२८ डिसेम्बर २०२०! नेपालको बर्तमान परिस्थिति अनुरुप देशमा भैरहेको राजनीतिक नेतृत्वहरुको गलत र नेतृत्वहरुको स्वार्थी गतिविधिलाई नियाल्दै गर्दा, नेतृत्व,नेता, सामाजिक अगुवा तथा मार्गदर्शक भित्र के कस्ता गुण तथा विशेषता हुनु पर्दछ भन्ने सम्बन्धमा कतारका लागि नेपाली मानवअधिकारकर्मी प्रोफेसर मोहम्मद रम्जान अलि मियाँले आफ्नो बिचार व्यक्त गरेका छन् । बर्षौंदेखी समय सापेक्ष विभिन्न बिधा बिषयहरुमा कलम चलाउदै अनगिन्ती सत्य तथ्य वास्तविक लेखहरु तथा समाजमा भैरहेका प्रत्येक गतिविधिहरुलाइ जनमानसमा विभिन्न मिडिया तथा समाजिक संजालद्वारा बाड्दै शिक्षा दिदैं आउनुभएका मियाँले नेतृत्व सम्बन्धमा पनि राम्रो लेख लेखेका छन् ।
“नेतृत्व,नेता, सामाजिक अगुवा तथा मार्गदर्शक को हुन्छ?उस भित्र के कस्ता गुण तथा विशेषता हुनु पर्छ यो बिषयमा उहाँको भनाइ जस्ताको त्यस्तै ।
नेता वा नेतृत्व पङ्गति प्रमुखको पहिलो विशेषता भनेको उ एउटा चौबीसै घण्टा सतर्क रहने,अत्यन्तै दयालु र बिगत बाट पाठ एवं शिक्षा लिने तथा आफ्नो वरिपरिको घटना परिघटना बाट पुर्णतःजानकार रहने पात्र हुनु पर्दछ। यसैगरी बर्तमान भविष्य र आफ्नो जनताको सोच र उनीहरुको आवश्यकता लाई छिट्टै बुझ्ने तथा महसुस गर्न सक्ने र निर्धारण गर्न सक्ने असाधारण क्षमता वाहक वा उ Futuristic ब्यक्ती हुनु अत्यन्त जरुरी छ। उसले चाल्ने कदम र गर्ने ब्यवहारमा शैक्षिक खुबी तथा बौद्धिकता कोण कोणमा झल्कियोस।रिस राग आग्रह पुर्वाग्रह बाट कहिल्यै ग्रसित नहोस।मिजासैले अभिभावकत्वको अभिभारा ग्रहण गर्ने जोश र ईख होस।नेतृत्वको उच्च पदमा पदासिन भए पछि उसका निम्ति न्यायको सिद्धान्तको उच्च कदर तथा न्यायीक पद्धतिको ब्यवहारमा एकरुपता छर्लङ्गै देखियोस।जस्तोसुकै परिस्थितिमा पनि धैर्यता र आत्मबिश्वास नगुमाउने बेजोड खुबी लाई आत्मसात गर्ने होस।नागरिक र जनतालाइ एकताको सुत्रमा ऐक्यबद्ध गरि आपसी मेलमिलाप सहिष्णुता हार्दिकताको माला गाँस्न सक्ने सक्षमता उस भित्र होस।
उ स्वयं आफू पनि सत्यवादी,अत्यन्तै बफादार,जनता र आफू मातहतका प्रती उत्तरदायी हुने र स्वभावैले संघर्षशिल हुनु पर्दछ।आफ्नो ब्यक्तिगत मात्र हैन राष्ट्र र जनताको हितका निम्ति भए पनि हर हालतमा आफ्नो नैतिकता कायम राख्ने हुनु पर्दछ। देश र जनताको हरेक आवश्यकतालाई आन्कलन गर्न सक्ने क्षमताको मालिक होस। उ भ्रष्टाचार,घुसखोरी,परिवारबाद जस्तो भ्यानक क्यान्सर रोगले ग्रसित नहोस।उसमा अग्रगामी सोच र परिवर्तनका कदम उठाउन सक्ने अथवा INITIATIVE लिन सक्ने बेजोडको बल र बुद्धि होस। उ आफ्नो जनता र राष्ट्रको शासक मात्र होइन एउटा बफादार सिपाही होस।उसमा दीर्घकालीन योजना बनाउने सक्ने खुबी होस।कुनै पनि अवस्थामा चाहे त्यो सत्तासीन हुँदै गर्दा होस अथवा सत्ता हस्तान्तरण गर्दै गर्दा होस आफ्नो बिश्वसनियता र नैतिकता गुम्न नदिने असाधारण बिश्वासको उच्च नैतिकवान पात्र होस। उसले पालना गराउन र बफादारी निभाउन के लाई भनिन्छ त्यो राम्रोसँग बुझेको होस।किनभने कुनै पनि हाकिमले आफू मातहतका बाट आफ्नो हुकुमको पालनाको आशा त गर्न सक्छ तर बफादारीको अपेक्षा गर्न सक्दैन।किनभने यो बिषय भनेको हाकिमको क्षमता ब्याक्तित्व बिश्वस्नियता र विशेषतामा भर पर्दछ। आज्ञा पालनाकर्ताको अनुहारमा खुशी र बफादार ब्यक्तिको अनुहारमा धोकीबाजीको रङ्ग होइन उसको अनुहारमा विशेष प्रकारको प्रसन्नता झल्किन्छ।उसमा समयको सदुपयोग गर्ने असाधारण बिवेक होस।झुट धोकाधडि संग उसको टाढा टाढा सम्म कुनै सम्बन्ध नहोस। देश त जनता प्रती घात अनि राज्य विरुद्धको कुनै पनि प्रकारको सौदाबाजीको घृणित खेल वा चालबाजि सोच्न पनि नसक्ने दरिलो मुटुको एकल मालिक होस।कसैको इशारामा चल्नु भनेको कोठीमा नाच्ने तवायफको पङ्गतीमा सहभागिता जनाउनु हो भन्ने सोचले आफुलाइ उभ्याउन सक्ने बहादुर होस। देश र जनताको उन्नति प्रगतिका लागि र आफ्नो लक्ष्य प्राप्तिका निम्ति ठोस कदम चाल्न सक्ने होस।यति मात्रै होइन उदेश्य प्राप्तिको अठोट राख्ने होस।आत्मविश्वासको नमुना होस।जे भन्छु त्यो गरमा बिश्वास राख्ने भन्दा जे गर्छु त्यो गरमा बिश्वास राख्ने र त्यसमा कटिबद्ध रहनु पर्छ भन्ने सोचमा बिश्वास राख्ने होस।बिशाल उदेश्य बोकेर जनताको बिश्वासलाई सहजै जित्न सक्ने उच्च नैतिकवान बिश्वासिलो पात्र र दुरदर्शिताले भरिपुर्ण ब्याक्तित्व होस।”
१० डिसेम्बर २०२०! आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसर पारेर नेपाली समुदाय प्रतिनिधि राष्ट्रिय मानव अधिकार समिति कतारमा रहेका प्रोफेसर रमजान अली मियाँले आफ्नो धारणा राखेका छन्। यस लेखबाट सबै मानबजातिहरुलाइ मानव अधिकार सम्बन्धमा राम्रो शिक्षा हासिल हुने बताउछन् ।
“आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस जसलाइ बडो भब्य तरीका र विभिन्न कार्यक्रमहरु गरेर हरेक वर्ष बडो हर्षोउल्लासले मनाइने गरिन्छ। विभिन्न नाराहरुमा सिमित यो दिवस पनि अन्य दिवस झैँ बिवश नै छ।जस्को मुख्य कारण हो मानव अधिकारका आधारभूत सिद्धान्त मूल्य मान्यता र नीति निर्देशनलाई बल र शक्तिको रुपमा पैताला मुनि कुल्चिनु हो।यस वृतान्त बारे मैले उल्लेख गरिरहनु पर्दैन।हाम्रो वरिपरि र मध्यपुर्वका सिरिया,इराक,यमन देखि अफ्रिकाको सुडान,इथोपिया,कोङ्गो बाट एशियाको ,बर्मा,अफ्गानिस्तान लगायतका देशका नागरिकको दुरावस्था हेरे पुग्छ। यद्यपि मानव अधिकारका मूल्य मान्यताको पलना एवं संरक्षण गर्नु हामी सबैको दायित्व हो। जसबाट सुरक्षित र प्रगतिशील समाजको परिकल्पना गर्न सकिन्छ ।
इस्लामले मानव अधिकारको आफ्नै अर्थ र परिभाषा बर्णन गरेको छ। यहाँ दुई वटा शब्दहरु छन। एक मानव अर्को अधिकार । मानव अर्थात हर त्यो जीव जसमा आत्मा हुन्छ जीव हुन्छ।
