आवासीय नेपाली संघ कुवेत र कुवेतमा रहेका संघसंस्थाहरुले सामुहिक रुपमा नेपाली राजदुतावास कुवेतका राजदूत दुर्गा प्रशाद भण्डारी समक्ष लिखितरुपमा ज्ञापनपत्र बुझाएका छन्।
उक्त ज्ञापन पत्रको पूर्ण पाठ:
श्री दुर्गाप्रसाद भण्डारी ज्यू, राजदूत, नेपाली राजदूतावास कुवेत ।
विषय : ज्ञापनपत्र महोदय, उपरोक्त सम्बन्धमा कोरोना भाइरस (कोभिड–१९) ले विश्वलाई आक्रान्त बनाइरहेको र यो अत्यन्तै कठिन समयबाट हामी गुज्रिरहेका छौं । देशको अर्थतन्त्रको एकतिहाई बराबरको योगदान पुर्याउने वैदेशिक रोजगारमा रहेका श्रमिकमध्ये हामी कुवेतमा रहेका श्रमिक पनि यस महामारीको कारण आपतमा छौं । अत्यन्तै अप्ठ्यारोमा परेकालाई स्वदेश फिर्तिका निम्ति सरकारले तोकेको उच्च भाडादर घटाउन पटकपटक पहल भएको यहाँलाई थाहै छ । तर कुवेत–काठमाडौंका लागि एकतर्फी ४१० अमेरिकी डलर भाडादर तोकेको दरमा पीडित कामदारलाई फर्कन अप्ठेरो पर्न थालेको जानकारी गराउँछौं । आममाफी पाएकालाई सेल्टरसम्म पुर्याउन, पीडितलाई राहत र उद्धार गर्न एनआरएनए लगायतका संघसंस्थाका प्रतिनिधि आफ्नो जिन्दगीलाई दाउमा राखेर नेपाली कामदारको सेवामा जुटेको पनि यहाँलाई अवगत नै छ । यो काममा सहकार्य गरिदिएकोमा नेपाली दूतावास, कुवेतलाई पनि धन्यवाद । तर हवाई टिकट सहुलिय गराउनको लागि दूतावासले समन्वय र सहकार्य गर्न जरुरी ठानेन। महामारी भन्दा अघिका समयमा कुवेत–काठमाडौ नियमित उडान भर्ने जहाजहरु हुँदाहुँदै महामारीबाट पीडित भएकालाई उद्धार गरेर सहुलियत भाडादरमा उडाउन कुनै प्रयास गरिएन । विदेशी भूमिमा खानबस्न नै समस्या परेकाहरु नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सले तोकेको महँगो भाडादरमा नेपाल फर्कन बाध्य भएका छन् । उद्धारको नाममा गरिएको व्यापारले पीडितको घाउमाथि नुनचुक छर्कने काम भएको छ । साथै अत्यन्तै महँगो भाडादरका कारण स्वदेश फिर्ता हुन नसक्दाको तनाव तथा पिडाबाट उत्पन्न परिस्थिति र निराशाबारे पनि यहाँहरुलाई जानकारी नै होला । यो परिस्थितिको सामना गर्न नसकेर आत्महत्या गरेको समाचार आउँदा हामीलाई दुःख लागेको छ । र यो अप्ठ्यारो परिस्थितिमा यस्ता घट्ना नदोहिरियोस भन्नेतर्फ सबैले सजगता अपनाउनु पर्छ भन्ने कुरामा ध्यानाकर्षण गराउन चाहन्छौं । महामारीले मानव जीवनमा अकल्पनीय क्षति पुर्याएको छ । देश महामारीविरुद्ध कठिन लडाईंमा छ । जस्तोसुकै अप्ठ्यारोकाबिच पनि आफ्नो नागरिकको रक्षा गर्नु राज्यको पहिलो कर्तव्य हुन आउँछ । तसर्थ पीडितलाई सजिलो गरी उद्धार गरिदिन हुन तपशिलका बुँदाहरु सहित नेपाली राजदूतावास, कुवेतसमक्ष अनुरोध गर्दछौं ।