अधिकार अर्थात हरेक त्यो वस्तु जुन अटल हुन्छ (चाहे त्यो ब्यक्तिको लागि होस वा कुनै समुदायको लागि)यसलाइ मानव तर्फ अङ्गित गरेको छ।
यस संसारमा कुनै पनि ब्यक्ति एक्लै रहन सक्दैन।मानिस यहाँ एक अर्का सित मिलेर समुहगत रुपमा जिवनयापन गर्न बाध्य छ।आफुलाइ भइ परिआउने विभिन्न खाले समस्या,अवस्था संग जुध्न,अवसरको उपभोग गर्न तथा चुनौती र सुखदुःखको समाधान का निम्ति अर्काको सहयोग आदानप्रदान एवं सहकार्यको खाँचो महसुस गर्न बाध्य छ।जसका कारण मानिसले एक अर्काको सहयोग लिनु दिनु गर्नु ,गराउनु ,हरेक मानिसको आधारभूत एवं नैसर्गिक अधिकार AUTOMATICALLY स्थापित हुन्छ।जस्को आधारमा एकले अर्कालाइ सहयोग गर्ने र अधिकारको संरक्षण गर्ने दायित्व स्थपित हुन आउँछ।वास्तवमा युरोपमा औद्योगिक परिवर्तन भनौं वा औद्योगिक जागरुकता अभियान भनौं देखा परेपछी मात्रै त्यहां मानवाधिकारको चेतना सृजना भएको पाइन्छ ।जब यो परिवर्तनले गति लियो अनि मात्र होस खुल्यो कि मानवजातिको पनि मानव हुनुको हैसियतले केही अधिकार हुँदा रहेछन।जसबाट कहिल्यै कसैलाई बन्चित गर्न सकिँदन भनेर।
।जसको परिणाम स्वरुप बिसौं शताब्दीको आरम्भ तिर मानव अधिकारको चेतना वृद्धि भयो फलस्वरूप फ्रान्सको परिवर्तनको महत्त्वपूर्ण हिस्सा घोषित भयो।जसमा समूह र समुदायको शासन,स्वतन्त्रता बराबरी र स्वामित्व जस्ता बिषयहरु समावेश गरिएका थिए भने बिस्तार बिस्तारै क्रमबद्ध रुपमा यसको दायरा बढ्दै गयो र अन्ततःमानव अधिकारको अन्तर्राष्ट्रिय अवधारणा देखा पर्यो।१० डिसेम्बर सन् १९४८ मा संयुक्त राष्ट्रसंघको महासभा ले एउटा रिजर्भेशन पास गर्यो जसमा मानव हत्यालाइ एउटा अपराध घोषणा गरियो ।यसैगरी नरसंहारको निवारणको निम्ति पनि अर्को बिल पास गरियो जुन पछि गएर १२ जनवरी सन् १९८१ मा कार्यान्वयनमा आयो।
मानिसको आधारभूत र नैसर्गिक अधिकारको रुपमा जुन बिषयहरुलाइ समावेश गर्न सकिन्छ त्यसमा मानव अधिकारको बहुआयामिक सोच,मानवीय बराबरीको सिद्धान्त,गाली बेइज्जती रहित उच्च सम्मान र आदरको सुनिश्चितता ,मानिसको जिउ ज्यान र सम्पत्तिको सुरक्षा ,धार्मिक स्वतन्त्रता ,सन्तुलित सोच र आवस्यकताको स्वतन्त्रता,जीवन पद्धति अनि मानव अधिकारमा ब्यक्ति तथा समाजको सुरक्षा।महिला बालबालिकाको अधिकारको सम्बोधन मात्र नभइ दरिलो कार्यान्वयन तथा सुरक्षा महत्त्वपूर्ण हुन्छ्न भने मानिसको आर्थिक सामाजिक र शैक्षिक अधिकार अग्र पङ्गतिमा समावेश गरिनु पर्दछ।यदि हामीले मानव अधिकारको उत्पत्ति तथा बिकासको सामान्य अध्ययन मात्रै गर्ने हो भने पनि यति कुरा प्रष्ट हुन्छ कि पश्चिमा समाजमा मानव अधिकारको चेतना केवल दुई तीन शताब्दी भन्दा पहिले देखिदैन वा भेटिदिन भने यो चेतना र यसको बलियो कार्यान्वयन आज भन्दा १५०० वर्ष अगाडि मानव जातिका अन्तिम सन्देष्टा पैगम्बर मोहम्मदले मानव समाजको अगाडि मानव अधिकारको एक बहुआयामिक सोच,दस्तावेज प्रस्तुत गरि आफ्नै जीवन मा लागू गराइ एउटा सभ्य र सुरक्षित समाजको स्थापना गरेको इतिहासमा पाइन्छ।
जब हामी इस्लाममा मानव अधिकारको कुरा गर्दछौं त्यसको वास्तविक अर्थ भनेको तिं अधिकार नै हुन जुन इश्वरले हामीलाइ प्रदान गर्ने भएको छ।कुनै महान तथा शक्तिशाली ब्यक्ति अथवा संस्था,सरकारहरु द्वारा प्रदान गरिएका अधिकारहरु जसरी दिइन्छ उसैगरी जतिबेला चाहयो त्यतिबेला नै फिर्ता पनि लिन सकिन्छ।बिश्वका तानाशाह र डिक्टेटरहरु द्वारा मान्यता प्राप्त अधिकारहरुको पनि अवस्था पनि त्यस्तै छ।जब चाहन्छ्न दिन्छन र जतिबेला चाहन्छन तुरुन्तै फिर्ता पनि लिइहाल्छन।यतिमात्र होइन यिं अधिकारहरुको खुलेआम उलंघन पनि गर्ने गरेको पाइएको छ।बिश्वका बहुसंख्यक देशहरुको आपसी छलफल बहुमत र सभा बाट पारित भएका अधिकारहरुलाइ के कसरी मिल्काइन्छ त्यो हामी सामु छर्लङ्गगै छ।यदि तिं अधिकारहरुको संरक्षण र कार्यान्वयन तर्फ ध्यान दिइएको भए मानवजातीले आजको जस्तो बिकराल अवस्था र कठिनाइ कदापि भोग्नु पर्ने थिएन।किन भने यस्ता मानव सृजित अधिकारहरुको स्वयं उनीहरुको अगाडि पनि कुनै हैसियत हुँदैन।तर इस्लामले जुन अधिकारहरु मानवजाति लाई प्रदान गरेको छ त्यो भनेको इश्वरले नै उनिहरुलाइ प्रदान गरेका अधिकार हुन।संसारको कुनै पनि संसद अथवा सरकारले तिं अधिकारहरु माथी कुनै संसोधन र परिवर्तन गर्ने अधिकार राख्दैन।इश्वर द्वारा प्रदान गरिएको कुनै पनि अधिकारलाइ फिर्ता लिने अथवा समाप्त पार्ने कुनै पनि लियाकत राख्दैन।तिं अधिकारहरु भनेका देखाउन मात्रै प्रदान गरिएका आधारभूत अधिकार पनि होइनन्।जुन कागजमा लेखेर दिइने गरिन्छ र तुरुन्तै भुँइमै खोसिने गरिन्छ।यस्ता अधिकारहरुको हैसियत कुनै दार्शनिक बिचारहरुको जस्तो पनि हुँदैन जस्को पृष्ठभुमिमा कुनै पालना गराउने संस्था अथवा ताकत AUTHORITY पनि हुँदैन।संयुक्त राष्ट्रसंघका विधि बिधान र घोषणापत्रहरु लाई पनि तिनको दाँजोमा ल्याउन सकिन्न।किन भने यस्ता घोषणापत्र घोषणा मै समीत हुने गरेको र त्यसमाथि कार्यान्वयनको पक्ष अत्यन्तै कम्जोर रहेको पाइएको छ।यस्तो आभास हुन्छ कि घोषणा गरिदिनु नै प्रमुख बिषय हो कार्यान्वयन र लागू गराउनु कुनै महत्त्वपूर्ण बिषय होइन।सानो उदाहरणको लागि नै हेरौं न बिश्वका अधिकाँस देशहरु मिलेर बहुमत द्वारा संयुक्त राष्ट्रसंघमा कुनै अधिकार स्थापित गर्न अथवा कुनै ममिला लागू गर्न प्रस्ताव पारित गरिन्छ र घोषणा पनि गरिन्छ तर आफू सित भिटो पावर भएका मुलुकहरुले त्यसकि कार्यान्वयन लाइ सहजै चुनौती दिंदै अस्विकार गरिदिन्छन।तर इस्लामी अधिकार तथा ईस्लामले प्रदान गरेका अधिकार भनेको नितान्त फरक अधिकार हुन्छन किन भने उसले दिएको अधिकार आफ्नै सिद्धान्त र ब्यवस्थाको अर्को शब्दमा भन्ने हो भने धर्मैकै एउटा भाग हुने गर्दछ।जसका कारण हरेक ब्यक्तिले अक्षरत:पालना गर्नु पर्ने हुन्छ र हरेक सरकार तथा ब्यवस्थाले पुर्णत:स्विकार गर्नै पर्ने हुन्छ।कसैले अस्विकार गरि कसैको अधिकारको हनन गर्ने त्यहाँ कुनै गुन्जाइश रहंदैन।यसलाइ स्वीकार मात्र हैन यसको कार्यान्वयन तर्फ कडा रुपमा निर्देशन पनि गरेको छ।जसले इस्लामको दावी गर्दछ र मानव अधिकारको संरक्षणको कुरा गर्दछ तर इश्वर द्वारा प्रदान गरिएका अधिकारहरु दिनुको सट्टा त्यसमा बाधक बन्दछ अथवा त्यसमा संसोधन गर्ने तिर लाग्दै अधिकार हनन गर्ने तर्फ अग्रसर हुन्छ त्यस्ता ब्यक्तिको बारेमा कुरआनको यथष्ट फैसला छ कि वास्तवमा यिनिहरु इनकारी हुन।५/४४।यसैगरी कुरआनको अर्को स्थानमा भनिएको छ कि “उनिहरु अपराधी हुन अत्याचारी हुन।५/४५ यसैगरी उनीहरुको निम्ति कठोस सजाको फैसला सुनाइएको छ जसले मानव अधिकार लाई कुन्ठित गर्ने कुनै पनि कार्य गर्दछ।
इस्लामले यस संसारमा जति आए जति गए र हाल बसोबास गरिरहेका सबैलाइ इश्वरको सृष्टि मान्दछ र सबैलाई एकै परिवारको सदस्यको मान्यता दिएको छ।सबैले इश्वरले आदेश गरेका र हामी वाट मागगरिएको उदेश्यको परिपुर्ति गर्नु पर्ने जिम्मेवार ठहर्याइएको छ।यस संसारका सृष्टिकर्ताले हामी बिच कुनै भिन्नता कायम गरेका छैनन्।उसको निगाहमा सबै मानव जाती बराबर हुन।मानवको निम्ति इश्वर द्वारा अवलम्बन गरिएका बराबरीका नीति नियम र कानुन दीर्घकालीन र यथष्ठ रहेका छन।जसमा सबैको अधिकार बराबर छ।यदि उनिहरु बिच कुनै भिन्नता छ भने त्यो भनेको मानिसको आफ्नै कर्म हुन सक्छ।जुन सत्कर्म र कुकर्मको रुपमा रहेको छ।यसैगरी कुनै सेतो छालालाइ कालो छाला माथी कुनै बर्चस्व र प्राथमिकता दिइएको छैन र कुनै अरबीलाइ कुनै गैर अरबी माथी पनि कुनै प्राथमिकता दिइएको छैन।यदि प्राथमिकता र बर्चस्वको कुनै मापदण्ड छ भने त्यो हो सत्कर्म र ईश्वर माथिको भय।जसले इश्वरिय आदेशको पालना गर्यो र नतमस्तक भयो उसैले श्रेष्ठताको उपाधी प्राप्त गर्यो।
आज हेरौं त जुन देशहरुले केवल मुखमा बुझो लगाउनको निम्ति र सर्वहारा समाजलाइ प्रगतिबाट बन्चित गर्न बडो जोस र उत्तेजनामा आएर मानव अधिकारको बीउ रोप्ने कार्य गरेका थिए आजै तिनै देशहरु मानवाधिकारको खिल्ली उडाउनमा पहिलो पङ्गतीमा पेश पेश देखिएका छन।तिं मुलुकहरूमा अपराधिक क्रियाकलाप गर्नेहरुको संख्यामा दिनानुदिन वृद्धि हुँदै गएको छ।यसको निवारणका निम्ति क्यौं उपायहरु अपनाइयो तर समस्या जहाँ को त्यहीँ रहेन मात्र झनै उत्सर्गमा पुग्यो।किन भने यसको जरोमा गएर अध्ययन गर्ने हो भने त्यहाँ मानवको आफ्नै निजि स्वार्थ लुकेको पाइन्छ।जस्का कारण मानव अधिकार एउटा फोस्रो नाराको रुपमा हामी माझ रहेको पाइन्छ।जस्को मानव जिवन संग कुनै सरोकार रहेको पाइदैन।यसको ठिक बिपरित पैगम्बर मोहम्मद सल्लल्लाहु अलैही व सल्लामले इस्लामको नीति अनुरुप दिएको शिक्षामा कार्यान्वयनको पक्ष नारा भन्दा क्यौंगुणा बलियो रहेको पाइन्छ।मानव अधिकारको पालना र संरक्षणमा यस्तो SPRIT पैदा भएको पाइन्छ कि मानिस आफै मानव अधिकारको संरक्षक देखिन्छ।
जुन शिक्षामा मानव जातिको उच्च सम्मान,मानवीय संवेदनशिलताको आदर सम्मान तथा मानिसको इच्छा आकांछ्याको पूरा पूरा संरक्षण गरिएको छ।मानिसको आर्थिक शैक्षिक सामाजिक नागरिक सुरक्षा र स्वास्थ्य ,न्याय,गास बास कपास को सुनिश्चितता सम्बन्धि अधिकारको पुर्णतःग्यारेन्टी गरिएको छ।चाहे त्यो कोडा लगाएर,किसास EQUALITY PUNISHMENT लिएर सजायको रुपमा होस वा परिवारको राजिखुशीमा दियत BLOOD MONEY दिएर जीवन दान नै किन नहोस सबैको आत्माको सन्तुष्टि हुने गरि न्यायप्रणालीको बिकास गरेको छ।जसबाट मानव अधिकारलाइ पुर्णतःबल पुगेको छ जसको छहारीमा मानव अधिकारले फल्नेफुल्ने अवसर प्राप्त गर्दछ।अधिकार माथिको दायित्व र अधिकारको सुरक्षा यति हदसम्म गरेको छ कि यदि कुनै ब्यक्तिले कसैको अधिकार यो संसारमा तिरेन वा दायित्व निर्वाह गरेन भने आखिरतमा उसले अल्लाह सामु त्यो अधिकार दिनु पर्नेछ त्यो फर्चोट गर्नु पर्नेछ।अन्यथा सजायको भागिदार हुनु पर्नेछ।यहाँ सम्म कि जनावरहरुको आपसी दमन तथा अन्यायको पनि बदला लिइने छ।पैगम्बर मोहम्मद ( वहाँ माथी शान्ति होस) ले भन्नू भएको छ हकदावी गर्नेहरुको दावीलाइ प्रलयको दिन पछि अनिवार्य रुपमा हश्रको मैदानमा सुनुवाइ गरिनेछ।हक दिनु पर्नेछ सो को भरपाइ अनिवार्य रुपमा गर्नु पर्नेछ।यतिसम्म कि सिङ्ग नभएको बाख्रा(जनावर) लाई सिङ्ग भएको बाख्राले हिर्काएको छ भने त्यसको पनि अधिकार फर्चोट गरिनेछ।
तसर्थ आज वास्तविक मानव अधिकारको सन्देश हरेक ब्यक्ति माझ पुग्नु जरुरी देखिएको छ।मेरो मानव अधिकार के हो र यसको पलना कसरी हुन्छ र अर्को अर्थात अन्य कुनै ब्यक्ती तथा छिमेकी र समाजका अन्य नागरिकको अधिकार के हो त्यो बुझ्नु बुझाउनु अपरिहार्य रहेको छ।आज यो असमझदारीका कारण हाम्रो घर समाज गाउँ टोलमा कसैले पनि स्वतन्त्रता र सुरक्षाको स्वास लिन नसकिरहेको अवस्था बिध्यमान रहेको छ।ब्यक्ति ब्यक्ति बिच कायम रहेको वा रहने अधिकारको पालना र सरकारले आफ्ना नागरिकलाई उपलब्ध गराउनु पर्ने आधारभूत सेवा सुविधाको उपभोग गर्ने अधिकारको सुनिश्चितता नै हाम्रो सुखद भविष्यको जमानत हुन सक्छ।
जसको शुरुआत मैले मेरो घर बाटै गर्नु पर्दछ भने कुनै पनि देशले आफ्नै भुमिबाट यसको आरम्भ गर्नु पर्दछ।यो अति संवेदनशिल बिषयमा लापरबाहीको कारण आज लाखौं लाख मानव जिवले अनाहकमा ज्यान गुमाउनु परेको छ भने त्यति नै संख्यामा रहेकाले अंग भंग भै जीवन ब्यतित गर्नु परेको र घरबार बिहिन अवस्थामा विभिन्न पिडादायी रोगबाट सिथिल भएर तथा कैदमा कष्टकर जीवन बिताउनु परेको यथार्थलाई हामीले कहिल्ये सम्म आँखा चिम्लिने।इस्लामी सिद्धान्त अनुसार ईश्वरले आफ्नो हक तथा आफू माथिको दायित्व (हुकुक अल्लाह) त माफ गरिदिनेछन तर कुनै मानवको हक (हुकुक अल इबाद) र उसको दायित्व जब सम्म हकवालाले माफ गर्दैन इश्वरले पनि सो बाट मुक्ति दिने छैनन।