१) रोजगारी गुमाई लामो समयदेखि मासिक तलब नपाएका, थोरै तलबमा काम गरेका र बिमारीले नेपाल सरकारले तोकेको ४१० अमेरिकी डलरमा टिकट किन्न नसकेको हुँदा पुर्नविचार गरी भाडादर तोकिदिन हुन। सस्तो भन्दा सस्तो दरमा नेपाल लैजानका लागि प्रतिस्पर्धाका आधारमा हवाई कम्पनी छनौट गर्नु हुन । २) लामो समयदेखि बिमारी अवस्थामा रहेका श्रमिक, महामारीका कारण कम्पनी बन्द भई लामो समयदेखि तलब नै नपाएर अप्ठ्यारोमा परेका स्वयं टिकट काटेर स्वदेश फर्कन नसक्ने अवस्थामा रहेकालाई विदेशी भूमिमा मर्नपर्ने गरी अलपत्र अवस्थामा परेकालाई वैदेशिक रोजगार बोर्डको कल्याणकारी कोषबाट खर्च हुने गरी उद्धार गरेर स्वदेश फर्काउन हुन । ३) नेपाली राजदूतावास, कुवेतबाट समयमा आवश्यक सूचना प्राप्त नहुने वा सूचना लुकाउने जनगुनासो बढेको र फेसबुक पेजबाट अन्तिम समयमा सार्वजनिक गरिएका कतिपय सूचनाले सर्वसाधारण अन्योलमा परेकाले समयमै सही सूचना दिनुहुन । ४) खाडी मुलुकमै पर्ने अन्य देशमा नेपाली राजदूतावासले राहत बाँडिरहेको अवस्थामा भोकले छटपटाईरहेका नेपाली नागरिक पटकपकट दूतावाससम्म चर्को घाममा हिँडेर जाँदा पनि कुनै किसिमको सहयोग नहुनुको कारण स्पष्ट पार्न अनुरोध छ । नेपाली राजदूतावास, कुवेतले अहिलेसम्म वितरण गरेको राहत विवरण सार्वजनिक गर्न हुन । ५) नेपाल सरकारले खाडी मुलुकमा कार्यरत र अहिले आपतमा परेका श्रमिकलाई उद्धार गर्न पठाएको रकम नेपाली दूतावास कुवेतमा कति आएको छ भन्ने विषय सार्वजनिक गरी पीडितलाई यथाशिघ्र उद्धार गर्न हुन । ६) दूतावासको हटलाइन नम्बरमा फोन गर्दा रिसिभ नहुने र सबै श्रमिकसँग लोकल नम्बर नभएकाले यथाशिघ्र व्हाट्स एप,भाइभर र इमो नम्बरको व्यवस्था गरी सेवा सञ्चालन गर्न हुन । ७) सर्वसाधारण र गम्भीर अवस्थाका बिमारीले फोन गर्दा एम्बुलेन्स नआउने र अस्पतालमा उपचार पाउन नसकेकाहरुलाई अस्पताल वा सम्बन्धि निकायसङ्ग दूतावासले समन्वय गरि उपचारमा सहजता गराइदिन हुन।
बोधार्थ नेपाल सरकार, प्रधानमन्त्रीको कार्यालय, सिंहदरबार काठमाडौं नेपाल सरकार, परराष्ट्र मन्त्रालय, सिंहदरबार काठमाडौं वैदेशिक रोजगार बोर्डको सचिवालय, काठमाडौं गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद नेपाल कम्युनिस्ट पार्टी, केन्द्रीय कार्यालय काठमाडौं नेपाली कांग्रेस पार्टी, केन्द्रीय कार्यालय सानेपा ललितपुर जनता समाजवादी पार्टी, केन्द्रीय कार्यालय काठमाडौं नेपाल पत्रकार महासंघ, केन्द्रीय कार्यालय काठमाडौं
साउदी अरब | बिश्वव्यापी महामारी कोविड 19 को कारण आफ्नो रोजीरोटी गुमाएका, हातमुख जोड्न धौ धौ परी स्वदेश फर्किँन बाध्य हुनु परेको पीडा आफैँमा दर्दनाक छ। यसै क्रममा सरकार प्रति चौतर्फी दवाव बढ्दै गए पछी लामो समय पश्चात् विभिन्न सहयोगी हातहरूको अथक प्रयासका कारण आफ्नो देश फर्किन पाएका हाम्रा दिदि बहिनीलाई आफनै देशमा किन अमानवीय व्यवहारको सामना गर्नू पर्ने ?