प्रहरी उपरीक्षक (एसपी) होविन्द्र बोगटी तीन महिनाअघि प्रहरी प्रमुख भएर स्याङ्जा गएका थिए। गएको केही दिनपछि उनले ६० जना प्रहरी कर्मचारीलाई सामेल गराएर सोधे- तपाईंहरूमध्ये कति जनाले श्रीमतीलाई ‘आइ लभ यू’ भन्नुहुन्छ, हात उठाउनुहोस्। एकै जनाले हात उठाएनन्। बोगटी अहिले हरेक सामेलमा सोध्छन्- शतप्रतिशत प्रहरीले श्रीमतीलाई ‘आइ लभ यू’ भन्छु भनेर हात उठाउँछन्। घरकी श्रीमतीलाई ‘आइ लभ यू’ भन्नु नभन्नुले प्रहरी कार्यालयको काममा के अर्थ राख्छ? प्रहरी उपरीक्षक बोगटीले विस्तृत अर्थ्याउन खोजे। बोगटीका अनुसार हरेक मानिसको दैनिकी सर्वप्रथम घरकै माहोलबाट चलिरहेको हुन्छ। घरको वातावरणले कार्यालयको काममा सिधै असर गर्छ। अझ चौबिसै घन्टा ड्युटीमा खटिने प्रहरी कर्मचारीका लागि त झन् घरायसी वातावरणको असर महत्वपूर्ण नै छ। किनकि, प्रहरी सडक, चोक, बजार, कार्यालय जता पनि जनतासँग खटिरहेका हुन्छन्, त्यसैले उनीहरूको दिमाग जतिबेलै ताजा हुनुपर्छ। त्यो हुनका लागि घरायसी वातावरण ठीक हुनुपर्छ,’ बोगटी भन्छन्। बोगटीले एउटा घटना स्मरण गरे। घटना स्वयम्भू वृत्तको हो। बोगटी महानगरीय अपराध महाशाखा काठमाडौंमा थिए। गत जेठमा एक जना प्रहरी सहायक निरीक्षकले आफ्नै पेस्तोलले कञ्चटमा हानेर आत्महत्या गरे। त्यसको कारण पारिवारिक तनाव थियो। ती असईसँग शान्ति मिसनका क्रममा बोगटीले हाइटीमा सँगै काम गरेका थिए। ‘त्यस्तो इमानदार र लगनशील प्रहरीले आत्महत्या गर्नुपर्ने कारण गहिरिएर हेर्दा आवेश, तनाव र पारिवारिक कलह देखियो,’ बोगटीले भने। अहिले पनि फौजी संगठनमा आत्महत्याका घटना छँदैछन्। प्रहरीसाथै नेपाली सेनाका जवानले कहिलेकाहीँ आफूले बोकेको हतियार चलाएर आत्महत्या गरिरहेका छन्। यस्ता घटना पारिवारिक बेमेल र झगडाको कारण निम्तिएको बोगटीको बुझाइ छ। कतिपय फौजी संगठनका कर्मचारी परिवारमा तनाव हुँदा डिप्रेसनको सिकार भइरहेका छन्। उनीहरू ड्युटी सकेपछि मदिरा सेवन गर्ने, बढी उत्तेजनामा आउने र अप्रिय कदम चाल्ने गर्छन्। स्याङजा प्रहरी प्रमुख भएर पुगेपछि बोगटीले यस्ता घटना सम्झे र आफ्ना प्रहरी कर्मचारीको घरायसी वातावरण बनाउन अभियान नै चलाउने निष्कर्षमा पुगे।
स्याङ्जा प्रहरी प्रमुख होविन्द्र बोगटी। फाइल तस्बिर। बोगटी अपराध अनुसन्धानमा दख्खल राख्ने प्रहरी अधिकृत हुन्। उनले पारिवारिक कलहका कारण घटेका थप्रै घटनाको अनुसन्धान गरेका छन्। उनी भन्छन्, ‘मानिसको सबैभन्दा ठूलो कुरा पहिले परिवार ठीक हुनुपर्छ, परिवार ठीक भयो भने हरेक काममा त्यसले सकारात्मक प्रभाव ल्याउँछ।’ यसलाई उनले कार्यालयको कार्यसम्पादनसँग जोडेका छन्। ‘घरासयी वातावरण राम्रो भयो भने उच्च कार्यसम्पादन हुन्छ, तनाव व्यवस्थापन पनि हुने भयो,’ बोगटीले भने, ‘त्यसैले, मैले हरेक दिन हरेक प्रहरी कर्मचारीले श्रीमतीसाथै छोराछोरीलाई ‘आइ लभ यू’ भन्न लगाएँ।’ बोगटीले आफू गएपछि स्याङजा प्रहरीमा यो अभियान थालेका थिए। अहिले हरेक प्रहरी कर्मचारीले आफ्नी श्रीमतीलाई बेलुका ‘आइ लभ यू’ भन्नैपर्छ। प्रहरी कर्मचारीले श्रीमतीलाई ‘आइ लभ यू’ भन्छन्/भन्दैनन् भनी जाँचबुझ गर्न प्रहरी नायब उपरीक्षक राजेन्द्र अधिकारीलाई फोकल पर्सन नै तोकिएको छ। उनले हरेक प्रहरीका श्रीमती र छोराछोरीको नम्बर राखेका छन्। उनले दिनहुँ ‘फलोअप’ गरिरहेका हुन्छन्। भने-नभनेको, कार्यालयबाट बिदा लिएर घर पुगे नपुगेको, घरमा पुगेपछि कस्तो वातावरण भयो लगायत अनेकथरी गतिविधिबारे अधिकारीले घरमा सोध्छन्। ‘एक त यो चाहिँ मेरो ड्युटी नै हो भन्ने पनि परेको छ, अर्को परिवारमा नयाँ खालको उत्साह पनि आएको छ,’ बोगटी भन्छन्। सुरू-सुरूमा श्रीमानले ‘आइ लभ यू’ भन्दा श्रीमतीहरूले जिस्क्याएको जस्तो ठानेछन्। पछिपछि चाहिँ श्रीमानले माया गर्न थाल्यो भनेर खुसी हुन थालेको बोगटीले बताए। ‘भाडामा बसेको छ भने भाडा तिरे नतिरेको, छोराछोरीको स्कुलको फी बुझाए-नबुझाएको लगायत परिवारप्रति जिम्मेवारी निभाए-ननिभाएको फलो गर्छौं,’ बोगटीले भने, ‘यो अभियानपछि प्रहरी कर्मचारी परिवारसाथै कार्यालयमा तनावरहित ढंगले काम गरेको पाएँ।’ कार्यालयमा उनले फ्री वाइफाइ राखेका छन्। प्रहरी कर्मचारीहरूले घरमा सधैं मेसेन्जर, भाइबर, इमो, ह्वाट्स एप लगायतबाट सम्पर्क गरिरहेका हुन्छन्। ‘दिनहुँ, घर टाढा छ भने पनि श्रीमान् मसँग नजिक छ भन्ने श्रीमतीले पनि अनुभूति गर्न पाइन्,’ बोगटीले भने। समाजमा अनेक विकृति छन्। श्रीमानको माया नपाएपछि बिरक्तिएर श्रीमतीले घरबार लथालिंग पारेका घटना पनि छन्। ‘श्रीमानले माया गर्न छोड्दा श्रीमतीले अर्कैको माया पाउने र त्यसले परिवारमा झन् समस्या पैदा गर्ने हुन्छ,’ बोगटीले भने। स्याङ्जामा पाँच सय जना प्रहरी छन्। यी सबै प्रहरीको दैनिक गतिविधि नियाल्न डिएसपी अधिकारीलाई धौ-धौ नै परिरहेको बोगटीले बताए। बोगटीका अनुसार आत्महत्या बढी हुने जिल्लामा स्याङ्जा पाँच नम्बरमा छ। यहाँ बिहे भएको दुई महिनामै श्रीमती-श्रीमानबीच झगडा भएर आत्महत्या निम्तिएका घटना छन्। ‘मैले प्रहरीबाट यो अभियान सुरू गर्दा समाजमा पनि सकारात्मक सन्देश गई आत्महत्या नियन्त्रण होस्,’ बोगटीले भने, ‘समाजको सुरक्षा गर्ने प्रहरीबाट यो सन्देश फैलिन जरुरी छ।’ प्रहरीमा बिदा नपाएको, घर जान नपाएको गुनासो व्याप्त छन्। तिनले पनि कार्यसम्पादनमा असर गरिरहेको बोगटीले बताए। अहिलेका प्रहरी महानिरीक्षक शैलेश थापा क्षत्रीले बिदाको सन्दर्भलाई लिएर आउने गुनासो सम्बोधन गर्न निर्देशन नै दिएका छन्। ‘आइजीसाबको कार्ययोजना र प्राथमिकतामा बिदा पनि छ, त्यसैले मैले बिदालाई आलोपालो माध्यमद्वारा व्यवस्थापन गरी प्रहरीमा तनावको वातावरण हटाउने प्रयन्त गरेको छु,’ बोगटीले भने। यो खबर सेतो पाटी वाट साभार गरिएको हो !
भनिन्छ यहाँ धर्म निरपेक्षताको देश भनेर फेरि त्यहि देशमा अनेक थरिका कलङ्कित र एक अर्काको धर्म प्रति भेदभाब गरिन्छ त्यसै सन्दर्भमा मैले धेरै ठाउमा देखेको र सुनेको कुरा कुनै लामो दारी-जुँगा पालेका व्यक्ति हरुले समाजमा केहि नकारात्मक काम कुराहरु,समाजमा बिकृति फैलिने काम कुराहरु गरेको देखियो भने हाम्रा समाजका हरेक धर्म मान्ने व्यक्ति हरुले भन्ने गर्छन र गरेका पनि छन्। “ति मुस्लिम हरुले गरेका हुन् इनि मुस्लिम हरुलाई देश निकाला गर्नु पर्छ “यिनि मुस्लिमहरु बाहिरि देशका व्यक्ति हरु हुन् यिनिहरुलाई कुनै हालतमा पनि छाड्नु हुदैन” भन्ने गर्छन । विभिन्न जातिको सुन्दर फुलबारी को देेेश नेपालमा जहाँ एक अर्को बिच नराम्रो नजर र नराम्रो कुराले प्रभावित गरिन्छ । जस्तै:”भारतमा केहि नालाएक व्यक्ति हरुले हाम्रो देशको रास्ट्र झण्डा जलाए” त्यो समयमा पनि नेपालका कुनै धर्म मान्ने व्यक्ति हरुले सामाजिक संजाल मार्फत गालि गलोज अथवा अन्य नकारात्मक सब्द प्रयोग गरि नेपालि मुस्लिम समुदाय हरुमा असर पुर्याएका छन् । त्यसलाइ
पछिल्लो समयमा नेपालमा कोरोना भाइरस पनि मुस्लिम समुदायले नि फैलाएको भनेर भ्रम फैलाइयो साथि हरुलाई म एउटा अनुरोध गर्दछु कि दारी-जुँगा पाल्दैमा मुस्लिम धर्मावलम्बी नै हुन्छन भन्ने छैन अहिलेको समयमा त हरेक जातजातिका व्यक्ति हरुले दारी कपाल जुँगा पाल्ने त स्टाइल आएको छ र अर्को कुरा हामि नेपालि मुस्लिम नै हौ हामि कुनै बाहिरि देशबाट आएका होइनौ र हामि यहिकै बासिन्दा हौ यहि देशका सच्चा नागरिक हौ।
हरेक कार्यक्रममा भन्ने गरिन्छ नि हाम्रो देशलाइ फुलै फुलको बारी भनिन्छ किन भने हाम्रो देशमा हरेक जातजाति धर्म भेषभुषाले बनेको देश हो त्यसैले समाजमा बिकृति फैलाउने काम नगरौ । कसैको धार्मिक धर्म माथि कलङ्क फैलाउने काम नगरौ हामी हाम्रो देश नेपाल सुन्दर जातजातिको फुलबारीको संसार हो ।
भ्रम गरेर कसैले कसैको धर्म र धार्मिक धर्मावलम्बी माथि विकृति फैलाउने एक आपसमा दोषारोपण गर्ने काम नगरौ ।
३ मंग्सिर २०७७, काठमाडौ ! समुदायको जीबनस्तर उकास्नका लागि एउटा गतिलो योजना तयार गरेर सामुहिक बस्ती बिकास , सामुहिक कृषि,ग्रामीण पर्यटन,उर्जा, बन संरक्षण र दीगो बिकासको अवधारणालाई लक्षित गर्दै संबन्धित सरोकार निकायबाट इजाजत लिएर भरपर्दो र ज़िम्मेवार ब्यक्तिहरुको टिम मिलेर एउटा बिकासको परियोजना सुरु गर्न लागेको कुरा सामाजिक अभियन्ता ज्वाला संगौलाले आफ्नो फेसबुक पेज बाट सेयर गरेकी छिन् ।
उहाँले आफ्नो फेबुक पेजमा आफ्नो परियोजना बारे बृस्तित जानकारी गराउदै आफ्नो परियोजनाको लक्ष्य सबैमा सेयर गरेकी छिन् । उहाँको भनाइ जस्ताको त्यस्तै “एउटा ब्यक्तिमात्र धनी भएर मुलुक बन्दैन,एउटा नेतामात्र धनी भएर मुलुक बन्दैन । मुलुक धनी बनाउन सबैभन्दा पहिला समुदायको जीबनस्तर उकास्नु पर्छ।समुदायको जीबनस्तर उकास्नका लागि एउटा गतिलो योजना तयार गरेर अगाडि बढ्नु पर्छ ।यसै कुरालाई मध्यनजर गर्दै सामुहिक बस्ती बिकास , सामुहिक कृषि,ग्रामीण पर्यटन,उर्जा, बन संरक्षण र दीगो बिकासको अवधारणालाई लक्षित गर्दै संबन्धित सरोकार निकायबाट इजाजत लिएर भरपर्दो र ज़िम्मेवार ब्यक्तिहरुको टिम मिलेर तपाईहरुलाई पनि सहभागी गराउने उदेश्यले एउटा बिकासको परियोजना सुरु गर्दै छौं..! यो योजनाका कामहरु यसप्रकार रहने छन्: १)सामुहिक कृषि ,पशुपन्छी पालन, सामुहिक बस्ती बिकास , ग्रामीण पर्यटन,स्वास्थ्य शिक्षामा हरेक वर्गहरुको समान अधिकार रहने गरि काम गर्ने २)जलवायु परिवर्तनको असरलाई ध्यानमा राखी सुख्खा क्षेत्रमा जलासय निर्माण गर्ने र बनजंगलको संरक्षणको निम्ति बृक्षरोपणमा प्राथमिकता दिने ३)सामूहिक बस्ती निर्माण गरी जातीय , लैंगिक , धार्मिक र सामाजिक बिभेदको खाडलको अन्त्य गर्ने ४)स्थानीय हरुलाई रोजगारीका अवसरहरु प्रदान गर्ने ५)हातमा शक्ति , सत्ता र पैसा हुदापनि एउटा बाटो समेत पिच गर्न नसक्ने र पिच गरिहाले पनि १० दिनभित्र उक्किने कालोपत्र लगाएर करोडौ भ्रस्टचार गर्ने सरकारलाई काम यसरी गर्नु पर्छ भनेर आफैले गरेर देखाउने ४) गर्न सके यहि मुलुक भित्रै संभावना छ भनेर सारा नेपालीहरुलाई सन्देश दिने नोट: साँच्चै देश बनाउनु पर्छ , आफू उठ्नु पर्छ र अरुलाई पनि उठाउनु पर्छ भन्ने भावना बोक्नु भएका इमानदार ब्यत्तित्वहरु यस परियोजनामा सामेल हुन सक्नुहुनेछ।आजसम्म हामीले हरेक ठाउँमा फिर्ता नहुने गरि मानवताको नाताले लाखौ सहयोग गर्यौं! त्यस्ले देशमा दुख पाएकाहरुले एक दिनको लागि सान्त्वना त पाए तर त्यस्ले दीर्घकालिन गरिबि हटाएन। बरु मान्छेहरुले झन् मागेर खान मात्र सिक्न थाले। तसर्थ अब दीर्घकालीन समस्याको समाधानका खातिर बिकासका परियोजनामा के हामी थोरै लगानी गर्न सक्छौं? हामीले गरेको लगानी कतै खेर जाने छैन , घट्ने छैन , बढेरै जाने छ ..! त्यो लगानीले लगानीकर्ता ब्यक्ति , समुदाय र देश तिनै तत्वहरुलाई माथी उठाउने छ ! केहि गर्छु भन्ने सोच बोक्नु भएका मित्रहरुले म्यासेज गर्नुहोला..! ”
७ नोभेम्बर २०२०, साउदी अरब बाट नेपाल फर्किएका एनआरएनए साउदीका एक प्रतिनिधि नरेन कार्कीले बिदेश बाट स्वदेश फर्कनेहरुका लागि सहज सूचना सम्प्रेषण गर्ने उद्देश्यले आफू क्वारेन्टाइनमा बस्दा आफुले अनुभव गरेका केही कुरा सेयर गरेका छन् ।
जहाजबाट वोर्लिएपछी नेपाल आर्मिले ब्यवस्था गरेको गाडी अगाडि गेटमा राखिएको हुदो रहेछ सुरुसुरुमा प्रदेस अनुसारको समुह बिभाजन गर्ने गरेको सुनियो र सोही अनुसारका बोडहरु बनाएको देखियो तर हिजो तेस्तो केही छुट्याइएको थिएन जो जुन गाडिमा बसे पनि हुन्थ्यो।
आर्मिहरुले तकिदिएको गाडिमा आफ्नो समानहरु आफै बोक्ने र गाडिमा चडाउने गाडी एकै साइजका नभै सानाठुला भैदिएको हुदा कुनै सागुरो, ढोका सानो कुनै ठुला फराक तेसैले समान चाडाउने उतार्ने गर्दा जति धेरै समान उतिब दुख पाइने रहेछ।
गाडिमा बसिसकेपछी कुनै एक पाटी प्यालेसमा पुर्याइयो जहाँ फराकिलो आगन, आराम गरी बस्ने ठाउ, ट्वाइलेट सुबिधा आदि थियो आफना समानहरु सबै उतार्न भनियो र उतारीयो र हात धोएर हलमा बस्न भनियो हलमा बसियो आर्मिहरुका तर्फबाट कोभिड-१९, होटेल कोरेन्टिन बस्नुपर्ने नियमहरुका बारेमा छोटो ब्रीफिङ गरेको पाइयो र यंहि सम्पुर्ण आगन्तुक हरुको विवरण भरिदिने काम गरेको पाइयो, हाम्रो हतार गर्ने बानी अलि भिडभाड र सामाजिक दुरी कायम गर्न चै सबै चुकेको प्रस्टै देखिन्थ्यो साथै हरेकलाइ एक एक नया नेपाल टेलिकमको रुपैया १० रिचार्ज आउने गरीको एक एक वटा सिमकाड पनी निसुल्क बितरण गरेको पाइयो।
आफन्त कोहि भेट्न आए भेट्न दिने ब्यवस्था पनि रहेको पाइयो।
तत्पश्चात आर्मिहरुको निर्देशनमा कोरिन्टिन तोकिएका होटेल हरुमा क्रमश होटेलको क्षमतानुसार पुन होटेलले पठाएका साना ठुला साइजका गाडिमा आफ्नो सामान चढाएर होटल प्रस्थान गरीयो। होटेल पुगियो सामान झारीयो।