विषम परिस्थितिमा आफ्नो देश, घर, गाउँ अनि समाज सम्म पुग्न यत्रो संघर्ष गर्नुपर्ने ? कोरोना एक बाट अर्को सार्न सक्ने क्षमता १०-२० प्रतिशत व्यक्तिमा मात्र हुन्छ भन्ने कुरा वैज्ञानिक रूपमा प्रमाणित हुँदा पनि अछूत सरह ब्यवहार किन गरिने ? ढुंगेयुगमा नगरिएको ब्यवहार एकाईसौँ शताब्दीको शिक्षित नेपाली समाजले गर्दैगर्दा यसबाट भावी मानव समाजमा कस्तो संदेश जान्छ ? नेपाल सरकारको सहजिकरण नाममा के पाएका छन् त रेमिट्यान्स् भित्राएर देशको अर्थव्यवस्थाको खम्बा बनेका नेपाली युवा/यूवतीहरूले? मात्र लामो समय सम्म निरीह बनी स्वदेश फर्किने प्रतीक्षामा बस्नु पर्ने मात्र नभई चर्को हवाईभाडाको मार, नेपालमा उनीहरूलाई हेर्ने पाशुवत दृष्टिकोण अनि मानसिक पीडा।
एका तिर बैदेशिक रोजगारीको क्रममा विशेषगरी मध्यपूर्ब बाट फर्किएका महिलाहरू प्रतिको दुर्व्यवहार त अर्को तिर क्वारेन्टाईन भित्र नै महिला माथी सामूहिक बलात्कारको दुष्प्रयास गर्नु । कतै प्रवास बाट फर्किएका गर्भवति महिलाहरू पानी सम्म पिउन नपाएको खबरले जो कोहीलाई मर्माहत बनाएको छ।
कोविड 19 को संक्रमणको पीडामा रहेका आप्रवासी नेपाली नागरिकको सहयोगका निमित्त NRNA ICC -NCC , नेपाली दूतावास , विभिन्न स्थापित संघ संस्था तथा ब्यक्तिगत सहयोग सबैको एकिकृत प्रयासले ति युवा/यूवतीहरू स्वदेश फर्किए भनेर सन्तोषको सास फेर्न नपाउँदै विभिन्न दुःखद ह्रदयविदारक घटनाक्रमले विकराल समस्या सृजना हुने संभावित प्रारूप देखिन थालेको छ।
यस जटिल घडीमा नेपाल फर्किएका गर्भवति महिलाहरूलाई उहाँहरूको नजिक पायक पर्ने ठाउँको सरकारी हस्पिटल वा स्वास्थ्य केन्द्रमा सुरक्षित प्रसुती अधिकारको सुनिश्चिततालाई मध्यनजर गर्दै ती महिलाहरूलाई सम्मानजनक निशुल्क सेवासुविधा दिनु पर्ने बिषयमा नेपाल सरकारको गम्भीर ध्यानाकर्षण गराउँदै महिला अधिकारकर्मी अनि सम्बन्धित सरोकारवाला निकायहरू संग मेरो अनुरोध छ ।
मध्यपूर्वका विभिन्न राष्ट्रहरूमा आएका महिलाहरू जो आफ्नै व्यक्तिगत कारणले नेपाल फर्किन बाध्य हुनु पर्यो जस्को पिडा उनीहरू स्वयंलाई छ। जसलाई आधार बनाएर नकारात्मक टिकाटिप्पणी गर्नू , आधारहीन संगिन आरोप लगाउँदै चरित्रहत्या गर्नू , सहयोगको साटो मानसिक रूपमा बिक्षिप्त हुने गरी सामाजिक संजालमा तथानामको शब्दावलीले प्रहार गर्दै उपेक्षित लान्छाना लगाउनु , तथ्यहिन समाचार सम्प्रेषण हुँदा पिडित मात्र नभई मध्यपूर्वमा बस्ने सम्पूर्ण हामी जस्ता संघसंस्थामा आवद्ध भई सामाजिक सेवामा अग्रसर भएका महिलाहरूको प्रतिष्ठामा समेत आघात पुगेको मैले महसुश गरेकी छू।