होटेलमा २२ र ३३ रुममा आफू आफु मिलेर बस्न सक्नुहुन्छ भनियो, सिङल रुम चाहिए नियमानिसार केही रकम थप गरि बस्न सकिने बुझियो। होटेल प्राय ठुला प्रकृतिका हुने हुदा कोठाहरुपनी ठुलै रहेको पाइयो।
होटेलमा बिहानको ब्रेकफास्ट (चना, एउटा अन्डा र कालो चिया) दिइयो र बिहान बेलुका को खाना चै एउटा सब्जी एउटा दाल र थप खाना सहितको डिस्पोजेबल प्याकमा राखेर कोठा कोठामा ल्याइदिने ब्यवस्था गरिएको पाइयो।
पानीको लागि ठुलो प्लास्टिक जारको बोतल बाहिर राखिदिने र आफैले ल्याइ कोठामा उमाली पिउन सक्ने गरि ब्यवस्था गरेको पाइयो।
अन्य खाने पिउने र आवश्यक समाग्री चाहिए होटल ले सशुल्क ल्याइदिने ब्यवस्था रहेको पाइयो।
पाचदिन सम्म यसैगरी बस्ने र पाचौ दिनका दिन टेकु अस्पताल बाट चिकित्सक सहितको टोलि आइ स्वाब सन्कलन गरि पि सि आर टेस्ट गर्न पठाउने र त्यस्को भोलि या पर्सि पल्ट रिजल्ट नेगेटिभ आउनेहरुलाइ होटलबाट निस्कियेर आफ्नो घर जान अनुमती मिल्ने कुरो बुझियो।
यो माथिका अनुभवलाई अन्य स्वदेश जानेहरुका लागि शिक्षा हुने छ ।
थारु कल्याणकारिणी सभा, जापानमा आबद्ध रहेका सबै सदस्यहरूको सहयोगमा, नेपालको दाङ् जिल्ला तुलसीपुर . १३ ढकना निवासी सीता चौधरीलाई नेपाली रु.१५,०००/ अक्षेरेपी पन्ध्र हजार रुपैयाॅं सहयोग प्राप्त भएको छ । श्रीमान कामको शिलशिलामा बिदेश गएको बेला उतै मृत्यु भए पछि बिचल्लीमा परेकी सिता चौधरीको सहयोग अभियानमा लागीपरेका समाजिक ब्यक्तित्व तथा सञ्चारकर्मी थमन चौधरीले जानकारी गराउनु भयो । सन्चार कर्मी तथा सामाजिक ब्यक्तित्व थम्मन चौधरीले दुखमा परेकी सिता चौधरीको सहयोगको लागि दॅंगीशरण मिडिया मार्फत समाजिक सन्जालमा भिडियो प्रशारण गरे पछि थारु कल्याणकारी सभा, जापानमा आबद्ध हुने सबै सदस्यहरूले उहाॅंको सहयोगको लागि केहीं रकम जम्मा गर्ने निधो गरेपछि यो रकम जम्मा हुन सफल भएको कुरा थारु कल्याणकारिणी सभा, जापानका कार्यवाहक कोषाध्यक्ष हरि चौधरीले बताउनु भयो।।।थारु कल्याणकारी नि
नेपाली कांग्रेस सूचना, संचार तथा प्रचार विभाग केन्द्रीय सदस्य तथा नेपाली कांग्रेस सिन्धुपाल्चोकका महासमिति सदस्य सागरकुमार श्रेष्ठले जन्म दिनकाे अवसरमा पत्रकार पुरस्कार काेष स्थापना गर्नुभएको छ ।
पत्रकार महासंघका पूर्वसदस्य समेत रहनु भएका श्रेष्ठले बुबा सुरेन्द्र कुमार श्रेष्ठ तथा आमा कमला श्रेष्ठको नामबाट २५ हजार राशीको पुरस्कार घाेषणाा गर्नुभएको हो ।
उक्त पुरस्कार नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोक शाखाले हरेक वर्ष पत्रकारितामा सक्रिय रहेका पत्रकारलाई दिनेछ।उहाँले आजै रेडियो मेलम्चीको भवनका लागि दश हजार सहयोग गर्ने बताउनु भएको छ ।
काठमाण्डौं। विश्वमा छरिएर रहेका विज्ञहरु र नेपालका नीति निर्मातासँग सम्बन्धित संघसंस्थासँग कसरी एकीकृत भएर काम गर्न सकिन्छ भन्ने उद्देश्यले दोस्रो ज्ञान सम्मेलनमा नेपाल र विज्ञ डायस्पोरासँग सञ्जाल सेसन राखिएको थियो । उक्त सेसनका सञ्चालन महासचिव डा. हेमराज शर्माले गरेका थिए ।
छलफलमा तीनवटा कार्यपत्र प्रस्तुत भएको थियो । ज्ञान र सञ्जालको क्षेत्रमा गैरआवासीय नेपाली संघले गरेको र गर्न खोजेका विषय के के छन् ? विश्व ज्ञान सम्मेलनका संयोजक डा. हेमराज शर्मा र डा. हरि दाहालले संयुक्त रुपमा कार्यपत्र प्रस्तुत गरेका थिए ।
दोस्रो कार्यपत्र नीति अनुसन्धान प्रतिष्ठान (पोलिसी रिसर्च इन्स्ट्च्युट पिआरआई) का अध्यक्ष डा. विष्णुराज उपे्रती र परराष्ट्र मन्त्रालयको तर्फबाट सन्तोष गौतमले ज्ञान सेन्टरले गर्न खोजेका के के हुन् ? भन्ने विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।
यी तीनवटा कार्यपत्र प्रस्तुत भएपछि सेसनलाई खुला छलफलमा राखिएको थियो, जसको संयोजन डा. अम्बिकाप्रसाद अधिकारीले गरेका थिए । खुल्ला छलफलमा सबैको राय आएपछि डा. अधिकारीले छलफलको निष्कर्ष निकालेका थिए ।
पहिलो र दोस्रो सम्मेलन तथा एनआरएनएका अन्य सम्मेलनले पनि विज्ञ डायस्पोरालाई नेपालसँग जोड्ने सञ्जाल बनिसकेको छ । त्यो सञ्जाललाई एउटा फ्रेमवर्कभित्र बसेर कसरी अगाडि बढ्न सकिन्छ भन्ने विषयमा केन्द्रित रहेर छलफल अगाडि बढाइएको संयोजक डा. शर्माले जानकारी दिए ।
गैरआवासीय नेपाली संघले अहिलेसम्म ज्ञानको क्षेत्रमा गरेको र गर्न खोजेको गतिविधिका बारेमा डा. हेमराज शर्मा र हरि दाहालले संक्षिप्त कार्यक्रम कार्यपत्र प्रस्तुत गरेका थिए । डा. शर्मा दोस्रो ज्ञान सम्मेलनका संयोजक र दाहाल सहसहयोग हुन् ।
सन् २००३ मा स्थापना भएको गैरआवासीय नेपाली संघले देश बाहिर रहेको ज्ञान, सिप र पूँजीलाई नेपाल भित्र्याउने उद्देश्य राखेको थियो । यो अभियानमा विशेषतः सन् २००७ मा गैरआवासीय नेपाली संघ ऐन, २००९ मा यससँग सम्बन्धित नियमावलीहरु आएपछि उल्लेख्य प्रगति भयो ।
पछिल्लो समयमा सन् २०१५ मा नेपालको संविधानले गैरआवासीय नेपाली नागरिकतालाई सम्बोधन गरेको छ । राज्यले गैरआवासीय नेपाली संघलाई कानुनी रुपमा मान्यता दिइसकेको छ । गैरआवासीय नेपाली संघको माग राज्यले सम्बोधन गरिसकेको छ ।
विशेषतः अहिलेसम्म पूँजी भित्र्याउने विषयमा एनआरएनए केन्द्रित रहेको तथ्यांकले देखाउँछ । त्यसैले सन् २०१८ बाट विश्व ज्ञान सम्मेलन सुरु भयो । सन् २०१८ मा पहिलो ज्ञान सम्मेलन भयो । एनआरएनएले यो क्षेत्र अर्थात् विज्ञ डायरस्पोरालाई नेपालसँग जोड्ने प्रयास नगरेको होइन । अम्बिकाप्रसाद अधिकारी, नरेश कोइरालालगायत जस्ता विज्ञहरुले यो क्षेत्रमा लागिराख्नु भएको थियो । सन् २००७ सालदेखि नै उहाँहरुले गैरआवासीय नेपाली विज्ञहरु कुन कुन क्षेत्रमा हुनुहुन्छ, त्यो खोजेर डाइरेक्टरी बनाउनुपर्छ । प्रवासमा रहेका विज्ञहरुको सञ्जाल एनआरएनएका लागि तथा राष्ट्रका लागि चाहिन्छ भनेर उहाँहरुले त्यही बेलादेखि लाग्नुभएको थियो । तर प्रविधि र तथ्यांक व्यवस्थानले गर्दा व्यवस्थित भएन ।
त्यस पछि एनआरएनले स्किल डाइरेक्टरी, स्किल नलेज एन्ड इनोभेसन, खुला विश्वविद्यालय, एनआरएनए एकेडेमी, नेपाल साइन्स फाउन्डेसन, हेल्थ एन्ड हाइजेनिक इप्रुभमेन्ट, सुरक्षित यात्रा र सडक सुरक्षा, क्लिन नेपाल, स्किल टे«निङ, कृषि प्रवद्र्धन र एनआरएनए साइटिफिक जर्नलका क्षेत्रमा काम गरेको छ ।
पछिल्लो समयमा एनआरएनएले एकजना उपाध्यक्षको नेतृत्वमा स्किल नलेज इनोभेसन डेभलपमेन्ट विभाग नै गठन गरेको छ । त्यो विभागले यो क्षेत्रमा काम गरिरहेको छ ।
सञ्जाल बनेको छ, यो क्षेत्रमा काम गर्नलाई विधानमै व्यवस्था गरिएको छ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीका अनुसार नेपाल पोलिसी इन्स्ट्च्युट दुई वर्षअघि नै सञ्चालनमा आएको थियो ।
डा. हरि दाहालले पहिलो ज्ञान सम्मेलनका बारेका अनुभव सेयर गरेका थिए । उनले भने, ‘पहिलो सम्मेलन भएकाले कस्तो होला भन्ने उत्साह थियो, त्यसबेला झन्डै २५ देशमा रहेका विज्ञहरुले सम्मेलनमा सहभागिता जनाएका थिए । नेपाल सरकारले देखाएको सदासयता, डायस्परोको उत्साहजनक छलफल र त्यहाँ भएको छलफलले दोस्रो सम्मेलन गर्न उत्साहित बनायो ।’
एनआरएन यो नयाँ प्लटफर्मले दीगो विकासका लागि केही योगदान दिनसक्छ भन्ने निष्कर्ष निकालेको हो, डा. दाहालले भने, एनआरएनको तत्कालै कार्यसमितिले यसलाई निरन्तरता दिने र प्रत्येक दुई वर्षमा विश्व ज्ञान सम्मेलन आयोजना गर्ने निर्णय भएको थियो ।’
दोस्रो विश्व ज्ञान सम्मेलनको तयारी गर्दैगर्दा कोभिड आयो, यसले केही हतास बनायो । तर कोभिडले हामीलाई जित्नु हुँदैन, हामीले जितेर जानुपर्छ भन्ने दोस्रो ज्ञान सम्मेलनको साइटिफिक स्टेरिङ कमिटीले निर्णय गरेर हामी अगाडि बढेका हौं, डा. दाहालले भने, ‘यो सम्मेलन सम्भव भयो, यो सम्मेलनमा जुन किसिमको सहभागिता देखियो, यो प्लेटफर्म अझ बढी विस्तार भएको हामीले महसुस गरेका छौं ।’
यदि सही प्लेटफर्म हुने हो भने विज्ञ डायस्पोराहरु र नेपाल सरकारका निकाय मिलेर देशको समग्र विकासमा केही काम गर्छ सक्छ भन्ने विश्वास भइसकेको डा. दाहालले बताए । उनले भने, ‘सम्मेलनले विज्ञ डायस्पोरा, नेपालमै रहेका विज्ञ, डायस्पोरा र नेपाली विज्ञबीच अन्तरक्रिया गराउने लगायतका महत्वपूर्ण केही काम गर्न र गराउन यो सम्मेलन सफल भएको छ ।
प्रत्येक दुई वर्षमा सम्मेलन आयोजना गर्नु मात्र पर्याप्त होइन, दुई वर्षमा भेला हुने, भेलाले गरेको सिफारिस सरकारलाई बुझाउँछौं, त्यसपछि ती सिफारिस लागू भए कि भएन ? यो लागू गर्ने निकायमा डायस्पोराको भूमिका हुनसक्छ कि सक्दैन ? भन्ने विषय अन्योलग्रस्त छ, डा. दाहालले भने, ‘यसका लागि सरकार र डायस्पोराको संयुक्त कार्यदल होस् भन्ने हामी चाहन्छौं ।’
अहिले भएको पहिलो पुस्ताको डायस्परा हो, पहिलो पुस्ताका डायस्पराको सन्तानले पनि विश्वविद्यालयका पढाइ सकिसकेका छन् । उनीहरुले विदेशमा लिएको शिक्षा नेपाल सरकारले कुनै लगानी नगरी लिन सक्ने वातावरण तयार भएको कार्यक्रम संयोजक डा. शर्माले बताए । उनले भने, ‘नयाँ पुस्ताका डायस्पोरालाई पनि नेपालसँग नजिक बनाउनुपर्छ र उनीहरुको ज्ञान नेपालमा उपयोग गर्नुपर्छ । त्यसका लागि कस्तो किसिमको प्लेटफर्म हुनुपर्छ त्यो त्यस विषयमा पनि छलफल गर्ने बेला आएको छ ।’
नेपाल पोलिसी इन्स्ट्च्युट (नीति अनुसन्धान प्रतिष्ठान) का कार्यकारी अध्यक्ष डा. विष्णुप्रसाद उप्रेतीले आयोजकलाई धन्यवाद दिए । विज्ञ डायस्पोरासँग केही कुरा सेयर गर्न यसअघि नै आफूहरुले पत्र लेखेको डा. उपे्रतीले जानकारी दिए । विज्ञ डायस्पोरा, एनआरएनए र प्रबुद्ध वर्गसँग सबै किसिमका विकल्प खुला राखेर छलफल गर्न आफूहरु तयार रहेको भनाइ डा. उपे्रतीको थियो ।
नेपालमा जन्मेर संसारको उत्कृष्ट इन्स्ट्च्युटमा कार्यरत नेपाली डायस्पोराको ज्ञान नेपालमा कसरी ल्याउन सकिन्छ भनेर प्रधानमन्त्री तथा परराष्ट्रमन्त्री समेत चिन्तित रहेको डा. उपे्रतीले जानकारी गराए । नेपाल पोलिसी इन्स्ट्च्यिूटलाई फाकिलो दायराको नेपाल सरकारले हेरेको हुनाले कानुनी रुपमै मान्यता दिन ऐन निर्माणका लागि संसदमा छलफल चलिरहेको उनले बताए ।
नेपाल सरकारका सबै खाले नीति प्रभावकारी छन् कि छैनन भन्ने विषयमा अध्ययन गरेर प्रधानमन्त्रीमार्फत् नेपाल सरकारलाई सल्लाह दिने एउटा नीति अनुसन्धान प्रतिष्ठानको एउटा म्यान्डेड हो, अध्यक्ष डा. उपे्रतीले भने, ‘नेपाल सरकारले भविष्यमा अवलम्बन गर्नुपर्ने नीतिहरु किन कसरी आवश्यक छन त्यसका बारेमा अध्ययन अनुसन्धान गरेर सरकारलाई सुझाव दिने दोस्रो म्यान्डेड यो प्रतिष्ठानको हो । तेस्रो म्यान्डेड चाहिँ यदि नेपाल सरकारले चाहेमा नीतिको मस्यौदा गरेर सरकारलाई बुझाउने हो । यो प्रतिष्ठान नयाँ भएकाले त्यत्ति सशक्त चाहिँ छैन, तर सम्भावना छ । डा. अम्बिका अधिकारीलगायत झन्डै १ सय २२ जना एनआरएनएसँग यस विषयमा कुराकानी भइरहेको छ । प्रतिष्ठानले बनाएको पाँच वर्षे रणनीति बनाएर प्रधानमन्त्री कार्यालयमा बुझाएका छौं, त्यसमा डायस्पोराबाट महत्वपूर्ण आएका महत्वपूर्ण सुझाव पनि समेटिएका छन् ।
नीति निर्माणको क्षेत्रमा नेपाल आएर केही सहयोग गर्न चाहने डायस्पोरालाई प्रतिष्ठान जहिले स्वागत गर्दछ, उनीहरुलाई उचित सम्मान दिएर स्वागत गर्न प्रतिष्ठान तयार छ, डा. उप्रेतीले भने । उनले एनआरएनएको सहकार्यमा गर्न सकिने सम्भावनाका बारेमा स्पष्ट कुरा राखेका थिए । यो देशका लागि केही गछौं भनेर आएको यो विद्वत् समूहलाई म्यान्डेडले दिएसम्म पिआरआईसँग सहकार्य डा. उप्रेतीले आग्रह गरे ।
विद्वत् वर्गको पलयानका विषयमा परराष्ट्र मन्त्रालयबाट सन्तोष गौतमले कार्यपत्र प्रस्तुत गरेका थिए । परराष्ट्र मन्त्रालयमा रहेको ब्रेन गेन सेन्टरले डायस्पोरासँग कसरी सहकार्य गर्न सक्ने भन्ने विषयमा गौतमले कार्यपत्र प्रस्तुत गरेका थिए । सरकारले पलायन भएका विद्वत् वर्गसँग सहकार्य गर्न सक्ने सम्भावनाका क्षेत्रलाई कार्यपत्रमा समेटेका थिए । परराष्ट्र मन्त्रालय अन्तर्गतको ब्रेन गेन सेन्टरमा विज्ञ डायस्पोरालाई समेट्न तयार पारेका विषयवस्तुहरु गौतमले प्रस्तुत गरेका थिए ।
डायस्पोराको संख्या सन् २०२५ सम्ममा १० लाख पुग्ने भन्दै डा.अम्बिकाप्रसाद अधिकारीले छलफलका लागि फ्लो खुला गरेका थिए । खाडी क्षेत्रमा जाने डायस्पोरा सम्झौना जाने भएकाले उनीहरुको योगदान ज्ञानमा भन्दा रेमिटेन्समा बढी भएको डा. अधिकारीले बताए । त्यसैले स्थायी डायस्पोरालाई नै महत्व दिएर छलफल गर्नुपर्ने उनको तर्क थियो ।
पछिल्लो समय कोरिया प्रविधि क्षेत्रमा धेरै अघि बढेको छ । कोरियामा रहेका डा. देवीबहादुर बस्नेतले प्रस्तुत भएका तीनवटा कार्यपत्रका बारेमा धारणा राखेका थिए । उनले डाडाबेस तयार गर्नुअघि किन र केका लागि हो भन्ने कुरा स्पष्ट हुनुपर्ने बताए । उनले प्रोफेसनको वर्गीकरण गर्दै उनीहरुलाई संगठन समेट्नुपर्ने डा. बस्नेतले बताए ।
परराष्ट्र मन्त्रालय र एनआरएनएबीच कसरी सहकार्य गर्न सकिन्छ भन्ने विषयमा किशोर थापाले आफ्ना भनाइ राखेका थिए । नेपालका नेतृत्ववर्गलाई नीति निर्माणमा त्यत्ति चासो हुँदैन । विशेष गरी ब्यूरोक्र्याटले नीति बनाउने र मन्त्रिपरिषद्मा लगेर पास गराएको अनुभव थापाले सुनाए । अनुसन्धानमा आधारित नभइ कर्मचारीले आफूअनुकूलको नीति बनाएका हुन्छन् । नेपालमा बन्ने नीतिमा एनआरएनले अनुसन्धानको क्षेत्रमा सहयोग गर्न सक्यो भने ठूलो सहयोग पुग्छ । नेपालमा नीति कस्ता हुन्छन भन्ने विषयमा रमाइला कुराहरु थापाले राखेका थिए ।
गोपी उप्रेतीले तथ्यांक एकीकरणको समस्याबारे कुरा राखेका थिए । नंग र मासुको सम्बन्ध भएका विभाग र संस्थाहरु एकीकृत भएर अघि बढेको पाइदैन भन्दै उपे्रतीले भने, ‘सबैलाई एकीकृत गरेर निष्कर्षमा पुगियो भने त्यसले प्रतिफल दिन्छ ।’