तसर्थ फराकिलो सोच राखी सकारात्मक सेवा तथा सदभाव देखाउनु हुन सम्पूर्णमा आग्रह गर्दछु ।
हामी नेपाली भौगोलिक विशिष्टता र विविधतामा छौं, यो कुरा आम नेपालीलाई अवगत नै छ। आम नेपाली परिवेशमा बेसार मात्र होइन, औषधिजन्य अन्य जडीबुटीयुक्त मरमसलाहरू नहालेर नपकाएको र नखाइने खाना, खानेकुरा बिरलै होला नेपालीको भान्छामा – त्यो पनि परापूर्व काल देखिनै अविछिन्न रुपमा । हामी नेपाली जतिसुकै सहरिया भएपनि, स्वदेशमा रहँदा वा विदेशमा रहँदा पनि – जडीबुटीयुक्त मरमसला हाम्रा जीवनपद्धति जस्तै हुन् , जीवनयापनका अति महत्वपूर्ण परिपूरक तत्व हुन् भन्नलाई अतिशयोक्ति नहोला ।
सामान्य रुघाखोकी लाग्दा होस् वा सामान्य अस्वस्थतामा पनि बेसार तातोपानी नेपालीले खाएकै हुन्छन् । आम रुपमा प्रयोग भइरहेकै र ज्ञात भएको कुरामा जनमानसलाई नै इरिटेड हुनेगरी बारम्बार आफ्नो बालहठ देखाएकै कारण प्रधानमन्त्री केही समय देखि मजाकको विषय बनेका छन्: सामाजिक सञ्जाल, मिडिया, सडक र सदनमा पनि । प्रधानमन्त्रीको अरु पनि काम होला: तत्कालिन कार्यभार कोरोना नियन्त्रण गर्न र अरुपनि दैनिक प्रशासनिक कार्य गर्नलाई । त्यसैले जनताले यस्तो कोरोना कहर बीचमा यसको नियन्त्रणको लागी सरकारले स्पष्ट मार्गचित्र, पहलकदमी लिएको र त्यसलाई कार्यान्वयन भएको हेर्न र सुन्न उत्सुक छन् नकी कसैको अनावश्यक लहड र सनक वा आफ्नो कमजोरी छोप्न र जबर्जस्त लाद्न र स्थापित गर्न खोजिएको कथित “बेसारे आइडियोलोजि” को ज्ञान जनतालाई मन परेको छैन भन्ने पनि बुझ्न पर्छ प्रधानमन्त्री ज्यूले । उक्ति नै छ “भात धेरै चपायो भने तितो हुन्छ/ लाग्छ” भनेर ।
जनताले स्वास्थ्यसँग संबंधित मन्त्रालय वा मन्त्री माथिको आशा, विश्वास र भरोसा तोडिसके र परीक्षण पनि गरी सकें । सरकारद्वारा गठित “कोरोना संक्रमण, रोकथाम र नियन्त्रण उच्चस्तरीय समिति” को अकर्मण्यता पनि देखि सकें । यसै बीच जनताको नजर,आशा र भरोसा प्रधानमन्त्री माथि रहने नै भयो । कोरोना नियन्त्रणको लागि भए गरेका सरकारी कदमहरू असफल भइ दिनानुदिन संक्रमित बढेसँगै र आधारभूत संरचना र मापदण्ड विपरितका क्वारेन्टाइन र क्वारेन्टाइन मा बसेकाको दुर्दशा, आरडिटी को विश्वसनीयतामा प्रश्न, र यथोचित PCR परीक्षण बिना विदेशबाट आएकालाई घर पठाउने क्रियाकलापले जनमानसमा सरकार प्रति, अझ भनौं प्रधानमन्त्री माथि प्रश्न, सुझाव सल्लाह र माग र आशा रहने नै भयो र छ नै।