सन्तोष गौतमले परराष्ट्र मन्त्रालयले डाडबेस स्थानीय तहले सदुपयोग गर्ने परिकल्पना गरेर तयार पारेको बताए । उनले विभिन्न क्षेत्रबाट भएका पहललाई औपचारिकता दिने, मूल्यांकन गर्ने र त्यसको उपलब्धीबारे जानकारी गराउने काम मन्त्रालयले गर्न बताए ।
डायस्पोरालाई नेपाल र नेपालीसँग जोड्न दुईवटा कुरा एकदमै महत्वपूर्ण रहेको सन्तोष त्रिपाठीले बताए । डायस्पोराले दिन खोजेको कुरा र नेपालले चाहेको कुरा फिट हुनुपर्नेमा उनले जोड दिए । यस्तै छलफलमा संयोजकको मात्र आवश्यकता रहेको द्रोण रसाइलीले धारणा राखे । उनले भने, ‘एनआरएनएसँग धेरै ज्ञान छ, त्यसको सयोजन पिआरआईले गर्न सक्दैन, त्यसको पनि एनआरएनएले नै संस्थाको विकास गर्नुपर्ने आवश्यकता भएको छ ।’
छलफलमा सहभागीबाट आएका विचारलाई डा. अम्बिकाप्रसाद अधिकारीले निष्कर्ष निकालेका थिए ।
गैरआवासीय नेपाली संघ स्थापनाका १७ वर्ष पुगेपछि यो अभियान संगठन संरचनाका दृष्टिले नयाँ अध्यायमा प्रवेश गरेको छ । यसको स्थापना हुँदा अभियन्ताहरुले केही बन्द प्रकृतिको संरचनाको परिकल्पना गरेका थिए । गैरआवासीय नेपालीको परिभाषा र सदस्यता पाउने योग्यतामा धेरै वटा सर्त तथा बन्देजहरु राखिएका थिए, जुन निकै संकुचित जस्तो देखिएको थियो । त्यसो हुनुको पछाडि यो अभियान स्थापनाको उद्देश्य र मर्मभन्दा बाहिर नजाओस् भन्ने एउटा अपेक्षा थियो भन्न सकिन्छ शायद ।
समय बित्दै जाँदा यो संस्था निकै फराकिलो बनिसकेको छ । अहिले संघका ८० भन्दा बढि मुलुकमा राष्ट्रिय समन्वय परिषद छन् । टि सबै शाखाहरुले आफू रहेको देशमा र स्वदेशमा परोपकारी गतिविधि गरिरहेका छन् । स्वदेशमा आर्थिक भौतिक लगानीका लागि काम गरिरहेका छन् । आफ्नो भावी पुस्तालाई कसरी नेपाल र नेपालीसँग जोडिराख्न सकिन्छ भनेर लागिपरेका छन् ।
यो संगठन बृहद स्वरुपमा फैलिइसकेको र यसका उद्देश्यबारे सबै जानकार रहिसकेको अवस्थामा अब खुला र उदार प्रकृतिको संगठन बनाउनु उचित हुने धारणाले ठाउँ पाएको देखिन्छ । वर्तमान अध्यक्ष कुमार पन्तले गएको महाधिवेशनमै चुनावी प्रतिबद्धतापत्रमार्फत् सदस्यतालाई निःशुल्क बनाउने, सबै सदस्यले प्रत्यक्ष मत दिएर नेता चयन गर्न पाउने र अनलाइन मतदानको व्यवस्था गर्ने वाचा गरेका थिए । त्यहि वाचाअनुरुप गैरआवासीय नेपाली संघको हालै सम्पन्न अन्तर्राष्ट्रिय समन्वय परिषदको अनलाइन बैठकले सांगठनिक पुनःसंरचना तथा विधान संशोधनको दूरगामी महत्त्व राख्ने प्रस्ताव पारित गरेको छ । त्यसअनुसार, विश्वभर छरिएर रहेका सबै राष्ट्रिय समन्वय परिषदमार्फत वितरण हुने पञ्जीकृत सदस्यता अब निःशुल्क हुने भएको छ ।
यसअघि स्थापनाकालदेखि प्रति सदस्यता ५ डलर शुल्क लिने व्यवस्था थियो । सदस्यता शुल्कले संस्थाप्रति सदस्यको अपनत्व बढि हुने, संस्थाका लागि केही आर्थिक स्रोत पनि जुट्ने अपेक्षा गरिएको थियो । तर, सदस्यता शुल्कको व्यवस्थाले आर्थिक अवस्था कमजोर रहेको र श्रमिक वर्ग यस अभियानमा जोडिन असमर्थ रहेको गुनासो थियो र छ । त्यस्तै प्रतिनिधिमार्फत् नेता चयन गर्ने व्यवस्थाले पनि विस्तारै केही विकृति ल्यायो । चुनाव पनि खर्चिलो बनायो । उम्मेदवारहरुले नै सदस्यता खर्चदेखि प्रतिनिधिको व्यवस्थापन गर्नुपर्नेजस्ता गलत अभ्यासहरु देखिए ।
यसले संस्थाभित्र लोकतान्त्रिक संस्कार हुर्कनुको साटो आर्थिक चलखेलहरु बढे । पैसा खर्च गर्न सक्नेले मात्र संगठनको अगुवाइ गर्न सक्ने वा गर्नुपर्ने परिस्थितिसम्म पुर्यायो । यहाँभित्र हुर्किएका विकृति देखेर असल, इमानदार र अन्य क्षेत्रमा प्रतिष्ठित व्यक्तिहरु जोडिन हिच्किचाउनुपर्ने अवस्था बनेको छ । कतिपयले यसलाई धनी व्यापारीहरुको क्लबका रुपमा अर्थ्याउन थालिसकेका थिए । आफ्नो पेसा व्यवसायमा ख्याति कमाएका तर रकम परिचालन गर्न नसक्ने वा नचाहने वर्ग यस अभियानमा जोडिनै नसक्ने अवस्था बन्न पुगेको थियो । यसलाइ रोक्न नसके विकृति अझ बढ्ने र यो संगठन पनि बोझिलो बन्ने जोखिम रह्यो ।
निःशुल्क सदस्यता, सबै सदस्यबाट प्रत्यक्ष नेता चयन र अनलाइन मतदानका व्यवस्थाले यी विकृति हट्ने अपेक्षा गर्न सकिन्छ । सबैभन्दा महत्वपूर्ण पक्ष, आर्थिक अवस्थाका कारण जोडिन नसकेका तथा खाडीमा पसिना बगाउने श्रमिक वर्गले पनि गैरआवासीय नेपालीले पनि यो अभियानमा सजिलैसँग जोडिएर योगदान गर्न सक्नेछन् ।
संघको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समन्वय परिषदमा उम्मेदवार बन्न र मतदान गर्न केन्द्रिय एमआईएस प्रणालीमा नाम दर्ता गर्नुपर्ने वैधानिक व्यवस्था गर्न लागिएको छ । सदस्यता शुल्क, निर्वाचन प्रक्रिया, विद्युतीय मतदान, महाधिवेशन प्रतिनिधि चयन लगायतका क्षेत्रमा हुन लागेको यो पुनर्संरचनाले यस अभियानकै व्यापक कायाकल्प हुने अपेक्षा गर्न सकिन्छ ।
जसरि देशमा सरकार छान्न वा मतदान गर्न रकम तिर्नुपर्दैन, त्यसैगरी हरेक गैरआवासीय नेपालीले आफ्नो नेता छान्न पनि रकम तिर्नु नपर्ने व्यवस्था जरुरी पनि थियो । यस्तै व्यापार व्यवसाय गर्नेहरु मात्र होइन, अन्य पेसा व्यवसायका क्षेत्रमा स्थापित व्यक्तित्वहरु पनि यस अभियानमा जोडिएर योगदान र नेतृत्व गर्ने अवस्था बल्ल सुनिश्चित हुनेछ । यसले यो संगठन कुनै वर्ग वा क्षेत्रको मात्र नभई सबैको हो भन्ने भावना स्थापित गर्नेछ । बहुविध विचार र भावनाबिच मन्थन हुनेछ । यसले संगठनलाई व्यापक दायरामा फैलाउनेछ ।
गैरआवसीय नेपाली संघ एउटा संगठन मात्र नभई अभियानको नाम हो । अभियान एउटा निश्चित उद्देश्यमा अघि बढ्छ । रकमको अभाव वा प्रभाव हावी भयो भने अभियान कमजोर हुन्छ । त्यसकारण अभियानलाई सफल बनाउन पनि आर्थिक सर्त, प्रभाव र चलखेललाई बाहेक गर्नैपर्ने आवश्यकता थियो । त्यो बाटोमा संघ अघि बढेको छ ।
गैरआवासीय नेपाली संघको अगुवाइमा स्वदेशमा परेका हरेक संकटमा महत्त्वपूर्ण काम भएका छन् । भूकम्प, बाढी पहिरो र अरु प्राकृतिक विपत्तिका बेला संसारभरका नेपालीले औषधी तथा राहत सामग्रीमा योगदान गरेका छन् । नाकाबन्दी र सीमा अतिक्रमण हुँदा विश्व समुदायको ध्यानाकर्षण गराउन संसारभरका गैरआवासीय नेपाली आफ्नो देशको पक्षमा उत्रिएका छन् । स्वदेशको समृद्धिका लागि लगानीका क्षेत्रमा सकेको योगदान गरेका छन् । यस्ता अभियानलाई अझ व्यापक र नतिजामुखी बनाउन संघको आगामी संगठन संरचनाले सघाउनेछ । तर केही मान्छेहरुलाई अहिलेका प्रस्तावहरु त्यति रुचिकर लागेका छैनन् शायद । सदस्यता शुल्क विना कसरी संस्था चल्न सक्ला भन्ने चिन्ता हुन सक्छ । तथापी संस्थालाई सधैंभरी यथास्थानमा राखिरहनु पनि हितकर नहुनसक्छ । पछिल्ला वर्षहरुमा देखिएका कमजोरी र केही बिसंगती अहिलेको प्रस्तावले धेरै हदसम्म मेटाउन सक्दछ ।