जनताको सरकार र प्रधानमन्त्री माथिको तत्कालिन आशा र भरोसा भनेको: कोरोना नियन्त्रणको लागि विशेष कदम सरकारले चालोस्, गल्ती भएको ठाउँमा सच्याउने, कमजोरी महसुस गरी कार्ययोजना परिवर्तन, सफलता प्राप्त भएको ठाउँमा त्यस्तै योजना अन्त पनि लागू गर्ने, प्रशस्त किट्स, उपकरण र PCR मेसिनको उपलब्धता, सहज आपूर्ति, व्यवस्थापन र मौज्दात गरियोस्, परीक्षणको दायरा फराकिलो होस्, वित्तीय संकट समाधानका उपाय खोजियोस्, खाद्य संकट व्यवस्थापन गरि प्रत्येक नेपाली कोरोनाले भन्दापनि भोकले नमरुन, नमारीउन । आम जनता र निजी क्षेत्रलाई राहतको व्यवस्था गरियोस्, कोरोनकैं बीच पनि आर्थिक तथा दैनिक क्रियाकलाप सञ्चालनको लागि प्रभावकारी योजना ल्याओस्, कोरोना नियन्त्रणको नाममा भए गरेका देशभरिका ब्रह्मलुट र भ्रष्टाचार माथि कारबाही थालनी गरियोस्, स्वस्थ सामग्री खरिदमा सरकारी मन्त्री, संरचनागत र नीतिगत भ्रष्टाचारमा कारबाहीको लागि शून्य सहनशीलता अपनाइयोस् भन्ने इत्यादि कुराहरूमा जनताको प्रश्न र आशा हो र माथि उल्लेखित प्रश्न र आशा माथिको उत्तर र भरोसाजन्य नीति तथा कार्यक्रमको सुरुवात र प्रयोग गर्नुको साटो झन् जनतालाई ज्ञान थोपर्न खोज्ने र “मेरो गोरुको बाह्रै टक्का” भने झैँ आफ्नो कुरा लाई जसरी पनि लाद्न खोज्नु, सर्वमान्य बनाउन खोज्नु र आफू मात्र विद्वान अरु सबै अल्पज्ञान देख्ने प्रधानमंत्रीले जनताको मत, सोचाइ र आग्रहको पनि सम्मान गर्न जरुरी छ । र परिस्थितिको सही मूल्यांकन गर्न आवश्यक छ । यहाँ प्रश्न, प्रधानमन्त्री ज्यू को देश बिकाश गर्ने भिजन र लक्ष्य प्रति होइन्। सतही कुरामा नरमाई, विषय वस्तुलाई गम्भीर रूपमा ग्रहण गर्न र मजाकको विषय नबनाउनु र मजाकको पात्र नबनुन भन्नेमा हो ।
संसद फजुल गफ हान्ने र हाँसो मजाक गर्ने ठाउँ होइन। जनता र राष्ट्रको पक्षमा विचार बिमर्श गर्दै राम्रा नीति र कानुन निर्माण गर्दै कार्यान्वयन गराउँदै देश निर्माण गर्ने थलो हो । रोचक त के भने प्रतिपक्षी दलका एकजना सांसद्ले “बेसार र तातोपानी कोरोनाको औषधि भनेर कसले भन्यो” कसले प्रमाणित गर्यो” भनेर संसदमै प्रश्न गर्दा प्रधानमन्त्रीले ‘मैले भनेको हो एकछिन अगाडि’ भन्दै गर्दा टेबुल ठटाएर प्रधानमन्त्रीको भनाइलाई वैधता दिँदा झन् झन् प्रधानमन्त्री हौसिएका छन् र चौथो पटक पनि यस्तै कुरा संसद्को माथिल्लो सदनमा पनि बोलेका छन्: ‘बेसार तातोपानी खाएर कोरोना लाई हाछ्युँ साँच्छ्यु गरेर उडाई दिनुपर्छ” भनेर। र फेरि पनि प्रधानमन्त्री मजाकको पात्र बनेका छन्, ट्रोल बनाउनेहरुको लागी त खुराक नै भएका छन्। यति ले मात्र नपुगेर अझै पनि यस्ता कुरालाई वैधता दिन लागिपरेका छन्। “कामकुरो एकातिर, कुम्लो बोकी ठिमी तिर” भनेको यही नै होला सायद । प्रधानमन्त्री ज्यूले आफूले बोलेका कुरालाई जसरी भएपनि प्रमाणित गर्नु र स्थापित गर्नु खोज्नु तथा आफूले बोलेका कुरा अरूले मान्नै पर्छ भन्ने बाल हठ देखाउनु मूर्खता त हो नै । प्रधानमन्त्रीज्यूले, कुन संस्कृति र मानक स्थापित गर्न खोजेका हुन् भन्ने पनि प्रश्न उठ्छ ।
प्रधानमन्त्री ज्यूले भनेको कुरा सतप्रतिशत असत्य हो भन्न खोजिएको पक्कै होइन । बेसार बहु उपयोगी र गुणकारी खाद्यपदार्थ हो तर प्रश्न स्वाभाविक उठ्छ नै। यदि बेसार, तातो पानी नै कोरोना औषधि हो भने किन फजुल अर्बौको खर्च? किन ३ महिना सम्म लकडाउन? संसार नै कोरोना चंगुलमा, किन? किन संसारले हामी बाट केही सिक्न चाहेन, बेसार र तातापानी सेवनको प्रयोग सन्दर्भमा? नेपालीको स्टामिना बलियो र रोगप्रतिरोधी क्षमता बढी हुँदो हो त, किन कोरोनाले संक्रमित गरेको, नेपालीलाई? किन कोरोनाले मरेका नेपाली? कहाँका जनताको रोगप्रतिरोधी क्षमता बलियो छ भन्ने कुरा त्यहाँका जनताको औसत आयु कति छ भन्ने कुराले निर्धारण हुँदै आएको छ र सो कार्य विश्व स्वास्थ्य संगठनले विभिन्न सुचकलाई आधार बनाएर मापन गर्दै आएको छ। WHO को पछिल्लो रिपोर्ट अनुसार नेपालीको औसत आयु ७०.५ वर्ष र विश्वको सूचकमा १२४औं स्थानमा छ। यसले पनि के पुष्टि गर्छ भने नेपालीको रोग प्रतिरोधात्मक क्षमता अहिले पनि कम नै छ ।
निश्चय पनि, जनमानसमा सहि सुचना सम्प्रेषण गर्दै जनचेतना विकास गर्नु र रोग प्रति लड्न उत्प्रेरित गर्न, हौसला बढाउन सह्रानीय कार्य नै हो, त्यो पनि स्वास्थ्य मन्त्रालय, संघसंस्था, मीडिया, सोसियल मिडिया, दूरसंचार प्रदायक संस्थान, व्यक्ति, समुदाय, राजनीतिक दल आदिले गर्दै आइरहेका पनि छन् । राष्ट्रको अभिभावकको नाताले पनि जनताको प्रधानमन्त्री माथि आशा, भरोसा र विश्वास अधिक हुन्छ नै, र छ पनि। त्यसैले प्रधानमन्त्री ज्यूले, बेतुकका झिना मसिना कुरामा न अल्झिएर, मेडिकल साइन्सले नै प्रमाणित गरेको, दुनियाँलाई नै हायलकायल बनाएको, रुघाखोकी, फ्लु जस्तै नवीन सङ्क्रामक र भाइरस जन्य रोग “कोरोना” कोविड-१९ हो र अहिलेसम्म यसको कुनै खास औषधि र खोप विकास भइनसकेको रोग हो भन्ने कुरा हेक्का राख्नु जरुरी छ । जनताको एकदमै साथ प्राप्त यस समयमा, देश र जनतालाई कोरोना बाट मुक्त गर्ने एकमात्र संकल्प गर्दै तदनुरूपका गतिशील टास्क फोर्स गठन गरी सही नीति अबलम्बन गर्दै युद्धस्तरमा कोरोना नियन्त्रणकार्य लागि कार्य अघि बढाउँदै कोरोना माथि जीत हासिल गर्नु नै आफ्नो र सरकारको प्रमुख कर्तव्य हो भन्ने बोध गर्न पनि जरुरी छ। मजाक जन्य बाणीको प्रस्तुतिले समय बर्बाद गर्ने र दुनियाको मजाकको पात्र बन्न छुट प्रधानमन्त्री लाई छैन।